२. गल्ती स्विकार्न गरेको सङ्घर्ष

सन् २०२२ डिसेम्बर ३ शनिवार, बाहिर पानी परिरहेको थियो।

आज, वर्कसीट मिलाउँदै गर्दा मैले संयोगवश अनुचित रूपमा जिम्मा दिइएको, दोहोर्‍याइएर निर्माण कार्य गर्नुपरेको एउटा भिडियो भेटेँ। मलाई एकदम आश्चर्य लाग्यो। सावधानीपूर्वक निरीक्षण गरेपछि, यो त मैले निर्माणभन्दा पहिले रेकर्डको जाँच गर्न बिर्सेका कारणले पो रहेछ भन्‍ने बुझेँ। मलाई याद आयो, मैले पहिले पनि दुई चोटि यो गल्ती गरेकी थिएँ, किनभने मैले रेकर्ड जाँच गरेकी थिइनँ। त्यो बेला, अगुवाले मलाई लगनशील नभएको भनी आलोचना गरेकी थिइन्, अनि ती गल्तीको सारांश दिँदै भोलिका दिनमा यस्तो गल्ती नगर्नु भनेकी थिइन्। मैले यो पटक फेरि त्यही गल्ती दोहोर्‍याउने अपेक्षा गरेकी थिइनँ। मैले निकै कमजोर महसुस गरेँ। “म सुपरभाइजर बनेको केही दिन मात्र भएको छ, र मैले फेरि यस्तो निम्न स्तरको गल्ती गरेँ। यदि अगुवाले थाहा पाइन् भने मदेखि कति निराश हुने होलिन्! यदि उनले फेरि मेरो काँटछाँट र आलोचना गरिन् भने, म कसरी आफ्नो शिर उठाएर हिँड्नु?” मैले के पनि सम्झेँ भने, केही दिनअघि हाम्रो समूहमा रहेकी सिस्टर नादियालाई बर्खास्त गरियो, किनभने उनी सधैँ कर्तव्यमा लापरवाह थिइन्। त्यो समयमा, मैले उनीसँग सङ्गति पनि गरेँ, कर्तव्यमा लापरबाह हुनुको प्रकृति र परिणामबारे खुलासा गरेँ। तर, अहिले मबाट पनि आफ्नो लापरबाहीका कारण यस्तो निम्न स्तरको गल्ती हुन गयो। यदि ब्रदर-सिस्टरले थाहा पाए भने तिनीहरूले पक्कै पनि म वचन र सिद्धान्तको प्रचार त राम्रोसँग गर्दछु, तर कर्तव्य लापरबाही तरिकाले गर्छु र ममा सत्यता सिद्धान्त छैन, तसर्थ म सुपरभाइजर बन्न अयोग्य छु भन्‍ने थिए। यसबारे जति सोचेँ, मलाई उति असहज महसुस भयो, र त्यो बेला ध्यानपूर्वक जाँच नगरेकोमा पछुतो भयो। सबैसामु आफ्नो गल्ती स्वीकार गर्न मलाई निकै अप्ठेरो लाग्थ्यो, त्यसैले, मैले पहिलेको निर्माण रेकर्ड मेटिदिएँ। त्यो क्षणमा, परमेश्‍वरका वचनको एउटा वाक्यांश झलक्क मेरो दिमागमा आयो: “मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। मलाई डर लाग्यो, मुटु काँप्यो: परमेश्‍वरले मान्छेको भित्री अस्तित्वको छानबिन गर्नुहुन्छ। मैले यसलाई मानिसबाट लुकाउन सकेपनि परमेश्‍वरलाई छल्न सक्दिनँ। यदि मैले छलको सहारा लिएँ भने परमेश्‍वरले स्पष्ट देख्नुहुन्छ र मेरो निन्दा गर्नुहुनेछ। म धेरै डराएँ र डिलिट गरेको रेकर्ड फेरि रिस्टोर गरेँ। यो रेकर्ड हेर्दा एउटा मेटाउन नसकिने दाग देखे जस्तै थियो। तर ममा अगुवासामु गल्ती स्विकार्ने हिम्मत नै थिएन। मैले सोचेँ, मैले केही नभने कसैले थाहा पाउनेछैन, त्यसैले मैले वर्कसीट तुरुन्त बन्द गरेँ।

रातमा म ओछ्यानमा कोल्टे फेर्दै रहेँ, निद्रा आएन, बेचैनी भइरहेको थियो। मैले काममा हानि पुऱ्याउने स्पष्ट गल्ती गरेकी थिएँ, तैपनि मैले यसबारे थाहा नपाए झैँ गरेँ, र यो विषयबारे अगुवालाई नभन्‍ने इरादा राखेँ। म निर्लज्जतापूर्वक छली बनिरहेकी थिएँ! पछि, मैले परमेश्‍वरका वचनमा यो कुरा पढेँ: “परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्‍न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “हरेक व्यक्तिमा छली स्वभाव हुन्छ; तर एउटै भिन्‍नता यो कति गम्भीर छ भन्‍ने मात्रै हो। तैँले भेलाहरूमा हृदय खोलेर आफ्‍ना समस्याहरूबारे सङ्गति गरे पनि, के त्यसको अर्थ तँमा छली स्वभाव छैन भन्‍ने हुन्छ र? त्यस्तो हुँदैन, किनभने तँमा पनि छली स्वभाव हुन्छ। म किन यसो भन्छु त? एउटा उदाहरण यस्तो छ: तैँले आफ्‍नो स्वाभिमान वा गर्वलाई नछुने, लाजमर्दो नरहेका, र तँलाई काटछाँटमा नपार्ने कुराहरूबारे सङ्गतिमा खुलस्त कुरा गर्न सक्छस् होला, तर यदि तँसँग सत्यता सिद्धान्तहरू उल्‍लङ्घन गर्ने कुराहरू, सबैले घिनाउने र विरोध गर्ने कुराहरू हुन्थ्यो भने, के यसबारेमा तैँले भेलाहरूमा खुलस्त सङ्गति गर्न सक्थिस् त? अनि यदि तैँले कुनै बताउनै नसकिने कुरा गरेको थिइस् भने, यसबारेमा खुलस्त बताउन र यसको सत्यता खुलासा गर्न तँलाई अझै गाह्रो हुनेथियो। यदि कसैले यसबारेमा खोजीनिधो गर्ने वा यसको दोष लगाउने प्रयास गर्थ्यो भने, यसलाई लुकाउन तँ आफ्‍नो हातमा भएका सबै माध्यमहरू प्रयोग गर्नेथिइस्, र यो मामला खुलासा हुन्छ भनेर तँ अत्यन्तै भयभीत हुनेथिइस्। तँ सधैँ यसलाई ढाकछोप गर्ने र यसबाट पार पाउने प्रयास गरिरहेको हुनेथिइस्। के यो छली स्वभाव होइन र? तँलाई के विश्‍वास लाग्‍न सक्छ भने, यदि तैँले यो कुरा खुलस्त बताइनस् भने, कसैले पनि यो कुरा थाहा पाउनेछैन, र परमेश्‍वरसँग समेत त्यो कुरा थाहा पाउने कुनै उपाय हुनेछैन। तर त्यो गलतबुझाइ हो! परमेश्‍वरले मानिसहरूको हृदयको अन्तस्करणको छानबिन गर्नुहुन्छ। यदि तैँले यो कुरा बुझ्‍न सक्दैनस् भने, तैँले परमेश्‍वरलाई चिनेकै छैनस्। छली मानिसहरूले अरूलाई छल मात्रै गर्दैनन्—तिनीहरूले त परमेश्‍वरलाई छल्ने र उहाँको विरोध गर्न छली माध्यमहरू प्रयोग गर्ने दुस्साहससमेत गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति पाउन सक्छन्? परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, र छली मानिसहरूलाई नै उहाँ सबैभन्दा बढी घृणा गर्नुहुन्छ। त्यसकारण, छली मानिसहरूलाई नै मुक्ति प्राप्त गर्न सबैभन्दा गाह्रो हुन्छ। छली प्रकृति भएका मानिसहरू सबैभन्दा बढी ढाँट्ने मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरलाई समेत ढाँट्ने र छल्‍ने गर्छन्, र तिनीहरू हठी भई अपश्‍चातापी रहन्छन्। यसको अर्थ तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो)। परमेश्‍वरका वचनलाई गल्ती गरेपछिको मेरो विचार र कार्यसँग तुलना गर्दा, मैले छली स्वभाव प्रकट गरिरहेकी रहेछु। मैले आफ्नो कर्तव्य लापरबाहीपूर्वक निर्वाह गरेका कारणले काम दोहोराइरहनुपरेको साथै मानव र भौतिक संसाधनको बरबादी भएको सत्य हो। म इमानदार व्यक्ति हुनुपर्थ्यो, अगुवासामु साँचो रूपमा गल्ती स्विकारेर जिम्मेवारी लिनुपर्थ्यो। तर ब्रदर-सिस्टर र अगुवाले मलाई हेप्लान् भन्‍ने डर लाग्यो, त्यसैले मैले अघिल्लो निर्माण रेकर्ड डिलिट गरेर आफ्नो गल्ती लुकाउन खोजेँ, यसो गर्दा कसैले नि समस्या पत्ता लाउन सक्दैन भन्‍ने सोचेँ। मैले पछि रेकर्ड रिस्टोर गरे पनि आफ्नो गल्ती अझै स्विकार्न चाहेकी थिइनँ, यो कुरा कसैले थाहा नपाओस् भन्‍ने आशा गरेँ; पछि कसैले पत्ता नलाएसम्म यो मामिला त्यत्तिकै नसुल्झी रहन्थ्यो। यदि कसैले यसबारे पछि थाहा पाएमा, म त्यो बेला मैले यसलाई देखेकी तर उल्लेख गर्न बिर्सेकी, र जानाजानी लुकाउन खोजेकी होइन भनिदिन सक्थेँ। यसरी, मैले छली नदेखिईकन, आफ्नो गल्ती लुकाउन सक्थेँ। म निकै छली थिएँ! परमेश्‍वरको सार पवित्र छ, र उहाँले इमानदार मानिसलाई मन पराउनुहुन्छ र छलीलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने थाहा पाएर पनि म अझै छल र ठगीमा लागेकी थिएँ। मेरो कार्य देखेर परमेश्‍वरलाई घृणा लाग्यो। यदि मैले पश्चात्ताप गरिनँ र इमानदार व्यक्ति बनिनँ भने मैले बाहिरबाट जति नै त्याग गरे पनि अन्तमा मैले मुक्ति पाउने थिइनँ। तथापि अगुवासामु आफ्नो गल्ती स्वीकार गर्नु निकै लाजमर्दो हुनेथियो। अगुवा रिसाएर मेरो काँटछाँट गर्लिन् भन्‍ने डर थियो, र ममा बोल्ने साहस थिएन। मेरो हृदयमा द्वन्द्व र पीडा उत्पन्न भयो।

सन् २०२२ डिसेम्बर ५, सोमबार, बादल छाएको थियो।

दुई दिन बितिसकेका छन्, र पनि अगुवालाई बताउने साहस छैन। बितेका यी दुई दिनमा, मैले यस घटनालाई आफ्नो स्मृतिबाट ब्यग्रतापूर्वक मेटाउन चाहेकी छु; त्यसपछि मैले गल्तीलज्जित लाजमर्दो हुनुपर्ने छैन। मैले आफूलाई काममा पूरा व्यस्त राखेकी छु, जसले मलाई यो घटना केही क्षणलाई भुल्न मद्दत गर्दछ। तर, जब खाली समय हुन्छ, यसबारे नसोची रहनै सक्दिनँ। यो गल्ती दुःस्वप्नझैँ मसँग टाँसिएर रहेको छ। मैले खाँदा, सफा गर्दा वा हिँडिरहँदा होस्, यसबारे सोच्दा मुटु बटारिए झैँ गरी दुख्छ। टाउकोभित्र एउटा आवाजले मलाई बारम्बार दोष दिन्छ: “तँ इमानदार व्यक्ति होइनस्; तैँले मुक्ति पाउँदिनस्।” म राति राम्रोसँग निदाउन सक्दिनँ, र मेरो हृदय पीडामा हुन्छ। म परमेश्‍वरका वचन सम्झन्छु: “छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। पहिले परमेश्‍वरका यी वचन पढ्दा मैले बुझेकी थिइनँ। म सोच्थेँ, “इमानदार व्यक्ति बन्न त्यति गाह्रो छ र? परमेश्‍वरले स्पष्ट रूपमा भन्नुहुन्छ यदि हामी इमानदार भएनौँ भने मुक्ति पाउन सक्दैनौँ। मलाई परिणाम थाहा भएकाले मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्नका लागि मैले जस्तोसुकै कष्ट भोगे पनि परमेश्‍वरका वचनअनुसार इमानदार भएर बोल्नु अनि काम गर्नुपर्छ। यो कठिन नहुनुपर्ने हो! यसबाहेक, म स्वभावैले खुला खालकी छु; आफ्नो कुरा छिटो राख्न सक्छु, यसैले इमानदार रहनु र साँचो बोल्नु मेरा लागि गाह्रो नहुनुपर्ने हो।” तर, तथ्यको खुलासामा मैले, इमानदार व्यक्ति बन्नु आफूले सोचे जति सजिलो रहेनछ भन्‍ने बुझेँ। ममा आफ्नै गल्ती स्विकार्ने समेत हिम्मत छैन। मैले आफ्नो स्वाभिमान र हैसियत जोगाउन, साँचो कुरा लुकाउन छलको सहारा लिएँ। इमानदार नभईकन मुक्ति पाउन सक्दिनँ भन्‍ने स्पष्ट जानेर पनि म आफ्नो गल्ती स्वीकार्न चाहन्नँ। के म परमेश्‍वरले वर्णन गरेझैँ इमानदार भएर बोल्नुभन्दा बरू नरकको दण्ड स्वीकार्ने खालको व्यक्ति होइन र? म आफूले परमेश्‍वरमा विश्‍वास गरेको १० वर्षभन्दा बढी भएको छ, तर अझै पनि यति सानो मामिलामा इमानदार व्यक्ति बन्न सक्दिनँ, न त आफ्नो गल्ती साँचो रूपमा स्वीकार्न सक्छु भन्‍ने बारे सोच्छु। मसँग अलिकति पनि सत्यता वास्तविकता छैन! म आफैमा निकै निरुत्साहित र निराश भएकी छु। म सधैँ सत्यताको अभ्यास गर्न चाहन्छु भनी घोषणा गर्छु, तर आफ्नो स्वाभिमान र हैसियतसँग सम्बन्धित कुरा आउने बित्तिकै म जानिबुझी यसको अभ्यास गर्न असफल हुन्छु। मेरो मुड खराब छ, र मलाई ब्रदर-सिस्टरसँग कुरा गर्न मन लाग्दैन; मलाई सधैँ लाग्छ म सत्यता अभ्यास गर्दिनँ, म इमानदार व्यक्ति होइन, तिनीहरू सामु जाने आत्मसम्मान छैन। राति, सुत्नुअघि, म गहभरि आँसु पारेर, हृदयको दुखेसो पोख्दै परमेश्‍वरलाई प्रार्थना गर्छु: “हे परमेश्‍वर, म निकै दयनीय छु। यति सानो कुरामा पनि म सत्यता अभ्यास गर्न सक्दिनँ; म एउटा साँचो वाक्य पनि बोल्न सक्दिनँ, न त गल्ती नै स्विकार्न सक्छु। म शैतानद्वारा नराम्ररी भ्रष्ट भएकी छु! परमेश्‍वर, म धेरै निरुत्साहित छु। म यसरी जिउन चाहन्न; बिन्ती मलाई मुक्ति दिनुहोस्।”

सन् २०२२ डिसेम्बर १२, सोमबार, बादल हटेर सफा हुँदै थियो।

म सुरुमा आफ्नो गल्ती अगुवासामु स्विकार्न चाहन्थेँ, तर, बोल्ने बेलामा मलाई अझै पनि निकै डर लाग्यो। म अचम्मित नभइ रहन सकिनँ: मलाई गल्ती स्विकार्न र सत्यता बताउन किन यति गाह्रो हुन्छ? मलाई इमानदार हुन खासमा के कुराले रोकिरहेको हो? मैले सिस्टर ट्रेसीलाई आफ्नो स्थिति बताएँ, र उनले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाइन्, जसले अन्तत: मलाई यस मामिलाबारे केही समझ प्रदान गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “केही गर्दा यदि तँसँग इच्छा छ भने, तैँले यो एकै प्रयासमा राम्रोसँग गर्न सक्छस्; तर बिनाझूट एकपल्ट सत्य बोल्दैमा तँ सधैँका लागि इमानदार व्यक्ति बन्दैनस्। इमानदार व्यक्ति बन्‍न तेरो स्वभाव परिवर्तन हुनु आवश्यक छ, र यसका लागि दस वा बीस वर्षको अनुभव चाहिन्छ। तैँले इमानदार व्यक्ति बन्‍ने मानक पूरा गर्न सक्नुअघि झूट र छलकपटको आफ्नो छली स्वभाव त्याग्‍नैपर्छ। के यो सबैका निम्ति गाह्रो छैन त? यो ठूलो चुनौती हो। परमेश्‍वर अब मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र प्राप्‍त गर्न चाहनुहुन्छ, अनि सत्यता पछ्याउने सबैले न्याय र सजाय, परीक्षा र शोधन स्वीकार गर्नैपर्छ, जसको उद्देश्य तिनीहरूका छली स्वभावहरू हटाउनु र तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुने इमानदार मानिस बनाउनु हो। यो एकै प्रयासमा हासिल गर्न सकिने कुरा होइन; यसका लागि साँचो विश्‍वास चाहिन्छ र व्यक्तिले यो प्राप्‍त गर्नुअघि कैयौँ परीक्षा र धेरै शोधन भोग्‍नैपर्छ। यदि अहिले तँलाई परमेश्‍वरले इमानादार व्यक्ति बन्‍न, र साँचो बोल्न, तथ्य मुछिएको, तेरो भविष्य र तेरो नियति मुछिएको कुरा बताउन भन्‍नुभयो, जसका परिणामहरू तेरो हितमा नहोलान् अरूले तँलाई उप्रान्त सम्मान गर्दैनन्, अनि तँलाई तेरो प्रतिष्ठा गुमेको महसुस हुन्छ भने—यस्तो परिस्थितिमा, के तँ खुलस्त हुन र सत्य बोल्न सक्छस्? के तँ अझै पनि इमान्दार बन्‍न सक्छस्? यो गर्नका निम्ति सबैभन्दा कठिन कुरा हो, तेरो जीवन परित्याग गर्ने कुराभन्दा पनि ज्यादै गाह्रो कुरा। तँ भन्लास्, ‘मलाई सत्यता बताउन लगाइएमा, म त्यो गर्नेछैनँ। म सत्यता बताउनुभन्दा बरु मर्नेछु। म कदापि इमान्दार व्यक्ति हुन चाहन्‍न। सबैले मलाई तुच्छ नजरले हेर्नुभन्दा र म साधारण व्यक्ति हो भनी सोच्नुभन्दा बरु म मर्नेछु।’ यसले मानिसहरू केलाई सबैभन्दा प्रिय ठान्छन् भनेर देखाउँछ? मानिसहरूले सबैभन्दा प्रिय ठान्‍ने कुरा भनेको तिनीहरूको हैसियत र प्रतिष्ठा हो—ती कुराहरू तिनीहरूको शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्। जीवन गौण कुरा हो। परिस्थितिले बाध्य पारेमा तिनीहरूले आफ्नो जीवन बलिदान गर्न साहस बटुल्न सक्छन्, तर हैसियत र प्रतिष्ठा त्याग्‍नु सजिलो हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको हकमा चाहिँ जीवन दिनु नै सबैभन्दा महत्त्वको कुरा हुँदैन; परमेश्‍वर मानिसहरूले सत्यता स्विकारेको र उनीहरू आफ्ना हृदयमा जे छ त्यही कुरा भन्‍ने, खुलस्त भएर सबैलाई आफूलाई उदाङ्गो पार्ने साँच्चै इमानदार व्यक्ति बनेको माग गर्नुहुन्छ। के त्यो गर्न सजिलो छ र? (छैन।) परमेश्‍वरले वास्तवमा तँलाई तेरो जीवन बलिदान गर्न भन्‍नुहुन्‍न। के तेरो जीवन परमेश्‍वरले दिनुभएको होइन र? तेरो जीवन परमेश्‍वरका लागि के कामको हुनेछ? परमेश्‍वरले यो चाहनुहुन्‍न। उहाँले तैँले इमानदारीपूर्वक बोलेको, तँ को होस् अनि तैँले तेरा हृदयमा के सोच्छस् सो भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्‍न सक्छस्? यहाँ, यो काम अझै कठिन हुन्छ अनि तैँले यसो भन्छस् होला, ‘मलाई कडा परिश्रम गर्न लगाउनुहोस्, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई आफ्ना सबै सम्पत्ति बलिदान गर्न लगाउनुहोस्, म त्यो गर्न सक्छु। म आफ्ना आमाबुबा छोराछोरी, मेरो विवाह र करियर सबै सजिलै त्याग गर्न सक्छु। यी सबै कुराहरू परित्याग गर्न सजिलो छ। तर मेरो हृदयमा के छ त्यो कुरा भन्‍नु, इमानदारीपूर्वक बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।’ तैँले त्यो गर्न नसक्‍नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्‍ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्‍नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई मान गर्नेछैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस् र तँ पूरै अपमानित भएको हुनेछस्, अनि तेरो निष्ठा र मर्यादा अबउसो हुनेछैन। अरूको हृदयमा रहेको तेरो उच्च हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, त्यस्ता परिस्थितिहरूमा, जेसुकै भए पनि, तैँले सत्य बोल्नेछैनस्। जब मानिसहरूले यो कुराको सामना गर्छन्, तब तिनीहरूको हृदयमा लडाइ चल्छ, अनि जब त्यो लडाइ समाप्त हुन्छ, अन्ततः कतिपय आफ्ना कठिनाइहरूदेखि पार हुन्छन् जबकि अरू पार हुँदैनन्, अनि तिनीहरू अझै आफ्नो भ्रष्ट शैतानी स्वभाव र आफ्नो हैसियत, प्रतिष्ठा र कथित मर्यादाद्वारा नियन्त्रित नै हुन्छन्। यो कठिनाइ हो, होइन र? केवल इमानदारीपूर्वक बोल्नु र सत्य बोल्नु कुनै ठूलो कुरा होइन, तैपनि परमेश्‍वरका निम्ति आफूलाई समर्पित गर्ने, आफूलाई अर्पित गर्ने र आफ्नो जीवन व्यतित गर्ने कसम खाएका यति धेरै वीरहरू, यति धेरै मानिसहरू, अनि परमेश्‍वरलाई आडरम्बरी कुराहरू भन्‍ने यति धेरै मानिसहरूलाई यो गर्न असम्भव लाग्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचन पढेपछि, मैले बुझेँ अगुवाका सामु मैले गल्ती स्वीकार्न आँट नगर्नुको कारण त आफ्नो स्वाभिमान र हैसियतलाई मैले धेरै महत्त्व दिएकाले पो रहेछ, र म अरूको नजरमा आफ्नो छविलाई लिएर धेरै नै चिन्ता गर्दी रहेछु। विगतलाई सम्झँदा, म सानो छँदादेखि नै मैले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्‍नेजस्ता शैतानको विषलाई बौद्धिक भनाइका रूपमा लिएकी छु। मैले सधैँ आफ्नो स्वाभिमान र हैसियतलाई धेरै महत्त्व दिएकी छु। मैले गर्ने जुनसुकै काममा म अरूमा राम्रो प्रभाव छाड्न र तिनीहरूको प्रशंसा पाउन चाहन्छु। जब म खराब प्रदर्शन गर्छु र इज्जत गुमाउँछु, मलाई धेरै दुःख लाग्छ। मलाई याद छ, म स्कुलमा छँदा गल्ती गर्ने विद्यार्थीलाई शिक्षकले हात उठाउन भन्थे। जब म बारम्बार गल्ती गर्थेँ, तब मलाई लाग्थ्यो शिक्षक र सहपाठीले मलाई मूर्ख ठानेर मेरो खिसी गर्छन्, त्यसैले, मैले हात उठाउने हिम्मत गर्दिनथेँ। शिक्षक मेरो छेवैबाट हिँड्दा, शिक्षकले नदेखुन् भनेर म आफ्ना गल्तीहरू छोप्थेँ। आफ्नो स्वाभिमानलाई जोगाउन मैले सानैदेखि चालबाजीको सहारा लिन र छली हुन सिकेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले मण्डलीमा भिडियो निर्माणमा काम गरेँ। यो काममा ससाना कुरामा धेरै ध्यान दिनुपर्छ, किनकि सानो गल्तीले पनि ठुलो हानि गराउन सक्छ भन्‍ने मलाई थाहा थियो। त्यसैले, म सकेसम्म सावधान हुन खोज्थेँ, ब्रदर-सिस्टरले म लगनशील र जिम्मेवार छु भन्‍ने सोचुन् र मेरो राम्रो प्रभाव परोस् भन्‍ने चाहन्थेँ। म अगुवाले मलाई महत्त्व दिउन् भन्‍ने पनि आशा गर्थेँ। विशेष गरी, भर्खर भिडियोको कामको इन्चार्ज बनेपछि, मैले सोचेँ, यो पक्कै पनि मलाई सबैले स्वीकार गर्ने, मलाई गम्भीर, जिम्मेवार र विश्‍वासिलो व्यक्ति सम्झिने कारणले गर्दा होला। त्यसैले, मैले गल्ती गर्दा मेरो पहिलो चिन्ताको विषय आफ्नै स्वाभिमान र हैसियत हुन्थ्यो। मैले यति साधारण गल्ती गरेको अगुवाले थाहा पाइन् भने उनले मलाई अब विश्‍वास र कदर गर्दिनन्, अनि ब्रदर-सिस्टरले पनि मलाई हेपाहा दृष्टिले हेर्नेछन्, मलाई गैरजिम्मेवार र ठग सम्झनेछन्, यसले गर्दा मैले वर्षौँ लगाएर बनाएको असल छवि नष्ट गर्छ भन्‍ने चिन्ता लाग्थ्यो। आफ्नो स्वाभिमानको रक्षा गर्न र सबैको नजरमा आफ्नो असल छवि बनाइराख्न म छल र कपटमा लागेँ, र मेरा गल्तीलाई ढाकछोप गर्ने कोसिस गरेँ। मैले यो समस्यालाई पन्छाउने, कसैलाई नभन्‍ने सम्म पनि सोचेँ, यसो गर्दा यो कुरा हराउला र म यसबाट उम्कन सकूँला भन्‍ने आशा गरेँ। म यति छली रहेछु! परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने मलाई राम्रोसँग थाहा भएर पनि मैले आफ्नो गल्ती लुकाउन खोजेँ, यसले म छली मात्र नभएर हठी पनि रहेछु भन्‍ने देखाउँछ। मेरा स्वाभिमान र हैसियत नै मलाई इमानदार व्यक्ति बन्नबाट रोक्ने ठुला अवरोध रहेछन् भन्‍ने मैले बुझेँ। यदि मैले आफ्नो स्वाभिमान र हैसियतको बन्धन र नियन्त्रणबाट आफूलाई मुक्त पार्न सकिनँ भने मैले सत्यता अभ्यास गर्न सक्ने छैन, र अन्तमा म हटाइनेछु।

मैले परमेश्‍वरका यी वचन पनि पढेँ: “मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा धेरै व्यावहारिक समस्याहरू देखा पर्छन्। कहिलेकहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्, केही क्षण चिप्लन्छन् र गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशीभूत भएर तिनीहरूले झूट बोल्छन्, र त्यसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ। अनि अन्त्यमा, तिनीहरूलाई हृदयभित्र सहज महसुस हुँदैन तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूको अवस्था सधैँ नै हृदयलाई ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू सधैँ दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्दैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, ‘म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।’ तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्‍नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संलग्‍न हुनुका हानि र परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि कहिल्यै गर्दैनस् भने, तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छल्‍ने कार्य जारी राख्छस् भने, तैँले अत्यन्तै जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। … मानिसहरूलाई छल्नु भनेको भ्रष्ट स्वभाव प्रकट हुनु हो, यो परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्नु हो, र त्यसैले यसले तँलाई पीडा दिनेछ। जब तैँले झूट बोल्छस् र छल्छस्, तँलाई आफूले एकदमै बठ्याइँपूर्वक र चलाखीसाथ बोलेँ, र आफ्नो छलको एउटा सानो सुराक पनि छोडिनँ भन्‍ने लाग्‍न सक्छ—तर पछि गएर तँलाई धिक्‍कार लाग्नेछ र दोषी महसुस हुनेछ, र त्यसले तँलाई जिन्दगीभर पछ्याउनसमेत सक्‍नेछ। यदि तँ अभिप्राय राखेर र जानीबुझी नै झूट बोल्छस् र छल्छस्, अनि एउटा यस्तो दिन आउँछ, जुन दिन तँलाई यसको गम्भीरता महसुस हुन्छ भने, यसले तेरो हृदय छुरीले घोपेजस्तो गरी घोप्‍नेछ, र तँ सधैँ यसलाई सुधार्न पाए पनि हुन्थ्यो भनेर मौका खोजिरहेको हुनेछस्। अनि तैँले गर्नुपर्ने पनि त्यही हो, होइन भने तँसँग कुनै विवेक नै छैन, र तैँले कहिल्यै पनि आफ्नो विवेकअनुसार जिएको छैनस्, र तँमा कुनै मानवता छैन, र तँसित कुनै चरित्र वा मर्यादा पनि छैन। यदि तँसित अलिकति चरित्र वा मर्यादा, अनि विवेकको केही सचेतना छ भने, जब तँलाई आफू झूट बोलिरहेको र छली कार्यमा संलग्‍न भइरहेको छु भन्‍ने महसुस हुन्छ, तब तँलाई आफ्नो यो व्यवहार लाजमर्दो, अपमानजनक र तुच्छ लाग्‍नेछ; अनि तैँले आफूले आफैलाई घृणा र तिरस्‍कार गर्नेछस्, र झूट र छलको मार्ग छोड्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचन पढेपछि, म निकै प्रभावित भएँ। विगत केही दिनमा, मैले कर्तव्य निर्वाहमा गरेको गल्तीबारे कसैलाई भनेकी छैन। मेरो स्वाभिमानमा कुनै क्षति नभए पनि, म निष्क्रिय बस्दा हृदयमा काँडाले घोचिरहेजस्तो हुन्छ। यसले मलाई हरेक दिन छटपटी र बेचैन बनाउँछ; राति राम्रोसँग सुत्न सक्दिनँ, र मेरो हृदय अपराधबोधले भरिएको छ। म इमानदार व्यक्ति नभईकन कुनै शान्ति वा खुसी हुँदैन भन्‍ने कुरा गहन रूपले महसुस गर्छु। छल र बहानाका भरमा, मैले केही समयका लागि आफ्नो स्वाभिमान त बचाएँ, तर मैले आफ्नो गरिमा र निष्ठा गुमाएँ, र यो अपराधबोधले दिने पीडा त अत्यधिक छ। पछाडि फर्केर हेर्दा, मलाई थाहा भयो, मैले एउटै गल्ती बारम्बार गरेकी रहेछु किनभने भिडियो बनाउनुभन्दा पहिले मैले अघिल्लो रेकर्ड जाँच गरेकी थिइनँ। यदि मैले कार्यविधिको पालना गरी सबै कुरा ठिकसँग जाँच गरेकी भए यी गल्तीहरूबाट पूरै जोगिन सकिन्थ्यो। मेरा पहिला दुई गल्तीपछि अगुवाले फाराम भर्ने र रुजु गर्ने कुराको महत्वमा जोड दिए पनि, मलाई यो प्रक्रिया निकै झन्झटिलो लाग्यो, र मैले जोखिम मोल्ने निर्णय गरेँ, जाँच नगर्दा केही समस्या हुँदैन होला भन्‍ने ठानेँ। कहिलेकाहीँ म व्यस्त हुँदा, यो चरणलाई छाडिदिन्थेँ। म आफ्नो कर्तव्य निर्वाहको क्रममा लापरवाह मात्र नभएर आत्मधर्मी, अहङ्कारी र अत्यन्त नीच रहेछु भन्‍ने म देख्छु। गल्तीहरू हुँदा, मैले तिनलाई लुकाउन समेत खोजेँ; मैले भेष बदलेँ, आफूलाई आवरणले छोपेँ र झुटो छवि देखाएर अरूलाई छल गरेँ। यो निकै घृणित र निर्लज्ज कुरा हो! यो समस्याको गम्भीरता बुझेर मैले परमेश्‍वरलाई प्रार्थना गरी पश्चात्ताप गरेँ।

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पनि पढेँ र अभ्यासको मार्ग पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। तैँले जेसुकै गरे पनि वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँसित इमान्दार मनोवृत्ति हुनुपर्छ। इमान्दार मनोवृत्ति नहुँदा, तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न सक्‍दैनस्। यदि तैँले सधैँ झाराटारुवा शैलीमा कर्तव्य निर्वाह गर्छस्, र तँ कुनै काम पनि राम्रोसित गर्न असफल हुन्छस् भने, तैँले आत्मसमीक्षा गर्नुपर्छ, आफूलाई चिन्नुपर्छ र खुलेर आत्म-चिरफार गर्नुपर्छ। त्यसपछि, तैँले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ र झाराटारुवा हुनुको सट्टा अर्कोपल्ट अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचन पढेपछि मेरो हृदय अचानक सफा भयो। कर्तव्य निर्वाहको क्रममा गल्ती हुँदा मैले आत्मचिन्तन गर्नुपर्छ, विचलनलाई सारांश गर्नुपर्छ, र सबैसामु आफूलाई खुलाउने, नाङ्गो पार्ने र चिरफार गर्ने गर्नुपर्छ र तिनीहरूको सुपरिवेक्षण स्विकार गर्नुपर्छ। यसले भविष्यमा हुने गल्ती रोक्न मद्दत गर्छ र यो इमानदार व्यक्ति बन्ने अभ्यास पनि हो। सुपरभाइजरका रूपमा मेरो भूमिका मेरा लागि अभ्यास गर्न परमेश्‍वरले दिनुभएको एउटा अवसर हो। यसबाहेक, परमेश्‍वरका घरले मानिसलाई कर्तव्य निर्वाहमा पटक्कै गल्ती गर्नुहुँदैन भनेर कहिल्यै माग गरेको छैन, यसले गल्ती गरेकै आधारमा मानिसलाई वर्गीकरण गर्ने त झनै गर्दैन। मुख्य कुरा भनेको गल्ती गरेपछि सो व्यक्तिले तुरुन्त कारणहरूलाई सारांश गर्न सक्छ सक्दैन आत्मचिन्तन गर्ने, सत्यता सिद्धान्त खोज्ने र उही गल्ती दोहोराउनबाट बच्ने गर्छ कि गर्दैन भन्‍ने हो। जबसम्म कसैको कर्तव्य निर्वाह लगातार लापरबाहीपूर्ण र सुधार्न अयोग्य हुँदैन, तबसम्म परमेश्‍वरका घरले उसलाई सही रूपमा व्यवहार गर्नेछ र अवसर दिनेछ। भ्रष्ट स्वभावले प्रेरित भएर कर्तव्यमा मैले गरेको लापरबाहीले गल्ती हुन पुग्यो, त्यसले मण्डलीको हितमा हानि पुग्यो। यो एउटा तथ्य हो। म एउटा इमानदार व्यक्ति बन्नुपर्छ, आफूलाई खुला बनाएर विश्लेषण गर्नुपर्छ, आफ्ना भ्रष्ट स्वभाव हल गर्न सत्यता खोज्न केन्द्रित हुनुपर्छ र कर्तव्य लगनशील भएर गर्नुपर्छ। यो नै सत्यता स्विकार्ने मनोवृत्ति हो। यदि मैले गल्ती गरेपछि त्यसलाई लुकाएँ र छल गरेँ, झुटो छवि देखाएर आफ्नो त्रुटिलाई ढाकछोप गरेँ, साथै अरूलाई छल गर्न कर्तव्य निर्वाहमा लापरबाही अपनाएँ भने मैले अस्थायी रूपमा आफ्नो स्वाभिमान र हैसियत त जोगाउन सकुँला, तर मेरो लापरबाह बन्ने समस्या समाधान हुन्न र मैले मापदण्डअनुसार कर्तव्य निर्वाह गर्न सक्नेछैन। यसले वास्तवमा मलाई नै हानि गर्दैछ। अब मैले आफ्नाे स्वाभिमान जोगाउन आफूलाई आवरणले ढाक्नु हुँदैन; मैले सत्यता अभ्यास गरेर इमानदार व्यक्ति बन्नुपर्छ। मैले अरू ब्रदर-सिस्टरका बारेमा सोचेँ, तिनीहरूले पनि बारम्बार निर्माण गर्नुपर्ने समस्या झेलेका थिए। सुपरभाइजर भएको नाताले म उदाहरण बन्नुपर्छ, मेरा आफ्ना समस्यालाई बाहिर ल्याएर सबैसामु त्यसलाई सारांशमा बताएर, मार्गको खोजी गर्नुपर्छ, अनि कामलाई हानि गर्न सक्ने उही गल्ती गर्नबाट सबैलाई रोक्नुपर्छ। यो सोचले मलाई सत्यता अभ्यास गर्ने प्रेरणा र आफ्नो गल्ती स्वीकार गर्ने आँट दियो।

सन् २०२२ डिसेम्बर १४ घमाइलो दिन थियो।

भेलाको दौरान, मैले सबैलाई आफ्नो स्थितिका बारे खुलेर बताएँ, आफ्नो भ्रष्टता र गल्ती खुलासा गरेँ, र यी पाठबाट सिक्न सबैलाई सम्झाएँ। भेलापछि, मलाई बल्ल मेरो छातीबाट भारी बोझ हटेझैँ लाग्यो। मेरो हृदयलाई राहत महसुस भयो, र मैले खुल्दा र साँचो बोल्दा जुन मिठास र सहजता आउँछ, त्यसको अनुभव गरेँ। मेरो अपेक्षा विपरीत, अगुवाले मलाई हेयको दृष्टिले हेरिनन्, बरु मलाई मद्दत गर्न परमेश्‍वरका वचनमा सङ्गति गरिन्, जुन निकै ज्ञानवर्धक थियो। मैले कर्तव्यमा लापरबाह बन्ने आफ्नो समस्यामा केन्द्रित हुने मन बनाएँ, ताकि मेरो कर्तव्यमा राम्रो नतिजा प्राप्त हुन सकोस्।

यो अनुभवको माध्यमबाट, मैले इमानदार व्यक्ति हुनु कल्पना गरेजस्तो सजिलो रहेनछ भन्‍ने बुझेँ। यो खुला व्यक्तित्व राख्ने र स्पष्ट बोल्ने कुरा मात्र होइन। यो त मेरो विकृत बुझाइ थियो। म शैतानद्वारा नराम्ररी भ्रष्ट पारिएकी थिएँ, ममा छल, अहङ्कार र स्वार्थीपनजस्ता भ्रष्ट स्वभाव भरिएका थिए। आफ्नो स्वाभिमान र हैसियत बचाउन, म ढाँट्न र छल्न सक्छु। मैले परमेश्‍वरका वचनको न्याय, ताडना र काँटछाँट स्वीकार गर्नुपर्छ, रूपान्तरित हुनुपर्छ। मैले पहिले पढेको परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “परमेश्‍वरको नजरमा, इमानदार व्यक्ति हुन सक्नुमा आचरण र व्यवहारमा आउने परिवर्तनभन्दा बढी कुराहरू पर्छन्; त्यसमा मामलाहरूमाथिको व्यक्तिको मानसिकता र दृष्टिकोणमा आउने महत्त्वपूर्ण परिवर्तनहरू पनि पर्छन्। उसमा अबउप्रान्त ढाँट्ने वा धोका दिने अभिप्राय हुँदैन, र उसले भन्‍ने र गर्ने कुरामा झूट वा छल बिलकुलै हुँदैन। उसका वचन र कार्यहरू झन्झन् सत्य बन्छन्, र उसले झन्झन् बढी इमानदार शब्दहरू बोल्छ। उदाहरणको लागि, कुनै कुरा तैँले गरेको होस् कि भनी सोध्दा, र त्यो स्विकार्दा तैँले चड्कन खानुपर्ने वा दण्डित हुनुपर्ने भए पनि, अझै तँ सत्य बताउन सक्षम हुन्छस्। त्यो स्विकार्दा ठूलो जिम्मेवारी बोक्नुपर्ने, मृत्यु वा विनाश सामना गर्नुपर्ने भए पनि, तँ सत्यता बताउन सक्छस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सत्यता अभ्यास गर्न इच्छुक हुन्छस्। यसले परमेश्‍वरका वचनहरूप्रति तेरो मनोवृत्ति निकै दह्रिलो बनेको छ भन्‍ने जनाउँछ। चाहे जहिलेसुकै होस्, परमेश्‍वरले आवश्यक गराउनुभएको अभ्यासको हरकुनै मापदण्ड रोज्नु तेरो लागि विरलै मात्र समस्या बन्‍ने गरेको छ; तँ त्यसलाई बाहिरी परिस्थितिको अङ्कुश, अगुवा र सेवकहरूको मार्गदर्शन, वा परमेश्‍वरको सूक्ष्म जाँच छेवैमा रहेको चेतनाबिनै, स्वाभाविक रूपमा प्राप्त गर्न र अभ्यास गर्न सक्छस्। तँ निकै सहज रूपमा आफैले यी कामहरू गर्न सक्छस्। बाहिरी परिस्थितिहरूको अङ्कुशबिनै, र परमेंश्‍वरको अनुशासनको डर वा तेरो विवेकले धिक्‍कार्ने डरबिनै, र निश्‍चय नै अरूको खिसी र सुपरिवेक्षणको डरबिनै—यी कुनै कारणहरूबिनै—तैँले सक्रिय रूपमा तेरो आफ्नो व्यवहार जाँच्न, त्यसको शुद्धता मापन गर्न, त्यो सत्यतासँग मिल्दो छ छैन र त्यसले परमेश्‍वरलाई सन्तुष्ट पार्छ पार्दैन भनी मूल्याङ्कन गर्न सक्छस्। त्यो अवस्थामा, तैँले परमेश्‍वरको नजरमा मूलतः एक इमानदार व्यक्ति हुने मापदण्ड पुरा गरेको हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३))। परमेश्‍वरबाट अपेक्षित इमानदार व्यक्ति बन्ने मापदण्डसँग आफूलाई दाँजेर हेर्दा आफू अझै पनि धेरै पछि रहेको मलाई थाहा छ। तर, म परमेश्‍वरका अपेक्षा पूरा गर्न, उत्पन्न हुने हरेक परिस्थितिमा परमेश्‍वरका वचनको अभ्यास गर्न, सत्यतापूर्वक बोल्नमा केन्द्रित हुन र सत्यताको अभ्यास गरेर इमानदार व्यक्ति बन्न तयार छु।

अघिल्लो: १. मैले आफ्नो नकारात्मक भावनालाई कसरी पछाडि छाडिदिएँ

अर्को: ३. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति निष्ठावान रहनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्