१५. रोगको बीचमा परमेश्वरको प्रेमको गवाही दिएको
बीस वर्ष पहिले, मलाई गम्भीर बाथरोग लाग्यो र मेरो पूरै शरीर पीडामा थियो। म विभिन्न प्रमुख अस्पतालहरूमा गएँ, तर कुनै पनि उपचार प्रभावकारी भएन। अन्त्यमा, मैले लक्षणहरू कम गर्न हार्मोनल औषधिहरूमा मात्र निर्भर रहनुपर्यो, र औषधिविना, मेरा सबै जोर्नीहरू कक्रिन्थे र दुख्थे। म पक्षघात परे झैँ दिनभरि ओछ्यानमै पल्टिरहन्थेँ, मानौँ म जड जस्तो भएर पटक्कै हिँड्न सक्दिनथिएँ। मलाई खान, लुगा लगाउन, कोल्टे फेर्न र बाथरूम जान अरूको सहयोग चाहिन्थ्यो। म पूर्ण रूपमा बेकार भएकी थिएँ। मैले सोचेँ, “यस्तो पीडामा जिउनुभन्दा मर्नु नै राम्रो हुन्छ।” मैले लामो समयसम्म हार्मोनल औषधिहरू प्रयोग गरेको कारण, मेरो प्रतिरक्षा प्रणाली अत्यन्तै कमजोर भयो, मलाई प्रायजसो खोकी र सर्दी लाग्थ्यो, र मेरो छाती पनि पोल्थ्यो। मेरो मुटुमा पनि समस्याहरू पैदा भए, मेरो शरीरभरि दश वटाभन्दा बढी रोगहरू थिए, र मेरो अनुहार मरेको मान्छेको जस्तो थियो। गर्मीमा, मेरो श्रीमानले घरभित्र एयर कन्डिसनर चलाउनुहुन्थ्यो, जबकि म भुवाँदार लुगा लगाएर घाम ताप्थेँ। मैले सुत्न विद्युतीय कम्बल समेत प्रयोग गर्नुपर्थ्यो, नत्र मलाई यति चिसो हुन्थ्यो कि सुत्नै सक्दिनथेँ। पछि, मैले मेरो जस्तै रोग लागेका धेरै जना चिनेजानेकाहरू एकपछि अर्को गरी मरेको सुनेँ, र मलाई निकै डर लाग्यो। यस्तो जिद्दी रोगको सामुन्ने म असहाय थिएँ, र म हरेक दिन डर र तनावमा बिताउन मात्रै सक्थेँ।
सन् २०१० मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने सौभाग्य पाएँ। परमेश्वरका वचनहरूबाट, मैले के सिकेँ भने परमेश्वरले स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभएको हो, उहाँ सारा मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ, मानिसहरूले आनन्द लिने सबै कुरा परमेश्वरले दिनुभएको हो, र मानिसहरूले परमेश्वरको आराधना गर्नुपर्छ। हरेक दिन, म परमेश्वरका वचनहरू खान्थेँ-पिउँथेँ, परमेश्वरलाई प्रार्थना गर्थेँ, र ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ, र थाहै नपाई, मेरो चिसो र खोकी घट्यो। तीन महिनापछि, मेरो खुट्टाको जोर्नीको दुखाइ कम भयो, मैले हार्मोनल औषधिहरू लगायतका सबै औषधिहरू खान छोडेँ, मेरो जोर्नीहरू झन्-झन् लचकदार हुँदै गए, र मेरो अनुहारको रङ पनि केही उज्यालो भयो। मलाई चिनेका सबैले मलाई फरक व्यक्ति बनेकी छौ भनेर भन्न थाले। मैले परमेश्वरलाई हृदयदेखि धन्यवाद दिएँ। परमेश्वर साँच्चै नै सर्वशक्तिमान् र अद्भुत हुनुहुन्छ! यो रोग उपचार गर्न नसकिने रोग थियो र औषधि खाएपछि पनि, मैले धेरै कष्ट भोगेको थिएँ, तर अहिले, मेरो रोग झन्-झन् कम हुँदै जाँदा, मलाई औषधि समेत चाहिएको थिएन! मैले परमेश्वरमा उचित रूपमा विश्वास गर्नुपर्थ्यो, अझै धेरै सुसमाचार प्रचार गर्नुपर्थ्यो, र अझै धेरै असल कर्म गर्नुपर्थ्यो, र सायद त्यसपछि मैले कसरी आफूलाई समर्पित गरेँ भन्ने कुरा परमेश्वरले देख्नुहुनेथियो र मेरा रोगहरू पूर्ण रूपमा निको पार्नुहुनेथियो। त्यसपछि, मैले खुट्टाको दुखाइलाई बेवास्ता गरेँ र मेरा आफन्त, साथी, सहपाठी, र सहकर्मीहरूलाई सुसमाचार प्रचार गरेँ। बतास होस् वा वर्षा, गर्मी होस् वा चिसो, वा व्यक्ति नजिक होस् वा टाढा, तिनीहरूले सुसमाचार स्वीकार गर्ने सिद्धान्तहरू पूरा गरेका छन् र तिनीहरू परमेश्वरका वचनहरू सुन्न तयार छन् भने, म तिनीहरूकहाँ परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिन जान्थेँ। कतिपय मानिसहरू सातौँ वा आठौँ तलामा बस्थे, र म सीढी चढ्नुपर्थ्यो, तर पनि, म प्रायजसो तिनीहरूलाई मलजल गर्न र सहयोग गर्न जान्थेँ। कतिपय मानिसहरूमा असल मानवता हुन्थ्यो र तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न तयार हुन्थे, तर तिनीहरूसँग धेरै पारिवारिक बन्धनहरू हुन्थे, त्यसकारण तिनीहरू परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेसम्म म तिनीहरूकहाँ धेरै पटक सङ्गति गर्न जान्थेँ। त्यो बेला, मैले धेरै मानिसहरूलाई सुसमाचार सुनाएँ। समय बित्दै जाँदा, म सुसमाचार प्रचार गर्ने कार्यमा प्रसिद्ध भएँ र दुष्ट मानिसहरूले मलाई रिपोर्ट गरे, त्यसकारण अगुवाले मलाई अतिथिसत्कारको कर्तव्य निर्वाह गर्न लगाए। मैले अरू केही कर्तव्यहरू दिन सक्रिय रूपमा अनुरोध गरेँ, किनभने मैले अझै धेरै असल कर्महरू गरेँ भने परमेश्वरले मेरो हेरचाह र रक्षा गर्नुहुनेछ, र मेरो मुक्ति पाउने आशा अझै ठूलो हुनेछ भन्ने सोचेकी थिएँ।
मेइ २०१९ मा, मैले पूरै कमजोर महसुस गर्न थालेँ, र मेरो जोर्नीमा फेरि पीडा हुन थाल्यो। मेरो खुट्टाको जोर्नीको दुखाइ निकै साह्रो थियो, र मेरो एउटै मात्र विकल्प भनेको बैसाखीको सहारा लिनु र दाँत किटेर सहँदै एक-एक कदम अघि बढ्नु थियो। पीडाले गर्दा मलाई धेरै पसिना आउँथ्यो। म खडा भएपछि बस्न सक्दिनथिएँ, र जसो-तसो बसेपछि, म खडा हुन सक्दिनथिएँ। सुत्दा समेत मेरो पूरै शरीर दुख्थ्यो। मेरो रक्तचाप २०० भन्दा बढी थियो, र मेरो रगतमा सुगर पनि बढेको थियो, र औषधिले समेत यसलाई कम गर्न सकेन। म आत्तिएँ। मलाई मेरो बाथरोग फेरि बल्झेको छ भन्ने डर लाग्यो। जाँचका लागि अस्पताल गएपछि, लक्षणहरू साँच्चै नै बाथको रोगले पैदा गरेका हुन् भन्ने थाहा भयो। मेरो मुटु ढक्क रोकियो र मैले सोचेँ, “भनाइ छ, ‘रोग होस् कि जेसुकै, यदि फर्कियो भने, यो सुरुको भन्दा खराब हुनेछ।’ के यस पटक म पूर्ण रूपमा पक्षाघाती हुनेछु? म बाँचे पनि, यदि म ओछ्यानमा पक्षाघाती भएर बसेँ भने, म अझै पनि काम नलाग्ने हुनेछु। मैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने? परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा, मैले धेरै समर्पित गरेकी छु! मैले कसरी सुसमाचार प्रचार गरेकी छु हेर त। मैले पीडाको बाबजुद पनि यो कामलाई जारी राखेँ र धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सकेँ। सुसमाचार प्रचार गरेकोमा दुष्ट मानिसहरूले मलाई रिपोर्ट गरेपछि, मलाई अतिथि सत्कारकर्ताको काम दिइयो, र मैले त्यो कर्तव्यमा पनि आफ्नो सबै कुरा समर्पित गरेँ। मेरो रोग कसरी फेरि बल्झिन सक्यो?” मैले मेरो जस्तै रोग लागेका धेरै जना चिनेजानेकाहरू कसरी मरेका छन् भन्ने बारेमा सोचेँ, र कसरी अब मेरो पालो हुन सक्छ भन्ने सोचेँ। मैले यसको बारेमा जति विचार गरेँ, म त्यति नै दिक्दार भएँ। मैले मेरो भक्तिको बेला परमेश्वरका वचनहरू पढ्दा आफ्ना विचारहरूलाई ठेगानमा राख्न सक्थिनँ र मलाई प्रार्थना गर्ने इच्छा हुँदैनथियो। म अक्कनबक्क भएर दिनहरू बिताउँथेँ, मानौँ गहिरो चिसोमा खसेको छु र मेरो मुटु जमेर कक्रिएको छ। आफ्नो शरीरको पीडा कम गर्न म अझै धेरै समय आराम गर्न र आफ्नो स्वास्थ्यलाई पुनर्स्थापित गर्न मात्रै चाहन्थेँ। पछि, मैले यही रोग लागेको छिमेकीको मृत्यु भएको छ भन्ने सुनेँ, जसले गर्दा मलाई अझै डर लाग्यो, र मैले सोचेँ, “सायद एक दिन म पनि मेरो छिमेकी जस्तै मर्नेछु। यदि म अहिले मरेँ भने, के मैले वर्षौँदेखि आफ्नो कर्तव्यमा भोगेको सबै कष्ट र त्याग व्यर्थ हुनेछन्? मैले मुक्ति नपाउने मात्र होइन, तर मैले श्रम गर्ने र बाँच्ने मेरा बाँकी सबै अवसरहरू पनि गुमाउनेछु।” मेरो रोगको बारेमा सोच्दा मात्रै पनि मलाई खान वा सुत्न मन लाग्दैनथियो। म शोक, चिन्ता र छटपटीको स्थितिमा जिइरहेँ, र मलाई भित्री रूपमा साँच्चै वेदना थियो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो स्वास्थ्य अवस्था झन्-झन् खराब हुँदै गइरहेको छ, र म निरन्तर असहज भावनात्मक स्थितिमा जिइरहेकी छु। यो गलत कुरा हो भन्ने मलाई थाहा छ तर यसलाई कसरी समाधान गर्ने मलाई थाहा छैन, र यो कष्ट तपाईंले अनुमति दिनुभएको हो भन्ने मलाई थाहा भए पनि, म समर्पित हुन सक्दिनँ। हे परमेश्वर, बिन्ती छ, मलाई यो परिस्थितिमा समर्पित हुन, र यसबाट पाठ सिक्न अगुवाइ गर्नुहोस्।”
मैले परमेश्वरका वचनहरूका दुई वटा खण्ड पढेँ: “जब मानिसहरूले परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्न, बुझ्न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्नो दैनिक जीवनमा विभिन्न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। भोलि वा पर्सिको दिन कस्तो हुनेछ, वा केही वर्षको अवधिमा अवस्था कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्ने तिनीहरूलाई थाहा हुँदैन, त्यसकारण तिनीहरूलाई हरेक कुराबारे हैरानी, बेचैनी र चिन्ता महसुस हुन्छ। कुन प्रसङ्गमा मानिसहरूले हरकिसिमका कुराहरूप्रति हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूले परमेश्वरको सार्वभौमिकतामा विश्वास नगर्ने हुनाले यस्तो हुन्छ—अर्थात्, तिनीहरूले परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्न र यसलाई भित्रसम्म देख्न नबुझ्ने हुनाले यस्तो हुन्छ। तिनीहरूले यो कुरालाई आफ्नै आँखाले देखे पनि यसलाई बुझ्दैनन् वा विश्वास गर्दैनन्। तिनीहरूलाई परमेश्वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ, र तिनीहरूको जीवन परमेश्वरको हातमा छ भन्ने कुरामा विश्वास लाग्दैन, त्यसकारण परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा शङ्का उत्पन्न हुन्छ, र त्यसपछि दोषारोपण पैदा हुन्छ, र तिनीहरू समर्पित हुन सक्दैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शरीर संरचना भएका र ऊर्जा नभएका, साना-ठूला रोग लागेका, दैनिक जीवनका आवश्यक कुराहरू समेत गर्न नसक्ने, सामान्य मानिसहरू जसरी जिउन वा यताउता गर्न नसक्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूले कर्तव्य पूरा गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्चिकै रोग लागेको हुन्छ, र कतिलाई कुनै किसिमको रोग र सम्भावित रोग लागेजस्तो हुन्छ। यस्ता मानिसहरूमा त्यस्तो व्यावहारिक रूपमा शारीरिक कठिनाइ हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। … रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्ने गर्छन्, ‘अहो, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेको छु, तर मलाई यो रोग लागेको छ। म परमेश्वरलाई अनुरोध गर्छु, मलाई हानिबाट जोगाउनुहोस्, र परमेश्वरको सुरक्षा छ भने मैले डराउनु पर्दैन। तर यदि कर्तव्य पूरा गर्दा म थकित भए भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्यो भने, बिल तिर्न मसँग पैसा छैन, त्यसकारण मैले उपचारको लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्चै मरेँ भने, के परमेश्वरले मैले पूरा गरेको कर्तव्य सम्झनुहुनेछ? के मैले असल कर्म गरेको छु भनेर मानिनेछ? के मैले मुक्ति पाउनेछु?’ कतिपय मानिसहरूलाई आफू बिरामी छु भन्ने थाहा हुन्छ, अर्थात् तिनीहरूलाई कुनै वास्तविक रोग वा त्यस्तै प्रकारको कुनै रोग लागेको छ भन्ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्मर र खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा दुख्ने, साथै छाला रोग, स्त्रीरोग, कलेजो रोग, उच्च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, ‘यदि मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ भने, के परमेश्वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्यो भने, के परमेश्वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्वरमा विश्वास गरेपछि निको भएका छन्, त्यसकारण के म पनि निको हुनेछु? के परमेश्वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले बफादारितासाथ आफ्नो कर्तव्य पूरा गरेँ भने, परमेश्वरले मलाई निको पार्नुपर्छ, तर मैले परमेश्वरले मलाई निको पार्नुहोओस् भनेर कामना गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?’ जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्नो कर्तव्यपालन कहिल्यै नरोके पनि र आफूले गर्नुपर्ने कुरा सधैँ गरे पनि, तिनीहरूले सधैँ आफ्नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्नो जीवन र मृत्युबारे मात्रै सोचिरहन्छन्। अन्त्यमा, तिनीहरूले यस्तो कामनापूर्ण निष्कर्ष निकाल्छन्, ‘परमेश्वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षित राख्नुहुनेछ। परमेश्वरले मलाई त्याग्नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्वर हात बाँधेर बस्नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्न सकिन्छ। यस्ता धारणा र कल्पनाहरूद्वारा मानिसहरूले कहिल्यै पनि आफ्ना व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्नेछैनन्, र तिनीहरूले हृदयभित्र अन्तस्करणमा आफ्नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्नेछन्; यी कुराहरूको जिम्मेवारी कसले लिनेछ, वा तिनीहरूको जिम्मेवारी कसैले लिनेछ कि छैन भन्नेबारे तिनीहरूलाई केही थाहै हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरले जे खुलासा गर्नुभएको थियो मेरो स्थिति पनि त्यस्तै थियो। विगतलाई हेर्दा, परमेश्वरमा विश्वास गरेको तीन महिनाभन्दा कम अवधिमा, मेरो गम्भीर बाथरोग लगभग निको भएको थियो, त्यसकारण मैले सक्रिय रूपमा सुसमाचार प्रचार गरेँ, आफ्नो कर्तव्य गरेँ, र अझ धेरै असल कामहरू तयार गर्न चाहेँ, किनभने मैले सायद परमेश्वरले मेरा त्यागहरू देख्नुहुनेछ र मेरो रोग पूर्ण रूपमा निको पार्नुहुनेछ भन्ने सोचेकी थिएँ। जब मेरो रोग बल्झियो र यो झन्-झन् गम्भीर हुँदै गयो, यहाँसम्म कि म आफूलाई हेरचाह गर्न लगभग असमर्थ भएँ, अनि परमेश्वरलाई प्रार्थना गर्दा मेरो रोग घटेन, तब मैले परमेश्वरको सार्वभौमिकतामा शङ्का गर्न थालेँ, र मलाई पक्षघात हुन्छ र म आफ्नो हेरचाह गर्न सक्दिनँ, अनि शारीरिक कष्ट सहन सक्दिनँ भनेर चिन्तित भएँ। यदि मैले फेरि हार्मोनको औषधि लिएँ, र मेरा अरू धेरै रोगहरू फर्केर आए भने, त्यसपछि यदि म बाथरोगबाट मरिनँ भने पनि, म अरू रोगहरूबाट मर्नेथिएँ। यदि म मरेँ भने, मसँग मुक्ति पाउने कुनै मौका हुनेथिएन, न त श्रम गर्ने र बाँच्ने कुनै मौका नै हुनेथियो। यसले गर्दा मलाई कमजोर र व्याकुल महसुस भयो, र वर्षौं गरेका कर्तव्य निर्वाह, कष्ट भोगाइ र त्याग सबै व्यर्थ भएका छन् भन्ने लाग्यो। रोगको सामना गर्दा, मैले यसलाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गरिनँ, र मैले परमेश्वरको अभिप्रायको खोजी गरिनँ। मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति पनि उदासीनताको मनोवृत्ति थियो। आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति पनि उदासीन मनोवृत्ति थियो। धेरै कर्तव्य निर्वाह गर्दा अझै बढी शारीरिक थकान हुन्छ, मेरो अवस्था खराब हुन्छ र म चाँडै मर्छु भन्ने चिन्ताले, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नथिएँ, र मृत्युको प्रतीक्षा गर्दै व्याकुल र चिन्ताको स्थितिमा जिएँ। परमेश्वरका वचनहरूबाट मैले बल्ल के बुझेँ भने मेरो रोग बल्झिन परमेश्वरले अनुमति दिनुभएको हो, तर मैले परमेश्वरको सार्वभौमिकतालाई चिनिनँ र उहाँलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। मेरो हृदय गुनासाले भरिएको थियो, र मैले विद्रोह र प्रतिरोध मात्रै प्रकट गरेँ। मेरो स्थिति कति खतरनाक थियो! यो बुझेपछि, मलाई डर लाग्यो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्ना नकारात्मक भावनाहरू समाधान गर्नका लागि सत्यता खोज्न अगुवाइ मागेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो दृष्टिकोण अलिक परिवर्तन भयो। परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वरले तँलाई योजना बनाउन लगाउनुहुन्न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्न दिनुहुन्न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा त्यो रोगप्रति तेरो आफ्नो मनोवृत्ति के छ त्यो जान्न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तँ बिरामी पर्ने परिस्थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्। त्यसकारण, जब रोगबिमारी आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने आफूले सामना गरेका रोगहरूको पछाडि परमेश्वरको अभिप्राय लुकेको छ, र यो मलाई पाठहरू सिक्न लगाउन, मेरा भ्रमित दृष्टिकोण र भ्रष्ट स्वभाव, अनि परमेश्वरमा विश्वास गर्ने मेरा अत्यधिक इच्छाहरूबारे मनन गर्न र ती पहिचान गराउनका लागि थियो। मैले धेरै वर्ष कर्तव्य र त्याग गर्नु त परमेश्वरलाई मेरो रोग निको पार्न लगाउन गरिएको रहेछ भन्नेबारे चिन्तन गरेँ। पीडा कम भएपछि, मैले परमेश्वरलाई धन्यवाद दिएँ र प्रशंसा गरेँ, र अझै धेरै कर्तव्य गर्न र अझै धेरै असल काम तयार पार्न इच्छुक भएँ, तर जब पीडा बल्झियो र यो झन् खराब भयो, तब मैले परमेश्वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, मैले कर्तव्य गरिरहेकाले परमेश्वरले मलाई निको पार्नु सही नै हो भन्ने सोचेँ। त्यसकारण जब मेरो रोग बल्झ्यो, र मेरा इच्छाहरू पूरा भएनन्, तब मलाई आफ्नो कर्तव्य गर्न मन लाग्न छोड्यो। मैले मन नलागी-नलागी आफ्नो कर्तव्य गरे पनि, प्रयास गर्न वा मूल्य चुकाउन चाहिनँ। ममा कुन हिसाबले कुनै विवेक वा समझ थियो र? जब मलाई यो रोग लाग्यो, तब परमेश्वरको अभिप्राय भनेको मेरो विश्वासमा भएका मिलावटहरूलाई शुद्ध पार्नु, र पछ्याइबारे मेरो गलत दृष्टिकोण परिवर्तन गर्नु थियो, ताकि म परमेश्वरमा समर्पित हुन र सत्यता पछ्याइको मार्गमा हिँड्न सकूँ। तैपनि मैले सत्यता पछ्याइनँ, र रोगको सामना गर्दा, मैले परमेश्वरको अभिप्रायको खोजी गरिनँ। बरु, मलाई सधैँ प्रतिरोध महसुस हुन्थ्यो र म अवज्ञाकारी व्यवहार गर्थेँ, परमेश्वरले मेरो पीडा तुरुन्तै हटाउनुभएको चाहन्थेँ। जब त्यस्तो भएन, तब म वेदना, चिन्ता, र बेचैनीको स्थितिमा जिएँ र परमेश्वरको विरोध गरेँ, सत्यता प्राप्त गर्ने आफ्नो मौका गुमाएँ। यदि मैले परिवर्तन नभई यस्तै गरिरहेकी भए, मेरो जीवन वृद्धि हुनेथिएन, मेरो भ्रष्ट स्वभाव परिवर्तन हुनेथिएन, र मुक्ति पाउने मेरो आशा झनै टाढिनेथ्यो। मैले जति धेरै बुझेँ, मलाई परमेश्वरमा विश्वास गर्नु भनेको उहाँबाट मागहरू गर्नु होइन भन्ने त्यति नै महसुस भयो। मैले आफू कति असमझ छु भन्ने देखेँ। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म सत्यता पछ्याउँदिनँ, न तपाईँको काम बुझ्छु, न त म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नै हुन्छु। म अत्यन्तै विद्रोही छु! हे परमेश्वर, बिन्ती छ मलाई आफूलाई बुझ्न अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुपहिले, हृदयको गहिराइभित्र आफ्ना सम्भाव्यताहरू, आशिष्हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्वरले तोक्नुहुने इमानदारिता, साँचो विश्वास र बफादारिता हुन्छ त? यो विन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारिता, विश्वास, वा इमानदारिता देख्न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुपहिले पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तको आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु भन्ने हुन्छ। यो भन्न सकिन्छ कि तिनीहरूले कर्तव्य निर्वाह गर्नको लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्वरले मानवजातिको लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष् र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा, यसलाई उत्साह भनेर पनि भन्न सकिन्छ। तर यसमा कुनै साँचो विश्वास वा बफादारिता हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारिता भन्न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्हरू प्राप्त गर्ने, स्वर्गको राज्य प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रतिको तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा यो देखिन्छ कि, धेरै ख्रीष्टविरोधीहरूले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरूले पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्न सक्ने कुरा हो। तिनीहरूको व्यवहार र कष्ट भोग्ने र मूल्य चुकाउने तिनीहरूको इच्छाको हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्ने त नहुनुपर्ने हो। तर परमेश्वरले कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारको आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारको आधारमा हेर्नुहुन्छ। मानिसहरूले अरूको मूल्याङ्कन गर्दा र अरूसित व्यवहार गर्दा, तिनीहरू को हुन्, तिनीहरूले कति कष्ट भोग्छन्, र तिनीहरूले कति मूल्य चुकाउँछन् भन्ने कुरा पूराको पूरा बाहिरी व्यवहारको आधारमा निर्धारित गर्ने गर्छन्, र यो एउटा गम्भीर गल्ती हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरले ख्रीष्टविरोधीहरूले आशिष् र मुकुटका लागि आफ्नो कर्तव्य निर्वाह गर्छन्, तिनीहरूका सबै त्यागहरू स्वर्गको राज्यमा प्रवेश गर्ने आशिष्हरूका लागि परमेश्वरसँग मोलतोल गर्नका लागि गरिएका हुन्छन्, र यस्तो कर्तव्य निर्वाह गर्नु बफादार वा इमानदार कार्य होइन भनेर खुलासा गर्नुभएको छ। यदि तिनीहरूले आशिष्हरू प्राप्त गरेनन् भने, तिनीहरूले धेरै गुनासो गर्छन्, र उहाँसँग तर्क समेत गर्छन् र बदला लिने प्रयास गर्छन्। मैले मेरो आफ्नै व्यवहारलाई यससँग तुलना गरेँ र यो ख्रीष्टविरोधीको जस्तै छ भन्ने देखेँ। सुरुमा, जब मैले परमेश्वरमा विश्वास गरेपछि मेरो पुरानो बाथरोग निको भएको देखेँ, तब म परमेश्वरप्रति कृतज्ञताले भरिएँ, र परमेश्वरले मलाई निको पार्नुहुनेछ त्यसपछि राम्रो गन्तव्य प्राप्त गर्न सक्छु भन्ने मानसिकता लिएर, मैले सक्रिय रूपमा सुसमाचार प्रचार गरेँ र आफ्नो कर्तव्य निर्वाह गरेँ। बतास, वर्षा, गर्मी, वा चिसो जेसुकै होस्, मैले सुसमाचार प्रचार गरेर असल कर्महरू तयार गर्न अथक रूपमा काम गरेँ, र आफन्त, साथीभाइ, र सहकर्मीहरूले मलाई गिल्ला गरे पनि र निन्दा गरे पनि, म पछि हटिनँ। तर, मेरो रोग बल्झेपछि, र मेरो जस्तै रोग भएका मानिसहरू मरेको देख्दा, मैले परमेश्वरले मलाई रक्षा गरिरहनुभएको छैन भनेर गुनासो गरेँ, र तबदेखि आफ्नो कर्तव्य समेत निर्वाह चाहिनँ, किनभने थप चिन्ताहरू लिँदा मेरो अवस्था झन् खराब हुन्छ र मेरो मृत्युको दिन नजिक्याउँछ भन्ने मलाई डर थियो। तथ्यहरूको प्रकाशद्वारा, मैले परमेश्वरमाथिको मेरो विश्वास र मैले निर्वाह गर्ने कर्तव्य परमेश्वरसँग मोलतोल गर्नका लागि मात्रै गरिएको हो, र मेरा सबै त्याग परमेश्वरलाई मेरो रोग निको पार्न लगाउन र राम्रो परिणाम र गन्तव्य हासिल गर्नका लागि गरिएका हुन् भन्ने महसुस गरेँ। जब आशिष्हरू पाउने मेरो इच्छा टुक्रिए, तब मेरा भौतिक हितहरूमा घाटा हुनेछ भन्ने डरले म थोरै कर्तव्य निर्वाह गर्न पनि अनिच्छुक भएँ। मसँग परमेश्वरप्रति कुनै बफादारी वा इमानदारी थिएन। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु र परमेश्वरको प्रेमको ऋण तिर्नेछु भनेर भनेकी थिएँ, तर सत्यता के थियो भने, मैले परमेश्वरलाई धोका दिइरहेकी थिएँ, भविष्यका आशिष्हरूका लागि आफ्नो कर्तव्यलाई मोलतोलको आधारको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेकी थिएँ। म साँच्चै नै स्वार्थी, घृणित, र छली थिएँ! म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी नियमलाई पालना गर्थेँ र मैले गर्ने सबै कुरा आफ्नै लागि हुन्थ्यो, र मैले इनामविना औँलो समेत उठाउँथिनँ। परमेश्वरमा विश्वास गरेपछि, मैले गर्ने सबै कुरा अझै पनि आशिष् र फाइदाहरूका लागि नै हुन्थ्यो। म लोभी र स्वार्थी थिएँ र यदि मैले नाफा कमाउन सकिनँ भने, बदला लिन म परमेश्वरको विरुद्धमा जान्थेँ। मसँग परमेश्वरको डर मान्ने हृदय थिएन र म साँच्चै नै मानवता विहीन थिएँ!
त्यसपछि मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने सत्यता प्राप्त गर्ने र परिवर्तित स्वभाव भएका मानिसहरू मात्रै परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छन्। परमेश्वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। इमानदार मानिसहरूले सत्यतालाई प्रेम गर्छन्, र मोलतोल नगरी वा माग नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले इमानदारीसाथ सिर्जित प्राणीको कर्तव्य निर्वाह गर्न सक्छन्, र परमेश्वरले मुक्ति दिन चाहनुहुने मानिसहरू यस्तै मानिसहरू हुन्। परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने र परमेश्वरसँग आशिष्हरूका लागि मोलतोल मात्रै गर्ने मानिसहरूले आफ्ना चाहनाहरू पूरा नभएपछि परमेश्वरलाई गुनासो र विरोध गर्छन्। त्यस्ता मानिसहरूले आफूलाई जति नै व्यस्त बनाए पनि वा कष्ट भोगे पनि, तिनीहरूलाई परमेश्वरले हटाउनुहुनेछ। यो कुरा परमेश्वरको धर्मी र पवित्र सारले निर्धारित गरेको हुन्छ। मेरो कर्तव्य र परमेश्वरमाथिको विश्वासमा, मैले परमेश्वरसँग मोलतोल गर्ने प्रयास गरेँ, परमेश्वरलाई सम्पत्ति स्रोतको रूपमा लिएँ, र मेरो रोग निको पार्ने डाक्टरको रूपमा लिएँ। जब मेरा चाहनाहरू पूरा भएनन्, तब मैले परमेश्वरको विरुद्ध आवाज उठाएँ र उहाँको विरोध गरेँ। म साँच्चै नै लाजमर्दो व्यक्ति थिएँ! परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र म सिर्जित प्राणी हुँ। आफ्नो कर्तव्य निर्वाह गर्नु मेरो जिम्मेवारी र दायित्व हो। परमेश्वरबाट यस्ता अनुचित मागहरू गर्दा र आफ्नो कर्तव्यमा यस्ता अभिप्रायहरू राख्दा, परमेश्वरले मलाई कसरी घृणा र तिरस्कार गर्नुहुन्न र? मलाई पावलको बारेमा याद आयो। सुरुदेखि नै, उसले धार्मिकताको मुकुट प्राप्त गर्नका लागि मात्रै मेहनत गर्यो र आफूलाई समर्पित गर्यो। ऊ सुसमाचार प्रचार गर्न युरोपको धेरैजसो ठाउँ घुम्यो, धेरै पीडा भोग्यो, र धेरै काम गर्यो। तर उसले गर्ने सबै कुरा परमेश्वरको प्रेमको ऋण तिर्न वा सिर्जित प्राणीको कर्तव्य निर्वाह गर्नका लागि थिएन, तर आशिष् र इनामहरू प्राप्त गर्नका लागि थियो, त्यसकारण अन्त्यमा उसले यी शब्दहरू बोल्न सक्यो: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलका त्याग र मेहनतहरू इमानदार वा समर्पित थिएनन्। ती कुराहरू परमेश्वरसँग मोलतोल गर्न, र उहाँलाई छल गर्न र प्रयोग गर्नका लागि मात्रै गरिएका थिए। अन्तमा, उसले परमेश्वरको स्वभावलाई चिढ्यायो र ऊ नरकमा फ्याँकियो। मेरो विश्वासमा, म सधैँ परमेश्वरले मेरो रोग निको पार्नुभएको होस्, मेरा स्वार्थी चाहनाहरू पूरा गर्नुभएको होस् भन्ने चाहन्थेँ, र पावलले जस्तै, म पनि सधैँ परमेश्वरबाट आशिष्हरू प्राप्त गर्न चाहन्थेँ। यदि मैले आफूलाई सुधारिनँ भने, मेरो अन्तिम परिणाम पावलको जस्तै दण्ड हुनेथियो। यस्तो घृणित अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्ने र अझै पनि परमेश्वरको अनुमोदन चाहने, म कति भ्रममा परेकी थिएछु? यो महसुस गरेपछि, मलाई लाज, सरम, र ग्लानि भयो। मलाई परमेश्वर कसरी पृथ्वीमा दुई पटक देहधारी हुनुभएको छ, हामी भ्रष्ट मानिसहरूलाई मुक्ति दिन सबै किसिमका मानव कठिनाइहरू भोग्नुभएको छ, यति धेरै शब्दहरू बोल्दै र व्यक्तिगत रूपमा हामीलाई अन्धकारमा अगुवाइ र मलजल गर्दै, हामीलाई कहिल्यै पनि केही माग्नुभएको छैन, न त हामीबाट केही माग नै गर्नुभएको छ भन्ने बारेमा सोचेँ। मैले परमेश्वरले प्रदान गर्नुभएका धेरै सत्यताहरूको आनन्द लिएँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नु सिर्जित प्राणीको रूपमा मैले गर्नुपर्ने कुरा हो, तैपनि म अझै पनि परमेश्वरसँग मोलतोल गर्न र उहाँबाट मागहरू गर्न चाहन्थेँ। म साँच्चै नै दुष्ट थिएँ! मैले मृत्युको मुखमा परेको बेला, कसरी परमेश्वरको आवाज सुन्न र उहाँको घरमा फर्केर आउने, परमेश्वरका वचनहरू खान-पिउने र जीवनको आपूर्तिको आनन्द लिने मौका पाएकी थिएँ, र परमेश्वरले कसरी मेरो रोग निको पार्नुभएको छ र मलाई अहिलेसम्म कसरी बाँच्न दिनुभएको छ भन्ने बारेमा सोचेँ। यो सबै परमेश्वरको हेरचाह र सुरक्षा थियो। परमेश्वरले मेरो लागि गर्नुभएको सबै कुरा उहाँको प्रेम र मुक्ति थियो। मैले केही कर्तव्य निर्वाह गर्न पाउनु परमेश्वरको अनुग्रह थियो र मैले गर्नुपर्ने कुरा थियो। तर कसरी कृतज्ञ हुने भन्ने मलाई थाहा थिएन, र मैले परमेश्वरसँग मोलतोल गर्नका लागि यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गरेँ, र परमेश्वरलाई निरन्तर मागहरू गरेँ। ममा साँच्चै नै विवेक र मानवताको कमी थियो, र म परमेश्वरप्रति धेरै ऋणी थिएँ! मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै पछुतो भयो, र मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, अबदेखि, म आशिष्हरू प्राप्त गर्नका लागि जिउने छैनँ, सत्यता पछ्याउनेछु, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु, र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नेछु भन्दै सङ्कल्प गरेँ।
त्यसपछि, मैले परमेश्वरका अझै धेरै वचनहरू पढेँ, अनि रोग र मृत्युलाई कसरी सही रूपमा सम्हाल्ने भन्ने कुरा बुझेँ। परमेश्वर भन्नुहुन्छ: “कुनै व्यक्ति बिरामी पर्छ कि पर्दैन, उसलाई कस्तो गम्भीर रोग लाग्छ, र जीवनको हरेक चरणमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्ने कुरालाई मानिसको इच्छाले परिवर्तन गर्न सक्दैन, बरु यो सबै कुरा परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। … त्यसकारण, कुन समयमा वा कुन उमेरमा मानिसहरूलाई कुन रोगले सताउनेछ र तिनीहरूको स्वास्थ्य स्थिति कस्तो हुनेछ भन्ने जस्ता सबै कुरा परमेश्वरले तय गर्नुभएको हुन्छ र मानिसहरूले यी कुराहरूको निर्णय आफै गर्न सक्दैनन्; कुनै व्यक्तिको जन्म हुने कुरा उसले आफै निर्धारित गर्न नसक्ने जस्तै, यो कुरा पनि त्यस्तै हो। त्यसोभए, के आफूले निर्णय गर्न नसक्ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्ने कुराहरूलाई समाधान गर्नतिर लाग्नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्ने कुराहरूका हकमा परमेश्वरलाई पर्खनुपर्छ; मानिसहरूले चुपचाप आज्ञापालन गर्नुपर्छ र आफ्नो रक्षाका लागि परमेश्वरलाई समर्पित हुनुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ र गुनासो वा परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा उहाँको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्नु हुँदैन। बरु, मानिसहरू सृष्टि गरिएका प्राणीका रूपमा उभिनुपर्छ र परमेश्वरबाट आउने सबै कुरालाई अनुभव गर्नुपर्छ र कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन। यो तेरो जीवनलाई समृद्ध पार्ने विशेष अनुभव हुनुपर्छ, र यो खराब कुरा नै त होइन नि, होइन र? त्यसकारण, रोगबिमारीको कुरा आउँदा, मानिसहरूले सुरुमा रोगको स्रोतका बारेमा आफ्ना गलत विचार र दृष्टिकोणहरूलाई सुल्झाउनुपर्छ, त्यसपछि तिनीहरूले यसबारे चिन्ता गर्न छोड्नेछन्; यसको साथै, मानिसहरूसँग ज्ञात-अज्ञात कुराहरूलाई नियन्त्रण गर्ने कुनै अधिकार हुँदैन, न त ती कुराहरूलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ, किनभने यी सबै कुराहरू परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको प्रतीक्षा गर्नु र समर्पित हुनु हो। बुझ्ने कार्यदेखि अभ्यास गर्ने कार्यसम्म, यी सबै सत्यता सिद्धान्तहरू अनुरूप गरिनुपर्छ—सत्यतालाई पछ्याउनु भनेको यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्यो भने, ऊ मर्छ नै भन्ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्यो भने, ऊ जिउँछ नै भन्ने छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्वरको अख्तियार, परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले गर्नुहुन्छ।) परमेश्वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्मन्छस् भन्ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरानी, तनाव, वा चिन्ता महसुस नगर्नु हो। मानिसहरूले आफै छनौट गर्न नसक्ने हुनाले, यस विषयमा धेरै ऊर्जा र विचार लगाउनु मूर्खतापूर्ण र निर्बुद्धि कार्य हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने व्यक्तिलाई रोग लाग्ने समय र रोगको प्रकार सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारित कार्यमा पर्छन् र त्यो मानवले निर्णय गर्ने कुरा होइन, र मानिसहरूले हैरानी, चिन्ता, र बेचैनी जस्ता नकारात्मक भावनाहरूलाई त्याग्नुपर्छ, यी कुराहरूलाई शान्त भएर सामना गर्नुपर्छ, तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र पाठहरू सिक्नलाई परमेश्वरको अभिप्राय खोज्नुपर्छ। परमेश्वरका वचनहरू मनन गर्दा, मैले हृदयमा अचानक अन्तर्दृष्टि प्राप्त गरेँ। जब म बिरामी हुन्छु, मेरो रोगको गम्भीरता, र म कहिले मर्छु भन्ने कुरा, सबै परमेश्वरका योजनाबद्ध कार्यहरूमा पर्छन्। म मृत्युको डर मानेर यसबाट जोगिन सक्दिनँ, न त म मर्न चाहेर नै मर्न सक्छु। मेरो गम्भीर रोग, पक्षाघात, वा मृत्यु सबै परमेश्वरले अनुमतिले नै हुन्छ, र परमेश्वरलाई गुनासो गर्ने वा कुराहरू माग गर्ने मेरो कुनै अधिकार छैन। अय्यूबले रोग र विपत्तिको सामना गर्दा कसरी, उनले परमेश्वरको विरुद्धमा गुनासो गरेनन् वा विश्वास गुमाएनन् भन्ने बारेमा सोचेँ। बरु, उनले परमेश्वरको धार्मिकताको प्रशंसा हृदयको गहिराइबाट गरे, र भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। मैले परमेश्वरका धेरै वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएकी हुनाले, रोगको सामना गर्दा परमेश्वरलाई कुनै माग गर्नु हुँदैन। परमेश्वरले मेरो रोग हटाउनुभयो वा यसलाई मसँग सधैँ रहन दिनुभयो भने पनि, यो सबै परमेश्वरको असल अभिप्रायको भाग हो र मैले गुनासो गर्नु हुँदैन वा मागहरू गर्नु हुँदैन। यदि कुनै दिन म पक्षाघाती भए पनि वा मृत्युको सामना गरे पनि, म अझै पनि सृष्टिकर्ताका बन्दोबस्तहरूमा समर्पित हुनेछु। अहिले मैले गर्नुपर्ने कुरा भनेको रोग र मृत्युलाई सही रूपमा सामना गर्नु हो, हैरानी, बेचैनी र चिन्तालाई त्याग्नु हो, र सबै कुरा परमेश्वरलाई सुम्पनु हो। मैले विगत बीस वर्षमा, मेरो जस्तै रोग भएका मानिसहरूको उमेर जतिसुकै भए पनि, तिनीहरू उमेरमै बिरामी भए पनि पछि बिरामी भए पनि, तिनीहरूमध्ये धेरै मरेका बारेमा सोचेँ। यदि परमेश्वरको सुरक्षा नभएको भए, म आज जीवित हुनेथिइनँ। आज म जीवित छु र मैले परमेश्वरका धेरै वचनहरूको मलजलको आनन्द लिएकी छु भन्ने तथ्य पहिले नै परमेश्वरको अनुग्रह हो। यी कुराहरू बुझेपछि, मलाई म कहिले मर्छु भन्ने डर लागेन, र म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ। त्यसपछि, हरेक दिन म परमेश्वरका वचनहरू खाने-पिउने, परमेश्वरका वचनहरू मनन गर्ने, अनुभवात्मक लेखहरू लेख्ने कार्यमा ध्यान दिएँ, र मेरो रोग जति नै गम्भीर भए पनि, मैले प्रार्थना गरेँ, परमेश्वरका वचनहरू खाएँ-पिएँ, भेलाहरूमा सहभागिता जनाएँ, र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गरेँ। कहिलेकहीँ जब रोग फेरि गम्भीर रूपमा बल्झिन्थ्यो, तब म परमेश्वरलाई प्रार्थना गर्थेँ र उहाँसँग नजिक हुन्थेँ, उहाँलाई मेरो हृदय समर्पित गरिरहन सहयोग माग्थेँ। यसको साथै, मैले निरन्तर मभित्र रहेका फोहोरी अभिप्रायहरूका बारेमा मनन गर्थेँ र तिनलाई पहिचान गर्थेँ, र तिनलाई समाधान गर्न तुरुन्तै सत्यताको खोजी गर्थेँ। यसरी अभ्यास गरेर, परमेश्वरसँगको मेरो सम्बन्ध अझै नजिक भयो, र यो रोग मेरा लागि ठूलो सुरक्षा हो भन्ने मलाई लाग्यो। पछि, थाहै नपाई, मेरो सम्पूर्ण शरीरमा पीडा कम भयो, र मेरो रक्तचाप र सुगर पनि सामान्य अवस्थामा फर्केर आयो। यो मप्रतिको परमेश्वरको कृपा र सुरक्षा हो भन्ने मलाई थाहा थियो, र मैले हृदयमा परमेश्वरलाई धन्यवाद दिएँ र प्रशंसा गरेँ!
पछि, मैले परमेश्वरका अझै धेरै वचनहरू पढेँ: “मलाई भन्, संसारभरिका करोडौँ मानिसहरूका बीचमा परमेश्वरका यति धेरै वचनहरू सुन्ने, जीवनका धेरै सत्यताहरू बुझ्ने, र धेरै रहस्यहरू बुझ्ने गरी को-को आशिषित भएका छन्? तिनीहरूमध्ये क-कसले व्यक्तिगत रूपमा परमेश्वरको अगुवाइ, परमेश्वरको प्रबन्ध, र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्न सक्छन्? यति आशिषित को-को छन्? निकै थोरै छन्। त्यसकारण, तिमीहरू थोरैले मात्रै आज परमेश्वरको घरमा बस्न, उहाँको मुक्ति पाउन, र उहाँको बन्दोबस्त प्राप्त गर्न पाउनुले अहिले नै मर्यौ भने पनि यो सबलाई सार्थक बनाउँछ। तिमीहरू अत्यन्तै आशिषित छौ, होइन र? (हो।) यो दृष्टिकोणबाट हेर्दा, मृत्युको मामिलादेखि मानिसहरू तर्सिनु हुँदैन, र यसको बन्धनमा पनि पर्नु हुँदैन। तिमीहरूले संसारको वैभव र सम्पत्ति प्राप्त नगरेका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तैँले परमेश्वरको काम गर्दै निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्!” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरू पढिसकेपछि, म भावुक भएँ र मेरो आँसु बग्यो। मैले परमेश्वरको व्यवस्थापन योजनाको अन्तिम युगमा परमेश्वरको आवाज सुन्ने, परमेश्वरको हेरचाह र सुरक्षामा जिउने, उहाँका धेरै वचनहरूको भरणपोषण र मलजल प्राप्त गर्ने, र सत्यताका धेरै रहस्यहरू बुझ्ने सौभाग्य पाएकी थिएँ, र इतिहासभरि मानिसहरूले अनुभव नगरेका आशिष्हरू प्राप्त गर्न पाएकी थिएँ। अहिले म मरे पनि, यो सार्थक नै हुनेछ। म अझै जीवित भएकी हुनाले, मैले बाँकी रहेको हरेक दिनलाई कदर गर्नुपर्छ र लगनशील भई आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। मेरो पीडा दिनप्रतिदिन कम हुँदै गइरहेको छ, मेरो खुट्टाको जोर्नी सुन्निने समस्या निकै कम भएको छ, मेरो दाहिने खुट्टाको जोर्नी सामान्य अवस्थामा फर्केको छ, र मेरो सम्पूर्ण शरीरको पीडा पनि घटेको छ। ब्रदर-सिस्टरहरूले के भन्छन् भने मेरो अनुहारमा रङ्ग आएको छ, ममा स्वास्थ्यको चमक आएको छ, र म फरक व्यक्ति बनेको छु। म अत्यन्तै उत्साहित छु, र हृदयमा, म परमेश्वरलाई उहाँको प्रेम र मुक्तिका लागि निरन्तर धन्यवाद दिन्छु!
रोगको प्रकाशद्वारा नै मैले बल्ल के महसुस गरेकी छु भने परमेश्वरमा विश्वास गर्ने बारेमा रहेको मेरो दृष्टिकोण गलत थियो, मैले सिर्जित प्राणीको रूपमा रहेका मेरा जिम्मेवारी र दायित्वहरू पूरा गरिरहेकी छैनँ, तर आशिष्हरू खोजिरहेकी छु र परमेश्वरसँग मोलतोल गर्न आफ्नो कर्तव्य प्रयोग गरिरहेकी छु, यसरी सामान्य व्यक्तिको विवेक र समझ गुमाएकी छु। आज, मैले मेरो भ्रष्ट स्वभावको बारेमा केही बुझेकी छु र पछ्याइप्रतिको मेरो गलत दृष्टिकोणमा केही परिवर्तनहरू ल्याएकी छु। यी परमेश्वरका वचनहरूका परिणामहरू हुन्, यसको साथै, ती परमेश्वरको प्रेम हुन्। परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद होस्!