५०. के ज्ञान पछ्याउँदा राम्रो भविष्यको ग्यारेन्टी हुन्छ?

फाङ सिआओयु, चीन

सानैदेखि मेरो परिवार र शिक्षकहरूले मलाई मिहिनेतले पढ्नुपर्छ, र विश्वविद्यालयमा भर्ना पाएर मात्र राम्रो जीवन पाउन सकिन्छ, नत्र मैले आफ्नो जीवन कष्ट र गरिबीमा बिताउनुपर्छ भनेर भन्थे। मेरो परिवार गरिब भएको र गाउँका मानिसहरूले हामीलाई तुच्छ ठानेको देखेर, म के सोच्थेँ भने यदि मैले विश्वविद्यालयमा भर्ना पाउन सकेँ, र त्यसपछि राम्रो जागिर पाउन सकेँ भने, गाउँका मानिसहरूले हामीलाई त्यसउप्रान्त तुच्छ ठान्ने आँट गर्नेछैनन्। मलाई मेरो प्राथमिक विद्यालयको पाठ्यपुस्तकमा भएको एउटा वाक्यांश याद आयो, “पढाइद्वारा प्रेम र धन दुवै पाउन सकिन्छ।” म के विश्वास गर्थेँ भने यदि मैले कडा मिहिनेत गरेर पढेँ भने, किताबहरूबाट धेरै ज्ञान पाउनेछु, र मसँग जति धेरै ज्ञान र राम्रो शिक्षा हुन्छ, म त्यति नै धनी हुनेछु, र ज्ञानले मात्र मेरो भवितव्य बदल्न सक्छ। मेरो परिवारले मलाई परमेश्‍वरमा विश्वास गर्नेबारे कुरा गर्दा, म मुखले त सहमति जनाउँथेँ, तर मनमनै सोच्थेँ, “अहिले पहिलो कुरा पढाइ हो। विश्वविद्यालयमा भर्ना भएर राम्रो जागिर पाएपछि राम्रोसँग विश्वास गर्नेछु।” त्यसैले, म कहिल्यै भेलाहरूमा गइनँ। कहिलेकाहीँ, मेरो परिवारले मलाई परमेश्‍वरका वचनहरू देखाउँथ्यो, तर म तिनलाई केवल कथाको किताबजस्तो पढ्थेँ, जबकि मेरो हृदय चाहिँ विश्वविद्यालयमा भर्ना भएर उज्ज्वल भविष्य बनाउनमा केन्द्रित हुन्थ्यो।

त्यतिबेला मेरो पढाइ निकै राम्रो थियो, र गाउँका मानिसहरू मेरो राम्रो ग्रेड र समझदारीको प्रशंसा गर्थे, म भविष्यमा निश्चय नै सफल हुनेछु भनेर भन्थे। मेरा आफन्तहरूले मलाई कडा मिहिनेत गरेर पढ्न अक्सर प्रोत्साहन दिन्थे, हाम्रो परिवारमा निश्चित रूपले एक जना विश्वविद्यालय स्नातक हुनेछ भनेर भन्थे। यो सुन्दा, म खुसी र अचम्भित दुवै भएँ। मेरो परिवार गरिब भएकाले, र अरूले हामीलाई तुच्छ ठान्ने हुनाले, मलाई अरूमाझ हीनताबोध हुन्थ्यो, मानौँ म अरूभन्दा निम्न हुँ। मानिसहरूले मलाई मेरो राम्रो ग्रेडका कारण इज्जत गर्लान् भन्ने मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ, त्यसैले मलाई के लाग्यो भने राम्रो पढेलेखेको हुँदा वास्तवमा अरूको सम्मान कमाउन सकिने रहेछ। तर त्यसपछि मैले मेरो ग्रेड अझै सर्वोत्कृष्ट नभएका बारेमा सोचेँ, त्यसैले मैले अझ राम्रो नतिजा ल्याउन अझै मिहिनेत गरेर पढ्नैपर्छ भनेर सोचेँ। पछि, म जिल्लाको सबैभन्दा प्रतिष्ठित उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ, र म आफूसँग विश्वविद्यालयमा पढ्न पाउने राम्रो मौका छ भनेर विश्वस्त भएँ, र त्यसबेलासम्म मलाई चिन्नेहरूले निश्चय नै मलाई फरक दृष्टिले हेर्नेथिए। जब म उच्च माध्यमिक तहको अन्तिम वर्षमा पुगेँ, मेरा शिक्षकहरू अक्सर भन्थे, “कलेजको प्रवेश परीक्षाले तिम्रो जीवनको उचाइ निर्धारण गर्छ,” “आजको समाजमा प्रतिस्पर्धा चर्को छ, र यो सबैभन्दा सक्षमहरूको बचाइ हो—अनुकूलितहरू मात्र बाँच्छन्,” र “यदि तिमी जवान हुँदा मिहिनेत गर्दैनौ भने, बुढो भएपछि पछुताउनेछौ।” मैले के बुझेँ भने कुनै शीर्ष विश्वविद्यालयबाट डिप्लोमा हासिल गरेर मात्र मेरो भविष्य राम्रो हुन सक्छ, र यो लक्ष्य हासिल गर्न मैले अझै कडा मिहिनेत गरेर पढेँ। म कक्षाकोठामै बसेर प्रश्नहरू हल गर्न अक्सर दिउँसोको खाजा खाने ब्रेक छोड्थेँ; मलाई क्यान्टिन जानुसमेत समय खेर फाल्नुजस्तो लाग्थ्यो। हरेक परीक्षामा, म आफ्नो स्कोर र ऱ्याङ्किङको धेरै ख्याल गर्थेँ। मेरो ऱ्याङ्क माथि जाँदा मलाई खुसी लाग्थ्यो, तर मेरो ऱ्याङ्क नबढ्दा वा घट्दा, म एकदमै खिन्न र बेचैन हुन्थेँ। मैले कडा मिहिनेत गरेर पढे पनि, धेरैजसो समय कक्षामा मेरो ऱ्याङ्किङ बाह्रौँ वा तेह्रौँ स्थानमा मात्र हुन्थ्यो, र म धेरै पीडा र दबाबमा हुन्थेँ। तर मैले के सोचेँ भने विश्वविद्यालयमा भर्ना पाएपछि मात्र मेरो जीवन राम्रो हुनेछ र म तुच्छ ठानिनेछैनँ, त्यसैले मैले कडा मिहिनेत गरेर पढिरहेँ, आराम गर्ने आँट अलिकति पनि गरिनँ।

कलेजको प्रवेश परीक्षाभन्दा तीन महिनाअघि केही घटना घट्यो जसले मलाई गहन रूपमा असर गऱ्यो। विद्यालयले एउटा नमुना परीक्षा सञ्चालन गरेको थियो, र पुनः परीक्षा दिने एक विद्यार्थी एउटा प्रमुख विश्वविद्यालयका लागि कटअफ स्कोर ल्याउन केही अङ्कले मात्र असफल भयो, र उसले हाम फालेर आत्महत्या गऱ्यो। यसबारे सुन्दा मलाई असाध्यै बेचैन भयो। उसको अङ्क मेरोभन्दा निकै माथि थियो, तर केही अङ्क नपुगेकै कारणले उसले आफ्नो जीवन सिध्यायो! कक्षाकोठामा बस्दा, मैले मेरो वरिपरि किताबका चाङले भरिएका डेस्कहरू र लगनशील भएर पढिरहेका मेरा सहपाठीहरूलाई हेरेँ, र मैले एक्कासि आफूलाई नितान्त हराएको महसुस गरेँ। म सोच्न बाध्य भएँ, “केही अङ्कको कारणले एउटा कलिलो जीवन समाप्त भयो—के यो लायकको कुरा हो र? के हामी विद्यार्थीहरू अङ्कको लागि मात्र बाँच्ने हो र? के अङ्क जीवनभन्दा महत्त्वपूर्ण छ? के परीक्षाको नतिजाले साँच्चै मानिसको भाग्य निर्धारण गर्न सक्छ? उसले किन योभन्दा पर सोच्न सकेन?” जब मैले सोचेँ कि म पनि त्यो विद्यार्थीजस्तै, राम्रो विश्वविद्यालयमा भर्ना हुनका लागि उच्च अङ्क ल्याउन पागलझैँ मिहिनेत गरिरहेकी थिएँ, मैले आफैलाई सोधेँ, “के विश्वविद्यालय नै मेरो एकमात्र बाटो हो त? विश्वविद्यालयमा भर्ना हुन सकिनँ भने के हुन्छ र? के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?” मैले जवाफ दिन नसक्ने यस्ता धेरै प्रश्नहरू मेरो दिमागमा घुमिरहे। मैले मेरो हजुरबुबालाई सम्झेँ। उहाँ उच्च-शिक्षित हुनुहुन्थ्यो र उहाँले धेरै किताब पढ्नुभएको थियो, तर उहाँले आफ्नो सम्पूर्ण जीवन एक किसानको रूपमा बिताउनुभयो। ज्ञानले उहाँको भवितव्य परिवर्तन गरेन। अनि मेरी आफन्त दिदी पनि छिन्। विश्वविद्यालयबाट स्नातक गरेपछि उनी ठूलो सहरमा काम गर्न गइन्, र गाउँका मानिसहरूले उनको इज्जत र तारिफ गर्थे, तर उनी अझै पनि त्यो जागिर भनेजस्तो राम्रो छैन भनेर गुनासो गर्थिन्। मलाई थाहा थिएन, आखिर यत्रो मिहिनेतपछि, म आफ्ना हजुरबुबाजस्तै हुने हुँ कि, जसको ज्ञान काम लागेको थिएन, वा अरूले प्रशंसा गरे पनि कहिल्यै सन्तुष्ट नहुने मेरी आफन्त दिदीजस्तै हुने हुँ। यदि मैले साँच्चै कुनै राम्रो विश्वविद्यालयमा भर्ना पाएँ, स्नातक गरेँ, र राम्रो जागिर पाएँ, अनि मैले अरूको प्रशंसा पाएँ, र त्यसपछि विवाह गरेर परिवार बसाएँ भने नि—के म आफ्ना छोराछोरीलाई पनि आफूले गरेजस्तै विश्वविद्यालयमा भर्ना पाउन कडा मिहिनेत गर्न लगाउँथेँ होला? हरेक पुस्ताले जीवनको यही ढाँचा दोहोऱ्याउँछ, तर के यो साँच्चै जिउने एकमात्र तरिका हुन सक्थ्यो र? के अरू कुनै मार्ग थिएन? मलाई जीवनमा आफू अगाडिको मार्गबारे अपूर्व अन्योल अनुभूति भयो, र मलाई आफू किन जीवित छु वा आफूले अर्थपूर्ण हुने के कुरा पछ्याउनुपर्छ भनेर थाहा थिएन।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ, र मेरा शङ्काहरू समाधान भए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यी मानवजातिलाई सृष्टि गऱ्यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्‍चै आफ्नै भाग्यलाई आफ्नै नियन्त्रणमा राखेको छ? …(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। के परमेश्‍वरका वचनहरूले ठ्याक्कै मलाई भइरहेका शङ्काहरूबारे बताएनन् र? तर मैले यी भित्री सोचहरू कसैसँग कहिल्यै बाँडेकी थिइनँ, त्यसोभए परमेश्‍वरलाई कसरी थाहा हुन सक्यो? यस्तो लाग्यो, परमेश्‍वरले मेरा सोचहरू बुझ्नुभएको थियो, र त्योभन्दा पनि, उहाँलाई सम्पूर्ण मानवजातिको जीवनको वर्तमान स्थिति थाहा थियो। मैले आफ्नो हृदयमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता महसुस गरेँ, र त्यससँगसँगै, परमेश्‍वरका वचनहरूले मलाई पढिरहन आकर्षित गरे। मैले परमेश्‍वरका वचनहरू पढिरहेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्न अझ बढी अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वरको अस्तित्व र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्‍न सक्दैनन्। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र तिनीहरूका अर्थहीन बलिदान र अन्वेषणहरूले झन्झन् तिनीहरूमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको भवितव्यबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त अझै बढी असक्षम हुन्छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्‍वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उनीहरूका आवश्यकताहरू, उनीहरूको अन्वेषण गर्ने कामना, र उनीहरूको हृदयको खालीपन समाधान हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र हाम्रो खोक्रोपन र निस्सहायपनको जड भनेको हाम्रो हृदयमा अब परमेश्‍वरको स्थान नहुनु हो। फर्केर हेर्दा, म सानो छँदा परमेश्‍वरको अस्तित्वमा विश्वास गर्थेँ, तर विद्यालय गएपछि, पाठ्यपुस्तकहरूमा परमेश्‍वरको कहिल्यै कुनै उल्लेख थिएन। तिनमा मानिसहरू बाँदरबाट विकसित भएका हुन्, र साथै “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” “किताबको अघि सबै कुरा फिका हुन्छ,” र “विज्ञान नै सर्वोपरि हो” भनेर भनिएको थियो। यस्ता विचार र कथनहरू शैतानबाट आउँछन्, जसले मानिसहरूलाई ज्ञान र विज्ञानलाई पुज्न लगाउँछन्। तर मैले पनि यी कथनहरू कहिले स्विकार्न पुगेछु मलाई थाहा छैन, मैले ज्ञानलाई धेरै महत्त्व दिएँ र यसलाई अत्यन्तै महत्त्वपूर्ण ठानेँ, र ज्ञानको पछ्याइमा, मैले आस्थालाई कम महत्त्वको ठानेँ। म अब जीवनबारे अन्योलले भरिएकी थिएँ, र धेरैपटक, मलाई अवर्णनीय रित्तोपन महसुस भयो। वास्तवमा, यो म परमेश्‍वरबाट धेरै टाढिएकीले गर्दा भएको थियो। पढाइले मेरो ज्ञानलाई फराकिलो बनाएको र मेरो दृष्टिकोणलाई फैलाएको, अनि मैले अरूबाट प्रशंसा र सम्मान पाएकी भए पनि, ज्ञानले जीवनबारे ममा भएको अन्योलको जवाफ दिन सकेन, न त यसले मलाई जीवनको सही मार्ग नै देखाउन सक्यो। मेरो हृदय अन्योल, निस्सहाय र पीडामा रह्यो। मैले परमेश्‍वर यसो भन्नुहुन्छ भनेर पढेँ: “मानवको हृदयमा परमेश्‍वर नहुनुहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ।” “मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो।” मैले के बुझेँ भने परमेश्‍वरमा विश्वास गरेर र उहाँको मुक्ति प्राप्त गरेर मात्रै सबै रित्तोपन र पीडाबाट मुक्त हुन सकिन्छ। त्यसबेलादेखि, मैले के थाहा पाएँ भने मैले गम्भीरतापूर्वक परमेश्‍वरमा विश्वास गर्नुपर्छ र उहाँका वचनहरू पढ्नुपर्छ, र मैले अबउप्रान्त आफ्नो आस्थालाई बेवास्ता गर्न मिल्दैन। त्यसपछि, म हप्तामा एकपटक भेलाहरूमा जान थालेँ, र परमेश्‍वरका वचनहरू पढ्न सक्षम हुँदा मलाई मनमा एकदमै चिन्तामुक्त महसुस भयो।

कलेजको प्रवेश परीक्षापछि, मसँग परमेश्‍वरका वचनहरू पढ्ने धेरै समय भयो, र म अक्सर ब्रदर-सिस्टरहरूसँग मण्डली जीवन जिउँदै समय बिताउँथेँ। मैले देखेँ भने मण्डलीमा सत्यताले शासन गर्छ, र ब्रदर-सिस्टरहरूमाझ धन वा सामाजिक हैसियतको, न त वरिष्ठता वा उमेरको कुनै भिन्नता हुन्छ। जब हामी भ्रष्टता प्रकट गर्छौं, तब सबैले खुलेर कुरा गर्न, सङ्गति गर्न र एकअर्कालाई मद्दत गर्न सक्छन्, र हामी एकअर्कालाई तुच्छ ठान्दैनौँ वा एकअर्कासँग प्रतिस्पर्धा गर्दैनौँ। मैले यस प्रकारको जीवनको एकदमै आनन्द उठाएँ। केही समयपछि, मैले विश्वविद्यालयको भर्ना पत्र पाएँ, र म विश्वविद्यालय जानुपर्ने कि नजानुपर्ने भनेर हिचकिचाएँ। साँचो कुरा भन्नुपर्दा, म साँच्चै विश्वविद्यालय जान चाहन्थेँ, किनभने यतिका वर्ष पढेपछि मेरो लक्ष्य सधैँ विश्वविद्यालय जाने, र राम्रो तलब र लाभहरू भएको सम्मानजनक जागिर पाउने थियो ताकि म तुच्छ नठानिऊँ, र मैले गरिबीको कष्ट भोग्नु नपरूँ। तर मलाई यदि म विश्वविद्यालय गएँ र पढाइमा व्यस्त भएँ भने भेला हुने र परमेश्‍वरका वचनहरू पढ्ने समय पाउँदिनँ कि भन्ने पनि चिन्ता लाग्यो। मैले आफ्नो अनिश्चिततामा मेरो परिवारलाई सोधेँ, र उनीहरूले भने, “तैँले निर्णय गर्नुअघि परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रार्थना गर्नुपर्छ।” त्यसपछि मैले परमेश्‍वरलाई आफ्नो कठिनाइबारे बताएँ र सही छनौट गर्न उहाँलाई मार्गदर्शन मागेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के ज्ञानलाई सबैले सकारात्मक कुरा मान्छन्? कम्तीमा पनि, मानिसहरू ‘ज्ञान’ शब्दको अर्थ नकारात्मकभन्दा बरु सकारात्मक छ भनी सोच्छन्। त्यसोभए हामी यहाँ शैतानले मानिसलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्छ भनी किन उल्लेख गर्दै छौँ? के क्रमविकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्युटनका नियमहरू ज्ञानको एक भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण शक्ति पनि ज्ञानको एक भाग हो, होइन र? (हो।) त्यसोभए शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने कुराहरूमध्ये ज्ञानलाई किन सूचीकृत गरिएको छ? यसबारे तिमीहरूको दृष्टिकोण के हो? के ज्ञानमा अलिकति पनि सत्यता छ? (छैन।) त्यसोभए ज्ञानको सार के हो? मानिसहरूले प्राप्त गर्ने सबै ज्ञानको आधार के हो? के यो क्रमविकासको सिद्धान्तमा आधारित छैन र? के मानिसले अन्वेषण र योगफलमार्फत् प्राप्त गरेको ज्ञान नास्तिकवादमा आधारित छैन र? के यो कुनै पनि ज्ञानको परमेश्‍वरसँग सम्बन्ध छ? के यो परमेश्‍वरको आराधनासँग सम्बन्धित छ? के यो सत्यतासँग सम्बन्धित छ? (छैन।) त्यसोभए कसरी शैतानले मानिसलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्छ? मैले भर्खरै के भनेँ भने यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना वा सत्यतासँग सम्बन्धित छैन। कतिपय मानिस यसबारे यस्तो सोच्छन्: ‘ज्ञानको सत्यतासँग कुनै सम्बन्ध नहुन सक्छ, तर पनि, यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।’ यसबारे तिमीहरूको दृष्टिकोण के हो? के ज्ञानले तँलाई व्यक्तिको खुसी आफ्नै दुई हातले सिर्जना गर्छन् भनी सिकायो? के ज्ञानले तँलाई मानिसको भवितव्य आफ्नै हातमा छ भनी सिकायो? (हो।) यो कस्तो प्रकारको कुरा हो? (यो दुष्ट कुरा हो।) बिलकुल सही! यो दुष्ट कुरा हो! वास्तवमा ज्ञान निकै जटिल छ। सरल शब्दमा भन्दा, ज्ञान जुनसुकै क्षेत्रको भए पनि, यो मानिसहरूले राम्रो ठान्ने कुरा हो। ज्ञान कसरी आउँछ? सबै ज्ञान परमेश्‍वरलाई नचिन्ने र उहाँको आराधना नगर्ने गैरविश्‍वासीहरूले सारांशीकृत गरेका हुन्। जब मानिसहरू ज्ञानको यो क्षेत्र अध्ययन गर्छन्, तब तिनीहरूले परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुभएको देख्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरले सबै थोकको जिम्मा लिनुभएको वा व्यवस्थापन गर्नुभएको देख्न सक्दैनन्। बरु, तिनीहरूले गर्ने भनेको अनन्त रूपमा अनुसन्धान र अन्वेषण गर्नु, अनि ज्ञानरूपी उत्तरहरू खोज्नु मात्रै हो। तर, यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र बरु केवल अनुसन्धान मात्रै पछ्याउँछन् भने, तिनीहरूले कहिल्यै साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिन सक्ने भनेको जीविकोपार्जन, जागिर, र आम्दानी मात्रै हो ताकि तँ भोकै नहोस्; तर यसले तँलाई कहिल्यै परमेश्‍वरको आराधना गर्न लगाउनेछैन, र यसले तँलाई कहिल्यै दुष्टताबाट अलग बस्न लगाउनेछैन। मानिसहरूले जति धेरै ज्ञान प्राप्त गर्छन्, त्यति नै धेरै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरलाई छानबिन गर्ने, परमेश्‍वरलाई जाँच्ने, र परमेश्‍वरको प्रतिरोध गर्ने चाहना गर्नेछन्। त्यसोभए, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको देख्छौँ? त्यो सब शैतानको दर्शन हो। के भ्रष्ट मानवजातिमाझ शैतानले फैलाएका दर्शन र बाँच्ने नियमहरूको सत्यतासँग कुनै सम्बन्ध छ? तिनको सत्यतासँग कुनै सम्बन्ध छैन र, वास्तवमा, ती सत्यताको विपरीत छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वर शैतानले मानिसहरूलाई भ्रष्ट पार्न कसरी ज्ञानलाई चालका रूपमा प्रयोग गर्छ भनी खुलासा गर्नुहुन्छ। मैले के दखेँ भने व्यावहारिक ज्ञानले हामीलाई आधारभूत सामान्य समझ बुझ्न मद्दत गर्न सक्छ, र यसले हामीलाई काम र जीवनमा सहयोग गर्न सक्छ, तर हाम्रो सिकाइका क्रममा, शैतानले हामीमा नास्तिकवाद, विकासवाद, मार्क्सवाद, र अन्य विचारधाराहरू हालिदिन्छ। यिनले हामीलाई परमेश्‍वरलाई झन्-झन् धेरै इन्कार गर्न, उहाँविरुद्ध विद्रोह गर्न अनि उहाँबाट झन् टाढिन लगाउँछन्। मलाई एउटी सिस्टरले भनेको के कुरा याद आयो भने उनकी छोरी सानी छँदा परमेश्‍वरको अस्तित्वमा विश्वास गर्थिन् र तिनी विश्वासमा उनलाई पछ्याउँथिन्, तर पछि, जब उनी विश्वविद्यालय गइन्, तब ती सिस्टरले आफ्नी छोरीसँग परमेश्‍वरमा विश्वास गर्नेबारे कुरा गर्दा, उनकी छोरीले अब परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरिनन्। साँचो कुरा भन्दा, म पनि त्यस्तै थिएँ। म सानी छँदा, परमेश्‍वरको अस्तित्वमा विश्वास गर्थेँ, तर पाठ्यपुस्तकमा र विद्यालयमा सिकाइने ज्ञानमा, “परमेश्‍वर” शब्द कहिल्यै उल्लेख गरिएन, र सबै कुरा भौतिकवाद र विकासवादको सिद्धान्तबारे मात्र थियो, जसमा संसारका सबै कुरा प्राकृतिक रूपमा बनेका हुन् र मानिस बाँदरबाट विकसित भएको हो भनिएको थियो, जसले गर्दा मैले परमेश्‍वरको अस्तित्वलाई शङ्का गर्न थालेँ। मैले के बुझेँ भने शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट पार्न साँच्चै ज्ञानलाई प्रयोग गर्छ। तर त्यतिबेला, मलाई यसबारे केही थाहा थिएन, र म अझै पनि ज्ञानको तिर्सना गर्थेँ, ज्ञानको महासागरमा पौडिरहन चाहन्थेँ। यो शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट पार्न प्रयोग गर्ने चाल हो भनेर मलाई कसरी थाहा हुन सक्थ्यो र? तातिँदै गरेको पानीमा भ्यागुतोलाई जिउँदै उमालेजस्तै, यदि व्यक्ति सतर्क भएन र छिट्टै पानीबाट बाहिर निस्केन भने, शैतानले उसलाई निलिसक्दा पनि उसलाई थाहै हुँदैन। विश्वविद्यालयहरूमा सिकाइने ज्ञान सबै नास्तिक हुन्छ, र मैले त्यसबारे जति धेरै सिकेँ, म त्यति नै गहन रूपमा विषाक्त भएँ। अन्त्यमा, यदि म अत्यन्तै धेरै ज्ञान भएकाले परमेश्‍वरलाई इन्कार गर्ने व्यक्ति बनेकी भए, असाध्यै ढिलो भइसकेको हुनेथ्यो। के यो आफैलाई बर्बाद गर्नु हुनेथिएन र? यसका परिणामहरू भयानक थिए!

एक दिन, मैले परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले बुझेँ, व्यक्तिको भवितव्य परमेश्‍वरको हातमा छ, र मानिसहरूसँग आफ्नो भवितव्य बदल्ने क्षमता छैन। मेरो भवित्वय कसरी खुल्छ, म कस्तो प्रकारको काम गर्नेछु, मसित कस्तो प्रकारको जीवन हुनेछ, र म गरिब हुनेछु कि धनी—यी सबै परमेश्‍वरको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत छन्, र म तिनलाई बदल्न सक्दिनँ, झन् ज्ञान वा डिप्लोमामार्फत् ती परिवर्तन हुन सक्नु त परै जाओस्। मेरो हजुरबुबाजस्तै; परमेश्‍वरले उहाँलाई किसान हुन पूर्वनिर्धारण गर्नुभएको थियो, र उहाँले धेरै किताबहरू पढ्नुभएको र धेरै कुरा सिक्नुभएको भए पनि, यसले उहाँको भवितव्य बदल्न सकेन। मैले व्यक्तिको भवितव्य साँच्चै नै उसको आफ्नो हातमा छैन, र धेरै शिक्षा लिएर राम्रो जागिर पाइन्छ भन्ने छैन भनेर बुझेँ। मैले पढाइमार्फत् आफ्नो भवितव्य बदल्न चाहेकी थिएँ, तर त्यो विचार साँच्चै मूर्खतापूर्ण थियो। यो कुरा बुझेपछि, म आफूलाई परमेश्‍वरलाई सुम्पन इच्छुक भएँ, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक भएँ।

त्यस दौरान, मैले परमेश्‍वरका थप वचनहरू पनि पढेँ, र विशेष गरी एउटा खण्डले ममाथि गहिरो छाप छोड्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जवान मानिसहरू आकाङ्क्षा, जोस, र प्रगति गर्ने जीवन्त मिजासरहित हुनुहुँदैन; तिनीहरू आफ्ना भविष्यबारे निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनप्रतिको आशा वा भविष्यप्रतिको विश्‍वास नै गुमाउनु हुन्छ; तिनीहरूसँग तिनीहरूको सम्पूर्ण जीवन मप्रति समर्पित गर्ने तिनीहरूको चाहनालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र बेइन्साफ नै लुकाएर राख्न हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा दृढ रहनुपर्छ। तिनीहरू भीडसँग लाग्नुहुँदैन, तर इन्साफ र सत्यताका निम्ति बलिदान गर्न र सङ्घर्ष गर्न साहस गर्ने भावना तिनीहरूमा हुनुपर्छ। युवाहरूमा अन्धकारका शक्तिहरूको दमनमा नझुक्ने र तिनीहरूको अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस हुनुपर्छ। युवाहरूले प्रतिकुलतासामु आत्मसमर्पण गर्नुहुँदैन, बरु अझ बढी, तिनीहरूसँग खुलापन र खुलस्तताको भावना हुनुपर्छ, र तिनीहरूका दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको भावना हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, युवाहरू कामकुराका सार प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नो जीवनका निम्ति उत्तरदायी हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आउँछन्, र मसँग जम्काभेट हुनु अनि सत्यताको खोजी र त्यसलाई प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? … तिमीहरूका जीवन न्याय, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरूको जीवन यति चाँडै तिमीहरूलाई पातालमा डोर्‍याउने गरी यति भ्रष्ट हुनुहुँदैन। के यो भयानक दुर्भाग्य हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन? के यो डरलाग्दो अन्याय हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू)। परमेश्‍वरका यी वचनहरूले मलाई जीवनमा सही दिशा पत्ता लगाउन मदत गरे। परमेश्‍वर सबै सुन्दरता र भलाइका स्रोत हुनुहुन्छ। म परमेश्‍वरमा विश्वास गर्छु र उहाँका वचनहरू पढ्छु, र तीबाट, म सकारात्मक र नकारात्मक कुराहरूबीच भिन्नता छुट्याउन, र विभिन्न दुष्ट प्रवृत्तिहरूलाई खुट्ट्याउन सक्छु, र मलाई सामान्य मानवता कसरी जिउने इत्यादि पनि थाहा छ। यी सबै मेरो आत्मिक जीवनका लागि आवश्यक कुराहरू हुन्। यदि मैले सत्यता नपछ्याएर बरु ज्ञान पछ्याइरहने छनौट गरेकी भए, म विभिन्न प्रकारका सबै शैतानी दर्शन र विषहरूद्वारा प्रभावित मात्र हुनेथिएँ, र झन् धेरै भ्रष्ट बन्नेथिएँ। म विद्यालयमा छँदा जस्तै, मलाई आफ्नो ग्रेड औसत छ भन्ने स्पष्टसँग थाहा थियो, तर म त्यो स्विकार्न अनिच्छुक भएँ र राम्रो विश्वविद्यालयमा भर्ना पाउन एकदमै कडा मिहिनेत गरेर पढेँ। परिणामस्वरूप, मैले आफूलाई सास्ती दिएँ र परमेश्‍वरबाट झनै टाढिएँ। हामी सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरियौँ, र हामीले उहाँमा विश्वास गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ, तर शैतानले मलाई लोभ्याउने र बहकाउने भएकोले, मैले विद्यालय जाने र पढ्ने मात्र जानेँ, र मैले परमेश्‍वरमा विश्वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ भन्ने बुझिनँ, र मैले जीवन भनेको सत्यता र मुक्ति पछ्याउने कुरा हुनुपर्छ भनेर बुझिनँ। म पूर्ण रूपमा आफ्नो पढाइमा केन्द्रित थिएँ, र मैले धेरै समय खेर फालेँ। मैले देखेँ, परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र मैले नबुझेका अझ धेरै कुरा छन्, र म पछुतोले भरिएँ। यदि मैले केही वर्षअघिदेखि नै राम्ररी भेलामा भाग लिएकी भए, के मैले अझ धेरै सत्यता बुझ्नेथिइनँ र? यदि मैले अझ केही वर्ष विश्वविद्यालयमा पढेकी भए, परमेश्‍वरको काम सायद समाप्त भइसकेको हुनेथ्यो, फलस्वरूप, मैले निश्चित रूपमा आफ्नो मुक्तिको मौका गुमाउनेथिएँ। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको जरुरी अभिप्राय महसुस गरेँ। परमेश्‍वर मानवजाति उहाँसामु फर्किएर आओस् र उहाँको मुक्ति स्वीकार गरोस् भनी पर्खिरहनुभएको छ ताकि उनीहरूले अबउप्रान्त शैतानको हानि भोग्न नपरून्। म यो मौका गुमाउन सक्दिनथेँ।

मैले परमेश्‍वरका थप वचनहरू पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको अभिप्राय अझ स्पष्ट रूपमा बुझेँ, र मलाई हृदयमा एकदमै हौसला मिल्यो, परमेश्‍वर कस्ता मानिसहरूले उहाँको अनुमोदन र आशिषहरू पाउनेछन्, अनि कस्ता मानिसहरू उहाँद्वारा श्रापित र घृणित हुनेछन् भनी स्पष्ट रूपमा बताउनुहुन्छ। कुनै पनि रोकावटहरूको बाबजुद परमेश्‍वरसामु आउने र आफूलाई शरीर र मनले परमेश्‍वरलाई अर्पण गर्नेहरू नै परमेश्‍वरको अनुमोदन र आशिष पाउनेहरू हुन्। यदि कसैले व्यक्तिगत हितहरू पछ्याउनका खातिर परमेश्‍वरको बोलावट र आज्ञा इन्कार गर्छ भने, यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र यस्तो व्यक्ति परमेश्‍वरद्वारा तिरस्कृत हुन्छ। मैले सोचेँ, सृजित प्राणीका रूपमा, यदि मैले ज्ञान पछ्याएर सत्यतालाई चाहिँ नपछ्याएकी भए, परमेश्‍वरले मलाई दिएको सासलाई त्यसै खेर फालिरहेकी हुनेथिएँ। यदि मैले यी वर्षहरूलाई विश्वविद्यालयमा पढाइलाई पछ्याउनुको सट्टा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सकेकी भए—मानवजातिलाई मुक्ति दिने काम गर्न परमेश्‍वर आउनुभएको सुसमाचार धेरै मानिसलाई बताउने, र मजस्तै हराएका धेरै मानिसलाई परमेश्‍वरसामु फर्कन मद्दत गर्ने—यो सबैभन्दा अर्थपूर्ण काम हुनेथ्यो। मैले पत्रुसलाई सम्झेँ। उनी सानैदेखि पढाइ र आचरण दुवैमा उत्कृष्ट थिए, र उनका आमाबाबुले उनी शैक्षिक रूपमा सफल र संसारमा उत्कृष्ट हुनेछन् भन्ने आशा गरेका थिए, तर पत्रुसले ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्न थप ज्ञान वा उच्च शिक्षा पछ्याएनन्। बरु, उनले परमेश्‍वरमा विश्वास गर्ने र प्रचार गर्ने छनौट गरे। आफ्ना आमाबाबुको विरोधको बाबजुद, उनले उच्च माध्यमिक तह सिध्याएपछि आफ्नो पढाइ रोके। उनले माछा मारेर गुजारा चलाए पनि र साधारण जीवन बिताए पनि, तर परमेश्‍वरप्रतिको तिर्सनाका कारण, उनले परमेश्‍वरलाई चिन्न र प्रेम गर्न निरन्तर रूपमा खोजी गरे, र अन्त्यमा, उनले परमेश्‍वरको अनुमोदन पाए। पत्रुसको पछ्याइले मेरो प्रशंसा पायौ, र त्यससँगसँगै, यसले मलाई प्रेरणा दियो, र मलाई विश्वविद्यालय त्याग्ने सङ्कल्प दियो।

मैले थाहै नपाई, विश्वविद्यालयका लागि दर्ता गर्ने दिन आयो। एक सहपाठीले सँगै दर्ता गर्नका लागि मलाई फोन गरिन्, तर मैले उनलाई म विश्वविद्यालय जाँदिनँ भनेर भनेँ। त्यसपछि, सहपाठीहरू, साथीहरू, र गैरविश्वासी परिवारका सदस्यहरू एकपछि अर्को गर्दै मलाई मनाउन आए। कतिपयले भने, “डिग्रीविना, तिमीले बाहिर संसारमा राम्रो जागिर पाउनेछैनौ।” अरूले भने, “कतिपयले विश्वविद्यालयमा भर्ना हुन चाहन्छन् तर सक्दैनन्। तर तिमी चाहिँ, हेर न: तिमीले भर्ना पाएकी छौ तर नजाने छनौट गर्दै छौ? के तिम्रो दिमाग खुस्कियो?” मेरा दाइले पनि यदि म विश्वविद्यालय गएँ भने उहाँले मलाई तीन हजार युआन दिनुहुनेछ, र मलाई राम्रो फोन किनिदिनुहुनेछ भनेर भन्नुभयो। म अलि दुःखी र कमजोर भएँ, किनकि मलाई लाग्यो, म कुनै समय उनीहरूको नजरमा आज्ञाकारी र समझदार बच्चा, उत्कृष्ट ग्रेड ल्याउने अब्बल विद्यार्थी, र उज्ज्वल भविष्य भएको होनहार युवा थिएँ, तर अहिले मलाई दिमाग खुस्किएको र अनाज्ञाकारी व्यक्ति ठानिँदैथ्यो। मलाई अलि असहज महसुस भयो। तर परमेश्‍वरको सुरक्षाले गर्दा, जब मैले म जीवनको सही मार्गमा छु भन्ने तथ्यबारे सोचेँ, र सबैभन्दा न्यायोचित उद्देश्यलाई रोजेँ, तब आफू फेरि आस्थाले भरिएकी पाएँ। उनीहरूले चाहेको जेसुकै सोच्न र भन्न सक्थे; म चाहिँ सदाझैँ भेलामा जान र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नेथिएँ। त्यसबेला, मलाई “तैँले सत्यताका लागि सबै कुरा त्याग्नुपर्छ” भन्ने परमेश्‍वरका वचनहरूको एउटा भजन गाउन एकदमै मन पर्थ्यो:

१  मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न सक्नुपर्छ—तैँले आफैलाई परमेश्‍वरमा कसरी अर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारे ख्याल गर्नुपर्छ। आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्, तैँले तेरो अगाडि रहेको मार्गमा कसरी हिँड्नुपर्छ भन्‍ने बारेमा पनि विचार गर्नैपर्छ। तँसँग सिद्ध पारिनका लागि सङ्कल्प र साहस हुनैपर्छ। तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो।

२  पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अल्पकालिक आनन्दका खातिर तैँले जीवनभरको मर्यादा र निष्ठा गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै निष्ठा वा मर्यादा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने परमेश्‍वर हामी सत्यता पछ्याइ र न्यायपूर्ण कुराका लागि जिऔँ भन्ने चाहनुहुन्छ, र यदि हामीले अस्थायी आनन्दका लागि सत्यतालाई त्याग्यौँ भने, हामी आफ्नो मर्यादा, र अझ महत्त्वपूर्ण त, जीवनको मूल्य र अर्थ गुमाउँछौँ। विगतमा, मलाई अर्थपूर्ण जीवन के हो भन्ने थाहा थिएन। म सोच्थेँ, विद्यालयमा ज्ञान अध्ययन गर्दा, राम्रो विश्वविद्यालयमा भर्ना पाउँदा र आशाजनक भविष्य हुँदा अरूको प्रशंसा कमाइनेछ, र यसको मतलब मैले आफ्नो जीवनमा केही गर्न सकिरहेकी हुनेछु। तर अप्रत्याशित रूपमा, वर्षौं-वर्षौंको पढाइपछि, यीमध्ये कुनैले पनि मलाई कसरी आफूलाई आचरणमा ढाल्ने भनेर सिकाएन मात्र होइन, तर मैले आफ्नो मार्ग पनि गुमाएँ। मैले केसमेत बिर्सेँ भने म परमेश्‍वरबाट आएकी हुँ र यो सास परमेश्‍वरले मलाई दिनुभएको हो, अनि मलाई शैतानले हानि पुर्‍याएको र मूर्ख बनाएको थियो। अन्त्यमा, म लगभग शैतानजस्तै बनेँ, परमेश्‍वरलाई प्रतिरोध र इन्कार गरेँ, र कुनै मूल्य वा मर्यादाविना जिएँ। अब, मैले परमेश्‍वरप्रतिको आस्था र सत्यता पछ्याइको मार्गमा हिँड्ने छनौट गरिरहेकी थिएँ। मेरो परिवार र साथीसँगीहरूले मलाई नबुझे पनि र मेरो निन्दा गरे पनि, र भविष्यमा, मैले सायद सम्पन्न जीवन जिउन वा मानिसहरूको प्रशंसा पाउन नसके पनि, तर परमेश्‍वरमा विश्वास गरेर र आफ्नो कर्तव्य निर्वाह गरेर, म सत्यता बुझ्न र जीवन प्राप्त गर्न सक्छु। यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो, र यो कष्ट व्यर्थ हुँदैन। त्यसैले उनीहरूले मलाई जतिसुकै मनाउने प्रयास गरे पनि, म डगमगाइनँ, र म यो शक्ति मलाई परमेश्‍वरले दिनुभएको हो भनी जान्दथेँ।

त्यसपछि, म विश्वविद्यालय गइनँ, र बरु, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरेँ। परमेश्‍वरको सङ्गति र खुलासाद्वारा, मैले ज्ञानको आफ्नो पछ्याइबारे अझ गहन बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा प्राकृतिक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको उत्साह हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरूनिसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले अन्ततः के बुझेँ भने मलाई शैतानले ख्याति र प्राप्ति पछ्याउने गलत मार्गमा हिँड्न लोभ्याएको रहेछ। शैतान साँच्चै अन्तर्घाती र दुष्ट छ: यसले पहिले वैध देखिने कुरा प्रयोग गरेर मानिसहरूलाई अध्ययन गर्न र ज्ञान सिक्न लगाउँछ, र त्यसपछि सिक्ने क्रममा, हामीलाई यादै नभई, त्यसले मानिसहरूको हृदयमा विभिन्न शैतानी सोच र कथनहरू हालिदिन्छ, जस्तै “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” “किताबको अघि सबै कुरा फिका हुन्छ,” “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” र “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्।” यी विचारहरूले हामीलाई ज्ञानको पूजा गर्न अनि ख्याति र प्राप्ति पछ्याउन, उच्च शिक्षा हासिल गर्दा राम्रो जागिर पाइन्छ, पुर्खाहरूको नाम रहन्छ, र परिश्रमको जीवनबाट उम्कन सकिन्छ भनी सोच्न लगाउँछन्। त्यसैले मैले विश्वविद्यालय गएर म आफ्नो भवितव्य बदल्न, र मानिसहरूले भन्ने गरेको राम्रो जीवन प्राप्त गर्न सक्छु भन्ने सोचेँ। मैले स्कोर र परीक्षाको ऱ्याङ्किङमा ध्यान दिन थालेँ, र म आफ्नो मिहिनेतले राम्रो ग्रेडको परिणाम नल्याउँदा अक्सर कुण्ठित र खिन्न हुन्थेँ। मलाई धेरैपटक विद्यार्थी जीवन खोक्रो र नीरस लागे पनि, वा ऱ्याङ्किङका लागि अरूसँग प्रतिस्पर्धा गर्दा पीडा महसुस भए पनि, म यस लक्ष्यका लागि कष्ट भोग्न र परिश्रम गर्न अझै इच्छुक थिएँ, मैले मुक्त हुन र प्रतिरोध गर्न जानिनँ। मैले मसँग एउटै डेस्कमा बस्ने साथीलाई सम्झेँ। उनी राम्रो विश्वविद्यालयमा भर्ना पाउने प्रयासमा अक्सर राति अबेरसम्म पढ्थिन्, तर अत्यधिक चिन्ताका कारण उनलाई असामान्य रोग लाग्यो। अन्त्यमा, उनले निको हुनका लागि छुट्टी लिनुपर्‍यो। अनि पुनः परीक्षा दिने विद्यार्थी थियो जसले हाम फालेर आफ्नो ज्यान फाल्यो। अरूलाई त्यो केवल सानो अङ्कको फरक लाग्थ्यो, तर उसले त्यस अङ्कलाई आफ्नो जीवनभन्दा बढी मूल्यवान् ठान्यो। अन्ततः उसले हाम फाल्ने निर्णय गर्‍यो। यो पनि ख्याति र प्राप्ति पछ्याउनुले गर्दा नै भएको थियो। यी तथ्यहरूबाट मैले मानिसहरूलाई ख्याति र प्राप्ति पछ्याउन लोभ्याउने शैतानको दुष्ट अभिप्रायहरू देखेँ। शैतानले हामीलाई परमेश्‍वरबाट टाढा लैजान्छ मात्र होइन, तर हामीलाई अन्त्यमा ननिलेसम्म सास्ति दिन्छ र हामीसँग मनपरी खेलबाड गर्छ, परमेश्‍वरले यो खुलासा नगर्नुभएको भए, मैले ख्याति र प्राप्ति भनेको मानिसहरूलाई भ्रष्ट पार्न शैतानले प्रयोग गर्ने चालहरू हुन् भनेर कहिल्यै स्पष्टसँग बुझ्नेथिइनँ, र मैले ख्याति र प्राप्तिका लागि सबै प्रकारका अनावश्यक कष्टहरू भोगिरहन्थेँ, र त्यसबाहेक, म परमेश्‍वरबाट तर्किनेथिएँ र उहाँको मुक्तिको ढोका बन्द गर्नेथिएँ। मैले अरूको प्रशंसा पाउन दस वर्षभन्दा बढी कडा अध्ययन गरेँ, र मैले परमेश्‍वरमा विश्वास गर्ने कुरालाई बेवास्ता गरेँ र बिर्सेँ समेत। यदि परमेश्‍वरको प्रेम नभएको भए, अनि उहाँले मलाई मद्दत गरेर मण्डली जीवनमा ल्याउन ब्रदर-सिस्टरहरूको बन्दोबस्त नमिलाउनुभएको भए, म कति लामो समयसम्म अन्योलमा भौँतारिरहन्थेँ, मलाई थाहा छैन।

विगत केही वर्षदेखि, आफ्नो कर्तव्य निर्वाह गरेर र परमेश्‍वरका वचनहरू पढेर, मैले परमेश्‍वरमा विश्वास गर्ने मार्ग नै जीवनको सही मार्ग हो भनेर झन्-झन् धेरै बुझ्दै आएकी छु। परमेश्‍वरले हामीलाई सत्यताका सबै रहस्य प्रकट गरिदिनुभएको छ, उदाहरणका लागि, मानवजाति आज हामी जहाँ छौँ त्यहाँ कसरी विकसित भयो, मानिसहरू कहाँबाट आउँछन् र कहाँ जाँदै छन्, शैतानले कसरी मानवजातिलाई भ्रष्ट तुल्याएको छ, कसरी भ्रष्ट स्वभावहरू समाधान गर्ने अनि साँचो मानव रूप जिउने, कसरी परमेश्‍वरलाई चिन्ने र उहाँको आराधना गर्ने, कसरी मानकअनुरूपको सृजित प्राणी बन्नेबारे सत्यता इत्यादि। परमेश्‍वरले व्यक्त गरेका सत्यताहरूमा, मैले जीवनको दिशा देखेकी छु, र मैले आफ्नो जीवनको मूल्य भेट्टाएकी छु। परमेश्‍वरको मुक्ति ममाथि आएको छ भनेर म साँच्चै कृतज्ञ छु, जसले मलाई उहाँसामु फर्कन सक्षम पाऱ्यो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ४९. म अब आफ्नो बुढेसकालको हेरचाहका लागि छोरामा भर पर्दिनँ

अर्को: ५१. मेरो बुबाप्रतिको ऋण त्याग्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्