परमेश्‍वरको देहधारणबारे जान्‍नेसम्बन्धी वचनहरू

अंश २८

परमेश्वरलाई परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, काटछाँट र निराकरणमार्फत नै चिन्‍नुपर्छ; यसरी मात्रै परमेश्‍वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्‍भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्‍वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्‍वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्‍वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्‍वर स्वयम्‌ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्‍वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्‍वर स्‍वयम्‌ले आफ्‍ना वचनहरू र आफ्‍नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्‍न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँको इच्छा, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्‍वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त कठोर हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैंले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्‍वर कारुणिक दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्‍वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्‍वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्‍वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्‍वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट ख्रीष्टसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। परमेश्‍वरको देहधारणको सत्यता रहस्यहरूमध्येमै सबैभन्दा गहन छ; यो मान्छेलाई बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्‍वरका वचनहरू एकत्रित गर्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस् र बुझ्न सक्छस्। मानिससित परमेश्‍वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, यदि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नु छ भने, तिनीहरूले छामछुम गर्दै अघि बढ्न र अलिअलि गर्दै प्रवेश पाउन यस किसिमको अनुभवमा भर पर्नुपर्छ।

ख्रीष्टलाई र व्यावहारिक परमेश्वरलाई चिन्नु सत्यताको सबैभन्दा गहन पक्ष हो। सत्यताको यस पक्षको खोजीलाई महत्त्व दिने सबैले आफ्नो हृदयमा बढ्दो रूपमा सहजता महसुस गर्नेछन् र तिनीहरूसँग पछ्याउने मार्ग हुनेछ। सत्यताको यस पक्षलाई मानव हृदयसँग तुलना गर्न मिल्छ—जब व्यक्तिको हृदय स्वस्थ हुन्छ, उसले फुर्तिलो महसुस गर्छ, तर जब उसको हृदय बिमारीले ग्रसित हुन्छ, उसले थकान र शिथिलता महसुस गर्छ। त्यसैगरी, व्यक्तिले परमेश्वरको देहधारणको सत्यता जति गहन रूपमा बुझ्छ, परमेश्वरमाथिको आस्थामा उसको उत्साह र उत्प्रेरणा त्यति नै बढी हुनेछ। भर्खरै आस्था राख्न थालेका केही मानिसहरूले परमेश्वरको वचन पढ्छन्, र त्यो परमेश्वरकै आवाज हो भनेर महसुस गर्छन्, तर तिनीहरू अझै शङ्का गर्छन्: “के उहाँले यी वचनहरू बोल्नुहुन्छ भन्ने तथ्यले उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनेर साँच्चै पुष्टि गर्छ? के यी सत्यताहरू व्यक्त गर्ने उहाँको खुबीले उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ भनेर साँच्चै पुष्टि गर्छ?” सत्यता नबुझ्नेहरूमा देहधारी परमेश्वरबारे यस्ता शङ्काहरू प्राय: उत्पन्न हुन्छन्। वास्तवमा, देहधारी परमेश्वरसँग इश्वरीय सार छ, र उहाँले जति धेरै वचनहरू व्यक्त गर्नुभए पनि, उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्छ। उहाँले जति धेरै वा थोरै बोल्नुभए पनि, उहाँको इश्वरीय सार अपरिवर्तनीय छ। जब प्रभु येशू आउनुभयो, उहाँले धेरै वचनहरू बोल्नुभएन, उहाँले केवल छुटकाराको काम गर्नुभयो—के उहाँ पनि परमेश्वर स्वयम् नै हुनुहुन्न र? जब उहाँ परमेश्वर हुनुहुन्छ भनेर भनिन्छ, त्यो ठ्याक्कै कसरी निर्धारित हुन्छ? के त्यो यी वचन र सत्यताहरूको आधारमा मात्र निर्धारित हुन्छ? यो एउटा मुख्य प्रश्न हो। केही मानिसहरू त यी वचनहरू पवित्र आत्माद्वारा निर्देशित हुन्छन्, र पवित्र आत्माले आफ्नो मार्गदर्शन् पूरा गरिसक्नुभएपछि उहाँ जानुहुन्छ र काम गर्न छोड्नुहुन्छ भन्ने गलत विश्वास पनि राख्छन्। तिनीहरू यो देह साधारण र सामान्य देह हो, र त्यसैले उहाँलाई परमेश्वर भन्न मिल्दैन—उहाँलाई “मानिसको पुत्र” भन्न मिल्छ, तर परमेश्वर भन्न मिल्दैन भनेर विश्वास गर्छन्। कतिपय मानिसहरू यस्तो गलत बुझाइ राख्छन्। तिनीहरूमा यस्तो खालको गलत बुझाइ उत्पन्न हुनुको मूल कारण के हो त? यसको मूल कारण भनेको तिनीहरूले देहधारणको अवधारणालाई पूर्ण रूपमा बुझेका छैनन्—तिनीहरूले यसको गहिराइमा पुगेर अनुसन्धान गरेका छैनन्, र यसबारे तिनीहरूको बुझाइ अति सतही छ, तिनीहरू यसको सतह मात्र बुझ्छन् भन्ने हो। परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुहुने हुनाले उहाँ पक्कै परमेश्वर नै हुनुहुन्छ भनेर विश्वास गर्नेहरू पनि छन्। परमेश्वरले यति धेरै वचनहरू नबोल्नुभएको भए, उहाँले कम बोल्नुभएको भए, के उहाँ अझै परमेश्वर हुनुहुनेथ्यो? वास्तवमा, उहाँले थोरै वचनहरू मात्र बोल्नुभयो भने पनि ती ईश्वरत्वका अभिव्यक्ति नै हुन्, र उहाँ परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले जति बोल्नुभए पनि, उहाँ आखिरमा अझै परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले बिलकुलै बोल्नुभएन भने पनि, उहाँ अझै परमेश्वर नै हुनुहुन्छ—यो तथ्य हो र यसलाई कसैले नकार्न सक्दैन। आजकल, परमेश्वरलाई पछ्याउने धेरैजसो मानिसहरूलाई विजय गरिएको छ र ती सबै उहाँलाई दृढतापूर्वक पछ्याउन र इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउन सक्षम छन्। परमेश्वरले चीनमा मानिसहरूको एउटा समूह प्राप्त गर्नुभएको छ; मानिसहरूसँग परमेश्वरको देहधारणबारे ज्ञान छ, र तिनीहरूले देहधारी शरीर साँचो र वास्तविक परमेश्वर स्वयम् हुनुहुन्छ भनेर देखेका छन्। यद्यपि, कामको यो चरण अझै पूरा भएको छैन भने, के मानिसहरूले देहधारी शरीर परमेश्वर स्वयम् नै हुनुहुन्छ भनेर चिन्न सक्छन् र? पहिला, मानिसहरूले परमेश्वरले वाणीहरू उच्चारण गर्दै र वचनहरू व्यक्त गर्दै सधैँ काम गरिरहनुभएको देख्दा यस्तो सोच्थे, “के उहाँ परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? के देहधारी परमेश्वर यस्तो हुनुहुन्छ र? के परमेश्वरले भन्नुहुने सबथोक साँच्चै पूरा हुन सक्छ?” परमेश्वरको कामको यो चरणप्रति तिनीहरूले सधैँ शङ्कास्पद मनोवृत्ति राख्थे। परमेश्वर देहधारी हुनुभएको शरीरलाई तैँले शङ्का गर्न सक्छस् भने, यसले तँ देहधारी शरीरमा विश्वास गर्दैनस्, वा उहाँ परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार छ, उहाँले बोल्नुहुने वचनहरू परमेश्वरका अभिव्यक्ति हुन् भनेर विश्वास गर्दैनस्, र उहाँका वचनहरू परमेश्वरको स्वभाव र सारका प्रकटीकरण हुन् भनेर त झनै विश्वास गर्दैनस् भन्ने कुरालाई प्रमाणित गर्छ। केही मानिसहरू हृदयदेखि नै यस्तो सोच्छन्: “सुरुमा पवित्र आत्माले सीधै वाणीहरू उच्चारण गर्नुभयो र अहिले देहधारी परमेश्वरले वाणीहरू बोल्नुहुन्छ। भविष्यमा परमेश्वरले आफ्नो काम गर्न कस्तो स्वरूप लिनुहुनेछ?” अहिलेसम्म, यी मानिसहरू अझै हेरेरै बसिरहेका छन्, कुरा के हो भनेर बुझ्ने प्रयास गरिरहेका छन्। साँचो मार्गको अनुसन्धान गर्ने धेरै मानिसहरूले यी वचनहरू सत्यता हुन्, ती परमेश्वरकै वचन हुन् भनेर स्विकार्छन्, तर अझै पनि स्विकार्नु अघि नियाल्न र कुरोको चुरोसम्म पुग्न चाहन्छन्। यी मानिसहरू सबै परमेश्वरबारे सोधखोज गरिरहेका छन्—तिनीहरू अवसरवादीहरू हुन्। केही मानिसहरू परमेश्वरले अझै कति थप सत्यताहरू व्यक्त गर्नुहुनेछ र उहाँले तेस्रो स्वर्गको भाषामा बोल्नुहुनेछ कि बोल्नुहुनेछैन भनेर हेर्न मात्र चाहन्छन्। तिनीहरूसँग एक्स-रे मेसिन भएको भए, तिनीहरूले परमेश्वरमाथि त्यसको प्रयोग गर्न चाहनेथिए: “उहाँको हृदयमा अझै कुनै सत्यता छ कि छैन, परमेश्वरका आत्माले उहाँभित्र काम गर्नुहुन्छ कि गर्नुहुन्न, र परमेश्वरका आत्माले उहाँलाई सहयोग र उहाँ जे बोल्नुहुन्छ त्यसलाई निर्देशन गर्नुहुन्छ कि गर्नुहुन्न भनेर हेरौँ। यदि उहाँसँग सत्यता छैन र उहाँ साधारण व्यक्ति हुनुहुन्छ भने, म उहाँमा विश्वास गर्नेछैनँ।” केही मानिसहरूले यस्ता शङ्काहरू पाल्छन् र तिनीहरू यसबारे नै घोत्लिइरहन्छन्। मानिसहरूले किन आफूलाई यस्तो स्थितिमा पाउँछन्? किनभने तिनीहरूसँग परमेश्वरको देहधारणबारे पूर्ण बुझाइ नै छैन—तिनीहरूसँग सत्यताको यो पक्षबारे गहन बुझाइ छैन र तिनीहरू यसलाई साँचो रूपमा बुझ्दैनन्। आजकल मानिसहरू यो व्यक्तिभित्र परमेश्वरको आत्मा हुनुहुन्छ भनेर मात्र स्विकार्छन्, तर जब उहाँसँग परमेश्वरको सार, स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्वरको सबथोक उहाँभित्र छ, उहाँ परमेश्वर हुनुहुन्छ भन्ने तथ्यको कुरा आउँछ, केही मानिसहरू यो कुरा बुझ्नै सक्दैनन्, र केही मामलाहरूबीचका सम्बन्धहरू पहिल्याउन असमर्थ हुन्छन्। परमेश्वरमा मानिसले जे देख्छ र उहाँबारे जे विश्वास गर्छ, त्यो परमेश्वरको सार होइन—अर्थात्, मानिसले परमेश्वरले व्यक्त गर्नुहुने वचन र उहाँले गर्नुहुने व्यावहारिक काम मात्र देख्छ। तिनीहरू परमेश्वरले कामको एउटा भाग गर्नुभयो, र देहधारी परमेश्वरले गर्नसक्नुहुने काम यही मात्र हो भनेर मात्रै विश्वास गर्छन्। देहधारी परमेश्वरले अहिले यही काम मात्र गरिरहनु भए पनि, उहाँसँग वास्तवमा ईश्वरत्वको सम्पूर्ण सार छ भनेर एक जनाले पनि विश्वास गर्दैन। यो कुरा कसैले विश्वास गर्दैन।

केही मानिसहरू यसो भन्छन्: “देहधारी परमेश्वरलाई जान्न अति गाह्रो छ। उहाँ सीधै काम गरिरहनु भएको आत्मा हुनुभएको भए, र हामीले परमेश्वरको शक्ति र अख्तियार सीधै देख्न सक्ने भए, परमेश्वरलाई चिन्न हामीलाई सजिलो हुनेथियो।” के यो तर्कसङ्गत भनाइ हो? म तिमीहरू सबैलाई एउटा प्रश्न सोध्छु: “देहधारी परमेश्वरलाई चिन्न सजिलो छ कि परमेश्वरको आत्मालाई? यदि देहधारी परमेश्वर र यहोवाले उही मात्रामा काम गर्नुभयो भने, कसलाई चिन्न सजिलो हुनेछ?” उहाँहरू दुवैजनालाई चिन्न सजिलो छैन भनेर भन्न मिल्छ। जब देहधारी परमेश्वरले सुरुमा काम गर्न र बोल्न थाल्नुभयो, के मानिसहरू उहाँलाई बुझ्न असमर्थ भएनन् र? के तिनीहरू सबैले उहाँलाई गलत बुझेनन् र? परमेश्वरले किन आफ्नो काम गरिरहनुभएको छ भनेर कसैलाई थाहा छैन। यदि मानिसहरू आत्मिक मामलाहरू बुझ्छन् भने, तिनीहरूलाई परमेश्वरलाई जान्न सजिलो हुन्छ, तर यदि तिनीहरूसँग आत्मिक बुझाइ छैन र तिनीहरूले उहाँका वचन बुझ्न सक्दैनन् भने, तिनीहरूलाई उहाँलाई चिन्न गाह्रो हुन्छ। यो तथ्य हो। यद्यपि, परमेश्वरका वचन खाएर र पिएर अनि न्याय, सजाय, निराकरण र काट-छाँटबाट गुज्रेर सत्यताप्रेमीहरूले अन्तत: सत्यता बुझ्छन्, स्वभावमा रूपान्तरण हासिल गर्छन् र देहधारी परमेश्वरबारे साँचो ज्ञान प्राप्त गर्छन्। यसले सीधै सत्यता व्यक्त गरिरहनुभएका देहधारी परमेश्वरलाई चिन्न तुलनात्मक रूपमा सजिलो छ, तर त्यसको लागि निश्चित अनुभवहरूबाट गुज्रनुपर्छ भन्ने कुरालाई पुष्टि गर्छ। जब आत्माले काम गर्नुहुन्छ, उहाँले सम्भवत: यति धेरै सत्यताहरू व्यक्त गर्न सक्नुहुन्न, उहाँले मानिसहरूलाई उत्प्रेरित गर्न वा अन्तर्दृष्टि दिन मात्र सक्नुहुन्छ, र त्यस्तो अवस्थामा मानिसहरूले सत्यता कति बुझ्न सक्छन् भन्ने कुराको सीमितता हुनेछ। मानिसहरूले जतिसुकै वर्ष आत्माको काम अनुभव गरे पनि, त्यसबाट तिनीहरूले त्यति अर्थपूर्ण लाभहरू पाउनेछैनन्, जति तिनीहरूले देहधारी परमेश्वरको काम अनुभव गरेर पाउनेछन्। यस्तो किन हुन्छ भने देहधारी परमेश्वरको काम सबैले देख्न र छुन सक्ने हुन्छ, र उहाँले आफूलाई जुनै पनि समय र स्थानमा व्यक्त गर्न सक्नुहुन्छ। उहाँका वचनहरू धेरै छन् र स्पष्ट छन्, र सबैले तिनलाई बुझ्न सक्छन्। यो एउटा स्पष्ट फाइदा हो र यो मानिसहरू आफैले अनुभव गर्न सक्ने कुरा हो। जब आत्माले काम गर्नुहुन्छ, उहाँ केही वचन बोलेपछि जानुहुन्छ—मानिसहरूले आज्ञापालन गरेर तिनको कार्यान्वयन मात्र गर्छन्, तर के मानिसहरूलाई वास्तवमा के भइरहेको छ भनेर थाहा हुन्छ त? के मानिसहरूले यी वचनबाट यहोवाको स्वभाव जान्न सक्छन् त? केही मानिसहरू भन्छन्: “आत्मालाई चिन्न सजिलो छ, आत्मा परमेश्वरको वास्तविक स्वरूप बोकेर काम गर्न आउनुहुन्छ। उहाँलाई चिन्न कसरी सजिलो छैन र?” हो, तँ उहाँको बाहिरी स्वरूपलाई चिन्छस्, तर के तँ परमेश्वरको सारलाई चिन्न सक्छस्? अहिले, परमेश्वर एक साधारण र सामान्य व्यक्ति हुनुहुन्छ, र मानिसहरूलाई उहाँलाई सम्पर्क गर्न सजिलो छ जस्तो लाग्छ। यद्यपि, जब उहाँका सार र स्वभाव प्रकट हुन्छन्, के मानिसहरूले ती कुरालाई सजिलै चिन्छन् त? के मानिसहरूले आफ्ना धारणासँग नमिल्ने उहाँका वचनहरूलाई सजिलै स्विकार्छन् त? केही मानिसहरू भन्छन्: “देहधारी परमेश्वरलाई चिन्न गाह्रो छ। यदि परमेश्वर पछि रूपान्तरित हुनुभयो भने, परमेश्वरलाई चिन्न कति सजिलो हुनेथियो।” यसो भन्ने मानिसहरूले पूरै जिम्मेवारी देहधारी परमेश्वरमाथि नै राखिदिन्छन्। के त्यस्तै नै हुन्छ त? परमेश्वरका आत्मा आउनुभयो भने पनि तँ उहाँलाई बुझ्न अझै पनि असमर्थ नै हुनेछस्। जब आत्माले काम गर्नुहुन्छ, उहाँ मानिसहरूसँग बोलिसक्ने बित्तिकै जानुहुन्छ, र उहाँले तिनीहरूलाई त्यति सम्झाउनुहुन्न, र साधारण तरिकाले तिनीहरूसँग सम्बन्ध गाँस्नुहुन्न र जिउनुहुन्न, त्यसैले मानिसहरूसँग परमेश्वरसँग सीधै सम्पर्क गर्ने वा उहाँलाई चिन्ने मौका हुँदैन। मानिसहरूलाई देहधारी परमेश्वरको कामले अत्यधिक लाभ दिन्छ। त्यसले मानिसहरूमाझ ल्याउने सत्यताहरू अझ बढी व्यावहारिक हुन्छन्। त्यसले मानिसहरूलाई व्यावहारिक परमेश्वर स्वयम्लाई देख्न मद्दत गर्छ। यद्यपि, देहधारणको सार र आत्माको सार चिन्न उत्तिकै गाह्रो छ। यी कुराहरू चिन्न उतिकै कठिन हुन्छन्।

परमेश्‍वरलाई चिन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको खुशी, रिस, दुःख र सुख बुझ्‍न सक्नु, र यसरी उहाँको स्वभाव चिन्‍नु हो—परमेश्‍वरलाई साँचो रूपमा चिन्‍नु भनेको यही हो। तैँले उहाँलाई देखेको छु भनेर दावी गर्छस्, तैपनि तैँले अझै उहाँको खुशी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछस्। यो परमेश्‍वरबारेको ज्ञान होइन। कतिपय मानिसहरूले परमेश्‍वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् नै भन्‍ने हुँदैन। साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो। परमेश्‍वरको साँचो आज्ञापालन नगर्नेहरूले साँचो रूपमा उहाँमा विश्‍वास गरेका हुँदैनन्—भिन्‍नता यहीँ हुन्छ। जब तैँले परमेश्‍वरलाई धेरै वर्षदेखि पछ्याएको हुन्छस्, र तँसँग परमेश्‍वरको बारेमा ज्ञान र बुझाइ हुन्छ, जब तँसँग परमेश्‍वरको इच्‍छाको बारेमा केही बुझाइ र समझ हुन्छ, जब तँलाई मानिसलाई मुक्ति दिने परमेश्‍वरको सावधानीपूर्ण अभिप्रायको बारेमा थाहा हुन्छ, त्यस बेला तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्छस्, साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्छस्, परमेश्‍वरलाई साँचो प्रेम गर्छस्, र साँचो रूपमा परमेश्‍वरको आराधना गर्छस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तर परमेश्‍वरको ज्ञान पछ्याउदैनस्, र परमेश्‍वरको इच्‍छा, उहाँको स्वभाव, र उहाँको कामको बारेमा तँसँग कुनै बुझाइ छैन भने, तँ केवल परमेश्‍वरको निम्ति भौँतारिने र अधिकांशले जे गर्छन् त्यही अनुसरण गर्ने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण पनि भन्‍न सकिन्‍न, साँचो आराधना त परको कुरा हो। साँचो आराधना कसरी हुन्छ त? निस्सन्देह नै, परमेश्‍वरलाई देख्‍ने र साँचो रूपमा परमेश्‍वरलाई चिन्‍नेहरू सबैले परमेश्‍वरको आराधना गर्छन् र उहाँको डर मान्छन्; तिनीहरू सबै दण्डवत् र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्‍वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्‍नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको डर मान्नेछन्। सामान्यत: मानिसहरूसँग परमेश्‍वरबारे जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसैकारण तिनीहरूले परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्‍वरलाई चिन्थे र देख्थे भने, तिनीहरू डरले काँप्‍थे र भुइँमा लम्पसार पर्थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्‍न पनि म योग्य छैन” (मत्ती ३:११)—यूहन्‍नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग परमेश्‍वारबारे गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्‍वर तेजस्वी हुनुहुन्छ भन्‍ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्‍वरको डर मान्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरू कसरी परमेश्‍वरको डर मान्न सक्छन् र? यदि मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्‍वरको स्वभाव नै बुझ्छन् भने, तिनीहरू व्यावहारिक परमेश्‍वरको साँचो आराधना गर्न सक्षम हुने कुरै आउँदैन। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँको अवज्ञा गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्‍वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्‍वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्‍वरत्वको बारेमा जान्‍नुपर्छ। यो परमेश्‍वरलाई जान्‍ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्‍वरमाथि विश्‍वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।

अंश २९

कतिपय मानिसहरू सोध्छन्, “परमेश्वर मानव हृदयको गहिराइसम्म नियाल्नुहुन्छ, अनि परमेश्वरको देह र आत्मा एक हो। परमेश्वरलाई मानिसहरूले भन्ने र गर्ने सबै कुराबारे थाहा हुन्छ, त्यसोभए के परमेश्वरलाई म अब उहाँमा विश्वास गर्छु भन्ने कुरा थाहा छ?” यी कुराहरू देहधारी परमेश्वर अनि उहाँको आत्मा र देहबीचको सम्बन्धलाई कसरी बुझ्ने भन्ने प्रश्नसँग सम्बन्धित छन्। कतिपय मानिसहरूलाई परमेश्वर व्यावहारिक हुनुभएकाले उहाँलाई यो कुरा थाहा नहुन सक्छ भन्ने लाग्छ, तैपनि अन्य मानिसहरूलाई भने परमेश्वरको देह र आत्मा एकै भएकाले उहाँलाई यो कुरा थाहा छ भन्ने लाग्छ। परमेश्वरलाई बुझ्नु भनेको मुख्यतया उहाँको सार र उहाँको आत्माका गुणहरू बुझ्नु हो, र मानिसले परमेश्वरको देह वा उहाँको आत्मालाई कुनै कुरा थाहा हुन्छ वा हुँदैन भन्ने कुरा निर्धारण गर्ने प्रयास गर्नु हुँदैन; परमेश्वर बुद्धिमानी र अद्भुत हुनुहुन्छ, उहाँ मानिसका निम्ति अज्ञेय हुनुहुन्छ। देह र आत्मा, अनि मानवता र ईश्वरत्व—यी तिमीहरूले स्पष्टसँग नबुझेका कुराहरू हुन्। जब परमेश्वर देह बन्नुहुन्छ र आत्मा देहमा अभिव्यक्त हुन्छ, तब उहाँको सार ईश्वरीय हुन्छ, र त्यो एक मानव व्यक्तिको सार र मानव शरीरभित्र बस्ने आत्माभन्दा पूर्ण रूपमा भिन्न हुन्छ; यी दुई बिलकुलै फरक कुराहरू हुन्। मान्छेको सार र उसको आत्मा सोही व्यक्तिसँग गाँसिएको हुन्छ। परमेश्वरको आत्मा उहाँको देहमा गाँसिएको भए तापनि उहाँ अझै सर्वशक्तिमान हुनुहुन्छ। उहाँले आफ्नो देहभित्रबाट काम गरिरहनुभएको बेला उहाँको आत्माले पनि सबै ठाउँमा काम गरिरहेको हुन्छ। तैँले “परमेश्वर वास्तवमा कसरी सर्वशक्तिमान हुनुहुन्छ? मलाई देखाउनुहोस् र स्पष्ट पार्नुहोस्” भनी सोध्न सक्दैनस्। यसलाई स्पष्ट रूपमा देख्ने कुनै उपाय छैन। देहले उहाँको काम गर्दा पवित्र आत्माले मण्डलीहरूमा कसरी काम गर्नुहुन्छ भन्ने देख्नु तेरा लागि पर्याप्त हुन्छ। परमेश्वरको आत्मामा सर्वशक्तिमान हुने विशेषता छ; उहाँ सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ र आफूले रोजेकाहरूलाई मुक्ति दिनुहुन्छ, र त्यसैबेला देहले उहाँको काम गरिरहँदा, उहाँ मानिसहरूलाई अन्तर्दृष्टि दिन मण्डलीहरूमा काम गर्नुहुन्छ। तैँले आत्मा मण्डलीहरूमाझ काम गरिरहँदा देहमा आत्मा हुँदैन भनेर भन्न मिल्दैन। यदि तैँले त्यसो भनिस् भने, तैँले परमेश्वरको देहधारणलाई नकारेको हुँदैन र? तथापि, त्यस्ता कुराहरू पनि हुन्छन्, जुन देहलाई थाहा हुँदैन। यो थाहा नहुनु ख्रीष्टको सामान्य र व्यावहारिक पक्ष हो। परमेश्वरको आत्मा देहभित्र ठोस रूपले अभिव्यक्त भएको कुराले परमेश्वर स्वयम् उक्त्त देहको सार हुनुहुन्छ भन्ने प्रमाणित गर्छ। परमेश्वरको आत्मालाई उहाँको देहलाई थाहा नभएको कुरा पहिले नै थाहा हुन्छ, त्यसकारण उहाँलाई त्यो कुरा पहिले नै थाहा हुन्छ भनेर भन्न सकिन्छ। यदि तँ देहको व्यावहारिक पक्षका कारण आत्माको पक्षलाई नकार्छस् भने, परमेश्वर स्वयम् नै यो देह हुनुहुन्छ भन्ने कुरालाई पनि नकार्छस्, र तैँले फारिसीहरूले गरेजस्तै गल्ती गरेको हुन्छस्। कतिपय मानिस भन्छन्, “परमेश्वरको देह र आत्मा एकै भएकाले हामीले सुसमाचार सुनाउँदा परमेश्वरका निम्ति एक पटकमा कति जनाको मन जितेका छौँ भन्ने कुरा उहाँलाई थाहा हुन्छ होला। आत्मालाई थाहा हुने भएकाले देहले पनि त्यसबारे थाहा पाउँछ, किनकी ती त एकै हुन्!” तेरो यस्तो भनाइले देहको सारलाई नकार्छ। देहसँग उहाँको व्यावहारिक र सामान्य पक्ष हुन्छ: देहले कतिपय कुराहरू थाहा पाउन सक्छ भने कतिपय कुराहरू देहले थाहा पाउन जरुरी हुँदैन। त्यो उहाँको सामान्य र व्यावहारिक पक्ष हो। कतिपय मानिस भन्छन्, “आत्मालाई थाहा भएको कुरा देहलाई पनि पक्कै थाहा हुन्छ।” यो अलौकिक कुरा हो र यसो भन्नु भनेको देहको सारलाई नकार्नु हो। देहधारी परमेश्‍वर सामान्य र व्यावहारिक हुनुहुन्छ। उहाँ मानिसले केही मामलाहरूका सन्दर्भमा कल्पना गरेजस्तो, तिनीहरूलाई नदेखी वा नछोई रहस्यमय तरिकाले ठाउँ र भूगोलमा सीमित नभई तिनीहरूलाई जान्‍न सक्‍नुहुन्‍न। त्यो त देह नभई आत्मिक शरीर हो। येशू मृत्युबाट पुनरुत्थान हुनुभएपछि, उहाँ प्रकट र गायब हुन, अनि पर्खाल पार गरेर कोठाहरूमा प्रवेश गर्न सक्‍नुहुन्थ्यो, तर उहाँ त पुनरुत्थान हुनुभएका येशू हुनुहुन्थ्यो। पुनरुत्थान हुनुभन्दा अगाडि येशू पर्खाल पार गरेर कोठाहरूमा प्रवेश गर्न सक्‍नुहुन्‍नथियो। उहाँ ठाउँ, भूगोल र समयद्वारा नियन्त्रित हुनुहुन्थ्यो। देहको सामान्यता यही नै हो।

परमेश्वरको देहधारणबारे थाहा पाउनु साधारण कुरा होइन—तैँले यसलाई परमेश्वरको वचनका आधारमा विभिन्न कोणबाट हेर्नैपर्छ, समग्र रूपमा विचार गर्नुपर्छ र तेरो ज्ञानलाई नियम वा तेरा कल्पनाहरूमा आधारित गर्नबाट पूर्ण रूपले जोगिनुपर्छ। तँ परमेश्वरको देह र आत्मा एकै हो र आत्मालाई थाहा भएका सबै कुरा देहलाई पनि थाहा हुन्छ, तर देहको सामान्य र व्यावहारिक पक्ष पनि हुन्छ भनेर भन्छस्। अझ भन्नुपर्दा, यसको अर्को पक्ष पनि छ, त्यो हो, देहले काम गरिरहेको समयमा, त्यो काम गर्ने परमेश्वर स्वयम् नै हुनुहुन्छ: आत्मा र देह दुवैले काम गरिरहनुभएको हुन्छ, तर मुख्यत: काम गर्ने भनेको देह नै हो—देहले मुख्य भूमिका खेल्नुहुन्छ भने आत्माले मानवलाई अन्तर्दृष्टि दिन, अनि मार्गदर्शन, सहायता, सुरक्षा र रेखदेख गर्नका लागि निश्चित कार्य गर्नुहुन्छ। देहको कामले मुख्य भूमिका खेल्छ—यदि उहाँले कुनै व्यक्तिका बारेमा थाहा पाउन चाहनुभयो भने, त्यो उहाँका निम्ति अत्यन्तै सजिलो कुरा हो। कुनै व्यक्तिले कसैको बारेमा थाहा पाउन चाहँदा, यदि उसले उक्त्त व्यक्तिको व्यवहारलाई धेरै पटक नियालेको छैन भने, उसको बारेमा अन्तर्दृष्टि प्राप्त गर्न सक्दैन। मान्छेले अन्य मानिसहरूको प्रकृति सारलाई जान्न सक्दैन, तर देहधारी परमेश्वरलाई कुनै व्यक्ति कस्तो खालको हो, साथै उसको व्यवहार र सार कस्तो छ भन्ने कुराको सधैँ बोध हुन्छ र उहाँ सधैँ सो कुरा निर्धारण गर्न सक्नुहुन्छ। उहाँमा त्यस्तो सुझबुझ नहुनु असम्भव छ। उदाहरणका लागि, उहाँ कुनै व्यक्तिले कसरी व्यवहार गर्छ, उसले के गर्न सक्छ, के र कुन हदसम्म दुष्कर्म गर्न सक्छ भन्ने कुरा जान्नुहुन्छ र बुझ्नुहुन्छ। कतिपय मानिस भन्छन्, “यदि परमेश्वर सबै कुरा बुझ्नुहुन्छ भने, के उहाँलाई थाहा छ, म अहिले कहाँ छु?” यो थाहा पाउनु आवश्यक छैन। किनकि परमेश्वरले कुनै व्यक्तिलाई बुझ्नु भनेको ऊ हरेक दिन कहाँ हुन्छ भनेर थाहा पाउनु होइन। यो कुरा थाहा पाउनु जरुरी छैन। कुनै व्यक्तिले स्वभावअनुसार के गर्नेछ भनेर बुझ्नु पर्याप्त हुन्छ, र उहाँलाई आफ्नो काम गर्न त्यति बुझ्नु नै यथेष्ट हुन्छ। परमेश्वर आफ्नो काममा व्यावहारिक हुनुहुन्छ। अरू मानिसहरूले कल्पना गरेजस्तो, परमेश्वरले कुनै व्यक्तिका बारेमा जान्न चाहेमा, उक्त्त व्यक्ति कहाँ छ, उसले के सोचिरहेको छ, के बोलिरहेको छ, पछि के गर्नेछ, कस्तो कपडा लगाउँछ, ऊ कस्तो देखिन्छ, आदि जस्ता कुराहरू उहाँले थाहा पाउनैपर्छ भन्ने छैन। वास्तवमा, परमेश्वरले आधारभूत रूपमा गर्नुहुने मुक्ति दिने कामका लागि ती कुराहरू थाहा पाउनु आवश्यक छैन। परमेश्वर उक्त्त व्यक्तिको सार र जीवन प्रगतिको प्रक्रिया जान्ने कुरामा मात्र ध्यान दिनुहुन्छ। जब परमेश्वरले देहधारण गर्नुहुन्छ, देहका सबै अभिव्यक्तिहरू व्यावहारिक र सामान्य हुन्छन्, र यो व्यावहारिकता र सामान्यताको उद्देश्य मानवजातिमाथिको विजय र तिनीहरूको मुक्तिको कार्य पूरा गर्नु हो। तर, देहको व्यावहारिकता र सामान्यता भनेको परमेश्वरको आत्मा उहाँको देहमा जिउनुको सबैभन्दा सामान्य अभिव्यक्ति हो भन्ने कुरा कसैले बिर्सनै हुँदैन। त्यसोभए, के तँलाई आत्मालाई यी मानवीय कुराहरू थाहा हुन्छ भन्ने लाग्छ? आत्मालाई थाहा हुन्छ, तैपनि उहाँ ती कुराहरूलाई ध्यान दिनुहुन्न। त्यसकारण देहले तेरा ती कुराहरूको पनि वास्ता गर्नुहुन्न। जे भए पनि, परमेश्वरको आत्मा र देह एकै हुन्, र यो कुरालाई कसैले नकार्न सक्दैन। कहिलेकाहीँ तँमा केही सोच र विचारहरू उत्पन्न हुन्छन्—के तैँले सोचिरहेको कुरा आत्मालाई थाहा हुन्छ? आत्मालाई त्यो कुरा अवश्यै थाहा हुन्छ। परमेश्वरको आत्माले मानवजातिको हृदयको गहिराइमा नियाल्नुहुन्छ र उहाँलाई मानिसहरूले के सोच्छन्, त्यो थाहा हुन्छ, तर उहाँको काम हरेकको सोच र विचारहरूका बारेमा सचेत हुनु मात्र होइन। बरु, उहाँको काम त मानिसहरूको सोच र विचार परिवर्तन गर्न, तिनीहरूको सोचाइ र दृष्टिकोण बदल्न, अनि अन्तत: तिनीहरूको भ्रष्ट स्वभावमा बदलाव ल्याउन देहभित्रबाटै सत्यता व्यक्त गर्नु हो। कतिपय कुराबारे तिमीहरूको सोच एकदमै अपरिपक्व छ। तिमीहरूलाई देहधारी परमेश्वर सर्वज्ञ हुनुपर्छ भन्ने लाग्छ। कतिपय मानिसहरू देहधारी परमेश्वरलाई थाहा हुनुपर्छ भनी कल्पना गरेको कुनै कुरा उहाँलाई थाहा भएन भने, उहाँमाथि शङ्का गर्छन्। मानिसहरूमा देहधारी परमेश्वरको सारबारेको अपर्याप्त बुझाइका कारण यस्तो हुन्छ। केही कुराहरू देहको कामको दायराभन्दा बाहिर रहेकाले उहाँ त्यसबारे चासो लिनुहुन्न। परमेश्वरले आफूले गर्नुपर्ने काम मात्र गर्नुहुन्छ। परमेश्वरले काम गर्ने सिद्धान्त यही हो। के अब तँ यी कुराहरू बुझ्छस्? मलाई भन् त, के तँलाई आफूमा कस्तो आत्मा छ भन्ने थाहा छ? के तँ तेरो आत्मा महसुस गर्न सक्छस्? के तँ तेरो आत्मालाई छुन सक्छस्? के तँ तेरो आत्माले के गरिरहेको छ भन्ने अनुभूति गर्न सक्छस्? तँलाई थाहा छैन, छ त? यदि तँ यस्तो कुरा महसुस गर्न वा छुन सक्छस् भने, तँभित्र रहेको अर्को आत्माले तँलाई बलपूर्वक ती कुराहरू गर्न र भन्न लगाइरहेको हुन्छ। त्यो तँमा अन्तर्निहित नभई तँभन्दा बाहिरको कुरा हो। दुष्ट आत्माहरूले काम गरेकाहरूमा यो कुराको गहन बुझाइ हुन्छ। परमेश्वरको देहको व्यावहारिक र सामान्य पक्ष भएता पनि, मानवका रूपमा उहाँलाई यत्तिकै परिभाषित गर्न वा उहाँबारे निष्कर्षमा पुग्न सकिँदैन। परमेश्‍वरले मानिसझैँ बन्नका लागि आफूलाई विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ; उहाँका कार्यहरू अज्ञेय छन् र मानिसहरूले तिनलाई बुझ्न सक्दैनन्।

अघिल्लो: परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू

अर्को: कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्