२०. प्रसिद्धि र हैसियतले अब बाँधिएकी छैन
लिङ सीन खाली सडकमा आफ्नो बाइक चलाउँदै थिइन्। यो हिउँदको सबैभन्दा चिसो समय थियो, र अत्यन्त ठण्डा हावाले उनलाई रोक्नै नसक्ने गरी कम्प छुटाइरहेको थियो। उनको मन चिन्ताले भरिएको थियो। उनी केही मलजल गर्ने व्यक्तिहरूसँगको भेलाका लागि जाँदै थिइन्, अनि उनले तीमध्ये दुईजना ब्रदरहरू आफ्नो कामप्रति निकै लगनशील छन् र सधैँ समस्याको समाधान खोजिरहन्छन् भन्ने सुनेकी थिइन्। लिङ सीन चिन्तित थिइन्, उनले सोचिन्, “म सानै उमेरकी छु अनि सुपरभाइजरका रूपमा भर्खरै काम थालेकी छु। मैले तिनीहरूका समस्या समाधान गर्न सकिनँ भने? यो कति लज्जास्पद होला?” उनले बाइक बिस्तारै चलाउन चाहिन्, तर ठण्डा हावाका झोक्काहरूले गर्दा उनी सडकमा अलमल गर्न सक्दिनथिन्। उनी गति बढाउँदै भेलातर्फ छिटोछिटो गइन्।
लिङ सीन भेला हुने घरमा पुगेपछि, सबैले एकअर्कालाई अभिवादन गरे र सङ्गति गर्दै आफ्नो कामका बारेमा कुरा गर्न थाले। पछि, सङ्गति आफूले कर्तव्यपालन गर्दा भोग्नुपर्ने कष्टको महत्त्वमा केन्द्रित भयो। लिङ सीनले यस विषयमा आफूले बुझेका कुरा सङ्गति गरिन्। उनले भनेको सुनिसकेपछि, मलजल गर्ने मध्येकै एकजना ब्रदर, सु रुईले, “हामीले कर्तव्य पूरा गर्दा कष्टको डरलाई समाधान गर्न हामीले कष्टको अर्थ बुझ्नुका साथै हाम्रो भ्रष्ट स्वभावको कुन पक्षले सधैँ सुख सुविधामा लिप्त रहनेतर्फ डोर्याउँछ भन्ने कुरा पनि विश्लेषण गर्नु आवश्यक छ। म देहको ख्याल राख्थेँ र कष्ट भोग्न चाहन्नथेँ, तर त्यसपछि मैले परमेश्वरका वचन पढेँ…” यो सुन्दै गर्दा लिङ सीनलाई, सु रुईले सीधा उनलाई नै सङ्गति गरिरहेका हुन् कि जस्तो लाग्यो, अनि उनको अनुहार तातिएर रातो भयो, उनले सोचिन्, “सु रुईले मेरो कमजोरी थाहा पाएका हुन् र? के म सुपरभाइजरका रूपमा त्यति सक्षम छैन भन्ने उनलाई लागेको हो त? के उनले मेरो जीवन प्रवेश यति सतही छ तैपनि म यहाँ उनीहरूसँग सङ्गति गर्दै छु भन्ने सोचेका होलान्!” लिङ सीनलाई छटपटी भयो।
दिनभरि ब्रदरहरूले विभिन्न प्रश्नहरू सोधे, अनि लिङ सीनले एकछिन पनि फुर्सद नलिई हरसमय सोचिरहिन्। त्यसपछि, सु रुईले अर्को सबाल उठाए, जसको जवाफ लिङ सीनले स्पष्ट रूपले दिन सकिनन्। उनले आफ्ना विचार सङ्गति गरिसकेपछि पनि सु रुईले कुरा बुझेनन्, अनि उनीहरू सबै मौन बसे। घडी चलि नै रह्यो, र यसको गतिको मसिनो आवाज पनि त्यत्तिखेर निकै ठूलो र स्पष्ट थियो। “हामी अब के गरौँ?” ब्रदर ली याङ्गले मौनता चिर्दै भने। सु रुईले जवाफ दिए, “हामी सुपरभाइजरले सङ्गति गर्नुहोला भनेर कुरिरहेका छौँ यो विषयमा स्पष्टसँग सङ्गति भएकै छैन।” लिङ सीनले अप्ठ्यारो हाँसो हाँस्दै र शान्त रहने प्रयत्न गर्दै भनिन्, “म यसबारेमा अझै सोच्दै छु।” तर भित्रभित्रै, उनको दिमाग भने उल्झनमा परेको थियो, अनि उनी चिन्तित र आत्तिएकी थिइन्। “मैले यो विषयको समाधान गर्न सकिनँ भने? यो त लाजमर्दो हुन्न र?” भाग्यवश सबैजनाले एकपछि अर्को गर्दै सङ्गति गर्न थाले, र सो विषय केही हदसम्म समाधान भयो। लिङ सीनले लामो सास फेरिन्, अनि आफ्नो कम्प्यूटरमा समय हेरिन्—ढिलो भैसकेको थियो—त्यसैले उनले छिटोछिटो आफ्ना सामान पोको पारिन् र हतारमा निस्किइन्।
उनी फर्किँदा घाम डुबिसकेको थियो, र गोधूलि साँझको बाँकी उज्यालो पनि, लिङ सिनको अनुहारमा निराशा र हारको भाव छोड्दै बिस्तारै हराउँदै थियो। उनलाई लाग्यो, “पट्यारलाग्दो दिनभरिमा, ब्रदरहरूले मेरो वास्तविकता थाहा पाए। मैले राम्रो छाप छोड्न चाहेकी थिएँ तर यस्तो हुन पुगेकोमा पत्याउनै सकेकी छैन। उनीहरूले म सुपरभाइजरको काम निपुणतापूर्वक गरिरहेकी छैन भन्लान् कि? उनीहरूले मेरो जीवन प्रवेश सतही छ र मसँग खुबी पनि छैन भन्ने हुन् कि? उनीहरू किन यति धेरै प्रश्न गर्छन्? अलि थोरै सोध्न सक्दैनन्?” लिङ सीनले मनमनै गुनासो गरिन्, “म अब यो समूहमा जाँदै जान्नँ। म गइराखेँ भने लज्जित भइ नै रहन्छु। खैर, त्यहाँ मसँग सहकार्य गर्ने सिस्टर छँदै छिन्, बरू तिनैलाई जान भन्छु।”
यो घटनापछि लिङ सीनले लामो समयसम्म राहत महसुस गर्न सकिनन्। जब-जब मलजल गर्नेहरूसँग भेलाको कुरा आउँथ्यो, उनी खाली भाग्न खोज्थिन्। आफू भ्रष्ट स्वभावमा जिइरहेकी छु भन्ने उनलाई थाहा थियो, त्यसैले उनले सचेत हुँदै आफ्नो स्थितिसँग सम्बन्धित परमेश्वरका वचनहरू खाइन् र पिइन्। उनले परमेश्वरका वचनहरू पढिन्: “सृष्टि गरिएको प्राणीको सही स्थानमा उभिनु र सामान्य व्यक्ति हुनु: के यसो गर्न सजिलो छ? (यो सजिलो छैन।) कठिनाइ केमा छ? कठिनाइ यस्तो छः मानिसहरू सधैँ आफ्नो शिर धेरै महिमा र मानपदवीहरू भरिएको अनुभूति गर्छन्। तिनीहरू आफूलाई महान् व्यक्ति र महामानवको पहिचान र हैसियत पनि दिन्छन्, अनि ती सबै ढोँगी र झूटा अभ्यासहरू र देखावटीपनमा संलग्न हुन्छन्। यदि तँ यी कुराहरू त्याग्दैनस् भने, यदि तेरो बोली र काम सधैँ यी कुराहरूको बन्धन र नियन्त्रणमा हुन्छ भने, तँलाई परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न कठिन लाग्नेछ। तँलाई आफूले नबुझ्ने कुराहरूको समाधानमा चिन्ता गर्न छोड्न र त्यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्न, अनि उहाँलाई सच्चा हृदय चढाउन गाह्रो हुनेछ। तैँले यसो गर्न सक्नेछैनस्। तेरो हैसियत, तेरा मानपदवीहरू, तेरो पहिचान, र त्यस्ता सबै कुरा झूटा र गलत भएकाले, ती परमेश्वरका वचनविरुद्ध जाने र उहाँका वचनहरूसँग बाझिने हुनाले गर्दा नै यी कुराहरूले तँलाई बाँधेर राख्छन्, जसले गर्दा तँ परमेश्वरसामु आउन सक्दैनस्। अनि, यी कुराहरूले तँलाई के दिन्छन्? यी कुराहरूले तँलाई आफ्नो भेष बदल्न, कुरा बुझेको ढोँग गर्न, आफू अक्कलमन्द, महान्, सेलेब्रिटी, सक्षम, र बुद्धिमान् भएको नाटक गर्न, र आफूले सबै कुरा जानेको, आफू सबै कुरामा सक्षम भएको र आफू सबथोक गर्न सक्ने भएको भनेरसमेत नाटक गर्न होनहार बनाउँछन्। यसले गर्दा तँलाई अरूले आराधना र प्रशंसा गर्नेछन्। तिनीहरू आफ्ना सारा समस्या लिएर तँकहाँ आउनेछन्, तँमा भर पर्नेछन् र तँलाई आदर गर्नेछन्। तसर्थ, यो त तैँले आफ्नो हात आगोमा हाल्नुजस्तै हो। ल भन् त, के आगोमा हात हाल्दा मज्जा आउँछ? (आउँदैन।) तँ बुझ्दैनस्, तर बुझ्दिनँ भन्न आँट गर्दैनस्। तँ भित्रैसम्म छर्लङ्ग देख्न सक्दैनस्, तर भित्रैसम्म छर्लङ्ग देख्न सक्दिनँ भन्ने आँट गर्दैनस्। तैँले प्रष्ट रूपमा गल्ती गरेको हुन्छस्, तर तँ त्यो स्वीकार्न आँट गर्दैनस्। तेरो हृदय वेदनामा हुन्छ, तर तँ यसो भन्ने आँट गर्दैनस्, ‘यसपटक त्यो साँच्चै मेरै गल्ती हो, म परमेश्वर र मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु। मैले परमेश्वरको घरलाई त्यस्तो ठूलो क्षति पुऱ्याएको छु, तर ममा सबैसामु उभिएर त्यो कुरा स्विकार्ने साहस छैन।’ किन तँ बोल्ने आँट गर्दैनस्? तँलाई लाग्छ, ‘म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई दिएको यश र महिमाअनुरूप जिउनुपर्छ, मैले तिनीहरूले मलाई दिएको उच्च सम्मान र भरोसालाई धोका दिन मिल्दैन, झन् तिनीहरूले मबाट कैयौँ वर्षदेखि राखेको उत्सुक अपेक्षाहरूलाई धोका दिने त कुरै आउँदैन। त्यसकारण, मैले देखावा गरिराख्नुपर्छ।’ त्यस्तो छद्म भेष कस्तो हुन्छ? तैँले सफलतापूर्वक आफूलाई महान् व्यक्ति र महामानव बनाएको हुन्छस्। दाजुभाइ-दिदीबहिनीहरू जस्तोसुकै समस्याहरू सामना गर्नुपर्दा पनि तँकहाँ सोधपुछ गर्न, परामर्श लिन, र तेरो सल्लाह-सुझाव माग्नसमेत आउन चाहन्छन्। तिनीहरू तँविना जिउनसमेत नसक्नेजस्तो देखिन्छ। तर के तेरो हृदय वेदनामा हुँदैन र? अवश्य नै, कतिपय मानिसहरूले यो वेदना अनुभूति गर्दैनन्। ख्रीष्टविरोधीले यो वेदना अनुभूति गर्दैन। ऊ त यसैसमा रमाउँछ, र आफ्नो हैसियत अरू सबै कुराभन्दा माथि छ भन्ठान्छ। तर एक औसत, सामान्य व्यक्तिलाई आगोमा हात हाल्दा वेदना हुन्छ। ऊ आफूलाई कुनै सामान्य व्यक्तिसिवाय अरू केही ठान्दैन। उसले आफूलाई अरूभन्दा बलियो मान्दैन। ऊ आफूले कुनै व्यावहारिक काम पूरा गर्न सक्दिनँ भनेर मात्र होइन, तर मण्डलीको काममा ढिलाइ गराउँछु र परमेश्वरका चुनिएका मानिसहरूलाई विलम्ब पुर्याउँछु भनेरसमेत सोच्छ, त्यसैले उसले दोष स्विकार्नेछ र राजीनामा दिनेछ। यो समझ भएको व्यक्ति हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। लिङ सीनले परमेश्वरका वचन मनन गरिन्, अनि आफू प्रतिष्ठा र हैसियतका लागि जिइरहेकी र हरेक परिस्थितिमा सुपरभाइजरको आफ्नो हैसियत र पदलाई कसरी कायम राख्ने भन्नेबारे विचार गरिरहेकी महसुस गरिन्। उनले आफू सुपरभाइजर हुनुअघिको समयलाई फर्केर हेरिन्। उनले सत्यता सङ्गति गर्दा होस् वा आफूलाई थाहा नभएका प्रश्न मानिसहरूलाई सोध्दा र जवाफ खोज्दा होस्, कहिल्यै बोझ बोकेकी थिइनन्। उनी आफूलाई थाहा भएकाजति सबै कुरा भन्थिन्, न उनमा केही गलत भनिएला भन्ने डर थियो न आफ्नो अज्ञानतामा धक लाग्थ्यो। आफ्नो जीवन प्रवेश सतही भएको र आफूले केही सिद्धान्तहरू राम्ररी नबुझेको उनलाई थाहा थियो, त्यसैले उनले आफ्नो कमी पूर्ति गर्न सङ्गति र अझ खोजी गर्नुपर्थ्यो। तर अब सुपरभाइजर भएपछि त परिस्थिति बेग्लै थियो। उनी सधैँ आफू अरू ब्रदर-सिस्टरहरू भन्दा उत्तम हुनुपर्छ, सत्यतामाथिको आफ्नो सङ्गति निकै गहिरो हुनपर्छ र आफ्नो काम गर्ने क्षमता कमजोर हुनुहुन्न भन्ने ठान्थिन्। उनी अरूले उठाएका प्रश्नको समाधानबारे सङ्गति गर्न आफू सक्षम हुनुपर्छ; नत्र ब्रदर-सिस्टरहरूले आफूलाई हेप्नेछन् भन्ने सोच्थिन्। उनी भेलामा सहभागी हुँदा, सु रुईले सत्यतामाथिको उनको सङ्गतिमा रहेको कमी औँल्याइदिएका थिए। उनले आफूले प्रस्ट बुझ्न नसकेका केही समस्याहरू पनि सामाना गरेकी थिइन्, अनि आफूलाई जवाफ थाहा नभएपनि उनी त्यसलाई स्वीकार्न राजी थिइनन्। उनी पहिल्यैदेखि आफ्नै अभिमान र हैसियतमा मस्त थिइन्, र त्यसैमा चिन्तित हुन्थिन्। उनी मलजल गर्नेहरूसँग भेला गर्न गइराखेमा आफू झन् लज्जित हुने कुरामा पनि चिन्तित थिइन्, त्यसैले, आफ्ना कमी-कमजोरीहरू लुकाउन मद्दत पुगोस्, र सुपरभाइजरका रूपमा आफ्नो छवि जोगियोस् भनेर, उनी जान अनिच्छुक भएकी थिइन्। लिङ सीनले आफूले आफैँलाई काँधमा चढाएको, र आफूले कुनै कमजोरी नभएको महान् व्यक्तिको मुकुण्डो लगाउने कोशिस गरेको महसुस गरिन्। उनी वास्तवमै अहङ्कारी भएकी थिइन् र उनमा कुनै आत्मज्ञान थिएन! उनी सुपरभाइजरका रूपमा नयाँ भएकीले, उनले आफ्नै समस्या र कमजोरीहरूको खुलासा गर्नु उनका लागि पूर्ण रूपमा सामान्य कुरा थियो, र परमेश्वरले यी समस्या र कठिनाइहरू उनलाई अभ्यास गर्ने मौका दिनका लागि प्रयोग गर्दै हुनुहुन्थ्यो। उनले आफूलाई अयोग्य ठानेर ती समस्याहरूलाई टार्नुको सट्टा, तिनको समाधानका लागि सत्यता सिद्धान्तहरूको गम्भीरतापूर्वक खोजी गर्नुपर्थ्यो; किनकि समस्याको समाधान नगरेर उनी आफ्नो जिम्मेवारी नै पूरा गरिरहेकी थिइनन्। लिङ सीनले परमेश्वरले मानिसबाट चाहनु भएका कुराहरू देखिन्: “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा” (परमेश्वरको सङ्गति)। मानिसले बुझ्न नसकेका कुराहरूको सामना गरे भने, त्यतिबेला साँचो हृदयले प्रार्थना गर्न र खोजी गर्न सधैँजसो आफ्नै अगाडि आउन् भन्ने परमेश्वर चाहनुहुन्छ भनेर लिङ सीनले बुझिन्। उनी सधैँ आफ्नो अभिमान र हैसियतप्रतिको चिन्ताले बाँधिएकी थिइन्, सधैँ आफ्नो छवि र हैसियत कसरी जोगाउने भन्ने सोचिरहन्थिन्। आफूमा धेरै कुराको कमी छ भन्ने उनलाई थाहा थियो तर काम अघि बढाउन समस्याको समाधान कसरी गर्ने भन्नेबारे भने उनले सोचेकी थिइनन्। ब्रदरहरू आफ्नो कामप्रति पूर्ण गम्भीर हुनु असल कुरा थियो; जबकि उनी भने सत्यता बुझ्न तथा समस्या समाधान गर्न असफल भएपछि अरूलाई धेरै प्रश्न सोधेको भनेर आरोप लगाउँदै थिइन्—उनमा समझ नै थिएन! यी कुराहरू बुझिसकेपछि, लिङ सीनले परमेश्वरका वचन पढ्ने काम जारी राखिन् र अभ्यासको मार्ग फेला पारिन्।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ल भन त, तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? परमेश्वरले भन्नुभएजस्तै गरी, तिमीहरूले कसरी सृष्टि गरिएको प्राणीको उचित स्थान लिन सक्छौ—तिमीहरूले कसरी महामानव वा कुनै महान् व्यक्ति बन्ने प्रयास नगर्न सक्छौ? तिमीहरूले साधारण र सामान्य व्यक्ति बन्नलाई कसरी अभ्यास गर्नुपर्छ? यो काम कसरी गर्न सकिन्छ? … सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरभाइजर हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन’ भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा लिप्त नबन्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्नेछ, र तैँले भन्ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र मूल्याङ्कन पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, ‘यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले साँच्चै सोचेको कुरा भन्न सक्ने र इमान्दारीपूर्वक बोल्न सक्ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले देखावटी व्यवहार गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; यदि कसैलाई जिउने काम थकाइलाग्दो लाग्छ भने, ऊ आफैले गर्दा त्यस्तो भएको हुन्छ। बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्। अनि, तँ अर्को कुनै कुराले पनि ढलपल हुन्छस्। तैँले सधैँ आफूलाई टोली प्रमुख, अगुवा, सेवक, वा पदवी, हैसियत र प्रभाव भएको व्यक्ति ठान्छस्: यदि तैँले कुनै कुरा बुझ्दिनँ, वा गर्न सक्दिनँ भनेर भनिस् भने, के तैँले आफ्नै बदनाम गरिरहेको त हुँदैनस्? जब तैँले तेरो हृदयका यी बन्धनहरू पन्छाउँछस्, जब तैँले आफूलाई अगुवा वा सेवक सोच्न छोड्छस्, र जब तैँले आफूलाई अरूभन्दा असल ठान्न छोड्छस् र बरु तँ पनि अरूजस्तै साधारण व्यक्ति होस्, र कतिपय क्षेत्रमा तँ अरूभन्दा तल छस् भन्ने अनुभव गर्छस्—जब तैँले सत्यताबारे र कामसम्बन्धी विषयहरूबारे यस्तो मनोवृत्तिले सङ्गति गर्छस्, तब प्रभाव फरक हुन्छ, र माहौल पनि फरक हुन्छ। यदि तैँले आफ्नो हृदयमा सधैँ आशङ्का पाल्छस् भने, यदि सधैँ तनाव र ढलपल भएको अनुभव गर्छस् भने, र यदि तैँले यी कुराहरूबाट आफूलाई मुक्त बनाउन चाहन्छस् तर सक्दैनस् भने, तैँले परमेश्वरलाई गम्भीर रूपमा प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, आफ्ना कमीकमजोरीहरू हेर्नुपर्छ, अनि सत्यताप्रति लागिपर्नुपर्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिस् भने, तैँले फल प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, निश्चित पदबाट वा निश्चित मानपदवी प्रयोग गरेर बोल्ने र व्यवहार गर्ने नगर्। पहिले, यो सबैलाई पन्छा, र आफूलाई साधारण व्यक्तिको स्थानमा राख्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचन मार्फत् लिङ सीनले आफ्नो सुपरभाइजरको हैसियतलाई त्याग्नुपर्ने, र आफू अरू जस्तै एक साधारण व्यक्ति भएको, केवल फरक कर्तव्यपालन गरिरहेको भन्ने बुझिन्। अहिले उनी सुपरभाइजर भएकीले उनले बढी जिम्मेवारी लिनुपर्ने थियो, तर उनको कद भने पहिलेकै जस्तो थियो। उनी सुपरभाइजर हुँदैमा उनको कद बढेको वा उनले सत्यताका विविध पक्षलाई राम्ररी बुझेकी थिइन् भन्ने थिएन—त्यसरी सोच्नु कल्पना मात्र थियो। अझ, यति लामो समय मलजल गर्ने व्यक्तिका रूपमा सेवा गर्दा, उनका ब्रदर-सिस्टरहरूले उनी खासमा कस्ती हुन् भनेर चिनिसकेका थिए; के उनले आफूलाई कोही उच्च व्यक्तिको रूपमा देखाउन चाहनुको अर्थ उनले आफूलाई र अरूलाई छक्याउन र आफूलाई भुङ्ग्रोमा हाल्न खोजेकी थिइन् भन्ने होइन त? लिङ सीनले के बुझिन् भने उनले सुपरभाइजरको पद छोडिदिनुपर्छ, आफ्ना कमजोरीलाई सही रूपले सम्बोधन गर्नुपर्छ, आफूले नबुझेका कुराहरूबारे अरूसँग सङ्गति र खोजी गर्नुपर्छ अथवा तिनको समाधानका लागि आफैँले सत्यताको खोजी गर्नुपर्छ, अनि हरेक प्रकटीकरणलाई जीवनवृद्धिको अवसरका रूपमा लिनुपर्छ।
मौसम बिस्तारै न्यानो हुँदै थियो, अनि हावा पनि मन्द हुँदै गयो। लिङ सीनले आफूले लगाएका भारी सुतीको कपडा खोलिन्, र राहत तथा खुसी महसुस गरिन्।
त्यसको केही समयपछि नै लिङ सीनलाई प्रवचन गर्ने कामको जिम्मेवारी दिइयो। जब उनले कुनै कुनै ब्रदर-सिस्टरहरूले पहिले पनि प्रवचन लेखेका र केहीसँग धेरै वर्ष सुसमाचार प्रचारको अनुभव छ भन्ने थाहा पाइन्, उनी दु:ख मनाउ गर्न थालिन्, “उनीहरूमध्ये को चाहिँ मभन्दा उत्तम छैन र? मैले यो कामको निरीक्षण कसरी गर्नु?” लिङ सीनलाई बोझले थिचिए झैँ महसुस भयो, यो कामलाई सही रूपमा निर्देशन गर्न सकिएन भने, ब्रदर-सिस्टरहरू आफ्नो कुरामा विश्वस्त नहोलान् र “तपाईं सुपरभाइजर हो, तर के तपाईं वास्तवमै यस्तो रूपमा सुपरभाइजर बन्नु हुन्छ?” भन्लान् भन्ने सोचेर डराइन्। उनी परिणाम खराब आए र बर्खास्तीमा परियो भने अत्यन्त अपमानित होइनेछ भनेर आत्तिएकी थिइन्। लिङ सीनले आफैँलाई दमन र चिन्ताले घेरिएकी पाइन्।
बाहिर, केही दिनदेखि दर्के पानी नपरे पनि झरी भने परिरहेकै थियो। लिङ सीनले ब्रदर-सिस्टरहरूले बुझाएका प्रवचनहरूको स्तर त्यति उच्च नभएको पाइन्, र उनले सिद्धान्तहरूका बारेमा उनीहरूसँग सङ्गति गर्न चाहिन्। यद्यपि उनी यस्तो सोच्दै हिच्किचाइन्, “अघिल्लो चोटि भेलाको समयमा म मुस्किलले केही शब्द मात्र बोलेर एकापट्टि बसिरहेँ। मलाई अत्यन्त लाजमर्नु भएको थियो। मलाई ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्छन् भन्ने पनि थाहा छैन। यसपालि पनि गएर मैले समस्या समाधान गर्न सकिनँ भने के गर्ने होला? सायद म नजानु नै ठीक होला, त्यसो भएमा मेरो इज्जत बच्छ।” लिङ सीनले झ्याल बाहिर हेरिन्, पानी परिरहेकै थियो। उनले आफैँलाई सान्त्वना दिइन्, “म उनीहरूसँग सङ्गति गर्न नगएपनि पत्रमार्फत् सङ्गति गर्न त सकिहाल्छु नि। यस्तो गर्दा जानु सरह नै त हुन्छ।”
एकदिन अगुवाले लिङ सीनसँग भेला गर्ने बारेमा भेटघाट गरे। कामको बारेमा जाँचबुझ गरिसकेपछि अगुवाले लिङ सीन आफ्नो कर्तव्यप्रति जिम्मेवार नभएकी, अनि उनी वास्तवमा कामको बारेमा सोधिखोजी गर्न र समस्या समाधान गर्न असफल भएकी, र यसले गर्दा प्रवचनहरूको स्तर खस्किरहेको कुराहरू औँल्याए। लिङ सीन साह्रै लज्जित भइन्, र सधैँ आफ्नै अभिमान र प्रतिष्ठाको चिन्तामा रहेर काममा बिलम्ब गराएकोमा उनले आफैँलाई घृणा गरिन्। त्यसपछि अगुवाले परमेश्वका केही वचनहरू सुनाए, र एउटा खास खण्डले भने उनलाई केही छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तँ कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तैँले अगुवाइ गरेको कालमा तँ आफू जिम्मेवार भएको हरेक विशेष काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशेष काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्। के तिमीहरू यी मापदण्डहरू व्यावहारिक छन् भन्छौ? अनि के ती मानिसहरूप्रति न्यायसङ्गत छन्? (छन्।) ती सबैप्रति न्यायसङ्गत छन्। तेरो शिक्षाको स्तर जति भए पनि, तँ जवान वा वृद्ध भए पनि, तैँले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेको भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले परमेश्वरको वचन जति नै पढेको भए पनि, यो कुनै पनि कुरा महत्त्वपूर्ण होइन। अगुवाका रूपमा चुनिएपछि तैँले मण्डलीको काम कति राम्रोसँग गर्छस्, तँ आफ्ना काममा कतिको प्रभावकारी र दक्ष छस्, अनि प्रत्येक काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ कि बढ्दैन, र त्यसमा ढिलाइ हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मापन गर्दा मूल्याङ्कन गरिने मुख्य कुराहरू यिनै हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (९))। लिङ सिनले देखिन्, परमेश्वरले अगुवा र कामदारहरूको कर्तव्य भनेको ब्रदर-सिस्टरहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न मार्गदर्शन गर्नु र परमेश्वरका घरको सबै कामको प्रगतिमा वृद्धि गराउनु हो भनेर सङ्गति गर्नुभएको छ। परमेश्वरले व्यक्तिको मूल्याङ्कन उसले कति कष्ट भोगेको देखिन्छ भन्ने आधारमा नभएर, उसको कर्तव्यपालनले वास्तविक परिणाम ल्याएको छ-छैन अनि उसले आफ्नो जिम्मेवारी पूरा गरेको छ-छैन भन्ने आधारमा गर्नुहुन्छ। परमेश्वरका वचन पढिसकेपछि, लिङ सीनले आफैँलाई सोधिन्, “मैले सुपरभाइजर भएयता कति वास्तविक काम गरेकी छु त? आफूले फेला पारेका सबै समस्याहरू मैले समाधान गरेकी छु? कामको वास्तविक परिणाम आएको र काम अघि बढेको छ?” लिङ सीनले यी कुनै पनि प्रश्नको जवाफ दिन सकिनन्। अगुवा र कामदारका रूपमा, कसैले कामले राम्रा परिणाम दिएको छैन भन्ने देखेमा, उसले यी खराब परिणामका कारणहरूको अनुसन्धान गर्नुपर्छ अनि, मानिसहरू भ्रष्ट स्वभावमा जिइरहेका छन् अथवा सिद्धान्तहरू नबुझेका हुन्, त्यसका आधारमा, लक्षित रूपमा ती समस्याको समाधान गर्नुपर्छ। तथापि आफू समस्या समाधान गर्न सक्दिनँ र अरूले आफ्नो कमीकमजोरी थाहा पाउलान् भन्ने डरले, उनले सिद्धान्तहरूमाथि छोटो सङ्गति गर्न केवल पत्र लेखेकी थिइन्, जसले गर्दा समस्या समाधान नहुनुका साथै कामका परिणाम पनि खराब आइरहे। यो सबै उनले वास्तविक काम नगरेका कारणले भएको होइन त? भेलापछि, लगत्तै लिङ सीन प्रवचन लेखिरहेका ब्रदर-सिस्टरहरूलाई भेट्न गइन्। उनले विस्तृत जाँचबुझपछि, उनीहरूले वास्तवमै सिद्धान्त अनुरूप नलेखिरहेका पाइन्, त्यसैले उनले केही सिद्धान्तहरूका बारेमा सबैसँग एकैचोटि सङ्गति गरिन्। केही दिनपछि नै, उच्च स्तरको एउटा प्रवचन पेस गरियो। लिङ सीन एकदम खुसी भइन्, तर उनलाई केही पछुतो पनि भयो। उनले यी समस्याहरू पहिल्यै समाधान गरेकी भए, काममा यति लामो समयसम्म ढिलाइ हुने थिएन। उनले आफैँलाई सोधिन्, “मैले आफ्नो अभिमान किन त्याग्न सकिनँ? मलाई सत्यता अभ्यास गर्न किन यति गाह्रो भएको थियो?” यो समस्याको समाधानमा दृढ भएर, लिङ सीनले यस विषयमा परमेश्वरका थप वचनहरू खोजिन्।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतको लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा मोज गर्नको लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। हैसियत पछ्याउनु, शक्ति प्राप्त गर्नु, र सहज जीवन बिताउनु नै ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गरेपछि सधैँ योजना बनाउने प्रमुख कुरा हुन्, र तिनीहरू आफ्ना लक्ष्य प्राप्त नहुन्जेल हार मान्दैनन्। यदि तिनीहरूका दुष्ट कार्यहरू पर्दाफास भइहालेमा, तिनीहरू आफूमाथि आकास नै खसेझैँ गरी आत्तिन्छन्। तिनीहरू खान वा सुत्न सक्दैनन्, र बेहोसीको हालतमा भएजस्तो देखिन्छन्, मानौँ तिनीहरू डिप्रेसनका सिकार भएका छन्। मानिसहरूले के भयो भनी सोध्दा तिनीहरू कुरा लुकाउँछन् र यसो भन्छन्, ‘म हिजो अति व्यस्त भएर रातभरि सुत्दै सुतिनँ, त्यसैले म साह्रै थकित छु।’ तर वास्तवमा, यो कुनै साँचो होइन, त्यो सबै छल हो। तिनीहरूलाई यस्तो अनुभूति हुन्छ किनभने तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, ‘मैले गरेका खराब कुराहरू पर्दाफास भएका छन्, त्यसैले म कसरी आफ्नो ख्याति र हैसियत फिर्ता ल्याउन सक्छु त? म आफूलाई छुटकारा दिलाउन कुन माध्यम प्रयोग गर्न सक्छु? यसको स्पष्टीकरण दिन मैले सबैसँग कस्तो लबज प्रयोग गर्न सक्छु? मानिसलाई मेरो बारेमा छर्लङ्ग बुझ्न नदिन के भन्दा हुन्छ?’ लामो समयसम्म तिनीहरू के गर्ने भनी भेउ पाउन सक्दैनन्, त्यसैले तिनीहरू निराश हुन्छन्। कहिलेकाहीँ तिनीहरू एउटै ठाउँमा एक टकले हेरिरहन्छन्, र तिनीहरूले के हेरिरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यो समस्याले तिनीहरूको दिमाग खियाउँछ, एकपछि अर्को सोचाइ थुपारिदिन्छ, अनि खान वा पिउन मन नलाग्ने बनाउँछ। यसको बाबजुद, तिनीहरू अझै पनि मण्डलीको कामलाई वास्ता गरेको खोल ओड्छन्, र मानिसहरूलाई सोध्छन्, ‘सुसमाचार काम कस्तो भइरहेको छ? कति प्रभावकारी रूपमा त्यसको प्रचार भइरहेको छ? के हालै दाजुभाइ-दिदीबहिनीहरूले कुनै जीवन प्रवेश पाएका छन्? के कसैले कुनै अवरोध वा बाधा पुऱ्याइरहेको छ?’ तिनीहरूले मण्डलीको कामबारे यसरी सोधपुछ गर्नुको उद्देश्य अरूलाई देखाउनका लागि हो। तिनीहरूले समस्याहरू थाहा पाएका भए, तिनीहरूसित ती समाधान गर्ने कुनै उपाय हुनेथिएनन्, त्यसैले तिनीहरूका प्रश्न औपचारिकता मात्र हुन् ताकि अरूलाई तिनीहरूले मण्डलीको कामको वास्ता गरिरहेका छन् भन्ने देखाउन सकून्। यदि कसैले मण्डलीका समस्याहरूबारे रिपोर्ट गरेर तिनीहरूलाई ती समस्या समाधान गर्न लगाउने हो भने, तिनीहरूले आफ्नो मुन्टो मात्र हल्लाउनेथिए। तिनीहरूको योजना व्यर्थ हुनेथ्यो, र तिनीहरूले आफ्नो भेष बदल्न चाहे पनि सक्दैनथे, र तिनीहरूको पर्दाफास र खुलासा हुने जोखिम हुनेथ्यो। ख्रीष्टविरोधीहरूले आफ्नो पूरै जीवनमा भोग्ने सबभन्दा ठूलो समस्या यही हो। … ख्रीष्टविरोधीहरूको शासनमा मण्डलीको काम जारी त रहन्छ, तर ठूलो मात्रामा यसको प्रभावकारिता घटेर जान्छ। कतिपय महत्त्वपूर्ण काम अझै पनि दुष्ट व्यक्तिहरूको नियन्त्रणमा रहन्छ, र परमेश्वरको घरका कार्य बन्दोबस्तहरू लागू भएका हुँदैनन्। परमेश्वरका चुनिएका मानिसहरू हरेकले कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तर कुनै वास्तविक परिणाम प्राप्त हुँदैन, र विभिन्न कामहरू लामो समयदेखि ठप्प भएका हुन्छन्। यी समस्याहरूको जड के हो? ख्रीष्टविरोधीहरूले मण्डली नियन्त्रण गरेकोले यस्तो भएको हो। जहाँ ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ, तिनीहरूको प्रभावको दायरा जतिसुकै होस्, त्यो एउटा समूह मात्र भए पनि, तिनीहरूले परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको एक भागलाई प्रभाव पार्नेछन्। यदि मण्डलीमा तिनीहरूको हातमा शक्ति छ भने, मण्डलीको काम र परमेश्वरको इच्छामा बाधा पुग्छ। किन निश्चित मण्डलीहरूमा परमेश्वरको घरको कार्य प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन? किनभने यी मण्डलीहरूमा ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ। ख्रीष्टविरोधी व्यक्ति परमेश्वरका लागि सच्चा रूपमा समर्पित हुँदैन, तिनीहरूको कर्तव्यपालन औपचारिकता र झारा टार्ने कुरा मात्र हुनेछ। तिनीहरू अगुवा वा सेवक भए पनि वास्तविक काम गर्नेछैनन्, र तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको निम्ति मात्र बोल्नेछन् र काम गर्नेछन्, मण्डलीको कामको रक्षा बिलकुलै गर्नेछैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरले खुलासा गर्नुभयो, ख्रीष्टविरोधीहरू केवल प्रतिष्ठा र हैसियतका लागि मात्रै जिउँछन्, र उनीहरू आफ्ना दिन यी कुराको रक्षा कसरी गर्ने भन्नेमै बिताउँछन्। उनीहरू परमेश्वरका घरको कामप्रति कुनै चासो देखाउँदैनन्, अनि खास काम गर्नबाट पन्छिन्छन्। तर जब तिनीहरूको प्रतिष्ठा र हैसियत खतरामा पर्छ, सानै मात्र नोक्सानमा पनि आफ्ना दिमाग घोट्छन् अनि आफूलाई लुकाउन र ढाकछोप गर्न ठूलो प्रयास गर्छन्। स्पष्ट कुरा के हो भने ख्रीष्टविरोधीहरू परमेश्वरका घरको कामको ख्यालै गर्दैनन्, आफ्नै कर्तव्यको बेवास्ता गर्छन्, र तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। लिङ सीनले आफूले ठ्याक्कै ख्रीष्टविरोधी जस्तै व्यवहार गरिरहेकी, अनि प्रतिष्ठा र हैसियतलाई सबैभन्दा महत्त्व दिइरहेकी महसुस गरिन्। उनलाई मण्डलीका कामको कुनै चिन्ता भएन; उनको प्रतिष्ठा र हैसियत सुरक्षित रहेसम्म अरू कुराको मतलब थिएन। यस्तो लाग्थ्यो मानौँ मण्डलीको काम उनका लागि थप बोझ थियो। उनको ध्यान प्रतिष्ठा र हैसियत कायम राख्नमै केन्द्रित थियो। मलजल गर्नेहरूको भेलामा ब्रदर-सिस्टरहरूका अगाडि मूर्ख बनिसकेपछि, उनले यति दमित र दु:खित महसुस गरिन् कि उनी अब त्यहाँका भेलाहरूमा जानै चाहिनन्। अहिले प्रवचनका कामको सोधपूछ गर्दै जाँदा, उनले पत्ता के पत्ता लगाइन् भने आफ्ना कमजोरीहरू पहिचान गरेर चाँडै सिक्ने सोच राख्नुको साटो, आफू अयोग्य देखिनबाट बच्न सकियोस् भनेर, उनी त केवल भाग्न र आफ्ना समस्याहरू लुकाउन चाहन्थिन्। उनको जिम्मेवारी भनेको कर्तव्यमा भएका विभिन्न समस्याको तत्काल पहिचान गर्नु, र काम निर्बाध रूपमा अघि बढाउनका लागि ब्रदर-सिस्टरहरूलाई सत्यता खोज्न तथा सिद्धान्तभित्र जान मार्गदर्शन गर्नु थियो। उनको स्पष्ट सत्यताबोधको अभाव अनि कामको अनुभवहीनता उनले वास्तविक काम नगर्नुका जायज बहाना थिएनन्। परमेश्वरले ठूला परिणाम माग्नुहुन्न बरू मानिसले आफ्नो कर्तव्य सम्पूर्ण मन र प्रयत्न लगाएर पूरा गरोस् भन्ने आशा गर्नुहुन्छ, ताकि उनीहरूले आफ्नो कर्तव्यपालनमा प्रगति गर्न र आफ्ना कमजोरीहरूको पूर्ति गर्न सकून्। तर लिङ सीन भने खालि आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन केन्द्रित थिइन्, अनि कुनै वास्तविक काम गरिरहेकी थिइनन्। आफ्ना कमजोरी लुकाउन उनी हात बाँधेर आदेश दिने कामदार बन्दै मण्डलीको कामलाई हानि पुऱ्याउँदै थिइन्। उनले कामको प्रगतिमा योगदान दिन नसकेको मात्र नभई, काममा ढिलाइ समेत गराई काम प्रभावित पारिन्। परमेश्वरले उनका यस्ता कार्यलाई घृणा नगर्न कहाँ सक्नुहोला र? उनले मण्डलीबाट निकालिएका ख्रीष्टविरोधीहरूले कसरी आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा गहिरो चासो राख्थे, र ब्रदर-सिस्टरहरूको सम्मानको आनन्द लिन्थे, अनि आफ्नो प्रतिष्ठा र हैसियत बचाउने कामहरू मात्र गर्थे, र यसले मण्डलीको काममा अवरोध गर्दा समेत पर्वाह गर्दैनथे भन्ने कुरा सम्झिइन्। अन्त्यमा, उनीहरूका थुप्रै दुष्ट कार्यका कारण उनीहरू हटाइएका थिए। लिङ सीनले आफूले पनि ख्रीष्टविरोधीकै स्वभाव प्रकट गरिरहेकी, र प्रायश्चित्त नगरेमा आफ्नो पनि त्यही हालत हुने महसुस गरिन्। यसमाथि मनन गर्दै, लिङ सीनले मनमनै, अगाडि बढ्दै आफ्नो कर्तव्यमा सम्पूर्ण हृदय लगाउने, आफ्नो अभिमान र हैसियतको चिन्ताले नबाँधिने र अटल रहेर आफ्नो कर्तव्य पूरा गर्ने प्रण गरिन्। आफूले केही नबुझेमा उनी सम्बन्धित सिद्धान्त अध्ययन गर्ने थिइन्, अथवा आफैँलाई अलग राखेर ब्रदर-सिस्टरहरूलाई सोध्ने थिइन्। यसरी उनी क्रमश: आफ्नो कर्तव्य ठीकसँग पालन गर्नसक्ने थिइन्।
त्यसपछिका दिनहरूमा, लिङ सीन वास्तवमै अध्ययन गर्न र आफूलाई सम्बन्धित सिद्धान्तले सुसज्जित पार्नमा केन्द्रित रहिन्। अरूसँग सङ्गति गर्दा उनी सिक्ने र सिकाउने मनस्थितिले अगाडि बढ्थिन्। आफूले नबुझेका कुरा आउँदा उनी अग्रसरताका साथ अरूसँग सुझाव माग्थिन्। उनले आफ्नाबारे अरूले के सोच्छन् भन्ने चिन्ता छोडिदिइन्। आफूले परमेश्वरका माग अनुरूपको प्रयत्न गर्न र आफ्नो कर्तव्यपालन पूरा मन लगाएर गर्न सकेमा त्यही नै पर्याप्त हुने थियो।
लामो समयको बादल र वर्षाले मौसमलाई गहिरो र भारी बनाएको छ, तर अन्त्यमा यो सबै समाप्त हुनेछ र झलमल्ल घाम लाग्नेछ। त्यसपछिको आकाश चम्किलो र रङ्गीचङ्गी हुनेछ।
अन्तत: वर्षात् रोकियो, र आकाश क्रमश:घमाइलो हुँदै गयो…