२८. म मृत्युलाई अब शान्तपूर्वक सामना गर्न सक्छु
मेरो स्वास्थ्य सधैँ कमजोर थियो। विवाहपछि, म परिवार र व्यवसाय दुवैको हेरचाहमा व्यस्त भएँ, र म हरेक दिन समयमा खान वा आराम गर्न पाउँदिनथेँ। वर्षौंदेखिको दौडधूप र थकानले मेरो स्वास्थ्य झन्-झन् बिग्रँदै गयो, र मलाई मुटुरोग, पेटको रोग, पित्तरोग र चक्कर लाग्ने रोग लाग्यो। मेरो हड्डी पनि बढेकाले माथिल्लो मेरुदण्ड प्रायः दुख्थ्यो। मेरो पूरै शरीर रोगले भरिएको थियो। मेरो मुटुरोग विशेष गरी गम्भीर थियो, र अलिकति काम गर्दा पनि मेरो सास फुल्थ्यो र सास फेर्न गाह्रो हुन्थ्यो। ती वर्षहरूमा म बिमारीले अत्यन्तै पीडित थिएँ र मैले धेरै कष्ट भोगेँ। धेरैजसो समय म घरमा आराम गरेर मात्र बस्न सक्थेँ, र मलाई आफू बेकम्मा भएजस्तो लाग्थ्यो। सडकमा ऊर्जाले भरिपूर्ण मानिसहरू देख्दा मलाई साह्रै ईर्ष्या लाग्थ्यो, र म अक्सर सोच्थेँ, “मैले कहिले उनीहरूजस्तै स्वस्थ शरीर पाउन सकुँला?”
सन् २००४ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। एक वर्षभन्दा अलि बढी समयपछि, मेरा रोगहरू लगभग निको भइसकेका थिए, र म परमेश्वरप्रति साँच्चै कृतज्ञ थिएँ। मैले मनमनै एउटा सङ्कल्प गरेँ: “मैले उहाँको प्रेम चुकाउन परमेश्वरमा तनमनले विश्वास गर्नुपर्छ!” त्यसपछि, मैले ब्रदर-सिस्टरहरूलाई अप्ठ्यारोमा परेको देख्दा, मैले उनीहरूलाई सक्दो मदत गरेँ, र मलाई जुनसुकै कर्तव्य दिइए पनि, मैले त्यसलाई पूरा गर्न सक्दो प्रयास गरेँ। सन् २००९ मा, अगुवाले मसँग सङ्गति गर्नुभयो र मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न भन्नुभयो। मैले मनमनै सोचेँ, “घरको हाम्रो व्यवसाय पूरै ममाथि निर्भर छ, र कहिलेकाहीँ आफ्नो कर्तव्य पूरा गर्दा पैसा कमाउनमा असर गर्दैन। तर यदि मैले नयाँ विश्वासीहरूलाई मलजल गर्नतिर लागेँ भने, यसमा धेरै समय र ऊर्जा लाग्नेछ, र यदि कसैले व्यवसाय सम्हालेन भने, के त्यो बन्द गर्नु पर्दैन र?” मलाई केही द्वन्द्व महसुस भयो। तर मैले परमेश्वरले मेरा बिमारीहरू कसरी निको पार्नुभयो, र परमेश्वरले मलाई कति ठूलो अनुग्रह दिनुभएको छ भन्नेबारे सोचेँ; परमेश्वरको प्रेम चुकाउन मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ भन्ने मलाई थाहा थियो। मैले के महसुस गरेँ भने यदि मैले अहिले पैसा कमाउन छोडेर आफ्नो कर्तव्यमा धेरै मेहनत लगाएँ भने, परमेश्वरले पक्कै पनि मेरो रक्षा गर्नुहुनेछ र मलाई राम्रो स्वास्थ्य दिनुहुनेछ, र जब परमेश्वरको काम समाप्त हुन्छ, सायद परमेश्वरले मलाई विपत्तिहरू भोग्नबाट पनि बचाउनुहुनेछ र मलाई ठूला आशिषहरू उपभोग गर्न स्वर्गको राज्यमा प्रवेश गर्न दिनुहुनेछ। त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ र व्यवसाय आफ्नो श्रीमानलाई सुम्पेँ। कहिलेकाहीँ म सुसमाचार प्रचार गर्न दिनमा दर्जनौँ माइल हिँड्थेँ, र घर पुग्दा मेरा गोलीगाँठाहरू सुन्निएका हुन्थे। तर मैले मनमा कहिल्यै गुनासो गरिनँ। जब मैले भविष्यमा परमेश्वरको अझ धेरै अनुग्रह र आशिषहरू पाउनेबारे, र स्वर्गको राज्यमा प्रवेश गर्नेबारे सोच्थेँ, म आफ्नो कर्तव्य पूरा गर्न अझ बढी उत्प्रेरित हुन्थेँ।
सन् २०१७ को एक दिन, मैले संयोगवश आफ्नो छातीमा एउटा कडा गाँठो फेला पारेँ। अस्पताल गएपछि, डाक्टरले भने, “यो ट्युमर सामान्य हो कि घातक हो भनी थाहा पाउन बायोप्सी गर्नुपर्छ। यदि यो घातक रहेछ भने, तपाईंले शल्यक्रिया गराउनुपर्नेछ।” म अलिकति डराएँ, र सोचेँ, “यदि यो घातक रहेछ भने, के यसको मतलब मेरो त सर्वनाश हुने भयो भन्ने होइन र? त्यो त निको नहुने रोग हुनेछ!” तर मैले फेरि सोचेँ, “म एउटी सृजित प्राणी हुँ—म जिउँछु कि मर्छु त्यो परमेश्वरको हातमा छ। यदि परमेश्वरले मलाई जिउन दिन चाहनुभयो भने, मलाई क्यान्सर भए पनि म मर्नेछैन।” त्यो सोचेपछि, मेरो डर कम भयो। बायोप्सीको नतिजा आएपछि, डाक्टरले मलाई स्तन क्यान्सर भएको बताए र उनले मेरो शल्यक्रियाको समय तोकिदिए। तीन घण्टाभन्दा कम समयमै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। यो परमेश्वरको सुरक्षा हो भनी मलाई थाहा थियो र म उहाँप्रति एकदमै कृतज्ञ भएँ। मैले के पनि सोचेँ भने यति ठूलो बिमारी हुँदा पनि मैले परमेश्वरविरुद्ध गुनासो गरेकी छैन, र परमेश्वरले पक्कै पनि मेरो क्यान्सर हटाइदिनुहुनेछ। शल्यक्रियापछि, मैले केमोथेरापी गराएँ। मैले सोचेकी थिएँ यसपछि मलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ, तर मलाई आश्चर्यमा पार्दै, डाक्टरले मेरो अवस्था अलि गम्भीर रहेको, र क्यान्सरका कोशिकाहरू लिम्फ नोडहरूमा फैलिसकेको बताए। उनले केमोथेरापी प्रभावकारी नभएको र मैले रेडियोथेरापी गराउनुपर्ने पनि बताए। म पूरै स्तब्ध भएँ। मैले अरू बिरामीहरूबाट सुनेकी थिएँ रेडियोथेरापी विशेष गरी पीडादायी हुन्छ, र खाएको सबै कुरा बान्ता हुन्छ र शरीर अत्यन्तै कमजोर हुन्छ। कतिपय त हिँड्न पनि नसक्ने भई परिवारका सदस्यहरूले ह्वीलचेयरमा राखेर धकेल्नुपर्छ। कतिपय त रेडियोथेरापीले पनि क्यान्सर निको नभएर मरेका पनि छन्। म धेरै डराएँ। मैले सोचेँ, “रेडियोथेरापी यति पीडादायी हुँदो रहेछ—के म त्यो सहन सक्छु र? रेडियोथेरापीपछि क्यान्सरका कोशिकाहरू नियन्त्रणमा आएनन् भने, के म मर्छु होला? यदि म यसरी मरेँ भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछैन र? त्यसोभए के यी सबै वर्षहरूको त्याग र समर्पण बेकार हुनेछैन र? मेरा यतिका वर्षहरूको कष्ट र समर्पणका लागि परमेश्वरले किन मेरो रक्षा गरिरहनुभएको छैन? वार्डका धेरै बिरामीहरूले त परमेश्वरमा विश्वास पनि गर्दैनन्, तर केमोथेरापीपछि उनीहरूको क्यान्सर नियन्त्रणमा आएर डिस्चार्ज गरिएको छ। म परमेश्वरमा विश्वास गर्छु तर गैरविश्वासीहरूभन्दा पनि खराब अवस्थामा छु, किन यस्तो? के यो मलाई परमेश्वरले त्याग्नुभएको हो?” यस्तो सोचेर, म एउटा बच्चाजस्तै ह्वाँ-ह्वाँ गर्दै रोएँ र म यति विचलित भएँ कि मैले न खान न त सुत्न सकेँ। म परमेश्वरका वचनहरू पढ्दा पनि सरसर्ती मात्र हेर्थेँ, र प्रार्थना गर्ने वचनहरूसमेत भेट्टाउन सक्दिनथेँ। मेरो हृदय अन्धकार र पीडाले भरिएको थियो। आफ्नो निराशामा, मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, रेडियोथेरापी गराउने कुरा सोच्दा मात्रै पनि मलाई धेरै डर लाग्छ। मलाई म मरेँ भने, मुक्ति पाउने मौका गुमाउँला कि भन्ने चिन्ता लागेको छ। हे परमेश्वर, म अहिले धेरै कमजोर छु। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “मानिसहरूले परमेश्वरको अनुसरण गर्नु सही कुरा हो, र तिनीहरू जतिजति अघि बढ्छन् बाटो त्यतित्यति नै उज्यालो हुँदै जान्छ। परमेश्वरले तँलाई गलत मार्गमा डोर्याउनुहुन्न, र यदि तँलाई उहाँले शैतानलाई सुम्पनुभयो नै भने पनि, परमेश्वर अन्त्यसम्मै जिम्मेवार रहनुहुन्छ। तैँले यस्तो आस्था राख्नैपर्छ, र सृष्टि गरिएका प्राणीहरूमा परमेश्वरप्रति हुनुपर्ने मनोवृत्ति नै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको सार्वभौमिकता कसरी बोध गर्ने)। परमेश्वरका वचनहरूले मलाई विश्वास दिए। मैले अय्यूबलाई सम्झेँ। यद्यपि परमेश्वरले शैतानलाई अय्यूबको परीक्षा गर्न दिनुभयो, तर उहाँले शैतानलाई अय्यूबको ज्यान नलिन आज्ञा दिनुभयो। त्यसैले अय्यूबको देहले धेरै कष्ट भोगे तापनि, शैतानको हानिका कारण उनले ज्यान गुमाएनन्। मलाई क्यान्सर थियो र मेरो शरीर धेरै कमजोर थियो, तर म अझै जीवित थिएँ र शल्यक्रिया पनि सजिलैसँग भएको थियो, के यो पनि परमेश्वरको सुरक्षाको कारणले होइन र? मैले परमेश्वरमा विश्वास राख्नुपर्छ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र परमेश्वरले मानिसहरूलाई जाँच्नु र शोधन गर्नुको अभिप्रायबारे केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूका हृदयले त्यति नै धेरै परमेश्वरलाई प्रेम गर्न सक्छन्। तिनीहरूका हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्याउँछ, तिनीहरू परमेश्वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्वरसँगको तिनीहरूको सम्बन्ध अझ बढी घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्वरको अत्यन्तै ठुलो प्रेम र उहाँको अत्यन्तै ठुलो मुक्ति देख्न झनै सक्षम हुन्छन्। पत्रुसले सयौँ पटक शोधनको अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नुपर्छ—तिमीहरूले यो प्रक्रिया अनुभव गर्नैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन त्यो सर्वोत्तम माध्यम हो जसद्वारा परमेश्वरले मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्वरका लागि साँचो प्रेम उत्पन्न गर्न सक्छन्। कष्टविना, मानिसहरूमा परमेश्वरका लागि साँचो प्रेमको अभाव हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौँतारिरहनेछन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा कति कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले कति धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्ना वास्तविक स्थिति जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुनसुकै पक्षहरूमा मानिसहरूलाई शुद्ध पारिएको छैन र मानिसहरूले भ्रष्टता प्रकट गर्छन्, तिनै पक्षहरूमा तिनीहरूलाई शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण खडा गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्ना योजना र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन छोड्न चाहन्छस्, चाहे त्यसको अर्थ मर्नु नै किन नहोस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वर मानिसहरूलाई पखाल्नका लागि तिनीहरूलाई जाँच्नुहुन्छ र शोधन गर्नुहुन्छ, तिनीहरूलाई सत्यता खोज्न र आफ्नो भ्रष्टता, अशुद्धता र अभिप्रायहरू चिन्न बाध्य पार्नुहुन्छ भन्ने कुरा बुझेँ। यसले मानिसहरूलाई परमेश्वरको साँचो बुझाइ प्राप्त गर्न र उहाँप्रति साँचो प्रेम विकास गर्न सक्षम बनाउँछ। मलाई क्यान्सर लाग्नुको कारण परमेश्वरले मलाई प्रकट गर्न र हटाउन खोज्नुभएकाले नभएर मेरो विश्वासमा भ्रष्ट स्वभाव र अशुद्धताहरू भएकोले हो। यो बिमारीमार्फत मात्र यी कुराहरू प्रकट हुन सक्थे। पहिले, मैले परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य पूरा गर्न आफ्नो व्यवसाय त्यागेँ, र आफ्नो कर्तव्यमा जति दुःख भोगे पनि, मैले गुनासो गरिनँ। मैले सधैँ यी त्याग र समर्पणहरूलाई परमेश्वरको सामु पुँजीको रूपमा लिएँ, र मैले आफूलाई परमेश्वरप्रति समर्पित हुने र उहाँलाई प्रेम गर्ने व्यक्ति हुँ भन्नेसमेत सोचेँ। तर अब मलाई क्यान्सर लागेको थियो र रेडियोथेरापीको आवश्यकता थियो, ममा परमेश्वरप्रति अलिकति पनि आस्था थिएन र मैले उहाँलाई गलत बुझेँ, उहाँले मलाई अब चाहनुहुन्न भनी सोचेँ। मैले आफ्ना प्रयास र समर्पणलाई परमेश्वरसँग तर्क गर्न खोज्ने पुँजीका रूपमा समेत प्रयोग गरेँ, उहाँले मेरो रक्षा गरिरहनुभएको छैन भनी गुनासो गरेँ। मैले आफू साँच्चै विद्रोही, र परमेश्वरप्रति माग र अपेक्षाहरूले भरिएको देखेँ। यो बिमारीको अनुभव नगरी, मैले आफ्नो भ्रष्ट स्वभाव वा परमेश्वरमा विश्वास गर्नुको आफ्ना गलत अभिप्रायहरू कहिल्यै चिन्ने थिइनँ। यदि परमेश्वरको काम समाप्त हुँदासम्म ममा अलिकति पनि परिवर्तन भएन भने, मैले मुक्तिको मौका पूर्ण रूपमा गुमाउने थिएँ। मैले सामना गरेको यो बिमारीमा, परमेश्वरले मलाई हटाउन खोजिरहनुभएको नभएर मुक्ति दिन खोजिरहनुभएको थियो! तर मैले परमेश्वरको अभिप्राय बुझिनँ र उहाँलाई गलत बुझेँ र गुनासोसमेत गरेँ। यस्तो सोचेर, मलाई अत्यन्त पछुतो र लाज महसुस भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसामु पश्चात्ताप गर्न र सत्यता खोजी आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्न तयार भएँ।
आफ्नो खोजीमा, मैले परमेश्वरका वचनहरू पढेँ र आफूबारे केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम गरिने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने खाडल मात्रै हुन्छ। अहिले कुराहरू यो अवस्थासम्म आइपुगेकाले, यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्बन्ध कति सङ्कटग्रस्त बनेको छ भन्ने कुरालाई साँचो रूपमा बुझ्न सक्ने मानिसहरू कति छन्? मलाई विश्वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको हर्षमा डुबाउँछन्, परमेश्वरसँगको त्यस्तो सम्बन्ध कति लाजमर्दो र हेर्नै नसकिने हुन्छ भन्नेबारे कसैले पनि कल्पना गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। “मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले गर्ने सबै कुरा आफ्नै देहलाई सही साबित गर्नु र आफ्नै सम्भाव्यताहरूका खातिर योजना बनाउनु मात्रै हुन्छ। तिनीहरू सबै परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका हुन्—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, ‘यो मानव प्रकृति हो,’ जुन सही हो। यसबाहेक, मानिसहरूले परमेश्वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्वरले मानिसको प्रकृति स्वार्थी र घृणित छ, र उसले जे गरे पनि, त्यो सबै आफ्नै फाइदाका लागि हुन्छ भनी खुलासा गर्नुहुन्छ। परमेश्वरमाथिको उनीहरूको विश्वासमा समेत व्यक्तिगत अभिप्रायहरू हुन्छन्, र उनीहरू कष्ट र समर्पणलाई एउटा असल गन्तव्यसँग साट्ने व्यर्थ आशा गर्छन्। परमेश्वरले जे खुलासा गर्नुभयो, त्यो ठ्याक्कै मेरो स्थिति थियो। मैले परमेश्वरलाई पाउनुअघि, म रोगले ग्रस्त थिएँ, र परमेश्वरलाई पाएपछि, मेरा सबै रोगहरू निको भए। त्यसैले मैले परमेश्वरलाई धन्यवाद र प्रशंसा दिएँ र उहाँको प्रेम चुकाउने सङ्कल्प गरेँ, र मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि, मैले त्यसलाई सक्रिय रूपमा पूरा गरेँ। मैले आफ्नो व्यवसायलाई समेत पन्छाएर परमेश्वरका लागि पूर्ण-समय आफूलाई समर्पित गरेँ। जब मैले मलाई क्यान्सर भएको थाहा पाएँ, तब म केही हदसम्म समर्पित देखिए तापनि, वास्तविकतामा, म “समर्पण” लाई परमेश्वरको सुरक्षासँग साट्न खोजिरहेकी थिएँ, उहाँले मेरो बिमारी निको पार्नुहुनेछ भनी आशा गर्दै थिएँ। जब मैले गैरविश्वासीहरू क्यान्सरबाट निको भइरहेको देखेँ जबकि मैले केमोथेरापीपछि पनि रेडियोथेरापी गराउनुपर्ने भयो—कष्ट भोग्ने मात्र होइन, जीवन सङ्कटमा पर्ने पनि थियो—मेरो वास्तविक रूप प्रकट भयो। मैले परमेश्वरले मेरो रक्षा गर्नुभएन भनी गुनासो गर्न थालेँ, र मैले असमझदार हुँदै उहाँले मेरो बिमारी हटाउनुपर्छ भनी माग गरेँ। मैले के देखेँ भने मेरो विश्वास आशिषहरू पाउने अभिप्रायद्वारा प्रेरित छ, र मेरा सबै वर्षहरूका मेहनत र समर्पण एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि होइन रहेछ बरु मेरा कष्ट र समर्पणलाई अनुग्रह, आशिष् र स्वर्गीय इनामहरूसँग साट्न खोज्नका लागि रहेछ। म साँच्चै स्वार्थी र घृणित थिएँ। पावलले युरोपका धेरै भागमा सुसमाचार प्रचार गरे र धेरै कष्ट भोगे, तर त्यो परमेश्वरबाट इनाम र मुकुट माग गर्नका लागि थियो। अन्तमा, उनले यी निर्लज्ज शब्दहरू समेत भने: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। मेरा मेहनत र समर्पणहरू, पावलको जस्तै, अभिप्रायले भरिएका थिए, र ममा परमेश्वरप्रति अलिकति पनि इमानदारी वा बफादारी थिएन। मैले परमेश्वरलाई अन्तिम उपायको रूपमा, मलाई इनाम र ज्याला दिनुहुने रोजगारदाताको रूपमा व्यवहार गरेँ। मेरा कष्ट र समर्पण केवल परमेश्वरबाट फाइदा लिनका लागि थियो। यसमा, म परमेश्वरलाई धोका दिन र उपयोग गर्न खोजिरहेकी थिएँ। यो साँच्चै नै परमेश्वरका लागि घृणित कुरा हो। यदि मैले आफ्नो पछ्याइपछाडिका गलत दृष्टिकोणहरू नसुधार्ने र स्वभावमा परिवर्तन गर्न नखोज्ने भने, मैले जति सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गरे पनि, म अन्तमा मुक्ति प्राप्त गर्न सक्ने थिइनँ। मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, क्यान्सरको यो अनुभवमार्फत, मैले के देखेकी छु भने मैले तपाईंमा धेरै वर्षदेखि विश्वास गरे तापनि, ममा तपाईंप्रति कुनै इमानदारी वा बफादारी रहेनछ। मेरो कर्तव्यमा समेत, मैले तपाईंबाट अनुग्रह र आशिषहरू मात्र माग गर्न खोजिरहेकी रहेछु। बल्ल म कति स्वार्थी र घृणित छु भन्ने देख्दैछु। हे परमेश्वर, म अब उप्रान्त तपाईंको विरुद्धमा यसरी विद्रोह गर्न चाहन्नँ। ममाथि जस्तोसुकै परिस्थिति आइपरे पनि, म सत्यताको खोजीमा केन्द्रित हुन र तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु।”
मेरो एउटा उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो कर्तव्य पूरा गर्नुको अर्थबारे सही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य निर्वाह गर्न जति सक्षम हुन्छस्, त्यति नै धेरै मात्रामातैँले सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ। आफ्नो कर्तव्य निर्वाह गर्दा झारा टार्ने र सत्यता नखोज्नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यता अभ्यास गर्दा आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन् जो अपरिवर्तित रहन्छन् र दुर्भाग्य भोग्छन्। तिनीहरूका अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरू पढेपछि, मैले हामी सृजित प्राणीहरू हौँ, त्यसैले हाम्रो कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ भन्ने कुरा बुझेँ। यो हामीले गर्नैपर्ने कुरा हो। हामीले यसलाई परमेश्वरसँग सौदाबाजी गर्ने माध्यमको रूपमा प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। हामी आशिषित हुन्छौँ कि दुर्भाग्य भोग्छौँ भन्ने कुरा हाम्रो कर्तव्य पूरा गर्नुसँग कुनै सम्बन्ध छैन—केवल आफ्नो कर्तव्य पूरा गरेर अन्तमा आशिषहरू सुनिश्चित हुन्छ भन्ने होइन। परमेश्वरले हेर्नुहुने भनेको हाम्रो स्वभावमा परिवर्तन भएको छ कि छैन भन्ने हो। यदि हामी परमेश्वरका वचनहरूको न्याय र सजायबाट गुज्रिन्छौँ र हाम्रो भ्रष्ट स्वभाव परिवर्तन हुन्छ, र हामी परमेश्वरप्रति साँचो समर्पणता प्राप्त गर्छौँ र एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छौँ, तब मात्र हामीले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छौँ। यदि हाम्रो भ्रष्ट स्वभाव सफा गरिएको छैन भने, हामीले जति नै दौडधूप वा आफूलाई समर्पित गरौँ, हामीले अझै पनि आशिषहरू पाउनेछैनौँ। मैले त्यो बेलालाई फर्केर सोचेँ जुनबेला यो बिमारी जीवन र मृत्युको सवाल थियो। मैले आफ्नो विगतको कष्ट र समर्पणलाई पुँजीको रूपमा लिएर परमेश्वरले मेरो रक्षा गर्नुपर्छ भनी माग गरेँ, मैले मूल्य चुकाएकीले परमेश्वरले मलाई अनुग्रह दिनुपर्छ भनी गलत तरिकाले सोचेँ। मैले परमेश्वरका यति धेरै अनुग्रह र आशिषहरू पाएकी थिएँ, तैपनि मैले आफ्नो कर्तव्यलाई आफ्नै जिम्मेवारीको रूपमा लिइनँ। म अलिकति मेहनत वा समर्पणका लागि परमेश्वरसँग आशिषहरू र इनामहरू माग्थेँ। ममा साँच्चै विवेक र समझको कमी थियो! परमेश्वरले मलाई मानिसहरूको विशाल समुद्रबाट निकालेर उहाँको घरमा फिर्ता ल्याउनुभयो र मलाई एउटा कर्तव्य पूरा गर्न दिनुभयो। परमेश्वरको अभिप्राय के थियो भने मैले आफ्नो कर्तव्य पूरा गर्दा सत्यता खोजूँ, र आफ्नो भ्रष्ट स्वभावलाई परिवर्तन गरूँ, ताकि यसमा, म शुद्ध हुन र मुक्ति पाउन सकूँ। मैले परमेश्वरमा समर्पित हुनुपर्छ र उहाँलाई सन्तुष्ट पार्न खोज्नुपर्छ। यस्तो सोचेर, मैले मनमनै एउटा सङ्कल्प गरेँ, “यदि रेडियोथेरापीपछि मेरो क्यान्सर निको भएन भने, म मर्ने भएँ भने पनि, म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित रहन तयार हुनेछु, र म अब उप्रान्त परमेश्वरविरुद्ध गुनासो गर्नेछैन। यदि रेडियोथेरापीमार्फत क्यान्सर निको हुन सक्यो भने, त्यसपछि म अझ धेरै गम्भीरतापूर्वक सत्यता पछ्याउनेछु, र म परमेश्वरको प्रेम चुकाउन आफ्नो कर्तव्य पूरा गर्नेछु।” जब मैले यी कुराहरू बुझेँ, मैले धेरै सोच्न छोडेँ, र श्रीमानलाई रेडियोथेरापीका लागि मलाई अस्पताल लैजान लगाएँ। अस्पतालमा, डाक्टरले मलाई रेडियोथेरापी दिने मोल्ड बनाउनका लागि आफ्नो पाखुरा उठाउन भने। तर मेरो पाखुरा यति साह्रो दुख्यो कि मैले त्यसलाई काँधको उचाइसम्म पनि उठाउन सकिनँ। मेसिनले प्रभावित क्षेत्रलाई छुन सकेन, र मोल्ड बनाउन सकिएन। डाक्टरसँग मलाई केही दिन घर गएर व्यायाम गर्न र पाखुरा उठाउन सक्ने भएपछि फर्केर आउन भन्नुबाहेक अरू कुनै विकल्प थिएन। घर पुगेपछि, मैले ढिलाइ गर्ने आँट गरिनँ र व्यायाम गरिरहेँ। तर तीन दिनपछि पनि, मैले अझै आफ्नो पाखुरा उठाउन सकिनँ। म ओछ्यानमा पल्टिएँ र मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, आज मैले बिना कुनै समस्या रेडियोथेरापी गराउन सके वा नसके पनि, म तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु!” थाहै नपाई, म आफ्नो पाखुरा उठाएर टाउको पछाडि राख्न सक्षम भएँ। जब डाक्टरले यो देखे, उनले तुरुन्तै मेरो लागि मोल्ड बनाए। रेडियोथेरापीको क्रममा, मलाई धेरै कष्ट भएन, न त ममा धेरै साइड इफेक्टहरू नै भए, र यो मेरा लागि परमेश्वरको सुरक्षा हो भनी मलाई स्पष्ट रूपमा थाहा थियो। म परमेश्वरप्रति साँच्चै कृतज्ञ भएँ। यसरी, सत्र पटकको रेडियोथेरापीपछि, मेरो बिमारी नियन्त्रणमा आयो। त्यसपछि, मैले ब्रदर-सिस्टरहरूसँगै कर्तव्यहरू पूरा गर्न जारी राखेँ।
सन् २०२० मा, म अतिथिसेवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। कामको आवश्यकताले गर्दा, मलाई कहिलेकाहीँ बाहिर गएर कामहरू सम्हाल्नुपर्थ्यो, र कहिलेकाहीँ काम सकेर साँझ घर फर्कंदा मलाई धेरै थकित महसुस हुन्थ्यो। मैले एक जना सँगी बिरामीले एक पटक भनेको कुरा सम्झेँ, “क्यान्सर लागेपछि, तपाईंले आफूलाई पटक्कै अत्यधिक परिश्रम गराउनु हुँदैन, नत्र यो सजिलै फेरि बल्झिन सक्छ। यदि क्यान्सर फेरि बल्झियो भने, यो निको नहुन सक्छ।” डाक्टरले पनि मलाई धेरै आराम गर्न र आफूलाई धेरै काम नगराउन सल्लाह दिएका थिए। विशेष गरी, अस्पतालमा हुँदा मैले सुनेका, क्यान्सर बल्झिएर मृत्यु भएका सबै केसहरूको बारेमा सोच्दा, मलाई अलिकति डर लाग्यो। यदि क्यान्सर फेरि बल्झियो भने के हुन्छ? के म त्यसबाट मर्छु होला? तर त्यस समय, चिनियाँ कम्युनिष्ट पार्टीले उन्मत्त भएर ब्रदर-सिस्टरहरूलाई पक्राउ गरिरहेको थियो, र मैले परिस्थितिको रक्षा गर्दै उनीहरूलाई सुरक्षित राख्नुपर्थ्यो, त्यसैले मसँग फलोअप जाँचका लागि अस्पताल जाने समय नै थिएन। मैले आफ्नो कर्तव्य नत्यागे पनि, म अक्सर आफ्नो बिमारीबारे चिन्तित रहन्थेँ, र समय-समयमा, म मनमनै सोच्थेँ, “मेरो स्वास्थ्य कमजोर भए तापनि, मैले यतिका वर्षसम्म आफ्नो कर्तव्य पूरा गर्न कहिल्यै छोडेकी छैन। पक्कै पनि परमेश्वरले मेरो क्यान्सर फेरि बल्झिनबाट जोगाउनुहुनेछ, होइन र?” मलाई आफू फेरि एक पटक परमेश्वरसँग सौदाबाजी गर्न खोजिरहेकी छु भन्ने महसुस भयो, त्यसैले मैले तुरुन्तै आफ्नो यो अभिप्रायको विरुद्धमा विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गरेँ। पछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र जीवन र मृत्युको मामिलालाई अलि बढी बुझेँ। परमेश्वर भन्नुहुन्छ: “मानव जीवन सम्बन्धी आफ्नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले सृष्टिकर्ताले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्ना सारा बाहिरी कुराहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुसीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि जन्म, बुढ्यौली, बिमारी र मृत्यु सबै परमेश्वरको हातमा छन्, र कुनै व्यक्तिको मृत्युको समय परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको हुन्छ। गैरविश्वासीहरूले भनेजस्तो अत्यधिक परिश्रमले क्यान्सर फेरि बल्झिन्छ र मरिन्छ भन्ने होइन। यदि परमेश्वरले मैले निश्चित उमेरसम्म मात्र जिउनुपर्छ भनी पूर्वनिर्धारित गर्नुभएको छ भने, मैले हरेक दिन ओछ्यानमा आराम गरे पनि र आफूलाई अत्यधिक परिश्रम नगराए तापनि, म मृत्युबाट उम्कन सक्नेछैन। यदि मैले आफ्नो क्यान्सर फेरि बल्झिने डरले आफ्नो कर्तव्य पूरा गर्न छोडेँ भने, त्यो परमेश्वरविरुद्ध साँचो विद्रोह हुनेछ। मेरो क्यान्सर अन्ततः फेरि नबल्झिए पनि, यदि मैले आफ्नो कर्तव्य पूरा नगरेकी भए, मेरो जीवन व्यर्थ हुनेथियो, र मलाई परमेश्वरले घृणा गर्नुहुनेथियो। मैले के पनि बुझेँ भने म जिउँछु कि मर्छु त्यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा निर्भर छ, र मेरा चिन्ता र फिक्रीहरूले त्यसलाई बदल्न सक्दैनन्। मैले गर्नुपर्ने कुरा भनेको परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनु र आफ्नो कर्तव्य पूरा गर्नु हो। तब, यदि कुनै दिन मैले यो संसार छोडेँ भने पनि, मेरो जीवन सार्थक भएको हुनेछ। यो कुरा बुझेपछि, मलाई अब मेरो क्यान्सर फेरि बल्झिन्छ कि र म मर्छु कि भन्ने चिन्ता लागेन।
त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र अभ्यासको मार्ग अझ स्पष्ट भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि, परमेश्वरमाथिको तेरो विश्वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्वरले चाहे जे नै गर्नुभए पनि—मैले समर्पणता देखाउनैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—समर्पणता—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्वरप्रतिको समर्पणताको वास्तविकतामा जिउनुपर्छ। यसबाहेक, परमेश्वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, म आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ,’ के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, ‘परमेश्वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौँ-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्वरलाई चोट पुर्याउने किसिमका थिए। मैले भविष्यमा परमेश्वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्ने कुरा परमेश्वरले देख्न सक्नुहोस्। म परमेश्वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्याउने वा निराशा तुल्याउने काम गर्नेछैन।’ यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, ‘यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्नेछु र अर्पित हुनेछु। म बिरामी हुँदा कसरी अर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?’ जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्वरलाई गनगन नगरी बस्न सक्छस्? (सक्छु।) अहिले ‘सक्छु’ भनेर भन्नु सजिलो छ, तर जब तँमा साँच्चै यो कुरा आइपर्छ त्यो बेला ‘सक्छु’ भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, ‘म परमेश्वरका अभिप्रायहरूलाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?’ सृष्टि गरिएको प्राणी भनेको के हो? के सृष्टि गरिएको प्राणीको जिम्मेवारी परमेश्वरका वचनहरू सुन्नु मात्रै हो? होइन—यो त परमेश्वरका वचनहरूमा जिउनु हो। परमेश्वरले हामीलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तँ यी कुराहरूमा जिउन सक्, र तैँले उहाँको लागि गवाही दिन सक्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्मेवारी र दायित्व हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ)। मैले के बुझेँ भने हाम्रा लागि परमेश्वरका मागहरू धेरै सरल छन्, जुन हो समर्पणताको वास्तविकता जिउनु हो, र हामीले बिमारी वा अन्य कठिनाइहरूको सामना गरे पनि, हामीले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। मेरो जीवन परमेश्वरले दिनुभएको हो, र अबका लागि, मेरो बिमारी फेरि बल्झिन्छ कि र म मर्छु कि भन्ने सबै कुरा परमेश्वरको हातमा थियो, र म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार थिएँ। मलाई शारीरिक रूपमा अलि थकित महसुस भयो, तर यसको मतलब मेरो क्यान्सर फेरि बल्झिएको थिएन, र म यति थकित पनि थिइनँ कि म ओछ्यानबाट उठ्न नसकूँ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको उन्मादमा भएर ब्रदर-सिस्टरहरू पक्राउ भइरहेका बेला, मैले आफ्नो हृदय आफ्नो कर्तव्यमा केन्द्रित गर्नुपर्थ्यो, र मैले ब्रदर-सिस्टरहरूको सुरक्षा गर्न परमेश्वरलाई प्रार्थना गरी उहाँमा भर पर्नुपर्थ्यो ताकि उनीहरूले शान्तिमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। त्यसपछि, मैले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न जारी राखेँ। कहिलेकाहीँ मेरो शरीरलाई असहज महसुस हुँदा म अलि बढी आराम गर्थेँ, र जब मलाई अलि राम्रो महसुस हुन्थ्यो, म उठेर परमेश्वरका वचनहरू पढ्थेँ। कामहरू सम्हाल्न बाहिर जानु परेको बेला, म आफ्नो बिमारीबारे धेरै नसोची, सधैँ जसरी बाहिर जान्थेँ। केही समयपछि, म फलोअप जाँचका लागि अस्पताल गएँ, र क्यान्सर बल्झिएको थिएन। म यसरी नै आफ्नो कर्तव्य पूरा गरिरहेकी छु, हरेक केही महिनामा फलोअप जाँचका लागि अस्पताल जान्छु, र अहिले धेरै वर्ष बितिसक्दा पनि मेरो क्यान्सर अझै पनि बल्झिएको छैन। म परमेश्वरको सुरक्षा र मार्गदर्शनका लागि साँच्चै कृतज्ञ छु।
यो बिमारीमार्फत, मैले मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायबारे अझ धेरै बुझ्न पाएकी छु, र मैले परमेश्वरले जे गर्नुभए पनि, त्यो मानिसलाई शुद्ध पार्न र मानिसको भ्रष्ट स्वभाव र उनीहरूको विश्वासमा भएका अशुद्धताहरू हटाउनका लागि हुन् भन्ने देखेकी छु। त्यसैैसँगै, मैले के पनि बुझ्न थालेँ भने जबसम्म कुनै व्यक्ति जीवित रहन्छ, उसले सत्यता पछ्याउनुपर्छ, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। अर्थ र मूल्यका साथ जिउने यही एउटा मात्र तरिका हो। अबदेखि, म गम्भीरतापूर्वक सत्यता पछ्याउनेछु, स्वभावमा परिवर्तन गर्नतिर लाग्नेछु, र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नेछु। परमेश्वरलाई धन्यवाद!