७८. कर्तव्य निर्वाह गर्ने काम सन्तानको धर्मसँग बाझिँदा
विगत केही वर्षमा, मैले घरबाट टाढा रहेर कर्तव्य निर्वाह गरेँ। मलाई कहिलेकाहीँ आमाको याद आउँथ्यो, तर म काममा व्यस्त हुन्थेँ र उनी अझै उमेरदार र तन्दुरूस्त नै थिइन्, त्यसैले कर्तव्य निर्वाह गर्ने क्रममा म त्यति धेरै बाधित वा चिन्तित हुन्नथें। त्यसपछि २०२० को सेप्टेम्बरमा, कम्युनिष्ट पार्टीले जनगणनाको निहुँमा घर-घर गएर विश्वासीहरू खोजी गर्यो। त्यस जनगणनाको क्रममा, मलाई प्रहरीले पक्राउ गरेर थुनामा राख्यो। जब म धरौटीमा रिहा भएर घर गएँ, त्यतिका वर्ष अलग बसेपछि मैले आमाको कपाल ज्यादै फुलेको, हिँड्डुल ज्यादै घटेको देखेँ, र उनको पेटको रोग झन् गम्भीर भएको थियो। उनले गलत खानेकुरा खाएमा, कैयौँ दिनसम्म लगातार पीडामा हुन्थिन्। सुरक्षाको चिन्ताले, उनी भेलाहरूमा सहभागी हुन सकेकी थिइनन् र उनी खराब स्थितिमा थिइन्। अनि प्रहरीले मलाई दुईपटक पक्राउ गरेकाले, उनी चिन्ताले विरक्तिएकी थिइन् र घरबाट बाहिर निस्किन्नथिइन्। मलाई अत्यन्तै नरमाइलो लाग्यो। मेरा बुबा पहिले नै बितेका थिए, र मेरी आमाले बहिनी र मलाई ज्यादै दुःखले स्कुल पढाएकी थिइन्। मैले सधैँ आमाप्रति केही भक्तिभाव देखाउन चाहेको थिएँ तर कहिल्यै मौका मिलेको थिएन। अहिले म घरमा भएकाले, अब त म आमाको रेखदेख गर्न सक्थेँ।
म घर आएलगत्तै, राष्ट्रिय सुरक्षा दल हाम्रो घरमा आयो र मैले प्रत्येक महिना तिनीहरूलाई सम्पर्क गरी मेरो कामको स्थिति र आफू रहेको स्थानबारे बताउनुपर्ने भन्यो। यसकारण, मैले मण्डलीलाई सम्पर्क गर्न र आफ्नो कर्तव्य निभाउन सक्दिनथेँ, त्यसैले मैले फोटो खिच्ने जागिर गरेँ र बाँकी समय आमाको हेरचाहमा खर्चेँ। जब मसँग समय हुन्थ्यो, म आमासँग विगत केही वर्षका मेरा अनुभवहरूबारे कुरा गर्थेँ, र बहिनी र म उनलाई बाहिर रेस्टुरेन्टमा खाना खान पनि लान्थ्यौँ। कहिलेकाहीँ, म उनलाई जाँचका लागि अस्पताल लान्थेँ, र उनको पेटको समस्याका लागि पूरक खानेकुरा किनिदिन्थेँ। प्रहरी सधैँ हाम्रो घरमा आएर हामीलाई सताइरहेका हुन्थे, तिनीहरूलाई मेरोबारे बताउन र “तीन अभिव्यक्तिहरू” मा हस्ताक्षर गर्न लगाउँथे। तिनीहरूले मलाई नियन्त्रण गरेको देखेर अनि मलाई केही होला कि भन्ने चिन्ताले, मेरी आमा वास्तवमा झनै विरक्तिइन् र परिवार बाहेकका सदस्यहरूसँग कुराकानी गर्न छाडिन्। उनी खाद्यान्न किन्न समेत बाहिर जाँदैनथिन्। म मेरी आमाले त्यस्तो व्यवहार गरेको देखेर निकै चिन्तित थिएँ, र उनलाई मानसिक रोग होला कि भनेर चिन्तित थिएँ। उनलाई मार्गदर्शन दिन म आफूले सक्ने सबथोक गर्थेँ—म उनीसँग सङ्गति गर्थेँ, उनी रमाऊन् भनेर बाहिर लग्थेँ, तर केहीले पनि काम गरेन। म चिन्तित र व्यग्र थिएँ। मैले सक्ने भनेकै अलि कडा परिश्रम गरेर आफ्नो जीवनलाई राम्रो बनाउनु थियो, ताकि उनले मेरो बारेमा धेरै चिन्ता नगरून्। एक वर्ष त्यसैगरी बित्यो, र प्रहरीले अझै पनि ममाथिको कडाइ रोकेको थिएन। म अझै पनि घरनजिक आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनथेँ। पछि, ब्रदर-सिस्टरहरूले म घर छोडेर कर्तव्य निभाउन सक्छु कि भनेर सोधे। मेरी आमाको स्वास्थ्य राम्रो नभएको र मैले उनको हेरचाह गर्न चाहेकाले, मैले उक्त कार्यभारलाई अस्वीकार गरेँ। त्यसपछि, उनीहरूले मसित धेरैपटक सङ्गति गरे, मलाई साथ र सहयोग दिए, परमेश्वरको अभिप्रायबारे सङ्गति गरे र मैले कर्तव्य निर्वाह गर्न जारी राख्छु भन्ने आशा गरे। मैले यो ममाथि परमेश्वरको प्रेम र मुक्ति आएको हो भन्ने आभास गर्न सक्थेँ, तर मलाई अझै पनि दुविधा हुन्थ्यो। मैले सोचेँ कि यदि म फेरि आफ्नो कर्तव्य गर्न गएँ भने, प्रहरीले पक्कै पनि मैले तिनीहरूलाई रिपोर्ट गर्न छोडेको थाहा पाउनेछन्, र म कहिले घर फर्कन सक्छु भनेर कसलाई के थाहा? मेरी आमाको स्वास्थ्य नाजुक थियो र उनी अत्यन्तै खराब स्थितिमा थिइन्। यदि म उनीसँगै बसेँ भने, मैले कम्तीमा उनको हेरचाह गर्न र केही मात्रामा सन्तानको धर्म गर्न सक्थेँ। यदि म गएँ भने के उनी झनै बढी विरक्तिनेथिइन्? उनको अवस्था झन् खराब भयो र उनलाई मानसिक रोग लाग्यो भने के होला? त्यसपछि मेरा इष्टमित्र र नातागोताले मबारे के सोच्लान्? के मलाई अनुत्तरदायी सन्तान ठान्नेथिएनन् र? यिनै चिन्ताका कारण, म साँच्चै दुविधामा परेँ र के गर्ने भनेर मलाई थाहै थिएन।
त्यो समयमा, मैले सन्तानको धर्मसम्बन्धी परमेश्वरका वचनको एउटा खण्ड भेटेँ। परमेश्वरका वचनहरूले भन्छन्: “परमेश्वरले मानिसहरूलाई आफ्ना आमाबुबाको आदर गर्नुपर्छ भनी सुरुमा भन्नुभयो, त्यसपछि मानिसहरूले सत्यता अभ्यास गर्ने, आफ्नो कर्तव्य पूरा गर्ने, र परमेश्वरको मार्ग पछ्याउने अभ्यास गर्नुपर्छ भनी उच्च मापदण्ड अघि सार्नुभयो—तैँले यीमध्ये कुनचाहिँ पालना गर्नुपर्छ? (उच्च मापदण्डहरू।) के उच्च मापदण्डहरूअनुसार अभ्यास गर्नु सही हुन्छ? के सत्यतालाई उच्च र निम्न सत्यता, वा पुरानो र नयाँ सत्यतामा विभाजित गर्न मिल्छ? (मिल्दैन।) त्यसकारण सत्यता अभ्यास गर्दा, तैँले केअनुसार अभ्यास गर्नुपर्छ? सत्यता अभ्यास गर्नु भनेको के हो? (सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नु।) सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्नु भनेको फरकफरक समय, स्थान, वातावरण, र परिस्थितिमा परमेश्वरका वचनहरू अभ्यास गर्नु हो; यो जिद्दीपूर्वक नियमहरू लागू गर्नु होइन, बरु सत्यता सिद्धान्तहरू लागू गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो। त्यसकारण, परमेश्वरका वचनहरू अभ्यास गर्ने र परमेश्वरले अघि सार्नुभएका मापदण्डहरू पालना गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यसलाई अझै ठोस रूपमा भन्दा, आफ्ना आमाबुबालाई आदर गर्ने र परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञा र कर्तव्य पूरा गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यीमध्ये कुनचाहिँ परमेश्वरका वर्तमान वचन र मापदण्डहरू हुन्? तिमीहरूले सुरुमा यो प्रश्नबारे विचार गर्नुपर्छ। परमेश्वरले फरकफरक मानिसहरूको लागि फरकफरक कुराहरू तोक्नुभएको छ; उहाँले तिनीहरूलाई पृथक मापदण्डहरू दिनुभएको छ। अगुवा र सेवकहरूको रूपमा काम गर्नेहरूलाई परमेश्वरले बोलाउनुभएको हुन्छ, त्यसकारण तिनीहरूले आमाबुबालाई छोडेर जानुपर्छ, र उनीहरूलाई आदर गर्दै उनीहरूसँग बसिरहन मिल्दैन। तिनीहरूले परमेश्वरको आज्ञा स्विकारेर उहाँलाई पछ्याउन सबै कुरा त्याग्नुपर्छ। यो एक प्रकारको परिस्थिति हो। साधारण विश्वासीलाई परमेश्वरले बोलाउनुभएको हुँदैन, त्यसकारण तिनीहरूले आफ्ना आमाबुबासँग बसेर तिनीहरूलाई आदर गर्न सक्छन्। यसो गर्दा कुनै इनाम प्राप्त हुँदैन, अनि तिनीहरूले यसको परिणामस्वरूप कुनै आशिष्हरू प्राप्त गर्नेछैनन्, तर तिनीहरूले आमाबुबाप्रतिको कर्तव्य पूरा गरेनन् भने, तिनीहरूमा मानवताको कमी हुन्छ। वास्तवमा, आफ्ना आमाबुबाको आदर गर्नु एक प्रकारको जिम्मेवारी मात्रै हो, र यसले सत्यता अभ्यास गर्नुको मापदण्ड पूरा गर्दैन। परमेश्वरप्रति समर्पित हुनुचाहिँ सत्यता अभ्यास गर्नु हो, परमेश्वरको आज्ञा मान्नु नै परमेश्वरप्रतिको समर्पणको प्रकटीकरण हो, र कर्तव्य पूरा गर्न सबै कुरा त्याग्ने मानिसहरू नै परमेश्वरलाई पछ्याउने मानिसहरू हुन्। समग्रमा, तेरो अघि रहेको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कर्तव्य राम्ररी पूरा गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो, र यो परमेश्वरप्रति समर्पित हुनुको प्रकटीकरण हो। त्यसैले, मानिसहरूले अहिले प्राथमिक रूपमा अभ्यास गर्नुपर्ने सत्यता के हो? (आफ्नो कर्तव्य पूरा गर्नु।) ठीक भन्यौ, बफादार भएर आफ्नो कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो। यदि व्यक्तिले इमानदारीसाथ आफ्नो कर्तव्य पूरा गर्दैन भने, उसले श्रम मात्रै गरिरहेको हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (४))। परमेश्वरका वचनमार्फत, मैले उहाँको अभिप्राय र मागहरू थाहा पाएँ। आमा र बुबाप्रतिको आदर परमेश्वरले यसअघि अगाडि सार्नुभएको माग हो, र यसलाई अभ्यास गर्नुपर्छ। त्यसले आफ्नो कर्तव्यमाथि प्रभाव पार्दैन भने, आफ्ना आमाबुबाको हेरचाह गर्नु र उनीहरूसँग समय बिताउनु, र उनीहरूलाई चिन्ता र भयबाट टाढा राख्नु छोरा वा छोरीको नाताले हरव्यक्तिको जिम्मेवारी हो। तर, सत्यता अभ्यास गर्ने र परमेश्वरप्रति समर्पित हुनेसित यसको कुनै सम्बन्ध छैन। मेरी आमा बिरामी हुँदा, उनलाई अस्पताल लग्नु र पूरक खानेकुरा किनिदिनु मेरो जिम्मेवारी थियो, तर म सन्तानीय कर्तव्य मात्र गरिरहेको थिएँ, सत्यता अभ्यास गरिरहेको थिइनँ। जब परमेश्वरले मानिसहरूलाई डाक्नुहुन्छ र आफ्नो कर्तव्य गर्न माग गर्नुहुन्छ, त्यो कर्तव्य गराइ आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुने क्षमतासँग बाझिए पनि, सृष्टि गरिएका प्राणीका नाताले हामीले परमेश्वरमा समर्पित हुन र परमेश्वरको मार्ग पछ्याएर सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न जरूरी छ। यो हाम्रो स्वार्गीय आह्वान अनि परमेश्वरको वर्तमान अभिप्राय र माग हो। यो महसुस गरेपछि, मलाई मैले कसरी अगाडि बढ्ने निर्णय गर्नुपर्छ भन्ने थाहा थियो। राज्यको सुसमाचारको ठूलो विस्तारका लागि यो अत्यन्तै महत्त्वपूर्ण समय हो, र गर्नुपर्ने जरूरी काम धेरै छ। मैले परमेश्वरबाट सत्यताको धेरै भरणपोषण पाएँ र परमेश्वरको घरले मलाई वर्षौँदेखि जगेर्ना गरेको थियो, त्यसैले मैले अवश्यै परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य गर्ने निर्णय गर्नुपर्थ्यो। आखिरमा, मेरी आमाको स्वास्थ्य खासै राम्रो नभए पनि उनले आफ्नो हेरचाह आफै गर्न सक्थिन्, र मेरा काका र बहिनीले पनि उनको हेरचाहमा मद्दत गर्न सक्थे। मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो—यो मप्रति परमेश्वरको आशा र माग अनि सत्यता पछ्याउन र मुक्ति पाउन मेरा लागि जरूरी कुरा थियो। यदि म घरमै बसेँ भने, म निरन्तर प्रहरीको निगरानी र नियन्त्रणमा हुन्थेँ र आफ्नो कर्तव्य गर्न र आस्थाको मार्गमा हिँड्न पूर्णतया असक्षम हुन्थेँ। यदि म सन्तानको धर्मले आमासँगै बसैँ भने, अन्त्यमा म परिवार र देहका समस्याहरूमा गिजोलिन्थेँ र आफ्नो कर्तव्य गर्न असमर्थ हुन्थेँ। मैले सृष्टि गरिएका प्राणीको विशेषता गुमाउनेथिएँ र मुक्ति पाउने मौका गुमाउनेथिएँ। मैले म मेरो पूरै जीवन परमेश्वरलाई दिनेछु र आफूलाई उहाँप्रति अर्पित गर्नेछु भनी एकताका आफूले परमेश्वरसामु गरेको सङ्कल्पबारे सोचेँ। मैले घरबाट टाढा रहेर कर्तव्य गर्ने क्रममा सिकेका सबै कुराहरू, र मेरो जीवनमा कति विकास भएको छ भन्नेबारे पनि सोचेँ। घरमै आफ्नो देह र परिवारमा जिउनुभन्दा यो बढी अर्थपूर्ण र महत्त्वपूर्ण थियो। परमेश्वरले मलाई उहाँले मेरा लागि तोक्नुभएको त्यो मार्गमा डोर्याइरहनुभएको थियो। म त्यस मार्गमा हिँडिरहन इच्छुक थिएँ।
त्यसपछि, मैले आमालाई घर छाडेर आफ्नो कर्तव्य गर्ने मेरो योजना सुनाएँ। मेरी आमा छुट्टिन अलि हिचकिचाइन्, तर उनले मेरो निर्णयलाई सम्मान गरिन्। त्यसपछिका दिनहरूमा, जब म काम गरिरहेको हुँदिनथेँ, म आमालाई परमेश्वरका वचनहरू खान र पिउन अनि सँगै सङ्गति गर्नमा अगुवाइ गर्थेँ। मलाई उनी अवसादबाट सकेसम्म चाँडो मुक्त हुनेछिन् भन्ने आशा थियो। केही दिनपछि, घरको सबथोक मिलाएर म निस्केँ। त्यसलगत्तै, म सिधै आफ्नो कर्तव्यमा डुबेँ। निकै व्यस्त हुनुको बाबजुद, मैले आमा नसम्झि बस्नै सकिनँ। मलाई घरबाट बिदाइ गर्दा उनमा देखिएको निराशा र हिचकिचाहटबारे सोच्दा, मलाई दुःख लाग्थ्यो। घरमा हुँदा, म उनीसँग समय बिताउन र कुराकानी गर्न सक्थेँ त्यसैले उनलाई एक्लो महसुस हुन्थेन। अब म गइसकेपछि, उनी आफै कसरी बाँच्लिन्? मेरी आमाको स्वास्थ्य नाजुक थियो र मलाई उनको खस्किँदो स्वास्थ्यले उनलाई झनै गहिरो अवसादमा पुर्याउनेछ भन्ने चिन्ता लाग्थ्यो। समय बित्दै जाँदा यदि उनले अवसादबाट उन्मुक्ति पाउन सकिनन् भने, के उनले कुनै मूर्खता गर्लिन्? मैले जति सोचेँ, म उति चिन्तित बनेँ। यदि मेरी आमालाई केही भइहाल्यो भने, मेरा आफन्तले निश्चय नै मलाई नराम्रो भन्नेथिए। यो सब कुरा मनमा आएपछि, म अलि विचलित भएँ र मैले आफ्नो कर्तव्यमा ध्यान दिन सकिनँ। मलाई थाहा थियो म त्यहाँ हुँदा मैले आफ्नो कर्तव्यमा सबथोक लगाउनुपर्छ, र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण छ, तर मैले आमाप्रतिको ग्लानि र आत्मग्लानिबाट उन्मुक्ति पाउन सकिनँ। पछि, मैले परमेश्वरका वचनले भनेका यी कुराहरूबारे सोचेँ: “कसले साँचो रूपले अनि पूर्ण रूपले मेरो निम्ति आफैलाई समर्पित गर्न अनि मेरो खातिर तिनीहरूको सबै कुरा अर्पण गर्न सक्छन्? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू घर, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोचेर नै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। वास्तवमै, के मेरी आमाको स्वास्थ्य र उनको अवसाद र उदासीको गम्भीरता सबै परमेश्वरका हातमा थिएनन् र? मैले जति चिन्ता गरे पनि त्यसले उनका समस्याहरू हल गर्दैनथ्यो; मैले सबथोक परमेश्वरको हातमा छोड्नुपर्थ्यो। पछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मेरी आमाको स्थिति सुधार हुने नहुने र उनको स्वास्थ्य झन् खस्किने नखस्किने सबै तपाईंको हातमा हुन्छ भनेर मलाई थाहा छ। कृपया उनलाई उदासी र दुःखबाट बाहिर निस्कन मार्गदर्शन गर्नुहोस्। यदि उनले यसबाट केही सिक्नुपर्ने छ भने, कृपया उनलाई आत्मचिन्तन र तपाईंको काम अनुभव गर्न सिकाउनुहोस्। म सबथोक तपाईंको हातमा छोड्न र तपाईंको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक छु।” प्रार्थनापछि, मलाई अलि सहज महसुस भयो। पछि, मैले आफूले सिकेको सबथोक खुलाउँदै आमालाई एउटा चिठी लेखेँ, र उनले आत्मचिन्तन गरी आफूलाई चिन्नेछिन् भन्ने आशाले उनको अनुभवमा रहेका केही समस्याहरू औँल्याएँ। त्यसलगत्तै, मैले आमाको चिठी पाएँ। उनले भनिन् कि म गएलगत्तै ब्रदर-सिस्टरहरूले उनका लागि मण्डली जीवनको बन्दोबस्त गरे। साथै, परमेश्वरका वचनमार्फत उनले आफू अवसाद र उदासीको स्थितिमा जिउनुसँग सम्बन्धित नकारात्मक भावनाहरू बुझिन्। उनको स्थिति पनि धेरै सुध्रिएको थियो। यो खबर सुनेर म निकै खुसी भएँ र मैले परमेश्वरलाई धन्यवाद दिएँ।
पछि, जब मैले कसरी आफ्ना आमाबुबाप्रति व्यक्तिले पूरा गर्ने जिम्मेवारीहरूलाई उचित रूपमा हेर्ने भन्ने सत्यतामाथि परमेश्वरको सङ्गति पढेँ, मलाई तत्काल राहत महसुस भयो र मैले उचित दृष्टिकोण र अभ्यासको सिद्धान्त पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको लागि भावनात्मक रूपमा सम्हाल्न सबभन्दा कठिन सम्बन्ध भनेको आमाबुबासँगको सम्बन्ध हो, तर खासमा, यो पूर्णतया व्यवस्थापन गर्नै नसकिने कुरो होइन। सत्यता बुझ्ने आधारमा मात्र मानिसहरूले यो मामलालाई सही र चेतनशील रूपमा हेर्न सक्छन्। त्यसैले, भावनाको दृष्टिकोणबाट सुरु नगर्, र सांसारिक मानिसहरूको अन्तर्ज्ञान वा दृष्टिकोणबाट पनि सुरु नगर्। बरु, आफ्ना आमाबुबाप्रति परमेश्वरका वचनअनुसार उचित ढङ्गले व्यवहार गर्। आमाबुबाले वास्तवमा के भूमिका खेल्छन्, वास्तवमा आमाबुबाको लागि छोराछोरीको महत्त्व कति हुन्छ, छोराछोरीले आमाबुबाप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ, र मानिसहरूले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध कसरी सम्हाल्ने र समाधान गर्ने गर्नुपर्छ? मानिसहरूले भावनाको आधारमा यी कुराहरू हेर्नु हुँदैन, न त तिनीहरू कुनै गलत विचार वा प्रचलित भावनाद्वारा प्रभावित हुन नै मिल्छ; ती कुराहरू परमेश्वरका वचनअनुसार सही ढङ्गले हेरिनुपर्छ। यदि परमेश्वरले तोक्नुभएको परिवेशमा, तँ आफ्ना आमाबुबाप्रतिको कुनै पनि जिम्मेवारी पूरा गर्न चुकिस्, वा यदि तँ तिनीहरूको जीवनमा कुनै प्रकारको भूमिका खेल्दैनस् भने, के त्यो अनुत्तरदायी सन्तान हुनु हो? के तेरो विवेकले तँलाई घोच्नेछ? तेरा छिमेकी, सहपाठी, र नातेदार सबैले तेरो पिठ्युँपछाडि तँलाई धिक्कार्नेछन् र तेरो आलोचना गर्नेछन्। तिनीहरूले तँलाई अनुत्तरदायी बच्चा भनेर बोलाउनेछन् र यसो भन्नेछन्: ‘तेरा आमाबुबाले तेरो निम्ति औधी त्याग गरे, तेरो लागि औधी कठिन प्रयत्न गरे, र तँ सानै छँदादेखि तेरो लागि औधी काम गरे, अनि तँचाहिँ बैगुनी बच्चा बनेर कुनै अत्तोपत्तोबिना हराउँछस्, र तँ सुरक्षित छस् भनेर जानकारी पनि गराउँदैनस्। तँ नयाँ वर्षमा फर्केर नआउने मात्र होइन, आमाबुबालाई एकचोटि फोन गर्ने वा खबर पठाउने कामसमेत गर्दैनस्।’ हरेक पटक यस्ता कुराहरू सुन्दा तेरो विवेकबाट रगत र आँसु बग्छ, र तँलाई निन्दनीय अनुभूति हुन्छ। ‘ओहो, उहाँहरू सही हुनुहुन्छ।’ तेरो अनुहार तातिएर रातोपिरो हुन्छ, र तेरो हृदय सियोले घोचेझैँ काँप्छ। के तँसित यस्ता अनुभूतिहरू थिए? (हजुर, पहिले थिए।) के तेरा छिमेकी र नातेदारहरूले तँलाई आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको भन्नु सही थियो? … सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्वरको बोलावटले गर्दा हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्। यसका दुई कारणहरू यिनै हुन्। अनि अर्को एउटा कुरा पनि छ: यदि तेरा आमाबुबा तँलाई असाध्यै सताउने वा परमेश्वरमाथिको विश्वासमा बाधा दिने मानिसहरू होइनन् भने, यदि तिनीहरूले परमेश्वरमाथिको तेरो विश्वासमा साथ दिन्छन् भने, वा यदि तिनीहरू तँजस्तै परमेश्वरमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनी, र परमेश्वरको घरका सदस्यहरू हुन् भने, भित्री रूपमा आफ्ना आमाबुबाबारे सोच्दा तिमीहरूमध्ये कसले मौन रूपमा परमेश्वरलाई प्रार्थना गर्दैन? तिमीहरूमध्ये कसले आफ्ना आमाबुबालाई—साथै तिनीहरूको स्वास्थ्य, सुरक्षा, र जीवनका सम्पूर्ण आवश्यकताहरू—परमेश्वरको हातमा सुम्पिँदैन? आमाबुबालाई परमेश्वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो। तँ तिनीहरूले जीवनमा अनेकथरी कठिनाइहरू भोगून्, नराम्रो जीवन जिऊन्, राम्ररी खान नपाऊन्, वा तिनीहरूको स्वास्थ्य खराब होस् भन्ने आशा गर्दैनस्। हृदयको गहिराइमा, तँ निश्चय नै परमेश्वरले तिनीहरूलाई रक्षा गरून् र सुरक्षित राखून् भन्ने आशा गर्छस्। यदि तिनीहरू परमेश्वरका विश्वासी हुन् भने, तँ तिनीहरूले कर्तव्यहरू निभाउन र आफ्नो गवाहीमा खरो उत्रिन सकून् आशा गर्छस्। यो व्यक्तिले मानवीय जिम्मेवारीहरू पूरा गर्नु हो; मानिसहरूले आफ्नै मानवताद्वारा यति मात्र हासिल गर्न सक्छन्। यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्वरमा विश्वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्वरको हातमा जिउँछ, र परमेश्वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्वरको हेरचाह र रक्षामा छन् भने राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। यदि चिन्ता लिन्छस् भने, त्यसको अर्थ तँ परमेश्वरमा भरोसा गर्दैनस् भन्ने हुन्छ; उहाँमाथिको तेरो आस्था अति सानो छ। यदि तँ आफ्ना आमाबुबाबारे साँच्चै चिन्तित र व्याकुल छस् भने, तैँले बारम्बार परमेश्वरलाई प्रार्थना गर्ने, तिनीहरूलाई परमेश्वरको हातमा सुम्पने, र परमेश्वरलाई सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न दिने गर्नुपर्छ। परमेश्वरले मानवजातिको भाग्यमाथि शासन गर्नुहुन्छ, र तिनीहरूको हरेक दिन र तिनीहरूलाई हुने हरेक कुरामाथि उहाँले नै शासन गर्नुहुन्छ, तसर्थ तँ अझै केको चिन्ता लिन्छस्? तँ तेरो आफ्नै जीवनसमेत नियन्त्रण गर्न सक्दैनस्, तँ आफैसँग एक टन कठिनाइहरू छन्; तैँले तेरा आमाबुबालाई सदा खुसीसाथ जिउन दिन के गर्न सक्छस्? तैँले गर्न सक्ने भनेकै सबथोक परमेश्वरको हातमा सुम्पनु हो। यदि तिनीहरू विश्वासी हुन् भने, तिनीहरूलाई सही मार्गमा डोर्याउनुहोस् भनी परमेश्वरलाई अनुरोध गर् ताकि अन्त्यमा तिनीहरूले मुक्ति पाउन सकून्। यदि तिनीहरू विश्वासी होइनन् भने, तिनीहरूलाई जे मन लाग्यो त्यही मार्ग हिँड्न दे। अरूभन्दा दयालु र केही मानवता बोकेका आमाबुबाको हकमा, तैँले तिनीहरूलाई आशिषित् तुल्याउनुहोस् ताकि बाँकी वर्षहरू तिनीहरूले खुसीसाथ बिताउन सकून् भनी परमेश्वरलाई प्रार्थना गर्न सक्छस्। परमेश्वरले कसरी काम गर्नुहुन्छ भनेर भन्नुपर्दा, उहाँसित आफ्ना बन्दोबस्तहरू छन्, र मानिसहरू तीप्रति समर्पित हुनुपर्छ। त्यसैले, समग्रमा, मानिसहरूको विवेकमा आफ्ना आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे एउटा चेतना हुन्छ। यो चेतनाले व्यक्तिमा आमाबुबाप्रति जे-जस्तो मनोवृत्ति ल्याए पनि, चाहे त्यो चिन्ता होस् वा तिनीहरूको छेउमा बस्ने इच्छा होस्, त्यो जे भए पनि, मानिसहरूले वस्तुगत परिस्थितिहरूले प्रभाव पारेको कारण आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न नसकेकोमा दोषी महसुस गर्नु वा दोषी विवेक बोक्नु हुँदैन। यी र यस्तै अन्य मामलाहरू परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूको जीवनको समस्या बन्नु हुँदैन; ती कुराहरू त्यागिनुपर्छ। आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्नेसम्बन्धी यी विषयहरूबारे भन्नुपर्दा, मानिसहरूमा यी शुद्ध बुझाइहरू हुनुपर्छ र तिनीहरूले विवश महसुस गर्न छोड्नुपर्छ। एक त तँलाई हृदयको गहिराइदेखि नै तँ अनुत्तरदायी छैनस्, र तँ जिम्मेवारीबाट पन्छिरहेको वा भागिरहेको छैनस् भन्ने कुरा थाहा छ। अर्को कुरा, तेरा आमाबुबा परमेश्वरको हातमा छन् भने अझै चिन्ता लिनुपर्ने कारण के छ र? व्यक्तिले चिन्ता लिन्छ भने त्यो वाहियात हो। हरव्यक्ति अन्त्यसम्मै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूअनुसार सहजसाथ जिउनेछ, बिनाकुनै विचलन आफ्नो मार्गको अन्त्यसम्म पुग्नेछ। त्यसैले, मानिसहरूले यस मामलाबारे अबउप्रान्त चिन्ता लिनु आवश्यक छैन। तँ कर्तव्यनिष्ठ सन्तान होस् होइनस्, तैँले आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गरेको छस् छैनस्, वा तैँले तेरा आमाबुबाको मायाको ऋण तिर्नुपर्छ पर्दैन—यी तैँले सोच्नुपर्ने कुराहरू होइनन्; ती तैँले त्याग्नुपर्ने कुराहरू हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनमार्फत मैले बुझेँ कि मैले आफ्नो कर्तव्य गर्न घर छोड्दा र छोराको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा, मलाई ग्लानि भयो र मलाई अनुत्तरदायी छोरा ठानिनेछ भन्ने चिन्ता लाग्यो। मैले बुझेँ कि म सत्यताको दृष्टिकोणबाट र कसरी आफ्ना आमाबुबाप्रति छोरा वा छोरीको जिम्मेवारीलाई राम्ररी हेर्ने भन्ने सम्बन्धी परमेश्वरका वचनमार्फत सोचिरहेको थिइनँ, बरु मैले त्यस्तो जिम्मेवारीलाई एक सांसारिक व्यक्तिको पारिवारिक स्नेहअनुसार हेरेँ। वास्तवमा, आफ्ना आमाबुबाको हेरचाह गर्ने क्षमता हुनु र मौका पाउनु तर तिमीलाई आफ्नो कर्तव्य गर्न परमेश्वरबाट बोलावट भएको कारणले कर्तव्यनिष्ठ हुन नसक्नु र आफ्ना आमाबुबासँगै नरहनु दुईवटा पूर्णतया फरक प्रकृतिका परिस्थितिहरू हुन्। यदि कुनै छोरा वा छोरी आफ्ना आमाबुबासँग बस्छ र ऊसँग आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुने समय छ, तर उसका आफ्नै रूचि र चाहनाहरूका कारण ऊ आमाबुबाप्रति आफ्नो जिम्मेवारी पूरा गर्न अनिच्छुक छ, र उनीहरू पाका उमेरका हुँदा वा बिरामी पर्दा उनीहरूको हेरचाह गर्दैन भने, उसमा मानवता छैन र उसले सामान्य मानवमा हुनुपर्ने विवेक र समझ गुमाएको छ। परमेश्वरलाई विश्वास गर्ने र पछ्याउने हामीहरूमध्ये धेरैजना आफ्ना आमाबुबासँग हुँदा, उनीहरूप्रति हाम्रा जिम्मेवारी पूरा गर्न इच्छुक हुन्छौँ, र हामी आफ्नो क्षमताले भ्याएसम्म उनीहरूको हेरचाह गर्न सक्छौँ। तर, कम्युनिष्ट पार्टीको सतावटका कारण, हामीमध्ये धेरैजसो घरमा रहन र आफू बसेकै ठाउँमा कर्तव्य गर्न सक्दैनौँ। हामी आफ्ना आमाबुबासँगै जिउन र सन्तानको धर्म अभ्यास गर्न सक्दै सक्दैनौँ। साथै, कहिलेकाहीँ मण्डलीको कामका आवश्यकताका कारण, हामीले सृष्टि गरिएका प्राणीका रूपमा आफ्ना कर्तव्यहरू गर्न घर छाड्नैपर्छ र हामी सन्तानको धर्म निभाउन आफ्ना आमाबुबासँग रहन सक्दैनौँ। यदि परिस्थितिहरूले साथ दिएमा, हामी यो पनि आशा गर्छौँ कि हामीले आमाबुबालाई बारम्बार फोन गरेर उनीहरूको हालखबर बुझ्न र हाम्रो हालखबर सुनाउन सकौँ, ताकि उनीहरूले चिन्ता नलिऊन्। हाम्रा हृदयमा आफ्ना आमाबुबाप्रति केही मात्रामा चिन्ता हुन्छ। कहिलेकाहीँ हामी आमाबुबाका लागि प्रार्थना गर्ने र आफ्नो परिवारलाई परमेश्वरको हातमा सुम्पने काम पनि गर्छौँ। हामी सन्तानको धर्म अभ्यास गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न आफ्नै तवरले र आ-आफ्ना परिस्थितिअनुसार सक्दो प्रयास गर्छौँ। सांसारिक मानिसहरूले भन्ने गरेको “अनुत्तरदायी सन्तान” र यो एउटै कुरा होइन। हामी तिनीहरूभन्दा फरक मार्गमा हिँडिरहेका छौँ, हामी परमेश्वरलाई विश्वास गर्छौँ र पछ्याउँछौँ अनि जीवनको सही मार्गमा हिँड्छौँ, र हामी आफ्ना कर्तव्यहरू गर्न परमेश्वरको इच्छा पछ्याउन खोज्छौँ। हामी ज्यादै महत्त्वपूर्ण जिम्मेवारी र मिसन वहन गर्छौँ। आफ्ना कर्तव्य गर्नु भनेको परमेश्वरका अभिप्राय र मागहरूअनुसार अभ्यास गर्नु, सत्यता अभ्यास गर्नु र परमेश्वरप्रति समर्पित हुनु हो। यो नैतिकता र विवेकसम्बन्धी मानिसको मानकभन्दा धेरै परको कुरा हो। जब मैले यो कुरा थाहा पाएँ, म ज्यादै प्रष्ट भएँ र मैले सही दृष्टिकोण र मनोवृत्ति पाएँ। म सांसारिक मानिसहरूले गिज्याउने वा अनुत्तरदायी सन्तान भएको आरोप लाग्ने कुरादेखि डराउन छाडेँ। परमेश्वरको सङ्गतिमार्फत मैले ममा परमेश्वरमाथिको साँचो आस्था छैन भन्ने कुरा पनि प्रष्ट रूपमा देखेँ। मैले मानिसको मरणशीलता र भाग्य परमेश्वरको हातमा हुन्छ भनेर देख्न सकिनँ। आफ्ना आमाबुबाको स्वास्थ्यको सम्बन्धमा, उनीहरूले कस्तो रोग सामना गर्लान् र उनीहरू वृद्धावस्थामा कसरी जिउलान्, यो कुनै पनि कुरा सामान्य मानिसले तय गर्न सक्दैनथ्यो, यो सबै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्थ्यो। मैले यस मामलामा परमेश्वरको सार्वभौमिकतालाई चिन्नुपर्थ्यो र परमेश्वरका योजना र बन्दोबस्तप्रति समर्पित हुनुपर्थ्यो। मैले विगतको त्यो अवधिमा म अझै घरमै रहेको बेला मेरी आमा बिरामी परेर मैले उनलाई धेरै डाक्टरकहाँ लगेको, र कुनै विशेषज्ञ डाक्टर उपलब्ध हुँदा उनका लागि भेट्ने व्यवस्था मिलाएको, तर त्यतिका औषधी खाएर पनि, उनको अवस्था नसुध्रिएको मात्र नभई वास्तवमै झनै बिग्रिएकोबारे सोचेँ। आमासँगै हुँदा मैले उनका लागि गर्न सक्ने केही पनि थिएन, मैले उनको पीडालाई अलिकति पनि घटाउन सकेको थिइनँ। जब उनी अवसाद र दुःखमा फसिन्, मैले उनीसँग धेरै सङ्गति गरेँ, कहिले उनलाई मार्गदर्शन गरेँ त कहिले उनका समस्याहरू खुलाएँ, तर उनी एउटा अनुचित स्थितिमा अल्झिएकी थिइन् र त्यसलाई सच्याउन चाहँदैनथिन्। मेरो चिन्ताको बाबजुद पनि मैले गर्न सक्ने केही थिएन। तर जब म आफ्नो कर्तव्य गर्न निस्केँ, वास्तवमा मेरी आमा सामान्य रूपमा भेलामा जान सक्षम थिइन् र ब्रदर-सिस्टरहरूसित अन्तरक्रिया गर्न इच्छुक थिइन् र उनको स्थिति सुध्रियो। मैले सन्तानको धर्म देखाउने मेरा साना प्रयासहरू साँच्चिकै उपयोगी थिएनन् भन्ने देखेँ। मैले उनीसँगै बसेर उनको हेरचाह गरेकोभन्दा परमेश्वरको सुरक्षा र हेरचाह ज्यादै महत्त्वपूर्ण थिए। मैले आमाबुबाको सुस्वास्थ्य र खुसी उनीहरूका सन्तान उनीहरूप्रति कर्तव्यनिष्ठ छन् छैनन् भन्नेमा भर पर्दैनन्, बरु परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणमा भर पर्छन् भन्ने देखेँ। सन्तानका रूपमा हामीले अभ्यास गर्न सक्ने सर्वोत्कृष्ट मार्ग भनेको आफ्ना आमाबुबाका लागि प्रार्थना गर्ने र उनीहरूलाई पूर्णतया परमेश्वरको हातमा राख्ने हो। जसरी परमेश्वरका वचनले भन्छ: “आमाबुबालाई परमेश्वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। जब हामी परमेश्वरका बन्दोबस्तहरू सबै उपयुक्त हुनेछन् भनी आस्था राख्छौँ र परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुन्छौँ, तब हामी ढुक्कको जीवन जिउँछौँ।
यसअघि मैले यो केही पनि बुझेको थिइनँ, र मेरी आमाप्रति कर्तव्यनिष्ठ नभएकोमा सधैँ ग्लानि महसुस गर्थेँ, अरूले मलाई अनुत्तरदायी सन्तान भन्दै मेरो कुरा काट्नेछन् भनेर सधैँ चिन्ता लिन्थेँ। फलस्वरूप, आफ्नो कर्तव्य गर्ने क्रममा, मलाई सधैँ चिन्ता लाग्थ्यो र बाधित महसुस हुन्थ्यो। घर छोडेर कर्तव्य गर्नुको बाबजुद, मेरो हृदय प्राय आमाप्रतिको चिन्ताले भरिन्थ्यो। म मेरो हृदयलाई पूर्ण रूपमा आफ्नो कर्तव्यमा लगाउन सक्दिनथेँ, र फलस्वरूप, मैले सिद्धान्त र सिपहरू बुझ्न सकिनँ र मेरो काममा प्रायजसो समस्या र विचलनहरू आइरहन्थे। तैपनि मलाई यसप्रति ग्लानि वा पछुतो महसुस हुँदैनथ्यो, बरु मेरी आमाप्रति कर्तव्यनिष्ठ नभएकोमा बारम्बार ग्लानि महसुस हुन्थ्यो। के ममा प्रतिगामी प्राथमिकताहरू थिएनन् र? म परमेश्वरप्रति विद्रोही भइरहेको हुन्थेँ! परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणकै कारण मैले आमाबुबा र जीवन पाएको थिएँ। सर्वप्रथम त म सृष्टि गरिएको प्राणी हुँ, र दोस्रोमा म मेरा आमाबुबाको छोरा हुँ। तैपनि, म सधैँ मेरा भावनात्मक चाहनाहरू पूरा गर्न, र सांसारिक मानिसहरूको गाली खानबाट जोगिन खोजिरहेको हुन्थेँ, तर मैले मेरो कर्तव्यमा जिम्मेवारी पूरा गर्न सकिनँ। के यो विश्वासघाती कार्य थिएन र? म कसरी ममा साँचो विवेक छ भनेर भन्न सक्छु? मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “तैँले कर्तव्यनिष्ठ बच्चाको रूपमा आफ्नो छवि जोगाएको हुन्छस्, तैँले तेरो भावनात्मक आवश्यकता पूरा गरेको हुन्छस्, तेरो विवेकले तँलाई घोचेको हुँदैन, र तैँले आफ्ना आमाबुबाको मायाको ऋण तिरेको हुन्छस्, तर यसमा तैँले बेवास्ता गरेको र गुमाएको एउटा कुरा छ: तैँले यी सबै मामलाहरूलाई परमेश्वरका वचनअनुसार हेर्ने र सम्हाल्ने गरिनस्, र तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउने अवसर गुमाएको छस्। यसको अर्थ के हो? यसको अर्थ यो हो कि तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ बनेको छस् तर परमेश्वरलाई विश्वासघात गरेको छस्। तैँले सन्तानीय भक्ति देखाइस् र तेरा आमाबुबाको देहका भावनात्मक चाहनाहरू पूरा गरिस्, तर परमेश्वरविरुद्ध विद्रोह गरिस्। तँ सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्यहरू निभाउनुको साटो कर्तव्यनिष्ठ सन्तान हुन रोज्छस्। यो परमेश्वरको सबभन्दा ठूलो अपमान हो। तँ कर्तव्यनिष्ठ सन्तान होस्, तैँले आमाबुबालाई निराश पारेको छैनस्, तँसित विवेक छ, र तैँले सन्तानको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छस् भन्दैमा, परमेश्वरले तँ उहाँमा समर्पित हुने र मानवता भएको व्यक्ति होस् भन्नुहुनेछैन। यदि तँ तेरो विवेकका खाँचाहरू र तेरो देहका भावनात्मक खाँचाहरू मात्र पूरा गर्छस्, तर यो मामला हेर्ने र सम्हाल्ने आधार र सिद्धान्तहरूको रूपमा परमेश्वरका वचन वा सत्यता स्विकार्दैनस् भने, तैँले परमेश्वरप्रति सबभन्दा ठूलो विद्रोहीपन देखाउँछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरूको न्यायले मर्ममै हान्यो। वास्तवमा, मैले आमासँगै रहेर उनलाई सक्दो राम्रो हेरचाह गरेको भए पनि, सांसारिक मानिसहरूले मेरो बारेमा राम्रो सोचे पनि र म अत्यन्तै कर्तव्यनिष्ठ छोराको रूपमा परिचित बने पनि, परमेश्वरको अगाडि, मैले सृष्टि गरिएको प्राणीको विशेषता र कर्तव्य गुमाएकै हुनेथेँ, मलाई जीवन र यावत कुराहरू दिने परमेश्वरप्रति ममा अलिकति पनि विवेक हुन्थेन। यसरी, म परमेश्वरप्रति सबैभन्दा विद्रोही र प्रतिरोधी मानिसहरूमा पर्नेथिएँ र उहाँको मुक्तिका लागि योग्य हुनेथिइनँ। यो महसुस गरेर, मलाई दुःखद अनुभूति भयो। मैले म शैतानद्वारा अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु, परमेश्वरप्रति अविवेकी रूपमा व्यवहार गर्छु, ममा अलिकति पनि इमानदारी छैन र मानवता छँदै छैन भन्ने देखेँ! मैले मेरो कर्तव्य र जिम्मेवारी महसुस गरेँ, र यो “अनुत्तरदायी सन्तान” को बिल्लाबाट बाधित हुन छोडेँ। म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन, आफ्नो कर्तव्यमा मैले सक्ने काम गर्न इच्छुक थिएँ, र मेरी आमालाई परमेश्वरको हातमा छोड्न इच्छुक थिएँ, र परमेश्वरले हामीलाई हाम्रो जीवनमा परमेश्वरको काम अनुभव गर्न र हाम्रा कर्तव्यहरू पूरा गर्न मार्गदर्शन गर्नुहोस् भन्ने चाह राख्थेँ। मलाई सही निर्णय गर्न र सही पछ्याइमा लाग्न मद्दत गर्नुभएको परमेश्वरलाई धन्यवाद होस्!