३. झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

झूटो अगुवा भनेको के हो? त्यो निश्चय नै, खास काम गर्न नसक्ने, अगुवाका रूपमा आफ्ना कर्तव्यहरूलाई ध्यान नदिने व्यक्ति हो। उसले कुनै वास्तविकता वा महत्त्वपूर्ण काम गर्दैन; उसले केवल केही सामान्य मामला र सतही कार्यहरू सम्हाल्छ, ती कुराहरू जसको जीवन प्रवेश वा सत्यतासँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले यो काम चाहे जति नै गरेपनि, यो काम गर्नुको कुनै अर्थ हुँदैन। त्यस कारण यस्ता अगुवाहरू झुटा ठहरिन्छन्। त्यसोभए व्यक्तिले कुनै झूटो अगुवालाई ठ्याक्कै कसरी खुट्ट्याउनुपर्छ? अब हाम्रो विश्लेषण सुरु गरौँ। सुरुमा प्रस्ट पार्नैपर्छ कि कुनै अगुवा वा कामदारको पहिलो जिम्मेवारी भनेको अरूलाई परमेश्‍वरका वचनहरू खान र पिउनमा अगुवाइ गर्नु र अरूले सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने गरी सत्यताबारे सङ्गति गर्नु हो। यो नै कुनै अगुवा साँचो हो कि झूटो हो भनी जाँच्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो। उसले अरूलाई परमेश्‍वरका वचनहरू खान र पिउनमा अनि सत्यता बुझ्न अगुवाइ गर्न सक्छ कि सक्दैन, र सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भनी हेर्। एउटा अगुवा वा कामदारसित कस्तो क्षमता वा परमेश्‍वरका वचनहरू बुझ्ने सक्षमता छ, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्छ कि सक्दैन भनी जाँच्ने मापदण्ड त्यही मात्र हो। यदि कुनै अगुवा वा कामदार परमेश्‍वरका वचनहरूलाई विशुद्ध रूपमा बोध गर्न र सत्यता बुझ्न सक्षम छ भने, उसले मानिसहरूमा भएका परमेश्‍वरमाथिको आस्थाबारे धारणा र कल्पनाहरूलाई परमेश्‍वरका वचनहरूअनुसार समाधान गर्नुपर्छ, र मानिसहरूलाई परमेश्‍वरको कामको व्यावहारिकता बुझ्न मदत गर्नुपर्छ। उसले परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरू, विशेषगरी तिनीहरूका आस्थामा भएका गलत विचारहरू वा कुनै कर्तव्य पूरा गर्नेबारे गलतफहमीहरू पनि उहाँका वचनहरूअनुसार समाधान गर्नुपर्छ। उसले मानिसहरूले विभिन्‍न परीक्षा र सङ्कष्टहरू सामना गर्दा सामना गर्ने समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू लागु पनि गर्नैपर्छ, र ऊ परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न, अनि उहाँको वचनको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्षम हुनैपर्छ। साथै, उसले परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएका स्थितिहरूका आधारमा मानिसहरूका विभिन्‍न भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नैपर्छ, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यीमध्ये कुन तिनीहरूका लागि लागु हुन्छ भनी देख्न, आफूबारे ज्ञान हासिल गर्न र शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकून्, जसमार्फत परमेश्‍वरका चुनिएका मानिसहरू आफ्नो गवाहीमा दृढ रहन, शैतानलाई पराजित गर्न, र हरप्रकारका परीक्षाहरूमा परमेश्‍वरलाई महिमा दिन सक्षम हुनेछन्। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यो नै मण्डलीको सबैभन्दा आधारभूत, महत्त्वपूर्ण र सारभूत काम हो। यदि अगुवाका रूपमा सेवा गरिरहेका मानिसहरूमा परमेश्‍वरका वचनहरू बोध गर्ने क्षमता र सत्यता बुझ्ने क्षमता छ भने, तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्न सक्षम हुने मात्र नभई, तिनीहरूले आफूले अगुवाइ गर्नेहरूलाई, परमेश्वरका वचन बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्नहेतु मार्गदर्शन, अगुवाइ र सहायता दिन पनि सक्षम हुनेछन्। तर झूटा अगुवाहरूमा नहुने कुरा नै परमेश्‍वरका वचनहरू बोध गर्ने र सत्यता बुझ्ने क्षमता हो। तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन्, तिनीहरूलाई मानिसहरूले विभिन्‍न परिस्थितिहरूमा प्रकाश गर्ने भ्रष्ट स्वभावहरू जुन उहाँका वचनहरूमा खुलासा गरिन्छन्, ती थाहा नै हुँदैन, वा कस्ता स्थितिहरूले परमेश्‍वरविरुद्ध प्रतिरोध, गुनासो, विश्‍वासघात, आदि पैदा गराउँछन्, इत्यादि थाहा हुँदैन। झूटा अगुवाहरूले आत्मचिन्तन गर्न वा परमेश्‍वरका वचनहरूलाई आफूसित जोड्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थबाट थोरै धर्मसिद्धान्त र केही प्रावधानहरू मात्र बुझ्छन्। तिनीहरूले अरूसँग सङ्गति गर्दा, उहाँका केही वचनहरू वाचन गर्ने, त्यसपछि तिनका शाब्दिक अर्थ व्याख्या गर्ने मात्र गर्छन्। अनि त्यतिमा नै, तिनीहरू आफूले सत्यताबारे सङ्गति गरिरहेको र वास्तविक काम गरिरहेको ठान्छन्। यदि कसैले तिनीहरूलेझैँ परमेश्‍वरका वचनहरू पढ्न र वाचन गर्न सक्छ भने, तिनीहरूले उसलाई सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति ठान्‍नेछन्। झूटो अगुवाले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छ; उसले मूलतः परमेश्‍वरका वचनहरूको सत्यता बुझ्दैन, त्यसकारण ऊ तीसम्बन्धी आफ्नो अनुभवात्मक ज्ञानबारे कुरा गर्न असक्षम हुन्छ। झूटा अगुवाहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरूले तिनको सतही अर्थ मात्र बुझ्न सक्छन्, तर त्यो नै उहाँका वचनहरू र सत्यता बुझ्नु हो भन्ने विश्वास गर्छन्। दैनिक जीवनमा तिनीहरू अरूलाई सल्लाह दिन र मदत गर्नका लागि सधैँ परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको व्याख्या गर्छन्, अनि त्यसो गर्नु भनेको काम गर्नु हो, र तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन साथै तिनका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गरिरहेका छन् भन्‍ने विश्‍वास गर्छन्। तथ्य के हो भने, झूटा अगुवाहरूले बारम्बार परमेश्‍वरका वचनहरूबारे अरूसँग यसरी सङ्गति गर्ने भए पनि, तिनीहरूले सानो वास्तविक समस्यालाई पनि समाधान गर्न सक्दैनन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका वचनहरू अभ्यास वा अनुभव गर्न असक्षम भई बस्छन्। तिनीहरू भेलाहरूमा चाहे जति नै सहभागी हुने वा परमेश्‍वरका वचनहरू जति नै खाने र पिउने गरे पनि, तिनीहरू सत्यता बुझ्दैनन्, न त तिनीहरूसँग जीवन प्रवेश नै हुन्छ, साथै तीमध्ये कसैले पनि आफ्ना अनुभवात्मक ज्ञानबारे कुरा गर्न सक्दैनन्। दुष्ट मानिस र अविश्‍वासीहरूले मण्डलीमा बाधा दिइरहेका भए पनि, तिनीहरूलाई कसैले खुट्ट्याउन सक्दैन। कुनै झूटो अगुवाले कुनै अविश्‍वासी वा दुष्ट व्यक्तिले बाधा सिर्जना गरिरहेको देख्दा, उसले समझशक्ति प्रयोग गर्दैन, बरु उसलाई प्रेम र अर्तीहरू दिन्छ, अरूलाई ऊप्रति सहनशील र धैर्यवान् हुन आग्रह गर्छ, र यी मानिसहरूलाई मण्डलीमा बाधा सिर्जना गरिरहन दिन्छ। यस कारणले गर्दा मण्डलीको प्रत्येक काम अत्यन्तै फलहीन हुन्छ। यो एक झूटो अगुवाले खास काम गर्न नसक्नुको परिणाम हो। झूटो अगुवाहरूले समस्याहरू समाधान गर्नहेतु सत्यता प्रयोग गर्न सक्दैनन्, जुन तिनीहरूमा सत्यता वास्तविकता छैन भन्‍ने देखाउन पर्याप्त हुन्छ। जब तिनीहरू बोल्छन्, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र ओकल्छन्, साथै तिनीहरूले अरूलाई अभ्यास गर्न भन्ने कुरा धर्मसिद्धान्त र प्रावधान हरू मात्र हुन्छन्। उदाहरणका लागि, जब कसैले परमेश्‍वरबारे गलतफहमी विकास गर्छ, तब झूटा अगुवाहरूले उसलाई यसो भन्‍नेछ, “परमेश्‍वरका वचनहरूले यो सबै पहिल्यै समेटिसके: परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो मानिसको मुक्ति हो, त्यो प्रेम हो। हेर त, उहाँका वचनहरू कति प्रस्ट र खुलस्त छन्। तिमीले अझै पनि कसरी उहाँलाई गलत बुझ्न सक्छौ?” झूटा अगुवाहरूले मानिसहरूलाई यस्तै निर्देशन दिन्छन्। तिनीहरू मानिसहरूलाई चेतावनी दिन शब्द र धर्मसिद्धान्तहरू ओकल्ने गर्छन्, तिनीहरूलाई, बन्धनमा पार्छन्, र प्रावधानहरू पालना गर्न लगाउँछन्। यो अलिकति पनि प्रभावकारी हुँदैन, र यसले कुनै समस्याहरू समाधान गर्न सक्दैन। झूटा अगुवाहरूले मानिसहरूलाई मार्गदर्शन गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्, जसले ती मानिसहरूलाई धर्मसिद्धान्तहरू बोल्न सक्नुको अर्थ तिनीहरू सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छन् भन्‍ने हो भनी सोच्ने तुल्याउँछ। तैपनि तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरूलाई कसरी अभ्यास गर्ने भनी थाहा हुन्न, तिनीहरूसित कुनै मार्ग हुँदैन, र तिनीहरूले बुझेका सारा शब्द र धर्मसिद्धान्तहरू छेउ लाग्छन्। यसले के देखाउँछ? यसले धर्मसिद्धान्तहरू बुझ्नु बिलकुलै उपयोगी वा मूल्यवान् हुँदैन भन्‍ने देखाउँछ। झूटा अगुवाहरूले बुझ्ने एउटा मात्रै कुरा भनेको धर्मसिद्धान्त हो। तिनीहरूले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्; तिनीहरूका कार्यहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्, र जीवनमा तिनीहरूले आफूलाई राम्रा लागेका केही प्रावधानहरू पालना गर्ने काम मात्र गर्छन्। यस्ता मानिसहरूमा सत्यता वास्तविकताहरू हुँदैनन्। त्यसैले, झूटा अगुवाहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्दा, कुनै वास्तविक असर हुँदैन। तिनीहरूले केवल मानिसहरूलाई परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ बुझ्ने तुल्याउन सक्छन्, र उनीहरूलाई परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गर्न वा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनी बुझ्न मदत गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूका स्थितिहरू के हुन् वा कुनै पनि निश्चित परिस्थिति सामना गर्दा, मानिसहरूले कस्तो स्वभाव सार प्रकाश गर्छन्, यी त्रुटिपूर्ण स्थितिहरू र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न परमेश्‍वरका कुन वचनहरू प्रयोग गर्नुपर्छ, तीबारे परमेश्‍वरका वचनहरूमा के भनिएको छ, परमेश्‍वरका वचनहरूका माग र सिद्धान्तहरू के हुन्, वा तीभित्रका सत्यताहरू के हुन् भन्‍ने कुरा बुझ्दैनन्। झूटा अगुवाहरूले यी सत्यता वास्तविकताहरूबारे केही पनि बुझ्दैनन्। तिनीहरू मानिसहरूलाई यसो भनेर सल्लाह मात्र दिन्छन्, “परमेश्‍वरका अझै धेरै वचनहरू खाने र पिउने गर। तिनमा सत्यता छ। तिमीले उहाँका वचनहरू अझ धेरै पढेपछि बुझ्नेछौ। यदि तिमीले तीमध्ये कुनै-कुनै बुझ्दैनौ भने, तिमीले तीबारे अझ धेरै प्रार्थना, खोजी, र मनन गर्नुपर्छ।” तिनीहरूले यसरी नै मानिसहरूलाई परामर्श दिन्छन्, र त्यसो गरेर तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्। जोसुकैले समस्या सामना गरेर तिनीहरूबाट खोजी गर्न आएपनि, तिनीहरूले एउटै कुरा भन्छन्। पछि, त्यस व्यक्तिले अझै पनि आफूलाई चिनेको हुँदैन र अझै पनि सत्यता बुझ्दैन। तिनीहरूले आफ्नै वास्तविक समस्या समाधान गर्न, वा तिनीहरूले परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्नुपर्छ भनी बुझ्न सक्नेछैनन्, अनि तिनीहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ र प्रावधान हरू मात्र पालना गर्नेछन्। परमेश्‍वरका वचनहरू अभ्यास गर्नुका सत्यता सिद्धान्तहरू वा तिनीहरूले प्रवेश गर्नुपर्ने वास्तविकताहरूको कुरा आउँदा, तिनीहरूले ती अझै पनि बुझ्दैनन्। झूटा अगुवाहरूको कामबाट यही नतिजा आउँछ: एउटा पनि वास्तविक नतिजा आउँदैन।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१)

कुनै कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि छैन, वा ऊ झूटो अगुवा हो कि भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत रूपमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्ने कुरालाई वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्ने कुरालाई पनि वास्ता नगर्——यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीको सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न नसक्‍ने छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवाहरू नै हुन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूलाई केही समय तालिम दिइयो भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुऱ्याएका छैनन्—तपाईं कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?” यसलाई हामीले कसरी व्याख्या गर्ने? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तँ कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तैँले अगुवाइ गरेको कालमा तँ आफू जिम्मेवार भएको हरेक विशेष काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशेष काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (९)

सारा झूटा अगुवाहरूले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्, तिनीहरू सबै नक्कली आत्मिक हुन्छन्, तिनीहरूले कुनै वास्तविक काम गर्नै सक्दैनन्, र परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको बाबजुद सत्यता बुझ्दैनन्—तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन भनेर भन्‍न सकिन्छ। तिनीहरू सोच्छन्, मण्डली अगुवा हुनु भनेको आफूले केही शब्द र धर्मसिद्धान्त प्रचार गर्नु र केही नारा फलाक्नु मात्र पर्छ, र परमेश्‍वरका वचनहरू थोरै व्याख्या गर्नुपर्छ, त्यसपछि मानिसहरूले सत्यता बुझ्नेछन्। तिनीहरूलाई काम गर्नुको अर्थ के हो, अगुवा र कामदारका जिम्मेवारीहरू केके हुन्, र किन खासगरी परमेश्‍वरको घरले कसैलाई अगुवा वा कामदार हुन चयन गर्छ, वा यसले कस्ता समस्याहरू समाधान गर्नुपर्ने हुन्छ भन्‍ने थाहा हुँदैन। त्यसकारण, अगुवा र कामदारहरूले कामको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्नैपर्छ, तिनीहरूले काममा भएका समस्याहरू तत्काल पत्ता लगाएर समाधान गर्नैपर्छ, आदि कुराहरू भनेर परमेश्‍वरको घरले जति नै सङ्गति गरे पनि, तिनीहरूले यीमध्ये कुनै पनि ग्रहण गर्दैनन् र यो कुरा बुझ्दैनन्। तिनीहरू परमेश्‍वरको घरले अगुवा र कामदारहरूका लागि तोकेका मापदण्डहरू पूरा गर्न वा हासिल गर्न सक्दैनन्, र तिनीहरूले कर्तव्य निर्वाहमा समावेश पेशागत सिपसँग सम्बन्धित समस्याहरू, साथै सुपरभाइजरहरू चयन गर्ने सिद्धान्तको समस्या आदि कुराहरू बुझ्न सक्दैनन्, र तिनीहरूलाई यी समस्याहरूबारे थाहा भए पनि, तिनीहरू अझै पनि तिनलाई सम्हाल्न सक्षम हुँदैनन्। त्यसकारण, यस्ता झूटा अगुवाहरूका अगुवाइमा, मण्डलीको काममा आइपर्ने सबै प्रकारका समस्याहरू समाधान गर्न सकिँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा सामना गर्ने पेशागत सिपसँग सम्बन्धित समस्याहरू मात्र नभएर परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हुने कठिनाइहरू पनि लामो समयसम्म समाधान हुँदैनन्, अनि केही अगुवा र कामदारहरू अथवा कामका विभिन्न पक्षका सुपरभाइजरहरूले वास्तविक काम गर्न नसक्दा, तिनीहरूलाई तत्काल बरखास्त गरिने वा अन्यत्र खटाइने आदि गरिँदैन। यी कुनै पनि समस्या तत्काल समाधान हुँदैनन्, र फलस्वरूप मण्डलीका विभिन्‍न कामहरूको कुशलता निरन्तर खस्किन्छ, अनि कामको प्रभावकारिता झन्-झन् कमजोर बन्दै जान्छ। कर्मचारीहरूका सन्दर्भमा भन्‍नुपर्दा, अलि प्रतिभाशाली र बोल्नमा सिपालुहरू अगुवा र कामदार बन्छन्, जबकि सत्यतालाई प्रेम गर्ने, कडा मेहनतमा डुब्न सक्ने, र गुनासो नगरी अथक रूपमा काम गर्नेहरूले बढुवा र संवर्धन पाउँदैनन्, र तिनीहरूलाई श्रमजीवीझैँ व्यवहार गरिन्छ, अनि निश्चित सिप भएका विभिन्‍न प्राविधिक कर्मचारीहरूलाई उचित रूपमा प्रयोग गरिँदैनन्, र इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्ने कतिपय मानिसहरूले जीवन भरणपोषण प्राप्त गर्दैनन्, त्यसकारण तिनीहरू नकारात्मकता र कमजोरीमा फस्छन्। यति मात्र नभएर, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले जतिसुकै दुष्टता गरे पनि, झूटा अगुवाहरूले नदेखेझैँ गर्छन्। यदि कसैले कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको खुलासा गर्‍यो भने, झूटा अगुवाहरूले उसलाई त्यस व्यक्तिलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र पश्चात्ताप गर्ने मौका दिनुपर्छ समेत भन्‍नेछन्। यसो गरेर तिनीहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई दुष्टता गर्न र मण्डलीमा बाधा पुऱ्याउन दिन्छन्, र यसले गर्दा यी दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरू हटाइन वा निष्कासित हुनमा एकदमै ढिलाइ हुन्छ, र तिनीहरूले मण्डलीमा दुष्टता गरिरहन र मण्डलीका काममा बाधा पुऱ्याइरहन पाउँछन्। झूटा अगुवाहरू यीमध्ये कुनै पनि समस्याहरू सम्हाल्न र समाधान गर्न सक्षम हुँदैनन्; तिनीहरूले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न वा उचित तरिकाले कामको बन्दोबस्त गर्न सक्दैनन्, बरु तिनीहरू लापरवाहीपूर्ण व्यवहार गर्छन् र केही बेकारका काम मात्र गर्छन्, फलस्वरूप, तिनीहरू मण्डलीको कामलाई अस्तव्यस्त र भद्रगोल बनाउँछन्। परमेश्‍वरले घरले सत्यताबारे जसरी सङ्गति गरे पनि वा मण्डलीको काम कार्यान्वयन गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरूलाई जसरी जोड दिए पनि—प्रतिबन्धित गर्नुपर्ने र हटाउनुपर्ने विभिन्‍न प्रकारका दुष्कर्मी र अविश्‍वासीहरूलाई प्रतिबन्धित गर्नु र हटाउनु, अनि राम्रो क्षमता र बोध क्षमता भएका मानिसहरू, सत्यता पछ्याउन सक्ने र प्रवर्धन र जगेर्ना गरिनुपर्ने मानिसहरूलाई प्रवर्धन र जगेर्ना गर्नु—यी कुराहरू अनेकौँ पटक सङ्गति गरिए पनि, झूटा अगुवाहरूले ती बुझ्दैनन् वा बोध गर्दैनन् र तिनीहरू सधैँ आफ्ना छद्म आत्मिक विचारहरू र “प्रेमिलो” विधिहरूमा अडिग रहन्छन्। झूटा अगुवाहरू के विश्‍वास गर्छन् भने, तिनीहरूको इमानदारर धैर्यशील निर्देशनमा, सबै प्रकारका मानिसहरू व्यवस्थित तरिकाले, अस्तव्यस्त नपारी आ-आफ्ना भूमिकाहरू निर्वाह गर्छन्, सबैमा धेरै नै आस्था छ, सबै जना आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक छन्, जेल जान र खतरा सामना गर्न डराउँदैनन्, र हरव्यक्तिले कष्ट सहने सङ्कल्प राख्छन् र सबै जना यहूदा बन्‍न अनिच्छुक छन्। तिनीहरू के विश्‍वास गर्छन् भने मण्डली जीवनमा राम्रो वातावरण हुनुको अर्थ तिनीहरूले राम्रो काम गरेका छन् भन्‍ने हो। मण्डलीमा दुष्ट मानिसहरूले बाधा पुऱ्याउने, वा अविश्‍वासीहरूले विधर्म र भ्रमहरू फैलाउने भए पनि वा नभए पनि, तिनीहरूले यी कुराहरूलाई समस्या ठान्दैनन्, र तिनीहरू तिनलाई समाधान गर्नु आवश्यक ठान्दैनन्। झूटा अगुवाहरूले आफ्नै इच्छाका आधारमा लापरवाहीपूर्वक काम गर्ने र सुसमाचारको काममा बाधा पुऱ्याउने कुनै व्यक्तिलाई काम सुम्पेको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू झनै अन्धा हुन्छन्। तिनीहरू यसो भन्छन्, “मैले व्याख्या गर्नुपर्ने कार्य सिद्धान्तहरू व्याख्या गरेको छु, र मैले तिनीहरूलाई के गर्ने भनेर बारम्बार भनेको छु। यदि कुनै समस्याहरू आए भने, त्यसको मसित कुनै सम्बन्ध छैन।” तर, तिनीहरूलाई त्यो व्यक्ति सही हो कि होइन भनेर थाहा हुँदैन, तिनीहरू त्यससँग चासो राख्दैनन्, र तिनीहरूले त्यस व्यक्तिलाई सकारात्मक परिणाम हासिल गर्न के गर्ने र त्यसले कस्ता नतिजाहरू ल्याउँछन् भनेर बुझाउँदै र बताउँदै गर्दा आफूले भनेको कुरा सत्यता सिद्धान्तहरूसँग मेल खान्छन् कि खाँदैनन्, वा त्यसको आधार परमेश्‍वरको वचनमा छ कि छैन भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा हुँदैन। झूटा अगुवाहरूले भेला राख्दा, अनन्त रूपले शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, फलस्वरूप तिनीहरू समस्या समाधान गर्न सक्दैनन्। तैपनि तिनीहरू अझै आफूले ठूलो काम गरिरहेको ठान्छन्, तिनीहरू अझै पनि आफूप्रति खुसी हुन्छन् र आफू अद्भुत भएको ठान्छन्। वास्तवमा, तिनीहरूले बोल्ने शब्द र धर्मसिद्धान्तहरूले अज्ञानी र कमजोर क्षमताका ती अन्योल, बेवकुफ, र मूर्ख मानिसहरूलाई छल गर्न मात्र सक्छन्। यी मानिसहरूले यी वचनहरू सुनेपछि, झूटा तिनीहरू अन्योलमा पर्छन् र अगुवाहरूले भनेको कुरा एकदमै सही हो, तिनीहरूले भनेको केही पनि गलत होइन भन्‍ने विश्‍वास गर्छन्। झूटा अगुवाहरूले यी दुविधामा रहेका मानिसहरूलाई मात्र सन्तुष्ट पार्न सक्छन् र तिनीहरू मूलतः वास्तविक समस्याहरू समाधान गर्न असक्षम हुन्छन्। अवश्य नै, झूटा अगुवाहरू पेशागत सिप र ज्ञानसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्न झनै कम सक्षम हुन्छन्—तिनीहरू यी कुराहरूमा पूर्णतया शक्तिहीन हुन्छन्। परमेश्‍वरको घरको पाठ्यपुस्तकसम्बन्धी कामकै उदाहरण लिऔँ। झूटा अगुवाहरूको सबैभन्दा बढी टाउको दुखाइको काम यही हो। तिनीहरूले आत्मिक बुझाइ र राम्रो क्षमता भएका पाठ्यपुस्तकसम्बन्धी काम गर्न उपयुक्त मानिसहरू ठ्याक्कै को हुन् भनेर पहिचान गर्न सक्दैनन्, र तिनीहरू चस्मा लगाएको र उच्च शिक्षा हासिल गरेको जोकोहीलाई राम्रो क्षमता र आत्मिक बुझाइ भएको ठान्छन्, त्यसकारण तिनीहरूले ती मानिसहरूका लागि त्यो कामको बन्दोबस्त गर्छन्, र तिनीहरूलाई यसो भन्छन्, “तिमीहरू सबै जनामा पाठ्यपुस्तकसम्बन्धी काम गर्ने प्रतिभा छ। म यो काम बुझ्दिनँ, त्यसकारण यो कुरा तिमीहरूकै काँधमा छ। परमेश्‍वरको घरलाई तिमीहरूबाट अरू केही चाहिँदैन, यति मात्र हो कि, तिमीहरूले आफ्नो सामर्थ्य प्रयोग गर्नुपर्छ, केही पनि लुकाउनु हुँदैन, र आफूले सिकेको सबथोक दिनुपर्छ। परमेश्‍वरले तिमीहरूलाई हुर्काइबढाइ गरेकोमा तिमीहरूले कृतज्ञ भएर उहाँलाई धन्यवाद दिन जान्नुपर्छ।” झूटा अगुवाहरूले थुप्रै प्रभावशाली र सतही वचनहरू भनेपछि, तिनीहरूलाई काम बन्दोबस्त गरिएको छ, र आफूले गर्नुपर्ने सबै कुरा गरेको छु भन्‍ने लाग्छ। तिनीहरूलाई यो काम गर्न आफूले बन्दोबस्त गरेका मानिसहरू उचित छन् कि छैनन् भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई पेशागत ज्ञानका सन्दर्भमा मानिसहरूका कमीकमजोरीहरू के-के हुन्, वा तिनीहरूले कसरी तिनको पूर्ति गर्नुपर्छ भनेर नै थाहा हुन्छ। तिनीहरू मानिसहरूलाई हेर्न र खुट्ट्याउन जान्दैनन्, पेशागत समस्याहरू बुझ्दैनन्, न त तिनीहरूले लेखनसँग सम्बन्धित ज्ञान नै बुझ्छन्—तिनीहरू यी कुराहरूबारे पूर्णतया अज्ञानी हुन्छन्। तिनीहरू आफूले यी कुराहरू नबुझ्ने वा बोध नगर्ने भन्छन्, तर हृदयमा, यस्तो सोच्छन्, “के तिमीहरू मभन्दा अलि बढी शिक्षित र ज्ञानवान् भएको मात्र होइन र? मैले तिमीहरूलाई यो काममा मार्गदर्शन गर्न नसके पनि, म तिमीहरूभन्दा बढी आत्मिक छु, म प्रवचनहरू दिनमा तिमीहरूभन्दा राम्रो छु, र म परमेश्‍वरका वचनहरू तिमीहरूलेभन्दा राम्ररी बुझ्छु। मैले नै तिमीहरूलाई अगुवाइ गरिरहेको छु, म तिमीहरूभन्दा माथिको हुँ। मैले तिमीहरूको व्यवस्थापन गर्नुपर्छ, र म जे भन्छु तिमीहरूले त्यो गर्नैपर्छ।” झूटा अगुवाहरू आफूलाई निकै महत्त्वपूर्ण ठान्छन्, तैपनि तिनीहरूले कुनै पनि प्रकारको पेशागत सिपसित सम्बन्धित कामका सम्बन्धमा कुनै सार्थक सुझावहरू दिन सक्दैनन्, र तिनीहरू कुनै मार्गदर्शन दिन पनि सक्दैनन्। बढीमा, तिनीहरू कर्मचारीहरूलाई राम्रोसँग बन्दोबस्त गर्न सक्छन्; तिनीहरू त्यसपछिका कुनै पनि काम गर्न सक्दैनन्। तिनीहरू पेशागत ज्ञान हासिल गर्ने कोसिस गर्दैनन्, र कामको अनुगमन गर्दैनन्। सबै झूटा अगुवाहरू छद्म आत्मिक हुन्छन्; तिनीहरूले गर्न सक्ने भनेकै केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मात्र हो र त्यसपछि तिनीहरू आफूले सत्यता बुझ्ने भन्ठान्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूसामु निरन्तर देखावट गर्छन्। हरेक भेलामा, तिनीहरू घन्टौँसम्म प्रचार गर्छन्, तैपनि कुनै पनि समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्। तिनीहरू मानिसहरूका कर्तव्यमा पर्ने पेशागत ज्ञानसँग सम्बन्धित समस्याहरूबारे पूर्णतया अनजान हुन्छन्; तिनीहरू प्रस्ट रूपले साधारण मानिस हुन्, तैपनि तिनीहरू आत्मिक भएको नाटक गर्छन्, पेशेवारहरूका काममा निर्देशन दिन्छन्—यसरी त तिनीहरूले कसरी राम्ररी काम गर्न सक्छन्? झूटा अगुवाहरू पेशागत ज्ञान सिक्ने कोसिस नगर्नु र कुनै वास्तविक काम गर्न नसक्नुले नै मानिसहरूलाई पहिल्यै विरक्त पारिरहेको हुन्छ, र यसमाथि, तिनीहरू आत्मिक मानिस भएको नाटक गर्नु र आफ्ना आत्मिक वचनहरू प्रदर्शन गर्नु, जुन एकदमै समझ नहुनु हो! यो फरिसीहरूभन्दा फरक होइन। फरिसीहरू सबैभन्दा समझहीन भएको कुरा यो थियो कि परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्थ्यो, तैपनि तिनीहरू यसबारे पूर्णतया अनजान थिए र अझै पनि आफूलाई अत्यन्तै राम्रो र निकै आत्मिक ठान्थे। झूटा अगुवाहरूमा आत्मचेतनाको यति कमी हुन्छ; तिनीहरू प्रस्ट रूपले कुनै वास्तविक काम गर्न सक्दैनन् र तैपनि आत्मिक भएको नाटक गर्छन्, र पाखण्डी फरिसी बन्छन्। तिनीहरू ठ्याक्कै तिनै मानिसहरू हुन्, जसलाई परमेश्‍वरले तिरस्कार गरेर हटाउनुहुन्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (८)

झूटा अगुवाहरूको एउटा विशेषता भनेको सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू राम्रोसँग व्याख्या गर्न वा प्रस्ट पार्न नसक्नु हो। यदि कसैले तिनीहरूलाई सोधेमा, तिनीहरूले उसलाई केही खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र बताउन सक्छन्। समाधान गर्न आवश्यक समस्याहरू सामना गर्नुपर्दा, तिनीहरूले बारम्बार जवाफमा यस्तो वाक्य फर्काउँछन्, “तिमीहरू सबै जना यो कर्तव्य निभाउनमा निपुण छौ। यदि तिमीहरूलाई समस्याहरू छ भने, तिमीहरू आफैले तिनको समाधान गर्नुपर्छ। मलाई नसोध; म कुनै विज्ञ होइन, र म बुझ्दिनँ। त्यसलाई तिमीहरू आफैले सम्बोधन गर।” कतिपय मानिसहरूले प्रतिवाद गर्न सक्छन्, “हामीले समस्या समाधान गर्न नसक्ने भएरै तपाईँलाई सोधेका हौँ; हामीले समाधान गर्न सक्ने भए तपाईँलाई सोध्ने नै थिएनौँ। हामी सत्यता सिद्धान्तहरूसम्बन्धी यो समस्या बुझ्दैनौँ।” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “के मैले तिमीलाई सिद्धान्तहरू बताइसकेको छैन र? आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर, बाधा वा अवरोधहरू सिर्जना नगर। तिमी अझै पनि केका बारेमा सोधिरहेका छौ? तिमीलाई जसरी उचित लाग्छ, त्यसलाई त्यसरी नै सम्हाल! परमेश्‍वरका वचनहरू बोलिसकिएका छन्: परमेश्‍वरको घरका हितहरूलाई प्राथमिकता देऊ।” ती मानिसहरू पूर्णतया अन्योलमा पर्छन्, र यसो सोच्छन्, “यो त समस्याको समाधान होइन!” झूटा अगुवाहरूले कामप्रति यस्तो व्यवहार गर्छन्; तिनीहरूले विरलै त्यसको निरीक्षण गर्छन्, झारा टार्छन्, र समस्याहरूलाई कहिल्यै सम्बोधन गर्दैनन्। मानिसहरूले जस्तोसुकै मामलाहरू उठाए पनि, झूटा अगुवाहरूले उनीहरूलाई आफै सत्यता खोजी गर्न भन्छन्। तिनीहरूले मानिसहरूलाई प्रायः सोध्छन्, “के तिमीलाई कुनै समस्याहरू छन्? तिम्रो जीवन प्रवेश कस्तो छ? के तिमी आफ्ना कर्तव्यहरू झाराटारुवा तरिकाले गरिरहेका छौ?” ती मानिसहरूले यसो भन्दै जवाफ दिन्छन्, “कहिलेकाहीँ, म आफूलाई झाराटारुवा स्थितिमा पाउँछु, अनि प्रार्थनामार्फत, म त्यसलाई समाधान गर्छु र आफूलाई सुल्ट्याउँछु, तर म अझै पनि आफ्नो कर्तव्य पूरा गर्ने सत्यता सिद्धान्तहरू बुझ्दिनँ।” झूटा अगुवाहरू भन्छन्, “के मैले यसअघिको भेलामा तिमीसँग ठोस सिद्धान्तहरू सङ्गति गरिनँ र? मैले तिमीलाई परमेश्‍वरका वचनहरूका कैयौँ खण्डहरूसमेत प्रदान गरेँ। अहिलेसम्ममा तिमीले बुझ्नुपर्ने होइन र?” खासमा, उनीहरूले सबै धर्मसिद्धान्त बुझ्छन् तर अझै पनि आफ्ना समस्याहरू समाधान गर्न असक्षम नै रहन्छन्। झूटा अगुवाहरू भव्य सुनिने वचनहरूसमेत ओकल्ने गर्छन्, “तिमीले त्यसलाई किन समाधान गर्न सक्दैनौ? तिमीले परमेश्‍वरका वचनहरू राम्रोसँग पढेकै छैनौ। यदि तिमीले अझ धेरै प्रार्थना गर्‍यौ र परमेश्‍वरका वचनहरू अझ धेरै पढ्यौ भने, तिम्रा सारा समस्याहरू समाधान हुनेछन्। तिमीहरूले सँगै छलफल गर्न अनि उपाय पत्ता लगाउन सिक्नुपर्छ, त्यसपछि अन्तत: तिमीहरूका समस्याहरू समाधान हुनेछन्। पेशागत समस्याहरूका सम्बन्धमा मलाई नसोध; मेरो जिम्मेवारी भनेको काम निरीक्षण गर्नु हो। मैले आफ्नो कार्य पूरा गरेको छु, बाँकी कुरा पेशागत मामलाहरूसँग सम्बन्धित छन्, जुन म बुझ्दिनँ।” झूटा अगुवाहरू मानिसहरूलाई टार्न र प्रश्नहरू छल्न प्रायः “म बुझ्दिनँ, मैले यो कुरा कहिल्यै सिकिनँ, म कुनै विज्ञ होइन” भन्‍ने कारण र बहानाहरू प्रयोग गर्छन्। तिनीहरू अत्यन्तै विनम्र देखिएलान्; तर, यसले झूटा अगुवाहरूको एउटा गम्भीर समस्या खुलासा गर्छ—तिनीहरूसँग निश्चित कार्यहरूमा पेशागत ज्ञानसम्बन्धी समस्याहरूबारे कुनै बुझाइ हुँदैन, तिनीहरू शक्तिहीन महसुस गर्छन् र अत्यन्तै अफ्ठ्यारो र लज्जित महसुस गरिरहेको देखिन्छन्। त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरूले सबैसँग सङ्गति गर्न परमेश्‍वरका वचनका कैयौँ खण्डहरू जम्मा गर्न, र मानिसहरूलाई अर्ती दिन केही धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छन्। अलिकति दया भएका अगुवाहरूले मानिसहरूप्रति चासो देखाउन र बेलाबेलामा उनीहरूलाई यस्तो सोध्न सक्छन्, “के तिमीहरूले आफ्नो जीवनमा हालसालै कुनै कठिनाइहरू सामना गरेका छौ? के तिमीहरूसँग लगाउनका लागि कपडाहरू पर्याप्त छन्? के तिमीहरूमध्ये कसैले गलत व्यवहार गर्दै आएका छौ?” यदि सबैले उनीहरूलाई ती समस्याहरू छैनन् भनेमा, तिनीहरूले “त्यसोभए कुनै समस्या छैन। आ-आफ्नो काम जारी राख; मैले अरू मामलाहरूमा सम्हाल्नु छ” भनेर जवाफ दिन्छन्, र कसैले प्रश्नहरू सोध्ला र तिनलाई समाधान गर्न भन्ला, तिनीहरूलाई लाजमर्दो परिस्थितिमा पार्ला भन्‍ने डरले हतारहतार निस्कन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले कसरी मण्डलीको काम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् त? फलस्वरूप, समाधान नभएका समस्याहरूको थुप्रोले अन्तत: मण्डलीको कामलाई असर गर्छ। यो झूटा अगुवाहरूले काम गर्ने तरिकाको प्रमुख विशेषता र प्रकटीकरण हो।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२)

झूटा अगुवाहरू मूलतः मण्डलीको सारभूत र महत्त्वपूर्ण काम गर्न असक्षम हुन्छन्। तिनीहरूले केही सरल र सामान्य मामलाहरू मात्र सम्हाल्छन्; समग्रमा तिनीहरूको कामले मण्डलीको काममा महत्त्वपूर्ण वा निर्णायक भूमिका खेल्दैन, र त्यसले वास्तविक नतिजाहरू दिँदैन। तिनीहरूको सङ्गतिले मूलभूत रूपमा केही बासी र सामान्य विषयवस्तुहरू मात्र समेट्छ, यो बारम्बार दोहोरिएका शब्द र धर्मसिद्धान्तहरूमा मात्र सीमित हुन्छ र यो अत्यन्तै खोक्रो, फराकिलो, र विवरणहीन हुन्छ। तिनीहरूको सङ्गतिमा मानिसहरूले शाब्दिक रूपमा केही कुरा पढेर बुझ्न सक्ने कुराहरू मात्र समावेश हुन्छ। यी झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्, खास गरी, तिनीहरू मानिसहरूका धारणा, कल्पना, र भ्रष्ट स्वभावका प्रकटीकरणहरू समाधान गर्न झन् कम सक्षम हुन्छन्। मुख्य कुरा के हो भने, झूटा अगुवाहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, वा पाठ्यपुस्तकसम्बन्धी कामजस्ता परमेश्‍वरको घरले बन्दोबस्त गरेका महत्त्वपूर्ण कामको जिम्मेवारी लिन सक्दै सक्दैनन्। विशेषगरी, जब व्यावसायिक ज्ञानसँग सम्बन्धित कामको कुरा आउँछ, तब झूटा अगुवाहरूलाई आफू यी क्षेत्रहरूमा भुइँमान्छे भएको स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू त्यसको अध्ययन गर्दैनन्, न त अनुसन्धान नै गर्छन्, र अरूलाई विशेष डोऱ्याइ दिन वा तीसँग सम्बन्धित कुनै समस्या समाधान गर्न त झनै सक्षम हुँदैनन्। तैपनि तिनीहरू अझै निर्लज्ज रूपमा भेलाहरू आयोजना गर्छन्, खोक्रा सिद्धान्तहरूबारे अनन्त रूपमा कुरा गर्छन्, अनि वचन र धर्मसिद्धान्तहरूबारे बोल्छन्। झूटा अगुवाहरूलाई तिनीहरूले यस्तो काम गर्न मिल्दैन भनेर राम्रोसँग थाहा हुन्छ, तैपनि तिनीहरू विज्ञ भएको नाटक गर्छन्, अभिमानी व्यवहार गर्छन्, र सधैँ भव्य धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई गाली गर्छन्। तिनीहरू कसैका प्रश्नहरूको जवाफ दिन सक्दैनन्, तैपनि अरूलाई गाली गर्ने निहुँ र बहाना फेला पार्छन्, उनीहरूले किन त्यो पेशा सिक्दैनन्, किन सत्यता खोज्दैनन् र किन आफ्नै समस्याहरू समाधान गर्न सक्दैनन् भनेर सोध्छन्। यी झूटा अगुवाहरू, जो यी क्षेत्रका भुइँमान्छे हुन् र कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, अझै पनि माथिबाट अरूलाई भाषण दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू अरूका नजरमा निकै व्यस्त देखिन्छन्, मानौँ तिनीहरू धेरै काम गर्न सक्छन् र निकै सक्षम छन्, तर वास्तवमा, तिनीहरू केही पनि होइनन्। झूटा अगुवाहरू प्रस्ट रूपमा वास्तविक काम गर्न असक्षम हुन्छन्, तैपनि तिनीहरू उत्साहका साथ आफूलाई व्यस्त राख्छन्, र भेलाहरूमा जहिले पनि उही सधैँ भनिरहेकै कुरा भन्छन्, बारम्बार एउटै कुरा दोहोर्‍याउँछन्, र एउटा पनि वास्तविक समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू यसबाट निकै वाक्क हुन्छन्, र तिनीहरूले यसबाट शिक्षाप्रद कुरा लिन बिलकुलै सक्दैनन्। यस्तो काम अत्यन्तै अकुशल हुन्छ, र यसले कुनै नतिजाहरू दिँदैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्, र यसका कारण मण्डलीको काममा ढिलाइ हुन्छ। तैपनि झूटा अगुवाहरू आफूले निकै राम्रो काम गरिरहेको र आफू निकै सक्षम भएको महसुस गर्छन्, जबकि तथ्य के हो भने, तिनीहरूले मण्डलीको कामको एउटा पक्ष पनि राम्रोसँग गरेका हुँदैनन्। तिनीहरूलाई आफ्नो जिम्मेवारीको दायराअन्तर्गत पर्ने अगुवा र कामदारहरूको मापदण्ड पुगेको छ कि छैन भनेर थाहा हुँदैन, न त विभिन्‍न टोलीका अगुवा र सुपरभाइजरहरू आफ्ना कामको जिम्मेवारी लिन सक्षम छन् कि छैनन् भनेर थाहा हुन्छ, न तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै समस्याहरू आएका छन् कि भनेर चासो राख्ने वा सोध्ने नै गर्छन्। छोटकरीमा, झूटा अगुवाहरूले आफ्नो काममा कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि तिनीहरू जोशका साथ व्यस्त रहन्छन्। अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, झूटा अगुवाहरू कठिनाइ भोग्न सक्छन्, मूल्य चुकाउन तयार हुन्छन्, र हरेक दिन हडबडाउँदै बिताउँछन्। खाना खाने बेला भएपछि तिनीहरूलाई मेचमा बोलाउनुपर्छ, र तिनीहरू निकै अबेला सुत्छन्। तैपनि तिनीहरूको कामका नतिजाहरू राम्रा हुँदैनन्। यदि तैँले ध्यानपूर्वक हेरिनस् भने, बाहिरबाट सबै कामहरू भइरहेको, र सबै जना आफ्ना कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखिन्छ, तर यदि तैँले नजिकबाट मिहिन रूपमा नियाल्ने, र गम्भीरतापूर्वक निरीक्षण गर्ने हो भने, साँचो परिस्थिति प्रकट हुनेछ। तिनीहरूको जिम्मेवारीको दायरामा पर्ने हरेक काम भद्रगोल हुन्छ, त्यसमा कुनै संरचना वा व्यवस्था हुँदैन। प्रत्येक काममा समस्याहरू—वा छिद्रहरूसमेत—हुन्छन्। यी समस्याहरू देखा पर्नु झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्नु, र आफ्ना धारणा, कल्पना र उत्साहका आधारमा कार्य गर्नुसँग सम्बन्धित हुन्छ। झूटा अगुवाहरूले कहिल्यै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्, न त कहिल्यै समस्याहरू समाधान गर्न सत्यताको खोजी नै गर्छन्। तिनीहरूमा प्रस्ट रूपमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू नेतृत्वको काम गर्न सक्दैनन्, साथै तिनीहरूले वचन र धर्मसिद्धान्तहरू ओकल्न मात्र सक्छन् र सत्यता बिलकुलै बुझ्दैनन्, तैपनि तिनीहरू आफूलाई थाहा नभएका कुरा थाहा भएको ढोँग गर्छन् र आफूलाई विज्ञ साबित गर्ने कोसिस गर्छन्। तिनीहरूले झारा टार्ने काम मात्र गर्छन्। कुनै समस्या आउँदा, तिनीहरूले अन्धाधुन्ध त्यसमा प्रावधानहरू लागु गर्छन्। तिनीहरू अन्धाधुन्ध दौडधुप मात्र गर्छन् तर कुनै वास्तविक नतिजाहरू निकाल्दैनन्। यी झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने, र वचन र धर्मसिद्धान्तहरू ओकल्ने र अरूलाई प्रावधानहरू पालना गर्न सल्लाह मात्र दिने भएकाले, मण्डलीको प्रत्येक कामको प्रगतिमा ढिलाइ हुन्छ र कुनै प्रस्ट नतिजाहरू हासिल हुँदैनन्। कुनै झूटो अगुवा केही समय काममा रहनुको सबैभन्दा प्रस्ट परिणाम के हो भने धेरैजसो मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कसैले भ्रष्टता प्रकट गर्दा वा धारणाहरू विकास गर्दा कसरी खुट्ट्याउने भनेर जान्दैनन्, र निश्चय नै आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र नगर्नेहरू सबै सुस्त, अनर्गल, र अनुशासनहीन, साथै छरिएको बालुवाजस्तै छरपस्ट हुन्छन्। तीमध्ये धेरैजसोले केही वचन र धर्मसिद्धान्तहरू बोल्न सक्लान्, तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, तिनीहरूले प्रावधानहरू मात्र पालना गर्छन्; तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न जान्दैनन्। झूटा अगुवाहरूलाई नै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न आउँदैन भने, तिनीहरूले त्यो कुरामा अरूलाई कसरी अगुवाइ गर्न सक्छन् त? अरू मानिसहरूलाई जे आइपरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भनेर अर्ती दिन मात्र सक्छन्, “हामी परमेश्‍वरका अभिप्रायहरूबारे विचारशील हुनैपर्छ!” “हामी आफ्नो कर्तव्य निर्वाहमा बफादार हुनैपर्छ!” “आफूलाई केही आइपर्दा, हामीले प्रार्थना गर्न जान्नैपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नैपर्छ!” झूटा अगुवाहरूले प्रायः यी नारा र धर्मसिद्धान्तहरू फलाक्छन्, र यसले कुनै पनि नतिजाहरू दिँदैन। मानिसहरूले तिनीहरूको कुरा सुनेपछि पनि सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन। सतही रूपमा, मानिसहरू आफूलाई केही आइपर्दा प्रार्थना गर्छन्, र आफ्नो कर्तव्य निर्वाहमा इमानदार हुने इच्छा गर्छन्—तर तिनीहरू सबैमा बफादार हुनका निम्ति तिनीहरूले के गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू बुझ्नका निम्ति तिनीहरूले कसरी प्रार्थना गर्नुपर्छ, र आफूलाई कुनै समस्या आइपर्दा सत्यता सिद्धान्तहरूबारे बुझाइ प्राप्त गर्नका निम्ति कसरी खोजी गर्नुपर्छ भन्‍नेजस्ता मामलाहरूसम्बन्धी बुझाइको कमी हुन्छ। मानिसहरूले झूटा अगुवाहरूलाई सोध्दा, तिनीहरू यसो भन्छन्, “तिमीलाई केही आइपर्दा, परमेश्‍वरका वचनहरू अझ धेरै पढ, अझ धेरै प्रार्थना गर, र सत्यतामा अझ बढी सङ्गति गर।” मानिसहरूले तिनीहरूलाई “यो कामले कस्ता सिद्धान्तहरू समेट्छ?” भनेर सोध्छन् र तिनीहरूले भन्छन्, “परमेश्‍वरका वचनहरूले व्यावसायिक कामका मामलाहरूबारे केही भन्दैनन्, र म पनि कामको त्यो क्षेत्र बुझ्दिनँ। यदि तिमीहरूलाई बुझ्ने इच्छा छ भने आफैले अनुसन्धान गर—मलाई नसोध। म तिमीहरूलाई व्यावसायिक कामका मामलाहरूमा होइन, सत्यता बुझ्नमा अगुवाइ गर्छु।” झूटा अगुवाहरूले प्रश्नहरूबाट बच्नका लागि यस्ता शब्दहरू प्रयोग गर्छन्। अनि फलस्वरूप, धेरैजसो मानिसहरूमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने तीव्र जोश भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा कार्य गर्न जान्दैनन्, न त आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सिद्धान्तहरू पालना गर्न नै जान्दछन्। झूटा अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्ने हरेक कामका नतिजाहरू हेर्दा, धेरैजसो मानिसहरू आफ्नो काम गर्न आफ्नो ज्ञान, सिकाइ र वरदानहरूमा भर परिरहेका छन्, र तिनीहरूमा परमेश्‍वरका विशिष्ट मागहरू के-के हुन्, कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू केके हुन्, र परमेश्‍वरको गवाही दिने नतिजा हासिल गर्नका निम्ति कसरी कार्य गर्ने र परमेश्‍वरको देखापराइका लागि तड्पिने सबैले उहाँको आवाज सुनून्, साँचो मार्ग छानबिन गरून्, र सकेसम्म चाँडो परमेश्‍वरसामु फर्कून् भनेर कसरी सुसमाचारलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने भन्नेजस्ता मामलाहरूबारे ज्ञान हुँदैन। तिनीहरू किन यी कुराहरूबारे अज्ञानी हुन्छन्? यो सिधै झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्नुसँग सम्बन्धित छ। यसको मुख्य कारण के हो भने, झूटा अगुवाहरूलाई नै सत्यता सिद्धान्तहरू के हुन्, वा मानिसहरूले कस्ता सिद्धान्तहरू बुझ्नु र पछ्याउनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू सिद्धान्तहरूबिना कार्य गर्छन्, र कहिल्यै मानिसहरूलाई आफ्ना कर्तव्यमा अभ्यासका सिद्धान्तहरू र मार्गहरू खोज्नमा अगुवाइ गर्दैनन्। जब कुनै झूटो अगुवाले कुनै समस्या फेला पार्छ, तब ऊ आफैले त्यसलाई समाधान गर्न सक्दैन, र उसले अरूसँग सङ्गति र खोजी गर्दैन, जसका कारण प्रत्येक काममा बारम्बार कार्यहरू दोहोर्‍याएर गर्नुपर्ने हुन्छ। यो आर्थिक र भौतिक स्रोतको मात्र होइन, मानिसहरूको ऊर्जा र समयको पनि बरबादी हो। यस्ता परिणाहरू सिधै झूटा अगुवाहरूको कमजोर क्षमता र गैरजिम्मेवारीपनसँग सम्बन्धित हुन्छन्। झूटा अगुवाहरूले जानाजान दुष्टता गर्छन् र बाधाहरू निम्त्याउँछन् भन्‍न नसकिए पनि, तिनीहरू आफ्नो काममा सत्यता सिद्धान्तहरू बिलकुलै खोज्दैनन्, सधैँ आफ्नै इच्छाका आधारमा कार्य गर्छन् भनेर भन्‍न चाहिँ सकिन्छ। यो निश्चित हो। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त तिनका बारेमा अरूलाई प्रस्ट रूपमा सङ्गति गर्न नै सक्छन्; बरु, तिनीहरूले मानिसहरूलई मनपरी गर्न खुल्ला छोडिदिन्छन्। यसले निश्चित काममा प्रभारी रहेका कतिपय मानिसलाई अनजानमै स्वेच्छाचारी र जानाजान ढङ्गले काम गर्न, आफ्नो इच्छाअनुसार चल्न र मनपरी गर्नतिर डोर्‍याउँछ। फलस्वरूप, वास्तविक नतिजाहरू थोरै मिल्ने मात्र नभई, मण्डलीको काम अस्तव्यस्त पनि हुन्छ। जब कुनै झूटो अगुवा बरखास्त हुन्छ, तब उसले आत्मचिन्तन नगर्ने वा आफूलाई नचिन्‍ने मात्र होइन, उसले कुतर्क पनि गर्छ र आफ्नै पक्षमा तर्क गर्छ, र सत्यतालाई कति पनि स्विकार्दैन। उसले पश्चात्ताप गर्ने मनसाय बिलकुलै राख्दैन। उसले आफूलाई पक्कै राम्रोसँग त्यो काम गर्न सक्ने भन्दै परमेश्‍वरको घरले अर्को मौका देओस् भनेरसमेत माग गर्ला। के तिमीहरू तिनीहरूलाई विश्‍वास गर्छौ? तिनीहरू आफैलाई पटक्कै चिन्दैनन्, न त सत्यतालाई नै स्विकार्छन्। त्यसोभए, के तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्न सक्छन्? तिनीहरूसित सत्यता वास्तविकता छैन भने, के तिनीहरूले राम्रोसँग त्यो काम गर्न सक्छन्? के त्यो सम्भव छ? तिनीहरूले यसपटक राम्रोसँग काम गरेनन्—यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले राम्ररी गर्न सक्नेछन्? त्यो सम्भव छैन। निश्चितताका साथ भन्‍न सकिन्छ कि झूटा अगुवाहरूसित कार्यक्षमता हुँदैन; बेलाबेलामा, तिनीहरूले धेरै नै परिश्रम गर्लान् र तिनीहरू निकै व्यस्त हुन सक्लान्, तर यो अन्धो व्यस्तता हो, र यसले कुनै नतिजा दिँदैन। झूटा अगुवाहरूमा निकै कमजोर क्षमता हुन्छ, तिनीहरूले सत्यता बिलकुलै बुझ्दैनन्, र वास्तविक काम गर्न सक्दैनन् भन्‍ने देखाउन यो नै पर्याप्त छ। यसले काममा धेरै समस्याहरू निम्त्याउँछ, तर तिनीहरूले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैनन्, मानिसहरूलाई प्रावधानहरू पालना गर्न अर्ती दिन थोरै खोक्रा धर्मसिद्धान्तहरू प्रयोग मात्र गर्छन्, र फलस्वरूप तिनीहरूले कामलाई लथालिङ्ग पार्छन् र अव्यवस्थित अवस्थामा छोड्छन्। झूटा अगुवाहरूले काम गर्ने शैली र त्यसले निम्त्याउने परिणामहरू यही हो। सबै अगुवा र कामदारहरूले यसलाई एउटा चेतावनीका रूपमा लिनुपर्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (३)

झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तहरूबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। तिनीहरूले आफ्‍ना आदेशहरू जारी गरिसकेपछि, त्यस मामलाबाट हात झिक्छन्। तिनीहरूले कामको त्यसपछिको विकास बारे प्रश्‍नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्‍न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नुपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनको लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरूलाई पहिचान गर्न सक्छस्, त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि वा नभए पनि वा तैँले त्यसलाई बुझे पनि वा नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको जिम्‍मेवारी लिनुपर्छ, यसको लेखा राख्‍नुपर्छ, अनि निरन्तर रूपमा यसको प्रगति बारे सोधपुछ र प्रश्‍नहरू गर्नुपर्छ। त्यस्ता विषयहरूको बारेमा बुझ्‍ने कार्यलाई तैँले जारी राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु—यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, देखा पर्ने समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, अनि कामको प्रगति वा कौशलता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्।

झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुनाले र यसको जिम्‍मेवारी लिने वा निरीक्षण गर्ने कुनै पनि उपयुक्त व्यक्ति नभएको हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाको स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई निकै गहन असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको निरीक्षण गरेका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको रेखदेख गरेका थिए, र उक्त कामलाई मार्गनिर्देशन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा तीब्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे थाहा बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा सेवकहरूलाई मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे थाहा हुँदैन, र तिनीहरूले कामकुराहरू अनुगमन वा रेखदेख गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निभाउने अधिकांश मानिसहरू अत्यन्तै फोहोरी हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना हुँदैन, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुन्छन्। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे जानकारी लिने, र कर्तव्य निभाउने व्यक्तिहरूलाई मार्गनिर्देशन गर्ने, रेखदेख गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य क्षमता भएको कोही पनि छैन भने, स्वाभाविक रूपमै कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र सेवकहरूले यसलाई प्रस्टसित देख्नसमेत सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र सेवकहरूले तुरुन्तै कार्य प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, र कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्ने, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्ने गर्नुपर्छ। यी सबै कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाको रूपमा काम गर्ने व्यक्तिलाई यी कुराहरू प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ त्यस्तो झूटो अगुवाजस्तो हुनै हुँदैन, जसले केही सतही काम गर्छ र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्छ। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्‍न हुँदा तिनीहरू ती समाधान गर्दैनन्, र आफूले जे काम गरिरहेको भए पनि, त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झारटारुवा तरिकाले लिन्छन्; तिनीहरूले केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूको तुलनामा झूटा अगुवाहरूले अत्यधिक दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कामप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (४)

झूटा अगुवाहरूले कहिल्यै विभिन्‍न टोली-सुपरभाइजरहरूको कार्य स्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्‍न टोलीका सुपरभाइजरहरू, र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्‍वरमाथिको आस्था, सत्यता, र परमेश्‍वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्‍न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्‍न चरणहरूमा देखा पर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्‍ने पनि थाहा हुँदैन। तिनीहरू यी यावत् थोकबारे पूर्णतया बेखबर हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्‍न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै ध्यान दिँदैनन्। तिनीहरू विश्‍वास गर्छन् कि विभिन्‍न टोली सुपरभाइजरहरू बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्‍न टोली सुपरभाइजरहरूलाई निरीक्षण, डोऱ्याइ, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्‍वरले मानव हृदयको गहिराइ जाँच्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, निरीक्षण गर्नुपर्छ र डोऱ्याइ दिनुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्‍न कार्यहरूको निरीक्षण, अनुगमन गर्दैनन्, र डोऱ्याइ दिँदैनन्। फलस्वरूप, कतिपय सुपरभाइजरहरू काममा उत्पन्न हुने विभिन्‍न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरभाइजरको भूमिकामै रहन्छन्। अन्तत: काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरभाइजरहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको निरीक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो। झूटा अगुवाहरूले कामको निरीक्षण र अनुगमन नगर्ने, वा त्यसबारे नसोध्ने, र परिस्थितिलाई तत्कालै बुझ्न नसक्ने हुनाले, तिनीहरू सुपरभाइजरहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, काम कसरी अगाडि बढिरहेको छ, र यसले कुनै वास्तविक नतिजाहरू दिएको छ कि छैन भन्‍ने जस्ता कुराबारे बेखबर रहन्छन्। सुपरभाइजरहरू केमा व्यस्त छन् वा तिनीहरूले खासमा के-कस्ता कामहरू सम्हालिरहेका छन् भनेर सोध्दा, झूटा अगुवाहरूले “मलाई थाहा छैन, तर तिनीहरू प्रत्येक भेलामा सहभागी हुन्छन्, र हरेक पटक मैले तिनीहरूसँग कामका बारेमा कुरा गर्दा, तिनीहरूले कहिल्यै कुनै समस्या वा कठिनाइहरू उल्लेख गर्दैनन्” भन्‍ने जवाफ दिन्छन्। झूटा अगुवाहरू विश्‍वास गर्छन् कि यदि सुपरभाइजरहरूले आफ्नो काम त्याग्दैनन् र तिनीहरूलाई खोज्दा सधैँ भेटिन्छ भने, तिनीहरूमा समस्या छैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्। के यो “झूटोपन” को प्रकटीकरण होइन र? के यो तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुनु होइन र? यो एउटा गम्भीर जिम्मेवारीविमुखता हो!

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (३)

झूटा अगुवाहरू जिम्मेवार रहेका कामको दायराभित्र, प्रायजसो केही मानिसहरू हुन्छन्, जसले साँच्चै सत्यता पछ्याउँछन् र बढुवा र जगेर्नाका मापदण्डहरू पूरा गर्छन् जसलाई पछाडि नै अड्काएर राखिन्छ। यीमध्ये कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्छन्, र कतिपयलाई अतिथिसेवा कर्तव्यमा खटाइन्छ। तथ्य के हो भने तिनीहरू सबैमा क्षमता हुन्छ, र केही सत्यताहरू बुझ्छन्, साथै अगुवा र कामदारका रूपमा जगेर्ना गर्न लायक हुन्छन्, यति मात्र हो कि तिनीहरू शान देखाउन वा ध्यानको केन्द्रमा पर्न रुचाउँदैनन्। र तैपनि, झूटा अगुवाहरूले यी मानिसहरूलाई कुनै प्रकारको ध्यान दिँदैनन्। तिनीहरूले उनीहरूसँग सम्पर्क गर्ने वा उनीहरूबारे सोधपुछ गर्ने गर्दैनन्, साथै तिनीहरूले परमेश्‍वरको घरका लागि प्रतिभाशाली मानिसहरूलाई कहिल्यै जगेर्ना गर्दैनन्। तिनीहरू, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्नका निम्ति, सधैँ आफ्नो खुसामद गर्नेहरूलाई जालमा पार्नमा मात्र केन्द्रित हुन्छन्। फलस्वरूप, साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले बढुवा वा जगेर्ना पाउँदैनन्, जबकि जो ध्यानको केन्द्र बन्‍न रुचाउँछन्, जो वाक्पटु छन्, जो मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, र जो ख्याति, लाभ र हैसियत रुचाउँछन्—ती सबैले बढुवा पाउँछन्, साथै बाहिर समाजमा अधिकारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका, वा व्यवसाय व्यवस्थापन अध्ययन गरेकाहरूलाई समेत महत्त्वपूर्ण पदहरूमा खटाइन्छन्। ती मानिसहरू चाहे साँचो विश्‍वासी भए पनि या नभए पनि, वा तिनीहरू सत्यता पछ्याउने मानिस भए पनि या नभए पनि, झूटा अगुवाहरू जिम्मेवार रहने कामको दायराभित्र बढुवा पाउने र प्रयोग हुने मानिसहरू तिनै हुन्। के यो मानिसहरूलाई सिद्धान्तहरूअनुरूप प्रयोग गर्नु हो? के झूटा अगुवाहरूले यस्ता मानिसहरूलाई मात्रै बढुवा दिनु ठ्याक्कै गैरविश्‍वासी समाजजस्तो होइन र? झूटा अगुवाहरूले काम गरिरहेको अवधिमा, जसले कर्तव्य पूरा गर्ने क्रममा कामकुरा वास्तवमै फत्ते गर्न सक्छन्, जोसित इन्साफको भावना छ, र जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्—तिनीहरूले बढुवा वा जगेर्ना पाउँदैनन्, र तिनीहरूलाई तालिम का अवसरहरू पाउन कठिन हुन्छ। बरु, जो वाक्पटु छन्, जो शान देखाउन मन पराउँछन् र मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, साथै जो ख्याति, लाभ, र हैसियत रुचाउँछन्, तिनीहरूलाई नै महत्त्वपूर्ण पदहरूमा खटाइन्छ। ती मानिसहरू निकै अक्कली भएझैँ देखिन्छन्, तर वास्तवमा तिनीहरूमा कुनै बुझ्ने क्षमता हुँदैन, निकै खराब क्षमता र कमजोर मानवता हुन्छ, तिनीहरूले आफ्ना कर्तव्यप्रति कुनै वास्तविक बोझ वहन गर्दैनन्, र तिनीहरू पटक्कै जगेर्ना गर्न लायक छैनन्। तर, मण्डलीमा अगुवा र कामदारका पदहरू ओगट्ने तिनीहरू नै हुन्छन्। फलस्वरूप, मण्डलीको धेरैजसो काम समयमै सहज रूपमा सुरु हुन सक्दैन, वा कार्यप्रगति ढिलो हुन्छ, र परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन हुन अत्यन्तै लामो समय लाग्छ। झूटा अगुवाहरूले मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरेर मण्डलीको काममा पारेका असर र ल्याएका परिणामहरू यिनै हुन्।

धेरैजसो झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्। तिनीहरू वाक्पटु देखिए पनि, तिनीहरूमा सत्यता बुझ्ने क्षमता पटक्कै हुँदैन, यतिसम्म कि तिनीहरूमा आत्मिक बुझाइ नै हुँदैन। तिनीहरूको आँखा र मनका अन्धा हुन्छ, तिनीहरूले कुनै पनि मामलालाई छर्लङ्गै देख्न सक्दैनन् र सत्यतालाई बिलकुलै बुझ्दैनन्, जुन आफैमा एउटा घातक समस्या हो। तिनीहरूसित, अर्को अझै गम्भीर समस्या हुन्छ, जुन के हो भने जब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बुझेका र तिनमा निपुण भएका हुन्छन् र केही नाराहरू फलाक्न सक्छन्, तब तिनीहरूले आफूमा सत्यता वास्तविकता छ भन्ने ठान्छन्। त्यसकारण तिनीहरूले जुन सुकै काम गरेपनि र जोसुकैलाई प्रयोगमा ल्याउन रोजेपनि, तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्दैनन्, र अरूसँग सङ्गति गर्दैनन्, अनि परमेश्‍वरको घरका कामका प्रबन्ध हरू र सिद्धान्तहरू त झनै पालना गर्दैनन्। तिनीहरूमा यति आत्मविश्‍वास हुन्छ कि, तिनीहरू सधैँ आफ्ना विचारहरू सही भएको भन्ठान्छन् र आफूलाई जे इच्छा लाग्यो त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै कठिनाइ वा असाधारण परिस्थिति सामना गर्दा, तिनीहरू अलमल्ल पर्छन्। यसका साथै, तिनीहरूले बारम्बार यो गलत विश्‍वास राख्छन् कि, तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरका घरमा काम गर्दै आएको र त्यहाँ अगुवाका रूपमा सेवा गरेको पर्याप्त अनुभव भएकाले, तिनीहरूलाई मण्डलीको काम कसरी सञ्चालन र विकास गर्ने भन्‍ने थाहा छ। तिनीहरूले यी कुराहरू बुझेजस्तो देखिन्छ, तर वास्तवमा, तिनीहरूलाई कुनै पनि काम गर्न बिलकुलै आउँदैन। तिनीहरू आफ्नै धारणा र कल्पनाहरू, तिनीहरूका अनुभव र दिनचर्याका साथै आफ्नै प्रावधानहरू पालना गरेर मनपरी रूपमा मण्डलीको काम गर्छन्। यसले मण्डलीका विभिन्‍न कामहरूमा अस्तव्यस्तता र अराजकता सिर्जना गर्छ, र तिनीहरूलाई कुनै वास्तविक नतिजाहरू निकाल्नबाट रोक्छ। यदि टोलीमा दुई-चार जना सत्यता बुझ्ने र केही वास्तविक काम गर्न सक्ने मानिसहरू छन् भने, तिनीहरूले त्यस टोलीको काममा सामान्यता कायम गर्न सक्छन्। तर, तिनीहरूको झूटो अगुवासँग यसको पटक्कै सम्बन्ध हुँदैन। काम राम्रोसँग सम्पन्‍न हुन सक्नुको कारण यो हो कि, टोलीमा केही असल मानिसहरू छन् जसले केही वास्तविक काम गर्न र कामलाई निरन्तरता दिन सक्छन्; यसको मतलब तिनीहरूको अगुवाले वास्तविक काम गरेको छ भन्‍ने होइन। केही यस्ता मानिसहरू प्रभारी नभए कुनै पनि काम पूरा गर्न सकिँदैन। झूटा अगुवाहरूले आफ्नो काम गर्न सक्दै सक्दैनन्, र तिनीहरूले कुनै प्रकारको भूमिकामा सेवा प्रदान गर्दैनन्। झूटा अगुवाहरूले किन मण्डलीको काम अस्तव्यस्त पार्छन्? पहिलो कारण यो हो कि झूटा अगुवाहरूले सत्यता बुझ्दैनन्, समस्याहरू समाधान गर्नहेतु सत्यताबारे सङ्गति गर्न सक्दैनन्, र समस्याहरूलाई कसरी समाधान गर्ने भनी खोजी गर्दैनन्, फलस्वरूप, समस्याहरू थुप्रिँदै जान्छन् र मण्डलीको काम ठप्प हुन्छ। दोस्रो कारण के हो भने, झूटा अगुवाहरू अन्धा हुन्छन्, र तिनीहरू प्रतिभाशाली व्यक्तिहरू चिन्‍न सक्दैनन्। तिनीहरू समूह सुपरभाइजरका लागि उचित रूपमा कर्मचारी समायोजन गर्न सक्दैनन्, जसको नतिजा स्वरूप कतिपय काममा उचित प्रभारी व्यक्ति नै हुँदैन, र त्यो काम ठप्प हुन्छ। तेस्रो कारण यो हो कि झूटा अगुवाहरू ज्यादै नै अधिकारीहरूझैँ व्यवहार गर्छन्। तिनीहरू कामको पर्यवेक्षण गर्ने वा डोऱ्याइ दिने गर्दैनन्, र काममा जहाँ कमजोर कडी हुन्छ, त्यहाँ तिनीहरू सक्रिय रूपमा सहभागी हुने वा कामको निश्चित पक्षहरूमा मार्गदर्शन गर्ने गर्दैनन्। उदाहरणका लागि, मानौँ, कामका निश्चित विषयवस्तु गर्ने धेरै मानिसहरू खासै जग नभएका नयाँ विश्‍वासीहरू छन्, तिनीहरू सत्यता बुझ्दैनन्, कामको त्यो क्षेत्रसित खासै परिचित छैनन्, र तिनीहरूले कामका सिद्धान्तहरू खासै बोध गरेका छैनन्। कुनै झूटो अगुवाले, ऊ अन्धो भएका कारण, यी समस्याहरू देख्न सक्दैन। उसले के विश्वास गर्छ भने, यदि कसैले काम गरिरहेको छ भने ठिकै छ; काम राम्रोसँग गरिएको छ कि खराब तरिकाले भन्‍ने कुराले फरक पार्दैन। उसलाई थाहा हुँदैन कि मण्डलीको काममा जहाँ कुनै कमजोर कडी हुन्छ त्यहाँ उसले अनुगमन, निरीक्षण गर्नुपर्छ, डोऱ्याइ दिनुपर्छ, समस्याहरू समाधान गर्न ऊ आफै सहभागी हुनुपर्छ र आफ्ना कर्तव्य पूरा गर्नेहरूले सत्यता बुझुञ्जेल, सिद्धान्तहरूअनुसार कार्य गर्न र सही मार्गमा प्रवेश गर्न सकुञ्जेल, तिनीहरूलाई सहयोग गर्नुपर्छ। यो अवस्थामा मात्र उसले त्यति धेरै चिन्ता लिनुपर्दैन। झूटा अगुवाहरू यो तरिकाले काम गर्दैनन्। जब तिनीहरूले काम गर्ने मान्छे छ भन्ने देख्छन्, तिनीहरूले त्यसप्रति ध्यान दिन छोड्छन्। काम चाहे जसरी सुकै चलिरहेको भए पनि, तिनीहरूले कुनै सोधपुछ गर्दैनन्। काममा जहाँ कमजोर कडी हुन्छ, वा कमजोर क्षमता भएको कुनै पर्यवेक्षक हुन्छ, त्यहाँ तिनीहरू व्यक्तिगत रूपमा काममा मार्गदर्शन प्रदान गर्दैनन्, र काममा आफै सहभागी हुँदैनन्। अनि जब कुनै पर्यवेक्षक कार्य वहन गर्न सक्षम हुन्छ, तब झूटा अगुवाहरूले कामकुरा जाँच्ने वा डोऱ्याइ प्रदान गर्ने त झनै गर्दैनन्; तिनीहरूले त्यसलाई सहज रूपमा लिन्छन्, र कसैले कुनै समस्या रिपोर्ट गरे पनि, तिनीहरूले त्यसबारे सोध्दैनन्—तिनीहरूले सोध्नु आवश्यक नै छैन भन्ठान्छन्। झूटा अगुवाहरूले यी मध्ये कुनै पनि विशिष्ट काम गर्दैनन्। सारांशमा, झूटा अगुवाहरू पतित मानिसहरू हुन् जो अलिकति पनि वास्तविक काम गर्दैनन्। तिनीहरूले विश्‍वास गर्छन् कि, कुनै पनि काममा, जबसम्म काममा कोही प्रभारी व्यक्ति हुन्छ र सबै हातहरू जिम्मेवारी लिन उपस्थित नै हुन्छन्, तब कामकुरा सकिएको र पुरा भएको हुन्छ। तिनीहरू के सोच्छन् भने, तिनीहरूले गर्नुपर्ने भनेको बेलाबेलामा भेला राख्ने र कुनै समस्या उत्पन्‍न भएमा सोधपुछ गर्ने मात्र हो। यसरी काम गर्ने क्रममा, झूटा अगुवाहरू, अझै पनि आफूले राम्रो काम गरिरहेको विश्‍वास गर्छन् र आफैसँग निकै प्रसन्न हुन्छन्। तिनीहरूले सोच्छन्, “कुनै पनि काममा समस्याहरू छँदै छैनन्। सबै कर्मचारीहरू पूर्ण रूपमा व्यवस्थापित छन्, र पर्यवेक्षकहरू पनि ठाउँमै छन्। म यो काममा अति राम्रो छु, अति प्रतिभाशाली छु!” के यो लाजमर्दो कुरा होइन र? तिनीहरू आँखा र मनका यति अन्धा हुन्छन् कि तिनीहरूले कुनै गरिनुपर्ने काम देख्दैनन् र कुनै पनि समस्याहरू पत्ता लगाउन सक्दैनन्। कतिपय ठाउँहरूमा, काम ठप्प हुन्छ, तैपनि तिनीहरू सन्तुष्ट हुन्छन् र सोच्छन्, “सबै दाजुभाइ-दिदीबहिनीहरू जवान नै छन्, उनीहरू सबैमा तातो रगत छ। उनीहरूले अत्यन्तै ऊर्जावान् रूपमा आफ्ना कर्तव्यहरू सामना गर्छन्; उनीहरूले पक्कै पनि काम राम्रोसँग गर्न सक्छन्।” खासमा भन्‍नुपर्दा, यी जवान मानिसहरू कुनै पेशागत सीप नभएका नयाँ सिकारुहरू हुन्। काम गर्दै जाँदा, तिनीहरूले सिक्दै जानुपर्छ। तिनीहरूलाई अहिलेसम्म कुनै पनि काम गर्न आउँदैन भन्‍नु जायज नै हुन्छ: कतिपयले अलिअलि बुझ्न त बुझ्लान्, तर तिनीहरू विज्ञ होइनन्, र तिनीहरूले सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरूले कुनै कार्य गर्दा, त्यसलाई बारम्बार सच्याउनु वा धेरैपटक फेरि सुरु देखि गर्नु समेत आवश्यक हुन्छ। कतिपय जवान मानिसहरू यस्ता पनि हुन्छन् जो तालिमप्राप्त हुँदैनन् र जसले काटछाँटको अनुभव गरेका हुँदैनन्। तिनीहरू अत्यन्तै फोहोरी र अकर्मण्य हुन्छन् र आरामको लोभ गर्छन्; तिनीहरूले अलिकति पनि सत्यता स्विकार्दैनन्, र अलिकति कष्ट भोग्दा तिनीहरू झर्किरहन्छन्। तिनीहरूमध्ये धेरैजसो आरामको लालसा गर्ने झाराटारुवा पतित मानिस हुन्। तैँले यस्ता जवान मानिसहरूसित सत्यताबारे बारम्बार सङ्गति गर्नैपर्छ, र अझ बढी तिनीहरूलाई काटछाँट गर्नैपर्छ। यी जवान मानिसहरूको प्रभार लिने र निगरानी गर्ने मान्छे हुनैपर्छ। कुनै अगुवा वा कामदारले तिनीहरूको कामको व्यक्तिगत जिम्मेवारी लिनैपर्छ र तिनीहरूलाई व्यक्तिगत सुपरिवेक्षण गर्नैपर्छ र डोऱ्याइ दिनैपर्छ। त्यसपछि मात्र तिनीहरूको काम अलि फलदायी हुन सक्छ। यदि अगुवा वा कामदारले कार्यस्थल छोड्यो र काममा हाजिर भएन वा त्यसबारे सोधपुछ गरे भने, यी मानिसहरू अव्यवस्थित हुनेछन्, र तिनीहरूको कर्तव्य निर्वाहले पटक्कै फल दिनेछैन। तैपनि झूटा अगुवाहरूमा यसबारे कुनै अन्तर्ज्ञान हुँदैन। तिनीहरूले सबैलाई दाजुभाइ-दिदीबहिनीका रूपमा, आज्ञाकारी र समर्पित मानिसहरूका रूपमा हेर्छन्, त्यसकारण तिनीहरूले उनीहरूलाई निकै भरोसा गर्छन्, उनीहरूलाई कामहरूमा खटाउँछन् र त्यसपछि ध्यान दिनै छोड्छन्—झुटा अगुवाहरूको आँखा र मनको अन्धोपनको सर्वोत्कृष्ट उदाहरण यही हो। झूटा अगुवाहरूले सत्यता बिलकुलै बुझ्दैनन्, मामलाहरू प्रस्ट रूपमा देख्न सक्दैनन्, र कुनै पनि समस्याहरू पत्ता लगाउन असक्षम हुन्छन्, तैपनि आफूले ठिकै गरिरहेको ठान्छन्। तिनीहरूले केका बारेमा सोचेर दिन कटाउँछन्? तिनीहरू कसरी अधिकारीझैँ व्यवहार गर्ने र हैसियतका फाइदाहरूको आनन्द कसरी उठाउने भन्‍नेबारे सोच्छन्। झूटा अगुवाहरूले, विचारहीन मानिसहरूलेझैँ, परमेश्‍वरका अभिप्रायहरूलाई कत्ति पनि ख्याल गर्दैनन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई प्रशंसा गरोस् र बढुवा दियोस् भन्ने पर्खाइमा हुन्छन्। साँच्चै भन्‍नुपर्दा, तिनीहरूलाई लाज भन्‍ने कुरै थाहा हुँदैन।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (५)

के झूटा अगुवाहरूले कार्य बन्दोबस्तहरूमा तय गरिएका सिद्धान्त र मापदण्डहरू देख्‍न र बुझ्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू यो कामका सिद्धान्तहरू के हुन् भनेर देख्‍न सक्दैनन्, र यसको राम्ररी जाँच गर्न सक्दैनन्। कामको कुनै निश्‍चित कार्यान्वयनको अवधिमा विशेष परिस्थितिहरू देखा पर्दा, तिनलाई कसरी समाधान गर्ने तिनीहरूलाई थाहै हुँदैन। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यी परिस्थितिहरूमा के गर्ने भनेर तिनीहरूलाई सोध्छन्, तब तिनीहरू अन्योल पर्छन्: “कार्य बन्दोबस्तमा यसबारे उल्लेख गरिएको छैन, त्यसकारण यसलाई कसरी सम्हाल्ने भन्‍नेबारे मलाई कसरी थाहा हुन्छ?” यदि तँलाई थाहा छैन भने, तैँले यो काम कसरी कार्यान्वयन गर्न सक्छस्? तँलाई थाहासमेत छैन, तर पनि तँ अरूलाई लागु गर्नू भन्छस्—के त्यो यथार्थपरक हुन्छ? के त्यो उचित हुन्छ? जब झूटा अगुवा र झूटा सेवकहरूले कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्छन्, एकतर्फ, तिनीहरूलाई कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्ने चरण र योजनाहरूबारे थाहै हुँदैन। अर्कोतर्फ, समस्याहरू आइपर्दा, तिनीहरूले कार्य बन्दोबस्तहरूले तोकेका सिद्धान्तहरूअनुसार राम्ररी जाँच गर्न सक्दैनन्। त्यसकारण, जब कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्ने क्रममा असंख्य समस्याहरू देखा पर्छन्, तब तिनीहरूले तिनलाई पटक्‍कै समाधान गर्न सक्दैनन्। किनभने प्रारम्भिक चरणमा झूटा अगुवाहरूले समस्याहरू पहिचान वा पूर्वानुमान गर्न सक्दैनन् र अग्रिम रूपमा सङ्गति गर्न सक्दैनन्, र पछिल्ला चरणहरूमा, समस्याहरू आइपर्दा, तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, केवल खोक्रो तरिकाले सिद्धान्तहरू प्रचार गर्छन् र कठोरतापूर्वक नियमहरू लागू गर्छन्, अनि समस्याहरू आइरहन्छन् र रहिरहन्छन्, र कतिपय कामको कार्यान्वयनमा ढिलाइ हुन्छ, र कति अरू कामचाहिँ पर्याप्त हदसम्म कार्यान्वयन नै हुँदैनन्। उदाहरणको लागि, मानिसहरूलाई सफाइ गर्ने र निष्कासित गर्नेसम्बन्धी परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूबारे भन्‍नुपर्दा, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तब तिनीहरूले बाधा र व्यवधानहरू ल्याउने स्पष्ट दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, र दुष्टात्माहरू, साथै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू सबैले घिनलाग्दो र घृणित ठान्‍ने अविश्‍वासीहरूलाई मात्रै सफाइ गरी हटाउँछन्। तैपनि, त्यहाँ अझै पनि हटाइनुपर्ने कति मानिसहरू हुन्छन्, अर्थात् त्यहाँ लुकेका, धूर्त, चतुर दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई देख्न सक्दैनन्, न त झूटा अगुवाहरूले नै देख्‍न सक्छन्। वास्तवमा, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूअनुसार, ती मानिसहरू पहिले नै सफाइ गरी हटाउनुपर्ने स्तरमा पुगेका हुन्छन्। तैपनि, झूटा अगुवाहरूले तिनीहरूको वास्तविकता देख्‍न नसक्‍ने हुनाले, तिनीहरूले अझै पनि ती मानिसहरूलाई असल ठान्छन् र तिनीहरूलाई बढुवा दिने, तालिम दिने, र महत्त्वपूर्ण काममा प्रयोग गर्नेसमेत गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीमा शक्ति हत्याउन र महत्त्वपूर्ण कामका पदहरू लिन सक्छन्। त्यसपछि, के मानिसहरूलाई सफाइ गर्ने र निष्कासित गर्ने परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू लागू गर्न सकिन्छ? के विभिन्‍न समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्छ? के सुसमाचार प्रचारको काम सामान्य रूपमा अघि बढ्न सक्छ? स्पष्टै छ, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू पूर्ण रूपमा लागू गर्न सकिँदैन, र कैयौँ महत्त्वपूर्ण कामहरू राम्ररी गर्न सकिँदैन। झूटा अगुवाहरूले प्रयोग गर्ने मानिसहरूमा कुनै सत्यता वास्तविकता हुँदैन र तिनीहरूले दुष्ट कार्यहरूसमेत गर्न सक्छन्, त्यसकारण यसले मण्डलीको कामका विभिन्‍न पक्षलाई राम्ररी पूरा गर्न दिँदैन। झूटा अगुवाहरू ती दुष्ट मानिसहरूलाई प्रयोग गर्छन्, तिनीहरूलाई मण्डलीमा महत्त्वपूर्ण कर्तव्यहरू निभाउन र महत्त्वपूर्ण काम गर्न लगाउँछन्, र ती दुष्ट मानिसहरूलाई भेटीहरू व्यवस्थापन गर्नसमेत लगाउँछन्। के यसले मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेछ? के यसले परमेश्‍वरका भेटीहरूमा घाटा ल्याउनेछ? (ल्याउनेछ।) यो अत्यन्तै गम्भीर परिणाम हो। झूटा अगुवाहरूले ती मानिसहरूको वास्तविकता देख्‍न नसक्‍ने हुनाले, तिनीहरूलाई छानबीन गर्न नसक्‍ने हुनाले, र ती दुष्ट मानिसहरूलाई महत्त्वपूर्ण काम दिने हुनाले, काम पूरै भताभुङ्ग हुन्छ। ती दुष्ट मानिसहरूले आफ्नो कर्तव्य निभाउँदा सधैँ झाराटारुवा व्यवहार गर्छन्, आफूभन्दा माथिकालाई धोका दिन्छन् र आफूभन्दा तलकालाई कुरा लुकाउँछन्, र कुनै वास्तविक काम गर्दैनन्; तिनीहरूले जानीजानी लापरवाह व्यवहार गर्छन्, मानिसहरूलाई बहकाउँछन्, र हरकिसिमका दुष्ट कार्यहरू गर्छन्। तैपनि, झूटा अगुवाहरूले ती कुरा देख्‍न सक्दैनन्, र तिनीहरूले समस्याहरू देख्दासम्‍ममा, ठूलै विपत्ति पहिल्यै आइसकेको हुन्छ। उदाहरणको लागि, हेनानको पाष्टरीय क्षेत्रमा, केही दुष्ट मानिसहरू अगुवा बने, र तिनीहरूले परमेश्‍वरको भेटी चोर्न विभिन्‍न घृणित माध्यमहरू प्रयोग गरे; तिनीहरूले धेरै रकम चोरे, र यी रकम कहिल्यै पुनर्प्राप्त गर्न सकिन। के यो अगुवा र सेवकहरूले गलत मानिसहरूलाई छनौट र प्रयोग गर्ने कार्यसँग सम्बन्धित छ? (छ।) कार्य बन्दोबस्तहरूअनुसार, यदि छनौट गरिएका मानिसहरूको वास्तविकता देख्‍न सकिएन भने, सुरुमा तिनीहरूलाई केही सरल काम गर्न लगाउन सकिन्छ, र कसैले केही समय तिनीहरूको कामको अनुगमन गर्न र तिनीहरूलाई अवलोकन गर्न सक्छ। जुन मानिसहरूको वास्तविकता पूर्ण रूपमा देख्‍न सकिँदैन, तिनीहरूलाई कुनै पनि महत्त्वपूर्ण काम दिइनु हुँदैन, विशेषगरी जोखिम ल्याउने किसिमको काम दिइनु हुँदै हुँदैन। दीर्घकालीन अवलोकन गरेर अनि तिनीहरूको सार देखेपछि मात्रै तिनीहरूसँग कसरी व्यवहार गर्ने र तिनीहरूलाई कसरी सम्हाल्ने भन्‍नेबारे निर्णय गर्नुपर्छ। झूटा अगुवाहरूले कार्य बन्दोबस्तहरूअनुसार काम गर्दैनन् र सिद्धान्तहरू बुझ्न सक्दैनन्; अझ बढी रूपमा, तिनीहरूले मानिसहरूको वास्तविकता देख्‍न सक्दैनन् र गलत मानिसहरू प्रयोग गर्छन्। यसले गर्दा मण्डलीको काम र परमेश्‍वरको भेटी दुवैमा घाटा हुन्छ। यो त झूटा अगुवाहरूले ल्याउने विपत्ति नै हो।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१०)

झूटा अगुवाहरू प्राय: आत्मिक भएको नाटक गर्छन्, केही कपटपूर्ण भ्रमहरू बोलेर मानिसहरूलाई बहकाउन र गलत मार्गदर्शन गर्न खोज्छन्। यी भ्रमहरू सतहमा समस्यारहित लागे पनि, तिनले मानिसहरूको जीवन प्रवेशमाथि हानिकारक प्रभाव पार्छन्, मानिसहरूलाई सत्यता पछ्याउने मार्गमा हिँड्नमा बाधा दिने, भ्रममा पार्ने, र अवरोध दिने गर्छन्। यी नक्कली आत्मिक शब्दहरूका कारण, कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति शङ्का र प्रतिरोध साथै परमेश्‍वरबारे धारणाहरू र गलतफहमीहरू अनि परमेश्‍वरविरुद्ध सावधानी समेत विकास गर्छन्, र त्यसपछि उहाँबाट टाढा जान्छन्। झूटा अगुवाहरूका नक्कली आत्मिक भनाइहरूले मानिसहरूमाथि पार्ने प्रभाव यही हो। मण्डलीका सदस्यहरू झूटा अगुवाद्वारा भ्रमित र प्रभावित भइरहँदा, त्यो मण्डली, इसाई धर्म वा क्याथोलिक धर्मजस्तै, एउटा धर्म बन्छ, जसमा मानिसहरूले मानिसकै भनाइ र शिक्षाहरू मात्र पालना गर्छन्। तिनीहरू सबैले पावलका शिक्षाहरूको आराधना गर्छन्, यति सम्म कि परमेश्‍वरको मार्ग पछ्याउनुभन्दा, बरु प्रभु येशूका वचनहरूका ठाउँमा पावलका वचनहरू प्रयोग गर्छन्। फलस्वरूप, तिनीहरू सबै पाखण्डी फरिसी र ख्रीष्टविरोधीहरू बन्छन्। यसरी, तिनीहरू परमेश्‍वरद्वारा श्रापित र निन्दित हुन्छन्। पावलले जस्तै, झूटा अगुवाहरूले आफैलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्, तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन् र बाधा दिन्छन्। तिनीहरूले मानिसहरूलाई भ्रम अनि धार्मिक अनुष्ठानहरूमा डोऱ्याउँछन्, अनि यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका धर्ममा रहेका मानिसहरूको जस्तै हुन्छ, जसले परमेश्‍वरमाथिको आस्थामा उनीहरूको सही मार्गमा प्रवेश गर्ने कार्यलाई ढिलो गराइदिन्छ। झूटा अगुवाहरूले निरन्तर रूपमा मानिसहरूलाई भ्रममा पार्ने र बाधा दिने गर्छन्, अनि त्यसपछि ती मानिसहरूले अनेकौँ नक्कली आत्मिक प्रतिपादित सिद्धान्त र भनाइहरू पैदा गर्छन्। यी प्रतिपादित सिद्धान्त, भनाइ, र अभ्यासहरू सत्यताको ठ्याक्कै विपरित हुन्छन्, र सत्यतासँग तिनको कुनै प्रकारको सम्बन्ध हुँदैन। तैपनि झूटा अगुवाहरूले मानिसहरूलाई भ्रममा पारिरहँदा र गलत मार्गदर्शन गरिरहँदा, उनीहरूले यी कुराहरूलाई सकारात्मक कुराका रूपमा, सत्यताका रूपमा लिन्छन्। तिनीहरूले यी कुराहरू सत्यता हुन् र तिनीहरूले हृदयमा यी कुराहरूमाथि विश्‍वास गरुञ्जेल र तिनलाई प्रस्टसित भन्‍न सकुञ्जेल, र ती कुराहरूलाई सबैले अनुमोदन गरुञ्जेल, तिनीरूले सत्यता प्राप्त गरेका विश्वास गर्छन्। यी सोच र विचारहरूद्वारा भ्रमित भएपछि, मानिसहरूले सत्यता बुझ्न नसक्ने मात्र होइन, तर परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गर्न पनि सक्दैनन्, सत्यता वास्तविकतामा प्रवेश गर्न त झनै सक्दैनन्। त्यसको उल्टो, तिनीहरू परमेश्‍वरका वचनहरूबाट टाढिन्छन् र सत्यता वास्तविकताभित्रको प्रवेश बाट त झनै टाढिन्छन्। सैद्धान्तिक रूपमा, झूटा अगुवाहरूले भन्‍ने शब्दहरूहरू र फलाक्ने नाराहरूमा केही पनि गलत हुँदैन, ती सबै सही हुन्छन्। त्यसोभए, तिनीहरूले किन केही पनि हासिल गर्दैनन्? किनकि झूटा अगुवाहरूले जे बुझ्छन् र बोध गर्छन् त्यो एकदम सतही मात्रै हुन्छ। त्यो सबै धर्मसिद्धान्तको कुरा मात्र हुन्छ, जुन परमेश्‍वरका वचनहरूभित्रको सत्यता वास्तविकता, परमेश्‍वरका मागहरू वा उहाँका अभिप्रायहरूसित असान्दर्भिक हुन्छन्। तथ्य के हो भने झूटा अगुवाहरूले प्रचार गर्ने सारा धर्मसिद्धान्तहरू सत्यता वास्तविकताभन्दा धेरै टाढा हुन्छन्—ठ्याक्कै भन्‍नुपर्दा, तिनको सत्यतासँग वा परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले बारम्बार यी शब्द र धर्मसिद्धान्तहरू ओकल्दा, त्यो केसँग सम्बन्धित हुन्छ? तिनीहरू किन सधैँ सत्यता वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्? यो झूटा अगुवाहरूको क्षमतासित सिधै सम्बन्धित हुन्छ। यो पूर्ण रूपमा निश्चित छ कि झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन् र तिनीहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन। तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले सत्यता बुझ्नेछैनन् वा तिनीहरूसँग जीवन प्रवेश हुनेछैन, र यो पनि भन्‍न मिल्छ कि तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुनेछैन। यदि कुनै झूटो अगुवालाई बरखास्त गरिएन, र उसलाई आफ्नो पदमा रहन दिइयो भने, कस्ता प्रकारका परिणामहरू आउनेछन्? उसको अगुवाइले अझ धेरै मानिसहरूलाई धार्मिक अनुष्ठान र प्रावधानहरूमा, शब्द र धर्मसिद्धान्तहरूमा, साथै अस्पष्ट धारणा र कल्पनाहरूमा लैजानेछ। ख्रीष्टविरोधीहरू विपरीत, झूटा अगुवाहरूले मानिसहरूलाई आफूसामु वा शैतानसामु आउन अगुवाइ गर्दैनन्, तर यदि तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँका वचनहरूको सत्यता वास्तविकताभित्र डोऱ्याउन सक्दैनन् भने, के परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्नेछन्? के उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन सक्नेछन्? कदापि सक्नेछैनन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भने, के उनीहरू अझै पनि शैतानको शक्तिअन्तर्गत जिइरहेका हुँदैनन् र? के उनीहरू अझै पनि शैतानको शक्तिअन्तर्गत रहेका पतित मानिसहरू होइनन् र? के यसको मतलब उनीहरू झूटा अगुवाहरूका हातमा नष्ट हुन पुग्नेछन् भन्‍ने होइन र? त्यसैकारण झूटा अगुवा र ख्रीष्टविरोधीहरूको कामका परिणामहरू मूलत: एउटै हुन्छन्। दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्ने, वास्तविकतामा प्रवेश गर्ने, र मुक्ति हासिल गर्ने तुल्याउन सक्दैनन्। ती दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन् र तिनीहरूलाई नष्ट पार्छन्। परिणामहरू ठ्याक्कै एउटै हुन्छन्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२)

अघिल्लो: २. दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने

अर्को: ४. झूटा अगुवाहरूलाई कस्तो व्यवहार गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्