२२. मैले आफ्ना आमाबाबुको दयाप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेको छु।
म तीन वर्षको हुँदा मेरा आमाबुबाले आफ्ना भावनात्मक बेमेलका कारण सम्बन्ध विच्छेद गरे, अनि चार वर्षको हुँदा मेरी सौतेनी आमा आइन्। मेरा धूमिल सम्झनाहरूको अस्पष्टतामा, म छिमेकका केही वृद्ध महिलाहरूले मलाई बेलाबेलामा भनेका कुरा सम्झन्छु, “कठै बाबु, तिमीले पछि दुःख पाउनेछौ, सौतेनी आमाहरूले आफ्ना छोराछोरीलाई वास्तै गर्दैनन्! आफ्नी सौतेनी आमालाई रिस नउठाऊ है बाबु, तिमी आज्ञाकारी र मिहिनेती बन्नुपर्छ, ताकि तिमीलाई कुटिन नपरी खाना मिलोस्।” त्यतिबेला, उनीहरूले भनेका कुरा मैले आधा मात्र बुझेँ र मलाई केही डर पनि लाग्यो, त्यसैले मैले कहिल्यै पनि सौतेनी आमालाई रिस उठाउने आँट गरिनँ। तर अचम्म, मेरी सौतेनी आमाले मलाई उनको आफ्नै छोरा जस्तै व्यवहार गरिन्। पछि, मेरो भाइको जन्म भयो, र मेरी सौतेनी आमाले मलाई त्यसरी नै माया र हेरचाह गरिरहिन्। वास्तवमा, उनी मेरी जन्म दिने आमाभन्दा बढी मायालु थिइन्। मेरी सौतेनी आमाले मेरो भाइ र मलाई प्रायः भन्ने गर्थिन्, “तिमीहरूका बुबा र म पैसा कमाउन कठोर परिश्रम र दुःख गर्छौँ, अनि हामीले गर्ने सबै कुरा तिमीहरू दुवैका निम्ति नयाँ घरहरू बनाउन र तिमीहरूले विवाह गर्ने बेलाको तयारीका निम्ति हो। तिमीहरू हुर्केर आफ्नै परिवार सुरु गरेपछि, तिमीहरूले हामीलाई सन्तानको माया दिनुपर्छ। हामीले जतिसुकै कठिनाइ सहनु परेपनि त्यो सबै उपयोगी नै हुनेछ!” प्रत्येक पटक, म गम्भीरतापूर्वक प्रतिज्ञा गर्थेँ, “आमा, म ठूलो भएपछि, निश्चितै तपाईंहरू दुवैको हेरविचार गर्नेछु।” मेरी सौतेनी आमा यस्तो कुरा सुन्दा सधैँ राहतयुक्त मुस्कान देखाउँदै मुन्टो हल्लाइरहन्थिन्। मलाई पालन-पोषण गर्न मेरी सौतेनी आमाले ठूलो कष्ट झेलिन् साथै मेरो विवाह अनि आफ्नै परिवार र पेसा सुरु गर्न उनले सहयोग गरिन्। मैले सधैँ मेरी हजुरआमाले भनेको कुरा सम्झेँ: “एउटा बच्चा जन्माउनु उसलाई पालन-पोषण गर्नु जतिको महत्त्वपूर्ण हुँदैन,” र “तिमी मानिसहरूलाई जे दिन्छौ त्यही पाउँछौ, भनाइ छ नि, आधा पाउण्डका निम्ति चार औंस।” मैले यो मानवीय आचरणको सिद्धान्त हो भन्ने सोचेँ, र यदि कुनै व्यक्तिमा विवेकको कमी छ र ऊ कृतघ्न छ भने, सो व्यक्ति मानव भनिन योग्य हुँदैन।
सन् १९९४ मा हाम्रो सम्पूर्ण परिवारले प्रभु येशूमा विश्वास गर्न थाल्यो। मेरी पत्नी र म प्रायः मण्डलीको रेखदेख गर्न जान्थ्यौँ, हाम्रो दुई वर्षको बच्चा र खेतको कामका लागि हाम्रो समय र देखभाल आवश्यक हुँदापनि, हामी कहिलेकाहीँ एक-दुई दिन सम्मै फर्कंदैनथ्यौँ। मेरी आमा घरका ती कामकाज गर्न अघि सर्थिन्, ताकि हामीले प्रभुको सेवा राम्ररी गर्न सकौँ। सन् २००२ मा, हाम्रो सम्पूर्ण परिवारले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वरको कामलाई स्वीकार गऱ्यो। मेरा आमाबुबाले मेरो कर्तव्यपालनमा पूर्ण रूपमा सहयोग गरे। म आफ्नो ठाउँमा प्रभुमाथिको मेरो विश्वासका कारण सुपरिचित भएकोले, मैले कामको यो चरणलाई स्वीकार गरेपछि, त्यस् ठाउँमा मैले गरेको सुसमाचारको कामले प्रहरीको ध्यान तान्यो। प्रहरीद्वारा गिरफ्तार हुनबाट बच्न मैले घर छोडेँ र अन्यत्रै आफ्ना कर्तव्य निर्वाह गर्दै धेरै वर्ष बिताएँ। बिदाका त्यस अवधिमा, अरूहरूको आफ्ना परिवारहरूसँगको पुनर्मिलनको दृश्यले मलाई आफ्नै परिवारका बारेमा निकै चिन्तित बनाउँथ्यो र मलाई मेरा आमाबुबाको धेरै याद आउँथ्यो। विशेष गरी खेतीपाती गर्ने व्यस्त समयमा, म मेरी आमाको ढाड दुःख्ने र खुट्टाको समस्या र बाथको रोग, र विशेष गरी वर्षा ऋतुमा उनको पीडा झन् बढ्ने कुरा सम्झन्थेँ, म प्रायः उनीहरूलाई घरमा खेतको गाह्रो काम गर्नबाट रोक्ने कोसिस गर्थेँ। तर अहिले मेरी पत्नी र म दुवै बाहिर रहेर आफ्नो कर्तव्यपालन गरिरहेका थियौँ, र मेरा आमाबुबाले हाम्राे बच्चाको हेरचाह गर्ने मात्र होइन खेतको काम पनि गरिरहेका थिए। उनीहरूले यति कठोर परिश्रम गरिरहेका थिए, र उनीहरूले कुनै परिश्रम गर्न नपरोस् भनी मैले जोखिम उठाउँदै घर फर्केर खेतको काममा सहायता गर्नुपर्ला भनी सोचेँ। तर यदि म फर्केर गएँ भने, सम्भवतः म प्रहरीद्वारा गिरफ्तार हुनेथिएँ, र म मेरा आमाबुबालाई धेरै सहायता गर्न सक्नेथिइनँ। यसबाहेक, म मेरा कर्तव्यहरूमा व्यस्त थिएँ र घर फर्कनका लागि मेरो मण्डलीका काम त्याग्न सक्दिनँथेँ। बाटोमा हिँड्दै गर्दा, किसानहरूले खेतमा गहुँ भित्र्याएको देख्दा, म आफ्नी आमाले खेतमा टाउको उठाउँदै निधारको पसीना पुछेको हेरिरहे जस्तो मलाई लाग्यो। मेरो अनुहारबाट आँसुका धारा बग्न थाले, र मैले गुनासो गर्नबाहेक अरू केही गर्न सकिनँ, “यदि परमेश्वरमाथिको मेरो विश्वास र सुसमाचारको कामले मलाई पक्राउ पर्ने जोखिममा नपारेको भए, म त्यो व्यस्त समयमा मेरा आमाबुबालाई सहायता गर्न घर फर्किसकेको हुन्थेँ!” मैले जति धेरै त्यस विषयमा सोचेँ, त्यत्ति नै बढी मेरा आमाबुबाप्रति ऋणी भएको महसुस गरेँ। त्यो साँझ, मेरो मनमा मेरा आमाबुबाले काँप्दै खेतमा परिश्रम गरिरहेको चित्र आयो, अनि मैले लुकेर आँसु नबगाइ रहनै सकिनँ। यसैले म प्रायः मेरा आमाबुबालाई परमेश्वरका हातमा सुम्पँदै उहाँलाई प्रार्थना गर्थेँ।
डिसेम्बर २०२१ मा सुसमाचार प्रचार गरिरहेको बेला म प्रहरीद्वारा गिरफ्तार भएँ। पुछताछको समयमा मलाई यातना दिन प्रहरीले क्रूर तरिका अपनायो, अनि आघातले म केही सोच्नै नसक्ने भएको बेला प्रहरी प्रमुखले मलाई उनको फोनमा एउटा भिडियो हेर्न लगाए। मैले मेरी नब्बे वर्षीया हजुरआमाले खोपिल्टा परेका आँखा र शून्य नजरले हेरिरहेकी देखेँ, र उनी कुनै पनि क्षण मर्न सक्छिन् जस्तो देखिन्थ्यो मैले मेरी आमालाई पनि देखेँ, उनको फुलेका कपाल र उनको अनुहारमा आँसुका धर्साहरू थिए। उनका ओठहरू केही कुरामा बहस गरिरहे झैँ गरी काँपिरहेका थिए, र उनलाई ठुलो मानसिक आघात परे जस्तो देखिन्थ्यो। मैले फुटेज हेर्दै गर्दा मेरो अनुहारमा आँसुका धारा बगे। राष्ट्रिय सुरक्षा दलका प्रमुखले त्यस क्षणको फाइदा उठाउँदै भने, “हामीले तिम्रो गाउँका मानिसहरूसित पनि जाँचबुझ गऱ्यौँ, र सबै जनाले तिम्रो बारेमा राम्रो कुरा गर्छन्। तिमी एक कर्तव्यपरायण छोरा हौ। तिम्री हजुरआमा सय वर्ष पुग्न लागेकी छिन्, र तिम्रा आमाबुबा दुवै सत्तरी हाराहारीका भइसकेका छन्। उनीहरू सबैले परिवारको पुनर्मिलनका निम्ति तिमी फर्केर आउने बाटो हेरिरहेका छन्! तिम्री हजुरआमा बित्नै लागेकी छिन्। के तिमी उनलाई एक पटक अन्तिमचोटि हेर्न चाहँदैनौ र? भनाइ छ नि, ‘जीवनमा सन्तानको माया नै पहिलो कुरा हो।’ के तिम्रा आमाबुबाले उनीहरू तिम्रै भरमा परेर जीवनका अन्तिम वर्षहरूको आनन्द लिन सकून् भनेर तिमीलाई पालन-पोषण गरेका होइनन् र? के तिमी उनीहरूले आफ्नो बुढेसकाल यसरी एक्लै बिताएको सहन सक्छौ? उनीहरू दुवै वृद्ध छन्। तिमी उनीहरूलाई अन्तिम पटक कहिले देख्न पाउला तिमीलाई थाहा छैन। यदि तिम्रो आस्थाका निम्ति तिमीले आठदेखि दश वर्षको सजाय पायौ भने, तिमी उनीहरूलाई सायद फेरि कहिल्यै नदेखौला, र त्यसका निम्ति जीवनभर तिमीलाई पछुतो हुनेछ। तिमीलाई थाहा भएको कुरा हामीलाई बतायौ भने परिवार भेट्न म तिमीलाई सीधै घर पठाइदिन्छु। यसमाथि विचार गर!” यो कुरा सुनेर, मेरो मनमा मेरी हजुरआमा र आमाले मलाई हेरचाह र माया गरेका सम्झनाहरूको बाढी नै आयो, अनि म नरोई बस्नै सकिनँ। मेरी आमाले म ठूलो भएपछि उनीहरूको हेरचाह गर्नेछु भन्ने आशा गर्थिन्, र अहिले उनीहरू दुवैको यति वृद्धावस्था र स्वास्थ्य कमजोर भएको थियो, अनि यस्तो समयमा उनीहरूलाई मेरो धेरै खाँचो थियो, म एउटा छोराको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न त्यहाँ थिइनँ। बरु, आफ्नो गिरफ्तारीका कारण मैले उनीहरूलाई डरमा जिउने बनाएँ। यदि मलाई आठदेखि दश वर्षको कैद भयो भने म सायद उनीहरूलाई कहिल्यै देख्न पाउँदिन। यसबारे म जति बढी सोच्थेँ त्यत्ति नै बढी नकारात्मक बन्थेँ, र मनमा गुनासा राख्दै सोच्थेँ, “यदि म यहाँ सुसमाचार प्रचार गर्न नआएको भए र गिरफ्तार नभएको भए के म उनीहरूको हेरचाह गर्न सक्दिनथेँ र? अब म के गरूँ? म जेल जाने तयारी गरूँ कि, वा आफ्ना आमाबुबाको दयाको ऋण चुकाउन शैतान र दुष्टात्माहरूसँग सम्झौता गरूँ? मैले मेरा ब्रदर-सिस्टरहरू, वा परमेश्वरका घरको हितलाई धोका दिएँ भने, म एक घृणित यहूदा हुनेछु, र मेरो अन्तरात्माले कहिल्यै शान्ति पाउनेछैन, साथै म परमेश्वरद्वारा श्रापित भएर नरकमा पुग्नेछु!” मेरो हृदयमा कोलाहल मच्चियो, र मेरो टाउको फुट्ला झैँ भयो अनि म टुट्ने अवस्थामा पुगेँ। मैले प्रार्थनामा परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, मलाई मुक्ति दिनुहोस्! म के गरूँ?” तत्क्षण परमेश्वरका वचनको एउटा खण्ड मेरो मनमा आयोः “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकाको प्रतिरक्षा गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३)। परमेश्वरका वचनहरूले मेरो अशान्त हृदयलाई शान्त पारे। शैतानले मलाई दबाउन र परमेश्वरलाई धोका दिने बनाउन मेरो ममताको प्रयोग गर्ने षड्यन्त्र गरिरहेको थियो। म त्यसको युक्तिमा पर्न हुँदैनथ्यो। म मेरो गवाहीमा दृढ रहनुपर्ने थियो। यसैले मैले भनेँ, “मलाई केही पनि थाहा छैन। मलाई जे गर्न चाहनुहुन्छ, गर्नुहोस्।” प्रहरीले आफ्ना सकेजति कोशिस गरे, तर कुनै उपयोगी जानकारी प्राप्त गरेनन्, र आखिरमा, अदालतले मलाई साँढे तीन वर्षको कैदसजाय सुनायो।
जुलाई २०१६ मा, मेरो पृथ्वीको त्यस नारकीय सजाय समाप्त भयो। म घरमा पुग्दा मेरी आमाले मेरो टाउको उनको अँगालोमा लिएर धुरुधुरु रोइन्। मैले उनको अनुहारबाट आँसु पुछ्दै उनलाई सान्त्वना दिएँ। मैले मनमनै सोचेँ, “सीसीपीले गरेको गिरफ्तारी र सतावटका कारण म एक दशकदेखि घरमा थिइनँ। मेरा आमाबुबा मेरो सुरक्षाका निम्ति निरन्तर चिन्तित रहन्थे, विशेष गरी म जेलमा रहेको समयमा उनीहरू मेरा निम्ति अझ बढी चिन्तित हुन्थे। अब उनीहरू दुवैको उमेर सत्तरीको हाराहारी छ, र म अवश्यै उनीहरूलाई मेरा निम्ति चिन्तित बनाउन चाहँदिनँ। अब म फर्केर आएको छु, म उनीहरूको साथमा धेरै समय बिताउन चाहन्छु र एक छोराको रूपमा मेरा जिम्मेवारीहरू पूरा गर्न चाहन्छु।” केही दिनपछि मेरा अंकल मलाई भेट्न आए र मसँग गुनासो गरे, “तिमी यतिका वर्षसम्म फर्केर आएनौ, तिम्री आमालाई धेरै पटक अस्पताल लगियो तर तिम्रो कुनै अत्तोपत्तो थिएन, त्यसैले सबैले तिमी एकदम नराम्रो छोरा हौ भन्छन्! तिम्रा आमाबुबा दुवै अब धेरै वृद्ध छन्, र उनीहरूले तिम्रा निम्ति तिम्रो बच्चाको हेरचाह गर्दै खेतमा काम गर्दैछन्, र अहिले उनीहरू दुुवै बिमार छन्। के उनीहरूका निम्ति यो सजिलो होला भन्ने तिम्लाई लाग्छ? अब तिमी फर्केका छौ, तिमीले ठीकसँग जिएर आफ्ना समय घरमै बिताउनु आवश्यक छ र उनीहरूको हेरचाह सुनिश्चित गर्नुपर्छ, ताकि मानिसहरूले तिम्रा बारेमा निन्दाचर्चा गर्न छाडून्।” मेरा अंकल गएको हेर्दै गर्दा मलाई च्वास्स बिझ्ने पीडाबोध भयो। म उनीहरूका नजरमा साँच्चै एक कृतघ्न सन्तान बनेको थिएँ। मैले सायद स्थानीय मण्डलीमा आफ्ना कर्तव्य निर्वाह गर्दा हुन्छ होला भन्ने सोचेँ, जसो गर्दा म मेरा आमाबुबाको हेरचाह पनि गर्न सक्थेँ। तर मैले यसरी विचार गर्दा, अनजानमा आफैँलाई एउटा अँध्यारो सोचमा डुबिरहेको पाएँ, र यसैले मैले परमेश्वरका अभिप्रायहरू खोज्दै सचेत मनले उहाँलाई प्रार्थना गरेँ। मैले बुझेँ, आफ्नो वर्तमान परिस्थितिमा मैले घरैबाट आफ्ना कर्तव्य निर्वाह गर्न सक्दिनँ, म कुनै पनि बेला गिरफ्तार हुन सक्छु, र मैले पितृभक्तिका कारण आफ्नो कर्तव्य निर्वाह रोक्नु हुँदैनथ्यो। यतिका वर्षभरि मैले परमेश्वरबाट धेरै अनुग्रह र मलजल अनि प्रबन्धको आनन्द लिएको छु। यसैले अहिले मैले आफ्नो विवेक गुमाउनु हुँदैनथ्यो, र मैले परमेश्वरका प्रेमको मूल्य चुकाउन आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्थ्यो। यसैले म फेरि सुसमाचार प्रचार गर्न बाहिर गएँ।
तैपनि भित्र हृदयमा आमासितको मेरो भावनात्मक स्नेह रहिरह्यो, र मैले केही परिस्थितिहरूमा आफैलाई अशान्त पाएँ। मलाई अतिथि सेवा गर्ने घरकी एक वृद्धा सिस्टरले प्राय: रिंँगटा लागेको महसुस गर्थिन्। एक पटक, उनी बिरामी परेर लगभग दश दिनभन्दा बढी अस्पतालमा बसिन्। मैले मेरी आमाको बारेमा सोचेँ, “उनी अहिले झण्डै असी वर्षकी छिन् र उनलाई उच्च रक्तचाप र मुटु रोग छ, अनि उनलाई बारम्बार रिंँगटा लाग्ने गर्छ। उनी बिमार भइन् र अस्पतालमा भर्ना गर्न परे के होला? भनाइ छ नि, ‘बच्चा जन्माउनु त्यत्ति महत्त्वपूर्ण हुन्न जति उसको पालन-पोषण गर्नु हुन्छ’ अनि ‘जीवनमा सन्तानको माया नै पहिलो कुरा हो।’ उनीहरूका छोराको रूपमा म आफ्ना आमाबुबाका निम्ति त्यहीँ रहेर उनीहरूको सेवा गर्न पनि सक्षम भइनँ, के मेरा आफन्तहरू र छिमेकीहरूले मलाई आमाबुबालाई माया नगर्ने, कृतघ्न र विवेक नभएको भन्दैनन् र?” त्यो अबधिमा, म आफ्नी आमाको सम्झना र चिन्ताबाट मुक्त हुनै सकिनँ। मेरी आमाको आशायुक्त हेराइको तस्विर मेरो मनमा रहिरह्यो, अनि मेरा आफन्त र छिमेकीहरूले गरेको खिसी मेरा कानमा गुञ्जियो। अनि मेरा आफन्त र छिमेकीहरूले गरेको खिसी मेरा कानमा गुञ्जियो। र मैले कुनै परिणाम बेगर नै खालि आफ्ना कर्तव्यकै गतिमा अघि बढ्दै आफ्ना दिनहरू बिताएँ। मेरो मनस्थितिले मेरा कर्तव्यहरू निर्वाह गर्ने मेरो क्षमतालाई प्रभावित गरिरहेको मैले महसुस गरेँ, यसैले मैले सहायता पाउन परमेश्वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँः “यदि तँलाई तेरा आमाबुबा तेरा लागि संसारको सबैभन्दा नजिकका मानिस हुन्, तिनीहरू तेरा मालिक र तेरा अगुवा हुन्, तिनीहरू तँलाई जन्म दिने र हुर्काउने मानिस हुन्, तँलाई गाँस, बास, कपास, र यातायात उपलब्ध गराउने, तँलाई पालनपोषण गर्ने मानिस हुन्, र तिनीहरू तेरा हितकारी हुन् भन्ने लाग्छ भने, के तँलाई तिनीहरूका अपेक्षाहरू त्याग्न सजिलो हुनेछ? (हुनेछैन।) यदि तँ यी कुराहरूमा विश्वास गर्छस् भने, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरूलाई दैहिक हिसाबमा लिने सम्भावना धेरै हुनेछ, र तँलाई तिनीहरूका कुनै पनि अनुचित र अनुपयुक्त अपेक्षाहरू त्याग्न गाह्रो हुनेछ। तँ तिनीहरूका अपेक्षाहरूद्वारा बाँधिनेछस् र थिचिनेछस्। यदि तैँले आफ्नो हृदयमा असन्तुष्ट र अनिच्छुक महसुस गरिस् भने पनि, तँसँग यी अपेक्षाहरूबाट मुक्त हुने शक्ति हुनेछैन, र तँसँग ती कुरालाई स्वाभाविक रूपमा चल्न दिनेबाहेक कुनै विकल्प हुनेछैन। तैँले किन ती कुरालाई स्वाभाविक रूपमा चल्न दिनुपर्नेछ? किनभने यदि तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्यागिस्, र तिनीहरूका कुनै पनि अपेक्षाहरूलाई बेवास्ता वा अस्वीकार गरिस् भने, तँलाई तँ आफ्नो आमाबुबाप्रतिको कर्तव्य पूरा नगर्ने, अकृतज्ञ व्यक्ति होस्, तैँले आफ्ना आमाबुबालाई निराश पारेको छस्, र तँ असल व्यक्ति होइनस् भन्ने लाग्नेछ। यदि तैँले दैहिक दृष्टिकोणले हेरिस् भने, तैँले आफ्ना आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्न, तेरा लागि तेरा आमाबुबाले गरेको दुःख खेर गएको छैन भन्ने कुरा सुनिश्चित गर्नका लागि आफ्नो विवेक प्रयोग गरेर गर्न सक्ने सबै कुरा गर्नेछस्, र तैँले तिनीहरूका अपेक्षाहरू पूरा गर्न पनि चाहनेछस्। तैँले तिनीहरूले तँलाई गर्न लगाउने सबै कुरा हासिल गर्न, तिनीहरूलाई निराश पार्नबाट जोगिन, तिनीहरूलाई राम्रो व्यवहार गर्न कडा प्रयास गर्नेछस्, र तैँले तिनीहरू वृद्ध भएपछि तिनीहरूको हेरचाह गर्ने, तिनीहरूका आखिरी वर्षहरू सुखद होस् भन्ने कुरा सुनिश्चित गर्ने निर्णय गर्नेछस्, र तैँले तिनीहरूको अन्त्येष्टि राम्रोसँग पूरा गरेर, तिनीहरूलाई सन्तुष्ट पार्दै कर्तव्यनिष्ठ सन्तान बन्ने आफ्नो इच्छा साथ-साथ पूरा गर्दै टाढासम्मको सोच्नेछस्। यस संसारमा जिइरहँदा, मानिसहरू विभिन्न प्रकारका जनमत र सामाजिक अवस्था, साथै समाजमा लोकप्रिय रहेका विभिन्न विचार र दृष्टिकोणहरूबाट प्रभावित हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेनन् भने, तिनीहरूले यी कुराहरूलाई दैहिक भावनाहरूको दृष्टिकोणबाट मात्र हेर्न सक्छन्, साथ-साथै, तिनीहरूले यी कुराहरूलाई त्यस दृष्टिकोणबाट मात्र सम्हाल्न सक्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनले खुलासा गरेको कुरा ठ्याक्कै मेरै हालत जस्तै थियो। मैले स्थितिहरूलाई देहप्रेमको दृष्टिकोणबाट हेरिरहेको थिएँ। म विश्वास गर्थेँ, मसँग भएका सबै कुरा मेरा आमाबुबाबाट आएका हुन्, र एक व्यक्तिको रूपमा म कृतज्ञ हुनुपर्छ, अनि मेरो पालन-पोषण गरिदिएका खातिर आफ्ना आमाबुबाको ऋण चुकाउनुपर्छ, मैले मेरा आमाबुबाका मागहरू र अपेक्षाहरू पूरा गर्ने कोसिस गर्नुपर्छ, र विवेक भएको व्यक्तिले गर्नुपर्ने काम त्यही हो। म सानै छँदा मेरा आमाबुबाको सम्बन्ध विच्छेद भयो, र धेरै मानिसले म सौतेनी आमाको दुर्व्यवहार खप्नुपर्ने एक दयनीय बालक भनेका थिए, तर मेरी सौतेनी आमाले मलाई आफ्नै छोरासरह व्यवहार गरिन्। मेरो बालक हृदयमा उनी मेरी जन्म दिने आमाभन्दा पनि नजिक थिइन्। मैले महसुस गरेँ, उनले म र मेरो भाइलाई पालन-पोषण गर्न कठोर परिश्रम गर्थिन् र पैसा फारो गरी चलाएर बचत गर्थिन्, उनले मेरो शिक्षामा सहयोग गरिन् र मलाई आफ्नै परिवार र पेसा सुरु गर्न सहायता गरिन्। र उनी ती व्यक्ति थिइन् जसलाई मैले मेरो जीवनमा सबैभन्दा धेरै सम्मान र माया गर्थेँ। यसैले मैले आफ्नो हृदयमा म उनीप्रति असल हुनेछु र बुढेसकालमा हेरचाह गर्नेछु भनी गोप्य प्रतिज्ञा गरेँ। मेरी आमाले म उनको र बुबाको बुढेसकालमा हेरचाह गर्नेछु, र उनीहरूले भर गर्न सक्ने कोही छ भन्ने सुनिश्चित गर्नेछु भन्ने आशामा मसँग थोरै कुराहरू मागिन्। मेरी आमाको मबाट एक मात्र अपेक्षा यही नै थियो। मैले आफैमा सोचेँ, “एक विवेकी मानिसको नाताले, मैले आमाबुबाका चाहनाहरू पूरा गर्ने सक्दो कोसिस गर्नुपर्छ, र सन्तानको धर्म निभाउने व्यक्ति बन्नुपर्छ। त्यसो नगर्दा, म सन्तानको धर्म ननिभाउने अविवेकी कृतघ्न व्यक्ति हुनेछु, र म समाजको निन्दाको लायक हुन्छु।” मैले अर्कै ठाउँमा आफ्ना कर्तव्य पालन गरिरहेकोले, बिदाको अवधिमा र खेतीपाती गर्ने व्यस्त समयमा, म प्रायः निकै चिन्तित महसुस गर्थेँ, किनकि मेरा आमाबुबाले कठोर काम गर्लान् र बिरामी होलान् भनी म डराउँथेँ, यसैले म घर फर्केर उनीहरूलाई सहायता गर्न चाहन्थेँ। मैले आफ्नो कर्तव्यपालन गरिरहे जस्तो देखिए पनि, मेरो हृदयमा शान्ति थिएन, र मैले आफ्ना कर्तव्यमा झारा मात्र टारिरहेको थिएँ। म गिरफ्तार भएपछि, प्रहरीले मलाई मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिन उक्साउन आमाबुबाप्रति मेरो स्नेहलाई प्रयोग गऱ्यो, र यदि परमेश्वरका वचनले मलाई अन्तर्दृष्टि र मार्गदर्शन नदिएको भए, सायद मैले स्नेहमा फसेर परमेश्वरलाई धोका दिएको हुन्थेँ। जब मैले म बसेको घरकी वृद्धा सिस्टर बिरामी भएर अस्पतालमा भर्ना भएकी देखेँ, त्यसले मलाई मेरी आमाको याद दिलायो, मैले आमा कमजोर र बिमारी रहेको, तर उनको हेरचाह गर्न म घर जान नसकेको कुराबारे सोचेँ। मलाई दोषी र दुःखी महसुस भयो, अनि म नकारात्मक र कमजोर बनेँ। मैले चुपचाप आफ्नो हृदयमा परमेश्वरका विरुद्ध गुनासाहरू पालेँ, परमेश्वरमाथिको मेरो आस्था र मेरा कर्तव्यहरूका कारण, म आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्ने वा उनीहरूप्रतिको धर्म निभाउने सन्तान बन्न नसकेको ठानेँ। मैले के देखेँ, भने यत्तिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि मैले कुनै सत्यता प्राप्त गरेको रहेनछु, र म अझै पनि कामकुरालाई परमेश्वरका वचन अनुसार हेर्न असक्षम रहेछु। जब-जब मामिलाहरू मेरो परिवारसँग जोडिएका हुन्थे, म सधैँ आफूलाई सधैँ देहगत स्नेहअनुसार चलेको पाउँथेँ, जसको अर्थ, ममा अझै पनि गैरअविश्वासीका दृष्टिकोणहरू छन् भन्ने हुन्थ्यो। यसैले मेरा समस्याहरू समाधानका लागि सत्यता बुझ्न मलाई अन्तर्दृष्टि तथा मार्गदर्शन दिनुहोस् भन्दै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका यी वचनहरू पढेँः “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्ने विश्वास गर्छन्। जसले आमाबुबालाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्वरले व्यक्तिले आफ्ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्वरका वचनहरू स्वीकार गर्न नसक्ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्वरका वचनहरू स्विकार्न नसक्ने तुल्याइएको छ। तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्ने बनाउँछन्। केही समयसम्म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्वरका वचनहरू त्याग्न रुचाउँछस्, र यसरी परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्वरको मुक्तिको खाँचो छैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्वरको वचनबाट मैले बुझेँ, म बाल्यकालदेखि नै परम्परागत संस्कृतिद्वारा प्रभावित भएकोले, साथै आमाबुबाबाट पाएको शिक्षाको प्रभावको कारण पनि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ, सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो, आमाबुबाको साथ नछोड्नू” भन्ने परम्परागत विचारहरूलाई आफ्ना व्यवहारसिद्धान्तहरूका रूपमा मान्थेँ। मैले आफ्ना आमाबुबालाई मेरा सहयोगी र जीवनभरका ऋणदाताको रूपमा हेरेँ, र म के ठान्थेँ भने म आमाबुबाप्रतिको धर्म निभाउने सन्तान बनेर उनीहरूको बुढेसकाल रमाउन दिन सकिनँ भने, म सन्तानको धर्म ननिभाउने विवेकहीन, समाजको तिरस्कार र निन्दायोग्य सन्तान हुनेछु। परम्परागत सांस्कृतिक मूल्यहरूको प्रभावमा परेर बिदाको दिन र खेतीको व्यस्त मौसमहरूमा, वा वयोवृद्ध ब्रदर-सिस्टरहरू बिरामी भएर अस्पतालमा भर्ना भएको देख्दा, मलाई मेरा आमाबुबाको धेरै याद आउँथ्यो, र म मेरा आमाबुबाको हेरचाह गर्न घर जान नसकेकाले, मेरो कर्तव्यनिर्वाह नै प्रभावित हुनेगरी धेरै दिनसम्म मेरो मनोदशा बिग्रिन्थ्यो। मेरी आमाले मबाट राखेका अपेक्षाहरू मेरो हृदयमा मैले कहिल्यै तिर्न नसक्ने एउटा भावनात्मक ऋण बनेका थिए। प्रहरीले मलाई गिरफ्तार गरेर सोधपुछ गर्दा, मलाई भ्रमित पार्न “जीवनमा सन्तानको माया पहिलो कुरा हो” भन्ने भनाइहरू प्रयोग गऱ्यो, र यदि परमेश्वरका वचनले मलाई अन्तर्दृष्टि र मार्गदर्शन नदिएका भए, म आफ्नो देहप्रेमको वशमा परेर परमेश्वरलाई धोका दिनेथिएँ। गिरफ्तार भएपछि आफ्नो स्नेहका कारण परमेश्वरलाई धोका दिनेहरूबारे चिन्तन गर्दा, मैले के बुुझेँ भने तिनीहरूले आफ्ना परिवारलाई सन्तुष्ट पारे र आफ्ना दैहिक चाहनाहरू पूरा गरे, तिनीहरूले परमेश्वरको मुक्ति गुमाए। व्यक्तिले स्नेहको मामला समाधान नगरी, कुनै पनि क्षण परमेश्वरलाई धोका दिन सक्छ भन्ने मैले बुझेँ। मैले परमेश्वरमाथिको आफ्नो आस्था र कर्तव्य निर्वाहमार्फत् मैले केही सत्यता बुझ्न सकेँ, मैले जीवनको महत्त्व बुझेँ, र मेरो भ्रष्ट स्वभाव थोरै बद्लियो। म जीवनको सही मार्गमा हिँड्न सक्नु परमेश्वरको अनुग्रह थियो। यद्यपि, मैले कृतज्ञ हुनुको सट्टा, यदि परमेश्वरमाथि मेरो आस्था नभएको र सीसीपीले मेरो खेदो नगरेको भए, आफ्नो घर त्याग्नुपर्दैनथ्यो, र म आफ्ना आमाबुबाप्रति सन्तानको कर्तव्य पूरा गर्न सक्थेँ, भन्ने सोच्दै परमेश्वरविरुद्ध गुनासाहरू पालेँ। वास्तवमा मैले आमाबुबाप्रति सन्तानको धर्म निभाउन नसक्नुको स्पष्ट कारण सीसीपीका गिरफ्तारी र उत्पीडन थिए। र पनि मैले परमेश्वरलाई दोष दिएँ। मैले बुझेँ, शैतानले भ्रमित पारेका कारण म अलमल्लमा परेर सही र गलत छुट्ट्याउन सकेको थिइनँ, यहाँसम्म कि, यो नबुझी परमेश्वरविरुद्ध विद्रोह र विरोध गरिरहेको थिएँ। यो थाहा पाएर मलाई हृदयमा गहिरो पछुतो भयो। अनि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यस स्थितिमा जिउनु भनेको तपाईंविरुद्ध विद्रोह हो भन्ने मलाई थाहा छ, र म शैतानले ममा हालिदिएको यी विचारअनुसार जिउन चाहन्नँ। कृपया मलाई सत्यता बुझ्न र समझशक्ति प्राप्त गर्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढे: “तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। तिनीहरूले तँलाई जन्माऊन् भनेर कसले निर्णय गरेको थियो: तैँले कि तेरा आमाबुबाले? कसले कसलाई रोजेको हो? यदि तैँले यसलाई परमेश्वरको दृष्टिकोणबाट हेरिस् भने, जवाफ यस्तो हुन्छ: कसैले पनि होइन। तँलाई जन्म दिनका लागि न त तैँले निर्णय गरिस्, न त तेरा आमाबुबाले नै। यदि तैँले यस कुराको जडलाई हेरिस् भने, यो परमेश्वरद्वारा निर्धारित गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्नै स्वतन्त्र इच्छाले तँलाई जन्म दिएका हुन्, होइन र? अर्को शब्दमा भन्दा, परमेश्वरको हुकुमलाई पन्छाएर हेर्दा, जब तँलाई जन्म दिने कुरामा तेरा आमाबुबासँग सबै निर्णय गर्ने शक्ति थियो। तिनीहरूले तँलाई जन्माउने छनौट गरे, र तिनीहरूले सबै कुराको निर्णय गरे। तिनीहरूले तँलाई जन्माऊन् भनेर तैँले तिनीहरूका लागि निर्णय गरिनस्, तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्, र तँसँग यस विषयमा कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूले नै तँलाई हुर्काउनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफूलाई हुर्काउने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तँलाई तेरा आमाबुबाले रोजेको तरिकाले हुर्काइयो, यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तँ त्यो राम्रो खानपान गर्थिस्। यदि तेरा आमाबुबाले तँलाई भूस र जङ्गली सागसब्जी खाएर बाँच्ने वातावरण दिएका भए, तँ भूस र जङ्गली सागसब्जी नै खाएर बाँच्थिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरूले फूलको हेरचाह गर्न चाहने हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, मानिसहरूका सन्दर्भमा भन्दा, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, जे भए पनि तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तिनीहरूले तँलाई जुन कारणले हुर्काए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। … जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्न मिल्दैन। यदि यसलाई दया-माया भन्न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१७))। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने, आफ्ना छोराछोरीलाई हुर्काउनु-बढाउनु आमाबुबाका लागि परमेश्वरको सर्वोच्च आदेश हो। आफ्नो छोराछोरीको हेरचाह गर्न जति नै कष्ट र प्रयास उठाए पनि, यो उनीहरूको जिम्मेवारी र कर्तव्य नै हो, र यसलाई दया मान्न मिल्दैन। यस्तो परिवारमा हुर्कनु पनि मेरा निम्ति परमेश्वरको बन्दोबस्त थियो, र मेरा आमाबुबाले जति धेरै कष्ट सहे पनि वा मलाई हुर्काउन जस्तो प्रकारको मूल्य चुकाएका भए पनि, आफ्ना जिम्मेवारी र कर्तव्य मात्र पूरा गरिरहेका थिए। यो परमेश्वरद्वारा पहिल्यै पूर्वनिर्धारित गरिएको थियो, र यसलाई दया मान्नु हुँदैनथ्यो, र मैले उनीहरूको ऋण चुकाउन आवश्यक थिएन। परमेश्वरले मलाई हेरचाह र माया गर्न सौतेनी आमा बन्दोबस्त गर्नुभयो, यो परमेश्वरको अनुग्रह थियो, त्यसैले म परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ र मैले सबै श्रेय मेरा आमाबुबालाई दिनु हुँदैन। तर मैले सत्यता बुझिनँ, र मेरा आमााबुबाविना मसँग केही पनि हुँदैन, मेरी आमाको मायाले मेरो अभागी जीवनलाई परिवर्तन गऱ्यो भन्ने मलाई लाग्यो। उनी मेरी साक्खे आमा त थिइनन्, तर जन्म दिने आमाभन्दा बढी नजिक थिइन्, त्ससैले मैले उनलाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठान्थेँ, अनि सधैँ मप्रतिको उनको मायालु हेरचाहको ऋण तिर्न चाहन्थेँ, तर मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यहरू कसरी निर्वाह गर्ने भनेर सोचिनँ। के ममा मानवताको पूरै कमी थिएन र? यो त आमाबुबाले भाडाको धाई राखेको जस्तो हो, र उनीहरू आफ्ना बच्चालाई केही समयका लागि उसको हेरचाहमा सुम्पन्छन्, अनि ती धाईले त्यस बच्चालाई आवश्यक सबै कुरा जुटाइदिन्छिन्। तर यस बच्चाले धाईलाई नै आफ्नी आमा मान्छ, र धाईले गरेको हेरचाह मात्र देख्छ अनि आफ्ना आमाबुबाले गरेका कुनै कुराको कदर गर्दैन भने, के त्यस कुराले आमाबुबाको चित्त दुख्दैन र? के त्यो साँच्चै कृतघ्नता हुन्न र? अनि महत्त्वपूर्ण र महत्त्वहीन कुरा एकापसमा उल्टा हुँदैनन् र? मेरो जीवन परमेश्वरबाट आउँछ, र म परमेश्वरको सुरक्षा र हेरचाहद्वारा नै आजसम्म बाँचेको छु। मेरा आमाबुबाले मलाई पालन-पोषण गरेर उनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गरिरहेका मात्र हुन्, र यसमा दयाको कुनै कुरै छैन। बरु सबैमाथि सार्वभौम रहनुभएका परमेश्वरप्रति म कृतज्ञ हुनुपर्छ र उहाँको ऋण चुकाउनु पर्छ। बरु सबैमाथि सार्वभौम रहनुभएका परमेश्वरप्रति म कृतज्ञ हुनुपर्छ र उहाँको ऋण चुकाउनु पर्छ। यदि म, सन्तानको कर्तव्यका कारण परमेश्वरका सामु आफ्ना कर्तव्यहरू पूरा गर्दिनँ भने, तब म साँच्चै विवेक नभएको कृतघ्न अभागी हुनेछु! सिर्जित प्राणीको कर्तव्य पूरा गरी परमेश्वरलाई सन्तुष्ट पार्न खोज्नु नै एक योग्य सिर्जित प्राणी तथा विवेक र समझ भएको व्यक्ति बन्ने योग्यताको आधार हो। यदि म मेरा आमाबुबाको हेरचाह गर्न घर फर्किएँ भने, अरूले मलाई आमाबुबाको माया गर्ने छोरा भनेर प्रशंसा गरे पनि, यदि मैले परमेश्वरकै अनुमोदन पाइनँ भने यसको के महत्त्व होला र?
पछि, म फेरि प्रार्थना गर्न र मार्गदर्शन माग्न परमेश्वरको सामु आएर, मैले आफ्ना आमाबुबासँग सत्यतासिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर सोधेँ। त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँः “यदि तेरो जिउने वातावरण र तँ रहेको परिवेशको आधारमा, आफ्ना आमाबुबाको आदर गर्दा त्यो परमेश्वरको आज्ञा पूरा गर्ने र कर्तव्य निभाउने कार्यसँग बाझिँदैन भने—अर्को शब्दमा भन्दा, यदि तैँले आफ्ना आमाबुबाको आदर गर्दा त्यस कार्यले बफादारीसाथ कर्तव्य निभाउनमा तँलाई बाधा हुँदैन भने—तैँले एकसाथ ती दुवै अभ्यास गर्न सक्छस्। तँ आफ्ना आमाबुबाबाट बाहिरी रूपमा अलग भइरहनु पर्दैन, र तैँले बाहिरी रूपमा तिनीहरूलाई त्याग्नु वा इन्कार्नु पर्दैन। यो कुन अवस्थामा लागू हुन्छ? (आफ्ना आमाबुबाको आदर गर्ने कार्य कर्तव्य निभाउने कार्यसँग नबाझिँदाको अवस्थामा।) ठीक भन्यौ। अर्को शब्दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिने प्रयास गर्दैनन्, र तिनीहरू पनि विश्वासी हुन्, अनि तिनीहरूले तँलाई साँच्चै नै आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउन र परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्न साथ र प्रोत्साहन दिन्छन् भने, आमाबुबासँगको तेरो सम्बन्ध सामान्य अर्थको आफन्तहरूबीचको नाता मात्रै होइन, मण्डलीका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध पनि हुन्छ। त्यस्तो हकमा, तिनीहरूसँग मण्डलीका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा अन्तरक्रिया गर्नेबाहेक, तैँले आमाबुबाप्रतिको सन्तानको जिम्मेवारी पनि पूरा गर्नुपर्छ। तैँले तिनीहरूप्रति अलिकति भए पनि थप वास्ता गर्नुपर्छ। तेरो कर्तव्यमा असर पर्दैन भने, अर्थात्, तिनीहरूद्वारा तेरो हृदयमा बन्धन हुँदैन भने, तैँले तेरा आमाबुबालाई कल गरेर हालखबर सोध्न सक्छस् र तिनीहरूप्रति अलिकति भए पनि वास्ता देखाउन सक्छस्, तिनीहरूका केही कठिनाइहरू हल गर्न र तिनीहरूको जीवनका केही समस्या सम्हाल्न सहयोग गर्न सक्छस्, अनि तिनीहरूको जीवन प्रवेशसँग सम्बन्धित कतिपय कठिनाइहरू हल गर्न पनि तैँले सहयोग गर्न सक्छस्—तैँले यी सबै कुराहरू गर्न सक्छस्। अर्को शब्दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिँदैनन् भने, तैँले तिनीहरूसँगको यो सम्बन्ध कायम राखिराख्नुपर्छ, र आफ्ना आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। अनि तैँले किन तिनीहरूलाई वास्ता र हेरचाह गर्नुपर्छ, र तिनीहरूको हालखबर सोध्नुपर्छ? किनभने तँ तिनीहरूको सन्तान होस् र तिनीहरूसँग तेरो यो नाता छ, त्यसकारण तेरो अर्को प्रकारको जिम्मेवारी पनि हुन्छ, र त्यो जिम्मेवारीको कारण, तैँले तिनीहरूलाई अझै बढी वास्ता र अझै बढी सहयोग दिनुपर्छ। तेरो कर्तव्यनिर्वाहमा असर पर्दैन भने, र तेरो आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वास वा तेरो कर्तव्यनिर्वाहमा बाधा वा व्यवधान ल्याउँदैनन्, र तँलाई रोक्ने प्रयास पनि गर्दैनन् भने, तैँले तिनीहरूप्रतिको तेरो जिम्मेवारी पूरा गर्नु प्राकृतिक र उचित हुन्छ, र तैँले तेरो विवेकले तँलाई नदोष्याउने हदसम्म त्यो जिम्मेवारी पूरा गर्नुपर्छ—तैँले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तेरो परिस्थितिहरूको प्रभाव र बाधाको कारण तैँले घरमा आफ्ना आमाबुबाको आदर गर्न सक्दैनस् भने, तैँले यो नियम पालना गर्नु पर्दैन। तैँले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यहरूमा सुम्पेर उहाँका बन्दोबस्तहरूमा समर्पित गर्नुपर्छ, अनि आफ्ना आमाबुबाको आदर गर्नुपर्छ भनेर तैँले जिद्दी गरिरहनु पर्दैन। के परमेश्वरले यो कार्यलाई दोषी ठहराउनुहुन्छ? परमेश्वरले यो कार्यलाई दोषी ठहराउनुहुन्न; उहाँले मानिसहरूलाई यसो गर्न जबरजस्ती पनि गर्नुहुन्न। अहिले हामीले के विषय सङ्गति गरिरहेका छौँ? मानिसहरूले आफ्ना आमाबुबालाई आदर गर्दा त्यो तिनीहरूको कर्तव्यनिर्वाहसँग बाझिन्छ भने तिनीहरूले कसरी अभ्यास गर्ने भन्नेबारे हामी सङ्गति गरिरहेका छौँ; हामीले अभ्यासका सिद्धान्तहरू र सत्यताबारे सङ्गति गरिरहेका छौँ। तैँले आफ्ना आमाबुबालाई आदर गर्नु तेरो जिम्मेवारी हो, र परिस्थितिले साथ दियो भने, तैँले यो जिम्मेवारी पूरा गर्नुपर्छ, तर तँ आफ्ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। उदाहरणको लागि, यदि तेरो आमाबुबामध्ये एक जना बिरामी भयो र अस्पताल जानुपर्यो, अनि तिनीहरूको हेरचाह गर्ने कोही छैन, तर तँ आफ्नो कर्तव्यमा व्यस्त भएकोले घर फर्किन पाउँदैनस् भने, तैँले के गर्नुपर्छ? यस्तो अवस्थामा, तँ आफ्ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। तैँले यस विषयमा प्रार्थना गर्नुपर्छ, र यो कुरालाई परमेश्वरको जिम्मा र परमेश्वरका योजनाबद्ध कार्यहरूको भरमा छोड्नुपर्छ। तँसँग यही मनोवृत्ति हुनुपर्छ। यदि परमेश्वरले तेरा आमाबुबाको जीवन लिन चाहनुहुन्छ, र तिनीहरूलाई तँबाट टाढा लैजान चाहनुहुन्छ भने पनि, तँ समर्पित हुनुपर्छ। कतिपय मानिसहरू भन्छन्: ‘म समर्पित भएको भए पनि, म साह्रै दुखी छु र धेरै दिनदेखि रोइरहेको छु—के यो देहगत भावना होइन र?’ यो देहगत भावना होइन, यो त मानव दया हो, यो आफूमा मानवता हुनु हो, र परमेश्वरले यसलाई दोष दिनुहुन्न। … यदि तँ आफ्ना भावनाहरूको बन्धनमा फसेको छस्, र यसले तँलाई कर्तव्य पूरा गर्नमा बाधा दिन्छ भने, यो परमेश्वरका अभिप्रायहरूसँग पूर्ण रूपमा बाझिन्छ। परमेश्वरले कहिल्यै पनि तँलाई त्यसो गर्न लगाउनुहुन्न, परमेश्वरले त तँलाई आमाबुबाप्रतिको तेरो जिम्मेवारी मात्रै पूरा गर्न लगाउनुहुन्छ, कुरा त्यति हो। आमाबुबाप्रति भक्त हुनु भनेको के हो? परमेश्वरले एउटा प्रसङ्गमा रहेरै ‘आफ्ना आमाबुबाको आदर गर्नु’ भन्ने वाक्यांश बोल्नुभएको हो। तैँले हरकिसिमका अवस्थाहरूमा पूरा गर्न सकिने केही जिम्मेवारीहरू मात्रै पूरा गर्नुपर्छ, कुरा त्यति हो। तेरा आमाबुबा साह्रै बिरामी हुने वा मर्ने अवस्थाहरूको कुरा गर्दा, के ती तैँले निर्णय गर्ने कुराहरू हुन्? तिनीहरूको जीवन कस्तो हुन्छ, तिनीहरू कहिले मर्छन्, कस्तो रोगले मर्छन्, वा कसरी मर्छन्—के यी कुराहरूसँग तेरो कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) तँसँग ती कुराको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (४))। परमेश्वरका वचनहरू पढेपछि, मैले सिद्धान्त तथा अभ्यासको एउटा मार्ग प्राप्त गरेँ। यदि म घरमा अनुकुल वातावरणमा आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छु भने, म सन्तानी धर्म निभाउन र आफ्ना आमाबुबाको हेरचाह गर्न सक्छु, तर यदि परिस्थितिले मलाई उनीहरूको हेरचाह गर्ने अनुमति दिँदैन भने, त्यसका निम्ति परमेश्वरले मलाई दण्ड दिनुहुन्न। यस विषयमा विचार गर्दा, यो मैले आफ्ना आमाबुबाको हेरचाह गर्न नचाहेको अवस्था होइन, बरू म सीसीपीद्वारा गिरफ्तार भएको र तिनीहरूको कडा निगरानीमा रहेकोले, यदि मैले परमेश्वरमाथि आस्था राख्ने र घरमा आफ्ना कर्तव्यहरू पूरा गर्ने काम जारी नै राख्थेँ भने, म फेरि गिरफ्तार हुनेथिएँ र अझ क्रूर उत्पीडनको सामना गर्नेथिएँ। भविष्यमा, यदि आफैँमा उपयुक्त परिस्थितिहरू बने र घर फर्कने मौका मिल्यो भने, म मेरा आमाबुबाप्रतिको कर्तव्य पूरा गर्ने सन्तान हुनेछु र उनीहरूसँग परमेश्वरका वचनहरूको सङ्गति गर्नेछु। तर त्यस्ता परिस्थितिहरू विना म अझै पनि परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुनेछु र मेरा कर्तव्यहरू राम्ररी पालन गर्नेछु। मैले मेरा आमाबुबाको स्वास्थ्य र बुढेसकालमा उनीहरूको हेरचाहका निम्ति परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र यी कुराहरू उहाँमै सुम्पनु पर्छ। परमेश्वरले मानिसको सृष्टि गर्नुभयो र जन्म, वृद्धावस्था, बिमारी र मृत्युका नियमहरूको प्रबन्ध गर्नुभयो, र इतिहासभरि कसैले पनि त्यो नियमलाई चुनौती दिन सकेको छैन, न त कोही परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूबाट नै उम्कन सकेको छ। आमाबुबाहरूको उमेर बढ्दैजाँदा उनीहरू केही बिरामी हुनु एक सामान्य कुरा हो, र यो अपरिहार्य छ। साथै, यदि म उनीहरूको छेउमै रहेर पनि, वास्तवमा के पो गर्न सक्छु र? के म उनीहरूको कष्टमा उनीहरूको स्थान लिन सक्छु? त्यसमाथि, उनीहरूको हेरचाहका लागि मेरो भाइ पनि त छ। प्रत्येक व्यक्तिको आ-आफ्नै हिँड्ने बाटो र जीवन जिउने अनुभूतिहरू हुन्छन्, र यसलाई कसैले प्रतिस्थापना वा परिवर्तन गर्न सक्दैन। मेरा आमाबुबाको भाग्य परमेश्वरका हातमा छ, र मैले सक्ने भनेको उनीहरूका निम्ति प्रार्थना गर्ने र परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा सपर्पित हुने हो। यो समझ ममा हुनुपर्छ।
यो अनुभवद्वारा मैले के बुझ्न सकेँ भने मानिसले असल र सही देख्ने अनि आचार र नैतिकताको प्रचलित धारणाको रूपमा हेरिने, परम्परागत सांस्कृतिक र पैतृक उत्तराधिकारका जुन विचारहरू छन्, ती सत्य होइनन्, न त परमेश्वरले मानव जातिका निम्ति राख्नुभएका सर्तहरू नै हुन्, साथै ती मानव आचरणका मापदण्डहरू होइनन्। परमेश्वरका वचनहरू मात्र सत्यता हुन् र मानिसहरूले तिनको पालना गर्नुपर्छ। परमेश्वरका वचनहरू र सत्यताअनुसार जिउने व्यक्तिलाई मात्र एउटा साँच्चै विवेक र समझ भएको व्यक्ति मानिन्छ। परमेश्वरका वचनहरूले नै मलाई मेरा आमाबुबाको दयाप्रति कस्तो व्यवहार गर्ने साथै कसरी परम्परागत विचारहरूद्वारा बाँधिन वा नियन्त्रित हुन छोड्ने भनेर बुझाए। परमेश्वरलाई धन्यवाद!