१०. पावलको प्रकृति सार कसरी खुट्ट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

पावलको उल्लेख गर्दा, तिमीहरू तिनको इतिहास र तिनका बारेमा रहेका केही कथाहरू विचार गर्छौ जुन गलत छन् र वास्तविकतासँग मिल्दैनन्। तिनलाई बाल्यकालदेखि नै तिनका आमाबुबाले शिक्षा दिएका थिए, र मेरो जीवन प्राप्त गरेका थिए, र मेरो पूर्वनियुक्तिको परिणामस्वरूप तिनी मलाई चाहिने योग्यताले भरिएका थिए। तिनले १९ वर्षको उमेरमा जीवनको बारेमा विभिन्न पुस्तकहरू पढे; अहिले मैले यसको पूर्ण जानकारी दिनु आवश्यक छैन, तिनको योग्यताका कारण अनि मेरो ज्ञान र प्रकाशको कारण तिनी केही आत्मिक कुराको विषयमा केही जानकारीसहित बोल्न मात्र सकेनन्, तर मेरा अभिप्रायहरू बुझ्न पनि सक्षम भए। अवश्य, यसले आन्तरिक र बाह्य तत्वहरूको मिश्रणलाई हटाउँदैन। तापनि, तिनको एउटा असिद्धता यो थियो, कि तिनका योग्यताहरूको कारण तिनले प्रायः चापलुसी र शेखी गर्थे। फलस्वरूप, तिनको विद्रोहीपनको कारण जसको एक भागले प्रत्यक्ष रूपमा प्रधान स्वर्गदूतको प्रतिनिधित्व गर्‍यो, जब म पहिलो पटक देहधारी बनेँ, तब तिनले मलाई चुनौती दिने हरप्रकारको कोसिस गरे। तिनी तीमध्ये एक थिए जसले मेरा वचनहरू जान्दैनन्, र तिनको हृदयमा अगिबाटै मेरो स्थान हराइसकेको थियो। त्यस्ता मानिसहरूले सीधै मेरो ईश्‍वरत्वको विरोध गर्छन्, र मद्वारा प्रहार गरेर ढालिएका छन्, र अन्त्यमा मात्र निहुरिन्छन् र आफ्ना पापहरू स्वीकार गर्छन्। यसैले, मैले तिनको बलिया पक्षहरू प्रयोग गरिसकेपछि—भन्नुको अर्थ, तिनले केही समय मेरा लागि काम गरिसकेपछि—तिनी फेरि एक पटक पुराना चालहरूमा फसे, र तिनले सीधै मेरा वचनहरूको विरुद्धमा विद्रोह नगरे पनि मेरो भित्री अगुवाइ र ज्ञानको विरुद्धमा विद्रोह गरे, तसर्थ तिनले विगतमा गरेका सबै काम व्यर्थ भए; अर्को शब्दमा भन्नुपर्दा, तिनले कुरा गरेका महिमाको मुकुट खाली खोक्रा शब्दहरू, तिनका आफ्नै कल्पनाको उपज बनेका थिए किनभने आजको दिनमा पनि तिनी मेरा बन्धनहरूका कैदमा मेरो दण्डको अधीनमा छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४

जीवनको खोजी गर्नेहरूमध्ये, पावल आफ्‍नै सार थाहा नभएका व्यक्ति थिए। तिनी नम्र वा समर्पित थिँदै थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको आफ्नो सारबारे नै थाहा थियो। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। … पावललाई आफ्‍नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, झन् तिनलाई आफ्नो विद्रोहीपनबारे थाहा हुने त कुरै नगरौँ। ख्रीष्‍टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्‍त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले आफूले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे। त्यसकारण तिनको आफ्‍नो बारेको ज्ञानलाई झूट भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्‍चित गरेन, त्यो समयका निश्‍चित मण्डलीहरूमाझ कही निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्‍न सक्दैनथे। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र डरले भरिएका व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी शब्दजालमा निपुर्ण रहेका व्यक्ति मात्रै थिए, र आफूभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। आफ्नो विपरीत वा आफूप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, र महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका प्रतिभावान् मानिसहरूलाई रुचाउँथे। साँचो मार्गको खोजी गर्ने र सत्यताबाहेक अरू केही कुरामा चासो नदिने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैनथ्यो, बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका उच्‍च पदाधिकारीहरूसँग उठबस गर्नमा चासो राख्‍थे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानमा तिनलाई चासो थिएन। बरु, आम सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजात सार र तिनको खोजीको सम्पूर्णतालाई हेर्दा, तिनलाई सत्यता खोजी गर्ने इसाई भनेर भन्‍नु योग्य हुँदैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍नु त झन् योग्य हुने कुरै आउँदैन, किनभने तिनको ढोँगीपन अत्यन्तै धेरै थियो, र तिनको विद्रोहीपन अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी र अधर्म गर्ने, तर ख्रीष्टको लागि पनि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर भन्‍नु उपयुक्त नै हुन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको भित्रसम्म पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यस्तो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति विचार पुर्‍याउनु सक्छु त्यति कसैले पनि सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने महान्‌ ज्योति ममाथि चम्किएको छ, र मैले महान्‌ ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी झारातिरुवा नरहेको भए तापनि, तिनले आफ्‍ना गल्तीहरूको पूर्ति गर्न, आफ्नो विवेकका ग्‍लानिहरूको भरपाई गर्न मात्रै काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर सक्दो चाँडो आफ्‍नो काम सिध्याउने, दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानमार्फत प्रभु येशूलाई भेट्ने चाहना गर्नुको सट्टा आफ्नो कामले कमाएका इनामहरू प्रभु येशूलाई भेट्नेबित्तिकै प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन र भविष्यको मुकुट पाउनको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यभित्र तत्परताको थोरै अंश पनि थिएन; तिनी लेनदेन गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, बरु लेनदेनको उद्देश्य हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती प्रयास गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्छ र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, सुन्दर योजनाले भरिएको थियो, तर त्यसमा मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, त्यो त देखावटी शिष्टाचार मात्रै थियो; त्यो लेनदेन गर्ने कार्य मात्रै थियो। त्यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गमा डोर्‍याउन सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

जब तँ पावलले आफूलाई प्रस्तुत गरेका सबै तरिकाहरूलाई हेर्छस्, तब तैँले तिनको प्रकृति सार देख्‍न सक्‍नुपर्छ, र तिनको खोजीको दिशा, लक्ष्य, स्रोत, र प्रेरणा गलत थियो, र यी कुराहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी, उहाँलाई अप्रसन्‍न पार्ने, र परमेश्‍वरले घृणा गर्नुहुने कुरा थिए भन्‍ने निष्कर्षमा पुग्‍न पूर्ण रूपमा सक्‍नुपर्छ। पावलले आफूलाई प्रस्तुत गरेको पहिलो मुख्य तरिका के थियो? (तिनले मुकुटको खातिर परिश्रम र काम गरे।) तिनले आफूलाई यसरी प्रस्तुत गरेको वा तिनी यस्तो स्थितिमा रहेको तिमीहरूले कहाँ देख्यौ? (तिनका शब्‍दहरूबाट।) तिनका प्रसिद्ध भनाइहरूबाट। सामान्यतया, प्रसिद्ध भनाइहरू सकारात्मक हुन्छन्, र सङ्कल्प, आशा र आकाङ्क्षा भएकाहरूका लागि सहयोगी र लाभदायक हुन्छन्; तिनले त्यस्ता मानिसहरूलाई प्रोत्साहित र उत्प्रेरित गर्न सक्छन्, तर पावलका प्रसिद्ध भनाइहरूको प्रकार्य के थियो? तिनका भनाइहरू धेरै थिए। के तिमीहरू तिनका सबैभन्दा प्रसिद्ध भनाइहरूमध्ये एउटा भन्‍न सक्छौ? (“मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)।) यी शब्दहरूले तिनको प्रकृति सारको कुन पक्षलाई प्रतिनिधित्व गर्छन्? हामीले यसलाई सत्यता अनुसार कसरी परिभाषित गर्नुपर्छ? (अहङ्कारी, आत्म-धर्मी, र परमेश्‍वरसँग सम्झौता गर्ने व्यक्ति।) तिनलाई यी कुरा बोल्न तुल्याउने तिनको अहङ्कारी प्रकृति नै थियो—यदि अन्त्यमा मुकुट नभएको भए तिनी दौडनेथिएनन्, तिनले काम गर्नेथिएनन्, वा परमेश्‍वरमा विश्‍वास समेत गर्नेथिएनन्। यति धेरै प्रवचनहरू सुनेपछि, अब मानिसहरूले पावलले प्रकट गरेको यो प्रकटीकरण र स्थितिलाई चिन्‍न सक्‍नुपर्छ, तर के तिमीहरूले यसलाई परिभाषित गर्न सक्छौ? हामीले “संक्षेप” भन्दा, हाम्रो मतलब कुनै कुरालाई परिभाषित गर्नु हो; तिमीहरूले कुनै कुरालाई परिभाषित गर्न प्रयोग गर्ने शब्दहरू नै साँचो बुझाइ हुन्। जब तैँले कुनै कुरालाई सही रूपमा परिभाषित गर्न सक्छस्, यसले के कुरालाई प्रमाणित गर्छ भने तैँले त्यस मामलालाई स्पष्ट रूपमा देख्छस्; जब तैँले कुनै कुरालाई परिभाषित गर्न सक्दैनस् र अरूको परिभाषाहरू मात्र अनुकरण गर्छस्, तब तैँले साँच्‍चै बुझेको छैनस् भन्‍ने कुरा यसले प्रमाणित गर्छ। कुन मानसिकता वा स्थितिले पावललाई त्यो क्षणमा ती शब्दहरू बोल्न प्रेरित गऱ्यो? कुन अभिप्रायले तिनलाई त्यसो गर्न लगायो? यी शब्दहरूले तँलाई देखाउने तिनको खोजीको सार के हो? (आशिषहरू प्राप्त गर्नु।) तिनी निकै दौडिए, आफैलाई खटाए र आफ्‍नो त्यति धेरै कुरा सुम्पिए किनभने तिनको अभिप्राय आशिषहरू प्राप्त गर्नु थियो। त्यो तिनको प्रकृति सार, र तिनको हृदयको भित्री स्थानमा बसेको कुरा थियो। … पावलले असल लडाइँ लड्नु, दौड दौड्नु, काम गर्नु, आफूलाई खटाउनु, र मण्डलीको मलजल गर्नुलाई समेत धार्मिकताको मुकुटसँग साट्न सकिने कुरा र त्यसतर्फ बढ्ने मार्गको रूपमा हेरे। त्यसकारण, चाहे तिनले कष्ट भोगे पनि, आफूलाई खटाए पनि, वा दौड दौडे पनि, जति सुकै कष्ट भोगे पनि, तिनको मनमा रहेको एकमात्र लक्ष्य भनेको धार्मिकताको मुकुट प्राप्त गर्नु थियो। तिनले धार्मिकताको मुकुट पछ्याउनु र आशिषहरू पछ्याउनुलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यको उचित उद्देश्यको रूपमा, र कष्ट भोग्‍ने, आफूलाई खटाउने, काम गर्ने, र दौड दौड्ने कार्यलाई त्यसतर्फ जाने मार्गको रूपमा लिएका थिए। तिनले सबै बाहिरी असल व्यवहार देखावटीको लागि गरेका थिए; तिनले त्यसलाई अन्तमा आशिष् सँग साट्नका लागि गरेका थिए। यो पावलको प्रमुख पापहरूमध्ये पहिलो हो।

पावलले भनेका र गरेका सबै कुराहरू, तिनले प्रकट गरेका कुरा, तिनको काम र तिनले दौडेका दौड, दुवैको अभिप्राय र लक्ष्य, साथै यी दुवै कुराप्रतिको तिनको मनोवृत्ति—के यी कुराहरूमा सत्यतासँग मेल खाने कुनै कुरा छ? (अहँ, छैन।) तिनमा सत्यतासँग मिल्दोजुल्दो कुरा केही छैन, र तिनले गरेको कुनै पनि कुरा प्रभु येशूले मानिसहरूलाई गर्नु भनी निर्देशन गर्नुभएको कुरा अनुरूप थिएन, तर के तिनले यस कुराको बारेमा चिन्तन गरे? (अहँ, गरेनन्।) तिनले यसको बारेमा कहिल्यै मनन नै गरेनन्, न त खोजी नै गरे, त्यसोभए तिनीसँग आफ्नो सोचाइ सही हो भनेर मान्‍नको लागि के आधार थियो त? (तिनका धारणा र कल्पनाहरू।) यसमा एउटा समस्या छ; तिनले कसरी आफूले कल्‍पना गरेको कुनै कुरालाई आफ्नो सम्पूर्ण जीवन भरि पछ्याउने लक्ष्य बनाउन सके? के तिनले कहिल्यै यसको बारेमा कुनै विचार गरे वा आफैलाई यो प्रश्‍न गरे, “के मेरो सोच ठीक छ त? अरू मानिसहरूले यसरी सोच्दैनन्, म मात्र सोच्छु। के यो समस्या हो?” तिनलाई यी शङ्काहरू नलागेको मात्र होइन, तिनले आफ्ना विचारहरू पत्रमा लेखेर सबै मण्डलीहरूमा समेत पठाए, ताकि सबैले ती पत्रहरू पढ्न सकून्। यो व्यवहारको प्रकृति के हो? यसमा एउटा समस्या छ; किन तिनले कहिल्यै आफ्नो सोच सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर प्रश्‍न गरेनन्, सत्यताको खोजी गरेनन्, वा यसलाई प्रभु येशूले भन्‍नुभएको कुरासँग तुलना गरेनन्? यसको सट्टा, तिनले आफूले कल्पना गरेको कुरा, र आफ्नो धारणामा सही ठानेको कुरालाई पछ्याउनु पर्ने लक्ष्यको रूपमा लिए। यहाँ समस्या के छ? तिनले आफूले कल्पना गरेको र आफूले सही ठानेका सोचलाई सत्यता र पछ्याउने लक्ष्यको रूपमा लिए। के यो अत्यन्तै अहङ्कारी र आत्म-धर्मी कुरा होइन? के तिनको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति ठाउँ थियो? के तिनले अझै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्थे? यदि तिनी परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनथिए भने, परमेश्‍वरप्रति तिनको मनोवृत्ति के हुनेथियो? के तिनी पनि परमेश्‍वर बन्‍न चाहन्थे? होइन भने, तिनले आफ्नै विचार र धारणामा कल्पना गरेको कुरालाई आफूले पछ्याउनुपर्ने लक्ष्यका रूपमा लिनेथिएनन्, न त तिनले आफ्ना धारणा वा कल्पना गरेका कुराहरूलाई सत्यता मानेर नै पछ्याउनेथिए। तिनी आफूले सोचेको कुरा सत्यता हो, र यो सत्यता अनुरूप र परमेश्‍वरका अभिप्राय अनुरूप छ भनी विश्‍वास गर्थे। तिनले आफूले सही ठानेको कुरालाई मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि भने, र तिनीहरूमा त्यो कुरा हालिदिए, अनि सबैलाई तिनले भनेका हास्यास्पद कुराहरूको पालना गर्न लगाए; तिनले प्रभु येशूका वचनहरूलाई आफ्नै शब्दहरूले प्रतिस्थापन गरे, र तिनले तिनका लागि जिउनु ख्रीष्ट हो भनी गवाही दिन आफ्‍ना यी हास्यास्पद शब्दहरू प्रयोग गरे। के यो पावलको दोस्रो मुख्य पाप होइन र? यो समस्या अत्यन्तै गम्भीर छ!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

पावलको अर्को पनि गम्भीर पाप छ, र त्यो के हो भने तिनले आफ्नो काम पूर्ण रूपमा आफ्नो मानसिक क्षमता, शैक्षिक ज्ञान, ईश्‍वरशास्त्रीय ज्ञान र प्रतिपादित सिद्धान्तको आधारमा गर्थे। यो तिनको प्रकृति सारसँग सम्बन्धित कुरा हो। तिमीहरूले यसलाई संक्षेप गर्नुपर्छ, र त्यसपछि यी कुराहरूप्रति तिनको मनोवृत्ति कस्तो थियो भनेर जाँच्नुपर्छ। यो निकै विशेष र महत्त्वपूर्ण पाप हो, र मानिसहरूले बुझ्नु नै पर्ने कुरा हो। … पावलसँग जन्मैदेखि नै के थियो? (तिनको जन्मजात क्षमताहरू।) पावल प्राकृतिक रूपमै चलाख थिए, बोल्नमा सिपालु थिए, आफूलाई राम्रोसँग व्यक्त गर्थे, र मञ्चमा बोल्‍न डराउँदैनथिए। अब हामी तिनको जन्मजात क्षमताहरू, वरदानहरू, बुद्धि, सक्षमता, साथै तिनले आफ्नो जीवनभर सिकेको ज्ञानको बारेमा कुरा गरौँ। तिनी बोल्नमा सिपालु थिए भन्‍ने तथ्यको अर्थ के हो? तिनले आफूलाई कुन तरिकामा प्रकट र प्रस्तुत गर्थे? तिनलाई ठूला-ठूला सिद्धान्तहरूको बारेमा भटभट्याउन मन पर्थ्यो; तिनले निरन्तर गहन आत्मिक धर्मसिद्धान्त, सिद्धान्त र ज्ञान, र मानिसहरूले प्रायजसो उल्लेख गर्ने तिनका प्रसिद्ध लेख र भनाइहरूको बारेमा कुरा गर्थे। पावलका शब्दहरूलाई सारांशित गर्ने एउटा शब्द के हो? (खोक्रो।) के खोक्रा शब्दहरू मानिसहरूका लागि सुधारात्मक हुन्छन्? जब तिनीहरूले ती शब्दहरू सुन्छन्, तब तिनीहरूले उत्साहित भएको महसुस गर्छन्, तर केही समयपछि तिनीहरूको उत्साह हराउँछ। पावलले बताएका कुराहरू अस्पष्ट र भ्रमपूर्ण थिए, जुन कुराहरूलाई वास्तवमा ठोस शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तिनले बताएका सिद्धान्तहरूमा, तैँले अभ्यास गर्ने कुनै मार्ग, वा अभ्यास गर्ने दिशा पत्ता लगाउन सक्दैनस्; तैँले वास्तविक जीवनमा सही रूपमा लागू गर्न सक्‍ने कुनै पनि कुरा पत्ता लगाउन सक्दैनस्—चाहे सिद्धान्तहरू हुन् वा आधारहरू, कुनै पनि वास्तविक जीवनमा लागू हुँदैनन्। त्यसकारण त म भन्छु, तिनले बताएका धार्मिक सिद्धान्तहरू र आत्मिक धर्मसिद्धान्तहरू खोक्रा, अव्यवहारिक शब्दहरू थिए। यी बारेमा कुरा गर्नुको पछाडि पावलको लक्ष्य के थियो? कतिपय मानिसहरू भन्छन्, “तिनले सधैँ यी कुराहरूको बारेमा बोल्थे किनभने तिनले अझ धेरै मानिसहरूलाई आफूतिर तान्‍न चाहन्थे, र तिनीहरूलाई तिनको आदर गर्ने र सम्‍मान गर्ने बनाउन चाहन्थे। तिनले प्रभु येशूको स्थान लिन र धेरै मानिसहरूलाई जित्न चाहन्थे, ताकि तिनी आशिषित होऊन्।” के आज हामीले कुरा गर्न चाहेको विषय यही हो? (अहँ, होइन।) जसलाई काँटछाँट गरिएको छैन, न्याय गरिएको वा सजाय दिइएको छैन, जसले परीक्षा वा शोधन भोगेको छैन, जोसँग तिनको जस्ता वरदानहरू छ, र ख्रीष्ट-विरोधीको प्रकृति सार छ त्यस्तो व्यक्तिले यसरी धाक लगाउनु र यस्तो व्यवहार देखाउनु अत्यन्तै सामान्य कुरा हो, त्यसकारण हामी यस विषयमा गहिरिएर जानेछैनौँ। हामी के कुराको बारेमा गहिरिएर कुरा गर्नेछौँ त? तिनको यस समस्याको सार, तिनले यी कार्यहरू गर्नु पछाडिको मूल कारण र मनसाय, र के कुराले तिनलाई यस्तो कार्य गर्न उत्प्रेरित गर्‍यो, त्यो कुराको बारेमा। आज मानिसहरूले तिनले बोलेका यी सबै कुराहरूलाई धर्मसिद्धान्त, सिद्धान्तहरू, धर्मशास्त्रीय ज्ञान, जन्मजात वरदानहरू, वा कामकुराहरूबारे तिनको आफ्नै व्याख्यान भने पनि, आधारभूत रूपमा भन्‍नुपर्दा, पावलको सबैभन्दा ठूलो समस्या के थियो भने तिनले मानव इच्छाबाट आउने कुराहरूलाई सत्यताको रूपमा लिन्थे। त्यसकारण तिनमा मानिसहरूलाई आफूतिर तान्‍न र सिकाउनका लागि यी धर्मशास्त्रीय सिद्धान्तहरू निर्णायक, साहसी र खुला रूपमा प्रयोग गर्ने आँट थियो। समस्याको सार यही हो। के यो गम्भीर समस्या हो? (हजुर, हो।) तिनले के-कस्ता कुराहरूलाई सत्यताको रूपमा लिए? तिनले जन्‍मजात पाएका वरदानहरू, साथै तिनले जीवनभर सिकेका ज्ञान र धर्मशास्त्रीय सिद्धान्तहरूलाई। तिनले धर्मशास्त्रीय सिद्धान्तहरू शिक्षकहरूबाट, धर्मशास्त्रहरू पढेर सिकेका थिए, र तिनले बुझेका र कल्पना गरेका कुराहरूबाट पनि ती उत्पन्‍न भएका थिए। तिनले आफ्नो मानवीय बुझाइबाट आएको धारणा र कल्पनालाई सत्यताको रूपमा लिएका थिए, तर यो सबैभन्दा गम्भीर समस्या थिएन, योभन्दा अझ ठूलो एउटा समस्या थियो। तिनले ती कुराहरूलाई सत्यताको रूपमा लिएका थिए, तर के तिनले त्यो बेला ती कुराहरूलाई सत्यता हुन् भनेर सोचेका थिए? के तिनीसँग सत्यता के थियो भन्‍ने बारेमा अवधारणा थियो? (अहँ, थिएन।) त्यसोभए तिनले ती कुराहरूलाई केका रूपमा लिएका थिए त? (जीवनको रूपमा।) तिनले ती सबै कुराहरूलाई जीवनको रूपमा लिएका थिए। तिनले जति धेरै प्रवचनहरू प्रचार गर्न सक्छन्, वा ती जति धेरै उच्च स्तरीय हुन्छन्, तिनको जीवन त्यति नै महान् हुनेछ भन्‍ने सोच्थे। तिनले ती कुराहरूलाई जीवनको रूपमा लिएका थिए। के यो गम्भीर मामला हो? (हो, यो गम्भीर मामला हो।) यसले के असर पारेको थियो? (यसले तिनले पछ्याएको मार्गलाई असर पारेको थियो।) यो यसको एउटा पक्ष हो। अरू के? (तिनले यी कुराहरू प्राप्त गर्नाले मुक्ति पाउनेछन् र तिनलाई यी कुराले स्वर्गको राज्यमा प्रवेश प्राप्त गर्ने तुल्याउनेछ भन्‍ने सोचेका थिए।) यो अझै पनि आशिष् प्राप्त गर्ने कार्यसँग नै सम्बन्धित छ; तिनको जीवन जति महान् हुन्छ, स्वर्गको राज्यमा प्रवेश गर्ने र स्वर्ग आरोहण गर्ने तिनको सम्भावना त्यति नै ठूलो हुन्छ भन्‍ने तिनलाई लाग्थ्यो। “स्वर्ग आरोहण गर्नु” भन्‍ने अर्को तरिका के हो? (परमेश्‍वरको साथमा बसेर शासन गर्नु र शक्ति चलाउनु।) स्वर्गको राज्यमा प्रवेश गर्ने तिनको उद्देश्य परमेश्‍वरको साथमा रहेर शासन गर्नु र शक्ति चलाउनु थियो, तर यो तिनको अन्तिम लक्ष्य थिएन, तिनको अर्को एउटा लक्ष्य पनि थियो। तिनले यसको बारेमा कुरा गरेका छन्। तिनले यसलाई कसरी उल्‍लेख ग? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्‍पी १:२१)।) तिनले तिनको लागि जिउनु ख्रीष्ट हो, र मर्नु प्राप्ति हो भने। यसको अर्थ के हो? तिनी मरेपछि परमेश्‍वरमा परिणत हुनेछन् भन्‍ने हो? तिनको महत्त्वाकाङ्क्षाको कुनै सीमा छैन! तिनको समस्या अत्यन्तै गम्भीर छ! त्यसोभए, के हामीले पावलको कुरालाई विश्‍लेषण गर्नु गलत हो त? पटक्‍कै होइन। तिनले आफ्‍ना वरदानहरू र आफूले सिकेको ज्ञानलाई जीवनको रूपमा कहिल्यै लिनु हुँदैनथियो। यो तिनको तेस्रो मुख्य पाप हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

“पावललाई परमेश्‍वरको इच्छामार्फत येशू ख्रीष्टको प्रेरित हुन खटाइयो।” पावलले यो वाक्यांश बारम्बार प्रयोग गर्थे, र यो एक भारी वाक्यांश हो। सर्वप्रथम त, पावल प्रभु येशू ख्रीष्टका प्रेरित हुन् भन्‍ने कुरा हामीलाई थाहा छ। त्यसोभए, पावलको दृष्टिकोणबाट, प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? उहाँ मानिसको पुत्र हुनुहुन्छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरपछिको दोस्रो श्रेणीमा हुनुहुन्छ। चाहे पावलले प्रभु येशू ख्रीष्टलाई मालिक भने पनि वा प्रभु भने पनि, तिनको दृष्टिकोणमा, पृथ्वीमा आउनुभएका ख्रीष्ट परमेश्‍वर हुनुहुन्‍नथियो, बरु मानिसहरूलाई सिकाउन र आफ्‍नो पछि लगाउन सक्‍ने मानिस हुनुहुन्थ्यो। यस्तो मानिसको प्रेरितको रूपमा पावलको प्रकार्य के थियो? सुसमाचार फैलाउनु, मण्डलीहरू भ्रमण गर्नु, प्रवचनहरू प्रचार गर्नु, र पत्रहरू लेख्‍नु। तिनले आफूले यी कुरा प्रभु येशू ख्रीष्टको तर्फबाट गरिरहेको भन्‍ने विश्‍वास गर्थे। आफ्नो हृदयमा, तिनले सोच्थे, “जहाँ तपाईं जान सक्‍नुहुन्‍न त्यहाँ म गएर तपाईंलाई सहयोग गर्नेछु, र जहाँ तपाईं जान चाहनुहुन्‍न त्यहाँ म तपाईंको तर्फबाट गएर हेर्नेछु।” प्रेरितको बारेमा पावलको अवधारणा यही थियो। तिनको मनमा रहेको दर्जा अनुसार तिनी र प्रभु येशू दुवै साधारण मानिसहरू थिए। तिनले आफूलाई र प्रभु येशू ख्रीष्टलाई समान, मानव देख्थे। तिनको मनमा, तिनको र उहाँको स्थानको बीचमा आधारभूत रूपमा कुनै भिन्‍नता थिएन, न तिनको र उहाँको पहिचानमा नै कुनै भिन्‍नता थियो, तिनको र उहाँको सेवकाइमा भिन्‍नता हुनु त परको कुरा थियो। तिनको र उहाँको नाम, उमेर, पारिवारिक परिस्थिति र पृष्ठभूमि मात्र फरक थिए, र तिनी र उहाँसँग फरक-फरक किसिमको बाहिरी वरदान र ज्ञान थियो। पावलको मनमा, तिनी हरेक तरिकामा प्रभु येशू ख्रीष्ट जस्तै थिए, र तिनलाई पनि मानिसको पुत्र भन्‍न सकिन्थ्यो। तिनी प्रभु येशू ख्रीष्टभन्दा पछिल्‍लो श्रेणीमा हुनुको एउटै कारण भनेको तिनी प्रभु येशूका प्रेरित थिए; तिनले प्रभु येशू ख्रीष्टको शक्ति प्रयोग गर्थे, र तिनलाई प्रभु येशू ख्रीष्टले मण्डलीहरू भ्रमण गर्न र मण्डलीको काम गर्न पठाउनुहुन्थ्यो। पावलले प्रेरितको रूपमा आफ्नो पद र पहिचान यही रहेको विश्‍वास गर्थे—तिनले यस कुरालाई यसरी नै अर्थ्याएका थिए। साथै, “पावललाई … येशू ख्रीष्टको प्रेरित हुन खटाइयो” भन्‍ने वाक्यांशमा भएको छैटौँ शब्‍द “खटाइयो” भन्‍ने शब्द हो। यस शब्दबाट हामी पावलको मानसिकता देख्‍न सक्छौं। तिनले किन “परमेश्‍वरको इच्छामार्फत … खटाइयो” भन्‍ने तीनवटा शब्दहरू प्रयोग गरे त? प्रभु येशू ख्रीष्टले तिनलाई आफ्‍नो प्रेरित हुन बोलाउनुभएको हो भन्‍ने तिनलाई लागेको थिएन; तिनी सोच्थे, “प्रभु येशू ख्रीष्टसँग मलाई कुनै पनि कार्य गर्ने आदेश दिने शक्ति छैन। म उहाँले आज्ञा गर्नुभएअनुसार कार्य गरिरहेको छैनँ; म उहाँका लागि केही गरिरहेको छैनँ। बरु, म स्वर्गमा हुनुहुने परमेश्‍वरको इच्छाद्वारा यी कुराहरू गरिरहेको छु। म प्रभु येशू ख्रीष्ट जस्तै छु।” यसले अर्को कुरालाई सङ्केत गर्छ—पावलले प्रभु येशू ख्रीष्ट ठिक आफूजस्तै मानिसको पुत्र भएको सोच्थ्यो। “परमेश्‍वरको इच्छामार्फत … खटाइयो” भन्‍ने शब्‍दहरूले पावलले आफ्नो हृदयको गहिराइमा कसरी प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार र शङ्का गर्थे भनेर प्रकट गर्छन्। पावलले तिनी परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टका प्रेरित भएका हुन्, परमेश्‍वरले तिनलाई प्रेरित बन्न भन्‍नुभएको हो, तिनलाई परमेश्‍वरले नियुक्त र स्थापित गर्नुभएको हो, र परमेश्‍वरले तिनलाई बोलाउनुभएको र इच्छा गर्नुभएको हुनाले तिनी प्रभु येशू ख्रीष्टका प्रेरित बनेका हुन् भनेर भने। पावलको मनमा, तिनी र प्रभु येशू ख्रीष्ट बीचको सम्बन्ध यही थियो। तैपनि, यसको सबैभन्दा खराब पक्ष यो होइन। सबैभन्दा खराब पक्ष के हो? पावलले तिनी प्रभु येशू ख्रीष्टको इच्छाद्वारा होइन तर परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टका प्रेरित भएका हुन्, तिनलाई बोलाउने प्रभु येशू होइन, तर स्वर्गमा हुनुहुने परमेश्‍वरले तिनलाई त्यसो गर्न लगाउनुभएको हो भन्‍ने सोचे। तिनलाई प्रभु येशू ख्रीष्टको प्रेरित बनाउने शक्ति वा योग्यता कसैसँग छैन, स्वर्गमा हुनुहुने परमेश्‍वरसँग मात्र त्यो शक्ति छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरले नै तिनलाई सीधै मार्गदर्शन गरिरहनुभएको छ भन्‍ने तिनले सोच्थे। त्यसोभए, यसले के सङ्केत गर्छ? पावलले आफ्‍नो हृदयको गहिराइमा, स्वर्गमा हुनुहुने परमेश्‍वर एक नम्बरमा हुनुहुन्छ, र तिनी आफै दोस्रो नम्बरमा छन् भन्‍ने विश्‍वास गर्थे। त्यसोभए तिनले प्रभु येशूलाई कहाँ राख्थे त? (आफू भएकै दर्जामा।) समस्या यो हो। आफ्नो ओठले, तिनले प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनी घोषणा गर्थे, तर ख्रीष्टको सार परमेश्‍वरको सार नै हो भनेर तिनले पहिचान गरेनन्; तिनले ख्रीष्ट र परमेश्‍वर बीचको सम्बन्ध बुझेनन्। यही बुझाइको कमीको कारण नै यस्तो गम्भीर समस्या पैदा भएको थियो। कुन तरिकामा यो गम्भीर थियो? (तिनले प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेनन्। तिनले प्रभु येशूलाई इन्कार गरे।) हो, त्यो अत्यन्तै गम्भीर कुरा हो। प्रभु येशू ख्रीष्ट देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट स्वर्गबाट पृथ्वीमा आउनुहुँदा परमेश्‍वरको देह हुनुहुन्थ्यो, र प्रभु येशू परमेश्‍वरको देहधारी शरीर हुनुहुन्थ्यो भन्‍ने कुरालाई तिनले इन्कारे। के यसले पावलले पृथ्वीमा आउनुभएका परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेको सङ्केत गर्दैन र? (हजुर, गर्छ।) यदि तिनले पृथ्वीमा आउनुभएका परमेश्‍वरको अस्तित्वलाई इन्कार गरे भने, के तिनले प्रभु येशूका वचनहरूलाई स्वीकार गर्न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) यदि तिनले उहाँका वचनहरू स्वीकार गरेनन् भने, के तिनले ती वचनलाई मान्‍न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) तिनले प्रभु येशू ख्रीष्टका वचनहरू, शिक्षाहरू, वा पहिचानलाई स्वीकार गरेनन् भने, के प्रभु येशू ख्रीष्टको कामलाई स्वीकार गर्न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) तिनले प्रभु येशू ख्रीष्टले गर्नुभएको काम, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गरेनन्, तैपनि यो सबैभन्दा खराब पक्ष थिएन। सबैभन्दा खराब पक्ष के थियो? दुई हजार वर्ष पहिले, प्रभु येशू सबैभन्दा ठूलो काम गर्न पृथ्वीमा आउनुभयो—अनुग्रहको युगको छुटकाराको काम, जहाँ उहाँ देहधारी बनेर पापी देहको रूप लिनुभयो, र सारा मानवजातिका लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। के यो ठूलो काम थियो? (हो, थियो।) यो सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम थियो, र यो परमेश्‍वर आफैले गर्नुभएको काम थियो, तैपनि पावलले हठ पूर्वक यसलाई इन्कार गरे। प्रभु येशूले गर्नुभएको छुटकाराको काम परमेश्‍वर स्वयम्‌ले गर्नुभएको थियो भन्‍ने कुरालाई तिनले इन्कार गरे, र यो कुरा परमेश्‍वरले छुटकाराको काम पहिले नै पूरा गरिसक्‍नुभएको छ भन्‍ने तथ्यलाई इन्कार गर्नु थियो। के यो गम्भीर समस्या हो? यो अत्यन्तै गम्भीर समस्या हो! पावलले प्रभु येशू ख्रीष्टको क्रूसीकरणको तथ्यलाई बुझ्न नखोजेका मात्र होइन, तर तिनले यसलाई स्वीकार समेत गरेनन्, र यसलाई स्वीकार नगर्नु भने इन्कार गर्नु हो। तिनले क्रूसमा टाँगिएर सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वर नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई स्वीकार गरेनन्, न त तिनले परमेश्‍वर सम्पूर्ण मानवजातिका लागि पापबलि बन्‍नुभयो भन्‍ने कुरालाई नै स्वीकार गरे। यसले के जनाउँछ भने परमेश्‍वरले आफ्नो काम गरेपछि सारा मानवजातिले छुटकारा पाए, वा तिनीहरूको पाप क्षमा भयो भनेर तिनले स्वीकार गरेनन्। यसको साथै, तिनले आफ्‍ना पापहरू पनि क्षमा भएको छैन भन्‍ने सोच्थे। प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभयो भन्‍ने तथ्यलाई तिनले स्वीकार गरेनन्। तिनको दृष्टिकोणमा त, ती सबै कुरा मेटिएको थियो। यो सबैभन्दा गम्भीर समस्या हो। भर्खरै, मैले विगत दुई हजार वर्षको अवधिका सबैभन्दा ठूलो ख्रीष्टविरोधी पावल नै थिए भनेर उल्लेख गरें; यो तथ्य पहिले नै प्रकट भइसकेको छ। यदि यी तथ्यहरू बाइबलमा अभिलेख नगरिएका भए, र पावलले परमेश्‍वरको अवज्ञा गर्थे र तिनी ख्रीष्टविरोधी थिए भनेर परमेश्‍वरले भन्‍नुभएको भए, के मानिसहरूले यो कुरा विश्‍वास गर्थे त? तिनीहरूले पक्‍कै पनि गर्दैनथिए, बाइबलले पावलका पत्रहरू अभिलेख गऱ्यो, र ती पत्रहरूमा तथ्यगत प्रमाण छ; नत्र त, मैले भनिरहेका कुराहरूलाई समर्थन गर्न केही पनि हुने थिएन, र तिमीहरूले यो कुरा स्वीकार गर्थेनौ होला। अब, हामीले पावलका वचनहरू निकालेर पढेर हेर्दा, पावलले प्रभु येशूले भन्‍नुभएका सबै कुराहरूलाई कसरी हेर्थे भन्‍ने देख्छौँ? प्रभु येशूले भन्‍नुभएका कुराहरू पावलको आफ्नै धार्मिक सिद्धान्तहरूमध्ये एउटासँग पनि तुलना गर्न लायक छैनन् भन्‍ने तिनले सोच्थे। त्यसकारण, प्रभु येशूले यस संसार छोडेर जानुभएपछि, पावलले सुसमाचार फैलाएका, काम गरेका, प्रचार गरेका, र मण्डलीहरूको गोठालो गरेका भए पनि, तिनले कहिल्यै पनि प्रभु येशूका वचनहरू प्रचार गरेनन्, ती वचनहरू अभ्यास वा अनुभव गर्नु त परको कुरा हो। उल्टै, तिनले पुरानो करार सम्‍बन्धी आफ्नै बुझाइ प्रचार गरे, जुन पुरानो र रित्ता वचनहरू थिए। पछिल्ला दुई हजार वर्षमा, प्रभुमा विश्‍वास गर्नेहरूले बाइबल अनुसार नै विश्‍वास गर्ने गर्छन्, र तिनीहरूले स्वीकार गर्ने सबै कुरा पावलका खोक्रा सिद्धान्तहरू हुन्। फलस्वरूप, मानिसहरू दुई हजार वर्षदेखि अन्धकारमा रहेका छन्। यदि तैँले आज धार्मिक मानिसहरूको समूहलाई पावल गलत थिए भनिस् भने, तिनीहरूले विरोध गर्नेछन् र त्यो स्वीकार गर्नेछैनन्, किनभने तिनीहरू सबैले पावललाई सम्‍मान गर्छन्। पावल तिनीहरूको आदर्श र तिनीहरूका संस्थापक पिता हुन्, र तिनीहरू पावलका प्यारा पुत्र र सन्तानहरू हुन्। तिनीहरू कुन हदसम्म बहकाइएका छन्? तिनीहरू परमेश्‍वरको विरोधमा पावलसँग उभिसकेका छन्; तिनीहरूको दृष्टिकोण, प्रकृति सार र खोजीको विधि पावलको जस्तै छ। तिनीहरू पावलद्वारा पूर्ण रूपमा समिकृत भइसकेका छन्। पावलको चौथो मुख्य पाप यही हो। पावलले प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार गरे, र व्यवस्थाको युगपछि अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कामलाई इन्कार गरे। सबैभन्दा गम्भीर कुरा यही हो। अर्को गम्भीर कुरा के हो भने तिनले आफूलाई प्रभु येशू ख्रीष्टकै स्तरमा राखेका थिए। पावल जिएको युगमा, तिनले प्रभु येशू ख्रीष्टलाई भेटे तर उहाँलाई परमेश्‍वरको रूपमा हेरेनन्; उल्टै, तिनले प्रभु येशू ख्रीष्टलाई एक आम व्यक्तिको रूपमा लिए, मानौं उहाँ मानवजातिको अर्को सदस्य मात्रै हुनुहुन्छ; भ्रष्ट मानिसहरूको जस्तै स्वभावको सार भएको मानिस। कुनै पनि हिसाबले पावलले प्रभु येशूलाई ख्रीष्टको रूपमा व्यवहार गरेनन्, उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु त परको कुरा हो। यो अत्यन्तै गम्भीर कुरा हो। त्यसोभए पावलले किन यसो गरे? (तिनले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको सार छ भन्‍ने कुरा पहिचान गरेनन्, त्यसैले प्रभु येशू ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेनन्।) (तिनले प्रभु येशूका वचनहरूलाई सत्यता झैँ देखेनन्, न त प्रभु येशू ख्रीष्ट सत्यताको मूर्त रूप झैँ देखे।) (सतहमा, पावलले प्रभु येशूमा विश्‍वास गर्छु भनेर स्वीकार गरेका थिए, तर तिनले वास्तवमा स्वर्गका अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गर्थे।) (तिनले सत्यताको खोजी गरेनन्, त्यसैले ख्रीष्ट नै सत्य र जीवन हुनुहुन्छ भन्‍ने कुरा बुझ्‍न सकेनन्।) भन्दै जाऊ। (पावलले तिनको लागि, जिउनु भनेको ख्रीष्ट हो भनेका थिए। तिनी परमेश्‍वर बनेर प्रभु येशूलाई प्रतिस्थापन गर्न चाहन्थे।) तिमीहरूले भनेका सबै कुरा तथ्यहरूसँग मिल्छन्। पावलले आफूलाई प्रकट गरेका प्रत्येक तरिका, र तिनका प्रत्येक पापहरू, पहिलेका भन्दा अझै गम्भीर थिए।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

पावलको यो भनाइलाई विश्लेषण गरौं: “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” यी प्रभावशाली शब्दहरू हुन्। तिनले छनौट गरेका शब्दहरूलाई हेर: “धार्मिकताको मुकुट।” सामान्यतया, “मुकुट” शब्द प्रयोग गर्नु आफैमा एकदम साहसी कार्य हो, तर मुकुटलाई परिभाषित गर्न “धार्मिकता” भन्‍ने शब्‍दलाई एउटा विशेषणको रूपमा प्रयोग गर्ने हिम्मत कसले गर्छ? पावलले मात्र यो शब्द प्रयोग गर्ने साहस गर्नेथिए। तिनले यो शब्द किन प्रयोग गरे? यो शब्दको उत्पत्ति छ, र यो शब्द होशियारिसाथ चुनिएको थियो; तिनका शब्दहरूका पछाडि गहिरो अर्थहरू लुकेका छन्! कस्ता अर्थहरू? (तिनले यो शब्‍दद्वारा परमेश्‍वरलाई बाध्य गर्ने प्रयास गरिरहेका थिए।) परमेश्‍वरलाई बाध्य गर्न चाहनु यसको एउटा पक्ष हो। तिनको अभिप्राय पक्‍कै पनि लेनदेन गर्नु थियो, र यसमा परमेश्‍वरसामु सर्तहरू राख्न खोज्ने तत्व पनि छ। यसबाहेक, के तिनले सधैँ धार्मिकताको यस मुकुटको बारेमा प्रचार गर्नुको पछाडि कुनै उद्देश्य थियो? (तिनले मानिसहरूलाई बहकाउन चाहन्थे, र यदि तिनले मुकुट पाएनन् भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने सोच्ने तुल्याउन चाहन्थे।) तिनले यसबारे प्रचार गर्नुको पछाडि उक्साउने र बहकाउने गुण छ, र यो कुरा पावलको इच्छा र महत्वाकांक्षासँग सम्‍बन्धित छ। धार्मिकताको मुकुट प्राप्त गर्ने आफ्नो इच्छालाई अन्ततः साकार पार्न र पूरा गर्नका लागि, तिनले जताततै यसको बारेमा प्रचार गर्ने रणनीति प्रयोग गरे। आंशिक रूपमा, यी शब्दहरू प्रचार गर्नुको तिनको लक्ष्य मानिसहरूलाई उक्साउनु र बहकाउनु थियो; सुन्‍नेहरूमा एउटा निश्‍चित विचार हालिदिनका लागि थियो, अर्थात्, “आफूलाई धेरै समर्पण गर्ने, धेरै यात्रा गर्ने, र यसरी पछ्याउने म जस्तो व्यक्तिले धार्मिकताको मुकुट प्राप्त गर्न सक्‍नेछ।” यो सुनेपछि, मानिसहरूले स्वतः के महसुस गरे भने पावल जस्तो व्यक्तिले मुकुट पाए भने मात्र परमेश्‍वर धर्मी हुनुहुन्छ। तिनीहरूले पावलले जस्तै पछ्याउने, यात्रा गर्ने र समर्पित हुने गर्नुपर्छ, तिनीहरूले प्रभु येशूको कुरा सुन्‍नु हुँदैन, र पावल नै मानक हुन्, तिनी प्रभु हुन्, र तिनी मानिसहरूले हिँड्नु पर्ने दिशा र लक्ष्य हुन् भन्‍ने तिनीहरूलाई लाग्यो। तिनीहरूले के पनि सोचे भने यदि मानिसहरूले पावलले जसरी नै काम गरे भने, तिनीहरूले पनि तिनले जस्तै मुकुट, परिणाम र गन्तव्य पाउनेछन्। एक हिसाबले, पावलले मानिसहरूलाई उक्साइरहेका र बहकाइरहेका थिए। अर्को हिसाबमा, तिनको लक्ष्य अत्यन्तै कपटपूर्ण थियो। आफ्नो हृदयको गहिराइमा, तिनले यस्तो सोचेका थिए, “कदाचित् मैले मुकुट पाइनँ भने, यो मेरो आफ्नै कल्पना र मेरो आफ्नै अभिलाषापूर्ण सोच मात्र रहेछ भने, यसको मतलब म लगायत ख्रीष्टमा विश्‍वास गर्ने सबै जना आफ्‍नो विश्‍वासमा गलत हुनेछौँ। यसको मतलब पृथ्वीमा कुनै परमेश्‍वर छैन भन्‍ने हुनेछ, र परमेश्‍वर, म स्वर्गमा रहेको तपाईंको अस्तित्वलाई पनि इन्कार गर्नेछु, र तपाईंले यसको बारेमा केही गर्न सक्‍नुहुनेछैन!” तिनको तात्पर्य के थियो भने: “यदि मैले यो मुकुट प्राप्त गरिनँ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तपाईंलाई इन्कार मात्र गर्नेछैनन्, तर म तपाईंलाई मैले उक्साएका र यी वचनहरू जान्‍ने सबै मानिसहरूलाई प्राप्त गर्न समेत रोक्‍नेछु। म तिनीहरूलाई तपाईँ प्राप्त गर्नबाट पनि रोक्‍नेछु, यसको साथै, म स्वर्गमा हुनुहुने परमेश्‍वरका रूपमा रहेको तपाईंको अस्तित्वलाई इन्कार गर्नेछु। तपाईं धर्मी हुनुहुन्‍न। यदि म, पावल, मुकुट प्राप्त गर्न सक्दिनँ भने, कसैले पनि प्राप्त गर्नु हुँदैन!” यो पावलको दुष्ट पक्ष थियो। के यो ख्रीष्ट-विरोधीको व्यवहार होइन? यो त ख्रीष्ट-विरोधी पिशाचको व्यवहार हो: मानिसहरूलाई उक्साउने, बहकाउने र लोभ्याउने, साथै परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला झगडा गर्ने र विरोध गर्ने। आफ्नो हृदयको गहिराइमा, पावल सोच्थे, “यदि मैले मुकुट प्राप्त गरिनँ भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न। यदि मैले मुकुट प्राप्त गरेँ भने मात्र, त्यो धार्मिकताको मुकुट हो, अनि मात्र परमेश्‍वरको धार्मिकता साँच्‍चै धर्मी हुन्छ।” तिनको “धार्मिकताको मुकुट” को उत्पत्ति यही नै हो। तिनले यसो गरेर के गरिरहेका थिए? तिनले परमेश्‍वरलाई पछ्याउनेहरूलाई खुल्लमखुल्ला उक्साइरहेका र छलिरहेका थिए। यसको साथै, तिनले परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला झगडा गर्न र विरोध गर्न यी विधिहरूको प्रयोग गरिरहेका थिए। अर्को शब्दमा भन्दा, तिनको व्यवहार विद्रोही थियो। यसको प्रकृति कस्तो थियो? सतहमा, पावलले प्रयोग गरेका शब्दहरू शिष्ट र उचित देखिन्छन्, र ती शब्दमा केही गलत छैन जस्तो देखिन्छ—धार्मिकताको मुकुट प्राप्त गर्न र आशिषित हुन परमेश्‍वरमा कसले विश्‍वास गर्नेथिएन र? क्षमता नभएका मानिसहरूले पनि स्वर्गमा पस्नका लागि, कम्‍तीमा पनि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरूलाई स्वर्गमा सडकहरू सफा गर्न वा प्रवेशद्वारको रक्षा गर्न लगाइयो भने पनि तिनीहरू खुसी हुनेछन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यो अभिप्राय र उद्देश्य राख्‍नुलाई उचित र स्वाभाविक मान्‍न सकिन्छ। तर, पावलको उद्देश्य त्यो मात्र थिएन। आफ्‍नो धार्मिकताको मुकुटको बारेमा प्रचार गर्ने क्रममा तिनले धेरै मेहनत गरे, धेरै ऊर्जा लगाए, र धेरै हो-हल्‍ला मच्चाए। पावलले भनेका कुराहरूले तिनको द्वेषपूर्ण प्रकृति, साथै तिनीभित्र लुकेका, अँध्यारा कुराहरूलाई खुलासा गरे। त्यो बेला, पावलले ठूलो नाम कमाए र तिनलाई आदर्श मानेर पूजा गर्ने मानिसहरू धेरै थिए। तिनी यी सिद्धान्तहरू र उत्कृष्ट सुनिने विचारहरू, आफ्‍ना धारणा र कल्पनाहरू, साथै तिनले आफ्नो अध्ययनमा सिकेका कुराहरू, र तिनले आफ्नो दिमाग प्रयोग गरेर निर्क्योल निकालेका कुराहरू प्रचार गर्न जताततै घुम्थे। जब पावलले यी कुराहरू जताततै प्रचार गरे, तब त्यस बेलाका मानिसहरूमा यसले कति ठूलो प्रभाव पाऱ्यो होला, र यसले तिनीहरूको हृदयको गहिराइमा कति गम्भीर हानि पुऱ्यायो र त्यसलाई कति विषाक्त पाऱ्यो होला? साथै, तिनका पत्रहरूबाट यी कुराहरू सिक्‍ने पछिल्‍ला पुस्ताका मानिसहरूमा यसले कति ठूलो प्रभाव पारेको छ? तिनका वचनहरू पढेका मानिसहरूले जतिसुकै लामो समय प्रयास गरे पनि यी कुराहरूबाट आफूलाई उम्काउन सक्दैनन्—तिनीहरू अत्यन्तै गहन रूपमा विषाक्त पारिएका छन्! कति गहन रूपमा? एउटा अवस्था नै देखा परेको छ, जसलाई “पावलको प्रभाव” भनिन्छ। पावलको प्रभाव के हो? धर्ममा एउटा अवस्था आएको छ जहाँ मानिसहरू पावलका विचार, दृष्टिकोण, तर्कहरू, र तिनले प्रकट गरेका भ्रष्ट स्वभावहरूबाट प्रभावित हुन्छन्। यसले विशेष गरी मा ती मानिसहरूलाई असर गर्छ जसको परिवारले धेरै पुस्तादेखि परमेश्‍वरमा विश्‍वास गरी आएका छन्—ती परिवारहरूलाई जसले धेरै दशकदेखि ख्रीष्टलाई पछ्याई आएका छन्। तिनीहरू यसो भन्छन्, “हाम्रो परिवारले पुस्तौँदेखि प्रभुमा विश्‍वास गरेको छ, र सांसारिक प्रचलनहरूलाई पछ्याउँदैन। हामीले आफूलाई बाहिरी संसारबाट टाढा राखेका छौं, आफ्‍नो परिवार र जागिर-पेसा त्यागेर परमेश्‍वरमा समर्पित भएका छौं। हामीले गर्ने सबै कुरा पावलले गरेका कुराहरू जस्तै छन्। यदि हामीले मुकुट प्राप्त गरेनौं वा स्वर्गमा प्रवेश गरेनौं भने, परमेश्‍वर आउनुहुँदा हामीसँग उहाँसँग बहस गर्ने आधार हुनेछ।” के मानिसहरूले यस्तो तर्क गर्दैनन् र? (हो, गर्छन्।) र यो प्रचलन एकदमै लोकप्रिय छ। यो प्रचलन कहाँबाट आयो? (पावलले प्रचार गरेको कुराबाट।) यो त पावलले रोपेको ट्यूमरको घातक परिणाम हो। यदि पावलले मानिसहरूलाई यसरी नउक्साएका भए, र सधैँ “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” र “मेरा लागि जिउनु ख्रीष्ट हो” भनेर नभनेका भए, इतिहासको त्यो युगको पृष्ठभूमिबिना, अहिले मानिसहरूलाई ती कुराहरूको बारेमा कुनै ज्ञान हुनेथिएन। यदि तिनीहरूको सोच्ने तरिका त्यस्तो भएको भए पनि, तिनीहरूसँग पावलको जस्तो दुस्साहस हुनेथिएन। यो सबै पावलको प्रोत्साहन र उक्साइको कारण भएको हो। यदि कुनै दिन यी मानिसहरू आशिषित भएनन् भने, यिनीहरूसँग प्रभु येशूलाई खुल्लमखुल्ला चुनौती दिने साहस हुनेछ, र तिनीहरू तेस्रो स्वर्गमा गएर प्रभुसँग यस मामलाबारे विवाद गर्न पनि इच्छुक हुनेछन्। के यो धार्मिक संसारले प्रभु येशूको विरुद्धमा विद्रोह गर्नु होइन र? धार्मिक संसार पावलद्वारा गम्भीर रूपमा प्रभावित भएको छ भन्‍ने कुरा स्पष्ट छ! अब मैले यस बिन्दुसम्‍म कुरा गरिसकेको हुनाले, पावलको पाँचौं पाप के थियो भनेर तिमीहरूले निष्कर्ष निकाल्‍न सक्छौ, सक्दैनौ त? पावलले उल्‍लेख गरेका “धार्मिकताको मुकुट” को उत्पत्तिलाई संक्षेप गर्दा, “धार्मिकता” भन्‍ने शब्दमा ध्यान केन्द्रित हुन्छ। तिनले किन “धार्मिकता” भन्‍ने शब्‍द उल्लेख गरे? पृथ्वीमा, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उक्साउन र बहकाउन चाहन्थे, ताकि तिनीहरूले पनि तिनले जस्तै सोचून्। स्वर्गमा, तिनले यो शब्दद्वारा परमेश्‍वरलाई बाध्य पार्न चाहन्थे, र उहाँको विरुद्धमा झगडा गर्न चाहन्थे। पावलको उद्देश्य यही थियो। तिनले यस कुरालाई कहिल्यै मुखले नभनेका भए पनि, “धार्मिकता” भन्‍ने शब्द नै परमेश्‍वरको विरुद्धमा झगडा गर्ने तिनको उद्देश्य र झुकावलाई पूर्णतः प्रकट गरिसकेको छ। यो खुलस्त भइसकेको थियो; यी सबै तथ्यहरू हुन्। यी तथ्यहरूको आधारमा, के पावलको प्रकृति सारलाई अहङ्कारी, आत्म-धर्मी, छली, र सत्यतालाई प्रेम नगर्ने भनेर मात्र संक्षेप गर्न सकिन्छ त? (सकिँदैन।) यी शब्‍दहरूले यसलाई संक्षेप गर्न सक्दैनन्। मैले यी तथ्य उठाएर र तिनलाई चिरफार, विश्लेषण र परिभाषित गरेकोले, तिमीहरूले पावलको प्रकृति सारलाई अझ स्पष्ट र राम्ररी देख्‍न सक्‍नुपर्छ। सारलाई तथ्यको आधारमा विश्लेषण गरेर हासिल गरिने प्रभाव यही हो। जब पावलले परमेश्‍वरको विरुद्धमा झगडा गरे, त्यो तिनको व्यक्तिगत सानो भावनात्मक क्षण, सानो विद्रोही स्वभाव, वा समर्पित हुन नसक्‍ने क्षमता थिएन। यो भ्रष्ट स्वभाव प्रकट गर्ने औसत समस्या थिएन; बरु, यो त पत्रहरूमार्फत र सार्वजनिक स्थानहरूमा मानिसहरूलाई उक्साउन र बहकाउन सबै प्रकारका विधिहरू खुल्लमखुल्ला प्रयोग गर्ने चरम अवस्थामा पुगेको थियो, ताकि सबै जना परमेश्‍वरको विरोध गर्न र उहाँ विरुद्ध झगडा गर्न क्रोधित भएर एकसाथ उठ्न सकून्। पावलले परमेश्‍वरको विरुद्धमा झगडा मात्र गरेनन्, तर तिनले अरू सबैलाई पनि परमेश्‍वरको विरुद्धमा झगडा गर्न उक्साए—तिनी अहङ्कारी मात्र थिएनन्, दियाबलस पनि थिए!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

पावलको अर्को प्रसिद्ध वाक्यांश छ—त्यो के हो? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्पी १:२१)।) तिनले प्रभु येशू ख्रीष्टको पहिचानलाई, प्रभु येशू ख्रीष्ट पृथ्वीमा जिइरहनुभएको देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वरको मूर्त रूप हुनुहुन्थ्यो भन्‍ने तथ्यलाई स्वीकार गरेनन्। यसको विपरीत, पावलले आफूलाई ख्रीष्टको रूपमा हेर्थे। के त्यो घिनलाग्दो कार्य होइन र? (हो।) त्यो घिनलाग्दो कार्य हो, र यस समस्याको सार अत्यन्तै गम्भीर छ। पावलको मनमा, ख्रीष्ट ठ्याक्कै को हुनुहुन्थ्यो? उहाँको पहिचान के थियो? पावल किन ख्रीष्ट बन्‍न त्यति धेरै मरिहत्ते भएर लागिपर्न सक्थे? यदि, पावलको मनमा, ख्रीष्ट भ्रष्ट स्वभाव भएका एक साधारण व्यक्ति हुनुहुन्थ्यो, वा कुनै उल्लेखनीय भूमिका नखेल्ने, कुनै शक्ति, कुनै महान् हैसियत, र साधारण मानिसहरूको भन्दा बढि कुनै क्षमता वा सीप नभएको एक महत्त्वहीन व्यक्ति हुनुहुन्थ्यो भने, के पावल अझै पनि ख्रीष्ट बन्‍न चाहने थिए र? (अहँ, चाहने थिएनन्।) तिनले पक्‍कै पनि चाहने थिएनन्। तिनले आफूलाई सुशिक्षित ठान्थे, र साधारण व्यक्ति हुन चाहँदैनथे, तिनी एक महामानव, महान व्यक्ति हुन चाहन्थे, र अरूलाई उछिन्‍न चाहन्थे—अरू मानिसहरूले नम्र र महत्त्वहीन ठान्‍ने ख्रीष्ट बन्‍न कसरी चाहन सक्थे र? यसलाई ध्यानमा राख्दै, पावलको हृदयमा ख्रीष्टको हैसियत र भूमिका के थियो त? ख्रीष्ट हुनको लागि व्यक्तिसँग कस्तो पहिचान र हैसियत हुनुपर्छ, र उसले कस्तो अख्‍तियार, शक्ति र वेग देखाउनुपर्छ? यसले पावलले ख्रीष्ट के हुनुहुन्छ भनेर कल्पना गरेका थिए, र ख्रीष्टको बारेमा तिनले के जान्दथे, अर्थात्, तिनले ख्रीष्टलाई कसरी परिभाषित गरेका थिए भन्‍ने कुरालाई खुलासा गर्दछ। यही कारणले गर्दा पावलसँग ख्रीष्ट बन्‍ने महत्त्वाकाङ्क्षा र इच्छा थियो। पावल किन ख्रीष्ट बन्‍न चाहन्थे भन्‍ने कुराको एउटा निश्‍चित कारण छ, त्यो आंशिक रूपमा तिनका पत्रहरूमा प्रकट हुन्छ। हामी विभिन्‍न मामलाहरूलाई विश्लेषण गरौं। जब प्रभु येशूले काम गरिरहनुभएको थियो, उहाँले केही त्यस्ता कुराहरू गर्नुभयो जसले ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानलाई प्रतिनिधित्व गरे। यी कुराहरू ख्रीष्टको पहिचानमा रहेका चिन्‍ह र अवधारणाहरू हुन् भन्‍ने पावलले देखे। यी कुराहरू के-के थिए? (चिन्ह र चमत्कारहरूको प्रदर्शन।) ठीक भन्यौ। ती कुराहरू ख्रीष्टले मानिसहरूको रोग निको पार्नु, भूतहरू निकाल्नु, अनि चिन्हहरू, चमत्कारहरू र आश्‍चर्यकर्महरू गर्नु थिए। पावलले प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका भए पनि, उहाँले देखाउनुभएका चिन्हहरू र चमत्कारहरूको कारण मात्र तिनले त्यसो गरेका थिए। तसर्थ, जब पावलले प्रभु येशूको सुसमाचार फैलाए, तिनले प्रभु येशूले भन्‍नुभएका वचनहरू, वा उहाँले प्रचार गर्नुभएका कुराका बारेमा कहिल्यै पनि बोलेनन्। अविश्‍वासी पावलका नजरमा, ख्रीष्टले त्यति धेरै कुरा बोल्‍न, त्यति धेरै प्रचार गर्न, त्यति धेरै काम गर्न, र त्यति धेरै मानिसहरूलाई आफ्‍नो पछि लगाउन सक्‍नुभएको तथ्यले, प्रभु येशूको पहिचान र हैसियतलाई निश्‍चित सम्मान प्रदान गरेको थियो; उहाँसँग अपार महिमा र कुलीनता थियो, जसले मानिसहरूको बीच प्रभु येशूको स्थानलाई निकै महान् र प्रतिष्ठित बनाएको थियो। पावलले देखेको कुरा यही हो। प्रभु येशू ख्रीष्टले काम गर्दा प्रकट र खुलासा गर्नुभएको कुरा, साथै उहाँको पहिचान र सारबाट, पावलले परमेश्‍वरको सार, सत्यता, मार्ग, वा जीवन देखेनन्, न त परमेश्‍वरको प्रेमिलोपन वा बुद्धि नै देखे। पावलले के देखे त? आधुनिक शैलीको वाक्यांश प्रयोग गरेर भन्दा, तिनले ख्यातिको तमकझमक देखे, र तिनी प्रभु येशूका फ्यान बन्‍न चाहन्थे। प्रभु येशूले बोल्नुहुँदा वा काम गर्नुहुँदा, धेरै मानिसहरूले सुने—त्यो कति महिमित अवस्था थियो होला! यो पावलले लामो समयदेखि प्रतिक्षा गरेको कुरा थियो, र तिनी यो क्षणको आगमनको लोभ गर्थे। तिनले त्यस दिनको तृष्णा गर्थे जब तिनले प्रभु येशूले जस्तै अनवरत रूपमा प्रचार गर्न सकून्, जसलाई यति धेरै मानिसहरूले आँखामा प्रशंसा र लालसाका साथ निकै ध्यान दिएर हेर्थे अनि पछ्याउन चाहन्थे। प्रभु येशूको प्रभावशाली वेगले पावल आश्चर्यचकित भएका थिए। वास्तवमा, तिनलाई यस कुराले साँच्चै आश्चर्यचकित तुल्याएको थिएन; बरु, तिनलाई मानिसहरूले सम्मान गर्ने, ध्यान दिने, आदर्श मान्‍ने, र उच्‍च ठान्‍ने पहिचान र वेगलाई ईर्ष्या गर्थे। तिनलाई यही कुराको ईर्ष्या लागेको थियो। त्यसोभए तिनले यो कसरी प्राप्त गर्न सक्थे त? तिनले प्रभु येशू ख्रीष्टले यी कुराहरू आफ्नो सार र पहिचान मार्फत हासिल गर्नुभएको हो भन्‍ने विश्‍वास गरेनन्, तर यो त उहाँको पदवी नामको कारणले आएको हो भन्‍ने विश्‍वास गरे। तसर्थ, पावल ख्रीष्‍टको नाम बोक्ने व्यक्तित्व बन्‍न चाहन्थे, र त्यो भूमिका निभाउन चाहन्थे। पावलले आफूलाई त्यस्तो भूमिकामा ल्याउन धेरै प्रयास गरेका थिए, होइन र? (हो।) तिनले के-कस्ता प्रयासहरू गरे? तिनले जताततै प्रचार गरे, र चमत्कारहरू पनि देखाए। अन्तमा, तिनले आफ्‍नो भित्री इच्छा र महत्त्वाआकाङ्क्षालाई सन्तुष्ट पार्ने वाक्यांश प्रयोग गरेर आफूलाई परिभाषित गरे। तिनले आफूलाई परिभाषित गर्न कुन वाक्यांश प्रयोग गरे? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो।”) जिउनु ख्रीष्ट हो। तिनले हासिल गर्न चाहेको मुख्य कुरा यही हो; तिनको मुख्य चाहना ख्रीष्ट हुनु नै थियो। तिनको व्यक्तिगत खोजी र तिनले हिँडेको मार्गसँग यस चाहनाको के सम्बन्ध छ? (तिनले शक्तिलाई आदर गर्थे, र मानिसहरूले तिनको सम्मान गरून् भन्‍ने चाहन्थे।) यो एउटा सिद्धान्त हो; तिमीहरूले केही तथ्यहरूको बारेमा भन्नुपर्छ। पावलले ख्रीष्ट बन्‍ने आफ्नो चाहनालाई व्यावहारिक तरिकाले प्रकट गरेका थिए; तिनको बारेमा रहेको मेरो परिभाषा तिनले बोलेका एउटै वाक्यांशमा आधारित छैन। तिनका कार्यहरूको शैली, विधि र सिद्धान्तहरूबाट, हामी के देख्‍न सक्छौं भने तिनले गरेका सबै कुराहरू ख्रीष्ट बन्‍ने तिनको लक्ष्यमा केन्द्रित थिए। पावलले यति धेरै कुराहरू भन्‍नु र गर्नुको जड र सार यही हो। पावल ख्रीष्ट बन्‍न चाहन्थे, र यसले तिनको खोजी, जीवन मार्ग र विश्‍वासलाई प्रभावित गरेको थियो। यो प्रभाव कस्ता तरिकाहरूबाट प्रकट भएको थियो? (पावलले आफ्नो सबै काम र प्रचारमा आफ्नै देखावट गर्थे र आफ्नै गवाही दिन्थे।) यो एउटा तरिका हो; पावलले हरेक मोडमा देखावट गर्थे। तिनले कसरी कष्ट भोगेका थिए, कसरी काम गरे, र तिनका अभिप्रायहरू के थिए भनेर मानिसहरूलाई स्पष्ट पारे, ताकि मानिसहरूले यो कुरा सुन्दा, तिनीहरूले तिनी पूर्ण रूपमा ख्रीष्ट समान छन् भन्‍ने सोचून्, र साँच्‍चै तिनलाई ख्रीष्ट भनेर बोलाउन चाहून्। तिनको लक्ष्य त्यही थियो। यदि मानिसहरूले तिनलाई साँच्‍चै ख्रीष्ट भनेर बोलाए भने, के तिनले यसलाई इन्कार गर्ने थिए त? के तिनले यसलाई अस्वीकार गर्ने थिए? (अहँ, गर्ने थिएनन्।) तिनले पक्‍कै पनि इन्कार गर्ने थिएनन्—तिनी पक्‍कै पनि प्रफुल्लित हुने थिए। तिनको खोजमा यसले पारेको एउटा प्रभाव एक हिसाबले यसरी प्रकट भएको थियो। अरू के-के तरिकामा प्रकट भयो त? (तिनले पत्रहरू लेखे।) हो, तिनले केही पत्रहरू लेखे ताकि ती पछिका युगहरूमा हस्तान्तरण हुन सकून्। तिनका पत्रहरूमा, काममा, र मण्डलीहरूको गोठालो गर्ने प्रक्रिया दौरान, तिनले एक पटक पनि प्रभु येशू ख्रीष्टको नाम उल्लेख गरेनन्, वा प्रभु येशू ख्रीष्टको नाममा कार्यहरू गरेनन्, वा प्रभु येशू ख्रीष्टको नामलाई उच्च पारेनन्। तिनले सधैँ यसरी काम गरिरहँदा र बोलिरहँदा त्यसले के नकारात्मक प्रभाव ल्यायो? प्रभु येशूलाई पछ्याउनेहरूलाई यसले कस्तो प्रभाव पाऱ्यो? यसले मानिसहरूलाई प्रभु येशू ख्रीष्टलाई इन्कार गर्ने बनायो, अनि पावलले उहाँको स्थान लिए। मानिसहरूले यस्तो सोधून् भन्‍ने तिनलाई ठूलो चाहना थियो, “प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? मैले उहाँको बारेमा कहिल्यै सुनेको छैनँ। हामी त पावल ख्रीष्टमा विश्‍वास गर्छौं।” त्यसरी तिनी खुसी हुनेथिए। यो तिनको लक्ष्य थियो, र तिनले खोजेको कुराहरूमध्ये एउटा कुरा थियो। त्यो प्रभाव प्रकट भएको एउटा तरिका तिनले काम गर्ने शैली थियो; तिनी खोक्रा विचारहरूका बारेमा फलाकी रहन्थे, र मानिसहरूलाई आफ्नो काममा तिनी कति सक्षम र जोशिला छन्, तिनले मानिसहरूलाई कति मद्दत गरे, र प्रभु येशू ख्रीष्ट फेरि प्रकट हुनुभए झैं तिनको एक निश्‍चित वेग छ भनेर देखाउनका लागि खोक्रा सिद्धान्तहरूको बारेमा अनवरत कुरा गर्थे। त्यो प्रभाव प्रकट हुने अर्को तरिका के थियो भने तिनले कहिल्यै प्रभु येशू ख्रीष्टलाई उच्च पारेनन्, र तिनले पक्‍कै पनि उहाँको नामलाई उचालेनन्, न त तिनले प्रभु येशू ख्रीष्टको वचन र कामको, वा मानिसहरूले यी कुराहरूबाट कसरी फाइदा उठाए भन्‍ने कुराको गवाही नै दिए। के पावलले मानिसहरूले कसरी पश्चात्ताप गर्नुपर्छ भनेर प्रवचन प्रचार गरे त? तिनले पक्‍कै पनि त्यसो गरेनन्। पावलले प्रभु येशू ख्रीष्टले गर्नुभएको काम, उहाँले बोल्‍नुभएका वचनहरू, वा उहाँले मानिसहरूलाई सिकाउनुभएका सबै सत्यताहरूका बारेमा कहिल्यै प्रचार गरेनन्—पावलले आफ्नो हृदयमा यी कुराहरूलाई इन्कार गरे। पावलले प्रभु येशू ख्रीष्टले भन्‍नुभएका वचनहरू र उहाँले मानिसहरूलाई सिकाउनुभएको सत्यतालाई मात्र इन्कार गरेनन्, तर तिनले आफ्नै शब्दहरू, काम र शिक्षाहरूलाई सत्यताको रूपमा व्यवहार गरे। तिनले प्रभु येशूका वचनहरूलाई प्रतिस्थापन गर्न यी कुराहरू प्रयोग गरे, र मानिसहरूलाई तिनका आफ्‍नै वचनहरूको अभ्यास र पालना गर्न लगाए, मानौँ ती सत्यता नै थिए। के कुराले यी प्रकटीकरण र व्यवहारलाई उत्प्रेरित गर्यो? (ख्रीष्ट बन्‍ने तिनको इच्छाले।) यी कुराहरू ख्रीष्ट बन्‍ने तिनको अभिप्राय, चाहना र महत्त्वाकाङ्क्षाद्वारा प्रेरित थिए। यो तिनको अभ्यास र खोजीसँग निकै नजिकबाट जोडिएको थियो। यो पावलको छैटौं पाप हो। के यो गम्भीर छ? (हजुर, छ।) वास्तवमा, तिनका सबै पापहरू गम्भीर छन्। ती सबैले मृत्युलाई निम्त्याउँछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

प्रहार गरिएपछि नै, पावलले प्रभु येशू ख्रीष्ट अस्तित्वमा हुनुहुन्छ, र प्रभु येशू ख्रीष्ट नै परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेको थियो। उसले विश्‍वास गरेका परमेश्‍वर तुरुन्तै स्वर्गका परमेश्‍वरबाट प्रभु येशू ख्रीष्टमा परिवर्तन हुनुभएको थियो—उहाँ पृथ्वीका परमेश्‍वरमा परिवर्तन हुनुभएको थियो। त्यस क्षणदेखि, उसले प्रभु येशूको आज्ञालाई इन्कार गर्न सकेन, र देहधारी परमेश्‍वर प्रभु येशूका लागि दृढतासाथ श्रम गर्न थाल्यो। अवश्य नै, उसले श्रम गर्नुको लक्ष्य आफूलाई आंशिक रूपमा आफ्‍ना पापबाट मुक्त गर्नु थियो, साथै आंशिक रूपमा आशिष् पाउने आफ्‍नो इच्छा पूरा गर्नु र आफूले चाहेको गन्तव्य प्राप्त गर्नु पनि थियो। पावलले “परमेश्‍वरको इच्छाद्वारा” भन्दा, “परमेश्‍वर” शब्दले यहोवालाई कि येशूलाई जनाएको थियो? ऊ अलि अन्योलमा थियो, र सोच्यो, “म यहोवामा विश्‍वास गर्छु, तर किन मलाई येशूले प्रहार गर्नुभयो? येशूले मलाई प्रहार गर्दा यहोवाले किन उहाँलाई रोक्‍नुभएन? वास्तवमा उहाँहरूमध्ये कोचाहिँ परमेश्‍वर हुनुहुन्छ?” उसले यो कुरा पत्ता लगाउन सकेन। जे भए पनि, उसले प्रभु येशूलाई आफ्नो परमेश्‍वरको रूपमा कहिल्यै हेर्नेथिएन। उसले उहाँलाई मुखले स्विकारे पनि, उसको हृदयमा अझै शङ्का थियो। समय बित्दै जाँदा, उसले फेरि बिस्तारै “केवल यहोवा परमेश्‍वर हुनुहुन्छ” भनी विश्‍वास गर्न थाल्यो, त्यसैले पावलले आफ्ना सबै पत्रमा, “परमेश्‍वरको इच्छाद्वारा” भन्‍ने लेख्दा, त्यसमा “परमेश्‍वर” ले मुख्यतः यहोवा परमेश्‍वरलाई जनाएको थियो। पावलले प्रभु येशू यहोवा हुनुहुन्छ भनेर कहिल्यै स्पष्टसँग बताएको छैन, प्रभु येशूलाई सधैँ परमेश्‍वरको पुत्रको रूपमा हेरेको छ, उहाँलाई पुत्रको रूपमा उल्लेख गरेको छ, र “पुत्र र पिता एक हुनुहुन्छ” जस्ता कुरा कहिल्यै भनेको छैन, त्यसैले यसले के प्रमाणित गर्छ भने पावलले प्रभु येशूलाई साँचो परमेश्‍वरको रूपमा कहिल्यै चिनेको थिएन; ऊ अनिश्चित थियो र यसमा अर्धविश्‍वास गरेको थियो। परमेश्‍वरप्रति पावलको यो दृष्टिकोण, र उसको पछ्याइको विधिलाई हेर्दा, ऊ सत्यता पछ्याउने व्यक्ति थिएन। उसले देहधारणको रहस्य कहिल्यै बुझेन, र प्रभु येशूलाई एक मात्र साँचो परमेश्‍वरको रूपमा कहिल्यै चिनेन। यसबाट पावल शक्तिको पूजा गर्ने अनि चलाक र धूर्त थियो भनेर भन्‍नु गाह्रो छैन। पावलले दुष्टता, शक्ति र हैसियतको पूजा गर्थ्यो भन्‍ने तथ्यले उसको विश्‍वास कस्तो थियो भनेर हामीलाई के देखाउँछ? के ऊसँग साँचो विश्‍वास थियो? (थिएन।) ऊसँग साँचो विश्‍वास थिएन, त्यसोभए के उसले आफ्नो हृदयमा परिभाषित गरेका परमेश्‍वर वास्तवमा अस्तित्वमा हुनुहुन्थ्यो? (थिएन।) त्यसोभए किन उसले प्रभु येशू ख्रीष्टको खातिर यताउता यात्रा गऱ्यो, आफूलाई समर्पित गऱ्यो, र काम गऱ्यो त? (ऊ आशिष् पाउने आफ्नो अभिप्रायद्वारा नियन्त्रित थियो।) (उसलाई सजाय पाउने डर थियो।) हामी फेरि घुम्दै फिर्दै यही बुँदामा आएका छौँ। उसलाई सजाय पाउने डर थियो, र उसको शरीरमा छेस्को थियो, जसलाई उसले निकाल्न सकेको थिएन, त्यसैले उसले सधैँ यताउता यात्रा गरिहिँड्नु र काम गर्नुपऱ्यो, ताकि उसलाई आफ्नो शरीरको छेस्कोले सहनै नसक्‍ने गरी पीडा दिन नसकोस्। उसका यी प्रकटीकरणहरूबाट, उसका शब्दहरूबाट, दमस्कसको बाटोमा घटेको घटनाप्रति उसले देखाएको प्रतिक्रिया, र दमस्कसको बाटोमा प्रहार गरिएपछि उसलाई परेको प्रभावबाट, हामी उसको हृदयमा कुनै विश्‍वास थिएन भन्‍ने कुरा बुझ्न सक्छौँ; ऊ अविश्‍वासी र नास्तिक थियो भन्‍ने कुरामा लगभग झनै पक्‍का हुन सकिन्छ। उसको दृष्टिकोण यस्तो थियो, “जोसँग शक्ति छ, म उसैमा विश्‍वास गर्नेछु। जोसँग शक्ति छ र जसले मलाई वशमा पार्न सक्छ, म उसका लागि काम गर्नेछु र सक्दो प्रयास गर्नेछु। जसले मलाई गन्तव्य र मुकुट दिन सक्छ, अनि आशिष् पाउने मेरो इच्छा पूरा गर्न सक्छ, म उसैलाई पछ्याउनेछु। म उसलाई अन्त्यसम्म पछ्याउनेछु।” उसको हृदयका परमेश्‍वर को हुनुहुन्थ्यो? ऊभन्दा शक्तिशाली र उसलाई वशमा पार्न सक्‍ने जोकोही उसका परमेश्‍वर हुन सक्थ्यो। के पावलको प्रकृति सार यस्तै थिएन र? (थियो।) त्यसोभए, उसले अन्त्यमा विश्‍वास गरेको व्यक्तित्व को थियो जो उसलाई दमस्कस जाने बाटोमा प्रहार गर्न सक्षम हुनुहुन्थ्यो? (प्रभु येशू ख्रीष्ट।) उसले प्रयोग गरेको नाम “प्रभु येशू ख्रीष्ट” थियो, तर उसले वास्तवमै विश्‍वास गरेको ईश्‍वर त उसको हृदयमा रहेको परमेश्‍वर थियो। उहाँका परमेश्‍वर कहाँ छ? यदि तैँले उसलाई, “तपाईंको परमेश्‍वर कहाँ हुनुहुन्छ? के उहाँ स्वर्गमा हुनुहुन्छ? के उहाँ सृष्टि गरिएका सबै कुरामध्ये एक हुनुहुन्छ? के उहाँ सारा मानवजातिमाथि सार्वभौम परमेश्‍वर हुनुहुन्छ?” भनेर सोधेको भए, उसले भन्‍नेथियो, “होइन, मेरो परमेश्‍वर दमस्कस जाने बाटोमा हुनुहुन्छ।” वास्तवमा उसका परमेश्‍वर उहाँ नै हुनुहुन्थ्यो। के पावलले प्रभु येशू ख्रीष्टलाई सतावट हुँदाको अवस्थाबाट उहाँका लागि काम गर्ने, आफूलाई समर्पित गर्ने, र आफ्नो जीवन त्याग गर्न सक्‍ने अवस्थामा पुग्‍नुको कारण—ऊ यति धेरै परिवर्तन हुन सक्‍नुको कारण—उसको विश्‍वासमा परिवर्तन आएकाले गर्दा हो? के उसको विवेक जागृत भएको कारणले गर्दा थियो? (होइन।) त्यसोभए यसको कारण के थियो त? के परिवर्तन भयो? तिनको मनोवैज्ञानिक सहारा परिवर्तन भएको थियो। पहिले, उसको मनोवैज्ञानिक सहारा स्वर्गमा थियो; यो खोक्रो र अस्पष्ट कुरा थियो। यदि येशू ख्रीष्टले यसको स्थान लिनुभएको भए, पावलले उहाँलाई अत्यन्तै महत्त्वहीन ठान्‍नेथियो—येशू केवल साधारण व्यक्ति हुनुहुन्थ्यो, त्यसकारण उहाँ मनोवैज्ञानिक सहारा हुन सक्‍नुहुन्‍नथियो—र पावल प्रसिद्ध धार्मिक व्यक्तित्वहरूलाई झनै कम भाव दिन्थ्यो। पावल त आफूलाई वशमा पार्न र आशिष् दिन सक्‍ने व्यक्ति खोज्‍न मात्रै चाहन्थ्यो। उसलाई दमस्कसको बाटोमा भेटेको व्यक्तित्व सबैभन्दा शक्तिशाली हुनुहुन्छ, र आफूले विश्‍वास गर्नुपर्ने व्यक्ति उही हो भन्‍ने लागेको थियो। उसको विश्‍वास परिवर्तन हुनेबित्तिकै उसको मनोवैज्ञानिक सहारा पनि परिवर्तन भयो। यस आधारमा, पावलले साँच्‍चै परमेश्‍वरमा विश्‍वास गरे कि गरेनन्? (गरेन।) अब पावलको पछ्याइ र ऊ हिँडेको मार्गलाई केले प्रभाव पारेको थियो भन्‍ने कुरालाई सारांशमा एकै वाक्यमा बताऔँ। (उसको मनोवैज्ञानिक सहाराले।) त्यसोभए, हामीले पावलको सातौँ पापलाई कसरी परिभाषित गर्नुपर्छ? सबै हिसाबले, पावलको विश्‍वास मनोवैज्ञानिक सहारा थियो; त्यो खोक्रो र अस्पष्ट थियो। ऊ पूर्ण रूपमा अविश्‍वासी र नास्तिक थियो। ऊजस्तो नास्तिक र अविश्‍वासीले किन धर्मको संसार छोडेन? एक हिसाबले, उसको अस्पष्ट कल्पनामा गन्तव्यको मामला थियो। अर्को हिसाबले, उसको हातमुख जोड्ने मामला थियो। ख्याति, लाभ, हैसियत, र हातमुख जोड्ने स्रोत उसको यस जीवनका पछ्याइहरू थिए, र आउँदो संसारमा गन्तव्य पाउने सोच उसका लागि सान्त्वना थियो। यी कुराहरूद्वारा नै यस्ता मानिसहरूले पछ्याउने र प्रकट गर्ने कुरा अनि तिनीहरू हिँड्ने मार्गको जड र सहारा निर्माण हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, पावल के थियो? (अविश्‍वासी। ऊ अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्थ्यो।) (ऊ नास्तिक थियो।) ऊ नास्तिक थियो, अनि इसाई जगतमा लुकेर बसेको अविश्‍वासी र अवसरवादी थियो भनेर भन्‍नु सटीक हुन्छ। यदि तैँले उसलाई फरिसी मात्र भनिस् भने, के त्यो कम हुँदैन र? यदि तैँले पावलले लेखेका पत्रहरू हेरिस्, र झट्ट हेर्दा “परमेश्‍वरको इच्छाद्वारा” भनिएको देखिस् भने, पावलले स्वर्गमा हुनुभएको परमेश्‍वरलाई सर्वोच्च परमेश्‍वरको रूपमा हेर्थे, र मानिसहरूका धारणाको कारणले मात्र, वा तिनीहरू अज्ञानी र परमेश्‍वरलाई नबुझ्‍ने भएकाले, तिनीहरूले परमेश्‍वरलाई पिता, पुत्र र पवित्र आत्मा गरी तीन तहमा विभाजन गरे, र त्यो मानिसको मूर्खता मात्र हो, र यो त्यति गम्भीर समस्या होइन, किनभने सम्पूर्ण धार्मिक संसारले पनि त्यस्तै सोच्छ भन्‍ने तँलाई लाग्न सक्छ। तर, अहिले, विश्लेषण गरेपछि के कुरा यही हो त? (अहँ, होइन।) पावलले त परमेश्‍वरको अस्तित्वसमेत स्विकारेन। ऊ नास्तिक र अविश्‍वासी थियो, र उसलाई नास्तिक र गैरविश्‍वासीहरूकै वर्गमा राखिनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने

पावलको प्रकृति सार के थियो? त्यसमा कम्तीमा पनि दुष्टताको एउटा तत्व रहेको छ। उसले पगाल झैँ ज्ञान र हैसियत पछ्याउँथ्यो, इनाम र मुकुट पछ्याउँथ्यो, र उसले सत्यता नपछ्याई त्यो मुकुट पाउन दौडधूप गर्‍यो, काम गर्‍यो, र मूल्य चुकायो। यसको साथै, उसले आफ्नो कामको अवधिमा कहिल्यै पनि प्रभु येशूका वचनहरूको गवाही दिएन, न त प्रभु येशू नै ख्रीष्ट, परमेश्‍वर हुनुहुन्छ, वा देहधारी परमेश्‍वर हुनुहुन्छ, प्रभु येशूले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, र उहाँले बोल्नुहुने सबै वचनहरू परमेश्‍वरले बोल्नुभएका वचनहरू हुन् भनेर नै गवाही दियो। पावलले यी कुराहरू बुझ्न सकेन। त्यसोभए, पावलले लिएको मार्ग के थियो? उसले जिद्दी भएर ज्ञान र ईश्‍वरशास्‍त्र पछ्यायो, सत्यतालाई इन्कार गर्‍यो, सत्यतालाई स्वीकार गर्न मानेन, र आफ्नो हैसियतलाई व्यवस्थापन गर्न, कायम राख्‍न, र स्थिर गर्ने कामका लागि आफ्नो वरदान र ज्ञानको प्रयोग गर्‍यो। उसको अन्तिम परिणाम के थियो? सायद तैँले बाहिरी रूपमा उसले मृत्युअघि कस्तो दण्ड पाएको थियो, वा उसमा असामान्य प्रकटीकरण थियो कि थिएन भन्‍ने कुरा देख्‍न सक्दैनस् होला, तर उसको अन्तिम परिणाम पत्रुसको भन्दा फरक थियो। यो “भिन्‍नता” के कुरामा निर्भर थियो? एउटा कुरा व्यक्तिको प्रकृति सार हो, र अर्को उसले लिने मार्ग हो। प्रभु येशूप्रतिको पावलको मनोवृत्ति र दृष्टिकोणको हकमा भन्दा, उसको प्रतिरोध सामान्य मानिसहरूको भन्दा कसरी फरक थियो? यसको साथै, पावलले प्रभुलाई इन्कारेको र नकारेको, अनि पत्रुसले कमजोरी र डरका कारण परमेश्‍वरको नाम तीन पटक इन्कार गरेको र प्रभुलाई स्वीकार गर्न नसकेको तथ्यका बीचमा के भिन्‍नता छ? पावलले आफ्नो काम गर्न ज्ञान, सिकाइ, र आफ्‍ना वरदानहरू प्रयोग गर्‍यो। उसले सत्यताको अभ्यास पटक्‍कै गरेन, न त परमेश्‍वरको मार्ग नै पछ्यायो। त्यसकारण, उसले दौडधूप र काम गरिरहेको बेला, के तैँले उसका पत्रहरूमा उसको कमजोरी देख्‍न सक्थिस्? सक्दैनथिइस्, होइन र? उसले मानिसहरूलाई के गर्ने भनेर बारम्बार सिकायो र इनाम, मुकुट, र राम्रो गन्तव्य प्राप्त गर्ने कार्य पछ्याउन मानिसहरूलाई प्रोत्साहित गऱ्यो। ऊसँग सत्यता अभ्यास गर्ने कुनै अनुभव, बुझाइ, वा कदर थिएन। तैपनि, पत्रुसले आफ्‍ना कार्यहरू निकै सूक्ष्म रूपमा काम गर्थ्यो। ऊसँग ती अत्यन्तै प्रसिद्ध रहेका गहन सिद्धान्तहरू वा पत्रहरू थिएनन्। ऊसँग सत्यताका बारेमा केही वास्तविक बुझाइ र अभ्यास थियो। उसले आफ्नो जीवनमा कमजोरी र भ्रष्टता अनुभव गरे पनि, धेरै परीक्षाहरूपछि, उसले परमेश्‍वरसँग स्थापित गरेको सम्बन्ध मानिस र परमेश्‍वर बीचको सम्बन्ध थियो, जुन पावलको भन्दा पूर्ण रूपमा फरक थियो। पावलले काम गरेको भए पनि, परमेश्‍वरसँग उसले गरेको कुनै पनि कुराको कुनै सम्बन्ध थिएन। उसले परमेश्‍वरका वचनहरू, उहाँको काम, उहाँको प्रेम, वा मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको गवाही दिएन, मानिसहरूप्रति परमेश्‍वरका अभिप्रायहरू वा उहाँका मागहरूको गवाही दिनु त परको कुरा हो। उसले प्रायजसो मानिसहरूलाई प्रभु येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर समेत बताउँथ्यो, जसले गर्दा मानिसहरूले परमेश्‍वरलाई अन्तमा त्रीएक परमेश्‍वरको रूपमा हेर्न थाले। “त्रीएक” भन्‍ने शब्द पावलले उत्पत्ति गरेको हो। यदि “पिता र पुत्र” भन्‍ने शब्‍द नभएमा, के कुनै “त्रीएक” हुन सक्छ? हुन सक्दैन। मानव कल्पनाहरू अत्यन्तै “सम्‍पन्‍न” हुन्छन्। यदि तैँले परमेश्‍वरको देहधारणलाई बुझ्न सक्दैनस् भने, अन्धाधुन्ध फैसला नदे वा अन्धाधुन्ध आलोचना नगर्। केवल प्रभु येशूका वचनहरू सुन् र उहाँलाई परमेश्‍वरका रूपमा, परमेश्वर देहधारी हुनुभएको र मानव बन्‍नुभएको रूपमा लिई। यसलाई यसरी लिनु थप वस्तुगत हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि पनि पावलमा लगभग अस्तित्वमै नरहने परिवर्तनहरू मात्र आएका थिए। तिनी अझै पनि लगभग तिनको प्राकृतिक स्थितिमै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि तिनले कसरी “काम” गर्ने र दृढ रहने भन्‍ने मात्रै सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र भरौटे प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि तिनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि तिनको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको थप अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र अस्तित्वसम्बन्धी तिनका दृष्टिकोणहरू वा तिनको खोजीको महत्त्व बदल्न सक्दैनथ्यो। तिनले ख्रीष्‍टको निम्ति धेरै वर्ष काम गरेका र फेरि प्रभु येशूलाई कहिल्यै नसताएका भए तापनि, तिनको हृदयभित्र परमेश्‍वरसम्‍बन्धी ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्‍ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानीजानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनलाई पवित्र आत्‍माको कार्यको बारेमा थाहा थिएन, र तिनले पवित्र आत्‍माका अभिप्रायलाई अलिकति पनि ध्यान नदिईकन आफ्‍नै चरित्रअनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र त्यो सत्यताप्रति समर्पित भएन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ भन्‍ने कुरामा निर्भर हुँदैन, यसलाई त उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन र खोजीसम्‍बन्धी उसको दृष्टिकोण सत्यतासँग मिल्छ कि मिल्दैन भन्‍ने कुराले निर्धारित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

सम्बन्धित चलचित्र उद्धरणहरू

के तँ साँच्चै पावललाई बुझ्छस्?

अघिल्लो: ९. सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति कसरी खुट्ट्याउने

अर्को: ११. ख्रीष्टविरोधीहरूको स्वभाव र सारबीच भिन्नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्