४५. अब म रुचिका आधारमा आफ्ना कर्तव्यहरू रोज्दिनँ

चेन मियाओ, चीन

सन् २००६ मा, मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। त्यस बेलादेखि, म मण्डलीमा अगुवा र कामदारका रूपमा सेवा गर्दै आएकी छु। म हरेक दिन व्यस्त र थकित भए पनि, मलाई कुनै गुनासो थिएन, किनभने मलाई नेतृत्व र सुपरिवेक्षण गर्नु सत्यता पछ्याउनेहरूको भूमिका हो, र यी कर्तव्यहरू गर्नेहरूलाई ब्रदर-सिस्टरहरू उच्च सम्मान गर्छन् भन्‍ने लाग्थ्यो। सन् २०१८ मा, मैले लेखनपठनको कर्तव्य लिएँ। म एकदमै खुसी थिएँ, र मलाई आफूले राम्रो गरिरहेकी हुनुपर्छ, अन्यथा, म यति महत्त्वपूर्ण कर्तव्यका लागि छनौट हुनेथिइनँ भन्‍ने लाग्यो। केही दिनपछि, एक जना माथिल्लो अगुवााले मलाई भेटेर यसो भने, “मण्डलीले सीसीपीको गिरफ्तारी सामना गरिरहेको छ; चारैतिर वातावरण तनावपूर्ण छ, र हामीलाई सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य लिने मानिसहरूको तुरुन्तै आवश्यकता छ। हामीले छलफल गरेका छौँ अनि हामी तपाईं र तपाईँको श्रीमानले यो जिम्मेवारी लिनुहोस् भन्‍ने चाहन्छौँ।” अगुवाको कुरा सुनेर मेरो दिमाग घुमेझैँ भयो। मलाई आफ्नो कानले सुनेको कुरा विश्‍वासै लागेन, सोचेँ, “कसरी उनीहरूले मलाई सामान्य मामिलाहरू सम्हाल्न खटाउन सके? के अगुवाले गल्ती गरेका हुन्? के सामान्य मामिलाहरू सम्हाल्नु केवल कडा परिश्रम गर्नु होइन र? यो कर्तव्य कति तुच्छ छ! यदि ब्रदर-सिस्टरहरूले थाहा पाए भने मलाई के सोच्नेछन्?” मैले त्यसबारे जति धेरै सोचेँ, त्यति नै प्रतिरोध महसुस गरेँ, र म अगुवालाई यो कर्तव्य लिन चाहन्नँ भनेर भन्न चाहन्थेँ, तर मण्डलीको बन्दोबस्त कामका आवश्यकतामा आधारित हुन्छ भन्‍ने कुरालाई विचार गर्दा, मसँग अनिच्छुक हुँदै सहमत हुनुको विकल्प थिएन। घर फर्कँदै गर्दा मेरो मनमा खलबली मच्चियो: “मैले परमेश्‍वरमा विश्‍वास गरेदेखि, सधैँ अगुवा वा कामदारका रूपमा सेवा गरेकी छु, वा लेखनपठनको कर्तव्य निर्वाह गरेकी छु, र ती दुवै कर्तव्य सामान्य मामिलाहरूभन्दा बढी प्रतिष्ठित देखिन्छन्। त्यो बोझिलो, फोहोर र थकाइलाग्दो काम गर्नु मैले हाल गरिरहेको लेखनपठनको कर्तव्य जत्तिको प्रतिष्ठित कतै छैन, अनि टोलीका सिस्टरहरूले थाहा पाए भने, मैले सत्यता नपछ्याइरहकेकीले यो कर्तव्य पाएको हुनुपर्छ भन्दै, के तिनीहरूले अवश्य नै मलाई तुच्छ ठान्दैनन् होला?” घर पुगेपछि, म कमजोर र शक्तिहीन महसुस गर्दै ओछ्यानमा पल्टिएँ, तर सिस्टरहरूलाई भेट्दा जबरजस्ती मुस्कुराएँ, आफ्नो स्थितिबारे खुलेर सङ्गति गर्न डराएँ, किनभने मैले सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य निर्वाह गरिरहेको उनीहरूले थाहा पाएपछि मलाई तुच्छ ठान्नेछन् भन्‍ने मलाई डर लाग्यो।

केही दिनपछि, मेरो श्रीमान् र मैले आधिकारिक रूपमा सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य लियौँ। सुरुका केही दिन, हामीले खतरामा परेका ब्रदर-सिस्टरहरूलाई नयाँ घरमा सर्न मद्दत गऱ्यौँ। मेरो श्रीमान् र म बिहान लगभग तीन बजे उठेर सिँढीमा तलमाथि गर्दै, सरसामान ओसारपसारको काममा मद्दत गर्थ्यौँ, अनि हरेक दिन हामी थकित हुन्थ्यौँ, ढाड र कम्मर दुख्थ्यो, अनि जब हामी राती घर पुग्थ्यौँ, तब मलाई खाना खानसमेत मन लाग्दैथ्यो, ओछ्यानबाट उठ्न पनि नसक्ने गरी कमजोर हुन्थेँ। बिहानदेखि साँझसम्म यो काम एक हप्ता गरेपछि, म गुनासो गर्न थालेँ, “यो त केवल कडा परिश्रम हो। संसारमा, यी कामहरू ज्ञान, सिकाइ, वा सीप नभएकाहरूले गर्छन्, अनि यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि म अरूले सबैभन्दा याद नगर्ने, श्रमसाध्य कामहरू मात्र गर्न सक्ने यस स्तरमा खस्नेछु भनेर मैले कहिल्यै सोचेकी थिइनँ। म कम्प्युटर अगाडि बसेर लेखनपठनको काम गर्थेँ, सफा लुगा लगाउँथेँ अनि बतास र झरीबाट सुरक्षित थिएँ, तर अहिले म हरेक दिन पसिनाले लुथ्रुक्क भिज्छु र थकित हुन्छु! आकाश-पातालको फरक छ!” मैले हरेक दिन उदासीन भएर आफ्नो कर्तव्य निर्वाह गरेँ, मेरो स्थिति साह्रै खस्केको थियो, जिउँदो लाशझैँ स्तब्ध बन्दै, भित्र ठूलो पीडा थियो।

मैले आफ्नो पीडामा, परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, अगुवाहरूले मलाई सामान्य मामिलाहरू सम्हाल्ने बन्दोबस्त मिलाउनुभयो, तर म समर्पित हुन सक्दिनँ। मलाई लाग्छ, यो कर्तव्य तुच्छ छ र त्यसले मानिसहरूलाई मलाई तुच्छ ठान्ने बनाउनेछ। म तपाईँको अभिप्राय बुझ्दिनँ। कृपया मलाई यसबाट पाठ सिक्नि अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ: “केही मानिसहरू परमेश्‍वरको घरमा आफूलाई उच्च ठान्छन्। तर के-कसरी यस्तो हुन्छ? तिनीहरूलाई केले यसरी आफूलाई उच्च ठान्‍ने तुल्याउँछ? उदाहरणको लागि, केही मानिसहरूलाई कुनै विदेशी भाषा बोल्न आउँछ, अनि तिनीहरू यो भनेको आफूसँग प्रतिभा र क्षमता भएको कुरा हो, र परमेश्‍वरको घरमा तिनीहरू नहुने हो भने, परमेश्‍वरको घरको काम विस्तार गर्न एकदमै कठिन हुनेथ्यो भन्ठान्छन्। यसले गर्दा, तिनीहरू जहाँ गए पनि मानिसहरूलाई आफ्नो आदर गर्ने बनाउन चाहन्छन्। यस्ता मानिसहरूले अरूलाई भेट्दा कस्तो शैली अपनाउँछन्? आफ्नो हृदयमा तिनीहरूले परमेश्‍वरको घरमा भिन्नभिन्नै कर्तव्य गर्ने मानिसहरूलाई भिन्नभिन्नै दर्जा दिन्छन्। अगुवाहरू शिखरमा हुन्छन्, विशेष प्रतिभा भएका मानिसहरू दोस्रोमा हुन्छन्, त्यसपछि औसत प्रतिभा भएका मानिसहरू आउँछन्, अनि सबैभन्दा तल विभिन्न सहायक कर्तव्य निभाउने व्यक्तिहरू हुन्छन्। केही मानिसहरू महत्त्वपूर्ण र विशेष कर्तव्यहरू निभाउने क्षमतालाई पुँजी मान्छन्, अनि त्यसलाई सत्यता वास्तविकता हुनु भन्‍ठान्छन्। यहाँ समस्या के हो? के यो बेतुकको छैन र? केही विशेष कर्तव्यहरू निर्वाह गरेको कारण तिनीहरू अहङ्कारी र घमन्डी हुन्छन्, अनि सबैलाई हेयको दृष्टिले हेर्छन्। कसैलाई भेट्दा, तिनीहरू सधैँ सुरूमै कुन कर्तव्य गर्नुहुन्छ भनी सोध्छन्। यदि त्यो व्यक्तिले औसत कर्तव्य गर्छ भने, तिनीहरू उसलाई नगण्य ठान्छन्, अनि ऊ वास्तालायक छैन भन्‍ने सोच्छन्। त्यो व्यक्तिले तिनीहरूसँग सङ्गति गर्न चाहँदा, तिनीहरू बाह्य रूपमा त सहमत हुन्छन्, तर भित्रभित्रै यस्तो सोच्छन्, ‘तैँले मसँग सङ्गति गर्न चाहने? तँ कोही पनि होइनस्। तैँले निर्वाह गर्ने कर्तव्यहरू हेर्—तँ मसँग बोल्न कसरी योग्य छस्?’ यदि त्यो व्यक्तिले निर्वाह गर्ने कर्तव्य तिनीहरूको भन्दा महत्त्वपूर्ण छ भने, तिनीहरू उसको प्रशंसा र ईर्ष्या गर्छन्। जब तिनीहरूले अगुवा वा सेवकहरूलाई देख्छन्, तिनीहरू चापलुस बन्छन् र चिप्लो घस्छन्। के तिनीहरू मानिसहरूसँग व्यवहार गर्दा सिद्धान्तपरक हुन्छन् त? (हुँदैनन्। तिनीहरू मानिसहरूलाई कर्तव्यको आधारमा, र तिनीहरू आफैले तोकेको दर्जाअनुसार व्यवहार गर्छन्।) तिनीहरू मानिसहरूलाई अनुभव र वरिष्ठता, र कुशलता र प्रतिभाअनुसार दर्जाकरण गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्‍वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। मैले परमेश्‍वरका वचनहरू पढेपछि के बुझेँ भने कर्तव्यबारे मेरो दृष्टिकोण गलत छ, र मैले परमेश्‍वरको घरका कर्तव्यहरूलाई विभिन्न तहमा वर्गीकृत गरेकी छु। सोचेँ, परमेश्‍वरको घरमा अगुवा र कामदार वा टोली पर्यवेक्षक हुनु भनेको राम्रो क्षमता र सत्यताको बलियो पछ्याइ भएको व्यक्ति हुनु हो, र ब्रदर-सिस्टरहरूले त्यस्ता मानिसहरूलाई उच्च सम्मान गर्नेछन्, जबकि सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य भएकाहरू कमजोर क्षमताका र सत्यताको बुझाइ नभएकाहरू हुन्, अनि त्यस्तो कर्तव्य निर्वाह गर्नुलाई तुच्छ ठानिन्छ र त्यसले व्यक्तिलाई देखावटी गर्न दिँदैन। त्यसैले मलाई पहिले गरेका कर्तव्यहरूको याद आयो, जतिबेला ब्रदर-सिस्टरहरू मलाई सम्मान गर्थे, र मलाई सधैँ अरूभन्दा आफू श्रेष्ठ छु भन्‍ने अनुभूति हुन्थ्यो, जसले गर्दा म आफ्नो कर्तव्यमा एकदमै उत्प्रेरित हुन्थेँ, आफ्नो परिवार र करियर त्याग्न, अनि कष्ट भोग्न र आफूलाई समर्पित गर्न इच्छुक भएँ। अब, मलाई सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्यमा खटाइँदा, मलाई पदावनति गरिएको, र ब्रदर-सिस्टरहरूसामु तुच्छ महसुस भयो। विशेष गरी जब कर्तव्य पीडादायी र थकाइलाग्दो हुन्थ्यो, तब म मनमनै गुनासो गर्थेँ, अनि अगुवाहरूले गरेको यस्तो बन्दोबस्त अनुचित छ र त्यसले मेरो निष्ठालाई हानि पुर्‍याएको छ भन्‍ने लाग्थ्यो, अनि म केवल यो जिम्मेवारीबाट उम्कन चाहन्थेँ। यो बेला, मैले मेरो कर्तव्य छनौट त्यसले मलाई देखावटी गर्न र आफूलाई फाइदा पुर्‍याउन दिन्छ कि दिँदैन भन्‍ने कुरामा आधारित छ, अनि मैले मण्डलीको कामलाई पटक्कै विचार गरिनँ भन्‍ने बुझेँ। मैले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरिसकेपछि पनि, मामिलाहरूलाई अझै परमेश्‍वरका वचनका आधारमा हेरिनँ, बरु कर्तव्यहरूलाई विभिन्न स्तरमा विभाजित गरेँ। मेरो दृष्टिकोण अविश्‍वासीको भन्दा फरक थिएन। यो बुझेर, मलाई दुःख लाग्यो र दोषी महसुस भयो।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूको सहकार्यको आवश्यकता पर्ने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले यसलाई विश्‍लेषण गर्नु हुँदैन, र कसले तँलाई यो कर्तव्य कसले दिएको हो भनी पत्ता लगाउने प्रयास गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको, परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ, र तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ, र परमेश्‍वरबाट आएको कर्तव्यलाई स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि नदेखाए पनि, यसलाई सबैले देख्‍ने गरी गरिए पनि वा पर्दापछाडि गरिए पनि, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। अर्को मनोवृत्ति पनि छ: र त्यो समर्पण र सक्रिय सहकार्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले हृदयमा अचानक केही ज्योति प्राप्त गरेँ, अनि मैले परमेश्‍वरको घरमा उँचो वा निचो, उच्च वा निम्न कर्तव्यहरूबीच कुनै भिन्नता हुँदैन भन्‍ने बुझेँ। जुनसुकै गरे पनि, यो सब आफ्नो भूमिका र कार्य पूरा गर्नु हो, र यो सब सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो। मण्डलीले कुन व्यक्तिले के कर्तव्य निर्वाह गर्ने भनेर व्यक्तिको कद र क्षमताका आधारमा, अनि मण्डली कार्यका आवश्यकताअनुसार बन्दोबस्त मिलाउँछ। कर्तव्य जेसुकै भए पनि, त्यो सब सुसमाचार फैलाउन गरिन्छ। अगुवाहरूले मलाई सामान्य मामिलाहरू सम्हाल्ने र ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य शान्त मनले निर्वाह गर्न सकून् भनेर, उनीहरूको जीवनलाई उचित तरिकाले व्यवस्थापन गर्दै आवासको बन्दोबस्त मिलाउने कर्तव्य दिए, जुन कामका लागि आवश्यक पनि छ। यो मेसिनजस्तै हो, प्रत्येक पुर्जाको आफ्नो भूमिका हुन्छ, र यदि कुनै पुर्जा हरायो भने, मेसिन चल्न सक्दैन। परमेश्‍वरको घरमा पनि त्यस्तै हो, हरेक कर्तव्य अपरिहार्य हुन्छ, र कर्तव्यका सन्दर्भमा, दर्जाजस्तो कुनै कुरा हुँदैन। त्यसबाहेक, व्यक्तिमा सत्यता छ कि छैन भन्‍ने कुरा निर्वाह गरिएको कर्तव्यको प्रकारद्वारा मापन गरिँदैन। पहिले, मैले अगुवा र कामदारको कर्तव्य निर्वाह गर्दै गर्दा, म प्रायः भेलाहरूमा ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्थेँ, तर जब मलाई नयाँ कर्तव्यमा स्थानान्तरण गरियो, तब म समर्पित हुन सकिनँ, र मैले त्यसलाई गैरविश्‍वासीको दृष्टिकोणले मापन गरेँ, सत्यताप्रतिको आफ्नो दयनीय कमी प्रकट गरेँ। परमेश्‍वर भन्नुहुन्छ, उहाँको व्यवस्थापन योजनासँग सम्बन्धित कुनै पनि कर्तव्य एउटा कर्तव्य हो, उँचो वा निचो, उच्च वा निम्न कर्तव्यहरूबीच कुनै भिन्नता हुँदैन, र ती सबै कोही पछि हट्न नमिल्ने जिम्मेवारी हुन्। तर, मैले आफूलाई विशिष्ट वर्ग ठानेँ, र मलाई सामान्य मामिलाहरू सम्हाल्न खटाइनु भनेको मेरो प्रतिभाको बर्बादी हो भन्‍ने लाग्यो। म नकारात्मक, अवज्ञाकारी भएँ, र त्यसबाट टाढा रहनसमेत चाहेँ। म आफ्नो कर्तव्य कसरी निर्वाह गर्दै थिएँ? परमेश्‍वरको सार एकदमै पवित्र र उच्च छ, तैपनि उहाँले देहधारी बन्न र सत्यता व्यक्त गर्न सबै कष्ट सहनुभएको छ, मानवजातिको मुक्तिका लागि चुपचाप परिश्रम गर्नुभएको छ। आत्मचिन्तन गर्दा, जब मैले थोरै शारीरिक कठिनाइ भोगेँ, तब निरन्तर गुनासो गरेँ र गलत बुझेँ। आफ्नो कर्तव्यप्रतिको मेरो यो मनोवृत्तिमा मानवता नै थिएन र यसले परमेश्‍वरलाई साँच्चै चोट पुर्‍यायो! मलाई आफू परमेश्‍वरप्रति गहन रूपमा ऋणी भएको महसुस भयो र मैले आफ्नो विद्रोही व्यवहारका लागि पछुतो गरेँ। मैले अब आफ्नै रुचि र चाहनाका आधारमा आफ्नो कर्तव्य रोज्न हुँदैनथ्यो। जब म समर्पित भएँ, तब आफ्नो कर्तव्यप्रतिको मेरो मानसिकता बद्लियो, अनि मलाई हृदयमा कम पीडा र थकान महसुस भयो। परमेश्‍वरले बन्दोबस्त गरेका परिस्थितिहरूले मेरा गलत दृष्टिकोणहरू प्रकट गरे, अनि यो मेरा लागि परमेश्‍वरको प्रेम र मुक्ति थियो।

छ महिनासम्म सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य निर्वाह गरेपछि, मलाई मेरा दृष्टिकोणहरू परिवर्तन भएका छन्, र मैले अब हैसियत वा प्रतिष्ठा पछ्याइरहेकी छैनँ भन्‍ने लाग्यो, तर जब परिस्थिति उत्पन्न भयो, तब त्यसले मलाई फेरि प्रकट गऱ्यो। एक दिन, अगुवा मेरो श्रीमान् र मलाई आतिथ्यको कर्तव्यमा खटाउनेबारे मसँग छलफल गर्न आए। सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्यमा अघिल्लोपल्ट भएको समर्पण अभावले मलाई ऋणी बनाएको कुरा विचार गर्दा, यसपटक म विद्रोही हुनु हुँदैन भन्‍ने मलाई थाहा थियो, त्यसैले म सहमत भएँ, अनि हामीले चाँडै एउटा घर भाडामा लियौँ। तर, ब्रदर-सिस्टरहरूसँग बसेर आफ्ना दिनहरू बिताउँदा र उनीहरू सबैलाई लेखनपठनका कर्तव्यहरू पूरा गरिरहेको देख्दा, मलाई अलि नमिठो र दुःखी महसुस भयो, सोचेँ, “पहिले, म पनि कम्प्युटरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, अनि अहिले म हरेक दिन भान्सामा तरकारी तयार पार्दै र खाना पकाउँदै बस्छु।” मलाई आफू उनीहरूभन्दा एकदमै निम्नजस्तो लाग्यो। यस्तो सोचले, मेरा आँखा रसाए। एक दिन, अगुवा ब्रदर-सिस्टरहरूसँग कामबारे छलफल गर्न मेरो घरमा आए, तर मेरो स्थितिबारे सोधपुछै नगरी गए, जसले गर्दा म झनै निराश भएँ। मैले लेखनपठनका कर्तव्यहरू निर्वाह गर्दाको कुरा सम्झेँ। अगुवाहरू मलाई सम्मान गर्थे, तर अहिले म दिनभरि केवल भाँडाकुडा सम्हलिरहेकी थिएँ, र मैले कहिल्यै अलग देखिने मौका पाउनेछैनँ जस्तो देखिन्थ्यो। मैले यसबारे जति बढी सोचेँ, यो त्यति नै बढी पीडादायक बन्यो, अनि मलाई जीवन अर्थहीन छ भन्‍ने लाग्यो। मलाई आफ्नो स्थिति ठिक छैन भन्‍ने थाहा भयो, त्यसैले मैले तुरुन्तै परमेश्‍वरका वचनहरू खोजेर पढेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्त्वाकाङ्क्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? उदाहरणका लागि, मानिसहरू सधैँ यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्‍न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको सार्वभौमिकताको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसोभए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? (दृढ व्यक्ति, जसले सृष्टि गरिएको प्राणीको भूमिका पूरा गर्छ।) हो, अनि अरू के? (परमेश्‍वर उहाँको डर मान्ने र दुष्टताबाट टाढा बस्ने अनि उहाँमा समर्पित हुने इमानदार व्यक्ति चाहनुहुन्छ।) (त्यस्तो व्यक्ति, जो सबै मामिलामा परमेश्‍वरसँगै उभिन्छ, जो परमेश्‍वरलाई प्रेम गर्न लागिपर्छ।) ती उत्तरहरू पनि सही छन्। हृदय र मन परमेश्‍वरको जस्तै भएको जोकोही पनि त्यस्तो व्यक्ति हो। मानिसहरूले मानवका रूपमा आफ्नो स्थान कायम राखिराख्नैपर्छ भनेर के परमेश्‍वरका वचनहरूले कहीँकतै भन्छन्? (भन्छन्।) तिनी के भन्छन्? (‘एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्‍नो स्थान कायम राख्नैपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो’ (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)।) परमेश्‍वरका वचनहरूले मानिसहरूबाट के माग गर्छन् भनेर तिमीहरूलाई थाहा भएकाले, के तिमीहरू मानव आचरण पछ्याउने क्रममा परमेश्‍वरका मागहरू पालन गर्न सक्छौ? के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चील बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो मानव आचरणको सिद्धान्त हो? मानव आचरणसम्‍बन्धी तिमीहरूको खोजी परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। … के कुराले गर्दा मानिसहरू सधैँ परमेश्‍वरको सार्वभौमिकताबाट मुक्त हुन, आफ्‍नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्‍ना सम्‍भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभावबाट।) त्यसोभए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाअगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ)। परमेश्‍वरका वचनहरूलाई मनन गर्दा, मैले सधैँ अगुवा वा कामदारको कर्तव्य निर्वाह गर्न चाहनु अनि अरूबाट प्रशंसा र सम्मान पाउन पछि लाग्नुको कारण त म प्रतिष्ठा र हैसियत पाउने आफ्नो चाहनाद्वारा नियन्त्रित भएके रहेछु भनेर बुझेँ। “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ,” भन्‍ने भनाइअनुसार र यस्तै अन्य शैतानी विषहरूअनुसार जिउँदा, मैले प्रसिद्धि र प्रतिष्ठालाई, अनि श्रेष्ठता पछ्याइलाई सकारात्मक कुरा ठान्ने गल्ती गरेकी थिएँ, यसरी जिउनु मूल्यवान् हो भन्‍ने विश्‍वास गरेँ, अनि अरूले तुच्छ ठान्नु भनेको सफलताविना जिउनु र निम्न हुनु हो भन्‍ने सोचेँ। मैले आफ्नो विवाहपछिको समयबारे चिन्तन गरेँ। मेरो श्रीमान् र मेरो स्थिर जागिर थियो र जीवन व्यवस्थित थियो, म महत्त्वाकाङ्क्षी थिएँ र साधारण जीवन जिउन इच्छुक थिइनँ। म आफ्नो जीवन सुधार्न अनि आफन्त र सहकर्मीहरूबाट सम्मान पाउन चाहन्थेँ। यो हासिल गर्न, मेरो श्रीमान् र मैले आफ्नो नियमित जागिरसँगै साइड कामधन्धा पनि गऱ्यौँ, कुखुरा पाल्यौँ र तरकारी खेती गऱ्यौँ, अनि हामी हरेक दिन बिहानदेखि बेलुकासम्म काम गर्थ्यौँ। समय बित्दै जाँदा, हाम्रो जीवन सुध्रियो, अनि आफन्त र सहकर्मीहरूले मेरो क्षमताको प्रशंसा गरे, जसले गर्दा म एकदमै खुसी भएँ र जीवन व्यर्थ गएको छैन भन्‍ने महसुस भयो। मण्डलीमा आएपछि पनि, मैले अझै प्रतिष्ठा र श्रेष्ठतालाई पछ्याएँ, अगुवा र कार्यकर्ता वा टोली पर्यवेक्षक हुँदा ब्रदर-सिस्टरहरूले मेरो सम्मान गर्नेछन् भन्‍ने ठानेँ। मैले आफ्नो प्रतिष्ठा, लाभ र हैसियतको चाहना पूरा हुँदा चाहिँ, कुनै पनि कठिनाइ सहन सकेँ, तर जब सामान्य मामिलाहरू सम्हाल्ने वा अरूलाई आतिथ्य गर्नेजस्ता कर्तव्यहरू निर्वाह गर्ने कुरा आयो, तब मलाई त्यो आफूलाई सुहाउँदो छैन भन्‍ने लाग्यो, अनि मेरो हृदय प्रतिरोध र गुनासोले भरियो, अनि ममा समर्पण थिएन। मैले मण्डलीको काम कसरी कायम राख्ने भनेर विचार गरिनँ, र परमेश्‍वरको विरोध गर्ने शैतानी स्वभाव प्रकट गरेँ। यो बुझेर, मलाई एकदमै डर लाग्यो, र परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, पछ्याइबारे मेरा दृष्टिकोणहरू गलत भएका छन्, र मैले तपाईँमा विश्‍वास गरेका यी वर्षहरूमा, सत्यता पछ्याइको मार्ग पछ्याइरहेकी छैनँ, बरु प्रतिष्ठा र हैसियत पाउने आफ्नो चाहना पूरा गर्न आफ्ना कर्तव्यहरूलाई प्रयोग गरिरहेकी छु, अनि सृजित प्राणीका रूपमा इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छैनँ। परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु, र म तपाईँलाई सत्यता बुझ्न र पछ्याइबारे आफ्ना गलत दृष्टिकोणहरू सच्याउन मार्गदर्शन माग्छु।” त्यसपछि, मैले चिन्तन गरेँ, र यो कर्तव्य निर्वाह गर्नु मेरो जीवन प्रवेशका लागि लाभदायक छ भन्‍ने बुझेँ। मैले धेरै वर्षसम्म अगुवा र कामदारका रूपमा सेवा गरेकी भए पनि, सत्यता पछ्याएकी थिइनँ, र मेरा धेरै भ्रमित दृष्टिकोण परिवर्तन भएनन्। म फरक कर्तव्यमा सरुवा हुँदा आत्मचिन्तन गर्न र आफूलाई चिन्न बाध्य भएँ, जसमा मेरा लागि परमेश्‍वरको प्रेम र मुक्ति थियो। यो बुझेर, मलाई पछुतो र दोषी महसुस भयो, अनि म परमेश्‍वरलाई उहाँले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिन, अनि खोजी र समर्पणको हृदयले कुनै पनि कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न मात्र चाहन्थेँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “सत्यतासामु सबै समान हुन्छन्, र परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्‌ताको कुनै भिन्‍नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्‍ने आधारमा तिनीहरूबीच कुनै भिन्‍नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्‍नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले निर्वाह गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र योग्य सिर्जित प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको धर्मी स्वभाव देखेँ। परमेश्‍वरका नजरमा, हामी सबै सृजित प्राणी हौँ र बराबर छौँ। परमेश्‍वर कसैलाई अगुवा हो भन्दैमा काखी च्याप्नुहुन्न, वा कसैलाई सामान्य मामिलाहरू सम्हाल्ने भएकै कारण तुच्छ ठान्नहुन्न। परमेश्‍वर सत्यता व्यक्त गर्नुहुन्छ, प्रत्येक व्यक्तिलाई भरणपोषण गर्नुहुन्छ, अनि मानिसहरू सत्यताको तृष्णा गर्छन् र सत्यता पछ्याउँछन् भने, मुक्तिका लागि सबैसँग समान अवसर हुन्छ। परमेश्‍वर कुनै व्यक्तिले गर्ने कर्तव्यको प्रकारका आधारमा उसको नतिजा निर्धारण गर्नुहुन्न, बरु उसको सार र ऊ हिँड्ने मार्गअनुसार निर्धारण गर्नुहुन्छ। यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन, परमेश्‍वरका वचनहरू अभ्यास गर्दैन, र उसको स्वभाव परिवर्तन हुँदैन भने, ऊ अगुवा र कामदार भए पनि, उसलाई अन्ततः हटाइनेछ। यो बेला, मैले के पनि बुझेँ भने मेरो हैसियत जति नै उच्च भए नि वा जति नै धेरै मानिसले मलाई सम्मान गरे नि, यी कुराले मलाई मुक्ति दिन सक्दैनन्। सत्यता पछ्याएर र परमेश्‍वरको अभिप्रायअनुसार स्वभाव परिवर्तन गर्न खोजेर मात्र मुक्तिका लागि अवसर हुन्छ। यी कुराहरू बुझ्दा, मलाई हृदयमा स्वतन्त्र महसुस भयो, अनि त्यस बेलादेखि, मैले केवल आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरप्रतिको ऋण चुक्ता गर्न चाहेँ। यसपछि आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्छन् भन्‍ने कुरामा ध्यान दिन छोडेँ, बर घरको सुरक्षा कसरी सुनिश्चित गर्ने र ब्रदर-सिस्टरहरूलाई राम्रोसँग आतिथ्य कसरी गर्ने भन्‍नेबारे सोचेँ, ताकि उनीहरूले शान्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सकून्। त्यसबाहेक, आतिथ्यको कर्तव्य निर्वाह गर्दा, मैले मानिस, घटना र कामकुरासँगको आफ्नो दैनिक अन्तरक्रियामा प्रकट भएका मेरा सोच र भ्रष्टाचारमाथि चिन्तन गर्न ध्यान दिएँ, अनि तिनलाई समाधान गर्न परमेश्‍वरका वचनहरू खोजी गरेँ, भक्तिपूर्ण नोटहरू लेख्न, अनि अनुभवात्मक गवाही लेख लेख्न अभ्यास गरेँ, र प्रत्येक दिन एकदमै सन्तुष्टिदायी भएको छ। यो परमेश्‍वरका वचनको सजाय र न्याय हो जसले मेरा गलत दृष्टिकोणहरूलाई सच्याइदियो, र आज ममा भएको परिवर्तन परमेश्‍वरको कामको परिणाम हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ४४. सहकार्यबाट सिकेका पाठ

अर्को: ४६. सङ्कष्टबीच सुसमाचार फैलाउनमा डटिरहँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्