१७. मलाई भर्खरै मात्र आफूसँग सत्यता वास्तविकता नरहेको बोध भयो

अगस्त २०२२ मा, अनुभवात्मक गवाहीसम्बन्धी मेरो लेखको भिडियो बनाइयो र अनलाइनमा राखियो। म निकै चकित र उत्साहित थिएँ, र तुरुन्तै मैले राम्रोसँग चिनेको एउटा सिस्टरलाई यसबारे बताउन गएँ। त्यो बेला, मैले यसबारे धेरै प्रचार गरिनँ, किनभने यो परमेश्‍वरको अन्तदृष्टि र मार्गदर्शनले भएको हो, र मैले धाक देखाउनु हुँदैन भन्‍ने मलाई थाहा थियो। निकै महिना महिनापछि, मैले लेखेका अरू दुईवटा अनुभवात्मक गवाही लेखको भिडियो बनाएर अपलोड गरियो। यो पटक, मैले आफ्नो उत्साहलाई धेरैबेरसम्म थाम्न सकिनँ, र मनमनै सोचेँ, “मेरा तीनवटा अनुभवात्मक गवाही लेखलाई भिडियो बनाउन छानिएको छ। यो हाम्रो मण्डलीका अरूको भन्दा धेरै हो, यसले मसँग केही वास्तविक अनुभव छ, आफूलाई चिन्ने तरिका थाहा छ, अनुभवात्मक गवाही बताउन सक्छु भन्‍ने पुष्टि गर्दछ। म अब मुक्ति पाउनबाट धेरै टाढा छैन जस्तो छ।” त्यो समय, म धेरै सिस्टरहरूसँग भेला गरिरहेकी थिएँ, र मनमनै सोच्थेँ, “मेरा अनुभवात्मक गवाहीका लेखहरूको भिडियो बनाएर अनलाइनमा राखिएका छन् भन्‍ने तिनीहरूलाई थाहा भयो भने पक्कै पनि मेरो ईर्ष्या र गुनगान गर्ने थिए। म सत्यता पछ्याउने र जीवन प्रवेश पाएकी व्यक्ति हुँ भनेर तिनीहरूले सोच्ने थिए।” मैले सिस्टर सिआउसिआउले केही दिन अघि आफ्नो स्थितिबारे कुरा गर्दा भनेको सम्झेँ। उनीभित्र उनको कामको सुपरिवेक्षण र जाँच गर्ने जिम्मेवारी पाएको व्यक्तिप्रति विरोध उत्पन्न भएको थियो, र यस्तो स्थिति कसरी हल गर्ने उनलाई थाहा थिएन। त्यसैले, मैले भनेँ, “अनुभवात्मक गवाहीबारे मैले लेखेको एउटा लेखले सिआउसिआउकै जस्तो स्थितिबारे चर्चा गर्दछ। यो कर्तव्य निर्वाहको दौरान मैले अगुवाको सुपरिवेक्षण स्वीकार गर्न इच्छुक नभएको बारेमा छ। हामी सबैले यसलाई एकचोटि हेर्न सक्छौँ।” पछि मैले यो भिडियो ब्रदर-सिस्टरहरूलाई पठाएँ, र यस अनुभवको दौरान, मैले कसरी आफ्नो स्थितिलाई लक्षित गरी विश्लेषण र पहिचान गर्न सकेँ भनेर विस्तृतमा बताएँ। सिआउसिआउले यो भिडियो हेरेपछि उनको अनुहारमा ईर्ष्याको भाव देखियो। ली क्यूई नाम गरेकी अर्की सिस्टरले भनिन्, “मलाई तपाईंले जस्तै आफ्नो भ्रष्ट प्रकटीकरणमाथि कसरी नियन्त्रण राख्ने र आत्मचिन्तन गरी आफूलाई चिन्ने, वा तिनलाई हल गर्न सत्यता कसरी खोज्ने भन्‍ने थाहा छैन। मलाई आफ्नो स्थितिबारे मोटामोटी मात्रै थाहा छ। अहिले यसरी सङ्गति गर्दा मैले जीवन प्रवेशको मार्गबारे केही बुझ्न सकेँ। ममा साँच्चै धेरै कमी छ।” म धेरै खुसी थिएँ, र मनमनै सोचेँ, “म वास्तवमा सत्यता बुझ्दछु र जीवन प्रवेश पाएकी छु, म तिम्रो स्थिति हल गर्न सक्छु। म अभ्यासको मार्गबारे पनि बताउन सक्छु।” मलाई आफू त्यहाँ भएका अरू सबैभन्दा राम्रो र आत्मविश्‍वासले भरिएकी छु भन्‍ने लाग्यो। यसभन्दा पहिले, ली क्यूई नकारात्मक स्थितिमा जिइरहेकी थिइन्, उनी बाहिर आएर भेलामा सहभागी हुन मन गर्दिनथिइन्, त्यसैले मैले जानीबुझी उनलाई सोधेँ, “के तपाईं अर्को भेलामा सहभागी हुन इच्छुक हुनुहुन्छ?” ली क्यूईले खुसी हुँदै भनिन्, “हो, म इच्छुक छु; तपाईं त्यहाँ हुँदासम्म म सहभागी हुनेछु। पहिले मलाई जीवन प्रवेशमा कसरी ध्यान केन्द्रित गर्ने भन्‍ने थाहा थिएन, अहिले केही मात्रामा बुझेकी छु। भेलामा सहभागी हुनु निकै फाइदाजनक हुँदो रहेछ!” ली क्यूईको सन्तुष्ट भाव देखेर मलाई आफूले ठूलो उपलब्धि पाएको महसुस भयो, र म एउटा उत्कृष्ट अगुवा हुँ भनी सोच्न पुगेँ। म कामसँग सम्बन्धित समस्या हल गर्न सक्ने मात्र नभई, ब्रदर-सिस्टरलाई जीवन प्रवेशमा डोर्‍याउन सक्ने भएकी थिएँ। त्यो समयावधिमा म अक्सर आत्मप्रशंसाको स्थितिमा जिएँ। मैले सोचेँ, म अदभुत छु जहाँ गएपनि म सधैँ सोच्थेँ म सबभन्दा अनुभवी, धेरै जीवन प्रवेश पाएकी र धेरै सत्यता वास्तविकता भएकी व्यक्ति हूँ।

एउटा भेलामा सिस्टर यी रानले मलाई म कसरी काम गर्थे भनी बताउन अनुरोध गरिन्। यो सुनेर मलाई खुसी लाग्यो। मैले मनमनै सोचेँ, “मलाई थाहा छ तिमीहरू सबै काम गर्न जान्दैनौ। एकछिन पर्ख, म कसरी काम गर्छु भनेर तिमीहरूलाई बताउनेछु। र मसँग काम गर्ने योग्यता छ भनी देखाउनेछु।” सुरुमा मैले विनम्र भएर बताएँ, “मैले पहिलो पटक यो कर्तव्य थाल्दा, मलाई पनि कसरी काम गर्ने, र मेरा प्राथमिकतालाई कसरी व्यवस्थित गर्ने भन्‍ने थाहा थिएन।” त्यसपछि मैले आफ्नो काम कसरी गरेँ भनेर गफ हाँक्न थालेँ। ब्रदर-सिस्टरहरूले ध्यान दिएर मेरो सङ्गति सुनिरहेको देखेँ, र मलाई ईर्ष्याको नजरले हेरिरहेका थिए। मैले सोचेँ, मेरो सङ्गति राम्रो छ र म निकै खुसी भएँ। त्यसपछि म अर्को समूह भेलामा गएँ। सङ्गति गरिरहँदा मैले सोचेँ, “ब्रदर-सिस्टरहरूलाई मसँग काम गर्ने योग्यता छ भन्‍ने कुरा देखाउन मैले कसरी सङ्गति गर्ने होला?” मैले सोचेँ, मेरो रेखदेखमा रहेको सुसमाचारको काममा केही नतिजा आएका छन्, त्यसैले मैले यो सुसमाचारको कामको कार्यभार कसरी सम्हालेँ भन्‍ने कुरामा जोड दिएँ। मैले भनेँ, “सर्वप्रथम, काम गर्ने मानिसहरूको उचित व्यवस्था गर्नुपर्छ। मैले ब्रदर-सिस्टहरूको फरक क्षमता र विशिष्टताका आधारमा कर्तव्य मिलाएँ। मैले सुसमाचार-प्रचारकहरूको स्थिति र समस्या हल गर्नमा पनि ध्यान दिएँ। मैले सुसमाचारको काममा मन लगाएपछि हरेक महिना प्राप्ति हुने मानिसको सङ्ख्या बढ्दै गयो। ब्रदर-सिस्टरहरूले मसँग उच्च क्षमता छ, र काम गर्ने योग्यता छ भन्दै मेरो प्रशंसा गरे।” तिनीहरू सबैले ध्यान दिएर सुनिरहेको देखेर मलाई खुसी लाग्यो, तर पछुतो पनि। किनभने त्यो बेला मेरो सङ्गति तीन जनाले मात्र सुनिरहेका थिए। मैले मनमनै सोचेँ, “मेरो काम गर्ने योग्यताका बारेमा सुन्न र जान्न धेरै मानिसहरू आइदिए हुन्थ्यो।” भेला पछि, मेरो हृदय बेचैन भयो। मैले आफ्नो बढाई गरिरहेकी र गवाही दिइरहेकी छु जस्तो लाग्न थाल्यो। तर मैले यसमा पुनर्विचार गरेँ, र सोचेँ, यो केवल मेरो अनुभव हो, मैले भनेको सबै कुरा तथ्यगत छन्। यो आफ्नो बढाई गरिरहेको र गवाही दिइरहेको थिएन। म आफ्नो खुसीमा रमाइरहेका बेला, अचानक एउटी सिस्टरको पत्र पाएँ। उनको पत्रमा उनले मेरो समस्या औँल्याउँदै खुलासा गरेकी थिइन्: “तपाईंले भेलामा सङ्गति गर्दा सधैँ धाक देखाउनुहुन्छ, आफ्नो काम कसरी गर्छु अन्तमा के नतिजाहरू पाएँ र अरूले कसरी आफ्नो प्रशंसा गर्छन् भन्‍नेबारे कुरा गर्नुहुन्छ। तपाईं यी कुरा विस्तृतमा बताउनुहुन्छ, तर परमेश्‍वरको गवाही कसरी दिनुहुन्छ भन्‍नेबारे केही भनेको सुन्दिनँ। तपाईंको सङ्गति सुनेर म पनि तपाईंको गुणगान गर्थेँ, तपाईं भर्खरको भएर नि काम यति राम्रो गर्नुहुन्छ, सत्यता पछ्याउनुहुन्छ भन्‍ने सोच्थेँ। यसरी तपाईंले मेरो हृदयमा ठाउँ बनाउनुभयो, अन्य ब्रदर-सिस्टरहरूले पनि तपाईंलाई राम्रो सोच्थे। तपाईंले सबैलाई आफ्नो सामुन्ने ल्याउनुभयो, आफ्नो गुणगान र आराधना गर्न लगाउनुभयो। यसरी अघि बढ्नु खतरनाक हो; यो ख्रीष्टविरोधीको मार्ग हो।” पत्र पढेपछि मलाई नराम्रो लाग्यो। तर मैले आफू गलत मार्गमा हिँडिरहेको मात्र स्वीकार गरेँ र गम्भीरतापूर्वक बिलकुलै आत्मचिन्तन गरिनँ।

त्यसपछि, मेरो हृदयमा ठूलो निराशा छायो। ममाथि केही आइपर्दा, म आत्मचिन्तनमा ध्यान केन्द्रित गर्दिनँथेँ, र मलाई मन नपर्ने कुनै कुरा देख्दा आफ्नो रिस थाम्न सक्दिनँथेँ। सबै मामिलामा, ब्रदर-सिस्टरहरू गलत छन्, म सही छु भन्‍ने सोच्थेँ। उदाहरणका लागि, मेरो जिम्मामा रहेका काममा खराब नतिजा आउँदा, मैले वास्तविक काम गरेकी थिएँ कि थिइनँ भन्‍ने चिन्तन गर्दिनँथेँ, बरु ब्रदर-सिस्टरहरूमा दोष थुपारिदिन्थेँ, र ब्रदर-सिस्टरहरूको खराब क्षमताले गर्दा नै नतिजामा कमी आएको भन्थेँ। मैले चुनेका मानिसहरू पनि उपयुक्त थिएनन्, र मेरो जोडी बनेकी सिस्टरले पनि सिद्धान्तअनुसार मानिस चुन्न सम्झाउँथिन्। म यसको विरोध गर्थेँ र हृदयबाट स्वीकार गरिनँथेँ। म नकारात्मक र प्रतिरोधी थिएँ, मसँग काम गर्ने योग्यता छैन र वास्तविक काम गर्न सक्दिनँ भन्थेँ। सिस्टर याङ्ग टिङ्ग र मैले सुसमाचारको कामको समीक्षा गर्दा, मैले कुनै सुधार नभएको देखेँ, अनि विना कारण, मैले उनको काटछाँट गरेँ, उनले बोझ नबोकेको र वास्तविक काम नगरेको भनेँ। यसले याङ्ग टिङ्गलाई निकै असर गर्‍यो। मलाई थाहा भयो, म खराब स्थितिमा छु र आफूमा पवित्र आत्माको काम छैन भन्‍ने लाग्यो। ममाथि आइपरेका यी सबै मामिलामा, मैले एकचोटि पनि आफूलाई चिन्ने प्रयास गरिनँ र सिद्धान्ताविना काम पनि गरेँ। ब्रदर-सिस्टरहरूलाई मैले बाधा र हनिबाहेक अरू केही गरेकी थिइनँ। यो सोचेर मलाई डर लाग्यो। मैले प्रसिद्धि र हैसियत पछ्याएँ, धेरैजसो आफ्नै बढाई गरेँ र गवाही दिएँ। ममाथि कुनै कुरा आईपर्दा, मैले सत्यता स्वीकार गरिनँ र कसैका लागि फाइदा हुने काम गरिनँ। केही समयपछि नै मलाई प्रतिस्थापन गरियो। यो समयमा, मलाई विपत्ति निकट रहेको लाग्न थाल्यो। मेरो हृदयमा, परमेश्‍वरको न्याय र सजाय ममाथि आइपरेको आभास भयो। बेलैमा पश्चात्ताप नगरेकोमा मलाई निकै नराम्रो र पछुतो लाग्यो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! कर्तव्य निर्वाह गर्दा मैले आफ्नो बढाई गरेँ, गवाही दिएँ र मलाई हटाइयो। मलाई थाहा छ यो तपाईंले मलाई प्रेम र रक्षा गर्ने तरिका हो। हे परमेश्‍वर! बिन्ती मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूलाई साँचो रूपमा चिन्न मद्दत गर्नुहोस्।”

यसपछि, मैले आत्मचिन्तन गरेँ र ब्रदर-सिस्टरले औँल्याएका कुराका आधारमा आफूलाई चिन्ने कोसिस गरेँ, अनि एउटा आत्मिक भक्तिको समयमा परमेश्‍वरका यी वचन पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू मानिसहरूका हृदयमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदर्श मान्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्‍न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने आफ्ना उद्देश्यहरूबारे तिनीहरू खुलस्त हुन सक्छन्? तिनीहरू खुलस्त हुन सक्दैनन्। तर तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा चाहना हुन्छ, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरा त्यही चाहनाको सघाउका निम्ति हो, र तिनीहरूले बोल्‍ने र गर्ने कुराहरूपछाडिको उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्‍न सकिन्‍न र? (सकिन्छ।) यसलाई वास्तवमा दुष्ट भन्‍न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्‍वरका वचनले भनेको कुरा एकदम सही थिए, ती वचनले आफ्नै बढाई गर्ने, आफ्नै गवाही दिने हाम्रो अभिप्राय र लक्ष्यको खुलासा गरे। यो सबै मानिसले हाम्रो गुणगान र आराधना गरून्, आफ्नो हृदयमा हामीलाई राखून् भन्नका लागि थिए। फर्केर हेर्दा, मैले आफ्नो बढाई गर्नु र धाक देखाउनु मानिसले मेरो गुणगान र आदर गरून् भन्नका लागि थिए। मेरा लेखहरूको भिडियो बनाएर अनलाइन राखिएको देखेपछि, मैले परमेश्‍वरले ममाथि काम गरेर आएका नतिजाका बारेमा गवाही दिइरहेकी थिइनँ, बरु ती भिडियोलाई देखावटी गर्ने र अरूलाई मेरो गुणगान गर्न लगाउने पुँजीको रूपमा प्रयोग गरिरहेकी थिएँ। भेलाको समयमा, सिआउसिआउको स्थिति मेरो अनुभव जस्तै रहेको सुनेँ, मैले उनलाई सत्यता बुझाउन, आफूभित्रको भ्रष्ट स्वभाव चिन्न लगाउन मेरो आफ्नै अनुभवका अधारमा परमेश्‍वरका वचनबारे आफ्नो ज्ञानको बारेमा सङ्गति गरिनँ, बरु तडकभडक देखाएँ, र जानाजानी मेरा लेखहरूबारे विस्तृतमा विश्लेषण गरेँ, ताकि ब्रदर-सिस्टरलाई मसँग राम्रो क्षमता छ, जीवन प्रवेश छ र सत्यता पछ्याउने व्यक्ति हूँ भनेर देखाउन सकूँ। त्यसपछि, तिनीहरूले मेरो गुणगान र आराधना गर्ने थिए। खास गरी, सिस्टर यी रानले मलाई काम कसरी गर्नुभयो भनी सोध्दा, मैले काम गर्ने सिद्धान्तमा कसरी निपुण हुने भन्‍नेबारे सङ्गति गरिनँ, बरु, कामको व्यवस्था मिलाउन म कति कुशल थिएँ भन्‍नेबारे बताइरहेँ, ताकि सबैले मसँग काम गर्ने योग्यता छ भन्‍ने सोचून र मेरो गुणगान र आराधना गरून्। म अर्को समूह भेलामा जाँदा पनि यस्तै गरेँ। सङ्गति गर्दा मैले धाक देखाउन विशेष गरी आफ्नो सबभन्दा सफल अनुभव रोज्थेँ, र आफू चानचुने व्यक्ति होइन भन्‍ने देखाउँदै उनीहरूमा राम्रो छाप छोड्न चाहन्थेँ। वास्तवमा, मैले पहिलो पटक कर्तव्य गर्न सुरु गर्दा मैले नबुझेका कुरा धेरै थिए, र मैले धेरै असफलताको अनुभव गरेँ। परमेश्‍वरका वचनको मार्गदर्शन र ब्रदर-सिस्टरहरूको सङ्गति र सहयोगले मलाई केही सिद्धान्तहरू बोध गर्न सहयोग गर्‍यो। तर मैले आफ्ना भ्रष्टता र कमीकमजोरीबारे कुरा गरिनँ, बरु आफ्नै सबभन्दा उज्यालो र चकमदार पक्ष प्रदर्शित गरेँ, ब्रदर-सिस्टरलाई मसँग राम्रो क्षमता छ, सत्यता पछ्याउँछु र काम गर्ने योग्यता छ, म प्रतिभाशाली छु भनी देखाउन खोजेँ, र सबैले मलाई नयाँ तरिकाले हेर्नुपर्छ भन्‍ने चाहेँ। भेलामा गरिने सङ्गतिमा मेरो अभिप्राय धाक देखाउनु थियो, मलाई अनुभव र काम कसरी गर्नुपर्छ भन्‍ने थाहा छ भनी देखाउनु थियो, ताकि तिनीहरूले मेरो गुणगान र आदर गरून्। मैले आफ्नै गवाही दिइरहेकी, धाक देखाइरहेकी र अरूलाई बहकाइरहेकी थिएँ। यस्तो अभिप्राय राखेर ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्नुमा म साँच्चै धेरै घृणित र दुष्ट थिएँ! मैले परमेश्‍वरका चुनिएका मानिसले पालना गर्नैपर्ने दश प्रशासनिक आदेशमा भनिएका कुरा सम्झेँः “१. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। र परमेश्‍वरका वचनले भन्छन्: “ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्‍वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्‍वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्‍वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्‍वरका वचन पढेपछि मैले उहाँको धर्मी स्वभावलाई चिढ्याउन हुँदैन भन्‍ने बुझेँ। परमेश्‍वरले सबभन्दा घृणा गर्ने कुरा मानिसले आफ्नो बढाई गर्नु र धाक देखाउनु हो, र यस्तो गर्ने मानिसले सजिलै पवित्र आत्माको काम गुमाउन सक्छ। तिनीहरूले पश्चात्ताप गरेनन् भने अन्तमा दण्ड पाउनेछन्। परमेश्‍वरका वचन पढेपछि मलाई वास्तविकता महसुस भयो। मैले फर्केर सोचेँ कि यतिका समयसम्म मानिसले मेरो गुणगान गाऊन् भनेर तिनीहरूलाई मैले अनुभवात्मक गवाहीसम्बन्धी केही लेख लेखेको छु भनी बताउन उत्सुक हुँदो रहेछु। मैले पवित्र आत्मका कार्य र मार्गदर्शनका नतिजाहरूलाई मेरो आफ्नै उपलब्धि बनाउँदै सबैतिर प्रचार गरेँ। ब्रदर-सिस्टरहरूसँग भेला हुँदा होस् वा कामबारे चर्चा गर्दा, मैले कसैलाई भेट्नेबित्तिकै लाजै नमानी मेरो अनुभवको गफ हाँक्थेँ, ब्रदर-सिस्टरहरूलाई ममा राम्रो क्षमता र काम गर्ने योग्यता छ भनी देखाउन खोज्थेँ, म सत्यता पछ्याउने व्यक्ति हूँ भन्‍ने भान पार्थेँ, जसले गर्दा उनीहरू मेरो गुणगान र आराधना गर्न पुगे। म लाजै नमानी धाक देखाइरहेकी र अरूको हृदयलाई आफूतिर तानिरहेकी थिएँ। यो परमेश्‍वरको स्वभावलाई चिढ्याउनु थियो। जब मैले पवित्र आत्माको काम गुमाएँ, म अँध्यारोमा खसेँ र अन्तमा प्रतिस्थापित भएँ, तब मैले यो परमेश्‍वरको धर्मी स्वभाव ममाथि आइरहेको हो भन्‍ने बुझेँ। मैले गरेका कुरालाई परमेश्‍वरले निकै घृणा गर्नुभयो र मबाट ओझेल पर्नुभयो। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँको स्वभावलाई चिढ्याउनु हुँदैन, तर ममा लज्जाबोध थिएन र लाजै नमानी परमेश्‍वरको महिमा चोरेँ। परमेश्‍वरको कामको नतिजाको श्रेय आफूलाई दिएँ र मेरो सबल पक्षहरूको बखान गरेँ। ममा परमेश्‍वरको डर मान्ने हृदय नै थिएन र म ख्रीष्टविरोधीको मार्गमा हिँड्दै थिएँ। मैले दुष्कर्म गरिरहेकी थिएँ। यति सोचिसकेपछि मेरो दृदय पीडाले भरियो। मैले आफ्नै बढाई गरेर, गवाही दिएर हैसियत प्राप्त गर्ने मेरो चाहना पूरा गरेको भएपनि यसको बदलामा मैले परमेश्‍वरको घृणा पाएँ, पवित्र आत्माको काम गुमाएँ। म यसरी नै अघि बढेमा मैले मुक्ति पाउने मौका पनि गुमाउने थिएँ। मलाई हटाई अरूलाई राखिनु परमेश्‍वरबाट आएको चेतावनी थियो। मैले राम्राृसँग आत्मचिन्तन गरी पश्चात्ताप गर्नु थियो।

मैले सोचेँ, “मैले कसरी आफ्नै बढाई गर्न, गवाही दिन र यो गलत बाटोमा पाइला राख्न पुगेँ? कुन भ्रष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको थियो?” मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन बिन्ती गरेँ। एउटा आत्मिक भक्तिमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्‍वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्‍ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “अहङ्कारी प्रकृति भएका मानिसहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्न, उहाँको विरोध गर्न, उहाँको निन्दा गर्न र उहाँलाई धोका दिन, र आफैलाई ठूलो बनाउने कामहरू गर्न सक्‍ने हुन्छन्, र त्यो तिनीहरूको आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास हो। मानौँ, एउटा देशका दशौँ हजार मानिसले परमेश्‍वरको कामलाई स्वीकार गरे, र परमेश्‍वरका चुनिएका मानिसहरूको नेतृत्व गर्न र रेखदेख गर्नको लागि परमेश्‍वरको घरले तँलाई त्यहाँ पठायो। परमेश्‍वरको घरले तँलाई अधिकार दियो र मैले वा अरू कसैले तँलाई रेखदेख नगरीकन आफै काम गर्ने अनुमति दियो। धेरै महिनापछि, तँ स्वतन्त्र शासक जस्तै भएको हुनेथिइस्, सबै शक्ति तेरो हातमा हुनेथियो, तैँले नै सबै निर्णय गर्नेथिइस्, चुनिएका सबै मानिसहरूले तँलाई तँ परमेश्‍वर होस् जस्तै गरी तेरो आदर गर्नेथिए, तेरो आराधना गर्नेथिए, र तँमा समर्पित हुनेथिए, तेरो अघि निहुरिनेथिए, हरेक शब्दमा तेरो प्रशंसा गरिरहेका हुनेथिए, तैँले गहिरो अन्तर्दृष्टि सहित प्रचार गर्छस् भनेर भनिरहेका हुनेथिए, तैँले भनेका कुराहरू नै तिनीहरूलाई चाहिएको कुरा हो, तैँले तिनीहरूका खाँचोहरू पूरा गर्न सक्छस् र तिनीहरूलाई डोर्‍याउन सक्छस्, अनि ‘तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन’ भनी निरन्तर दाबी गरिरहेका हुनेथिए। तैँले यो काम कसरी गरेको हुन्छस्? यी मानिसहरू त्यस्तो प्रतिक्रिया दिन सक्ने हुनुले के प्रमाणित गर्छ भने, तैँले गरिरहेको कामले परमेश्‍वरको निम्ति गवाही दिने कार्यलाई पटक्कै समेटेको थिएन; बरु, त्यसले तेरो आफ्नै बारेमा मात्रै गवाही दियो र तँ आफैलाई प्रकट गऱ्यो। तैँले त्यस्तो परिणाम कसरी हासिल गर्न सकिस्? कतिपय मानिसहरू भन्छन्, ‘म जुन सङ्गति गर्छु त्यो सत्यता हो; मैले निश्चय नै कहिल्यै पनि आफ्नै गवाही दिएको छैनँ!’ तेरो यस्तो आचरण—त्यो व्यवहार—भनेको परमेश्‍वरको स्थानमा बसेर मानिसहरूसँग सङ्गति गर्न खोज्ने कोसिस हो, र यो एक भ्रष्ट मानिसको स्थितिमा खडा भएर सङ्गति गर्ने कार्य होइन। तैँले भन्‍ने सबै सतही कुरा र अरूबाट माग गर्ने कुरा हो; तँ आफैसँग त्यसको कुनै सरोकार हुँदैन। त्यसकारण, तैँले प्राप्त गर्ने परिणाम भनेको मानिसहरूलाई तेरो पूजा गर्न लाउनु, अनि तँप्रति ईर्ष्या गर्न लाउनु र तिनीहरू सबै तँमा समर्पित नहोउञ्जेल, तेरो साक्षी नदिउञ्जेल, तँलाई उच्च नपारुञ्‍जेल र उच्च स्वर्गसम्म तेरो चापलुसी नगरुञ्‍जेल आखिरीसम्म तेरो प्रशंसा गर्न लगाउनु हो। जब त्यस्तो हुन्छ, तँ समाप्त भएको हुनेछस्; तँ असफल भएको हुनेछस्! के तिमीहरू सबै अहिले यही मार्गमा छैनौ र? यदि तँलाई एक-दुई हजार वा एक-दुई लाख मानिसहरूको नेतृत्व गर्न आग्रह गरियो भने, तँ अति प्रसन्न हुनेछस्। तैँले अहङ्कार पैदा गर्छस् र परमेश्‍वरको स्थान ओगट्ने, उहाँजस्तै बोल्ने र हाउभाउ गर्ने कोसिस गर्छस्, र तँलाई के लगाउने, के खाने, वा कसरी हिँड्ने भनी थाहा हुँदैन। तँ जीवनको सहजताहरूमा आनन्द गरेर बस्थिस् र आफैलाई उच्‍च ठान्थिस्, अनि साधारण दाजुभाइ-दिदीबहिनीहरूसित भेट गर्ने झमेला गर्नेथिइनस्। तँ अत्यन्तै पतन हुन थाल्थिस्, र प्रधान स्वर्गदूतलाई जस्तै तँलाई पनि खुलासा गरेर हटाइनेथियो, अनि एक्कासि प्रहार गरी ढालिनेथियो। तिमीहरू सबै यसो गर्न सक्षम छौ, होइन र? त्यसो भए, तिमीहरूले के गर्नुपर्छ? यदि एक दिन तिमीहरूलाई हरेक देशको सुसमाचारको कामको जिम्‍मेवारी दिने प्रबन्धहरू मिलाइयो, र तिमीहरू ख्रीष्ट-विरोधीको मार्गमा हिँड्न सक्‍ने अवस्थामा थियौ भने, त्यो कामलाई कसरी फैलाउन सकिन्छ? के यो समस्याग्रस्त हुनेथिएन र? त्यसपछि, कसले तिमीहरूलाई बाहिर जान दिने आँट गर्नेथियो र? त्यहाँ पठाइएपछि, तँ कहिल्यै फर्केर आउने थिइनस्; तैँले परमेश्‍वरले भन्नुभएको कुनै पनि कुरामा ध्यान दिनेछैनस्, र तैँले आफ्‍नै प्रदर्शन गरिरहेको र आफ्नै गवाही दिइरहेको मात्र हुनेछस्, मानौँ तैँले मानिसहरूलाई मुक्तिमा ल्याइरहेको छस्, परमेश्‍वरको काम गर्दैछस्, र मानिसहरूलाई परमेश्‍वर प्रकट हुनुभएको छ र यहाँ काम गरिरहनुभएको छ जस्तो महसुस गराउँछस्—र जब मानिसहरूले तेरो पूजा गर्छन्, तँ आनन्दले भरिन्छस् र तिनीहरूले तँसित परमेश्‍वरलाई जस्तो व्यवहार गरे भने, तैँले कुनै विरोध नगरिकन त्यो कुरालाई स्वीकार गर्छस्। तँ त्यो स्तरमा पुगेपछि तँ नष्ट हुनेछस्, तँ खतम हुनेछस्; तँलाई त्यागिनेछ। यस किसिमको अहङ्कारी प्रकृतिले थाहै नपाई तँलाई नाश पार्दछ। यो ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँड्ने व्यक्तिको उदाहरण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो)। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने आफ्नो बढाई गर्दा र गवाही दिँदा म अहङ्कारी प्रकृतिको वशमा थिएँ। मेरो तीनवटा लेखहरूको भिडियो बनाएर अनलाइनमा राखिएकाले मैले आफैलाई निकै उच्च दर्जा दिएँ, र म सत्यता वास्तविकता भएको व्यक्ति हूँ र मुक्ति पाउनेछु भन्‍ने ठानेँ। मैले ब्रदर-सिस्टरहरूको समस्या हल गर्न सकेको र सबभन्दा उपयुक्त अगुवा भएको भनेर आफ्नो प्रशंसा पनि गरेँ। ब्रदर-सिस्टरहरूले आफ्नो स्थितिबारे चर्चा गरिरहेका होऊन् वा हामीले कामको बारेमा कुराकानी, मैले मेरा अनुभवात्मक गवाही लेखहरू देखाउन, मैले कसरी ज्ञान र अनुभव हासिल गरेँ भनी विश्लेषण गर्न मैले हरेक अवसरको उपयोग गरेँ, ताकि उनीहरूले ममा सत्यता वास्तविकता रहेको देखून् र मेरो गुणगान र आराधना गरून्। म यति अहङ्कारी थिएँ कि मैले आफ्नो सारा समझ गुमाएँ र आफू को हो भनेर चिन्न सकिनँ। थोरै समझ र परमेश्‍वरप्रति थोरै डर मान्ने हृदय भएका हरेक व्यक्तिले परमेश्‍वरको कामबाट आएको नतिजा देखेमा सारा महिमा परमेश्‍वरलाई दिनेछन्। तर मभित्र कुनै समझ नै थिएन। मैले अनुभवात्मक गवाहीका धेरै लेख लेखेँ र आफूमा सत्यता वास्तविकता छ भन्‍ने ठानेँ, र यसर्थ, मैले आफ्नो गवाही दिन सुरु गरेँ। ममा कुनै लज्जाबोध नै थिएन। मैले पावललाई सम्झेँ, उनको प्रकृति अत्यन्त अहङ्कारी र अभिमानी थियो। उनले अरूभन्दा आफूले धेरै बुझेको र प्रेरितहरूको भीडभन्दा माथि रहेको सोच्थे। उनले कहिल्यै आफूलाई केलाउने वा चिन्ने प्रयास गरेनन्, न परमेश्‍वरको न्याय र सजाय नै स्वीकार गरे। पावलले आफूले गरेको कामका केही नतिजा आउनेबित्तिकै चारैतिर आफ्नो गफ हाँक्थे, काम र प्रवचनमा आफू दक्ष रहेको देखाउन खोज्थे। उनी आफूले कति धेरै कष्ट भोगेँ, कति धेरै मूल्या चुकाएँ भनी गवाही दिन्थे, र उनले धेरै विश्‍वासीलाई बहकाए। उनले आफूसँग सत्यता वास्तविकता छ भनी मानिसलाई झुटो विश्‍वास दिलाए, आफूले भनेको शब्द परमेश्‍वरका वचन हुन् भनी मान्न लगाए। अन्तमा उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उहाँबाट दण्ड पाए। मैले प्रकट गरेको स्वभाव पावलको भन्दा भिन्न थिएन। म पनि अत्यन्त अहङ्कारी र अभिमानी थिएँ। मैले अनुभवात्मक गवाहीको धेरै लेख लेखेँ र आफूलाई सत्यता वास्तविकता भएको व्यक्ति भनेर प्रदर्शित गरेँ। मैले देखाउनकै लागि सधैँ यी लेखहरूको प्रयोग गरेँ, जसले गर्दा ब्रदर-सिस्टरहरूले मेरो आराधना गर्न थाले। मैले पनि पावलले जस्तै मानिसहरूलाई बहकाइरहेकी थिएँ। केवल परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वरका वचनले मात्रै मानिसको स्थिति र कठिनाइ हल गर्न सक्छन्। र परमेश्‍वरका वचन मात्रै सबैतिर फैलाउन योग्य छन्। परमेश्‍वर मात्रै मानिसको आराधना र स्तुतिको योग्य हुनुहुन्छ। म केवल एउटा भ्रष्ट मानव हुँ, तर सधैँ मानिसले मेरो गुणगान र आराधना गरून् भन्‍नेमा लागिरहेँ। म परमेश्‍वरलाई प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। मैले पश्चत्ताप नगरेकी भए, मैले उहाँको स्वभाव चिढ्याउने थिएँ र मलाई नष्ट गरिनेथ्यो। भित्रभित्रै म डरले काँपिरहेकी थिएँ; परमेश्‍वरको क्रोध कुनै पनि समय ममाथि बर्सन सक्नेछ भन्‍ने भइरहेको थियो। हृदयमा, म बारम्बार परमेश्‍वरलाई भनिरहेकी थिएँ, “हे परमेश्‍वर! म गलत थिएँ। म एउटा भ्रष्ट मानवभन्दा बढी छैन। मेरो स्वभाव अहङ्कारी छ, मैले तपाईंको महिमा चोरेँ र पवित्र आत्माको काम गुमाएँ। यो तपाईंको धार्मिकता हो। म निकै अविवेकी छु र मलाई वास्तमा दण्डित गरिनुपर्छ। हे परमेश्‍वर! तपाईंले मलाई त्याग्नुहुनेछ भन्‍ने निकै डर लाग्दैछ, म तपाईंसामु आएर पश्चात्ताप गर्न तयार छु।”

पछि, मैले आत्मचिन्त पनि गरेँ, र सधैँ अनुभवात्मक गवाहीको लेख लेख्नुको अर्थ ममा सत्यता वास्तविकता छ र म महान् छु भनी सोच्ने गरेको थाहा पाएँ। के यस्तो विचार सत्यताअनुरूप थियो? मैले परमेश्‍वरका वचन पढेर यो प्रश्नको उत्तर पाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूको जीवन निकै ढिलो रूपमा अघि बढ्छ, किनभने मानिसहरूले बुझ्ने सत्यतामा मानिसहरूको प्रकृति सार, मानिसहरूको अस्तित्व, र मानिसहरू जुन कुराहरूद्वारा जिउँछन् ती कुराहरू समावेश हुन्छन्, र यसमा व्यक्तिको स्वभाव रूपान्तरण साथै उसको जीवन परिवर्तन समावेश हुन्छ। तेरो जीवन कसरी सहजै अर्को जीवनमा परिवर्तन हुन सक्छ र? एक हिसाबमा, यसको लागि परमेश्‍वरको काम आवश्यक पर्छ, र साथै, मानिसहरूले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ; यसअलावा, यसमा बाहिरी वातावरणका परीक्षाहरू, साथै तेरा व्यक्तिगत खोजहरू पनि हुन्छन्; साथै, तँमा पर्याप्त क्षमता र बुझ्‍ने शक्ति हुनुपर्छ, र त्यसपछि परमेश्‍वरले तँलाई थप अन्तर्दृष्टि र अगुवाइ दिनुहुनेछ; यति मात्र होइन, परमेश्‍वरले तँलाई केही सजाय, न्याय, र काटछाँट गर्नुहनेछ, र तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई आलोचना गर्नेछन्, तैपनि अझै तँ माथितिरै लागिरहनुपर्छ, ताकि शैतानको स्वामित्वमा रहेका ती कुराहरू हटाउन सकियोस्—त्यसपछि मात्रै सत्यताका सकारात्मक कुराहरू अलिअलि गरी छिर्न सक्छन्। … यो नसोच् कि तैँले धेरै प्रवचन सुनेको हुनाले, सत्यता तेरो जीवन बनेको छ, र तैँले सत्यता प्राप्त गरेको छस्। तँ त्यो कुराभन्दा अझै धेरै टाढा छस्! यो नसोच् कि तैँले गवाही लेख लेखेकोले वा त्यस्तो अनुभव पाएकोले, तैँले पहिले नै मुक्ति पाएको छस्। तँ अझै त्यहाँ पुगेको छैनस्! त्यो तेरो लामो जीवन अनुभवको एउटा सानो खण्ड मात्रै हो। यो खण्ड बस एक क्षणिक मुड, एक क्षणिक अनुभूति, र एक क्षणिक इच्छा वा महत्त्वाकाङ्क्षा हुन सक्छ, र त्योभन्दा बढी अरू केही नहुन सक्छ। जब कुनै दिन तँ कमजोर हुन्छस् र तैँले पछि फर्केर आफूले कुनै बेला दिएका गवाहीहरू, आफूले कुनै बेला गरेका शपथहरू, र आफूले कुनै बेला प्राप्त गरेका बुझाइहरू सुन्छस्, तब ती कुरा तँलाई अपरिचित लाग्‍नेछन्, र तैँले यसो भन्‍नेछस्, ‘के त्यो म थिएँ? के ममा त्यस्तो ठूलो कद थियो? मलाई कसरी थाहा भएन? अवश्य नै त्यो म थिइनँ, होइन र?’ यो विन्दुमा तैँले तेरो जीवन अझै परिवर्तन भएको छैन भन्‍ने महसुस गर्नेछस्। यदि तेरो जीवन नै परिवर्तन भएको छैन भने, यसले के देखाउँछ? यो कि, तेरो स्वभाव अझै पनि परिवर्तन भएको छैन। त्यो बेला गवाही दिइसकेपछि पनि र तँमा पहिले नै ठूलो कद रहेको कुरा सोचिसकेपछि पनि—तँ अहिलेजस्तो नकारात्मक बन्‍न सक्छस् भन्‍ने थाहा पाउँदा तँलाई कस्तो महसुस हुनेछ? के तँलाई आफ्नो स्वभाव रूपान्तरण गर्नु अत्यन्तै कठिन रहेछ भन्‍ने लाग्दैन र? सत्यता रातारात मानिसहरूमा घुसाउन सकिने कुरा होइन। यदि मानिसहरूले साँच्‍चै नै आफ्नो जीवनको रूपमा सत्यता प्राप्त गरे भने, तिनीहरू आशिषित हुनेछन्, र तिनीहरूको जीवन फरक हुनेछ। तिनीहरू अहिलेजस्तो प्राय भ्रष्ट स्वभाव प्रकट गरिरहने मानिसहरू बन्‍नेछैनन्, बरु पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र निष्ठावान् रूपमा कर्तव्य निभाउन सक्षम हुनेछन्, र तिनीहरू पूर्ण रूपमा रूपान्तरित हुनेछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। “धेरैजसो मानिसहरूका अनुभवात्मक गवाही लेखहरू तिनीहरूलाई निश्‍चित तरिकाले कार्य गर्न बाध्य गर्ने वातावरण अनुभव गर्ने अनि आफ्नो व्यवहारमा ‘परमेश्‍वरप्रतिको समर्पण’ हासिल गर्नेबारे हुन्छन्। तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्‍ने सोच्दै आफूसँग निकै प्रसन्न हुन्छन्। तैँले गवाही लेखेको भए पनि, यो वास्तवमा घमण्ड गर्ने, आफ्नो गवाही दिने, र आफूलाई स्थापित गर्ने कार्यसँग सम्बन्धित हुन्छ: ‘हेर्नुहोस्, मसँग गवाही छ। मैले परमेश्‍वरलाई निराश तुल्याइनँ। म यो वातावरणमा आफ्नो कर्तव्यमा दृढ रूपमा लागिरहेँ!’ अरू मानिसहरूका अनुभवात्मक गवाहीका लेखहरू, काट-छाँटमा परेपछि, तिनीहरूले कसरी चिन्तन गरे र तिनीहरू झाराटारुवा रहेछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारेका रहेनछन्, र अहिले तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन् भन्‍ने बुझाइमा पुगे भन्‍ने बारेमा हुन्छन्। केही समय तिनीहरूले पश्चात्ताप देखाए पनि, र तिनीहरूले उप्रान्त झाराटारुवा छैनन् जस्तो देखिए पनि, के तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन भएको हुन्छ? हुँदैन। पर्दा पछाडि, तिनीहरू अझै पनि अत्यन्तै अहङ्कारी र घमण्डी हुन्छन्। तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने अडान, दृष्टिकोण, र हेराइहरू परमेश्‍वरका वचनहरूमा पटक्‍कै आधारित हुँदैनन्। त्यसकारण तिनीहरूका भ्रष्ट स्वभाव पटक्‍कै परिवर्तन हुन थालेका हुँदैनन्! त्यसोभए, तैँले उल्लेख गर्ने परिवर्तन के हो? यो व्यवहार, जीवनशैली, र सायद तैँले अरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने ढङ्ग, अभिव्यक्तिको शैली, र तरिकामा आएको परिवर्तन मात्रै हो। तेरो आस्था पनि अझ दह्रिलो भएको हुन्छ; तैँले विभिन्‍न वातावरणहरूमा धेरै पटक काट-छाँटका घटना भोगेपछि सत्यता खोजी गर्न सक्छस्, र अहिले धेरै सत्यता बुझ्छस्, र परमेश्‍वरलाई पछ्याउने तेरो सङ्कल्प पहिलेको भन्दा दृढ भएको छ—यी सबै पक्षहरू परिवर्तन भएका छन्। यी परिवर्तनहरूले मानिसहरूलाई मुक्ति प्राप्त गर्नमा अझै बढी आत्मविश्‍वास दिन्छन्, सत्यता पछ्याउन अझै इच्छुक बनाउँछन्, र परमेश्‍वरलाई पछ्याउनमा अझै आशावादी र सकारात्मक बनाउँछन्। तिनीहरूको मार्गमा जस्तोसुकै परीक्षा वा सङ्कष्टहरू आइपरे पनि, तिनीहरू यति नकारात्मक बन्दैनन् कि तिनीहरूले आफ्नो आस्था नै त्यागून्। तर, यी सामान्य मानवतामा बाहिरी रूपमा जिइने कुराहरूमा आउने परिवर्तनहरू मात्रै हुन्। यी तुलनात्मक रूपमा सकारात्मक र सक्रिय विचार र दृष्टिकोणहरूले बिस्तारै मानिसहरूको हृदय ओगट्छन्। यी परिवर्तनहरू तिनीहरूको हृदय जागृत र पुनःजीवन्त भइरहेको छ भन्‍ने कुराका सङ्केत हुन्। अर्थात्, मानिसहरू अझै सक्रिय र उत्प्रेरित बन्छन्, र तिनीहरूले सकारात्मक कुराहरूको अझै धेरै तृष्णा गर्छन्, र परमेश्‍वरका वचनहरू, उहाँको काम, र उहाँका मागहरू पछ्याउनमा अझै बढी आत्मविश्‍वासी हुन्छन्। स्वाभाविक रूपमै, तिनीहरूसँग परमेश्‍वरले गरिरहनुभएको सबैभन्दा महत्त्वपूर्ण कामबारे—मानिसहरूलाई मुक्ति दिने कामबारे पनि झन् स्पष्ट अवधारणा हुन्छ। यी अवस्थाहरूका आधारमा हेर्दा, धेरै मानिसहरूले पहिलेको भन्दा अझै व्यावहारिक तरिकाले, अझै नियम पालना गर्ने तरिकाले, र अझै आज्ञाकारी ढङ्गले आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरूको कर्तव्यको प्रभावकारितामा सुधार आउँछ, विशेष गरी प्राविधिक काममा, जुन अब झन् छिटो अघि बढ्छ। तिनीहरू पहिले जत्तिको सुस्त हुँदैनन्, जब केही दिन लाग्‍ने कार्यहरू एक हप्ता वा त्योभन्दा बढी समयसम्म लम्बिरहन्थे—अब केही दिनमा मात्रै पनि नतिजाहरू देखा पर्छन्। अवश्य नै, यो राम्रो खबर हो। तर खराब खबर के हो त? तिमीहरूले प्रकाश गर्ने र प्रदर्शन गर्ने कुराहरू व्यवहार, सोचाइ, र मानसिकतामा आउने परिवर्तनहरू, र तिमीहरूको अवचेतनमा तुलनात्मक रूपमा सकारात्मक, सक्रिय, र आशावादी केही तत्त्वहरू जागृत भइरहेका केही सङ्केतहरू मात्रै हुन्। तर, यी सङ्केतहरूले तिमीहरूका भ्रष्ट स्वभाव परिवर्तन हुन थालेका छन् भन्‍ने अर्थ दिँदैनन्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचन पढेपछि मलाई निकै अप्ठेरो र लाज लाग्यो। विगतमा, म सोच्थेँ, मैले अनुभवात्मक गवाहीका धेरै लेख लेखेँ र तिनको भिडियो बनाएर अनलाइनमा राखियो भने, मसँग सत्यता वास्तविकता हुनेछ, म अरूभन्दा राम्रो हुनेछु, र मुक्तिबाट पनि टाढा हुने थिइनँ। परमेश्‍वरका वचनअनुसार, मेरो विचार भ्रामक थियो, सत्यताअनुरूप थिएन। म आत्मचिन्तन गर्ने खालकी र एउटा विषयमा ज्ञान रहेको र त्यसैका आधारमा अनुभवात्मक गवाहीको लेख लेखेको भएपनि, यसको अर्थ यो चरणमा मैले केही इनाम र ज्ञान पाएको मात्र हुन्थ्यो, मैले मेरो भ्रष्ट स्वभाव फालेको, र वास्तविकता र जीवन भएको व्यक्ति हो भन्‍ने हुँदैनथ्यो। वास्तवमा, शैतानले मलाई गहिरो गरी भ्रष्ट बनाएको थियो; शैतानी स्वभावहरू मभित्र गहिरोसँग गडेका थिए, र मभित्र धेरै शैतानी विष पनि थिए। मैले केही सत्यता बुझेँ वा कुनै निश्चित मामिलामा एक पटक सत्यता अभ्यास गर्न सकेँ भन्दैमा, मेरो शैतानी स्वभावहरू पूर्ण रूपमा परिवर्तन हुन सक्नेछन् भन्‍ने थिएन। यो समयावधिमा, म अहङ्कारी स्वभावमा जिएकी थिएँ, सबैभन्दा म श्रेष्ठ र निपुण छु भन्‍ने सोच्थेँ, र लाजै नमानी आफ्नो बढाई गरिरहेकी र धाक देखाइरहेकी थिएँ, साथै अहङ्कारी र क्रोधित स्वभाव बोकेर ब्रदर-सिस्टरहरूलाई अन्धाधुन्ध काटछाँट गरिरहेकी थिएँ। मभित्र अझै पनि समाधान नगरिएका धेरै भ्रष्ट स्वभाव थिए, र मसँग जीवनका रूपमा परमेश्‍वरका वचन बिलकुलै थिएनन्। मैले के पनि बुझेँ भने, अनुभवात्मक गवाहीबारे मैले लेखेका लेखहरूको अर्थ मैले मेरा भ्रष्ट स्वभाव वा गलत विचारहरूका केही निश्चित पक्षबारे बुझेकी छु, अस्थायी रूपमा सत्यताका केही पक्ष व्यवहारमा लागू गर्न सक्ने भएकी छु, तर मेरो आफ्नै प्रकृति सारविरुद्ध पूर्ण रूपमा घृणा र विद्रोह गर्न सकेकी छैन भन्‍ने थियो। यस्तै मामिला सामना गर्दा म अझै पनि भ्रष्ट स्वभावले बाँधिएकी हुनेथिएँ र सत्यतालाई व्यवहारमा लागू गर्न सक्नेथिइनँ। ठ्याक्कै पहिलेको जस्तै, जुन बेला मैले मानिसलाई खुसी पार्ने व्यक्तिको रूपमा मेरो अनुभवको बारेमा लेखेकी थिएँ, र आफू “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने विचारबाट नियन्त्रित रहेछु, र म स्वार्थी र घृणित छु, मेरा आफ्नै हितहरूको रक्षा गर्दो रहेछु भन्‍ने थाहा पाएँ। परमेश्‍वरका वचन पढेर यस प्रकारका दृष्टिकोणप्रति म केही बढी समझदार भएँ तर पछि, यस्तै प्रकारका मामिला आउँदा, म अझै पनि आफ्नो स्वार्थी, छली प्रकृतिबाट नियन्त्रित भएँ र सत्यतालाई पूर्ण रूपमा अभ्यास गर्न सकिनँ। मैले अझैपनि परमेश्‍वरका वचनको धेरै न्याय र सजाय स्वीकार गर्नु र बिस्तारै आफ्नो भ्रष्ट स्वभाव फाल्नु पर्ने थियो। वास्तविक स्वभाव परिवर्तन र सत्यता वास्तविकता भएका मानिसले जे जस्तो कुरा आइपरेपनि सब कुरालाई परमेश्‍वरका वचनका आधारमा हेर्छन्, र आफ्नो शैतानी भ्रष्ट स्वभाव र शैतानी दृष्टिकोणअनुसार जिउँदैनन्। उनीहरू सृजित प्राणीको आफ्नो स्थानमा बलियोसँग खडा हुन, परमेश्‍वरको गवाही दिन र सामान्य मानव रूपमा जिउन सक्छन्। तर म अझै पनि बेलाबेलामा मेरा भ्रष्ट स्वभावबाट निर्देशित हुन्थेँ, मैले जिउने कुरामा परमेश्‍वरको गवाही दिने खालका कुनै कुरा हुँदैनथे। मैले लाजैविना आफ्नो बढाई गर्ने र गवाही दिने समेत गरिरहेकी थिएँ, र शैतानको स्वरूपमा जिइरहेकी थिएँ। मैले परमेश्‍वरलाई अपमानित गरिरहेकी थिएँ; अनि मसँग कुन सत्यता वास्तविकता थियो र? म मुक्ति पाउने सम्भावनाबाट निकै पर थिएँ। यस बेला मात्रै मैले मेरो वास्तविक कद स्पष्ट रूपमा देखेँ: म एक भ्रष्ट मानव थिएँ, आधारभूत रूपमै अरूको गुणगान र प्रशंसा पाउन योग्य थिइनँ। मेरो कर्तव्य गर्दा आउने केही नतिजा परमेश्‍वरका वचन र कामबाट, र पवित्र आत्मको अन्तर्दृष्टि र मार्गदर्शनका कारण आएका हुन्थे। परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन नहुँदो हो त, म कुनै कुरा नबुझ्ने, कुनै गुण नभएकी पटमूर्ख हुने थिएँ र अरूभन्दा कुनै गतिलो हुने थिइनँ। यो बुझेर मलाई आफैप्रति केही घृणा लाग्यो। मभित्र अझैपनि धेरै भ्रष्टता थिए, धेरै कुराको कमी थिए, तैपनि आफैलाई चिनेकी थिइनँ, र अझै आफूसँग सत्यता वास्तविकता छ भन्ठान्थेँ। म धेरै अहङ्कारी र समझविहीन थिएँ, र परमेश्‍वरले मलाई साँच्चै घृणा गर्नुहुन्थ्यो।

एक महिना बितेपछि, मलाई फेरि कर्तव्य निर्वाह गर्ने जिम्मेवारी दिइयो। फेरि उस्तै गल्तीहरू दोहोर्‍याउँछु कि भन्‍ने धेरै डर थियो, तसर्थ, परमेश्‍वरलाई प्रार्थना गरिरहन्थेँ, मलाई सत्यता अभ्यासमा मार्गदर्शन गर्न बिन्ती गर्थेँ। एक पटक, केही अगुवाहरूसँग भेला थियो, त्यहाँ झाङ्ग यिङ्गले ब्रदर-सिस्टरहरूको समस्या देखेर पनि निर्देशन दिन आँट नआएको बताइन्, र मलाई यो मानिसलाई खुसी राख्ने स्वभावको प्रकटीकरण हो भन्‍ने लाग्यो। मैले मनमनै सोचेँ, “यहाँ धेरै मानिस छन्; तिनीहरूलाई यसबारे मैले लेखेको अनुभवात्मक गवाहीको लेख देखाऊँ कि? यसरी, तिनीहरूले मेरो गुणगान गर्नेछन्, र यसरी ब्रदर-सिस्टरहरूमाझ मेरो छवि पनि स्थापित हुनेछ।” यो बेला, मैले फेरि धाक देखाउन खोजेको थाहा पाएँ। मैले परमेश्‍वरका वचन सम्झेँ: “त्यही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट रोक्‍नका लागि, मानिसहरू सुरुमै के कुरामा सचेत हुनुपर्छ भने, तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्‍वरलाई धोका दिने र उहाँबाट टाढा हुने सम्‍भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—पछि आउने खतराको लागि समय छँदै तयार हुनुपर्छ भनेर भनेझैँ तिनीहरू तयार भई बसेका छन् भने—तिनीहरूले जसरी भए पनि आफूलाई काबुमा राख्‍न सक्‍नेछन्, र जब तिनीहरूमाथि केही कुरा आइपर्छ, तब तिनीहरूले परमेश्‍वरसँग प्रार्थना गर्नेछन् र उहाँमै भर पर्नेछन्, अनि उही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट बच्‍नेछन्। … ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरू मानिसको साँचो रूपमा जिउन अझै बाँकी छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ। व्यक्तिका रूपमा, तिमीहरू आत्मसचेत हुनैपर्छ। यदि तिमीहरूमा यो समस्या समाधान गर्ने सङ्कल्प छ भने, तिमीहरूले आफ्‍नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणका लागि, ‘म भुइँको गोबर हुँ,’ वा ‘म प्रकृतिले नै दियाबलस हुँ,’ वा ‘म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,’ वा ‘म सधैँ खतरामा हुन्छु।’ यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले यो कुरा सधैँ सम्‍झिरह्यौ भने उपयोगी हुनेछ। यसलाई मनमनै दोहोर्‍याओ, यसलाई मनन गर, अनि तिमीहरूले कम मात्र गल्ती गर्न वा गल्ती गर्नै छोड्न सक्छौ। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू पढ्न बढी समय दिनु, सत्यता बुझ्‍नु, आफ्‍नै प्रकृतिलाई चिन्‍नु र आफ्‍नै भ्रष्ट स्वभाव फाल्नु हो। त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ। अर्को कुराचाहिँ ‘परमेश्‍वरको साक्षी’ को स्थान कहिल्यै पनि नलिनु र आफूलाई परमेश्‍वरको साक्षी कहिल्यै पनि नभन्नु हो। तिमीहरूले व्यक्तिगत अनुभवबारे मात्र बोल्न सक्छौ। परमेश्‍वरले तिमीहरूलाई कसरी मुक्ति दिनुभयो भन्‍नेबारे बोल्दा हुन्छ, परमेश्‍वरले तिमीहरूलाई कसरी विजय गर्नुभयो भन्‍नेबारे सङ्गति गर्दा हुन्छ, र उहाँले तिमीहरूलाई के अनुग्रह प्रदान गर्नुभयो भन्‍नेबारे कुरा गर्दा पनि हुन्छ। यो कहिल्यै नबिर्स कि तिमीहरू सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका मानिसहरू हौ; तिमीहरू गोबर र फोहोर हौ। परमेश्‍वरले तिमीहरूलाई उत्थान गर्नुभएको कारणले गर्दा नै तिमीहरू परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न सक्षम भएका हौ। तिमीहरू सबैभन्दा भ्रष्ट र फोहोरी भएकोले मात्र देहधारी परमेश्‍वरले तिमीहरूलाई मुक्ति र यस्तो अपार अनुग्रह प्रदान गर्नुभएको हो। त्यसकारण तिमीहरूसँग आफ्नै बिगुल फुक्न लायक केही पनि छैन, र तिमीहरूले परमेश्‍वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद दिन मात्र सक्छौ। तिमीहरूको मुक्ति विशुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण भएको हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मेरो हृदयमा, मैले मानिसलाई मेरो गुणगान गर्ने बनाउन खोज्नु हुँदैन; यस्तो गलत अभिप्राय मैले छोड्नुपर्छ भन्‍ने स्पष्ट थाहा थियो। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ, परमेश्‍वरका वचनले मात्रै मानिसको स्थिति हल गर्न सक्छन्। मैले ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनबारे धेरै सङ्गति गर्नु र गवाही दिनु थियो, उनीहरूलाई आत्मचिन्तन गर्न, परमेश्‍वरका वचनका माध्यमबाट आफूलाई चिन्न र अभ्यासको मार्ग खोज्न सिकाउनु थियो। यो अवधिमा मेरा असफलताबारे पनि सोचेँ, र मैले पहिलेको जस्तो धाक देखाइरहनु हुँदैन भन्‍ने बुझेँ, अनि मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई थाहा छ, मेरा अभिप्राय गलत छन्, फेरि धाक देखाउन र मानिसलाई मेरो गुणगान गर्न लगाउन खोज्दैछु। हे परमेश्‍वर! म मेरो भित्री अभिप्राय र चाहना त्याग्न तयार छु, म अब असफलताको मार्गमा हिँड्न चाहन्न। म केवल आफ्नो कर्तव्य राम्ररी गर्न चाहन्छु; बिन्ती मलाई सत्यता अभ्यासमा मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले आफूलाई शान्त पारेँ, झाङ्ग यिङ्गको समस्याका मुख्य कुराहरू सुनेँ, र नतिजा हासिल गर्न सत्यताको कुन पक्ष मैले सङ्गति गर्नुपर्छ भन्‍नेबारे सोचेँ। मैले ध्यान दिएर सुनेपछि मात्रै उनको स्थिति र विचार मेरो अनुभवभन्दा भिन्न रहेको थाहा पाएँ। त्यसपछि मैले झाङ्ग यिङ्गको स्थितिसँग मिल्ने परमेश्‍वरका केही वचन भेट्टाएँ र तिनबारे सङ्गति गरेँ, र परमेश्‍वरका वचनअनुसार झाङ्ग यिङ्गका समस्याहरू पनि औँल्याएँ। सङ्गतिपछि झाङ्ग यिङ्गले उनको स्थितिबारे केही ज्ञान हासिल गरिन्, र परमेश्‍वरका वचनअनुसार अभ्यास गर्न र मण्डलीका हितको रक्षा गर्न तयार भइन्। उनले आत्मचिन्तन गर्न सकेको र केही ज्ञान पाएको देखेर मलाई निकै खुसी लाग्यो। मैले परमेश्‍वरका वचन अभ्यास गर्दा आउने मनको शान्ति प्रत्यक्ष अनुभव गरेँ। एउटा भेलामा, मैले खुलस्त भएर ब्रदर-सिस्टरहरूसँग मेरा विगतका असफलताका अनुभवबारे कुरा गरेँ, आफैलाई विश्लेषण गरेँ, मेरा भ्रष्ट स्वभावको ज्ञानबारे सङ्गति गरेँ, र मैले परमेश्‍वरका वचनको न्याय र खुलासाले मलाई मेरो अहङ्कारी प्रकृतिका बारेमा केही ज्ञान दिएको भनी गवाही दिएँ। मैले के पनि बुझेँ भने, हामीले आफ्नो अनुभवबारे चर्चा गर्दा होस् वा ब्रदर-सिस्टरहरूको कठिनाइ र समस्या हल गर्दा होस्, हामीले आफूलाई धेरैभन्दा धेरै विश्लेषण गर्नुपर्छ, आफ्नो भ्रष्टता र कमीकमजोरीबारे राम्रोसँग बुझ्नुपर्छ, परमेश्‍वरका वचन, उहाँको काम र मार्गदर्शनबारे धेरैभन्दा धेरै गवाही दिनुपर्छ। तब मात्र हामीले परमेश्‍वरको बढाई गर्न र गवाही दिन सक्छौँ।

त्यो बेला प्रतिस्थापित भएपछि, मैले यो परमेश्‍वरले मलाई बचाउनु भएको हो भन्‍ने थाहा पाएँ। मेरो स्वभाव धेरै अहङ्कारी थियो, मैले भ्रष्ट स्वभाव खुलासा गरिरहेको छु भन्‍ने थाहा भएपनि, मैले अझैपनि थाहै नपाई आफ्नो बढाई गरेँ, गवाही दिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ र फर्कन सकेकी थिइनँ। मलाई प्रतिस्थापित गरिएपछि मेरा खराब काम बन्द भए, यसले आत्मचिन्तन गरी आफैलाई चिन्ने प्रयास गर्न प्रेरित गर्‍यो, मलाई पश्चात्ताप गर्न र परिवर्तन हुन तयार बनायो। परमेश्‍वरले आफ्नो कामको अनुभव गर्ने बहुमूल्य अवसर दिनुभएकोमा, मलाई विनम्र हुन, आत्मचिन्तन गरी आफैलाई चिन्न र अभ्यासको मार्ग खोज्न सक्षम बनाउनुभएकोमा म उहाँलाई धन्यवाद दिन्छु। मेरो कर्तव्य निर्वाह गर्दा मैले कसरी परमेश्‍वरको बढाई गर्नुपर्छ, गवाही दिनुपर्छ भन्‍ने जानेको छु।

अघिल्लो: १६. जीवनका साना कुराहरू पनि सिकाइका अवसर हुन्

अर्को: १८. खतरनाक परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्