४. झूटा अगुवाहरूलाई कस्तो व्यवहार गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा सेवकले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको आज्ञापालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पर्दाफास गर्न, विरोध गर्न र फरक राय राख्‍न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा सेवक, वा ख्रीष्टविरोधी भएको खुलासा भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, पर्दाफास गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरबाट चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दमन गर्छन् र दुःख दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, “यदि अगुवाले मलाई हटायो भने म सकिन्छु; यदि ऊसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मैले मण्डली छोडेँ भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?” के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई दुःख दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट हटाइँदा वा निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि हटाउने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्वरको घरको कामका बन्दोबस्त र परमेश्वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भन्ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्वरको निन्दा पनि हो। के यसरी परमेश्वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्वरको घरमा सत्यताको राज चल्छ भनेर विश्वास गर्दैनस्, यसले तँमा परमेश्वरप्रति साँचो आस्था छैन, तँ परमेश्वरमा साँचो विश्वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग ममेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीले धम्की दिँदा, यदि तँ माथिकालाई तिनीहरूको रिपोर्ट गर्ने हिम्मत गर्दैनस् भने, यसले तँ शैतानको बन्धनमा परिसकेको छस् र तँ तिनीहरूसँग एकै हृदयको होस् भन्ने कुरा देखाउँछ; के यो शैतानलाई पछ्याउनु होइन र? यस्तो व्यक्ति कसरी परमेश्वरका चुनिएका मानिसहरूमध्येको एक हुन सक्छ र? शुद्ध र सरल ढङ्गमा भन्नुपर्दा, तिनीहरू मैला हुन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूसँग एकै हृदयको हुने सबै कहिल्यै असल हुन सक्दैनन्। तिनीहरू दुष्कर्मी हुन्। त्यस्ता मानिसहरू शैतानको कृपापात्र हुन जन्मेका हुन्छन्—तिनीहरू शैतानका नोकर हुन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। … मैले सुनेको छु, विगत दुई वर्षमा चीनका मुख्य भूभागहरूका केही देहाती इलाकाहरूमा परमेश्वरका चुनिएका मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पदमुक्त गर्न एकजुट भए; केही झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू निर्णय गर्ने समूहका प्रमुखहरू पनि थिए, तैपनि तिनीहरू यसरी नै परमेश्वरका चुनिएका मानिसहरूद्वारा हटाइए। परमेश्वरका चुनिएका मानिसहरूले माथिबाट आउने अनुमोदन पर्खनु परेन; सत्यता सिद्धान्तहरूका आधारमा तिनीहरू यी झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न सक्षम थिए—जसले वास्तविक काम गर्दैनथे, र सधैँ दाजुभाइ र दिदीबहिनीहरूलाई सास्ती दिइरहन्थे, जसले जङ्गली व्यवहार गरिरहेका थिए र परमेश्वरको घरको काममा बाधा पुर्‍याइरहेका थिए—र तिनीहरूलाई तुरुन्तै कारवाही गरियो। कसैलाई निर्णय गर्ने समूहहरूबाट बाहिर धकेलियो, कसैलाई मण्डलीबाट निकालियो—जुन ठूलो कुरो हो! यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वासको सही मार्गमा पाइला टेकिसकेका छन् भन्ने देखाउँछ। परमेश्वरका चुनिएका केही मानिसहरूले सत्यता बुझिसकेका छन् र तिनीहरूको कद सानो भए पनि अब शैतानको नियन्त्रण र छलमा पर्दैनन्, तिनीहरू खडा हुन र शैतानको दुष्ट शक्तिहरूसँग लड्ने हिम्मत गर्छन्। यसले मण्डलीमा झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको हैकम चल्दैन भनेर देखाउँछ। त्यसैले तिनीहरू अब आफ्नो बोली र कार्यमा ज्वलन्त हुने हिम्मत गर्दैनन्। तिनीहरूले आफ्नो खेल उजागर गर्ने बित्तिकै, तिनीहरूको निरीक्षण गर्न, तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई इन्कार गर्न त्यहाँ कोही हुनेछ। भन्नुको मतलब, साँच्चै सत्यता बुझ्नेहरूको हृदयमा मानिसको हैसियत, प्रतिष्ठा र शक्तिले प्रमुख स्थान लिँदैन। त्यस्ता व्यक्तिहरूले ती चीजहरूलाई महत्त्व दिँदैनन्। जब कसैले सक्रिय ढङ्गले सत्यता खोज्न र त्यसमाथि सङ्गति गर्न सक्छ, र जब तिनीहरूले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले हिँड्नुपर्ने मार्ग र अगुवा र सेवकहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर पुन: मूल्याङ्कन र मनन गर्न थाल्छन्, अनि त्यसपछि मानिसहरूले कसलाई पछ्याउनुपर्ने हो, मान्छेलाई पछ्याउने व्यवहार कुन हो अनि परमेश्वरलाई पछ्याउने व्यवहार कुन हो, अनि त्यसपछि, धेरै वर्षसम्म यी सत्यताहरूलाई छामछाम-छुमछुम गरेपछि र तिनको अनुभव सँगालेपछि जब तिनीहरूले थाहै नपाई केही सत्यता बुझ्न र खुट्ट्याउन पुग्छन्, त्यतिबेला तिनीहरूले केही कद हासिल गरेका हुनेछन्। सबै कुरामा सत्यता खोज्न सक्षम हुनु भनेको परमेश्वरमा विश्वासको सही मार्गमा प्रवेश गर्नु हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

कतिपय झूटा अगुवाहरू घिचुवा र अल्छी हुन्छन्, मेहनतभन्दा आराम रोज्छन्। तिनीहरू न त काम गर्न चाहन्छन् न त चिन्ता नै लिन चाहन्छन्, मेहनत र जिम्मेवारीबाट भाग्छन्, र आराममा लिप्त हुन मात्र चाहन्छन्। तिनीहरू खान र खेल्न मन पराउँछन्, अनि निकै अल्छी हुन्छन्। एक जना झूटो अगुवा थियो जो बिहान सबैले खाना खाइसकेपछि मात्र उठ्थ्यो, अनि राति, अरू सबै आराम गरिरहेका बेलामा पनि टेलिनाटक हेरिरहेकै हुन्थ्यो। एक जना भान्साको जिम्मेवारी लिएका ब्रदरले त्यो कुरा सहन नसकेर तिनीहरूको आलोचना गरे। के तिमीहरूलाई तिनीहरूले कुनै भान्सेको कुरा सुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) मानौँ कुनै अगुवा वा कामदारले तिनीहरूलाई यसो भन्दै झपारे, “तिमी अलि बढी लगनशील हुनुपर्छ; जुन काम गरिनुपर्छ त्यो जसरी पनि गरिनैपर्छ। एक अगुवाका रूपमा, काम जेसुकै भए पनि; तिमीले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तिमीले त्यसमा कुनै समस्याहरू नभएको सुनिश्चित गर्नैपर्छ। अहिले एउटा समस्या भेटिएको र त्यसलाई समाधान गर्न तिमी यहाँ नभएकाले, काममा असर पर्छ। यदि तिमीले निरन्तर रूपमा यस्तै तरिकाले नै काम गर्छौ भने, के यो मण्डलीको काममा ढिलाइ गर्नु होइन र? के तिमीले यो जिम्मेवारी बहन गर्न सक्छौ?” के तिनीहरूले यो कुरा सुन्नेथिए त? सुन्नेथिए नै भन्‍ने छैन। यस्ता झूटा अगुवाहरूका हकमा, निर्णायक-मण्डलले तिनीहरूलाई तत्काल बर्खास्त गरेर तिनीहरूका लागि अरू कामका प्रबन्धहरू मिलाउनु पर्छ, तिनीहरू जे गर्न सक्षम छन्, तिनीहरूलाई त्यही गर्न दिनुपर्छ। यदि तिनीहरू केही-नकामका छन्, जहाँ गए पनि सित्तैमा खान चाहन्छन्, केही गर्नै सक्दैनन् भने, तिनीहरूलाई कुनै कर्तव्य गर्न नदिई टाढा पठाइहाल्। तिनीहरू कर्तव्य पूरा गर्न लायकका छैनन्; तिनीहरू मानव होइनन्, तिनीहरूमा सामान्य मानवताको विवेक र समझ छैन, तिनीहरू निर्लज्ज छन्। यस्ता काम नलाग्ने झूटा अगुवाहरूलाई छर्लङ्गै चिनिसकेपछि, तिनीहरूलाई सोझै बर्खास्त गर्नुपर्छ; तिनीहरूलाई अर्ती दिने कोसिस गर्नु आवश्यक नै छैन, र अनुगमन गरिने कुनै अवसर दिनु हुँदैन, न त तिनीहरूसित सत्यता सङ्गति गर्न नै जरुरी छ। के तिनीहरूले पर्याप्त सत्यताहरू सुनेका छैनन् र? यदि तिनीहरूलाई काटछाँट गरिनेथ्यो भने, के तिनीहरू बदलिन सक्नेथिए? सक्नेथिएनन्। यदि कसैको क्षमता कमजोर छ, उसले कहिलेकाहीँ बेतुके विचारहरू बोक्छ, वा अज्ञानताका कारण सबै कुरा बुझ्न सक्दैन, तर ऊ लगनशील छ, बोझ बोक्छ, र अल्छी छैन भने, त्यस्तो व्यक्तिले, आफ्नो कर्तव्य पूरा गर्दा विचलनहरू भए पनि, काटछाँट सामना गर्दा पश्चात्ताप गर्न सक्छ। कम्तीमा पनि, उसलाई एउटा अगुवाका जिम्मेवारीहरू के हुन् र आफूले के गर्नुपर्छ भन्‍ने कुरा थाहा हुन्छ, उसमा विवेक र जिम्मेवारी बोध हुन्छ, र ऊसँग हृदय हुन्छ। तर, जो अल्छी छन्, मेहनतभन्दा आराम रोज्छन्, र बोझ बोक्दैनन्, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूको हृदयमा कुनै बोझ; तिनीहरूलाई चाहे जसले काटछाँट गरे पनि, त्यो व्यर्थ हुन्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (४)

यदि ख्रीष्टविरोधीहरूलाई कुनै मण्डलीमा मनोमानी र स्वेच्छाचारी हुन, दाजुभाइ-दिदीबहिनीहरू नियन्त्रण गर्न र धम्की दिन वा बहकाउन र झुक्याउन जुनसुकै नारा र तर्कहरू बोल्‍न दिइन्छ भने, र अगुवा र सेवकहरूले यो कुरालाई बेवास्ता गर्छन् र काम गर्दैनन्, र ख्रीष्टविरोधीहरूलाई चिढ्याइएला भन्‍ने डरले तिनीहरूलाई खुलासा वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्, र यसले गर्दा त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन् र बाधा दिन्छन् भने, त्यो मण्डलीका अगुवाहरू खुसामदी गर्ने मानिसहरू हुन्, र तिनीहरू हटाइनुपर्ने कसिङ्गरहरू हुन्। यदि कुनै मण्डलीका अगुवाहरूसँग ख्रीष्टविरोधी र दुष्ट मानिसहरू छुट्याउने क्षमता छ, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई खडा भएर तिनीहरूलाई खुलासा गर्न, र परमेश्‍वरको घरको काम रक्षा गर्न दियाबलसहरूलाई हटाउन मदत गर्छन् भने, यसले दियाबलसहरू र शैतानलाई लज्‍जित पार्नेछ, र यसले परमेश्‍वरको अभिप्राय पनि पूरा गर्नेछ। यस्तो मण्डलीका अगुवाहरू सत्यता वास्तविकता भएका योग्य अगुवाहरू हुन्। यदि मण्डलीले ख्रीष्टविरोधीको बाधा भोगिरहेको छ, र दाजुभाइ-दिदीबहिनीहरूले त्यो ख्रीष्टविरोधीलाई पहिचान गरी इन्कारेपछि, त्यसले दाजुभाइ-दिदीबहिनीहरूसँग आक्रामक रूपमा बदला लिन्छ, तिनीहरूलाई दमन गर्छ, र दोष दिन्छ भने, तैपनि यदि मण्डली अगुवाहरूले केही पनि गर्दैनन्, आँखा चिम्लिन्छन्, र कसैलाई चिढ्याउने प्रयास गर्दैनन् भने, ती अगुवाहरू झूटा अगुवाहरू हुन्। तिनीहरू कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। मण्डली अगुवाको रूपमा, यदि व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न, सीमित गर्न, र तह लगाउन सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बेलगाम आफूले चाहेअनुसार गर्न र बेकाबु हुन दिन्छ भने, र यदि उसले परमेश्‍वरका चुनिएकाहरूलाई बहकाउमा पर्नबाट जोगाउन सक्दैन, र परमेश्‍वरका चुनिएकाहरूलाई सुरक्षा गरेर सामान्य रूपमा कर्तव्य निर्वाह गर्न दिन सक्दैन भने—साथै, यदि उसले मण्डलीको कामको सामान्य प्रगति कायम राख्‍न सक्दैन भने—त्यो अगुवा कसिङ्गर हो र उसलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूले ख्रीष्टविरोधी निर्दयी र क्रूर भएकोले त्यो त्यसलाई खुलासा गर्न, काटछाँट गर्न, सीमित गर्न, र कारबाही गर्न डर मान्छन् भने, र यसरी त्यसलाई मण्डलीमा अनियन्त्रित हुन, अत्याचारी बन्‍न, आफूले चाहेजस्तो गर्न, र मण्डलीका धेरै काम अवरुद्ध र ठप्‍प पार्न दिन्छन् भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूसँग बदलाको डरले ख्रीष्टविरोधीलाई खुलासा गर्ने साहस कहिल्यै हुँदैन, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरू रोक्ने प्रयास कहिल्यै गर्दैनन् भने, र जसले गर्दा मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ठूलो बाधा, व्यवधान, र क्षति हुन्छ भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। के त्यस्ता मानिसहरूको निरन्तर नेतृत्वलाई तिमीहरू समर्थन गर्नेछौ? (गर्नेछैनौँ।) त्यसोभए, त्यस्ता अगुवाहरू भेट्दा तिमीहरूले के गर्नुपर्छ? तैँले तिनीहरूलाई सोध्नुपर्छ, “ख्रीष्टविरोधीहरूले यति ठूलो दुष्कर्म गर्दै छन्, मण्डलीमा तिनीहरूले उत्पात व्यवहार गर्दै छन्, तिनीहरूले मण्डली आफ्‍नो नियन्त्रणमा लिने प्रयास गर्दै छन्—के तपाईंले तिनीहरूलाई नियन्त्रण गर्न सक्‍नुहुन्छ? के तपाईंसँग तिनीहरूलाई खुलासा गर्ने साहस छ? यदि तपाईंले तिनीहरूलाई कारबाही गर्ने आँट गर्नुहुन्‍न भने, राजीनामा दिनुपर्छ। तपाईंले समय बरबाद गर्नु हुँदैन, तुरुन्तै राजीनामा दिइहाल्‍नुपर्छ। यदि तपाईंले ख्रीष्टविरोधीहरूको डरले आफ्नै देहगत हितहरू रक्षा गर्नुहुन्छ र दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको हातमा सुम्पिनुहुन्छ भने, तपाईंले श्रापित हुनुपर्छ। तपाईं अगुवा बन्‍न लायक हुनुहुन्‍न—तपाईं कसिङ्गर हुनुहुन्छ, तपाईं मरेतुल्य हुनुहुन्छ!” त्यस्ता झूटा अगुवाहरूलाई खुलासा गरेर बर्खास्त गरिनुपर्छ। तिनीहरूले वास्तविक काम गर्दैनन्; दुष्ट मानिसहरू सामना गर्दा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैनन्, बरु दुष्ट मानिसहरूसामु घुँडा टेकेर तिनीहरूसँग सम्झौता गर्छन्, र दयाको भीख माग्छन्, र यसरी आफ्‍नो नीच अस्तित्व कायम राख्छन्। त्यस्ता अगुवाहरू कसिङ्गरहरू हुन्। तिनीहरू विश्‍वासघातीहरू हुन्, र तिनीहरूलाई इन्कार गरिनुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

मानौँ तैँले झूटो अगुवाका समस्याहरू रिपोर्ट गर्न पत्र लेख्छस्, र झूटो अगुवाले तँलाई यसो भन्दै हेप्‍न चाहन्छ, “यदि तिमीले ठीक व्यवहार गरेनौ भने, यदि तिमीले मेरा समस्याहरू माथिल्‍लो स्तरमा रिपोर्ट गरिरह्यौ भने, र मेरो गल्ती कोट्याइरह्यौ, वा मेरो मूल्याङ्कनमा नकारात्मक कुराहरू लेखिरह्यौ भने, म तिमीलाई मारिदिनेछु! मसँग तिमीलाई निष्कासन गर्ने क्षमता छ। के तिमीलाई डर लाग्दैन?” तैँले यस्तो अवस्था कसरी सम्हाल्छस्? तिनीहरूले तँलाई धम्की दिइरहेका हुन्छन्; किटेरै भन्दा, तिनीहरूले तँलाई हेपिरहेका हुन्छन्। तिनीहरूसँग शक्ति हुन्छ, तर तँ एक साधारण विश्‍वासी हुन्छस्, त्यसैले तिनीहरूले कुनै सिद्धान्त वा आधारविनै तँलाई मनमानी रूपमा पीडा दिन्छन्। तिनीहरूले तँलाई शैतानले मानिसहरूलाई व्यवहार गरेजस्तै व्यवहार गर्छन्। ठोस रूपमा भन्दा, के तिनीहरूले तँलाई हेपिरहेका हुँदैनन् र? के तिनीहरूले तँलाई सताउने प्रयास गरिरहेका हुँदैनन् र? (हुन्छन्।) त्यसोभए, तैँले यसलाई कसरी सम्‍हाल्छस्? सम्झौता गर्छस् कि सिद्धान्तहरू पालना गर्छस्? (सिद्धान्तहरू पालना गर्छु।) सैद्धान्तिक रूपमा, मानिसहरूले सिद्धान्तहरू पालना गर्नुपर्छ र यो झूटो अगुवासँग डराउनु हुँदैन। अनि, यसको आधार के हो? तँ तिनीहरूसँग किन डराउनु हुँदैन? यदि तिनीहरूले साँच्‍चै तँलाई निष्कासित गरे भने, के तँ डराउनेछस्? तिनीहरूले तँलाई साँच्‍चै निष्कासित गर्न सक्‍ने हुनाले, तँलाई सिद्धान्तहरू पालना गर्ने हिम्मत नहुन सक्छ, र तँ डराउन सक्छस्। यो कुरा कहाँ अड्किन्छ? तँ कसरी डराउन सक्छस्? (किनभने परमेश्‍वरको घर सत्यताको शासनमा छ भन्‍ने मलाई विश्‍वास हुँदैन।) त्यो यसको एउटा पक्ष हो। तँसँग यो विश्‍वास हुनुपर्छ र तैँले यसो भन्‍नुपर्छ, “तपाईँ एक दुष्ट व्यक्ति हुनुहुन्छ। तपाईँ अहिले अगुवा हुनुहुन्छ भन्दैमा तपाईँसँग मलाई निष्कासन गर्ने शक्ति छ भन्‍ने नसोच्‍नुहोस्। मलाई निष्कासन गर्नु गलत कुरा हो। ढिलोचाँडो यो कुरा खुलासा हुनेछ। परमेश्‍वरको घर तपाईँको एकल अधिकारमा छैन। यदि तपाईँले मलाई आज निष्कासित गर्नुभयो भने, अन्त्यमा तपाईँ दण्डित हुनुहुनेछ। यदि तपाईँलाई विश्‍वास लाग्दैन भने, पर्खेर हेर्नुहोस्। परमेश्‍वरको घरमा सत्यताले, र परमेश्‍वरले शासन गर्नुहुन्छ। मानिसहरूले तपाईँलाई सजाय दिन सक्दैनन्, तर परमेश्‍वरले तपाईँलाई खुलासा गरेर हटाउन सक्‍नुहुन्छ। जब तपाईँका गलत कामहरू खुलासा हुन्छन्, तब तपाईँले सजाय भोग्‍नुहुनेछ।” के तँसँग यस्तो विश्‍वास छ? (छ।) छ? त्यसोभए तिमीहरूले किन यसो भन्‍न सक्दैनौ? लाग्छ, त्यस्ता परिस्थितिहरू सामना गर्दा, तँ खतरामै पर्नेछस्; तँमा साहस र साँचो विश्‍वासको कमी छ। जब तैँले साँच्‍चै यी मामिलाहरू सामना गर्छस्, जब तैँले यस्ता डरलाग्दा किसिमका, र ठूलो रातो अजिङ्गरकै जस्ता तौरतरिका प्रयोग गरी मानिसहरूलाई सताउने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई भेट्छस्, तब तैँले के गर्छस्? तँ रुन थाल्‍नेछस्, र यसो भन्‍नेछस्, “अहो, मेरो कद सानो छ, म डरपोक छु, म सधैँ समस्यादेखि डराउँछु, टाउकोमा पात खस्दा पनि म तर्सिन्छु। म त सधैँ आशा गर्छु, मैले त्यस्ता मानिसहरू सामना गर्नु नपरोस्। यदि तिनीहरूले मलाई हेपाइमा पारे भने, के गर्ने?” के तिनीहरूले तँलाई हेपिरहेका छन्? तिनीहरूले तँलाई हेपिरहेका छैनन्; त्यो त शैतानले तँलाई सताइरहेको हो। यसलाई मानव दृष्टिकोणबाट हेर्दा, तैँले भन्‍नेछस्, “यो व्यक्ति डरलाग्दो छ, उसको हैसियत छ, र उसले हैसियत नभएका जोकोही निर्दोष मानिसहरूलाई हेप्छ।” के यही भएको हो त? सत्यताको दृष्टिकोणबाट हेर्दा, त्यो हेपाइ होइन; यो त शैतानले मानिसहरूलाई कष्ट दिएको, सताएको, मूर्ख बनाएको, भ्रष्ट तुल्याएको, र कुल्चीमिल्ची पारेको हो। तैँले शैतानका यी कार्यहरूलाई कसरी लिनु र सम्‍हाल्‍नुपर्छ? के तँ डराउनुपर्छ? (म डराउनु हुँदैन; मैले तिनीहरूको रिपोर्ट गरेर खुलासा गर्नुपर्छ।) हृदयमा, तँ तिनीहरूसँग डराउनु हुँदैन। यदि अहिले तिनीहरूको समस्याबारे रिपोर्ट गर्नु र तिनीहरूसँग सङ्घर्ष गर्नु उपयुक्त छैन भने, तैँले अस्थायी रूपमा त्यो सहनुपर्छ र पछि उपयुक्त समय मिलाएर रिपोर्ट गर्नुपर्छ। यदि तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ तँजस्तै समझदार व्यक्तिहरू छन् भने, तिनीहरूका दुष्कर्महरू रिपोर्ट गरी खुलासा गर्न तिमीहरू एकजुट हुनुपर्छ। यदि अरू कसैसँग समझशक्ति छैन, र तँ तिनीहरूको रिपोर्ट गर्न अगाडि बढ्दा, सबैले तँलाई अस्वीकार गर्छन् भने, केही समयको लागि धैर्य गर्‌। जब उच्‍चस्तरका अगुवाहरू तेरो मण्डलीमा काम जाँच्‍न र अनुगमन गर्न आउँछन्, तब उपयुक्त समय पारेर ती अगुवाहरूलाई समस्याहरू रिपोर्ट गर्, र यी मानिसहरूको दुष्कर्महरूबारे विस्तृत र स्पष्ट तरिकाले बता र ती अगुवाहरूलाई नै यी मानिसहरू हटाउन दे। के यो बुद्धिमानी कुरा हो? (हो।) एक हिसाबले, तँसँग विश्‍वास हुनुपर्छ र दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, वा शैतानसँग डराउनु हुँदैन। अर्को हिसाबमा, तँप्रतिको तिनीहरूको व्यवहारलाई तैँले एक व्यक्तिले अर्कोलाई हेपेको रूपमा हेर्नु हुँदैन; तैँले यसको सारलाई शैतानले मानिसहरूलाई मूर्ख बनाएको, सताएको र कुल्चिमिल्ची पारेको रूपमा हेर्नुपर्छ। त्यसपछि, परिस्थितिअनुसार, तैँले तिनीहरूको सतावट सामना गर्न बुद्धि प्रयोग गर्नुपर्छ, तिनीहरूलाई खुलासा र रिपोर्ट गर्न सही समय मिलाउनुपर्छ, र परमेश्‍वरको घर र मण्डलीको कामको हित रक्षा गर्नुपर्छ। यो तँ दृढ रहनुपर्ने गवाही हो र यो एक व्यक्तिको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्य र दायित्व हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१४)

चाहे यी मानिसहरू वास्तविक काम गर्न असमर्थ भएका कारण र झूटा अगुवाका रूपमा वर्गीकृत भएका कारण बरखास्त भएका होऊन्, वा चाहे तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याएका कारण र तिनीहरूलाई ख्रीष्टविरोधी मानिसहरूका रूपमा वर्गीकृत गरिएका कारणले बरखास्त भएका होऊन्, तिनीहरूलाई उचित तरिकाले अन्य काममा खटाउन, र तिनीहरूका लागि उचित बन्दोबस्तहरू गर्न जरुरी छ। यदि तिनीहरू धेरै दुष्ट कामकुरा गरेका ख्रीष्टविरोधीहरू हुन् भने, तिनीहरूलाई अवश्यै निष्कासित गर्नुपर्छ; यदि तिनीहरूले धेरै दुष्ट कामकुरा गरेका छैनन्, तर तिनीहरूमा ख्रीष्टविरोधीको सार छ र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ भने, तिनीहरूले अझै पनि अवरोध वा बाधा नदिई कुनै न कुनै रूपमा सेवा प्रदान गर्न सकुञ्जेल, तिनीहरूलाई निष्कासन गर्न आवश्यक छैन—तिनीहरूलाई सेवा प्रदान गरिरहन दे र पश्चात्ताप गर्ने एउटा मौका दे। बरखास्त गरिएका झूटा अगुवाहरूलाई तिनीहरूका सबल पक्षहरू र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काम गर्न खटा, तर अबउप्रान्त तिनीहरूलाई मण्डली अगुवाका रूपमा सेवा गर्ने अनुमति दिनु हुँदैन; अत्यन्तै कमजोर क्षमता भएका र कुनै पनि काम गर्न असमर्थ भएका कारण बरखास्त भएका अगुवा र कामदारहरूलाई पनि तिनीहरूका सबल पक्षहरू र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काममा खटा, तर तिनीहरूलाई अबउप्रान्त अगुवा वा कामदारमा बढुवा गर्न मिल्दैन। किन मिल्दैन? तिनीहरूलाई प्रयोग गरेर हेरिसकिएको छ। तिनीहरूलाई प्रकाश गरियो, र यस्ता मानिसहरूको सामर्थ्य र कार्यक्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य तुल्याउँछ भन्‍ने कुरा प्रस्टै देखिन्छ। यदि तिनीहरू अगुवा हुन अयोग्य छन् भने, के तिनीहरू अन्य कर्तव्य गर्न अयोग्य हुन्छन् त? हुन्छन् नै भन्‍ने छैन। तिनीहरूको कमजोर क्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य बनाउँछ, तर तिनीहरूले अन्य कर्तव्यहरू निर्वाह गर्न सक्छन्। यस्ता मानिसहरू बरखास्त भएपछि, तिनीहरूले आफूसुहाउँदो काम गर्न सक्छन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्नु हुँदैन; भविष्यमा तिनीहरूको कद वृद्धि भएपछि तिनीहरूलाई पुनः प्रयोग गर्न सकिन्छ। कतिपयलाई सानै भएकाले र जीवनको कुनै अनुभव नभएकाले, र कामको अनुभव नभएकाले पनि बरखास्त गरिन्छ, त्यसकारण तिनीहरू कामको जिम्मेवारी लिन असमर्थ हुन्छन् र अन्त्यमा बरखास्त हुन्छन्। यस्ता मानिसहरूलाई बरखास्त गर्दा त्यसमा केही लचकता अपनाइन्छ। यदि तिनीहरूको मानवताले मापदण्ड पूरा गर्छ र तिनीहरूको क्षमता पर्याप्त छ भने, तिनीहरूलाई पदावनति गरेपछि प्रयोग गर्न सकिन्छ, वा तिनीहरूलाई मिल्ने अर्को काममा लगाउन सकिन्छ। सत्यताबारे तिनीहरूको बुझाइ प्रस्ट हुनुका साथै तिनीहरू मण्डलीको काममा केही परिचित र अनुभवी भएपछि, यस्ता मानिसहरूलाई अझै पनि तिनीहरूको क्षमताको आधारमा पुनः प्रवर्धन र जगेर्ना गर्न सकिन्छ। यदि तिनीहरूको मानवताले मानक पूरा गर्छ तर तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भने, तिनीहरूलाई जगेर्ना गर्नुको कुनै मूल्य हुँदैन, र तिनीहरूलाई बिलकुलै जगेर्ना गर्न वा राख्न मिल्दैन।

बरखास्त गरिएकाहरूमध्ये, दुई प्रकारका मानिसहरूलाई पुनः बढुवा र जगेर्ना गर्न कदापि मिल्दैन। एउटा त ख्रीष्टविरोधीहरू हुन्, र अर्कोचाहिँ अत्यन्तै न्यून क्षमता हुनेहरू हुन्। त्यसपछि केही मानिसहरू हुन्छन्, जो ख्रीष्टविरोधी मानिँदैनन्, तर तिनीहरू कमजोर मानवताका, स्वार्थी र छली मात्र हुन्छन्, र कतिपय यस्ता मानिसहरू अल्छी हुन्छन्, देहसुखको लालसा गर्छन् र कष्ट सहन असक्षम हुन्छन्। यस्ता मानिसहरू अत्यन्तै राम्रो क्षमताका भए पनि, तिनीहरूलाई पुनः बढुवा गर्न मिल्दैन। यदि तिनीहरूमा थोरै क्षमता छ भने, तिनीहरूलाई तिनीहरू जे गर्न सक्षम छन्, त्यही गर्न दे, तर त्यसका लागि उचित बन्दोबस्तहरू गरिएको हुनुपर्छ; छोटकरीमा भन्दा, तिनीहरूलाई अगुवा वा कामदारमा बढुवा नगर्। क्षमता र कार्य योग्यता हुनुबाहेक, अगुवा र सेवकहरूले सत्यता बुझ्न, मण्डलीका लागि बोझ बोक्न, कडा परिश्रम गर्न र कष्ट सहन सक्षम हुन आवश्यक छ, साथै तिनीहरू लगनशील हुनैपर्छ र अल्छी हुनु हुँदैन। यसअलावा, तिनीहरू तुलनात्मक रूपले इमानदार र सच्चा हुनैपर्छ। तैँले छली मानिसहरूलाई किमार्थ चयन गर्नु हुँदैन। जो अत्यन्तै कुटिल र छली छन् तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू, आफूभन्दा माथिका व्यक्तिहरू र परमेश्‍वरको घरका विरुद्ध षडयन्त्र गर्छन्। तिनीहरूले कपटपूर्ण विचारहरू मात्र गरेर दिन बिताउँछन्। यस्ता व्यक्तिहरूसँग व्यवहार गर्दा, तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भन्‍ने कुराको अनुमान तैँले लगाउनुपर्छ, तैँले हालसालै तिनीहरूले ठ्याक्कै के गर्दै आएका छन् भनेर सोधपुछ गरिरहनुपर्छ, र तैँले सधैँ तिनीहरूमाथि आफ्नो नजर राख्‍नुपर्छ। तिनीहरूलाई प्रयोगमा ल्याउनु अत्यन्तै थकाउने र अत्यन्तै चिन्ताजनक काम हो। यदि यस्तो व्यक्तिलाई कर्तव्य निभाउनको लागि पदोन्‍नति गरिन्छ भने, तिनीहरूलाई थोरै धर्मसिद्धान्तको ज्ञान छ भने पनि, तिनीहरूले यसलाई अभ्यासमा ल्याउन सक्दैनन् तर आफूले गर्ने हरेक कामबाट लाभ र फाइदाहरूको आशा राख्‍नेछन्। यस्ता मानिसहरूलाई प्रयोग गर्नु अत्यन्तै चिन्ताजनक र धेरै समस्या निम्त्याउने किसिमको हुन्छ, यसैले यस्ता मानिसहरूको पदोन्‍नति गर्न सकिन्‍न। त्यसकारण, जब ख्रीष्टविरोधीहरू, अत्यन्तै कमजोर क्षमता भएकाहरू, खराब मानवता भएकाहरू, अल्छीहरू, देहसुखको लालसा गर्ने र कष्ट सहन नसक्नेहरू, र अत्यन्तै कुटिल र छलीहरूको कुरा आउँछ—यस्ता मानिसहरूलाई प्रयोगमा ल्याएर प्रकाश र बरखास्त गरिएपछि, तिनीहरूलाई दोस्रो पटक बढुवा नगर्; तिनीहरूलाई छर्लङ्गै देखिसकेपछि फेरि पनि गलत काममा प्रयोग नगर्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (६)

सम्बन्धित अनुभवात्मक गवाहीहरू

झूटा अगुवाबारे रिपोर्ट गर्नु: एउटा व्यक्तिगत सङ्घर्ष

अघिल्लो: ३. झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने

अर्को: ५. ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्