५०. छद्मले मलाई बरबाद गरेको छ

झेङ्ग सिनजिङ्ग, चीन

प्रिय सिस्टर,

आशा छ तिमी सन्चै छौ होला!

पछिल्लो पत्रमा तिमीले गत वर्षभरि घरबाट टाढा बसेर कर्तव्य पूरा गर्दा मैले पाएका फाइदाहरूका बारेमा सोधेकी रहेछौ। मैले साँच्‍चै केही कुराहरूको अनुभव गरेकी छु र आफ्‍नो भ्रष्ट स्वभावका बारेमा केही बुझाइ प्राप्त गरेकी छु। आज, म तिमीलाई गत बर्खामा मैले भोगेको एउटा अनुभव बताउन चाहन्छु।

त्यो बेला, सिस्टर माली र म मलजलको कर्तव्यमा सहकार्य गरिरहेका थियौँ। मालीले यो कर्तव्य भर्खरै सुरु गरेकी भए पनि, उनी लगनशील थिइन्, सिक्न चाहन्थिन्, र आफूले नबुझेका समस्याहरूको सामना गर्दा सहयोग खोज्न खुलस्त कुरा गर्थिन्। सुरुमा, मालीका प्रश्‍नहरू तुलनात्मक रूपमा सरल थिए, र म सक्रिय रूपमा र सजिलै तिनको उत्तर दिन्थेँ। मालीले ममा सिद्धान्तहरूको राम्रो बुझाइ रहेको भन्दै मेरो सराहना गर्थिन्, जसले गर्दा मलाई निकै खुसी लाग्थ्यो। पछि, माली सिद्धान्तहरूसँग झन्-झन् परिचित हुँदै जाँदा, उनले म आफैँले पूर्ण रूपमा नबुझेका प्रश्‍नहरू सोध्‍न थालिन्, र मसँग केही धारणाहरू भए पनि, ती सही छन् कि छैनन् भन्‍ने कुरा मलाई पक्का हुँदैनथ्यो। यदि मलाई मैले गलत उत्तर दिएँ भने, मालीले मलाई हेयका दृष्टिले हेर्नेछिन्, र म त्यस्ता समस्याहरूलाई पनि स्पष्ट देख्न सक्दिनँ, र मैले सत्यता वा सिद्धान्तहरू बुझेकी छैनँ भन्‍ने सोच्नेछिन् भन्‍ने डर लाग्थ्यो, जसले गर्दा उनले प्रश्‍न गर्दा मलाई चिन्ता लाग्थ्यो। मलाई स्पष्ट नभएका कतिपय प्रश्नहरू हुन्थे, त्यसकारण म आफूले हेडफोन लगाएकोले नसुनेको बहाना गर्थेँ, म आफ्नो काममा साह्रै व्यस्त भए जस्तो गर्दै कम्प्युटरमा एकदम ध्यान लगाउँदै माउस चलाउन तल्लीन हुन्थेँ। अरू सिस्टरहरूले, मैले सुनेकी छैनँ वा म अरू नै कुरामा व्यस्त छु भन्‍ने सोचेर, मालीका प्रश्‍नहरूको उत्तर दिन्थे। त्यो बेला, मलाई म निकै चलाख छु भन्‍ने लाग्थ्यो—यस प्रकार, मेरा कमजोरीहरू अरूले देख्‍दैनथे, र मैले गलत उत्तर दिएर इज्जत गुमाउँछु भन्‍नेबारे चिन्ता गर्नु पर्दैनथ्यो। तैपनि, मलाई अलिक ग्लानि भने हुन्थ्यो। जब माली प्रश्‍न गर्थिन्, त्यो बेला उनी साँच्चै सहयोग खोजिरहेकी हुन्थिन्, तर म जानी-जानी उनलाई बेवास्ता गर्थेँ। के यो छली कार्य थिएन र? यसको साथै, मैले कुनै कुरा नबुझे पनि, म इमानदार हुनुपर्थ्यो र अरूसँग मिलेर समाधानहरू खोज्ने र सङ्गति गर्ने गर्नुपर्थ्यो, जसले गर्दा काम र मेरो आफ्नै प्रवेश दुवैमा फाइदा हुनेथियो। तर गलत बोल्छु र इज्जत गुमाउनेछु भन्‍ने डरले, म चुपचाप बस्‍ने निर्णय गर्थेँ।

सिस्टर, तिमीलाई थाहा छ? त्यो बेला, मलाई यस्ती ढोङ्गी छु जस्तो लाग्थ्यो, आफ्ना समस्याहरूको खुलासा हुने र आफूलाई होच्याइने डरले, म हरेक दिन मुकुण्डो लगाएर आफ्नो साँचो रूप देखाउने आँट गर्दिनथेँ।

पछि, मैले आफ्नो कर्तव्यमा पनि कठिनाइहरूको सामना गरेँ, र मलाई समाधान गर्ने उपाय थाहा नभएका विषयहरूमा नयाँ विश्‍वासीहरूले प्रश्‍नहरू उठाउँदा, मलाई चिन्ता लाग्थ्यो। म सङ्गतिमा खुलस्त कुरा गर्न र ब्रदर-सिस्टरहरूबाट सहयोग खोज्न चाहन्थेँ, तर मैले त्यसो गरेँ भने, तिनीहरूले म त्यस्ता सानातिना समस्याहरू पनि समाधान गर्न सक्दिनँ र सत्यता बुझेकी छैनँ भन्‍ने सोच्लान् भन्‍ने डर लाग्थ्यो। मालीले पहिले मलाई मेरो सिद्धान्त बुझाइको प्रशंसा गरेकी थिइन्, त्यसैले उनले मलाई गलत रूपमा मूल्याङ्कन गरेकी रहिछु भन्‍ने सोच्न सक्थिन्। यदि मैले बोलिनँ भने, नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान हुनेछैनन्, र तिनीहरूको जीवनमा समस्या आउनेछ भन्‍ने मलाई थाहा थियो! तर आफ्ना कठिनाइहरूका बारे खुलस्त कुरा गर्न मलाई विशेष गाह्रो लाग्थ्यो। सक्रिय रूपमा आफ्ना कमजोरीहरू खुलासा गर्दा आफू कमजोर देखिनेछु भन्‍ने मलाई लाग्थ्यो। अन्तत: म बोल्ने आँट गर्दिनथेँ। मैले आफ्ना कठिनाइहरू खुलासा गर्ने आँट नगरेकी हुनाले, नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान भएनन्, कतिले त भेलाहरूमा सहभागिता जनाउन समेत छोडे, र मलाई आफू कर्तव्यमा अयोग्य भए जस्तो लाग्यो। म नकारात्मक स्थितिमा पुगेँ, जुन अत्यन्तै पीडादायी थियो। त्यो अवधिमा, मलाई कुनै चिन्ता बेगर आफ्ना कठिनाइहरू र स्थितिका बारेमा खुलस्त कुरा गर्ने निकै चाहना हुन्थ्यो। मैले आफूलाई यो पनि सोधेँ, “किन सत्यता र तथ्यहरूका बारेमा बोल्न र सीधा व्यवहार गर्न यति गाह्रो हुन्छ?”

एक पटक, माली र म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामका लागि एक जना सिस्टरलाई तयार पार्न सकिन्छ कि भनेर छलफल गरिरहेका थियौँ, र मैले आफ्नो दृष्टिकोण बताएँ। त्यसपछि, मैले सिद्धान्तहरूका बारेमा मनन गरेँ र मेरो दृष्टिकोण अलिक गलत छ र यसले मालीलाई बहकाउन सक्छ भन्‍ने महसुस गरेँ। म अलिक आत्तिएँ र मैले सोचेँ, “अब मैले के गर्नु पर्ला? के मैले यसलाई सच्याउनु पर्ला? मैले केही भनिनँ भने, मैले सिद्धान्तहरू गलत रूपमा बुझेको कुरा मालीलाई थाहा हुनेछैन, र मैले उनको अगाडि आफ्नो इज्जत गुमाउनेछैन। तर मैले त्यसो गरेँ, र हामीले अनुचित व्यक्तिलाई तयार गर्‍यौँ भने, के यो कामप्रतिको गैरजिम्मेवारी हुँदैन र अनि के यो ब्रदर-सिस्टरहरूका लागि हानिकारक हुँदैन र?” त्यो बेला, मलाई समाधान गर्न नसकिने द्विविधामा फसेको छु जस्तो लाग्यो। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरूबारे विचार गरेँ: “मूर्ख देखिनु राम्रो कुरा हो। यसले तँलाई तेरा कमीकमजोरीहरू र आडम्बर-मोह देख्‍न सहयोग गर्छ। यसले तेरो समस्या कहाँ छ भन्‍ने देखाउँछ र तँ सिद्ध व्यक्ति होइनस् भनेर स्पष्‍टसित बुझ्‍न सहयोग गर्छ। मान्छे कोही पनि सिद्ध हुँदैन र मूर्खतापूर्ण व्यवहार गर्नु सामान्य कुरा हो। हरेक मान्छेले कुनै न कुनै बेला आफूलाई मूर्ख तुल्याउने वा लज्‍जित पार्ने अनुभव गरेको हुन्छ। हर व्यक्ति असफल हुन्छ, हरेकले हण्डर खान्छ, र हरेकमा दुर्बलता हुन्छ। मूर्खतापूर्ण व्यवहार गर्नु नराम्रो कुरा होइन। … तैँले आफूलाई मूर्ख तुल्याउन सक्छस्, अरूले आफूलाई मूर्ख तुल्याउन सक्छन्, र सबैले नै आफूलाई मूर्ख तुल्याउन सक्छन्—अन्त्यमा तैँले पत्ता लगाउनेछस् कि सबै उस्तै हुन्, सबै साधारण मानिसहरू हुन्, सबै मरणशील मानिसहरू हुन्, कोही पनि अरू कोहीभन्दा ठूलो र अरू कोहीभन्दा उत्तम हुँदैन। कहिलेकहीँ सबैले आफूलाई मूर्ख तुल्याउँछन्, त्यसकारण कसैले पनि कसैको गिल्‍ला गर्नु हुँदैन। तैँले अनगिन्ती असफलताहरू अनुभव गरिसकेपछि, तँ आफ्‍नो मानवतामा क्रमिक रूपमा परिपक्‍व हुँदै जान्छस्; त्यसकारण जब तैँले फेरि यी कुराहरू सामना गर्छस्, तब तँ बन्धनमा पर्न छोडेको हुन्छस्, र तेरो कर्तव्य सामान्य रूपमा पूरा गर्ने क्रममा यी कुराहरूले असर पार्नेछैनन्। तेरो मानवता सामान्य हुनेछ, र जब तेरो मानवता सामान्य हुन्छ, तब तेरो समझ पनि सामान्य नै हुनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने हामी कोही पनि सिद्ध छैनौँ र हरेकमा कमजोरीहरू हुन्छन्। यस्तो समय पनि आउँछ जतिखेर हामी आफूले गर्ने काम र समस्याहरूलाई हेर्ने आफ्नो दृष्टिकोणमा विचलित हुन वा मूर्ख देखिन सक्छौँ। यी त एकदमै सामान्य कुराहरू हुन्। तर, मैले आफूलाई साधारण व्यक्तिको रूपमा हेरिनँ र मेरा आफ्नै कमजोरी र त्रुटिहरूको उचित रूपमा सामना गर्न सकिनँ। मैले सत्यता सिद्धान्तहरू पूर्ण रूपमा नबुझे पनि र मालीलाई मैले दिएको सुझावमा भएका केही विचलनहरूले उनलाई बहकाएको भए पनि, उनले मैले सत्यता बुझेकी छैनँ भन्‍ने सोच्लिन् र मलाई तुच्छ ठान्लिन् भन्‍ने डरले, म आफ्ना कमजोरीहरूलाई इमानदारीपूर्वक स्वीकार्न अनिच्छुक थिएँ। इज्जत जोगाउनका लागि, मैले मेरा समस्याहरूलाई ढाकछोप गर्ने प्रयास गरेँ, जुन मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशप्रति गैरजिम्मेवार कार्य थियो। म साँच्‍चै नै छली रहेछु! यो महसुस गरेपछि, मैले यस विषयमा आफूले प्रकट गरेको भ्रष्ट स्वभावका बारेमा मालीसँग खुलस्त कुरा गरेँ, मैले पहिले बताएका त्रुटिपूर्ण दृष्टिकोणहरूलाई सुधारेँ, त्यसपछि हामीले सिद्धान्तहरूअनुसार मानिसहरूलाई फेरि छनौट गरौँ भन्‍ने प्रस्ताव राख्यौँ। सिस्टर, यस पटक मैले इज्जत गुमाएकी भए पनि, परमेश्‍वरका वचनहरू अनुसार काम गरेकी हुनाले, मैले परिस्थितिलाई थप बिगारिनँ र मेरो अन्तरात्मालाई शान्ति मिल्यो।

पछि, कामको सारांश प्रस्तुत गर्दा, मैले साहस बटुलेर आफ्नो स्थितिका बारेमा र आफूले काममा सामना गरेका कठिनाइहरूका बारेमा सङ्गति गरेँ। मेरा अवस्थालाई समाधान गर्नका लागि सिस्टरहरूले मलाई परमेश्‍वरका वचनहरू पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “ख्रीष्टविरोधीहरूलाई लाग्छ, यदि आफू धेरै बोलेमा, निरन्तर रूपमा आफ्नो दृष्टिकोण व्यक्त गरेमा र अरूसित सङ्गति गरेमा, तिनीहरूलाई सबैले छर्लङ्गै चिन्नेछन्; ख्रीष्टविरोधीलाई उनीहरूले उसमा गहनता छैन, ऊ एक साधारण व्यक्ति मात्र हो भन्ठान्नेछन्, र सम्मान गर्नेछैनन् भन्ने लाग्छ। ख्रीष्टविरोधीका लागि सम्मान गुमाउनुको अर्थ के हो? त्यसको अर्थ मानिसहरूको हृदयमा तिनीहरूको सम्मानित हैसियत गुम्नु, मामुली, अज्ञानी र साधारण देखिनु हो। ख्रीष्टविरोधीहरू यस्तो हेर्ने आशा गर्दैनन्। त्यसकारण, जब ख्रीष्टविरोधी मण्डलीका अरूले सधैँ खुलस्त भएर आफ्नो नकारात्मकता, परमेश्वरविरुद्धको विद्रोह, हिजो उनीहरूले गरेका गल्तीहरू, वा आज इमानदार हुन नसकेकाले आफूलाई भएको असहनीय पीडा स्विकारेको देख्छ, तब ऊ यी मानिसहरूलाई मूर्ख र भोलाभाला ठान्छन्, किनकि तिनीहरू यस्ता कुराहरू कहिल्यै स्विकार्दैन, र आफ्ना विचारहरू लुकाइ राख्छन्। कतिपय मानिस कमजोर क्षमता वा सोझो भएकाले कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र मामलाहरूमा आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरू बोलेमा, गल्तीहरू गर्छन् र छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, तिनीहरू बुद्धिमान् र प्रतिष्ठित देखिन्छन्। यस्तो देखावटी रूपको कारण मानिसहरू ख्रीष्टविरोधीलाई कम आँक्दैनन्, अनि तिनीहरूलाई बाहिर शान्त र सौम्य देखेर, उनीहरू तिनीहरूलाई अझ उच्च सम्मान गर्छन् र अनादर गर्ने आँट गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोण सत्यतासँग मेल खाँदैनन्, बरु ती केवल मानव धारणा र कल्पना मात्र हुन्छन्, खुलासा गर्न योग्य हुँदैनन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा गर्छन् जसलाई प्रशंसा प्राप्त गर्न देखाउन सकिन्छ, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खेर बस्छन्। अरूले ज्योतिबारे बोलेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। मैले ख्रीष्ट-विरोधीहरूबारेा परमेश्‍वरले प्रकट गरेको के कुरा देखेँ भने, तिनीहरू सत्यता बुझ्दैनन् र आफ्ना कमजोरी र त्रुटिहरू खुलासा हुनेछन् अनि अरूको हृदयमा आफ्नो हैसियत वा छवि गुमाइनेछ भन्‍ने डरले, अरूसँगको अन्तरक्रियामा आफूलाई कहिल्यै उदाङ्गो पार्दैनन्, त्यसकारण तिनीहरू गहन र आदर्श व्यक्ति भएको नाटक गर्छन्, मानिसहरूलाई तिनीहरूलाई छर्लङ्ग देख्‍न गाह्रो बनाउन आफूलाई ढाकछोप गर्ने र भोष बदल्ने धेरै प्रयास गर्छन्। तिनीहरू धूर्त व्यवहार गर्छन् र दुष्ट स्वभावका हुन्छन्—ख्रीष्टविरोधीको प्रकृति सार यही हो। मेरो स्थिति र व्यवहार ख्रीष्टविरोधीकै जस्तो थियो, र म आफ्नो इज्जत बचाउन र आफ्नो हैसियतको रक्षा गर्न प्रायजसो आफ्नो भेष बदल्थेँ। माली पहिलोपटक आएको समयबारे सोच्दा, उननी तुलनात्मक रूपमा सरल प्रश्‍नहरू गर्थिन्, र यी प्रश्नहरूको उत्तर दिँदा मेरा कमजोरीहरू खुलासा हुँदैनथे, त्यसकारण म सजिलै जवाफ दिन सक्थेँ, उनीबाट तारिफ पाउँथेँ। मालीले केही सिद्धान्तमा निपुण भएपछि, मैले पूर्ण रूपमा बुझ्न नसक्ने प्रश्‍नहरू सोध्न थालिन्। यदि मेरा उत्तरहरू गलत भए भने, ब्रदर-सिस्टरहरूले मलाई छर्लङ्ग देख्‍नेछन् र मैले मप्रति तिनीहरूमा बसेको छवि गुमाउनेछु भन्‍ने मलाई डर लाग्थ्यो। म इज्जत गुमाउनबाट जोगिन उम्कने युक्ति अपनाउँथेँ, आफ्ना कमजोरीहरू ढाकछोप गर्न व्यस्त भएको वा प्रश्‍न नसुनेको बहाना गर्थेँ, र आफ्ना उत्तरहरूमा विचलन हुँदासमेत ढाकछोप गर्ने प्रयास गर्थेँ। मैले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्दा र ती समाधान गर्न नसकेकाले काममा ढिलाइ हुँदा अनि म निष्क्रिय र कमजोर बन्दा पनि खुलस्त हुन र सहयोग खोज्नबाट पन्छिएँ। मलाई यदि ब्रदर-सिस्टरहरूले मेरा कमजोरीहरू थाहा पाए भने, मैले सत्यता बुझेकी छैनँ भन्‍ने सोच्नेछन् र मलाई तुच्छ ठान्नेछन् भन्‍ने चिन्ता लाग्थ्यो। मेरो काममा पारदर्शिताको कमी, आफ्नो इज्जत र छविको निरन्तर रक्षा, अनि आफू गहन र भव्य भएको बहाना तथा अरूलाई बहकाउन गरिएको भेष बद्लाइ—यी ख्रीष्टविरोधी स्वभावका प्रकटीकरणहरू थिए! सिस्टर, परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफ्नो प्रकृति कति ढोँगी र छली रहेछ, र मेरो ख्रीष्टविरोधी स्वभाव कति गम्भीर रहेछ थाहा पाएँ। मलाई आफ्नो भ्रष्ट स्वभावप्रति डर र घृणा लाग्यो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले अरूको हृदयमा आफ्नो छवि र हैसियत कायम राख्‍न निरन्तर आफ्नो भेष बद्लिरहेकी छु, र ममा कुनै मानव रूप छैन, जसले गर्दा तपाईँ मलाई घृणा गर्नुहुन्छ। हे परमेश्‍वर, मेरो भ्रष्टता एकदमै गहन छ। म तपाईँलाई मलाई मुक्ति दिनुहोस् र आफूलाई चिन्‍न र मेरो भ्रष्ट स्वभाव त्याग्‍न सहयोग गर्नुहोस् भनेर प्रार्थना गर्छु।”

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई आफ्नो भ्रष्ट स्वभावको जडबारे केही बुझाइ प्रदान गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्‍बार बताउँदा, यसको उद्देश्य तँलाई राम्रो प्रतिष्ठा पाउने, गर्वपूर्ण जीवन बिताउने, र आफूलाई अपमानित पार्ने काम नगर्ने कुरामा महत्त्व दिन लगाउनु हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्‍याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्‍याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) तैँले पूर्ण निश्‍चयसाथ ‘अहँ, सक्दैन’ भन्‍न सक्छस्! यसबारे सोच् त, मानिसहरूले इमान्दार मानिसहरूको व्यवहार गर्नुपर्छ भनेर परमेश्‍वर भन्‍नुहुन्छ। जब तैँले कुनै अपराध, वा कुनै गलत काम गरेको, वा परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र सत्यताविरुद्ध जाने काम गरेको हुन्छस्, तब तैँले आफ्नो गल्ती स्विकार्न, आफैलाई बुझ्‍न, र साँचो पश्‍चात्ताप हासिल गर्नहेतु आफैलाई निरन्तर चिरफार गरिरहन, र त्यसपछि परमेश्‍वरको वचनअनुसार काम गर्न आवश्यक हुन्छ। त्यसकारण, यदि मानिसहरूले इमान्दार मानिसहरूको रूपमा व्यवहार गर्ने भने, के त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइसँग बाझिन्छ? (हो।) यो कसरी बाझिन्छ? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइको उद्देश्य खराब वा बेइज्‍जतपूर्ण कुराहरू गर्नुको सट्टा वा आफ्‍नो कुरूप पक्ष खुलासा गर्नुको सट्टा मानिसहरूलाई आफ्‍नो उज्यालो र रङ्गिन पक्षमा बाँच्‍न र आफूलाई राम्रो देखाउने धेरै कामहरू गर्नमा महत्त्व दिन लगाउनु हो, र तिनीहरूलाई अभिमान वा मर्यादाबिना बाँच्नबाट रोक्‍नु हो। आफ्नो प्रतिष्ठाको खातिर, आफ्नो अभिमान र सम्मानको खातिर, कसैले पनि आफ्नो बारेमा सबै कुरा बकवास बनाउनु हुँदैन, अरूलाई आफ्नो कालो र लाजमर्दो पक्षहरूबारे बताउने त झन् कुरै नगरौँ, किनभने व्यक्ति अभिमान र मर्यादासाथ बाँच्नुपर्छ। मर्यादा प्राप्त गर्नको लागि व्यक्तिलाई राम्रो प्रतिष्ठा चाहिन्छ, र राम्रो प्रतिष्ठा प्राप्त गर्नको लागि व्यक्तिले नाटक गर्नुपर्छ र आफ्नो रूपरङ्ग राम्रो पार्नुपर्छ। के यो आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्‍ने कार्यसँग बाझिन्छ? (हो।) जब तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्‍छस्, तब तैँले गरिरहेको त्यो कार्य ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइको पूर्ण विपरीत हुन्छ। … तर तैँले जब यो सत्यता बुझ्दैनस्, र जब परमेश्‍वरका अभिप्राय बुझ्दैनस्, तब तेरो परिवारले तँलाई अभ्यस्त पारी तँमाथि घुसाइदिएका कुराहरू नै हाबी हुन्छन्। त्यसकारण, जब तैँले कुनै गलत काम गर्छस्, तब यसलाई ढाकछोप गर्छस् र नाटक गर्दै यस्तो सोच्छस्, ‘मैले यसबारे केही भन्‍नु हुँदैन, र यसबारे थाहा पाउने अरू कसैलाई पनि मैले केही भन्‍न दिनेछैनँ। यदि तिमीहरूमध्ये कसैले केही भन्यौ भने, म तिमीहरूलाई त्यतिकै छोड्नेवाला छैनँ। मेरो प्रतिष्ठा नै पहिलो स्थानमा आउँछ। प्रतिष्ठाको खातिर बाँचिँदैन भने त्यसरी बाँच्नु व्यर्थ हो, किनभने यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिले आफ्नो प्रतिष्ठा गुमायो भने, उसले आफ्‍नो सबै मर्यादा गुमाउँछ। त्यसकारण, जस्तो छ त्यस्तै भन्‍नु हुँदैन, नाटक गर्नुपर्छ, कुराहरू ढाकछोप गर्नुपर्छ, नत्र आफ्नो प्रतिष्ठा र मर्यादा गुम्‍नेछ, र जीवन बेकार हुनेछ। यदि तिमीलाई कसैले पनि आदर गर्दैन भने, तिमी बेकार हौ, मूल्यहीन फोहोर हौ।’ के यस तरिकाले अभ्यास गरेर इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्न सम्भव हुन्छ र? के पूर्ण रूपमा खुलस्त भएर आफैलाई चिरफार गर्नु सम्भव हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरो काम गर्ने सिद्धान्त बन्‍न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने यो भनाइको पूर्णविपरीत हुनेछ। अनि, तँ आफ्नो प्रतिष्ठाको खातिर बाँच्‍नेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै बाँच्‍नेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउनको खातिर र इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्दै अनि परमेश्‍वरलाई सन्तुष्ट पार्ने र सृष्टि गरिएको साँचो प्राणीको रूपमा बाँच्ने प्रयास गर्दै जिउनेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तैँले आफूमाथि परिवारले पारेका सिकाइने कुराका प्रभावहरू त्यागिसकेको हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। मैले परमेश्‍वरका वचनहरूको खुलासामार्फत् के बुझेँ भने म त “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्‍ने भनाइअनुसार जिइरहेकी रहेछु, जुन कुरालाई मैले आफ्नो जीवनको आदर्श-वाक्यका रूपमा लिएकी रहेछु। बाल्यकालदेखि नै, मेरा आमाबुबाले मलाई “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” “इज्जत बहुमूल्य हुन्छ,” र “कुनै पनि हालतमा आफ्नो इज्जत गुमाउनु हुँदैन” भनेर सिकाए। मेरा आमाबुबाका दीर्घकालीन शिक्षा र गलत विचारहरूको प्रभावमा परेर, मैले इज्जतलाई सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिन थालेँ, गरिमा र आदरपूर्वक जिउनु भनेको इज्जत पाउनु र मानिसहरूबाट आदर र प्रशंसा कमाउनु हो भन्‍ने ठानेँ। मलाई याद छ, म स्कूलमा छँदा, सङ्गीत कक्षाका अवधि, मलाई स्टेजमा गाउन लगाइयो। एक सहपाठीले मैले पाठ पढेजस्तो गाएँ भनेर भन्यो। मलाई सार्वजनिक रूपमा अपमानित महसुस भयो, मानौँ मलाई थप्पड हानिएको छ, र मलाई जमीनको चिराभित्र हराइजाऊँ जस्तो लाग्यो। त्यसपछि, मैले फेरि कहिल्यै गाइनँ, ताकि मैले सुरमा गाएकी छैनँ भनेर अरूले पत्ता नलगाऊन्। आफूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मलाई परमेश्‍वर इमानदारीलाई मूल्यवान् ठान्नुहुन्छ भन्‍ने थाहा भयो तर म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्‍ने शैतानी दर्शनअनुसार जिइरहेँ। मैले व्यवहार र शब्दहरूलाई तिनले मेरो इज्जत र हैसियतमा पार्ने प्रभावका आधारमा जोखेँ। यदि यसले मेरा कमजोरीहरू प्रकट गरेको र मलाई लज्जित बनाएको भए, म आफूलाई ढाकछोप गर्ने र भेष बदल्न धेरै प्रयास गर्थेँ, इज्जत गुमाउनुभन्दा मण्डलीको काममा ढिलाइ गर्न र ब्रदर-सिस्टरहरूलाई हानि गर्नसमेत रुचाउँथेँ। म धूर्त, छली, र स्वार्थी बनेँ, र कुनै साँचो मानव रूपविना जिउँथेँ। परमेश्‍वरले मलाई आफ्नो कर्तव्य गर्न दिएको मौका मलाई सत्यता खोज्न र वास्तविक समस्याहरू समाधान गर्न सहयोग गर्नका लागि थियो। मेरा धेरै कमजोरीहरूका बाबजुद, यदि मैले आफ्नो अभिमान त्यागेँ, खुलस्त भएँ, र सङ्गति खोज्न सकेकी भए, मैले केही बुझाइ प्राप्त गर्नेथिएँ र म सत्यतामा प्रवेश गर्नेथिएँ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सिद्धान्तहरूमा झनै निपुण हुनेथिएँ। तर, म आफ्नो इज्जत र हैसियतबारे अत्यन्तै चिन्तित थिएँ। कठिनाइहरू सामना गर्दा, म खुलस्त हुँदिनथेँ, खोजी गर्दिनथेँ, वा आफ्ना गलत दृष्टिकोणहरूबारे खुलस्त सङ्गति गर्दिनथेँ, परिणामस्वरूप समस्याहरू समाधान हुँदैनथे, सत्यता वा सिद्धान्तहरूमा प्रगति भएन, र धेरैले सत्यता प्राप्त गर्ने अवसरहरू गुमाए। म आफ्नो इज्जतलाई अरू कुनै पनि कुराभन्दा बढी मूल्यवान् ठान्थेँ, र आफ्नो छविका खातिर इमानदारीको एक शब्दसमेत बोल्न सक्दिनथेँ। म कुनै गरिमाविना जिउँथेँ, जसले गर्दा मेरो जीवन प्रवेशमा ढिलाइ मात्र भएन तर मण्डलीको काममा हानिसमेत भयो। मैले अबदेखि आफ्ना भ्रष्ट स्वभावले बाँधिएर जिउन चाहिनँ र म सत्यता अभ्यास गर्न अनि इमानदार व्यक्ति बन्न इच्छुक भएँ।

पछि, मैले आफ्नो भक्तिको बेला, परमेश्‍वरका वचनहरू पढेँ र अभ्यास गर्ने मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “यदि तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्न चाहन्छस् भने, घमण्डलाई महत्त्व नदे; व्यक्तिको घमण्डको मोल एक सुक्‍को नि हुँदैन। सत्यता सामना गर्दा, व्यक्तिले आफूलाई खुलासा गर्नुपर्छ, नाटक गर्ने वा झूटो छवि सिर्जना गर्ने गर्नु हुँदैन। व्यक्तिले परमेश्‍वरलाई आफ्ना साँचा विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, र यस्तै अन्य कुराहरू खुलासा गर्नुपर्छ, र यी कुराहरू आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसामु पनि खुलासा गर्नुपर्छ। यो आफ्‍नो प्रतिष्ठाको खातिर बाँच्‍नुसँग सम्‍बन्धित कुरा होइन, बरु यो त इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्नको खातिर, सत्यता पछ्याउनको खातिर, सृष्टि गरिएको साँचो प्राणीको रूपमा जिउनको खातिर, र परमेश्‍वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनको खातिर बाँच्‍नुसँग सम्‍बन्धित कुरा हो। … तँ आफ्नो प्रतिष्ठाको खातिर बाँच्‍नेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै बाँच्‍नेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउनको खातिर र इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्दै अनि परमेश्‍वरलाई सन्तुष्ट पार्ने र सृष्टि गरिएको साँचो प्राणीको रूपमा बाँच्ने प्रयास गर्दै जिउनेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तैँले आफूमाथि परिवारले पारेका सिकाइने कुराका प्रभावहरू त्यागिसकेको हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूले मलाई व्यक्तिका रूपमा कसरी व्यवहार गर्ने भन्‍ने बारेमा अभ्यासका सिद्धान्तहरू बुझाए। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। चाहे अरूसँग अन्तरक्रिया गर्दा होस् वा आफ्नो कर्तव्य पूरा गर्दा होस्, हामीले आफ्‍नो इज्जत र हैसियतका खातिर आफ्ना कमजोरी र अपर्याप्तताहरूलाई ढाकछोप गर्नु हुँदैन वा लुकाउनु हुँदैन। हामीले गल्तीहरू गरे पनि वा सत्यता नबुझे पनि र परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्‍न नसके पनि, हामीले यसलाई लुकाउनु वा ढाकछोप गर्नु हुँदैन। बरु, हामी खुलस्त र इमानदार हुनुपर्छ, आफूले स्पष्ट रूपमा देख्‍न नसक्‍ने कुरालाई स्वीकार गर्नुपर्छ, र आफ्‍नो बुझाइ अनुसार बोल्नुपर्छ। यदि हामीले दिने सुझाव वा दृष्टिकोणहरूमा विचलनहरू छन् भने, हामीले आफ्नो इज्जतका लागि जिउनुको सट्टा शान्त भएर तिनको सामना गर्नुपर्छ र ब्रदर-सिस्टरहरूको अगुवाइलाई स्वीकार गर्नुपर्छ। हाम्रा कठिनाइ र कमीकमजोरीहरूका बारेमा खुलस्त कुरा गर्नु लाजमर्दो कुरा होइन, न त यो कमजोरीको लक्षण नै हो। यो सत्यता खोजीको प्रकटीकरण हो। हाम्रा कमीकमजोरीहरूलाई सही रूपमा सामना गर्दा र सत्यताको अभ्यास गर्न आफ्नो अभिमानलाई त्याग्‍दा यसले हामीलाई सीधा कुरा गर्ने बनाउँछ र सत्यता वास्तविकतामा छिटो प्रवेश गर्न सहयोग गर्छ। परमेश्‍वरका यी वचनहरू पढिसकेपछि, मलाई अभ्यास गर्ने मार्ग पाएँ भन्‍ने लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म इमानदार व्यक्ति होइन। मैले इज्जत बचाउन धेरै ढोङ्गी र छली कुराहरू गरेकी छु, जसले गर्दा तपाईंलाई दिक्‍दारी र घिन लाग्छ। म पश्चात्ताप गर्न, सत्यता पछ्याउन, र इमानदार व्यक्ति बन्‍न चाहन्छु।”

एक दिन, मैले धेरै ब्रदर-सिस्टरहरूसँग आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला, मालीले सङ्गति खोज्दै प्रश्‍न गरिन्। सुनेपछि, मलाई यो अलिक चुनौतीपूर्ण लाग्यो र मेरो दृष्टिकोण उचित छ कि छैन भन्‍ने कुरामा म अनिश्‍चित भएँ। म फेरि नर्भस हुन थालेँ, र सोचेँ, “म जवाफ दिउँ कि नदिउँ? यदि मैले राम्ररी उत्तर दिइनँ भने, के मैले इज्जत गुमाउनेछैनँ र? सायद मैले अरू सिस्टरहरूले जवाफ दिउञ्जेल पर्खनुपर्ला।” तर त्यसपछि मैले सोचेँ, “यदि म चुपचाप बसेँ, यसबाट तर्केँ, र आफ्नो इज्जत बचाउन आफूलाई ढाकछोप गरेँ भने, म अझै पनि भ्रष्ट स्वभाव अनुसार जिइरहेकी हुनेछु।” मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “अहिले तिमीहरूको इमानदार मानिस बन्‍ने अनुभव कस्तो हुँदै छ? के तिमीहरूले केही परिणाम हासिल गरेका छौ? (कहिलेकाहीँ म इमानदार बन्‍ने अभ्यास गर्छु तर कहिलेकाहीँ बिर्सन्छु।) के तँ सत्यता अभ्यास गर्ने कुरा बिर्सिन सक्छस्? यदि तँ यस्तो कुरा बिर्सिन सक्छस् भने, यसले कस्तो खाले समस्या दर्साउँछ? अनि, तिमीहरू सत्यतालाई प्रेम गर्छौ गर्दैनौ? यदि तिमीहरू सत्यतालाई प्रेम गर्दैनौ भने, सत्यता वास्तविकतामा प्रवेश गर्न तिमीहरूलाई गाह्रो हुनेछ। तिमीहरूले सत्यता अभ्यास र इमानदार व्यक्ति बन्‍ने अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्छ। तिमीहरूले कसरी इमानदार व्यक्ति बन्‍ने र आफूमा कस्तो समझ हुनुपर्छ भनेर बारम्बार मनन गर्नुपर्छ। परमेश्‍वर मानिसहरूलाई इमानदार बन्‍ने मापदण्ड दिनुहुन्छ र तिनीहरूले इमान्दारितालाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा पछ्याउनुपर्छ। तिनीहरू इमानदार व्यक्ति बन्‍न र पत्रुसको स्वरूपमा जिउन आफूमा कुन सत्यताहरू हुनुपर्छ अनि आफू कुन वास्तविकतामा प्रवेश गर्नुपर्छ भनेर स्पष्ट हुनुपर्छ र बुझ्नुपर्छ, र तिनीहरूले अभ्यासको मार्ग खोज्‍नुपर्छ। त्यसपछि मात्र तिनीहरू इमानदार र परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति बन्‍ने आशा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग)। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै, उहाँलाई यस पटक म आफ्‍नो अभिमानको बन्धनमा पर्न चाहन्‍नँ भनेँ। म खुलस्त र इमानदार हुनुपर्थ्यो। त्यसपछि, म बोलेँ र आफ्ना दृष्टिकोण र विचारहरू बताएँ। मैले बोलीसकेपछि, अरू सिस्टरहरूले मैले सङ्गति गरेका कुराको आधारमा आफ्ना विचारहरू थपे। सबैको सङ्गतिद्वारा, मालीको समस्या समाधान भयो, र उनको अनुहारमा मुस्कान देखा पर्‍यो। त्यति बेला, जब मैले सङ्गतिमा बोलेँ, तब मलाई निकै राहत महसुस भयो। मलाई म अन्तत: अभिमान र अहम्‌ताका बन्धनहरूबाट मुक्त भएकी छु र इमानदार व्यक्ति बन्‍ने दिशामा कदम चालेकी छु जस्तो लाग्यो। पछि, मालीले थप प्रश्‍नहरू गर्दा, मलाई कहिलेकहीँ गल्ती गरेर इज्जत गुमाउँछु कि भन्‍ने डर लाग्थ्यो। जब मलाई यो महसुस हुन्थ्यो, तब म आफ्‍नो विरुद्धमा विद्रोह गर्न, आफ्नो अभिमानलाई पन्छाउन, र सिस्टरका प्रश्‍नहरूको सक्रिय रूपमा जवाफ दिन सहयोग गर्नुहोस् भनेर परमेश्‍वरलाई प्रार्थना गर्थेँ। कहिलेकहीँ मेरा दृष्टिकोणहरू गलत हुन्थे, वा मैले स्पष्ट देख्‍न नसकेका समस्याहरू हुन्थे र मेरा उत्तरहरू गलत हुन्थे, अनि सिस्टरहरूले थप सङ्गति दिन्थे। यसले कहिलेकाहीँ मलाई अलिक लाज लाग्‍ने भए पनि, तिनीहरूको सङ्गति ध्यान दिएर सुनेपछि मेरो बुझाइमा स्पष्टता र सुधार आउँथ्यो। आफ्नो कर्तव्यमा कठिनाइ वा समस्याहरूको सामना गर्दा, म पनि ब्रदर-सिस्टरहरूबाट सङ्गति खोज्थेँ। तिनीहरूले मलाई तुच्छ ठानेनन् बरू मलाई सहयोग गर्न धैर्यताका साथ सत्यतामा सङ्गति गरे। मैले इमानदारीको अभ्यास गर्दा आएको मुक्ति र सहजताको महसुस गरेँ, र मलाई आफ्‍नो व्यवहार यसरी प्रस्तुत गर्नु निकै राम्रो लाग्यो। धन्यवाद परमेश्‍वर!

सिस्टर, मेरो अनुभव यति नै हो। आशा छ तिमीले मलाई पनि विगत वर्षमा आफूले पाएको अनुभव र प्राप्तिका बारेमा लेख्‍नेछौ।

भवदीय,

सिनजिङ्ग

जुन १०, २०२३

अघिल्लो: ४९. फरक प्रकारको आशिष्

अर्को: ५१. प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्‍नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्