९६. झूटो अगुवालाई समयममै बर्खास्त नगरेकोप्रति चिन्तनमनन

२०२१ को अगष्टमा, मलाई मलजल डिकनको रूपमा छनौट गरियो। त्यो बेला, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने र सुसमाचार प्रचार गर्ने दुवै काम गर्थेँ। सुसमाचारसम्बन्धी अनुभव नभएर, मैले सुसमाचारको काममा राम्रो परिणाम हासिल गरिरहेकी थिइनँ। एक दिन, अगुवाले सिस्टर जेनिनलाई सुसमाचारको काम फलोअप गर्न मेरो सहकर्मी बनाए। सुसमाचारको काममा सबैले सामना गरिरहेका समस्याहरू सिस्टर जेनिनले तुरुन्तै बुझिन्, ब्रदर-सिस्टरहरूलाई सङ्गति र पुनरावलोकनको लागि भेला गरिन्, त्यसपछि केही सफल अनुभव र शैलीहरू सुनाइन्। क्रमिक रूपमा, तिनीहरू सुसमाचारको काममा अझै उत्साहित भए र कामका केही सिद्धान्तहरूमा पोख्त बने। केहीपछि नै, हाम्रो गाउँका २० जना मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारे, र अरू ठाउँमा पनि धेरैभन्दा धेरै मानिसहरूले स्विकारिरहेका थिए। चाँडै नै, हामीले नयाँ मण्डली स्थापना गर्‍यौँ। मैले सोचेँ, जेनिनले विश्‍वास गरेको धेरै भयो, उनको क्षमता राम्रो छ, र उनी काम गर्न सिपालु छिन्। उनी आएपछि, सुसमाचारको काममा निकै प्रगति भएको छ। म उनलाई निकै आदर गर्थेँ। मलाई उनी काम गर्न सक्‍ने र सत्यता खोजी गर्ने व्यक्ति हुन् जस्तो लाग्थ्यो। ममा उनको राम्रो छाप परेको थियो। उनले अरूसामु मलाई जिम्‍मेवार र बोझ लिने व्यक्ति भन्थिन्, र मेरो क्षमता कति राम्रो छ र म कति सक्षम छु भनेर कुरा गर्थिन्। उनले त्यसो भनेको सुन्दा म छक्‍कै पर्थेँ। उनले मलाई निकै आदर गर्ने गरेकी रहेछिन्, र मैले उनको हृदयमा ठाउँ लिएकी रहेछु। मलाई साह्रै खुशी लाग्यो। पछि, म अगुवाको रूपमा छनौट भएँ, र अझै पनि जेनिनसँग आफ्‍नो कर्तव्यको साझेदारी गर्थेँ।

२०२२ को जुनमा, म प्रचारक भएँ, जेनिन अगुवाको रूपमा छनौट भइन्, र मैले उनको कामको जिम्‍मा लिएँ। तर जेनिनको सुसमाचारको काममा त्यति सुधार आएको थिएन र किन हो मलाई थाहा थिएन। उनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न ध्यान दिइरहेकी थिइनन्, सुसमाचार प्रचारकहरूसँग भेला हुँदिनथिन्, र अरूको स्थिति वा कठिनाइहरूबारे सङ्गति गर्ने वा हल निकाल्‍ने गर्दिनथिन्। यी समस्याहरू देख्दा मलाई साह्रै चिन्ता लाग्यो र उनको कामको जानकारी लिन उनलाई एउटा मेसेज पठाएँ, तर उनले पढे पनि, जबाफ दिइनन्, मैले सोचेँ: “तिमी अगुवा हौ, तब कसरी मण्डलीको काममा यति गैरजिम्‍मेवार भइरहेकी छ्यौ?” मलाई रिस उठ्यो। उनका समस्या साँच्चै खुलाउन, अनि गैरजिम्मेवार भएको र आफ्नो कर्तव्यमा बोझ नलिएको कारण उनलाई निराकरण गर्न चाहन्थेँ, तर मलाई हामीले विगतमा कति मिलेर काम गरेका थियौँ भन्‍ने याद आयो। उनमा मेरो राम्रो छाप थियो, र उनले मलाई असल अगुवा भन्थिन्, अब त्यो के होला? मैले उनलाई निराकरण गरेँ भने, उनमा परेको मेरो राम्रो छाप हराउने त होइन? हाम्रो सम्‍बन्ध रक्षा गर्नको लागि चुप लाग्‍नु नै बेसजस्तो लाग्यो। यो सोचेपछि, मैले केही नबोल्‍ने निर्णय गरेँ। मैले पढ्नको लागि उनलाई अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू मात्रै पठाएँ र उनलाई बोझको अनुभूति गराउन उनका जिम्‍मेवारी र उनले गर्नुपर्ने कामको क्षेत्रबारे जानकारी दिएँ। मैले उनको लागि कुरा स्पष्ट पारिदिएकी छु, यसपछि के गर्ने हो उनलाई थाहा हुनुपर्छ, र उनको सुसमाचारको काम बिस्तारै लयमा आउनेछ भन्‍ने सोचेँ। तैपनि केही समय पछि, उनी अझै पनि बोझ रहित थिइन् र उनको कामले परिणाम दिएन। यो सुन्दा साँच्‍चै रिस उठ्यो। पहिले उनी यस्तो थिइनन्, तर किन अहिले यस्तो भइन्? म साँच्‍चै उनलाई काटछाँट र निराकरण गर्न, तर त्यसपछि सोचेँ: “उनले प्राय म मण्डलीको कामको लागि कति बोझ लिन्छु र म कति धैर्य र दयालु छु भन्‍नेबारेमा कुरा गरेकी छिन्। यदि मैले उनको समस्या खुलासा गरेँ भने, उनमा परेको मेरो राम्रो छाप मेटिनेछ।” यो सोचेपछि, मैले उनलाई सान्त्वनाका शब्‍दहरू मात्र भनेँ र उनलाई भेलाको लागि थप समय निकाल्‍न र मण्डलीको काम फलोअप गर्न प्रोत्साहन दिएँ। यो सुनेपछि, जेनिनले कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति सुधार्न जरुरी रहेको स्विकार्दै, भविष्यमा यसबारे राम्रो गर्न चाहेको कुरा गरिन्। मलाई साह्रै खुशी लाग्यो, र सोचेँ: “यसपटक जेनिनले अवश्य नै राम्ररी कर्तव्य निभाउनेछिन्। उनले सुसमाचार प्रचारकहरूलाई अगुवाइ गरेपछि, तिनीहरूको नतिजा पक्‍कै राम्रो हुनेछ।” केही समयपछि नै, मेरी साझेदार सिस्टरले मलाई भनिन्: “अगुवाको रूपमा, जेनिनले कामको फलोअप वा मानिसहरूको वृद्धिविकास गर्दिनन्। उनी नाममात्रको अगुवा हुन् र कहिल्यै वास्तविक काम गर्दिनन्। उनी झूटो अगुवा हुन्। म उनलाई बर्खास्त गरेर अर्को अगुवा छनौट गर्ने सुझाव दिन्छु। यसरी, मण्डलीको कामले गति लिन सक्छ।” अर्की सिस्टरले यो कुरा औल्याउँदै भनिन्, जेनिनले वास्तविक काम नगरेकीले मण्डलीको काममा ढिलाइ भइसकेको छ, र उनलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। तर मलाई अझै पनि जेनिन सक्षम छिन् र उनको क्षमता राम्रो छ, उनले आफ्‍नो स्थिति सुधारिन् भने, सुसमाचारको काम राम्रो हुनेछ भन्‍ने लाग्यो। त्यसैले मैले उनको बर्खास्तीलाई थाती राखेँ। पछि, जेनिनको कार्यप्रदर्शन निरन्तर घटिरह्‍यो र उनी पहिलेजस्तै मीठो कुरा गर्छिन्, तर काम गर्दिनन् भनेर अरूले रिपोर्ट गरिरहे। ब्रदर-सिस्टरहरूको प्रतिक्रियाले मलाई साह्रै दुःखित तुल्यायो र मैले उनको वास्तविकता स्पष्ट देख्‍न सकिनछु भन्‍ने लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई असल-खराब छुट्याउन सिक्‍न डोर्‍याइ मागेँ।

पछि, मैले परमेश्‍वरको यो वचन पढेँ: “कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि ऊ झूटो अगुवा हो भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत तहमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन भनी हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन भनी हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्‍ने कुराको वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्‍ने कुराको पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीका सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा सारभूत र अत्यावश्यक काम यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न अक्षम छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवा नै हुन्। कतिपय मानिसहरू भन्छन्, ‘तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूले केही समय तालिम लिए भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुर्‍याएका छैनन्—तपाईँ कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?’ यसलाई हामी कसरी व्याख्या गर्न सक्छौँ? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती प्रबन्धहरूलाई सही तरिकाले कार्यान्वयन गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा वास्तविक समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छन्। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९))। कुनै अगुवा सक्षम हो कि झूटो अगुवा हो भनेर निर्धारित गर्नको लागि, उसले राम्रो बोल्छ कि बोल्दैन त्यो सुनेर, वा उसको क्षमता, सीपहरू, वा उसले गरेका असल कार्यहरूलाई हेरेर हुँदैन। जाँच्‍नुपर्ने मुख्य कुरा तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन्, तिनीहरू जिम्‍मेवार छन् कि छैनन्, र अगुवाको कर्तव्य निभाउन सक्छन् कि सक्दैनन् भन्‍ने हो। जेनिनमा केही क्षमता थियो र उनी काम गर्न सक्‍ने व्यक्ति थिइन्, तर उनले मिठो कुरा मात्र बोल्थिन्, व्यवहारमा उतार्ने वा उचित काम गर्ने गर्दिनथिन्। उनले अगुवाले गर्नुपर्ने काम गरिरहेकी थिइनन्। उनले कुनै खराब वा दुष्कर्म गरिरहेकी छिन् जस्तो देखिँदैनथ्यो, तर अगुवाको रूपमा, उनले मेसेजहरू पठाउने र नारा फलाक्‍ने मात्रै गर्थिन्। उनले कहिल्यै पनि मण्डलीको काम जाँच्‍ने वा फलोअप गर्ने गर्दिनथिन्। उनले भर्खरै कर्तव्य थालेका नयाँ विश्‍वासीहरूलाई मलजल गर्दिनथिन्। सुसमाचारको काममा अरूलाई समस्या हुँदा, उनले सङ्गति गर्ने वा समस्या सुल्झाउने गर्दिनथिन्, र कर्तव्यलाई प्रायजसो बेवास्ता गर्थिन्। मैले उनलाई कर्तव्यप्रतिको आफ्‍नो मनोवृत्ति सुधार्न यस अवधिमा धेरैपटक सम्झाएँ, तर उनले बदलिन सहमति जनाए पनि, पहिले जस्तै व्यवहार गर्थिन् र हराउँथिन्। सुसमाचारको काम ठप्‍प भएको थियो र विभिन्‍न प्रोजेक्टहरूमा कुनै परिणाम आएको थिएन। उनले आत्मचिन्तन गरिरहेकी थिइनन्, र ब्रदर-सिस्टरहरूलाई विभिन्‍न बहानाहरू बनाएर टार्थिन्। कर्तव्यप्रति उनको मनोवृत्ति र उनको विभिन्‍न व्यवहारको आधारमा हेर्दा उनी परमेश्‍वरले खुलासा गर्नुभएझैँ व्यावहारिक काम नगर्ने झूटो अगुवा थिइन्, र उनलाई चाँडै बर्खास्त गरिनुपर्थ्यो। तर मैले परमेश्‍वरको वचनअनुसार हेर्ने वा मानिसहरूलाई चिन्‍ने गरिनँ। मैले जेनिनको मष्तिष्क, क्षमता, र सक्षमता मात्रै देखेँ। उनले काम गर्न सक्छिन् भन्‍ने लाग्थ्यो, तर म उनले वास्तवमै के काम गरिरहेकी छिन् वा उनले कस्तो परिणाम पाइरहेकी छिन् भनेर हेर्दिनथेँ। मैले अझै उनीमाथि आशा गरिरहेकी थिएँ। उनले पहिलेजस्तै मण्डलीको कामलाई अघि बढाउनेछिन् भन्‍ने भरोसा गरेकी थिएँ, त्यसकारण मैले उनलाई थप मौका दिइरहेँ। म कति अज्ञानी मूर्ख रहेछु! मेरी साझेदार सिस्टरले जेनिनको विषयमा प्रतिक्रिया दिएकी थिइन् र उनलाई बर्खास्त गर्ने सुझाव दिएकी थिइन्, तर म आफ्‍नो दृष्टिकोणमा अडिग रहँदै उनलाई मौका दिएर थप सहयोग गर्न चाहँदै थिएँ, त्यसैले मैले उनलाई समयमै बर्खास्त गरिनँ, जसले मण्डलीको काममा गम्‍भीर असर पर्‍यो। मैले कर्तव्यमा रेखदेखको जिम्मा राम्ररी निभाइरहेकी छैनँ र मण्डलीको काम प्रभावित हुन दिइरहेकी छु भन्‍ने थाहा भयो। के झूटो अगुवाले पनि यस्तै व्यवहार गर्दैन र? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई आफ्‍नो भ्रष्टता चिन्‍न अगुवाइ गर्न अनुरोध गरेँ।

एक दिन, मैले परमेश्‍वरको यो वचन पढेँ: “जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्‍वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्‍चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्‍नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्‍वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्‍ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्‍ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्‍दहरू बोल्छ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्‍वरले भन्दा बढी बुझेको छ। परमेश्‍वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्‍न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्‍दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्‍वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्‍न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्‍नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरको वचनले मेरो कर्तव्यमा रहेको मेरो घृणित मनसाय खुलासा गरिदियो। मैले जेनिनले वास्तविक काम गरिरहेकी छैनन् भन्‍ने देखेँ, तर उनको समस्या खुलासा वा विश्‍लेषण गर्ने, वा उनलाई तुरुन्तै बर्खास्त गर्ने गरिनँ। उनलाई पुलपुलाइरहेँ र पश्‍चात्ताप गर्ने मौका दिइरहेँ। तर मलाई उनको कमजोरीको चिन्ता लागेर वा उनलाई सहयोग गर्न चाहेर यसो गरेकी थिइनँ, बरु मेरो वास्तविक अभिप्राय त जेनिनको मनमा असल अगुवाको रूपमा रहेको मेरो छवि जोगाउनु र अरूको आदर पाउनु थियो। पहिले पनि हाम्रो कर्तव्यमा सँगै काम गरेका थियौँ र उनले सधैँ मलाई राम्रो सोच्थिन्। उनले प्राय म मण्डलीको कामप्रति कति जिम्‍मेवार छु, र म कति असल अगुवा हुँ भनेर अरूको अघि कुरा गर्ने गर्थिन्। यदि मैले उनका समस्याहरू खुलासा गर्थेँ, औँल्याउँथेँ र उनलाई निराकरण गर्थेँ भने, हाम्रो सम्‍बन्ध बरबाद हुने थियो र उनमा भएको मेरो राम्रो छवि हराउने थियो। जेनिनमा असल अगुवाको रूपमा रहेको यो छवि रक्षा गर्न, मैले उनको समस्या खुलासा गरिनँ, उनलाई निराकरण गरिनँ, उनको कार्य र व्यवहार विश्‍लेषण गरिनँ, तर त्यसो गरेको भए, उनलाई आफ्‍नो समस्या थाहा हुन्थ्यो र तुरुन्तै बाटो सुधार्ने मौका पाउनेथिन्। मैले उनलाई सान्त्वना र सल्‍लाहका केही शब्‍दहरू मात्रै दिएँ, अनि थप भेलाहरूमा सहभागी हुन र कामको फलोअप गर्न प्रोत्साहन दिएँ, र कुराहरूलाई त्यतिकै छोडिदिएँ। मेरी साझेदार सिस्टरले मलाई सिद्धान्तअनुसार धेरैपटक जेनिनलाई बर्खास्त गर्न अनुरोध गरिन्, तर यसो गरेर मैले उनलाई चिढ्याउनेछु, र उनले मलाई राम्रो ठान्‍न छोड्नेछिन् भन्‍ने चिन्ताले, मैले उनलाई बर्खास्त गर्न ढिलाइ गरेँ। ख्रीष्टविरोधीहरूले आफ्‍नो नाम र हैसियतको खातिर काम गर्छन् र बोल्छन्, अरूले कर्तव्यमा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेका देख्दा, तिनीहरूको आलोचना वा निराकरण गर्दैनन् भनेर परमेश्‍वरले खुलासा गर्नुभएको छ। तिनीहरूको उद्देश्‍य मानिसहरूको हृदयमा स्थान लिनु, अरूको आदर कमाउनु, र मानिसहरूलाई आफ्‍नो अघि ल्याउनु हो। अरूमा रहेको मेरो राम्रो छवि रक्षा गर्न, मैले मण्डलीको काम बेवास्ता गरेँ, र झूटो अगुवाले वास्तविक काम नगरिरहेको देख्दा, उनलाई खुलासा, निराकरण, वा बर्खास्त गरिनँ। मैले मानिसहरूको हृदयमा स्थान लिन र सबैलाई म दयालु, धैर्य, र असल अगुवा हुँ भनेर देखाउन यसो गरेकी थिएँ। यसरी कर्तव्य निभाएर मैले मेरा ब्रदर-सिस्टरहरूलाई सहयोग वा सुधार गरिरहेकी थिइनँ, र यसले तिनीहरूलाई सत्यता बुझाउने वा परमेश्‍वरको अघि ल्याउने थिएन। बरु, तिनीहरूलाई मेरो अघि ल्याउने र मेरो आदर र भक्ति गर्न लगाउने थियो। यसरी मैले मानिसहरूलाई बहकाइरहेकी र आफ्नो पक्षमा ल्याइरहेकी थिएँ, म ख्रीष्टविरोधी मार्गमा हिँडिरहेकी थिएँ। मलाई मण्डलीबाट एकपछि अर्को गरी निष्कासन, खुलासा र निकाला गरिएका ख्रीष्टविरोधीहरूको याद आयो। यदि मैले पश्‍चात्ताप नगरी वा परिवर्तन नभई यसरी नै काम गरिरहेकी भए, म पनि तिनीहरूजस्तै निष्कासित हुने र हटाइनेथिएँ। यो सोचेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्‍नो असफलताको जडबारे मनन गर्न अगुवाइ गर्न अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “तँलाई केही हुँदा, तँ संसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउँछस्; तँ सत्यता अभ्यास गर्दैनस्, र सधैँ अरूलाई चिढ्याउँछु कि भनी डराउँछस्, तर परमेश्‍वरलाई चिढ्याउँछु कि भनी डराउँदैनस्, र तँ अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउन सक्छस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। कुन चाहिँ बढी गम्भीर हो? यदि तँ यो कुरा महसुस गर्न सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तँ अलिकति पनि सत्यता बुझ्दैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ। अन्त्यमा, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तैँले नै नोक्‍सानी बेहोर्नेछस्। यस विषयमा, यदि तैँले सत्यता खोजी गर्दैनस्, र तँ असफल हुन्छस् भने, के भविष्यमा तँ सत्यता खोजी गर्न सक्षम हुनेछस्? यदि तँ अझै त्यसो गर्न सक्दैनस् भने, त्यो अब घाटाको मात्रै कुरा हुनेछैन—अन्त्यमा तँलाई हटाइनेछ। यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्‍वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू बचाउँदै, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, र यदि तँ कहिल्यै सत्यता अभ्यास गर्न सक्दैनस् र सिद्धान्तहरू कायम राख्ने आँट गर्दैनस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्नेछस्? तँसँग अझै कुनै आस्था वा शक्ति हुनेछैन। यदि तँ कहिल्यै सत्यता खोज्दैनस् वा सत्यता स्विकार्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो आस्थाले तँलाई सत्यता हासिल गर्न दिनेछ? (दिनेछैन।) अनि यदि तँ सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, तँमा सत्यता वास्तविकता अलिकति पनि छैन, र अझै शैतानको शक्तिअन्तर्गत जिउँछस् भने, तैँले बिलकुलै कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्‍ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसोभए, तँ कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तँ सत्यता अभ्यास गर्न सक्छस्, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो अस्तित्वको जग बन्छ भने, तैँले सत्यता प्राप्त गरेको हुनेछस् र तँसँग जीवन हुनेछ, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मैले आफ्‍नो हैसियत, छवि, र सम्‍बन्ध रक्षा गर्नु र मण्डलीको काम बेवास्ता गर्नुको मुख्य कारण त म मान्छे खुसी पार्ने, सांसारिक दर्शनहरूद्वारा प्रभावित भएकीले पो रहेछ। म शैतानी। सांसारिक विचारहरूद्वारा प्रभावित थिएँ, जस्तै “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “आफू टाढा हुन नसकिने मानिसहरूसँग राम्रो सम्‍बन्ध कायम राख्‍नुपर्छ।” म सोच्थेँ, अरूलाई आफूलाई मन पराउने र आदर गर्ने बनाउन, नम्र र दयालु हुनुपर्छ, र मानिसहरूलाई कहिल्यै घोचेर बोल्नु हुँदैन, अरूको समस्या देख्दा, त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ, कहिल्यै धेरै कडा व्यवहार गर्नु हुँदैन वा कसैलाई चिढ्याउनु हुँदैन, र यसरी सबैले हामीलाई मन पराउँछन्। म मान्छे खुसी पार्ने यस्ता विचारअनुसार जिउँथेँ, र जेनिनले वास्तविक काम नगरेको देख्दा, मैले उनलाई खुलासा, निराकरण, वा बर्खास्त गरिनँ। मैले आफ्‍नो हैसियत र छवि रक्षा गरेँ तर मैले जेनिनका समस्याहरू खुलासा गर्ने वा उनलाई तुरुन्तै बर्खास्त गर्ने काम नगरेकीले, सुसमाचारको काममा ढिलाइ भयो। मैले आफ्‍नो प्रतिष्ठा, हैसियत, र सम्‍बन्धलाई कर्तव्यभन्दा माथि राखेँ, र आफ्‍नो छवि र प्रतिष्ठा रक्षा गर्न, मैले मण्डलीको कामको पटक्‍कै रक्षा गरिनँ। म साँच्‍चै स्वार्थी र धूर्त रहेछु। मान्छे खुसी पार्ने यस्ता विचारअनुसार जिएर म झन्झन् चिप्ले, कपटी, र मानवत्वरहित बन्दै गएकी थिएँ। परमेश्‍वरको वचनले भन्छ, “मध्यमार्गीहरू सबैभन्दा कपटी मानिसहरू हुन्। तिनीहरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू चिप्लो र चतुर हुन्छन्, तिनीहरू सबै परिस्थितिहरूमा मिल्न सिपालु हुन्छन्, र कसैले पनि तिनीहरूको गल्ती देख्न सक्दैन। तिनीहरू जीवित शैतानहरूजस्तै हुन्छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका जन्जिरहरूलाई फाल्न सकिन्छ)। मान्छे खुसी पार्नेहरूलाई परमेश्‍वर घृणा र तिरस्कार गर्नुहुन्छ। मान्छे खुसी पार्ने विचारहरूमा भर परेर कहिल्यै सत्यता वा मुक्ति प्राप्त गर्न सकिँदैन। यो महसुस गरेपछि मलाई निकै डर लाग्यो। मैले परमेश्‍वरको अघि अपराध गरेकी छु र यो स्थितिलाई सुधार गरेर साँचो पश्‍चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई त्याग्‍नु र हटाउनुहुनेछ भन्‍ने थाहा भयो। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग पनि देखायो, अर्थात् आफ्‍नो नाम र हैसियत रक्षा गर्न मन लाग्दा, मैले परमेश्‍वरलाई अझै बढी प्रार्थना गर्नुपर्छ, उहाँसित शक्ति माग्‍नुपर्छ, अनि सिद्धान्तअनुसार काम गर्दै इमानदार हृदयले कर्तव्य निभाउन सिक्‍नुपर्छ। यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा मात्रै होइन, मण्डलीको काममा पनि फाइदा गर्छ। मैले परमेश्‍वरलाई म सत्यताको अभ्यास गर्छु, सिद्धान्तअनुसार काम गर्छु, र मण्डलीका हितहरू रक्षा गर्छु भनेर प्रार्थना गरेँ।

त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ: “विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१))। “विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरू बुझ्नु अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, यी कर्मचारीहरू को हुन्? मूलतः तिनीहरू मण्डली अगुवाहरू हुन्, त्यसपछि टोली सुपरिवेक्षकहरू र विभिन्‍न समूहका अगुवाहरू हुन्। के विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूमा सत्यता वास्तविकता छ कि छैन, तिनीहरू आफ्ना क्रियाकलापहरूमा सिद्धान्तनिष्ठ छन् कि छैनन्, र तिनीहरूले मण्डलीको काम राम्रोसँग गर्न सक्छन् कि सक्दैनन् भन्‍नेजस्ता परिस्थितिहरू बुझ्नु र बोध गर्नु अत्यावश्यक र अत्यन्तै महत्त्वपूर्ण छैन र? यदि अगुवा र कामदारहरूले फरक कामका मुख्य सुपरिवेक्षकहरूका परिस्थितिहरू राम्ररी बुझ्छन्, कर्मचारीहरूको उचित समायोजन गर्छन् भने, त्यो तिनीहरूले प्रत्येक काम उचित जाँच गरे जस्तै हो, र यो तिनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुसरह हो। यदि यी कर्मचारीहरूको सही समायोजन गरिएन र समस्या आयो भने, मण्डलीको काममा ठूलो असर पर्नेछ। यदि यी कर्मचारीहरू राम्रो मानवता भएका, परमेश्‍वरमाथिको आफ्नो आस्थामा जग भएका, जिम्मेवार भएर मामलाहरू सम्हाल्ने स्वभावका, र समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छन् भने, तिनीहरूलाई कामको प्रभारी बनाउँदा धेरै समस्याबाट बचिनेछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा त, त्यसले कामलाई सहज रूपमा अघि बढ्न दिनेछ। तर यदि विभिन्‍न टोलीका सुपरिवेक्षकहरू भरपर्दा छैनन्, कमजोर मानवता भएका छन्, कपटी छन्, र सत्यता अभ्यास गर्दैनन्, र त्यसको साथै, तिनीहरूले केही अवरोध र बाधाहरू निम्त्याउने सम्भावना हुन्छ भने, यसले तिनीहरूले जिम्मेवारी लिएको काममा र तिनीहरूले अगुवाइ गर्ने दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा असर गर्नेछ। त्यो प्रभाव अवश्यै ठूलो वा सानो हुन सक्छ। यदि सुपरिवेक्षकहरू केवल आफ्ना कर्तव्यहरूलाई उपेक्षा गर्छन् र आफूले गर्नुपर्ने काममा ध्यान दिँदैनन् भने, यसले सम्भवतः काममा केही ढिलाइ मात्र निम्त्याउनेछ; कार्यप्रगति अलि सुस्त हुनेछ, र काम अलि कम कुशल हुनेछ। तर, यदि तिनीहरू ख्रीष्टविरोधीहरू हुन् भने, समस्या गम्भीर हुनेछ: यो काम अलि बढी अकुशल वा अप्रभावकारी हुने समस्याको कुरा मात्र हुनेछैन—तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीको काममा बाधा र क्षति पुर्‍याउनेछन्, जसले गम्भीर हानि गर्नेछ। त्यसकारण, विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूबारे सुसूचित रहनु, र कसैले वास्तविक काम नगरेको थाहा पाएपछि समयमै समायोजन वा बर्खास्त गर्नु अगुवा र कामदारहरूले टार्न मिल्ने दायित्व होइन—यो अत्यन्तै गम्भीर र महत्त्वपूर्ण काम हो। यदि अगुवा र कामदारहरूले तत्कालै विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको चरित्र, अनि सत्यता र आफ्ना कर्तव्यहरूप्रति तिनीहरूको मनोवृत्ति, साथै प्रत्येक अवधि र चरणमा तिनीहरूका स्थिति र कार्यप्रदर्शनबारे थाहा पाउन सक्छन्, र तत्कालै ती मानिसहरूलाई परिस्थितिअनुसार समायोजन गर्न र सम्हाल्न सक्छन् भने, काम सहज रूपमा अघि बढ्न सक्छ। त्यसविपरीत, यदि ती मानिसहरूले खराब कामकुरा गर्दै भाँडभैलो गर्छन् र मण्डलीमा वास्तविक काम गर्दैनन्, अनि अगुवा र कामदारहरूले तत्कालै यो कुरा पहिचान गर्न र समयमै समायोजन गर्न सक्दैनन्, बरु मण्डलीको काममा ठूलो नोक्सान पुर्‍याउनेगरी सबै प्रकारका समस्याहरू आइपरेपछि मात्र तिनलाई लापरबाहीपूर्वक सम्हाल्ने, काममा समायोजन गर्ने, र परिस्थितिलाई सच्याउने र जोगाउने प्रयास गर्छन् भने, ती अगुवा र कामदारहरू फोहोरको डङ्गुर हुन्। तिनीहरू बरखास्त गरिनैपर्ने र हटाइनैपर्ने असली झूटा अगुवाहरू हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मण्डलीका प्रोजेक्टहरू सफलतापूर्वक अघि बढाउनको लागि अगुवाले हरेक प्रोजेक्टको सुपरभाइजर र अरू महत्त्वपूर्ण व्यक्तिहरूको बारेमा समयमै सोधपुछ गर्नुपर्छ र आफूले पत्ता लगाएका कुनै पनि अनुपयुक्त व्यक्तिलाई तुरुन्तै बर्खास्त वा फेरबदल गर्नुपर्छ। कुनै सुपरभाइजर, अगुवा, वा सेवकले वास्तविक काम गरिरहेको छैन, र यसले मण्डलीको काममा असर र ढिलाइ हुँदै छ भन्‍ने थाहा पाउँदा, तिनीहरूले तुरुन्तै यिनीहरूसँग सङ्गति गर्नुपर्छ, र यी मानिसहरू परिवर्तन हुँदैनन् र सेवा गर्नसमेत लायक छैनन् भने, यिनीहरूलाई तुरुन्तै स्थानान्तर वा बर्खास्त गरिनुपर्छ। यसले मण्डलीको काममा फाइदा गर्छ। प्रयोगयोग्य मानिसहरूलाई राख्‍नुपर्छ र अयोग्यहरूलाई बर्खास्त गर्नुपर्छ, खाँचो पर्नेहरूलाई सङ्गति र सहयोग गर्नुपर्छ, र निराकरण गर्नुपर्नेहरूलाई निराकरण गर्नुपर्छ, र सत्यता खोजी गर्नेहरूलाई जगेर्ना गर्नुपर्छ। जेनिन आफ्‍नो कर्तव्यमा यतिञ्‍जेल झारातिरुवा, बोझ नलिने, र गैरजिम्‍मेवार भइरहेकी थिइन्। अगुवाहरूले उनलाई धेरैपटक सङ्गति दिएका थिए, तर उनी कहिल्यै परिवर्तन भइनन्। यसले मण्डलीको काममा गम्‍भीर असर गरिरहेको थियो। उनी साँच्‍चै नै व्यावहारिक काम नगर्ने झूटो अगुवा थिइन् र उनलाई तुरुन्तै बर्खास्त गरिनुपर्थ्यो, जबकि असल मानवता भएको जिम्‍मेवार व्यक्तिलाई जगेर्ना गरिनुपर्थ्यो। यसबाट मण्डलीको काममा फाइदा पुग्‍ने र सुसमाचारको काममा सहज वृद्धि हुने थियो। यो सोचेपछि, मेरो हृदय पूर्ण रूपमा स्पष्ट र उज्यालो भयो, र मैले परमेश्‍वरलाई एउटा वाचा गरेँ: “जब म फेरि यस्तो समस्या सामना गर्छु, म सिद्धान्तअनुसार अभ्यास गर्नेछु र आफ्‍नो जिम्‍मेवारी पूरा गर्नेछु।” मैले परमेश्‍वरलाई सत्यता अभ्यास गर्न पनि डोर्‍याइ मागेँ।

पछि मैले जेनिनसित उनका हरेक समस्याबारे कुरा उठाएँ, र उनी वास्तविक काम नगर्ने झूटो अगुवा हुन् भनी खुलासा गरेँ। मैले उनी रिसाएको देखेँ, तर उनले केही भन्‍ने आँट गरिनन्। मैले सोचेँ: “यदि मैले उनका थप समस्याहरू खुलासा गरेँ भने, हाम्रो सम्‍बन्ध पूर्ण रूपमा तोडिनेछ र उनमा भएको मेरो राम्रो छवि बरबाद हुनेछ।” अनि मलाई म फेरि पुरानै शैलीमा फर्कँदै गरेको महसुस भयो, त्यसैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “परमेश्‍वर, म सत्यता अभ्यास गर्न, र कर्तव्य निभाउन चाहन्छु, सङ्गति गर्नुपर्ने कुरा सङ्गति गर्न चाहन्छु, र अरूमा भएको मेरो छविबारे वास्ता गर्न छोड्न चाहन्छु। बिन्ती छ मलाई मेरो भ्रष्ट स्वभावको बाधाबाट पार पाउने शक्ति दिनुहोस्।” प्रार्थनापछि, मैले जेनिनसँग सङ्गति गर्न जारी राखेँ, एकपटकमा एउटा गर्दै उनका समस्याहरू उठाएँ र उनले व्यावहारिक काम नगरेको खुलासा गरेँ। त्यो बेला उनलाई नरमाइलो लागे पनि, मेरो खुलासा र आलोचनाविना, उनले आफ्‍ना समस्याहरू देख्‍नेथिनन् भनेर अन्तिममा मलाई भनिन्। उनले आफ्‍नो भ्रष्टताको गहिराइ स्वीकार गरिन् र परिवर्तन हुन अनि मण्डलीले जे गरे पनि त्यसलाई स्वीकार गर्न चाहन्छु भनेर भनिन्। उनले यसो भनेको सुनेपछि मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। परमेश्‍वरको वचनअनुसार अभ्यास गर्दा मैले अपेक्षा गरेजस्तो मेरो सम्‍बन्ध तोडिएन बरु शान्ति र ढुक्‍कपनको ठूलो अनुभूति भयो। जेनिनलाई बर्खास्त गरेपछि, हामीले सुसमाचारको काम रेखदेख गर्न अर्को ब्रदर छनौट गर्‍यौँ। तिनले आफ्‍नो कर्तव्यमा साँच्‍चै बोझ लिन्थे र सुसमाचार फैलाउने काममा अरूलाई डोर्‍याउँथे। केही समयपछि, सुसमाचारको कामले फेरि गति लिन थाल्यो।

यसले मलाई के महसुस गरायो भने कर्तव्य निभाउँदा शैतानी स्वभावमा भर पर्दा यसले आफैलाई हानि गर्ने मात्रै होइन, मण्डलीको काममा पनि असर पार्छ। परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तअनुसार आफ्‍नो कर्तव्य निभाउनु मात्रै परमेश्‍वरको इच्‍छाअनुसार हुन्छ।

अघिल्लो: ९५. सतावटमार्फत परमेश्वरका कार्यहरू देख्दा

अर्को: ९७. मैले कसरी मेरो घमण्डी शैलीहरूलाई परिवर्तन गरेँ

सम्बन्धित विषयवस्तु

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्