१. अविश्‍वासीहरूलाई कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैँले उहाँप्रति समर्पित हुनुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

जो साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् तिनीहरू परमेश्‍वरमाथि साँचो आस्था राख्नेहरू हुन्। तिनीहरूमा आफ्नो विवेक र समझद्वारा निर्देशित भावनाहरू हुन्छन्; आफ्ना हृदयमा तिनीहरू परमेश्‍वरका वचनहरू नै सत्यता हुन् भनी विश्‍वास गर्छन्; तिनीहरू परमेश्‍वरले गर्नुहुने सबथोक सही हुन्छ, त्यसको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु र शुद्ध पार्नु हो भनी विश्‍वास गर्छन्। मानिसहरूका धारणा र कल्पनासँग त्यो मिले पनि वा नमिले पनि, त्यो तिनीहरूका लागि लाभदायी हुन्छ। जो साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तिनीहरूमा विवेक र समझ हुँदैन, न त तिनीहरू विवेक र समझ प्राप्त गर्ने बारे चासो राख्छन्। तिनीहरूमा परमेश्‍वरका वचनहरूप्रति सधैँ अर्ध विश्‍वास र आधा अविश्‍वासको मनोवृत्ति हुन्छ; तिनीहरूका हृदयले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा महसुस गर्न सक्दैनन्। त्यसोभए परमेश्‍वरको अस्तित्वबारे तिनीहरूको विचार के हुन्छ त? तिनीहरू हृदयमा यसो सोच्छन्, “यदि परमेश्‍वर हुनुहुन्छ भने उहाँ कहाँ हुनुहुन्छ त? म त उहाँलाई देख्दिनँ। परमेश्‍वर साँच्चिकै हुनुहुन्छ कि हुनुहुन्‍न, मलाई थाहा छैन। यदि तिमी उहाँको अस्तित्वमा विश्‍वास गर्छौ भने उहाँ हुनुहुन्छ; यदि विश्‍वास गर्दैनौ भने उहाँ हुनुहुन्‍न।” तिनीहरूको विचार यही हुन्छ। तैपनि तिनीहरू त्यसबारे मनमा कुरा खेलाउँछन्, र सोच्छन्, “अत्यन्तै धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र उहाँको गवाही दिएका छन्। सायद परमेश्‍वर साँच्चिकै हुनुहुन्छ। उहाँ हुनुहोस् भन्‍ने म आशा गर्छु, किनभने मैले परिस्थितिको फाइदा उठाएर आशिष् पाउन सक्छु। म भाग्यमानी भएको हुनेछु।” तिनीहरू भाग्य परीक्षण गर्ने र जोखिम मोल्ने मानसिकता प्रयोग गर्छन् र केही रमाइलोका लागि मात्र भाग लिन्छन्; तिनीहरू सोच्छन् कि तिनीहरू आशिषित् नभए पनि घाटा लाग्दैन, किनभने तिनीहरूले केही पनि लगानी गरेका हुँदैनन्। परमेश्‍वरको अस्तित्वप्रति तिनीहरूको विचार र मनोवृत्ति यस्तो हुन्छ, “के परमेश्‍वर वास्तवमै हुनुहुन्छ? म यसै भन्‍न सक्दिनँ। परमेश्‍वर कहाँ हुनुहुन्छ? म ठ्याक्कै निश्चित छैन। के गवाही दिएका यी सबै मानिसहरू साँचो हुन्? कि तिनीहरू झूट बोलिरहेका छन्? म पनि निश्चित छैन।” तिनीहरूको हृदयले यी सबै मामलाहरूमाथि एउटा प्रश्नचिह्न खडा गर्छ; तिनीहरू त्यो बुझ्नै सक्दैनन्, त्यसैले तिनीहरू निरन्तर त्यसलाई शङ्का गर्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास शङ्का र गलत विचारहरूको मनोवृत्तिले कलङ्कित हुन्छ। परमेश्‍वरले बोल्नुहुँदा र सत्यता व्यक्त गर्नुहुँदा उहाँका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (शङ्का र अविश्‍वास।) तिनीहरूको प्रमुख विचार यो होइन; तिमीहरू यो मामला प्रस्टसित बुझ्दैनौ। के तिनीहरू परमेश्‍वरको वचनलाई सत्यताको रूपमा लिन्छन्? (लिँदैनन्।) तिनीहरू के सोच्छन्? “अत्यन्तै धेरै मानिसहरू परमेश्‍वरका वचनहरू पढ्न रुचाउँछन् भने मलाई चाहिँ त्यो किन रुचिकर लाग्दैन? परमेश्‍वरका वचनहरू पढेर अनि सत्यता बुझेर के प्राप्त गर्न सकिन्छ? यसमा के फाइदा छ? के तिमी स्वर्गको राज्यमा साँच्चै प्रवेश गर्न सक्छौ? मानिसहरूले स्वर्गको राज्य देख्न सक्दैनन्। मैले देखेअनुसार, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै वास्तविक फाइदा हुनैपर्छ; कुनै वास्तविक फाइदा हुनुपर्छ।” तिनीहरू यदि तिनीहरूले सत्यता बुझेनन् भने हटाइनेछन् भनी चिन्ता गर्छन्, त्यसैले कहिलेकाहीँ प्रवचन सुन्छन्। तर त्यसपछि तिनीहरू यसो सोच्दै घोत्लिन्छन्, “परमेश्‍वरका वचनमा अख्तियार र शक्ति हुन्छ भनिन्छ, त्यसोभए मैले किन त्यो सुन्दिनँ महसुस गर्दिनँ? परमेश्‍वरका वचनले मानिसहरूलाई परिवर्तन गर्न सक्छन् भनिन्छ, त्यसोभए उहाँका वचनहरूले मलाई किन परिवर्तन गरेका छैनन्? म अझै पनि पहिले जतिकै देह-सुखको लोभ गर्छु; मलाई खाना र कपडाहरू मन पर्छ; मेरो रिस सधैँ जतिकै चर्को छ; ठूलो रातो अजिङ्गरले मलाई सताउँदा म अझै पनि डराउँछु। ममा किन अझै पनि आस्था छैन? परमेश्‍वर मानिसहरूलाई इमानदार हुनू भन्‍नुहुन्छ; उहाँ मानिसहरूलाई सत्यता र मानवता भएको मानिस हुनू भन्‍नुहुन्छ। के इमानदार मानिसहरू मूर्ख होइनन् र? परमेश्‍वरले मानिसहरूबाट परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने माग गर्नुहुन्छ, तर कति जना मानिसहरूले वास्तवमै त्यो हासिल गर्न सक्छन्? मानव प्रकृति स्वार्थी हुन्छ। यदि तँ आफ्नो मानव प्रकृति पछ्याउँछस् भने, तैँले कसरी आफ्ना लागि आशिष्हरू पाउने भन्‍नेबारे सोच्नैपर्छ। तैँले आफूलाई फाइदा हुने षड्यन्त्र रच्नैपर्छ। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ। तैँले तेरो नियतिलाई आफ्नै हातमा लिनैपर्छ; तैँले तेरो खुसी आफैले बनाउनुपर्छ। यो सबभन्दा वास्तविक कुरा हो। यदि मानिसहरू झगडा गर्दैनन् र वस्तुहरू आफै हडप्दैनन्, यदि तिनीहरू ख्याति, प्राप्ति, र लाभको निम्ति जिउँदैनन् भने तिनीहरूले केही पनि पाउनेछैनन्। कसैले पनि यी कुराहरू तेरो ढोकामै ल्याएर राखिदिने बोझ लिनेछैन। मन्‍न वास्तवमा कहिल्यै स्वर्गबाट झर्दैन!” तिनीहरूका सोचविचार, संसारसँग व्यवहार गर्ने दर्शनहरू, र तिनीहरू बाँच्ने तर्क र नियमहरू यिनै हुन्। के यी सोचविचार भएका मानिसहरू अविश्‍वासी हुन्? सत्यताप्रति अविश्‍वासीहरूको मनोवृत्ति ठ्याक्कै यही हुन्छ। तिनीहरूको मनलाई सत्यता के हो, परमेश्‍वरका वचनहरूको अख्तियार र शक्ति कहाँ प्रकट हुन्छ, र परमेश्‍वरले मानिसहरूको परिणाम कसरी प्रबन्ध गर्नुहुन्छ भनी थाहा हुँदैन। तिनीहरू खालि शक्तिको आराधना गर्छन् र आफ्नै अगाडि भएका फाइदाहरू खोज्छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने तिनीहरू आशिषित हुनुपर्छ; र परमेश्‍वरले मानिसहरूलाई सौभाग्य प्रदान गर्नुभएमा, तिनीहरूको जीवन धन र प्रचुरताले भरिपूर्ण पार्नुभएमा, र तिनीहरूलाई खुसी जीवन दिनुभएमा मात्र त्यो साँचो मार्ग हो। तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन्, र यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भनी विश्‍वास गर्दैनन्, परमेश्‍वरका वचनहरूले कुनै व्यक्तिको स्वभाव वा भाग्य बदल्न सक्छ भनी विश्‍वास गर्नु त परको कुरा हो। त्यसकारण, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा कहिल्यै सत्यता पछ्याएका हुँदैनन्। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन र आफ्नो जीवनको लक्ष्यका रूपमा नस्विकार्ने हुनाले परमेश्‍वरमाथिको तिनीहरूको आस्था झन्-झन् कमजोर बन्छ; तिनीहरूमा परमेश्‍वरका वचनहरू पढ्ने र प्रवचनहरू सुन्‍ने रुचि हुँदैन; सत्यताबारे सङ्गति भइरहँदा तिनीहरू निदाउने समेत गर्छन्। त्यसमाथि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको थप बोझ हो र तिनीहरू बेकारमा काम गरिरहेका छन् भन्‍ने अनुभूति गर्छन्। तिनीहरूको हृदयले परमेश्‍वरको काम सम्पन्‍न हुने समयको तृष्णा गर्छ, जब परमेश्‍वरले तिनीहरूलाई निर्णयको अभिव्यक्ति प्रदान गर्नुहुनेछ, अनि तिनीहरूले वास्तवमा आफूले आशिष् पाउनेछन् कि पाउनेछैनन् भनी बुझ्न सक्नेछन्। यदि तिनीहरूले यसरी परमेश्‍वरमा विश्‍वास गरेर तिनीहरूले कहिल्यै आशिष् पाउनेछैनन्, तिनीहरू पक्कै हटाइनेछन्, र तिनीहरू अझै विपत्तिमै मर्नेछन् भनी पत्ता लगाएमा, तिनीहरू अहिले नै पछि सर्न सक्छन्। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गर्ने भने पनि, तिनीहरूको हृदयले उहाँमाथि शङ्का गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् त भन्छन्, तर तिनीहरूका हृदयले सत्यतामा विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू कहिल्यै पढेका छैनन्, न त साँचो रूपमा कहिल्यै कुनै प्रवचन नै सुनेका छन्। तिनीहरूले सत्यताबारे कहिल्यै सङ्गति गरेका छैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कहिल्यै सत्यता खोजेका छैनन्; तिनीहरू आफ्नै प्रयत्न मात्र लगाउँछन्। यो खाट्टी अविश्‍वासी हो। तिनीहरू गैरविश्‍वासीभन्दा फरक छँदै छैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ

केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्‍ने हो भने, परमेश्‍वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्‍वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू मानिसहरूसित अन्तरक्रिया गर्ने गैरविश्‍वासीहरूका सिद्धान्त र तौरतरिकाहरूलाई अनि गैरविश्‍वासीहरूको अस्तित्व र विश्‍वास सम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्‍वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्‍वरको वचनलाई सत्यताको रूपमा विश्‍वास गरेका छैनन्, कहिल्यै पनि परमेश्‍वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्‍वरलाई तिनीहरूको परमेश्‍वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई प्रयास गरेर बुझ्‍न लायक कुरो नै सम्झँदैनन्। साँचो परमेश्‍वरसँग सम्‍बन्धित हुने सबै कुराहरूसँग यी मानिसहरूको कुनै सम्बन्ध हुँदैन; तिनीहरूसँग परवाह गर्ने रुचि नै हुँदैन, न त तिनीहरूलाई परवाह गर्न लगाउन नै सकिन्छ। यस्तो हुन्छ किनभने तिनीहरूको हृदयभित्रको अन्तस्करणमा एक तीव्र आवाज हुन्छ जसले तिनीहरूलाई सधैँ भन्‍ने गर्छ, “परमेश्‍वर अदृश्य र अस्पर्शनीय हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्‍न।” तिनीहरूले यस प्रकारको परमेश्‍वरलाई बुझ्ने प्रयास गर्नु तिनीहरूको प्रयत्नको लायक नै छैन भन्‍ने विश्‍वास गर्छन् र त्यसो गरेर तिनीहरूले आफूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि तिनीहरूले कुनै पनि वास्तविक निर्णय नलिइकनै वा वास्तविक कार्यमा आफूलाई नलगाइकनै परमेश्‍वरप्रति केवल शब्दहरूद्वारा आभार प्रकट गरेर तिनीहरू निकै नै चलाख बनेका छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई गैरविश्‍वासीहरूको रूपमा हेर्नुहुन्छ। केही मानिसहरूले सोध्छन्, “के गैरविश्‍वासीहरूले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्? के तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्? के तिनीहरूले ‘म परमेश्‍वरको लागि जिउँछु’ भन्‍ने वचन बोल्न सक्छन्?” मानिसहरूले प्रायजसो देख्ने कुरा भनेको मानिसहरूले सतही रूपमा प्रदर्शन गरेका कुराहरू हुन्; तिनीहरूले मानिसहरूका सारहरूलाई देख्दैनन्। तथापि, परमेश्‍वरले यी सतही प्रदर्शनहरूलाई हेर्नुहुन्न, उहाँले तिनीहरूको भित्री सारलाई मात्र हेर्नुहुन्छ। यसर्थ, यी मानिसहरूप्रति परमेश्‍वरले राख्नुहुने मनोवृत्ति र परिभाषा यस्तै प्रकारका हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा अलिकति पनि स्वीकार नगर्ने व्यक्ति परमेश्‍वरको सच्चा विश्‍वासी होइन। ऊ अविश्‍वासी हो, र उसले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि त्यसबाट केही फाइदा हुँदैन। यदि परमेश्‍वरका एक विश्‍वासी केवल धर्मकर्ममा संलग्‍न हुन्छ तर सत्यता अभ्यास गर्दैन भने, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन, र परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न। यदि परमेश्‍वरद्वारा तँ उहाँको अनुयायीका रूपमा स्विकारिने हो भने, तँमा के हुन आवश्यक छ? के तँलाई परमेश्‍वरले कुनै व्यक्तिलाई मापन गर्ने मापदण्डहरू थाहा छ? तैँले सबथोक परमेश्‍वरको मापदण्डअनुसार गर्छस् कि गर्दैनस्, अनि उहाँका वचनमा आधारित सत्यता अभ्यास र पालना गर्छस् कि गर्दैनस् भनी उहाँ मूल्याङ्कन गर्नुहुन्छ। यही मापदण्डद्वारा परमेश्‍वर व्यक्तिलाई मापन गर्नुहुन्छ। परमेश्‍वर तैँले उहाँमा कति वर्ष विश्‍वास गरेको छस्, तँ कुन हदसम्म पुगेको छस्, तँसित असल व्यवहारहरू कति छन्, वा तैँले कतिवटा वचन र धर्मसिद्धान्तहरू बुझ्छस् भन्‍ने कुराका आधारमा मापन गर्नुहुन्‍न। उहाँ तँलाई तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् अनि कुन मार्ग रोज्छस् भन्‍ने आधारमा मापन गर्नुहुन्छ। धेरै मानिसहरू परमेश्‍वरलाई मुखले विश्‍वास र प्रशंसा गर्छन्, तर हृदयमा भने परमेश्‍वरले भन्‍ने वचनहरूलाई प्रेम गर्दैनन्। तिनीहरू सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू सधैँ सामान्य मानिसहरू शैतानको दर्शन वा विविध सांसारिक मतअनुसार जिउँछन्, यसरी व्यक्तिले आफ्नो रक्षा गर्न सक्छ, र यसरी संसारमा जिउनुको मूल्य हुन्छ भनी विश्‍वास गर्छन्। के यिनीहरू परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने मानिस हुन्? अहँ, होइनन्। महान् र नामुद मानिसहरूका शब्दहरू विशेष गरी समझपूर्ण लाग्छन् र तिनले अरूलाई सजिलै भ्रममा पार्न सक्छन्। तैँले तिनीहरूका शब्दहरूलाई सत्यता वा पालना गर्नुपर्ने आदर्श वाक्य ठान्लास्। तर परमेश्‍वरको वचन, मानिसका लागि उहाँको कुनै सामान्य मापदण्ड, जस्तै इमानदार व्यक्ति बन्‍नुपर्ने, वा तत्परतासाथ र होसियारीपूर्वक आफ्नो स्थान कायम राख्नुपर्ने, सृष्टि गरिएका प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने अनि स्थिर र इमानदार आचरण बनाउने सन्दर्भमा, यदि तँ यी शब्दहरू अभ्यास गर्न र तिनलाई सत्यता मान्‍न सक्दैनस् भने, तँ परमेश्‍वरको अनुयायी होइनस्। तँ आफूले सत्यता अभ्यास गरिरहेको ठोकुवा गर्छस्, तर यदि परमेश्‍वरले तँलाई “के तैँले अभ्यास गरिरहेका ‘सत्यताहरू’ परमेश्‍वरका वचन हुन्? के तैँले कायम राख्ने सिद्धान्तहरू परमेश्‍वरका वचनमा आधारित छन्?” भनी सोध्नुभयो भने—तँ कसरी स्पष्टीकरण दिनेछस्? यदि तेरो आधार परमेश्‍वरका वचनहरू होइन भने त्यो शैतानका शब्दहरू हो। तँ शैतानका शब्दहरूअनुसार जिइरहेको छस्, तैपनि आफूले सत्यता अभ्यास गरिरहेको र परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको ठोकुवा गर्छस्। के त्यो परमेश्‍वरलाई निन्दा गर्नु होइन र? उदाहरणका लागि, परमेश्‍वर मानिसलाई इमानदार बन्‍न सिकाउनुहुन्छ, तर कतिपय मानिस इमानदार व्यक्ति हुनुमा वास्तवमा कस्ता कुराहरू समावेश छन्, इमानदार व्यक्ति बन्‍न कसरी अभ्यास गर्ने, तिनीहरूले जिउने र प्रकट गर्ने कुन कुराहरू बेइमान हुन् र कुन कुराहरू इमानदार हुन् भन्‍नेबारे मनन गर्दैनन्। तिनीहरू परमेश्‍वरका वचनहरूको सत्यताको सारलाई मनन गर्नुको साटो गैरविश्‍वासीहरूका पुस्तकहरू पढ्नतिर लाग्छन्। तिनीहरू यस्तो सोच्छन्, “गैरविश्‍वासीहरूका भनाइहरू पनि अत्यन्तै राम्रा छन्—तिनले पनि मानिसलाई असल हुन सिकाउँछन्! उदाहरणका लागि, ‘असल व्यक्तिका जीवनमा शान्ति हुन्छ,’ ‘सोझा मानिसहरू सधैँ सफल हुन्छन्,’ ‘अरूलाई क्षमा गर्नु मूर्खता होइन, त्यसले पछि लाभ दिन्छ।’ यी कथनहरू पनि सही छन् र सत्यतासँग मेल खान्छन्!” त्यसैले, तिनीहरू यी वचनहरू पालना गर्छन्। तिनीहरू गैरविश्‍वासीहरूका यी उक्तिहरू पालना गरेर कस्तो व्यक्तिको रूपमा जिउन सक्छन्? के तिनीहरू सत्यता वास्तविकताअनुसार जिउन सक्छन्? (अहँ, सक्दैनन्।) के यस्ता मानिसहरू थुप्रै छैनन् र? तिनीहरू केही ज्ञान हासिल गर्छन्; तिनीहरूले केही पुस्तक र केही चर्चित किताब पढेका हुन्छन्; तिनीहरूले केही दृष्टिकोण प्राप्त गरेका हुन्छन्, र केही चर्चित भनाइ र लोक उखानहरू सुनेका हुन्छन्, त्यसपछि तिनीहरू यी कुराहरूलाई सत्यताका रूपमा लिन्छन्, यी शब्दहरूअनुसार कार्य गर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन्, परमेश्‍वरका विश्‍वासीका रूपमा तिनलाई आफ्ना जीवनमा लागू गर्छन् र आफूले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पारिरहेको छु भन्ठान्छन्। के यो त झूटलाई सत्यताका ठाउँमा राख्नु होइन र? के यो छली व्यवहार होइन र? परमेश्‍वरका नजरमा, यो ईशनिन्दा हो! यी कुराहरू हरेक व्यक्तिमा धेरै मात्रामा प्रकट हुन्छन्। मानिसहरूका मिठा शब्दहरू र सही धर्मसिद्धान्तहरूलाई पालना गर्नुपर्ने सत्यताका रूपमा लिने, जबकि परमेश्‍वरका वचनहरूलाई छेउ लगाएर बेवास्ता गर्ने, ती वचनहरू जतिपटक पढे पनि लागू गर्न नसक्ने, वा परमेश्‍वरका वचनहरूलाई सत्यता मान्‍न नसक्ने व्यक्ति के परमेश्‍वरको विश्‍वासी हो? के ऊ परमेश्‍वरको अनुयायी हो? (होइन।) यस्ता मानिसहरू धर्ममा विश्‍वास गर्छन्; तिनीहरू अझै शैतानलाई नै पछ्याइरहेका हुन्छन्! तिनीहरू शैतानले बोल्ने शब्दहरू दार्शनिक, अत्यन्तै गहन र उत्कृष्टन् छन् भनी विश्‍वास गर्छन्। तिनीहरू ती शब्दहरूलाई परम सत्यताका प्रख्यात भनाइहरू ठान्छन्। तिनीहरूले अरू जेसुकै त्यागे पनि, ती शब्दहरू त्याग्‍न सक्दैनन्। ती शब्दहरू त्याग्‍नु भनेको आफ्नो जीवनको जग गुमाउनु, आफ्नो हृदय खोक्रो पार्नुजस्तै हुनेछ। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू शैतानका अनुयायी हुन्, त्यसैले तिनीहरू शैतानका प्रख्यात भनाइहरूलाई सत्यताका रूपमा स्विकार्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

अवसर छोपेर आशिष् पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्ने अविश्‍वासीहरूलाई हामी कसरी चिन्न सक्छौँ? तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरूलाई जेजसरी सत्यता सङ्गति गरिए पनि, मानिसहरू र विभिन्‍न कुराहरूप्रतिका तिनीहरूका सोच र विचारहरू, तिनीहरूका जीवनदृष्टि र मूल्यमान्यताहरू कहिल्यै परिवर्तन हुँदैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले कहिल्यै पनि गम्भीरतासाथ परमेश्‍वरका वचनहरू मनन गर्दैनन् र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू वा विभिन्‍न समस्याहरूबारे परमेश्‍वरले भन्‍नुभएका कुराहरू तिनीहरूले पूर्ण रूपमा स्वीकार गर्दैनन्। तिनीहरू आफ्नै दृष्टिकोण र शैतानका दर्शनहरूमा मात्रै लागिरहन्छन्। तिनीहरूको हृदयमा, तिनीहरूले अझै पनि शैतानका दर्शन र तर्कहरू नै ठीक र सही छन् भन्‍ने विश्‍वास गर्छन्। उदाहरणको लागि, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”, “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो; हप्कीभन्दा त चापलुसी नै राम्रो,” वा “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” यसो भन्‍नेहरू पनि छन्, “जब मानिसहरूले ईश्वरमा विश्‍वास गर्छन्, तब तिनीहरू असल हुनुपर्छ, र यसको अर्थ कहिल्यै ज्यान नलिनु हो; ज्यान लिनु पाप हो, र ईश्‍वरका लागि यो अक्षम्य कुरा हो।” यो कस्तो दृष्टिकोण हो? यो बुद्धको दृष्टिकोण हो। बुद्धको दृष्टिकोण मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने भए नि यसमा कुनै सत्यता छैन। परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, कति मानिसहरूले त गैरविश्‍वासीहरूका हास्यास्पद दृष्टिकोणहरू र धार्मिक संसारका गलत सिद्धान्तहरूलाई समेत सत्यताको रूपमा स्वीकार गर्छन्, र ती कुरालाई प्रिय ठान्छन् र तिनीहरू ती कुरामै अडिग रहन्छन्। के यी मानिसहरू सत्यता स्वीकार गर्नेहरू हुन् त? तिनीहरूले मानिसका वचनहरू र परमेश्‍वरका वचनहरूबीच, वा दियाबलसहरू र शैतान अनि सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वरबीच भिन्‍नता छुट्याउन सक्दैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका कुनै पनि सत्यतालाई नै स्वीकार गर्छन्। मानिसहरू, बाहिरी संसार, र अरू सबै कुराहरूप्रतिको तिनीहरूको सोच र दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन। तिनीहरू आफूले सधैँ राख्दैआएका दृष्टिकोणहरूमै अडिग हुन्छन्, जुन परम्परागत संस्कृतिबाट आएका हुन्छन्। ती दृष्टिकोणहरू जति नै हास्यास्पद भए नि, त्यो तिनीहरूले महसुस गर्न सक्दैनन्, र तिनीहरूले अझै ती गलत दृष्टिकोणहरूलाई दह्रिलो गरी समातिरहन्छन् र तिनलाई त्याग्दै त्याग्दैनन्। अविश्‍वासीको एउटा प्रकटीकरण यही हो। अर्कोचाहिँ के हो? मण्डलीको आकार बढ्दै जाँदा र समाजमा यसको हैसियत निरन्तर बढ्दै जाँदा, तिनीहरूको जोश, भावना, र विश्‍वास परिवर्तन हुन्छ। उदाहरणका लागि, जब मण्डलीको काम विदेशमा फैलियो र यसको आकार बढ्यो, र जब सुसमाचार काम पूर्ण रूपमा फैलियो, तब तिनीहरूले यो कुरा देखे र तुरुन्तै उत्साहित भए। तिनीहरूलाई मण्डली झन्-झन् प्रभावशाली हुँदै गइरहेको छ र यसले अबदेखि सरकारको दमन र सतावट भोग्‍नेछैन भन्‍ने लाग्यो, तिनीहरूले परमेश्‍वरमाथिको आफ्ना विश्‍वासमा आशा छ, तिनीहरूले आफ्नो शिर ठाडो पार्न सक्छन् भन्‍ने विश्‍वास गरे; र त्यसैकारण तिनीहरूलाई आफूले परमेश्वरमा विश्वास गरेर सही दाउ खेलेको छु, र आफ्नो दाउले अन्ततः फल फलाउनेछ भन्‍ने लाग्यो। तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको मौका झन्झन् ठूलो हुँदै गएको छ भन्‍ने लाग्यो र तिनीहरूले बल्ल आनन्द मान्‍न थाले। पहिलेका वर्षहरूमा, तिनीहरूले प्रायजसो ठूलो रातो अजिङ्गरले इसाईहरूलाई पक्राउ र दमन गरेको देखेका हुनाले, तिनीहरूलाई दमन, पीडा, र वेदनामा परेको महसुस हुन्थ्यो। तिनीहरूले किन वेदनामा परेको महसुस गर्थे? किनभने मण्डली यस्तो भयानक स्थितिमा थियो, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर सही निर्णय गरे कि गरेनन् भनेर तिनीहरू चिन्तित हुन्थे, र त्योभन्दा पनि बढी, तिनीहरू मण्डलीमा बस्‍नुपर्छ कि तिनीहरूले यसलाई त्याग्‍नुपर्छ भन्‍ने सोचेर पनि सुर्ता र चिन्ता गर्थे। ती वर्षहरूमा, मण्डलीले जस्तोसुकै प्रतिकूल परिस्थितिहरू सामना गरे नि, यसले तिनीहरूको भावनामा असर पार्थ्यो; मण्डलीले जुनसुकै काम गरिरहेको भए नि र समाजमा मण्डलीको प्रतिष्ठा र हैसियत जेजसरी परिवर्तन भए नि, यसले तिनीहरूको भावना र मुडमा असर पार्थ्यो। तिनीहरू बस्नुपर्छ कि जानुपर्छ भन्‍ने प्रश्‍न सधैँ तिनीहरूको मनमा रहिरहन्थ्यो। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, होइन र? जब मण्डलीलाई राष्ट्रिय सरकारले निन्दा र दमन गर्छ, वा जब विश्‍वासीहरूलाई पक्राउ गरिन्छ वा तिनीहरूलाई धार्मिक संसाररा आलोचना, निन्दा, गिल्‍ला, र इन्कार गर्छ, तब तिनीहरूलाई मण्डलीमा आबद्ध भएकामा एकदमै अपमानित र असाध्यै लाज र बदनामी भएकोसमेत महसुस हुन्छ; तिनीहरूको मुटु काम्छ र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेकोमा र मण्डलीमा प्रवेश गरेकोमा पछुतो गर्छन्। तिनीहरूले कहिल्यै पनि मण्डलीका आनन्द र कठिनाइहरू दुवैमा सहभागी हुने, वा ख्रीष्टसँगसँगै कष्ट भोग्‍ने कुनै अभिप्राय राख्दैनन्। बरु, जब मण्डली फस्टाउँछ, तब विश्‍वासले भरिँदै तिनीहरू देखा पर्छन्, तर जब मण्डलीलाई सतावट, इन्कार, दमन, र दोषारोपण गरिन्छ, तब तिनीहरू भाग्‍न, र छोडेर जान चाहन्छन्। जब तिनीहरूले आशिष्‌ प्राप्तिको कुनै आशा, वा राज्यको सुसमाचार फैलाउने कुनै आशा देख्‍न सक्दैनन्, तब तिनीहरूलाई अझै बढी छोडेर जान मन लाग्छ। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पूरा भएको देख्दैनन्, र ठूलो विपत्तिहरू कहिले आइपर्नेछन् र कहिले समाप्त हुनेछन्, वा ख्रीष्टको राज्य कहिले पूरा हुनेछ भन्‍ने थाहा हुँदैन, तब तिनीहरू अनिश्‍चित रूपमा डगमगाउँछन् र मनमा शान्ति बोकेर आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। जब यस्तो हुन्छ, तब तिनीहरूले परमेश्‍वर त्याग्‍न, मण्डली त्याग्‍न, र छोडेर जान र उम्कने बाटो खोज्न चाहन्छन्। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, होइन र? तिनीहरूको हरेक चाल आफ्नै देहगत हितहरूको लागि हुन्छ। परमेश्‍वरको कामप्रतिको तिनीहरूको अनुभव गरेर, वा उहाँका वचनहरू पढेर, सत्यता सङ्गति गरेर, अनि मण्डली जीवन जिएर तिनीहरूको विचार र दृष्टिकोणहरू क्रमिक रूपमा परिवर्तन हुने कहिल्यै हुँदैन। जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले कहिल्यै पनि सत्यता खोजी गर्ने, वा यसबारे परमेश्‍वरका वचनहरूले के भन्छन्, परमेश्‍वरका अभिप्रायहरू केके हुन्, परमेश्‍वरले मानिसहरूलाई कसरी अगुवाइ गर्नुहुन्छ, वा उहाँले मानिसहरूलाई के मापदण्ड दिनुहुन्छ भनेर खोजी गर्ने गर्दैनन्। मण्डलीमा आबद्ध हुनुपछाडिको तिनीहरूको एउटै उद्देश्य भनेको “मण्डलीले कहिले आफ्नो शिर ठाडो पार्न सक्‍ने” दिन आउँछ र आफूले सधैँ चाहेका फाइदाहरू प्राप्त गर्न सकिन्छ भनेर प्रतीक्षा गर्नु हो। अवश्य नै, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने देखेका हुनाले पनि तिनीहरू मण्डलीमा सहभागी भएका हुन्छन्—तर तिनीहरू सत्यता पटक्‍कै स्वीकार नगर्ने खालका हुन्छन्, र परमेश्‍वरका सबै वचन पूरा हुनेछन् भन्‍ने कुरामा तिनीहरू विश्‍वास गर्दैनन्। त्यसोभए तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्? (हुन्।) मण्डली वा बाहिरी संसारमा जेसुकै भए नि, तिनीहरूले आफ्नो हितमा कति असर पर्छ, र यसले आफूले पछ्याउने उद्देश्यहरूमा कति ठूलो असर पार्छ भनेर मापन गर्छन्। समस्याको अलिकति लक्षण देख्‍नेबित्तिकै, तिनीहरूले तुरुन्तै आफ्‍ना सम्भाव्यता, र हितहरूबारे, र आफूले मण्डलीमा बस्‍नुपर्छ कि छोडेर जानुपर्छ भन्‍नेबारे अत्यन्तै गम्भीरतासाथ विचार गर्छन्। कति मानिसहरूले त यस्तो कुरा पनि सोधिरहन्छन्, “परमेश्‍वरको काम समाप्त हुनेछ भनेर पछिल्‍लो वर्ष भनिएको थियो—तैपनि किन यो अझै जारी छ? परमेश्‍वरको काम ठ्याक्‍कै कुन वर्ष समाप्त हुने हो? के मैले जान्‍न पाउँदिनँ र? मैले पर्याप्त समय दुःख भोगेको छु, मेरो समय बहुमूल्य छ, मेरो जवानी बहुमूल्य छ—तपाईंले मलाई यसरी अल्झाएर राख्‍न सक्‍नुहुन्‍न?” तिनीहरू परमेश्‍वरका वचनहरू पूरा भएका छन् कि छैनन् भन्‍ने कुराप्रति, मण्डलीको अवस्था, र यसको हैसियत र प्रतिष्ठाप्रति विशेष संवेदनशील हुन्छन्। तिनीहरूले आफू सत्यता प्राप्त गर्न सक्षम छु कि छैन वा आफू मुक्ति पाउन सकिने खालको छु कि छैन भन्‍ने कुरा वास्ता गर्दैनन्, तर तिनीहरू आफू बाँच्न सक्छु कि सक्दिनँ, र परमेश्‍वरको घरमा बसेर आफूले फाइदा र आशिष्‌हरू प्राप्त गर्न सक्छु कि सक्दिनँ भन्‍ने कुराप्रति भने अत्यन्तै संवेदनशील हुन्छन्। त्यस्ता मानिसहरू आशिष् पाउने आफ्नो इच्छाको हिसाबमा अवसरवादी हुन्छन्। तिनीहरूले अन्त्यसम्‍मै विश्‍वास गरे नि सत्यता बुझ्नेछैनन्, र तिनीहरूसँग अनुभवको कुनै गवाही हुनेछैन। के तिमीहरूले यस्ता मानिसहरू भेटेका छौ? वास्तवमा, त्यस्ता मानिसहरू हरेक मण्डलीमा हुन्छन्। तिमीहरूले तिनीहरूलाई चिन्‍नको लागि ध्यान दिनुपर्छ। त्यस्ता मानिसहरू सबै अविश्‍वासीहरू हुन्, तिनीहरू परमेश्‍वरको घरमा आएका काँढाहरू हुन्, तिनीहरूले मण्डलीमा ठूलो हानि गर्नेछन् र कुनै फाइदा ल्याउनेछैनन्, र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाइनुपर्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२३)

अर्को खाले मानिसहरू हुन्छन्, जसलाई न त राम्रो मान्न सकिन्छ, न नराम्रो नै, र जो नाम मात्रका विश्‍वासी हुन्छन्। यदि तैँले कहिलेकाहीँ तिनीहरूलाई केही गर्न भनिस् भने, तिनीहरूले गर्न सक्छन्, तर यदि तैँले नै तिनीहरूका निम्ति कर्तव्यको बन्दोबस्त गरिनस् भने, तिनीहरूले सक्रिय रूपमा आफ्नो कर्तव्य गर्नेछैनन्। फुर्सद हुनेबित्तिकै तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, तर आफ्नो निजी समयमा, तिनीहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने, भजनहरू सिक्ने, वा प्रार्थना गर्ने गर्छन् कि गर्दैनन् भन्‍ने कुरा थाहा हुँदैन। तर, तिनीहरू परमेश्‍वरको घर र मण्डलीप्रति तुलनात्मक रूपले मित्रवत् हुन्छन्। तुलनात्मक रूपले मित्रवत् भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई केही गर्न भनेमा, तिनीहरू त्यो काम गर्न सहमत हुनेछन्; सँगैका विश्‍वासी हुनका खातिर, तिनीहरूले आफ्ना क्षमताले भ्याएसम्म केही कामहरू फत्ते गर्न मदत गर्न सक्छन्। तर, यदि तिनीहरूलाई ठूलो प्रयत्न गर्न वा कुनै प्रकारको मूल्य चुकाउन भनियो भने, तिनीहरूले कदापि त्यसो गर्नेछैनन्। यदि कुनै दाजुभाइ वा दिदीबहिनी कुनै कठिनाइमा परेको छ र उसलाई तिनीहरूबाट कहिलेकाहीँ घरको रेखदेख गरिदिने, खाना पकाइदिने, वा कहिलेकाहीँ सानातिना घरायसी कामहरू गरिदिने जस्ता मदतहरू चाहिएको छ—अथवा तिनीहरूले कुनै विदेशी भाषा जानेका छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई चिठीहरू पढ्न मदत गर्न सक्छन् भने—तिनीहरू यस्तो कुरामा मदत गर्न सक्छन् र तुलनात्मक रूपले मित्रवत् हुन्छन्। तिनीहरू सामान्यतया अरूसँग राम्रोसँग मिलेर बस्छन् र मानिसहरूसँग हिसाबकिताब राख्दैनन्, तर तिनीहरू भेलाहरूमा नियमित रूपमा सहभागी हुँदैनन् र कुनै कर्तव्य निर्वाह गरूँ कि भनेर सोध्दैनन्, कुनै महत्त्वपूर्ण वा खतरनाक कामको जिम्मा लिने कुरा त परै जाओस्। यदि तैँले तिनीहरूलाई कुनै खतरनाक काम गर्न भनिस् भने, तिनीहरूले पक्कै पनि तेरो अनुरोधलाई यसो भन्दै नकार्नेछन्, “म त शान्ति खोज्नका निम्ति परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसकारण मैले कसरी खतरनाक कामहरू गर्न सक्छु त? के त्यो मैले आफैलाई समस्यातिर धकेलिरहेको हुनेछैन र? म कदापि त्यसो गर्न सक्दिनँ!” तर यदि दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीले तिनीहरूलाई कुनै सानो काम गर्न अनुरोध गरे भने, तिनीहरू साथीले जस्तै सानो सहयोग र नाम मात्रको प्रयास गर्न सक्छन्। यसरी लागिपर्नु र सहयोग गर्नुलाई कर्तव्य निर्वाह गरेको भन्‍न मिल्दैन, न त यसलाई सत्यता सिद्धान्तहरूबमोजिम कार्य गरेको नै भन्‍न मिल्छ, र यसलाई सत्यता अभ्यास गरेको त झन् भन्नै मिल्दैन; यो त केवल तिनीहरूमा परमेश्‍वरका विश्‍वासीहरूको राम्रो छाप बसेको र तिनीहरू उनीहरूप्रति मित्रवत् भएको, र कसैलाई सहायता चाहिएमा तिनीहरूले सहयोग गर्न सक्ने कुरा हो। यस्ता खाले मानिसहरूलाई के भनिन्छ? परमेश्‍वरको घरले तिनीहरूलाई मण्डलीका साथीहरू भन्छ। मण्डलीका साथी हुने खालका मानिसहरूलाई कस्तो व्यवहार गरिनुपर्छ? यदि तिनीहरूमा क्षमता र केही बल छ र तिनीहरूले मण्डलीलाई केही बाह्य मामलाहरू सम्हाल्न मदत गर्न सक्छन् भने, तिनीहरू पनि सेवाकर्ता र मण्डलीका साथी हुन्। किनभने यस्ता खाले मानिसहरूलाई परमेश्‍वरका विश्‍वासीका रूपमा लिइँदैन, र परमेश्‍वरको घरले तिनीहरूलाई मान्यता दिँदैन। अनि यदि तिनीहरूलाई परमेश्‍वरको घरले मान्यता दिँदैन भने, के परमेश्‍वरले तिनीहरूलाई विश्‍वासीका रूपमा मान्यता दिन सक्नुहुन्छ? (सक्नुहुन्‍न।) त्यसकारण, यस्ता खालका मानिसहरूलाई कहिल्यै कतै पनि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्नेहरूका पङ्क्तिमा सामेल हुन अनुरोध नगर्। यस्तो भन्‍नेहरू पनि छन्: “कतिपय मानिसहरूले पहिलोपटक विश्‍वास गर्न थाल्दा थोरै आस्था बोकेका हुन्छन् र मण्डलीका साथी बन्‍न मात्र चाहन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे धेरै कुरा बुझ्दैनन्, त्यसकारण तिनीहरू कसरी कुनै कर्तव्य निर्वाह गर्न इच्छुक हुन सक्छन् त? तिनीहरू कसरी सम्पूर्ण हृदयले आफूलाई समर्पित गर्न इच्छुक हुन सक्छन् त?” हामी तीनदेखि पाँच महिना वा एक वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छैनौँ, बरु भन्‍नका लागि मात्र परमेश्‍वरमा तीन वर्षभन्दा बढी वा पाँचदेखि दश वर्षसम्म समेत विश्‍वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छौँ। यस्ता मानिसहरूले परमेश्‍वर मात्र एउटै साँचो परमेश्‍वर हुनुहुन्छ र सर्वशक्तिमान् परमेश्‍वरको मण्डली मात्र साँचो मण्डली हो भनेर मुखले जतिसुकै स्विकारे पनि, यसले तिनीहरू साँचो विश्‍वासी हुन् भन्‍ने कुरा प्रमाणित गर्दैन। यस्ता खाले मानिसहरूका विभिन्‍न प्रकटीकरणहरू र तिनीहरूको आस्थाको पद्धतिका आधारमा, हामी तिनीहरूलाई मण्डलीका साथीहरू भन्छौँ। तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा नलि—तिनीहरू दाजुभाइ वा दिदीबहिनी होइनन्। यस्ता मानिसहरूलाई पूर्णकालीन मण्डली कर्तव्यमा आबद्ध हुन नदे, र तिनीहरूलाई पूर्णकालीन कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिमा सामेल हुन नदे; परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई उपयोग गर्दैन। कतिपयले भन्लान्: “के तिमी यस्ता खाले मानिसहरूविरुद्ध पक्षपाती छौ? तिनीहरू बाहिरबाट हेर्दा अल्छे देखिए पनि, वास्तवमा तिनीहरू भित्री रूपमा निकै जोशिला हुन्छन्।” इमानदार विश्‍वासीहरूले पाँच-दस वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि अल्छे हुनु असम्भव छ; यस्ता खाले मानिसहरूको व्यवहारले नै तिनीहरू अविश्‍वासी हुन्, परमेश्‍वरका वचनहरूभन्दा बाहिरका मानिस हुन्, र गैरविश्‍वासी हुन् भनेर पूर्ण रूपमा प्रकाश गर्छ। यदि तैँले अझै पनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनी भनेर बोलाउँछस्, र अझै तिनीहरूलाई अनुचित व्यवहार गरिँदै छ भनेर भन्छस् भने, त्यो तेरा धारणा र भावनाहरू बोलेको हो।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (६)

सत्यता पटक्‍कै स्वीकार नगर्ने मानिसहरूको सार अविश्‍वासीकै सार हो। अविश्‍वासीहरूको पहिचान चिन्हहरू केके हुन्? तिनीहरू अवसर छोप्न, मण्डली जीवन जिउन, विपत्तिबाट जोगिन, साथ पाउन र सित्तैमा खान पाइरहन परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूमध्ये कतिपय त राजनीतिक लक्ष्यहरूसमेत पछ्याउँछन्, अनि तिनीहरू निश्‍चित मामलाहरूमार्फत सरकारसँग सम्पर्क स्थापित गर्न र आधिकारिक नियुक्ति पाउन चाहन्छन्। त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, तिनीहरूमध्येका एकएक व्यक्ति अविश्‍वासीहरू हुन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासमा यी मनसाय र अभिप्रायहरू बोकेर हिँड्छन्, र तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण निश्‍चितसाथ हृदयमा विश्‍वास गर्दैनन्। तिनीहरूले उहाँलाई स्वीकार गरे नै भने पनि, शङ्का गर्दै स्वीकार गर्छन्, किनभने तिनीहरूले अङ्गालेका दृष्टिकोणहरू नास्तिक हुन्छन्। तिनीहरूले भौतिक संसारमा आफूले देख्‍न सक्‍ने कुराहरूमा मात्रै विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्दैनन् भनेर हामी किन भन्दै छौँ? किनभने तिनीहरू परमेश्‍वरले स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभएको हो, र मानवजातिलाई सृष्टि गरेपछि परमेश्‍वरले तिनीहरूलाई डोर्‍याइरहनुभएको र तिनीहरूमाथि सार्वभौमिकता चलाइरहनुभएको छ भन्‍ने तथ्यहरूमा एकनासले विश्‍वास गर्ने वा तिनलाई स्विकार्ने गर्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने तथ्यमा विश्‍वास गर्न पटक्‍कै सक्दैनन्। यदि तिनीहरूले परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन् भने, के तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरूमा विश्‍वास गर्न र तिनलाई स्विकार्न सक्छन् त? (सक्दैनन्।) यदि तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूमा विश्‍वास गर्दैनन् भने, के तिनीहरूले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने कुरामा र मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापन योजनामा विश्‍वास गर्छन् त? (गर्दैनन्।) तिनीहरूले यी कुनै कुरामा पनि विश्‍वास गर्दैनन्। तिनीहरूको अविश्‍वासको जड के हो? त्यो जड के हो भने, तिनीहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामै विश्‍वास गर्दैनन्। तिनीहरू नास्तिक र भौतिकवादीहरू हुन्। तिनीहरूले भौतिक संसारमा देख्‍न सकिने कुराहरू मात्रै वास्तविक हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले युक्ति र अनुचित माध्यमहरूद्वारा मात्रै ख्याति, लाभ, र हैसियत हासिल गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सफल हुने र सुखी जीवन जिउने एउटै मात्र उपाय शैतानी दर्शनहरूअनुसार जिउनु हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो भाग्य आफ्नै हातमा हुन्छ, र सुखी जीवन बनाउन र सुरक्षित गर्न आफूमै भर पर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता वा उहाँको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरमा भरोसा गरे आफूलाई केही प्राप्त हुनेछैन भन्‍ने सोच्छन्। अन्त्यमा, तिनीहरूले परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्न सक्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्दैनन्। त्यसकारण परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा अवसर छोप्ने, मण्डली जीवन जिउने, शरण खोज्ने, समर्थक खोज्ने, विपरीतलिङ्गी साथीहरू बनाउने, र राजनीतिक लक्ष्यहरू पछ्याउने—आफ्ना लागि आधिकारिक पद र खानपिनको आधार सुरक्षित गर्ने—जस्ता मनसाय र उद्देश्यहरू देखा पर्छन्। ती मानिसहरूले परमेश्‍वरले सबै कुरामाथि सार्वभौम शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास नगर्ने हुनाले नै तिनीहरू आफ्ना अभिप्राय र उद्देश्यहरू लिएर दुस्‍साहसपूर्ण र अनैतिक रूपले मण्डलीमा घुसपैठ हुन सक्छन्, मण्डलीमा आफ्नो प्रतिभा प्रयोग गर्न वा आफ्ना इच्छाहरू पूरा गर्न चाहन्छन्। यसको अर्थ तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्नो अभिप्राय र इच्छा सन्तुष्ट पार्न मण्डलीमा घुसपैठ भइरहेका हुन्छन्; तिनीहरूले मण्डलीमा ख्याति, लाभ, र हैसियत प्राप्त गर्न चाहन्छन्, र यसरी तिनीहरूलेसित्तैमा खान पाइरहने टिकट पाउनेछन्। तिनीहरूको व्यवहार, साथै तिनीहरूको प्रकृति सारबाट परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उद्देश्य, मनसाय, र अभिप्राय वैध्य छैन, र तिनीहरू कसैले पनि सत्यता स्विकार्दैनन् वा इमानदारीसाथ परमेश्‍वरमा विश्‍वास गर्दैनन् भनेर भनेर जोकसैले देख्‍न सक्छ।—तिनीहरूले मण्डलीमा घुसपैठ गरेर पनि ठाउँ मात्रै ओगट्ने गर्छन्, कुनै सकारात्मक भूमिका खेल्दैनन्। त्यसकारण, मण्डलीले त्यस्ता मानिसहरूलाई स्विकार्नु हुँदैन। ती मानिसहरू मण्डलीमा घुसपैठ भएका भए पनि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्, तिनीहरू त अरूले असल अभिप्राय राखेर ल्याइएका मानिसहरू मात्र हुन्। “तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्”—यो वाक्यांशलाई कसरी अर्थ लगाउनुपर्छ? यसको अर्थ के हो भने, परमेश्‍वरले तिनीहरूलाई पूर्वनिर्धारित र छनौट गर्नुभएको छैन; उहाँ तिनीहरूलाई आफ्नो कामका पात्रका रूपमा हेर्नुहुन्न; न त उहाँले तिनीहरूलाई उहाँद्वारा मुक्ति दिइने मानवको रूपमा पूर्वनिर्धारित नै गर्नुभएको छ। ती मानिसहरू मण्डलीमा घुसपैठ भएपछि, हामीले स्वाभाविक रूपमा तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा व्यवहार गर्न सक्दैनौँ, किनभने तिनीहरू साँचो रूपमा सत्यता स्विकार्ने वा परमेश्‍वरको काममा समर्पित हुने मानिसहरू होइनन्। कतिले सोध्न सक्छन्, “तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू होइनन्, त्यसकारण मण्डलीले किन तिनीहरूलाई सफाइ गरी हटाउने वा निकाल्‍ने गर्दैन?” परमेश्‍वरको अभिप्राय त उहाँका चुनिएका मानिसहरूले यी मानिसहरूबाट समझशक्ति सिक्न सकून् र यसरी शैतानका युक्तिहरू छर्लङ्गै देख्‍न सकून् र शैतानलाई इन्कार्न सकून्। परमेश्‍वरका चुनिएका मानिसहरूले समझशक्ति प्राप्त गरेपछि, यी अविश्‍वासीहरूलाई हटाइनुपर्छ। समझशक्ति विकास गर्नुको उद्देश्य भनेको परमेश्‍वरका घरमा आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर घुसपैठ भएका यी अविश्‍वासीहरूलाई खुलासा गर्नु र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनु हो, किनभने ती मानिसहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनन्, र तिनीहरू सत्यता स्वीकार गर्ने र पछ्याउने मानिसहरू हुनु त झन् परको कुरा हो। तिनीहरू मण्डलीमा बसेर केही फाइदा हुँदैन—बरु ठूलो हानि मात्रै हुन्छ। पहिलो कुरा त, मण्डलीमा घुसपैठ भएपछि, ती अविश्‍वासीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनन् र अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरूले सधैँ परमेश्‍वरका वचनहरू र सत्यताबाहेकका कुराहरू छलफल गर्छन्, जसले गर्दा अरूको हृदयमा बाधा हुन्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्न मण्डलीको काममा बाधा र व्यवधान मात्रै ल्याउँछन्। दोस्रो कुरा, यदि तिनीहरू मण्डलीमै बसे भने, तिनीहरूले गैरविश्‍वासीहरूले जस्तै बेकाबु रूपमा दुष्कर्महरू गरेर मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, र मण्डलीलाई धेरै गुप्त खतराहरूमा पार्छन्। तेस्रो कुरा, तिनीहरू मण्डलीमै बसे पनि, तिनीहरूले स्वेच्छाले सेवाकर्ताका रूपमा काम गर्दैनन्, र तिनीहरूले थोरै सेवा चढाए पनि, त्यो आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै हुनेछ। यदि एकदिन तिनीहरूले आशिष् पाउन सक्दिनँ भनेर थाहा पाए भने, तिनीहरू क्रोधित भएर मण्डलीका काममा बाधा र क्षति पुर्‍याउँछन्। त्यसलाई समर्थन गर्नुभन्दा जतिसक्दो चाँडो तिनीहरूलाई मण्डलीबाट निकाल्नु बेस हुन्छ। चौथो कुरा, ती अविश्‍वासीहरूले गुटबन्दी गर्ने, र ख्रीष्टविरोधीहरूलाई सहयोग गर्ने र पछ्याउने, मण्डलीभित्र मण्डलीका काममा ठूलो खतरा पैदा गर्ने दुष्ट शक्ति पैदा गर्ने सम्भावना हुन्छ। यी चार कुराहरू ध्यानमा राख्दा के देखिन्छ भने, परमेश्‍वरका घरमा घुसपैठ गर्ने यी अविश्‍वासीहरूलाई चिन्‍नु र खुलासा गर्नु, र त्यसपछि तिनीहरूलाई सफाइ गरी हटाउनु अत्यावश्यक हुन्छ। यो नै मण्डलीको काममा सामान्य प्रगति कायम राख्‍ने, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू खानपिउन र सामान्य रूपमा मण्डली जीवन जिउन सक्‍ने, अनि त्यसरी तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रवेश गर्न सक्‍ने कुरा प्रभावकारी रूपमा सुरक्षित गर्ने एउटै तरिका हो। यस्तो किन हो भने, यी अविश्‍वासीहरू मण्डलीमा घुसपैठ हुँदा यसले परमेश्‍वरको चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छ। यस्ता धेरै मानिसहरू छन् जसले तिनीहरूलाई चिन्‍न सक्दैनन्, बरु तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको रूपमा व्यवहार गर्छन्। कति मानिसहरूले त तिनीहरूसँग केही वरदान वा सबल पक्षहरू छन् भन्‍ने देखेर, तिनीहरूलाई अगुवा र सेवककै रूपमा सेवा गर्न छनौट गर्छन्। मण्डलीमा झूटा अगुवा र ख्रीष्टविरोधीहरू यसरी नै उत्पन्न हुन्छन्। तिनीहरूको सार हेर्दा, तिनीहरू कसैले पनि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, वा उहाँका वचनहरू सत्यता हुन्, वा उहाँले सबैमाथि सार्वभौम रूपमा शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ। परमेश्‍वरको नजरमा तिनीहरू गैरविश्‍वासीहरू हुन्। उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न। त्यसकारण, तिनीहरूको सारका आधारमा, तिनीहरू परमेश्‍वरको मुक्तिका पात्र होइनन्, र तिनीहरू निश्‍चय नै उहाँले पूर्वनिर्धारित गर्नुभएका वा चुन्नुभएका मानिसहरू होइनन्। परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन किमार्थ सक्नुहुन्न। जेजसरी हेरे पनि, तीमध्ये कुनै पनि अविश्‍वासीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्। तिनीहरूलाई तुरुन्तै र सही रूपमा चिन्‍नुपर्छ, र त्यसपछि हटाउनुपर्छ। तिनीहरूलाई अरूलाई बाधा पुर्‍याउँदै मण्डलीमा लुकर बस्न दिनु हुँदैन।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२४)

कतिपय मानिस प्रसिद्ध र भद्र मानिसहरूको आराधना गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले मानिसहरूलाई वास्तवमै मुक्ति दिन सक्छ कि सक्दैन भन्‍नेबारे सधैँ शङ्का गर्छन्, र तिनीहरू सधैँ प्रसिद्ध र भद्र मानिसहरूका कुराको मात्र वजन र आभा हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू सधैँ मनमनै यस्तो सोचिरहेका हुन्छन्, “हेर त हाम्रो राज्य प्रमुख कति प्रभावशाली छ! हाम्रो राष्ट्रिय सभाहरूको धूमधाम, दृश्य, भव्यता हेर! के परमेश्‍वरको घरको त्योसित कुनै रूपले तुलना हुन सक्छ?” तैँले यसो भन्‍न सक्नुले तँ गैरविश्‍वासी होस् भन्‍ने देखाउँछ। तैँले राजनीतिको दुष्टता, वा राष्ट्रको अन्धकार अवस्था, वा मानवताको भ्रष्टता प्रस्ट रूपले देख्न सक्दैनस्। तैँले परमेश्‍वरका घरमा सत्यताले राज गर्छ भनेर देख्न सक्दैनस्, अनि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको अनुभवात्मक गवाहीले के देखाउँछ भन्‍ने कुरा देख्न वा बुझ्न सक्दैनस्। परमेश्‍वरको घरमा सत्यता र अत्यन्तै धेरै गवाही छन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरू सबै जागिरहेका र परिवर्तन भइरहेका छन्, तिनीहरू सबैले परमेश्‍वरको काम अनुभव गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सुरु गरिरहेका छन्। के तँ परमेश्‍वरका मानिसहरू उहाँप्रति समर्पित हुन र उहाँको आराधना गर्न आएको दृश्य देख्न सक्छस्? त्यो तेरो कल्पनाबाहिरको कुरा हो। परमेश्‍वरको घरका सबथोक संसारभन्दा सयौँ गुणा, हजारौँ गुणा राम्रा छन्, र भविष्यमा, परमेश्‍वरको घरका सबै कुरा झन् राम्रा, झन् नियमित, र झन् सिद्ध मात्र हुँदै जान सक्छन्। यी सबै कुराहरू बिस्तारै हासिल हुन्छन्, र परमेश्‍वरको वचनले पूरा गर्ने कुराहरू ती नै हुन्। परमेश्‍वरका चुनिएका मानिसहरू उहाँद्वारा छानिने र उहाँद्वारा तोकिने हुनाले निश्चय नै तिनीहरू संसारका मानिसहरूभन्दा निकै राम्रा हुन्छन्। यदि कसैले यी तथ्यहरू देख्न सक्दैन भने, के ऊ अन्धो होइन र? कतिपय मानिसहरूलाई सधैँ संसार रमाइलो छ भन्‍ने लाग्छ, र तिनीहरू मनमनै संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गर्छन्। के तिनीहरू दियाबलसहरू र शैतानहरूका आराधना गरिरहेका छैनन् र? के यी प्रसिद्ध र प्रतिष्ठित मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने मानिस हुन्? के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छ? के तिनीहरू सत्यता स्विकार्छन्? तिनीहरू सबै परमेश्‍वरको प्रतिरोध गर्ने पिशाचहरू हुन्—के तँ त्यो साँच्चै देख्न सक्दैनस्? किन तँ आफूले संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गरेको देख्दादेख्दै परमेश्‍वरमा विश्‍वास गर्छस्? परमेश्‍वरले व्यक्त गर्ने सबै वचनहरूलाई तैँले वास्तवमा कसरी हेर्छस्? तैँले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकतालाई कसरी हेर्छस्? कतिपय मानिसहरूमा परमेश्‍वरको डर नहुने मात्र होइन—तिनीहरूमा उहाँप्रति थोरै पनि सम्मान हुँदैन। के ती अविश्‍वासीहरू होइनन् र? के यस्ता मानिसलाई तुरुन्तै निस्केर जानू भन्‍नुपर्दैन र? (पर्छ नि।) र उनीहरू निस्केर गएनन् भने के गर्नुपर्छ? तिनीहरूलाई चाँडो निकालेर हटाउनुपर्छ। अविश्‍वासीहरू फोहोरी झिँगा जस्तै हुन्, र हेर्न अति घिनलाग्दो हुन्छन्। परमेश्‍वरको घरमा, सत्यता र उहाँका वचनहरूले राज्य गर्छन्, र कार्यहरू सत्यताका सिद्धान्तअनुसार गरिन्छन्। त्यस्ता मानिसहरूलाई हटाउनुपर्छ। तिनीहरू मुखले परमेश्‍वरमा विश्‍वास गर्छु भन्छन्, तर हृदयमा, तिनीहरू परमेश्‍वरको घरलाई हेला गर्छन् र परमेश्‍वरलाई घृणा गर्छन्। के तिमीहरू यस्ता अविश्‍वासीहरू तिमीहरूमाझ मिसिएको चाहन्छौ? (चाहँदैनौँ।) त्यसैले तिनीहरूलाई झट्टै हटाउनुपर्छ। तिनीहरू जतिसुकै शिक्षित वा सक्षम भए पनि, तिनीहरूलाई हटाउनैपर्छ। कतिपय मानिसहरू यस्तो सोध्छन् “के यसो गर्नु प्रेम नगर्नु होइन र?” होइन, यसो गर्नु भनेको सिद्धान्तहरूअनुसार काम गर्नु हो। मैले यसो भन्‍नुको अर्थ के हो? तेरो कद जति नै ठूलो भए पनि, सत्यता पछ्याउने तेरो इच्छा जति ठूलो भए पनि, वा तँमा परमेश्‍वरप्रति भए पनि नभए पनि, एउटा कुरा निश्चित छ: ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ। यो सधैँका लागि अपरिवर्तनीय छ। यो तेरो चट्टान हुनुपर्छ, परमेश्‍वरमाथिको तेरो विश्‍वासको सबैभन्दा बलियो जग हुनुपर्छ; तँ हृदयमा यो कुराबारे निश्चित हुनुपर्छ र कुनै शङ्का गर्नु हुँदैन। यदि तैँले यसमा समेत शङ्का गर्छस् भने, तँ परमेश्‍वरको घरमा रहन अयोग्य छस्। कतिपय मानिसहरू यसो भन्छन्, “हाम्रो राष्ट्र ठूलो छ, र हाम्रो जात कुलीन छ; हाम्रा रीतिरिवाज र सँस्कृति तुलना गर्नै नसकिने गरी अद्भुत छन्। हामीले सत्यता स्विकार्नु आवश्यक छैन।” के यो अविश्‍वासीको विचार होइन र? यो त अविश्‍वासीहरूको विचार हो, र यस्ता अविश्‍वासीहरूलाई हटाउनैपर्छ। कतिपय मानिस प्रायः भ्रष्ट स्वभाव प्रकट गर्छन्, र बेलाबेलामा तिनीहरूको स्वभाव चञ्चल र असंयमित हुन्छ, तर परमेश्‍वरप्रतिको तिनीहरूको आस्था साँचो हुन्छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन्। यदि तिनीहरूले केही मात्रामा काटछाँट भोगेमा, पश्चाताप गर्न सक्छन्। यस्ता मानिसहरूलाई मौका दिनुपर्छ। मानिसहरू अलि मूर्ख हुन्छन्, वा कामकुरालाई प्रस्ट रूपमा देख्न सक्दैनन्, वा बहकिन्छन्, वा कुनै मूर्खतापूर्ण क्षणमा तिनीहरूले केही भ्रमित कुरा भन्लान् वा भ्रमित तरिकाले व्यवहार गर्लान् किनकि तिनीहरू सत्यता बुझ्दैनन्। यो त भ्रष्ट स्वभावको कारण भएको हो; यो मूर्खता, अज्ञानता, र सत्यता नबुझ्नुको कारणले भएको हो। तर, यस्ता मानिसहरू अविश्‍वासीहरू वर्गका होइनन्। यस्तोमा यी समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। कैयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका कतिपय मानिस सत्यता बिलकुलै स्विकार्दैनन् र अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू अविश्‍वासी हुन्। तिनीहरू परमेश्‍वरको घरका मानिस होइनन्, र परमेश्‍वर तिनीहरूलाई स्विकार्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस् तर प्रायः हृदयमा अलमल्ल पर्छस्, तँलाई परमेश्‍वर मानिसलाई मुक्त दिन कसरी काम गर्नुहुन्छ, मानिसले कसरी सत्यता पछ्याउनुपर्छ, आफूले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र कुनचाहिँ कुराले आफ्नो प्रार्थना परमेश्‍वरकहाँ पुऱ्याउँछ भनेर थाहा छैन भने; यदि तँ हरदिन अन्योलमा रहन्छस्, हरकुरामा गम्भीर हुँदैनस्, नियमहरू मात्र पालना गर्छस् भने; यदि तेरो हृदय परमेश्‍वरसामु शान्त हुन सक्दैन र आफूलाई कुनै कुरा आइपर्दा, प्रार्थना गर्दैनस् वा सत्यता खोजी गर्दैनस् भने; यदि तँ प्रायजसो आफ्नो इच्छाअनुसार काम गर्छस्, आफ्नो शैतानी स्वभावअनुसार जिउँछस् र आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्छस् भने; अनि यदि तँ परमेश्‍वरको छानबिन वा अनुशासन स्वीकार गर्दैनस्, र तँमा समर्पित हृदय छैन भने, तँ भित्री तवरमा सधैँ शैतानसामु जिउँछन् अनि तँलाई शैतानले र आफ्‍नै भ्रष्ट स्वभावले नियन्त्रणमा राख्छ। त्यस्ता मानिसहरूमा परमेश्‍वरको भय अलिकति पनि हुँदैन। तिनीहरू दुष्टताबाट अलग बस्नै नसक्ने हुन्छन् र तिनीहरूले कुनै दुष्ट कार्यहरू नगरे पनि, तिनीहरूले सोच्ने हरेक कुरा दुष्ट नै हुन्छन् र ती कुरा सत्यतासँग असम्बन्धित र सत्यताविरुद्धका हुन्छन्। त्यसोभए, के त्यस्ता मानिसहरूको आधारभूत रूपमा परमेश्‍वरसँग कुनै सम्बन्ध हुँदैन त? तिनीहरू उहाँद्वारा शासित भए पनि, तिनीहरूको हृदय कहिल्यै उहाँसामु आएको छैन; न त तिनीहरूले कहिल्यै उहाँलाई प्रार्थना नै गरेका छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै साँचो रूपमा परमेश्‍वर ठानेका छैनन्, जसको तिनीहरूमाथि सार्वभौमिकता चल्छ, तिनीहरूले कहिल्यै उहाँलाई तिनीहरूमाथि शासन गर्नुहुने सृष्टिकर्ताका रूपमा व्यवहार गरेका छैनन्, तिनीहरूले कहिल्यै पनि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ हाम्रो प्रभु हुनुहुन्छ भनेर स्वीकार गरेका छैनन्, र तिनीहरूले कहिल्यै पनि उहाँलाई इमानदारीसाथ आराधना गर्ने बारेमा सोचविचार गरेका छैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको डर मान्‍नुको अर्थ के हो भन्‍ने नै बुझ्दैनन् र दुष्कर्म गर्नु तिनीहरूको अधिकार हो भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरू मनमनै भन्छन्, “म आफूलाई जे मन लाग्छ त्यही गर्नेछु। म मेरा आफ्नै कामकुराको हेरविचार गर्छु, यो अरू कसैले गर्ने कुरो होइन!” तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई एक प्रकारको मन्त्र, एक प्रकारको विधिका रूपमा लिन्छन्। के यसले तिनीहरूलाई गैरविश्‍वासीहरू बनाउँदैन र? तिनीहरू गैरविश्‍वासी हुन्! अनि, परमेश्‍वर मनमा यी मानिसहरूलाई दुष्कर्मी ठान्‍नुहुन्छ। तिनीहरूले दिनभरि विचार गर्ने हरेक कुरा दुष्ट हुन्छन्। तिनीहरू परमेश्‍वरको घरका पतितहरू हुन्, र उहाँले तिनीहरूलाई उहाँको घरका सदस्यहरूका रूपमा स्वीकार गर्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

कतिपय मानिसलाई प्रतिकूल परिस्थिति आइपर्दा, तिनीहरू गुनासो गर्न र अरू मानिसलाई दोष दिन थाल्छन्। यो परिस्थिति आफैले निम्त्याएको हुन सक्छ भन्‍नेबारे तिनीहरू कहिल्यै विचार गर्दैनन्, बरु सधैँ अरू कसैलाई जिम्मेवार ठहराउँछन्। त्यसपछि, तिनीहरू सन्तुष्ट र सहज महसुस गर्छन्, र सोच्छन्, “समस्या हल भयो। यसरी परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै सुखद र सहज हुन्छ!” समस्याहरू समाधान गर्ने यो विधि तिमीहरूलाई कस्तो लाग्छ? के कसैले यसरी अभ्यास गरेर सत्यता प्राप्त गर्न सक्छ? के यसले परमेश्‍वरप्रति समर्पणको मनोवृत्ति देखाउँछ? त्यस्ता मानिसहरूले कस्तो दृष्टिकोणद्वारा, र केकस्ता माध्यमद्वारा परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरूले “परमेश्‍वर मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ, सबै घटना र सबै थोक उहाँकै हातमा छन्” भन्‍ने वचनहरूलाई आफ्‍नो दैनिक जीवनमा लागू गरेका छन्? जब तिनीहरू मानिसको दिमाग प्रयोग गरी समस्याको विश्‍लेषण गर्छन्, जब तिनीहरूले मानव माध्यमहरू प्रयोग गरेर मामला हल गर्छन्, तब के तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गरिरहेका हुन्छन्? के तिनीहरू मानिस, घटना, र कामकुरामाथि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भइरहेका हुन्छन्? अवश्य हुँदैनन्। पहिलो कुरा, तिनीहरू समर्पित हुँदैनन्; यो एउटा गल्ती हो। दोस्रो कुरा, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुहुने परिस्थिति, मानिसहरू, घटना, र कामकुराहरूलाई तिनीहरू स्वीकार गर्न सक्दैनन्; तिनीहरू सतहभन्दा भित्र हेर्न सक्दैनन्। तिनीहरू परिस्थिति बाहिरबाट कसरी देखा पर्छ भनेर मात्र हेर्छन्, त्यसपछि आफ्‍नो मानव दिमाग प्रयोग गरी यसलाई विश्‍लेषण गरेर मानव विधिहरूद्वारा समाधान गर्ने प्रयास गर्छन्। के यो अर्को गल्ती होइन र? के यो ठूलो गल्ती हो? (हो।) यो कसरी त्यस्तो भयो त? तिनीहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू सबै थोक त्यतिकै हुन आउँछन् भन्‍ने सोच्छन्। तिनीहरूको दृष्टिमा, एउटा कुरा पनि परमेश्‍वरद्वारा शासित हुँदैन र मानिसका कार्यहरूकै कारण धेरैजसो कुरा हुन आउँछन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? के तिनीहरूमा साँचो विश्‍वास छ? (छैन।) किन छैन? तिनीहरू परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वर सबै मामिला र सबै वस्तुमाथि सार्वभौम हुनुहुन्छ—अर्थात् परमेश्‍वर हरेक परिस्थितिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। यदि कुनै कुरा आफूले सोचेजस्तो भएन भने, तिनीहरू यो परमेश्‍वरबाट आएको हो भनी स्विकार्न असक्षम हुन्छन्। तिनीहरू परमेश्‍वरले यी परिस्थितिहरू योजनाबद्ध गर्न सक्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरलाई देख्न नसक्ने हुनाले, तिनीहरू यी परिस्थितिहरू परमेश्‍वरद्वारा योजनाबद्ध नभएर मानिसहरूको कार्यको नतिजास्वरूप त्यतिकै हुन आउँछन् भन्‍ने सोच्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्। त्यसोभए, तिनीहरूको विश्‍वासको सार के हो? (तिनीहरू अविश्‍वासी हुन्।) त्यो सही हो, तिनीहरू अविश्‍वासी हुन्! अविश्‍वासीहरूले परमेश्‍वरबाट आउने केही पनि स्विकार्दैनन्। बरु, तिनीहरू परिस्थिति सम्हाल्न मानव दृष्टिकोण, दिमाग र विधि प्रयोग गर्दै आफ्नो दिमाग खियाउँछन्। यो अविश्‍वासीहरूको व्यवहार हो। जब तैँले भविष्यमा यस प्रकारको व्यक्तिलाई भेट्छस्, तैँले तिनीहरू कस्ता हुन् भनी खुट्याउने विवेक विकास गर्नुपर्छ। समस्याहरू पैदा हुँदा अविश्‍वासीहरू आफ्‍नो मस्तिष्कको प्रयोग गरी उपाय निकाल्‍न सिपालु हुन्छन्; तिनीहरूले देखा परेको समस्यालाई निरन्तर अध्ययन गर्छन्, र यसलाई मानव विधिहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। तिनीहरू सधैँ मानव तर्क र शैतानी दर्शनहरू प्रयोग गरेर, वा नियमका आधारमा मानिस र कामकुरालाई हेर्ने गर्छन्, परमेश्‍वरको वचन सत्यता हो वा परमेश्‍वरको सार्वभौमिकताले सबै कुरा समेट्छ भनेर विश्‍वास गर्दैनन्। हुने सबै कुरा परमेश्‍वरले हुन दिनुहुन्छ, तर अविश्‍वासीहरूले परमेश्‍वरबाट यी कुरा स्विकार्न सक्दैनन्, र तिनीहरू सधैँ परिस्थितिलाई मानव धारणा र कल्पनाका आधारमा हेर्छन्। सामान्यतया, अविश्‍वासीहरूले तिनीहरू मान्छेको नियति परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक छन् भन्‍ने गरे पनि, आफूमाथि साँच्चै परिस्थिति आइपर्दा, तिनीहरूले परमेश्‍वरबाट आउने ती कुरा स्विकार्न सक्दैनन् र परमेश्‍वरबारे धारणाहरू विकास गर्छन्। अविश्‍वासीहरूको व्यवहार यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ

कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्‍न रूचाउनु के नीचता होइन? यो ठूलो समस्या हो। समझदार मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर निरर्थक मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइरहेको, अरूले तिनीहरूलाई जानीजानी गाह्रो बनाइरहेको ठान्छन्। त्यसैले तिनीहरू सधैँ अरू मानिससँग दुश्मनी मोल्छन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा चाहिँ प्रयास गर्दैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तँ यसरी परमेश्‍वरमा विश्‍वास गर्छस्, वा अभ्यास गर्छस् भने तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्‍वरसामु आउँदैनस्। तँ परमेश्‍वरले तेरा लागि प्रबन्ध गरेका सबै कुरा प्राप्त गर्न उहाँसामु कहिल्यै आउँदैनस्, न त तँ यो सब सम्हाल्न सत्यता प्रयोग नै गर्छस्। त्यसको सट्टा तँ कुराहरू सम्हाल्दा मानव तरिकाहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्‍वरका दृष्टिमा तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदयमात्र उहाँबाट भट्किसकेको होइन, तेरो सम्पूर्ण अस्तित्त्व नै उहाँका उपस्थितिमा बाँच्दैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्‍वर त्यसरी नै हेर्नुहुन्छ। त्यस्ता मानिसहरू छन् जो सतही छन्, चिप्लो बोली बोल्छन्, जसको दिमाग छिटो चल्छ र चतुर छ, जसले “म राम्रो बोल्छु। अरू मानिसले मेरो सराहना र मान गर्छन्, मलाई उच्च सम्मान दिन्छन्। उनीहरू सामान्यतः मेरो कुरा सुन्छन्” भनेर भन्छन्। के यो उपयोगी छ? तैँले मानिसहरूमाझ आफ्नो इज्जत कमाएको छस्, तर परमेश्‍वरसामु व्यवहार गर्ने तरिकाले उहाँलाई खुसी पार्दैन। परमेश्‍वर भन्‍नुहुन्छ, तँ अविश्‍वासी होस् र सत्यताप्रति शत्रुवत् छस्। मानिसहरूमाझ तँ परिष्कृत र शिष्ट होलास्, कामकुरा निकै राम्रोसँग सम्हाल्छस् होला, र जो कोहीसँग पनि मिल्छस् होला; अवस्था जस्तोसुकै भए पनि सधैँ त्यो सम्हाल्न र सुल्झाउन सक्लास्, तर तँ समस्या सुल्झाउन परमेश्‍वरसामु आउँदैनस् र सत्यता खोजी गर्दैनस्। यस्ता मानिसहरू निकै दुःख दिने हुन्छन्। तँजस्ता मानिसहरूका मूल्याङ्कनमा परमेश्‍वर एउटै मात्र कुरा भन्‍नुहुन्छ: “तँ अविश्‍वासी होस्, तैँले परमेश्‍वरमा विश्‍वास गरेको देखावटी गरेर आशिष् पाउने मौकाको फाइदा उठाउन खोजिरहेको छस्। तँ सत्यता स्वीकार गर्ने व्यक्ति होइनस्।” तँलाई यस्तो किसिमको मूल्याङ्कन कस्तो लाग्छ? के तिमीहरूलाई चाहिएको यही हो? पक्कै होइन। हुन सक्छ कतिपय मानिसलाई मतलब छैन र यसो भन्छन्, “परमेश्‍वरले हामीलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुराले फरक पर्दैन, हामी परमेश्‍वरलाई यसै पनि देख्न सक्दैनौँ। हाम्रो सबैभन्दा तात्कालिक समस्या भनेको पहिले हामी वरपरका मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्नु हो। हामीले आफ्ना लागि बलियो आधार स्थापित गरिसकेपछि अगुवा र सेवकहरूको मन जित्न सक्छौँ ताकि सबैले हाम्रो सराहना गरून्।” यी कस्ता खालका मानिस हुन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? पक्कै होइनन्; तिनीहरू अविश्‍वासी हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

धेरै मानिसहरूले सत्यता बुझेका हुँदैनन् वा सत्यताको खोजी गर्दैनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने कार्यलाई कसरी लिन्छन्? तिनीहरूले यसलाई एक प्रकारको काम, एक प्रकारको रुचि, वा आफ्नो चासोको लगानीका रूपमा लिन्छन्। तिनीहरूले यसलाई परमेश्‍वरले दिनुभएको कुनै मिसन वा काम, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीका रूपमा लिँदैनन्। तिनीहरूले आफ्‍ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकूँ र परमेश्‍वरको आज्ञा पूरा गर्न सकूँ भनेर आफ्‍ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता वा परमेश्‍वरका अभिप्रायहरू बुझ्ने प्रयास त झनै गर्दैनन्। त्यसकारण, आफ्‍ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कतिपय मानिसहरू अलिकति कठिनाइको सामना गर्नेबित्तिकै अनिच्‍छुक बन्छन् र भाग्‍न चाहन्छन्। जब तिनीहरूले केही कठिनाइहरूको सामना गर्छन् वा केही असफलताहरू भोग्छन्, तब तिनीहरू पछि हट्छन्, र फेरि भाग्‍न चाहन्छन्। तिनीहरू सत्यताको खोजी गर्दैनन्; तिनीहरू भाग्‍नेबारेमा मात्र सोच्छन्। कछुवा जस्तै, यदि केही समस्या आइपर्यो भने, तिनीहरू आफ्नो खोलमा लुक्ने काम मात्र गर्छन्, त्यसपछि समस्या पार हुञ्‍जेल पर्खन्छन् अनि मात्र देखा पर्छन्। यस्ता मानिसहरू धेरै छन्। विशेष गरी, कतिपय यस्ता मानिसहरू छन् जसलाई कुनै कामका लागि जिम्मेवारी लिन लगाइयो भने, तिनीहरूले कसरी आफ्नो बफादारीता प्रदान गर्न सक्छु, वा यो कर्तव्य कसरी निर्वाह गर्न र यो काम कसरी राम्ररी पूरा गर्न सक्छु भनेर विचार गर्दैनन्। बरु, तिनीहरूले जिम्मेवारीलाई कसरी त्याग्‍ने, काट-छाँट हुनबाट कसरी जोगिने, कुनै पनि जिम्मेवारीबाट कसरी बच्ने, र समस्या वा गल्तीहरू हुँदा त्यसबाट कसरी सकुशल बाहिर निस्कने भनेर विचार गर्छन्। तिनीहरूले कसरी आफ्‍ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने र आफ्नो बफादारीता प्रदान गर्ने भन्‍ने बारेमा नभई पहिले कसरी आफ्नै भाग्‍ने बाटो र आफ्नै प्राथमिकता र चासोहरू पूरा गर्ने भनेर विचार गर्छन्। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममासत्यता अभ्यास गर्दैनन्। तिनीहरूको मन आफूसँग जे छ त्यसमा नभई जे छैन त्यसै कुरामा जान्छ। तिनीहरूलाई आज यो गर्न मन लाग्छ, भोलि त्यो गर्न मन लाग्छ, र तिनीहरूलाई अरू सबैको कर्तव्य तिनीहरूको भन्दा राम्रो र सजिलो छ भन्‍ने लाग्छ। तैपनि, तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्। तिनीहरू आफ्ना यी विचारहरूमा के-कस्ता समस्याहरू छन् भनेर सोच्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरूको दिमाग सधैँ आफ्‍ना सपनाहरू कहिले साकार हुन्छन्, कसले प्रसिद्धिमा कमाएको छ, कसले माथिबाटको पहिचान पाइरहेको छ, कसले काट-छाँटमा नपरी काम गर्छ र बढुवा हुन्छन् भन्‍ने कुरामा नै केन्द्रित हुन्छ। तिनीहरूको मन यी कुराहरूले भरिएको हुन्छ। के सधैँ यी कुराहरूका बारेमा सोच्ने मानिसहरूले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? तिनीहरूले यो कुरा कहिल्यै पूरा गर्न सक्दैनन्। त्यसोभए, कस्ता मानिसहरूले आफ्नो कर्तव्य यसरी निर्वाह गर्छन्? के तिनीहरू सत्यताको पछि लाग्‍ने मानिसहरू हुन्? सर्वप्रथम, एउटा कुरा निश्‍चित छ: यस्ता मानिसहरू सत्यताको पछि लाग्दैनन्। तिनीहरू समाजमा जसोतसो जीवन गुजार्दा जस्तै परमेश्‍वरको घरमा पनि केही आशिष्‌हरूको आनन्द लिन खोज्छन्, प्रख्यात हुन खोज्छन्, र लोकप्रियता कमाउन खोज्छन्। सारको हिसाबमा भन्दा, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू गैर-विश्‍वासी हुन्। अविश्‍वासीहरूले बाहिरी संसारमा काम गरेको जस्तो गरी परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कसले बढुवा पायो, को टोली अगुवा बन्यो, को मण्डली अगुवा बन्यो, कसको कामका बारेमा सबैले तारिफ गर्यो, कसलाई प्रशंसा गरियो र उल्‍लेख गरियो भन्‍ने बारेमा ख्याल गर्छन्। तिनीहरू यी कुराहरूको बारेमा ख्याल गर्छन्। यो त कुनै एउटा कम्पनीमा हुने अवस्था जस्तै हो: कसले बढुवा पायो, कसको तलब बढ्यो, कसलाई हाकिमले स्याबासी दियो, र को हाकिमको अन्तरङ्ग बन्यो—मानिसहरूले यी कुराहरूका बारेमा वास्ता गर्छन्। यदि तिनीहरूले परमेश्‍वरको घरमा यी कुराहरू खोज्छन्, र दिनभर यी कुराहरूमा तल्‍लीन पनि हुन्छन् भने, के तिनीहरू पनि अविश्‍वासीहरू जस्तै होइनन् र? सारगत रूपमा त, तिनीहरू अ-विश्‍वासी हुन्; तिनीहरू ठेट गैर-विश्‍वासी हुन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले सेवा मात्रै दिइरहेका हुन्छन् र झाराटारुवा काम गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै प्रवचन सुने पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्नु त परको कुरा हो। तिनीहरूले परिवर्तन नै नभइकन धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, र तिनीहरूले जति वर्ष आफ्नो कर्तव्य निर्वाह गरे पनि, आफ्नो बफादारीता प्रदान गर्न सक्दैनन्। तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन, तिनीहरूमा बफादारीता हुँदैन, र तिनीहरू गैर-विश्‍वासी हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्‍वासघाती मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै पनि ख्रीष्टको कामलाई पचाउन गाह्रो मान्‍ने र यसलाई स्विकार्न अनिच्छुक बन्‍ने मनोवृत्ति राखिरहन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

जे भए पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

सम्बन्धित भजनहरू

परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्यता नस्विकार्नु भनेको अविश्‍वासी हुनु हो

मानिसमा परमेश्‍वरमाथिको साँचो आस्था छैन

अघिल्लो: ३२. विश्‍वासघाती प्रकृतिको स्वभावलाई कसरी बुझ्ने र हटाउने

अर्को: २. दुष्ट मानिसहरूलाई कसरी खुट्ट्याउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्