१. साना-ठूला मामिलाहरूमा जीवन प्रवेश सम्भव छ

लु यी, चीन

सन् २०२४ को फेब्रुअरीमा, म मण्डलीमा लेखन-पठनको कर्तव्य पूरा गरिरहेकी थिएँ। मैले बिस्तारै केही सिद्धान्तहरू बुझ्दै गएँ र आफ्नो काममा धेरै कठिनाइहरूको सामना गरिनँ। मलाई हरेक दिन एकदमै फिका र केही हदसम्म दिक्कलाग्दो लाग्थ्यो। मैले सम्झेँ, जब मैले सुरु-सुरुमा लेखन-पठनको काम गर्न थालेकी थिएँ, मेरो कर्तव्य निर्वाहमा निरन्तर विचलनहरू देखा पर्थे। त्यो बेला सहन गाह्रो भए तापनि, सत्यता खोजेर मैले केही लाभहरू पाएकी थिएँ। मैले सोचेँ, “हालसालै, काममा केही नतिजाहरू देखिएका छन्, विचलन र समस्याहरू कम छन्। मेरो बिरलै काटछाँट हुने गर्दछ, र त्यस्तो कुनै विशेष मन छुने वा हृदयविदारक कुरा भएको छैन। म कहाँ गएर आत्मचिन्तन गर्ने र पाठ सिक्ने? जीवन प्रवेशविना, के मेरो कर्तव्य निर्वाह गर्नु भनेको केवल मेहनत र श्रम गर्नु होइन र? यसबाट मैले अन्ततः के पाउन सक्छु र?” मेरो मनमा केही चिन्ता उब्जियो।

एक दिन, मैले धेरै वटा अनुभवात्मक गवाहीका भिडियोहरू हेरेँ। तीमध्ये धेरैजसो अगुवा र कामदारहरूले लेखेका थिए, र उनीहरूले अनुभव गरेका कुराहरूमा धेरै विविधता थियो। मेरो मनमा ईर्ष्या जाग्यो, र मैले सोचेँ, “अगुवा हुनु नै राम्रो हो। धेरै मानिसहरूसँग अन्तरक्रिया गर्न पाइन्छ, धेरै परिस्थितिहरूको सामना गर्नुपर्छ, र हरेक दिन सिक्ने पाठहरू हुन्छन्, त्यसैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने आशा पनि ठूलो हुन्छ।” त्यसपछि मैले सम्झेँ, पहिले जब म मण्डलीमा सुपरिवेक्षक थिएँ, मैले धेरै मानिसहरूसँग अन्तरक्रिया गरेकी थिएँ, र मानिसहरूलाई खुट्ट्याउने र सिद्धान्तअनुसार उनीहरूसँग व्यवहार गर्ने कुरामा केही प्रगति गरेकी थिएँ। अहिले लेखन-पठनको काम गर्दा जस्तो थिएन, हरेक दिन आफ्नो वरपरका केही सीमित मानिसहरूसँग मात्र अन्तरक्रिया हुन्थ्यो, र सामना गर्नुपर्ने कुनै ठूला समस्याहरू पनि थिएनन्। मलाई पाठ सिक्ने र सत्यता प्राप्त गर्ने अवसरहरू धेरै कम छन् जस्तो लाग्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको दश वर्षभन्दा बढी भइसकेको थियो। यदि, अन्त्यमा, मैले सत्यता प्राप्त गरिनँ भने, के मलाई प्रकाश गरेर हटाइनेछैन र? मलाई अकारण दिक्दारी महसुस भयो, र केही अनुभव पाउनका लागि आफ्नो कर्तव्य वा वातावरण परिवर्तन गर्नेबारे समेत सोचेँ, चाहे यसका लागि सुसमाचार प्रचार गर्नु वा नयाँ विश्‍वासीहरूलाई मलजल गर्नु नै किन नहोस्। तर मलाई थाहा थियो, यस्ता विचारहरू त्यति यथार्थपरक छैनन्। मण्डलीले मलाई यति लामो समयदेखि लेखन-पठनको काममा संवर्धन गरेको थियो, र विशेष परिस्थितिहरूविना कर्तव्यहरू त्यसै फेरबदल गरिँदैन। त्यतिबेला, मलाई दिक्दारी महसुस भयो र आफ्नो कर्तव्यमा जाँगर थिएन।

एउटा भेलाको दौरान, मैले आफूसँग सहकार्य गर्ने सिस्टरलाई आफ्नो स्थितिबारे खुलेर बताएँ। उहाँले मसँग यसो भन्दै सङ्गति गर्नुभयो, “साना-ठूला सबै कुराहरूमा जीवन प्रवेश सम्भव छ। आत्मचिन्तन गर्न र पाठ सिक्नका लागि हृदयविदारक घटनाहरूको अनुभव वा काटछाँटको सामना गर्नुपर्छ भन्‍ने छैन। मुख्य कुरा भनेको दैनिक प्रकट हुने आफ्ना विचारहरूलाई बुझ्नु हो, र आफूले सामना गर्ने विभिन्न कुराहरूबाट पाठ सिक्नमा ध्यान दिनु हो।” मैले संयोगले “जीवनका साना कुराहरू पनि सिकाइका अवसर हुन्” नामक अनुभवात्मक गवाहीको भिडियो हेरेँ। त्यसको मुख्य पात्रको स्थिति मेरो जस्तै थियो। त्यो हेरेपछि, मैले मेरो जीवन प्रवेशमा आएको गतिहीनता मेरो कर्तव्य नीरस भएर होइन, बरु कामकुराप्रतिको मेरो दृष्टिकोणमा समस्या भएर रहेछ भन्‍ने बुझेँ। आफ्नो खोजीमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू पट्टाइलाग्दो हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकाहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तैँले आफ्नो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौँ, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो कामकुरा गर्ने सिद्धान्तअनुरूपको तरिका हो? के यसले तँलाई स्वीकार्य मापदण्डमा रहँदै आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाधित र प्रभावित भएर ढलपलबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरको घरमा जुनसुकै कर्तव्य पूरा गरे पनि, सत्यतालाई पछ्याइयो भने जीवनमा प्रगति हुन सक्छ। आत्मचिन्तन गर्दा, के पाएँ भने मैले लेखन-पठनको काम गर्दा, सीमित अन्तरक्रिया र थोरै अनुभवहरू हुने भएकाले, जीवन प्रवेश ढिलो हुनेछ भन्‍ने सोचेकी रहेछु। त्यसैले म प्रतिरोधको भावनामा जिएकी र यो कर्तव्य पूरा गर्न अनिच्छुक भएकी थिएँ। अहिले मात्र मैले यो दृष्टिकोण कति विकृत रहेछ भन्‍ने देखेँ। यदि तपाईं सत्यता पछ्याउनुहुन्न भने, जुनसुकै कर्तव्य पूरा गरे पनि, तपाईंको कुनै जीवन प्रवेश हुनेछैन, र अन्ततः, तपाईंले केही पनि पाउनुहुन्न। मैले साओमिआओलाई सम्झेँ, उनी ख्रीष्ट विरोधी थिइन् र पहिले सधैँ अगुवाको रूपमा सेवा गरेकी थिइन्। तर उनी सही मार्गमा हिँडेकी थिइनन्, न सत्यता पछ्याएकी थिइन्, उनी सधैँ ख्याति र हैसियतको पछि लाग्थिन्। अन्तमा, उनले मण्डलीको काममा अवरोध र बाधा पुर्‍याएकी थिइन्, पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गरेकी थिइन्, र उनलाई प्रकाश गरेर हटाइएको थियो। यसको विपरीत, केही ब्रदर-सिस्टरहरूले महत्त्वहीन देखिने कर्तव्यहरू गर्थे, र अरूसँग थोरै अन्तरक्रिया हुन्थ्यो, तैपनि कुनै कुरा आइपर्दा, उनीहरू सत्यता खोज्न र आत्मचिन्तन गर्नमा ध्यान केन्द्रित गर्थे, र केही अनुभवात्मक समझ प्राप्त गर्थे। मैले के बुझेँ भने जीवन प्रवेश पाउने-नपाउने र सत्यता प्राप्त गर्ने-नगर्ने भन्‍ने कुरा तपाईंले गर्ने कर्तव्यमा निर्भर हुँदैन, बरु तपाईंले सत्यता पछ्याउने र अभ्यास गर्ने गर्नुहुन्छ कि हुन्न भन्‍नेमा निर्भर हुन्छ। मेरो लेखन-पठनको काम बाहिरबाट हेर्दा केही हदसम्म नीरस देखिए पनि र धेरै मानिसहरूसँग अन्तरक्रिया नहुने भए पनि, मैले सामान्यतया सामना गर्ने कुराहरूबाट सिक्ने पाठहरू अझै पनि थिए। उदाहरणका लागि, जब कामको बोझ बढ्थ्यो र छनोटका लागि मूल्याङ्कन गर्नुपर्ने प्रवचनका लेखहरू धेरै हुन्थे, म लापरवाह र झाराटारुवा बन्थेँ, विवरणहरूलाई राम्ररी जाँच्न असफल हुन्थेँ। यसले गर्दा त्रुटिहरू भएका थिए, जसले गर्दा काम पुनः गर्नुपर्‍यो र प्रगतिमा ढिलाइ भयो। छनोटका लागि प्रवचनका लेखहरू मूल्याङ्कन गर्दा, म अहङ्कारी स्वभाव पनि प्रकट गर्थें, आफ्नो कर्तव्य लामो समयदेखि गरेकी छु र केही कार्य अनुभव प्राप्त गरेकी छु भन्‍ने सोच्थेँ, त्यसैले मैले सिद्धान्तहरू खोजिनँ र आफ्नै इच्छामा भर परेँ। परिणाम स्वरूप, मैले केही योग्य प्रवचनका लेखहरूलाई मिल्काएकी थिएँ। यसका साथै, जब काममा केही नतिजाहरू देखिएका थिए, तब म आत्मसन्तुष्ट स्थितिमा जिएकी थिएँ, आफ्नै उपलब्धिमा मख्ख पर्दै केवल अल्छी गरेर समय बिताउँदै थिएँ। जीवनमा, कहिलेकाहीँ सहकर्मी सिस्टरले अन्जानमा मेरो अभिमानमा चोट पुर्‍याउने केही भन्दा, म धेरै संवेदनशील बन्थेँ। मलाई उनले तुच्छ ठान्छिन् कि भनेर शङ्का समेत लाग्थ्यो, र म आफ्नै अभिमान र हैसियतमा अल्झिएर बसेकी थिएँ। मैले के बुझेँ भने, दैनिक जीवन र काममा विभिन्न साना-ठूला मामिलाहरूसँग मेरो सामना हुनेछ। जबसम्म म लगनशील भएर तिनमा ध्यान दिन्छु, खोजी गर्छु र मनन गर्छु, तबसम्म मैले सबै कुराबाट पाठ सिक्न सक्छु। मलाई थाहा भयो, मेरो जीवन प्रवेशको कमी मैले गरेको कर्तव्यको कारणले होइन, बरु सत्यता पछ्याउन म असफल हुनु र कामहरू सम्पन्न गर्नमा मात्र मैले ध्यान केन्द्रित गर्नुले हो। हरेक दिन व्यस्त भए तापनि, मैले कुनै पाठ सिकेकी थिइनँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ साँच्चै सत्यता र मुक्तिको पछि लाग्‍न इच्छुक छस् भने, प्रथमतः आफ्नो भ्रष्ट स्वभाव, आफ्ना विभिन्‍न मिथ्या सोच, धारणा र कार्यबाट मुक्त हुन थाल्नुपर्छ। परमेश्‍वरले तेरा लागि दैनिक जीवनमा बन्दोबस्त गर्नुभएको परिवेशलाई स्विकार्, उहाँको परीक्षण, जाँच, शोधन र न्यायलाई अँगाल्, परिस्थितिहरू आइपर्दा सत्यता सिद्धान्तअनुसार क्रमिक रूपमा अभ्यास गर्न लागिपर् अनि परमेश्‍वरको वचनलाई दैनिक जीवनमा ले राम्रो व्यवहार देखाउने र कार्य गर्ने तरिकाका सिद्धान्त तथा मापदण्डमा र आफ्नो जीवनमा उत्तरोत्तर परिणत गर्। सत्यता पछ्याउने व्यक्तिमा यही कुरा प्रकट हुनुपर्छ, अनि मुक्ति पछ्याउने व्यक्तिमा प्रकट हुनुपर्ने कुरा पनि यही नै हो। यो सजिलो लाग्छ, चरणहरू सरल हुन्छन्, अनि त्यसमा लम्बेतान व्याख्या हुँदैन, तर यसलाई अभ्यासमा लागु गर्नु त्यति सजिलो हुँदैन। किनभने मानिसहरूमा अति धेरै भ्रष्ट कुरा हुन्छन्: तिनीहरूको क्षुद्रता, तुच्छ षड्यन्त्र, स्वार्थीपन र नीचता, भ्रष्ट स्वभाव अनि सबै प्रकारका चालहरू। त्यसमाथि, कतिपय मानिसमा ज्ञान हुन्छ, तिनीहरूले समाजमा जिउन र चतुऱ्याइँपूर्ण चालहरू जान्नका लागि संसारसँग व्यवहार गर्ने केही दर्शन सिकेका हुन्छन्, अनि तिनीहरूमा मानवतासम्बन्धी केही कमीकमजोरी र त्रुटिहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिस घिचुवा र अल्छे हुन्छन्, अरूचाहिँ वाक्पटु हुन्छन्, कतिपय चाहिँ तुच्छ प्रकृतिका हुन्छन्, अरू भने आफ्नो कार्यमा अहङ्कारी वा अविचारी र आवेशमा आउने हुन्छन्, तीसँगै तिनीहरूमा अन्य थुप्रै त्रुटि हुन्छन्। मानिसहरूले आफ्नो मानवताका सन्दर्भमा हटाउनुपर्ने धेरै कमीकमजोरी र समस्या छन्। तर, यदि तँ मुक्ति पाउने इच्छा गर्छस्, यदि तँ परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्न अनि सत्यता र जीवन प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरको वचन अझ धेरै पढ्नैपर्छ, सत्यता बुझ्नैपर्छ, उहाँको वचन अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्नैपर्छ, अनि सत्यता अभ्यास र सत्यता सिद्धान्तहरू पालन गरेर सुरुवात गर्नैपर्छ। यी केही सरल वाक्यहरू मात्र हुन्, तैपनि मानिसहरू ती अभ्यास वा अनुभव गर्न जान्दैनन्। तेरो क्षमता वा शिक्षाका बाबजुद, अनि तेरो उमेर वा विश्‍वासको अवधिका बाबजुद, जे भए पनि यदि तँ सही उद्देश्यले र सही दिशा पक्रेर सत्यता अभ्यासको सही मार्गमा छस्, अनि यदि तैँले पछ्याउने र प्रयास लगाउने सबै कुरा सत्यता अभ्यासकै लागि हो भने, अन्ततः सत्यता वास्तविकता र परमेश्‍वरको वचन निस्सन्देह तेरो जीवन बन्नेछ। पहिले आफ्नो लक्ष्य निर्धारण गर्, त्यसपछि यो मार्गअनुसार क्रमिक रूपमा अभ्यास गर् अनि अन्त्यमा तैँले पक्कै पनि केही कुरा प्राप्त गर्नेछस्। के तिमीहरूलाई यो विश्‍वास लाग्छ? (लाग्छ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्‍वरका वचनहरू मनन गरेर, मैले के बुझेँ भने मुक्ति प्राप्त गर्न, मुख्य कुरा व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र उसको जीवन स्वभावमा परिवर्तन हुन्छ कि हुँदैन भन्‍नेमा निर्भर गर्दछ। चुरो कुरो यही हो। उदाहरणका लागि, म जीवन प्रवेश नभएको बारेमा गुनासो गरिरहन्थेँ र मुक्ति पाउन नसक्ने चिन्ता गर्थें। म आफ्नो कर्तव्यमा निष्क्रिय र नकारात्मक थिएँ, र आफूलाई अर्को कर्तव्यमा सार्नेबारे समेत विचार गरेकी थिएँ। मैले सामना गरेको यो मामिला मेरा लागि सत्यता खोज्ने र आत्मचिन्तन गर्ने राम्रो अवसर थियो। तर खोज्नु र प्रवेश गर्नुको सट्टा, मैले निरन्तर धेरै उच्च लक्ष्य राख्ने गरेकी थिएँ, महत्त्वपूर्ण मामिलाहरू अनुभव गर्न चाहेकी थिएँ। यो सत्यता पछ्याउनुको प्रकटीकरण थिएन! यदि म यसरी नै लागिरहेँ भने मैले कसरी सत्यता प्राप्त र मुक्ति हासिल गर्न सक्छु र? मैले केवल महत्त्वपूर्ण मामिलाहरू अनुभव गर्न चाहेकी थिएँ, र साना, दैनिक मामिलाहरूलाई बेवास्ता गरेकी थिएँ। कहिलेकाहीँ, जब म गलत स्थितिहरू प्रकट गर्थें वा ममा अनुचित विचार वा सोचहरू देखा पर्थे, तब म तिनले मेरो कर्तव्यमा असर नगरेसम्म ती ठूला मुद्दा होइनन्, र ती समाधान भए पनि नभए पनि फरक पर्दैन भन्‍ने सोच्थेँ। यसले गर्दा मैले सिक्नुपर्ने धेरै पाठहरू व्यर्थैमा गुमेका थिए, जुन मेरो जीवन प्रवेशको एउटा विचलन पनि थियो। वास्तवमा, तपाईं सत्यताको खोजीमा उद्देश्यपूर्ण र लगनशील रहँदासम्म, तपाईंले कुनै पनि परिस्थितिबाट पाठ सिक्न सक्नुहुन्छ। उदाहरणका लागि, कहिलेकाहीँ परमेश्‍वरका वचनहरू खाए र पिएपछि, तपाईंले आफ्ना स्थिति र समस्याहरूबारे केही समझ प्राप्त गर्नुहुन्छ र अभ्यासका लागि मार्ग भेट्टाउनुहुन्छ, जसले केही लाभहरू गराउँछ। कहिलेकाहीँ, तपाईंले व्यक्तिगत रूपमा केही अनुभव नगरे पनि, यदि तपाईं वरपरका ब्रदर-सिस्टरहरूले गरेका छन् भने, उनीहरूको सङ्गति ध्यान दिएर सुनेर पनि तपाईंले लाभ र पाठहरू प्राप्त गर्न सक्नुहुन्छ। अझ, आफ्नो कर्तव्य पूरा गर्दा आफ्ना सोच र विचारहरूको परीक्षणमा ध्यान दिएर, आत्मचिन्तन गर्न सक्षम भएर, र परमेश्‍वरका वचनअनुसार अभ्यास गरेर, जीवनमा वृद्धि पनि हुन सक्छ। यो महसुस गरेपछि, मलाई के लाग्यो भने म धेरै भावशून्य भएकी र सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएकी रहेछु, आफ्नो जीवन प्रवेशको कमीलाई आफ्नो कर्तव्यको नीरसतासँग गलत रूपमा जोडेकी समेत रहेछु। म भोजमा बसेर भोकले ग्रस्त भएको व्यक्तिजस्तै थिएँ—साँच्चै मूर्ख!

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो स्थितिका लागि धेरै सहयोगी थियो, र मैले कसरी अभ्यास गर्ने र प्रवेश गर्ने भन्‍ने पनि थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको मार्ग पछ्याउनुसँग सम्‍बन्धित मामला मुख्य र मामुलीमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—के तिमीहरू यो कुरा बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) दैनिक मामलाको रूपमा केही मामला छन् जसलाई मानिसहरूले मुख्य कुराको रूपमा हेर्छन् र अन्य मामलालाई मामुली तुच्छ कुराको रूपमा हेरिन्छ। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरले नै पठाउनुभएको ठान्छन्। तथापि, जब यी मुख्य मामलाहरू देखा पर्छन् तब मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न प्रायः चुक्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले कुनै पनि मूल्यवान् ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र तिनलाई अलिअलि गर्दै त्यत्तिकै छाडिन्छ। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि तिनीहरूको जाँच गरिने र परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, कामकुराहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्यलाई अनि उहाँको नेतृत्वलाई तैँले हरेक दिन, हरेक क्षण निरन्तर रूपमा इन्कार गरिरहेको हुन्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थिति योजनाबद्ध गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा निगरानी गरिरहनुभएको हुन्छ, तेरो हृदय, तेरा सोच र विचारहरूको छानबिन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् र तैँले कसरी कार्य गर्नेछस् भनेर हेरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस् भने—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू, वा सत्यताप्रति कहिल्यै पनि गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरा लागि बन्दोबस्त गर्नुहुने वातावरणहरूमा उहाँले हासिल गर्न चाहनुहुने कुरा वा तँबाट उहाँले गर्ने मागहरूबारे तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र कामकुराहरू के-कसरी सत्यता वा परमेश्‍वरका अभिप्रायहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी कार्य गर्नुहुन्छ? बारम्‍बार परीक्षाहरू सामना गरेपछि, तैँले तेरो हृदयमा परमेश्‍वरलाई महान्‌ भनेर सम्मान गरेको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूलाई गम्भीरतापूर्वक लिएर परमेश्‍वरबा आएका परीक्षाहरू र जाँचहरू नै मानेको छस्। बरु, एकपछि अर्को गरी, तैँले तेरो लागि परमेश्‍वरले उपलब्ध गराउनुभएका अवसरहरूलाई अस्वीकार गरेको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम विद्रोह होइन र? (हो।)” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूले जीवन प्रवेशका लागि अभ्यासको मार्ग देखाइदिए। परमेश्‍वरको मार्ग पछ्याउँदा साना वा ठूला मामिलाहरूमा भेद गरिँदैन। चाहे सामना गरिएका मामिलाहरू ठूला हुन् वा साना, तिनमा विभिन्न सत्यताका सिद्धान्तहरू हुन्छन् र प्रवेश गर्नका लागि सत्यता खोज्न आवश्यक हुन्छ। मैले पत्रुसलाई सम्झेँ, जो सबै मामिलामा आत्मचिन्तन गर्न र परमेश्‍वरको अभिप्राय खोज्नमा ध्यान केन्द्रित गरेर सत्यता पछ्याउने मार्गमा हिँडेका थिए। उनले परमेश्‍वरका वचनअनुसार कडा अभ्यास गरी प्रवेश गरेका थिए, र अन्तमा, उनले सत्यता प्राप्त गरेका थिए र परमेश्‍वरद्वारा सिद्ध पारिएका थिए। यसको विपरीत, म आफ्नो उचित कामलाई बेवास्ता गर्दै धेरै उच्च लक्ष्य राखिरहेकी थिएँ, आफूले महत्त्वहीन ठानेका कुराहरूलाई बेवास्ता गर्दै सधैँ केही महत्त्वपूर्ण मामिलाहरूबाट पाठ सिक्न चाहेकी थिएँ। परिणाम स्वरूप, मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएकी थिएँ। आफ्नो बारेमा सोच्दा, मैले धेरैजसो समय साना मामिलाहरूमा ध्यान समेत दिएकी थिइनँ। त्यसोभए, मैले ठूला कुराहरूबाट के पाठ सिक्न सक्थेँ र? यस समयपछि, मैले पत्रुसको मार्ग पछ्याउन सिक्नुथियो। मैले सामना गर्ने मामिलाहरू ठूला हुन् वा साना, मैले आफ्ना कार्यहरूको पछाडिका सोच र विचारहरू, र मैले राखेका गलत अभिप्रायहरू, साथै मैले प्रकट गरेका कुनै पनि भ्रष्ट स्वभावहरू जाँच्नमा ध्यान केन्द्रित गर्नुथियो। मैले यी मामिलाहरूलाई सम्बोधन गर्न सत्यता खोज्नमा धेरै ध्यान दिन आवश्यक थियो। साथै, मेरो कामले केही नतिजाहरू दिएका भए तापनि, म वर्तमान परिस्थितिमा सन्तुष्ट हुन सक्दिनथेँ। मैले काममा भएका विचलन र कमीकमजोरी, मैले याद नगरेका समस्याहरूलाई धेरै चिन्तन गर्न र सारांश निकाल्न, र अझ राम्रोसँग काम गर्ने प्रयास गर्न आवश्यक थियो। यो महसुस गरेपछि, मैले लेखन-पठनको कामको प्रतिरोध गर्न छाडेँ। आफ्नो कर्तव्य गर्दा, मैले आफ्नै प्रवेशमा पनि ध्यान केन्द्रित गर्न थालेँ, कामकुरा चिप्लिन नदिने र “लापरवाह व्यक्ति” नबन्ने अठोट गरेँ। यसरी अभ्यास गरेपछि, मैले केही लाभहरू हासिल गरेँ।

केही दिनपछि, सुपरिवेक्षकले हामीलाई छनोटका लागि मूल्याङ्कन गर्न धेरै प्रवचनका लेखहरू दिनुभयो। हामीले तुरुन्तै मूल्याङ्कन र छनोट पूरा गर्‍यौँ, तर हाम्रो मूल्याङ्कनको नतिजाबारे ब्रदर-सिस्टरहरूले फरक-फरक सुझावहरू दिए। पछि, मलाई हाम्रो मूल्याङ्कन साँच्चै नै गलत रहेछ भन्‍ने थाहा भयो। अनि मैले सोचेँ, अबबाट यसलाई सुधार्नु नै पर्याप्त हुनेछ, तर फेरि के महसुस भयो भने यो तरिका अपर्याप्त हुनेछ। मेरो कर्तव्यमा हुने कुनै पनि विचलनलाई गम्भीर रूपमा लिन आवश्यक थियो। मैले विचलन किन र कहाँ भयो, र यो भ्रष्ट स्वभाव वा विज्ञताको कमीका कारणले भएको थियो कि भनेर मनन गर्न आवश्यक थियो। यदि मैले आफ्नै समस्याहरूलाई चिन्तन गर्नमा ध्यान नदिई यस सवाललाई केवल संक्षिप्त रूपमा विचार गरेँ भने, मैले के पाठ सिक्न सक्थेँ र? त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ सत्य प्राप्त गर्न चाहन्छस् भने, तैँले कहाँबाट सुरु गर्छस्? तैँले आफूवरपरका मानिस, घटना र वस्तुहरूबाट सुरु गर्, अनि पाठहरू कसरी सिक्ने र सत्य कसरी खोजी गर्ने त्यो कुरा सिक्। सत्यता र तेरो वरिपरि भएका मानिस, घटना र वस्तुहरूमा परमेश्‍वरका अभिप्राय खोजी गरेर मात्र तँ सत्य प्राप्त गर्न सक्षम हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ)। त्यसपछि मैले मनन गरेँ: यदि हामीले मूल्याङ्कनको दौरान अलि बढी ध्यान दिएको भए ब्रदर-सिस्टरहरूले उठाएका सवालहरूलाई टार्न सकिन्थ्यो, तर त्यस्ता विचलनहरू किन भए त? यसमा चिन्तन गर्दा, मलाई प्रवचनका लेखहरूको मूल्याङ्कनको दौरान मेरो मानसिकता त्रुटिपूर्ण रहेछ भन्‍ने थाहा भयो। मलाई लाग्यो यी ब्रदर-सिस्टरहरूले पहिले लेखेका प्रवचनका लेखहरूको गुणस्तरमा कमी थियो, त्यसैले मैले आफ्नो अहङ्कारी स्वभावको कारणले तिनीहरूलाई तिरस्कार गरेँ। मैले उनीहरूका प्रवचनका लेखहरूलाई ध्यानपूर्वक समीक्षा गरिनँ, जसले गर्दा विचलनहरू आए। मैले यदि आफ्ना भ्रष्ट स्वभावहरू समाधान गरिनँ भने, म आफ्नो कर्तव्य राम्ररी गर्न सक्दिनँ भन्‍ने देखेँ।

यो अनुभव गरेपछि, मलाई साँच्चै के महसुस भयो भने जीवन प्रवेश पछ्याउन, पहिले व्यक्तिमा धार्मिकताका लागि भोक र तिर्खा लाग्ने हृदय हुनैपर्छ, र हरेक दिन आउने साना-ठूला दुवै मामिलाहरूबाट सुरु गर्नुपर्छ। हरेक परिस्थितिमा आफूले कुन भ्रष्ट स्वभाव प्रकट गरेको छ सो अवलोकन गर्नुपर्छ, आफूभित्रका सोच र विचारहरूलाई सक्रिय रूपमा खोज्ने र चिन्तन गर्ने गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तहरू पछ्याएर अभ्यास र प्रवेश गर्नुपर्छ। यसरी अलि-अलि गर्दै जम्मा गरेर र सबै कुरामा पाठ सिक्नमा ध्यान केन्द्रित गरेर, व्यक्तिको जीवन अनुभव अझ धनी हुनेछ, र ऊ मुक्तिको लक्ष्यको नजिक हुनेछ। परमेश्‍वरलाई धन्यवाद!

अर्को: ७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्