५४. अब म आफ्नो भाग्य खोटो छ भनेर गुनासो गर्दिनँ
म गरिब गाउँले परिवारमा जन्मेकी थिएँ। म हाई स्कुलमा पढ्दा, मेरा आमाबाबुले पढाइ खर्च धान्न सक्नुभएन, त्यसैले उहाँहरूले मेरा काकासँग पैसा सापटी माग्ने प्रयास गर्नुभयो। तर, मेरी काकी हामीले तिर्न सक्दैनौँ भनेर डराउनुभयो र पैसा दिन मान्नुभएन। मैले मनमनै सोचेँ, “मैले कलेजमा भर्ना हुन र आसपासका मानिसहरूलाई मेरो परिवारको सम्मान गर्न लगाउन कडा मेहनत गर्नैपर्छ।” म विद्यालयमा हुँदा, पैसा बचाउनका लागि घरबाट ल्याएको रोटी मात्र खान्थेँ। दीर्घकालीन कुपोषणका कारण मस्तिष्कमा रगतको आपूर्ति अपर्याप्त हुँदा मलाई लगातार रिँगटा लाग्थ्यो र म बेहोस हुने गर्थेँ, जसले मेरो पढाइको प्रभावकारितामा असर गर्यो। अन्त्यमा, म कलेज प्रवेश परीक्षामा अनुत्तीर्ण भएँ। म ग्वाँग्वाँ रुन थालेँ र आफ्नो भाग्य खोटो रहेछ भनी गुनासो गरेँ। तर, म यो भाग्य स्विकार्न इच्छुक थिइनँ। उच्च डिग्री प्राप्त गर्न र अरूभन्दा अब्बल हुनका लागि, म वयस्क स्वयम्-सिकाइ परीक्षा, लेखा प्रशिक्षण कोर्सहरूमा पनि भर्ना भएँ, र मैले निजामती सेवा परीक्षा पनि दिएँ। तर, आफ्ना सबै प्रयासका बाबजुद, म अन्त्यमा अनुत्तीर्ण भएँ। त्यसैले, म एउटा कारखानामा काम गर्न गएँ। कार्यशाला तथ्याङ्कशास्त्री बन्न र अरूको प्रशंसा पाउन, म ओभरटाइम काम गर्थेँ र तथ्याङ्कशास्त्रीको पेसागत ज्ञान अध्ययन गर्न राति अबेरसम्म बस्थेँ जबकि अरूहरू भने आराम गरिरहेका हुन्थे। म हरेक दिन दश घण्टाभन्दा बढी काम गरेर थकित हुन्थेँ। त्यसमाथि, म हरेक दिन ओभरटाइम काम गर्ने र राति अबेरसम्म जागा रहने पनि गर्थेँ। यति कडा परिश्रम गर्दा मलाई रिँगटा लाग्थ्यो र थकित महसुस हुन्थ्यो, र म काममा निदाउने समेत गर्थेँ। फलस्वरूप, मैले उत्पादन परिमाणको तथ्याङ्क गलत निकालेँ, जसले गर्दा कारखानाले झण्डै ठूलो घाटा बेहोर्नुपऱ्याे। टोली अगुवाले कार्यशालाका सबै कर्मचारीसामु मेरो आलोचना गरे। त्यतिबेला मलाई एउटा दुलो खोजेर त्यसैभित्र छिरूँ जस्तो लागेको थियो। मेरो टाउको रन्थन्नियो, र म त्यहीँ बेहोस भएँ। त्यसयता, म स्नायुजन्य श्रवण हानिबाट पीडित हुँदै आएको छु, र म कुनै पनि उत्तेजना सहन सक्दिनँ। काममा अत्यधिक दबाब हुँदा, मलाई रिँगटा लाग्थ्यो र मेरा कान बजेको अनुभव हुन्थ्यो। इन्जेक्सन र औषधिले पनि यसलाई निको पार्न सकेन, र म त्यसपछि काममा जान सकिनँ। त्यतिबेला, म हृदयमा अत्यन्तै दुःखी भएँ, र म मेरो भाग्य किन यति खराब छ भनेर दिनभरि गुनासो गर्थेँ। म प्रायः आफूलाई कोठामा बन्द गर्थेँ र रुन्थेँ, आत्महत्या गर्ने बारेमा समेत सोच्थेँ। म लामो समयदेखि दमन र दुःखमा जिइरहेकीले, मेरो कान नसुन्ने बिमारी बिस्तारै बिग्रँदै गयो।
सन् २०१३ मा, मेरा सासु-ससुराले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्विकार्नुभयो, र मलाई सुसमाचार सुनाउनुभयो। परमेश्वरका वचनहरू पढ्दा र आफ्ना ब्रदर-सिस्टरहरूसँग मण्डली जीवन जिउँदा मलाई निकै स्वतन्त्र र आजाद महसुस भयो। बिस्तारै, मेरो मनस्थिति सुध्रियो र जीवनप्रतिको मेरो आशा पुनः जागृत भयो। पछि, मलाई मण्डलीमा एक अगुवा चुनियो। मैले मनमनै सोचेँ, “मैले समाजमा यति धेरै मूल्य चुकाएँ, तर त्यो सबै व्यर्थ भयो। अहिले, म परमेश्वरका घरमा भर्खरै आएकी भए पनि, अगुवाको कर्तव्य निर्वाह गर्न पाउँछु। परमेश्वरमा विश्वास गर्नु उत्तम कुरा हो। मैले मेहनत गर्नैपर्छ, र सायद म भविष्यमा थप बढुवा भएर अझ धेरै मानिसहरूद्वारा प्रशंसित हुन सक्नेछु।” त्यसैले म आफ्ना कर्तव्य निर्वाहमा अझ सक्रिय भएँ। म घाम-पानी नभनी दिनभरि समूह भेलाहरूको अगुवाइ गर्न व्यस्त हुन्थेँ। मेरा ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा बोझ बोकेकोमा मेरो प्रशंसा पनि गरे। पछि म प्रचारक हुनका लागि चुनिएँ। आफ्नो हैसियतको चाहना पूरा भएपछि, मलाई आफ्नो कर्तव्य निर्वाह गर्न झन् बढी ऊर्जा मिल्यो। मैले आफ्ना ब्रदर-सिस्टरहरूको प्रशंसाको आनन्द लिइरहेकै बेला, एउटा ग्यास विषाक्तताको घटनाले मेरो बहिरोपनलाई झनै खराब बनायो। भेलाहरूको दौरान, मेरा ब्रदर-सिस्टरहरूले सानो स्वरमा बोल्दा म उनीहरूले भनेको कुरा स्पष्ट रूपमा सुन्न सक्दिनथेँ, र म प्रायः आफ्नो बहिरोपनका कारण सीमित हुन्थेँ, र नकारात्मक स्थितिमा जिउँथेँ। अन्ततः, म वास्तविक काम गर्न असमर्थ भएँ र मेरो कर्तव्य फेरबदल गरियो। आफूले अब अगुवाको कर्तव्य निर्वाह नगर्ने र अरूको प्रशंसा नपाउनेबारे सोच्दा, मैले आफ्नो भाग्य कति खराब रहेछ भनेर झनै गुनासो गरेँ। त्यसपछि, म फेरि उठ्न सकिनँ, र परमेश्वरमाथिको आस्था गुमाएँ।
पछि, केही समयको उपचारपछि, मेरो श्रवणशक्ति केही हदसम्म फर्कियो, र अगुवाहरूले मेरा लागि मलजल गर्ने कर्तव्यको प्रबन्ध गरे। मैले मनमनै सोचेँ, “मैले मलजलको कर्तव्यमा केही नतिजा हासिल गर्न सकेँ भने, मैले पहिले जस्तै आफ्ना ब्रदर-सिस्टरहरूको प्रशंसा पाउनेछु।” त्यसैले, मैले हरेक दिन प्रायः राति ११ वा १२ बजेसम्म बसेर सान्दर्भिक सिद्धान्तहरू पढेँ र आफूलाई सत्यताले सुसज्जित बनाएँँ। बिस्तारै, मैले आफ्नो कर्तव्य निर्वाहमा हासिल गरेका नतिजाहरूमा सुधार आयो, र मलाई कामको फराकिलो क्षेत्रको जिम्मेवारी लिनका लागि बढुवा पनि गरियो। जब मैले फेरि आफ्ना ब्रदर-सिस्टरहरूको प्रशंसा प्राप्त गर्ने बारेमा सोचेँ, म धेरै खुसी भएँ। मैले मनमनै सोचेँ, “कडा परिश्रमले फल दिन्छ। यदि मैले अझै कडा मेहनत गरेँ भने, सायद म अझै माथि बढुवा हुन सक्छु। त्यसो भएमा झन् धेरै मानिसहरूले मेरो प्रशंसा गर्नेछन्।” तर, पछि मेरो गर्धनको हड्डी खिइने समस्या झन् बढ्यो, र मेरो कान नसुन्ने बिमारी यति गम्भीर भयो कि म अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्दिनथेँ। अगुवाहरूले मलाई आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्दै साथसाथै उपचार पनि गर्न मेरै स्थानीय मण्डलीमा फर्कने प्रबन्ध मिलाए। म धेरै दिक्दार भएँ। मैले अरूको प्रशंसा पाउन ठूलो कठिनाइका साथ कति ठूलो मूल्य चुकाएकी थिएँ भन्ने कुरा सोचेँ। तर, आफ्नो बिमारीका कारण, म त्यसउप्रान्त यो कर्तव्य निर्वाह गर्न सक्दिनथेँ। मेरो भाग्य किन यति खराब थियो? पछि, आफ्नो कमजोर श्रवणशक्तिका कारण, मलाई अरूसँग कुराकानी गर्न धेरै गाह्रो भयो। म केही साधारण मामिलाका काम मात्र गर्न सक्थेँ। यसले मेरो हृदयलाई एकदमै पीडा दियो, र मैले मनमनै सोचेँ, “यदि म बहिरी नभएकी भए, मैले सुसमाचार प्रचार गर्ने र नवआगन्तुकहरूलाई मलजल गर्ने अवसर पाउने थिएँ। तर अब म केही साधारण मामिलाका काम मात्र गर्न सक्छु। यदि म चर्चामा आउन सकिनँ भने, कसले मेरो प्रशंसा गर्छ र? मेरो भाग्य किन यति खराब छ? जे होस्, यही मेरो भाग्य हो, त्यसैले म झारा टार्दै र दिन प्रतिदिन यसलाई पार लगाउँदै जानेछु।” त्यसपछि, मैले आफ्नो कर्तव्य नत्यागे पनि, म निरन्तर दिक्दारीको स्थितिमा जिउँथेँ र आफ्नो कर्तव्य निर्वाह गर्दा ध्यान केन्द्रित गर्दिनथेँ। म सधैँ यो वा त्यो कुरा बिर्सिरहन्थेँ, र प्रायः गल्तीहरू गर्दै कामकुरामा ढिलाइ गराउँथेँ।
पछि, मसँग सहकार्य गर्ने सिस्टरले मलाई यो स्थितिमा जिउनु खतरनाक कुरा हो, र मैले छिट्टै आफ्ना नकारात्मक भावनाहरूलाई समाधान गर्न सत्यता खोज्नुपर्छ भनेर सम्झाइन्। मेरी सिस्टरले सम्झाइदिएपछि मात्र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म दिक्दारीमा बाँच्न चाहन्न। यसरी जिउनु असाध्यै दुःखदायी छ। कृपया मलाई मेरा आफ्नै समस्याहरू बुझ्न र यो गलत स्थितिबाट बाहिर निस्कन अगुवाइ गर्नुहोस्।” एकदिन, आफ्नो उपासनाको समयमा, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ, जसले तुरुन्तै मेरो हृदय छोए। परमेश्वर भन्नुहुन्छ: “निराशाजस्तो नकारात्मक संवेग पैदा हुनुको मूल कारण हरेक व्यक्तिको लागि फरक-फरक हुन्छ। मान्छेले महसुस गर्ने एक किसिमको निराशाको संवेग तिनीहरूले आफ्नै भयानक भाग्यप्रति गर्ने निरन्तरको विश्वासबाट पैदा हुनसक्छ। के यो एउटा कारण होइन र? (हो।) तिनीहरू साना हुँदा, तिनीहरू गाउँमा वा गरिब क्षेत्रमा हुर्केका थिए, तिनीहरूको परिवार सम्पन्न थिएन, अनि सामान्य मालमत्ताहरूबाहेक तिनीहरूसँग मूल्यवान् कुरा अरू केही थिएन। तिनीहरूसँग लगाउनको लागि एकदुई वटा लुगा हुन्थे जसमा केही प्वालहरू परिसकेका हुन्थे, अनि तिनीहरूले कहिल्यै पनि सामान्य रूपमा राम्रो खाना खान पाउँदैनथे, अनि मासु खानको लागि पनि नयाँ वर्ष वा चाडपर्व पर्खिनुपर्थ्यो। कहिलेकहीँ तिनीहरू भोकै बस्नुपर्थ्यो र तिनीहरूले न्यानो लुगा लाउन पाउँदैनथे र कचौराभरि मासु खान पाउनु ठूलो सपना नै हुन्थ्यो, र फलफूलको एक टुक्रा खान पाउनु पनि गाह्रो हुन्थ्यो। आफू त्यस्तो वातावरणमा हुर्केकोले, तिनीहरूलाई ठूलो सहरमा बस्ने, धनी आमाबुबा भएका, चाहेको जुनसुकै खानेकुरा खान पाउने र जुनसुकै कपडा लाउन पाउने, चाहेको जुनसुकै कुरा जुनसुकै बेला पाउने, र धेरै कुराहरू जान्ने अरू मानिसहरूभन्दा आफू फरक छु जस्तो लाग्छ। तिनीहरूले सोच्छन्, ‘तिनीहरूको भाग्य कति राम्रो छ। किन मेरो भाग्यचाहिँ यति खराब हो?’ तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र आफ्नो नियति परिवर्तन गर्न चाहन्छन्। तर आफ्नो नियति परिवर्तन गर्न त्यति सजिलो छैन। जब कुनै व्यक्ति त्यस्तो परिस्थितिमा जन्मन्छ, तब उसले जति नै प्रयास गरे पनि, आफ्नो भाग्य कति नै परिवर्तन गर्न सक्छ र, अनि उसले यसलाई कति नै राम्रो बनाउन सक्छ र? वयस्क बनेपछि, तिनीहरू जहाँ गए पनि समाजमा तिनीहरूलाई विभिन्न बाधाहरूले रोक्छन्, तिनीहरू जहाँ गए पनि तिनीहरू हेपाइमा पर्छन्, र त्यसकारण तिनीहरूलाई सधैँ आफू अभागी छु भन्ने लाग्छ। तिनीहरू सोच्छन्, ‘म किन यति अभागी? म किन सधैँ निर्दयी मानिसहरू भेट्छु? सानो हुँदा पनि जीवन कठिन थियो, र अवस्था ठ्याक्कै यस्तै थियो। अहिले म ठूलो भएर पनि अवस्था त्यस्तै खराब नै छ। मैले गर्न सक्छु भनेर म सधैँ देखाउन चाहन्छु तर कहिल्यै मौका पाउँदिनँ। …’ … तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, परमेश्वरको घरमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गर्छन्, तिनीहरू कठिनाइ सहन र परिश्रम गर्न सक्ने बन्छन्, कुनै पनि कुरामा अरूले भन्दा धेरै दुःख सहन सक्ने बन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूको अनुमोदन र सम्मान पाउन लागिपर्छन्। तिनीहरू आफूलाई मण्डली अगुवाको रूपमा, इन्चार्जको रूपमा, वा टोली अगुवाको रूपमा छनौट गरिन सक्छ भन्नेसमेत सोच्छन्, अनि त्यसपछि त के तिनीहरूले आफ्ना पितापुर्खालाई र आफ्नो परिवारलाई सम्मान दिइरहेका हुनेछैनन् र? के तिनीहरूले आफ्नो नियति परिवर्तन गरेका हुँदैनन् र? तैपनि, वास्तविकता तिनीहरूको कामनाअनुसारको हुँदैन र तिनीहरू उदास बन्छन्, र सोच्छन्, ‘मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो र म मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी घुलमिल हुन सक्छु, तर किन अगुवा, इन्चार्ज, वा टोली अगुवा छनौट गर्ने बेलामा, मेरो पालो कहिल्यै आउँदैन? के म साह्रै सरल देखिएकोले हो कि, कि मैले राम्ररी काम नगरेकोले मलाई कसैले ध्यान नदिएको हो? निर्वाचन हुँदा हरेक-पटक नै मेरो थोरै भए पनि आशा हुन्छ, र म टोली अगुवाको रूपमा छनौट हुन पाए खुसी नै हुन्थेँ। म परमेश्वरको ऋण तिर्न अत्यन्तै उत्साहित छु, तर पनि निर्वाचन हुँदा हरेक-पटक नै मैले खिन्न हुनुपर्छ र यो सबबाट मलाई छुटाइन्छ। के भएर यस्तो भएको हो? के म मेरो जीवनभरि एउटा साधारण व्यक्ति, सामान्य व्यक्ति, र अनुल्लेखनीय व्यक्ति मात्रै बन्न सक्छु? मेरो बाल्यकाल, जवानी, र अधबैँसे उमेरलाई फर्केर हेर्दा, मैले हिँडेको यो बाटो सधैँ नै सामान्य रहेको थियो र मैले कुनै पनि स्मरणीय काम गरेको छैनँ। मसँग कुनै महत्त्वाकाङ्क्षा नभएकोले वा मेरो क्षमता कम भएकोले यस्तो भएको होइन, र मैले पर्याप्त प्रयास नगर्ने वा कठिनाइ भोग्न नसक्ने भएर पनि यस्तो भएको होइन। मेरा पनि सङ्कल्प र उद्देश्यहरू छन्, र यो भन्न सकिन्छ कि मसँग पनि महत्त्वाकाङ्क्षा छँदै छ। तर पनि किन म भीडभन्दा माथि कहिल्यै उठ्न सक्दिनँ? अन्तिम विश्लेषण गरेर हेर्दा के देखिन्छ भने, मेरो भाग्य नै खराब छ र म कष्ट भोग्न जन्मेको हुँ, र परमेश्वरले मेरो लागि यसरी नै बन्दोबस्त मिलाउनुभएको छ।’ तिनीहरूले यो कुरालाई जति विचार गर्छन्, तिनीहरूलाई तिनीहरूको भाग्य त्यति नै खराब लाग्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। “आफ्नो भाग्य खराब छ भनेर सधैँ सोच्ने यस्ता मानिसहरूलाई तिनीहरूको मुटु ठूलो ढुङ्गाले किच्याइएको छ जस्तो निरन्तर महसुस हुन्छ। तिनीहरूले आफ्नो जीवनमा आइपर्ने सबै कुरा तिनीहरूको खराब भाग्यले गर्दा हुन्छ भन्ने सधैँ विश्वास गर्ने हुँदा, तिनीहरूमाथि जेसुकै कुरा घटित भए पनि तिनीहरूले यसलाई परिवर्तन गर्न सक्दैनन् भन्ने लाग्छ। अनि, तिनीहरूले के गर्छन्? तिनीहरूले बस नकारात्मक महसुस गरिरहन्छन् र तिनीहरू सुस्त भइरहन्छन् र आफ्नो दुर्दशामा डुबिरहन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूले ठ्याक्कै मेरो स्थिति खुलासा गरेको थियो। म निरन्तर दिक्दारीका नकारात्मक भावनाहरूमा जिइरहनुको कारण मैले सधैँ आफ्नो भाग्य खराब छ भनेर विश्वास गर्नु थियो। म सानो छँदा, मेरो परिवार गरिब थियो र मानिसहरू हामीलाई हेयको नजरले हेर्थे, त्यसैले म मेरो भाग्य खराब भएकोबारे गुनासो गर्थेँ। म एक श्रेष्ठतर जीवन जिउँदा र अरूको प्रशंसा पाउँदा मात्र राम्रो भाग्य हुन्छ भन्ने विश्वास गर्थेँ। आफ्नो भाग्य परिवर्तन गर्न, मैले कडा अध्ययन गरेँ। तर, कुपोषणका कारण मस्तिष्कमा रगतको अपर्याप्त आपूर्तिले गर्दा, मैले प्रभावकारी रूपमा अध्ययन गर्न सकिनँ, र अन्तमा म कलेज प्रवेश परीक्षामा फेल भएँ। तर, म आफ्नो भाग्य स्विकार्न तयार थिइनँ, त्यसैले म पैसा कमाउन कारखानामा काम गर्न गएँ। एक तथ्याङ्कशास्त्री बन्न र अफिसमा बसेर अरूको प्रशंसा पाउनका लागि, मैले सीपहरू सिक्न ओभरटाइम काम गरेँ। अन्तमा, मैले एउटा तथ्याङ्कीय गल्ती गरेँ र टोली अगुवाले सबैको अगाडि मेरो आलोचना गरे, जसले गर्दा मलाई आघात पुग्यो र फलस्वरूप मलाई स्नायुजन्य श्रवण हानि हुने रोग लाग्यो। मैले यो मेरो कठोर भाग्यका कारण भएको हो भनी अझ दृढतापूर्वक विश्वास गरेँ, र म आफ्नो जीवनप्रतिको आशा गुमाउँदै दुःखमा जिएँ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मैले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्दै अगुवा हुन बढुवा भएर, मैले मेरा ब्रदर-सिस्टरहरूको प्रशंसा पाउनेछु र आफ्नो भाग्य बदल्नेछु भन्ने सोचेँ। तर, ग्यास विषाक्तताले मेरो बहिरोपन झनै बढ्यो र मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ। यसले काममा असर गर्यो र मेरो कर्तव्य फेरबदल गरियो। पछि, जब मैले मलजल गर्ने कर्तव्य निर्वाह गर्न थालेँ, तब अरूलाई मेरो प्रशंसा गराउने परिणाम प्राप्त होस् भन्ने आशामा मैले त्यस कर्तव्यमा ठूलो मूल्य चुकाएँ। जब म बढुवा भएँ, मैले मेरो भाग्यले राम्रो मोड लिएको छ र अन्ततः मैले चम्कने मौका पाउनेछु भन्ने सोचेँ। तर, मेरो गर्धनको हड्डी खिइने समस्या बढ्यो, र मेरो बहिरोपन पनि झन् खराब भयो। म अरूसँग सामान्य रूपमा कुराकानी गर्न असमर्थ भएँ, जसले मेरा कर्तव्यहरूमा असर गर्यो। मसँग आफ्नै स्थानीय मण्डलीमा फर्किएर साधारण मामिलाका कामहरू गर्नुको विकल्प थिएन। आफ्नो प्रतिष्ठा र हैसियतको चाहना पूरा नभएकाले, मैले मलाई खराब भाग्यको प्रबन्ध गर्नुभएकोमा परमेश्वरलाई दोष दिएँ। मैले यो जीवनमा केवल कठोर परिश्रम र मेहनत गर्नु मेरो खराब भाग्य हो भन्ने विश्वास गरेँ, त्यसैले म दिक्दारीको स्थितिमा जिएँ र पूर्ण रूपमा हार मानेँ। मैले आफ्नो कर्तव्यमा बोझ बोकिनँ, निरन्तर गल्तीहरू गरिरहेँ, कामकुरामा रोकावट ल्याएँ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ र उहाँका यति धेरै वचनहरू पढेकी थिएँ, तर आफूमाथि कामकुराहरू आइपर्दा, म सत्यता खोज्न उहाँको सामु आउँदिनथेँ, र जब कामकुराहरू आफ्नो इच्छाअनुसार हुँदैनथे, म उहाँले मेरा निम्ति खराब भाग्य प्रबन्ध गर्नुभएकोमा गुनासो गर्थेँ। म नकारात्मक र प्रतिरोधीसमेत बनेँ। यो एक अविश्वासीको दृष्टिकोण थियो, र मैले परमेश्वरप्रति कुनै समर्पणता देखाइनँ।
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ र राम्रो भाग्य र खराब भाग्यको अवधारणाबारे गहिरो समझ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको भाग्य के हुनेछ, यो राम्रो हुनेछ कि खराब हुनेछ भन्नेसम्बन्धी परमेश्वरको बन्दोबस्तलाई मान्छेको नजरद्वारा हेर्नु वा मापन गर्नु वा भाग्य बताउने व्यक्तिको नजरले हेर्नु हुँदैन, न त यो कुरालाई व्यक्तिले आफ्नो जीवनकालमा कति सम्पत्ति र वैभव पाउँछ, वा उसले कति धेरै कष्ट भोग्छ वा भावी सम्भाव्यता, ख्याति र लाभ पछ्याउने क्रममा ऊ कति सफल हुन्छ भन्ने आधारमा मापन गर्नु नै हुन्छ। यसको बाबजुद पनि, आफ्नो भाग्य खराब छ भनेर भन्ने मानिसहरूले गर्ने गम्भीर गल्ती नै यही हो, साथै अधिकांश मानिसहरूले आफ्नो भाग्य मापन गर्न प्रयोग गर्ने तरिका पनि यही हो। त्यसोभए, धेरैजसो मानिसहरूले आफ्नो भाग्य कसरी मापन गर्छन्? व्यक्तिको भाग्य राम्रो छ कि खराब छ भनेर सांसारिक मानिसहरूले कसरी मापन गर्छन्? मुख्य गरी, तिनीहरूले यो कुरालाई व्यक्तिको जीवन सहज रूपमा अघि बढ्छ कि बढ्दैन, उसले सम्पत्ति र वैभव उपभोग गर्न पाउँछ कि पाउँदैन, उसले अरूको भन्दा उच्च जीवनशैली जिउन पाउँछ कि पाउँदैन, उसले आफ्नो जीवनमा कति धेरै कष्ट भोग्नुपर्छ र कति धेरै आनन्द लिन सक्छ, ऊ कति लामो समय बाँच्छ, उसले कुन पेसा अपनाउँछ, उसको जीवन सङ्घर्षले भरिएको छ कि सहज र सजिलो छ भन्ने कुरामा आधारित गर्छन्—तिनीहरूले कुनै व्यक्तिको भाग्य असल छ कि खराब छ भनेर मापन गर्नको लागि यी कुराहरू र यस्तै अन्य कुराहरू प्रयोग गर्छन्। के तिमीहरूले पनि यसरी नै मापन गर्दैनौ र? (गर्छौँ।) त्यसोभए, जब तिमीहरूमध्ये धेरैजसोले आफूलाई मन नपर्ने कुरा सामना गर्छौ, जब समय कठिन हुन्छ, वा तिमीहरूले उच्च जीवनशैली उपभोग गर्न पाउँदैनौ, तब तिमीहरूले पनि आफ्नो भाग्य खोटो छ भनेर सोच्नेछौ, र तिमीहरू निराशामा डुब्नेछौ। मेरो भाग्य खोटो छ भनेर भन्नेहरूको भाग्य खोटो नै हुन्छ भन्ने छैन, न त मेरो भाग्य राम्रो छ भन्नेहरूको भाग्य नै राम्रो हुन्छ। भाग्य असल छ कि खराब छ भनेर वास्तवमा कसरी मापन गर्ने? … मलाई भन, के विधवाको भाग्य असल हुन्छ? सांसारिक मानिसहरूको लागि, विधवाको भाग्य खराब हुन्छ। यदि तिनीहरू तीस वा चालीस वर्षतिर विधवा भए भने, तिनीहरूको भाग्य साँच्चै खराब हुन्छ, र यो कुरा तिनीहरूलाई निकै गाह्रो हुन्छ! तर यदि एउटी विधवाले आफ्नो पति गुमाएको कारण नोक्सानी भोग्छे, र परमेश्वरमा विश्वास गर्छे भने, के उसको भाग्य खराब हुन्छ? (हुँदैन।) विधवा नभएकाहरूले खुसीको जीवन जिइरहेका हुन्छन्, तिनीहरूले सबै कुरा सहज रूपमा अघि बढिरहेको, धेरै साथ पाएको, राम्रो खान र लाउन पाएको, परिवारमा छोराछोरी र नातिनातिना भएको, अनि कठिनाइ वा आत्मिक इच्छाको कुनै अनुभूतिविनाको सहज जीवन जिइरहेका हुन्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दैनन्, र तिनीहरूलाई तैँले जसरी सुसमाचार सुनाउन खोजे पनि तिनीहरूले परमेश्वरमा विश्वास गर्दैनन्। अब, कसको भाग्य राम्रो हुन्छ? (विधवाको भाग्य राम्रो हुन्छ, किनभने उसले परमेश्वरमा विश्वास गरेकी हुन्छे।) देखिस् त, सांसारिक मानिसहरूले विधवाको भाग्य खराब हुन्छ भनेर सोच्ने हुनाले, र उसलाई धेरै कष्ट हुने हुनाले, उसले दिशा परिवर्तन गरेर फरक मार्ग पछ्याउन थाल्छे, अनि उसले परमेश्वरमा विश्वास गरेर उहाँलाई पछ्याउन थाल्छे—के यसको अर्थ उसको भाग्य अब असल भयो, र उसले खुसीको जीवन जिइरहेकी छे भन्ने हुँदैन र? (हुन्छ।) उसको खराब भाग्य असल भाग्यमा परिवर्तन भएको छ। यदि तिमीहरू उसको भाग्य खराब छ भनी भन्छौ भने, उसको जीवनको भाग्य सधैँ खराब हुनुपर्छ र उसले यसलाई परिवर्तन गर्न सक्नु हुँदैन; अनि, यसलाई कसरी परिवर्तन गर्न सकिन्छ? के उसले परमेश्वरमा विश्वास गर्न थालेपछि उसको भाग्य परिवर्तन भएको हो? (होइन, उसको दृष्टिकोण परिवर्तन भएकोले यस्तो भएको हो।) किनभने उसले हेर्ने दृष्टिकोण परिवर्तन भएको हुन्छ। के उसको आफ्नै भाग्यसम्बन्धी वस्तुगत तथ्य परिवर्तन भएको हुन्छ? (हुँदैन।) … तर वास्तवमा, परमेश्वरमा विश्वास गरेको कारण के उसले साँच्चै राम्रो भाग्य पाएकी हुन्छे त? त्यस्तो हुन्छ नै भन्ने हुँदैन। यति मात्र हो, उसले अहिले परमेश्वरमा विश्वास गर्छे, आशा पाएकी छे, हृदयमा केही सन्तुष्टि पाएकी छे, उसले पछ्याउने उद्देश्य बदलिएको छ, उसको दृष्टिकोण फरक भएको छ, त्यसैले उसको अहिलेको जिउने वातावरणले उसलाई खुसी, सन्तुष्ट, हर्षित र शान्तिपूर्ण तुल्याउँछ। उसलाई अहिले आफ्नो भाग्य असल छ, विधवा नभएकी महिलाको भन्दा राम्रो छ भन्ने महसुस हुन्छ। अहिले मात्रै उसलाई आफ्नो भाग्य खराब छ भनेर विश्वास गर्दै उसले पहिले लिएको दृष्टिकोण गलत थियो भन्ने महसुस भएको छ। यसबाट तिमीहरूले के देख्न सक्छौ? के ‘असल भाग्य’ र ‘खराब भाग्य’ भन्ने चीज हुन्छ र? (हुँदैन।) अहँ, हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेर मेरो हृदय उज्यालो भयो। कुनै व्यक्तिको भाग्य राम्रो छ कि खराब भन्ने कुरा हाम्रा धारणा र कल्पनाका आधारमा मापन गर्न सकिँदैन, न त यसलाई सांसारिक दृष्टिकोणबाट नै हेर्न सकिन्छ। गैरविश्वासीहरू राम्रो खानु, राम्रो लाउनु, र अरूको प्रशंसा र समर्थनको आनन्द लिनु नै राम्रो भाग्य हो भन्ने सोच्छन्। यसको विपरीत, उनीहरू सोच्छन्, यदि तपाईँ जीवनभर गरिब नै रहनुहुन्छ, समाजको पुच्छारमा रहेर अरूद्वारा हेयको नजरले हेरिनुहुन्छ, वा तपाईँ बिमारीको कष्ट, वा परीक्षा र कठिनाइहरू भोग्नुहुन्छ भने, यो खराब भाग्य हुनु हो। वास्तवमा, परमेश्वरको नजरमा, राम्रो भाग्य वा खराब भाग्य भन्ने कुनै कुरा छैन। यो परमेश्वरले दिनुभएको विधवाको उदाहरण जस्तै हो। विधवा सुरुमा आफ्नो भाग्य खराब छ भन्ने सोच्थिन्, पछि गएर आफ्नो भाग्य राम्रो छ भन्ने सोच्न थालिन्। उनको जीवनको वातावरण परिवर्तन भएको थिएन, तर कामकुराहरूप्रतिको उनको दृष्टिकोण परिवर्तन भएको थियो। उनले परमेश्वरका वचनहरूबाट के बुझिन् भने सुखी परिवार र आरामदायक जीवन भएकाहरूले जतिसुकै आनन्द उठाए पनि, यदि उनीहरू परमेश्वरको सामु आएर उहाँको मुक्ति स्विकार्न सक्दैनन् भने, उनीहरू अन्ततः नरकमा जानुपर्नेछ। आफूले भोगेको दुःखका कारण, उनले परमेश्वरको काम स्विकारिन् र सत्यता बुझ्ने र मुक्ति पाउने अवसर पाइन्। उनी साँच्चै सबैभन्दा आशीषित व्यक्ति हुन्। ती विधवाको कामकुराहरूप्रतिको दृष्टिकोण परिवर्तन भएकाले उनको मानसिकता पनि परिवर्तन भयो। तर, मैले सत्यता नबुझेकीले, ख्याति, प्राप्ति, र अरूको प्रशंसा पाउनुको अर्थ राम्रो भाग्य हुनु हो, र बढुवा हुनु र अगुवाको कर्तव्य निर्वाह गर्न पाउनुको मतलब राम्रो भाग्य हुनु हो भन्ने सोचेँ, त्यसैले हरेक पटक आफ्नो कर्तव्य फेरबदल हुँदा, म आफ्नो भाग्य खराब भएको गुनासो गर्थेँ। मैले कामकुराहरूप्रतिको आफ्नो दृष्टिकोण कति तर्कहीन र अविवेकी रहेछ भन्ने महसुस गरेँ। वास्तवमा, परमेश्वरका घरमा, कामको आवश्यकताका आधारमा कर्तव्यहरू फेरबदल गरिन्छ, र यी फेरबदलहरू मानिसका क्षमता र सीपहरू अनुसार विस्तृत रूपमा मापन गरिन्छ। कुनै व्यक्तिले निर्वाह गर्ने कर्तव्य उसको भाग्य राम्रो छ वा खराब भन्ने कुरासँग पटक्कै सम्बन्धित हुँदैन। मेरो कर्तव्य फेरबदल नगरिएको भए पनि, यदि मैले सत्यता नपछ्याएकी भए, मलाई प्रकाश गरेर हटाइने नै थियो। मैले साधारण मामिलाको कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मैले सत्यता र आफ्नो स्वभावमा परिवर्तन पछ्याइरहेसम्म, मसँग अझै मुक्ति पाउने अवसर हुने थियो। मसँगै कर्तव्य निर्वाह गर्ने एक प्रचारकको उदाहरण लिऊँ। बाहिरबाट हेर्दा, उनी राम्रो क्षमताकी थिइन्, र पछि उनलाई एक जिल्ला अगुवा चुनिएको थियो। तर, उनले सधैँ प्रतिष्ठा र हैसियत पछ्याइन्, र मण्डलीको कामलाई अवरोध गर्ने र बाधा दिने धेरै कामहरू गरिन्। अन्तमा, उनले हठपूर्वक पश्चात्ताप गर्न इन्कार गरिन्, मण्डलीबाट निष्कासित भइन्, र मुक्ति पाउने मौका गुमाइन्। यसबाट हामी के देख्न सक्छौँ भने, यदि तपाईँले सत्यता नपछ्याइकन र आफ्नो स्वभावमा परिवर्तन नखोजीकन परमेश्वरमा विश्वास गर्नुभयो भने, तपाईँ अगुवा बने पनि, परमेश्वरले तपाईँलाई प्रकाश गरी हटाउनुहुनेछ। यी उदाहरणहरूबाट मैले ख्याति, प्राप्ति, र सबैको प्रशंसा पाउनु नै राम्रो भाग्य हो, र यदि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ र बढुवा भएर महत्त्वपूर्ण पदहरू पाउनुहुन्छ भने, तपाईँको भाग्य राम्रो छ, जबकि यदि तपाईँ पर्दा पछाडि साधारण कर्तव्य निर्वाह गर्नुहुन्छ भने, यसको अर्थ तपाईँको भाग्य खराब छ भन्ने कुरा विश्वास गरेकी रहेछु भन्ने स्पष्ट हुन्छ। यो दृष्टिकोण अत्यन्तै विकृत छ र सत्यतासँग पटक्कै मेल खाँदैन। परमेश्वरले हरेक व्यक्ति जिउने वातावरण उसका आवश्यकताका आधारमा प्रबन्ध गर्नुहुन्छ। परमेश्वरका असल अभिप्राय मानिसहरूले आफ्नो जीवनमा अनुभव गर्ने हरेक कुरामा हुन्छन्। म गरिब परिवारमा जन्मेकी थिएँ र मैले कडा अध्ययन गरे पनि, म अरूभन्दा अब्बल बन्न सकिनँ। बाहिरबाट हेर्दा म खराब भाग्य भएकी जस्ती देखिन्थेँ, तर यसकै कारण म परमेश्वर सामु आएर उहाँको मुक्ति स्विकार्न सक्षम भएँ। ममा प्रतिष्ठा र हैसियतको ठूलो चाहना थियो, त्यसैले यदि मैले धनसम्पत्ति र हैसियतपूर्ण जीवन जिएकी भए, म ख्याति र प्राप्ति अझ बढी पछ्याउनेथिएँ। अन्ततः, म दुष्ट प्रचलनहरूद्वारा बगाइने र शैतानद्वारा निलिने थिएँ। यति धेरै बाधा र असफलताहरू अनुभव गरेपछि मात्र म परमेश्वरमा फर्कन, परमेश्वरका वचनहरूको मलजल र आपूर्ति स्विकार्न, र केही सत्यता बुझ्न सक्षम भएँ। यो नै सबैभन्दा ठूलो आशिष् हो। यो ख्याति र प्राप्ति, र संसारको धन र वैभवको आनन्द लिनुभन्दा निकै अर्थपूर्ण छ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो कान कम सुन्ने रोगका कारण मलाई साधारण मामिलाको कर्तव्यमा खटाइयो। यो परमेश्वरले मलाई दिनुभएको सुरक्षा पनि थियो। मेरो प्रतिष्ठा र हैसियतको चाहना धेरै ठूलो थियो; आडम्बर देखाउने अवसर आउँदा, म प्रतिष्ठा र हैसियतका लागि काम गर्नबाट आफूलाई रोक्न सक्दिनथेँ। ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न र प्रकाश गरिएर हटाइन धेरै सजिलो हुनेथियो। म अहिले बहिरी छु, तैपनि परमेश्वरका घरले मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरबाट वञ्चित गरेन। बरु, मलाई मेरो शारीरिक अवस्थाका आधारमा उपयुक्त कर्तव्यहरूमा खटाइयो। यो कर्तव्य पर्दापछाडिको हो र अरूले यसलाई उच्च सम्मान नगर्न सक्छन्, तैपनि यसले मलाई सत्यता पछ्याउनबाट रोक्दैन। यो कर्तव्य निर्वाह गरिरहेको अवधिमा, मैले धेरै भ्रष्टता प्रकट गरेँ। कहिलेकाहीँ म झाराटारुवा र अविवेकी हुन्थेँ, अनि कहिलेकाहीँ म दैहिक सुखमा लिप्त हुन्थेँ र मूल्य चुकाउन अनिच्छुक हुन्थेँ। परमेश्वरका वचनहरू खाएर र पिएर, मैले मेरो आफ्नै भ्रष्ट स्वभावबारे केही समझ प्राप्त गरेँ, र पछि, जब मैले कार्य गरेँ, मैले देहविरुद्ध विद्रोह गर्न सकेँ, र आफ्नो कर्तव्यमा आफ्नो हृदय लगाउन र विवेकी हुन सकेँ। साथसाथै, मैले सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्न, र सानातिना र महत्त्वहीन मामिलाहरूमा पनि विवेकी र विवरणलाई ध्यान दिने हुन सिकेँ। यो अनुभव गरेर, मैले तपाईँ परमेश्वरका घरमा अगुवा भए पनि वा साधारण मामिलाको कर्तव्य निर्वाह गरिरहनुभएको भए पनि, जबसम्म तपाईँ सत्यता पछ्याउनुहुन्छ, तपाईँले जीवन प्रवेश र मुक्ति पाउने मौका पाउनुहुनेछ भन्ने कुरा बुझेँ। परमेश्वरले जीवनमा मेरो भाग्य मेरा आवश्यकताअनुसार प्रबन्ध गर्नुभयो; यो सबै मेरा लागि लाभदायक छ। समस्या के थियो भने म सन्तुष्ट थिइनँ; ममा सधैँ आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू थिए, र म परमेश्वरको सार्वभौमिकतामा समर्पित भइनँ। फलस्वरूप, मैले भयानक पीडा मात्र भोगिन, मैले आफ्नो कर्तव्य समेत राम्ररी निर्वाह गरिनँ। आफ्नो दृष्टिकोण परिवर्तन भएपछि, मैले त्यति दुःखी महसुस गरिनँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मेरो भाग्य खोटो छ भनेर सधैँ भनिरहने मानिसहरूको सोच र दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) स्पष्टै छ, ती मानिसहरू चरमताको दलदलमा फसेका हुनाले तिनीहरूले निराशाको संवेग अनुभव गर्छन्। तिनीहरूमा चरम विचार र दृष्टिकोणहरूको कारण यो निराशाको चरम संवेग हुने हुनाले, तिनीहरूले न त जीवनमा आइपर्ने कुराहरू सही रूपमा सामना गर्न सक्छन्, न त मानिसहरूको कार्यगत भूमिका सामान्य रूपमा निभाउन सक्छन्, न त सृष्टि गरिएको प्राणीको कर्तव्य, जिम्मेवारी वा दायित्व नै पूरा गर्न सक्छन्। … तिनीहरूले विभिन्न समस्या र मानिसहरूलाई यही चरम र गलत दृष्टिकोणबाट हेर्छन्, र यसरी तिनीहरू यही नकारात्मक संवेगको प्रभाव र असरमा रहेर जिउने, सोहीअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छन्। अन्त्यमा, तिनीहरू जे-जसरी जिए पनि, यति थकित हुन्छन् कि तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वास अनि सत्यताको खोजप्रति कुनै जाँगर बटुल्न सक्दैनन्। तिनीहरूले आफ्नो जीवन जे-जसरी जिउने निर्णय गरे पनि, सकारात्मक वा सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र परमेश्वरमा धेरै वर्ष विश्वास गरे पनि, तिनीहरूले आफ्नो कर्तव्य आफ्नो सारा हृदय र प्राणले पूरा गर्नमा वा चित्तबुझ्दो तरिकाले कर्तव्य निभाउनमा कहिल्यै ध्यान दिँदैनन्, झन् तिनीहरूले सत्यता पछ्याउनु, वा सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नु त अवश्यै धेरै परको कुरा हो। यस्तो किन हुन्छ? अन्तिम विश्लेषण गरेर हेर्दा, के देखिन्छ भने, तिनीहरूले सधैँ आफ्नो भाग्य खराब छ भन्ने विश्वास गर्ने हुनाले यस्तो हुन्छ, र यसले गर्दा तिनीहरूमा निकै ठूलो निराशाको संवेग पैदा हुन्छ। तिनीहरू पूर्णतया जोसरहित, र कुनै सकारात्मक वा आशावादी व्यवहार प्रस्तुत नगर्ने जिउँदो लासजस्तै असहाय र शक्तिहीन बन्छन्, झन् तिनीहरूमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्वमा बफादारी समर्पित गर्न चाहिने सङ्कल्प वा जाँगर हुनु त धेरै परको कुरा हो। बरु, तिनीहरूले विनाउद्देश्य र भ्रमित रूपमा अनि विनाचेतना समय काट्दै, लापरवाही मनोवृत्ति लिएर मन नलागी-नलागी सङ्घर्ष गर्दै दिनहरू बिताउँछन्। यसरी कति समय अल्याङटल्याङ गर्दै अघि बढ्ने हो, त्यो तिनीहरूलाई थाहै हुँदैन। अन्त्यमा, तिनीहरूसँग आफूलाई यसो भन्दै चेतावनी दिनेबाहेक अरू कुनै उपाय हुँदैन, ‘अहो, म जति सक्छु त्यति लामो समयसम्म अल्याङटल्याङ गर्दै अघि बढिरहनेछु! यदि एक दिन म अघि बढ्नै नसक्ने अवस्थामा पुगेँ, र मण्डलीले मलाई निकाल्न र हटाउन चाहन्छ भने, तिनीहरूले मलाई हटाउन सक्नेछन्। किनभने मेरो भाग्य नै खोटो छ!’ देखिस् त, तिनीहरूले बोल्ने कुरा पनि कति हरेसलाग्दो छ। यो निराशाको संवेग साधारण मनस्थिति मात्रै होइन, बरु अझै महत्त्वपूर्ण कुरा त यसले मानिसहरूको विचार, हृदय, र खोजमा पनि भयानक असर पार्छ। यदि तैँले आफ्नो निराशाको संवेगलाई समयमै र तुरुन्तै परिवर्तन गर्न सक्दैनस् भने, त्यसले तेरो पूरै जीवनमा असर गर्ने मात्रै होइन, तेरो जीवन नष्ट गरेर तँलाई मृत्युमा समेत पुर्याउँछ। परमेश्वरमा विश्वास गरे पनि, तैँले सत्यता र मुक्ति पाउन सक्नेछैनस्, र अन्त्यमा, तँ नष्ट हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मैले निरन्तर दिक्दारीको भावनामा जिउने र आफ्नो भाग्य खराब भएको गुनासो गर्ने मेरो स्थिति निकै खतरनाक रहेको महसुस गरेँ। यी उग्र विचारहरू थिए, र मैले ती समाधान नगरेमा मुक्ति पाउने मौका गुमाउनेथिएँ। मलाई सुरुमा दिक्दारीमा जिइरहँदा र आफ्नो खराब भाग्यबारे गुनासो गरिरहँदा, म केवल निराश महसुस गरिरहेकी थिएँ भन्ने लाग्थ्यो, र मैले आफ्नो कर्तव्य नत्यागेकीले, यसलाई दुष्ट कार्यका रूपमा हेरिनँ। अहिले मात्र मैले दिक्दारीको भावनामा बाँच्नुको सार परमेश्वरको सार्वभौमिकताप्रतिको असन्तुष्टि हो; यो परमेश्वरप्रतिको मौन प्रतिरोध हो भन्ने बुझेँ। यदि मैले कहिल्यै पश्चात्ताप नगर्ने हो भने, म कहिल्यै सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्नेथिइनँ। अन्तमा, म केवल नष्ट हुन सक्थेँ। परिणामहरू कति डरलाग्दा छन्! मैले कसरी आफूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, म संसारमा सधैँ असफल भएकीले परमेश्वरले मेरा लागि प्रबन्ध गर्नुभएको भाग्यप्रति असन्तुष्ट थिएँ भन्नेबारे सोचेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, मैले अरूबाट प्रशंसा नै पछ्याएँ। जब म आफ्नो कर्तव्यमा विशिष्ट देखिन सकिनँ, मैले दुःखी महसुस गरेँ। मैले आफ्नो खराब भाग्यबारे गुनासो गरेँ र नकारात्मकता र पतनको स्थितिमा जिएँ। बाहिरबाट हेर्दा मैले कर्तव्य निर्वाह गरिरहेको देखिए पनि ममा प्रेरणाको अभाव थियो। म आफ्नो कर्तव्यमा निष्क्रिय र अल्छी थिएँ, र म झाराटारुवा थिएँ। मैले प्रायः गल्तीहरू गरेँ, जसले मेरा ब्रदर-सिस्टरहरूलाई समस्या र बाधा पुऱ्यायो र मेरो आफ्नै जीवन प्रवेशमा ढिलाइ गर्यो। यदि मैले यो स्थितिलाई परिवर्तन गरिनँ भने, मैले पवित्र आत्माको काम, आफ्नो कर्तव्य, र अन्ततः आफ्नो मुक्तिको मौका गुमाउनेथिएँ। मैले यो कुरा बुझेपछि, मलाई अचानक गहिरो डरले छाएजस्तो भयो, र मैले परमेश्वरलाई साँचो मनले प्रार्थना गरेँ, “हे परमेश्वर, यति धेरै वर्षसम्म म हठी र सत्यताप्रति वितृष्ण भएकी छु। मैले निरन्तर आफ्नो खराब भाग्यबारे गुनासो गरेकी छु, र आफ्ना उग्र भावनाहरूबाट मुक्त हुन सकेकी छैन। अहिले मात्र मैले आफ्नो पछ्याइ पछाडिको दृष्टिकोण गलत रहेको छ भन्ने महसुस गरेकी छु। म तपाईँसामु पश्चात्ताप गर्न, साँचो मनले सत्यता पछ्याउन, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न तत्पर छु।”
पछि, मैले मनन गरेँ: म यति धेरै वर्षसम्म यस्तो दुःखमा बाँच्नुको मूल कारण के रहेछ? एकदिन, मैले परमेश्वरका वचनहरू पढेँ: “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू पढेपछि, मैले अचानक आफूले वर्षौँदेखि सहेको सबै पीडा शैतानले पो ल्याएको रहेछ भन्ने बुझेँ। शैतानले मलाई बाल्यकालदेखि नै भीडमा विशिष्ट देखिने, र आफ्नो भाग्य परिवर्तन गर्ने कुरा पछ्याउने बनाउँदै मलाई ख्याति र प्राप्तिले लोभ्यायो अनि हानि पुऱ्यायो। म स्कुलमा हुँदा, शिक्षकहरूले मलाई “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने कुरा सिकाए। मैले बाँच्नेसम्बन्धी यी नियमहरू स्विकारेँ, र मसँग ख्याति र प्राप्ति भयो भने मसँग सबै कुरा हुनेछ, र मैले कडा मेहनत गरेसम्म, बढी दुःख भोग्दै ठूलो मूल्य चुकाएसम्म, मेरो भविष्य राम्रो हुनेछ र म संसारका सबै धन र समृद्धिमा रमाउन पाउनेछु भन्ने कुरा भूलवश विश्वास गरेँ। मैले ख्याति र प्राप्ति हासिल गर्न र अरूको प्रशंसा पाउन एक दशकभन्दा बढी समयसम्म कडा अध्ययन गरेँ, तर अन्तमा, म असफलै भएँ। म आफ्नो भाग्य स्विकार्न तयार थिइनँ, त्यसैले मैले तथ्याङ्कशास्त्री कसरी बन्ने भनेर सिक्न अतिरिक्त समय अध्ययन गरेँ। अन्तमा, म आफ्नो भाग्य परिवर्तन गर्न असफल मात्र भइनँ, मैले आफ्नो शरीरलाई धेरै घोटेकीले काममा गल्तीहरू समेत गरेँ। मलाई आघात पर्यो र फलस्वरूप स्नायुजन्य श्रवण हानि हुने रोग लाग्यो। परमेश्वरमा विश्वास गर्न थालेपछि, अरूले मलाई हेयको नजरले नहेरून् भनेर, म आफ्नो स्वास्थ्यको वास्तै नगरी, आफ्नो कर्तव्य निर्वाहमा द्रुत लाभका निम्ति अधीर भएँ र राति अबेरसम्म काम गरेँ। अन्ततः मेरो कान नसुन्ने रोग झन् बढ्यो र म आफ्ना ब्रदर-सिस्टरहरूसँग सामान्य रूपमा कुराकानी गर्न असमर्थ भएँ। मैले पर्दा पछाडि साधारण मामिलाको काम मात्र गर्न सकेँ, र अरूले मेरो प्रशंस नगरेकाले मलाई निकै पीडा भयो। ख्याति र प्राप्ति मेरो शरीरका साङ्ला जस्तै थिए, जसले मलाई मुक्त हुनबाट रोकिरहेका थिए। मैले कसरी गैरविश्वासीहरू ख्याति र प्राप्तिलाई जीवनभन्दा बढी महत्त्व दिन्छन् भन्नेबारे सोचेँ। कतिपय मानिसहरू कलेजमा भर्ना हुन नसक्दा वा आफ्नो करियरमा असफल हुँदाको चोट सहन सक्दैनन्, र फलस्वरूप, मानसिक रूपमा बिरामी हुन्छन्, वा भवनहरूबाट हाम फालेर आत्महत्यासमेत गर्छन्। म पनि त्यस्तै थिएँ। जब मैले अरूको प्रशंसा पछ्याउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न सकिनँ, मैले परमेश्वरले मेरा निम्ति राम्रो भाग्यको प्रबन्ध नगर्नुभएको भनी गुनासो गरिरहेँ, दिक्दारी स्थितिमा जिएँ, र प्रयास गर्नै छोडेँ। मैले त आत्महत्या गर्ने बारेमा पनि सोचेँ। परमेश्वरको सुरक्षा नभएको भए, मेरो हालत ती गैरविश्वासीहरूको जस्तै हुनेथ्यो। मैले अन्ततः शैतानले मभित्र भरिदिएका बाँच्नसम्बन्धी नियमहरू सकारात्मक कुराहरू होइन रहेछन् भन्ने कुरा स्पष्ट रूपमा बुझेँ। तिनले गर्दा मैले प्रतिष्ठा र हैसियतका बारेमा चिन्ता गरेँ, र जब मैले ती कुरा प्राप्त गर्न सकिनँ, म परमेश्वरबाट टाढा भएँ, परमेश्वरलाई धोका दिएँ, परमेश्वरको प्रतिरोध गरेँ, र अन्ततः आफ्नो मुक्तिको मौका गुमाउने जोखिममा परेँ। यो मानिसहरूलाई भ्रष्ट तुल्याउने शैतानको दुष्ट अभिप्राय थियो। यसरी नै चलिरहने हो भने, म ढिलो-चाँडो हटाइनेछु। म यति अन्धी र मूर्ख भएकोमा र यति धेरै वर्षसम्म शैतानद्वारा हानि गरिएकोमा पछुताएँ। मैले प्रतिष्ठा र हैसियत पछ्याउन छोड्दै अबदेखि पूर्ण रूपमा शैतानविरुद्ध विद्रोह गर्ने, र परमेश्वरका वचनहरूअनुसार जिउने सङ्कल्प गरेँ।
एकदिन, मैले परमेश्वरका यी वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भाग्यप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले सृष्टिकर्ताको बन्दोबस्त पालना गर्नुपर्छ, सृष्टिकर्ताले यी कुराहरू बन्दोबस्त गर्नुपछाडि उहाँको उद्देश्य र अर्थ के छ भन्नेबारे सक्रियता र मेहनतसाथ खोजी गरेर सत्यताको बुझाइ हासिल गर्नुपर्छ, परमेश्वरले तेरो लागि मिलाउनुभएको यो जीवनमा तैँले आफ्नो उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्व पूरा गर्नुपर्छ, र आफ्नो जीवन अझै अर्थपूर्ण र मूल्यवान् बनाउनुपर्छ, र अन्तिममा तैँले यसो गरेर सृष्टिकर्तालाई तँप्रति प्रसन्न तुल्याउनुपर्छ र उहाँलाई तेरो स्मरण गर्ने बनाउनुपर्छ। अवश्य नै, तैँले आफ्नो खोज र मेहनतद्वारा मुक्ति प्राप्त गर्नु अझै राम्रो हुनेछ—यो सबैभन्दा उत्कृष्ट परिणाम हुनेछ। जे होस्, भाग्यको सन्दर्भमा, सृष्टि गरिएको मानवजातिमा हुनुपर्ने सबैभन्दा उचित मनोवृत्ति भनेको अन्धाधुन्ध मूल्याङ्कन र परिभाषा नगर्नु वा यसलाई सम्हाल्न चरम शैली नअपनाउनु हो। अनि अवश्यै मानिसहरूले आफ्नो भाग्यलाई प्रतिरोध, छनौट, वा परिवर्तन गर्ने प्रयास गर्नु नै हुँदैन, बरु तिनीहरूले यसलाई बुझ्न, र यसलाई खोजी, अन्वेषण, र पालन गर्न हृदय प्रयोग गरी यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अन्त्यमा, परमेश्वरले तेरो लागि तय गर्नुभएको जिउने वातावरण र तेरो जीवन यात्रामा, तैँले परमेश्वरले तँलाई सिकाउनुहुने आचरणको तौरतरिका खोजी गर्नुपर्छ, परमेश्वरले तँलाई हिँड्न लगाउनुहुने बाटो पहिल्याउनुपर्छ, र यसरी परमेश्वरले तेरो लागि मिलाउनुभएको भाग्य अनुभव गर्नुपर्छ, र अन्त्यमा, तँ आशिषित हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूबाट, मैले एउटा मार्ग भेट्टाएँ। परमेश्वर मबाट म एक सृजित प्राणीका रूपमा आफ्नो स्थानमा कायम रहनुपर्ने र मैले आफ्नो कर्तव्य व्यवहारिक तरिकाले निर्वाह गर्नुपर्ने माग गर्नुहुन्छ। यसबारे विचार गर्दा, मैले निर्वाह गर्ने जुनसुकै कर्तव्यमा परमेश्वरका असल अभिप्राय हुन्छन्, र मैले यसलाई परमेश्वरबाट स्विकार्नुपर्छ। मैले अरूबाट प्रशंसा जित्न सकूँ वा नसकूँ, म केवल एउटी सानी सृजित प्राणी हुँ, र एक सृजित प्राणीका रूपमा आफ्नो कार्य पूरा गर्नु नै मेरा निम्ति पर्याप्त छ। आफ्नो हृदयको गहिराइबाट, म परमेश्वरले मेरो लागि प्रबन्ध गर्नुभएको भाग्यप्रति समर्पित हुन तत्पर छु।
अब, म सहर्ष समर्पित हुन सक्छु र आफ्नो कर्तव्य निर्वाहमा आफ्नो हृदय लगाउन र कर्तव्य निर्वाह गर्दा विवेकी हुन सिकिरहेकी छु। म हरेक कुरामा सत्यता सिद्धान्तहरू खोज्ने र परमेश्वरका मागअनुसार कार्य गर्ने अभ्यास गरिरहेकी छु। यदि मैले केही बुझिनँ भने, म आफ्ना ब्रदर-सिस्टरहरूबाट बढी सङ्गति खोज्छु। यदि मैले आफ्नो कर्तव्यमा गल्ती गरेँ भने, म तुरुन्तै कारणहरू खोज्छु र सारांश निकाल्छु, आफ्ना भ्रष्ट स्वभावहरूमाथि चिन्तन गर्छु, र जतिसक्दो चाँडो आफ्ना त्रुटिहरू सच्याउँछु। यसरी अभ्यास गर्दा, म आफ्नो हृदयमा शान्त र ढुक्क महसुस गर्छु। बिस्तारै, म आफ्नो भाग्य खराब छ भन्ने दृष्टिकोणले बाँधिन छोडेँ, र मेरो स्थिति झन्-झन् राम्रो हुँदै गइरहेको छ। यी परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइले ममा ल्याएका नतिजाहरू हुन्। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!