४८. पाखण्डको मूल्य

फ्लोरा, अमेरिका

सन् २०२१ को जुन महिनामा, म मण्डली अगुवामा चुनिएँ। त्यतिबेला, यो मेरा लागि वास्तवमै अनपेक्षित थियो किनभने अरू अगुवाहरूका तुलनामा म कम उमेरकी थिएँ, र मेरो जीवन प्रवेश पनि निकै सतही भएकाले यो कर्तव्य सम्हाल्न सक्छु कि सक्दिनँ भनेर मलाई थाहा थिएन। तर जब मैले धेरैजसो ब्रदर-सिस्टरहरूले मलाई भोट दिएको देखेँ, मलाई सबैले अनुमोदन दिएजस्तो महसुस भयो, त्यसैले, मैले यो कर्तव्य स्विकारेँ। मैले सत्यता सिद्धान्तहरूले आफूलाई सक्रिय रूपमा सुसज्जित गर्न थालेँ, र जब नबुझिने समस्याहरू सामना गर्थेँ, म तुरुन्तै अरूको सहयोग खोज्थेँ, यसरी, मैले विस्तारै मण्डलीको काम कसरी गर्ने भनेर राम्ररी बुझेँ। एक दिन, मसँग सहकार्य गर्ने एक सिस्टरले मलाई भनिन्, “उच्च अगुवाले तपाईं प्रगतिमुखी हुनुहुन्छ र कठिनाइहरूलाई सक्रिय रूपमा पार गर्न सक्षम हुनुहुन्छ भनेर भनेका छन्। त्यो निकै राम्रो कुरा हो।” यो सुनेर म एकदमै खुसी भएँ। अगुवाबाट यस्तो प्रशंसा पाइएला भन्ने मलाई लागेकै थिएन। अनि उनीहरूको नजरमा म सत्यता पछ्याउने र अघि बढ्ने व्यक्ति हुँ जस्तो देखियो, त्यसैले मैले अझ परिश्रम गर्ने दृढ सङ्कल्प गरेँ। तर यसको केही समयपछि, मेरो काममा एकपछि अर्को समस्या देखा पर्न थाल्यो। मैले चयन गरेका सुपरभाइजरहरूले वास्तविक काम गरिरहेका थिएनन्, र मैले उनीहरूको कामको निरन्तर अनुगमन वा निरीक्षण गरिनँ, जसले गर्दा काममा गम्भीर क्षति पुग्यो। अगुवाले मलाई कर्तव्यमा गैरजिम्मेवार भएको भन्दै काटछाँट गरे, र मलाई मण्डलीको काम नजोगाउने एक कागजी काम गर्ने व्यक्ति भने। मेरो लापरवाहीप्रति मलाई हल्का दोषी महसुस भयो। म अगुवाले मेरो बारेमा के सोच्लान्, र कर्मचारी छनोटमा मैले सिद्धान्तहरू पालना नगरेको सोच्लान्, र नेतृत्वका लागि योग्य छैन भनेर मलाई बर्खास्त गर्लान् कि भनी चिन्तित भएँ। यदि मलाई साँच्चै बर्खास्त गरियो भने, ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्लान्? के उनीहरूले मलाई अगुवा चुन्नु आफ्नो गल्ती थियो भनेर भन्लान्? मैले एकदमै हताश महसुस गरेँ। अगुवाले मलाई कर्तव्यप्रति गैरजिम्मेवार भई केवल कागजी काम गर्ने व्यक्ति भनेकोबारे मैले सोचेँ। म यस्तो नामले चिनिन चाहन्नथेँ, त्यसैले, यदि मैले अगाडि राम्रो काम गरेँ भने, मेरोबारे अगुवाको मूल्याङ्कन बदलिन सक्ला, र ब्रदर-सिस्टरहरूले मलाई अझ बढी सम्मान गर्लान् भनी मैले सोचेँ। उनीहरूले मेरो काटछाँट भएपछि पनि, म नकारात्मकतामा नपरेको, बरु आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरेको, र यसले म सत्यता पछ्याउने व्यक्ति रहेको भन्लान्। यसरी, म प्रगतिमुखी र उत्प्रेरित व्यक्ति भएको मेरो प्रतिष्ठा कायम रहने थियो। यी कुराहरू मनमा राखेर, मैले आफ्नो कामका समस्याहरू सकेसम्म छिटो समाधान गर्न प्रयास गरेँ।

पछि, माथिल्लो अगुवाले मेरो कामका बारेमा प्रायः सोधखोज गर्थे तर, म पहिलेजस्तो सोझो तरिकाले काम गर्दिनथेँ। मैले कुनै समस्या वा कठिनाइ सामना गर्दा, अगुवालाई तुरुन्तै खोज्नुको सट्टा, मैले राम्ररी नगरेको कुनै अर्को कुरा उनले पत्ता लगाउछन् कि भनेर म डराउन थालेँ। एकपटक, हामीले सामान्य मामिलासम्बन्धी कामको निरीक्षण गर्ने व्यक्ति खोज्नुपर्ने भयो। सबैभन्दा पहिले, मैले सिस्टर क्लोइलाई सम्झिएँ, जो सामान्य मामिलाहरू सम्हाल्न निकै दक्ष थिइन्, कुनै पनि परिस्थितिमा मण्डलीको हित जोगाउन सक्षम र थकानको पर्वाह नगरी कर्तव्यमा कडा परिश्रम गर्न तयार थिइन्। तर, त्यसपछि मैले उनको अहङ्कारी स्वभाव र अरूसँग मिलेर काम गर्न नसकेका कारण उनलाई सुपरभाइजरबाट यसभन्दा अघि बर्खास्त गरिएको कुरा सम्झिएँ। मलाई मैले उनलाई फेरि बढुवा गरेँ र उनले सोही व्यवहार गरिन् भने, के अगुवाले मलाई खुट्याइ नभएको र मानिसलाई केवल उनीहरूको बाहिरी रूपमा मात्र हेर्ने भन्ने सोच्ने थिए? क्लोइले फेरि सुपरभाइजरको भूमिका सम्हाल्न सक्ने-नसक्ने कुरामा म अनिश्चित थिएँ, तर मलाई अगुवाबाट सल्लाह लिन निकै डर लाग्यो, त्यसैले सुपरभाइजर चयन गर्ने प्रक्रिया त्यत्तिकै रह्यो। मण्डली अगुवा हार्लोको पनि मामिला थियो। छ जना ब्रदर-सिस्टरले उनलाई अत्यन्त अहङ्कारी भनेर रिपोर्ट गरेका थिए, र आफ्नो पदको दुरुपयोग गरेर अरुसँग होच्याएर बोल्ने र दबाउने आरोप लगाएका थिए। म यस विषयमा सोधखोज गर्न भनी टोली अगुवा र सुपरभाइजरहरूकहाँ गएँ। मैले हार्लो वास्तवमै अहङ्कारी रहेकी र अरूलाई भाषण दिन रुचाउने गरेको पत्तो पाएँ, तर कतिपयले ब्रदर-सिस्टरहरूले सिद्धान्त उल्लङ्घन गरिरहेकाले उनले त्यसो गरिरहेकी पनि बताए। यी भिन्न मूल्याङ्कनहरू देखेर मैले परिस्थितिलाई स्पष्ट रूपमा देख्न सकिनँ, अनि मैले उच्च अगुवासँग मार्गदर्शन लिने सोचेँ, तर त्यसपछि मैले सोचेँ—मैले मानिसहरूलाई खुट्याउने कुरामा कसरी लगातार केही गल्तीहरू गरेकी थिएँ, अगुवाले मलाई सिद्धान्तहरूबारे कसरी सङ्गति गरेका थिए, अनि अझै पनि, परिस्थिति आइपर्दा, म मानिसहरूलाई राम्ररी खुट्याउन सकिरहेकी छैन। मलाई उनले म कम क्षमता भएको, जति सङ्गति गरे पनि म सिद्धान्तहरू बुझ्न असमर्थ, र अगुवा हुन अयोग्य रहेको ठान्ने त होइन भन्ने लाग्यो। पहिले राम्रोसँग परिस्थिति बुझेर मात्र उनलाई बर्खास्त गर्नुपर्छ भन्ने सोच्दै म दोधारमा परेँ।

एकदिन, अगुवाले प्रशासनिक मामिलासम्बन्धी काम हेर्ने सुपरभाइजर चयनमा मैले गरेका गल्ती पत्ता लगाए र यस प्रकारका मामिलाहरू सम्हाल्ने सिद्धान्तहरूमा सङ्गति गरे। उनले भने, “पहिले बर्खास्त हुनुको मतलब फेरि सुपरभाइजर बन्न नपाउनु होइन, यो व्यक्तिको पश्चातापमा निर्भर गर्दछ। त्यसमाथि, प्रशासनिक मामिलाको सुपरभाइजर चयन गर्नु मण्डली अगुवाको चयन भन्दा फरक हो। यसमा उनीहरूको सत्यता पछ्याइको कुरा हेरिँदैन, बरु मण्डलीको कामको रक्षा गर्न सक्छन्-सक्दैनन् भनेर हेरिन्छ। साथै, यदि धेरैजसो व्यक्तिहरूलाई उनीहरूसँग यसका लागि प्रतिभा छ भन्ने लाग्छ भने, उनीहरू अभ्यास गर्न सक्छन्। यदि तपाईं निश्चित हुनुहुन्न भने, अन्य ब्रदर-सिस्टरहरूलाई उनीसँग सहकार्य गराउन सक्नुहुन्छ।” सङ्गतिपछि, उनले मलाई समाधानहरू नखोजी यति लामो समयसम्म यस विषयमा ढिलाइ गरेकोमा पनि काटछाँट गर्दै मलाई अत्यधिक स्वार्थी भएकी र मण्डलीको कामको रक्षा नगरेकी भने। मलाई म जति आफूलाई ढाकछोप गर्ने र कुराहरू लुकाउने प्रयास गर्छु, त्यति नै धेरै समस्याहरू खुलासा हुन्छन् भन्ने लागेको थिएन। थाहै नपाई, मैले मानिसहरूको लय र हावभावमा बढी ध्यान दिन थालेकी थिएँ। जब अगुवाले मसँग कुरा गर्थे, उनको आवाजको लयबाट मप्रति उनको धारणा बिग्रँदै गइरहेको छ कि, उनले म अगुवा हुन उपयुक्त रहे-नरहेको मूल्याङ्कन गर्दैछन् कि, र उनी मलाई जिम्मेवारी दिन बन्द गर्छन् कि भनेर म अनुमान गर्ने प्रयास गर्थेँ। अचम्मको कुरा, एक महिना पछि, अगुवाले मलाई भिडियोको काम निरीक्षण गर्ने जिम्मेवारी दिए। मैले सोचेँ, “यदि मैले यसपटक राम्रो गरिनँ भने, मलाई साँच्चै बर्खास्त गरिनेछ। मैले यो अवसर नगुमाई राम्रो प्रदर्शन गर्नुपर्छ।” तर, म भिडियोको कामसँग परिचित थिइनँ, र जब समस्या आए, मैले समाधान गर्न जानिनँ। जब अगुवाले कामको स्थितिबारे सोधे, म आत्तिएँ, उनले मैले राम्ररी नगरेको केही कुरा देख्छन् कि भनी डराएँ। त्यसैले, कामको रिपोर्ट गर्दा, प्रगतिका क्षेत्रहरूलाई महत्त्व दिँदै, मैले राम्रो समाचार मात्र रिपोर्ट गर्थेँ, नराम्रो समाचार रिपोर्ट गर्थिनँ, र प्रगति नभएका क्षेत्रहरूका समाधानमा कडा परिश्रम गरिरहेकी छु भनेर भन्थेँ। त्यस समयमा, मैले अत्यधिक दबाब महसुस गरेँ। धेरै पटक, मैले अगुवासँग म यो काम सम्हाल्न सक्दिनँ भनेर स्वीकार गर्ने विचार गरेँ, तर फेरि मैले यसो गरेको खण्डमा, प्रगतिमुखी भएर अरूको नजरमा राम्रो हुनुको मेरो एक मात्र सकारात्मक गुण गुमाउनेछु कि भन्ने चिन्ता लाग्थ्यो। थाहै नपाइ, छ महिना बितिसकेको थियो, र एक महिना लाग्नुपर्ने काम छ महिना ढिला भएको थियो। मेरो स्थिति झन् खराब हुँदै गयो। परमेश्‍वरका वचनहरू खाँदा-पिउँदाको समयमा, म कुनै प्रकाश पाउँदिनँथें र निद्रा लागिरहन्थ्यो; मेरा प्रार्थनाहरू परमेश्‍वरसँग नजोडिएको जस्तो लाग्थ्यो। मैले निरन्तर चिन्ता र असहजता महसुस गर्थेँ।

एकपटक अगुवाले मलाई गहिरो प्रश्न गरेर यी समस्याहरू पत्ता लगाए, र मलाई बर्खास्त गरे। उनले भने, “तपाईं सत्यता पछ्याउनुहुन्न र धेरै घमण्डी हुनुहुन्छ। तपाईं आफ्नो कर्तव्य एक्लै गर्न रुचाउनुहुन्छ, कहिल्यै अरूसँग परामर्श गर्न वा मद्दत लिन रुचाउनुहुन्न, अनि आफ्नो प्रतिष्ठा र हैसियतमा धेरै ध्यान दिनुहुन्छ! तपाईंले निरन्तर देखाएको व्यवहारका आधारमा, तपाईंलाई अगुवा बनाइरहन सकिन्न।” मलाई बर्खास्त गरिएको क्षणमा, परमेश्‍वरको धर्मी स्वभाव ममाथि रहेको मैले प्रस्ट बुझेँ, र यसमा दोष मेरो नै थियो। केही समयपछि, मैले हार्लोले मण्डलीमा होहल्ला मच्चाइरहेकी थिइन्, गुट बनाउँदै थिइन्, र उनलाई नपछ्याउनेहरूलाई दबाउँदै र यातना दिँदै थिइन् भनेर थाहा पाएँ। मण्डली अराजकतामा थियो, मानिसहरू अव्यवस्थित भएका थिए, र दुष्ट मानवताका कारण अन्ततः उनलाई अलग राखियो। यो परिणामको सामनाले, म अत्यन्तै अस्थिर भएँ। मैले उनका समस्याहरू स्पष्ट बुझ्न र समयमै मार्गदर्शन खोज्न नसक्दा एक दुष्ट व्यक्ति अगुवाको स्थानमा रहिरहन पुग्यो, जसले ब्रदर-सिस्टरलाई लामो समयसम्म हानि गर्नुका साथै, मण्डलीको कामलाई गम्भीर रूपमा बाधा पुर्‍याइरहेको थियो। मैले आफ्नो कर्तव्य कति नराम्रोसँग गरेकी रहेछु भन्ने सम्झँदा, म अपराधबोधले भरिएँ र ब्रदर-सिस्टरहरूको सामु जान पनि लाज लाग्यो। मैले आफैँलाई बारम्बार सोधिरहेँ: म यस्ती कसरी भएँ? मैले परमेश्‍वरका अगाडि घुँडा टेकेर प्रार्थना गरेँ, र मैले गरेका सबै कार्यबारे साँचो रूपमा चिन्तन गरी बुझ्नका लागि अन्तर्दृष्टि र मार्गदर्शन दिन बिन्ती गरेँ।

पछि, जब मैले परमेश्‍वरका केही वचन पढेँ, तब मलाई आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त हुन थाल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तिमीहरू अगुवा वा सेवक हौ भने, के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामको बारेमा जाँचबुझ र सुपरिवेक्षण गर्छ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामका भूलचूक र गल्तीहरू पत्ता लगाएर तिमीहरूको काट-छाँट गर्नेछ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई प्रवर्धन गर्नेबारे विचार गर्नुहुनेछैन भन्‍ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तेरो प्रेरणा मण्डलीको कामका निम्ति होइन, तँ ख्याति र हैसियतका लागि काम गरिरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको रेखदेख गर्छ भन्ने डर छैन, र तँ माथिकाले सोधेका प्रश्‍न र सोधपूछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँ ख्रीष्टविरोधी कदापि ठहरिनेछैनस्। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिस समेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक छैनस्। तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्‍ने जानेर पनि किन तँ यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्‍न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्‍नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उसलाई थाहा भएपछि माथिकोले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्‍नो हैसियत गुमाए पनि, म आफूले भन्‍नुपर्ने कुरा स्पष्ट रूपमा भन्‍नेछु’? परमेश्‍वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्‍ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई बहुमुल्य ठान्छस् भन्‍ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्‍नु ख्रीष्टविरोधीको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्‍वरको वचनले मेरो स्थितिको खुलासा गरिदियो। मेरो कामको निरीक्षण र सोधपुछ गर्ने अगुवासँग म डराउनुको मुख्य कारण प्रतिष्ठा र पदलाई लिएर म चिन्तित हुनु थियो। अगुवाले मेरो काममा समस्या पत्ता लगाएर मलाई बर्खास्त गर्नेछन् भनेर म डराउँथेँ, मलाई मेरो पद गुमाउन डर लाग्थ्यो। त्यसैले, मेरो काममा विचलन र समस्याहरू आउँदा, मैले तिनलाई लुकाउन सक्दो प्रयास गरेँ, र आफ्नो पद कायम राख्न सकेसम्म, म छलको सहारा लिन र काममा ढिलाइ गर्न रुचाएँ। मेरो पदप्रति यति धेरै मायाले मेरो ख्रीष्टविरोधी स्वभाव प्रकट गर्‍यो। मलाई ब्रदर-सिस्टरहरू र अगुवाले मेरा बारेमा राम्रो धारणा राख्छन् भन्ने लाग्यो, त्यसैले, मैले आफ्नो अगुवाको पद जोगाउन हरेक पक्षमा राम्रो प्रदर्शन गर्न चाहेँ। कर्तव्यमा मेरो गैरजिम्मेवारीपन र व्यक्तिहरू छनोट गर्दा सिद्धान्त पालन नगरेका कारण, मलाई धेरै पटक काटछाँट गरियो। त्यसपछि, अगुवाले कतै मेरो क्षमता अपर्याप्त छ भनी मलाई बर्खास्त गर्ने त होइनन्, जसले गर्दा मैले आफ्नो पद गुमाउने त होइन भनेर अनुमान लगाउन थालेँ। यो नै मेरो डरको मुख्य जड थियो। त्यसैले, मैले आफूलाई लुकाउन र ढाकछोप गर्न थालेँ। जब अगुवाले कामको अनुगमन गर्दै केही प्रश्न गर्थे, जवाफ दिनुअघि, म आफ्ना उत्तरहरूमा धेरै पटक सोचविचार गर्थेँ, समस्याहरूको खुलासा कम गर्न प्रयास गर्थेँ। मैले कामको प्रगति रिपोर्ट त गरेँ तर समस्याहरू लुकाएँ। कुनै व्यक्ति वा विषयमा स्पष्ट नहुँदा, मैले मार्गदर्शन खोजिनँ, बरु, आफूलाई लुकाएर अगुवालाई वास्तविक समस्याहरू सम्हाल्न र समाधान गर्न सक्छु भन्ने सोच्ने बनाएँ। साथै, केही काम रोकिएर अघि बढ्न नसक्दा पनि, मैले अझै पनि आफूलाई लुकाएँ र मार्गदर्शन खोजिनँ, किनकि मलाई आफ्नो हैसियत जोगाउनु थियो। प्रतिष्ठा र हैसियतप्रतिको मेरो मोहले म अन्धो भएँ र बारम्बार गल्ती गरिरहेँ, जसका कारण धेरै काम ढिला भयो र सामान्य रूपमा अघि बढ्न सकेन। मैले परमेश्‍वरका ती वचनहरू सम्झिएँ, जसले भन्छन्: “किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्‍न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्‍नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उसलाई थाहा भएपछि माथिकोले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्‍नो हैसियत गुमाए पनि, म आफूले भन्‍नुपर्ने कुरा स्पष्ट रूपमा भन्‍नेछु’? परमेश्‍वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्‍ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई बहुमुल्य ठान्छस् भन्‍ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्‍नु ख्रीष्टविरोधीको स्वभाव हो।” परमेश्‍वरका वचनहरूको खुलासा सामना गरेर, मैले अत्यन्तै निन्दित महसुस गरेँ। परमेश्‍वरले हामीलाई कामको रिपोर्ट गर्दा समस्याहरू जस्तोसुकै भए पनि इमानदारीपूर्वक बोल्नुपर्छ भनी सिकाउनुहुन्छ। यसको अर्थ हैसियत गुमाउनु नै भए पनि, हामीले समस्याबारे स्पष्ट भन्नुपर्छ र तिनलाई लुकाउनु हुँदैन, र समस्याहरूको इमानदारीपूर्वक रिपोर्ट गर्नुपर्छ। तर मेरो व्यवहार भने यसको ठ्याक्कै विपरीत थियो। मैले झूट बोल्न, आफूलाई लुकाउन, र छलकपट गर्न रुचाएँ, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन आफ्नो निष्ठा त्यागेँ। परमेश्‍वरका वचनले मलाई पूर्ण रूपमा विश्वस्त बनाए, मैले साँच्चै पछ्याएका र महत्त्व दिएका कुरा केवल प्रतिष्ठा र हैसिय रहेको मलाई देखाए।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँः “ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै रूपले दुष्ट हुन्छन्; तिनीहरूसँग इमानदारीता, सत्यप्रतिको प्रेम वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने हृदय हुँदैन। तिनीहरू प्रायः अँध्यारो कुनाहरूमा जिइरहेका हुन्छन्—तिनीहरू इमानदार मनोवृत्तिका साथ काम गर्दैनन्, तिनीहरू आफ्ना शब्दहरूमा स्पष्ट हुँदैनन् र तिनीहरू अन्य मानिसहरू र परमेश्‍वरप्रति दुष्ट र छली हुन्छन्। तिनीहरू अरूलाई धोका दिन चाहन्छन् र परमेश्‍वरलाई पनि धोका दिन चाहन्छन्। तिनीहरूले अरूको पर्यवेक्षण स्वीकार गर्नेछैनन्, परमेश्‍वरको छानबीन स्वीकार गर्ने कुरा त परै जाओस्। … त्यस्तो व्यक्तिले हैसियत प्राप्त गरेपछि, ऊ अन्य मानिसहरू वरपर आफ्नो व्यवहारमा अझ बढी गोपनीय बन्छ। उसले आफ्ना महत्त्वाकाङ्क्षा, प्रतिष्ठा, छवि र आफ्नो नाम, आफ्नो हैसियत र मर्यादा आदिको सुरक्षा गर्न चाहन्छ। त्यसकारण ऊ कसरी काम गर्छ वा काम गर्ने उसको मनसाय के हो भन्‍ने बारेमा खुलस्त हुन चाहँदैन। उसले गल्ती गर्दासमेत, भ्रष्ट स्वभाव प्रकाश गर्छ वा जब उसको कार्यको पछाडि मनसाय र अभिप्रायहरू गलत हुन्छन्, ऊ खुलस्त भएर अरूलाई यसका बारेमा थाहा दिन चाहँदैन र उसले प्रायः दाजुभाइ र दिदीबहिनीहरूलाई छल गर्न निर्दोषता र सिद्धताको स्वरूप धारण गर्छ। अनि माथि र परमेश्‍वरसँग, ऊ केवल कर्णप्रिय कुराहरू मात्र बोल्छ र प्राय: माथिसँगको सम्बन्ध कायम राख्‍न छली रणनीति र झूटहरूको प्रयोग गर्छ। उसले आफ्नो कामका बारेमा माथिलाई रिपोर्ट गर्दा र माथिसँग कुरा गर्दा, कहिल्यै अप्रिय कुरा बोल्दैन, ताकि कसैले पनि उसको कुनै पनि कमजोर पक्षहरू पत्ता लगाउन नसकोस्। उसले तल के गरेको छ, मण्डलीमा उत्पन्‍न भएका कुनै पनि समस्याहरू, उसको काममा भएका समस्या वा त्रुटिहरू वा उसले बुझ्‍न वा छर्लङ्ग देख्न नसक्ने कुराहरूलाई कहिल्यै उल्लेख गर्नेछैन। उसले यी कुराहरूका बारेमा उच्चसँग कहिल्यै सोध्ने वा खोजी गर्ने गर्नेछैन, बरू आफ्नो काममा पूर्ण रूपमा आफ्नो काममा सक्षम भएको, कामको बोझ वहन गर्न सक्षमता भएको छवि र स्वरूप प्रस्तुत गर्छ। उसले मण्डलीमा अवस्थित कुनै पनि समस्याहरूका बारेमा माथि रिपोर्ट गर्दैन र मण्डलीमा कुराहरू चाहे जति नै अव्यवस्थित किन नहून्, उसको काममा देखा परेका त्रुटिहरूको परिमाण वा उसले तल ठ्याक्कै के गरिरहेको छ भन्‍ने कुराहरूलाई बारम्बार ढाक्छ, यी कुराहरूका बारेमा माथिलाई थाहा नदिने वा यसको समाचार सुन्‍न नदिन प्रयास गर्छ, उसले के सम्म पनि गर्छ भने, वास्तविक रूपमा भइरहेका कुराहरूलाई लुकाउने प्रयासमा यी मामलाहरूसँग जोडिएका मानिसहरू वा उसको बारे सत्य थाहा पाएका मानिसहरूलाई टाढाका स्थानहरूमा सरुवा गरिदिन्छ। यी कस्ता प्रकारका अभ्यासहरू हुन्? यो कस्तो प्रकारको व्यवहार हो? के सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यस्तो हो र? एकदम स्पष्ट रूपमा, होइन। यो भूतप्रेतको व्यवहार हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत वा प्रतिष्ठालाई असर गर्न सक्ने कुनै पनि कुरालाई लुकाउन, ढाकछोप गर्न, यी कुराहरू अन्य मानिसहरू र परमेश्‍वरबाट लुकाउन सक्दो प्रयास गर्नेछन्। यो तिनीहरूभन्दा माथि र तलकालाई धोका दिनु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्‍वरले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावलाई चिरफार गर्नुहुन्छ। जब तिनीहरूको हैसियत र प्रतिष्ठाको कुरा आउँछ, ख्रीष्टविरोधीहरू, गल्ती वा दुष्कर्म गरेको भए तापनि, आफूलाई लुकाउन, छलकपट गर्न, र अरूसामु झूटो छवि बनाउन सक्दो प्रयास गर्छन्। तिनीहरूले आफ्ना माथिल्ला र मुनिका दुवैलाई धोका दिन्छन्, कहिल्यै सत्यता खोजेर समस्याको समाधान गर्न वा सुधार गर्न चाहँदैनन्, न त आत्मचिन्तन गर्छन्, न पश्चात्ताप गर्छन्। मलाई काटछाँट गरिएदेखि, अगुवाको मप्रति नराम्रो धारणा छ भन्ने मलाई शङ्का लाग्न थाल्यो। त्यसपछि, मैले बोल्दा, व्यवहार गर्दा, वा कामको रिपोर्ट दिँदा, मेरो मुख्य चिन्ता भनेको मेरो प्रतिष्ठा र हैसियत कसरी कायम राख्ने नै हुन्थ्यो। जब म मानिसहरूलाई बुझ्न सक्दिनथेँ र परिस्थितिलाई सही रूपमा कसरी सम्हाल्ने भनेर जान्दिनथेँ, म सहयोग खोज्ने वा अगुवालाई यसबारे रिपोर्ट गर्ने गर्दिनथेँ, बरु, ती समस्यालाई बेवास्ता गर्थेँ र पन्छाउँथेँ, जसले गर्दा काममा ढिलाइ हुन्थ्यो। भिडियोको काममा कठिनाइहरू आउँदा र कसरी अघि बढ्ने भनेर थाहा नहुँदा पनि, मैले कुनै मार्गदर्शन खोजिनँ, न अगुवालाई इमानदारीपूर्वक समस्या वा वास्तविक अवस्थाबारे रिपोर्ट गरेँ। मेरो दिमागमा बारम्बार, अगुवा भएर, यदि मैले यी समस्याहरू हल गर्न सकिनँ भने, म बर्खास्त हुन सक्नेछु भन्ने विचार आउँथ्यो। त्यसैले, काम जतिसुकै महत्त्वपूर्ण भए पनि, मैले आफ्नो प्रतिष्ठा हैसियत जोगाइरहेँ, आफू समस्याहरू समाधान गर्न सक्षम छु भन्ने देखाउन विभिन्न तरिकाले छलकपट गरिरहेँ, जसले गर्दा भिडियोको काममा छ महिनासम्म ढिलाइ भयो। सारमा, म निर्लज्ज रूपमा झूट बोल्दै थिएँ र आफूभन्दा माथि र तल रहेका सबैलाई धोका दिँदै थिएँ। मैले देखेँ मेरो स्वभाव साँच्चै नै दुष्ट र छली रहेछ! मैले सांसारिक दुनियाँमा काम गर्दाका मेरा विगतका अनुभवहरूबारे चिन्तन गरेँ। जब-जब अगुवाहरू कामको निरीक्षण गर्न र उत्कृष्ट युनिटहरूको मूल्याङ्कन गर्न आउँथे, हामीले के-के निरीक्षण भइरहेका छन् भने थाहा पाउनेबित्तिकै, हामी निरीक्षणको सामना गर्न विभिन्न नक्कली सामग्रीहरू थप्न बढी समय काम गर्थ्यौँ, र खराब प्रदर्शन भएका वा समस्याहरू रिपोर्ट गरिएका भागहरूको सबै प्रमाणहरू मेट्थ्यौँ। यसरी, हामी प्रायः निरीक्षणबाट जोगिन सफल भई “उत्कृष्ट युनिट” को उपाधि पाउँथ्यौँ। यस्तो दुष्ट प्रवृत्तिको प्रभावमा परेर, मानिसहरूले इमानदारीसँग बोल्न र काममा केन्द्रित हुन छोड्छन्; एकअर्कालाई धोका दिन्छन्, र आफ्नो लक्ष्य प्राप्त गर्नका लागि आफूसँग भएका कुनै पनि माध्यम प्रयोग गर्छन्। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्नु अघि, सकारात्मक र नकारात्मक कुरा खुट्याउन सकेकी थिइनँ। म सांसारिक दुष्ट प्रवृत्तिहरू अनुरूप चलेँ र कुनै मानवीय स्वरूप बिना जिएँ। अहिले, धेरै वर्षसम्म परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि पनि, उहाँका धेरै वचन खाएर-पिएर, र मानव हुनुका केही आधारहरू बुझेर पनि, मैले अझै पनि आफ्नो प्रतिष्ठा र हैसियतलाई कायम राख्न आफ्ना कर्तव्यमा छल र झूटा देखावटीको सहारा लिएँ, केवल राम्रा कुरा मात्र रिपोर्ट गरिरहेँ, नराम्रा कुरा छुटाइरहेँ, जुन जानाजानी अपराध गर्नु, अनि परमेश्‍वरलाई धोका दिनु र विरोध गर्नु थियो। यसबारे चिन्तन गर्दा, मभित्र डर भरियो। विगतमा, परमेश्‍वरद्वारा ख्रीष्टविरोधीहरूको व्यवहारको खुलासा भएको सुन्दा, म सधैँ तिनलाई ती व्यक्तिहरूसँग जोड्थेँ जसले धेरै दुष्ट कामहरू गरे र स्पष्ट रूपमा ख्रीष्टविरोधी थिए, यी वचनहरूसँग आफूलाई कहिल्यै गम्भीरतापूर्वक जोडेर हेर्दिनथेँ। अहिले, परमेश्‍वरका वचनहरूको खुलासा र तथ्यहरूको प्रकटीकरण मार्फत, मैले आफूमा साँच्चै ख्रीष्टविरोधीको स्वभाव र व्यवहार रहेछ भन्ने देखेँ। मैले तुरुन्तै हृदयबाटै परमेश्‍वरलाई प्रार्थना गरी, पश्चात्ताप गर्न र परिवर्तन गर्न चाहेको, र यसरी व्यवहार गर्न नचाहेको इच्छा व्यक्त गरेँ।

पछि, मैले परमेश्‍वरका वचनका केही खण्डहरू पढेँ, जसले मलाई मेरा समस्याहरूका बारेमा थप बुझाइ र अभ्यासका मार्ग दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मण्डलीले कतिपय मानिसहरूलाई पदोन्‍नति र मलजल गर्छ, र तिनीहरूले तालिम पाउने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्‍न सकिन्छ कि उनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसो भए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नको लागि एक्लै परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘सुस्त समाधानले तात्कालिक आवश्यकता पुरा गर्न सक्दैन’ भनेजस्तै हुन्छ। यदि सत्यताको हकमा तैँले चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सहकार्य गर्न, अनि अझै बढी प्रश्‍नहरू गर्न, र अझै धेरै खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन अझै शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले कुनै ढिलाइ नगरी समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्। तँलाई भर्खरै बढुवा गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको हुनाले, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेकोले वा तँमा सत्यता वास्तविकता नभएकोले—तँमा अझै पनि यो कदको कमी भएकोले—तँलाई बढुवा गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। कामप्रति तँमा बोझको बोध रहेकोले र तँमा अगुवाको क्षमता भएकोले मात्रै बढुवा र मलजल गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो कुराको समझ हुनुपर्छ। यदि बढुवा भएर तँ अगुवा वा सेवक बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्‍वास गर्छस् भने—र दाजुभाइहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको बहाना बनाउँछस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो ढोँगी फरिसीहरूकै शैली हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। जब तैँले कुरा बुझ्दैनस्, तैँले अरूलाई सोध्‍न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिकालाई तेरो साँचो कदको ज्ञान हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा हुनुपर्ने समझ हो, र अगुवा र सेवकहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सिद्धान्तहरू नबुझ्नु, वा निरन्तर रूपमा अरू मानिसहरू वा माथिलाई प्रश्नहरू सोध्नु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ, र तँलाई अरूले हेप्लान् भन्‍ने डर लाग्छ, यसको फलस्वरूप, तैँले नाटक गर्छस्, र आफूले सबथोक बुझेको, आफूलाई सबथोक थाहा भएको, आफूमा कार्यक्षमता भएको, आफूले मण्डलीको कुनै पनि काम गर्न सक्ने, र तँलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु नपर्ने, वा तँलाई कसैको सहयोग वा साथ नचाहिने भनी बहाना गर्छस् भने, यो खतरनाक कुरा हो, र तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्, तँमा समझको एकदमै कमी छ। तँलाई आफ्‍नै हदसमेत थाहा छैन—के यसले तँलाई अन्योलमा परेको व्यक्ति बनाउँदैन र? त्यस्ता मानिसहरूले परमेश्‍वरको घरबाट प्रवर्धन र जगेर्ना पाउने मापदण्ड पूरा गर्दैनन्, र ढिलोचाँडो तिनीहरूलाई बरखास्त गरिनेछ र हटाइनेछ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (५))। “कतिपयले यस्तो पनि भन्छन्, ‘जब हामीले कठिनाइ वा समस्याहरू सामना गर्छौँ, हामीले सुरुमा केही दिन मनन गर्नुपर्छ, अनि हामीले साँच्चै समाधान भेट्टाउन सकेनौँ भने मात्र रिपोर्ट गर्नुपर्छ।’ यसो भन्नेहरूसँग केही समझ छ झैँ सुनिन सक्छ, तर के यी मनन गर्ने दिनहरूले सम्भवतः ढिलाइ गर्नेछैनन् र? के केही दिनको मननले समस्या समाधान गर्नेछ भनेर तँ निश्चित हुन सक्छस्? के तँ त्यसले थप ढिलाइ गर्नेछैन भनेर प्रत्याभूति दिन सक्छस्? अरूले यसो भन्छन्। ‘यदि हामीले कुनै समस्या तुरुन्तै रिपोर्ट गऱ्यौँ भने, के माथिले हामीले त यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनौ भनी सोच्नेछैनन् र? के तिनीहरूले हामीलाई मूर्ख र अज्ञानी भनेर काँटछाँट गर्नेछैनन् र?’ तिनीहरूले यसो भन्नु गलत हो—तैँले चाहे समस्या रिपोर्ट गरे वा नगरे पनि, तेरो क्षमताको गुणस्तर पहिले नै स्पष्ट छ; माथिलाई त्यो सबै थाहा छ। के तँलाई, तैँले कुनै समस्या रिपोर्ट गरिनस् भने माथिले तँलाई उच्च मान्नेछ भन्ने लाग्छ? यदि तैँले समस्या रिपोर्ट गरिस् भने, र त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गरेको छैन भने, परमेश्वरको घरले तँलाई जबाफदेही बनाउनेछैन। तर, यदि तैँले रिपोर्ट गरिनस् र त्यसले ढिलाइ गर्छ भने, सीधै तँलाई जिम्मेवार ठहराइनेछ, र तँलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी, तुरुन्तै बर्खास्त गरिनेछ। परमेश्वरका चुनिएका मानिसहरूले पनि तँलाई अज्ञानी, मूर्ख, कमजोर-दिमाग भएको र मानसिक रूपमा असक्त व्यक्तिका रूपमा हेर्नेछन्, र तँलाई घृणा गर्नेछन् र सधैँका लागि तिरस्कार गर्नेछन्। … अहिले सम्ममा, तिमीहरू सबैजनाले यस्ता प्रकारका समस्याहरूलाई छर्लङ्ग देख्न सक्नुपर्छ, होइन र? जब तिमीहरूले सम्हाल्न नसक्ने समस्याहरू सामना गर्छौ, तिनलाई तुरुन्तै रिपोर्ट गर र समाधानका लागि निर्णय गर्ने समूहसँग सङ्गति गर। यदि निर्णय गर्ने समूहले तिनलाई सम्हाल्न सक्दैन भने, तीबारे तुरुन्तै माथिलाई रिपोर्ट गर; यो कुरा र त्यो कुराबारे चिन्ता नलेऊ, समस्यालाई तुरुन्तै समाधान गर्न सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरूले मलाई ब्युँझाए। परमेश्‍वरको घरमा, एक अगुवा हुनु भनेको केवल अभ्यास र प्रशिक्षित हुने विषय हो। त्यसैले, जब कर्तव्यमा दोधार र कठिनाइहरू आइपर्छ, काममा ढिलाइ हुनबाट रोक्नका लागि अरूसँग सहकार्य र छलफल गर्नुपर्छ, र आफूभन्दा माथिकाहरूबाट सहयोग लिनुपर्छ। यदि कुनै व्यक्तिले सधैँ आफूलाई उच्च स्थानमा राख्छ, र अगुवाका रूपमा चयन हुनु भनेको सत्यताका सिद्धान्तहरू बुझ्नु र समस्याहरू समाधान गर्ने क्षमता हुनु हो भन्ने सोच्छ, तर आफूलाई लुकाउँछ र नबुझेका समस्याहरू आइपर्दा पनि खोजी गर्न इन्कार गर्छ भने, त्यस्तो व्यक्तिमा तर्कको कमी हुन्छ र उसले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यधिक रक्षा गर्छ, र उसले मण्डलीको काममा सजिलै ढिलाइ गर्न सक्छ। म यसको एक जीवित उदाहरण थिएँ। मैले आफ्नो सत्यताको बुझाइ सतही भएको र आफू धेरै कुरामा कम छु भन्ने थाहा पाएकी थिएँ, तर के सोचेँ भने म अगुवामा छनोट भएकी हुनाले, मैले ब्रदर-सिस्टरहरू भन्दा सत्यताका सिद्धान्तहरू राम्रोसँग बुझ्नुपर्छ र ममा उनीहरूभन्दा समस्याहरू समाधान गर्ने बढी क्षमता हुनु पर्छ, र यसरी, ब्रदर-सिस्टरहरूको समर्थन पाउन सकिन्छ र माथिल्लो अगुवाले मलाई अनुमोदन गर्न सक्छन्। जब मैले यो त्रुटिपूर्ण दृष्टिकोण पालेँ, मैले आफूलाई नलुकाइ रहन सकिनँ। मेरा कर्तव्यमा मैले समाधान गर्न नजानेका समस्याहरू आउँदा, म कहिल्यै खुलेर बोल्न र मद्दत माग्न सक्दिनथेँ, किनकि यसो गर्दा मलाई असक्षम देखाउला र लज्जित बनाउला भन्ने डर लाग्थ्यो, त्यसैले म सधैँ समस्याहरूलाई आफैँ समाधान गर्ने प्रयास गर्थेँ। म प्रतिष्ठा र हैसियतको दलदलमा फसेकी थिएँ, मानौँ मेरो मन धुमाइलो भएको थियो। मैले आफूलाई लुकाउन र छल गर्न जारी राखेँ, जसले मण्डलीको कामलाई गम्भीर रूपमा ढिला गर्‍यो। यसमा चिन्तन गर्दै, मैले आफैँलाई केही कडा थप्पड हानेँ, अनि गहिरो पश्चाताप र दोषी महसुस गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनको यो खण्ड पढेँ: “तैँले आफ्‍नो काममा चाहे जे-जस्तो अन्योलता र कठिनाइहरू सामना गरे पनि, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य पूरा गर्नमा असर गर्न सके सम्म वा मण्डलीको कामको सामान्य प्रगतिलाई बाधा दिन सके सम्म, ती समस्याहरूलाई तुरुन्तै समाधान गरिनुपर्छ। यदि तैँले कुनै समस्यालाई आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तैँले सत्यता बुझ्ने केही मानिसहरू खोज्‍नुपर्छ। यदि यसले पनि काम गरें भने, तैँले समाधान खोज्न समस्यालाई अघि ल्याउनुपर्छ र तीबारे माथिलाई रिपोर्ट गर्नुपर्छ यो अगुवा र सेवकहरूको जिम्‍मेवारी र दायित्व हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरूबाट, मैले एउटा सिद्धान्त बुझेँ। मण्डलीको काम र कर्तव्यसँग सम्बन्धित कुनै पनि विषयमा, जस्तोसुकै परिस्थिति भएपनि, यदि कुनै समस्याले परमेश्‍वरका चुनिएका मानिसहरूको काममा असर गर्छ वा मण्डलीको कामको सामान्य प्रगतिमा बाधा पुर्‍याउँछ भने, यसलाई समयमै समाधान गर्नुपर्छ। हामीले नबुझेका कुराहरूमा, हामीले जानकार व्यक्तिहरूसँग परामर्श गर्नुपर्छ र सकेसम्म चाँडो समाधानहरू पत्ता लगाउनुपर्छ। तर, मैले यी समस्याहरूलाई सामना गर्दा, तिनको अनुसन्धान र सक्रिय रूपमा समाधान गरिरहेको छु भनेर सधैँ विश्वास गर्थेँ, तर मैले तिनलाई साँच्चिकै समाधान गर्न सक्छु कि सक्दिनँ, वा गर्न सकेँ भने पनि, यसलाई कति समय लाग्छ, वा के यसले काममा ढिलाइ गर्छ-गर्दैन भनेर कहिल्यै विचार गरिनँ। मैले यी पक्षहरूलाई विचार नगर्दा, अनजानमा समस्याहरूलाई समाधान गर्ने उत्तम समय गुमाएँ। यो सक्रिय रूपमा काम गर्नु थिएन, समस्याहरूको सिधै सामना गर्नु त परै जाओस्। यो स्पष्ट रूपमा स्वतन्त्र र दुस्साहसी भएर काम गर्नु थियो, जुन कामप्रति जिम्मेवार हुनु थिएन, र यसले मण्डलीको काममा गम्भीर रूपमा ढिलाइ गरेको थियो। म साँच्चै हाँस्यास्पद र मूर्ख थिएँ! वास्तवमा, जब अगुवाहरूले कामका बारेमा सोधपुछ गर्छन् वा हामीलाई कुनै समस्या छ कि भनेर सोध्छन्, यो हामी वास्तविक समस्याहरू बाहिर ल्याएर सङ्गति खोज्नेछौँ भनेर गरिएको हुन्छ। यसले हामीलाई सत्यता बुझ्न, सिद्धान्तहरू जान्न, र बिस्तारै वास्तविक काम सम्हाल्ने तरिका सिक्न मद्दत पुर्‍याउनेछ। यो निकै सकारात्मक कुरा हो! मैले यसबारे जति सोचेँ, मैले गरेको कामका लागि मलाई उति नै पछुतो भयो। यदि मैले आफूलाई लुकाउने कुराको सार र परिणामलाई पहिचान गरेर यसलाई पहिल्यै सुधारेको भए, मैले काममा यति धेरै हानि पुर्‍याउने थिइनँ, र सत्यता प्राप्त गर्ने यति धेरै अवसरहरू गुमाउने थिइनँ।

एकपटक, अगुवाले मलाई चित्रकला कामको निरीक्षण गर्ने काम दिए, र सिद्धान्त र आवश्यकताका बारेमा धेरै पटक सङ्गति गरे। मलाई त्यतिबेला ती कुराहरू राम्ररी बुझेको जस्तो लाग्यो, तर जब मैले वास्तवमा काम गर्न थालेँ, आफूले केही विवरणहरू नबुझेकी महसुस भयो, र मलाई कसरी अगाडि बढ्ने भन्ने थाहा थिएन। म फेरि चिन्तित भएँ। अगुवाले मसँग सङ्गति गरेको बेला, मैले बुझेकी छु भनेर जोड दिएकी थिएँ, तर अहिले मैले वास्तवमा काम गरिरहँदा, मैले के गर्दैछु भनेर मलाई थाहा थिएन। मैले के गर्नुपर्ने थियो? म अगुवासँग फेरि सोध्न चाहन्थेँ, तर त्यसपछि, अगुवाले यस्तो भन्ने हुन् कि भन्ने लाग्यो, “मैले यति विस्तारमा सङ्गति गरेँ, धेरै पटक दोहोर्‍याएर भनेँ, तपाईंले अझै पनि कसरी बुझ्नु भएन? तपाईंको क्षमता साँच्चै कमजोर देखिन्छ!” त्यसैले, मैले फेरि अगुवासँग मद्दत माग्ने आँट गरिनँ। तीन दिन बित्यो, र म धेरै चिन्तित थिएँ, त्यसैले मैले घुँडा टेकी परमेश्‍वरसँग प्रार्थना गरेँ र उहाँलाई मेरो स्थितिबारे बताएँ। प्रार्थना गरेपछि, मैले मेरा पहिलेका असफलताहरूको अनुभवबारे सोचेँ र मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले आफ्‍नो काममा चाहे जे-जस्तो अन्योलता र कठिनाइहरू सामना गरे पनि, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य पूरा गर्नमा असर गर्न सके सम्म वा मण्डलीको कामको सामान्य प्रगतिलाई बाधा दिन सके सम्म, ती समस्याहरूलाई तुरुन्तै समाधान गरिनुपर्छ। यदि तैँले कुनै समस्यालाई आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तैँले सत्यता बुझ्ने केही मानिसहरू खोज्‍नुपर्छ। यदि यसले पनि काम गरें भने, तैँले समाधान खोज्न समस्यालाई अघि ल्याउनुपर्छ र तीबारे माथिलाई रिपोर्ट गर्नुपर्छ यो अगुवा र सेवकहरूको जिम्‍मेवारी र दायित्व हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनले मलाई के सम्झाए भने यदि मैले चाँडै बुझाइ खोजिनँ भने, दिनहरू बित्दै जाँदा, यदि काम समयमै पूरा भएन भने, प्रगतिमा ढिलाइ हुने थियो। यो बुझेर, अगुवाले मलाई जसरी हेरे पनि, मैले आफू इमानदार हुने र आफूलाई ढाकछोप नगर्ने वा नलुकाउने निर्णय गरेँ। त्यसपछि मैले अगुवासँग मद्दत मागेँ, र उनले फेरि सबै कुराबारे सङ्गति गरे, र समस्या तुरुन्तै समाधान भयो। मैले परमेश्‍वरलाई धन्यवाद र स्तुति गर्दै प्रार्थना गरेँ। यसरी अभ्यास गर्नु साँच्चिकै आनन्दप्रद र मुक्तिदायक थियो।

यो अनुभवलाई चिन्तन गर्दा, मलाई यति धेरै परिस्थितिहरूबाट गुज्रन दिनुभएकोमा, म परमेश्‍वरप्रति अत्यन्तै आभारी छु। यी घटनाहरूले मेरा धेरै भ्रष्टता प्रकट गरे तापनि, ती मेरा लागि आफूलाई बुझ्ने उत्तम अवसरहरू थिए। परमेश्‍वरका वचनहरूको खुलासा, अन्तर्दृष्टि, र मार्गदर्शन मार्फत, मैले आफूलाई राम्रोसँग बुझेकी छु, केही पाठ सिकेकी छु, र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने केही तरिकाहरू फेला पारेकी छु। म परमेश्‍वरलाई मेरो हृदयको गहिराइदेखि धन्यवाद दिन्छु।

अघिल्लो: ४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ

अर्को: ५१. प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्‍नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्