७७. म अब राम्ररी सहकार्य गर्न संघर्ष गर्दिनँ।
विगत केही वर्षदेखि मैले मण्डलीमा विदेशबाट आएका नवआगन्तुकहरूलाई मलजल गर्दै आएकोछु। मसँग मलजल गर्ने कामको अनुभव र मैले तिनीहरूको भाषा अलिअलि बोल्ने भएकाले, नवआगन्तुकहरूलाई मलजल गर्नेसँग सम्बन्धित समस्या आइपर्दा, ब्रदर-सिस्टरहरूले प्रायजसो मसँग सहयोग माग्थे, र उनीहरूले प्रायजसो मेरा सुझावहरूलाई मान्थे। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूले नवआगन्तुकहरूका केही समस्याहरू समाधान गर्न जान्दैनथे, तर, मैले सजिलै ती समस्या समाधान गर्न सक्थेँ। त्यसकारण, मलाई आफ्नो सामर्थ्य राम्रो र मेरो काम गर्ने क्षमता औसतभन्दा माथि थियो भन्ने विश्वास थियो। चाढैँ, म सुइरभाइजरका रूपमा चुनिएँ, र मलजल कामका साना-ठूला कामकुराहरूबारे बन्दोबस्त र अन्तिम निर्णयहरू गर्न जिम्मेवार थिएँ। मैले यो अनुभूतिको धेरै मजा लिएँ।
पछि, मलजल गर्नुपर्ने नवआगन्तुकहरूको सङ्ख्या वृद्दि भएसँगै, मसँग सहकार्य गर्न र कामका जिम्मेवारीहरू बाँड्न मण्डलीले एमिली नाम गरेकी सिस्टरको बन्दोबस्त गर्यो। हाम्रो पहिलो भेलामा, एमिलीले मलजलका विद्यमान समस्याहरूबारे आफ्नो विचार र मत व्यक्त गरिन्। ब्रदर-सिस्टरहरू सबैले उनीसँग सहमति जनाए, तर, मलाई असहज लाग्यो। छोटो समय कर्तव्य निर्वाह गर्नुका बाबजुद, एमिली व्यवसायिक मामलाहरूमा ज्यादै सूझबूझपूर्ण हुन्छिन् भन्ने मैले अपेक्षा गरेको थिइनँ। उनी हामीसँग आबद्ध हुनुभन्दा पहिले, छलफलहरूमा सबैले मेरो कुरा सुन्थे, तर अहिले, उनी आएर मबाट सबै ध्यान खोसी आफूतिर तानेकी थिइन्। भविष्यमा, उनले ब्रदर-सिस्टरहरूसँग लामो समय बिताएर, आफ्ना आझा धेरै सबलता र लाभहरू देखाएपछि सबैजनाले उनलाई निश्चय नै उच्च सम्मान गर्नेथिए, जसले समूहमा मेरो हैसियतलाई जोखिममा पार्नेथ्यो। म यसबारे जति धेरै सोच्थेँ, त्यति नै चिन्तित हुन्थेँ। एक दिन, अगुवाले हामीसँगै कामको समिक्षा गरे। उसले एमिलीले मलजल गरेका नवआगन्तुकहरू सामान्य रूपमै भेला भएका, र धेरैजना आ-आफ्ना कर्तव्य निर्वाह गरिरहेका, तर मैले मलजल गरेका नवआगन्तुकहरूमध्ये धेरैजना सामान्य रूपमा भेला नभएका, र केहीले मात्र आफ्ना कर्तव्य निर्वाह गरिरहेका देखे। यस्तो परिस्थिती देखेर, अगुवाले मलाई मेरो जिम्मेवारीका केही काम एमिलीलाई दिनु भने। जब मैले यो सुनेँ, मैले मनैदेखि घोर प्रतिरोध गरेँ, र सोचेँ, “म जिम्मेवार भएको कामका नतिजाहरू राम्रा नभए पनि मैले अझ धेरै मेहनत गरेँ भने, ढिलोचाँढो यी समस्याहरू सुधार र समाधान हुनेछन्। मैले किन मेरो काम एमिलीलाई दिनु? यदि ब्रदर-सिस्टरहरूले यो कुरा थाहा पाए भने, उनीहरूले मेरो बारेमा के सोच्लान्? उनीहरूले पक्कै पनि मेरो कार्य क्षमता पर्याप्त नभएको सोच्नेछन्। त्यसोपछि म कसरी यो समूहमा रहन सक्थेँ? अझ, म जिम्मेवार भएको काममा एमिली सामेल भइन्, र सबैजनाले उनको कुरा सुन्न थाले भने, मेरो कुरा कसले सुन्नेछ? त्यसले मलाई सुपरभाइजरबाट नाम मात्रको सुपरभाइजर बनाउँदैन?” तर अगुवाले यसको बन्दोबस्त गरिसकेका थिए र मैले उहाँलाई सिधैँ इन्कार गर्न सकिनँ, त्यसैले मैले मन नलागि-नलागि एमिलीलाई कम महत्त्वका केही कार्यहरू दिएँ। म प्रायजसो उनीसँग कामका बारेमा छलफल गर्न सक्रिय रूपले भेट्दिनथेँ, र उनले मलाई कहिलेकाहीँ सन्देशहरू पठाउँदा, मैले ती पढेपछि प्रतिक्रिया दिन अनिच्छुक हुन्थेँ।
लगत्तै, मैले हन्टर नाम गरेको ब्रदर खराब स्थितिमा रहेको थाहा पाएँ, त्यसैले उसलाई साथसहयोग गर्ने तयारी गरेँ, तर अनपेक्षित रूपमा, एमिलीले हन्टरसँग सङ्गति गरिसकेको कुरा मलाई भनिन्। “हन्टरसँग सङ्गति गर्ने सधैँ मै हुन्थेँ, तर अहिले तिमीले मलाई केही नभनी ऊसँग सङ्गति गर्यौ; के तिमी मसँग होडबाजी गरिरहेकी प्रष्ट छैन र?” भन्ने सोचेर म अलि निराश भएँ। खासगरी जब हन्टरले भेला भेएको समयमा, ऐमिलीको सङ्गति उसलाई लाभदायक भएको र उसलाई आफ्नो भ्रष्ट स्वभाव अलिकति बुझ्न सहयोग पुगेको कुरा बतायो, मैले अत्यन्तै असहज अनुभूति गरेँ। मैले सोचेँ, “हन्टरले एक पटक मेरा सङ्गतिहरूमा धेरै धर्मसिद्धान्तहरू रहेको उल्लेख गरेका थिए, तर अहिले ऊ एमिलीले सङ्गतिमा उसका समस्याहरू औँल्याइदिएकाले उनलाई आदर गर्छ। यदि कामकुराहरू यही पाराले अघि बढ्यो भने, हामीमध्ये को चाहिँ अझ राम्रो छ भन्ने कुरा प्रष्ट हुनेछैन र? सबैजनाले निश्चय नै एमिलीले सत्यता बुझ्छिन् र उनमा वास्तविकता छ भन्ने सोच्नेछन्, र उनीहरूले एमिलीलाई भविष्यमा अझ उच्च सम्मान गर्नेछन्। के त्यो कुराले समूहमा मेरो हैसियतलाई खतरामा पार्नेछैन र?” त्यसबेलादेखि, मैले एमिलीलाई मेरो सबैभन्दा ठूलो खतराका रूपमा हेर्न थालेँ। म उनलाई सामेल हुने कुनै मौका नदिई आफू प्रत्यक्ष रूपमा जिम्मेवार भएको कामप्रति धेरै संरक्षात्मक भएँ। अगुवाले हामीलाई सामान्यतया कामबारे सँगै छलफल गर्नु भन्थे, तर मलाई त्यो अपमानजनक हुने र आफू असक्षम देखिने लागेर, मैले उनलाई सामेल गर्न चाहिनँ। के मैले उनीविनै यो काम राम्रोसँग व्यवस्थापन गर्दै आएको थिइनँ र? त्यसैलेे, मैले बहानाबाजी गरेँ, मैले अगुवालाई कामकुराहरू पहिल्यै सम्हालिसकेको, वा समस्याहरू त्यति जटिल नभएको र म आफैले समाधान गर्न सक्ने, अनि एमिलीसँग थप छलफल गर्दा कामकुराहरूमा ढिलाइ हुने आदि इत्यादि भनेर उनको सहभागितालाई इन्कार गरेँ। मैले उनलाई मेरो काममा सामेल नगराउन सबै किसिमका बहानाबाजी गरेँ। एक पटक, मैले जोन नाम गरेकी सिस्टरसँग उनको कामको अवस्थाका बारेमा कुरा गरिभ्याएको मात्र के थिएँ, एमिली उनलाई सोही कुरा सोध्न गइन्। जोनले कामका बारेमा बारम्बार कुराकानी गर्दा समयको बर्बादी भएजस्तो लाग्ने भन्दै अलि रिसाए। मैले एमिलीसँग पहिले नै राम्रोसँग कुराकानी नगरेकाले यस्तो भएको हो भनेर मलाई राम्ररी थाहा थियो, तर मेरो समस्यामा चिन्तन गर्नुको सट्टा, म मनमनै हर्षित भएँ, र सोचेँ, “हो नि! एमिलीलाई सामेल गर्नु साँच्चै अनावश्यक छ। सबैले उनलाई मन पराउँदैनन् भने, अबउप्रान्त उनले मेरो हैसियतलाई खतरामा पार्ने छैनन्।” त्यसैले, मैले जोनसँग होमा हो मिलाएँ र भनेँ, “यसले साँच्चै नै कामकुराहरूलाई रोकेर राख्छ।” कामको छलफलको क्रममा, केही ब्रदर-सिस्टरहरूले एमिलीलाई सामेल गराउन सुझाव दिएको बेला, मसँग इज्जात जोगाउन सहमत हुनुको विकल्प थिएन। तर, मैले मनैमनै पटक्कै मानेको थिइनँ। मैले सोचेँ, “एमिली, एमिली! अब तिमीहरूले उनको मात्रै ख्याल राख्छौ। के उनीबिना कामलाई अगाडि बढाउन असम्भव छ? उनी हामीसँग आबद्ध हुनुभन्दा पहिले, मैले निर्णयहरू गर्थेँ, र काममा ढिलाइ बिलकुलै हुन्नथियो!” प्रत्येक पटक ब्रदर-सिस्टरहरूले एमिलीको नाम लिएको सुन्दा, तिनीहरू सबैले उनलाई धेरै सम्मान गर्छन् कि भनेर सोच्दै म निकै संवेदनशील हुन्थेँ। उनी वरिपरि हुने बित्तिकै, म दुम्सीले काँडाहरू ठाडो पारे जस्तै तुरुन्तै सावधान भई, जुनसुकै बेला मेरो हैसियतको रक्षा गर्न तयार हुन्थेँ। उनलाई बाधा पुर्याउने मेरो प्रयासका कारण, एमिली काममा जोडिनै सकिनन्, र मसँग कसरी सहकार्य गर्ने भनेर भेउ पाइनन्, जसले उनलाई निकै दुःखी बनायो। मैले उनको स्थिति खराब हुनमा मेरो ठूलो हात रहेको अनुभूति गरेँ, र म दोषी भएको च्वाँस्स अनुभूति गरेँ। तर, त्यसपछि मैले सोचेँ, “यदि तिमी जोडिन सक्दैनौ भने, मेरो कामदेखि परै बस। हामीले आ-आफ्नो काम आफै गरी एक अर्कालाई हस्तक्षेप नगरेकै राम्रो।” मैले परमेश्वरले एमिलीलाई अन्त कतै खटाउने परिस्थितिको बन्दोबस्त गरे हुन्थ्यो ताकि मलाई मनमा शान्ति मिलोस् भन्ने कामनासमेत गरेँ। त्यस अवधिमा, प्रायजसो अवर्णनीय दिग्दारी र थकान महसुस गर्दै, म एमिलीलाई प्रतिरोध र बहिष्कार गर्ने स्थितिमा जिउँथेँ। म झन् झन् नकारात्मक हुँदै गएँ, र मेरो हृदय अन्धकारमय हुँदै गयो। मैले परमेश्वरलाई प्राथना गरेँ, “हे परमेश्वर, एमिलीसँग सहकार्य गरेदेखि, मैले उनीसँग होडबाजी गर्न चाहेकी छु र उनले मलाई उछिन्लिन् भनेर चिन्तित भएको छु। मलाई थाहा छ, यो स्थिति सही होइन, तर म मेरो समस्याको सारलाई बुझ्न सक्दिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफूलाई बुझ्न सकूँ।”
एक दिन, मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्ने परमेश्वरका वचनहरूको एउटा खण्ड पढें र आफ्नो बारेमा केही बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान् गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्ने, र सत्यता सङ्गति गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। … वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने मापदण्ड र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न रमसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा चर्चित छस्, र तँ मैले भन्दा ठूलो बौद्धिकताद्वारा सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र मैले गर्नुपर्ने काम तैँले मभन्दा पहिल्यै गरिस् भने त्यसपछि मैले के गर्ने?’ के तिनीहरू परमेश्वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वर ख्रीष्टविरोधीहरूले हैसियत र शक्तिलाई विशेष महत्त्व दिने, कसैलाई पनि आफ्नो हितहरूलाई हानि पुर्याउन नदिने कुराको खुलासा गर्नुहुन्छ। यदि तिनीहरूले कसैलाई आफ्नो हैसियत जोखिममा पर्ने गरी आफूभन्दा राम्रो देखे भने, तिनीहरूले उक्त व्यक्तिलाई दबाउँछन् र निष्कासन गर्छन्। यसलाई मेरो व्यवहारसँग तुलना गर्दा, मलाई आफूले ख्रीष्टविरोधीले जस्तै काम गरिरहेकी महसुस भयो। एमिलीले सत्यताबारे मैले भन्दा राम्ररी सङ्गति गरेकी र समस्याहरू सुल्झाएकी मात्र नभई, उनी हाम्रो पेसाका सन्दर्भमा निकै कुशाग्र देखेर, म उनीसँग सहकार्य गर्दा आफूले देखावा गर्न नपाउने रहेछु भनेर चिन्तित भएँ। त्यसकारण, मैले केवल आफ्नो हैसियत जोगाउन र आफ्नो शक्ति बाँडफाँड गर्नबाट जोगिन उनलाई निष्कासित गरेँ र उनलाई मेरा काममा सहभागी गराउन मानिनँ। अगुवाले एमिली र मेरा लागि काम बाँडफाँड गर्ने र एकअर्कामा सहकार्य गर्ने बन्दोबस्त मिलाउनुभयो, जुन मलजलको कामको नतिजालाई ध्यानमा राखेर गरिएको थियो। तर, मैले मनैदेखि यसको प्रतिरोध गरेँ। मैले मन नलागी-नलागी उनलाई सामेल गर्न सहमति जनाए पनि, उनलाई कम महत्त्वका केही काम मात्र दिएँ, यदि सबैले उनको कुरा सुनेमा, समूहमा मेरो हैसियत गुम्ने मलाई डर भयो। हन्टरको स्थिति कमजोर हुँदा, ऐमिलीले त्यो समाधान गर्न तत्कालै ऊसँग सङ्गति गरिन्, तर खुसी हुनका सट्टा, मैले आफ्नो हैसियत जोगाउन उनलाई दबाउनका लागि सबै प्रकारका बहानाबाजी गरेँ, र म जिम्मेवार रहेको काममा उनलाई सामेल हुन रोकेँ। जोआन ऐमिलीप्रति आलोचनात्मक हुँदा, उनीप्रति सबै जना पूर्वाग्रही बनेको आस गर्दै म गोप्य रूपमा खुसी हुन्थेँ, ताकि अब उनले मेरो हैसियतलाई जोखिममा नपारून्। मेरो बहिष्कारको कारणले, एमिली म जिम्मेवार भएको काममा सामेल हुन सकिनन्, जसले उनको स्थितिलाई असर पाऱ्यो। मैले आत्मचिन्तन गरिनँ, बरु उनी तुरुन्तै छाडेर जाऊन् भन्ने कामना गरेँ। म आफ्नो हैसियतको यस्तो अत्यधिक चाहनाले एकदमै निरङ्कुश भएकी थिएँ। मैले आफ्नो हैसियत र शक्ति कायम राख्न, मण्डलीको कामलाई बिलकुलै विचार नगरी, आफूले गरेका सबै कुरामा ऐमिलीलाई निष्कासित गरेँ र दबाएँ। म साच्चैँ स्वार्थी र घृणित थिएँ, ममा मानवता थिएन। मेरो व्यवहार ठ्याक्कै ख्रीष्ट विरोधीको स्वभावको प्रकटीकरण थियो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई मेरा हरकतहरूका परिणामहरूबारे बुझ्न सहयोग गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “जब मानिसहरूमा शैतानी स्वभाव हुन्छ, तब तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, ‘मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?’ परमेश्वरले मानिसहरूलाई जिम्मा दिनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू प्रसिद्धि, लाभ र हैसियत मात्र पछ्याउँछन्, अनि शक्ति खोस्न, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरू लिन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्वरको विरोध गर्नु हो! आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, लाभ र हैसियतको पछि लाग्ने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा सेवकको रूपमा, तैँले परमेश्वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिको लागि काम गरिरहेको छैनस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्; बरु, तैँले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। अनि, विशेष गरी परमेश्वरको आदेशमा नै यो कर्तव्य आएकाले, यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसको लागि परमेश्वरप्रति जवाफदेही हुन्छस्; अन्त्यमा, परमेश्वरलाई एउटा लेखा दिनुपर्छ, र यसमा एउटा परिणाम हुनैपर्छ। तैँले जे स्वीकार गरेको भए पनि त्यो परमेश्वरको आज्ञा हुन्छ, त्यो पवित्र जिम्मेवारी हुन्छ, त्यसकारण यो जिम्मेवारी जति महत्त्वपूर्ण वा सानोतिनो भए पनि, यो गम्भीर विषय हुन्छ। यो कति गम्भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्वरलाई विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्वरले लेखा राख्नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्नेबारेमा उहाँका आफ्नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले प्रकट गर्ने सबै कुराको आधारमा तेरो परिणामलाई परमेश्वरले निर्धारित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनले ख्रीष्टविरोधीहरूले हैसियत पछ्याउनुका परिणामहरूबारे स्पष्ट रूपमा ब्याख्या गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउँदैनन्, प्रतिष्ठा र हैसियत मात्र पछ्याउँछन्; तिनीहरूले शक्ति र हैसियतलाई सबैभन्दा माथि राख्छन्, शक्तिमा लिप्त हुन्छन् र त्यो त्याग्न मान्दैनन्, एकक्षत्र अख्तियार जमाउन चाहन्छन् र आफ्ना काममा अरू कसैलाई सहभागी हुन दिँदैनन्। अन्ततः, तिनीहरूको खुलासा हुन्छ र परमेश्वरको प्रतिरोध गरेकाले तिनीहरू हटाइन्छन्। आफूबारे सोच्दा, मलजल कामको रेखदेख कर्ताका रूपमा चुनिएपछि, म साना-ठूला सबै कामसम्बन्धी निर्णयहरू गर्थेँ। सबै जना मकहाँ आफ्ना समस्याबारे सोध्न आउँथे र मेरो कुरा सुन्थे, र मलाई खासगरी आफू निर्णयकर्ता भएको अनुभूतिले आनन्द लाग्थ्यो। हामीसँग ऐमिली आबद्ध भएपछि, उनी धेरै क्षेत्रमा मभन्दा उत्कृष्ट रहेकी पाएँ। म सबै जना आफ्नो समस्या लिएर उनीकहाँ जान थाल्नेछन्, जसले गर्दा उनीहरूमाझ मेरो प्रभाव र निर्णय गर्ने शक्ति गुम्छ भनेर चिन्तित भएँ। र त्यसैले मैले उनलाई हरसम्भव तरिकाले बहिष्कार गरेँ। अगुवाले मलाई उनीसँग काम बाँडफाँड गर्नू र सहकार्य गर्नू भने पनि, वा ब्रदर-सिस्टरहरूले उनी कामका छलफलमा आबद्ध होऊन् भन्ने चाहे पनि, मैले मनैदेखि प्रतिरोध गरेँ। मैलेे उनलाई निष्कासित गर्न बहानाहरू बनाएँ, काममा सहभागी हुन दिइनँ र समूहलाई प्रभुत्वमा राख्न चाहेँ ताकि ब्रदर-सिस्टरहरूले समस्याहरू आउँदा मेरो कुरा मात्र सुनून्। मण्डलीले मलाई यस्तो महत्त्वपूर्ण कर्तव्यमा खटाएको थियो, तर मैले कसरी राम्रोसँग काम गर्ने भनेर कहिल्यै सोचिनँ। बरु, मैले आफू कसरी ऐमिलीभन्दा पछि नपरूँ र आफ्नो हैसियत कायम राखूँ भनेर सोच्नमै सबै समय खर्चेँ। प्रतिष्ठा र हैसियत पाउने मेरो चाहना अति ठूलो थियो। परमेश्वर भन्नुहुन्छ: “आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, लाभ र हैसियतको पछि लाग्ने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू पढेर, परमेश्वरको स्वभाव धर्मी हुन्छ, र उहाँले अपमान सहनुहुन्न भन्ने बुझेर म निकै डराएँ। यदि मैले पश्चात्ताप नगरी प्रसिद्धि, लाभ र हैसियतको पछि लागिरहेँ र एमिलीलाई बहिष्कार र आक्रमण गरिरहेँ भने, म केवल परमेश्वरको स्वभावलाई चिढ्याउन पुग्थेँ र प्रकाश पारिन र हटाइन सक्थेँ। मैले मण्डलीबाट निष्कासित भएका ती ख्रीष्टविरोधीहरूका बारेमा पनि सोचेँ। कोही आफूभन्दा राम्रा हुँदा र आफ्नो हैसियतलाई खतरामा पार्दा, उनीहरूले तिनीहरूलाई शत्रुका रूपमा हेर्थे र तिनीहरूलाई दबाउन, बहिष्कार गर्न र यातना दिन र आफ्नो एकछत्र शक्तिको लक्ष्य हासिल गर्न विभिन्न घृणित माध्यमहरू प्रयोग गर्थे। अन्ततः, तिनीहरूले धेरै दुष्कर्म गरेकाले तिनीहरूलाई मण्डलीबाट निष्कासित गरियो। त्यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो शासन व्यवस्थालाई सुदृढ पार्न, आफूप्रति सबैलाई झुकाएरै छाड्न चाहन्छ। यसले आफ्नो हैसियत र शक्तिलाई सधैँका लागि आफ्नो पकडमा राख्ने प्रयास गर्छ, अनि आफ्नो सत्तालाई खतरामा पार्न सक्नेप्रति यो निर्दयी छ र तिनीहरूलाई पूर्ण रूपमा हटाउन चाहन्छ। आफैलाई नियाल्दा, एमिलीलाई निष्कासित गरेर आफ्नो हैसियतलाई सुदृढ पार्ने मेरो कार्यहरू ख्रीष्ट विरोधीहरू र ठूलो रातो अजिङ्गरको प्रकृतिभन्दा भिन्न थिए त? यो अनुभूतिले म डराएँ, र मैले पश्चात्ताप गर्दै परमेश्वरलाई मेरा समस्याहरू समाधान गर्न मार्गदर्शन गर्नुहोस् भनेर पुकार गर्दै उहाँलाई प्रार्थना गरेँ।
केही दिन पछि, एमिलीको क्षेत्रमा अचानक तुफान आउने चेतावनी जारी गरियो। तुफान आउनुअघि हाम्रो भेटघाटको क्रममा, उनले निकै भावुक हुँदै भनिन्, “जब प्रकोप आउँछ, तब मलाई कर्तव्य निर्वाह गर्ने अवसर धेरै मूल्यवान् हुन्छ जस्तो लाग्छ। तर मैले यो अवसरको भरपूर उपयोग गरेको वा परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो सक्दो दिएकी छैनँ। …” यो सुनेर मलाई निकै आत्म-ग्लानि महसुस भयो। यस अवधिमा, मैले आफ्नो हैसियत कायम राख्न एमिलीलाई हर तरिकाले बहिष्कार गर्दै, र उनीसँग राम्ररी सहकार्य वा आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरी उनीसँग प्रतिस्पर्धा गर्दै आइरहेको थिएँ। मलाई अचानक एमिली र परमेश्वर दुवैप्रति दुःख लाग्यो। मैले मनमनै परमेश्वरलाई प्राथना गरेँ, “हे परमेश्वर, यदि मैले भविष्यमा एमिलीसँग सहकार्य गर्ने अर्को अवसर पाइन भने, मसँग पश्चाताप बाहेक केही बाँकी रहनेछैन। यदि मैले फेरि सुरु गर्न सक्थेँ भने, म उनीसँग राम्ररी सहकार्य गर्ने अवसरको भरपूर उपयोग गर्नेथेँ।” त्यो दिउँसो, मैले तुफान रोकिएको, र एमिलीको क्षेत्र प्रभावित नभएको थाहा पाएँ। परमेश्वरले सुरक्षा दिनुभएकोमा उहाँलाई मैले निरन्तर धन्यवाद दिएँ।
त्यसपछि, मैले अभ्यास र प्रवेशको बाटो खोज्दै परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ, जसले यसो भन्छन्: “तेरो पछ्याइको दिशा वा उद्देश्य जेसुकै भए नि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे मनन गर्दैनस्, र यी कुराहरू पन्छाउन तँलाई निकै गाह्रो हुन्छ भने, यी कुराहरूले तेरो जीवन प्रवेशमा असर पार्नेछन्। जबसम्म तेरो हृदयमा हैसियतको स्थान हुन्छ, तबसम्म यसले तेरो जीवन दिशा र तँ लागिपर्ने लक्ष्यहरू पूर्ण रूपमा नियन्त्रित र प्रभावित पार्नेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्न पनि गाह्रो हुनेछ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा झन् त भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई पन्छाउन सकिनस् भने, यसले पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई सृष्टि गरिएको स्वीकार्य प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरको वचनहरू पढेपछि, मैले यो बुझेँ कि प्रतिष्ठा र हैसियतको पछि लाग्नु परमेश्वरको अभिप्रायको पूर्णतया विपरीत कुरा हो। व्यक्ति जति धेरै हैसियतको पछि लाग्छ, परमेश्वरले उसलाई त्यति नै घृणा गर्नुहुन्छ, र ऊ उहाँका मागहरूबाट उति नै टाढा जान्छ। उसले अन्ततः परमेश्वरको धेरै भन्दा धेरै प्रतिरोध गर्नेछ, जसले गर्दा उहाँले उसलाई दण्ड दिनुहुनेछ र हटाउनुहुनेछ। एक साँचो सृजित प्राणी इमानदारीपूर्वक परमेश्वरको सार्वभौमिकतामा समर्पित हुनुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि व्यावहारिक रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले पछ्याउनुपर्ने कुरा यही हो। परमेश्वरलेे मलाई निगाह गर्नु र सुपरभाइजरका रूपमा कामको अभ्यास गर्ने अवसर दिनुको उद्देश्य मलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र राम्रोसँग काम गर्नको लागि मेरा सबलताहरू प्रयोग गर्न मद्दत गर्नु थियो। यो मलाई शक्ति दिनका लागि थिएन, प्रतिष्ठा र हैसियत पछ्याउन दिनका लागि त झनै थिएन। मैले मेरा महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्न, एमिलीसँग राम्रोसँग सहकार्य गर्न र मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्न आवश्यक थियो।
पछि, मैले अरूसँग कसरी सहकार्य गर्ने भन्ने बारे परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र सम्भवतः तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एकलै काम पूरा गर्न सहज हुँदैन, त्यसैले गल्ती औँल्याउने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्भव हुन्छ—त्यो असम्भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वर सहकार्यको महत्त्वका बारेमा स्पष्ट रूपमा बोल्नुहुन्छ। मानिस जतिसुकै सक्षम भए पनि, सर्वशक्तिशाली कोही हुँदैन; सबैलाई अरूको सहयोग चाहिन्छ। सहकार्यले हामीलाई एकअर्काकका कमीकमजोरीहरूको परिपूर्ति गर्न र बहकिनबाट जोगिन दिन्छ, जसले मण्डलीको कामलाई पनि फाइदा पुर्याउँछ। सामान्य मानवता र समझ भएको व्यक्तिले अरूसँग सहकार्य गर्नुपर्छ र उनीहरूको विचार सुन्नुपर्छ। आत्मचिन्तन गर्दा, म मलजल कामको सुपरभाइजर भए पनि र मैले मसँग केही अनुभव र क्षमता छ भन्ने विश्वास गरे पनि, अलिकति विदेशी भाषा जाने पनि, र केही काम गर्न सक्षम छु जस्तो देखिए पनि, म बिरलै सत्यता सिद्धान्तहरूको खोजी गर्दै प्रायजसो मेरो दिमाग र मेरो अनुभव प्रयोग गरेर आफ्नो कर्तव्य निर्वाह गर्थेँ। एक्लै कामकुरा गर्न आफूसँग भएका थोरै कुरामा भर पर्दा, समस्याहरूबारे मेरो दृष्टिकोण सधैँ सही वा विस्तृत हुन्थेन, त्यसमा बारम्बार विचलन देखिन्थ्यो, मेरो काम परिणामहरू सधैँ खराब हुन्थे। मेरो तुलनामा, एमिली राम्रो क्षमता भएकी थिइन् र सत्यता राम्ररी बुझ्थिन्। उनी समस्याहरूको सामना गर्दा सत्यता सिद्धान्तहरू खोज्थिन्, र भ्रष्टता प्रकट गर्दा आत्मचिन्तन गर्थिन् र आफूलाई बुझ्थिन्। ठ्याक्कै ममा नभएका सबलताहरू उनमा थिए। हामीलाई एकअर्काका पूरक बनाउन र हाम्रा कर्तव्यहरू राम्ररी निर्वाह गर्न मद्दत गर्नका लागि परमेश्वरले मभन्दा राम्रो व्यक्तिलाई मेरो छेउमा राख्नुभयो। यो मण्डलीको कामका लागि मात्र नभई मेरो आफ्नै जीवनका लागि पनि फाइदाजनक थियो। यो परमेश्वरले मप्रति देखाउनुभएको उहाँको प्रेम थियो। परमेश्वरको मनसाय बुझेपछि, मैले उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म सधैँ एमिलीको ईर्ष्या गर्छु र उनीसँग प्रतिस्पर्धा गरेकी छु, उनलाई दमन र उपहाससमेत गरेकी छु। अब, म अन्तमा तपाईंले एमिलीलाई मेरा कमीकमजोरीहरूको पूर्ति गर्न मसँग काम गर्ने बन्दोबस्त मिलाउनुभएको देख्छु। म तपाईंलाई मेरो हृदयदेखि नै धन्यवाद दिन्छु। अब देखि, म एमिलीसँग राम्ररी सहकार्य गर्न र मेरो कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक छु, र म अब प्रतिष्ठा र हैसियतको पछि लाग्नेछैनँ।” त्यसपछि, मैले मेरा भ्रष्ट प्रकटीकरणहरूका बारेमा एमिलीलाई खुलस्त बताउन पहल गरेँ। सङ्गति गरेपछि, मैले धेरै सहज महसुस गरेँ, र हामी एक आपसमा अलि नजिक भयौँ। त्यसपछि आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले उनलाई प्रतिसपर्धी होइन, सहयोगीका रूपमा हेर्थें। समूह भित्र समस्याहरू आइपर्दा, म सक्रिय रूपमा कुराकानी गर्थेँ र उनीसँग छलफल गर्थेँ। हामीले केहि ठम्याउन नसक्दा सँगै खोजी गर्थ्यौं, र हामी हाम्रो अन्तर्ज्ञानबारे सङ्गति गर्थ्यौं। यसरी, हामीले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन महसुस गर्न सक्यौँ र केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम भयौँ।
केही समय नबित्दै, एक ब्रदरले लगातार झाराटारूवा तरिकाले कर्तव्य निर्वाह गरेकाले काममा असर पर्यो, हामीले ऊसँग सङ्गति गरेर उसलाई बर्खास्त गर्नुपर्ने थियो। मैले ऊसँग स्पष्ट रूपमा सङ्गति गर्न र उसका समस्याहरू औँल्याउन सक्दिनँ कि भनेर म चिन्तित थिएँ। सत्यताबारे एमिलीको सङ्गति मेरो भन्दा बढी ज्ञानवर्द्धक थियो भन्ने सोचेँ र उनलाई मसँग सङ्गतिमा सामेल हुन आग्रह गर्ने विचार गरेँ। तर म यस्तो सोच्दै चिन्तित भएँ, “मैले उनलाई मेरो काममा सामेल गराउन पहल गरेमा, के यसले मलाई असक्षम देखाउँदैन र?” जब यो विचार आयो, मैले मेरो स्थिति ठीक नभएको अनुभूति गरेँ—म फेरि आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन खोज्दै थिएँ। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ, जसले यसो भन्छन्: “मानिसहरूले जुन कुरामा ध्यान दिन्छन्, जुन कुरामा मेहनत गर्छन्, त्यही कुरामा परिणामहरू प्राप्त गर्छन्। यदि तँ सधैँ धर्मसिद्धान्तमा ध्यान दिन्छस् भने, धर्मसिद्धान्त मात्रै प्राप्त गर्नेछस्; यदि तँ सधैँ हैसियत र शक्तिमा ध्यान दिन्छस् भने, तेरो हैसियत र शक्ति स्थिर त होला, तर तैँले सत्यता प्राप्त गरेको हुनेछैनस्, र तँलाई हटाइनेछ। तैँले जुन कर्तव्य निर्वाह गरे पनि, जीवन प्रवेश नै महत्त्वपूर्ण कुरा हो। तँ यस विषयमा ढुक्क हुनु हुँदैन, न त तैँले बेवास्ता नै गर्न मिल्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “सामञ्जस्यपूर्वक सहकार्य गर्दा मात्र मानिसहरू परमेश्वरको सामु आशिषित हुन सक्छन्, अनि मान्छेले जति बढी यसलाई अनुभव गर्छन्, तिनीहरूले त्यति नै बढी वास्तविकता प्राप्त गर्छन्, र तिनीहरू हिँड्दै जाँदा तिनीहरूको मार्ग अझ चहकिलो बन्छ, र तिनीहरूले त्यति नै बढी सहजता महसुस गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको प्रष्ट मार्ग दिए; प्रतिष्ठा र हैसियतको पछि लाग्नु परमेश्वरलाई प्रतिरोध गर्ने मार्ग हो र यसले अन्ततः हटाइने बाटोतर्फ मात्र डोर्याउन सक्छ। मेरो हैैसियत सुरक्षित छ कि छैन र ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्छन् कि गर्दैनन् भनेर मैले चिन्ता गरिरहन मिल्दैनथ्यो। मैले मण्डलीको कामबारे सोच्नुपर्छ र यसको हित हुने काम गर्नुपर्छ। यो बुझेर मैले राहत महसुस गरेँ, र मैले त्यो ब्रदरसँग सङ्गति गर्नका लागि एमिलीलाई डाकेँ। सङ्गति गरेपछि, उनले आफ्ना समस्याहरूको प्रकृतिबारे समझ प्राप्त गरे। मैले अन्ततः राम्ररी सहकार्य गर्नुको हर्ष, साथसाथै सत्यता अुसार गरिएको अभ्यासबाट आउने शान्ति र खुसीको अनुभव गरेँ। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!