७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?

रुओनान, चीन

अगस्त २०२३ मा, सिस्टर सु सिन र म सुसमाचार कार्यका लागि सुपरभाइजर चुनियौँ। सु सिनलाई चेङ्गबेई मण्डलीको र मलाई चेङ्गनान मण्डलीको जिम्मेवारी दिइयो। चेङ्गनान मण्डलीमा सुसमाचारको काम त्यति प्रभावकारी थिएन। केही वर्षअघि, म यस मण्डलीमा सुसमाचारको कामका लागि जिम्मेवार थिएँ, र परिणामहरू कहिल्यै त्यति राम्रो भएनन्, त्यसैले जब मलाई फेरि यस मण्डलीमा खटाइयो, मलाई केही हिचकिचाहट महसुस भयो। तर त्यसपछि मैले सोचेँ, “केही वर्ष बितिसकेका छन्, त्यसैले सायद अहिले कामको प्रभावकारिता केही सुधारिएको होला।” त्यसैले, म त्यो अत्यधिक व्यस्त काममा तल्लीन हुन थालेँ।

केही समयमै, कामको सारांश गर्ने बेला भयो। मैले परिणामहरू अझै सन्तोषजनक नभएका, सुसमाचार कार्यकर्ताहरूले सिद्धान्तहरू नबुझेका, सुसमाचार प्रचारका लागि सत्यताहरूप्रतिको उनीहरूको बुझाइ त्यति स्पष्ट नभएको, र सुसमाचार कार्यकर्ता वा सिञ्‍चन गर्नेहरूको संवर्धन गर्ने काममा पनि कुनै प्रगति नभएको देखेँ। अगुवाले अवस्था थाहा पाएपछि, उहाँले सङ्गति गर्दै अनि हाम्रा समस्याहरू औंल्याउँदै, र काम प्रभावकारी नभएको भए, हामीले वास्तविक काम गरिरहेका थियौँ कि थिएनौँ भनेर आत्मचिन्तन गर्नुपर्ने सम्झाउँदै हामीलाई पत्र लेख्नुभयो। उहाँले चेङ्गबेई मण्डलीको परिणाम पहिले भन्दा राम्रो भएको उल्लेख गर्दै मलाई खोजी गर्न तथा र उनीहरूबाट सिक्न सल्लाह दिनुभयो। पत्र पढिसकेपछि, मैले मनमनै सोचेंँ, “सु सिन र मलाई एकै समयमा सुसमाचारको कामको सुपरिवेक्षण गर्न खटाइयो, तर राम्रा परिणाम भएको मण्डलीमा खटाइन पाउने सु सिन भाग्यमानी रहिछन्, जबकि मलाई चाहिँ कमजोर परिणाम भएको मण्डलीमा खटाइयो। मैले भर्खर सुरु गरेकी छु र यति धेरै समस्याहरू औंल्याइसकिएका छन्। कस्तो दुर्भाग्य! यदि परिणामहरू खराब नै रहिरहे भने त, सुपरभाइजरले म काम गर्न सक्षम छैन भन्लान्। त्यो कति लाजमर्दो होला! मेरो त भाग्य नै खराब रहेछ!” त्यो समयमा, हाम्रो मण्डलीमा सुसमाचारको कामको परिणाम कमजोर नै रह्यो र साँचो मार्ग खोजिरहेका केही मानिसहरूले आधारहीन अफवाहहरूबाट प्रभावित भएर धारणाहरू बनाए र अनुसन्धान गर्ने आँट गरेनन्। कतिपय सुसमाचार कार्यकर्ताहरूले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले उठाएका प्रश्नहरूमा स्पष्टसँग सङ्गति गरेनन्, त्यसैले उनीहरूले मद्दतको लागि मलाई पत्र लेखे, र मैले प्रत्येकलाई जवाफ दिएँ, तर काममा अझै पनि कुनै उल्लेखनीय सुधार भएन। यसले मलाई मेरो भाग्य खराब रहेको अझ बढी विश्‍वास गरायो, र मैले सोचेंँ, “म कसरी यस्तो मण्डलीको भारी बोक्न पुगेंँ? सुपरभाइजरले मेरो बारेमा के सोच्लान्? के उनले म वास्तविक काम नगर्ने र आफ्नो कर्तव्यमा अल्छी छु भन्लान्?” मैले जति यसबारे सोचेंँ, म उति नै निराश भएँ। म नकारात्मक भावनाहरूले भरिएँ र मैले गर्ने हरेक कुरामा रुचि हरायो। एक दिन, मैले एकजना सुसमाचार कार्यकर्ताको अवस्था खराब भएको र त्यसले उसको कर्तव्यको प्रदर्शनमा असर गरिरहेको देखेंँ, तर मैले त्यसबारे चिन्तित हुन चाहिनँ, सोचेंँ, “मेरो भाग्य खराब भएकोले, मैले जति नै कडा परिश्रम गरे पनि, परिणाम उस्तै हुनेछ।” त्यसैले मैले समयमै सङ्गति गरेर समस्या समाधान गरिनँ। जब कसैले मलाई कामसम्बन्धी प्रश्नहरू लेखेर पठाउँथ्यो, म केही दिनसम्म जवाफ दिन्नथेँ, र काममा उत्पन्न भएका समस्याहरू खोज्न वा सोच्न म अनिच्छुक थिएँ। हरेक दिनको अन्त्यमा, म भित्रभित्रै रित्तो महसुस गर्थेँ र मेरो हृदय परमेश्‍वरबाट टाढा भइसकेको जस्तो लाग्थ्यो। प्रार्थनामा के भन्‍ने समेत मलाई थाहा थिएन। मलाई यदि मैले यो अवस्था समाधान गरिनँ भने यो खतरनाक हुनेछ भन्‍ने थाहा थियो, त्यसैले मैले आफ्ना समस्याहरू समाधान गर्न सचेत रूपमा सत्यता खोजेंँ।

एक दिन आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जुन मेरो अवस्थासँग ठ्याक्कै मिल्थ्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “आफूलाई सधैँ अभागी ठान्‍ने मानिसहरूको समस्या के हो? तिनीहरूले आफ्‍नो व्यवहार सही छ कि गलत छ भनेर मापन गर्न, र तिनीहरूले लिनुपर्ने मार्ग, तिनीहरूले अनुभव गर्नुपर्ने कुराहरू, र तिनीहरूले सामना गर्ने कुनै पनि समस्याहरू तौलनको लागि भाग्यको मापदण्ड प्रयोग गर्छन्। यो सही हो कि गलत हो? (गलत हो।) तिनीहरूले खराब कुराहरूलाई अभागी भन्‍ने शब्दले र असल कुराहरूलाई भाग्यमानी वा फाइदाजनक भन्‍ने शब्दले व्याख्या गर्छन्। यो दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) यस्तो दृष्टिकोणले मापन गर्नु गलत हुन्छ। विभिन्‍न कुराहरू मापन गर्ने यो विधि र मापदण्ड चरम र गलत छ। यस्तो तरिकाले मानिसहरूलाई प्राय निराशामा डुबाउँछ, र प्राय असहज महसुस गराउँछ, र यसले तिनीहरूलाई तिनीहरूले भनेजस्तो कहिल्यै हुँदैन, र तिनीहरूले चाहेको कहिल्यै मिल्दैन भन्‍ने महसुस गराउँछ, जसले गर्दा तिनीहरूलाई निरन्तर चिन्ता, झन्झट, र असहज महसुस हुन्छ। जब यी नकारात्मक संवेगहरूलाई समाधान नगरी त्यतिकै छोडिन्छ, तब यी मानिसहरू निरन्तर निराशामा डुब्छन् र आफूलाई परमेश्‍वरले निगाह गर्नुहुन्‍न भन्‍ने महसुस गर्छन्। तिनीहरू परमेश्‍वरले अरूलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्‍न, र परमेश्‍वरले अरूको हेरचाह गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्‍न भन्‍ने सोच्छन्। ‘मलाई किन सधैँ असहजता र चिन्ता हुन्छ? किन मेरो जीवनमा सधैँ खराब कुराहरू आइपर्छन्? किन असल कुराहरू मेरो बाटोमा कहिल्यै आउँदैनन्? एकपटक मात्रै भए पनि त आए हुन्थ्यो!’ जब तैँले यस्तो गलत सोच र दृष्टिकोणले विभिन्‍न कुराहरू हेर्छस्, तब तँ असल र खराब भाग्यको फन्दामा पर्नेछस्। जब तँ निरन्तर यो पासोमा परिरहन्छस्, तँलाई निरन्तर निराशा महसुस हुन्छ। यो निराशामाझ, तँ तेरो जीवनमा आइपर्ने कुराहरू भाग्यशाली हुन् कि दुर्भाग्यशाली हुन् भन्‍ने कुराप्रति अत्यन्तै संवेदनशील हुन्छस्। जब यस्तो हुन्छ, यसले तँ असल भाग्य र खराब भाग्यसम्‍बन्धी यो दृष्टिकोण र विचारद्वारा नियन्त्रित भएको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ यस्तो दृष्टिकोणद्वारा नियन्त्रित भएको हुन्छस्, तब मानिसहरू, घटना, र परिस्थितिहरू हेर्ने तेरो दृष्टिकोण र मनोवृत्ति सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेको हुँदैन, बरु चरम अवस्थामा पुगेको हुन्छ। जब तँ यो चरम अवस्थामा पुग्छस्, तँ आफ्‍नो निराशाबाट मुक्त हुन सक्दैनस्। तँ बारम्‍बार निराशामा परिरहन्छस्, र तैँले सामान्यतया निराशा महसुस नगरे पनि, कुनै गलत कुरा आइपर्ने बित्तिकै, र तँलाई कुनै अभागी घटना घटेको छ भन्‍ने महसुस हुनेबित्तिकै, तँ तुरुन्तै निराशामा डुब्छस्। यो निराशाले तेरो सामान्य मूल्याङ्कन र निर्णय प्रक्रियामा असर पार्छ, र तेरो खुसी, रिस, शोक, र आनन्दमा पनि असर पार्छ। जब यसले तेरो खुसी, रिस, शोक, र आनन्दमा असर पार्छ, तब यसले तेरो कर्तव्यपालन, र परमेश्‍वरलाई पछ्याउने तेरो इच्छा र चाहना बिथोल्छ र नष्ट पार्छ। जब यी सकारात्मक कुराहरू नष्ट हुन्छन्, तब तैँले बुझेका थोरै सत्यताहरू पनि हावामा बिलाएर जानेछन् र ती कुरा तेरो लागि कुनै फाइदाका हुँदैनन्। त्यसकारण, जब तँ यो दुष्चक्रमा पर्छस्, तँलाई आफूले बुझेका थोरै सत्यता सिद्धान्तहरू अभ्यास गर्न पनि निकै गाह्रो हुनेछ। तँलाई तेरो भाग्य सही छ भन्‍ने महसुस हुँदा, र तँ निराशाको दमनमा नपरेको बेला मात्र, तैँले मन नलागी-नलागी अलिअलि मूल्य चुकाउन, अलिअलि कठिनाइ भोग्‍न, र आफूले गर्न चाहेका कामकुराहरू गर्दा अलिअलि इमानदारिता देखाउन सक्छस्। तर तँलाई तेरो भाग्यले छोडेको छ र फेरि पनि तेरो जीवनमा दुर्भाग्यपूर्ण घटनाहरू घटिरहेका छन् भन्‍ने तँलाई महसुस हुनेबित्तिकै, तँमाथि फेरि पनि तेरो निराशाले नियन्त्रण जमाइहाल्छ, र तेरो इमानदारिता, तेरो बफादारिता, र कठिनाइ भोग्‍ने तेरो इच्छाले तँलाई तुरुन्तै छोडेर जान्छ। त्यसकारण, आफूलाई अभागी ठान्‍ने वा आफ्‍नो भाग्यलाई साह्रै गम्‍भीरतासाथ लिने मानिसहरू आफ्‍नो भाग्य खोटो छ भनी सोच्‍ने मानिसहरूजस्तै हुन्। तिनीहरूको संवेग प्राय अत्यन्तै चरम हुन्छ—खास गरी, तिनीहरू निराशाजस्ता नकारात्मक संवेगहरूमा बारम्‍बार डुबिरहन्छन्। तिनीहरू अत्यन्तै नकारात्मक र कमजोर बन्छन्, र तिनीहरू अस्थिर मुडको सिकार बन्‍ने सम्भावना पनि हुन्छ। तिनीहरू आफू भाग्यमानी छु भन्‍ने महसुस गर्दा, आनन्दले भरिन्छन्, ऊर्जाले भरपुर हुन्छन्, र तिनीहरूले कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छन्; तिनीहरूले राती कम सुत्‍न, र दिउँसो थोरै खान पनि सक्छन्, तिनीहरू कुनै पनि कठिनाइ भोग्‍न इच्छुक हुन्छन्, र यदि तिनीहरू क्षणिक रूपमा उत्साहित भए भने त आफ्‍नो ज्यानसमेत खुसीसाथ दिन तयार हुन्छन्। तैपनि, तिनीहरूले आफू अभागी भएको महसुस गर्नेबित्तिकै, र तिनीहरूको लागि केही पनि राम्रो नभएको देखिनेबित्तिकै, निराशाको संवेगले तिनीहरूको हृदयमा तुरुन्तै पकड जमाउँछ। तिनीहरूले पहिले गरेका वाचा र सङ्कल्‍प सबै उल्टिन्छन्; अचानक तिनीहरू फुटेको भकुन्डोजस्तै बन्छन्, र कुनै साहस र ऊर्जा बटुल्‍न सक्दैनन्, वा तिनीहरू लाजको पोकोजस्तै बनेर केही गर्न वा बोल्‍न इच्छा नगर्ने बन्छन्। तिनीहरूले सोच्छन्, ‘सत्यता सिद्धान्तहरू, सत्यताको खोज, मुक्तिको प्राप्ति, र परमेश्‍वरप्रतिको समर्पण—यीमध्ये कुनै पनि कुरासँग मेरो कुनै सम्‍बन्ध छैन। म अभागी छु, त्यसकारण मैले जति धेरै सत्यता अभ्यास गरे पनि वा जति धेरै मूल्य चुकाए पनि, त्यसको कुनै अर्थ छैन, किनकि मैले कहिल्यै मुक्ति पाउनेछैन। म त सक्‍किसकेँ। म त अलच्छिना ताबिजजस्तै हुँ, एक दुर्भाग्यशाली व्यक्ति हुँ। ठीकै छ, यस्तै होस्, जे गरे पनि आखिर म अभागी नै त हुँ!’ देखिस् त, एक क्षण तिनीहरू हावा भरिएर फुट्न लागेको भकुन्डोजस्तै हुन्छन्, र अर्को क्षण तिनीहरू हावा झिकेको भकुन्डोजस्तै हुन्छन्। के यो समस्याको कुरा होइन र? यो समस्या कसरी आउँछ? यसको मूल कारण के हो? तिनीहरूले सधैँ आफ्‍नै भाग्यलाई नियालिरहेका हुन्छन्, मानौँ तिनीहरूले सेयर बजार माथि गइरहेको छ कि तल झरिरहेको छ भनेर हेरिरहेका छन्, मानौँ तिनीहरूले बजार बढ्दो बजार हो कि घट्दो बजार हो भनेर हेरिरहेका छन्। तिनीहरू सधैँभरि तनावमा हुन्छन्, आफ्‍नो भाग्यको विषयमा अत्यन्तै संवेदनशील हुन्छन्, र तिनीहरू अत्यन्तै जिद्दी हुन्छन्। यस्ता चरम व्यक्तिहरू सधैँ निराशाको संवेगमा डुबिरहन्छन् किनभने तिनीहरूले आफ्‍नो सौभाग्यबारे धेरै वास्ता गर्छन् र तिनीहरू आफ्‍नो मुडअनुसार जिउँछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ मेरो निराश अवस्था त मैले सँधै परमेश्‍वरले मेरा लागि व्यवस्था गर्नुभएको परिवेशलाई मूल्याङ्कन गर्न भाग्य र दुर्भाग्य जस्ता गलत दृष्टिकोणहरू प्रयोग गरेका कारणले पो रहेछ। म सधैँ सोच्थेँ दबाब वा कठिनाइविनाको कर्तव्य निर्वाह गर्नु, जहाँ मैले दुःख सहनु वा कुनै मूल्य चुकाउन नपर्ने हुनु, अनि अरूबाट प्रशंसा र सम्मान प्राप्त गर्न सक्नुको मतलब मेरो भाग्य राम्रो छ। तर यदि मेरो कर्तव्यमा सधैँ कठिनाइहरू आइरहने, कामले कुनै परिणाम नदिने, वा मेरो काटछाँट गरिने हुन्थ्यो भने, म त्यसलाई दुर्भाग्य ठान्थेँ, निराश भावनाहरूमा जिउँथेँ र कर्तव्य गर्ने उत्प्रेरणा गुमाउँथेँ। मेरो काम प्रभावहीन थियो, र अगुवाले मार्गदर्शन र मद्दत प्रदान गर्नुभयो र हामीलाई राम्रो परिणाम भएको मण्डलीबाट सिक्न सल्लाह दिनुभयो। यो राम्रो कुरा थियो, किनकि यसले मलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्न, अनि मेरो काममा भएका समस्या र विचलनहरूलाई सारांशित गरी समयमै सच्याउन प्रोत्साहन गर्न सक्थ्यो। यसले मेरो जीवन प्रवेश र मण्डलीको काम दुवैलाई फाइदा पुर्‍याउने थियो। तर यी प्रभावहीन परिणामहरूले मेरो प्रतिष्ठा र हैसियतमा असर पारेकोले, मैले यो सबै मेरो खराब भाग्यको कारणले हो भन्‍ने सोचेंँ। मैले देखेंँ सु सिनले जिम्मेवारी लिएको मण्डलीको परिणाम राम्रो थियो अनि उनले अगुवाको सम्मान र कदर प्राप्त गरिन्, त्यसैले मलाई धेरै ईर्ष्या लाग्यो, उनी भाग्यमानी छिन् भन्‍ने सोचेंँ। त्यसपछि म आफू जिम्मेवार रहेको मण्डलीमा सुसमाचारको कामका कमजोर परिणामहरू हेरेर म आफू अभागी भन्‍नेमा अझ बढी विश्‍वस्त हुन्थेँ। मैले सधैँ यो असल र खराब भाग्यको गलत दृष्टिकोण प्रयोग गरेर परमेश्‍वरले मेरा लागि प्रबन्ध गर्नुभएका परिस्थितिहरूलाई हेर्थेंँ, र अवांछित परिस्थितिहरूको सामना गर्दा, म गुनासो गर्थेंँ, परमेश्‍वरले सु सिनलाई पक्षपात गर्नुभयो र मलाई अनुग्रह प्रदान गर्नुभएन भन्‍ने सोच्थेँ, र म नकारात्मक भावनाहरूमा जिउँथेँ र निष्क्रिय एवं प्रतिरोधी बन्थेँ। परमेश्‍वरमा विश्‍वास नगर्ने वा सत्यता नबुझ्ने गैरविश्‍वासीहरूले सधैँ भाग्य र दुर्भाग्य प्रयोग गरेर आफूमाथि आइपर्ने सबै कुराको मूल्याङ्कन गर्छन्। उनीहरूले ख्याति, लाभ, धन, वा पदोन्नति हासिल गर्दा भाग्यमानी महसुस गर्छन्, र कामकुराहरू सहज नहुँदा स्वर्गको अन्यायबारे गुनासो गर्छन् वा अरूलाई दोष दिन्छन्। तर परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा, मलाई स्पष्ट रूपमा थाहा थियो ममाथि आइपर्ने हरेक कुरा, चाहे त्यो मानवीय दृष्टिकोणबाट राम्रो देखियोस् वा नराम्रो, परमेश्‍वरद्वारा शासित र प्रबन्धित हुन्छ र त्यसमा मैले सिक्न आवश्यक पाठहरू हुन्छन्, तर मैले यसलाई परमेश्‍वरबाट स्वीकार गरिनँ। बरु, मैले परमेश्‍वरले मेरा लागि प्रबन्ध गर्नुभएका परिस्थितिहरूलाई जाँच्न गैरविश्‍वासीहरूको दृष्टिकोण प्रयोग गरेंँ। यो त साँच्चै बेतुकको कुरा थियो; यी त अविश्‍वासीका दृष्टिकोणहरू थिए! यो महसुस गरेपछि, मलाई भित्रैदेखि लाज लाग्यो, र मैले यो गलत दृष्टिकोण सच्याउन सत्यता खोज्न चाहेंँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका यी खण्डहरू पढेंँ: “अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्‍बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्‍ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्‍न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्‍नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्‍वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्‍वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्‍नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्‍नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन्, जुन व्यक्तिको जीवनको भाग बन्‍नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्‍बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। “यदि तैँले आफू कति भाग्यमानी वा अभागी छु भन्‍ने सोच त्यागेर, यी कुराहरूलाई शान्त र सही रूपमा लिन्छस् भने, तैँले धेरैजसो कुराहरू त्यति नकारात्मक वा सम्‍हाल्‍न गाह्रो पाउनेछैनस्। जब तँ आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्छस्, जब तँ आफ्‍नो जीवनमा आइपर्ने दुर्भाग्य इन्कार्न वा त्यसबाट तर्किन छोड्छस्, र त्यस्ता कुराहरूलाई तँ कति भाग्यमानी वा अभागी छस् भन्‍ने हिसाबबाट मापन गर्न छोड्छस्, तब तैँले दुर्भाग्य र खराब भनी ठान्‍ने गरेका धेरै कुराहरू तँलाई असल लाग्‍न थाल्‍नेछन्—ती खराब कुराहरू असल कुरामा परिणत हुनेछन्। तेरो मानसिकता र तेरो दृष्टिकोण परिवर्तन हुनेछ, जसले गर्दा तैँले आफ्‍नो जीवन अनुभवलाई फरक तरिकाले महसुस गर्नेछस्, र यस क्रममा फरक फलहरू प्राप्त गर्नेछस्। यो एउटा असाधारण अनुभव हो, जसले तँलाई तैँले कल्‍पनै नगरेका फलहरू दिलाउनेछ। यो राम्रो कुरा हो, खराब कुरा होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेंँ ममाथि आइपर्ने हरेक कुरा, चाहे त्यो मानवीय दृष्टिकोणबाट राम्रो देखियोस् वा नराम्रो, परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत हुन्छ र त्यसको पछाडि परमेश्‍वरको अभिप्राय लुकेको हुन्छ। मैले सत्यता खोज्दै र पाठ सिक्दै परमेश्‍वरबाट आएका कुराहरूलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। ममा हुनुपर्ने मनोवृत्ति र अभ्यास यही हो। मैले युसुफको बारेमा सोचेंँ, जसलाई उनका भाइहरूले मिश्रमा दासको रूपमा बेचिदिएका थिए र उनले धेरै कठिनाइहरू भोगे। यो राम्रो कुरा जस्तो नदेखिए पनि युसुफ अन्ततः मिश्रको मुख्य प्रशासक बने। अनिकालको समयमा, युसुफ भोकको पीडाबाट जोगिए, र परमेश्‍वरको रेखदेख र सुरक्षामा थिए। पछि, युसुफका भाइहरू अन्न किन्न मिश्र आए, र उनीहरूको पूरै परिवार मिश्रमा बसाइँ सर्‍यो, र उनीहरूका वंशजहरू त्यहाँ चार सय वर्षसम्म बसे। यसले मलाई देखाइदियो मानवीय दृष्टिकोणबाट दुर्भाग्यपूर्ण देखिने केही कुराहरू वास्तवमा नराम्रा हुँदैनन् र ती सबैमा परमेश्‍वरको असल अभिप्राय लुकेको हुन्छ। त्यसै गरी, यस पटक मलाई चेङ्गनान मण्डलीको सुपरिवेक्षण गर्न खटाइयो, एकातिर, यो कामको आवश्यकतामा आधारित थियो, किनकि म यस मण्डलीका कर्मचारीबारे बढी परिचित थिएँ, र सुसमाचारको काममा सु सिनभन्दा बढी अनुभव थियो, त्यसैले यो प्रबन्धले मण्डलीको कामलाई फाइदा पुर्‍याउने थियो, भने अर्कोतिर, यो मेरो जीवन प्रवेशका लागि आवश्यक थियो। म भौतिक सुख-सुविधामा लिप्त हुन मन पराउने र समस्याहरूको सामना गर्दा सत्यता नखोज्ने व्यक्ति थिएँ, र म जिम्मेवार रहेको मण्डलीमा धेरै समस्या र कठिनाइहरू थिए, जसका लागि मैले धेरै प्रयास गर्न, खोज्न, मनन गर्न, र सञ्चार एवं सारांश गर्न आवश्यक थियो। यसो गर्दा म देहमा जिउन र फोस्रो सन्तुष्टीबाट जोगिन सक्थेंँ। परमेश्‍वरले मेरा घातक त्रुटिहरूअनुसार यो परिस्थितिको प्रबन्ध गर्नुभयो; यो मेरा लागि उहाँको मुक्ति थियो! मैले म केही वर्षअघि यस मण्डलीको जिम्मेवारीमा रहेकी, र त्यतिखेर आफूले वास्तविक काम नगरेकाबारे पनि सोचेँ। जब मैले ब्रदर-सिस्टरहरूको कर्तव्यमा कमजोर परिणामहरू रहेका देखेँ, मैले उनीहरूलाई केवल घृणा र न्याय मात्र गरेँ, उनीहरूको जीवन प्रवेशका लागि कुनै मद्दत प्रदान गरिनँ। मैले पछुतो र ऋणहरू मात्र छोडेकी थिएँ, र अब मलाई फेरि उनीहरूको कामको जिम्मेवारी लिने मौका दिइएको थियो। यो मेरा लागि विगतका अपराधहरूको क्षति पूर्ति गर्ने अवसर थियो, र मैले समयमै आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति सच्याउनुपर्थ्यो, सकेसम्म धेरै सहकार्य गर्नुपर्थ्यो, र आफ्नो पछाडि कुनै पछुतो छोड्नु हुँदैनथ्यो। त्यतिखेर, मैले महसुस गरेंँ मलाई यस मण्डलीको सुपरिवेक्षण गर्न परमेश्‍वरद्वारा दिइएको मौका मेरो जीवनका लागि आवश्यक थियो, यसले परमेश्‍वरको असल अभिप्राय देखायो, र मैले अब उप्रान्त गैरविश्‍वासीहरूको दृष्टिकोणबाट कामकुराहरू हेर्न वा परमेश्‍वरले प्रबन्ध गर्नुभएका परिस्थितिहरूको प्रतिरोध गर्न मिल्दैनथ्यो। सत्य के हो भने, परमेश्‍वरले जुनसुकै परिस्थितिको प्रबन्ध गर्नुभए पनि, त्यो हाम्रो जीवनका लागि आवश्यक हुन्छ, र असल वा खराब भाग्य भन्‍ने कुनै कुरा हुँदैन। जब मैले भाग्यका आधारमा मानिसहरू, घटनाहरू र कामकुराहरूको मूल्याङ्कन गर्न छोडेंँ र बरु परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई हेर्न थालेंँ, मैले राहत महसुस गरेँ र म त्यस उप्रान्त नकारात्मक भावनाहरूमा जिउन छोडेँ।

मैले म किन सधैँ अवांछित परिस्थितिहरूको सामना गर्दा आफूलाई अभागी ठान्छु, र ममाथि सधैँ राम्रा कुराहरू आइपरून् भन्‍ने आशा गर्छु, साथै यो कुन भ्रष्ट स्वभावद्वारा प्रेरित छ भन्‍ने पनि जान्न चाहेँ। आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेंँ: “त्यसोभए, कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्न भाग्य प्रयोग गर्ने मानिसहरूको विचार र दृष्टिकोणहरू के-के हुन्? त्यस्ता मानिसहरूको सार के हो? किन तिनीहरूले असल भाग्य र खराब भाग्यप्रति यति धेरै ध्यान दिन्छन्? भाग्यमा धेरै ध्यान दिने मानिसहरूले आफ्नो भाग्य असल होस् भन्‍ने चाहन्छन् कि खराब होस् भन्‍ने चाहन्छन्? (तिनीहरू आफ्नो भाग्य राम्रो होस् नै भन्‍ने चाहन्छन्।) ठीक भन्यौ। वास्तवमा, तिनीहरूले आफ्नो असल भाग्य होस् र आफ्नो जीवनमा राम्रा घटनाहरू घटून् भन्‍ने चाहन्छन्, र तिनीहरूले यी कुराहरूबाट फाइदा र नाफा कमाउँछन्। अरूले कति धेरै कष्ट, वा कति धेरै कठिनाइ वा अप्ठ्याराहरू भोग्छन् भन्‍ने कुरा तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूले दुर्भाग्य ठान्‍ने कुनै पनि कुरा आफ्‍नो जीवनमा आओस् भन्‍ने चाहँदैनन्। अर्को शब्‍दमा भन्दा, तिनीहरू आफ्‍नो जीवनमा कुनै खराब घटना घटेको चाहँदैनन्: कुनै बाधा, कुनै असफलता वा बेइज्जती, कुनै काटछाँट, वा कुनै कुरा हराउने, छुटाउने, र कुनै छलमा पर्ने अवस्था आएको चाहँदैनन्। यदि यस्ता कुनै कुरा भयो भने, तिनीहरूले यसलाई खराब भाग्य ठान्छन्। यदि खराब कुराहरू आइपर्‍यो भने, ती कुराहरू जोसुकैद्वारा तय गरिएको भए पनि, ती अभागीकै कुरा हुन्छन्। तिनीहरू आफ्‍नो जीवनमा—बढुवा हुने, भीडबाट माथि उठ्ने, अरूको अप्ठ्यारोको फाइदा उठाउने, कुनै कुराबाट फाइदा लुट्ने, धेरै पैसा कमाउने, वा उच्‍च ओहोदाको अधिकारी बन्‍ने—सबै कुरा होऊन् भन्‍ने आशा गर्छन् र तिनीहरू यसलाई राम्रो भाग्य ठान्छन्। तिनीहरू आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई सधैँ भाग्यको आधारमा मापन गर्छन्। तिनीहरू खराब भाग्य होइन, असल भाग्य पछ्याइरहेका हुन्छन्। कुनै कुरा अलिकति गलत हुनेबित्तिकै, तिनीहरू रिसाउँछन्, झर्किन्छन्, र असन्तुष्ट हुन्छन्। सीधै भन्दा, यस्ता मानिसहरू स्वार्थी हुन्छन्। तिनीहरू अरूको बेफाइदाबाट फाइदा लिने, आफ्नै लागि नाफा कमाउने, सर्वश्रेष्ठ हुने, र भीडभन्दा माथि उठ्ने प्रयास गर्छन्। तिनीहरू हरेक असल कुरा आफ्नो जीवनमा मात्रै भयो भने मात्रै सन्तुष्ट हुन्छन्। यो तिनीहरूको प्रकृति र सार हो; यो तिनीहरूको साँचो रूप हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरूबाट, मैले निरन्तर आफ्नो खराब भाग्यका बारेमा गुनासो गर्ने मानिसहरू स्वार्थी र आत्मकेन्द्रित हुन्छन् भन्‍ने बुझेँ। त्यस्ता मानिसहरू आफूमाथि सधैँ राम्रा कुराहरू आइपरून्, सबै कुरा सहज रूपमा अघि बढोस्, करियरमा सफलता हासिल होस्, अरूभन्दा विशिष्ट भइयोस्, र महिमा प्राप्त गरियोस्, र कुनै पनि बाधा-अड्चन वा असफलताहरूको सामना गर्नु नपरोस् भन्‍ने चाहन्छन्। परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा पनि, उनीहरू प्रयास नगरी परिणामहरूको आनन्द लिन चाहन्छन्, र उनीहरू आफ्नो कर्तव्य निभाउन आवश्यक पर्ने दुःख भोग्न वा मूल्य चुकाउन राजी हुँदैनन्, र काटछाँट गरिन अनिच्छुक हुन्छन्। उनीहरूले कुनै प्रतिष्ठा गुमाउने वा थोरै असन्तुष्टि अनुभव गर्ने बित्तिकै गुनासो गर्न थाल्छन्। आफैमा मनन गर्दा, मैले म यस्तै रहेछु भन्‍ने महसुस गरेंँ। जबजब म आफ्ना कर्तव्यमा कठिनाइहरू, वा बाधा-अड्चन, वा असफलता, वा काटछाँटको सामना गर्थेँ, म परमेश्‍वरले मेरा लागि प्रबन्ध गर्नुभएको परिस्थितिबारे गुनासो गर्थेंँ, सधैँ चिन्ता नगरी वा कठिनाइ नभोगी ख्याति र प्राप्ति हासिल गर्न चाहन्थेँ, र आरामले जिउन चाहन्थेँ। म जिम्मेवार रहेको चेङ्गनान मण्डलीमा धेरै समस्याहरू थिए, र काम प्रभावहीन थियो अनि हामी प्रायः काटछाँटमा पर्थ्यौँ, त्यसैले मैले यस्तो मण्डलीको जिम्मेवारी लिनुमा कुनै फाइदा छैन, र मैले हरेक दिन जतिसुकै गरे पनि, अरूले देख्दैनन् भन्‍ने सोचेँ, त्यसैले मलाई गुनासोको भावना आयो, र म नकारात्मक अनि अल्छी बनेँ। मैले देखेंँ ब्रदर-सिस्टरहरूको स्थिति झन् खराब भएको थियो र उनीहरूको कर्तव्यमा असर पारिरहेको थियो, तर मैले वास्तै गरिनँ, र म काममा भएका समस्याहरू समाधान गर्न अनिच्छुक थिएँ। म “इनामविना औँलो पनि नउठाउनू” र “घाटाको व्यापार कसैले गर्दैन” जस्ता शैतानी दर्शनहरूमा भर परेँ, र म एउटी स्वार्थी, आत्मकेन्द्रित, नीच, र तुच्छ व्यक्ति बनेंँ। मण्डलीले मलाई सुपरभाइजरको रूपमा संवर्धन गरेको र तालिमका लागि धेरै अवसरहरू दिएको, र अहिले मलाई सुसमाचार कार्यको कमजोर परिणाम भएको मण्डलीको सुपरिवेक्षण गर्न खटाइरहेको कुरा मनन गर्दै, मैले परमेश्‍वरको अभिप्रायलाई विचार गर्नुपर्थ्यो र काममा भएका समस्या र कठिनाइहरू समाधान गर्न आफ्नो कर्तव्यमा सक्रिय रूपमा संलग्न हुनुपर्थ्यो। त्यसको सट्टा, मैले शारीरिक दुःख र प्रतिष्ठा गुमाउने डरले गुनासो गरेंँ, आफ्नै कर्तव्यहरू पूरा गर्न असफल भएँ। मैले आफ्नो कर्तव्य निर्वाह परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि नभएर, बरु शारीरिक आनन्द, ख्याति, र हैसियत पछ्याउनका लागि गरिरहेकी थिएँ। म कति स्वार्थी र नीच भएकी रहेछु! यो महसुस गरेपछि, मलाई एकदमै दोषी महसुस भयो, र मैले अब उप्रान्त आफ्ना हितहरू पछ्याउन चाहिनँ। म परमेश्‍वरको अभिप्रायलाई विचार गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न उहाँमा भर पर्न चाहन्थेंँ। पछि, जब मैले सुसमाचार कार्यकर्ताहरूले कठिनाइ र समस्याहरूको सामना गरिरहेको, वा सुसमाचारका सिद्धान्तहरूको बुझाइमा कमी भएको देखेंँ, मैले गुनासो गर्न छोडेँ बरु बारम्बार कुराकानी गर्न पत्रहरू लेखेंँ, र जब मैले उनीहरूको स्थिति कमजोर भएको देखेंँ, मैले उनीहरूलाई मद्दत र समर्थन गर्न परमेश्‍वरका वचनहरूको सङ्गति गरेंँ। जब मैले यसरी अभ्यास गरेंँ, मैले हरेक दिन पूर्णताले भरिएको, र आफूले लाभहरू प्राप्त गरिरहेको महसुस गरेंँ।

एक दिन, मैले चेङ्गनान मण्डलीको एक सुसमाचार कामदारबाट, उनकी सहकर्मी, सिस्टर जिङ्गआनले कर्तव्यका लागि आफ्नो क्षमता अपर्याप्त भएको महसुस गरेर राजीनामा दिएकी भन्दै लेखिएको एउटा पत्र पाएँ। केही दिनपछि, मैले एक टोली अगुवाबाट सिस्टर वेइ झेनको स्थिति पनि कमजोर रहेको, र उनी भ्रष्ट स्वभावमा जिइरहेकी साथै सुसमाचार प्रचार गर्न अनिच्छुक रहेकी भन्‍ने अर्काे पत्र पाएँ। टोली अगुवाले यो पनि भनिन्, “म पनि कठिनाइमा जिइरहेकी छु र कसरी सहकार्य गर्ने थाहा छैन…।” यी समस्याहरू देखेर, मलाई साँच्चै दिक्क लाग्यो, सोचेंँ, “तिमीहरूलाई किन यति धेरै समस्याहरू छन्? आफ्नो कामको परिणाममा भएका कमीहरूलाई तिमीहरू आफ्ना समस्याहरूको संख्याले पूर्ति गर्छौ। घरी तिमीहरूमध्ये एउटाले राजीनामा दिन्छ, घरी अर्काको स्थिति कमजोर हुन्छ। तिमीहरूको स्थिति समाधानमै धेरै प्रयास गर्नुपर्छ। मैले सुसमाचार प्रचार गर्न समय कसरी निकाल्ने? शारीरिक दुःखको त कुरै नगरौँ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, यदि काम प्रभावकारी भएन भने सुपरभाइजरले मेरो बारेमा के सोच्नुहोला? यो मण्डलीमा धेरै समस्याहरू छन्; मेरो त भाग्य नै खराब रहेछ!” मैले मेरो अवस्था गलत रहेको महसुस गरेँ, त्यसैले मैले यसबारे परमेश्‍वरका वचनहरू खोजेंँ। मैले परमेश्‍वरका वचनहरू पढेंँ: “के यो निराशाबाट उम्कनु सजिलो छ? वास्तवमा, यो सजिलो छ। बस तेरा गलत दृष्टिकोणहरू त्याग्, अनि सबै कुरा राम्ररी, वा तैँले चाहेजस्तै गरी वा सहज रूपमा अघि बढ्छ भनेर अपेक्षा नगर्। गलत कुराहरू आइपर्छन् भनेर नडरा, र त्यसलाई प्रतिरोध वा इन्कार गर्ने नगर्। बरु, आफ्‍नो प्रतिरोध त्याग्, शान्त बन्, र समर्पणको मनोवृत्ति लिएर परमेश्‍वरको अघि आइज, र परमेश्‍वरले तय गर्नुभएका सबै कुराहरू स्वीकार गर्। तथाकथित ‘असल भाग्य’ को पछि नलाग् र तथाकथित ‘खराब भाग्य’ लाई इन्कार नगर्। आफ्‍नो हृदय र आफ्‍नो सम्पूर्ण अस्तित्व परमेश्‍वरलाई दे, उहाँलाई काम र योजना गर्न दे, र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित बन्। परमेश्‍वरले तँलाई जहिले चाहिन्छ तहिले चाहिने जति सबै कुरा दिनुहुनेछ। उहाँले तेरा आवश्यकता र कमीकमजोरीअनुसार तँलाई चाहिने वातावरण, मानिस, घटना, र परिस्थितिहरू योजनाबद्ध गर्नुहुनेछ, ताकि तैँले आफूले सामना गर्ने मानिस, घटना, र परिस्थितिहरूबाट सिक्‍नुपर्ने पाठहरू सिक्‍न सक्। अवश्य नै, यो सबैको पूर्वसर्त के हो भने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति तँमा समर्पणताको मानसिकता हुनुपर्छ। त्यसकारण, सिद्धताको पछि नलाग्; अप्रिय, लाजमर्दा, वा प्रतिकूल घटनाहरू इन्कार्ने वा ती घटित होलान् कि भनेर डराउने नगर्; अनि खराब कुराहरू घटित हुँदा प्रतिरोध गर्नको लागि आफ्‍नो निराशाको प्रयोग नगर्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेंँ यी परिस्थितिहरूमा परमेश्‍वरको असल अभिप्राय हुन्छ। मैले समर्पित हुँदै र परमेश्‍वरको अभिप्राय खोज्दै सुरु गर्नुपर्छ, र कुनै कुराले मेरो प्रतिष्ठा वा शारीरिक हितमा अतिक्रमण गर्ने बित्तिकै प्रतिरोध, गुनासो, वा गनगन गर्दै प्रतिक्रिया दिनुहुँदैन, नकारात्मक भावनाहरूमा जिउनुहुँदैन। आफ्ना कर्तव्यहरूप्रति मैले अपनाउनुपर्ने मनोवृत्ति यो होइन। त्यो समयमा, तीन जना सिस्टरहरू नकारात्मक र कमजोर थिए, भ्रष्ट स्वभावहरूमा जिइरहेका र त्यसबाट बाहिर आउन असमर्थ थिए, जुन धेरै पीडादायी थियो, र यदि यो सङ्गतिद्वारा समयमै समाधान नगरिए, यसले सुसमाचारको कामलाई मात्र असर गर्दैनथ्यो, उनीहरूको जीवन प्रवेशमा समेत ढिलाइ गराउने थियो। मैले उनीहरूप्रति हेला गर्नुहुँदैनथ्यो, बरु प्रेमले सङ्गति गरेर र उनीहरूलाई मद्दत गरेर, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो। त्यसैले मैले तुरुन्तै, आफ्ना अनुभवहरू बाँड्दै र उनीहरूसँग सङ्गति गर्दै, उनीहरूलाई परमेश्‍वरको अभिप्राय बुझ्न र कठिनाइहरूमा जिउन छोड्न मद्दत गर्दै उनीहरूलाई पत्र लेखेंँ। मैले सुसमाचार प्रचारमा मेरा अनुभवहरू र लाभहरूबारे पनि बताएँ। केही दिनपछि, मैले एउटा पत्र पाएँ, जसमा परमेश्‍वरका वचनहरू खाएर र पिएर उनीहरूको अवस्था सुधारिएको, र उनीहरू फेरि सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएका भनिएको थियो। यस्तो परिणाम देखेर, मलाई धेरै सहज महसुस भयो र मेरो आस्था बलियो भयो। सबै कुरा परमेश्‍वरको हातमा छ, र परमेश्‍वरले मेरा लागि जुनसुकै कठिनाइ वा बाधाहरू प्रबन्ध गर्नुभए पनि, मैले तिनीहरूलाई अनुभव गर्न परमेश्‍वरमा भर पर्नुपर्छ, र सबै कुरामा सत्यता खोजेर त्यसमा प्रवेश गर्नुपर्छ। आफ्ना कर्तव्यहरूप्रति मैले अपनाउनुपर्ने मनोवृत्ति यही हो। मैले आरामको अवस्थामा यी लाभहरू र यो बुझाइ प्राप्त गर्न सक्दिनथेंँ!

यो अनुभवपछि, मैले महसुस गरेंँ भाग्य वा दुर्भाग्यले कुराहरूलाई जाँच्नु साँच्चै बेतुकको कुरा हो! साथै, मैले के पनि महसुस गरेंँ भने परमेश्‍वरले मेरा लागि हरेक दिन प्रबन्ध गर्नुहुने परिस्थिति, म त्यसलाई राम्रो ठानूँ वा आफ्नो इच्छाविपरीत, यसमा सधैँ मैले सिक्नुपर्ने पाठहरू समावेश हुन्छन्। यी सबै मेरो जीवन प्रवेशका लागि आवश्यक छन्, र तिनीहरूमा परमेश्‍वरको असल अभिप्राय हुन्छ। मैले सत्यता पछ्याउन कडा परिश्रम गर्नुपर्छ र परमेश्‍वरका वचनहरूको मापदण्डद्वारा मानिसहरू र कामकुराहरूलाई हेर्ने बिन्दुमा पुग्नुपर्छ, र सकेसम्म चाँडो परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।

अघिल्लो: १. साना-ठूला मामिलाहरूमा जीवन प्रवेश सम्भव छ

अर्को: १०. मेरो सतर्कतापन र गलतफहमी हटाइयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्