२६. कर्तव्य फेरबदल हुँदा किन म समर्पित हुन सकिनँ

वाङ युआन, चीन

परमेश्‍वरलाई भेट्टाएको केही समयपछि मैले मण्डलीमा भिडियोहरू बनाउन थालेँ। पछि, मैले लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेको थिएँ, र म माथिल्ला अगुवाहरूको सम्पर्कमा थिएँ। म के विश्वास गर्थेँ भने यी कर्तव्यहरू पूरा गर्दा मैले अझ धेरै सत्यता बुझ्न पाउनेछु र मेरो मुक्ति पाउने आशा बढ्नेछ। जब-जब म साधारण मामिलाको काममा संलग्न ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्थेँ, तब-तब उनीहरू हरेक दिन बाहिरी मामिलाहरूमा व्यस्त भएको देख्थेँ। मलाई लाग्थ्यो, उनीहरू केवल उत्साही मात्र छन् र तिनीहरूमध्ये धेरैले सत्यता सिद्धान्त बुझेका छैनन् वा तिनीहरूसँग कुनै जीवन प्रवेश छैन। यसले मलाई अगुवा र कामदारहरू अनि लेखन-पठनको काम गर्नेहरूसँग मुक्तिको मौका अझ बढी हुन्छ भन्ने निश्चित बनायो, र म एकदमै भाग्यमानी थिएँ र मैले लेखन-पठनको कर्तव्य निर्वाह गरिरहन सकेँ।

सन् २०२३ को अप्रिलमा, मैले लेखन-पठनको कर्तव्यमा कुनै नतिजा नल्याइरहेकाले मलाई अर्को काममा खटाइयो। त्यसपछि, मैले मण्डली धुने काम गरेँ। एक दिन, एक अगुवाले यसो भनेर पत्र लेखे, “अहिले हामीलाई नेटवर्क प्रविधि बुझ्ने मानिसहरूको तत्काल खाँचो छ। तिमी यसमा सिपालु छौ, त्यसैले हामीले तिमीलाई यो कर्तव्य सम्हाल्न दिने योजना बनाएका छौँ।” यो पत्र पढेपछि, मेरो मन बेचैन भयो र प्रतिरोधले भरियो: “तिमीहरूलाई काम मिलाउन पनि आउँछ के त? मैले धेरै वर्ष लेखन-पठनको कर्तव्य निर्वाह गरेको छु र खुट्याइसम्बन्धी केही सिद्धान्त बुझेको छु। तिमीहरूहरू किन मेरा सबलताहरूअनुसार मेरा लागि कर्तव्य मिलाउँदैनौ?” त्यसपछिका केही दिन, नेटवर्क प्रविधिसँग सम्बन्धित कर्तव्य पूरा गर्नुपर्ने सोचले मात्रै पनि मलाई दुःखी बनायो। “यो कर्तव्य निर्वाह गर्नु भनेको हरेक दिन परिश्रम गर्नु र विभिन्न सफ्टवेयरहरू सम्हाल्नु हो, अनि यस कर्तव्यमा मानिस र कामकुराहरूसँग कम अन्तरक्रिया हुने भएकाले, मैले थोरै सत्यताहरू प्राप्त गर्नेछु, अनि मैले जतिसुकै राम्रो गरे पनि, म केवल एक श्रमिक हुनेछु, र अन्तमा मलाई हटाइने नै छ। तर, अगुवाइ र लेखन-पठनका कर्तव्यहरूमा, म हरेक दिन परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूसँग संलग्न हुन सक्नेछु, र म जति धेरै तालिम लिन्छु, त्यति नै धेरै सत्यता सिद्धान्तहरू बुझ्नेछु, मेरो जीवनले छिटो प्रगति गर्नेछ, र त्यसैले, मुक्तिको मेरो आशा अझ ठूलो हुनेछ।” तर अन्त्यमा, मैले चेतनाका आधारमा मन नलागी-नलागी यो कर्तव्य स्वीकार गरेँ।

सुरुमा, ब्रदर झाओ लेईले मलाई यस प्रविधिमा निर्देशन दिए। मैले आफ्नो अध्ययनको दौरान, आफूले प्रयोग गर्न नजानेका धेरै ट्युटोरियल सफ्टवेयरहरू भेट्टाएँ, र मैले आफूले पहिले सिकेका धेरैजसो आधारभूत कुराहरू बिर्सिसकेको थिएँ। तर मैले अनुसन्धानमा मेहनत गर्न चाहिनँ, र मलाई लाग्यो, “यदि मैले मन लगाएर सिकेँ, यस प्रविधिमा छिट्टै पोख्त भएँ, र अगुवाहरूले मैले राम्रोसँग सिकिरहेको देखे भने, के उनीहरूले मलाई यो कर्तव्य लामो समयसम्म गर्न लगाउनेछैनन् र?” यो सोचेर, म आफ्नो अध्ययनमा कम लगनशील भएँ, र ममा झाओ लेईले दिएका राम्रा प्राधिक ट्युटोरियलहरू हेर्ने कुनै उत्प्रेरणा थिएन। केवल केही दिनको अध्ययनपछि, अतिथि सत्कारकको घर जोखिममा परेकाले हामीले तालिम रोक्नुपर्‍यो। मलाई आफू भाग्यमानी लाग्यो, किनभने त्यसको मतलब मैले यो कर्तव्य निर्वाह गर्नुपर्ने थिएन। मैले अगुवालाई मेरो अध्ययन कस्तो भइरहेको छ भन्नेबारे रिपोर्ट गर्दा, मैले आफूले सिकेका सीपहरूको सङ्ख्या जानाजानी कम रिपोर्ट गरेँ, यसरी अगुवाले मैले आफ्नो अध्ययनबाट खासै केही पाइरहेको छैनँ भनेर देख्नेछन्, म यसमा सिपालु छैनँ भनी सोच्नेछन्, र मेरा लागि अरू कर्तव्यहरू निर्वाह गर्ने प्रबन्ध गर्नेछन् भन्ने आशा गरेँ। अप्रत्याशित रूपमा, केही दिनपछि, अगुवाले मलाई भने, “इलेक्ट्रोनिक उपकरणहरू मर्मत गर्ने ब्रदर आफ्नो कर्तव्य पूरा गर्न अन्तै जाँदै छन्, र हामीलाई तुरुन्तै यो काम सम्हाल्ने कोही चाहिएको छ। तपाईँ नेटवर्क प्रविधिमा पोख्त हुन नसक्नुभएकाले, तपाईँले कम्प्युटर मर्मत गर्न सिक्नुपर्छ। हेरौँ, तपाईँले यो कसरी गर्ने भनेर सिक्न सक्नुहुन्छ कि सक्नुहुन्न।” यो सुनेर म स्तब्ध भएँ, र सोचेँ, “कसरी यस्तो हुन सक्यो? मर्मतबारे अध्ययन गर्नु त नेटवर्क प्रविधि अध्ययन गर्नुभन्दा पनि खराब हो! म त शारीरिक श्रम गर्ने गैरविश्‍वासीजस्तै हुनेछु! यो गरेर मैले कस्तो सत्यता पाउन सक्छु र? मैले एक जना ब्रदरले आठ वर्षसम्म ब्रदर-सिस्टरहरूका लागि इलेक्ट्रोनिक्स मर्मत गरेको सुनेको थिएँ। यदि मैले यो काम गर्न सक्ने भएँ भने, के म ती ब्रदरजस्तै यही कर्तव्यमा अड्किनेछु?” त्यस क्षण, म पूर्ण रूपमा निराश भएँ, र सोचेँ, “के म साधारण मामिलाको काम मात्रै गर्न र श्रमको जीवन जिउन अभिशप्त छु? परमेश्‍वरको काम समाप्त हुन लागेकाले, के मसँग अझै मुक्तिको कुनै आशा छ?” मैले जति धेरै यसबारे सोचेँ, त्यति नै म व्याकुल भएँ। त्यसपछिका केही दिन, मलाई खानसमेत मन लागेन, र मैले मेरा दिनहरू उदासीमा बिताएँ। ब्रदर-सिस्टरहरूले मेरो स्थिति देखे र मलाई यस परिस्थितिप्रति समर्पित गराउन मसँग सङ्गति गरे। तर मलाई एकदमै प्रतिरोध महसुस भयो र सोचेँ, “तिमीले भनेको कुरा सुन्दा राम्रो लाग्छ, तर यदि मैले यो पाठ सिकेँ र समर्पित भएँ भने, म यही कर्तव्यमा अड्किनेछु। यदि त्यो भयो भने, के म केवल श्रमिक हुनेछैनँ र? त्यसपछि नि म कसरी मुक्ति पाउन सक्छु र?” पछि मैले आफू दिक्दारीमा डुबिरहेको बेला, मर्मत तरकिबहरू सिक्न थालेँ, तर ममा कुनै उत्साह थिएन। मैले आफूले विश्वासमा यति धेरै वर्ष जोसका साथ कर्तव्य निर्वाह गरेपछि, अन्त्यमा म केवल श्रमिक हुनेछु भनेर सोचेँ। मैले आफ्नो परिणाम के होला भनेर सोच्ने आँटसमेत गरिनँ। त्यसपछिका केही दिनसम्म, मैले अझै पनि आफ्नो कर्तव्यका लागि कुनै उत्साह जुटाउन नसकिरहेको पाएँ। मलाई आफूले कर्तव्य निर्वाह गरिरहेको स्थिति ठिक छैन, र मेरो विवेक ग्लानिले भरिएको छ भन्ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म समर्पित हुन सक्दिनँ, र मलाई निकै नकारात्मक महसुस हुन्छ। मलाई सधैँ यदि मैले यो कर्तव्य निर्वाह गरेँ भने मसित कुनै राम्रो भविष्य वा गन्तव्य हुनेछैन भन्ने निरन्तर महसुस हुन्छ। हे परमेश्‍वर, मलाई मेरो स्थिति ठिक छैन भन्ने थाहा छ। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि म यस परिस्थितिप्रति समर्पित हुन र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकूँ।” प्रार्थनापछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “अबदेखि यसलाई गम्भीरतापूर्वक पछ्याउन सुरु गर्—तर तैँले यसलाई कसरी पछ्याउनुपर्छ? तैँले परमेश्‍वरविरुद्ध आफूले प्रायः विद्रोह गर्ने गरेको मामिलाबारे मनन गर्नुपर्छ। परमेश्‍वरले तँलाई पाठ सिकाउन, यी मामिलाहरूमार्फत तँलाई बदल्न, तँमा आफ्ना वचनहरू घुसाउन, तँलाई सत्यता वास्तविकताको एउटा पक्षमा प्रवेश गराउन अनि तँलाई ती मामिलाहरूमा शैतानको भ्रष्ट स्वभावअनुसार जिउनदेखि रोक्न, अनि त्यसको सट्टा तँलाई परमेश्‍वरको वचनअनुसार जिउन लगाउन अनि उहाँको वचनलाई तँभित्र गढ्न दिन र तेरो जीवन बनाउन बारम्बार परिस्थितिहरू खडा गर्नुभएको छ। तर तँ यी मामिलाहरूमा प्रायः परमेश्‍वरविरुद्ध विद्रोह गर्छस्, न त परमेश्‍वरप्रति समर्पित हुन्छस् न त सत्यता नै स्विकार्छस्, उहाँको वचनलाई आफूले पालन गर्नुपर्ने सिद्धान्तका रूपमा लिँदैनस् र उहाँको वचनअनुसार जिउँदैनस्। यसले परमेश्‍वरलाई चोट पुऱ्याउँछ अनि तैँले बारम्बार मुक्तिको मौका गुमाउँछस्। त्यसोभए, तैँले कसरी आफूलाई बदल्नुपर्छ? तैँले आजबाट सुरु गरी चिन्तन गरेर आफूले चिन्‍न सक्ने र स्पष्टसँग अनुभूत गर्ने मामिलाहरूमा परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ, उहाँको वचनलाई सत्यता वास्तविकताका रूपमा स्विकार्नुपर्छ, उहाँको वचनलाई जीवनका रूपमा स्विकार्नुपर्छ अनि आफू जिउने तरिका परिवर्तन गर्नुपर्छ। जब तँलाई यस्ता परिस्थितिहरू आइपर्छन्, तब तैँले आफ्नो देह र रुचिहरूविरुद्ध विद्रोह गर्नुपर्छ अनि सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्छ। के अभ्यासको मार्ग यही होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने मेरो कर्तव्यमा फेरबदल गरिरहँदाको यस अवधिमा, म समर्पित हुन जति कम इच्छुक थिएँ, त्यति नै कर्तव्यमा मेरो इच्छासँग नमिल्ने फेरबदलहरू भए। यसको पछाडि परमेश्‍वरको अभिप्राय रहेछ भन्ने थाहा भयो, जुन मलाई सक्रिय रूपमा परमेश्‍वरसामु आएर आत्मचिन्तन गर्न र सत्यता खोज्न अगुवाइ गर्नका लागि थियो। तर मैले परमेश्‍वरलाई गलत बुझेँ, र मलाई सत्यता प्राप्तिका लागि सिद्ध पार्न परमेश्‍वरद्वारा दिइएको यस अवसरलाई परमेश्‍वरले मलाई प्रकट गर्न र हटाउन चाहनुभएको हो भनेर हेरेँ। मेरा सोचहरू साँच्चै परमेश्‍वरलाई चोट पुऱ्याउने खालका थिए! मैले पहिले समर्पित हुन, मेरो कर्तव्यमा फेरबदल गरिँदाका यी घटनाहरूमा आफूले प्रकट गरेको भ्रष्टताबारे चिन्तन गर्न, र यसलाई समाधान गर्न सत्यता खोज्नमा ध्यान केन्द्रित गर्न आवश्यक थियो।

त्यसपछिका केही दिन, मैले आफैलाई सोधिरहेँ, “आफ्नो कर्तव्यमा फेलबदल हुँदा म किन समर्पित हुन सकिनँ? म सधैँ सोच्थेँ, अगुवाइ र लेखन-पठनका कर्तव्य पूरा गर्नेहरूले मुक्ति पाउन सक्छन्, जबकि साधारण मामिलाको काम गर्नेहरूले मुक्ति पाउन सक्दैनन्। के मेरो दृष्टिकोण सत्यताअनुरूप छ?” मैले आफ्नो खोजीमा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “धेरै मानिसहरूलाई मुक्ति पाउनु भनेको के हो भन्‍नेबारे स्पष्ट रूपमा थाहा हुँदैन। कतिपय मानिसहरू यदि तिनीहरूले परमेश्‍वरमा लामो समयसम्म विश्‍वास गरेका छन् भने, तिनीहरूले मुक्ति पाउने सम्‍भावना हुन्छ भन्‍ने विश्‍वास गर्छन्। कतिपयचाहिँ यदि तिनीहरूले धेरै आत्मिक सिद्धान्त बुझ्छन् भने, तिनीहरूले मुक्ति पाउने सम्‍भावना हुन्छ भन्‍ने सोच्छन्, वा कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्यै मुक्ति पाउनेछन् भन्‍ने ठान्छन्। यी सबै मानव धारणा र कल्‍पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्तिको अर्थ बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा पापबाट मुक्त हुनु, शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र उहाँमा समर्पित हुनु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुन तिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्ने आशा गर्छन् भने, तिनीहरू परमेश्‍वरका धेरै वचनहरूले सुसज्‍जित हुनैपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्नैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्‍न र वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले परमेश्‍वरमा कहिलेदेखि विश्‍वास गरेको छ, ऊसँग कति ज्ञान छ, ऊसँग वरदान वा सबल पक्षहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्‍बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्‍वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मापदण्डहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्‍वरमाथि विश्‍वास गरेका वर्षहरूमा, तैँले परमेश्‍वरको वचनको सत्यतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्‍वरको कुनै पनि वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्दा, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्। तँसँग उच्‍चस्तरीय ज्ञान भए पनि, वा तैँले परमेश्‍वरमा लामो समय विश्‍वास गरेको भए पनि, तेरो स्वरूप राम्रो भए पनि, तैँले राम्रो बोल्‍न सके पनि, र तैँले धेरै वर्षदेखि अगुवा वा सेवकको काम गरेको भए पनि, त्यसले केही फरक पार्दैन। यदि तैँले सत्यता पछ्याउँदैनस् भने, र परमेश्‍वरका वचनहरू राम्रोसँग अभ्यास र अनुभव गर्ने गर्दैनस् भने, र तँमा वास्तविक अनुभवात्मक गवाहीको कमी छ भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने व्यक्तिले जुनसुकै कर्तव्य पूरा गरे पनि, जबसम्म ऊसँग आफ्नो कर्तव्य पूरा गर्दै गर्दा समर्पणको हृदय हुन्छ, कामकुराहरू आइपर्दा उसले भ्रष्ट स्वभाव र गलत सोचहरू समाधान गर्न सत्यता खोज्नमा ध्यान केन्द्रित गर्छ, र आफ्नो कर्तव्यमा सत्यता सिद्धान्तहरूमा भर पर्न आफ्नो देहलाई त्याग्न सक्छ, र उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह वा प्रतिरोध गर्दैन, तबसम्म त्यस्तो व्यक्तिले मुक्ति हासिल गर्नेछ। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले कति धर्मसिद्धान्त बोल्न सक्छ वा कुन कर्तव्य पूरा गर्छ भन्ने कुरासँग कुनै सम्बन्ध छैन। म सोच्थेँ, अगुवा हुनु र लेखन-पठनको काम गर्नु भनेको हरेक दिन परमेश्‍वरका वचनहरूसँग सम्पर्कमा रहनु, मेरा ब्रदर-सिस्टरहरूका विभिन्न स्थिति र समस्याहरू कसरी समाधान गर्ने भनेर सोच्नु, र हरेक दिन जीवन प्रवेशसँग सम्बन्धित विषयहरू सङ्गति गर्नु हो, र यसरी म अझ धेरै सत्यताहरू प्राप्त गर्नेछु, जीवनमा छिटो बढ्नेछु, र मसँग मुक्तिका लागि अझ धेरै आशा हुनेछ। म सोच्थेँ, साधारण मामिलाको कर्तव्य पूरा गर्नु भनेको केवल शारीरिक श्रम हो र त्यसले कुनै जीवन प्रवेश ल्याउँदैन, र यसो गर्दा, म अन्ततः केवल श्रमिक बन्नेछु। यसकारण म नकारात्मकता र प्रतिरोधको स्थितिमा जिएँ, र यो कर्तव्य पूरा गर्न अनिच्छुक भएँ। मेरा विचारहरू गलत थिए र परमेश्‍वरका वचनहरूसँग मेल खाँदैनथे। मण्डलीबाट निष्कासित ख्रीष्टविरोधीहरूका बारेमा सोच्दा, मैले देखेँ, तिनीहरूमध्ये धेरैले अगुवा र कामदारहरूको कर्तव्य पूरा गरेका थिए, र तिनीहरू धेरै शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न सक्षम र अरूसँग सङ्गति गर्न सिपालु थिए, तर तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न कहिल्यै सत्यता खोजेनन्। अगुवा र कामदारहरूका रूपमा वर्षौं आफ्नो कर्तव्य पूरा गरेपछि पनि, तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन भएन। तिनीहरूमध्ये कोहीले निरन्तर हैसियत पछ्याए, असहमत हुनेहरूलाई बहिष्कार गरे, र आफ्ना ब्रदर-सिस्टरहरूलाई दबाए, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोध पुग्यो, र त्यसैले तिनीहरू निष्कासित भए। कतिपयले आफूलाई उचाल्न, आडम्बर देखाउन, र मानिसहरूलाई भ्रमित पार्न शब्द र धर्मसिद्धान्तहरू बोले, मानिसहरूलाई आफ्नो सामु ल्याए। तिनीहरूले स्वतन्त्र राज्यहरू सिर्जना गर्ने प्रयास गरे र निष्कासित भए। अरू चाहिँ, पक्राउ परेपछि आफ्नो व्यक्तिगत हितका लागि प्रहरीको धम्की र प्रलोभनमा झुके, र तिनीहरूले “तीन बयानको पत्र” मा हस्ताक्षर गरे, यहूदा बने। यसका लागि, तिनीहरूलाई निष्कासित गरियो। मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्दाका र हरेक दिन परमेश्‍वरका वचनहरू पढ्दाका वर्षहरूबारे चिन्तन गर्दा, मेरा धारणाहरूअनुसार, मैले केही सत्यता प्राप्त गरेको र केही सत्यता वास्तविकता हासिल गरेको हुनुपर्थ्यो, तर, जब मेरो कर्तव्य फेरबदल गरियो र मलाई साधारण मामिलाको काम गर्न भनियो, तब मैले आफूलाई स्वीकार गर्न वा समर्पित हुन असमर्थ पाएँ, र म नकारात्मकता र प्रतिरोधको स्थितिमा जिएँ। यसले मसँग सत्यता वास्तविकता पटक्कै छैन भन्ने देखायो! मैले अगुवाइ र लेखन-पठनको कर्तव्य निर्वाह गर्नेहरूसँग मुक्तिको अझ धेरै आशा हुन्छ भन्ने मेरा विचारहरू पूर्ण रूपमा आधारहीन छन् भन्ने देखेँ। यसबारे चिन्तन गरेपछि मात्र मैले के बुझेँ भने यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन, वा कर्तव्य पूरा गर्दा आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न पठाहरू सिक्नमा ध्यान केन्द्रित गर्दैन भने, कुनै पनि कर्तव्य निर्वाह गर्नु केवल श्रम गर्नु मात्रै हुन्छ। मैले के बुझेँ भने व्यक्तिले कुन कर्तव्य पूरा गर्छ त्यो महत्त्वपूर्ण हुँदैन, र महत्त्वपूर्ण कुरा त व्यक्तिले आफ्नो कर्तव्यका क्रममा आफूलाई बारम्बार चिन्तन गर्न सक्छ कि सक्दैन, र उसले सक्रिय रूपमा सत्यता पछ्याउन र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सक्छ कि सक्दैन भन्ने हो। व्यक्तिले अन्ततः सत्यता प्राप्त गरेपछि मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “कर्तव्यका कार्यभारहरू समायोजित गरिँदा, यदि त्यो निर्णय मण्डलीले गरेको हो भने, मानिसहरूले त्यो स्विकार्नुपर्छ र पालना गर्नुपर्छ, तिनीहरूले आत्मचिन्तन गर्नैपर्छ, अनि समस्याको सार र आफ्ना कमीकमजोरीहरू बुझ्नैपर्छ। यो मानिसहरूका लागि एकदमै लाभदायी हुन्छ, र त्यो अभ्यास गर्नुपर्ने कुरा हो। यस्तो सरल कुरालाई साधारण मानिसहरूले अति धेरै कठिनाइ वा पार गर्न नसकिने बाधाहरू सामना नगरी सही तरिकाले बुझ्न र सम्हाल्न सक्छन्। जब मानिसहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिन्छन्, तब कम्तीमा पनि तिनीहरू समर्पित हुनुपर्छ, तिनीहरूले आत्मचिन्तन गरी फाइदा लिनुपर्छ, साथै आफ्नो कर्तव्य निर्वाह मानकअनुरूप छ कि छैन भनी सही मूल्याङ्कन गर्नुपर्छ। तर ख्रीष्टविरोधीहरूका हकमा भने यस्तो हुँदैन। तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरूले प्रकट गर्ने कुरा सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। यो भिन्‍नता कहाँनेर हुन्छ त? तिनीहरू आज्ञापालन गर्दैनन्, सक्रियतापूर्वक आफूले गर्नुपर्ने काम गर्दैनन्; न त तिनीहरू अलिकति मात्र पनि सत्यता नै खोजी गर्छन्। त्यसको साटो, तिनीहरूलाई समायोजनप्रति वितृष्णा लाग्छ र तिनीहरू त्यसको विरोध गर्छन्, विश्‍लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्: ‘मलाई किन यो कर्तव्य निभाउन दिइँदैन? मलाई किन महत्त्वहीन कर्तव्यमा खटाइयो? के यो मलाई खुलासा गर्न र हटाउनका लागि हो?’ तिनीहरूले जे भएको छ सो कुरालाई मनमा खेलाइरहन्छन्, त्यसैका बारेमा अनन्त रूपमा विश्‍लेषण र चिन्तन गरिरहन्छन्। केही पनि नहुँदा तिनीहरू ठिकठाक हुन्छन्, तर जब केही आइपर्छ, तब भुमरीको पानीजस्तै तिनीहरूको हृदय बटारिन थाल्छ, र तिनीहरूको मष्तिष्क प्रश्‍नैप्रश्‍नले भरिन्छ। बाहिरबाट हेर्दा तिनीहरू समस्याहरूबारे मनन गर्न अरूभन्दा उत्तम देखिन्छन्, तर वास्तवमा ख्रीष्टविरोधीहरू सामान्य मानिसहरूभन्दा बढी दुष्ट मात्रै हुन्छन्। यो दुष्टता कसरी प्रकट हुन्छ? तिनीहरूका सोचविचार अत्यन्तै चरम, जटिल र गुप्त हुन्छन्। विवेक र समझ भएको सामान्य व्यक्तिका दिमागमा नआउने कुराहरू ख्रीष्टविरोधीका लागि दैनिकी हुन्छ। आफ्‍नो कर्तव्यको कार्यभारमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूमा आज्ञापालनको मनोवृत्ति हुनुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउञ्‍जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। … ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्‍वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरपर्दो र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूप सिर्जित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूप सिर्जित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूमा सामान्य समझ पटक्कै हुँदैन। परमेश्‍वरप्रतिको विश्वास र आफ्नो कर्तव्य निर्वाहमा तिनीहरूको एकमात्र लक्ष्य आशिषहरू पाउनु हो। मण्डलीले जुनसुकै कर्तव्यहरू प्रबन्ध गरे पनि, ख्रीष्टविरोधीहरूले वास्ता गर्ने पहिलो कुरा भनेको कसरी आज्ञापालन र स्वीकार गर्ने वा आफ्नो कर्तव्यमा कसरी सक्दो गर्ने भन्ने होइन, बरु वर्तमान कर्तव्यले तिनीहरूको भविष्य र गन्तव्यलाई असर गर्नेछ कि गर्नेछैन भन्ने हो। तिनीहरू होसियारीसाथ हिसाबकिताब गर्छन्, यदि आफ्नो कर्तव्य फेरबदल भयो भने आशिष् पाउने आफ्नो चाहना चकनाचूर हुनेछ भनेर चिन्ता गर्छन्। यदि कुनै कुरा आफ्नो भावी आशिषका लागि लाभदायक छैन भने, तिनीहरूमा घृणा, प्रतिरोध र शङ्काको भावना आउनेछ, र तिनीहरूले त्यसलाई विश्लेषण गर्ने प्रयास गर्नेछन्। तिनीहरूको प्रकृति साँच्चै दुष्ट हुन्छ। परमेश्‍वरका वचनहरूको खुलासाको आधारमा, मैले बुझेँ भने मैले प्रकट गरिरहेको स्वभाव ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै थियो। अगुवाहरूले कामको आवश्यकता र मेरा सबलताहरूअनुसार मेरा लागि नेटवर्क प्रविधि सिक्ने प्रबन्ध गरेका थिए। यो मण्डलीको कामको सुरक्षा गर्ने उद्देश्यका लागि थियो। सामान्य मानवता भएका मानिसहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नेथिए र तिनीहरू यस प्रबन्धप्रति समर्पित हुनेथिए र यो स्विकार्नेथिए। तर मैले नेटवर्क प्रविधिको कर्तव्य साधारण मामिलाको कामको हिस्सा मात्र हो, म थोरै सत्यता पाउन सक्छु, र मैले मुक्ति पाउने सम्भावना पनि कम हुनेछ भन्ने सोचेँ, त्यसैले मैले प्रतिरोध गरेँ र अगुवाहरूविरुद्ध गुनासो पालेँ। पछि म मन नलागी-नलागी यो कर्तव्य पूरा गर्न राजी भए पनि, मैले अझै लगनशील भई अध्ययन गरिनँ। म अगुवाहरूलाई आफूले सिकेका सीपहरूबारे कम रिपोर्ट गरेर छलीसमेत भएँ, अगुवाहरूलाई म यस कर्तव्यका लागि अयोग्य छु भनेर गलत विश्वास गराउने आशा राखेँ। पछि, अगुवाले मलाई मर्मत तरकिबहरू सिक्न अह्राए। यो ब्रदर-सिस्टरहरूले आफ्नो भक्ति र कर्तव्यमा इलेक्ट्रोनिक उपकरणहरू सामान्य रूपमा प्रयोग गर्न सकून् भन्ने सुनिश्चित गर्नका लागि थियो। तर मैले मर्मतको कर्तव्य निर्वाह गर्दा मलाई सत्यता पछ्याउन वा प्राप्त गर्न मद्दत मिल्दैन, र यो केवल शारीरिक श्रम हो भन्ने सोचेँ, त्यसैले मैले त्यो स्वीकार गर्न चाहिनँ। अगुवाहरूले सिद्धान्तहरूअनुसार मेरा कर्तव्यहरू फेरबदल गरे, र मेरा कर्तव्यहरू फेरबदल गरिँदा, यसले मेरो आस्थामा रहेका अशुद्धताहरू र आफ्ना कर्तव्यहरूप्रतिको मेरो गलत दृष्टिकोण पनि प्रकट गर्‍यो, जसले मलाई यी भ्रष्ट स्वभावहरू समाधान गर्नका सत्यता खोज्न सक्षम बनायो। यो मेरो जीवन प्रवेशका लागि लाभदायक थियो, तर मैले गलत बुझेँ र गुनासो गरेँ, परमेश्‍वरले मलाई प्रकट गर्न र हटाउन यी साधारण मामिलाका कर्तव्यहरू प्रयोग गरिरहनुभएको छ भनी शङ्का गरेँ। म परमेश्‍वरविरुद्ध शङ्का र सतर्कताले भरिएँ। यो मेरो ठूलो दुष्टता थियो! परमेश्‍वरको प्रकटीकरणमार्फत, मैले मेरो वर्षौंको त्याग र समर्पणबारे चिन्तन गरेँ र आफूले यी कुराहरू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न र सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि कसरी गरिरहेको छु भन्ने देखेँ, बरु आफ्नो कर्तव्य निर्वाहलाई परमेश्‍वरबाट एउटा असल गन्तव्यसँग साट्नका लागि गरिरहेको रहेछु। मेरा कर्तव्यहरू फेरबदल भएपछि, मैले सोचेँ, आशिषका लागि मेरो आशा चकनाचूर भएको छ, त्यसैले मैले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्न थालेँ। मैले ममा साँच्चै कुनै मानवता छैन र म एकदमै स्वार्थी र घृणास्पद रहेछु भन्ने देखेँ!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो, र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्य नै त्यो विश्वास थियो, जसले उसका कार्यलाई टेवा दिन्थ्यो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिले हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त समर्पण गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने आफ्नो कर्तव्यप्रति नोआको मनोवृत्तिले परमेश्‍वरको अनुमोदन पायो, र यो मैले अनुकरण र प्रवेश गर्नुपर्ने कुरा थियो। परमेश्‍वरले नोआलाई जहाज बनाउन निर्देशन दिनुहुँदा, नोआले परमेश्‍वरको अभिप्राय बुझेनन्, तर उनले परमेश्‍वरको आज्ञाको प्रतिरोध गरेनन् वा परमेश्‍वरका चाहनाहरूबारे अनुमान लगाएनन्। उनले केवल सुने, आज्ञापालन गरे, र परमेश्‍वरले जे गर् भन्नुभयो त्यही गरे। मैले नोआको उदाहरण पछ्याउनुपर्थ्यो र आशिष् नखोजी आफ्नो क्षमताअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो, केवल परमेश्‍वरप्रति साँचो समर्पण राख्न खोज्नुपर्थ्यो। मआफ्नो कर्तव्यमा पाठ सिक्नमा पनि ध्यान केन्द्रित हुनुपर्थ्यो। मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, अझै पनि भ्रष्टता प्रकट गर्नेथिएँ, र परमेश्‍वरले प्रबन्ध गरेका परिस्थितिहरूभित्र, मैले आत्मचिन्तन गर्न र यी कुराहरू समाधान गर्नका लागि सत्यता खोज्न आफ्ना सोच र विचारहरू पक्रनमा ध्यान केन्द्रित गर्नुपर्थ्यो। यसमार्फत, म केही कुरा प्राप्त गर्न सक्थेँ। परमेश्‍वर उहाँलाई पछ्याउने हरेक व्यक्तिप्रति धर्मी हुनुहुन्छ। परमेश्‍वरले अगुवाइ वा लेखन-पठनको कर्तव्य पूरा गर्दा मुक्ति सुनिश्चित हुन्छ, वा साधारण मामिलाका कर्तव्यहरूले उहाँको अनुमोदन पाउन सक्दैनन् भनेर कहिल्यै भन्नुभएको छैन। व्यक्तिले जुनसुकै प्रकारको कर्तव्य निर्वाह गरे पनि, मुख्य कुरा भनेको व्यक्तिले सत्यता खोज्न र पाठहरू सिक्न सक्छ कि सक्दैन भन्ने हो। ठिक अनुभवात्मक गवाही भिडियोहरूमा जस्तै, केही ब्रदर-सिस्टरहरूले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गरे भने अरूले चाहिँ इलेक्ट्रोनिक उपकरणहरू मर्मत गर्ने आदि काम गरे, यी सबै साधारण मामिलाका कामहरू हुन्, तर यी मानिसहरूले आफ्नो कर्तव्यका क्रममा आफ्नो भ्रष्टता समाधान गर्न सत्यता खोजी गर्नमा ध्यान केन्द्रित गर्न सके, र यसरी, तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन सक्यो। मैले परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्यहरू निर्धारण गर्ने सिद्धान्तहरू बुझिनँ, र मैले सधैँ आफ्नो जीवन प्रवेशलाई लाभदायक हुन्छ भनी मलाई विश्वास लागेका कर्तव्यहरू निर्वाह गर्न चाहेँ। तर मैले आफ्नो कर्तव्यका क्रममा आत्मचिन्तन गर्न वा आफ्नो जीवन स्वभावमा परिवर्तन खोज्नमा ध्यान केन्द्रित गरिनँ। त्यसैले मैले लेखन-पठनको कर्तव्य जारी राखेको भए पनि, त्यसले के फरक पार्नेथियो र? के त्यसको अर्थ मैले सत्यता पाउनेथिएँ र? के त्यसले मेरो स्वभावमा परिवर्तन भएको सङ्केत गर्नेथियो र? यदि मैले सत्यता नपछ्याएको भए, मलाई अन्ततः हटाइने नै थियो। परमेश्‍वरको अभिप्राय बुझिसकेपछि, मैले त्यसपछि ध्यान दिनुपर्ने कुरा भनेको आफ्नो वर्तमान कर्तव्य राम्रोसँग निर्वाह गर्नु थियो, र अन्ततः मैले परमेश्‍वरको मुक्ति पाउँछु कि पाउँदिनँ त्यो मैले ख्याल गर्ने कुरा थिएन।

यसपछि, मैले आफ्नो कर्तव्यमा हृदय लगाउन थालेँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा आफ्ना सोच, विचार, र भ्रष्ट स्वभावबारे चिन्तन गर्नमा ध्यान केन्द्रित गरेँ। मर्मत गर्न सिक्नुको मतलब मैले सर्किट डायग्रामहरू हेर्नुपर्थ्यो र विभिन्न पाटपुर्जाहरूले कसरी काम गर्छन् भन्ने कुरा बुझ्नुपर्थ्यो। सुरुमा, मलाई बोझले असाध्यै दबिएको महसुस भयो, सोचेँ, “यी उपकरणहरू मर्मत गर्नु निकै गाह्रो छ। के म यो आफूसँग भएको क्षमताले गर्न सक्छु र?” कहिलेकाहीँ, यी कुराहरू हेर्दै गर्दा, मलाई अब सिक्ने मन हुँदैनथ्यो। तर चिन्तनमार्फत, मैले के बुझेँ भने म आफ्ना कर्तव्यमा कठिनाइहरू सामना गर्दा पछि हट्नुको कारण मुख्यतया म आफ्नो कर्तव्यमा दृढ नहुनु, मैले आफ्नो देहको लालसा गर्नु, ममा प्रेरणा नहुनु, र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने हृदय नहुनु थियो। त्यसैले मैले यसबारे परमेश्‍वरका वचनहरू खान र पिउन खोजी गरेँ अनि हेर्नका लागि ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू फेला पारेँ। यी कुराहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ: म आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्दा पछि हट्नु हुँदैन; मैले नोआको अनुकरण गर्नुपर्थ्यो र ममा परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने हृदय हुनुपर्थ्यो। नोआलाई जहाज बनाउन जतिसुकै गाह्रो भए पनि, र कामको बोझ जतिसुकै ठूलो भए पनि, नोआ यी कठिनाइहरूबाट हताश भएनन्, बरु, उनले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरे र आफ्नो पूरै प्रयास लगाएर सहकार्य गरे, जहाज निर्माणमा समावेश विभिन्न समस्यालाई सक्रिय रूपमा समाधान गरे, र अन्ततः उनले परमेश्‍वरको आज्ञा पूरा गरे। मेरो कर्तव्यको कठिनाइ र नोआको कर्तव्यको कठिनाइ तुलना गर्न सकिँदैनथ्यो, र मसँग मर्मत गर्न सिक्नका लागि स्रोतहरू र मेरा ब्रदर-सिस्टरहरूले बाँडेका अनुभवहरू थिए। जबसम्म म परमेश्‍वरमा भर पर्थेँ र दृढ रूपमा सहकार्य गर्थेँ, तबसम्म यी कठिनाइहरूलाई जित्न सकिन्थ्यो। जब मैले आफ्नो हृदय शान्त पारेँ र अलि-अलि गर्दै सिक्न थालेँ, तब मैले सुस्तरी सिके तापनि, अझै पनि त्यो गर्न सकेँ, र कामकुराहरू मैले सोचेजस्तो गाह्रो भएनन्। केही समय अभ्यास गरेपछि, मैले केही मर्मत तरकिबहरू सिकेँ मात्र होइन, तर मेरो जीवनमा पनि अलि प्रगति भयो, र मैले हरेक दिन सन्तुष्ट महसुस गर्दै बिताएँ।

मेरो कर्तव्य फेरबदल गरिँदा, मैले कर्तव्यहरूप्रतिका मेरा कतिपय गलत दृष्टिकोणहरूलाई बुझ्न र सच्याउन पाएँ। सँगसँगै, मैले परमेश्‍वरप्रतिको विश्वास र कर्तव्य निर्वाहमा मेरो अभिप्राय सही छैन, र मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य परमेश्‍वरलाई सन्तुष्ट पार्न नभई, आशिषहरू पाउन गरिरहेको छु भनेर बुझेँ। यो परमेश्‍वरका अभिप्रायहरूअनुसार थिएन। अब म केवल परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा साँचो रूपले समर्पित हुन, र आफ्नो वर्तमान कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: १३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम

अर्को: ५३. मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्