२. दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खलो” हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्जीरको फल र लिलीको बास्ना प्राप्त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुन हो, बालुवा होइन भन्ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? म फ्याउराहरूलाई मेरो स्वर्गमा परजीवी हुन कसरी दिन सक्छु र? यी कुराहरूलाई पाखा लगाउन म कल्पना गर्न सकिने सबै विधिहरू अपनाउँछु। मेरा अभिप्रायहरू प्रकट हुनअघि मैले के गर्न लागेको छु सो कसैलाई पनि थाहा हुँदैन। यही मौका छोपेर म ती दियाबलसहरूलाई धपाउँछु र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। म दुष्टहरूलाई यसै गर्छु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै बाँकी हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
अब, जति सक्दो चाँडो हुन्छ, म मेरा अभिप्रायहरूअनुसारका मानिसहरूको झुण्ड बनाउन चाहन्छु, मेरा बोझहरूलाई बुझ्न सक्ने मानिसहरूको झुण्ड। तथापि, म मेरो मण्डलीलाई शुद्ध गर्ने र पवित्र तुल्याउने कामलाई रोक्न सक्दिनँ; मण्डली मेरो मुटु हो। म ती सबै खराब मानिसहरूलाई तिरस्कार गर्छु जसले तिमीहरूलाई मेरो वचन खान र पिउनदेखि रोक्छन्। किनकि केही मानिसहरू यस्ता छन् जसले मलाई साँचो रूपले चाहँदैनन्। यी मानिसहरू छलले भरिएका छन्, तिनीहरू साँचो हृदयले मसँग नजिक हुँदैनन्; तिनीहरू दुष्ट छन्, अनि तिनीहरू नै मेरो इच्छालाई पूरा गर्न अवरोध खडा गर्ने मानिसहरू हुन्; तिनीहरू सत्यतालाई अभ्यास गर्ने मानिसहरू होइनन्। यी मानिसहरू स्व-धार्मिकता र अहङ्कारले भरिपूर्ण हुन्छन्, तिनीहरू असभ्य रूपले महत्वाकांक्षी हुन्छन्, तिनीहरू आफ्नो वरिष्ठता देखाउन मन पराउँछन्, अनि तिनीहरूले बोल्ने वचनहरू सुन्दा राम्रो लागे पनि, गुप्तमा तिनीहरू सत्यताको अभ्यास गर्दैनन्। यी खराब मानिसहरू सबैलाई काटेर हटाइनेछ र मेटाइनेछ; तिनीहरू विपत्तिको माझमा कमजोर हुनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २४
परमेश्वरमाथिको तेरो वर्षौंदेखिको सबै विश्वासमा, तैँले कसैलाई कहिल्यै पनि सरापेको नहुन सक्छस् या खराब काम गरेको नहुन सक्छस्, तापनि ख्रीष्टसँगको तेरो सम्बन्धमा, तैँले सत्य बोल्न, इमानदारीतामा काम गर्न, या ख्रीष्टको वचनमा समर्पित हुन सक्दैनस्; त्यस्तो स्थितिमा, म त भन्छु, तँ संसारकै सबैभन्दा कपटी र दुर्भावनापूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्ना छिमेकीहरूको राहतका निम्ति आफ्नो सबथोक अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि खराब व्यक्ति होस्, साथै धूर्त छलहरूले भरिएको छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्
दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
खराब मानिसहरू दुष्ट, पापमय र विषालु कुरालाई प्रेम गर्छन्; तिनीहरू नकारात्मक कुरासित सम्बन्धित सबै कुरालाई प्रेम गर्छन्। तैँले तिनीहरूसित सकारात्मक कुराबारे वा कसरी कुनै कुराले मानिसलाई लाभ पुऱ्याउँछ र त्यो कसरी परमेश्वरबाट आउँछ भन्नेबारे कुरा गर्दा, तिनीहरू खुसी हुँदैनन् र तीबारे सुन्न चासो दिँदैनन्—तिनीहरूमा मुक्ति पाउने आशा हुँदैन। कसैले तिनीहरूलाई जति नै राम्ररी सङ्गति गरे पनि वा तिनीहरूसित जति नै व्यावहारिक ढङ्गमा बोले पनि, तिनीहरू चासो नै दिँदैनन्, अनि शत्रुता र दुस्मनीसमेत देखाउन सक्छन्। तर कसैले देहसुखबारे कुरा गरेको सुन्दा तिनीहरू उत्साहित हुन्छन्, र तिनीहरूमा ऊर्जा भरिन्छ। यो पापमय र दुष्ट स्वभाव हो, र तिनीहरू राम्रो मनका होइनन्। त्यसैले तिनीहरू सम्भवतः सकारात्मक कुरालाई प्रेम गर्न सक्दैनन्। तिनीहरूले हृदयमा सकारात्मक कुरालाई कसरी लिन्छन्? तिनीहरू ती कुरालाई घृणा गर्छन् र तुच्छ ठान्छन्, तिनीहरू यी कुरालाई उपहास गर्छन्। इमानदार व्यक्ति बन्ने सम्बन्धमा, तिनीहरू यस्तो सोच्छन्, “इमानदार हुनुमा बेफाइदा मात्र छ। म त हुनेछैनँ! यदि तिमी इमानदार छौ भने मूर्ख हौ। आफूलाई हेर त, तिमी आफ्नो भविष्य वा स्वास्थ्यलाई पर्बाह नै नगरी आफ्नो कर्तव्य पालनामा कठिनाइ भोग्छौ र कडा मेहनत गर्छौ। यदि तिमी थकानले ढल्यौ भने कसले ख्याल गर्नेछ? म त आफूलाई थकित पार्न सक्दिनँ।” अरू कसैले भन्ला, “यसबाट उम्कने बाटो खोजौँ। हामी गोरुजस्तो खट्नु हुँदैन। हामीले आफ्नो अतिरिक्त योजना तयार पार्नुपर्छ र त्यसपछि थोरै मात्र थप प्रयत्न लगाउनुपर्छ।” यो सुनेर ती दुष्ट व्यक्तिहरू खुसी हुनेछन्; तिनीहरूले चाहेको पनि ठ्याक्कै त्यही हो। तर परमेश्वरप्रति पूर्ण समर्पण र आफ्नो कर्तव्यप्रति वफादारीपूर्वक समर्पित हुने सम्बन्धमा भने, तिनीहरूलाई घृणा र तिरस्कार लाग्नेछ, र तिनीहरूले त्यो स्विकार्नेछैनन्। के यस्तो व्यक्ति दुष्ट होइन र? यस्ता सबै मानिसमा दुष्ट स्वभाव हुन्छ। यदि तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरिस् र अभ्यासका सिद्धान्तहरूबारे कुरा गरिस् भने, तिनीहरू त्यो अस्वीकार गर्छन् र सुन्न चाहँदैनन्। तिनीहरू यसले आफ्ना आत्मसम्मानमा धक्का पुऱ्याउँछ, मर्यादामा चोट पुऱ्याउँछ, र त्यसबाट लाभ मिल्दैन भन्ने सोच्नेछन्। तिनीहरूले मनमनै भन्नेछन्: “सत्यता र अभ्यासका सिद्धान्तहरूबारे बोलेको बोलेकै गर्नु, इमानदार व्यक्ति बन्नेबारे सधैँ कुरा गरिरहनु—के इमानदारीले तेरो पेट भर्न सक्छ? के तैँले इमानदारीपूर्वक बोलेर पैसा पाउन सक्छस्? मलाई त ठग्नुमा नै फाइदा हुनेछ!” यो कस्तो तर्क हो? यो डाँकाको तर्क हो। के यो दुष्ट स्वभाव होइन र? के यस्तो व्यक्ति दयालु हुन्छ? (हुँदैन।) यस्तो व्यक्तिले सत्यता हासिल गर्न सक्दैन। उसले जे जति गर्ने काम, समर्पण, र परित्याग सबैको कुनै उद्देश्य हुन्छ, जसको उसले पहिल्यै राम्ररी हिसाब लगाएको हुन्छ। ऊ केही कुरा दिँदा बढी प्रतिफल पायो भने मात्र त्यसलाई राम्रो सौदाबाजी ठान्छ। यो कस्तो स्वभाव हो? यो दुष्ट र खराब स्वभाव हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ
मण्डली जीवन र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा प्रायजसो बाधा दिने जोकोही व्यक्ति अविश्वासी र दुष्ट व्यक्ति हो र उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। व्यक्ति जो भए पनि वा उसले विगतमा जस्तो कार्य गरेको भए पनि, यदि उसले मण्डलीको काम र मण्डली जीवनमा प्रायजसो बाधा दिन्छ, काटछाँट हुन इन्कार गर्छ, र सधैँ गलत तर्कद्वारा आत्मरक्षा गर्छ भने, उसलाई मण्डलीबाट हटाइनु नै पर्छ। यो शैली पूर्ण रूपमा मण्डलीको कामको सामान्य प्रगतिलाई कायम राख्न र परमेश्वरका चुनिएका मानिसहरूका हितहरूको रक्षा गर्नका लागि, सत्यता सिद्धान्तहरू र परमेश्वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिलाउने उद्देश्यका लागि हो। परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काम केही दुष्ट व्यक्तिहरूको विवाद र अनुचित समस्याले प्रभावित हुनु हुँदैन—यो जायज हुँदैन र परमेश्वरका चुनिएका मानिसहरूका लागि अन्यायपूर्ण पनि हुन्छ।
… कतिपय मानिसहरूमा दुर्भावनापूर्ण स्वभाव हुन्छ। यदि कसैले तिनीहरूलाई चोट पुर्याउने वा चिढ्याउने कुरा भन्यो भने, तिनीहरूले त्यस व्यक्तिलाई घृणा गर्नेछन्, र उसलाई आक्रमण गर्ने र प्रतिशोध लिने उपायहरू सोच्नेछन्। तिनीहरूलाई सत्यताबारे जसरी सङ्गति गरिए पनि, वा तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरूले यसलाई स्विकार्दैनन्। तिनीहरू पश्चात्ताप गर्नुभन्दा पहिले बरु मर्नेथिए, र तिनीहरूले मण्डली जीवनमा बाधा दिइरहनेथिए। यसले तिनीहरू दुष्ट मानिसहरू हुन् भन्ने प्रमाणित गर्छ। हामीले यस्ता दुष्ट मानिसहरूलाई सहिरहनु हुँदैन। तिनीहरूलाई सत्यता सिद्धान्तहरू अनुसार मण्डलीबाट निकालिनुपर्छ। यो समस्यालाई पूर्ण रूपमा समाधान गर्ने एउटै मात्र उपाय यही हो। तिनीहरूले जे-जस्ता गल्तीहरू वा जे-जस्ता खराब कामहरू गरेका भए पनि, ती दुर्भावनापूर्ण स्वभावका मानिसहरूले कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई काटछाँट गर्न दिनेछैनन्। यदि कसैले तिनीहरूको खुलासा गर्यो र तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू रिसाउनेछन्, तिनीहरूले प्रतिशोध लिनेछन्, र मामलालाई कहिल्यै जान दिनेछैनन्। तिनीहरूसँग अरू मानिसहरूप्रति कुनै धैर्यता र सहनशीलता हुँदैन, र तिनीहरूसित सहनशीलताको अभ्यास गर्दैनन्। तिनीहरूको आत्म-आचरण कुन सिद्धान्तमा आधारित हुन्छ? “धोका खानुभन्दा त धोका दिनु बेस।” अर्को शब्दमा भन्दा, कसैले तिनीहरूलाई चिढ्याएमा तिनीहरूले त्यो सहँदैनन्। के यो दुष्ट मानिसहरूको तर्क होइन र? यो ठ्याक्कै दुष्ट मानिसहरूको तर्क नै हो। कसैले पनि तिनीहरूलाई चिढ्याउन पाइँदैन। कसैले तिनीहरूलाई अलिकति पनि चलाएमा तिनीहरूका लागि त्यो स्वीकार्य हुँदैन, र त्यसो गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई खेदो गरिरहनेछन् र यो कुरालाई कहिल्यै जान दिनेछैनन्—दुष्ट मानिसहरू यस्तै हुन्छन्। तैँले दुष्ट मानिसहरूमा दुष्ट मानिसहरूको सार छ भन्ने थाहा पाउनेबित्तिकै, तिनीहरूले कुनै ठूलो दुष्टता गर्नुभन्दा पहिले नै, तिनीहरूलाई अलग गर्नुपर्छ वा निकाल्नुपर्छ। यसले तिनीहरूले गर्ने क्षतिलाई न्यूनीकरण गर्नेछ; यो नै बुद्धिमानी निर्णय हो। यदि अगुवाहरू र कामदारहरू कुनै दुष्ट व्यक्तिले केही विपत्ति नल्याएसम्म उसलाई तह लगाउँदैनन् भने, तिनीहरू निष्क्रिय भइरहेका छन्। त्यसले अगुवाहरू र कामदारहरू अत्यन्तै मूर्ख छन्, र तिनीहरूको व्यवहारमा कुनै सिद्धान्तहरू छैनन् भन्ने कुरालाई प्रमाणित गर्नेछ। कतिपय अगुवाहरू र कामदारहरू यतिकै मूर्ख र अज्ञानी हुन्छन्। तिनीहरू दुष्ट मानिसहरूलाई तह लगाउनुभन्दा पहिले ठोस प्रमाण नभएसम्म पर्खन जिद कस्छन् किनभने तिनीहरूलाई त्यसरी मात्र मनमा शान्ति हुन्छ भन्ने लाग्छ। तर वास्तवमा, कुनै व्यक्ति दुष्ट छ भन्ने निश्चित गर्नका लागि ठोस प्रमाण चाहिँदैन। तिनीहरूको दैनिक बोलीवचन र व्यवहारबाट नै थाहा भइहाल्छ। तिनीहरू दुष्ट छन् भन्ने निश्चित भएपछि, तैँले तिनीहरूलाई प्रतिबन्धित गरेर वा अलग गरेर सुरुवात गर्न सक्छस्। यसले मण्डलीको काममा वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि नहुने सुनिश्चित गर्नेछ। … ल भन्, यदि कुनै व्यक्तिलाई दुष्ट व्यक्तिका रूपमा चित्रण गरियो भने, के उसलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नु अझै आवश्यक हुन्छ? (हुँदैन।) उसलाई मौका दिनुपर्ने कुनै आवश्यकता हुँदैन। कतिपय मानिसहरूमा ज्यादै धेरै हुन्छ “प्रेम”, र तिनीहरू सधैँ दुष्ट मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिइरहन्छन्, तर के यसले कुनै प्रभाव हासिल गर्न सक्छ? के यो परमेश्वरका वचनका सिद्धान्तहरू अनुरूप छ? के तैँले साँचो रूपमा पश्चात्ताप गर्न सक्ने कुनै दुष्ट व्यक्ति देखेको छस्? कसैले पनि त्यस्तो कहिल्यै देखेको छैन। दुष्ट मानिसहरूले पश्चात्ताप गरून् भन्ने आशा गर्नु सर्पलाई दूध पिलाउनु जस्तै हो; यो त जङ्गली पशुलाई दया गर्नु हो। किनभने दुष्ट मानिसहरूको सारको आधारमा, दुष्ट मानिसहरूले कहिल्यै सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यतालाई कहिल्यै स्विकार्दैनन्, र कहिल्यै पश्चात्ताप गर्दैनन् भनेर निर्धारित गर्न सकिन्छ। तैँले तिनीहरूको शब्दकोशमा “पश्चात्ताप” भन्ने शब्द भेट्टाउँदैनस्। तैँले तिनीहरूसँग जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले आफ्ना मनसाय र हितहरूलाई बेवास्ता गर्नेछैनन्, र आफूलाई सही साबित गर्नका लागि विभिन्न कारण र बहानाहरू भेट्टाउनेछन्, र कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। यदि तिनीहरूलाई घाटा भयो भने, यो तिनीहरूका लागि असहनीय हुन्छ, र तिनीहरूले यसको बारेमा अरूलाई सधैँभरि सताउनेछन्। कुनै घाटा बेहोर्न नचाहने त्यस्ता मानिसहरूले कसरी साँचो रूपमा पश्चात्ताप गर्न सक्छन्? अत्यन्तै स्वार्थी मानिसहरू तिनै हुन् जो यावत् थोकभन्दा आफ्नै हितहरूलाई प्राथमिकता दिन्छन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरूले कहिल्यै पश्चात्ताप गर्नेछैनन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१४)
दाजुभाइ-दिदीबहिनीहरूप्रति कुनै प्रेम नभएको व्यक्ति कस्तो व्यक्ति हो? उसले किन दाजुभाइ-दिदीबहिनीहरूसँग अलिकति पनि सामान्य आपसी सम्बन्ध समेत राख्दैन? यस्तो व्यक्तिले जोसँग अन्तरक्रिया गरे पनि, यी अन्तरक्रियाहरूलाई स्वार्थ र लेनदेनसँग मात्रै जोड्छ; यदि कुनै स्वार्थ वा लेनदेनहरू संलग्न छैनन् भने, उसले मानिसहरूलाई वास्ता नै गर्नेछैनन्। के यस्तो व्यक्ति दुष्ट होइन र? कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन् र भावनाहरूको आधारमा मात्रै जिउँछन्; जसले तिनीहरूलाई राम्रो व्यवहार गर्छ, तिनीहरू उसैको नजिक हुन्छन्, र जसले तिनीहरूलाई सहयोग गर्छ, तिनीहरूले उसैलाई असल ठान्छन्। त्यस्ता मानिसहरूको पनि सामान्य आपसी सम्बन्ध हुँदैन। तिनीहरू भावनाहरूको आधारमा मात्रै जिउँछन्, त्यसकारण के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई निष्पक्ष र न्यायसङ्गत रूपमा व्यवहार गर्न सक्छन्? यो कदापि सम्भव छैन। त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूसँग, वा परमेश्वरमा इमानदारीका साथ विश्वास गर्ने मानिसहरूसँग सामान्य आपसी सम्बन्ध नभएको जोकोही विवेक र समझ नभएको व्यक्ति हो, सामान्य मानवता नभएको व्यक्ति हो, र पक्कै पनि सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। यस्ता व्यक्तिहरू गैरविश्वासीहरूमध्येका सानातिना निकम्माभन्दा फरक हुँदैनन्; तिनीहरू जो आफ्ना लागि फाइदाजनक छ ऊसँग अन्तरक्रिया गर्छन् र फाइदाजनक नरहेका मानिसहरूलाई बेवास्ता गर्छन्। यसको साथै, जब तिनीहरूले कसैले सत्यता पछ्याइरहेको वा अनुभवात्मक गवाही बाँड्न सक्ने, सबैले आदर गर्ने र मन पराउने व्यक्तिलाई देख्छन्, तब तिनीहरूले डाहा र घृणा गर्छन् अनि सत्यता पछ्याउने यी मानिसहरूलाई आलोचना र निन्दा गर्नका लागि हतियारहरू बटुल्न भरमग्दुर प्रयास गर्छन्। के दुष्ट मानिसहरूले यही गर्दैनन् र? त्यस्ता मानिसहरूमा विवेक र समझको कमी हुन्छ—तिनीहरू पशुभन्दा खराब हुन्छन्। तिनीहरूले मानिसहरूलाई सही व्यवहार गर्न सक्दैनन्, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बस्न सक्दैनन्, परमेश्वरका चुनिएका मानिसहरूसँग सामान्य आपसी सम्बन्ध निर्माण गर्न सक्दैनन्, र सत्यता पछ्याउनेहरूलाई घृणा समेत गर्न सक्छन्। यस्ता मानिसहरूलाई अवश्य नै हृदयमा अत्यन्तै अलग्गिएको र एक्लो महसुस हुन्छ होला, र तिनीहरू सधैँ स्वर्ग र अरू मानिसबारे गुनासो गर्छन्। तिनीहरूसँग जिउनुको के आनन्द वा अर्थ हुन्छ र? यी मानिसहरूको स्वभाव आक्रामक हुन्छ, र तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, तिनीहरूमा सानातिना मामलाहरूका कारण घृणा जाग्न सक्छ, तिनीहरूले उसलाई दोष दिन र बदला लिन, साथै उसको जीवनमा विपत्ति ल्याउन सक्छन्। त्यस्ता दुष्ट व्यक्तिहरू पूर्ण रूपमा दियाबलसहरू हुन्, जसले आफू रहुञ्जेल हरेक दिन मण्डलीमा विपत्ति ल्याउँछन्। यदि तिनीहरू लामो समयसम्म बसे भने, विपत्तिहरूको अन्त्य नै हुनेछैन। तिनीहरूलाई मण्डलीबाट हटाएर मात्रै विपत्तिहरू रोक्न सकिन्छ।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१४)
समझहीन र जानाजान झमेला गर्ने मानिसहरूले कार्य गर्दा आफ्नै स्वार्थहरूबारे मात्र सोच्छन्, र आफूलाई जे मन लाग्छ त्यही गर्छन्। तिनीहरूका शब्दहरू समझहीन तर्क र विधर्म बाहेक केही होइनन्, र तिनीहरूलाई समझले छुँदैन। तिनीहरूको द्वेषपूर्ण स्वभाव भरिएर पोखिएका हुन्छन्। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्छासँग नमिल्ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर उनीहरूमाथि घोर आरोपहरू लगाउनेछन् भन्ने डरले अरू मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा आकुलव्याकुल हुन्छन्। के त्यस्ता मानिसहरू दुष्टहरू होइनन् र? के तिनीहरू जीवित पिशाचहरू होइनन् र? आक्रामक स्वभाव र अनुचित तर्क भएका मानिसहरू सबै जीवित पिशाचहरू हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफूमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने यसले ठूलो समस्या ल्याउँदैन र? (आउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्म मानवजस्तै बोलेर माफी माग्न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँदै समझहीन तर्कहरू फलाक्छन्, कसलाई के थाहा। तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ, तिनीहरूको आक्रोशको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। भन्नुको मतलब, कुनै पनि कुराले तिनीहरूको रिस भड्काउन सक्छ, कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूलाई रिसको झोँक देखाउने र अनियन्त्रित व्यवहार देखाउने तुल्याउन सक्छ। कस्तो डरलाग्दो, कस्तो समस्याग्रस्त कुरो! यी पागल दुष्ट मानिसहरूले कुनै पनि बेला आफ्नो होस गुमाउन सक्छन्, तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई हटाउनुपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्नँ। तिनीहरू सोचमा भ्रमित र स्वभावमा पाश्विक हुन्छन्, तिनीहरू समझहीन तर्क र दुष्ट वचनहरूहरूले भरिएका हुन्छन्, र आफ्नो जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले आवेगपूर्ण व्यवहार गर्छन्। आक्रोश पोख्दा तिनीहरूमध्ये कतिपय रुन्छन्, अरू चिच्याउँछन्, र कसैले खुट्टा बजार्छन्, साथै कतिपयले त टाउको झट्कार्दै हातखुट्टा फर्फराउँछन्। तिनीहरू साँच्चै पशु हुन्, मानव होइनन्। कतिपय भान्सेहरूले रिस उठ्दा भाँडाकुँडा फाल्छन्; अरू, सुँगुर वा कुकुर पाल्नेहरूले, रिस उठ्दा ती जनावरहरूलाई लात हान्छन् र कुट्छन्, आफ्नो सारा रिस तिनीहरूमाथि पोख्छन्। यी व्यक्तिहरू, चाहे जे भए पनि, सधैँ रिसाएर प्रतिक्रिया जनाउँछन्; तिनीहरू न त चिन्तन गर्न आफूलाई शान्त पार्छन् न परमेश्वरबाट आएको भनेर स्वीकार नै गर्छन्। तिनीहरूले प्रार्थना वा सत्यताको खोजी गर्दैनन्, न त अरूसित सङ्गति गर्न खोज्छन्। तिनीहरूसित विकल्प नहुँदा, तिनीहरूले सहन्छन्; तिनीहरू सहन अनिच्छुक हुँदा, बौलाउँछन्, तिनीहरूले समझहीन तर्कहरू ओकल्छन्, अरूलाई दोषारोपण र निन्दा गर्छन्। तिनीहरूले प्राय: यस्ता कुराहरू भन्छन्, “मलाई थाहा छ, तिमीहरू सबै शिक्षित छौ र मलाई हेयका दृष्टिले हेर्छौ”; “मलाई थाहा छ, तिमीहरूका परिवार समृद्ध छन्, र तिमीहरूले मलाई गरिब भएकोमा तिरस्कार गर्छौ”; वा, “मलाई थाहा छ, मेरो आस्थामा जग नभएका कारण तिमीहरूले मलाई तिरस्कार गर्छौ, र मैले सत्यता नपछ्याउने भएकाले तिमीहरूले मलाई तिरस्कार गर्छौ।” प्रस्ट रूपमा आफ्ना अनेकौँ समस्याहरूबारे सचेत हुँदाहुँदै पनि, तिनीहरूले तिनलाई समाधान गर्न कहिल्यै सत्यता खोज्दैनन्, न त अरूसँगको सङ्गतिमा आफूलाई चिन्नेबारे छलफल नै गर्छन्। तिनीहरूका आफ्नै समस्याहरूको उल्लेख हुँदा, तिनीहरू पन्छिन्छन्, र झूटो प्रत्यारोप लगाउँचन्, सारा समस्या र जिम्मेवारीहरूलाई अरूमाथि थोपर्छन्, साथै अरूले तिनीहरूलाई दुर्व्यवहार गरेकाले नै आफ्नो व्यवहार यस्तो भएको भनेर गुनासो समेत गर्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरूका झर्कोफर्को र झमेला गर्ने उक्साहटहरू अरूका कारण भएका हुन्, मानौँ अरू सबै जना दोषी छन्, तिनीहरूसित यस्तो व्यवहार गर्नुको विकल्प नै छैन—तिनीहरू आफूले वैधानिक रूपमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्। जबजब तिनीहरू असन्तुष्ट हुन्छन्, तब तिनीहरूले आफ्नो रिसईबी पोख्न र बकवाद ओकल्न थाल्छन्, अरू सबै गलत भएझैँ गरी आफ्ना समझहीन तर्कहरूमा जिद कस्छन्, मानौँ तिनीहरू मात्रै राम्रा छन् अनि अरू सबै खलपात्र हुन्। तिनीहरूले जतिसुकै झर्कोफर्को गरे पनि वा समझहीन तर्कहरू ओकले पनि, आफूबारे राम्रो बोलियोस् भन्ने माग गर्छन्। तिनीहरूले गल्ती गर्दा समेत, अरूलाई तिनीहरूको खुलासा वा आलोचना गर्नबाट निषेध गर्छन्। यदि तैँले तिनीहरूको सानो समस्या औँल्याइस् भने, तिनीहरूले तँलाई अन्त्यहीन विवादहरूमा अल्झाउनेछन्, अनि त्यसपछि तैँले शान्तिपूर्वक जिउने कुरा बिर्से हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो समझहीन र जानाजान झमेला गर्ने व्यक्ति हो, र यसो गर्नेहरू दुष्ट मानिस हुन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (२६)
कुनै व्यक्तिलाई स्वेच्छाचारी रूपमा दोषी ठहराउने, नाम दिइने, र कष्ट दिने घटना प्रायजसो हरेक मण्डलीमा घट्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले निश्चित अगुवा वा सेवकप्रति पूर्वाग्रह राख्छन् र बदला लिनका लागि, तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूको बारेमा टिप्पणी गर्छन्, र सत्यताबारे सङ्गति गर्ने बहानामा तिनीहरूको खुलासा र चिरफार गर्छन्। त्यस्ता कार्यहरूका पछाडिका आशय र लक्ष्यहरू गलत हुन्छन्। यदि कुनै व्यक्तिले साँच्चै नै परमेश्वरको गवाही दिन र अरूलाई फाइदा दिनका लागि सत्यतामा सङ्गति गरिरहेको छ भने, उसले आफ्ना साँचो अनुभवहरूबारे सङ्गति गर्नुपर्छ, र आफूलाई चिरफार गरेर अनि चिनेर अरूलाई फाइदा पुर्याउनुपर्छ। यस्तो अभ्यासले अझै राम्रा नतिजाहरू दिन्छ, र परमेश्वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्नेछन्। यदि कसैको सङ्गतिले अर्को व्यक्तिलाई आक्रमण गर्ने वा बदला लिने प्रयासमा उसको खुलासा गर्छ, उसलाई आक्रमण र अपमान गर्छ भने, सङ्गतिको आशय गलत हुन्छ, यो अनुचित हुन्छ, परमेश्वरले यस कुरालाई तिरस्कार गर्नुहुन्छ र यसले दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार गर्दैन। यदि कसैको आशय अरूलाई दोष दिनु वा कष्ट दिनु हो भने, ऊ दुष्ट व्यक्ति हो र उसले दुष्टता गरिरहेको हुन्छ। परमेश्वरका चुनिएका सबै मानिसहरूले दुष्ट मानिसहरूलाई खुट्ट्याउन सक्नुपर्छ। यदि कसैले जानी-जानी मानिसहरूलाई प्रहार गर्छ, खुलासा गर्छ, वा हेला गर्छ भने, उसलाई प्रेमपूर्ण ढङ्गले सहयोग गर्नुपर्छ, सङ्गति दिनुपर्छ र चिरफार, वा काटछाँट गर्नुपर्छ। यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्दैनन्, र जिद्दी भएर आफ्नो मार्ग मर्मत गर्न मान्दैन भने, यो पूर्ण रूपमा फरक कुरा हो। प्रायजसो स्वेच्छाचारी ढङ्गले अरूलाई दोष दिने, नामकरण गर्ने र कष्ट दिने दुष्ट मानिसहरूका हकमा, तिनीहरूको राम्ररी खुलासा गरिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सिकून्, त्यसपछि तिनीहरूलाई मण्डलीबाट प्रतिबन्धित वा निष्कासित गर्नुपर्छ। यो अत्यावश्यक कुरा हो, किनभने त्यस्ता मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने र मण्डलीमा अराजकता ल्याउने सम्भावना हुन्छ। विशेषगरी, कतिपय दुष्ट मानिसहरूले प्रायजसो अरूलाई आक्रमण गर्ने र दोष दिने गर्छन्, ताकि तिनीहरूले आफूलाई प्रदर्शन गर्ने र अरूलाई आदर गराउने आफ्नो लक्ष हासिल गर्न सकून्। यी दुष्ट मानिसहरूले प्रायजसो अप्रत्यक्ष रूपमा अरूको खुलासा, र चिरफार गर्न र अरूलाई दमन गर्नका लागि भेलाहरूमा सत्यतामा सङ्गति गर्ने अवसरको प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सहयोग गर्न र मण्डलीमा आएका समस्याहरूलाई समाधान गर्नका लागि यसो गरिरहेका छन् भनेर समेत यसलाई सही साबित गर्छन्, र यी बहानाहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि ढाकछोपको रूपमा प्रयोग गर्छन्। तिनीहरू अरूलाई आक्रमण गर्ने र दुःख दिने खालका मानिसहरू हुन्, र तिनीहरू सबै प्रस्ट रूपले दुष्ट मानिसहरू हुन्। सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्ने र दोष दिने सबै मानिसहरू अत्यन्तै आक्रमक हुन्छन्, र परमेश्वरको घरको कामको रक्षा गर्नका लागि दुष्ट मानिसहरूको खुलासा र चिरफार गर्ने मानिसहरूमा मात्रै न्यायको भावना हुन्छ र तिनीहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ। दुष्ट मानिसहरू प्रायजसो आफ्नो दुष्कर्ममा अत्यन्तै धूर्त हुन्छन्; तिनीहरू सबै आफूलाई सही साबित गर्न र अरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्नका लागि धर्मसिद्धान्तको प्रयोग गर्न सिपालु हुन्छन्। यदि परमेश्वरका चुनिएका मानिसहरूले यी दुष्ट मानिसहरूलाई खुट्ट्याउन र प्रतिबन्ध गर्न सकेनन् भने, मण्डली जीवन र मण्डलीको काम पूर्ण रूपमा अस्तव्यस्त हुनेछ—वा हङ्गामा समेत मच्चिनेछ। दुष्ट मानिसहरूले समस्याहरूको बारेमा सङ्गति गर्दा र तिनलाई चिरफार गर्दा, तिनीहरूसँग सधैँ आशय र लक्ष्य हुन्छ, र यो सधैँ कोहीप्रति लक्षित हुन्छ। तिनीहरूले आफूलाई चिरफार गरिरहेका वा चिनिरहेका हुँदैनन्, न त तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न खुलस्त बनिरहेका र आफूलाई उदाङ्गो पारिरहेका नै हुन्छन्—बरु, तिनीहरू अरूको खुलासा गर्ने, चिरफार गर्ने, र अरूलाई आक्रमण गर्ने अवसरको फाइदा लिइरहेका हुन्छन्। तिनीहरूले प्रायजसो अरूको चिरफार गर्न र अरूलाई दोष दिनका लागि आफ्नो आत्मज्ञानमा सङ्गति गर्ने कार्यको फाइदा लिन्छन्, र परमेश्वरका वचनहरू र सत्यतामा सङ्गति गर्ने उपायद्वारा, तिनीहरूले मानिसहरूको खुलासा गर्छन्, साथै उनीहरूलाई हेला र बदनाम गर्छन्। तिनीहरू सत्यता पछ्याउने, मण्डलीको कामको निम्ति बोझ लिने, र प्रायजसो आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूप्रति अत्यन्तै घिन र तिरस्कार महसुस गर्छन्। दुष्ट मानिसहरूले यी मानिसहरूको उत्प्रेरणालाई प्रहार गर्न र तिनीहरूलाई मण्डलीको काम गर्नबाट रोक्नका लागि अनेक किसिमका बहाना र निहुँहरू प्रयोग गर्नेछन्। तिनीहरू एकातिर त्यस्ता मानिसहरूप्रति डाहा र घृणा महसुस गर्छन्; अर्कोतिर, यी मानिसहरू काम गर्न उठे भने यसले तिनीहरूको ख्याति र प्राप्ति अनि हैसियत खतरामा पार्छ भन्ने डर मान्छन्। त्यसकारण, तिनीहरू यी मानिसहरूलाई चेतावनी दिने, दमन गर्ने, र प्रतिबन्ध गर्ने उपायहरू खोज्ने हरेक प्रयास गर्छन्, यहाँसम्म कि तिनीहरूलाई दोष दिनका लागि तिनीहरूलाई फसाउन र तथ्यहरू बङ्ग्याउनका लागि हतियारहरू समेत जम्मा गर्छन्। यसले यी दुष्ट मानिसहरूको स्वभाव सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्ने स्वभाव हो भन्ने कुरालाई पूर्ण रूपमा प्रकट गर्छ। सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र निष्कपट, सभ्य, र इमान्दार मानिसहरूप्रति तिनीहरूमा विशेष घृणा हुन्छ। तिनीहरूले यसो भन्दैनन् होला, तर तिनीहरूको मानसिकता त्यस्तै हुन्छ। त्यसोभए तिनीहरूले किन सत्यता पछ्याउने, अनि असल र इमान्दार मानिसहरूलाई नै निश्चित रूपमा खुलासा गर्न, होच्याउन, दमन गर्न, र बहिष्कार गर्नका लागि लक्षित गर्छन्? यो तिनीहरूले स्पष्ट रूपमा नै असल मानिसहरू र सत्यता पछ्याउनेहरूलाई ढाल्न, मार्न, र कुल्चनका लागि गरिएको प्रयास हो, ताकि तिनीहरूले मण्डलीलाई नियन्त्रण गर्न सकून्। कतिपय मानिसहरूले कुरा यस्तो हो भनेर विश्वास गर्दैनन्। तिनीहरूलाई, म एउटा प्रश्न सोध्छु: सत्यतामा सङ्गति गर्दा, यी दुष्ट मानिसहरूले किन आफ्नो खुलासा वा चिरफार गर्दैनन्, बरु सधैँ अरूलाई निसाना बनाएर खुलासा गर्छन्? के साँच्चै तिनीहरूले भ्रष्टता प्रकट नगर्ने, वा तिनीहरूमा भ्रष्ट स्वभावहरू नहुने हुन सक्छ? निश्चय नै त्यस्तो होइन। त्यसोभए, तिनीहरूले किन खुलासा र चिरफारको लागि अरूलाई निसाना बनाउन जिद्दी गर्छन्? तिनीहरू ठ्याक्कै के हासिल गर्ने कोसिस गरिरहेका हुन्छन्? यो प्रश्नबारे गहन रूपमा सोच्नुपर्ने हुन्छ। यदि व्यक्तिले मण्डलीलाई बाधा दिने दुष्ट मानिसहरूका दुष्ट कार्यहरू खुलासा गर्छ भने उसले आफ्नो काम गरिरहेको हुन्छ। तर यसको सट्टा, यी मानिसहरूले सत्यताबारे सङ्गति गर्ने बहानामा असल मानिसहरूको खुलासा गरिरहेका र उनीहरूलाई यातना दिइरहेका हुन्छन्। तिनीहरूको आशय र उद्देश्य के हो? के तिनीहरू परमेश्वरले असल मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने देखेर क्रोधित भएका हुन्? वास्तवमा कुरा त्यही हो। परमेश्वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसकारण दुष्ट मानिसहरूले परमेश्वर र असल मानिसहरूलाई घृणा गर्छन्—यो सब निकै स्वभाविक कुरा हो। दुष्ट मानिसहरूले सत्यता स्विकार्दैनन् वा यसलाई पछ्याउँदैनन्; तिनीहरू आफैले मुक्ति पाउन सक्दैनन्, तर तिनीहरू सत्यता पछ्याउने र मुक्ति पाउन सक्ने असल मानिसहरूलाई कष्ट दिन्छन्। समस्या के हो? यदि यी मानिसहरूसँग आफ्नो र सत्यताको ज्ञान भएको भए, तिनीहरूले खुलस्त भएर सङ्गति गर्न सक्थे, तर तिनीहरू सधैँ अरूलाई निसाना बनाइरहेका र उक्साइरहेका हुन्छन्, तिनीहरूसँग सधैँ अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ र तिनीहरूले सत्यता पछ्याउने मानिसहरूलाई सधैँ आफ्ना काल्पनिक शत्रुहरूका रूपमा राखिरहेका हुन्छन्। दुष्ट मानिसहरूको पहिचानहरू नै यिनै हुन्। त्यस्ता दुष्टता गर्न सक्ने मानिसहरू असली दियाबलस र शैतानहरू हुन्, प्रतिबन्धित गरिनुपर्ने मुख्य ख्रीष्टविरोधीहरू हुन्, र यदि तिनीहरूले धेरै दुष्कर्म गरे भने, तिनीहरूलाई तुरुन्तै तह लगाइनुपर्छ—तिनीहरूलाई मण्डलीबाट निष्कासन गर्नुपर्छ। असल मानिसहरूलाई प्रहार गर्ने र बहिष्कार गर्ने सबै मानिसहरू कुहिएका स्याउ हुन्। म किन तिनीहरूलाई कुहिएका स्याउ भन्छु? किनभने तिनीहरूले मण्डलीमा अनावश्यक विवाद र द्वन्द्व पैदा गरेर, त्यहाँको परिस्थिति झन्-झन् खराब बनाउने सम्भावना हुन्छ। तिनीहरूले एक दिन एउटा व्यक्तिलाई र अर्को दिन अर्को व्यक्तिलाई निसाना बनाउँछन्, र तिनीहरूले सधैँ अरूलाई, अर्थात् सत्यतालाई प्रेम गर्ने र पछ्याउनेहरूलाई निसाना बनाइरहेका हुन्छन्। यसले मण्डली जीवनमा बाधा पुर्याउने सम्भावना हुन्छ र परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा खाने-पिउने कार्यमा, साथै सत्यताबारे तिनीहरूले गर्ने सामान्य सङ्गतिमा पनि असर पार्न सक्छ। यी दुष्ट मानिसहरूले प्रायजसो सत्यताबारे सङ्गति गर्ने नाममा अरूलाई आक्रमण गर्नका लागि मण्डली जीवन जिउने कार्यबाट फाइदा लिन्छन्। तिनीहरूले भन्ने हरेक कुरामा शत्रुता हुन्छ; तिनीहरूले सत्यता पछ्याउने र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने मानिसहरूलाई आक्रमण र निन्दा गर्न रिस उठ्दो टिप्पणीहरू गर्छन्। यसका परिणामहरू के-के हुनेछन्? यसले मण्डलीको जीवनमा बाधा र अवरोध ल्याउनेछ, र मानिसहरूलाई हृदयमा असहज तुल्याउनेछ र परमेश्वरको अघि मौन हुन असक्षम तुल्याउनेछ। किटेरै भन्नुपर्दा, यी दुष्ट मानिसहरूले अरूलाई दोष दिन, प्रहार गर्न, र चोट पुर्याउनका लागि भन्ने नैतिकहीन कुराहरूले प्रतिरोध निम्त्याउन सक्छन्। यसले समस्याहरू समाधान गर्न सहयोग गर्दैन; बरु, यसले मण्डलीमा डर र चिन्ता पैदा गर्छ र मानिसहरू बीचको सम्बन्धमा बिगार्छ, जसले गर्दा तिनीहरूको बीचमा तनाव सिर्जना हुन्छ र तिनीहरू भनावैरीमा फस्छन्। यी मानिसहरूको व्यवहारले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीमा द्वन्द्व पनि बढाउँछ। यसले समग्र मण्डलीको काम र सुसमाचार प्रचारमा समेत असर पार्न सक्छ। त्यसकारण, अगुवा र सेवकहरूले यस्ता व्यक्तिलाई चेतावनी दिन, साथै तिनीहरूले उनीहरूलाई सीमित गर्न र तह लगाउन पनि आवश्यक हुन्छ। एक हिसाबमा, दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई बारम्बार आक्रमण गर्ने र दोष दिने यी दुष्ट मानिसहरूलाई कडा प्रतिबन्ध लगाउनैपर्छ। अर्को हिसाबमा, मण्डली अगुवाहरूले अरूलाई स्वेच्छाचारी रूपमा प्रहार गर्ने र दोष दिनेहरूको तुरुन्तै खुलासा गरेर तिनीहरूलाई रोक्नुपर्छ, र यदि तिनीहरू साँच्चि नै सक्दैनन् भने, तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। दुष्ट मानिसहरूलाई भेलाहरूमा मण्डलीको जीवनमा बाधा दिनबाट रोक्नैपर्छ, र यसको साथै, भ्रमित मानिसहरूलाई मण्डली जीवनमा असर गर्ने तरिकाले बोल्नबाट रोक्नुपर्छ। यदि दुष्ट व्यक्तिले दुष्टता गरेको पाइएमा, उसको खुलासा गर्नैपर्छ। तिनीहरूलाई मनोमानी रूपमा काम गर्न, र आफूले चाहे अनुसार दुष्टता गर्न पटक्कै दिनु हुँदैन। सामान्य मण्डली जीवन कायम राख्ने र परमेश्वरका चुनिएका मानिसहरूले सामान्य रूपमा भेला हुन, परमेश्वरका वचनहरू खान-पिउन, र सत्यतामा सङ्गति गर्न सक्छन्, जसले गर्दा तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने कुरालाई सुनिश्चित गर्नु अत्यावश्यक हुन्छ। त्यसपछि मात्रै मण्डलीमा परमेश्वरको इच्छा कार्यान्वयन हुनेछ, र यसरी मात्रै उहाँका चुनिएका मानिसहरूले सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१५)
असल मानिसहरूले विवेक र समझका साथ बोल्छन् र कामकुरा गर्छन्, जबकि दुष्ट मानिसहरूमा विवेक र समझ हुँदैन। जब दुष्ट मानिसहरूले कुनै नराम्रो काम गर्छन् र खुलासा हुन्छन्, तिनीहरूले भनेको मान्दैनन्: “सबैलाई थाहा भए पनि, के तिनीहरूले यसबारे केही गर्न सक्छन् र? मलाई जे मन लाग्छ त्यही गर्नेछु! मलाई कसले खुलासा गर्छ वा आलोचना गर्छ भन्ने कुराको मतलब छैन। कसैले मलाई साँच्चै के नै गर्न सक्छ र?” दुष्ट व्यक्तिले जतिसुकै नराम्रा कामहरू गरे पनि तिनीहरूलाई लाज हुँदैन। जब एउटा साधारण व्यक्तिले कुनै नराम्रो काम गर्छ, उसले त्यसलाई लुकाउन र ढाक्न चाहन्छ। यदि कसैले तिनीहरूको खुलासा गर्यो भने, तिनीहरूले लाजले गर्दा कसैको सामना गर्न सक्दैनन् र बाँच्न पनि चाहँदैनन्: “अहो, मैले कसरी यस्तो कुरा गर्न सकेँ? म साँच्चै निर्लज्ज व्यक्ति हुँ!” तिनीहरू अत्यन्तै पछुताउँछन् र आफूलाई सराप्ने कामसमेत गर्छन्, अनि फेरि यस्तो काम कहिल्यै नगर्ने कसम खान्छन्। यस्तो व्यवहार नै तिनीहरूसँग लाजको भावना छ, तिनीहरूमा अझै पनि केही मानवता छ भन्ने कुराको प्रमाण हो। निर्लज्ज व्यक्तिमा विवेक र समझ हुँदैन, र दुष्ट मानिसहरू सबै निर्लज्ज हुन्छन्। दुष्ट व्यक्तिले जुनसुकै प्रकारको नराम्रो काम गरे पनि, यसले तिनीहरूको अनुहार रातो पार्दैन वा तिनीहरूको मुटुको धड्कन बढाउँदैन, र तिनीहरूले अझै पनि निर्लज्ज भएर आफ्नो कार्यको रक्षा गर्नेछन्, नकारात्मक पक्षहरूलाई सकारात्मकमा बदल्नेछन्, र खराब कार्यहरूबारे यसरी बोल्नेछन्, मानौँ ती असल कार्य हुन्। के यस्तो व्यक्तिमा लाजको भाव हुन्छ? (हुँदैन।) यदि तिनीहरूमा यस्तो मनोवृत्ति छ भने, के तिनीहरूले भविष्यमा साँच्चै पश्चात्ताप गर्नेछन्? होइन, तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहनेछन्। यसको मतलब तिनीहरू निर्लज्ज हुन्छन्, र निर्लज्जताको अर्थ विवेक र समझ नहुनु हो। विवेक र समझ भएका मानिसहरू नराम्रो काम गरेकोमा खुलासा भएपछि लाजले कसैको पनि सामना गर्न सक्दैनन्, र तिनीहरूले यस्तो काम फेरि कहिल्यै गर्दैनन्। किन? किनभने तिनीहरूलाई यो लाजमर्दो कुरा थियो भन्ने लाग्छ र लाजले गर्दा कसैको अनुहार हेर्न सक्दैनन्; तिनीहरूको मानवतामा लाजको भाव हुन्छ। के यो सामान्य मानवताको न्यूनतम मानक होइन र? (हो।) लाजसमेत महसुस नगर्ने व्यक्तिलाई मानव भन्न सकिन्छ र? सकिँदैन। के लाज महसुस नगर्ने व्यक्तिको दिमाग सामान्य हुन्छ? (हुँदैन।) तिनीहरूको दिमाग सामान्य हुँदैन, तिनीहरूमा सकारात्मक कुराहरूप्रतिको प्रेम हुनु त परको कुरा हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्
सबैप्रति प्रेमिलो र सहनशील, अनि जोकोहीलाई पनि सहयोग गर्न इच्छुक हुने एक किसिमको व्यक्ति हुन्छ। उसले चासो नराख्ने कुरा भनेको सत्यता मात्र हो। ऊ सधैँ परमेश्वर विरुद्ध हुन्छ अनि उहाँसँग कहिल्यै मिल्न सक्दैन। ऊ परमेश्वरको कट्टर शत्रु हो। यो कस्तो खालको व्यक्ति हो? तिनीहरू अविश्वासी र दियाबलस हुन्। सत्यताप्रति सबैभन्दा बढी वितृष्ण हुने अनि सत्यतालाई सबैभन्दा बढी घृणा गर्नेहरू दियाबलसहरू हुन्। कुनै कुरामा सत्यता वा परमेश्वरका वाणी वा माग समावेश भएमा, तिनीहरू त्यसलाई नस्विकार्ने मात्र होइन, त्यसलाई शङ्का पनि गर्छन्, त्यसप्रति प्रतिरोधी हुन्छन् अनि त्यसबारे आफ्नै धारणा फैलाउँछन्। तिनीहरू मण्डलीको काममा क्षति हुने कैयौँ कुराहरू पनि गर्छन्, आफ्ना व्यक्तिगत स्वार्थमा चोट पर्दा खुलेआम परमेश्वरविरुद्ध चिच्याउने समेत गर्छन्। यस्ता खालका मानिसहरू दियाबलस हुन्; तिनीहरू सत्यता र परमेश्वरलाई घृणा गर्ने मानिसहरू हुन्। हरेक व्यक्तिको प्रकृतिभित्र सत्यतालाई घृणा गर्ने स्वभाव हुन्छ; तसर्थ, सबैमा परमेश्वरलाई घृणा गर्ने सार हुन्छ। फरक के मात्र हो भने यो घृणाको हद थोरै थोरै छ कि धेरै। केही मानिसहरूले परमेश्वर विरुद्ध दुष्टता गर्न सक्छन् भने अरूले केवल भ्रष्ट स्वभाव वा नकारात्मक भावना प्रकट मात्र गर्छन्। त्यसोभए किन केही मानिसहरू परमेश्वरलाई घृणा गर्न सक्छन् त? तिनीहरूले के भूमिका खेल्छन्? तिनीहरूमा सत्यतालाई घृणा गर्ने स्वभाव भएकोले तिनीहरू परमेश्वरलाई घृणा गर्न सक्छन्। यो स्वभाव हुनुको अर्थ तिनीहरू दियाबलस अनि परमेश्वरका शत्रु हुन्। दियाबलस भनेको के हो? सत्यता अनि परमेश्वरलाई घृणा गर्ने सबै जना दियाबलस हुन्। के दियाबलसहरूले मुक्ति पाउन सक्छन्? बिलकुलै सक्दैनन्। परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुँदा, कैयौँ मानिसहरूले उठेर उहाँको विरोध गर्नेछन् अनि उहाँको घरको कामलाई बाधा पुऱ्याउनेछन्। यस्ता मानिसहरू दियाबलस हुन्। तिनीहरूलाई जीवित राक्षस पनि भन्न सकिन्छ। हरेक मण्डलीमा, मण्डलीको कामलाई बाधा पुऱ्याउने जोकोही पनि दियाबलस अनि जीवित राक्षस हो। अनि मण्डलीलाई दमन गर्ने अनि कुनै पनि मात्रामा सत्यता नस्विकार्ने व्यक्ति जीवित राक्षस हो। तसर्थ, यदि तिमीहरूले को-को जीवित राक्षस हुन् भनेर सही रूपमा पहिचान गऱ्यौ भने, तिमीहरूले तिनीहरूलाई हटाउन तुरुन्तै पहल गर्नुपर्छ। यदि केही मानिसहरूको व्यवहार सामान्यतः राम्रो नै छ, तर कहिलेकाहीँ तिनीहरूको स्थिति नराम्रो हुन्छ, वा तिनीहरूको कद अत्यन्तै सानो छ र तिनीहरूले सत्यता बुझ्दैनन्, अनि बाधा र अवरोध खडा हुने केही गर्छन् तर यो तिनीहरूको बानी होइन अनि तिनीहरू यस्तो किसिमका प्रकृति भएका व्यक्ति होइनन् भने तिनीहरू रहिरहन सक्छन्। केही मानिसहरूको मानवता खासै असल हुँदैन; यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू त्यो कुरालाई कहिल्यै जान दिँदैनन्। तिनीहरू आफूलाई चिढ्याउने व्यक्तिसँग लगातार बहस गर्छन्, आफू ठिक छु भन्ने महसुस गरेपछि दया नै देखाउँदैनन्। तैपनि, यी मानिसहरूको एउटा गुण हुन्छ—तिनीहरू श्रम गर्न अनि कठिनाइ सहन इच्छुक हुन्छन्। यस्ता खालका मानिसहरू हालका लागि रहिरहन सक्छन्। यदि यी मानिसहरूले बारम्बार दुष्टता गरे अनि मण्डलीको कामलाई बाधा पुऱ्याए भने, तिनीहरू दियाबलस शैतानसँग मिलेका हुन्छन्, अनि तिनीहरूले मुक्ति पाउन बिलकुलै सक्दैनन्। यो शत प्रतिशत निश्चित हो। यस्ता खालका मानिसहरूलाई मण्डलीबाट हटाइनैपर्छ; तिनीहरूलाई बस्न दिनै हुँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति
प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीमा बाधा उत्पन्न गर्छन् वा परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्लो घस्ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ दियाबलसले जस्तो व्यवहार गर्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई तिरस्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि त्यस्ता मण्डलीमा मानिसहरू खडा भएर प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरमा साँचो रूपले विश्वास गर्ने मानिसहरू ती हुन् जो परमेश्वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्वर सम्बन्धी आफ्ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्। सत्यको अभ्यास नगर्ने योजना बनाउनेहरूलाई म उनीहरू अझ बढी पापहरू गर्नबाट जोगिनको निम्ति सम्भव भएसम्म चाँडोभन्दा चाँडो मण्डली छोडेर जाने सल्लाह दिन्छु। जब समय आउँछ, तब पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ। विशेष गरी, गुट र सम्प्रदायहरू बनाउनेहरू र मण्डलीभित्रका स्थानीय बदमासहरूले तुरुन्तै मण्डली छोड्नुपर्छ। त्यस्ता मानिसहरू, जसका स्वभाव दुष्ट ब्वाँसाहरूको जस्तो छ, तिनीहरू परिवर्तन हुन असमर्थ हुन्छन्। तिनीहरूले सबैभन्दा पहिलो मौकामा नै यदि मण्डली छोडे भने त्यो राम्रो हुन्छ, यसैले कि दाजुभाइ, दिदी-बहिनीहरूको सामान्य जीवनलाई फेरि कहिल्यै पनि बाधा नपरोस्, र यसरी परमेश्वरको दण्डबाट बच्न सकून्। तिमीहरू जो उनीहरूसँगै हिँडेका छौ तिमीहरूले यस अवसरलाई आफ्नै बारेमा विचार गर्न सदुपयोग गऱ्यौ भने राम्रै गर्नेछौ। के तँ दुष्टहरूसँगै मण्डली छोड्नेछस् वा बसेर आज्ञाकारी भई पछ्याउनेछस्? तैँले यस कुरामा ध्यानपूर्वक विचार गर्नुपर्छ। म तिमीहरूलाई छनौट गर्ने अझै एउटा मौका दिन्छु, र म तिमीहरूको जबाफको प्रतीक्षा गर्दछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
सम्बन्धित अनुभवात्मक गवाहीहरू
दुष्ट मानिसहरूलाई चिन्न नसक्नुका नतिजाहरू
सम्बन्धित भजनहरू
परमेश्वर दुष्टहरूलाई मुक्ति दिनुहुन्न
जसले सत्यता अभ्यास गर्दैन उसलाई हटाइनेछ