८४. म यस बिमारको चिन्ताबाट मुक्त भएँ

सियाओसी, चीन

सन् २०२२ को जूनमा, चिनियाँ कम्युनिष्ट पार्टीले नजिकैका केही मण्डलीमा छापा माऱ्यो। लगभग सबै अगुवा, कामदार, र लेखन-पठनको काम गर्नेहरू पक्राउ परे, र लेखन-पाठनको कामका लागि उपयुक्त कर्मचारी नभएकाले, मलाई त्यहाँ सरुवा गरियो। एक महिनाभन्दा कम समयपछि, म कोभिड-१९ भाइरसबाट सङ्क्रमित भएँ। मलाई रोकिँदै ज्वरो आउने, बारम्बार छाती कस्सिने, र सास फेर्न गाह्रो हुने भइरह्यो। औषधि र सुईले यी लक्षणहरू धेरै कम भए, तर मेरो काखी र पाखुराको भित्री भागमा पीडादायी गाँठाहरू देखा परे, तिघ्रामा तरल पदार्थ जम्मा भयो, र मेरा खुट्टा तथा नितम्ब असाध्यै दुखे। मेरा खुट्टामा पनि हल्का घाउहरू भएर पानी चुहियो। मलाई पहिले पाठेघरको क्यान्सर भएको थियो, र यी लक्षणहरू देखा पर्दा, म धेरै चिन्तित भएँ, विशेष गरी किनभने मेरी आमाको मृत्यु पनि क्यान्सरले नै भएको थियो, र उहाँको मृत्यु हुनुभन्दा छ महिनाअघि उहाँको खुट्टामा पनि घाउ भएर पानी चुहिएको थियो। त्यसमाथि, क्यान्सर भएको ठाउँमा कहिलेकाहीँ दुख्थ्यो, र म झनै चिन्तित भएँ, सोचेँ, “मेरो क्यान्सर पहिले नै मध्यदेखि अन्तिम चरणमा थियो। के यी लक्षणहरू क्यान्सर फैलिएको सङ्केत हुन्? यदि त्यसो हो भने, मसँग धेरै समय बाँकी छैन…। मैले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छु, तर मेरो भ्रष्ट स्वभाव खासै परिवर्तन भएको छैन। यदि म मरेँ भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछैनँ र?” मैले केही क्यान्सर रोगीहरूले मृत्युअघि भोग्ने असह्य पीडा पनि सम्झें, र म धेरै चिन्तित भएँ, उनीहरूले जस्तै कष्ट भोग्नेछु भनी डराएँ र मृत्युसँग भयभीत भएँ। पछि, म जाँचका लागि अस्पताल गएँ। डाक्टरले मेरा लक्षणहरू कोभिड-१९ सङ्क्रमणसँग सम्बन्धित भएको, र मेरो मिर्गौला पनि कमजोर भएको बताए। उनले मलाई धेरै आराम गर्न र राति ढिलोसम्म नबस्न सल्लाह दिए। मैले सोचेँ, “म हरेक दिन बिहानदेखि रातीसम्म कम्प्युटरमा बसेर आफ्नो कर्तव्य गर्छु। यदि मेरो अवस्था बिग्रियो र म ढलेँ भने, के मैले आफ्नो कर्तव्य गर्न सक्नेछैनँ र? के त्यसले मेरो जीवन प्रवेशमा ढिलाइ गर्नेछैन र? के मैले अझै मुक्ति पाउन सक्नेछु?” त्यसपछि, अलिकति असहज महसुस हुनासाथ म आराम गर्न ढल्किहाल्थेँ। मैले आफ्नो शरीरको हेरचाहमा ध्यान दिएर आफ्नो कर्तव्यमा ध्यान नदिएकीले, मेरो काममा ढिलाइ भयो। पछि, उपचारले गर्दा मेरो अवस्थामा सुधार आउन थाल्यो, तर म अझै चिन्तित थिएँ, सोचेँ, “लेखन-पठनको काममा मानसिक परिश्रम चाहिन्छ, र हरेक दिन कम्प्युटरमा बस्दा ऊर्जा खपत हुन्छ। के यसले पछि गएर मेरो स्वास्थ्यलाभमा नकारात्मक असर पार्नेछैन र? किन मैले अगुवालाई अलि हल्का कर्तव्य दिन अनुरोध नगर्ने र, ताकि आफूले सकेसम्म आफ्नो कर्तव्य गर्दै आफ्नो शरीरको हेरचाह पनि गर्न सकूँ?” त्यो बेला, यी विचारहरू मेरो मनमा आइरहे, तर फेरि मैले सोचेँ, “लेखन-पठनको कामका लागि उपयुक्त मानिसहरू नभएकाले मलाई यहाँ सरुवा गरिएको हो, र यदि मैले राजीनामा दिएँ भने, के त्यसले लेखन-पठनको कामलाई असर गर्नेछैन र? यदि मैले आफ्नो मात्रै सोचेँ र मण्डलीको कामबारे सोचिनँ भने, के म अविवेकी हुँदिनँ र?” त्यसैले, मैले राजीनामा दिने विचार त्यागेँ। त्यसपछि, मैले आफ्नो कर्तव्य गरिरहेको देखिए पनि, म अझै निरन्तर चिन्तित थिएँ, मेरो अवस्था बिग्रियो र अचानक मृत्यु भयो भने, मैले परमेश्‍वरको काम अनुभव गर्न पाउनेछैनँ, र मुक्ति पाउने मौका गुमाउनेछु भनी डराएँ। मना यी विचारहरू आएकाले, म आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सक्दिनथेँ। कहिलेकाहीँ त म यस्तो आशासमेत गर्थेँ, “यदि परमेश्‍वरले यो बिमार हटाइदिनुभए त कत्ति राम्रो हुनेथ्यो!”

एक दिन मैले आफ्नो भक्तिको समयमा, परमेश्‍वरका वचनहरू पढेँ: “यदि तेरो जीवनमा रोगबिमारी आइपर्‍यो, र तैँले जति नै धर्मसिद्धान्त बुझेको भए पनि तैँले यसलाई जित्‍न सक्दैनस् भने, तेरो हृदय अझै पनि हैरान, बेचैन र चिन्तित हुन्छ, र तैँले यो कुरालाई शान्त भएर सामना गर्न नसक्‍ने मात्रै होइन, तेरो हृदयसमेत गुनासाहरूले भरिन्छ। तैँले निरन्तर यस्तो सोचिरहेको हुन्छस्, ‘किन अरू कसैलाई यो रोग लागेको छैन? किन मलाई यो रोग लाग्यो? किन मलाई यस्तो भयो? यो त म अभागी र मेरो भाग्य खोटो भएर भएको हो। मैले कसैलाई कहिल्यै चिढ्याएको छैन, न त कुनै पाप नै गरेको छु, त्यसकारण मलाई किन यस्तो भयो? परमेश्‍वरले मसँग साह्रै अन्यायपूर्ण व्यवहार गरिरहनुभएको छ!’ देखिस् त, तँ हैरानी, बेचैनी र चिन्ताबाहेक डिप्रेसनमा पनि पर्छस्, एकपछि अर्को नकारात्मक संवेगमा डुब्छस् र तैँले जति धेरै चाहे पनि तँ कुनै हालतमा ती संवेगहरूबाट उम्कन सक्दैनस्। यो वास्तविक रोग नै भएकोले, यो सहजै हट्ने वा निको हुने हुँदैन, त्यसकारण तैँले के गर्नुपर्छ? तँ समर्पित हुन चाहन्छस् तर सक्दैनस्, र एकदिन तँ समर्पित भइस् भने, भोलिपल्‍ट तेरो अवस्था झन् खराब हुन्छ र धेरै पीडा हुन्छ, त्यसपछि तँलाई समर्पित हुन मन लाग्‍न छोड्छ, र तैँले फेरि पनि गुनासो गर्न थाल्छस्। तँ यसरी नै सधैँ अगाडि-पछाडि गरिरहन्छस्, त्यसकारण तैँले के गर्नुपर्छ? म तँलाई सफलताको रहस्य बताउँछु। तैँले ठूलो रोग सामना गरे पनि वा सानो रोग सामना गरे पनि, तेरो रोग गम्‍भीर हुनेबित्तिकै वा तैँले मृत्यु सामना गरिरहेको बेला, बस एउटा कुरा याद गर्: तैँले मृत्युको डर नमान्। तँ क्यान्सरको अन्तिम चरणमै भए पनि, तँलाई लागेको रोगको मृत्यु दर धेरै भए पनि, तैँले मृत्युको डर नमान्। तेरो कष्टभोग जति ठूलो भए पनि, तैँले मृत्युको डर मानिस् भने, तँ समर्पित हुँदैनस्। … मृत्युको डर नमान्‍नको लागि तैँले अपनाउनुपर्ने सही मनोवृत्ति के हो? यदि तेरो रोग अत्यन्तै गम्‍भीर अवस्थामा पुगेर तँ मर्ने सम्भावना भयो भने, र रोग लागेको व्यक्ति जति उमेरको भए पनि यो रोगको मृत्यु दर धेरै छ, र यो रोग लागेपछि मृत्यु हुने अवधि निकै थोरै छ भने, तैँले हृदयमा के विचार गर्नुपर्छ? ‘मैले मृत्युको डर मान्‍नु हुँदैन किनभने अन्त्यमा सबैजना मर्छन्। तर परमेश्‍वरमा समर्पित हुने कार्य धेरैजसो मानिसहरूले गर्न नसक्‍ने कुरा हो, र मैले यो रोगलाई प्रयोग गरेर परमेश्‍वरमा समर्पित हुने अभ्यास गर्न सक्छु। ममा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने सोच र मनोवृत्ति हुनुपर्छ, र मैले मृत्युको डर मान्‍नु हुँदैन।’ मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्‍नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो। यसबाहेक, तैँले तेरो रोग अझै खराब भएर जान्छ कि जाँदैन, वा तेरो उपचार भएन भने तँ मर्छस् कि मर्दैनस्, वा तँ कति समयपछि मर्छस्, वा मर्ने बेलामा तँलाई कस्तो पीडा हुन्छ भन्‍नेबारेमा पटक्‍कै चिन्ता गर्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता गर्नु हुँदै हुँदैन; तैँले चिन्ता गर्नुपर्ने कुराहरू यी हुँदै होइनन्। किनभने त्यो दिन आउने नै छ, र त्यो कुनै साल, महिना, र कुनै निश्‍चित दिनमा पक्‍कै आउनेछ। तँ यसबाट लुक्‍न सक्दैनस् र यसबाट उम्कन सक्दैनस्—यो तेरो नियति हो। तेरो तथाकथित नियति परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ र उहाँले पहिले नै यसको बन्दोबस्त मिलाइसक्‍नुभएको छ। तेरो आयु र उमेर अनि तँ मर्ने समय परमेश्‍वरले पहिले नै तय गरिसक्‍नुभएको छ, त्यसकारण तँ केको चिन्ता गर्छस्? तैँले यसबारे चिन्ता गर्न सक्छस् तर यसले केही परिवर्तन गर्दैन; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर तैँले यो घटनालाई रोक्‍न सक्दैनस्; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर त्यो दिन आउनबाट रोक्‍न सक्दैनस्। त्यसकारण, तेरो चिन्ता अनावश्यक छ, र यसले तेरो रोगको बोझ झन् गह्रौँ बनाइदिने मात्रै गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्‍वरका वचनहरू पढेपछि के बुझेँ भने हामीलाई जे बिमार लागे पनि—चाहे त्यो बिग्रँदै जाओस् वा त्यसले हाम्रो जीवनलाई खतरामा पारोस्—हामी मृत्युसँग, मृत्युसँगै आउन सक्ने कष्टसँग डराउनु हुँदैन। यी हामीले चिन्ता लिनुपर्ने कुरा होइनन्, किनकि परमेश्‍वरको निर्धारणअनुसार, सबैले मर्नैपर्छ। तर, हरेक व्यक्तिको मृत्युको समय र तरिका परमेश्‍वरले पूर्वनिर्धारण गरिसक्नुभएको हुन्छ। कोही पनि यसबाट बच्न वा भाग्न सक्दैन। कष्ट र मृत्यु सामना गर्दा हामीले प्रवेश गर्नुपर्ने सत्यता भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। तर ममा परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूबारे साँचो बुझाइ थिएन, र म सधैँ यस अवस्थाबाट भाग्न चाहन्थेँ। मेरो क्यान्सर पहिले नै मध्यदेखि अन्तिम चरणमा भएकाले, र मेरो शरीरले केही खराब लक्षणहरू देखाइरहेकाले, मलाई मेरो अवस्था झन् बिग्रिएला र म अचानक मर्नेछु भन्‍ने चिन्ता भयो, त्यसैले मैले अझ सजिलो कर्तव्यमा सर्न चाहिरहेँ। वास्तवमा, कर्तव्य थकाइलाग्दो होस् वा सजिलो, र त्यसले व्यक्तिको ऊर्जा खपत गरोस् वा नगरोस्, त्यसले उसको जीवन वा मृत्यु निर्धारण गर्दैन। यो सब परमेश्‍वरको निर्धारण र बन्दोबस्तहरूद्वारा निर्धारित हुन्छ। उदाहरणका लागि, मैले चिनेका कतिपय मानिस जो कुनै बिमारविनाका बलिया र स्वस्थ देखिन्थे, र सजिलो, नथकाउने काम गर्थे, तर उनीहरू कलिलै उमेरमा बिते। केही मानिस, कमजोर र बिमारी भए पनि, कठिन परिस्थितिमा जिएर, असी वा नब्बे वर्षसम्म बाँच्छन्। यसले के देखाउँछ भने कुनै व्यक्तिको जीवन र मृत्यु यी वस्तुगत अवस्थाहरूसँग सम्बन्धित हुँदैन। जब कुनै व्यक्ति परमेश्‍वरले निर्धारण गर्नुभएको आयुमा पुग्छ, तब ऊ अनिवार्य रूपमा मर्नेछ। जतिसुकै मानवीय हेरचाहले उसको आयु एक क्षण पनि बढाउन सक्दैन। विशेष गरी जब मैले परमेश्‍वरका वचनहरू पढेँ जसले यसो भन्छन्: “मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्‍नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो।” मेरो मन अचानक स्पष्ट भयो। मेरो शरीरले मृत्यु सहन सक्छ कि सक्दैन भनेर मैले चिन्ता लिनु आवश्यक थिएन। मृत्यु मैले सोचेजस्तो डरलाग्दो छैन। परमेश्‍वरले म यस्तो परिस्थितिबाट गुज्रनेछु भनेर निर्धारण गर्नुभएकाले, बिमारी अवस्थामा पनि समर्पित हुनुपर्थ्यो र मैले आफ्नो कर्तव्य निभाउन सक्दो गर्नुपर्थ्यो। यदि एक दिन मेरो बिमार बिग्रियो र साँच्चै मृत्यु आयो भने, म त्यो शान्तपूर्वक सामना गर्नेछु र परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनेछु।

मैले परमेश्‍वरका वचनका दुईवटा थप खण्डहरू पढेँ र उहाँका असल अभिप्रायहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्‍ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्‍वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्‍वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्‍नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वरले तँलाई योजना बनाउन लगाउनुहुन्‍न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्‍न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्‍न दिनुहुन्‍न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा त्यो रोगप्रति तेरो आफ्‍नो मनोवृत्ति के छ त्यो जान्‍न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्‍न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तँ बिरामी पर्ने परिस्‍थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्। त्यसकारण, जब रोगबिमारी आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्‍ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “तँमाथि जे-जस्तो परीक्षा आइपरे पनि, तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको बोझको रूपमा लिनुपर्छ। मानौँ कतिपय मानिसहरू रोग र सहनै नसकिने कष्टले थलिएका छन्, कतिले त मृत्युको समेत सामना गर्छन्। यस्तो परिस्थितिलाई तिनीहरूले कसरी लिनुपर्छ? धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौँ बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरका अभिप्रायहरूलाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यमा बफादारिताको साथ लागिरहन्छस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ)। मैले परमेश्‍वरका वचनहरू पढेपछि के बुझेँ भने परमेश्‍वरको अभिप्रायमा, बिमारीपनको उद्देश्य मानिसहरूलाई शुद्ध पार्नु र परिवर्तन गर्नु हो, जुन व्यक्तिको जीवनका लागि लाभदायक हुन्छ। परमेश्‍वर मानिसहरू समर्पित हुन सक्नेछन्, उनीहरूले आफ्नो भ्रष्टता र विद्रोहबारे चिन्तन गर्नेछन्, त्यसलाई समाधान गर्न सत्यता खोज्नेछन्, र बिमारी अवस्थामा पनि आफ्नो कर्तव्य बफादारीपूर्वक गर्नेछन् भन्‍ने आशा गर्नुहुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा यही हो। आत्मचिन्तन गर्दा, मैले के बुझेँ भने म आफ्नो बिमारी अवस्थामा समर्पित भएकी थिइनँ, न त मैले त्यसबाट कुनै पाठ नै सिकेकी थिएँ, बरु म सधैँ त्यस परिस्थितिबाट भाग्न चाहन्थेँ, लेखन-पठनको कामले धेरै ऊर्जा खपत गर्छ भन्‍ने सोच्थेँ, र बिमार बिग्रियो र म मरेँ भने मुक्तिको मौका गुमाउनेछु भनी चिन्ता गर्थेँ, त्यसैले म सधैँ सजिलो कर्तव्यमा सर्ने विचार गर्थेँ। विवेक र समझ भएको व्यक्ति बिरामी हुँदासमेत, विशेष गरी मण्डलीको कामलाई सबैभन्दा बढी आवश्यक पर्दा आफ्नो कर्तव्यमा बफादार रहनेथ्यो। तर, बिमारीपन सामना गर्दा मैले प्रतिरोध गर्ने र जोगिने भावना देखाएँ। ममा परमेश्‍वरप्रति कुनै निष्ठा र समर्पण थिएन, र मैले आफ्नो हितलाई मात्र विचार गरेँ। यसबारे चिन्तन गरेपछि, मैले पश्चात्ताप गर्न चाहेँ। जस्तोसुकै बिमार लागे पनि र त्यो जति नै गम्भीर भए पनि, सास रहुन्जेल म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू समर्पित हुनेथिएँ, यस वातावरणलाई पूर्ण रूपमा अनुभव गर्नेथिएँ र आफ्नो कर्तव्य गर्न सक्दो गर्नेथिएँ। मैले अर्को कर्तव्यमा सर्ने सोच हटाएँ, र आफ्नो कर्तव्य निर्वाहमा हृदय लगाउन थालेँ। कहिलेकाहीँ मेरो शरीरलाई असहज हुँदा र मैले साँच्चै सहन नसक्दा, म केही बेर आराम गर्न ढल्किन्थेँ, र मलाई राम्रो महसुस हुँदा, म आफ्नो कर्तव्य जारी राख्थेँ। यस अवधिमा, मैले उपचारका लागि परम्परागत चिनियाँ औषधि लिनुका साथै, दुखाइ कम गर्न उपयुक्त शारीरिक उपचार पनि गरेँ। चार महिना बित्यो, र बिमार लागेको ठाउँमा अझै दुखाइ थियो, तर अन्य असहज लक्षणहरू धेरै कम भएका थिए, र मेरो मानसिक स्थिति निकै राम्रो भयो।

पछि, मैले आफू बिरामी अवस्थामा किन समर्पित हुन नसकेको भन्‍ने कारणहरू खोजिरहेँ। एक दिन भक्तिको समयमा, मैले परमेश्‍वरका वचनका दुइटा खण्ड पढेँ जसले मलाई आफ्ना समस्याहरूबारे केही बुझाइ दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्नै सम्भाव्यता, भाग्य र हितहरूबारे मात्र विचार गर्दा त्यसको परिणाम के हुन्छ? तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित सजिलो छैन, र तिनीहरूले इच्छा गरेर पनि त्यसो गर्न सक्दैनन्। विशेष गरी आफ्नै सम्भाव्यता, भाग्य र हितहरूलाई विशेष महत्त्व दिने मानिसहरूले सधैँ परमेश्‍वरको काम आफ्ना सम्भाव्यता र भाग्यको लागि, र आफूले आशिष्‌हरू प्राप्त गर्नको लागि लाभदायक छ कि छैन भनी अनुसन्धान गर्छन्। अन्त्यमा, तिनीहरूको अनुसन्धानको परिणाम के हुन्छ? तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने काम मात्रै गर्छन्। तिनीहरूले आफ्‍ना कर्तव्यहरू निभाउन जोड गर्दा पनि, तिनीहरूले झारा टार्ने तरिकाले अनि नकारात्मक मनस्थितिमा रहेर काम गर्छन्; तिनीहरूले आफ्‍नो हृदयमा कसरी फाइदा लिने, र घाटामा नपर्ने भनेर मात्र सोचिरहेका हुन्छन्। तिनीहरूले आफ्‍ना कर्तव्य निभाउँदा यस्तै मनसाय राखेका हुन्छन्, र यस क्रममा, तिनीहरूले परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन्। … तिनीहरूले कहिल्यै पनि मण्डलीको कामको बारेमा विचार गर्दैनन्, न त परमेश्‍वरको घरका हितहरूका बारेमा नै विचार गर्छन्, तिनीहरूले सधैँ आफ्‍नै खातिर षड्यन्त्र गर्छन्, सधैँ आफ्‍नै हितहरू, प्रतिष्ठा, र हैसियतको लागि योजना बनाउँछन्, र तिनीहरूले राम्ररी आफ्‍ना कर्तव्य ननिभाउने मात्र नभई मण्डलीको काममा ढिलाइ गराउने र त्यसमा असर पुर्‍याउनेसमेत गर्छन्। के यो बहकिनु र आफ्ना कर्तव्यलाई बेवास्ता गर्नु होइन र? यदि कसैले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ आफ्‍नै हित र सम्भाव्यताहरूको लागि योजना बनाइरहेको हुन्छ, अनि मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूका बारेमा केही विचार गर्दैन भने, यो त कर्तव्य निर्वाह गर्नु होइन। यो अवसरवाद हो, यो आफ्नै लाभको लागि कामकुराहरू गर्नु र आफ्नै लागि आशिष्‌हरू प्राप्त गर्नु हो। यसरी, तिनीहरूको कर्तव्य गराइको प्रकृति परिवर्तन हुन्छ। त्यो परमेश्‍वरसित मोलमोलाइ गर्नु, र आफ्नो कर्तव्यपालन प्रयोग गरेर आफ्ना लक्ष्यहरू हासिल गर्न चाहनु मात्र हो। कामकुराहरू गर्ने त्यो तरिकाले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउने ठूलो सम्भावना हुन्छ। यदि त्यसले मण्डलीको काममा सानो क्षति मात्र पुर्‍याउँछ भने, अझै पनि छुटकाराको ठाउँ हुन्छ र तिनीहरूलाई हटाउनुको साटो अझै पनि कर्तव्य निभाउने अर्को अवसर दिन सकिन्छ; तर यदि त्यसले मण्डलीको काममा ठूलो क्षति पुर्‍याउँछ र परमेश्‍वर र मानिसहरू दुबैलाई क्रोधित तुल्याउँछ भने, तिनीहरूको खुलासा गरेर हटाइनेछ, र तिनीहरूलाई कर्तव्य निभाउने थप अवसर दिइनेछैन। कतिपय मानिसहरू यसरी नै बर्खास्त र निष्कासित हुन्छन्। तिनीहरू किन निष्कासित हुन्छन्? के तिमीहरूले यसको मूल कारण भेट्टाएका छौ? यसको मूल कारण के हो भने, तिनीहरू सधैँ आफ्नै फाइदा र क्षतिहरूबारे मात्र विचार गर्छन्, आफ्नै हितहरूमा लिप्त हुन्छन्, देहविरुद्ध विद्रोह गर्न सक्दैनन्, र परमेश्‍वरप्रति समर्पित मनोवृत्ति बिलकुलै राख्दैनन्, त्यसैले तिनीहरूमा लापर्बाहीपूर्वक व्यवहार गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले नाफा, अनुग्रह, र आशिष्‌हरू प्राप्त गर्नको निम्ति मात्र परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता प्राप्त गर्नको निम्ति बिलकुलै विश्‍वास नगर्ने हुनाले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास असफल हुन्छ। समस्याको जड नै यही हो। के तिमीहरूलाई तिनीहरूको खुलासा गर्नु र तिनीहरूलाई हटाउनु अन्याय हो जस्तो लाग्छ? त्यो अलिकति पनि अन्याय होइन, त्यो त पूर्णतया तिनीहरूको प्रकृतिद्वारै निर्धारित कुरा हो। सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने जोकोहीलाई अन्त्यमा पर्दाफास गरेर हटाइने नै छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। “ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु कुनै संयोग होइन—तिनीहरूले आफ्नो अभिप्राय र उद्देश्य, अनि आशिष्‌हरू प्राप्त गर्ने आफ्नो इच्छाद्वारा अवश्य नै आफ्नो कर्तव्य पूरा गर्छन्। अनि अवश्य नै, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको उद्देश्य र मनोवृत्तिलाई तिनीहरूले दिनरात सोच्ने र चिन्ता गर्ने आशिष्‌हरू, असल गन्तव्य, एवं असल सम्भाव्यता र नियति प्राप्त गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। तिनीहरू आफ्नो कामबाहेक अरू कुनै कुराबारेमा पनि नबोल्‍ने व्यापारीहरूजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि त्यो सबै ख्याति, लाभ, र हैसियतसँग सम्बन्धित हुन्छ—त्यो सबै आशिष्‌हरू प्राप्त गर्नु अनि सम्भाव्यताहरू र नियतिसँग जोडिएको हुन्छ। भित्री रूपमा, तिनीहरूको हृदय त्यस्ता कुराहरूले भरिएको हुन्छ; र त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यस्तो प्रकृति सारको कारणले गर्दा नै अरूले तिनीहरूको अन्तिम परिणाम हटाइनु हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वर ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य परमेश्‍वरको काम अनुभव गर्न र सत्यता प्राप्त गर्न नभई, बरु आफ्नै हित पछ्याउन आफ्ना कर्तव्य गर्ने अवसर प्रयोग गर्न र स्वर्गको राज्यका आशिषहरू माग्नका लागि गर्छन् भनेर खुलासा गर्नुहुन्छ। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य गर्दा गलत अभिप्राय राख्ने हुनाले, जब उनीहरू आफ्ना सम्भाव्यता र गन्तव्यलाई हानिकारक हुने परिस्थितिहरू सामना गर्छन्, तब उनीहरूलाई समर्पित हुन गाह्रो हुन्छ। उनीहरूले कर्तव्य गरेजस्तो देखिए पनि, केवल झारा टारिरहेका हुन्छन्, जसले गर्दा मण्डलीको काममा हानि पुग्छ, अनि व्यवधान र अवरोधहरू खडा हुन्छन्। त्यसबाहेक, उनीहरूमा निरन्तर पश्चात्तापी हृदयको कमी हुन्छ, र अन्ततः उनीहरू परमेश्‍वरद्वारा प्रकट गरिन्छन् र हटाइन्छन्। मैले पनि आफ्नो बिमारीपनमा मण्डलीको कामलाई कुनै वास्ता नगरी, आफ्नै सम्भाव्यता र गन्तव्यलाई वास्ता गरिरहेकी थिएँ। यी मण्डलीहरूमा लेखन-पठनको काम गर्ने व्यक्ति म मात्र थिएँ, तर म परिश्रमले मेरो स्वास्थ्यलाई गर्नेछ भनेर चिन्तित भएँ, मेरो अवस्था बिग्रियो र म मरेँ भने मुक्तिको मौका गुमाउनेछु भनेर डराएँ, त्यसैले आफ्नो कर्तव्यबाट भागेर अलि सजिलो कर्तव्यमा सर्न चाहन्थेँ। सत्य कुरा के थियो भने मेरो बिमार खासै गम्भीर थिएन, र कोभिड-१९ लागेपछि, मेरो शरीर अलि कमजोर थियो र ममा केही प्रतिकूल लक्षणहरू थिए, तर असहज महसुस हुँदा केही बेर आराम गरेपछि ठिक हुन्थ्यो। तैपनि मैले आफ्नै शरीरबारे सोचिरहेँ, जसले काममा ढिलाइ गरायो। म साँच्चै स्वार्थी र घृणित थिएँ, ममा कुनै विवेक र समझ थिएन। मैले प्रकट गरिएका र हटाइएकाहरूबारे सोचेँ। कोही सुरुमा जोसिला थिए र आफूलाई समर्पित गरेका थिए, तर उनीहरूले सत्यता पछ्याएनन् र आशिषहरू मात्र खोजे। बिमार र मृत्यु सामना गर्दा, उनीहरू आशिष्‌ पाउने आफ्नो आशा चकनाचूर भएको देखेर गुनासोले भरिए, नकारात्मक र लापरवाह भए, र उनीहरूले आफ्नो कर्तव्यसमेत त्यागे, परमेश्‍वरलाई छोडे र विश्‍वासघात गरे। खोजीप्रतिको मेरो दृष्टिकोण उनीहरूको जस्तै थियो, र यदि मैले पश्चात्ताप नगरेकी भए, म पनि उनीहरूजस्तै हटाइनेथिएँ।

एक दिन, मैले क्यान्सर भएको ठाउँमा दुखाइ बढेको महसुस गरेँ, र ममा फेरि उद्दण्ड विचारहरू आउन थाले, सोचेँ, “के मेरो शरीरभरि क्यान्सर फैलियो?” म एकदमै डराएँ, र मनमनै भनेँ, “क्यान्सर फैलिएको भए तापनि, म अझै परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनेछु।” म जाँचका लागि अस्पताल गएँ, र डाक्टरले त्यस ठाउँमा हल्का जलन मात्र छ, कुनै क्यान्सर कोशिकाहरू छैनन् भनेर भने, र मलाई उपचारका लागि परम्परागत चिनियाँ औषधि लिइरहन सुझाव दिए। जाँचको नतिजा हेरेर, मलाई यो मप्रति परमेश्‍वरको कृपा हो, र परमेश्‍वरले मलाई पश्चात्ताप गर्न र परिवर्तन हुन सकूँ भनेर जिउने मौका दिइरहनुभएको छ भन्‍ने थाहा भयो। मैले आफ्नो भक्तिको समयमा, परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूसँग यो जीवनमा यी कुराहरू बुझ्नेदेखि लिएर यो अवसर पाउने, यो क्षमता हासिल गर्ने, सृष्टिकर्तासँग संवाद गर्न आवश्यक सर्त पूरा गर्ने, सृष्टिकर्ताबारे साँचो बुझाइ, ज्ञान र डर भएको स्थिति हासिल गर्ने, अनि परमेश्‍वरको भय मान्‍ने र शैतानबाट अलग बस्‍ने मार्ग हिँड्नेसम्मका कार्य गर्नका लागि सीमित समय हुन्छ। यदि तँ अहिले परमेश्‍वरले तँलाई चाँडै डोर्‍याउनुभएको चाहन्छस् भने, तँ आफ्नो जीवनप्रति जिम्मेवार भइरहेको छैनस्। जिम्मेवार हुन, तैँले आफूलाई सत्यताले सुसज्‍जित पार्न कडा मेहनत गर्नुपर्छ, आफूलाई परिस्थितिहरू आइपर्दा झन् बढी आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्ना कमीकमजोरी तुरुन्तै परिपूर्ति गर्नुपर्छ। तैँले सत्यता अभ्यास गर्ने, सिद्धान्तअनुसार कार्य गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, परमेश्‍वरलाई अझ धेरै चिन्‍ने, परमेश्‍वरका अभिप्रायहरू जान्‍न र बुझ्न सक्षम हुने, र अफ्नो जीवन व्यर्थमा नजिउने गर्नुपर्छ। तैँले सृष्टिकर्ता कहाँ हुनुहुन्छ, सृष्टिकर्ताका अभिप्रायहरू के हुन्, अनि सृष्टिकर्ता कसरी खुसी, रिस, दुःख र आनन्द व्यक्त गर्नुहुन्छ भनेर जान्‍नुपर्छ—तैँले गहन चेतना वा पूर्ण ज्ञान प्राप्त गर्न सकिनस् भने पनि, कम्तीमा परमेश्‍वरबारे आधारभूत बुझाइ प्राप्त गर्नुपर्छ, उहाँलाई कहिल्यै विश्‍वासघात गर्नु हुँदैन, आधारभूत रूपमा परमेश्‍वरसँग मिल्दो बन्‍नुपर्छ, परमेश्‍वरप्रति विचारशील हुनुपर्छ, परमेश्‍वरलाई आधारभूत सान्त्वना दिनुपर्छ, अनि सृष्टि गरिएका प्राणीहरूले उचित र आधारभूत तवरमा हासिल गर्नयोग्य कुराहरू गर्नुपर्छ। तर यी सजिला कुरा होइनन्। मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई बिस्तारै चिन्दै जान सक्छन्, र त्यही क्रममा परमेश्‍वरलाई चिन्‍न सक्छन्। वास्तवमा, यो प्रक्रिया सृष्टिकर्ता र सृष्टि गरिएको प्राणीबीचको अन्तरक्रिया हो, र यो व्यक्तिको जीवनभर स्मरणयोग्य प्रक्रिया हुनुपर्छ। यो प्रक्रिया पीडादायी र कठिन नबनी मानिसहरूले आनन्द लिन सक्‍ने कुरा हुनुपर्छ। तसर्थ, मानिसहरूले कर्तव्य निर्वाहमा बिताएको दिन र रात, वर्ष र महिनाको कदर गर्नुपर्छ। तिनीहरूले जीवनको यो चरणको कदर गर्नुपर्छ, अनि यसलाई भार वा बोझ ठान्‍नु हुँदैन। तिनीहरूले आफ्नो जीवनको यस चरणको अनुभवात्मक ज्ञान चाख्‍नु र हासिल गर्नुपर्छ। त्यसपछि, तिनीहरूले सत्यता बुझ्नेछन् र मानिसहरूका स्वरूपमा जिउनेछन्, परमेश्‍वरको भय मान्‍ने हृदय पाउनेछन्, अनि झन्-झन् कम दुष्कर्म गर्दै जानेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यास र सत्यता प्रवेशको मार्ग भेट्टाएँ। मुक्ति पाउन र सिद्ध हुन व्यक्तिले सत्यता पछ्याउनैपर्छ, परमेश्‍वरले बन्दोबस्त गर्नुभएका विभिन्न वातावरणको कदर गर्नैपर्छ, तीबाट आफ्नो भ्रष्टता र कमीकमजोरीहरू बुझ्नैपर्छ, सबै कुरालाई परमेश्‍वरका वचनमा आधारित गर्नैपर्छ, सत्यता अभ्यासमा ध्यान केन्द्रित गर्नैपर्छ, र परमेश्‍वरका वचनहरूको वास्तविकतामा जिउनैपर्छ, तब मात्र व्यक्ति मुक्तिको मार्गमा हिँड्न सक्छ। मेरो बिमारीपनलाई फर्केर हेर्दा, म असफल भएकी थिएँ किनभने मैले परमेश्‍वरको काम अनुभव गर्ने खोक्रा घोषणाहरू मात्र गरेँ, मैले परमेश्‍वरले सावधानीपूर्वक बन्दोबस्त गर्नुभएको यस वातावरणलाई कदर गरिनँ, झन् यस बिमरमार्फत परमेश्‍वरले मेरो कस्तो भ्रष्ट स्वभाव प्रकट गरिरहनुभएको छ वा मैले सत्यताको कुन पक्षमा प्रवेश गर्नुपर्छ भनेर मनन गर्नु त परै जाओस्। बरु, मैले यस बिमारलाई दिकदारी र बोझका रूपमा लिएँ। कामकुरा अनुभव गर्ने मेरो तरिकालाई विचार गर्दा, मेरो शरीर स्वस्थ र रोग वा समस्यामुक्त भए पनि, म मुक्ति पाउन सक्नेथिइनँ। परमेश्‍वरले अझै मेरो जीवन लिनुभएको छैन र मलाई अझै जिउने मौका दिनुभएको छ। ममा विवेक र समझ हुनैपर्छ, मैले आफूलाई सत्यताले सुसज्जित पार्नैपर्छ, र परमेश्‍वरका वचनको वास्तविकतामा जिउनमा ध्यान केन्द्रित गर्नैपर्छ।

पछि, मलाई लगातार दुईपटक कोभिड-१९ लाग्यो, र मेरो छातीको दुखाइ स्पष्ट रूपले बढ्यो। ममा उद्दण्ड विचारहरू नआई सक्दै सकेनन्, जस्तै “के मेरो फोक्सोमा पनि क्यान्सर पलाएको हुन सक्छ?” यो सोच्दा, मेरो हृदयमा अवर्णनीय असहजता महसुस भयो। लेखन-पठनको टोलीसँग कामको सारांशीकरण गर्ने दिन, म फेरि चिन्तित भएँ, सोचेँ, “म भर्खरै निको भएकी छु; यदि म बाहिर जाँदा फेरि सङ्क्रमित भएँ भने के होला? मेरो शरीरले अब कुनै कष्ट सहन सक्दैन।” मैले अगुवालाई मेरो ठाउँमा जान अनुरोध गर्न चाहेँ। तर जब यी विचारहरू उठे, मलाई परमेश्‍वरका वचनको यो खण्ड याद आयो: “मानिसहरूले कर्तव्य निर्वाहमा बिताएको दिन र रात, वर्ष र महिनाको कदर गर्नुपर्छ। तिनीहरूले जीवनको यो चरणको कदर गर्नुपर्छ, अनि यसलाई भार वा बोझ ठान्‍नु हुँदैन। तिनीहरूले आफ्नो जीवनको यस चरणको अनुभवात्मक ज्ञान चाख्‍नु र हासिल गर्नुपर्छ। त्यसपछि, तिनीहरूले सत्यता बुझ्नेछन् र मानिसहरूका स्वरूपमा जिउनेछन्, परमेश्‍वरको भय मान्‍ने हृदय पाउनेछन्, अनि झन्-झन् कम दुष्कर्म गर्दै जानेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा, म बिस्तारै शान्त भएँ, र मैले मेरो बिमारले अझै मेरो जीवनलाई साँच्चै खतरामा पारेको छैन, र यो छातीको केही दुखाइ मात्र हो भनेर थाहा पाएँ। मैले शारीरिक असहजताको कारण आफ्नो कर्तव्यबाट भाग्ने मेरो चाहनालाई विचार गरेँ। म कुन तरिकामा परमेश्‍वरप्रति बफादार र समर्पित भएकी थिएँ? म एकदमै स्वार्थी भएकी थिएँ! मैले सत्यता खोज्न वा परमेश्‍वरको काम अनुभव गर्नमा ध्यान दिएकी थिइनँ, र सत्यता पाउने धेरै मौका गुमाएकी थिएँ। अब मैले यी मौकाहरूमध्ये कुनै पनि गुमाउनु हुँदैनथ्यो। मैले स्वीकार र समर्पण गर्नैपर्छ, र यस वातावरणलाई साँच्चै अनुभव गर्नैपर्छ। म फेरि कोभिड-१९ बाट सङ्क्रमित भए भने पनि, यो मैले सहनैपर्ने कष्ट थियो, र मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य गर्नैपर्छ। जब मैले यसरी सोचेँ, तब मेरो हृदय स्वतन्त्र भएको महसुस भयो, र नकारात्मक संवेगहरूले बाँधिन वा नियन्त्रित हुन छोड्यो। आफ्नो कर्तव्य निर्वाहमा हृदय लगाएपछि, मलाई स्थिर र शान्ति महसुस भयो।

अघिल्लो: ८३. म बल्ल दुष्ट मानिसहरूलाई खुट्याउन सक्ने भएँ

अर्को: ८५. अप्रिय तथ्यलाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्