८४. निराकरणपछि गरिएको चिन्तन-मनन

एक दिन मैले एक जना ब्रदरले आफ्‍नो कर्तव्यमा केही समस्याहरू सामना गरेको र के गर्ने थाहा नभएको कारण मेरो विचार बुझ्‍न चाहेको भन्‍ने व्यहोराको पत्र प्राप्त गरेँ। पत्र पढेपछि मैले आफूलाई तारिफ नगरी बस्‍न सकिनँ। मैले त्यो मण्डली छोडेको लगभग दुई वर्ष भइसकेको थियो, तर मेरा ब्रदर-सिस्टरहरूले अझै पनि आफूले सामना गरेका समस्याहरूका बारेमा मलाई सोधिरहेका थिए। मसँग केही सत्यताको वास्तविकता छ र मैले तिनीहरूले भन्दा बढी कुरा बुझेको छु जस्तो देखिन्थ्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको त्यति धेरै नभएको भए पनि म त्यो मण्डलीमा अगुवा हुँदा र ब्रदर-सिस्टरहरूले समस्याहरू वा कठिनाइहरूको सामना गर्दा मैले सधैँ तिनीहरूलाई सहयोग गर्न परमेश्‍वरको वचनका सम्‍बन्धित खण्डहरू भेट्टाउन सक्थेँ। तिनीहरूमध्ये धेरैजसो व्यक्तिहरू समस्या हुँदा मकहाँ खोजी र सङ्गति गर्न आउँथे, र तिनीहरूले मेरो नेतृत्वलाई अनुमोदन गरेका थिए। मेरो ब्रदरलाई समस्याहरू हुँदा मेरो विचार खोज्‍नु र गलत रूपमा अभ्यास गर्छु की भनी डराउनु उचितै थियो, किनभने तिनको कद निकै सानो थियो। त्यो सोच्दा म निकै प्रसन्‍न भएँ, र गर्व गरी नमुस्कुराई बस्‍न सकिनँ। ठीक त्यही बेला ब्रदर वाङ्गले म मुस्कुराएको देखे र सोधे, “के कुराले तपाईंलाई यसरी मुस्कुराउने गरी खुशी तुल्यायो?” अनि मैले तिनलाई मेरो ब्रदरबाट प्राप्त गरेको पत्रको बारेमा बताएँ, र कसरी जवाफ दिन लागेको छु त्यो पनि तिनलाई बताएँ। तिनले यो कुरालाई अनुमोदन गर्छन् होला भन्‍ने लागेको थियो, तर अनपेक्षित रूपमा तिनले मलाई अत्यन्तै गम्‍भीर रूपमा भने, “त्यो मण्डलीका तपाईंका ब्रदर-सिस्टरहरूले तपाईंलाई निकै आदर गर्दा रहेछन्! त्यो मण्डलीका हरेक व्यक्ति तपाईंप्रति निकै निर्भर रहेछन् भन्‍ने मैले थाहा पाएको छु। तिनीहरू सबै कुराको लागि तपाईंकहाँ आउँछन्, तपाईंको विचार बुझ्छन्, र तिनीहरूको साथ पाउँदा तपाईं विशेष गरी आनन्द लिनुहुन्छ, र तपाईं कुनै पनि अनुरोध स्वीकार गर्नुहुन्छ। यसरी काम गर्नुको प्रकृति र परिणामहरूका बारेमा तपाईंले सोच्‍नुभएको छ? तपाईंले यस परिस्थितिमा आफ्‍नो बारेमा मनन गरिरहनुभएको छैन, ब्रदर-सिस्टरहरूलाई कठिनाइहरूको सामना गर्दा कसरी परमेश्‍वरसँग प्रार्थना गर्ने र उहाँमा भरोसा गर्ने त्यसबारे सङ्गति गर्नुभएको छैन वा तिनीहरूलाई सत्यताका सिद्धान्तहरू कसरी खोज्‍ने भनी बताउनुभएको छैन। तपाईंले ब्रदर-सिस्टरहरूलाई तपाईंका समाधानहरू मात्रै दिनुहुन्छ, ताकि तिनीहरूले तपाईंलाई आदर गरून्, तपाईंको आराधना गरून्, र तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान नहोस्। तपाईं ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडिरहनुभएको छ!” ब्रदर वाङ्गका शब्‍दहरू भारी प्रहार जस्तै थियो। म तीनछक्‍क परेँ। तिनले भनेको कुरा तीक्ष्ण र प्रखर लाग्यो, र मभित्र अशान्ति उत्पन्न भयो। मैले सोचेँ, “त्यति साह्रै खराब त होइन होला। के मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्ने प्रयास गरिरहेको छैन र? र मैले त्यसमा केही सफलता पाएको छु। सुरुमा त्यो मण्डलीको काम त्यति राम्रो थिएन। म अगुवाको रूपमा निर्वाचित भएपछि आफ्नो कर्तव्य पूरा नगरी बस्ने धेरैजसो ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्य पूरा गर्न थाले, सुसमाचार सुनाउने तिनीहरूको कार्यका परिणामहरू झन्-झन् राम्रो हुँदै गयो, र कामको हरेक पक्षमा सुधार आयो। यसको साथै, मैले कामसम्‍बन्धी बन्दोबस्तको विपरीत गएर अर्कै काम गरिनँ, न त मैले आफ्‍नै राज्य स्थापना गर्ने नै प्रयास गरेँ। यो कसरी ख्रीष्ट-विरोधीहरूको मार्ग हिँडेको हुन सक्छ? सानो कद भएका मेरा ब्रदर-सिस्टरहरूलाई तिनीहरूको कर्तव्यमा आएका समस्याहरू समाधान गर्न सहयोग गर्नु त असल काम हुनुपर्ने हो। मैले आफूलाई उचालिरहेको छु र म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडिरहेको छु भनेर तपाईंले कसरी भन्‍न सक्‍नुहुन्छ? के तपाईंले सानो कुरालाई ठूलो बनाएर मेरो चरित्रको गलत व्याख्या गरिरहनुभएको छैन र?” मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै नरमाइलो लाग्यो। मैले मेरो ब्रदरको सल्‍लाह, वा तिनको निराकरणलाई स्वीकार गर्न सकिनँ। तर विगतमा काटछाँट र निराकरण स्वीकार गर्न नसक्‍दा मैले कसरी आफैलाई अपमान गर्न पुगेको थिएँ त्यसको बारेमा सोच्दा म अलिक शान्त भएँ। मलाई परमेश्‍वरको वचनको यो खण्ड याद आयो, “जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। यो काटछाँट र निराकरणमा परमेश्‍वरको इच्‍छा समावेश छ भन्‍ने मलाई महसुस भयो। मैले बुझे पनि नबुझे पनि सुरुमा मैले यसलाई स्वीकार गरेर पालना गर्नुपर्थ्यो। यदि ब्रदर वाङ्गले भनेको कुरा साँचो थियो, मैले ब्रदर-सिस्टरहरूलाई मेरो अगाडि ल्याइरहेको थिएँ र म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडिरहेको थिएँ भने म ठूलो खतरामा थिएँ। त्यो कुरालाई विचार गर्दा मैले हृदयबाट प्रतिरोध गर्न छोडेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र यस कुरालाई स्वीकार गरेँ। मैले ब्रदर वाङ्गलाई भनेँ, “मैले मेरो समस्या कति गम्‍भीर छ भन्‍ने कुरा महसुस गरेको थिइनँ, तर पनि तपाईंले यो कुरा औँल्याउनुभएको हुनाले म यस विषयमा खोजी गर्नेछु।”

त्यसपछि, मैले शान्त भएर आफ्‍नो बारेमा मनन गर्न थालेँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको केही समयपछि देखि नै मलाई समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्‍ने अगुवा र सेवकहरूप्रति धेरै डाहा लाग्थ्यो। सबै ब्रदर-सिस्टरहरू तिनीहरूसँग भेला हुन र आफ्‍ना समस्याहरू समाधान गर्न तिनीहरूलाई खोज्दै गएको देख्दा मभित्र निकै डाहा उत्पन्न हुन्थ्यो। मलाई म पनि तिनीहरू जस्तै बनेर मेरा ब्रदर-सिस्टरहरूका कठिनाइहरूलाई समाधान गर्दा सत्यतामा सङ्गति गर्न सक्‍ने बन्छु, ताकि तिनीहरूले मलाई आदर गरून् भन्‍ने चाहन्थेँ। त्यसकारण, त्यो अभिप्राय र इच्‍छा बोकेर मैले परमेश्‍वरको वचन पढ्न ध्यान दिन थालेँ, सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन्थेँ, र मेरा ब्रदर-सिस्टरहरूसँग समस्या वा कठिनाइहरू हुँदा त्यसको समाधानमा तिनीहरूलाई सहयोग गर्न सत्यताको खोजी गर्थेँ। मेरो उत्साहित खोजीले तिनीहरूको मन जित्यो, र सबैले म आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छु, र मैले सत्यताको अभ्यास गर्न सक्छु भने। पछि, म मण्डली अगुवाको रूपमा छनौट भएँ, र मैले अझै धेरै जोश र प्रयासको साथ आफ्‍नो कर्तव्य पूरा गर्न थालेँ। चाहे समूह भेलाहरू होस् वा ब्रदर-सिस्टरहरूलाई भेटेर सहयोग गर्ने काम होस्, म सधैँ अघि हुन्थेँ र कहिल्यै पनि पछि पर्दिनथिएँ। कहिलेकहीँ मैले नकारात्मक र कमजोर महसुस गर्ने भए पनि म सधैँ मेरो स्थितिलाई तुरुन्तै ठीकमा ल्याएर मण्डलीको कामलाई सक्रिय रूपमा अघि बढाउथेँ ताकि मेरा ब्रदर-सिस्टरहरूले म योग्य अगुवा हुँ भनेर भनून्। मलाई याद छ, एक पटक एक जना सिस्टर थिइन् जो उनको श्रीमानद्वारा बाध्यतामा परेकी थिइन्। उनले नियमित रूपमा भेलाहरूमा सहभागी हुन वा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनथिइन्, र उनलाई नकरात्मक र कमजोर महसुस हुन्थ्यो। यसको बारेमा थाहा पाएपछि मैले सोचेँ, “मैले पनि यस्तै अनुभव गरेको छु। म उनलाई उनको नकारात्मकताबाट उम्‍कन सहयोग गर्नको लागि मेरो व्यवहारिक अनुभव प्रयोग गर्न सक्छु, र यसले मेरा ब्रदर-सिस्टरहरूलाई म समस्याहरू समाधान गर्न सक्छु र ममा सत्यताका वास्तविकताहरू छन् भन्‍ने कुरा देखाउनेछ।” त्यसकारण मैले उनको स्थितिसँग लक्षित परमेश्‍वरको वचनका केही खण्डहरू खोजेँ र उनीसँग सङ्गति गर्नको लागि मैले त्यसलाई मेरो आफ्‍नै अनुभवसँग जोडेँ। मैले मेरो सङ्गतिमा अभ्यासका सकारात्मक पक्षहरूका बारेमा मात्रै कुरा गरेँ, तर मैले खुलासा गरेको भ्रष्टता, मेरो नकारात्मकता, वा कमजोरीको बारेमा एक शब्‍द पनि बोलिनँ। मेरो सङ्गतिले उनलाई प्रेरणा दियो। त्यसपछि, उनले भेलाको बेला सबैलाई भनिन्, “ब्रदर याङ्गले सत्यता अभ्यास गर्न सक्‍नुहुन्छ र उहाँसँग कद छ। उहाँको छोराले सताउँदा समेत उहाँ आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुनुभयो, र सुसमाचार प्रचारलाई जारी राख्‍नुभयो। उहाँको सङ्गतिले मलाई प्रेरणा दिएको छ।” त्यो सुन्दा मलाई निकै खुशी लाग्यो, र मसँग साँच्‍चै नै कद र सत्यताको वास्तविकता छ जस्तो लाग्यो। पछि, म मेरा ब्रदर-सिस्टरहरूकहाँ यता-उता जाँदै मेरो सारा समय बिताउँथेँ। जब म कुनै समूह अगुवाले झारा टार्ने काम गरिरहेका छन्, वा कुनै ब्रदर वा सिस्टर कमजोर स्थितिमा छन् भन्‍ने सुन्थेँ, तब म सङ्गति गर्न गइहाल्थेँ। म बतास र झरीको सामना गर्थेँ, चर्को घाम र मुटु कमाउने जाडो सहन्थेँ, कहिल्यै कुनै पनि कुरालाई बेवास्ता गर्दिनथिएँ, र तिनीहरूका समस्याहरू समाधान नभइञ्‍जेल र सम्‍हाल्‍न नसकिञ्‍जेल मेरो मन शान्त हुँदैनथियो।

मलाई याद छ, एक पटक मैले कसैले मण्डलीमा गुटबन्दी गरिरहेको छ र नकारात्मकता फैलाइरहेको छ भन्‍ने सुनेँ। कतिपय ब्रदर-सिस्टरहरूसँग समझशक्तिको कमी थियो, त्यसकारण तिनीहरूका बीचमा पूर्वाग्रह पैदा भएको थियो र तिनीहरूले मैत्रीपूर्ण तरिकाले काम गर्न सक्दैनथिए। म तुरुन्तै तिनीहरूसँग सङ्गति गर्न गएँ। मैले नकारात्मकता फैलाउने व्यक्तिको व्यवहारलाई खुलासा र विश्‍लेषण गरेँ, र तिनको दुष्टतालाई रोकेँ। ब्रदर-सिस्टरहरूले समझशक्ति पाए र तिनको छल र बाधामा पर्न छोडे। त्यसरी मेरा ब्रदर-सिस्टरहरूको मप्रतिको छवि सुधार हुँदै गयो, र तिनीहरूमध्ये कतिले त यसो समेत भने, “ब्रदर याङ्गले सत्यता बुझ्‍नुहुन्छ, हामीले भन्दा राम्ररी मानिसहरू र परिस्थितिहरूलाई देख्‍न सक्‍नुहुन्छ, र ज्ञानवर्धक किसिमले बोल्‍नुहुन्छ। उहाँले त कुनै पनि समस्या समाधान गर्नुहुन्छ जस्तो लाग्छ। तपाईंहरूले यो कुरालाई स्वीकार गर्नुपर्छ!” त्यो सुन्दा म निकै मक्‍ख परेँ, र थाहै नपाई म आफैलाई कदर गर्ने स्थितिमा पुगेछु। पछि, मैले यसो भन्दै मेरा ब्रदर-सिस्टरहरूको अगाडि जानी-जानी धाक पनि लगाएँ, “त्यो व्यक्तिमा अत्यन्तै धूर्त र छली प्रकृति छ, र मण्डलीमा भ्रमहरू फैलाउँदै आएको छ। सत्यतालाई नबुझी यस्तो कुरा बुझ्‍नु असम्‍भव हुन्छ, तर भाग्यवश मैले तिनको वास्तविकतालाई देखेँ र सङ्गति गरेर तिनको व्यवहारलाई खुलासा गर्न सकेँ। यदि अरू कसैले यो कुरालाई सम्‍हालेको भए, तिनीहरू भ्रममा पर्न सक्थे।” मेरो सङ्गति सुनेर एक जना ब्रदरले मलाई निकै आदरका साथ हेर्न थाले। पछि, जब-जब तिनीसँग कुनै समस्या हुन्थ्यो, तब तिनी त्यसको समाधान गर्न मकहाँ आउँथे।

एक पटक, ब्रदर झाङ्ग र म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न गएका थियौँ, र मैले मनमनै सोचेँ, “धर्ममा हुँदा म अगुवा थिएँ, र म धर्ममा रहेका कतिपय मानिसहरूको स्थितिलाई बुझ्छु, त्यसकारण यो कर्तव्यको लागि उपयुक्त व्यक्ति म नै हुँ।” जब नयाँ विश्‍वासीहरूले केही प्रश्‍नहरू गरेको देखेँ, तब मैले सक्रिय रूपमा बोलेँ र मेरा धारणाहरू परिवर्तन गरेको सम्‍बन्धी मेरो आफ्‍नै अनुभवको बारेमा तिनीहरूलाई बताएँ। मेरो सङ्गतिमा मैले कसरी सत्यताको खोजी र स्वीकार गरेँ भन्‍ने बारेमा मात्रै कुरा गरेँ, तर मेरा आफ्‍नै धारणाहरूको कारण मैले कसरी मण्डलीमा प्रतिबन्ध लगाएँ र परमेश्‍वरलाई विरोध गरेँ भन्‍ने बारेमा एक शब्‍द पनि बोलिनँ। मेरो सङ्गति सुन्‍ने क्रममा नयाँ विश्‍वासीहरूले सहमतिमा शिर हल्‍लाउँदै सुनेको देखेँ, र मैले आफ्‍नो कर्तव्य पूरा गरेको शैली योग्य र परमेश्‍वरको निम्ति स्वीकार्य छ भन्‍ने मलाई लाग्यो। कतिपय नयाँ विश्‍वासीहरूले ईर्ष्या गर्दै मलाई भने, “यो पटकको सम्पर्कपछि, मलाई लाग्छ तपाईंले ब्रदर झाङ्गले भन्दा बढी बोझ लिनुहुन्छ, तपाईंले अझै विस्तृत रूपमा र राम्ररी बुझ्‍ने गरी, अनि अझै जोसका साथ सङ्गति गर्नुहुन्छ।” नयाँ विश्‍वासीहरूले यसो भनेको सुन्दा मसँग सत्यताका वास्तविकताहरू छन् भन्‍नेमा म अझै बढी विश्‍वस्त भएँ। पछि, हाम्रो कामको आवश्यकताहरू अनुसार म अर्को मण्डलीमा कर्तव्यहरू पूरा गर्न गएँ, तर एक-दुई जना नयाँ विश्‍वासीहरूले अझै पनि मेरो बारेमा कहिलेकहीँ कुरा गर्थे: “ब्रदर याङ्ग किन आउनुभएन? उहाँको सङ्गति हाम्रो लागि अत्यन्तै सहयोगी हुन्छ।” त्यो बेला, मैले आफ्‍नो मार्गको बारेमा मनन गर्ने विचारै गरिनँ। मलाई मसँग साँच्‍चै नै कद छ र मैले सत्यतालाई बुझेको छु भन्‍ने लागेको थियो। मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेश सम्‍बन्धी समस्याहरूलाई समाधान गर्न सक्‍ने मात्र होइन, नयाँ विश्‍वासीहरूमा भएका धार्मिक धारणाहरूलाई पनि समाधान गर्न सक्थेँ। म आफ्‍नो कर्तव्यहरूप्रति निष्ठावान थिएँ, जसले गर्दा मेरा ब्रदर-सिस्टरहरूले मलाई आदर र सम्‍मान गर्थे। म कुनै पनि आत्मचेतनाविना नै आफैलाई उच्‍च ठान्‍ने स्थितिमा जिएको थिएँ। ब्रदर वाङ्गले औँल्याइदिएर मैले आफ्‍नो व्यवहारको बारेमा मनन गरेपछि मात्रै मैले अत्यन्तै अहङ्कारी र तर्कहीन व्यवहार गर्दै आएको रहेछु भन्‍ने मलाई थाहा भयो। मैले सधैँ आफूलाई उचालिरहेको र धाक लगाइरहेको हुन्थेँ। मैले आफूलाई पटक्‍कै चिनेको थिइनँ!

त्यसपछि, मैले आफैलाई उचाल्‍ने र आफ्‍नै गवाही दिने मानिसहरूलाई खुलासा गर्ने परमेश्‍वरको वचन पढेँ, र आफ्‍नो बारेमा मनन गर्न र आफूलाई बुझ्‍नको लागि यसको प्रयोग गरेँ। मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ, “मानिसहरूले आफूलाई उच्‍च ठानून् भन्‍ने प्रयास गर्दै आफ्नै बढाइ गर्ने र गवाही दिने, तडकभडक देखाउने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र गवाही दिन्छन्? तिनीहरूले यो लक्ष्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै काम गरेका छन् र तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ भनेर तिनीहरूले यी कुराहरूलाई आफैँलाई उच्‍च गराउने पुँजीको रूपमा प्रयोग गर्छन्, ताकि अधिक मानिसहरूले तिनीहरूलाई सम्मान, प्रशंसा र आदरका साथसाथै श्रद्धा, पूजा र अनुसरण समेत गरून्। केवल यही लक्ष्य प्राप्त गर्न मानिसहरूले आफैँलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने धेरै कुराहरू गर्छन्। के यो उचित हुनुको प्रकटीकरण हो त? होइन, यो उचित हुनुको प्रकटीकरण होइन। तिनीहरू तर्कशक्तिको क्षेत्रबाहिर छन्। यी मानिसहरूमा शरम छैन: तिनीहरूले परमेश्‍वरको निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुरा कुनै शरमविना तिनीहरूले गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, आफूलाई सञ्‍चालन गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफैँलाई उच्च पार्ने र आफ्नै गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै ढोंग गर्छन् र भेष बदल्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरूको आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने तरिका होइन र? के आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कार्य विवेक र समझ भएको कुनै व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? यसरी प्रकट हुने एक मुख्य स्वभाव अहङ्कार हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका कथाहरू पूर्ण रूपमा गल्ती भेट्टाउन नसकिने हुन्छन्; तिनीहरूका शब्दहरूमा स्पष्ट रूपमा अभिप्रेरणा र कपट-योजनाहरू समावेश हुन्छन्, तैपनि तिनीहरू आफूले रबाफ देखाइरहेको तथ्यलाई लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्‍न? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्वहरू हुन्छन्? यो एक प्रकारको दुष्ट स्वभाव हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। परमेश्‍वरका वचनहरू पढेपछि यसले मेरो मनका भावनाहरूलाई अशान्त बनायो। आफ्‍नो कर्तव्यमा मैले आफूलाई उचाल्‍ने र धाक लगाउने बानी रहेछ र म साँच्‍चै नै ख्रीष्ट-विरोधीहरूको मार्गमा रहेछु। मैले त्यो बेला भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयको बारेमा मलाई याद आयो। ब्रदर-सिस्टरहरूले समस्याहरू हुँदा अगुवा र सेवकहरूलाई खोजेको देख्दा मलाई ईर्ष्या लाग्थ्यो। म के सोच्थेँ भने यदि मैले ब्रदर-सिस्टरहरूका समस्याहरूलाई समाधान गर्न सत्यतामा सङ्गति गर्न सकेँ भने मैले तिनीहरूको अनुमोदन र आदर प्राप्त गर्नेछु। त्यसकारण म परमेश्‍वरको वचन पढ्न लागिपरेँ। मैले इमान्दार रूपमा खोजी गरेँ, र कठिन परिश्रम गर्न र समर्पित हुन तयार थिएँ। मेरो काममा केही परिणामहरू देखा परेपछि म प्रायजसो मेरा ब्रदर-सिस्टरहरूका अगाडि आफ्‍नो गवाही दिन्थेँ, मैले कसरी कष्ट भोगेँ र मूल्य चुकाएँ, म आफ्‍नो कर्तव्य पूरा गर्न कसरी लागिपरेँ, र मैले कसरी सत्यताको अभ्यास गरेँ भन्ने कुराहरू बताउँथेँ, तर मैले आफ्‍नो नकारात्मकता र कमजोरीको बारेमा कहिल्यै कुरा गर्दिनथिएँ वा आफूमा प्रकट भएका भ्रष्ट स्वभावबारे बताउँदिनथिएँ। किनभने मानिसहरूले मेरो वास्तविकता देख्‍नेछन् र मलाई अयोग्य अगुवा भन्‍नेछन् भन्‍ने डर लाग्थ्यो। मैले मेरा ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि कसरी स्थापित गर्ने भन्‍ने बारेमा मात्रै विचार गर्थेँ, र आफ्‍नो कर्तव्यलाई आफूलाई उचाल्‍ने र धाक लगाउने, अनि ब्रदर-सिस्टरहरूलाई मेरो अगि ल्याउने मौकाको रूपमा प्रयोग गर्थेँ। के म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडिरहेको थिइनँ र? तर म भावनाशून्य थिएँ र मलाई यसको बारेमा कुनै चेतना थिएन। म अझै पनि आफैलाई विनालाज कदर गर्थेँ र ममा सत्यताका वास्तविकताहरू छन् भन्‍ने सोच्दै धाक लगाउथेँ। ममा कुनै पनि मानवता वा समझ थिएन। मैले गरेको काम परमेश्‍वरको लागि तिरस्कारपूर्ण र घिनलाग्दो थियो। म परमेश्‍वरको अघि जिउन साँच्‍चै योग्यको थिइनँ!

यी कुराहरू महसुस गरेपछि, मैले मनन गर्न थालेँ: “म किन सधैँ अनायास आफूलाई उचाल्‍ने र आफ्‍नो गवाही दिने गर्छु? दुष्ट काम र परमेश्‍वरको विरोध गर्दै किन म ख्रीष्ट-विरोधीको मार्गमा हिँडिरहेको छु? कारण के हो?” मैले खोजी गर्दा, परमेश्‍वरको वचनका यी खण्डहरू देखेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँ आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तेरो सोच, विचार र धारणाहरूलाई सत्यको रूपमा सम्मान गर्दै तँप्रति समर्पण होऊन् भन्‍ने अपेक्षा गराउँछ। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरको वचनले प्रकट गरेको आधारमा मैले के बुझेँ भने म मेरो अहङ्कारी र घमण्डी शैतानी प्रकृतिको नियन्त्रणमा भएको कारण मैले सबै कुरामा आदर पाउन र मानिसहरूको हृदयमा उच्‍च हैसियत प्राप्त गर्न चाहेको रहेछु। ममा अहङ्कारी स्वभाव थियो, त्यसकारण म सधैँ महत्त्वाकांक्षी थिएँ, र सधैँ आदर पाउन र आराधना गरिन चाहन्थेँ। आफ्‍नो कर्तव्यमा कसरी कष्ट भोगेको छु र मूल्य चुकाएको छु, समस्याहरू समाधान गर्न मैले कसरी सत्यताको खोजी गरेको छु भन्दै म साधारण मानिसहरूभन्दा उच्‍च छु र मैले गर्ने सबै काममा अरूभन्दा सिपालु छु भनेर देखाउन मैले विनालाज मेरा ब्रदर-सिस्टरहरूको अगाडि धाक लगाउथेँ। मलाई मानिसहरूले आदर र सम्‍मान गरून् भन्‍ने ममा एउटा उत्कट चाहना थियो। के म यस खोजीमा पावल जस्तै थिइनँ र? तिनले आफ्‍ना वरदानहरू र ज्ञानलाई देखाउन आफ्‍नो प्रचार र कामको प्रयोग गरे, अरूले तिनलाई आदर गरून् भनेर आफ्‍नो प्रदर्शन गर्थे, र मानिसहरूको हृदयमा जित्‍न तिनी फरक-फरक मण्डलीमा गएर आफूले प्रभुको लागि कति धेरै काम गरे र कष्ट भोगे भन्‍ने बारेमा गवाही दिन्थे। तिनका लेख र पत्रहरूमा तिनले प्रभु येशूले व्यक्त गर्नुभएको सत्यताको गवाही दिएका छैनन् न त तिनले प्रभु येशूको प्रेमिलो स्वभावको बारेमा गवाही दिने वा विश्‍वासीहरूलाई प्रभुका वचनहरू पालना गर्ने सल्‍लाह नै दिए। बरु, आफ्‍नै महत्वाकांक्षा र इच्‍छाहरूलाई पूरा गर्न, अरूलाई तिनको आराधना गर्न र तिनको पछि लगाउन तिनले आफ्‍नो काममा आफ्‍नो अहङ्कारी र घमण्डी शैतानी स्वभावमा भरोसा गर्थे। अन्तिममा, तिनले कुनै लाज नमानी आफू ख्रीष्‍टको रूपमा जिएको भनेर समेत गवाही दिए, यहाँसम्‍म कि दुई हजार वर्षपछि पनि मानिसहरूले अझै पनि पावललाई आराधना गर्छन् र तिनका वचनहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा पालना गर्छन्। तिनले प्रभुका विश्‍वासीहरूका पुस्तौँपुस्ताका मानिसहरूलाई छल गरे र फन्दामा पारे; परिणाम स्वरूप, सबै मानिसहरूले तिनका वचनहरू सुने, प्रभुका वचनहरू अभ्यास गर्नमा ध्यान दिएनन्, र परमेश्‍वरलाई विरोध गर्ने मार्गमा हिँडे। मेरा कार्यहरू पनि पावलका जस्तै छन् भन्‍ने मलाई थाहा भयो। मेरो अहङ्कारी र घमण्डी शैतानी प्रकृतिको नियन्त्रणमा बसेर म हरेक मोडमा आफूलाई उचाल्थेँ र आफ्‍नो प्रदर्शन गर्थेँ, र मानिसहरूलाई मेरो आदर र आराधना गराउथेँ। यसको परिणाम स्वरूप मेरा ब्रदर-सिस्टरहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन, र जब परिस्थितिहरू आइपर्थे तब तिनीहरूलाई परमेश्‍वरमा भरोसा गर्न आउँदैनथियो, र तिनीहरूले सत्यताका सिद्धान्तहरू खोजी गर्दैनथिए। बरु, तिनीहरूले मलाई भरोसा गर्थे, मानौँ मसँग सत्यता छ। यो कसरी मैले आफ्‍नो कर्तव्य पूरा गरेको भयो र? के यो मानिसहरूलाई आफ्‍नो अघि ल्याउनु मात्रै थिएन र? यो त दुष्ट काम गर्नु र परमेश्‍वरलाई विरोध गर्नु थियो। मैले आफैलाई उचालेर अरूलाई मेरो आदर र आराधना गर्न लगाएको थिएँ, जुन कार्यले धेरै पहिले नै परमेश्‍वरको स्वभावलाई चिढ्याएको थियो। यो महसुस भएपछि मेरो हृदयलाई डरले गाँज्यो। मेरो अहङ्कारी र घमण्डी प्रकृतिद्वारा आफ्‍नो कर्तव्य पूरा गर्दा परमेश्‍वरलाई विरोध गर्ने जस्तो दुष्टता गर्न पुग्छु भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइनँ।

त्यसपछि मैले परमेश्‍वरको वचनको अर्को खण्ड देखेँ: “अरूले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरूले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। कतिले तिनीहरूलाई परमेश्‍वर ठानेर परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानी-जानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट छन्—तिनीहरू ज्यादै भ्रष्ट र अहङ्कारी छन्, तिनीहरूलाई पुज्‍नु हुँदैन र तिनीहरूले जति नै असल गरे तापनि त्यो सबै परमेश्‍वरले तिनीहरूलाई उच्च पार्नुभएकोले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन् भनेर कहिले पनि कसैलाई बताउँदैनन्। तिनीहरूले यी कुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा हुन्छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्, किनकि तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने प्रयास कहिले पनि गरेका हुँदैनन्(वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १”)। परमेश्‍वरका वचनहरू पढ्दा मेरो हृदय छेडियो। परमेश्‍वरको घरले मलाई अगुवा भएर मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका समस्याहरू र कठिनाइहरू समाधान गर्न, र तिनीहरूलाई सत्यता बुझ्‍न र त्यसमा प्रवेश गर्न अगुवाइ गर्नको लागि सत्यतामा सङ्गति गर्न अभ्यास गर्ने मौका दिएको थियो। तर परमेश्‍वरलाई उचाल्‍नु र उहाँको गवाही दिनुको सट्टा मैले मेरो कर्तव्यलाई आफ्‍नो बारेमा धाक लगाउन, मेरा महत्वाकांक्षा र इच्‍छाहरूलाई सन्तुष्ट पार्नको लागि प्रयोग गरेँ। मेरो नेतृत्वको अधीनमा मेरा सबै ब्रदर-सिस्टरहरूले मलाई आराधना गरे र सम्‍मान गरे; समस्याहरू आइपर्दा तिनीहरूले परमेश्‍वरलाई भरोसा गर्नुको सट्टा मलाई भरोसा गर्थे र सत्यताका सिद्धान्तहरूको खोजी गर्दैनथिए। मैले मानिसहरूलाई मेरो अघि ल्याएको थिएँ। के मैले परमेश्‍वरसँग मानिसहरूको लागि प्रतिस्पर्धा गरिरहेको थिइनँ र? परमेश्‍वर सर्वोच्‍च, पवित्र, र महान् हुनुहुन्छ, तर पनि उहाँले मानवजातिलाई मुक्ति दिन देहधारी भएर आउनुहुँदा ठूलो अपमान सहनुभयो। उहाँले मानिसहरूको बीचमा नम्र र गुप्त रूपमा काम गर्नुभयो, र मानिसहरूलाई भरणपोषण र अगुवाइ गर्न, र मानवजातिलाई सबै दिनको लागि उहाँले अज्ञात रूपमा सत्यता व्यक्त गर्नुभयो। परमेश्‍वरले कहिल्यै पनि धाक लगाउनुभएन। उहाँको सार साँच्‍चै नै सुन्दर छ! म कीराभन्दा पनि कम महत्त्वको थिएँ, र म शैतानद्वारा यति भ्रष्ट तुल्याइएको थिएँ कि ममा कुनै मानव स्वरूप थिएन, तैपनि म अरूले मेरो आदर र आराधना गरून् भन्‍ने चाहन्थेँ। म अत्यन्तै दुस्साहसी र लाज पचेको व्यक्ति थिएँ! मैले गरेको कामलाई हेर्दा मलाई अत्यन्तै धेरै ग्‍लानि भयो। म विगत केही वर्षदेखि परमेश्‍वरको अनुग्रह र उत्थानको स्तरमा जिउन सकेको थिइनँ। यी दुष्ट कार्यहरूको निम्ति म श्रापित र दण्डित हुन योग्य थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढेँ। मैले परमेश्‍वरलाई उचाल्‍नु र उहाँको गवाही दिनु भनेको के हो त्यो बुझेँ, र आफूलाई उचाल्‍नु र ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँड्नुको समस्यालाई समाधान गर्न अभ्यास गर्ने मार्गहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौँ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “त्यसो भए, कस्तो व्यवहारचाहिँ आफैलाई उचाल्नु र आफ्नै गवाही दिनु होइन त? उही मामिलामा, यदि तँ आफ्नो सान देखाउँछस् भने तैँले आफैलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने र अरूमा आफूप्रतिको आदर जागृत गराउने तेरो लक्ष्य हासिल गर्नेछस्—तर यदि तँ आफैलाई खुलस्त बनाउँछस् र आफ्नो वास्तविक व्यक्तित्व उदाङ्गो पार्छस् भने, त्यसको सार फरक हुन्छ। यो सुक्ष्म विवरणमा भर पर्ने कुरा हो, होइन र? उदाहरणका लागि, जब तँ आफ्ना प्रेरणा र विचारहरू उदाङ्गो पार्छस्, तैँले तेरो शब्द-चयन र आफैलाई अभिव्यक्त गर्ने तरिकाहरू आत्म-ज्ञानका हुन् कि अरूले तँलाई सम्मान गरून् भनी आफ्नै प्रशंसा गर्ने, आफैलाई उचाल्ने र आफ्नै साक्षी दिने तरिकाहरूका हुन्, सो भिन्‍नता छुट्ट्याउन सक्‍नुपर्छ। यदि तैँले कसरी प्रार्थना गरिस् र सत्यको खोजी गरिस्, परीक्षाहरू हुँदै जाँदा कसरी गवाही बनेर खडा भइस् भनी वर्णन गरिस् भने, यो परमेश्‍वरको बढाइ गरेको र उहाँको गवाही दिएको हुन्छ। यस्तो व्यवहार गर्नु भनेको सान देखाउनु वा आफ्नै गवाही दिनु होइन। तैँले आफैलाई उचाल्दैछस् कि छैनस्, आफ्नै गवाही दिइरहेको छस् कि छैनस् त्यो मुख्य रूपले तैँले भनेको कुरा साँच्‍चै तैँले अनुभव गरेको छस् कि छैनस्, र परमेश्‍वरलाई दिएको गवाहीको प्रभाव हासिल भएको छ कि छैन भन्‍ने कुरामा निर्भर गर्छ; त्यसै गरी, तैँले आफ्ना अनुभवहरू र गवाहीको कुरा गर्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भनेर हेर्नु पनि आवश्यक हुन्छ। यी सबै कुराले फरक बताउन सजिलो बनाउँछ। जब तँ आफैलाई खुलासा र चिरफार गर्छस्, तब त्यसमा तेरा अभिप्राय पनि सामेल हुन्छ। यदि तेरो अभिप्राय तेरो भ्रष्टता कसरी प्रकट भयो, अनि तँ कसरी परिवर्तन भएको छस् भनी सबैलाई देखाउनु, र अरूलाई यसबाट लाभ उठाउन दिनु हो भने, तेरा कुराहरू गम्भीर र सत्य हुन्छन्, र तथ्यहरूसँग मेल खाने हुन्छन्। त्यस्ता अभिप्रायहरू सही हुन्छन्, र तैँले सान देखाइरहेको वा आफ्नै गवाही दिइरहेको हुँदैनस्। यदि तेरो अभिप्राय तैँले अनुभव गरेका कुराहरू, र तँ परिवर्तन भएको र तँमा सत्य वास्तविकता रहेको तथ्य सबैलाई देखाउनु र त्यसमार्फत तिनीहरूको प्रशंसा र सम्मान प्राप्त गर्नु हो भने, यी अभिप्रायहरू गलत छन्—र यस्ता अभिप्रायहरूलाई पर्दाफास पनि गर्नुपर्छ। यदि तैँले बताएका अनुभव र गवाहीहरू झुटा छन् भने, यदि तिनलाई संशोधित गरिएको छ, र मानिसहरूलाई भ्रममा पार्न, तिनीहरूलाई तेरो वास्तविक रूप देख्‍नबाट रोक्‍न, तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूको सामु पर्दाफास हुन नदिने गरी तयार पारिएको छ भने, त्यस्ता शब्दहरू छलपूर्ण र कपटपूर्ण हुन्छन्; यो झुटो गवाही हो, यो परमेश्‍वरलाई धोका दिनु हो, यसले परमेश्‍वरको बदनाम गराउँछ, र यही कुरालाई परमेश्‍वरले सबैभन्दा धेरै घृणा गर्नुहुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्ग बताएका छन्। परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिनको लागि हामीसँग सही अभिप्राय हुनुपर्छ र हामीले साँचो बोल्‍नुपर्छ। हामीले आफूमा भएको विद्रोहीपन र कमजोरी, हाम्रो अनुभवमा हामीले खुलासा गर्ने भ्रष्ट स्वभाव, हामीले आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न कसरी परमेश्‍वरको वचन लागू गर्छौँ, हामीले कसरी परमेश्‍वरको वचनको न्याय र सजायलाई स्वीकार गर्छौँ, र हामीले परमेश्‍वर सम्‍बन्धी कस्तो वास्तविक ज्ञान प्राप्त गरेका छौँ त्यसको बारेमा खुलस्त सङ्गति गर्न सक्‍नुपर्छ। हामीलाई आदर गराउन र हाम्रो आराधना गराउनको लागि हामी सत्यता अभ्यास गर्न सक्छौँ र हामीमा सत्यताको वास्तविकता छ भनेर देखाउनुको सट्टा हामीले ब्रदर-सिस्टरहरूलाई हाम्रो अनुभव र ज्ञानबाट फाइदा लिन दिनुपर्छ। यसको साथै, हामीले सधैँ हाम्रा व्यवहार, सोचाइ, र विचारहरूलाई मनन गर्नुपर्छ। जब हामीलाई आफूलाई उचाल्‍न र धाक लगाउन मन लाग्छ, हामीले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ र हाम्रा गलत अभिप्रायहरूलाई त्याग्‍नुपर्छ, आफ्‍नो स्थानमा बस्‍नुपर्छ, हाम्रो आफ्‍नै भ्रष्टतालाई खुलासा गर्न ब्रदर-सिस्टरहरूसँग अझै खुलस्त बोल्‍नुपर्छ, र परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिनको लागि परमेश्‍वरको वचन सम्‍बन्धी आफ्‍नै अनुभव र ज्ञानको प्रयोग गर्नुपर्छ। यो सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझशक्ति र कर्तव्य हो।

यो कुरा महसुस गरिसकेपछि, मैले ब्रदर वाङ्गलाई भनेँ, “तपाईंले सम्झाउनुभएको कारण त्यसले मलाई आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न सहयोग गर्‍यो। यो मेरो लागि परमेश्‍वरको प्रेम हो। अब मैले मेरो भ्रष्ट स्वभावको बारेमा केही बुझाइ प्राप्त गरेँ, त्यसकारण म परमेश्‍वरको अघि पश्‍चात्ताप गर्न र मेरा ब्रदर-सिस्टरहरूको अघि आफूलाई उदाङ्गो पार्न तयार छु।” पछि, समस्याको समाधान खोजिरहेका ब्रदरलाई उत्तर पठाउँदा, मैले विगत केही वर्षमा कसरी आफैलाई उचालेँ र धाक दिएँ, अनि मेरा गलत मनसायहरू के थिए, र म कसरी ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडे भनेर खुलासा गरेँ। मेरो ब्रदरले मेरो भ्रष्टता र दुष्टतालाई पत्ता लगाउन सकून् अनि उप्रान्त मलाई आदर नगरून् वा मद्वारा धोकामा नगरून् भनेर मैले खुलस्त हुँदै यी कुराहरूलाई प्रकट गरी सङ्गति गरेँ। मैले तिनलाई सबै कुरामा परमेश्‍वरमा भरोसा गर्नुपर्छ र परमेश्‍वरको वचनमा अभ्यासका मार्गहरू खोज्‍नुपर्छ, अनि तिनले अरूसँग सङ्गति गर्दा पनि तिनमा सही अभिप्राय हुनुपर्छ, परमेश्‍वरको वचन र सत्यता अनुसारको सङ्गतिलाई मात्रै स्वीकार गर्नुपर्छ, र कुनै पनि व्यक्तिलाई आराधना गर्ने वा पछ्याउने गर्नु हुँदैन भनेर पनि बताएँ। पत्र लेखिसकेपछि, मलाई सहजता र सुरक्षाको अनुभूति भयो, जुन अनुभूति मैले पहिले कहिल्यै गरेको थिइनँ।

त्यसपछि, मैले आफ्‍नो कर्तव्यमा परमेश्‍वरको वचनका मापदण्डहरू अनुसार नै सचेत रूपमा अभ्यास गर्न थालेँ। जब मेरो कामले परिणामहरू ल्याउँथ्यो र मलाई आफूलाई उचाल्‍न र धाक लगाउन मन लाग्थ्यो, तब म तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरिहाल्थेँ, मैले खुलासा गरिरहेको ख्रीष्ट-विरोधी स्वभावको बारेमा मनन गर्न र बुझ्‍न परमेश्‍वरको वचन प्रयोग गर्थेँ, तुरुन्तै मेरा गलत अभिप्रायहरूलाई त्याग्थेँ, र परमेश्‍वरको वचन अनुसार अभ्यास गर्थेँ। बिस्तारै, मेरो अहङ्कारी र घमण्डी शैतानी स्वभाव केही हदसम्‍म काबुमा आयो, र मैले पहिलेजस्तो आफूलाई उचाल्‍न वा धाक लगाउन छोडेँ। एक पटक म एउटा भेलामा गएँ, र त्यहाँ एक जना ब्रदरले भने, “तपाईंको सहकर्मीको सङ्गतिले तपाईंको सङ्गतिले जत्तिको मार्ग प्रदान गर्दैन…।” त्यो सुनेपछि, मलाई फेरि गर्व लाग्‍न थाल्यो, तर मैले तुरुन्तै मेरो स्थिति गलत छ भन्‍ने महसुस गरेँ र मलाई अलिक डर लाग्यो, त्यसकारण मैले सबैसँग सङ्गति गरेँ र म अरूभन्दा असल छैन, मेरो कामका परिणामहरू पवित्र आत्‍माको कार्य हुन् भनेर बताएँ। विगतमा मैले आफैलाई कसरी उचाल्थेँ र धाक लगाउँथेँ र त्यसले गर्दा के-कस्ता परिणामहरू आए, र पछि मैले कसरी परमेश्‍वरको वचनको न्याय र सजायलाई स्वीकार गरेँ र आफ्‍नो बारेमा ज्ञान प्राप्त गरेँ भन्‍ने बारेमा खुलासा गरेँ। मेरा ब्रदर-सिस्टरहरूलाई मेरो साँचो कद र मेरो भ्रष्टताको कुरूप अनुहारलाई देखाउन मैले यी सबै कुराहरूलाई विश्‍लेषण गरेँ र खुलस्त रूपमा सङ्गति गरेँ। मेरो सङ्गतिपछि, मेरा ब्रदर-सिस्टरहरूले मसँग सही रूपमा व्यवहार गर्न थाले, तिनीहरूले मलाई उप्रान्त आदर वा आराधना गर्न छोडे, र मलाई निकै सहजताको महसुस भयो। मसँग अझै धेरै भ्रष्ट स्वभावहरू भए पनि मलाई के विश्‍वास छ भने मैले परमेश्‍वरको काटछाँट र निराकरणलाई, र उहाँको ताडना र अनुशासनलाई अनुभव गर्नमा ध्यान दिएँ, मेरा अभिप्रायहरूका बारेमा धेरै पटक मनन गरेँ, सबै कुरामा सत्यताको खोजी गरेँ, र आफ्‍नो व्यवहारको मापदण्डको रूपमा परमेश्‍वरको वचनलाई प्रयोग गरेँ भने मैले परमेश्‍वरको अगुवाइ प्राप्त गर्नेछु, क्रमिक रूपमा मेरो भ्रष्ट स्वभावहरूलाई हटाउनेछु, र मुक्तिको मार्गमा हिँड्नेछु।

अघिल्लो: ७८. मैले आफूलाई दमित भावनाबाट मुक्त गरेँ

अर्को: ९०. म आफ्नो भाग्यबारे फेरि कहिल्यै गुनासो गर्नेछैनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्