६७. मलाई क्यान्सर भएको पत्ता लागेपछि
सन् १९९७ मा, मेरो दीर्घकालीन आन्द्राको रोग निको हुन नसकेकाले मैले प्रभु येशूमा विश्वास गर्न थालेँ, र प्रभुलाई पाएपछि, मेरो रोगमा धेरै सुधार भयो। दुई वर्षपछि, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र त्यसबेलादेखि नै मण्डलीमा आफ्ना कर्तव्यहरू पूरा गर्दै आइरहेकी छु। थाहासमेत नपाई, मेरो दीर्घकालीन आन्द्राको रोग पूर्ण रूपमा निको भयो। म आफ्ना कर्तव्यहरू पूरा गर्नेबारे झन् बढी उत्साहित भएँ, र मण्डलीले बन्दोबस्त गरेका कुनै पनि कर्तव्यहरूबाट कहिल्यै भागिनँ वा ती अस्वीकार गरिनँ। मेरो श्रीमानले रोके वा सताए पनि, वा कम्युनिष्ट पार्टीले मलाई पक्राउ गर्न र सताउन खोजे पनि, म कहिल्यै पछि हटिनँ र मैले आफ्नो कर्तव्यमा कहिल्यै ढिलाइ गरिनँ।
सन् २०२० को मे महिनाको एक दिन, मलाई कसैले मेरो घाँटी अँठ्याएजस्तो असहज महसुस भयो, त्यसैले म जाँचका लागि अस्पताल गएँ। मलाई थाइरोइड नोड्युल भएको पत्ता लाग्यो। जाँचपछि डाक्टरले भने, “यो गम्भीर होइन। केही औषधि खानुहोस् र प्रत्येक छ महिनामा जँचाउन आउनुहोस्। कुनै असामान्यता देखिएन भने, उपचार गर्नु आवश्यक छैन।” डाक्टरले यसो भनेको सुनेर, मैले सोचेँ, “यो कुनै ठूलो रोग होइन। मैले आफ्ना कर्तव्यमा कडा मेहनत गरेँ भने, परमेश्वरले मेरो रक्षा गर्नुहुनेछ।” त्यसैले, मैले औषधि खाँदै आफ्ना कर्तव्यहरू पूरा गरिरहेँ, र मेरो रोग केही कम भएजस्तो देखियो। सन् २०२३ मा, मेरो अवस्था झन् खराब भयो। सुत्दा घाँटीमा दबाब महसुस हुन्थ्यो, र सास फेर्न गाह्रो हुन्थ्यो। बोल्न गाह्रो हुन थाल्यो, र बल नलगाई बोल्न सक्दिनथेँ। जाँचपछि डाक्टरले मेरो अवस्था क्यान्सरतिर बढिरहेको र शल्यक्रिया गर्नुपर्ने बताए। मैले सोचेँ, “म अहिले अगुवाइको कर्तव्य पूरा गरिरहेकी छु, र हरेक दिन बिहानदेखि रातीसम्म व्यस्त हुन्छु। परमेश्वरले मेरो प्रयास र समर्पणका लागि मेरो रक्षा गर्नुहुनेछ र यो क्यान्सर बन्नेछैन।” त्यसैले, म धेरै डराइनँ, र मैले शल्यक्रिया गराएँ। शल्यक्रिया राम्रैसँग भयो, र शल्यक्रियाको दोस्रो दिन, म परिवारको सहयोगमा ओछ्यानबाट उठ्न सकेँ। यो परमेश्वरको हेरचाह र सुरक्षा हो भन्ने महसुस गरेँ र हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ।
१५ दिनपछि, म आफ्नो मेडिकल रिपोर्ट लिन अस्पताल गएँ। मैले रिपोर्टले घातक ट्युमर, क्यान्सरतर्फ सङ्केत गरेको देखेँ, र मलाई कष्ट हुन थाल्यो, मैले सोचेँ “त्यसोभए, मलाई साँच्चै क्यान्सर भएको रहेछ! शल्यक्रिया गरे तापनि, यो कुनै दिन फेरि बल्झिन वा फैलिन सक्छ। के यसको मतलब म मर्न लागेकी हुँ? परमेश्वरले किन मेरो रक्षा गर्नुभएन? मैले बीस वर्षभन्दा बढी समयदेखि आफ्ना कर्तव्य पूरा गर्दा धेरै कष्ट भोगेकी छु। म धेरै खतरनाक र कठिन परिस्थितिहरूको बाबजुद आफ्ना कर्तव्यमा दृढ रहेकी छु, तैपनि मलाई कसरी क्यान्सर हुन सक्यो त? यदि मलाई क्यान्सर हुन्छ भन्ने थाहा भएको भए, म कर्तव्य पूरा गर्न आफ्नो परिवार र जागिर त्याग्नेथिइनँ। मैले के सोचेकी थिएँ भने भविष्यमा परमेश्वरको मुक्ति र राम्रो गन्तव्य पाउन सक्नेछु, तर अब मलाई निको नहुने रोग लागेको छ र म मर्छु होला, त्यो राम्रो गन्तव्य मेरो पहुँचबाहिर छ!” यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै निराशा र पीडा महसुस भयो। मलाई एकदमै दयनीय महसुस भयो, र म नरोई बस्ने सकिनँ। आगामी केही दिनसम्म, मेरो दिमागमा एउटै शब्द गुन्जिरह्यो—क्यान्सर। म एकदमै दिक्दार भएँ। मैले खान वा सुत्न सकिनँ, मेरा सबै हड्डी दुखे, र मेरा पाखुराहरू निदाए। म प्रार्थना गर्न परमेश्वरसामु आएँ, उहाँलाई आफ्नो स्थिति बताएँ, उहाँले मलाई उहाँको अभिप्राय बुझ्न मद्दत गर्नुहुनेछ भन्ने आशा गरेँ। त्यसपछि मैले बिमारीपनको सामना कसरी गर्ने भन्नेबारे परमेश्वरका वचनहरू पढेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र उहाँको अभिप्राय अलि बढी बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वरले तँलाई योजना बनाउन लगाउनुहुन्न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्न दिनुहुन्न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा त्यो रोगप्रति तेरो आफ्नो मनोवृत्ति के छ त्यो जान्न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तँ बिरामी पर्ने परिस्थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्। त्यसकारण, जब रोगबिमारी आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय झनै उज्यालो भयो। वास्तवमा यो बिमार परमेश्वरले मलाई प्रकाश गर्नुभएको र हटाउनुभएको होइन रहेछ, बरु उहाँले मेरो भ्रष्ट स्वभाव शुद्ध पारिरहनुभएको र मलाई मुक्ति दिइरहनुभएको पो रहेछ। तर मैले परमेश्वरको अभिप्राय खोजिनँ, र यो रोग लाग्नुको अर्थ परमेश्वरले मलाई प्रकाश गर्दै हुनुहुन्छ र हटाउँदै हुनुहुन्छ भन्ने हो भनेर सोचेँ। म निराशामा जिएँ, परमेश्वरसँग तर्क र गुनासो गरेँ, र आफ्ना विगतका प्रयास र समर्पणहरूप्रति पछुतोसमेत मानेँ। मैले म साँच्चै विवेकहीन भएकी रहेछु भन्ने देखेँ! अब मैले के बुझेँ भने मेरो बिमार बल्झिन्छ कि फैलिन्छ, र यो कुन हदसम्म विकसित हुन्छ, यी सबैमा परमेश्वरको अभिप्राय समावेश छ। मैले उप्रान्त परमेश्वरलाई गलत रूपमा बुझ्नु हुँदैनथ्यो। मैले आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्थ्यो।
मैले मृत्युको सामना कसरी सही रूपमा गर्ने भन्नेबारे परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ, त्यसैले मैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्यो भने, ऊ मर्छ नै भन्ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्यो भने, ऊ जिउँछ नै भन्ने छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्वरको अख्तियार, परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले गर्नुहुन्छ।) परमेश्वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? … मृत्यु जस्तो अत्यन्तै महत्त्वपूर्ण कुराको सामना गर्दा मानिसहरूले यसबारे हैरान हुनु हुँदैन वा चिन्ता गर्नु हुँदैन वा यसको डर मान्नु हुँदैन, तर के गर्ने त? मानिसहरूले प्रतीक्षा गर्नुपर्छ, होइन त? (हो।) होइन त? के प्रतीक्षा गर्नु भनेको मृत्युको प्रतीक्षा गर्नु हो? मृत्युको सामना गर्दा मर्न पर्खिनु हो? के त्यो सही हो? (होइन, मानिसहरूले यसलाई सकारात्मक रूपमा सामना गर्नुपर्छ र तिनीहरू समर्पित हुनुपर्छ।) ठीक भन्यौ, यसको अर्थ मृत्युलाई पर्खिनु भन्ने हुँदैन। मृत्युदेखि नआत्तिओ, र आफ्नो सारा ऊर्जा मृत्युबारे सोच्नामा नलगाऊ। दिनभरि यस्तो सोचेर नबस, ‘के म मर्छु? म कहिले मर्छु? मरेपछि मैले के गर्नेछु?’ यसका बारेमा सोच्दा पनि नसोच। कतिपय मानिसहरूले भन्छन्, ‘यसका बारेमा किन नसोच्नु? मर्न लागेको बेला यसका बारेमा किन नसोच्नु?’ किनभने तँ मर्छस् कि मर्दैनस् भन्ने कुरा थाहा हुँदैन, र परमेश्वरले तँलाई मर्न दिनुहुन्छ कि दिनुहुन्न भन्ने थाहा हुँदैन—यी कुराहरू अज्ञात छन्। विशेष गरी, तँ कहिले मर्छस्, कहाँ मर्छस्, कुन बेला मर्छस्, वा तँ मर्दा तेरो शरीरलाई कस्तो महसुस हुन्छ भन्ने कुरा थाहा हुँदैन। आफूलाई थाहा नभएको कुराबारे सोच्दै र मनन गर्दै आफ्नो दिमाग खियाएर अनि त्यसका बारेमा तनाव र चिन्ता लिएर, के तँ मूर्ख भइरहेको हुँदैनस् र? यसले तँलाई मूर्ख तुल्याउने हुनाले, तैँले यी कुराहरूका बारेमा दिमाग खियाउनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरू पढेपछि, मलाई हृदयमा अझ उज्यालो महसुस भयो। हामी प्रत्येकले मृत्यु अनुभव गर्नेछौँ, र हामीलाई कुन रोग लाग्छ र हामी कहिले मर्छौं भन्ने सबै कुरा परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। कुनै व्यक्तिको जीवन र मृत्यु बाह्य कारकहरूद्वारा प्रभावित हुँदैन, बरु यो केवल परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणमा निर्भर गर्दछ। परमेश्वरले प्रत्येक व्यक्तिको जीवनको अवधि पूर्वनिर्धारित गर्नुभएको छ; र यो उसको शारीरिक अवस्था वा उसलाई गम्भीर बिमार छ कि छैन भन्ने कुरासँग सम्बन्धित छैन। मैले मेरी आमालाईा सम्झेँ, जो सधैँ स्वस्थ हुनुहुन्थ्यो तर अन्ततः उहाँलाई पक्षाघात भयो र केही वर्षमै बित्नुभयो। तर मेरो एक छिमेकी, जसको चालीस वर्षको उमेरदेखि नै स्वास्थ्य खराब रहेको, उनी प्रायः बिरामी पर्थिन्, खेतमा काम गर्न सक्थिनन्, र खाना पकाउने र घरको काम मात्र गर्न सक्थिन्, उनी अहिले नब्बे वर्ष नाघिसकिन् भन्ने मैले सुनेँ। यसले के देखाउँछ भने कुनै व्यक्तिको स्वास्थ्य र आयु परमेश्वरले पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र गम्भीर बिमार लागे पनि, यदि परमेश्वरको पूर्वनिर्धारणअनुसार उसको समय आएको छैन भने, ऊ मर्नेछैन। यसबारे सोच्दा, मैले आफ्नो बिमारलाई शान्तपूर्वक सामना गर्न सकेँ।
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “मलाई भन्, संसारभरिका करोडौँ मानिसहरूका बीचमा परमेश्वरका यति धेरै वचनहरू सुन्ने, जीवनका धेरै सत्यताहरू बुझ्ने, र धेरै रहस्यहरू बुझ्ने गरी को-को आशिषित भएका छन्? तिनीहरूमध्ये क-कसले व्यक्तिगत रूपमा परमेश्वरको अगुवाइ, परमेश्वरको प्रबन्ध, र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्न सक्छन्? यति आशिषित को-को छन्? निकै थोरै छन्। त्यसकारण, तिमीहरू थोरैले मात्रै आज परमेश्वरको घरमा बस्न, उहाँको मुक्ति पाउन, र उहाँको बन्दोबस्त प्राप्त गर्न पाउनुले अहिले नै मर्यौ भने पनि यो सबलाई सार्थक बनाउँछ। तिमीहरू अत्यन्तै आशिषित छौ, होइन र? (हो।) यो दृष्टिकोणबाट हेर्दा, मृत्युको मामिलादेखि मानिसहरू तर्सिनु हुँदैन, र यसको बन्धनमा पनि पर्नु हुँदैन। तिमीहरूले संसारको वैभव र सम्पत्ति प्राप्त नगरेका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तैँले परमेश्वरको काम गर्दै निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्!” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। मजस्तो तुच्छ व्यक्तिले परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्न सक्नु परमेश्वरले मलाई उचाल्नुभएको हो। मैले बीस वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेपछि, मैले परमेश्वरका वचनहरूबाट धेरै मलजल र भरणपोषण अनि उहाँको हेरचाह र सुरक्षा पाएकी थिएँ, तर आफू बिरामी पर्दा, मैले अझै पनि गलत बुझेँ र गुनासो गरेँ, परमेश्वरसँग तर्क गरेँ र उहाँको प्रतिरोध गरेँ। ममा पूर्णतया गवाहीको कमी थियो र म सरमको पात्र बनेकी थिएँ। म धेरै पीडामा थिएँ, सोचेँ यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि, मैले सत्यता वास्तविकतामा धेरै प्रवेश गरेकी छैनँ, र यदि म मरेँ भने, पछुतो मात्र छोडेर जानेछु। म अझै जीवित भएकीले, मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्छ भन्ने महसुस गरेँ, र म जति नै लामो जिए पनि, मैले आफूले बिताएको हरेक दिनको कदर गर्नैपर्छ, र कुनै पछुतो नछोडी सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र गहन रूपमा प्रभावित भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्नेको मात्रै चिन्ता छ। … त्यस्ता मानिसहरूसँग परमेश्वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग सिधै संलग्न नहुने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुँदैन—तिनीहरूको विश्वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुँदैन। आज परमेश्वरलाई विश्वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा तिनीहरू परमेश्वरमा समर्पित पनि हुन्छन्, आफैलाई परमेश्वरमा अर्पित पनि गर्छन्, र आफ्नो कर्तव्य पनि निर्वाह गर्छन्। तिनीहरूले आफ्नो जवानी त्याग्छन्, परिवार र पेशा त्याग्छन्, र आफैलाई व्यस्त राख्दै कैयौँ वर्ष घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यका लागि, तिनीहरूले आफ्नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्वरमाथिको तिनीहरूको विश्वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। … अहिलेका लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल नगरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले चिरफार गर्नु अत्यन्तै योग्य हुन्छ। तिनीहरूसँग अति निकट रूपले सम्बन्धित रहेका लाभहरू बाहेक, परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम पाउने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरका वचनहरूले मेरो स्थितिलाई ठ्याक्कै प्रकट गरिदिए। परमेश्वरमा विश्वास गरेपछि र उहाँले मेरो बिमार निको पार्नुभएको देखेपछि, मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियर त्यागेँ, र मेरो परिवारले मलाई सताउँदा र पक्राउ पर्ने खतरा हुँदासमेत, म प्रभावित भइनँ। तर जब मलाई क्यान्सर भएको थाहा भयो, र आशिष् पाइने आशा चकनाचुर भयो, तब मैले परमेश्वरसँग तर्क गरेँ, उहाँले मेरो रक्षा गर्नुभएन भनेर गुनासो गरेँ, र आफ्ना विगतका समर्पण र प्रयासहरूप्रति पछुतो मानेँ, र तबदेखि परमेश्वरलाई प्रार्थना गर्न वा उहाँका वचनहरू पढ्न चाहिनँ। तब मात्र मैले परमेश्वरसँगको मेरो सम्बन्ध पूर्ण रूपमा लेनदेन रहेछ भन्ने बुझेँ। म राम्रो गन्तव्यका लागि आफ्नो त्याग र प्रयासहरू साट्न चाहन्थेँ। म परमेश्वरलाई धोका दिन र प्रयोग गर्न खोजिरहेकी थिएँ। म एकदमै स्वार्थी र घृणित थिएँ! मानवता भएको व्यक्तिले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई गलत बुझ्दैन वा गुनासो गर्दैन तर परमेश्वरको अभिप्राय खोज्छ, र पीडामा समेत, ऊ अझै सृजित प्राणीको रूपमा आफ्नो उचित स्थानमा दृढ हुन्छ र परमेश्वरलाई उहाँको इच्छाअनुसार उसलाई योजनाबद्ध गर्न दिन्छ। तर आफूलाई हेर्दा, मैले परमेश्वरले दिनुभएका सबै अनुग्रह र आशिष्हरूलाई हल्का रूपमा लिएँ, र एउटा कुराले मेरो माग पूरा नगर्दा, मैले परमेश्वरलाई जवाफदेही ठहराएँ। ममा साँच्चै मानवताको कमी थियो र म जिउन योग्य थिइनँ। परमेश्वरले मलाई नष्ट गर्नुभएको भए पनि, त्यो उहाँको धार्मिकता हुनेथ्यो! तर परमेश्वरले अझै पनि मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो, आफ्ना वचनहरू प्रयोग गरेर मलाई अन्तर्दृष्टि दिनुभयो र आत्मचिन्त गर्न मार्गदर्शन गर्नुभयो। अबदेखि म परमेश्वरलाई गलत बुझ्न वा गुनासो गर्न सक्दिनथेँ। मैले सत्यता पछ्याउनुपर्थ्यो र आफ्ना कर्तव्य राम्रोसँग गर्नुपर्थ्यो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र अभ्यासका केही मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन् जो अपरिवर्तित रहन्छन् र दुर्भाग्य भोग्छन्। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने आफ्नो कर्तव्य गर्नुको आशिष् पाउनु वा विपत्ति भोग्नुसँग कुनै सम्बन्ध छैन, र सृजित प्राणीहरूले आफ्नो कर्तव्य गर्नु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो, र उनीहरूको परिणाम वा गन्तव्य राम्रो भए पनि वा नभए पनि, वा उनीहरूले आशिष् पाउन सके पनि वा नसके पनि, आफ्नो कर्तव्य गर्नैपर्छ। त्यसबाहेक, आशिष्हरू भनेका मानिसहरूले आफ्नो कर्तव्य गर्दा सत्यता पछ्याएर र स्वभाव परिवर्तन गरेर र अन्ततः परमेश्वरद्वारा मुक्ति पाएर पाउने कुरा हुन्। यदि कुनै व्यक्तिको भ्रष्ट स्वभाव परिवर्तन हुँदैन भने, ऊ अन्ततः दण्डित हुनेछ। परमेश्वरका वचनहरूका आधारमा, मैले आफ्ना दृष्टिकोणहरू एकदमै हास्यस्पद रहेछन् भन्ने देखेँ। म सधैँ मैले परमेश्वरका लागि अझ धेरै कष्ट भोगेँ, त्याग गरेँ र आफूलाई समर्पित गरेँ भने, मुक्ति पाउनेछु, र परमेश्वरले मानिसहरूलाई दिनुहुने राम्रो गन्तव्य प्राप्त गर्नेछु भन्ने सोच्थेँ। यो मेरो केवल मनको लड्डु थियो। यदि मैले अशुद्धताहरू नजाँची नै आफ्नो कर्तव्य पूरा मात्र गरेकी, सत्यता पछ्याउनमा ध्यान नदेएकी भए, र मेरो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन नभएको भए, र मैले आशिष् नपाउँदा, परमेश्वरलाई जवाफदेहीसमेत ठहराएकी भए, अन्ततः म परमेश्वरको प्रतिरोध गरेकाले दण्डित हुनेथिएँ। यो देखेर, मलाई आफू कति ठूलो खतरामा रहेछु भन्ने थाहा भयो। यदि म यस मार्गमा हिँडिरहेकी भए, म कारण थाहै नपाई हटाइने थिएँ! मैले परमेश्वरलाई मलाई म आफ्नो विश्वासमा गलत मार्गमा हिँडिरहेकी छु भनेर बुझ्न र समयमै फर्कनका लागि मद्दत गर्न यो बिमार हुन दिनुभएकामा सच्चा रूपले धन्यवाद दिएँ। मैले के पनि बुझेँ भने परमेश्वरमा विश्वास गर्नु आशिष्हरू पछ्याउनबारे हुनु हुँदैन, बरु सत्यता र स्वभाव परिवर्तन पछ्याउनेबारे र परमेश्वरका सबै बन्दोबस्तप्रति समर्पित हुनेबारे हुनुपर्छ। यी कुराहरू बुझेपछि, मेरो हृदयलाई तुरुन्तै राहत र स्वतन्त्र महसुस भयो, र तबउसो बिमार वा मृत्युद्वारा बाँधिएन। यदि मेरो बिमार बल्झियो वा फैलियो भने, म परमेश्वरका योजनाबद्ध कार्यमा समर्पित हुन इच्छुक थिएँ। मेरो बिमार निको हुन सके पनि वा नसके पनि, वा भविष्यमा मैले आशिष् पाउन सके पनि वा नसके पनि, म आफ्नो आफ्नो कर्तव्य राम्रोसँग सक्दो प्रयास गर्नेथिएँ। त्यसपछि, मैले सुसमाचार फैलाउने क्रममा आउने कठिनाइ र समस्याहरू समाधान गर्न ब्रदर-सिस्टरहरूसँग काम गर्न थालेँ, र हामीले केही परिणाम हासिल गर्यौँ। दश दिनभन्दा बढी समयपछि, म अर्को स्वास्थ्य जाँच गर्न गएँ, र अप्रत्याशित रूपमा, सबै सूचक सामान्य थिए।
मैले यस बिमारबाट धेरै कुरा पाएँ। मैले आफ्नो वास्तविक कद देखेँ, र मैले यतिका वर्षसम्म आशिष्का लागि आफ्नो परिवार र करियर त्यागेकी रहेछु, र सबै लाभका लागि रहेछ भन्ने बुझेँ। मेरो हृदय साँच्चै हठी थियो! परमेश्वरले मलाई यति धेरै अनुग्रह र आशिष् दिनुभएको थियो, र मलाई मुक्ति दिन निरन्तर काम गर्नुभएको थियो, तर मेरो माग पूरा नगर्ने एउटा कुराले गर्दा मैले परमेश्वरसँग तर्क गरेँ र उहाँलाई जवाफदेही ठहराएँ। परमेश्वरले मेरा लागि एकदमै धेरै मूल्य चुकाउनुभएको थियो तर बदलामा मेरो साँचो हृदय पाउन सक्नुभएन! यसबारे सोच्दा, मलाई परमेश्वरप्रति गहन रूपमा ऋणी महसुस भयो। तर त्यससँगसँगै, म परमेश्वरप्रति धेरै कृतज्ञ थिएँ, किनभने यदि यो बिमार नलागेको भए, मैले आफूलाई कहिल्यै चिन्नेथिइनँ र आत्मचिन्तन गर्नेथिइनँ, म उहाँलाई धोका दिन, धुत्न र उहाँसँग लेनदेन गर्न निरन्तर प्रयास गर्नेथिएँ। परमेश्वरले यो प्रकट नगरिदिनुभएको भए, म अझै पनि आफूले मुक्ति पाउन सक्छु भनेर सोच्नेथिएँ। तर अब म के देख्छु भने मेरो कद दयनीय रूपमा सानो छ र म मुक्ति पाउनबाट धेरै टाढा छु! मैले फेरि सुरु गर्नुपर्छ, तर यसपटक चाहिँ समझका साथ। भविष्यमा परमेश्वरले मलाई जसरी जाँच गर्नुभए पनि, म उहाँका योजनाबद्ध कार्यहरूमा समर्पित हुनैपर्छ, मैले सत्यता पछ्याउनैपर्छ, र आफ्नो स्वभावमा परिवर्तन खोज्नैपर्छ।