३०. जेलको कठोर यातना

ली सिन, चीन

सानैदेखि नै, मेरो शरीर कमजोर रहँदै आएको छ र मलाई रोग लागिहाल्छ। मैले सम्झेसम्म, सानैदेखि नै मैले दैनिक टाउको दुख्‍ने समस्या भोग्दै आएको छु र बाह्र वर्षको हुँदा, मलाई मुटुको रोग लाग्यो। त्यसपछि, अन्द्राको रोग र श्‍वासनली पोल्ने रोग पनि लाग्यो। धेरै रोगहरूले ग्रस्त भएको हुनाले, मलाई जीवन अत्यन्तै दुःखदायी लाग्थ्यो। २४ वर्षको हुँदा, मैले प्रभु येशूमा विश्‍वास गर्न थालेँ अनि प्रायजसो बाइबल पढ्ने र प्रभुलाई प्रार्थना गर्ने गर्थेँ। मलाई मेरो आस्थाबाट शान्ति र आनन्द अनुभूति हुन थाल्यो, र मेरो रोगसमेत थाहै नपाई निकै सुधार भयो। प्रभुको प्रेमको ऋण चुकाउनका लागि मैले प्रभुको सुसमाचार फैलाउन र प्रभुको पुनरागमनको दिनको प्रतीक्षा गर्न थालेँ। सन् १९९९ मा, मैले बल्ल परमेश्‍वरको आवाज सुनेँ र प्रभु येशूको पुनरागमनलाई स्वागत गरेँ। सर्वशक्तिमान् परमेश्‍वर कसरी काम गर्न र धेरै सत्यता व्यक्त गर्दै मानवजातिलाई पापको बन्धनबाट मुक्ति दिन, विपत्तिहरूबाट उम्कन सहयोग गर्न र परमेश्‍वरको राज्यमा डोर्याउनका लागि देखा पर्नुभएको छ भन्‍ने देखेर म अत्यन्तै उत्साहित भएँ र अझै धेरै मानिससम्म स्वर्गको राज्यको सुसमाचार फैलाउने आशा गर्दै म सुसमाचार फैलाउने वर्गमा सहभागी भएँ।

सन् २००३ को मार्चमा एक दिन, सुसमाचार फैलाउँदै गर्दा मलाई पुलिसले समात्यो। तिनीहरूले मेरो खानतलासी गरेर पेजर र नोटबुक भेट्टाएपछि, एक जनाले मलाई सोध्यो, “यो पेजर कहाँबाट आयो?” जब मैले उसलाई यो मेरो व्यक्तिगत पेजर हो भनेर भनेँ, तब उसले प्लास्टिकको पाइप उठाएर मलाई धेरैपटक क्रूरतापूर्वक कुटपिट गर्‍यो, अनि मलाई उठाएर कारको पछाडि जबरजस्ती हाल्यो। त्यसपछि पुलिसले निर्दयतासाथ पालैपालो मेरो अनुहारमा थप्‍पड हान्दै ठूलो स्वरमा भन्न थाले, “तैँले सुसमाचार फैलाउँदा पाउने यही हो! अहिले तँ हाम्रो हातमा परेकी छस्!” मलाई अत्यन्तै डर लाग्यो र हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई रक्षा गर्न, विश्‍वास र शक्ति दिन उहाँलाई अनुरोध गरेँ। जब हामी काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोमा पुग्यौँ, पुलिसले मलाई एउटा खाली कोठामा घिस्याएर फलामको पातामा लगेर थचारे। मार्चमा पूर्वोत्तर चीनमा अझै पनि अत्यन्तै चिसो हुन्थ्यो र मलाई यति चिसो लागेको थियो कि म निरन्तर काँपिरहेकी थिएँ। मैले पुलिसलाई भनेँ, “मलाई मुटुको रोग छ र मैले इन्जेक्सन लिइरहेकी छु र औषधि खाइरहेकी छु। मलाई चिसो लाग्‍नु हुँदैन।” पुलिसले मेरो कुरा नसुनेझैँ गर्‍यो। मैले दुबै हातले आफ्‍नो छाती लुकाउँदै गुँडुल्को पर्ने बाहेक केही गर्न सकिनँ, तर त्यसको केही समयपछि नै, मलाई यति चिसो लाग्यो कि मेरो शरीर निरन्तर झट्किन थाल्यो र दाँतहरू किटकिटाइरहे। पुलिसले मेरो हात र नाकमा सुईले घोचेपछि मात्रै म बल्ल चेतमा आएँ र मेरो झट्काइ रोकियो। पछि, तिनीहरूले मलाई अर्को कोठामा लगे, कुर्सीमा थचारे अनि बाहिर खान गए। मलाई पुलिस फर्केर आएपछि कसरी यातना देलान् भन्‍ने कुराले अलिक डर र चिन्ता लाग्यो। मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेँ, र उहाँको सुरक्षा मागेँ। मेरो प्रार्थनाको बीचमा, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले सोचेँ, “हो, मैले कठिनाइ सहनुपर्छ र शैतानको अघि परमेश्‍वरको गवाही दिनुपर्छ, किनभने परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ।” मैले शैतानले अय्यूबलाई कसरी परीक्षा गरेको थियो भन्‍ने पनि सम्झेँ। जब अय्यूबले एकै रातमा आफ्नो सबै सम्पत्ति र छोराछोरी गुमायो र उसको शरीरमा खटिरा आयो, तब उसले यति ठूलो कष्टमा भोगे पनि परमेश्‍वरको नामको प्रशंसा गर्न सक्यो, जसले अन्ततः शैतानलाई अपमानित र असफल बनायो। मलाई जाँच्न र मेरो विश्‍वासलाई सिद्ध पार्नका लागि परमेश्‍वरले मलाई यो वातावरणको सामना गर्न दिनुभयो। पुलिसले मलाई जे गरे पनि, म परमेश्‍वरको गवाहीमा दृढ रहनुपर्छ भन्‍ने मलाई थाहा थियो।

पुलिस तुरुन्तै फर्केर आए र एक शब्द नबोली, तिनीहरूले मलाई अनुहारमा थप्पड हान्न थाले। तिनीहरू मलाई थप्पड हानेर मात्रै सन्तुष्ट भएनन्, तर तिनीहरूले आफ्नो जुत्ता पनि उठाए र मेरो अनुहार, टाउको र शरीरमा जुत्ताको तलुवाले हान्‍न थाले। सुरुमा, यो अत्यन्तै पीडादायी थियो र मलाई हृदयमा केही असहजता भयो। मैले दाँत किटेँ र पीडा सहन प्रयास गरेँ, मेरो अनुहारमा आँसु बगिरहेको थियो। केही समयपछि, बारम्बारको प्रहारले मेरो अनुहार लट्टियो र मलाई पीडा महसुस हुन छोड्यो। एउटा पुलिसले एक मिटरभन्दा लामो प्लास्टिकको ट्यूब लियो र मेरो शरीरमा हान्‍न थाल्यो र मलाई प्रश्‍नहरू सोध्दै गयो, “तेरो मण्डलीमा कति जना सदस्य छन्? तेरो मण्डलीको अगुवा को हो? अहिले भन्!” मैले एक शब्द बोलिनँ र ऊ झन् रिसायो र मेरो टाउकोमा बेस्सरी हान्यो, जसले गर्दा तुरुन्तै मेरो टाउको झनन भयो। त्यसपछि, तिनीहरूले मलाई अर्को कोठामा लगे जहाँ मैले मेरो भेलाका दुई जना सिस्टरहरू कुनामा गुँडुली परेर बसिरहेका देखेँ। राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेनले दुई जना सिस्टरहरूलाई औँल्याउँदै मलाई भन्यो, “के यी दुइटालाई चिन्छेस्?” मैले भनेँ, “चिन्दिनँ।” यो कुराले उसलाई यति रिस उठायो कि उसले प्लास्टिकको ट्यूब उठाएर मेरो टाउकोमा प्रहार गर्‍यो र मलाई मुक्‍का र लात हान्‍न थाल्यो, मेरो शरीरमा नहिर्काको कुनै ठाउँ थिएन। म तिर्मिर र विमुढ भएँ। त्यसपछि अर्को पुलिसले मलाई सोध्यो, “यो पेजर र नोटबुक कहाँबाट आयो? ती केका लागि हुन्?” यसो भन्दै गर्दा, उसले प्लास्टिकको ट्यूब उठाएर मलाई फेरि प्रहार गर्ने तयारी गर्‍यो। मलाई यस्तो यातना सहन नसकेर मेरा ब्रदर-सिस्टरहरूलाई बदनाम गर्नेछु होला भन्‍ने निकै डर लागेको थियो, त्यसकारण मैले हृदयमा निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरा अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। मैले आफ्नो जीवन जोखिममा पारेर परमेश्‍वरको गवाहीमा दृढ रहनुथियो। पुलिसले ममाथि जति नै क्रूरता अपनाए पनि, मैले परमेश्‍वरलाई धोका दिनु हुँदैनथियो। ठीक त्यही बेला, एउटा पुलिसले मलाई मुक्‍का हानेर भुइँमा लडायो त्यसपछि मलाई प्लास्टिकको ट्यूबले टाउकोमा प्रहार गर्‍यो, र मेरो टाउको रनन भयो। त्यसपछि उसले मलाई टाउको र शरीरमा निर्दयी ढङ्गले कुटपिट गर्‍यो, र मेरो शरीरभरि रगतका रेखा बनेका थिए। मेरो मुटु अत्यन्तै धड्कन लाग्यो र मेरो मुटु घाँटीमा धड्किरहेको छ जस्तो लाग्यो। मलाई म कुनै पनि बेला मर्नेछु भन्‍ने लाग्यो। मलाई अलिक कमजोर भएजस्तो भयो र सोच्न थालेँ: यदि तिनीहरूले मलाई यसरी कुटपिट गरिरहे भने, के म कुटाइले नै मर्छु? ठीक त्यही बेला, मैले फेरि पनि परमेश्‍वरका यी वचनहरू सम्झेँ: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। मेरो जीवन परमेश्‍वरको हातमा थियो। पुलिस जति नै निर्दयी भए पनि, तिनीहरूले परमेश्‍वरको अनुमतिविना मलाई केही गर्न सक्दैनथिए। तिनीहरूले मलाई कुटेर मारे पनि, म परमेश्‍वरलाई धोका दिने थिइनँ, बरु आफ्नो गवाहीमा दृढ रहने थिएँ र मेरो प्राण मरिसकेको हुने थिएन। यदि मैले देहको क्षणिक कष्टबाट बच्न यहूदाले जस्तै मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ र परमेश्‍वरको स्वभावलाई चिढ्याएँ भने, पछि मलाई दोषी महसुस हुने मात्र थिएन, मृत्युपछि नरकमा समेत पुग्नेथिएँ र मेरो प्राण अनन्त दण्डमा पर्नेथियो। यो सबै बुझेपछि, मलाई अलिक शान्ति भयो र म त्यति डराइनँ। ठीक त्यही बेला, पुलिसले कुटपिट गर्न छोड्यो। मैले बाथरूम जानुछ भनेर भनेँ, तर क्याप्टेनले मलाई घुरेर भन्यो, “तँ कहीँ जाँदिनस्!” त्यसपछि मलाई तल्‍लो पेटमा लात हान्यो। लातले गर्दा मेरो पिसाब रोक्ने क्षमता हरायो र मेरो सुतीको पाइन्ट चाँडै पिसाबले भिज्यो।

त्यही दिन, पुलिसले मलाई र अरू दुई जना सिस्टरलाई बन्दीगृहमा पठायो। म सीधा खडा हुन सक्दिनँथिएँ र पेटलाई हातले थाम्दै घिस्रिनुपर्थ्यो। वृद्ध पालेले यस्तो पर्याप्त देखेको रहेछ र उसले भन्यो, “तिनीहरू परमेश्‍वरका विश्‍वासी मात्रै हुन्। तिनीहरूले कुनै गल्ती गरेका छैनन्, तर पनि किन तिनीहरूलाई यसरी कुटपिट गरिन्छ?” उसले हामी प्रत्येकलाई पातलो कम्बल दियो, र हामी चिसो भुइँमा सुत्नुपर्थ्यो। मेरो पाइन्ट अझै पनि सुकेको थिएन, र म जाडोले कक्रिरहेको थिएँ र गुडुल्किएर बसेँ। पछि, त्यस वृद्ध मानिसले मलाई केही औषधि र एक कप तातो पानी ल्याएर दियो। यो परमेश्‍वरले मेरो कमजोरीमा दया गर्नुभएको हो र हामीलाई सहयोग गर्न यो मानिसलाई पठाउनु हो भन्‍ने मैले थाहा पाएँ। मलाई हृदयमा परमेश्‍वरप्रति कृतज्ञ महसुस भयो। भोलिपल्ट, पुलिसले एक जना सिस्टरलाई सोधपुछका लागि लगे। हामी निकै चिन्तित थियौँ र हामीले उनका लागि निरन्तर प्रार्थना गर्‍यौँ। हामीलाई हरेक दिन निरन्तर तनाव हुन्थ्यो। तीन दिन र दुई रातपछि, ती सिस्टर बल्ल हामीकहाँ फर्केर आइन्। उनी कुप्रिएर खल्च्याङ्गिँदै ओछ्यानमा गइन्, हामी हतार-हतार उनकहाँ गयौँ। उनको पूरै शरीरभरि चोटैचोट थियो, र उनका पैतलामा निलडाम थिए र बेलुन जस्तै फुलेका थिए। ती सिस्टरले आफूलाई लगिएपछि, पुलिसले निरन्तर कुटपिट गरेको बताइन्। चार-पाँच जना पुलिसहरूले पालैपालो मुक्‍का र लात हान्थे र पछाडि हतकडी लगाएर हिंस्रक रूपमा माथितिर झड्काउँथे, जसले उनलाई यति पीडा भयो कि धेरै पटक बेहोस भइन्। पुलिसले उनलाई होशमा ल्याउन भान्साको फोहोर पानी छ्याप्थ्यो र कुटपिट गरिरहन्थ्यो। तिनीहरूले उनलाई तीन दिन र दुई रातसम्म कुनै खाना वा पानी दिएनन्। मलाई साह्रै रिस उठ्यो: पिशाचहरूको यो समूहले उसलाई कति अमानवीय व्यवहार गरेछन्! तर, मलाई पनि अत्यन्तै डर लाग्यो। मेरा पहिलेका घाउ अझै निको भएका थिएनन् र यसपछि पुलिसले मलाई कसरी यातना दिनेछ थाहा थिएन। के मैले सहन सक्छु? मैले हृदयमा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेँ र मलाई शक्ति दिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ।

मेरी सिस्टर फर्केपछि तेस्रो दिन बिहान ८ बजे, राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेन मलाई सोधपुछ गर्न आयो। एक जना पुलिसले मलाई हतकडी लगायो, मलाई घाँटीमा पक्रेर घोप्टो पर्न लगायो र अगाडि ठेल्यो। अर्को पुलिसले मलाई पछाडिबाट कम्मरमा लात हान्यो, जसले म झण्डै ढलेँ। तिनीहरूले मलाई एउटा खाट भएको सानो कोठामा धकेलेर लगे र मलाई खाटको टाउकोमा भएको रेलिङमा हतकडी बाँधिदिए। मलाई के-कस्ता यातनाहरू आइपर्छन् मलाई थाहा थिएन, र मेरो मुटु साह्रै धड्कन थाल्यो। असुरजस्तो हाँस्दै, क्याप्टेनले एक जना पुलिसलाई भन्यो, “यसको मुखमा केही किउशिन हर्टटोनिक चक्‍कीहरू कोचारी दे र निल्न लगा। त्यसरी, हामीले यसलाई कुटपिट गर्दा ऊ त्यति सजिलै मर्नेछैन। हामीले आज यसबाट उत्तर निकाल्नुपर्छ।” त्यसपछि तिनीहरूले जबरजस्ती मेरो मुखमा चक्‍कीहरू कोचारिदिए र मलाई टाउकादेखि खुट्टासम्म प्लास्टिकको ट्यूबले हिर्काउन थाले, र खुट्टाको भित्री पैतालासमेत छोडेनन्। हरेक प्रहारमा, म पीडाले झस्किन्थेँ। तिनीहरूले मलाई कुटपिट गर्दै मण्डलीको बारेमा केरकार गरे। मलाई तिनीहरूको यातना सहन सक्दिनँ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरलाई सहयोगका लागि प्रार्थना गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “परमेश्‍वर ज-जसलाई ‘विजेताहरू’ भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्दा पनि अर्थात् आफूलाई अन्धकारको शक्तिमाझ पाउँदा पनि अझै तिनीहरू गवाहीमा दृढ हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो सुरुको आत्मविश्‍वास र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई ‘विजेता’ हुनु भनी भन्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने परमेश्‍वरले हाम्रो विश्‍वासलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरको पक्राउ, सतावट, र यातनाको प्रयोग गर्नुहुन्छ र हामीलाई विजेताहरूको समूहमा परिणत गर्नुहुन्छ। पुलिसको पक्राउमा परेर यातना भोग्‍नु मलाई जाँच्ने र परीक्षा गर्ने परमेश्‍वरको तरिका थियो र यो परमेश्‍वरको गवाही दिने अवसर थियो। पुलिसले मलाई जसरी सताए पनि, तिनीहरूले मलाई कुटेर मारे पनि, म कहिल्यै परमेश्‍वरलाई धोका दिनेथिइनँ वा मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिनेथिइनँ। पुलिसले मलाई हाम्रो मण्डलीको अगुवा को हो भनेर सोधिरह्यो, त्यसपछि तिनीहरूले प्लास्टिकको ट्यूबहरू लिएर फेरि मेरो पूरै शरीरभरि निर्दयी ढङ्गले हिर्कायो। म कुम्लिएर बसेँ, दाँत किटेँ, र एक शब्द बोलिनँ। मलाई बिहानभरि सोधपुछ गरेपछि र मैले केही भन्‍नेछैनँ भन्‍ने देखेपछि, तिनीहरूले क्रुद्ध हुँदै धम्क्याए, “यदि तैँले हामीलाई केही भनिनस् भने, हामी तँलाई दश-बीस वर्षको जेल सजाय दिनेछौं र तँ कहीँ जानेछैनस्!” त्यसपछि, तिनीहरूले मलाई हामीलाई राखिएको कोठामा फर्काएर लगे। सोधपुछको बेला, मेरो शरीरभरि कुटपिट गरियो र नीलडाम भयो, तर पुलिसको मुहारमा यस्तो हारको हेराइ बाहेक केही नदेख्दा मलाई निकै खुशी लाग्यो। मैले परमेश्‍वरलाई उहाँको सुरक्षाका लागि निरन्तर धन्यवाद दिएँ, जसले मलाई यो मृत्यु चोट सहन सहयोग गरेको थियो।

थुनामा बसेको हाम्रो पन्ध्रौँ दिनमा, पुलिसले हामी तीन जनालाई आँगनमा लग्यो। तिनीहरूमध्ये एक जनाले भन्यो, “कुकुरहरूलाई छोडिदेओ!” त्यसपछि, उसले राक्षसी आवाजमा भन्यो, “अब बोल्छेस् कि बोल्दिनस् हेरौँला!” त्यो बेला, दुइटा पुलिस कुकुरहरू आँगनको छेउबाट अचानक आए तिनको लामो जिब्रो बाहिर निस्किरहेको थियो र शिर ठाडो थियो, र ती कुकुर सीधै हामीलाई आक्रमण गर्न आए। ती कुकुर हामी तीन जना उभिरहेको ठाउँमा पुगेपछि, तिनीहरू हाम्रो वरिपरि घुम्न थाले। मलाई अत्यन्तै डर लाग्यो र मैले सोचेँ, “के यी कुकुरहरूले हामीलाई टोकेर मार्छन्?” मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थनाको बेला, मलाई दानिएलको कथा याद आयो, जो सिंहको खोरमा फ्याँकिएको भए पनि परमेश्‍वर ऊसँग हुनुभएकोले र सिंहहरूको मुख बन्द गरेर उसलाई टोक्‍नबाट रोक्‍नुभएको हुनाले ऊ मरेको थिएन। मलाई परमेश्‍वरका यी वचनहरू पनि याद आए: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो सदिच्छाबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। परमेश्‍वर मेरो साथ हुनुहुन्छ, र उहाँको अनुमतिविना, कुकुरहरूले मलाई केही गर्न सक्दैनन्। मेरो चिन्ता बिस्तारै हरायो र सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने कुरामा मलाई विश्‍वास भयो। अचम्मको कुरा, कुकुरहरू हामीलाई सुँघेर, आफ्नो पुच्छर हल्लाउँदै गए। मैले राहतको गहिरो सास फेरेँ, हृदयमा निरन्तर परमेश्‍वरलाई धन्यवाद दिएँ, र उहाँमाथिको मेरो विश्‍वास अझै दह्रिलो भयो।

त्यसपछि, पुलिसले हामीलाई जेल लगे। हामीले अरू तीन जना सिस्टरहरूलाई कोठरीमा भेट्यौँ र तिनीहरूलाई पनि शरीरभरि नराम्ररी कुटपिट गरिएको रहेछ। दुई दिनपछि, हामीलाई एक-एक गरेर सोधपुछ गरियो। तिनीहरूले मलाई सानो कोठामा लगे र मण्डलीका विभिन्‍न विवरणका बारेमा केरकार गरे। जब मैले तिनीहरूलाई केही भनिनँ, तब मलाई लातले हानेर भुइँमा लडाए र घुँडा टेक्‍न लगाए, त्यसपछि मेरो पिँडुलामा टेकेर र मेरो कपालमा समातेर टाउको पछाडि झट्काए। त्यसपछि, एक जना पुलिसले मेरो गर्धनमा समात्यो मेरो कपाल पक्रेर दश मिनेटभन्दा बढी समयसम्‍म मेरो कपाल अगाडि-पछाडि झट्काइरह्यो। मबाट ओर्लेपछि, उसले आफ्नो गुप्ताङ्ग मुसार्न थाल्यो र मलाई कामुक नजरले हेर्दै अश्लील हर्कत गर्न थाल्यो। मैले घृणाले मेरो टाउको अर्कोतिर फर्काएँ, अनि सोचेँ, “यसले आफूलाई कसरी पुलिस भनेर भन्‍न सक्छ? यो बदमास, पशु हो!” त्यसपछि, उसले दराजमा रहेका औषधिहरूलाई औँल्याउँदै भन्यो, “हामीसँग यहाँ तैँले सोच्न सक्ने सबै किसिमका औषधि छन्। एउटा इन्जेक्सन दिँदा हामी तँलाई पागल वा जड बनाउन सक्छौं। त्यसपछि कसैले पनि तँलाई व्यक्तिजस्तो व्यवहार गर्नेछैन।” उसले राक्षसी हाँसो हाँस्दै यसो भनिरह्यो, “चिनियाँ कम्युनिस्ट पार्टीले नास्तिकता र भौतिकवादी दर्शनलाई पालना गर्छ, हामीले तँ जस्ता विश्‍वासीहरूलाई हटाउनुपर्छ। यदि तैँले हामीलाई केही जानकारी दिइनस् भने, हामी तँमा यी औषधिहरू प्रयोग गर्नेछौं।” उसले बोल्दै गर्दा, उसले दराजबाट एउटा चुरोट निकालेर बाल्यो र मेरो नाकमुनि राखिदियो, अनि मेरो नाकबाट धुवाँ भित्र गएर मलाई खोकी, चक्कर र वाकवाकी लाग्यो। त्यसपछि उसले भन्यो, “यो चुरोटमा लागूऔषध छ यसले तँलाई नचाहेर पनि आफूलाई थाहा भएका सबै कुरा बकाउनेछ।” मलाई यो कुराले अलिक तर्सायो। यदि मलाई साँच्‍चै नै नशा लाग्यो र मैले मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ भने, के त्यसले मलाई यहूदा बनाउँदैन र? अनि यदि तिनीहरूको इन्जेक्सनले गर्दा मैले मेरो समझ गुमाएँ वा म जड बनेँ भने के गर्ने? त्यसपछि म कसरी जिउने? मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर। म यहूदा बन्‍न चाहन्‍नँ। म एकलै पुलिसको यातनालाई जित्न सक्दिनँ। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र रक्षा गर्नुहोस्।” ठीक त्यही बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। वास्तवमै, परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ। मेरो जीवन उहाँको हातमा थियो र म मानसिक रोगको सिकार हुनेछु कि छैन वा जड बन्‍नेछु कि छैन भन्‍ने कुरा उहाँकै हातमा थियो। मैले परमेश्‍वरमा विश्‍वास राख्नुपर्थ्यो। आखिर, मलाई पुलिसले जबर्जस्ती मेरो नाकमा चुरोटको धुवाँबाट हालेको लागुऔषधले ममा काम गरिरहेको थिएन र म निकै सचेत नै थिएँ। यसले मलाई परमेश्‍वर सधैँ मसँग हुनुहुन्छ, र उहाँले मलाई रक्षा गर्नुहुन्छ र हेरचाह गर्नुहुन्छ भन्‍ने कुरा देखायो। म हृदयमा परमेश्‍वरलाई धन्यवाद नदिई बस्‍न सकिनँ र मलाई त्यति डर लागेन। लगभग दुई तिहाइ जति चुरोट जलेपछि, पुलिसले म अझै पनि निकै जागै र सचेत नै छु भन्‍ने देख्यो र रिसाउँदै भुइँमा चुरोट फ्याँकेर लामो सास फेर्दै सो भन्यो, “यसलाई जेल पठाओ!” मे १३ को बिहान, एक जना पुलिसले मलाई भन्यो, “परमेश्‍वरमाथिको तेरो विश्‍वासले चिनियाँ कम्युनिस्ट पार्टीका कानुनहरू उल्लङ्घन गर्छ। तँलाई सार्वजनिक सुव्यवस्थामा खलल गरेको अभियोग लगाइएको छ र दुई वर्षको श्रमद्वारा पुनर्शिक्षाको सजाय दिइएको छ।” उसले यसो भनेको सुन्दा म निकै व्याकुल भएँ। दुई महिनाको कैद पहिले नै असहनीय भइसकेको थियो, र म श्रमद्वारा पुनर्शिक्षाको दुई वर्ष कसरी काट्नेछु भन्‍ने मलाई थाहा थिएन। पुलिसले यसो भन्दै जारी राख्यो, “अपिल गर्ने झमेला नलिनू। यस संसारमा गलत सजायहरूको कमी छैन र तँलाई मात्रै दिइएको छैन। तैँले अपील गरे पनि, चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्धमा कहिल्यै पनि जित्नेछैनस्।” उसका दुष्ट शब्दहरू सुनेपछि, मलाई चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट र कुरूप सारको बारेमा अझै स्पष्ट भयो। दुई दिनपछि, मलाई श्रम शिविरमा पठाइयो।

श्रम शिविरमा, मलाई अरू नौ जना सिस्टरहरूसँग थुनियो। हरेक बिहान, हामी बिहान ५ बजे उठ्नुपर्थ्यो, र बिहानको कसरत गरेपछि, हामीलाई गुन्द्री बुन्‍न लगाइन्थ्यो। यदि हामी अलिक ढिलो थियौँ भने, हामीलाई हकारिन्थ्यो, र हामीले हाम्रा कामहरू पूरा गरेनौँ भने, हामीलाई दण्ड दिइन्थ्यो। कहिलेकहीँ हामीले रातभरि काम गर्नुपर्थ्यो र कहिलेकहीँ तीन दिन र तीन रातसम्म नसुती बस्‍नुपर्थ्यो। श्रम शिविरमा बिताएको समयमा मैले कहिल्यै पेटभरि खान खाइनँ, र म निरन्तर थकान, निद्रा र भोकको स्थितिमा हुन्थेँ। म उभिएको बेला प्रायजसो झुल्थेँ। हामी विश्‍वासी भएकाले गार्डले प्रायजसो हामीलाई हेप्थ्यो। मलाई बारम्बार पिसाब लाग्थ्यो र बाथरूम जानलाई अनुमति माग्दा, गार्डको उक्साहटमा परेका दुई जना मुखिया कैदीहरूले जानी-जानी मलाई यसो भन्दै गिल्ला गर्थे, “यो तेरो घर होइन, तँ जति बेला चाहन्छेस् त्यति बेला जान मिल्दैन! रोकेर बस्!” म यति लामो समयसम्‍म पिसाब रोक्थेँ कि मलाई हिँड्नै मुस्किल हुन्थ्यो, किनभने म छिटो हिँडे भने, मैले नियन्त्रण गुमाउनेछु र पिसाब छोड्नेछु भन्‍ने चिन्ता लाग्थ्यो। म एक-एक कदम चालेर बिस्तारै बाथरूमतिर जान्थेँ। तर बाथरूममा पुगेपछि, म पिसाब फेर्नै सक्दिनँथिएँ। यो भयानक कुरा थियो। एक दिन, ६० वर्ष माथिकी एक जना सिस्टरलाई अति धेरै काम गरेका कारण हृदयघात भयो र उनी भुँइमा लडिन् र मुखमा फिँज काड्न थालिन्। गार्डले उनलाई सहयोग गर्नु त कहाँ हो, उल्टै उनलाई दुई लात्ती समेत हान्यो। उनी होसमा आएपछि, गार्डले उनलाई जबरजस्ती काम गराइराख्यो। अर्को पटक, एउटा मुखिया कैदीले सिस्टरको काम स्पष्ट रूपमा मापदण्ड अनुरूप भए पनि यो मापदण्ड अनुरूप छैन भनेर भन्यो। त्यो गार्डले सिस्टर निष्क्रिय भइरहेकी, सुस्त भइरहेकी र श्रम गर्न इन्कार गरिरहेकी भनेर भन्यो र उनलाई सानो कोठरीमा राखेर, दुई दिनसम्म झुण्ड्याएर कुटपिट गरेर दण्ड दियो। त्यसपछि, उनलाई क्याफेटेरियाको स्टेजमा ल्याइयो र सबैको अगाडि आत्म-आलोचना गर्न बाध्य पारियो। जब मैले सिस्टरको नाडीमा रहेको हतकडीका गहिरा, नीलडाम देखेँ, मलाई साह्रै रिस उठ्यो। हाम्रो विश्‍वासको कारण मात्रै, ठूलो रातो अजिङ्गरले हामीलाई पक्राउ गर्‍यो, र मनलागी कुटपिट गर्‍यो, र श्रमद्वारा पुनर्शिक्षामा पठाइदियो, हामीलाई अनवरत दुर्व्यवहार गरिरह्यो। तिनीहरूले हामी विश्‍वासीहरूलाई बाँच्ने कुनै मौका दिइरहेका थिएनन्! ठीक त्यही बेला, मलाई “अन्धकारमा रहेका मानिसहरू खडा हुनुपर्छ” भन्‍ने परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो:

१  हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका छन्? मानव संसारका मामिलाबारे तिनीहरूले कसरी बुझ्ने सके तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ?

२  परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको कामलाई दमन किन गर्नु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? तिमीहरू परमेश्‍वरको आगमनलाई अस्वीकार किन गर्दछौ? तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ?

समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

मैले चिनियाँ कम्युनिस्ट पार्टी सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने पिशाच हो भन्‍ने कुरालाई निर्विवाद रूपमा देखेँ; मैले चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्धमा पूर्ण रूपमा विद्रोह गर्ने, परमेश्‍वरको गवाहीमा दृढ रहने र ठूलो रातो अजिङ्गरलाई अपमानमा पार्ने निर्णय गरेँ।

पछि, हामीलाई नक्कली परेला बनाउने काम दिइएको थियो र हरेक रात थप घण्टा काम गर्नुपर्थ्यो। लामो समयसम्मको कामले गर्दा, मेरा आँखा कमजोर भए र चिम्टी समाउँदा मेरो हात काँप्थे। मेरो शरीर पहिले नै कमजोर थियो र, अत्यन्तै थकित भएकोले, मेरो स्थिति दिनप्रतिदिन खराब हुँदै गयो। मलाई प्रायजसो ज्वरो आउँथ्यो, तर बिरामी हुँदा पनि मैले काम गरिरहनुपर्थ्यो। अनि बाथरूम जान समेत समस्या थियो— मुखिया कैदीले जानी-जानी मलाई दुःख दिन्थ्यो र लामो समयसम्म पिसाब रोकेकाले रुन थालेपछि मात्रै मलाई जानदिन्थ्यो। म अत्यन्तै खिन्न र व्याकुल हुने गर्दथेँ र म ती दुई वर्ष कसरी काट्नेछु भन्‍ने मलाई थाहा थिएन। कहिलेकहीँ मलाई यति पीडा हुन्थ्यो कि मलाई रुन मन लाग्थ्यो र कहिलेकहीँ म आत्महत्या गर्ने बारेमा पनि सोच्थेँ। त्यो अवधिमा, म प्रायजसो परमेश्‍वरलाई प्रार्थना गर्थेँ र मलाई उहाँका वचनहरूको यो खण्ड याद आयो: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो। तेरो वास्तविक कद जे भए पनि तँमा सुरुमा कठिनाइ सहने इच्छा र साँचो आस्था, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्ध विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत रूपमा कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन इच्छुक हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। विगतमा, म प्रायजसो अय्यूब र पत्रुसलाई अनुकरण गर्न तयार छु भनेर भन्थेँ, र मैले सामना गर्ने परीक्षाहरू जति नै भयानक भए पनि म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो गवाहीमा दृढ हुनेछु भन्थेँ। तर अहिले मैले वास्तवमा यो परिस्थितिको सामना गर्नुपर्दा, मैले त नारा र धर्मसिद्धान्तहरू मात्रै बोलिरहेकी रहेछु र मसँग परमेश्‍वरप्रति साँचो विश्‍वास र समर्पणता रहेनछ भन्‍ने बुझेँ। मलाई परमेश्‍वरबाट टाढा जान र उहाँलाई धोका दिन लगाउन शैतानले मेरो देहलाई कष्ट दिइरहेको थियो, तर परमेश्‍वरले मेरा कमीकमजोरी प्रकट गर्न र मेरो विश्‍वास र प्रेमलाई सिद्ध पार्न यो कठिन वातावरणको प्रयोग गरिरहनुभएको थियो। मैले यो वातावरण अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो र मैले जति नै धेरै कष्ट भोगे पनि, परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्थ्यो। म त्यस वातावरणमा समर्पित भएपछि, मलाई यो त्यति धेरै कष्टको कुरा होइन भन्‍ने लाग्‍न थाल्यो। पछि, श्रम शिविरका डाक्टरले मेरो शारीरिक जाँच गरे र मेरो मुटुको चाल एकदमै धेरै रहेको, मुटु रोग माथिल्लो चरणमा पुगेको पत्ता लगाए। त्यसपछि, गार्डले मलाई थप काम दिन छाड्यो। यो परमेश्‍वरले मेरो लागि बाटो खोलिदिएको हो भन्‍ने मैले बुझेँ र मैले उहाँलाई हृदयदेखि धन्यवाद दिएँ। परमेश्‍वरको सुरक्षामा, मैले एक वर्ष र दश महिनाको जेल जीवन काटेँ।

मेरो अनुभवको फर्केर सोच्दा, जब-जब मलाई म यो यातना र कष्ट पार गर्न सक्दिनँ भन्‍ने लाग्थ्यो, तब-तब परमेश्‍वरका वचनले मलाई विश्‍वास र शक्ति दिए, र एकपछि अर्को कठिनाइमा अगुवाइ गरे। परमेश्‍वरको सुरक्षा र प्रेमले गर्दा नै कमजोर शरीर र धेरै रोगहरूबाट पीडित भएर पनि म ठूलो रातो अजिङ्गरको यातनाबाट बाँच्न सकेँ र दुष्ट जेलबाट जिउँदै बाहिर निस्कन सकेँ! सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: २७. अत्यन्त ईर्ष्यालु हुनुका परिणामहरू

अर्को: ३२. म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्