४१. आफ्नो बच्चाको रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने

वेन नुआन, चीन

मेरो छोरा सानो छँदादेखि नै साह्रै कमजोर रहेको थियो र बिस्तारै बढेको थियो। हाम्रो घर स्कुलको नजिकै थियो, त्यसैले म उसलाई बलियो बनाउन अक्सर दौडनको लागि खेल मैदानमा लैजान्थेँ। त्यतिबेला, एक जना प्रशिक्षकले उसलाई नियाले। सन् २०२० मा, मेरो छोरा प्राथमिक विद्यालयमा तेस्रो कक्षामा पुग्यो, र ऊ प्रशिक्षकद्वारा स्कुलको फुटबल टोलीमा सामेल हुनका लागि छानियो। हरेक दिउँसो स्कुल छुट्टी भएपछि, मेरो छोरा तालिमको लागि मैदानमा जान्थ्यो, र उसको अनुहारमा रगत चढेको र शरीर बलियो हुँदै गएको देखेर मलाई सन्तोष लाग्थ्यो। हरेक साँझ, म उसले सुनाउने फुटबलका रमाइला कुराहरू सुन्थेँ। मैदानमा मेरो छोराले तालिम गरिरहेको हेर्दा, मैले केही प्रशिक्षकहरूले उसलाई विशेष ध्यान दिइरहेका र थप चालहरू सिकाइरहेका देखेँ। प्रशिक्षकहरू मसँग धेरै नम्र भएर कुरा गर्थे, मेरो छोराको छिटो बुझ्ने क्षमता, आज्ञाकारिता र सहनशीलताको प्रशंसा गर्थे, र उनीहरू मेरो छोरालाई अक्सर ठूला विद्यार्थीहरूसँग खेल्न दिन्थे, उनीहरूले उसलाई एक प्रमुख खेलाडीको रूपमा विकास गर्न चाहेको बताउँथे। मलाई निकै खुसी लाग्थ्यो, मनमनै सोच्थेँ, “उसले त साँच्चै मेरो इज्जत राख्दै छ। के उसमा साँच्चै एक होनहार फुटबल खेलाडी बन्ने सम्भावना छ त?” त्यसबेलादेखि, मैले मेरो छोराको फुटबल यात्रालाई नजिकबाट नियाल्न थालेँ, र आफ्ना कर्तव्यले धेरै व्यस्त नबनाएको बेला, म उसका साना-ठूला सबै खेलहरू हेर्न जान्थेँ। प्रशिक्षकले मलाई टोलीको कुनै पनि व्यवस्थाबारे पहिल्यै जानकारी दिन्थे, र मलाई ठूलो गर्व महसुस हुन्थ्यो। मैले सपना देख्नबाट आफूलाई रोक्न सकिनँ, “ऊ यसमा साँच्चै प्रतिभाशाली छ जस्तो देखिन्छ। आजको अत्यधिक प्रतिस्पर्धी समाजमा, एउटा विशेष सीपविना स्थापित हुन गाह्रो छ। मैले उसलाई राम्रोसँग संवर्द्धन गरेर एक स्टार खेलाडी बनाउनुपर्छ, अनि जब उसले ख्याति र सफलता प्राप्त गर्छ, उसले मलाई गौरवान्वित मात्र बनाउनेछैन, म उसको धन र गौरवमा समेत भागीदार बन्नेछु।” सन् २०२१ को नयाँ वर्षको दिन, मेरो छोराको टोलीले जिल्ला च्याम्पियनसिप जित्यो। उसले चम्किलो सुनौलो ट्रफी हेर्दै, मलाई अङ्गालो हाल्यो र खुसीले हाँस्यो। आफ्नो खुसीमा, म गोप्य रूपमा आफ्नो छोराको फुटबल खेलाडीका रूपमा भविष्यको योजना बनाउँदै, मनमनै सोच्दै थिएँ, “अबदेखि, कठिनाइको लागि तयार होऊ। म कठोर भएकोमा मलाई दोष नदेऊ—यो सबै तिम्रै भलाइको लागि हो। भविष्यमा सफल भएपछि, तिमीले मेरो यो श्रमसाध्य अभिप्राय बुझ्नेछौ। यो तिम्रो सोख भइसकेको छ, र यदि हामीले तिमीलाई राम्रोसँग संवर्द्धन गरेनौँ भने, आमाबुबाको रूपमा हामी हाम्रो जिम्मेवारीमा असफल हुनेछौँ।”

यसपछि, म अक्सर मेरो छोरालाई संसारभरका स्टार खेलाडीहरूका उत्कृष्ट क्षणका झलकहरू हेर्न लगाउँथेँ, र म उसलाई भन्थेँ, “यो स्टार खेलाडी कति प्रभावशाली छ देख्यौ? तिमी ऊ जस्तै बन्दा कस्तो महसुस होला जस्तो लाग्छ?” मेरो छोरालाई पहिले नै खेलहरू हेर्न मन पर्थ्यो, र मेरो मार्गदर्शनले ऊ झनै उत्साहित भयो। आफ्नो गृहकार्य सकेपछि, ऊ प्रतियोगिताहरू र स्टार खेलाडीहरूका अन्तर्वार्ताहरू हेर्थ्यो। केही समयमै, ऊ विभिन्न देशका प्रमुख फुटबल प्रतियोगिताहरू र स्टार खेलाडीहरूबारे धेरै परिचित भयो, र ऊ प्राय: मलाई यी कुराहरूको वर्णन गर्थ्यो। अब आफ्नो छोरा सही बाटोमा लागेको देखेर, म उसलाई अझ धेरै सिकाउन थालेँ, “कोही पनि सजिलै सफल हुन सक्दैन। आफ्नो सपना साकार पार्नको लागि तिमीले कठिनाइहरू सहनुपर्छ।” मेरो छोरा पूर्ण रूपमा सहमत हुन्थ्यो र दिक्कलाग्दा आधारभूत सीप अभ्यासहरूबारे विरलै गुनासो गर्थ्यो। सन् २०२१ को ग्रीष्म यामभरि, मेरो छोरा हरेक बिहान ५ बजे अभ्यास गर्न मैदानमा पुग्थ्यो र ९ नबजी बन्द गर्दैनथ्यो, र उसले एउटा पनि अभ्याससत्र छुटाएन। एक पटक, मेरो छोरालाई ज्वरो आयो, र उसलाई यति कमजोर देखेर मेरो मन अलिकति दुख्यो। तर उसलाई आफ्नो लक्ष्यतर्फको काममा मद्दत गर्न, मैले तैपनि उसलाई मैदानमा लगेँ। सप्ताहन्तमा, जब ऊ तालिमका लागि क्लब जान्थ्यो, कहिलेकाहीँ ऊ यति थाकेको हुन्थ्यो र कुनै दिन बिदा लिन चाहन्थ्यो, तर म सधैँ अस्वीकार गर्थेँ। कहिलेकाहीँ, ऊ एकदमै अनिच्छुक हुन्थ्यो, र म उसको मानसिकता बदल्न कोसिस गर्दै ऊसँग कुरा गरिरहन्थेँ, “तिमीले निरन्तर लागिरहनुपर्छ ताकि प्रशिक्षकले तिम्रो कडा परिश्रम देखून्। प्रशिक्षकले तिमीलाई थप खेलहरूमा सहभागी गराउनका लागि तिम्रो सीपमा सुधार हुनुपर्छ। जब तिमी प्रसिद्ध हुन्छौ, एक राम्रो प्रशिक्षकले तिमीलाई देख्नेछन् र तिमीलाई अझ राम्रो टोलीमा लैजानेछन्, अनि के तिमी एक स्टार खेलाडी बन्नमा एक कदम नजिक हुनेछैनौ र?” मेरो छोरा मसँग तर्क गर्न सक्दैनथ्यो, त्यसैले ऊ आफैलाई जबरजस्ती तालिममा लगाउँथ्यो।

पछि, गम्भीर महामारीको कारण, ठूला प्रतियोगिताहरू लगातार दुई वर्षसम्म रोकिए। मेरो छोराले कुनै सम्मान जितेन, र हामी दुवैलाई पछुतो लाग्यो, तर मेरो छोराले आफ्नो तालिम कहिल्यै रोकेन। कठ्याङ्ग्रिदो जाडोमा पनि, जब मैदानमा थोरै मानिसहरू मात्र हुन्थे, उसको आकृति तिनीहरूमाझ देख्न सकिन्थ्यो। तर, म र मेरो छोराको सम्बन्ध ठ्याक्कै कहिलेदेखि बदलिन थाल्यो भन्ने मलाई थाहा भएन। मेरो छोराद्वारा प्राप्त परिणाम हेर्ने मेरो उत्सुकताको कारण, हरेक पटक घर फर्केपछि उसले तालिमका रोचक क्षणहरू सुनाउन खोज्दा, म अधीर भएर उसलाई बीचमै रोक्थेँ, “मलाई यी कुराहरूको वास्ता छैन। मलाई यति मात्र जान्न मन छ: के तिमीहरूले जित्यौ? तिमीले कति गोल गऱ्याै? प्रशिक्षकले तिम्रो प्रशंसा गरे? के तिमी आफ्नो टोलीको सबैभन्दा बलियो खेलाडी हौ?” मेरो प्रश्नले मेरो छोरा निरुत्तर हुन्थ्यो, र ऊ पहिले जस्तो मसँग नजिक महसुस गर्न छाड्यो। यदि उसको टोलीले जित्यो भने, ऊ मसँग धाक लगाउँथ्यो, तर यदि उनीहरूले हारे भने, ऊ आफूले केही गल्ती गरेझैँ आफ्नो शिर झुकाउँथ्यो।

सन् २०२३ मा, महामारीका प्रतिबन्धहरू हटाइए, र विभिन्न प्रतियोगिताहरू निर्धारित रूपमा आयोजना गरिए। सप्ताहन्तमा, प्रशिक्षक प्राय: बच्चाहरूलाई प्रतियोगिताका लागि अन्य शहरहरूमा लिएर जान्थे, र छुट्टीहरूमा, उनीहरू ठूला प्रतियोगिताहरूका लागि अझ टाढाका शहरहरूमा जान्थे, र उनीहरू अन्य देशका उही उमेरका टोलीहरूसँगै तालिम पनि गर्थे। जतिसुकै खर्च लागे पनि, म सक्रिय रूपमा मेरो छोराको नाम दर्ता गराउँथेँ, र म आफूलाई दूरदर्शी र जिम्मेवार अभिभावक ठान्थेँ। मेरो छोराले जति धेरै पुरस्कार जित्थ्यो, मलाई त्यति नै गर्व महसुस हुन्थ्यो, र सबै प्रशिक्षकहरू, अन्य अभिभावकहरू, र हाम्रा साथीभाइ र आफन्तहरूका अगाडि मेरो फोस्रो अभिमानले ठूलो सन्तुष्टि पाउँथ्यो। यो वर्ष, मेरा कर्तव्यले मलाई धेरै व्यस्त राखे, तर आफ्नो छोरालाई तालिममा साथ दिन, म प्राय: मेरो कार मैदानको छेउमा पार्क गर्थेँ र उसको प्रतीक्षा गर्दा कारमा बसेर कम्प्युटरमा काम गर्थेँ। बेलाबेलामा आफ्नो छोराको तालिम हेर्न म कारबाट बाहिर निस्कनुपर्ने भएकोले, मेरो कर्तव्यको दक्षता धेरै कम थियो। एक पटक, मेरो छोराले नगर-स्तरीय प्रतियोगितामा भाग लियो, तर संयोगवश त्यो खेल मेरो एक जना नवप्रवेशीसँगको भेलासँग जुध्न पुग्यो। म वास्तवमै आफ्नो छोराको खेलमा उपस्थित हुन चाहन्थेँ, तर म आफ्नो कर्तव्यलाई बेवास्ता गर्न सक्दिनथेँ, त्यसैले म भेलामा जानुपर्‍यो। तर बाटोभरि, मेरो दिमाग प्रतियोगितामै थियो। म मेरो छोराले पूरै खेल खेल्न सक्ला कि नसक्ला, वा उसको टोलीले खेल जित्ला कि नजित्ला भन्ने सोचिरहेकी थिएँ। जब म अतिथि-सत्कारक घरमा पुगेँ, मैले नवप्रवेशी अझै नआइपुगेको देखेँ। सामान्यतया, म चिन्तित हुन्थेँ र नवप्रवेशीलाई सम्पर्क गर्ने प्रयास गर्थेँ, तर त्यो दिन, नवप्रवेशी नआएकोमा मलाई एकदमै ठिक लाग्यो, किनकि यसको मतलब म प्रतियोगितामा गएर मेरो छोरालाई हेर्न सक्थेँ। मैले केही बेर पर्खिएँ, र नवप्रवेशी अझै नआएकोले, म आतुरतापूर्वक खेलतिर दौडिएँ। म दोस्रो हाफको लागि ठीक समयमा पुगेँ, र आफ्नो छोराको टोलीले खेल जितेको देखेर म यति उत्साहित भएँ कि मैले नवप्रवेशीलाई सम्पर्क गर्ने कुरा पूरै बिर्सिएँ।

सन् २०२३ को अक्टोबरमा, मेरो छोराको टोलीले शहरव्यापी प्रतियोगितामा भाग लियो तर कुनै ट्रफी जितेन। म रिसले आगो भएँ। विशेष गरी, जब मैले मेरो छोराभन्दा एक वर्ष कान्छो टोलीले पुरस्कार जितेको र ती अभिभावक र केटाकेटीहरू वीच्याट (WeChat) समूहमा उत्सव मनाइरहेको देखेँ, मैले आफूलाई झण्डै झण्डै टुट्ने अवस्थामा पुगेको पाएँ। विगतमा, उनीहरू हाम्रो ईर्ष्या मात्र गर्थे, तर अहिले उनीहरूले वास्तवमै जिते, जबकि मेरो छोरा भने रित्तो हात घर फर्कियो। आफूले महसुस गरिरहेको लज्जालाई के गर्ने भन्ने मलाई थाहा भएन। घर पुगेपछि, मैले बेलुकाको खाना पनि खाइनँ। मैले आफ्नो छोरामाथि रिस पोखिरहेँ, “महामारीले दुई वर्षसम्म प्रतियोगिताहरू ढिला गरायो, तर मैले यस पटक पनि तिमीहरूले कुनै नतिजा ल्याउनेछैनौ भन्ने कल्पना गरेकी थिइनँ। यो सबै तिमीहरूको प्रशिक्षकले प्रतियोगिता अघि तिमीहरू सबैलाई राम्रोसँग तालिम नदिएकोले हो। तेरो टिमको एक जना साथीले महत्त्वपूर्ण क्षणमा बल छोडिदियो र सबै पछाडि परे। अनि तेरो कुरा गर्दा, मलाई लाग्दैन तँ पनि त्यति बलियो थिइस्। यदि तँ बलियो भएको भए, तैँले पक्कै पनि टोलीलाई अन्त्यसम्मै डोऱ्याउन सक्थिइस्!” ऊ खेल हारेको कारणले पहिले नै धेरै दुःखी थियो, तर मलाई रिसले चुर भएको देखेर, उसले मलाई सान्त्वना दिन खोज्यो, “ममी, रिसाउनु न। हरेक प्रतियोगितामा विजेता र हार्नेहरू हुन्छन्। हामी उनीहरू जति बलियो थिएनौँ।” आफ्नो छोराको निर्दोष अनुहार हेर्दा, म अलिकति भावुक भएँ, “यो एउटा खेल मात्र त हो; म किन यति धेरै रिसाइरहेकी छु?” मैले आफैलाई आफ्नो छोरालाई प्रोत्साहनका केही शब्दहरू भन्न बाध्य बनाएँ। तर भित्रभित्रै, मेरो मनमा अझै पनि उथलपुथल मच्चिरहेको थियो, र बिहानको १ बज्दासम्म, म अझै सुत्न सकेकी थिइनँ। मलाई आफ्नो स्थिति गलत भएको महसुस भयो, त्यसैले मैले आफ्नो हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सक्दिनँ। तपाईं हामीलाई सधैँ सत्यतालाई आफ्नो मापदण्ड बनाएर मानिसहरू र कामकुराहरू हेर्न र तपाईंका वचनअनुसार आचरण र कार्य गर्न भन्नुहुन्छ। मेरो बच्चाको संवर्द्धनको सन्दर्भमा मैले सत्यताको कुन पक्षमा प्रवेश गर्नुपर्ला? कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरले कसरी हामीलाई आमाबुबाले आफ्ना छोराछोरीप्रति कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ भनी बताउनुभएको थियो भन्ने कुरा सम्झिएँ, र परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो दिमागमा आयो: “आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको अर्थ एकातिर आफ्ना छोराछोरीका जीवनको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीका सोचलाई मार्गदर्शन गर्नु र सच्याउनु, अनि तिनीहरूका सोच र विचारहरूबारे सही मार्गदर्शन दिनु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वर जब हाम्रा साना छोराछोरीहरूमा चरम सोच वा विचारहरू हुन्छन्, हामीले, आमाबुबाको रूपमा, तुरुन्तै उनीहरूको सोचबारे उनीहरूलाई सल्लाह-सुझाव दिनुपर्छ भनेर बताउनु हुन्छ। यो आमा वा बुबा हुनुको जिम्मेवारी हो। त्यो दिन मेरो छोराले प्रतियोगिता हाऱ्याे, र जब ऊ घर आयो, त्यो बेला भनेको उसका भावनाहरू पोख्ने र आफ्ना विचारहरू व्यक्त गर्ने समय हुनुपर्ने थियो। मैले उसका विचारहरू सुन्नुपर्थ्यो, उसलाई सल्लाह-सुझाव दिनुपर्थ्यो, र उसका गलत दृष्टिकोणहरू सुधार्न मद्दत गर्नुपर्थ्यो। मैले उसलाई कुनै सल्लाह-सुझाव दिनु त परै जाओस्, उल्टै, मैले उसका लागि परिस्थिति झनै खराब बनाइदिएँ। ममा विवेकको कत्ति अभाव रहेछ! म आमा हुनुको स्तरमा पनि पुगिनँ। म कति खराब रहेछु! यी कुराहरू सोचेपछि, म बिस्तारै शान्त भएँ, र मैले प्रतियोगिताको परिणाममा अल्झिन छाडेँ।

पछि, मैले किन आफूले आफ्नो बच्चामाथि यति धेरै मागहरू राखेछु भन्नेबारे मनन गरेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “आफ्नो व्यक्तिपरक चेतनाभित्र, आमाबुबाहरूले छोराछोरीको भविष्यबारे विविध कुराहरू परिकल्पना, योजना र निर्धारण गर्ने गर्छन्, र फलस्वरूप, ती कुराहरूले यी अपेक्षाहरू पैदा गराउँछन्। यी अपेक्षाहरूको उक्साहटमा, आमाबुबाहरूले आफ्ना छोराछोरीले विविध सीपहरू सिकून्, नाटक र नृत्य, वा कला, आदि इत्यादि अध्ययन गरून् भन्‍ने मापदण्ड तय गर्छन्। तिनीहरूले छोराछोरी प्रतिभाशाली मानिसहरू बनून, र त्यसपछि कनिष्ठ होइन, वरिष्ठ मानिसहरू बनून् भन्‍ने मापदण्ड तय गर्छन्। तिनीहरूले छोराछोरी उच्च अधिकारीहरू बनून्, मैदानका सिपाहीहरू नबनून् भन्‍ने मापदण्ड तय गर्छन्; तिनीहरूले छोराछोरी व्यवस्थापक, प्रमुख कार्यकारी अधिकृत, र कार्यकारी भूमिकाका मानिसहरू बनून्, र उनीहरूले विश्‍वका शीर्ष ५०० कम्पनीहरूमा काम गरून्, र यस्तै-यस्तै अन्य मापदण्डहरू तय गर्छन्। यी सबै नै आमाबुबाका व्यक्तिपरक विचारहरू हुन्। … आमाबुबाका यी अपेक्षाहरू के कुरामा आधारित हुन्छन्? ती कहाँबाट आउँछन्? ती समाज र संसारबाट आउँछन्। आमाबुबाका यी सबै अपेक्षाहरूको उद्देश्य बालबालिकालाई यो संसार र यो समाजमा समायोजित हुन, संसार वा समाजद्वारा हटाइनबाट जोगिन, र समाजमा स्थापित हुन, र सुरक्षित जागिर, स्थिर परिवार, र सुरक्षित भविष्य पाउन सक्षम तुल्याउनु हो, त्यसैले आमाबुबाले आफ्ना सन्तानप्रति विविध व्यक्तिपरक अपेक्षाहरू राख्ने गर्छन्। उदाहरणको लागि, यतिखेर कम्प्युटर इन्जिनियर हुनु फेसन नै भएको छ। कतिपय मानिसहरू भन्छन्: ‘मेरो बच्चा भविष्यमा कम्प्युटर इन्जिनियर हुनेछ। उसले दिनभर कम्प्युटर बोकेर, कम्प्युटर इन्जिनियरको काम गरेर, यो क्षेत्रमा धेरै पैसा कमाउन सक्छ। यसले मेरो छवि राम्रो बनाउनेछ!’ बालबालिकामा कुनै कुराको अवधारणै विकसित नभएका यी परिस्थितिहरूमा, आमाबुबाले नै उनीहरूको भविष्य कोर्ने गर्छन्। के यो गलत होइन र? (हो।) आमाबुबाहरूले पूर्णतया विभिन्‍न कुराहरू हेर्ने वयस्क व्यक्तिका शैलीहरू, साथै सांसारिक मामलाहरूबारे वयस्क व्यक्तिका विचार, दृष्टिकोण, र रुचिका आधारमा छोराछोरीमाथि आशा राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक कुरा होइन र? (हो।) यदि तैँले त्यसलाई राम्रो शब्दमा भन्‍ने हो भने, तैँले त्यो व्यक्तिपरक हो भन्न मिल्छ, तर वास्तवमा त्यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हुन्छ? के यो स्वार्थीपन होइन र? के यो जबरजस्ती होइन र? (हो।) तँलाई अनेकथरीका जागिर र फलानो करियर मनपर्छ, र तँ समाजमा स्थापित हुन, आकर्षक जीवन जिउन, कर्मचारीको रूपमा सेवा गर्न, वा सम्पन्न व्यक्ति बन्नमा रमाउँछस्, त्यसैले तैँले तेरा छोराछोरीलाई पनि तिनै काम गर्न, त्यस्तै व्यक्ति बन्न, र त्यस्तै मार्ग हिँड्न लगाउँछस्—तर के उनीहरूले भविष्यमा त्यो परिवेशमा जिउन र त्यो काममा संलग्न हुन रुचाउँछन् त? के उनीहरूले त्यसो गर्न सुहाउँछ? उनीहरूको नियतिमा के लेखिएको छ? उनीहरूप्रतिका परमेश्‍वरका बन्दोबस्त र आदेशहरू के हुन्? के तँलाई यी कुराहरू थाहा छ? कतिपय मानिसहरू भन्छन्: ‘मलाई ती कुराहरूबारे चासो छैन, मलाई त उनीहरूको आमाबुबाको रूपमा आफूलाई मनपर्ने कुराहरूबारे मात्र चासो छ। म मेरा आफ्नै रुचिको आधारमा उनीहरूमाथि आशा राख्नेछु।’ के यो अति स्वार्थी कुरा होइन र? (हो।) यो अत्यन्तै स्वार्थी कुरा हो!(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरूबाट, मैले आमाबुबाहरू आफ्नै प्राथमिकता र समाजको बुझाइका आधारमा आफ्ना छोराछोरीहरूमाथि विभिन्न मागहरू राख्छन्, र त्यसपछि उनीहरू आफ्ना छोराछोरीहरूलाई ती मागहरू पछ्याउन र हासिल गर्न लगाउँछन् भन्ने बुझेँ। मैले यस परिप्रेक्ष्यमा आफैलाई हेरेँ, र मैले म उच्च सम्मान पाउन चाहने र गुमनाम रहन नचाहने रहेछु, त्यसैले पो मैले आफ्नो छोराले पनि त्यही कुरा पछ्याओस् भन्ने अपेक्षा गरेछु भन्ने बुझेँ। मैले सामाजिक प्रतिस्पर्धाको दबाब अत्यधिक छ र संयोगवश मेरो छोरामा खेलप्रतिभा रहेछ भन्ने देखेँ, त्यसैले मैले फुटबलमार्फत् उसले आफ्ना साथीहरूमाझ छुट्टै पहिचान बनाओस्, अन्ततः एक प्रसिद्ध व्यक्ति बनोस्, धेरै पैसा कमाओस्, र एक उत्कृष्ट जीवन जिओस् भन्ने आशा गरेँ। यस प्रकार, म पनि उसको सफलताबाट लाभान्वित हुने थिएँ। यो लक्ष्य हासिल गर्न, मैले मेरो छोरालाई फुटबल खेल्नुको आनन्दबाट वञ्चित गरेँ, र मैले उसलाई मेरो इच्छाअनुसार एक स्टार खेलाडी बन्ने आकाङ्क्षा पछ्याउन बाध्य बनाएँ। प्रचण्ड गर्मी वा जाडो, र उसले शारीरिक रूपमा सहन सक्छ कि सक्दैन भन्ने कुराको वास्तै नगरी, मैले उसलाई तालिम जारी राख्न बाध्य बनाएँ। बिस्तारै, मेरो छोरा जित वा हार र सम्मानमा धेरै केन्द्रित भयो, र ऊ आफ्ना उपलब्धिहरूका कारण घमन्डी र आफैमा मख्ख पर्ने पनि भयो। बहिरबाट हेर्दा, मैले यो मेरो छोराको भलाइका लागि गरिरहे जस्तो देखिन्थ्यो, तर वास्तविकतामा भने, म मेरा स्वार्थी इच्छाहरू पूरा गर्न र प्रशंसा पाउने तथा धन र गौरवको आनन्द लिने मेरो आफ्नै इच्छा साकार पार्न उसको फुटबलको सफलता प्रयोग गर्न चाहन्थेँ। अझ महत्त्वपूर्ण कुरा त, मेरो छोरामाथिका मेरा अपेक्षा र मागहरू पूर्ण रूपमा मेरा आफ्नै व्यक्तिगत इच्छाहरूद्वारा प्रेरित थिए। मेरो छोरा अझै सानै थियो र ऊ प्रसिद्ध हुने वा धेरै पैसा कमाउने अवधारणा पनि बुझ्दैनथ्यो, तर मैले यी कुराहरू उसमाथि लादेँ र उसलाई मेरो योजना कार्यान्वयन गर्न बाध्य बनाएँ। म कति स्वार्थी रहेछु! भविष्यमा मेरो छोराले कुन जागिर गर्छ, र ऊ कस्तो प्रकारको व्यक्ति बन्छ, ती सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत पर्छन्। आफ्नै इच्छाअनुसार आफ्नो छोराको जीवनको योजना बनाएर, के म परमेश्‍वरको सार्वभौमिकताबाट मुक्त हुन खोजिरहेकी थिइनँ र?

पछि, मैले “म किन सधैँ मेरो छोराले मेरा मागहरू पूरा गरोस् भन्ने अपेक्षा गर्छु?” भनेर खोजी गरेँ। जब मैले परमेश्‍वरका वचनहरू पढेँ, मेरो हृदय अलिकति उज्यालो भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरूनिसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरू पढेपछि मैले, आफूले ख्याति र प्राप्तिको पछ्याइलाई आफ्नो जीवनको लक्ष्य बनाएका कारण पो आफ्नो बच्चाप्रति यस्तो अपेक्षा राखेछु भन्ने बुझेँ। सानैदेखि, मैले “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” र “अब्बल हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” जस्ता शैतानी भनाइहरूलाई जीवन जिउने सिद्धान्तका रूपमा लिएकी थिएँ। म पूर्णरूपमा पढ्न र परीक्षाहरू पास गर्नमा केन्द्रित भएँ। हरेक पटक जब म एउटा लक्ष्य हासिल गर्थेँ र अरूद्वारा प्रशंसित हुन्थेँ, मेरा आमाबुबा पनि मेरा उपलब्धिहरूका कारण आफन्त, साथीभाइ र छिमेकीहरूको ईर्ष्याको विषय बन्नुभयो, र मलाई मैले जतिसुकै कष्ट सहे पनि, त्यो सार्थक छ भन्ने लाग्थ्यो। मैले काम गर्न थालेपछि, पदोन्नति पाउन, आफ्नो तलब बढाउन, र छुट्टै पहिचान बनाउन, मेरो लागि आफ्ना हाकिमहरूको चापलुसी गर्नुबाहेक अरू कुनै विकल्प थिएन। म आफ्ना सहकर्मीहरूसँग व्यवहार गर्दा एउटा मुखौटो देखाउँथेँ, र आफ्ना वास्तविक भावनाविपरीतका कुराहरू भन्थेँ। मेरो परिवार मलाई ठूलो शहरमा काम गरिरहेको र हरेक महिना घरमा पैसा पठाइरहेको देखेर धेरै खुसी थियो, र म पनि धेरै गर्व महसुस गर्थेँ। तर वास्तविकतामा भने, आफूले जिइरहेको जीवनदेखि मलाई धेरै पहिलेदेखि वाक्क लागिसकेको थियो। ख्याति र प्राप्तिको संसारमा, मैले आफ्नो निष्ठा र मर्यादा गुमाएँ, र भित्रभित्रै एक्लो र रित्तो महसुस गर्थेँ, र मसँग आफूले आफ्ना वास्तविक भावनाहरू बाँड्न सक्ने कोही पनि थिएन। आफूले राजीनामा दिएपछि, मैले धेरै वर्षसम्म त्यो समयलाई फर्केर सोच्न चाहिनँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, जसले गर्दा मैले आफ्नो हृदयमा शान्ति र सहजता महसुस गर्न र ख्याति र प्राप्तिका लागि हुने झगडालु र धोकापूर्ण संसार त्याग्न पाएँ। म मैले ख्याति र प्राप्तिको खोजीलाई त्यागिसकेकी छु भन्ने ठान्थेँ, तर अप्रत्याशित रूपमा, आफ्नो छोराले फुटबल खेल्ने कुरा आउँदा, म फेरि ख्याति र प्राप्ति पछ्याउन थालेँ। म आफ्नो छोरालाई एक स्टार खेलाडीको रूपमा संबर्धन गर्न चाहन्थेँ ताकि म पनि त्यो गौरवको आनन्द लिन सकुँ। मेरो अपेक्षाको सार के थियो भने म आफ्नो छोराले पनि म जस्तै ख्याति, प्राप्ति र हैसियत पछ्याओस् भन्ने चाहन्थेँ। मैदानमा, मेरो छोरा उसका प्रतिद्वन्दीहरूसँग प्रतिस्पर्धा गरिरहेको थियो; मैदानबाहिर, म अन्य अभिभावकहरूसँग प्रतिस्पर्धा गरिरहेकी थिएँ। हामी कसले आफ्नो बच्चालाई राम्रोसँग विकास गर्न सक्छ, र कसको बच्चाले उनीहरूलाई बढी गौरव दिलाउन सक्छ भनेर प्रतिस्पर्धा गरिरहेका थियौँ। म मेरो छोरा प्रसिद्ध भएपछि, म उसको साथमा धनसम्पत्ति, हैसियत र गौरवको आनन्द लिन पाउँछु भनेर कल्पना गर्थेँ। मैले आफूले पछ्याइरहेको लक्ष्य बिलकुलै परिवर्तन भएको छैन भन्ने बुझेँ। आफ्नो छोरासँग प्रतियोगिताहरूमा जाँदाका वर्षहरूमा, मैले प्रतिस्पर्धात्मक खेलहरू सबै ख्याति र प्राप्तिका लागि रहेछन् भन्ने देखेँ। प्रतिभाशाली खेलाडीहरूले प्रयासद्वारा राम्रो नतिजा हासिल गरे तापनि, यो दौरान उनीहरूले मानसिक र शारीरिक रूपमा भोग्ने पीडा, साधारण मानिसहरूले सहन सक्दैनन्। त्यसमाथि, यी क्षणिक उपलब्धिहरू छिट्टै हराएर जान्छन् र अर्थहीन हुन्छन्। ख्याति र प्राप्ति दुवै भएका ती प्रसिद्ध खेलाडीहरू पनि बुढ्यौली, बिमारी र मृत्युबाट उम्कन सक्दैनन्, र जीवनमा कठिनाइहरूको सामना पनि गर्छन्। ख्याति र प्राप्तिले बुढ्यौली वा बिमारीलाई रोक्न सक्दैन, न त यिनले मानिसको आयु लम्ब्याउन सक्छन्। मैले आफ्नो छोरालाई एक प्रसिद्ध खेलाडी बनाएँ भने पनि, त्यसको के अर्थ हुन्थ्यो र? तैपनि ऊ ठ्याक्कै म जस्तै शैतानको कष्ट भोगिरहेको हुनेथिएन र? त्यतिबेला मात्र मैले आफ्नो बच्चालाई ख्याति र प्राप्ति पछ्याउने बाटोमा लैजानु भनेको उसलाई आगोको खाडलमा धकेल्नु जस्तै हो भन्ने बुझेँ। मेरो छोरा स्पष्ट रूपमा फुटबल खेल्न मन पराउने एक साधारण बच्चा मात्र थियो, र म नै ख्याति र प्राप्तिले अन्धो भएकी थिएँ। मैले व्यक्तिगत रूपमा मेरो छोरामाथि ख्याति र प्राप्तिको साङ्ला लगाएँ।

पछि, परमेश्‍वरका वचनहरू खाने र पिउने गरेर, म यो मुद्दालाई अझ स्पष्ट रूपमा हेर्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहन्छन् भने, आफ्नै ख्याति, प्राप्ति, र पैसाको पछ्याइलाई छोराछोरीका निम्ति अपेक्षामा बदल्ने, ख्याति, प्राप्ति र संसारका यी कुराहरू छोराछोरीमाथि थोपर्ने गर्नुभन्दा बरु आफ्ना छोराछोरीको व्यक्तित्व, स्वभाव, रुचि, क्षमता र उनीहरूको मानवताका आवश्यकताहरू बुझ्ने कोसिस गर्नुपर्छ। आमाबुबाले यी कुराहरूलाई ‘आफ्ना छोराछोरीप्रतिका अपेक्षाहरू’ भन्‍ने मिठो संज्ञा दिन्छन्, तर वास्तवमा, ती त्यस्ता कुरा होइनन्। के प्रस्ट छ भने तिनीहरूले आफ्ना छोराछोरीलाई आगोको खाडलमा धकेल्न र दियाबलसहरूको हातमा पठाउन कोसिस गरिरहेका हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “भविष्यमा तिनीहरूका छोराछोरीहरूको मार्ग र उनीहरूले पछ्याउने करियरका सम्बन्धमा, आमाबुबाहरूले उनीहरूको दिमागमा ‘फलानोलाई हेर त, ऊ चार-पाँच वर्षको उमेरमा पियानो बजाउन थालेको पियानोवादक होहो। ऊ खेल्नतिर लागेन, ऊसँग कुनै साथी वा खेलौना थिएन, र उसले हरेक दिन पियानो अभ्यास गर्थ्यो। उसका आमाबुबा उसले पियानो सिक्न जाँदा ऊसँगै जान्थे, थुप्रै शिक्षकहरूसँग परामर्श गर्थे, र उसलाई पियानो प्रतिस्पर्धाहरूमा पठाउँथे। हेर त, अहिले ऊ कति चर्चित छ, राम्रो खान पाएको छ, राम्रो लाउन पाएको छ, चमकधमकले घेरिएको छ र जता गए पनि उसले सम्मान पाउँछ।’ भन्‍ने जस्ता कुराहरू हाल्नु हुँदैन। के बच्चाको दिमागको स्वस्थ विकास प्रवर्धन गर्ने शिक्षा यस्तै हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, यो कस्तो खालको शिक्षा हो? यो दियाबलसको शिक्षा हो। यस्तो शिक्षाले जुनसुकै सानो उमेरका बच्चाको दिमागलाई हानि गर्छ। यसले उनीहरूलाई प्रसिद्धिको आकाङ्क्षा गर्न, विविध आभा, सम्मान, पद र आनन्दको लोभ गर्न हौसला दिन्छ। यसले उनीहरूलाई सानै उमेरदेखि यी कुराहरूको तृष्णा र खोजी गर्ने तुल्याउँछ, र उनीहरूलाई व्यग्रता, चरम डर र चिन्तामा धकेल्छ, र उनीहरूलाई त्यो कुरा पाउन जस्तोसुकै मूल्य तिर्नेसमेत तुल्याउँछ, उनीहरू आफ्नो गृहकार्यको समीक्षा गर्न र विभिन्न सीपहरू सिक्न चाँडै उठ्छन् र अबेरसम्म काम गर्छन्, अनि आफ्नो बालापन गुमाउँछन्, ती अमूल्य वर्षहरू यी कुराहरूसित साट्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूबाट, मैले आमाबुबाहरूले आफ्ना छोराछोरीहरूमाथि आफ्नो ख्याति र प्राप्तिको पछ्याइ लाद्छन्, र यो छोराछोरी हुर्काउने र शिक्षा दिने प्रक्रियाभरि कायम रहन्छ भन्ने कुरा बुझेँ। यसले छोराछोरीहरूको शरीर र दिमागलाई हानि पुऱ्याउँछ र सारमा, उनीहरूलाई दियाबलसको हातमा धकेलिदिन्छ। मैले मेरो छोरा कसरी चिन्तामुक्त बाल्यकालमा थियो, तर मैले नै उसलाई लगभग छ-सात वर्षको उमेरदेखि एक प्रसिद्ध खेलाडी बन्न खोज्ने, र ख्याति र धनसम्पत्तिको पछि लाग्ने बनाएँ भन्नेबारे सोचेँ। यी कुराहरू उसको उमेरमा उसले मानसिक रूपमा सहन सक्नेभन्दा बाहिर थिए। तैपनि मैले जबरजस्ती यी विचारहरू उसमा भरिदिएँ, र ऊ थकित वा बिमारी हुँदा पनि उसलाई तालिम जारी राख्न कर गरेँ। फुटबल मेरो छोराको लागि केवल एक रुचि वा सोखभन्दा बढी भइसकेको थियो, र ऊ मद्वारा धेरै दबाबमा पारिएको थियो। मैले मेरो छोरालाई जित र हार, सफलता र असफलताको मतलब गर्न, उसलाई आफ्ना साथीहरूसँग प्रतिस्पर्धा गर्न बाध्य बनाएँ, र धेरै प्रशिक्षकहरूले उसलाई याद गरून् भनेर मैले उसलाई कडा तालिम गर्न बाध्य बनाएँ। यस बिन्दुसम्म, मेरो छोराले कुनै खेल जित्दा वा सम्मान प्राप्त गर्दा उसमा एक श्रेष्ठताको भावना आउँथ्यो, तर अरूले राम्रो प्रदर्शन गर्दा र अरूको ध्यान प्राप्त गर्दा ऊ निराश र ईर्ष्यालु हुन्थ्यो। मेरो छोराले आफ्नो उमेरमा हुनुपर्ने बालसुलभ निर्दोषता गुमायो, र यो सबै मैले उसमाथि आफ्नै इच्छाहरू लादेको परिणाम थियो। परमेश्‍वरमा धेरै वर्षसम्म विश्वास गरेपछि पनि, मैले ख्याति र प्राप्तिले मानिसहरूलाई पुऱ्याउने हानि देख्न सकिनँ। मैले मेरो छोरालाई ख्याति र प्राप्ति पछ्याउन समेत सिकाएँ, र यो दौरान आफ्नै कर्तव्यहरूमा ढिलाइ गरेँ। मैले साँच्चै आफ्नो कर्तव्यलाई बेवास्ता गरेकी थिएँ! मलाई धेरै पछुतो लाग्यो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सत्यता बुझ्दिनँ। म आमाको रूपमा पनि योग्य छैन। मैले मेरो छोरालाई कसरी शिक्षा दिनुपर्छ, र मैले उसका रुचि र सोखहरूप्रति कस्तो व्यवहार गर्नुपर्ला? कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यास गर्ने बाटो फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्। कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्‍न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्‍न जटिल पारस्परिक सम्बन्धहरूमा फस्‍ने, र यस संसारका विभिन्‍न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो। यदि तिनीहरूका छोराछोरी बिरामी भए भने, आमाबुबाहरूले आवश्यक पर्दा तिनीहरूको उपचार गराउनुपर्छ; तिनीहरूले आफ्ना छोराछोरीको पढाइमा ढिलाइ हुने डरले, उनीहरूलाई उपचार त्यागेर स्कुल जान लगाइरहनु हुँदैन। जब तिनीहरूका छोराछोरीलाई स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई स्वास्थ्यलाभ गर्न दिनुपर्छ, र जब तिनीहरूलाई आराम गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई आराम गर्न दिनुपर्छ। तिनीहरूका छोराछोरीको स्वास्थ्य सुनिश्चित गर्नु अनिवार्य कुरा हो; यदि छोराछोरी पढाइमा पछि परे भने, आमाबुबाहरूले पछि त्यसलाई पूर्ति गर्ने उपाय खोज्न सक्छन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीलाई ठोस ज्ञान प्राप्त गर्न मद्दत गर्नुपर्छ; अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्नका लागि मार्गदर्शन र शिक्षा दिनुपर्छ, र तिनीहरू समाजका अस्वस्थ प्रवृत्ति र दुष्ट अभ्यासहरूबाट प्रभावित नहोऊन् भनेर तिनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुपर्छ। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई शारीरिक स्वास्थ्य सुनिश्चित गर्नका लागि उपयुक्त व्यायाम गर्नमा ध्यान दिन लगाउनुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मागहरू जबरजस्ती लाद्नुको सट्टा गर्नुपर्ने कुराहरू यिनै हुन्। आमाबुबाहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको आत्माका लागि चाहिने कुराहरू र तिनीहरूको भौतिक जीवनमा चाहिने कुराहरू दुवैका सन्दर्भमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तिनीहरूले उनीहरूलाई केही सामान्य ज्ञानका कुराहरू बताउनुपर्छ, जस्तै तिनीहरूले तातो खानेकुरा खानुपर्छ र चिसो खानेकुरा खानु हुँदैन, मौसम चिसो हुँदा चिसो लाग्‍न वा रुघाखोकी लाग्‍नबाट जोगिन न्यानो लुगा लगाउनुपर्छ, र यसरी तिनीहरूलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्न सिक्न मद्दत गर्नुपर्छ। साथै, छोराछोरीको अबोध दिमागमा आफ्नो भविष्यबारे केही बचकाना र अपरिपक्व विचारहरू, वा केही चरम सोचहरू उत्पन्न हुँदा, आमाबुबाले त्यो कुरा थाहा पाउनेबित्तिकै उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नैपर्छ, ती बचकाना कल्पनाहरू र चरम कामकुरा सच्याउनैपर्छ, ताकि उनीहरूका छोराछोरी जीवनमा सही मार्गमा चल्न सकून्। यो तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको अर्थ एकातिर आफ्ना छोराछोरीका जीवनको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीका सोचलाई मार्गदर्शन गर्नु र सच्याउनु, अनि तिनीहरूका सोच र विचारहरूबारे सही मार्गदर्शन दिनु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ, साना छोराछोरीहरूप्रति आमाबुबाको जिम्मेवारी भनेको एकातिर उनीहरूको शारीरिक आवश्यकताहरूको ख्याल राख्नु र उनीहरू स्वस्थ रूपमा हुर्कने कुरा सुनिश्चित गर्नु हो भने, अर्कोतिर, छोराछोरीसँग धेरै कुराकानी गर्नु, र उनीहरूलाई समयमै सल्लाह-सुझाव दिनु र उनीहरूको मनोवैज्ञानिक समस्याहरू समाधान गर्नु हो। अझ राम्रो त आफ्ना छोराछोरीहरूलाई परमेश्‍वरको सामु ल्याउनु हो। परमेश्‍वरका वचनहरू नै मानिसहरूलाई साँचोरूपमा चाहिने कुरा हुन्। उहाँ हामीलाई कसरी आचरण गर्ने र हाम्रा छोराछोरीहरूप्रति कस्तो व्यवहार गर्ने भनेर व्यावहारिक रूपमा सिकाउनुहुन्छ। म यति धेरै वर्षदेखि आमाको रूपमा थिएँ, तर आफ्नो बच्चाको लागि सबैभन्दा उत्तम कार्य गर्नु भनेको के हो भन्ने मलाई कुनै पत्तो थिएन। यस बिन्दुमा, मैले परमेश्‍वरका वचनहरू पछ्याएर मात्र म साँच्चै एक आमाको रूपमा आफ्ना जिम्मेवारी पूरा गर्न सक्छु, र यसले मेरो छोरालाई स्वस्थ रूपमा हुर्कन पनि सहयोग गर्छ भन्ने महसुस गरेँ। यी कुराहरू महसुस गरेपछि, मैले मेरो छोरालाई तालिम र विभिन्न प्रतियोगिताहरूमा भाग लिन जबरजस्ती गर्न छाडेँ, र त्यसको सट्टा, मैले उसको इच्छाको सम्मान गरेँ। सोही समयमा, मैले ऊसँग कुरा गरेँ, “हामी तिमीलाई प्रख्यात खेलाडी बनाउन खोज्ने छैनौँ, तिमीलाई फुटबल खेल्न मनपर्छ, त्यसैले खालि खेलेर मज्जा लिने कुरामा मात्र ध्यान देऊ।” मैले यसो भनेको सुनेर ऊ छक्क र खुसी दुवै भयो। मैले पनि धेरै सहज महसुस गरेँ। त्यसपछि, मेरो छोरा तालिम वा प्रतियोगिताहरूमा जाँदा, म उसलाई आफैँ ती कुराहरूको सामना गर्न दिन्थेँ। म शान्त भएर आफ्ना कर्तव्यमा केन्द्रित भएँ र ती कुराहरूबारे चिन्ता गर्न छाडेँ। सन् २०२४ को मे महिनामा, प्राथमिक विद्यालय पास गर्ने बेला नजिकिँदै गर्दा, मेरो छोराको एउटा प्रतियोगिता थियो। प्रतिस्पर्धी टोलीहरू बलिया देख्दा, म कडा प्रतिस्पर्धा हुन्छ भन्नेर चिन्तित भएँ, त्यसैले मैले उसलाई भाग नलिन सुझाव दिएँ। तर मेरो छोराले जाने जिद्दी गर्‍यो। परिणाम स्वरूप, उसकाे टिमका साथीहरूको गल्तीले दुई गोल खायो, र अन्तिम पेनाल्टी सुटआउटमा, मेरो छोरा पनि नर्भस् भएकाले गोल गर्न सकेन। ऊ अलिकति निराश भयो र पछुतो मान्यो, तर मैले धैर्यपूर्वक उसलाई सम्झाएँ र उसलाई शान्तपूर्वक त्यस कुराको सामना गर्न प्रोत्साहित गरेँ। यो सुनेपछि, मेरो छोराले धेरै राहत महसुस गर्‍यो। सामान्यतया, म मेरो छोरालाई परमेश्‍वरको कामको गवाही पनि दिन्थेँ। म उसलाई कसरी मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र शैतानले मानिसहरूलाई कसरी भ्रष्ट बनाउँछ भन्नेबारे बताउँथेँ। मेरो छोरा धेरै चाख लिन्थ्यो र बुझ्न सक्थ्यो। म प्राय: मेरो छोरालाई कठिनाइहरूको सामना गर्दा परमेश्‍वरमा भरोसा गर्न, र आफ्नो वचन र कार्यमा इमानदार हुन, र झूट नबोल्न, धोका नदिन, वा खराब काम नगर्न पनि सिकाउँथेँ।

मेरो हृदयमा अझै पनि कहिलेकाहीँ ख्याति र प्राप्तिको इच्छा जाग्थे, र खास गरी जब म अरूका छोराछोरीहरूले केही रुचि वा सोखमा सफलता हासिल गरेको देख्थेँ, म आफैँलाई अस्थिर पाउँथेँ। तर, मैले अब आफ्ना इच्छाहरू मेरो छोरामाथि लाद्न छोडिदिएँ। एक साँझ, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ। यो मेरो छोरा र म दुवैलाई चाहिने कुरा थियो, त्यसैले मैले उसलाई यो खण्ड मसँगै पढ्न बोलाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले तँलाई कुनै निश्‍चित रुचि, सोख, वा सामर्थ्य दिनुको अर्थ परमेश्‍वरले तँलाई तेरो रुचि, सोख, वा सामर्थ्यसँग सम्बन्धित कुनै कर्तव्य वा काम गराउनैपर्छ भन्‍ने हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, ‘मलाई यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न वा यससँग सम्बन्धित काममा संलग्न हुन भनिँदैन भने, मलाई किन यस्तो रुचि, सोख, वा सामर्थ्य दिइयो त?’ परमेश्‍वरले अधिकांश मानिसहरूलाई हरेक व्यक्तिको विभिन्न अवस्थाहरूको आधारमा निश्‍चित रुचि र सोखहरू दिनुभएको हुन्छ। अवश्य पनि, धेरै कुराहरूलाई विचारमा लिइन्छ: एकातिर, यो मानिसहरूको जीविका र अस्तित्वका लागि हो; अर्कोतिर, यो मानिसहरूको जीवनलाई समृद्ध बनाउनका लागि हो। कहिलेकाहीँ, कुनै व्यक्तिको जीवनलाई निश्‍चित रुचि र सोखहरूको आवश्यकता पर्छ, चाहे त्यो मनोरञ्जन र आनन्दको लागि होस् वा तिनीहरूले केही उचित कार्यहरूमा संलग्न हुन सकून्, जसले गर्दा तिनीहरूको मानव जीवन परिपूर्ण बनोस् भन्‍नका लागि होस्। अवश्य पनि, जुनसुकै पक्षबाट हेरिए पनि, परमेश्‍वरले दिनुको पछाडि कारण हुन्छ, र परमेश्‍वरसँग नदिनुका पनि कारण र आधारहरू हुन्छन्। यस्तो हुन सक्छ, कि तेरो मानव जीवन वा तेरो अस्तित्वलाई परमेश्‍वरले तँलाई रुचि, सोख, र सामर्थ्यहरू दिनु आवश्यक छैन, र तैँले आफ्नो जीविका कायम राख्न वा आफ्नो मानव जीवनलाई समृद्ध र परिपूर्ण बनाउन अन्य माध्यमहरू प्रयोग गर्न सक्छस्। छोटकरीमा, परमेश्‍वरले मानिसहरूलाई रुचि, सोख, र सामर्थ्यहरू दिनुभएको होस् वा नहोस्, यो मानिसहरूको आफ्नै समस्या होइन। कसैसँग कुनै सामर्थ्यहरू नभए पनि, यो तिनीहरूको मानवतामा भएको कमी होइन। मानिसहरूले यसलाई सही तरिकाले बुझ्नुपर्छ र यसलाई सही तरिकाले लिनुपर्छ। यदि कसैसँग निश्‍चित रुचि, सोख, र सामर्थ्यहरू छन् भने, तिनीहरूले तिनलाई कदर गर्नुपर्छ र तिनलाई सही तरिकाले प्रयोग गर्नुपर्छ; यदि तिनीहरूसँग छैनन् भने, तिनीहरूले गुनासो गर्नु हुँदैन(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। मैले परमेश्‍वरका वचनहरूबाट देखेँ, परमेश्‍वर मानिसहरूलाई रुचि र सोख दिनुहुन्छ, ताकि एकातिर, तिनीहरूले मानव जीवन समृद्ध बनाऊन्, र अर्कोतिर, तिनीहरूले मानिसलाई त्यसको माध्यमबाट जीविकोपार्जन गर्न सघाऊन्। तर कसैले अन्ततः आफ्ना रुचि वा सोखसँग सम्बन्धित क्षेत्रमा काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा परमेश्‍वरको पूर्वनियोजनमा निर्भर गर्दछ। मैले मेरो छोरासँग रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने भन्नेबारे आफ्नो बुझाइ सङ्गति गरेँ। मेरो छोराले भन्यो, “मलाई फुटबल खेल्न मन पराउन दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद। यसले मलाई धेरै आनन्द दिएको छ, तर म फुटबलसँग सम्बन्धित जागिरमा काम गर्न सक्छु कि सक्दिनँ, वा भविष्यमा कसरी जीविकोपार्जन गर्नेछु, भन्ने कुरा अझै पनि परमेश्‍वरको नियोजनमा निर्भर गर्दछ।” मैले भनेँ, “त्यो सही कुरा हो। केवल परमेश्‍वरका वचनहरू सत्यता हुन्, र हामीले यस विषयलाई यसरी नै बुझ्नुपर्छ।” मलाई परमेश्‍वरमा विश्वास गर्नु एकदम अचम्मको कुरा हो भन्ने लाग्छ। परमेश्‍वरका वचनहरू सत्यता हुन्, र तिनले हामीलाई सबै कुराहरूमा अभ्यासका सिद्धान्तहरू प्रदान गर्छन्, हामीलाई पछ्याउने बाटो दिन्छन्, र हाम्रा हृदयहरूलाई स्वतन्त्रता र मुक्ति पनि प्रदान गर्छन्।

अघिल्लो: ३९. म किन आफ्नो कर्तव्य शान्तिले स्वीकार गर्न असमर्थ भएँ

अर्को: ४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्