६. ख्रीष्टविरोधीहरूको चरित्रलाई कसरी खुट्ट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
ख्रीष्टविरोधीहरूको चरित्रको पहिलो प्रकटीकरण झूट बोल्ने बानी हो, जसलाई हामी भूतिया प्रकृति भनेर वर्गीकृत गर्नेछौँ। यस भूतिया प्रकृतिको प्रकटीकरण के हो भने जहिलेसुकै वा जहाँसुकै भए पनि, चाहे जुनसुकै अवसरमा भए पनि वा तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, यस्ता मानिसहरूले भन्ने शब्दहरू साँप र भूतहरूका कुराजस्तै हुन्छन्—ती भरोसा योग्य हुँदैनन्। यस्ता मानिसहरूसित विशेष रूपले सावधान र खुट्टयाउने हुनैपर्छ, भूतहरूका शब्दहरू हतारमा विश्वास गरिहाल्नु हुँदैन। तिनीहरूको झूट बोल्ने बानीको निश्चित प्रकटीकरण के हो भने तिनीहरूका जिब्रोबाट झूटहरू निस्किहाल्छन्; तिनीहरूले बोल्ने शब्दहरूले विचार-विमर्श, विश्लेषण, वा खुट्ट्याइको सामना गर्न सक्दैनन्। तिनीहरूले जुनसुकै बेला झूट बोल्न सक्छन्, साथै तिनीहरू सारा मामलाहरूमा तिनीहरूले कुनै पनि साँचो कुरा भन्न नमिल्ने र तिनीहरूले भनेको सबथोक झूट नै हुनुपर्ने विश्वास गर्छन्। तैँले तिनीहरूको उमेरबारे नै सोधिस् भने पनि, तिनीहरूले यसबारे सोचविचार गर्छन्, र यसो सोच्छन्, “तिनीहरू मेरो उमेर सोधेर के गर्न खोजिरहेका छन्? यदि मैले म बुढो छु भनेमा, के तिनीहरूले मलाई हेयको दृष्टिले हेर्नेछन् र जगेर्ना गर्नेछैनन्? यदि मैले म सानै उमेरको छु भनेमा, के तिनीहरूले ममा अनुभवको कमी छ भन्दै मलाई हेयको दृष्टिले हेर्नेछन्? मैले कसरी जवाफ दिनुपर्ला?” यति सानो मामलामा पनि तिनीहरूले अझै अनि झूट बोल्न र तँलाई साँचो कुरा नबताउन सक्छन्, उल्टै तँलाई नै यस्तो प्रश्न गर्न सक्छन्, “तिमीलाई के लाग्छ?” तैँले भन्छस् “पचास वर्ष हो?” “झन्डै मिल्यो।” “पैँतालिस हो?” “नजिक-नजिक पुग्यौ।” के तिनीहरूले तँलाई सही जवाफ दिनेछन् त? तिनीहरूका प्रतिक्रियामार्फत के तैँले तिनीहरूको उमेर थाहा पाउन सक्छस्? (सक्दिनँ।) त्यो झूट बोल्ने बानी हो।
ख्रीष्टविरोधीहरूको झूट बोल्ने बानीको अर्को प्रकटीकरण पनि छ, त्यो के हो भने, तिनीहरू गवाही दिँदासमेत झूट बोल्छन्। झूटो गवाही दिनु भनेको श्रापित कार्य हो जसले परमेश्वरको स्वभाव चिढ्याउँछ। गवाही दिने मामलामासमेत तिनीहरू बनावटीपन, झूट, र छलकपटमा संलग्न हुने आँट गर्छन्, जसले साँच्चिकै परिणामहरूप्रति तिनीहरूको लापरवाहीपूर्ण बेवास्ता र तिनीहरूको अपरिवर्तनशील प्रकृति देखाउँछ! जब तिनीहरू अरूले अनुभव र बुझाइका आधारमा गवाही दिएको तर आफूले नसकेको देख्छन्, तब तिनीहरू अरूको नक्कल गर्छन्, अरू मानिसहरूले जे भन्छन् त्यही नै भन्छन् र अरूले भोगेका अनुभवहरू नै बनाएर भन्छन्। यदि तिनीहरूले कुनै कुरा अरूलेझैँ बुझ्दैनन् भने, तिनीहरू आफूले बुझ्ने दाबी गर्छन्। यदि तिनीहरूमा यस्ता अनुभवहरू, बुझाइ, र अन्तर्दृष्टि छैनन् भने, तिनीहरू आफूमा यी कुराहरू भएको जिद कस्छन्। परमेश्वरले तिनीहरूलाई ताडना नादिनुभएको भए पनि, उहाँले दिनुभएको छ भनेर जिद कस्छन्। यो मामलामा समेत तिनीहरूले झूट बोल्न र जाल-झेल गर्न सक्छन्, परिणामहरू जतिसुकै गम्भीर हुन सक्ने भए पनि कुनै चिन्ता वा चासो देखाउँदैनन्। के यो झूट बोल्ने बानी होइन र? यसबाहेक, यस्ता मानिसहरूले जोकोहीलाई झुक्क्याउनेछन्। कतिपयलाई आश्चर्य लाग्ला, “जे भए पनि, ख्रीष्टविरोधीहरू मानिस नै त हुन्: तिनीहरूले आफू निकटका, आफूलाई मदत गरेका, वा आफूसँगै कठिनाइहरू भोगेका मानिसहरूलाई त झुक्क्याउँदैनन् होला नि? तिनीहरूले परिवारका सदस्यहरूलाई त झुक्क्याउँदैनन् होला नि?” तिनीहरूको झूट बोल्ने बानी हुन्छ भन्नुको आशय के हो भने तिनीहरू जसलाई पनि झुक्क्याउन सक्छन्, चाहे आफ्ना आमाबुबा, छोराछोरी, र, अवश्य नै आफ्ना दाजुभाइ-दिदीबहिनीहरू नै किन नहोऊन्। ठूला हुन् वा साना मामलाहरूमा तिनीहरूले मानिसहरूलाई झुक्क्याउन सक्छन्, यहाँसम्म कि जहाँ तिनीहरूले साँचो बोल्नुपर्छ, जहाँ साँचो बोल्दा कुनै परिणाम भोग्नु पर्दैन वा तिनीहरूलाई कुनै रूपमा असर गर्दैन, र जहाँ बुद्धि प्रयोग गर्नु आवश्यक नै हुँदैन, त्यहाँ समेत मानिसहरूलाई झुक्क्याउँछन्। तिनीहरू साना मामलाहरू समाधान गर्न पनि मानिसहरूलाई झुक्क्याउँछन् र झुटहरू प्रयोग गर्छन् जुन मामलाहरू बाह्य मानिसहरूका लागि झूट बोल्न योग्य नै हुँदैन, जहाँ तिनीहरूलाई सिधा कुरा गर्न नै सजिलो हुनेथ्यो, र पटक्कै समस्या हुँदैनथ्यो। के यो झूट बोल्ने बानी होइन र? झूट बोल्ने बानी दियाबलसहरू र शैतानको एउटा प्रमुख प्रकटीकरण हो भन्न सकिन्छ। यस दृष्टिकोणबाट, के हामी ख्रीष्टविरोधीहरूको मानवता बेइमान मात्र हुँदैन, त्यसको चिन्ह झूट बोल्ने बानी पनि हुन्छ, जसका कारण त्यो भरहीन हुन्छ भन्न सक्दैनौँ र? (हो, सक्छौँ।) यदि यस्ता व्यक्तिहरूले कुनै गल्ती गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूबाट काटछाँट गरिएपछि र आलोचित भएपछि आँसु झार्छन्, बाहिरी रूपमा परमेश्वरप्रति ऋणी भएको दाबी गर्छन्, र भविष्यमा पश्चात्ताप गर्ने प्रतिज्ञा गर्छन् भने, के तैँले तिनीहरूको विश्वास गर्ने आँट गर्छस्? (गर्दिनँ।) किन गर्दैनस्? सबैभन्दा दरिलो प्रमाण यो हो कि तिनीहरूमा झूट बोल्ने बानी हुन्छ! तिनीहरूले बाहिरी रूपमा पश्चात्ताप गर्ने, नराम्रोसँग रुने, छाती पिट्ने, र कसम खाने काम गरे पनि, तिनीहरूको विश्वास नगर्, किनभने तिनीहरू मानिसहरूलाई झुक्क्याउनका लागि गोहीको आँसु झारिरहेका हुन्छन्। तिनीहरूले बोल्ने दुःखी र पछुतोका शब्दहरू हृदयदेखि भनिएको नभई मानिसहरूको विश्वास जित्नका लागि ठगीपूर्ण माध्यममार्फत बनाइएका अनैतिक चालहरू हुन्। मानिसहरूका अगाडि तिनीहरू नराम्रोसँग रुन्छन्, गल्ती स्विकार्छन्, कसम खान्छन्, र आफ्नो स्थानबारे थाहा दिन्छन्। तर, निजी रूपमा तिनीहरूसँग राम्रो सम्बन्ध भएका, र तिनीहरूले तुलनात्मक रूपमा भरोसा गर्ने मानिसहरूले फरक कथा सुनाउँछन्। सार्वजनिक रूपमा गल्ती स्विकार्नु र आफ्ना तरिकाहरू बदल्ने कसम खानु बाहिरबाट सच्चा देखिएला, तर तिनीहरूले पर्दापछाडि जे भन्छन् त्यसले प्रमाणित गर्छ कि तिनीहरूले त्यसअघि भनेको कुरा साँचो नभई झूटो थियो, जसको उद्देश्य अझ धेरै मानिसहरूको आँखामा छारो हाल्नु थियो। पर्दापछाडि तिनीहरूले के भन्नेछन्? के तिनीहरूले यसअघि आफूले भनेको कुरा झूट थियो भनेर स्विकार्नेछन्? अहँ, स्विकार्नेछैनन्। तिनीहरूले नकारात्मकता फैलाउनेछन्, तर्कहरू प्रस्तुत गर्नेछन्, र आफूलाई जायज साबित गर्नेछन्। यस स्पष्टीकरण र बहसले तिनीहरूका स्वीकारोक्ति, पश्चात्ताप, र कसमहरू सबै झूटा थिए, जसको उद्देश्य मानिसहरूलाई झुक्क्याउनु थियो भन्ने पुष्टि गर्छ। के यस्ता व्यक्तिहरूको भरोसा गर्न सकिन्छ? के यो झूट बोल्ने बानी होइन र? तिनीहरूले झुटा स्वीकारोक्ति रच्न, झूटो आँसु झार्न र आफ्ना मार्गहरू परिवर्तन गर्ने कसम खान समेत सक्छन्, र तिनीहरूको कसम समेत झूट हुन्छ। के यो भूतिया प्रकृति होइन र? तिनीहरूले “म यति मात्र बुझ्छु; मलाई बाँकी कुरा थाहा छैन, साथै म बिस्तारै बुझाइ प्राप्त गर्नका निम्ति परमेश्वरको अन्तर्दृष्टि खोज्छु र दाजुभाइ-दिदीबहिनीहरूको सहयोगको आशा गर्छु” भने पनि, यो इमानदार मनोवृत्ति र भनाइ हुनेथ्यो। तर, ख्रीष्टविरोधीहरूले यस्ता साँचो शब्दहरू कदापि भन्न सक्दैनन्। तिनीहरूलाई के महसुस हुन्छ भने, “मैले सत्य बोलेँ भने मानिसहरूले मलाई हेयको दृष्टिले हेर्नेछन्: मेरो इज्जत घट्नेछ र मलाई अपमानित महसुस हुनेछ—के मेरो प्रतिष्ठा पूर्ण रूपमा गुम्नेछैन र? म को हुँ? के मैले हार स्विकार्न मिल्छ? मैले नबुझे पनि, निकै राम्ररी बुझेको ढोँग गर्नैपर्छ; मैले पहिला मानिसहरूलाई झुक्क्याएर तिनीहरूको हृदयमा आफ्नो स्थान बलियो बनाउनैपर्छ।” के यो ख्रीष्टविरोधीहरूको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले बोल्ने स्रोत र तरिकाका साथै तिनीहरूले बोल्ने शब्दहरूबाट यस्ता मानिसहरू कहिल्यै इमानदार हुनेछैनन् भन्ने प्रस्ट हुन्छ; यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। झुट बोल्ने बानी तिनीहरूको चरित्रमै अन्तर्निहित भएकाले, तिनीहरू हरेक कुरामा मानिसहरूलाई झुक्याउन र मामलाहरू लुकाउन चाहन्छन्, साँचो तथ्य वा वास्तविक स्थिति कसैले थाहा नपाऊन् वा नदेखून् भन्ने चाहन्छन्। तिनीहरूको सबैभन्दा भित्री सत्त्व अत्यन्तै अन्धकारमय हुन्छ। ख्रीष्टविरोधीहरूको चरित्रको यो पक्षलाई विश्वसनीय रूपमा मानवता नभएको र भूतिया प्रकृति भएको भनेर परिभाषित गर्न सकिन्छ। तिनीहरूको जिब्रोबाट बिनासोच सजिलै झूटहरू निस्कन्छन्, यतिसम्म कि तिनीहरू निद्रामा बोल्दा पनि साँचो कुरा केही भन्दैनन्—सबै चालबाजी, सबै झूट हुन्छ। यो झूट बोल्ने बानी हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूले आफ्नो अन्तर्घात र निर्दयता कसरी प्रकट गर्छन्? (झूटहरू रच्ने र अरूलाई फसाउने तिनीहरूको क्षमतामार्फत।) झूटहरू रच्नु र अरूलाई फसाउनुमा झूट बोल्ने बानी र अन्तर्घाती र निर्दयी हुनु दुइटै संलग्न हुन्छन्; यी दुई गुणहरूको निकट सम्बन्ध छ। उदाहरणका लागि, यदि तिनीहरूले कुनै गलत कार्य गर्छन् र जिम्मेवारी लिन चाहँदैनन् भने, तिनीहरूले भ्रमपूर्ण हुलिया बनाउँछन्, झूटहरू बोल्छन्, र मानिसहरूलाई त्यो आफूले नभई अरू कसैले गरेको भनी विश्वास गराउँछन्। तिनीहरूले दोष अरू कोहीमाथि थोपर्छन्, र उसैलाई परिणामहरू भोग्न बाध्य पार्छन्। यो दुष्ट र नीच मात्र हो, त्योभन्दा बढी अन्तर्घाती र निर्दयी हो। ख्रीष्टविरोधीहरूका अन्तर्घात र निर्दयताका अरू केही प्रकटीकरणहरू के-के हुन्? (तिनीहरूले मानिसहरूलाई सताउन, आक्रमण गर्न र उनीहरूविरुद्ध प्रतिशोध लिन सक्छन्।) मानिसहरूलाई सताउन सक्नु भनेको निर्दयी हुनु हो। जसले तिनीहरूको हैसियत, ख्याति, वा प्रतिष्ठामा खतरा पुर्याउँछ, वा जो तिनीहरूप्रति प्रतिकूल हुन्छ, तिनीहरू उसलाई हमला गर्न र ऊविरुद्ध प्रतिशोध लिन हदैसम्म जान्छ। कहिलेकाहीँ, तिनीहरूले अरूलाई प्रयोग गरेर पनि मानिसहरूलाई हानि गर्न सक्छन्—यो अन्तर्घात र निर्दयता हो। छोटकरीमा, “अन्तर्घाती र निर्दयी” भन्ने वाक्यांशले ख्रीष्टविरोधीहरू निकै दुर्भावपूर्ण हुन्छन् भन्ने जनाउँछ। तिनीहरूले मानिसहरूसित जसरी व्यवहार र अन्तरक्रिया गर्छन्, त्यो विवेकमा आधारित हुँदैन, साथै तिनीहरू समान स्तरमा मिलेर बस्दैनन्; बरु, हरमोडमा, तिनीहरू अरूलाई आफ्नो प्रयोजनका लागि शोषण, नियन्त्रण, र आफूअनुकूल प्रयोग गर्न खोज्छन्। तिनीहरूको अरूसँग अन्तरक्रिया गर्ने तरिका सामान्य वा सोझो हुँदैन; बरु, तिनीहरू निश्चित उपाय र विधिहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छन्, शोषण गर्छन्, र उनीहरूलाई थाहै नदिई चलाखीपूर्ण तरिकाले हतियारको रूपमा प्रयोग गर्छन्। जोकोहीप्रति तिनीहरूको व्यवहारमा, बाहिरबाट त्यो असल वा खराब जस्तोसुकै देखिए पनि त्यसमा कुनै प्रकारको सच्चाइ हुँदैन। तिनीहरू आफूलाई उपयोगी लागेकाहरूसँग नजिकिन्छन् र आफूलाई बेकार लागेकाहरूबाट टाढिन्छन्, र तिनीहरूप्रति कुनै ध्यान दिँदैनन्। केही हदसम्म निष्कपट वा जोखिममा रहेका व्यक्तिहरूप्रति समेत तिनीहरूले विभिन्न उपाय र विधिहरू प्रयोग गरेर उनीहरूलाई भ्रम र पासोमा पार्ने उपायहरू सोच्छन्, र उनीहरूलाई आफ्नो लागि उपयोगी बनाउँछन्। तर जब मानिसहरू कमजोर हुन्छन्, कठिनाइमा हुन्छन्, वा सहायता चाहिएको अवस्थामा हुन्छन्, तब ख्रीष्टविरोधीहरू सिधै आँखा चिम्लन्छन् र उनीहरूप्रति उदासीन रहन्छन्। तिनीहरूले यस्ता मानिसहरूप्रति कहिल्यै प्रेम देखाउँदैनन् र उनीहरूलाई मदत गर्दैनन्। बरु उल्टै, तिनीहरू उनीहरूलाई हेप्न, भ्रममा पार्न, र उनीहरूलाई अझ बढी शोषण गर्ने उपायहरू सोच्न प्रवृत्त हुन्छन्। यदि तिनीहरूले उनीहरूलाई शोषण गर्न सक्दैनन् भने, तिनीहरू उनीहरूलाई पाखा लगाउँछन्, र उनीहरूप्रति कुनै प्रेम वा सहानुभूति देखाउँदैनन्—के यसमा दयाको कुनै छनक छ र? के यो दुर्भावको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिका र दर्शन भनेको षड्यन्त्र र रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई शोषण गर्नु र छल्नु हो, जसले गर्दा मानिसहरूले तिनीहरूलाई छर्लङ्गै चिन्न नसकून्, तैपनि उनीहरू तिनीहरूका लागि दास बन्न तयार रहून् र सधैँ तिनीहरूको हुकुममा चलून्। तिनीहरूले आफूलाई खुट्ट्याउने र अब शोषण गर्न नसकिनेहरूलाई हेप्न र दुःख दिन सक्छन्। तिनीहरूले ती मानिसहरूमाथि सजिलै दोष लगाउन सक्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परित्याग गर्छन्, र त्यसपछि निष्कासन गर्छन् वा निकाल्छन्। छोटकरीमा, ख्रीष्टविरोधीहरू अन्तर्घाती र निर्दयी हुन्छन्, तिनीहरूमा दया र सच्चाइ हुँदै हुँदैन। तिनीहरूले कहिल्यै सच्चा रूपमा अरूलाई मदत गर्दैनन्, अरू कठिनाइहरूमा पर्दा कुनै सहानुभूति वा प्रेम देखाउँदैनन्। अन्तरक्रियाहरूमा, तिनीहरू आफ्नै फाइदा र लाभका निम्ति षड्यन्त्र गर्छन्। तिनीहरूकहाँ जो आए पनि वा जसले कठिनाइमा तिनीहरूबाट मदत मागे पनि, तिनीहरू सधैँ त्यस व्यक्तिबारे आकलनहरू गरिरहेका हुन्छन्, र हृदयमा यस्तो सोचिरहेका हुन्छन्: “यदि मैले यस व्यक्तिलाई मदत गरेँ भने, मैले भविष्यमा मैले ऊबाट के फाइदा लिन सक्छु? के उसले मलाई मदत गर्न सक्छ? के ऊ मेरो लागि उपयोगी हुन सक्छ? मैले ऊबाट के पाउन सक्छु?” के तिनीहरूले सधैँ यी मामलाहरूबारे सोचिरहनु स्वार्थी र नीच होइन र? (हजुर, हो।) मण्डलीका चुनावहरूमा, ख्रीष्टविरोधीहरूले कस्ता विधिहरू अपनाउनेछन्? (तिनीहरूले अरूलाई तुच्छ ठान्नेछन् र आफूलाई उच्च तुल्याउनेछन्, साथै आफूभन्दा राम्रालाई तल झार्नेछन्।) अरूलाई तुच्छ ठान्नु र आफूलाई उच्च तुल्याउनु पनि अन्तर्घाती र निर्दयी कुरा नै हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
सम्मानबोध हुनु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो; यसको मतलब समझ हुनु हो। सम्मानबोध हुनुको विपरीतार्थी शब्द के हो? (लाजसरम पचेको।) लाजसरम पचेको हुनुको अर्थ लज्जाहीन हुनु हो। अर्को शब्दमा भन्दा, यसलाई सम्मानबोध नहुनु हो भनेर सारांश गर्न सकिन्छ। ख्रीष्टविरोधीहरू के-कस्ता क्रियाकलापहरू गर्छन्, तिनीहरूमा सम्मानबोध नभएको र तिनीहरू लाजसरम पचेका हुन् भनी देखाउने निश्चित प्रकटीकरण वा अभ्यासहरू के-के हुन्? ख्रीष्टविरोधीहरू हैसियतका लागि परमेश्वरसित खुलेआम प्रतिस्पर्धा गर्छन्, यस कार्यमा सम्मानबोध हुँदैन र यो लाजसरम पचाउनु हो। ख्रीष्टिविरोधीहरूले मात्र खुलेआम रूपमा हैसियत र परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँसित प्रतिस्पर्धा गर्न सक्छन्। चाहे मानिसहरू इच्छुक भए पनि वा नभए पनि, ख्रीष्टविरोधीहरू उनीहरूलाई नियन्त्रणमा राख्न चाहन्छन्। चाहे आफूमा सामर्थ्य भए पनि वा नभए पनि, ख्रीष्टविरोधीहरू हैसियतका निम्ति लागिपर्न चाहन्छन्, र त्यो प्राप्त गरेपछि, तिनीहरू मण्डलीकै भरमा जिउँछन्, र परमेश्वरका चुनिएका मानिसहरूको श्रमबाट खाने र पिउने गर्छन्, आफूले चाहिँ केही नगरी परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आपूर्ति गर्न लगाउँछन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूका लागि बिलकुलै जीवन आपूर्ति गर्दैनन्, तैपनि उनीहरूलाई आफ्नो शक्तिअन्तर्गत ल्याउन चाहन्छन्, उनीहरूलाई आफ्नो कुरा सुन्ने, सेवा गर्ने, र आफ्ना लागि दासझैँ काम गर्ने तुल्याउँछन्, साथै तिनीहरू मानिसहरूका हृदयमा आफ्नै स्थान स्थापित गर्न चाहन्छन्। यदि तैँले अरूका बारेमा राम्रो कुरा गरिस्, परमेश्वरको महान् दया, अनुग्रह, आशिष् र सर्वशक्तिमान्ताको प्रशंसा गरिस् भने, तिनीहरू बेखुसी र अप्रसन्न महसुस गर्छन्। तिनीहरू सधैँ तैँले तिनीहरूका बारेमा उच्च प्रशंसाका साथ बोलेको, हृदयमा तिनीहरूका लागि स्थान राखेको, तिनीहरूलाई आदर गरेको र उच्च मानेको चाहन्छन्, अनि त्यो अप्रदूषित हुनुपर्छ। तैँले गर्ने सबथोक तिनीहरूकै लागि र तिनीहरूका बारेमा ख्याल गरेर गरिएको हुनुपर्छ। तैँले हरमोडमा, तेरो हरेक भनाइ र कार्यमा, तिनीहरूलाई अग्रस्थानमा राख्नैपर्छ, र सधैँ तिनीहरूका सोच र भावनाहरूलाई ध्यानमा राख्नुपर्छ। के यो सम्मानबोध नहुनु र लाजसरम पचाएको हुनु होइन र? के ख्रीष्टविरोधीहरू यस्तै व्यवहार गर्दैनन् र? (हजुर, गर्छन्।) अरू कस्ता प्रकटीकरणहरू छन्? तिनीहरूले भेटीहरू चोर्ने र फजुलमा उडाउने गर्छन्, र परमेश्वरका भेटीहरू हिनामिना गरेर आफैसँग राख्छन्। यो पनि सम्मानबोध नहुनु र लाजसरम पचाउनु हो—यो कुरा प्रस्टै छ!
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूले सम्मानबोध नभएको र लाजसरम पचेको कुरा अरू कसरी प्रकट गर्छन्? जब तिनीहरूले कुनै गल्ती गर्छन्, तिनीहरू पछुतो महसुस गर्न जान्दैनन्, साथै तिनीहरूले हृदयमा कुनै दोष महसुस गर्दैनन्। तिनीहरू कसरी गल्ती सपार्ने वा पश्चात्ताप गर्ने भनी चिन्तन गर्दैनन्, र आफ्ना कार्यहरू जायज भएको विश्वास समेत गर्छन्। काटछाँट सामना गर्नुपर्दा वा प्रतिस्थापित हुँदा, तिनीहरू अन्यायपूर्ण व्यवहारमा परेको महसुस गर्छन्। तिनीहरू लगातार बहस गर्छन् र कुतर्कमा संलग्न हुन्छन्—यो सम्मानबोध नहुनु हो। तिनीहरू कुनै वास्तविक काम गर्दैनन्; हरेक मोडमा, तिनीहरू अरूलाई भाषण दिन्छन्, र खोक्रो सिद्धान्तवादहरूले मानिसहरूलाई भ्रममा पार्छन्, अरूलाई आफू आत्मिक भएको र आफूले सत्यता बुझेको सोच्ने तुल्याउँछन्। तिनीहरू आफूले कति काम गरेको छु र दुःख भोगेको छु भन्नेबारे पनि बारम्बार फाइँफुट्टी लाउँछन्, र आफू परेमश्वरको अनुग्रहका साथै दाजुभाइ-दिदीबहिनीहरूको आतिथ्य र हेरचाह पाउन योग्य भएको भन्छन्, यसरी सामान्य रूपमा मण्डलीमा निर्भर भएर जिउँछन्, साथै तिनीहरू स्वादिष्ठ चिजहरू खान र पिउन अनि विशेष व्यवहारको आनन्द उठाउन पनि चाहन्छन्। यो सम्मानबोध नहुनु र लाज पचेको हुनु हो। यसबाहेक, प्रस्ट रूपमा क्षमता कमजोर भए पनि, सत्यता नबुझे पनि, अभ्यासका सिद्धान्तहरू फेला पार्न नसके पनि, साथै कुनै पनि काम गर्न नसके पनि, तिनीहरू सक्षम र सबथोकमा राम्रो भएको धाक लगाउँछन्। के यो लाजसरम पचाउनु होइन र? प्रस्ट रूपमा आफू केही नहुँदा पनि, तिनीहरू सबथोक थाहा भएको ढोँग गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई सम्मान गरून् र उच्च मानून्। यदि कसैलाई समस्याहरू आइपरेको छ तर उसले तिनीहरूको सल्लाह लिनुको साटो अरू मानिसहरूलाई सोध्छ भने, तिनीहरू रिसाउँछन्, ईर्ष्या गर्छन्, र रुष्ट बन्छन्, अनि जसरी सकिन्छ त्यस व्यक्तिलाई यातना दिने उपाय खोज्छन्। के यो लाजसरम पचाएको हुनु होइन र? तिनीहरूले प्रायः झूट बोल्छन् र तिनीहरूमा विभिन्न भ्रष्ट स्वभावहरू छन् भन्ने प्रस्टै छ, तर तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू नभएको, तिनीहरूले परमेश्वरको निगाह र प्रेम पाएको ढोँग गर्छन्; हरेक मोडमा, तिनीहरू दुःख सहन निकै सक्षम भएको, समर्पित हुन सक्ने, सत्यता र काटछाँट स्वीकार्न सक्ने, मेहनत वा आलोचनादेखि नडराउने, र कहिल्यै गुनासो नगर्ने ढोँग गर्छन्—तर वास्तवमा, तिनीहरू रुष्टताले भरिएका हुन्छन्। तिनीहरूले स्पष्ट रूपले कुनै बुझाइ सङ्गति गर्न, वा प्रस्ट रूपमा सत्यताहरूबारे कुरा गर्न नसक्ने भए पनि, र तिनीहरूमा अनुभवात्मक गवाही नभए पनि, तिनीहरू ढोँग र छलकपटमा संलग्न हुन्छन्, आत्मज्ञानबारे खोक्रो रूपमा बोल्छन् ताकि मानिसहरूले तिनीहरूलाई निकै आत्मिक भएको र निकै बुझाइ भएको व्यक्तिका रूपमा हेरून्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा स्पष्ट रूपमा अनेकौँ समस्याहरू र खराब मानवता छन्, तिनीहरू कुनै बफादारीबिना आफ्नो कर्तव्य पूरा गर्छन्, र जे काम गरे पनि आफ्नै बौद्धिकता र चलाखीपनमा भर पर्छन्, बिलकुलै सत्यता खोज्दैनन्, तैपनि आफूले बोझ बोकेको, आफू निकै आत्मिक भएको र आफूमा क्षमता भएको, र आफू धेरैजसो मानिसहरूभन्दा श्रेष्ठ रहेको विश्वास गर्छन्। के यो लाजसरम पचेको हुनु होइन र? के यी कुराहरू ख्रीष्टविरोधीहरूमा मानवता नहुनुका प्रकटीकरणहरू होइनन् र? के तिनीहरूले बारम्बार यस्ता कुराहरू प्रकट गर्दैनन् र? स्पष्ट रूपमा, तिनीहरूमा सत्यता सिद्धान्तहरूको बुझाइको कमी छ, तिनीहरूले चाहे जे गरे पनि अभ्यासका कुनै सिद्धान्तहरू फेला पार्न सक्दैनन्, तर तिनीहरू खोजी वा सङ्गति गर्न मान्दैनन्; तिनीहरू काम फत्ते गर्न आफ्नै चलाखीपन, अनुभव र बौद्धिकतामा भर पर्छन्। तिनीहरू अगुवा हुने, अरूलाई निर्देशन दिने, र सबैलाई आफ्नो कुरा सुन्न लगाउने कामना समेत गर्छन्, अनि कसैले यसो नगर्दा तिनीहरू रिसाउँछन्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा महत्त्वाकाङ्क्षा, वरदान र थोरै चलाखीपन भएका कारण सधैँ परमेश्वरको घरमा पृथक देखिन, र परमेश्वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण पदमा राखेर जगेर्ना गरोस् भन्ने चाहन्छन्। यदि तिनीहरूको जगेर्ना भइरहेको छैन भने, तिनीहरू निराश र रुष्ट हुन्छन्, परमेश्वरको घर अन्यायपूर्ण भएको, त्यसले प्रतिभाशाली मानिसहरू चिन्न नसक्ने, र तिनीहरूका असाधारण क्षमताहरू पत्ता लगाउनका लागि परमेश्वरको घरमा प्रतिभा चिन्न सक्ने राम्रो न्यायाधीश नभएको गुनासो गर्छन्। यदि तिनीहरूको जगेर्ना भइरहेको छैन भने, तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न, कठिनाइहरू सहन, वा मूल्य तिर्न चाहँदैनन्, बरु, तिनीहरू आफ्नो धूर्त्याइँ प्रयोग गरेर कामबाट उम्कन मात्र चाहन्छन्। हृदयमा, तिनीहरू आशा गर्छन् कि परमेश्वरको घरको कसैले तिनीहरूलाई सम्मान गर्नेछ र उत्थान गर्नेछ, ताकि तिनीहरूले अरूलाई उछिन्न र आफ्ना भव्य योजनाहरू यहीँ कार्यान्वयन गर्न सकून्। के यी महत्त्वाकाङ्क्षा र चाहना होइनन् र? के यो लाजसरम पचाएको हुनु होइन र? के यो ख्रीष्टविरोधीहरूको सबैभन्दा आम प्रकटीकरण होइन र? यदि तँसित साँच्चिकै क्षमताहरू छन् भने, तैँले सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नमा ध्यान दिनुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूले तँलाई स्वतः सम्मान गर्नेछन्। यदि तँसित कुनै पनि सत्यता छैन तर तँ अझै पनि सधैँ पृथक देखिन चाहन्छस् भने, त्यो समझको अत्यन्तै कमी हुनु हो! यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू पनि छन्, साथै तँ सधैँ पूर्णतः लागिपर्न चाहन्छस् भने, तेरो पतन हुने निश्चित छ। समाजमा एकपटक निश्चित हैसियत र प्रतिष्ठा पाएपछि, केही मानिसहरू अनुचित रूपमा आफ्नो प्रभाव जमाउन, अन्तिम निर्णय गर्न, र परमेश्वरमा विश्वास गर्न र उहाँको घरमा प्रवेश गर्न आएपछि सबैलाई आफ्ना आज्ञाहरू मान्ने बनाउन चाहन्छन्। तिनीहरू आफ्ना योग्यता र प्रमाणपत्रहरू पेश गर्न चाहन्छन्, सबैलाई आफूभन्दा मूनिको ठान्छन् र ती सबै आफ्नो शक्तिको अधीनमा हुनुपर्ने सोच्छन्। के यो लाजसरम पचेको हुनु होइन र? हो नि। जब केही मानिसहरूले परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा केही नतिजाहरू हासिल गर्छन् र केही योगदानहरू दिन्छन्, तब तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उच्च सम्मानका साथ, आफूभन्दा जेठो, उच्चपदस्थ अधिकारी, र विशेष व्यक्तित्वका रूपमा व्यवहार गरून् भन्ने चाहन्छन्। तिनीहरू आफूलाई मानिसहरूले उच्च मानून्, पछ्याऊन्, र तिनीहरूको कुरा सुनून् भन्ने समेत चाहन्छन्। तिनीहरू मण्डलीका अग्रणी व्यक्तित्व बन्ने आकाङ्क्षा राख्छन्; तिनीहरू सबै कुराको निर्णय गर्न, फैसला गर्न र सबै मामलाहरूमा अन्तिम निर्णय गर्न चाहन्छन्। यदि कसैले पनि तिनीहरूको कुरा सुनेन वा अवलम्बन गरेन भने, तिनीहरू आफ्नो पद त्याग्न, र अरू सबैको खोइरो खन्न र सबैलाई हाँसोमा उडाउन चाहन्छन्। के यो लाजसरम पचेको हुनु होइन र? लाजसरम पचेको हुनु बाहेक, तिनीहरू अत्यन्तै दुर्भावनापूर्ण हुन्छन्—यिनीहरू ख्रीष्टविरोधी हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको “स्वार्थीपन र नीचता” को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ, र तिनीहरूले यसका लागि दुःख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन्, र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ, र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई “स्वार्थी र नीच” को रूपमा परिभाषित गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? आफ्नो प्रतिष्ठा वा इज्जतमा फाइदा पुर्याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्नुपर्ने कुराहरू गर्न वा भन्नलाई जोड गर्छन्, र तिनीहरूले स्वेच्छिक रूपमा कष्ट सहन्छन्। तर परमेश्वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्याउने कामको हकमा, तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोध गर्दा, र हरप्रकारको दुष्ट काम गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्याउँदा पनि, तिनीहरू उदासीन र निस्फिक्री रहन्छन्, मानौं तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि, यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन्, र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल प्रसिद्धि, प्राप्ति र हैसियत मात्र खोजिहिँड्छन् भनेर खुलासा गरिदिन्छन् भने, तिनीहरू रिसले चुर हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो, र त्यसमा को संलग्न थियो भनी पत्ता लगाउन अनुसन्धानहरू गरिन्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्जेल खाँदैनन् वा निदाउँदैनन्; कहिलेकहीँ त तिनीहरू आफ्नो बारेमा उजुरी गर्नमा संलग्न रहेका हरेकलाई पछारेपछि मात्र खुसी हुन्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र प्रतिष्ठाका निम्ति, शुद्ध र सरल भएको अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै कार्य सञ्चालन गरिरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू उक्साइएमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा, परमेश्वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार प्रचार गर्ने काम र परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्न भइरहेका भए पनि, तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूसामु नै कुनै समस्या हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काट-छाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, र त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन्, वा तिनीहरू अनिर्णित हुन्छन्, र मन नलागीनलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य निभाइरहेका भए पनि त्यसले तिनीहरूलाई चर्चामा ल्याउन मदत गर्नेछ कि गर्नेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै ख्याति, लाभ र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आराधना गर्छन् र आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निभाउँदा कसरी सिद्धान्त अनुसार काम गर्ने भनेर कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूका काममा कतै विचलन र चुक भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्नेबारेमा चिन्तन नै गर्छन्, तिनीहरू परमेश्वरको घरले मागेको कुरा र परमेश्वरका अभिप्रायहरू के-के हुन् भन्नेबारे त झन सोच्दैनन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर प्रसिद्धि, लाभ र हैसियतका लागि, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वकाङ्क्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र स्रोत तिनीहरूको आफ्नै महत्त्वकाङ्क्षा, चाहना, र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र नीचताको ठेट प्रकटीकरण हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई सानो काम सुम्पन्छ, र यदि त्यसले नाम र दाम दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने, तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ, वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको प्रसिद्धि, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने, तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन, र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरू ती समाधान गर्न मरेकाटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि, परमेश्वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने, र यदि ती मानिसहरूलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने, के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र नीच हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्नु हुँदैन। परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा सेवकले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने, परमेश्वरका चुनिएका मानिसहरू सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्वरको राज्यको सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ “तेरो” र “मेरो” हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मापदण्डहरूका आधारमा गरिएको हो भने, यी मानिसहरूको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर, यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्नो नजिक राख्न विभिन्न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरूले दुई साधारण मानिसहरू मात्र उपलब्ध गराउँछन्, र त्यसपछि कि त व्यस्तता छ भनेर, वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, र यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तैँतिर दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन्, र तँलाई मानिसलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्ने महसुस गराउँछन्। के दियाबलसहरू यस्तै प्रकारले काम गर्दैनन् र? गैरविश्वासीहरूले यसरी नै कामकुरा गर्छन्। मण्डलीमा सधैँ आफ्नै हितहरू जाँच्ने र रक्षा गर्ने मानिसहरू—के तीअसल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू गैरविश्वासी र अविश्वासीहरू हुन्। अनि, के यो स्वार्थीपन र निकृष्टता होइन र? यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने, ख्रीष्टविरोधीले आफ्नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू यसबाट सबै सकियो भन्न चाहन्छन्, र तिनीहरूसँग अगुवा वा समूह अगुवा भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो “दाहिने हात” को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, र फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्न बाध्य हुनुपर्छ भन्ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, र तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने, तिनीहरूले धेरै गुनासो गर्छन् र तिनीहरूको आफ्नै काम समेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र खराब कुरा होइन र? परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र नीच होइन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने आफूलाई हटाइने, र आफ्नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्वरको घरका हितहरूमा पुग्ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्याउँदै आफ्नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र नीच हो। यस्तो परिस्थितिको सामना गर्दा, व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: “यी मानिसहरू सबै परमेश्वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्वरको घरको सदस्य हुँ। परमेश्वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, परमेश्वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।” विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्वरमा विश्वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण, जब परमेश्वरको घरमा मण्डलीको विशेष खाँचो हुन्छ, तब अगुवा र सेवकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्नै बारेमा मात्रै सोच्छन्, र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्वरको घरका बन्दोबस्तहरू पालना गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्वरको घरमा, तिनीहरू निडर भई बाधक बन्छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, र दाजुभाइ-दिदीबहिनीहरूलाई, र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ, र परमेश्वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्ने विश्वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन्, र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, र तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र नीचताको प्रकटीकरण हो। तिनीहरूले परमेश्वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन्, र केवल तिनीहरूको आफ्नै हित र प्रतिष्ठाको बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूको मानवतामा घिनलाग्दो र घृणित कुरा पनि हुन्छ—त्यो हो, तिनीहरू शक्तिशालीसँग लपक्क टाँसिन्छन् र कमजोरलाई दमन गर्छन्। यदि मण्डलीमा वा संसारमा निश्चित प्रतिष्ठित व्यक्तित्वहरू वा शक्ति वा हैसियत भएका मानिसहरू छन् भने, उनीहरू जोसुकै भए पनि, ख्रीष्टविरोधीहरूले आफ्ना हृदयमा उनीहरूप्रति अनन्त ईर्ष्या र प्रशंसा बोक्छन्, साथै तिनीहरूको चापलुसी समेत गर्छन्। जब तिनीहरू इसाई धर्ममा विश्वास गर्छन्, तिनीहरूले निश्चित शीर्षस्थ राजनीतिज्ञहरू विश्वासी भएको दाबी गर्छन्, र जब तिनीहरूले आखिरी दिनहरूमा परमेश्वरको यो चरणको काम स्विकार्छन्, तिनीहरू नामी सम्प्रदायहरूका केही पाष्टरहरूले पनि यो कुरा स्विकारेका छन् भनेर भन्छन्। तिनीहरूले जे गरे पनि त्यसलाई सधैँ प्रभावशाली शीर्षक दिन्छन्, तिनीहरूले सधैँ सेलिब्रेटीहरूको श्रद्धा र अनुकरण गर्छन्, अनि तिनीहरू कम्तीमा कुनै प्रतिष्ठित व्यक्तित्व वा हैसियत भएको व्यक्तिसँग लपक्क टाँसिन पाएपछि मात्र सन्तुष्ट महसुस गर्छन्। जब हैसियत भएका मानिसहरूको कुरा आउँछ, चाहे तिनीहरू असल होऊन् वा खराब, ख्रीष्टविरोधीहरू अथक रूपमा आफूलाई कृपापात्र तुल्याउँछन् र उनीहरूको चापलुसी र खुसामद गर्छन्। तिनीहरू उनीहरूलाई चिया ल्याइदिन र उनीहरूको दिसा सोहोर्न समेत इच्छुक हुन्छन्। अर्कोतिर, हैसियत नभएकाहरूसित व्यवहार गर्दा, यी व्यक्तिहरू जति नै सोझो, इमानदार, र दयालु भए पनि, ख्रीष्टविरोधीहरू मौका पाउने बित्तिकै उनीहरूलाई हेप्ने र कुल्चीमिल्ची गर्छन्। तिनीहरू प्रायः फलानो-फलानो व्यक्ति समाजको व्यावसायिक कार्यकारी हो, फलानो-फलानो व्यक्तिको बुबा धनी छ, फलानो-फलानो व्यक्तिसँग यति पैसा छ, र फलानो-फलानो व्यक्तिको परिवार वा कम्पनी यति ठूलो छ भनेर रबाफ देखाउँछन्, र समाजमा उनीहरूको ख्यातिलाई जोड दिन्छन्। मण्डलीमा रहेका झूटा अगुवा र ख्रीष्टविरोधीहरूका सम्बन्धमा भन्नुपर्दा, तिनीहरूले जस्तोसुकै दुष्ट कार्यहरू गरे पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै तिनीहरूको रिपोर्ट गर्ने, खुलासा गर्ने, वा तिनीहरूलाई खुट्ट्याउने गर्दैनन्। बरु, तिनीहरू तिनीहरूका पछिपछि लाग्छन्, र आफूलाई जे गर्न भनियो त्यही गर्छन्। तिनीहरू आफूले जुन तहका अगुवालाई पछ्याउँछन् उसैको अनुयायी, पैदल सैनिक, र दास-दासी बन्छन्। शक्ति, प्रभाव, सम्पत्ति, र हैसियत भएकाहरूसँग व्यवहार गर्दा, तिनीहरू अत्यन्तै अधीनस्थ, विनम्र, र अनाडी देखिन्छन्। तिनीहरू अत्यन्तै आज्ञाकारी र समर्पणकारी हुन्छन्, ती मानिसहरूले भनेको सबै कुरामा टाउको हल्लाएर सहमति जनाउँछन् र त्यसको पालन गर्छन्। तर, हैसियतबिनाका साधारण मानिसहरूसित व्यवहार गर्दा, तिनीहरूले फरक शैली अपनाउँछन्, रोबदार बोल्ने शैली प्रयोग गरेर मानिसलाई दबाउन खोज्छन्, श्रेष्ठ हुन चाहन्छन्, मानौँ तिनीहरू अजेय, अरू सबैभन्दा बलिया र उच्च छन्, जसले गर्दा तिनीहरूमा भएका कुनै पनि समस्या, त्रुटि, वा कमजोरीहरू खुट्ट्याउन कठिन हुन्छ। यो कस्तो चरित्र हो? के यो कुरा र कपटी, निर्दयी हुनु, अनि लाज सरम पचेको हुनुबीच कुनै सम्बन्ध छ? (हो, छ।) शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने—के ख्रीष्टविरोधीहरूको मानवताको कुरूप र दुष्ट पक्ष यही होइन र? के तिमीहरूलाई त्यस्तो मानवता भएका मानिसहरू सोझा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) के तिनीहरूले हैसियत र शक्ति भएकाहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? के तिनीहरूले कमजोरहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? (ती कुनै पनि सत्य हुँदैन।) त्यसकारण, झूट बोल्ने बानीसँग यस विषयवस्तुको केही सम्बन्ध छ। यस विषयवस्तुलाई मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरूको चरित्र हदैसम्म घृणायोग्य हुन्छ, र तिनीहरूसँग दुई पूर्णतया फरक मुहारहरू हुन्छन्। यस्तो व्यक्तिका लागि एउटा उपनाम छ—“छेपारो।” तिनीहरूले मानिसहरूलाई कहिल्यै पनि सत्यता सिद्धान्तहरू, मानवता, वा ती मानिसहरूले परमेश्वरका घरमा सत्यता पछ्याइरहेका छन् कि छैनन् भन्ने आधारमा व्यवहार गर्दैनन्। बरु, तिनीहरूले मानिसहरूलाई उनीहरूका हैसियत र प्रभावका आधारमा मात्र फरक-फरक व्यवहार गर्छन्। हैसियत र क्षमताहरू भएका मानिसहरूसँग व्यवहार गर्दा, तिनीहरू हदैसम्म गएर आफूलाई कृपापात्र तुल्याउँछन्, उनीहरूको चापलुसी गर्छन्, र उनीहरूसित नजिकिन्छन्। तिनीहरूलाई यी मानिसहरूले कुटे पनि वा गाली नै गरे पनि, तिनीहरूले कुनै गुनासोबिना त्यसलाई इच्छुक भई सहन्छन्। तिनीहरू आफ्नै उपयोगहीनता निरन्तर रूपमा स्विकार्छन् र दास बन्छन्, तैपनि भित्री रूपमा तिनीहरूले साँच्चिकै जे सोच्छन् त्यो तिनीहरूको बाहिरी व्यवहारभन्दा पूर्ण रूपमा फरक हुन्छ। यदि हैसियत र प्रतिष्ठा भएको कसैले बोलेमा, त्यो सत्यतासँग पूर्ण रूपमा असम्बन्धित शैतानको कुनै भ्रम वा विधर्म नै भए पनि, तिनीहरूले त्यो सुन्नेछन्, टाउको हल्लाएर सहमति जनाउनेछन्, र सतही रूपमा स्विकार्नेछन्। अर्कोतिर, यदि कसैसित सामर्थ्य वा हैसियत छैन भने, उसका शब्दहरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले तिनलाई बेवास्ता गर्नेछन् र हेयको दृष्टिले हेर्नेछन्। उसले भनेको कुरा सिद्धान्तहरू र सत्यतासित मिले पनि, तिनीहरूले त्यो सुन्नेछैनन्, बरु उसको खण्डन गर्नेछन्, उसलाई गिज्याउनेछन् र गिल्ला गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको चरित्रमा भेटिने अर्को विशेषता हो। आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तिनीहरूका तरिका र सिद्धान्तहरू मूल्याङ्कन गर्दा, यी व्यक्तिहरूलाई निश्चय नै विवादरहित रूपमा अविश्वासीहरू भनेर वर्गीकृत गर्न सकिन्छ। तिनीहरूको चरित्रका प्रकटीकरणहरू निकृष्ट, घिनलाग्दा र नीच हुन्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
ख्रीष्टविरोधीहरूको मानवतामा अर्को प्रकटीकरण पनि छ: तिनीहरू भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्छन्। भन्नुको मतलब, भौतिक वस्तुहरूप्रति तिनीहरूको चाहना र माग अत्यन्तै ठूलो छ—त्यो असीमित छ। तिनीहरू विलासी जीवनशैलीको आकाङ्क्षाहरूले भरिएका हुन्छन्, र तिनीहरूको लोभको तृप्ति कहिल्यै हुँदैन। कतिपयले भन्लान्: “अधिकांश ख्रीष्टविरोधीहरूमा यो प्रकटीकरण हुँदैन।” यो नहुनुको अर्थ तिनीहरूको मानवतामा यो कुरा छैन भन्ने होइन। त्यस्ता मानिसहरूले एकपटक हैसियत प्राप्त गरेपछि, के खाने, कस्तो पहिरन लगाउने, र कस्तो देखिने भन्नेबारे तिनीहरूका सिद्धान्तहरू के-के हुन्छन्? आफूसँग हैसियत हुने बित्तिकै, तिनीहरूलाई आफ्नै तरिकाले चल्नैपर्ने हुन्छ, तिनीहरूले अवसरहरू फेला पार्छन्, तिनीहरूका निश्चित सर्तहरू हुन्छन्, र तिनीहरूको जीवन फरक हुन्छ। तिनीहरूले खानेकुरामा धेरै ध्यान दिन थाल्छन्, देखावट र विलासीतामा जोड दिन्छन्। तिनीहरू ब्रान्डेड वस्त्रहरू लगाउने र सामानहरू प्रयोग गर्ने अड्डी कस्छन्, र तिनीहरू बस्ने घर र चढ्ने गाडी उच्चस्तरीय र विलासी नै हुनुपर्छ। तिनीहरूले कामकाजको साधन किन्दा पनि, त्यसमा विलासी सामानहरू जोडिएको हुनपर्छ। कतिपयले सोध्लान्: “यदि तिनीहरूसँग पैसा छैन भने, तिनीहरू किन यस्ता वस्तुहरूमा जोड दिन्छन्?” तिनीहरूसँग पैसा छैन भन्दैमा, तिनीहरू त्यस्ता वस्तुहरू पछ्याउँदैनन्, र तिनीहरूको मानवतामा यो चाहना हुँदैन भन्ने होइन। त्यसकारण, ख्रीष्टविरोधीहरूले एकपटक परमेश्वरको घरका भेटीहरूमाथि पकड पाएपछि, तिनीहरूले जथाभाबी तिनलाई फजुल रूपमा उडाउँछन्। तिनीहरू सबथोक किन्न र त्यसको आनन्द लिन चाहन्छन्, यतिसम्म कि तिनीहरू निर्लज्ज बन्छन् र तिनीहरूलाई नियन्त्रणमा राख्नै गाह्रो हुन्छ। तिनीहरूलाई सुनले लेपन गरिएको कपमा उच्च गुणस्तरीय चिया पिउनुपर्छ, तिनीहरूको खाना भव्य भोज हुनैपर्छ, तिनीहरू विशेष स्तरको जिनसेंग मात्र खान अड्डी कस्छन्, र सधैँ नयाँ मोडेलका विश्व-स्तरीय ब्रान्डका कम्प्युटर र फोनहरू मात्र प्रयोग गर्छन्। तिनीहरू हजारौँ रुपैयाँ पर्ने चस्मा लगाउँछन्, कपाल मिलाउन हजारौँ रुपैयाँ खर्च गर्छन्, साथै मसाज र साउनाका लागि हजार वा त्योभन्दा बढी मूल्य तिर्छन्। छोटकरीमा भन्दा, तिनीहरू सबथोक उच्च-गुणस्तरीय र ब्रान्डेड माग गर्छन्, प्रतिष्ठित व्यक्तित्व र शक्तिशाली मानिसहरूले आनन्द लिने वस्तुहरूको आनन्द लिन चाहन्छन्। ख्रीष्टविरोधीहरूसँग एकपटक हैसियत भएपछि, यी सारा कुरूप चिजहरू स्पष्ट हुन्छन्। भेलाहरूमा, यदि तीनदेखि पाँचजना मानिसहरूले मात्र तिनीहरूको प्रवचन सुनेमा, तिनीहरूलाई त्यो अपर्याप्त लाग्छ र तिनीहरू तीन-सयदेखि पाँच-सय मानिसहरू हुनुपर्ने अड्डी कस्छन्। जब अरूले बाह्य परिस्थितिहरू प्रतिकूल भएका कारण तीनदेखि पाँच जना मानिसहरू भेला हुनु राम्रै हो भन्छन्, तब तिनीहरू प्रतिवाद गर्छन्: “यो तँ हुँदैन—मेरो प्रवचन सुन्ने मानिसहरू किन यति थोरै छन्? यो मैले समय दिन लायक छैन। हामीले एउटा भव्य मण्डली भवन किन्नुपर्छ जसले अलि गरिमामय प्रवचनका लागि दसौँ हजार मानिसहरू अटाउन सकोस्।” के तिनीहरू काल खोजिरहेका छैनन् र? ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा यस्तै हुन्छ। के तिनीहरू लाजसरम पचेका पनि भइरहेका छैनन् र? तिनीहरूमा विलासी जीवन र भौतिक वस्तुहरूप्रति अत्यन्तै अनियन्त्रित चाहना र रुचि हुन्छ, जुन ख्रीष्टविरोधीहरूको चरित्रको अर्को विशेषता हो। कसैले, मिठो खाना, विलासी गाडी, ब्रान्डेड कपडा, अनि उच्च-स्तरीय र महँगो वस्तुहरू उल्लेख गर्ने बित्तिकै तिनीहरूका आँखाहरू चम्किन्छन् र लोभले हरिया बन्छन्, साथै तिनीहरूका चाहनाहरू सतहमा आउँछन्। यो चाहना कसरी पैदा हुन्छ? यो निस्सन्देह तिनीहरूको भूतिया प्रकृतिको प्रकाश हो। कतिपय ख्रीष्टविरोधीहरूमा पैसाको अभाव हुन सक्छ, र उच्च-स्तरीय गहना वा दुई-तीन क्यारेटको हिराको औँठी लगाएको व्यक्ति देख्दा, तिनीहरूको आँखा चम्किन्छ, र तिनीहरूले यसो सोच्छन्, “यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, मैले पाँच क्यारेटको लाउन सक्थेँ।” तिनीहरूले आफूसँग एक क्यारेटको औँठीसमेत नभएको तथ्यबारे सोच-विचार गर्छन्, अनि दुःखी हुन्छन् र तिनीहरू परमेश्वरमा विश्वास गर्नु सार्थक छैन भनेर सोच्न र विश्वास गर्न थाल्छन्। तैपनि, थप सोच-विचार गरेपछि, तिनीहरूले यसो सोच्छन्, “मैले परमेश्वरमा आस्था राखेकाले, भविष्यमा ठूला आशिष्हरू प्राप्त गर्नेछु। म पाँच-सय क्यारेटको हिरा लिएर टाउकोमा पहिरिन सक्छु।” के तिनीहरूमा चाहनाहरू छैनन् र? टिभीमा धनी व्यक्तिहरू डिजाइनर कपडाहरू लगाएर र समुद्रमा विलासी जहाजहरूमा तैरिरहेको देख्दा, तिनीहरूलाई त्यो अत्यन्तै आनन्दमयी, मनोरम, प्रतिष्ठित, र डाहलाग्दो लाग्छ। तिनीहरूले र्याल चुहाउँछन् र यसो भन्छन्, “म कहिले त्यस्तो व्यक्ति, अर्थात् मानिसहरूमाझको अतिमानुष बन्न सक्छु होला? मैले कहिले यस्तो जीवनको आनन्द लिन सक्ने होला?” तिनीहरू त्यो कुरा बारम्बार हेर्छन् र अन्त्यमा परमेश्वरमा विश्वास गर्नु भनेको साँच्चिकै अरोचक हुन्छ भन्ने सोचाइमा पुग्छन्। तर त्यसपछि तिनीहरूले फेरि एकपटक चिन्तन गर्छन्, र सोच्छन्, “मैले यसरी सोच्न मिल्दैन। म किन परमेश्वरमा विश्वास गर्छु? ‘अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।’ भविष्यमा, मेरो जीवन तिनीहरूको भन्दा धेरै राम्रो हुनेछ। तिनीहरू विलासी समुद्री-जहाजमा घुम्छन्, तर म कुनै विलासी हवाइ-जहाज वा विलासी उडनतस्तरीमा उड्नेछु—म चन्द्रमामा जानेछु!” के यी सोचहरू अलिकति पनि व्यावहारिक छन् त? के ती सामान्य मानवतासँग मिल्छन्? (अहँ, मिल्दैनन्।) यो ख्रीष्टविरोधीहरूको मानवतामा हुने अर्को तत्त्व हो—भौतिक वस्तुहरू र विलासी जीवनशैलीप्रतिको अत्यन्तै अनियन्त्रित चाहना हो। तिनीहरूले एकपटक यी कुराहरू पाएपछि, तिनीहरू अतृप्त रूपमा लोभी बन्छन्, अत्यन्तै लोभी नजर र प्रकृति देखाउँछन्, र यी चिजहरू सदाका लागि आफूसँग होस् भन्ने चाहन्छन्। ख्रीष्टविरोधीहरूको मानवतामा, तिनीहरूले शक्तिशालीलाई ईर्ष्या गर्ने कुरा मात्र पर्दैन; तिनीहरू भौतिक वस्तुहरू र उच्च गुणस्तरीय जीवनको चाहना पनि राख्छन्। सामान्य मानवतामा जीवन र भौतिक वस्तुहरूप्रति आवश्यकताहरूको यथोचित दायरा हुन्छ: तिनीहरूको दैनिक आवश्यकताहरू, काम र जियाइ परिवेशका आवश्यकताहरू, साथै शारीरिक आवश्यकताहरू पनि हुन्छन्। यी आवश्यकताहरू पूरा भएमा त्यो नै काफी हुन्छ, र आफ्नो क्षमता र आर्थिक अवस्थाका आधारमा तिनलाई समायोजन गर्नु केही हदसम्म सामान्य मानिन्छ। तर, ख्रीष्टविरोधीहरूको भौतिक वस्तुहरूप्रतिको आवश्यकता र असत्ती असामान्य र कहिल्यै तृप्त नहुने प्रकारको हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
झूट बोल्ने बानी, कपटीपन र निर्दयता, सम्मानबोध नहुनु र लाजसरम पचेको हुनु, स्वार्थी र नीच हुनु, शक्तिशालीसँग लपक्क टाँसिनु र कमजोरलाई दमन गर्नु, अनि भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्नु—ख्रीष्टविरोधीहरूको चरित्रका यी विशेषताहरू खाँटी, अत्यन्तै प्रतिनिधि गर्ने, र प्रस्ट छन्। यीमध्ये कतिपय प्रकटीकरणहरू साधारण मानिसहरूमा केही हदसम्म देखा पर्न सक्छन्, तर तिनीहरूका प्रकटीकरणहरू भ्रष्ट स्वभाव मात्र हुन् वा असामान्य मानवताको वा शैतानको भ्रष्टताबाट पैदा हुने मानवताको कमीका प्रकटीकरणहरू मात्र हुन्। परमेश्वरका वचनहरू पढेर, यी मानिसहरूले विवेकको चेतना अनि यी वस्तुहरू छोड्ने र तिनका विरुद्ध विद्रोह गर्ने र पश्चात्ताप गर्ने क्षमता विकास गर्छन्। यी विशेषताहरूले तिनीहरूमा प्रबल भूमिका खेल्दैनन्, र तिनले तिनीहरूको सत्यता पछ्याइलाई वा तिनीहरूका कर्तव्य निर्वाहलाई असर गर्नेछैनन्। ख्रीष्टविरोधीहरूले मात्र चाहे जतिवटा प्रवचनहरू सुने पनि सत्यता स्विकार्न मान्दैनन्। तिनीहरूको मानवतामा अन्तर्निहित रहेका प्रवृत्ति र विशेषताहरू बदलिनेछैनन्, त्यही कारणले गर्दा त्यस्ता मानिसहरू परमेश्वरको घरमा निन्दित हुन्छन् र तिनीहरूले कहिल्यै मुक्ति पाउन सक्दैनन्। तिनीहरूले किन मुक्ति पाउन सक्दैनन्? त्यस्तो चरित्र भएका मानिसहरूले मुक्ति पाउन सक्दैनन् किनभने तिनीहरूले सत्यता स्विकार्न मान्दैनन्, साथै तिनीहरू सत्यताप्रति, परमेश्वरप्रति, अनि सारा सकारात्मक कुराहरूप्रति शत्रुवत् हुन्छन्। तिनीहरूमा मुक्ति प्राप्त गर्ने अवस्था र मानवता नै हुँदैन, त्यसकारण, हटाइनु र नरकमा फालिनु नै यी व्यक्तिहरूको नियति हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)