६२. सानो मामलाबाट सिकेको पाठ
म मेरो मण्डलीमा सुसमाचारको कामको जिम्मेवार छु। सन् २०२३ को फेब्रुअरीमा, अगुवाले मलाई मलजल डिकन ब्रदर वाङ ताओले सुसमाचारको काममा केही समस्या रिपोर्ट गरेका छन् भनेर बताए। केही सुसमाचार प्रचारकहरू आफ्नो काममा झाराटारुवा भइरहेका थिए, उनीहरूले परमेश्वरको कामसम्बन्धी सत्यताबारे स्पष्ट रूपमा सङ्गति नगरी वा नयाँ विश्वासीहरूका धारणाहरू समाधान नगरी तिनीहरूलाई मलजलकर्ताको हातमा सुम्पिरहेका थिए, जसले गर्दा मलजल गर्ने काममा धेरै कठिनाइ आए। यसका साथै, सुसमाचार प्रचारकहरूले नयाँ विश्वासीहरू भेलामा आउन सक्ने समय स्पष्ट रूपमा लेखेका थिएनन्, जसले गर्दा समयमै बन्दोबस्त मिलाउन गाह्रो भयो र नयाँ विश्वासीहरूको भेला ढिला भयो। अगुवाको यो कुरा सुनेपछि, मैले यी समस्या साँच्चै थिए भनेर स्वीकार गरेँ, तर वाङ ताओले सिधै अगुवालाई समस्याहरू रिपोर्ट गरेको देख्दा, मलाई स्वीकार गर्न गाह्रो भयो। सुसमाचार प्रचारकहरूमा समस्या भए तापनि, सुसमाचारको कामको जिम्मेवारी मेरो थियो, त्यसैले यस्ता समस्या आउँदा अगुवाले मलाई कसरी हेर्लान्? मैले कामको जाँचका क्रममा आफू झाराटारुवा रहेको महसुस गरेँ, र सुसमाचार प्रचारकहरूले कसरी सङ्गति र गवाही दिन्छन्, वा नयाँ विश्वासीहरूले परमेश्वरको कामसम्बन्धी सत्यता कति बुझेका छन् भन्ने सम्बन्धमा, मैले कामका यी विवरणहरूबारे होसियारपूर्वक सोधपुछ गरेकी थिइनँ। तर यदि मैले यी समस्या स्वीकार गरेँ भने, अगुवाले मलाई मेरा कर्तव्यमा अक्षम, गैरजिम्मेवार र अविश्वासिलो भन्नेछैनन् र? म यो मेरो समस्या हो भनेर स्वीकार गर्न चाहदिनथेँ, तर मलाई यो स्थिति गलत हो भन्ने थाहा थियो र परमेश्वरले बन्दोबस्त गरेको र राखिदिएको यस परिस्थितिप्रति म प्रतिरोधी थिएँ, त्यसैले मैले परमेश्वरलाई चुपचाप प्रार्थना गरेँ, र उहाँसँग मेरो हृदयको रक्षा गरिदिनुहुन बिन्ती गरेँ ताकि म प्रतिवाद नगरूँ र ब्रदरले औँल्याएका कुरा उचित रूपमा स्वीकार गर्न सकूँ। प्रार्थना गरेपछि, मेरो हृदय अलिक शान्त भयो, र मैले यी समस्या कसरी समाधान गर्ने भन्नेबारे सुसमाचार प्रचारकहरूसँग कुराकानी गरेँ।
केही समय नबित्दै, अगुवाले मसँग फेरि कुरा गरे, “वाङ ताओले फेरि सुसमाचार प्रचारकहरूका समस्या रिपोर्ट गर्नुभएको छ, र अरू ब्रदर-सिस्टरहरूले पनि समस्याहरू रिपोर्ट गरिरहेका छन्। अहिले सुसमाचार प्रचारकहरूले कसरी आफ्ना कर्तव्य निर्वाह गर्दै छन्? के यी समस्या समाधान भए?” ममाथि एकपछि अर्को गर्दै अगुवाबाट आएका प्रश्नहरू सुन्दा मलाई साह्रै खिन्न महसुस भयो, र मैले सोचेँ, “अगुवालाई पक्कै पनि ममा बोझको बोध र कार्य सामर्थ्यको कमी छ भन्ने लागेको हुनुपर्छ, नत्र किन अहिलेसम्म यी समस्या समाधान भएनन् त? सबैको नजरमा मेरो छाप पक्कै नराम्रो परेको हुनुपर्छ।” वाङ ताओले आफ्नो पत्रमा फेरि औँल्याएका समस्याहरू देख्दा, म शान्त भएर यी समस्याबारे समीक्षा र चिन्तन गर्न सकिनँ। मैले हृदयमा बहाना बनाइरहेँ, र वाङ ताओलाई दोषसमेत दिएँ, “तिमीले सिधै मलाई किन पृष्ठपोषण दिँदैनौ? तिमीले किन अगुवासँग कुरा गर्नुपर्यो? साथै, यदि नयाँ विश्वासीहरूका समाधान नभएका धार्मिक धारणाहरू छन् भने, के मलजलकर्ताहरूले पनि सङ्गति गरेर ती समाधान गर्न सक्दैनन् र? केही नयाँ विश्वासीहरूको भेलाका समय स्पष्ट रूपमा लेखिएका छैनन्, तर यदि मलजलकर्ताहरूमा बोझको बोध हुन्थ्यो भने, के उनीहरूले नयाँ विश्वासीहरूलाई राम्ररी बुझ्न सिधै सम्पर्क गर्न सक्दैनथे र? तिमीले केवल सुसमाचार प्रचारकहरूमा ध्यान दिनुको साटो मलजलकर्ताहरूका समस्याहरू किन समाधान गर्दैनौ?” जति धेरै सोचेँ, मलाई उति नै रिस र प्रतिरोध महसुस भयो, र वाङ ताओ किन हामीमाथि नै खनिएका होलान् भन्ने लाग्यो। म साँच्चै पत्र लेखेर उनका समस्याहरू औँल्याउन र आफ्ना संवेगहरू पोख्न चाहन्थेँ, तर त्यसले उनलाई चोट पुर्याउँछ भन्ने मलाई थाहा थियो। त्यसैले मैले आफ्ना संवेगहरू दबाएँ र त्यो लेखिनँ। जब मैले यो स्थिति प्रकट गरेँ, म केही डराएँ, र मेरो मनोवृत्ति सही छैन भन्ने महसुस गरेँ। त्यसैले मैले अनिच्छापूर्वक आफ्ना कमजोरीहरू स्वीकार गरेँ। त्यसो गरेर, म अगुवाको नजरमा आफ्नो छवि जोगाउन चाहन्थेँ। त्यसपछि म जतिबेला पनि निकै खिन्न भइरहेँ। मैले यसबाट केही सिकेको छैन र यसो गरेर म अगुवालाई छल गर्न खोज्दै थिएँ भन्ने मलाई थाहा थियो। तैपनि मैले आफ्ना सहकर्मी सिस्टरहरूसामु वाङ ताओप्रतिको मेरो पूर्वाग्रह व्यक्त गरेँ, र मनमा भएका सबै कुरा पोखेँ। यसले गर्दा सहकर्मी सिस्टरहरूमा पनि वाङ ताओप्रति पूर्वाग्रह उत्पन्न भयो, र उनी गरम मिजासीका छन् भन्न थाले। सिस्टरहरूले मेरो समर्थनमा बोलेको सुन्दा, म अझ उत्साहित भएँ, र मैले वाङ ताओका समस्याहरू उठाइरहेँ। मेरो उद्देश्य सबैलाई यी विचलन र गल्तीहरू सुसमाचार प्रचारकहरूको मात्र नभई वाङ ताओको पनि समस्या हो र यसमा सबैले जिम्मेवारी लिनुपर्छ भनेर देखाउनु थियो। यसो भनेपछि, मलाई साह्रै दोषी महसुस भयो—म मानिस र कामकुरालाई धेरै गहिराइमा लिएर सोचिरहेकी थिएँ! म यो व्यवहार त्याग्न चाहन्थेँ, तर मैले यो बाधा पार गर्न सकिनँ। त्यसपछि मैले वाङ ताओले काम सुधार्न सुसमाचार प्रचारकहरूका समस्या रिपोर्ट गरेका हुन्, तर म प्रतिरोध र प्रतिवाद गरिरहेकी छु, जुन परमेश्वरको अभिप्रायविरुद्ध छ भनेर सोचेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, ब्रदर वाङ ताओले आफ्नो पत्रमा समस्याहरू औँल्याउनु उचित थियो, तर म प्रतिरोधी भएकी छु र यी कुरा स्वीकार गर्न अनिच्छुक छु, र ब्रदरमाथि नै केन्द्रित भएकी छु। हे परमेश्वर, म यो स्थिति बदल्न चाहन्छु; कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “झट्ट हेर्दा संयोगले भएको जस्तो देखिने मामिलालाई तैँले आफ्नो हृदयमा यसरी हेर्नुपर्छ: ‘यो संयोगले भएको होइन—यो परमेश्वरले खडा गर्नुभएको हो। यो कुरा हुनुको कारण छ र यसको जड छ; यो मानिसहरूले खडा गर्न सक्ने कुरा होइन—यो परमेश्वरबाट आउँछ।’ त्यसोभए, तैँले यसको सामना कसरी गर्नुपर्छ? के कुनै गुनासो नगर्नु, कुनै बहाना नबनाउनु, र समर्पित हुन सक्नु मात्रै पर्याप्त हुन्छ? तैँले यस मामिलामा परमेश्वरको अभिप्राय खोज्नुपर्छ, आफूले अभ्यास गर्नुपर्ने सत्यता, साथै परमेश्वर के माग गर्नुहुन्छ र परमेश्वरको अभिप्रायसँग मिल्ने गरी कसरी काम गर्ने भनी खोज्नुपर्छ” (परमेश्वरको सङ्गति)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने हरेक दिन घट्ने सबै कुरा परमेश्वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको हुन्छ, र त्यसपछाडि परमेश्वरका अभिप्रायहरू हुन्छन्। चाहे कसैले सुझाव दिइरहेको होस् वा मलाई काटछाँट गरिँदै होस्, परमेश्वरले यी परिस्थितिहरू बन्दोबस्त गर्नुको उद्देश्य, ममाथि कुराहरू आइपर्दा ममा समर्पणताको मनोवृत्ति रहनेछ र मैले सत्यता खोज्न सक्नेछु कि भनेर हेर्नु हो। यदि मैले यी कुराहरू परमेश्वरबाट आएको भनी स्वीकार गरिनँ र मानिस र कामकुरामा खोट लगाइरहेँ भने, मैले कुनै पाठ सिक्नेछैनँ, र मेरो स्थिति दिक्दार र प्रभावित रहनेछ। जब वाङ ताओले मेरा समस्याहरू औँल्याए, मैले उनले भनेका कुरा इन्कार र प्रतिरोध गरेँ र उनी हामीमाथि खनिएका छन् भन्दै गुनासो गर्दै प्रतिवाद गरेँ। सत्यता के थियो भने मैले कुनै एउटा व्यक्तिलाई प्रतिरोध गरिरहेकी थिइनँ, तर वास्तवमा परमेश्वरसँग विवाद गर्दै थिएँ र अविवेकी भई, यी परिस्थितिहरूप्रति समर्पित हुन र पाठ सिक्न अनिच्छुक भइरहेकी थिएँ। यो महसुस गरेपछि, म अलिक शान्त भएँ, र म गम्भीरतापूर्वक आत्मचिन्तन गर्न र सत्यता खोज्न इच्छुक भएँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “अनि सत्यताप्रति वितृष्ण हुने यो स्वभाव मुख्य रूपमा कसरी प्रकट हुन्छ? काटछाँट स्विकार्न नमान्ने रूपमा। काटछाँट नस्विकार्नु यस्तो स्वभावद्वारा प्रकट हुने एक प्रकारको स्थिति हो। आफूलाई काटछाँट गरिँदा, यी मानिसहरूले हृदयभित्र विशेष प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, ‘म यो सुन्न चाहन्नँ! म यो सुन्न चाहन्नँ!’ वा, ‘अरू मानिसहरूलाई चाहिँ किन काटछाँट नगरेको? किन मलाई नै गरेको?’ सत्यताप्रति वितृष्ण हुनुको अर्थ के हो? सत्यताप्रति वितृष्ण हुनु भनेको सकारात्मक कुराहरूसँग, सत्यतासँग, परमेश्वरले अह्राउनुभएका कुराहरूसँग, वा परमेश्वरका अभिप्रायसँग जोडिएका कुनै पनि कुराप्रति व्यक्ति पूर्ण रूपमा अनिच्छुक हुनु हो। कहिलेकाहीँ तिनीहरू यी कुराहरूबाट विकर्षित हुन्छन्; कहिलेकाहीँ तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्; कहिलेकाहीँ तिनीहरूले अनादर र उदासीनताको मनोवृत्ति अपनाउँछन्, यी कुरालाई गम्भीर रूपमा लिँदैनन्, तिनलाई झाराटारुवा रूपमा लिन्छन् र उपेक्षा गर्छन्; वा तिनीहरूले पूर्ण रूपमा जिम्मेवारीविहीन मनोवृत्ति प्रयोग गरेर तिनलाई सम्हाल्छन्। सत्यताप्रति वितृष्ण हुनुको प्रमुख प्रकटीकरण भनेको मानिसहरूले सत्यता सुन्दा विकर्षित महसुस गर्नु मात्रै होइन। यसमा सत्यता अभ्यास गर्ने अनिच्छा गर्नु, सत्यता अभ्यास गर्ने बेलामा सत्यतासँग तिनीहरूको कुनै सम्बन्ध छैन जस्तो गरी पछि हट्नु पनि पर्छन्। … यी मानिसहरूलाई आफ्नो हृदयमा परमेश्वरका वचनहरू सत्यता हुन्, ती सकारात्मक कुरा हुन्, अनि सत्यता अभ्यास गर्दा व्यक्तिको स्वभावमा परिवर्तनहरू आउन सक्छन् र यसले परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ—तर तिनीहरूले ती कुरा स्वीकार वा अभ्यास नै गर्दैनन्। यो सत्यताप्रति वितृष्ण हुनु हो। तिमीहरूले कसमा सत्यताप्रति वितृष्णा हुने स्वभाव देखेका छौ? (अविश्वासीहरूमा।) अविश्वासीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यो अत्यन्तै स्पष्ट छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई कुनै हालतमा मुक्ति दिनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारका भ्रष्ट स्वभाव थाहा हुनु भनेको मात्रै साँचो रूपमा आफूलाई चिन्नु हो)। परमेश्वरका वचन पढिसकेपछि, मैले के बुझेँ भने मानिसले जस्तोसुकै परिस्थिति सामना गरे पनि वा उनीहरूलाई जस्तोसुकै समस्या औँल्याइए पनि, यदि उनीहरू सधैँ प्रतिरोधी र विरोधी हुन्छन्, र आफूमा समस्याहरू हुँदाहुँदै पनि स्वीकार गर्न अनिच्छुक हुन्छन् भने, यसले सत्यताप्रतिको वितृष्ण स्वभाव प्रकट गर्छ। यो अविश्वासी हुनुको प्रकटीकरण हो। परमेश्वरले सत्यताप्रति वितृष्ण हुनुलाई किन अविश्वासी हुनुको प्रकटीकरणका रूपमा निर्धारण गर्नुभयो होला भनेर म सोच्न बाध्य भएँ। यदि कोही साँच्चै परमेश्वरमा विश्वास गर्छ र उसको हृदयमा परमेश्वर हुनुहुन्छ भने, उसले घटित हुने सबै कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तको हिस्सा हो भनेर विश्वास गर्नेछ, र उसले समर्पण गर्न र पाठ सिक्न सक्नेछ। तर, अविश्वासीहरू परमेश्वरमा वा उहाँको सार्वभौमिकता र बन्दोबस्तमा विश्वास गर्दैनन्; जब उनीहरूमाथि कुराहरू आइपर्छन्, तब उनीहरू कि त प्रतिवाद गर्छन् वा बहाना खोज्छन्, उनीहरूले प्रकट गर्ने सबै कुरा गैरविश्वासीहरूका दृष्टिकोण हुन्, र उनीहरू सत्यता पटक्कै खोज्दैनन्। यसबारे सोचेर, मलाई निकै डर लाग्यो। मैले हरेक दिन परमेश्वरका वचन पढ्ने र प्रार्थना गर्ने गरे पनि, कुराहरू आइपर्दा, म ती परमेश्वरबाट आएको भनी स्वीकार गर्दिनथेँ वा सत्यता खोज्दिनथेँ। के मैले मुखले मात्र परमेश्वरमा विश्वास गर्छु भनिरहेकी, तर कामचाहिँ परमेश्वरविना गरिरहेकी थिइनँ र? यस्तो प्रकारको विश्वासको परमेश्वर वा उहाँका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। के म ठिक अविश्वासीले जस्तै व्यवहार गरिरहेकी थिइनँ र? यो स्थिति डरलाग्दो थियो! मैले कसरी वाङ ताओले समस्याहरू औँल्याउँदा, सुरुमा त्यसलाई स्वीकार गरेर आत्मचिन्तन गरिनँ वा कर्तव्यमा भएका आफ्ना विचलनहरू विश्लेषण गरिनँ भन्ने कुराबारे चिन्तन गरेँ। बरु, मैले बहाना खोजिरहेँ, र उनी जिम्मेवार भएको मलजलको काममा पनि समस्याहरू छन् भनिरहेँ। मैले वाङ ताओ मेरा लागि कामकुरा गाह्रो बनाउन जानाजानी लागिपरेका छन्, र मलाई अपमानित गर्न अगुवालाई समस्याहरू रिपोर्ट गर्दै छन् भनेर गुनासोसमेत गरेँ। यी परिस्थितिहरूमा, मैले यी कुराहरूलाई परमेश्वरबाट आएको भनी स्वीकार गरिनँ र निरन्तर बाहिरी कारणहरू खोजिरहेँ। यो एउटा विश्वासीमा हुनुपर्ने मनोवृत्ति पटक्कै थिएन। यो त एउटा अविश्वासी वा गैरविश्वासीले परिस्थितिहरूको सामना गर्दा देखाउने मनोवृत्ति थियो। मैले के सम्झेँ भने वाङ ताओले पहिले मलाई यी समस्या रिपोर्ट गरेका थिए, तर मैले समयमै समाधान गर्न नसकेको कारणले गर्दा नै उनले यी कुराहरू अगुवालाई रिपोर्ट गरेका थिए, तैपनि म प्रतिरोधी भएँ र स्वीकार गरिनँ, उल्टै उनले मेरो जीवन कठिन बनाउन खोज्दै छन् भनेँ। म कति अविवेकी भइरहेकी थिएँ भन्ने मैले महसुस गरेँ, र यदि म यसरी नै अघि बढिरहेँ भने, अन्ततः म परमेश्वरद्वारा तिरस्कृत हुनेछु र हटाइनेछु भन्ने मलाई थाहा पाएँ। भयभीत हुँदै, मैले परमेश्वरलाई चुपचाप प्रार्थना गरेँ, र उहाँसँग मलाई यो स्थिति छिट्टै सुधार्न र यस परिस्थितिप्रति साँचो हृदयले समर्पित हुन र यसलाई स्वीकार गर्न अनि पाठ सिक्न मद्दत मागेँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “काटछाँटप्रति ख्रीष्टविरोधीहरूको नमुना मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन् र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन् र तिनीहरूले ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू यो हदसम्म सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् कि, तिनीहरूले जति धेरै खराब कामकुरा गरेका भए पनि तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन् र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका नोकरहरू हुन्, जो परमेश्वरको घरको काममा अवरोध र बाधाहरू ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने अर्को हिसाबमा तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यसबारे कति पनि खराब महसुस हुँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्ती अलिकति मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरूको हृदयमा केवल आफ्नै प्रतिष्ठा र हैसियत हुन्छ, र उनीहरूले अरूको मार्गदर्शन र खुलासालाई प्रतिरोध र विरोधका साथ जवाफ दिन्छन्। उनीहरूलाई अरूले औँल्याएका समस्याहरू तथ्यपूर्ण छन्, र आफूले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई वास्तवमै असर र हानि पुऱ्याइरहेका छौँ भन्ने थाहा हुँदाहुँदै पनि, उनीहरू अझै पनि त्यो स्वीकार गर्न इन्कार गर्छन्। उनीहरू न त दोषी महसुस गर्छन्, न त परिवर्तन गर्ने विचार नै गर्छन्। परमेश्वर भन्नुहुन्छ, यस्ता मानिसहरू शैतानका नोकरहरू हुन् र दियाबलसहरू हुन्! मैले यस समयमा आफूले के प्रकट गरेँ भन्नेबारे चिन्तन गरेँ। जब मैले वाङ ताओले मेरा र सुसमाचार प्रचारकहरूका काममा भएका विचलनहरू अगुवालाई रिपोर्ट गरेको देखेँ, तब मलाई लाग्यो, उनी मलाई अपमानित गर्न जानाजानी लागिपरेका छन्। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले प्रतिवाद र आफ्नो सफाइ दिने प्रयास गरिरहेँ, तर मैले आत्मचिन्तन गरिनँ वा काममा भएका समस्याहरू समाधान गरिनँ। पछि, जब मैले अगुवाले वाङ ताओले औँल्याएका समस्या र विचलनहरूलाई निकै गम्भीरतापूर्वक लिएको देखेँ, र मेरो प्रतिष्ठा र हैसियतमा आँच आइरहेको महसुस गरेँ, तब मैले वाङ ताओलाई पाठ सिकाउन र मेरा व्यक्तिगत गुनासाहरू पोख्न उनलाई पत्र लेख्ने सोचेँ, ताकि उनले फेरि मेरा समस्याहरू रिपोर्ट गर्न डराऊन्। मैले मेरा सहकर्मी सिस्टरहरूसामु पनि वाङ ताओलाई दोष दिएँ र उनको आलोचना गरेँ, र आफ्नो जिम्मेवारीबाट पन्छिन खोक्रा कुराहरू गरेँ, अनि सिस्टरहरूलाई आफ्नो पक्षमा पार्ने प्रयासमा उनीहरूमा वाङ ताओप्रति पूर्वाग्रह उत्पन्न गराएँ। जब अगुवाले मलाई स्मरण गराउन पत्र लेखे, तब मैले अगुवालाई छल गर्न र आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि मात्र बाध्य भएर आफूलाई चिनेजस्तो गरी केही शब्दहरू बोलेँ। ममा सत्यताप्रति वितृष्ण स्वभाव कति गम्भीर रहेछ भन्ने मैले देखेँ! जब वाङ ताओले मेरो कर्तव्यमा भएका विचलनहरू औँल्याए, त्यसको अर्थ उनी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्दै थिए, जिम्मेवार हुँदै थिए, र उनमा इन्साफको बोध थियो। तर यसले मेरो अभिमान र हैसियतमा आँच पुऱ्याएको हुनाले, मैले उनका सुझावहरू स्वीकार नगरेकी मात्र होइन, बरु सही र गलतलाई दिग्भ्रमित पनि पारेँ, अनि मेरा सहकर्मी सिस्टरहरूसामु उनको आलोचना गरेँ र उनलाई होच्याएँ। मैले कसैलाई पनि मेरो काममा भएका विचलनहरू औँल्याउन दिइनँ, र यदि कसैले त्यसो गर्यो र मेरो व्यक्तिगत हितमा आँच पुऱ्यायो भने, मैले त्यो स्वीकार नगर्ने मात्र होइन, बरु अर्को व्यक्तिलाई शत्रु ठानेर आलोचना गर्थेँ, अनि दुर्भावपूर्ण र सत्यताप्रति वितृष्ण स्वभाव प्रकट गर्थेँ। परमेश्वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूले जिम्मेवारीबाट पन्छिँदा, यसले सत्यता स्विकार्ने कुरामा कमी मात्रै होइन, बरु मण्डलीको कामप्रति बेवास्ता र मानवताको कमीलाई पनि देखाउँछ। मैले यो सबै समयमा मण्डलीको कामको होइन, केवल आफ्ना व्यक्तिगत हितहरूको मात्र ख्याल गरेकी थिएँ भन्नेबारे सोचेँ। मलजलको काम प्रभावित हुँदा वा नयाँ विश्वासीहरूको भेला ढिला हुँदा मलाई खिन्नता वा ग्लानि महसुस भएको थिएन, र मैले व्यक्तिगत हितहरूका लागि, म साँच्चै स्वार्थी र निष्ठुर बनेकी रहेछु, र ममा पटक्कै मानवता रहेनछ भन्ने देखेँ। सुसमाचार डिकनको रूपमा, मैले सुसमाचारको कामलाई अझ राम्ररी अघि बढाउन ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्नुपर्थ्यो। तर आफ्नो प्रतिष्ठा र हैसियतको रक्षाका लागि, मैले मार्गदर्शन वा मद्दत स्वीकार नगरेकी मात्र होइन, बरु आफ्ना सहकर्मी सिस्टरहरूलाई वाङ ताओप्रति पूर्वाग्रह राख्न समेत उक्साएँ। मैले नकारात्मक भूमिका खेलिरहेकी थिएँ र मण्डलीको भलाइमा काम गरिरहेकी थिइनँ! मैले यसमा सुधार नगर्दा, अन्ततः म परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ। यी कुराहरूबारे चिन्तन गर्दा, मलाई साह्रै पीडा भयो, र मलाई मेरो कर्तव्यमा ब्रदर-सिस्टरहरूले मलाई सुपरिवेक्षण गर्नु राम्रो कुरा हो भन्ने महसुस भयो, किनभने यी कुराहरू मेरो कर्तव्यमा भएका विचलनहरू तुरुन्तै सच्याउन र मण्डलीको काम राम्ररी गर्न मद्दतका लागि गरिएका थिए। यदि मैले वाङ ताओका सुझावहरू पहिले नै स्वीकार गरेकी भए, काममा भएका ती समस्या पक्कै पनि धेरै अघि नै समाधान हुनेथिए।
पछि, मैले परमेश्वरका थप वचन पढेँ: “तैँले सत्यता खोज्दा धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्नुपर्छ, उसका सबै शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। उसलाई बेवास्ता गर्ने वा मतलब नगर्ने काम नगर्, किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास गर्नु हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, कुरा एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; जब अरूले तँलाई सुझाव दिइसकछन् र तैँले बुझ्छस्, तब तैँले कामकुरा सच्याउन र सिद्धान्तअनुसार कार्य गर्न सक्नेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्वरका लागि यो ठूलो कुरा हो। म किन यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्ण नभएको व्यक्ति हुन्छस्—परमेश्वरले तेरो हृदय जाँच्नुहुँदा, उहाँले तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जे जिउँछस् र प्रकट गर्छस् ती सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँसँग हुने मनोवृत्ति, सोच, र स्थितिहरू नै परमेश्वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्वरले छानबिन गर्ने कुरा तिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनको यस खण्डद्वारा, मैले के बुझेँ भने जब ब्रदर-सिस्टरहरूले सुझाव दिन्छन् वा मलाई काटछाँट गर्छन्, मैले पहिले खोजी गर्ने मनोवृत्तिले सुन्नुपर्छ, र तिनलाई बेवास्ता गर्नु वा प्रतिवाद गर्नु वा आफ्नो सफाइ दिनु हुँदैन। यदि मैले केही कुरा बुझिनँ भने, म सत्यता स्वीकार गर्ने मनोवृत्तिका साथ मेरा ब्रदर-सिस्टरहरूबाट खोजी गर्न सक्छु। सत्यतालाई प्रेम गर्नुको अर्थ यही हो। हरेक दिन घटित हुने सबै कुरामा परमेश्वरको अभिप्राय हुन्छ, र परमेश्वरले मैले गर्ने काम सही छ वा गलत छ वा मेरो कर्तव्यमा विचलनहरू छन् कि छैनन् भन्ने कुरा मात्र हेर्नुहुन्न, बरु सत्यताप्रति र आफ्नो कर्तव्यप्रति मेरो मनोवृत्ति कस्तो छ भन्ने कुरा पनि हेर्नुहुन्छ। परमेश्वरले हेर्न चाहनुहुने कुराहरू यिनै हुन्। यो बुझेपछि, मैले मनमनै आफैलाई भनेँ, अब उप्रान्त, मैले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि वा अरूले मलाई जस्तोसुकै सुझाव दिए पनि, म पहिले ती स्वीकार गर्नेछु र सत्यता खोज्नेछु। म अब प्रतिवाद गर्नेछैनँ वा सत्यताप्रति वितृष्ण स्वभावअनुसार जिउनेछैनँ।
त्यसपछिका दिनहरूमा, मैले आफू सुसमाचारको कामको प्रत्यक्ष जिम्मेवार भएर पनि वाङ ताओले रिपोर्ट गरेका यस कामसम्बन्धी समस्याहरू कहिल्यै समाधान नगरेको बारे सोचिरहेँ। यो मुख्यतया म आफ्नो कर्तव्यमा साँच्चिकै झाराटारुवा र गैरजिम्मेवार भएकी कारणले गर्दा थियो। मैले परमेश्वरका केही वचन पढेँ: “यदि मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नेबारे उदासीन हुन्छन्, वा सधैँ अन्योल बन्छन् भने, तिमीहरूलाई यो कस्तो मनोवृति हो जस्तो लाग्छ? के यो झारा टार्ने काम मात्र होइन? के आफ्ना कर्तव्यप्रति तिमीहरूको मनोवृति यही हो? यो समस्या क्षमताको हो कि स्वभावको? तिमीहरू सबैजना यसबारे प्रष्ट हुनुपर्छ। किन मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्दा झाराटारूवा हुन्छन्? किन तिनीहरू परमेश्वरका लागि काम गर्दा वफादार हुँदैनन्? के तिनीहरूमा समझ र विवेकसमेत हुन्छ? यदि तँमा साँच्चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी सद्भावना, जिम्मेवारी, र ख्याल लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निर्वाह गर्ने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुनेछन् र तिनले अरू मानिसहरू र परमेश्वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ। तैँले यसमा मन लगाउनुपर्छ! तँ भुलक्कड हुनु हुँदैन, मानौँ तैँले बाहिरी संसारमा काम गरेर आफूले खर्चेको समयमुताबिकै पैसा कमाइरहेको छस्। तँमा त्यस्तो मनोवृति छ भने, तँ समस्यामा छस्। तँ पक्कै आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरका वचन पढिसकेपछि, मैले के बुझेँ भने आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, सबैभन्दा महत्त्वपूर्ण कुरा जिम्मेवारी बोध र विवेक हुनु हो, जुन मानिसको मानवतासँग सम्बन्धित हुन्छ। जब मानवता भएका मानिसहरूले सुझाव र सङ्केत पाउँछन्—चाहे ती जोसुकैबाट आएका होऊन्—र यसमा मण्डलीको हितको कुरा रहेसम्म, उनीहरूले तिनलाई गम्भीरतापूर्वक लिन्छन् र समस्याहरू कुशलतापूर्वक समाधान गर्छन्। तर, मानवता नभएकाहरूको हृदयमा यस्तो कुनै चेतना हुँदैन, उनीहरू कामकुरालाई अभिमानी मनोवृत्तिले हेर्छन्, कुनै पनि कुराप्रति कहिल्यै गम्भीर हुँदैनन्, र समस्याहरू छिटो समाधान गर्नेबारे सोच्दैनन्। अगुवा र वाङ ताओले सुसमाचारको काममा भएका समस्याहरू धेरै पटक उल्लेख गरे, र उनीहरू मलजलको काममा ढिलाइ नहोस् भनेर यी कुराहरू छिटो समाधान गर्न चाहन्थे। तर मैले यसबारे धेरै सोचिनँ। म अहङ्कारी र अभिमानी थिएँ। मलाई लाग्थ्यो यी समस्या समाधान गर्न सजिलो छ, र मैले तिनलाई पूर्ण रूपमा समाधान गर्न मेहनत नलगाई सुसमाचार प्रचारकहरूसँग सरसर्ती छलफल मात्र गरेँ। यसले गर्दा समस्याहरू लम्बिए र काममा ढिलाइ भयो। अहिले मैले के देखेँ भने म आफ्नो कर्तव्यप्रति बेवास्ता मात्र गरिरहेकी थिइनँ, तर ममा कर्तव्यका विचलनहरू सामना गर्न आवश्यक मनोवृत्तिको पनि अभाव थियो। ममा मानवताको पूर्ण अभाव थियो! त्यहाँबाट, ब्रदर-सिस्टरहरूले जेजस्तो सुझाव दिए पनि, म तिनलाई स्वीकार गर्न र समयमै सम्बोधन गर्न सत्यता खोज्न सिक्नेथिएँ। मैले सुरुमा वाङ ताओलाई पत्र लेखेर आफूले प्रकट गरेको स्थिति र यस समयमा सिकेका पाठहरूबारे बताएँ, र मलजलकर्ताहरूसँग सहकार्य गर्ने समस्या कसरी समाधान गर्ने भन्नेबारे उनीसँग सहमति गरेँ। त्यसपछि, मैले सुसमाचार प्रचारकहरूसँग यी विचलनहरूबारे विश्लेषण गरेँ, र उनीहरू सबैमा आफ्ना कर्तव्यप्रति भएको मनोवृत्तिको समस्या औँल्याइदिएँ। यस प्रकारको अभ्यासपछि, काममा भएका केही समस्याहरू समाधान भए, र मलजलकर्ताहरूसँगको हाम्रो सहकार्य पहिलेको तुलनामा धेरै राम्रो भयो।
एक पटक, अगुवाले मलाई मैले अनुगमन गरिरहेको कामलाई जरुरीपनका आधारमा प्राथमिकता दिइरहेकी छैनँ भनेर औँल्याए, र मेरो मन खिन्न भयो। मैले अनुगमन गरिरहेको काममा औँल्याइनुपर्ने समस्याहरू भइरहने हुनाले, मलाई अपमानित महसुस भयो, र अगुवाले मेरो बारेमा के सोच्लान् भन्ने लाग्यो। म अलमल्ल पनि परेँ, किनभने मैले सबै काम एकैचोटि अनुगमन गर्दा काममा ढिलाइ हुनबाट जोगिन्छ भन्ने सोचेँ, तैपनि मेरो समस्या किन औँल्याइँदै छ? यस क्षणमा, म फेरि प्रतिवाद गर्न लाग्दै छु भन्ने महसुस गरेँ, त्यसैले मैले हृदयमा चुपचाप प्रार्थना गरेँ, र परमेश्वरलाई मेरो हृदयको रक्षा गरी मलाई भ्रष्ट स्वभावअनुसार चल्नबाट रोक्न बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सुझाव दिन्छ र सत्यताअनुसार काम गर्ने तरिका बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुरूप रहेछ भनेर तँ पक्का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुरूप छैन भनेर तँ पक्का भइस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। यो परिस्थिति परमेश्वरले बन्दोबस्त गर्नुभएको थियो; मैले यसबाट पाठ सिक्नुपर्थ्यो र म आफ्नो भ्रष्ट स्वभावअनुसार चल्न मिल्दैनथ्यो। अगुवाले मेरो कर्तव्यमा भएका विचलनहरू औँल्याएका थिए, जुन कामका लागि फाइदाजनक छ, त्यसैले मैले पहिले यो स्वीकार गर्नुपर्थ्यो, चिन्तन गर्नुपर्थ्यो, र सत्यता खोज्नुपर्थ्यो। यी मामलाहरूबारे विचार गर्दा, अगुवाले उठाएका समस्याहरू उचित छन्, र सबै काम एकैचोटि अनुगमन गर्दा ब्रदर-सिस्टरहरूले कामको प्राथमिकता छुट्याउन सक्दैनन्, र यसले उल्टै सजिलै मुख्य कामहरूमा ढिलाइ गराउँछ भन्ने मैले देखेँ। यदि मैले कामको प्राथमिकता, उचित अनुगमन र कार्यान्वयनका सम्बन्धमा अगुवाका सुझावहरू पालन गरेँ भने, यो कामका लागि अझ बढी फाइदाजनक हुनेथियो। त्यसपछि, मैले अगुवाका सुझावहरू पालन गरी कामको अनुगमन गरेँ। यसरी अभ्यास गरेपछि, मलाई धेरै हल्का महसुस भयो, र काममा पनि प्रगति भयो, अनि म परमेश्वरप्रति अत्यन्तै आभारी भएँ! पछि, अरू ब्रदर-सिस्टरहरूले मेरो कर्तव्यमा समस्याहरू औँल्याउँदा, म तिनलाई पनि सही रूपमा लिन सक्षम भएँ।
यस अनुभवमार्फत, मेरा ब्रदर-सिस्टरहरूको मार्गदर्शन र खुलासाले मेरो इज्जत गुमे तापनि, म मेरो कर्तव्यमा अझै पनि धेरै कमजोरी र कमीहरू छन् भनेर देख्न सक्षम भएँ। यस स्थितिले सत्यताप्रति वितृष्ण हुने र सकारात्मक कुराहरूको प्रतिरोध गर्ने मेरो शैतानी स्वभावलाई पनि प्रकट गर्यो, जसले मलाई आफैबारे केही ज्ञान प्राप्त गर्न सक्षम बनायो। मलाई मेरा ब्रदर-सिस्टरहरूको मार्गदर्शन र मद्दत पाउनु साँच्चिकै राम्रो कुरा हो भन्ने लाग्यो, र मैले यो कुरा काम र मेरो जीवन प्रवेशका लागि कति फाइदाजनक छ भन्ने बुझेँ।