७५. मैले खपेको यातना

लिन गुवाङ, चीन

२० मार्च २०१४ को बिहान १० बजेतिर, म बाहिर काम गरिरहेको बेला अचानक मेरी श्रीमतीले मलाई कल गरिन् र तुरुन्तै यसो भनिन्, “पुलिस चौकीका पुलिसहरू तपाईँलाई पक्राउ गर्न आएका छन्। घर नआउनुहोस्!” यो सुनेपछि म तुरुन्तै नर्भस भएँ र मैले सोचेँ, “म कहाँ जान सक्छु? यदि म कुनै ब्रदर-सिस्टरको घरमा गएँ भने, मैले अवश्य नै तिनीहरूलाई समस्यामा पार्नेछु। मेरो एउटै मात्र विकल्प भनेको साथी वा आफन्तको घरमा शरण लिनु हो।” मैले अन्तिममा आफ्नी छोरीको घरमा जाने निर्णय गरेँ। त्यही दिन दिउँसो २ बजेतिर, तीन जना सादा पोसाक लाएका पुलिसहरू मेरो छोरीको घरमा अचानक पसे र तिनीहरूमध्ये एक जनाले चिच्याउँदै भन्यो, “तँ लिन गुवाङ होस्, होइन? हामी पुलिस चौकीका हौँ र हामीले तँलाई वर्षौँदेखि अनुसन्धान गरिरहेका छौँ।” कुनै परिचयपत्र नदेखाई, तिनीहरूले त्यसपछि मलाई जबरजस्ती आफ्नो गाडीमा हाले। त्यो बेला, तिनीहरूले मलाई कुटपिट गर्नेछन् र मण्डलीको बारेमा जानकारी दिन जबरजस्ती गर्नेछन् भन्‍ने निकै डर लाग्यो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई विश्‍वास र शक्ति दिनुहोस्। पुलिसहरूले मलाई जे गरे पनि, म यहूदा बन्‍नेछैनँ र तपाईँलाई धोका दिनेछैनँ।” प्रार्थना गरेपछि, म शान्त हुन सकेँ।

पुलिस चौकीमा, दुई जना पुलिसले मलाई तुरुन्तै बाघे कुर्सीमा थेचारे, हात कुर्सीमा बाँधिदिए, मेरा जुत्ता र मोजा निकालिदिए र मेरो खुट्टामा साङ्ला हालिदिए। पुलिस चौकीका प्रमुखले भयावह र घृणास्पद आवाजमा मलाई भन्यो, “आज तँलाई पक्राउ गर्ने आदेश प्रादेशिक सार्वजनिक सुरक्षा विभागबाट सीधै आएको हो र तिनीहरूले म आफैले तँलाई पक्रनु भनेका हुन्। तँ साँच्‍चै नै कोही त होस्! तैँले चाँडै मुख खोलेर आफूलाई थाहा भएको सबै कुरा बताएको राम्रो हो!” त्यसपछि, उसले मेरो अगाडि दश जनाभन्दा बढी मानिसको आधा इन्च लामो फोटो राख्यो र एक-एकलाई देखाउँदै मैले चिनेको छु कि भनेर सोध्दै गयो। मैले चिनेकी एक जना सिस्टरलाई देखेँ र हतार-हतार जवाफ दिएँ, “म यीमध्ये कसैलाई चिन्दिनँ।” त्यसपछि उसले मेरो घरबाट सङ्कलन गरिएका केही कुराहरू, जसमा दुई वटा बाइबल, वचन देहमा देखा पर्नुहुन्छको एक प्रति, परमेश्‍वरका वचनका पुस्तकहरू सुरक्षण राखेको धेरै रसिद र ७,४०० युआन देखाउँदै यसो भन्यो, “यो तैँले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छस् र चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्धमा काम गरिरहेको छस् भन्‍ने कुराको स्पष्ट प्रमाण हो!” त्यसपछि उसले रसिदहरू उठाएर मलाई सोध्यो, “तैँले यी पुस्तकहरू कहाँ राखिस्?” ती रसिदहरू उसको हातमा देख्दा म अत्यन्तै नर्भस भएँ र मैले सोचेँ, “ती रसिदहरू एक हजारभन्दा बढी पुस्तकहरूको हुन्। यदि मैले उसलाई बताइनँ भने, उसले अवश्य नै मलाई जान दिनेछैनन्, तर यदि मैले उसलाई बताएँ भने, के म यहूदा बन्‍नेछैनँ र?” यो महसुस गरेपछि, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! बिन्ती छ मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई तपाईँको अघि शान्त र मौन हुन दिनुहोस्। पुलिसले मलाई जे गरे पनि, म यहूदा बन्‍नेछैनँ र मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिनेछैनँ!” प्रार्थना गरेपछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। मैले उहाँका वचनहरूद्वारा परमेश्‍वरको अख्तियारलाई बोध गर्न सकेँ। सबै कुरा परमेश्‍वरको हातमा छ र उहाँले सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ! के मैले राखेका पुस्तकहरू एक हप्ता पहिले अन्यत्र सार्नु भनेको परमेश्‍वरको सुरक्षाको सङ्केत हो? यो महसुस गरेपछि, मैले आत्मविश्‍वासको साथ जवाफ दिएँ, “ती पुस्तकहरू पहिले नै हस्तान्तरण भइसकेका हुन्।” एक जना पुलिसले सोधपुछलाई जारी राख्यो, “पुस्तकहरू प्राप्त गर्ने व्यक्ति कहाँ बस्छ? त्यसको नाम के हो? त्यसको अगुवा को हो?” मैले भनेँ, “मलाई थाहा छैन।” उसले मलाई घुरेर हेर्दै ठूलो स्वरमा भन्यो, “भन्छस् कि भन्दैनस्? मैले तँसँग नरम व्यवहार गरेँ भन्दैमा चलाख नबन्!” त्यसपछि ऊ म भएठाउँ आएर मेरो देब्रे र दाहिने गालामा कस्सेर थप्पड हान्यो। त्यसपछि अरू दुई जना पुलिस आए र पालै-पालो मलाई थप्पड हाने। तिनीहरूले मलाई कम्तीमा पनि दश पटकभन्दा बढी थप्पड हाने अनि मैले तोरीको फूल देख्न थालेँ, मेरो कान बज्यो र मेरो अनुहार दुखेर झिनिनि भइरहेको थियो। म अझै पनि नबोलेको देखेर, एउटा पुलिसले २.५ सेमी मोटो तार उठायो र मलाई ढाडमा दश पटक कुट्यो, जसले गर्दा म पीडाले छटपटिएँ। मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि मलाई कष्ट खप्ने विश्‍वास र इच्छा दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। केही पुलिसहरू झम्टिँदै गर्जिए, “त्यसको लुगा फुकाएर हान्। त्यसपछि त्यो बोल्छ कि बोल्दैन हेरौँ!” त्यसपछि तिनीहरूले जबरजस्ती मेरो लुगा खोलिदिए र मलाई हिर्काइरहे, र चिच्याउँदै भने, “बोल्छस् कि बोल्दैनस्?” तिनीहरूले मलाई कम्तीमा पनि आठ-नौ पटक हिर्काए, र यसरी हान्दा हरेक चोटि मेरो शरीरभरि पीडा हुन्थ्यो। तर तिनीहरूले मलाई जसरी केरकार गरे पनि, मैले एक शब्द पनि बोलिनँ। त्यसपछि अरू दुई जना पुलिस आएर मलाई पालै-पालो थप्पड हानिरहे। तिनीहरूले मलाई म बेहोस भएर आँखा खोल्‍न नसक्‍ने हुन्जेल कुटिरहे।

केही समयपछि, एउटा पुलिस पानीले भरिएको भाँडो लिएर आयो। उसले एक-दुई वटा फोहोरी प्यान्ट पानीमा हाल्यो त्यसपछि पानीबाट ती पाइन्ट लट्ठीले निकालेर राख्यो र त्यो पानी मेरो जिउमा छ्यापिरह्यो, जसले गर्दा मलाई चिसो र पीडा भयो। म अझै पनि नबोल्ने देखेर, तिनीहरूले सानो औँला जत्रो निगालो ल्याएर मलाई घोच्‍न थाले र दुई-तीन मिनेटसम्म मेरो छातीको मुन्टामा घुमाउँदै घोचिरह्यो, जसले गर्दा साह्रै पीडा भयो। मैले मुट्ठी बाँधेर दाँत किटिरहेँ, तर मलाई लामो समयसम्‍म सहन सक्दिनँ जस्तो लाग्यो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! बिन्ती छ मलाई कष्ट खप्ने विश्‍वास र इच्छा दिनुहोस्। मलाई यो कष्टलाई जित्न र तपाईँको गवाहीमा दृढ रहन सहयोग गर्नुहोस्।” प्रार्थनाको बेला, मलाई प्रभु येशूलाई कसरी सिपाहीहरूले कुटपिट गरे र उहाँको सम्पूर्ण शरीर घाउ र चोटले भरिएको थियो भन्‍ने कुरा याद आयो, त्यस बेला उहाँलाई क्रूसीकरण गरिने ठाउँमा साङ्लाले बाँधेर घिस्र्याउँदै लगिएको थियो, र अन्तमा निर्दयी ढङ्गले क्रूसमा टाँगिएको थियो। प्रभु येशूले मानवजातिलाई छुटकारा दिन आफ्नो जीवन बलिदान दिनुभयो। परमेश्‍वरको प्रेम कति महान् छ! परमेश्‍वरको प्रेमले मलाई गहन रूपमा उत्प्रेरित गर्‍यो। पत्रुसलाई पनि कसरी उँधोमन्टो क्रूसमा टाँगिएको थियो भन्‍ने कुराको बारेमा सोच्दा, मैले भोगिरहेको कष्ट तुलनात्मक रूपमा अत्यन्तै सानो थियो भन्‍ने मलाई लाग्यो। मलाई थाहा थियो मैले पत्रुसलाई अनुकरण गर्नुपर्छ, आफ्नो गवाहीमा दृढ रहनुपर्छ, र पुलिसले मलाई जसरी यातना दिए पनि, मेरो ज्यान बलिदान दिनु नै परे पनि, मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्थ्यो। यो सबै महसुस गरेपछि, मैले विश्‍वास प्राप्त गरेँ, मेरो शरीरको पीडा घट्यो, र मैले शान्तिको अनुभूति गर्न थालेँ। त्यसपछि, पुलिसले मलाई बाँसको लाठी र बिजुलीको तारले पालैपालो यातना दिइरह्यो, तर म अझै नबोल्ने देखेपछि, तिनीहरूले चिच्याउँदै भने, “तँ जिद्दी रहेछस्! हामीले पहिले कहिल्यै पनि तँ जस्तो जिद्दी व्यक्ति भेटेका छैनौँ! यतिन्जेल त एउटा नायकले समेत हार मान्नेथियो! तँलाई के कुराले यति तागत दिन्छ?” तिनीहरूले यसो भनेको सुन्दा म अत्यन्तै खुशी भएँ। परमेश्‍वरले मलाई कष्ट खप्ने विश्‍वास र इच्छा दिनुभएको छ, जसले गर्दा मैले यातनालाई जित्न सकेको छु भन्‍ने मैले थाहा पाएँ। मलाई लाग्यो परमेश्‍वर मेरो साथमा हुनुहुन्छ र मेरो विश्‍वास झन् बढ्यो—म मर्नु नै परे पनि परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहनेछु। मैले दृढताको साथ यसो भनेँ, “मलाई तागत दिने त परमेश्‍वरको वचन नै हो!” यो सुनेपछि, पुलिसहरूले तुरुन्तै यातना बढाए, मलाई थप्पड हान्न थाले, मेरो छातीको मुन्टा घोच्दै बटार्न थाले, र निगालोको लौरोले हातमा कालो-नीलो र लाटिने हुन्जेल कुटिरहे। त्यसपछि एउटा पुलिसले मलाई भन्यो, “यदि तँ बोलिनस् भने, आज राती हामी तँलाई कुटेर मार्नेछौँ। हामीले तँलाई मारे पनि कसैलाई मतलब हुँदैन। तिमीहरू विश्‍वासीहरू सबैलाई मार्नुपर्छ!” उसले यसो भन्दा मलाई रिस उठ्यो र मैले सोचेँ, “तैँले मलाई मारे पनि, म एक शब्द बोल्नेछैनँ। मबाट अलिकति पनि जानकारी प्राप्त गर्ने आशै नगर्!”

पछि, म अझै पनि नबोल्ने देखेर, पुलिसले बाँसको लौरो प्रयोग गरेर मेरो दुवै खुट्टाको बुढी औँला घोच्दै बटारे र बिजुलीको ठूलो तार प्रयोग गरेर मेरो खुट्टामा हिर्काए। तिनीहरूले मलाई पालै-पालो तारले हानिरहे, बाँसको लौरोले मेरो छातीको मुन्टा र बुढी औँलामा घोच्दै बटारिरहे र मलाई थप्‍पड हानिरहे। मलाई यति पीडा भयो कि मैले दाँत किट्दै, कटकट आवाज निकालेँ। त्यसपछि एउटा पुलिसले भन्यो, “बोलिनस् भने, भोलि हामी तँलाई सडकमा हिँडाउनेछौँ। तेरा आफन्त, साथीभाइ, र परिवारले तँलाई घृणा गर्नेछन् र इन्कार गर्नेछन्। यदि तैँले हामीलाई कुरा भनिस् भने, हामी तँलाई पक्राउ गरिएको कुरा कसैलाई थाहा दिनेछैनौँ र तैँले आफ्नो इज्जत बचाउनेछस्।” यो शैतानको कुटिल षड्यन्त्र हो भन्‍ने मलाई लाग्यो र मलाई प्रभु येशूले भन्‍नुभएको यो वचन याद आयो: “धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्(मत्ती ५:१०)। परमेश्‍वरमा विश्‍वास गरेकोमा मलाई गिल्ला गरिनु, अपमान र निन्दा गरिनु सबै धार्मिकताका खातिर गरिएका सतावटका रूपहरू थिए। यो अपमान थिएन, यो एउटा महिमित कुरा थियो। अरूले जे सोचे पनि, मेरा लागि परमेश्‍वरलाई सन्तुष्ट पार्नु मात्रै महत्त्वपूर्ण कुरा थियो। यो बुझेपछि, मैले त्यो पुलिसको कुरा बेवास्ता गरेँ। त्यसपछि अर्को पुलिसले मलाई यसो भन्दै धम्की दियो, “बोल्छस् कि बोल्दैनस्? बोलिनस् भने, आज राती हामी तँलाई कुटेर मार्नेछौँ र सडकमा फ्याँकिदिनेछौँ। तँलाई कारहरूले किचेर किमा बनाउनेछन् र के भयो भन्‍ने कसैलाई थाहा हुनेछैन!” यो सुनेपछि, मैले सोचेँ, “यी पुलिसहरू साँच्‍चै नै क्रूर छन् र तिनीहरूले नगर्ने केही छैन। यदि तिनीहरूले मलाई मारे भने, कसैले पनि कहिल्यै थाहा पाउनेछैन।” मलाई घरमा हुनुहुने मेरो ८० वर्ष बुढो बुबाको याद आयो, साथै धेरै रोगले पिरोलिएकी मेरी श्रीमतीको पनि याद आयो। “यदि तिनीहरूले मलाई मारे भने, मेरो बुबा र श्रीमतीले कसरी आफ्नो हेरचाह गर्नेछन्?” मनमा यो कुरा आउँदा मलाई साह्रै नराम्रो लाग्यो त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको होस्। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र हुने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्‍वरको गवाही दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने शैतानले मबाट मेरा ब्रदर-सिस्टरहरूको पोल खुलाउन र परमेश्‍वरलाई धोका दिलाउन मेरो देहको कमजोरी र परिवारप्रतिको मेरो स्‍नेहलाई प्रयोग गर्न खोजिरहेको छ। म यसका चलाकीहरूमा पर्नु हुँदैनथियो। त्यसपछि मलाई प्रभु येशूले भन्‍नुभएको अर्को कुरा याद आयो: “आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ(मत्ती १०:३९)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए। तिनीहरूले मलाई कुटेर मारे पनि, मेरो प्राण परमेश्‍वरको हातमा हुनेथियो, र यसका लागि मैले मेरो ज्यान बलिदान दिनु परे पनि, म परमेश्‍वरको गवाहीमा दृढ रहनुथियो। मानिसको हातमा आफ्‍नो भाग्य हुँदैन, र हाम्रो नियतिको सार्वभौमिकता परमेश्‍वरको हातमा हुन्छ, त्यसकारण मेरो परिवारको भविष्यको जीवन पनि परमेश्‍वरको हातमा थियो। म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! सबै कामकुरा र घटनाहरू तपाईँको हातमा छन्, मेरो आफ्नै जीवन समेत तपाईँको हातमा छ। पुलिसले मलाई जसरी यातना दिए पनि, मेरो मृत्यु नै भए पनि, म तपाईँलाई वा मेरा ब्रदर-सिस्टरहरूलाई कहिल्यै पनि धोका दिनेछैनँ।”

म अझै पनि नबोल्ने देखेर, पुलिसले पानीको भाँडोबाट च्यातिएका प्यान्टहरू निकालेर मेरो टाउकोमा धेरै पटक पानी छ्यापिदियो, बाँसको लौरोले मेरो छातीको मुन्टा र खुट्टाको औँलामा घोच्दै घुमायो, र पैतालामा बेस्सरी हिर्काए। तिनीहरूले हरेक पटक मलाई हिर्काउँदा मलाई यति पीडा हुन्थ्यो कि मेरो पूरै शरीर अचेत हुन्थ्यो, मेरो मुटु झट्-झट् गर्थ्यो र मलाई सास फेर्न गाह्रो हुन्थ्यो। म दाँत किटेर, मनमनै परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र एक शब्द पनि बोल्थिनँ। त्यसपछि एउटा पुलिसले गन्हाउने मोजा ल्यायो, यसलाई फोहोर पानी भएको भाँडोमा डुबायो, त्यसपछि मेरो मुखमा घसिदियो। मैले बल गरेर मुख बन्द गरेँ, त्यसकारण उसले मेरो ओठमा मात्रै घसिदियो। त्यसपछि, मैले मुख अलिक खुकुलो गर्दा, उसले मेरो मुखमा मोजा कोचिदियो, र यसो भन्दै दाँतमा रगट्न थाल्यो, “खै, म तेरो मुख पखालिदिन्छु!” त्यसपछि तिनीहरूले फ्रिजबाट एक भाँडो चिसो पानी ल्याए र मेरो टाउकोमा खन्याइदिए। त्यसपछि, मैले अझै पनि बोल्न नमान्दा, तिनीहरूले मेरो मुख खोल्नका लागि हतौडा र काठको ह्यान्डल प्रयोग गरे त्यसपछि आधा कचौरा खुर्सानी तेल ल्याएर मेरो घाँटीमा खन्याउने प्रयास गरे। मैले कसिलो गरी मुख बन्द गरेकोले तेल खन्याउन नसक्‍ने देखेपछि, तिनीहरूले त्यो तेल मेरो ओठमा अनि छातीको मुन्टाको घाउमा सबै तेल नसकेसम्‍म घसिदिए। पीडा झन्-झन् झन् असहनीय भयो र म बाघे कुर्सीमा निरन्तर छटपटाइरहेको र काँपिरहेको थिएँ। मेरा खुट्टाहरूले फलामका साङ्लाहरूलाई झट्काइरहे र अन्तिममा दुबै खुट्टा साङ्लाले काटियो र रगत बग्‍न थाल्यो। यति धेरै पीडा भयो कि मलाई त बरु मर्दा नै बेस हो भन्‍ने लाग्यो र मलाई अत्यन्तै निराश लाग्यो। मैले सोचेँ, “यदि तिमीहरूले मलाई कुट्ने हो भने, कुटेर मारिहाल र मलाई यो बिजोगबाट मुक्त गर।” जब मैले मर्ने इच्छाको बारेमा सोच्न थालेँ, तब यो गलत कुरा हो भन्‍ने लाग्यो यदि म मरेँ भने, मैले कसरी परमेश्‍वरको गवाही दिन सक्छु? त्यो बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “तँ अझै मर्न सक्दैनस्। तँ आफ्नो मुठ्ठी कसेर दृढतापूर्वक बाँचिरहनुपर्छ। तैँले परमेश्‍वरका लागि भनेर जीवन जिउनुपर्छ। जब मानिसहरूमा सत्यता हुन्छ, तिनीहरूसँग यो दृढता हुन्छ र फेरि कहिल्यै मर्ने इच्छा गर्दैनन्। मृत्युले तँलाई तर्साउँदा, तैँले यसो भन्‍नेछस्, ‘हे परमेश्‍वर, म मर्न इच्छुक छुइनँ। म अझै पनि तपाईलाई चिन्दिनँ। मैले अझै तपाईँको प्रेमको ऋण तिरेको छुइनँ। तपाईँलाई राम्ररी नचिनीकन म मर्न सक्दिनँ।’ … यदि तैँले परमेश्‍वरको अभिप्राय बुझ्दैनस्, र कष्ट भोग्नेबारे मात्र सोच्छस् भने, तैँले त्यसबारे जति सोच्छस् उति नै त्यो असहज बन्छ र उति नै बढी तेरो जीवनको बाटो सक्‍किन लागेझैँ नकारात्मक महसुस हुनेछ। तँलाई मृत्युको व्यथाले सताउन थाल्नेछ। यदि तैँले आफ्नो हृदय र सारा कोसिस सत्यतामा लगाउँछस्, र तँ सत्यता बुझ्न सक्षम छस् भने, तेरो हृदय चम्किलो हुनेछ, र तैँले आनन्द अनुभव गर्नेछस्। जीवनमा तैँले आफ्नै हृदयभित्र शान्ति र खुसी पाउनेछस्, र जब रोगले आक्रमण गर्छ वा मृत्यु नजिकिन्छ, तैँले यसो भन्‍नेछस्, ‘मैले अझै सत्यता प्राप्त गर्न बाँकी छ, त्यसैले म मर्न सक्दिनँ। मैले परमेश्‍वरमा राम्ररी अर्पित हुनुपर्छ, राम्ररी परमेश्‍वरको गवाही दिनुपर्छ, अनि परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। अन्तिममा, म जसरी मरूँला त्यसले फरक पर्दैन, किनकि मैले सन्तोषजनक जीवन जिएको हुनेछु। जेसुकै होस्, म अहिले नै मर्न सक्दिनँ। म दृढ भई बाँचिरहनुपर्छ’(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूले मलाई गहन रूपमा छोए। परमेश्‍वरले मेरो विश्‍वास र प्रेमलाई सिद्ध पार्न र मलाई सत्यता प्राप्तिमा सहयोग गर्न यो कठिनाइको प्रयोग गरिरहनुभएको थियो। मैले थोरै कष्ट भोगिपछि पनि मर्न र कष्टबाट मुक्त हुन चाहेको थिएँ—मेरो गवाही कहाँ थियो? मलाई याद आयो, पत्रुसले जति नै धेरै कष्ट र कठिनाइ भोगे पनि, उनले कहिल्यै पनि परमेश्‍वरको बारेमा गुनासो गरेनन्, बरु परमेश्‍वरको अभिप्राय खोजी गर्न प्रार्थना गर्थे, परमेश्‍वरबाट आएका सबै कुरामा समर्पित हुन्थे र तिनी अन्तिममा परमेश्‍वरप्रतिको परम प्रेम हासिल गरेर, मृत्युसम्मै समर्पित भए, परमेश्‍वरका लागि उँधोमुन्टो क्रूसमा टाँगिए र तिनी सुन्दर र प्रखर गवाही दिए। मैले पत्रुसलाई अनुकरण गर्नुपर्थ्यो—मैले जति नै धेरै कष्ट भोगे पनि, म जिइरहनुपर्थ्यो र शैतानलाई अपमानित गर्नका लागि आफ्‍नो गवाहीमा दृढ रहनुपर्थ्यो। त्यसपछि, एउटा पुलिसले एउटा फ्यान ल्यायो, यसलाई सबैभन्दा ठूलो स्पीडमा राख्यो, र मतिर फर्काएर दश मिनेटभन्दा बढी समयसम्म चलायो, जसले गर्दा मलाई यति चिसो भयो कि म काँप्न थालेँ। मैले मनमनै सोचेँ, “तैँले जुनसुकै विधि प्रयोग गरे पनि, म कहिल्यै बोल्नेछैनँ।” तिनीहरूले मलाई दिउँसो ३ बजेदेखि भोलि बिहान ४:३० बजेसम्म यसरी यातना दिए। मैले एक शब्द पनि नबोलेपछि, तिनीहरू अन्तिममा यति थकित भए कि तिनीहरू हरेस खाएर गए।

दोस्रो दिन बिहान, तिनीहरूले मलाई थुना घरमा लगे। मेरो खुट्टा यति सुन्‍निएको थियो कि मैले जुत्ता लगाउन सकिनँ, र जुत्तामा आधा खुट्टा हालेर खल्ट्याङ्-खल्ट्याङ् गर्दै गएँ। हरेक कदममा मलाई साह्रै पीडा हुन्थ्यो। जब एउटा पुलिसले मलाई जाँचका लागि लुगा खोल्‍न लगायो, र जीउ घाउ-चोटले ढाकेको देख्यो तब उसले सोध्यो, “कसले तँलाई यसरी कुट्यो?” मैले जवाफ दिन लागेको थिएँ, जब उपप्रमुखले हतार-हतार बिचमै यसो भन्दै बोले, “ती त थेरापी गर्दा भएका चोट हुन्, कुटेर लागेका चोट होइनन्।” मलाई थुनामा राखिने कोठरीमा प्रवेश गर्दा, एक जना मोटो कैदीले मलाई भन्यो, “नयाँ कैदीलाई छ बाल्टिन पानीले टाउकोदेखि खुट्टासम्म सफा गर्नुपर्छ। यो नियम हो।” यो सुनेपछि, मलाई अलिक नर्भस भयो र मैले सोचेँ, “बाहिर यति चिसो छ र छ बाल्टी पानीले भिजाउँदा अवश्य नै अति चिसो र पीडादायी हुनेछ। मैले कसरी त्यो सहने?” तर अचम्मको कुरा, जब मैले लुगा खोलेँ र मेरो जीउभरि घाउ देख्यो, तब उसले अरू कैदीहरूलाई भन्यो, “यसको ढाड, खुट्टा, र अनुहारमा सबै नीलडाम रहेछ, दुबै कुर्कुच्चमा रगत जमेको रहेछ। यसलाई साह्रै नराम्ररी कुटपिट गरिएको रहेछ, त्यसकारण यसलाई छ बाल्टी पानीले नभिजाऊँ।” मलाई निकै ढुक्क लाग्यो र मैले हृदयमा निरन्तर परमेश्‍वरलाई धन्यवाद दिएँ।

थुनामा राखिएको तेस्रो दिनको अपह्रान्‍ह २ बजेतिर, मलाई एक्कासी साह्रो टाउको दुख्‍न थाल्यो, मेरो मुटुको धड्कन बढ्यो र म सिमेन्टको ओछ्यानमा नै बेहोस भएँ। त्यो बेला, मलाई छातीमा कसिलो बाँधिएको जस्तो भयो र भारी महसुस भयो मानौँ ठूलो ढुङ्गाले मलाई थिचेको छ। अत्यन्तै असहज भयो र मलाई यति साह्रो टाउको दुख्यो कि मेरो टाउको फुट्न लागेको जस्तै भयो। एक जना कैदीले तुरुन्तै एउटा पुलिसलाई बोलायो जसले मेरो मुटु र नाडी छामेर भन्यो, “यसको मुटुको गति यति बढी छ कि मैले धड्कन समेत गन्ती गर्न सक्दिनँ।” त्यसपछि, तिनीहरूले मलाई अस्पताल पठाए, र जाँच गर्दा मेरो मुटुको गति २४० बीपीएम रहेछ र मलाई हृदयघात भएको रहेछ। मलाई अस्पताल भर्ना गरियो, अक्सिजन मास्क लगाइयो, र मुटुरोगको औषधि सूइबाट लगाइयो। मलाई चार दिन अस्पतालमा राखियो र मैले भाग्‍ने प्रयास गर्छु भन्‍ने चिन्ताले पुलिसले मलाई ओछ्यानमा हतकडी लगाएर राखे र मेरो ढोकामा दुई जना सशस्त्र गार्डहरू राखे। चौथो दिनको राती, तिनीहरूले मलाई फेरि थुना घरमा लगे। धेरै जना पुलिसहरूले मेरो अवस्थाको बारेमा सोधे, र मसँग भएको पुलिसले शिर हल्लाउँदै भन्यो, “यो खत्तम भयो, यसको काम छैन अब।” अरू कैदीहरूले गम्भीर घाउ वा रोग भएका कैदीहरूलाई नौ-दश दिन जति थुनामा राखेपछि रिहाइ गरिने सम्भावना हुन्छ भनेर भनेको सुनेँ। मलाई के लाग्यो भने म यति बिरामी भएको हुनाले, मलाई सायद लामो समयसम्म राखिनेछैन र सायद परमेश्‍वरले मेरा लागि बाटो खोलिदिनुभएको छ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र म आफ्नो रोग उहाँको हातमा सुम्पन तयार छु भनेर उहाँलाई बताएँ। म बाँचे पनि मरे पनि, म जेलमा नै बसे पनि वा रिहाइ भए पनि, म उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ। त्यसपछिका केही दिनसम्म, म दिनभरि गम्भीर पीडामा ओछ्यानमा पल्टिरहेँ, र अरू कैदीहरूले पालै-पालो एक हप्तासम्‍म मेरो हेरचाह गरे। मलाई सहयोग गर्न परमेश्‍वरले मानिस, घटना र कामकुराहरूलाई योजनाबद्ध गर्नुभएको छ र मिलाउनुभएको छ भन्‍ने मैले थाहा पाएँ र मैले उहाँलाई निरन्तर धन्यवाद दिएँ! मलाई गम्भीर मुटुरोग लागेको हुनाले र कुनै पनि बेला मेरो सास रोकिन सक्‍ने हुनाले, थुना घरका पुलिसहरूलाई म थुनामा हुँदा नै मरेँ भने तिनीहरूलाई जिम्मेवार ठहराइनेछ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण तिनीहरूले थुनाको उनन्तीस दिनपछि मेरी श्रीमतीलाई फोन गरे र मेरो जनामतको बन्दोबस्त गर्न लगाए अनि मलाई रिहाइ गरेर घर पठाइयो। म जाँदै गर्दा, उपप्रमुखले मलाई यसो भन्दै चेतावनी दियो, “हामीले तँलाई रिहाइ त गरेका छौँ, तर तँ अझै पनि हाम्रो नियन्त्रणमा छस्। तेरो श्रीमती नै तेरो जमानी हो। यदि तैँले भविष्यमा विश्‍वासीहरूलाई कुनै सम्पर्क गरिस् भने, अर्को पटक हामी तँलाई र तेरो श्रीमतीलाई नै पक्राउ गर्नेछौँ। अबदेखि, तैँले हरेक महिना स्थानीय पुलिस चौकीमा हाजिर गर्नेछस्।” त्यो बेला, मैले जवाफ दिइनँ तर सोचेँ, “तैँले मलाई निगरानी र नियन्त्रण गर्न सक्छस्, तर तैँले परमेश्‍वरलाई पछ्याउने मेरो हृदयलाई नियन्त्रण गर्न सक्दैनस्। म रिहाइ भएपछि पनि परमेश्‍वरमा विश्‍वास गरिरहनेछु।”

थुना घरबाट रिहाइ भएपछि, मेरो रोग झन्-झन् खराब हुँदै गयो र हृदयघातको समस्या झन्-झन् बारम्बार देखा पर्न थाले। हरेक पटक हृदयघात हुँदा, मेरो मुटुबाट मेरो ढाडतिर र मेरो मेरुदण्डबाट मष्तिष्कमा पीडा सर्थ्यो। मेरो टाउको यति दुख्थ्यो कि कसैले पेन्चिसले मेरो टाउको च्यापिरहेको छ जस्तो लाग्थ्यो र मेरो कान कारखानाको मेसिनभन्दा ठूलो बज्थ्यो। मेरो मुटु अत्यन्तै कसिएको महसुस हुन्थ्यो, मानौँ यो डोरीले बाँधिएको छ अनि सास फेर्न गाह्रो हुन्थ्यो। मैले लामो र ढिलो सास फेर्दा मात्रै अलिक सन्चो हुन्थ्यो। हृदयघातको समस्या आफै सुधार आएन भने, म इन्जेक्सन लाउन अस्पताल जानुपर्थ्यो। म कुनै पनि शारीरिक श्रम गर्न सक्थिनँ र एक बाल्टी पानी बोकेर हिँड्नु समेत मेरो मुटुका लागि असहय हुन्थ्यो। यसको साथै, लामो समयसम्म औषधि सेवन गरेपछि, मेरो पेटमा निकै गम्भीर समस्याहरू पैदा भयो। म लगभग अपाङ्गो भएँ र म अलिकति पनि काम गर्न सक्दिनथिएँ। यति मात्र होइन, उपचार खर्चले मेरो परिवारलाई ठूलो बोझमा पारेको थियो र जीवन अत्यन्तै कठिन भएको थियो। म प्राय सोच्थेँ छोरा मान्छे भएर पनि, मैले काम गर्न र मेरो परिवारको भरणपोषण गर्न सकेको छैनँ, मेरो परिवारको बोझ बनेको छु, र मैले हरेक दिन रोगको पीडा र कष्ट भोग्‍नु परेको छ, अनि यस्तो सोच्दा मलाई अत्यन्तै कष्ट हुन्थ्यो र दुःख लाग्थ्यो। जब-जब मैले यसरी कष्ट भोग्थेँ, तब-तब म अय्यूब र पत्रुसका अनुभवहरूका बारेमा विचार गर्थेँ। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: ‘म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?’ त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा समर्पित बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले के महसुस गरेँ भने चिनियाँ कम्युनिस्ट पार्टीले दिएको यातनाले मलाई रोगग्रस्त तुल्याएको भए पनि, परमेश्‍वरले मेरो विश्‍वास र प्रेमलाई सिद्ध पार्न यो वातावरणको प्रयोग गरिरहनुभएको थियो। म यो योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेछु कि हुनेछैन र यो शोधनद्वारा उहाँको गवाहीमा दृढ रहन्छु कि रहन्न भनेर उहाँले हेरिरहनुभएको थियो। जब अय्यूबले परीक्षा भोगे, र आफ्नो सबै सम्पत्ति गुमाए र एकै दिनमा आफ्ना छोराछोरी सबै नष्ट भएको, र पछि आफूलाई खटिरा आएको देखे, तब तिनले परमेश्‍वरको डर मान्‍ने हृदय कायम राखे र यस्तो कष्ट र कठिनाइहरूको सामना गरे पनि, तिनले परमेश्‍वरको बारेमा कहिल्यै गुनासो गरेनन् र तिनले परमेश्‍वरको नामको प्रशंसा समेत गरे। त्यसपछि पत्रुस पनि थिए, जसले सयौँ परीक्षाहरू भोगे, तर परमेश्‍वरमाथिको आफ्नो विश्‍वास कहिल्यै गुमाएनन् र अन्तमा परमेश्‍वरका लागि उँधोमुन्टो क्रूसमा टाँगिए, र मृत्युसम्म परमेश्‍वरमा समर्पित भए। तिनीहरूले भोगेको कष्ट, परीक्षा, र शोधन मैले भोगेकोभन्दा धेरै गुणा बढी थियो, तर तिनीहरूले अझै पनि कहिल्यै पनि परमेश्‍वरको विरुद्धमा विद्रोह गरेनन् वा उहाँको विरोध गरेनन्, र तिनीहरूले आशिष् पाए पनि वा दुर्भाग्य भोगे पनि तिनीहरू गुनासोविना स्वेच्छाले उहाँमा समर्पित हुन सके। म तिनीहरूलाई अनुकरण गर्न तयार थिएँ र मैले जति नै ठूलो कष्ट र शोधनको सामना गरे पनि परमेश्‍वरको बारेमा गुनासो गर्नबाट टाढा बसेँ। म परमेश्‍वरको गवाहीमा दृढ रहेँ।

यो सतावट र पक्राउबाट गुज्रेर, मैले चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट, सत्यता-विरोधी र परमेश्‍वर-विरोधी सारलाई स्पष्ट रूपमा देखेँ। तिनीहरू परमेश्‍वरले भन्‍नुभए जस्तै छन्: “यो अपराध गर्ने मतियारहरूको गिरोह! तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७))। परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभएको हो, त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो, तर चिनियाँ कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई सताउन र पक्राउ गर्न आफूसँग भएको हरेक विधि प्रयोग गर्छ, तिनीहरूलाई परमेश्‍वरलाई धोका दिन अनि यसलाई पछ्याउन जबरजस्ती गर्छ, र यसले मानवजाति, अर्थात् परमेश्‍वरको सृष्टिमाथि नियन्त्रण गर्ने बारेमा कल्पना गर्छ। यो कति लाजमर्दो कुरा हो! यी पिशाचहरूलाई अन्तमा परमेश्‍वरले श्राप र दण्ड दिनुहुनेछ! मेरो अनुभवको अवधिमा, मैले परमेश्‍वरका आश्चर्यजनक कार्यहरू, सर्वशक्तिमान्‌ता, र सार्वभौमिकतालाई पनि देखेँ। हरेक पटक मलाई तिनीहरूले दिएको यातना र कष्ट सहन सक्दिनँ जस्तो लाग्दा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँमा भरोसा गर्थेँ र मेरो देहको कष्ट कम हुन्थ्यो। जब मलाई व्याकुल र नकारात्मक महसुस हुन्थ्यो, परमेश्‍वरका वचनहरूले मलाई दह्रिलो बन्‍न र मृत्युको बन्धनमा नपर्न मार्गदर्शन गरे। परमेश्‍वरले मलाई सहयोग गर्ने गरी मानिस, घटना र कामकुरालाई पनि योजनाबद्ध र बन्दोबस्त गर्नुभयो जसले गर्दा मलाई उहाँ मेरो साथमा हुनुहुन्छ, र मेरो कमजोरीमा कृपा गर्नुहुन्छ भन्‍ने महसुस भयो। यो सबै मप्रतिको परमेश्‍वरको प्रेम थियो र अहिले मसँग परमेश्‍वरमाथिको विश्‍वास पहिलेको भन्दा धेरै छ।

अघिल्लो: ७४. अरूको सहयोग र सल्लाहलाई कसरी लिने

अर्को: ७६. कर्तव्य पुन:तोकिएपछिको आत्म-चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्