७८. मेरो छनोटप्रति मलाई कुनै पछुतो छैन
म ९० को दशकमा जन्मेकी हुँ, र माध्यमिक विद्यालयमा छँदा मलाई रोमान्स नाटकहरूको लत लाग्यो। जब-जब म नायक र नायिकाबीचको अटल प्रेम देख्थेँ, विशेष गरी जब नायकले नायिकाको हेरचाह गर्थ्यो, मलाई ईर्ष्या लाग्थ्यो, र म कुनै दिन मेरो पनि यस्तै प्रेम होस् भन्ने आशा गर्थेँ। मलाई लाग्थ्यो, मलाई प्रेम गर्ने व्यक्ति भेट्टाउनु र सुखदुःखमा सँगै रहनु नै सबैभन्दा खुसी र अर्थपूर्ण जीवन जिउने तरिका हो।
सन् २००९ को अप्रिलमा, मैले परमेश्वरलाई भेट्टाएको केही समयपछि वेनबिनलाई भेटेँ। ऊ मभन्दा चार वर्ष जेठो थियो, र ऊ निष्कपट, इमानदार, परिपक्व र स्थिर थियो, अनि मप्रति निकै विचारशील र हेरचाह गर्ने स्वभावको थियो। जब-जब म ऊसँग रिसाउँथे, ऊ सधैँ मलाई सहन्थ्यो। प्रायजसो, केही हुँदा, ऊ पहिले मेरो राय सोध्थ्यो, र सधैँ मेरो कुरा मान्थ्यो र मेरो छनौटलाई सम्मान गर्थ्यो। मलाई ऊसँग सहज महसुस हुन्थ्यो। हाम्रा आफन्त र साथीभाइहरूले पनि मेरो ईर्ष्या गर्थे, र उनीहरू वेनबिनले मेरो हरेक कुरा मान्छ, र आजभोलि यस्तो मान्छे पाउन गाह्रो छ भनेर भन्थे। म प्रेमको मिठासमा चुर्लुम्म डुबेकी थिएँ, र यस्तो ख्याल राख्ने प्रेमी पाएकोमा प्रायः आफूलाई भाग्यमानी महसुस गर्थेँ।
जब मैले परमेश्वरका अझ धेरै वचन पढ्दै गएँ, देहधारणमार्फत हुने परमेश्वरको आखिरी दिनहरूको काम मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्नका लागि हो, अनि परमेश्वरमा इमानदारीसाथ विश्वास गर्ने र उहाँको न्याय स्वीकार गरेर शुद्ध हुन सक्नेहरूलाई अर्को युगमा लैजानका लागि हो, र मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको यो अन्तिम चरण हो भन्ने कुरा मैले बुझेँ। मेरा आमाबुबाले पनि परमेश्वरमा विश्वास गर्नुको महत्त्वबारे मसँग अक्सर सङ्गति गर्नुहुन्थ्यो, र यो अत्यन्तै दुर्लभ अवसरलाई कदर गर्न मलाई सम्झाउनुहुन्थ्यो। म वेनबिनलाई सुसमाचार प्रचार गर्न चाहन्थेँ। यदि हामी दुवैले परमेश्वरमा विश्वास गर्न, सँगै सत्यता पछ्याउन, र अन्त्यमा सँगै मुक्ति पाएर राज्यमा प्रवेश गर्न सक्यौँ भने कति आनन्द हुनेथियो! त्यसैले, मैले मिहिन तरिकाले आस्थाप्रतिको उसको मनोवृत्ति पत्ता लगाउने कोसिस गरेँ। ऊ परमेश्वरमा विश्वास गर्दैनथ्यो, र व्यक्तिको भाग्य उसकै हातमा हुन्छ भन्ने ठान्थ्यो। उसले भन्यो, “हामी जवान छौँ, र हाम्रा लागि पैसा नै सबथोक हुनुपर्छ।” उसले मलाई मेरा आमाबुबाले परमेश्वरमा विश्वास गर्नेबारे कुरा गर्दा उहाँहरूको कुरा नसुन्न, र यो संसार परमेश्वरविहीन भएको पनि भन्यो। उसले यी कुराहरू भनेको सुन्दा मलाई वर्णन गर्नै नसकिने अफ्ठ्यारो महसुस भयो। मैले सुरुमा हामी दुवैले परमेश्वरमा विश्वास गर्न सक्छौँ भनेर सोचेकी थिएँ, तर ऊ नास्तिक होला भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। मैले के गर्नुपर्थ्यो? मैले केही ब्रदर-सिस्टरहरू देखेकी थिएँ जसका परिवारले परमेश्वरमा विश्वास गर्दैनथे र उनीहरूलाई रोकटोक गरेका र सताएका थिए, जुन असाध्यै पीडादायी थियो! जस्तै मेरो मामाकी छोरी—विवाह गर्नुअघि, उनी आफ्नो कर्तव्य निर्वाह गर्न र विभिन्न ठाउँमा सुसमाचार प्रचार गर्न सक्रिय थिइन्, तर विवाहपछि उनका नास्तिक श्रीमान्ले उनलाई सताउँथे र उनको आस्थामा रोकटोक गर्थे, अनि हरेक दिन, तिनीहरूबीच कि त वादविवाद हुन्थ्यो कि त कुटपिट नै हुन्थ्यो। पछि, मेरी मामाकी छोरी भेलाहरूमा समेत उपस्थित हुन सकिनन्, र अन्तमा, उनी सम्बन्धविच्छेद गर्न बाध्य भइन्, र बच्चा बुबालाई दिइयो। हरेक पटक आफ्नो बच्चाका बारेमा सोच्दा, उनी धेरै दुःखी हुन्थिन्। म त्यस्तो विवाह वा त्यस्तो पीडा सहन चाहन्नथेँ। वेनबिन परमेश्वरमा विश्वास गर्दैनथ्यो, त्यसैले बिहेपछि उसले मलाई सतायो भने, के म दृढ रहन सकूँला त? केही समयसम्म, के गर्ने भनेर मलाई थाहै थिएन। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, वेनबिन नास्तिक होला भनेर मैले अपेक्षा गरेकी थिइनँ। यति लामो समय सँगै बिताएपछि, मैले धेरै ठूलो भावनात्मक लगानी गरेकी छु। म यो सम्बन्ध छोड्न सक्दिनँ। तर यदि म ऊसँगै बसेँ, र हामी अलग-अलग बाटोमा भएकाले ऊ मेरो आस्थाको मार्गमा तगारो बन्यो भने, मैले के गर्ने? हे परमेश्वर, म कदमा धेरै सानी छु, कृपया मलाई सही छनौट गर्न मार्गदर्शन गर्नुहोस्।” त्यसपछिका दिनहरूमा, मैले विवाहलाई कसरी हेर्ने भन्नेबारे परमेश्वरका वचनहरू पढिरहेँ, र मैले जीवनसाथी छान्ने सिद्धान्तहरू हुने रहेछन् भन्ने बुझेँ। विचार मिल्ने, असल मानवता भएको, र मेरो आआस्थको मार्गमा तगारो नबन्ने व्यक्ति खोज्नु महत्त्वपूर्ण रहेछ। वेनबिन परमेश्वरमा विश्वास गर्दैनथ्यो, हाम्रो विचार मिल्दैनथ्यो र हामी एउटै मार्गमा थिएनौँ, ढिलो-चाँडो हाम्रो सम्बन्ध टुट्ने नै थियो। म जति धेरै भावना लगाउँथेँ, पछि त्यति नै धेरै पीडा महसुस गर्ने थिएँ। त्यस समयमा, यसबारे सोच्नेबित्तिकै, मेरो मुटु दुख्थ्यो। म सम्बन्ध तोड्नेबारे सोच्न पनि सक्दिनथेँ, तर हामी सँगै रहेको खण्डमा, फरक-फरक मार्गमा हिँड्ने थियौँ। मेरो मनमा साँच्चै द्वन्द्व चलिरहेको थियो, त्यसैले मैले आफ्ना पीडा र कठिनाइहरू परमेश्वरलाई बताएँ र उहाँसँग मद्दत मागेँ।
हेर्दाहेर्दै, २०११ को मार्च महिना आयो, र वेनबिनको परिवारले हामीलाई कुरा छिन्न भन्दै थियो। मैले एउटा छनौट गर्नैपर्ने भयो। हृदयमा, मलाई वेनबिन परमेश्वरमा विश्वास गर्दैन, र हामी एउटै मार्गको अन्त्यसम्म सँगै पुग्न सक्दैनौँ भन्ने कुरा प्रस्टसँग थाहा थियो, तर पनि मैले मनमा अझै केही आशा राखेकी थिएँ, “मैले उसलाई कहिल्यै औपचारिक रूपमा परमेश्वरको कामको गवाही दिएकी छैन, र सत्यताप्रतिको उसको मनोवृत्तिबारे मलाई थाहा छैन। यदि ऊ परमेश्वरमा विश्वास गर्दैन तर मेरो आस्थामा रोकटोक गर्दैन भने, हामी अझै सँगै रहन सक्छौँ” भन्ने सोचेर मैले अझै केही आशा राखेकी थिएँ। त्यसैले मैले ऊसँग परमेश्वरमाथिको मेरो आस्थाबारे कुरा गर्ने र उसले कस्तो प्रतिक्रिया दिन्छ भनेर हेर्ने निर्णय गरेँ। म परमेश्वरमा विश्वास गर्छु भन्ने सुन्नेबित्तिकै, उसले रिसले मुट्ठी कसेर भित्तामा हान्ला भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। उसको त्यो व्यवहारले मलाई स्तब्ध बनायो, र मेरो होस खुल्दा, उसको हातबाट रगत बग्न थालिसकेको थियो। जब मैले उसले फेरि भित्तामा हानिरहन लागेको देखेँ, मैले उसको हात समातिहालेँ, तर उसले बलपूर्वक हात छुटायो। जब मैले उसको त्यो असामान्य व्यवहार, उसको एकदमै कठोर हाउभाउ, र उसको आँखामा भएको घृणा देखेँ, ऊ एक अपरिचित व्यक्तिजस्तो लाग्यो, र म डराएँ, अनि सोच्न थालेँ, “के यो त्यही प्रेमी हो जसले पहिले मेरो हरेक कुरा मान्थ्यो? म परमेश्वरमा विश्वास गर्छु भनेको सुन्दा उसले किन यस्तो मनोवृत्ति देखाउँछ? मैले त केवल परमेश्वरमा विश्वास गरेकी हुँ, मैले कुनै नराम्रो काम गरेकी छैन। ऊ किन यस्तो प्रतिक्रिया दिइरहेको छ?” मैले मनमनै प्रार्थना गरिरहेँ, “हे परमेश्वर, यदि उसले साँच्चै मेरो आस्थामा रोकटोक गर्छ भने, म ऊसँग सम्बन्ध तोड्न तयार छु। तर म कदमा निकै सानी छु, र हाम्रो यो दुई वर्षको सम्बन्धलाई छोड्न सक्दिनँ। कृपया मलाई सही छनौट गर्ने शक्ति दिनुहोस्।” प्रार्थनापछि, मैले परमेश्वरद्वारा सुरक्षा गरिएको मेरो अनुभव सुनाएँ, र मैले आफ्नो अडान स्पष्ट पारेँ। ऊ केही बेर चुप लाग्यो, त्यसपछि मेरो आस्थामा तगारो नबन्न सहमत भयो। यदि कुनै दिन ऊ मेरो आस्थामा तगारो बन्यो भने हामी छुट्टिनेछौँ भनेर हामी सहमत भयौँ। यो सुनेर ऊ सुरुमा अवाक् भयो, तर पनि ऊ सहमत भयो।
वेनबिनका दाइ र भाउजूको मानवता राम्रो थियो र उनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्थे, त्यसैले मैले उनीहरूलाई परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिएँ। जब वेनबिनले यो थाहा पायो, ऊ रिसले पड्कियो, र आफ्नो परिवारको अगाडि, उसले मलाई बाहिर निस्केर जान भन्यो, र मलाई फेरि कहिल्यै देख्न नचाहेको भन्यो। उसले मेरो अगाडि आफ्नो फोन जोडले बजाऱ्यो। मैले उसलाई यति धेरै रिसाएको पहिले कहिल्यै देखेकी थिइनँ। घृणा भरिएको आवाजमा उसले भन्यो, “म तेरो आस्थाको मार्गमा तगारो बन्दिनँ, तर मेरो परिवारलाई प्रचार गर्ने कोसिस नगर्!” मेरो आस्थाप्रति ऊ कति प्रतिरोधी रहेछ भन्ने देखेर म चिन्तित भएँ, र सोच्न थालेँ, “उसले मेरो आस्थाको मार्गमा तगारो बन्दिनँ भनेको थियो, तर त्यो त उसलाई म भेलाहरूमा भाग लिन्छु र कर्तव्यहरू पूरा गर्छु भन्ने थाहा नभएर पो रहेछ। यदि उसले थाहा पायो भने, के उसले मेरो बाटोमा तगारो बन्ने कोसिस गर्ला? यदि उसले त्यसो गर्यो भने, हाम्रो अवश्य बाझाबाझ पर्नेछ, र हाम्रो विवाह पनि टुट्न सक्छ। त्यसपछि मैले के गर्ने?” मेरो मनमा द्वन्द्व चल्यो, यदि हामी छुट्टियौँ भने, मैले फेरि कहिल्यै मलाई यति धेरै माया गर्ने अर्को व्यक्ति नभेट्न सक्छु, त्यसपछि म जिउनुको के अर्थ हुन्थ्यो? तर यदि हामी छुट्टिएनौँ भने, हामी बाझाबाझ गरिरहने निश्चित छ, त्यसपछि त्यस्तो जीवनमा कस्तो खुसी हुन सक्छ र? यति सोच्दा मात्रै पनि मेरो मन पीडाले छटपटायो, र म दुविधामा फसेँ। पछि, मैले केही कुराहरूमा हाम्रो दृष्टिकोणमा स्पष्ट भिन्नताहरू रहेछन् भन्ने बुझेँ। उदाहरणका लागि, उसले बिहेपछि हामीले एउटा रेस्टुरेन्ट खोल्नुपर्छ, पैसा कमाएर गाडी, घर, इत्यादि किन्नुपर्छ भन्थ्यो। म भन्थेँ, “मानिसले कति पैसा कमाउन सक्छ त्यो स्वर्गले नै नियोजन गरिदिएको हुन्छ, र हामीलाई जिउनका लागि पर्याप्त भए पुग्छ। पैसा जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु नै जीवनको सही मार्ग हो।” उसले बेखुस हुँदै भन्यो, “पैसा कमाउँदैनौ भने बाँच्नुको के अर्थ? पैसाविना के खाने, के पिउने? तिम्रो कुनै महत्त्वाकाङ्क्षा नै छैन!” यस्ता विवादहरू बारम्बार भइरहन्थे, र मलाई थकित महसुस हुन्थ्यो। हरेक पटक हाम्रो असहमतिले बेखुस बनाउँदा, म सोच्थेँ, “के मैले चाहेको खुसी यही हो? म किन खुसी हुन सकिरहेकी छैन? जीवनमा पछ्याउनुपर्ने सबैभन्दा अर्थपूर्ण कुरा के हो? म यो मेरो जीवन खेर फाल्नबाट कसरी जोगिन सक्छु?” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले सुरुमा वेनबिनसँग बस्दा खुसी मिल्छ, र मैले सधैँ सपना देखेको जीवन यही हो भन्ने सोचेकी थिएँ, तर मैले सोचेजस्तो भएन। हामी फरक-फरक मार्गमा हिँड्छौँ र हाम्रो कुनै विचार आधार छैन, त्यसैले मेरो हृदयले कहिल्यै आजादी पाउन सक्दैन। हरेक दिन मैले गोप्य रूपमा तपाईँका वचनहरू पढ्नुपर्छ र भेलाहरूमा सहभागी हुनुपर्छ किनभने मलाई यी कुराहरूमा झगडा होला भन्ने डर लाग्छ। हे परमेश्वर, म धेरै पीडामा छु, र म यी स्नेहहरूबाट मुक्त हुन चाहन्छु, तर भित्री गहिराइमा, म यो सम्बन्ध छोड्नै सक्दिनँ। कृपया मलाई मद्दत गर्नुहोस्।”
पछि, वेनबिनले केही कुरा महसुस गरेजस्तो देखिन्थ्यो। धेरै पटक, जब म बाहिर गएर फर्किन्थेँ, ऊ अनेक किसिमका प्रश्नहरू सोध्थ्यो। सुरुमा, मैले यसबारे धेरै सोचिनँ, तर एक दिन म चाँडै तयार भएँ र भेलाका लागि निस्कनै लागेकी थिएँ, उसको सधैँको नरम बोली फेरियो र ऊ एकदमै गम्भीर देखियो, अनि भन्यो, “मलाई साँचो भन, तिमी फेरि भेलामा जाँदैछौ?” मैले भनेँ, “हो, जाँदैछु। के भयो र? तिमीले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्दिनँ भनेका होइनौ?” उसले भन्यो, “त्यतिबेला मैले असहमति जनाएको भए, तिमीले मसँग सम्बन्ध तोड्नेथ्यौ। म कसरी त्यसो नभन्न सक्थेँ र? मैले त समयसँगै परमेश्वरमा विश्वास गर्ने तिम्रो इच्छा कमजोर हुँदै जानेछ, र तिमीले विश्वास गर्न छोड्नेछौ भनेर सोचेको थिएँ। पछिल्लो छ महिनामा तिमी झनै आसक्त हुन्छौ भनेर मैले कहिल्यै अपेक्षा गरेको थिइनँ! म अब यो सहन सक्दिनँ। तिमीले म र तिम्रो आस्थाबीच एउटा रोज्नैपर्छ, यदि तिमीले मलाई रोज्यौ भने, तिमीले आफ्नो आस्था त्याग्नुपर्छ!” मलाई थाहा थियो, यदि हामी सँगै बस्यौँ भने, निरन्तर बाझाबझ हुनेथियो, र यो विवाद त सुरुवात मात्र हुनेथियो। तर यदि हामीले साँच्चै सम्बन्ध तोड्यौँ भने, मलाई अझै पनि धेरै हिचकिचाहट महसुस हुने थियो र यो सम्बन्ध त्याग्ने चाहना हुनेथिएन, तर यदि मैले वेनबिनसँग बस्न रोजेँ भने, मैले आफ्नो आस्था त्याग्नुपर्थ्यो। यो परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने महत्त्वपूर्ण क्षण थियो, र मैले पनि सर्वशक्तिमान् परमेश्वरका वचनहरू नै सत्य, मार्ग र जीवन हुन् भनी दृढतापूर्वक विश्वास गर्न थालेकी थिएँ, परमेश्वरको काम अनुभव गरेर मैले परमेश्वरका वचनहरूले कसरी मानिसहरूलाई पखाल्न, तिनीहरूका भ्रष्ट स्वभावलाई समाधान गर्न, र मानिसहरूलाई तिनीहरूको व्यवहार र आत्म-आचरणमा सही दिशा र मार्ग देखाउन सक्छन् भन्ने अनुभव गरेकी थिएँ। परमेश्वरले मानिसहरूलाई दिने सत्यता साँच्चै बहुमूल्य छ, त्यसैले यदि मैले यो अवसर गुमाएँ भने, मलाई यो जीवनभरि पछुतो हुने थियो! मैले आफ्नो आस्था र विवाहबीच एउटा कुरा कसरी रोज्ने? मेरो मनमा द्वन्द्व चलिरहेको थियो, र मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ। मैले एउटा भेलामा पढेको परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र परमेश्वरलाई तेरो गवाही चाहिने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरूले मलाई बुझाए कि झट्ट हेर्दा, वेनबिनले मलाई परमेश्वरलाई पछ्याउनबाट रोकिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, पर्दा पछाडिबाट शैतानले बाधा दिइरहेको थियो। मैले कसरी छनौट गर्छु भनेर परमेश्वर र शैतान दुवैले हेरिरहेका थिए, र मैले परमेश्वरको गवाही दिनुपर्थ्यो। मैले आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेँ र शान्त भएर भनेँ, “म परमेश्वरमा विश्वास गर्न रोज्छु!” वेनबिनले आफ्नो अडान स्पष्ट पार्यो: ऊ मलाई परमेश्वरमा विश्वास गर्न दिनुभन्दा बरु सम्बन्ध तोड्न तयार थियो। म गहिरो निराशामा परेँ, र त्यसपछि, मैले आफूलाई थाम्न सकिनँ र डाँको छोडेर रोएँ। यतिका वर्षपछि, हाम्रो सम्बन्ध वास्तवमा यो मोडमा आइपुग्छ भनेर मैले अपेक्षा गरेकी थिइनँ। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई यस मामिलामा उहाँको अभिप्राय बुझ्न र आफ्नो गवाहीमा दृढ रहन मद्दत गर्न बिन्ती गरेँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र विश्वासमा के पछ्याउनुपर्छ भनी बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अल्पकालिक आनन्दका खातिर तैँले जीवनभरको मर्यादा र निष्ठा गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै निष्ठा वा मर्यादा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू मनन गरेर, मैले विवाह जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, र परमेश्वरमा विश्वास गर्नु, सत्यता प्राप्त गर्नु, र परमेश्वरलाई चिन्नुले नै जीवनलाई अर्थपूर्ण बनाउँछ भन्ने बुझेँ। आखिरी दिनहरूमा, देहधारी परमेश्वर मानिसहरूका बीचमा सत्यता व्यक्त गर्न र मानिसहरूलाई न्याय गर्न र पखाल्न आउनुभएको छ, ताकि तिनीहरूलाई शैतानको शक्तिबाट मुक्ति दिन र अनन्त जीवन प्रदान गर्न सकियोस्। तर मैले अस्थायी शारीरिक आनन्दमा मात्र ध्यान दिएँ। म सत्यता र जीवन प्राप्त गर्नका लागि दुःख भोग्न र मूल्य चुकाउन इच्छुक थिइनँ, यसरी जिएर अन्तमा मैले के पाउन सक्थेँ र? महाविपत्तिहरू आउँदा, मलाई कसले बचाउन सक्थ्यो र? विगतमा, मलाई लाग्थ्यो विवाह सुन्दर हुन्छ, र आफूलाई माया गर्ने व्यक्तिसँग जीवन बिताउँदा जीवन अर्थपूर्ण बन्छ, तर अब मैले आफू अति नै सोझी रहेछु भन्ने महसुस गरेँ। वेनबिन र म फरक-फरक मार्गमा थियौँ: वेनबिनले परमेश्वरमा विश्वास गर्दैनथ्यो, उसले विज्ञानको पूजा गर्थ्यो, र ऊ पैसा कमाउने र उच्च स्तरको जीवन जिउने तरिकाहरू खोज्थ्यो। जबकि म खान र लाउन पाए मात्र सन्तुष्ट हुनुपर्छ, र मानिसहरूले जीवनमा सत्यता पछ्याउनुपर्छ र साँचो मानव स्वरूपमा जिउन खोज्नुपर्छ, सृजित प्राणीहरूको कर्तव्य पूरा गर्नुपर्छ, र सृष्टिकर्ताको अनुमोदन पाउनुपर्छ भन्ने विश्वास गर्थेँ। कामकुराबारे हाम्रा दृष्टिकोणहरू र हाम्रो पछ्याइका लक्ष्यहरू पूर्ण रूपमा फरक थिए, त्यसैले हाम्रो कुनै साझा आधार थिएन। ऊ मप्रति धेरै विचारशील र हेरचाह गर्ने भए पनि, म भित्री रूपमा पीडा र दबाब महसुस गर्थेँ। ऊसँग हुँदा, उसले मसँग बाझाबाझ गर्ला भन्ने डरले, मैले गोप्य रूपमा भेलाहरूमा उपस्थित हुने र परमेश्वरका वचनहरू पढ्ने गर्नुपर्थ्यो, र मलाई भित्री रूपमा अत्यन्तै नियन्त्रित र थकित महसुस हुन्थ्यो। यदि मैले जीवनभर त्यसरी जिउनुपरेको भए, त्यो अति नै पीडादायी हुने थियो। परमेश्वरका वचनहरूले मलाई बुझाए कि जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू भनेको व्यक्तिले सत्यता पछ्याउनु, सृजित प्राणीको कर्तव्य पूरा गर्नु, र सृष्टिकर्ताले दिनुभएको मिसन पूरा गर्नु हो। यस्तो व्यक्तिलाई सृष्टिकर्ताको नजरमा बहुमूल्य मानिन्छ, र उसले अर्थपूर्ण र मूल्यवान् जीवन जिउँछ। जस्तै पत्रुस, उनले आफ्नो जीवन परमेश्वरलाई सन्तुष्ट पार्न सत्यता पछ्याउनमा र आफ्नो कर्तव्य पूरा गर्नमा केन्द्रित हुँदै बिताए, र अन्तमा, उनले परमेश्वरको अनुमोदन प्राप्त गरे। यो बुझेपछि, परमेश्वरमाथिको आस्थाको मार्गमा हिँड्न रोज्नु नै सही रोजाइ हो भन्ने कुरामा म झनै निश्चित भएँ। त्यसपछि मैले आफूलाई आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिमा सक्रिय रूपमा समर्पित गरेँ।
केही समयपछि, वेनबिन र उसका आमाबुबा अचानक मेरो घरमा आए। वेनबिनले आँखाबाट आँसु झार्दै भन्यो, “म यो सम्बन्ध छोड्न सक्दिनँ, तर म तिम्रो आस्था स्वीकार गर्नै सक्दिनँ। के तिमी मेरो लागि आफ्नो आस्था त्याग्न सक्दिनौ? हामी सँगै राम्रो जीवन जिऔँ न।” उसका आमाबुबाले पनि मलाई आफ्नो आस्था त्याग्न आग्रह गरे। मैले यो आफूले गर्नैपर्ने अर्को छनौट हो भन्ने महसुस गरेँ। म शान्त भएँ र सोचेँ, “यदि वेनबिनले मलाई साँच्चै माया गर्छ भने, उसले मेरो आस्थालाई समर्थन गर्नुपर्छ। उसले मेरो आस्थाको यति धेरै विरोध गर्छ—के यो साँचो माया हो? अहँ, म सम्झौता गर्न सक्दिनँ।” त्यसैले, मैले शान्तपूर्वक आफ्नो अडान राखेँ, “म परमेश्वरमा विश्वास गर्न रोज्छु, र मलाई आफ्नो रोजाइको पछुतो हुनेछैन।” जानुअघि, वेनबिनले मलाई किन मैले उसलाई रोजिनँ भनेर सोध्यो, र कतै उसले मलाई राम्रोसँग व्यवहार नगरेको हो कि भनेर सोच्यो। मैले भनेँ, “होइन, तिमीले मलाई राम्रो व्यवहार गरेका छौ। विगतमा, मलाई विवाह जीवनको एउटा ठूलो पाटो हो भन्ने लाग्थ्यो, तर परमेश्वरलाई पाएपछि, मैले विवाह गर्नु जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा होइन रहेछ भन्ने बुझेँ। यदि मैले तिमीसँग रहनका लागि आफ्नो आस्था त्यागेँ भने, बाहिरी रूपमा जीवन सजिलो र आनन्दित देखिएला, शारीरिक आनन्द पनि मिल्ला, तर यसरी जीवन जिउनुको के अर्थ हुन्छ र? के म जिउँदो लासजस्तै जिइरहेकी हुने थिइनँ र? के जीवन भनेको खाने, पिउने, रमाइलो गर्ने, जसोतसो जिउने, र मर्नका लागि पर्खने मात्र हो र? यस्तो जीवनको के मूल्य हुन्छ र? तिमी शारीरिक आनन्द र उच्च स्तरको जीवन पछ्याउँछौ, तर मैले चाहेका कुरा यी होइनन्। म साँचो जीवन जिउन, साँचो मानव स्वरूपमा जिउन, र सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्न खोज्छु। हामी फरक-फरक मार्गमा हिँडिरहेका छौँ, र हामी कहिल्यै एउटै गन्तव्यमा पुग्नेछैनौँ।” यो सुनेपछि वेनबिन चुप लाग्यो, र हाम्रो सम्बन्ध टुङ्गियो।
पछि, मैले विवाह र आस्थाबीच छनौट गर्दा मलाई किन यति धेरै छटपटी भयो भनेर चिन्तन गरेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “हजारौँ वर्षदेखिको ‘राष्ट्रवादको उच्च भावना’ मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडिएको, आदि अवस्थामा राखेको छन्। यी वस्तुगत कारकहरूले मानवताको वैचारिक दृष्टिकोण, आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एक नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेका छैनन्, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावले ओगटेका मानिसहरूका सबै भाग धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले मलाई विवाह र आस्थाबीच छनौट गर्न किन यति गाह्रो भएको थियो भन्ने कुरा बुझेँ। सानै उमेरदेखि टिभी नाटकहरूले मेरो दिमागमा “जीवन बहुमूल्य छ; प्रेम त अझ बढी बहुमूल्य छ,” र “प्रेम नै सर्वोच्च हो” भन्ने कुरा भरेका थिए। यी विचारहरूले मेरो दिमागलाई प्रभावित गरेका र विषाक्त बनाएका थिए, मलाई जीवनमा सबैभन्दा खुसीको कुरा भनेको आफूलाई माया गर्ने व्यक्ति भेट्टाउनु र दुवै जना सँगै वृद्ध हुनु र एकअर्कालाई साथ दिनु हो भन्ने लाग्थ्यो। विशेष गरी जब म नायिकाहरूलाई नायकहरूले हरेक तरिकाले हेरचाह गरेको देख्थेँ, मलाई लाग्थ्यो, तिनीहरू धेरै खुसी छन्, र मैले आफूलाई प्रेम गर्ने व्यक्ति भेट्टाउनुको अर्थ जीवन व्यर्थमा जिइएको छैन भन्ने भ्रामक विश्वास गरेकी थिएँ। वेनबिनले मेरो आस्थाको यति कडा विरोध गरेको र मलाई ऊ र मेरो आस्थाबीच रोज्न लगाएको देख्दा, म पीडा र द्वन्द्वको भावनाले भरिएँ, र मलाई लाग्यो, यदि मैले आफूलाई प्रेम गर्ने व्यक्तिसँग जीवन बिताउन सकिनँ भने, मेरो जीवनको कुनै अर्थ रहनेछैन। परमेश्वरका वचनहरू खाएर र पिएर, मैले प्रेम हुनुले नै जीवनलाई अर्थपूर्ण बनाउँदैन भन्ने कुरा अन्ततः बुझेँ। जस्तै, वेनबिनले सधैँ मेरो ख्याल र हेरचाह गर्ने भए पनि, म प्रायः अझै पनि रित्तो र लाचार महसुस गर्थेँ, र परमेश्वरका वचनहरू पढेर मात्र मेरो हृदयले सान्त्वना पायो। मैले हृदयको खोक्रोपन भौतिक आनन्द वा जीवनसाथीको हेरचाहले भर्न सकिँदो रहेनछ भन्ने महसुस गरेँ। “प्रेम नै सर्वोच्च हो” र “जीवन बहुमूल्य छ; प्रेम त अझ बढी बहुमूल्य छ” जस्ता विचारहरू मानिसहरूलाई छल गर्न शैतानले बोल्ने दुष्ट शब्दहरू हुन्, र शैतानले हामीलाई प्रलोभनमा पार्न र छल गर्न यी कुराहरू प्रयोग गर्ने प्रयास गर्छ, जसले गर्दा हामी अन्धाधुन्ध प्रेम र विवाहको पछि लाग्छौँ, र यी कुराहरूलाई पछ्याउनुपर्ने सही कुरा मान्छौँ, र अन्ततः परमेश्वरबाट टाढा हुन्छौँ, परमेश्वरलाई धोका दिन्छौँ, र मुक्तिको मौका गुमाउँछौँ। यदि परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन नभएको भए, मैले विवाह रोज्ने थिएँ र सत्यता पछ्याउने र परमेश्वरद्वारा मुक्ति दिइने मौका गुमाउने थिएँ। यो सोचेर, परमेश्वरलाई पछ्याउने र विश्वास गर्ने मेरो सङ्कल्प झनै दृढ भयो।
वेनबिन बारम्बार मेरो आस्थामा तगारो बनेपछि, मैले बिस्तारै उसको सार छर्लङ्गै देखेँ। वेनबिन बाहिरबाट हेर्दा कोमल, मिलनसार र मित्रवत् देखिन्थ्यो, तर ऊ नास्तिक थियो, र मेरो आस्थाबारे सुन्नेबित्तिकै, ऊ रिसाउँथ्यो, र उसका आँखाहरू राता हुन्थे। उसका प्रकटीकरणहरू शत्रुताले भरिएका थिए, र उसमा पिशाचको सार थियो। परमेश्वरले भन्नुभए झैँ: “ती विश्वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। एउटा सामान्य व्यक्तिले आस्था स्वीकार गर्दैन भने पनि, ऊ शत्रुवत् हुँदैन। पिशाचहरूले मात्र परमेश्वरलाई घृणा गर्छन्, र वेनबिनमा साँच्चै पिशाचको सार थियो। त्यसपछि मैले परमेश्वरका वचनहरू पढेँ: “पतिले आफ्नी पत्नीलाई किन प्रेम गर्छ? पत्नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमाले आफ्ना छोराछोरीहरूलाई किन पुलपुल्याउँछन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू बोकेका हुन्छन्? के उनीहरूको आशय उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नु होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मैले आफूले अरू केटीहरूजस्तो जथाभावी पैसा खर्च नगर्ने, र मेरो कुनै नराम्रो बानी नभएको हुनाले वेनबिन मप्रति दयालु भएको बारेमा सोचेँ। म उसका आमाबुबालाई पनि राम्रो व्यवहार गर्थेँ, म उसको परिवारका लागि कडा मेहनत गर्थेँ, र म फोहोर काम गर्न वा पसिना बगाउन डराउँदिनथेँ। यी कुराहरूले उसलाई फाइदा गर्थ्यो। तर जब उसले म परमेश्वरमा विश्वास गर्छु भन्ने थाहा पायो, तब उसलाई मैले ऊसँगै पैसा कमाउनेछैन भन्ने चिन्ता लाग्यो, र यसले उसको हितलाई असर पार्ने हुँदा, ऊ अत्यन्तै कटुतापूर्ण र प्रतिरोधी बन्यो। जब-जब म आस्थाको कुरा उठाउँथेँ, ऊ मेरो भावनाको बिलकुलै ख्याल नगरी मलाई हप्काउँथ्यो र होच्याउँथ्यो। मैले ऊसँग बिहे गरिसकेकी थिइनँ, र मैले उसको हितमा असर खासै पारेकी थिइनँ, तैपनि उसले मलाई यस्तो व्यवहार गर्न थालिसकेको थियो। हामीले विवाह गरेपछि, जब मैले आफूलाई आफ्नो कर्तव्यप्रति समर्पित गर्न थालेँ, उसले मलाई अझ बढी रोकटोक गर्ने र सताउने निश्चित थियो, र सायद मसँग सम्बन्धविच्छेद पनि गर्थ्यो होला। व्यक्तिगत हितलाई प्राथमिकता दिने र परमेश्वरलाई घृणा गर्ने व्यक्तिको साथ रहेर कसरी खुसी हुन सकिन्थ्यो र?
वेनबिनसँग छुट्टिएपछि, मेरो मनमा धेरै हलुका महसुस भयो, र मैले कुनै बन्धनविना परमेश्वरका वचनहरू पढ्न, भेलाहरूमा उपस्थित हुन र आफ्ना कर्तव्यहरू पूरा गर्न सक्थेँ। मैले यो अन्तिम युगमा परमेश्वरको देखापराइको साक्षी बन्न पाउनु, परमेश्वरका वचनहरूद्वारा पखालिन र सिद्ध पारिन स्विकार्नु, र सृजित प्राणीको कर्तव्य पूरा गर्नु साँच्चै ठूलो आशिष् हो भन्ने सोचेँ, र मेरो हृदय मिठास र आनन्दले भरिएको महसुस भयो। अब म आफ्नो आस्था र आफ्नो कर्तव्यमा आफूलाई पूर्ण रूपमा समर्पित गर्न सक्छु। यो मेरा लागि परमेश्वरको प्रेम र मुक्ति हो, र म हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!