५५. मानिसहरूलाई खुसी पार्न खोज्नेहरूपछाडिको वास्तविकता

सु जी, चीन

अक्टोबर २०२० मा, मलाई वाङ लीसँगै भिडियो कामको सुपरिवेक्षण गर्न छानियो, वाङ लीसँग मैले पहिले काम गरेकी थिएँ। उनी आफ्नो प्रतिष्ठा र हैसियतमा अलि डुब्छिन्, र कसैले उनलाई चिढ्याएमा झगडा गर्छिन् भन्ने मलाई थाहा थियो। तर हाम्रो तालमेल राम्रो मिल्थ्यो, कुनै ठूलो विवाद थिएन। पछि, मैले उनले समूहकी एउटी सिस्टर, सिन चेङप्रति पूर्वाग्रह विकास गरेकी छिन् भन्ने थाहा पाएँ। वाङ लीले समूह सदस्यहरूका अवस्थाबारे बताउँदा, तिरस्कारपूर्ण लबजमा भनिन्: “सिन चेङको मानवता राम्रो छैन र उनी असाध्यै अहङ्कारी छिन्। मैले उनलाई सुझाव दिँदा, उनी त्यो स्विकार्न मान्दिनन्, बरु मेरै समस्याबारे कुरा गर्न थाल्छिन्। उनी टोलीमा सकारात्मक भूमिका खेल्दिनन्। मैले अगुवालाई उनको समस्या रिपोर्ट गर्दै पत्र लेखिसकेकी छु र अरूबाट मूल्याङ्कनहरू जम्मा गरेकी छु, हामी उनलाई बर्खास्त गर्ने तयारी गर्दै छौँ।” मैले मूल्याङ्कनहरू पढेँ, र धेरैजसो ब्रदर-सिस्टरले सिन चेङ आफ्नो कर्तव्यमा प्रतिभाशाली छिन् र उनमा राम्रो क्षमता छ, तर उनको स्वभाव अलि अहङ्कारी छ भनेका थिए। उनीहरूले कामबारे छलफल गर्दा उनी कहिलेकाहीँ आफ्नै रायमा अडिग रहन्छिन्, तर यदि तपाईँले उनीसँग स्पष्ट रूपमा सङ्गति गर्नुभयो भने, उनले त्यो स्विकार्न सक्छिन् भनेर भनेका थिए। समग्रमा, उनलाई अझै संवर्धन गर्न सकिन्थ्यो। म सोच्दै थिएँ: “उनीप्रतिको वाङ लीको मूल्याङ्कन वस्तुपरक वा निष्पक्ष थिएन, र यसले गर्दा सिन चेङलाई बर्खास्त गर्नु हुँदैन। के सिन चेङले वाङलाई लज्जित पार्ने तरिकामा उनका विचारको खण्डन गरेकी हुन्, त्यसैले वाङ ली उनीप्रति पूर्वाग्रही बनिन् र उनलाई बर्खास्त गर्न चाहिन्? यदि त्यसो हो भने, वाङ लीले आत्मचिन्तन गर्नुपर्छ।” यो सोचेर मैले उनको यो समस्या औँल्याइदिन चाहेँ, तर त्यसपछि सोचेँ, “उनी इज्जत बचाउनेबारे धेरै ख्याल गर्छिन्—मैले त्यसो गरेपछि के उनले मलाई मन पराउनेछैनन्? यदि हाम्रो सम्बन्ध बिग्रियो भने हामी कसरी मिल्ने होला?” त्यसैले मैले उनलाई कौशलतापूर्वक भनेँ: “सिन चेङ आस्थामा नयाँ हुन्, र उनी अलि जिद्दी छिन्, तर उनका समस्याहरू उनलाई बर्खास्त गर्नुपर्ने जत्तिको गम्भीर छैनन्। हामी उनलाई सङ्गतिद्वारा मदत गरौँ।” यो सुनेर वाङ लीको अनुहारको भाव पूरै बदलियो, र उनले झर्किंदै भनिन्: “सिन चेङको समस्या उनी जिद्दी छिन् भन्ने नभई उनको स्वभाव खराब छ भन्ने हो। पहिले म पनि तपाईँले जस्तै सोच्थेँ, तर अब म कामकुरा स्पष्टसित खुट्ट्याउन सक्छु। मद्दत गर्न मन छ भने गर्नुहोस् न त। अबदेखि उनको कामको जिम्मेवारी तपाईँ लिन सक्नुहुन्छ।” यो सुन्दा के गर्ने भनेर मलाई साँच्चै थाहा भएन। मैले सोचेँ, “म भर्खर टोलीमा आबद्ध भएकी छु र म अझै कामकुरासँग परिचित छैनँ। वाङ लीले आफ्नो जिम्मेवारी ममाथि थोपरिन्, र यसले हाम्रो काममा ढिलाइ हुन सक्छ। त्यो त निकै गैरजिम्मेवार काम थियो।” म उनीसँग मेरा थप सोचहरू बाँड्न चाहन्थेँ, तर उनी कति अमित्रैलो बन्दै छिन् भन्ने देखेर, मलाई थप विवादले हाम्रो सम्बन्ध बिग्रन्छ भन्ने डर भयो, त्यसैले म चुप लागेँ।

केही दिनपछि, हाम्रो कामका आवश्यकताले गर्दा, हामीले ठाउँ सर्ने तयारी गरिरहेका थियौँ। वाङ लीले अचानक मलाई भनिन्: “यसपाली सिन चेङलाई नलैजाऔँ। उनले यहीणँ बसेर चिन्तन गर्नुपर्छ।” म एकदमै छक्क परेँ। उनलाई यहाँ बस्न लगाउनु उनलाई बर्खास्त गर्नुभन्दा कसरी फरक थियो र? यसो गर्दा हाम्रो काममा ढिलाइ र उनीप्रति अन्याय हुन्थ्यो। वाङ लीले आफ्नो भ्रष्ट स्वभावअनुसार काम गरिरहेकी देख्दा म चिन्तित भएँ, र म उनले सिन चेङलाई बहिष्कार र दमन गर्न आफ्नो शक्ति दुरुपयोग गरेकामा उनको खुलासा गर्न चाहन्थेँ। तर केही दिनअघि हामीले सिन चेङबारे छलफल गर्दा, उनी कति धेरै प्रतिरोधी भएकी थिइन् र उनले मप्रति खराब मनोवृत्ति राखेकी थिइन् भनेर मैले सम्झेँ, त्यसैले यदि मैले चिरफार गरेर उनका कामहरूको सार सिधै उनलाई खुलासा गरेकी भए, उनले म सिन चेङको सुरक्षा गरिरहेकी छु र उनलाई गाह्रो बनाउँदै छु भन्न सक्थिन्। यदि यसले हाम्रो सम्बन्ध बिगाऱ्यो अनि उनले मसँग रिसाएर मलाई पाखा लगाइन् भने, हामी कसरी सँगै काम गर्न सक्थ्यौँ र? म हिचकिचाएँ, र भन्न लागेको कुरा भित्रै दबाएँ। मैले सोचेँ, “भैगो। मैले उनलाई सिधै खुलासा गर्नु हुँदैन। म यसलाई यत्तिकै छोडिदिन्छु।” त्यसैले मैले भकभकाउँदै भनेँ: “अगुवाले उनको कर्तव्यमा कुनै परिवर्तन भएको पुष्टि गरेका छैनन्। के हामीले उनलाई यहाँ छोड्नु उचित हो? के हामीले उनलाई बर्खास्त गर्नुअघि अगुवाको अनुमोदन पर्खनु पर्दैन र? उनलाई हामीसँग आउन दिऔँ। यसले कामको अनुगमन गर्न पनि सजिलो बनाउनेछ।” मैले त्यसो भनेपछि वाङ लीले थप जिद्दी गरिनन्। मैले उनको समस्या स्पष्ट रूपमा सम्बोधन गरेकी थिइनँ, र उनले सिन चेङलाई निशाना बनाइरहेकी छिन् भन्ने मलाई थाहा थियो। मलाई यसबारे दोषी महसुस भयो, तर त्यसपछि सोचेँ: “हामी सहकर्मी भएकाले, म उनीमाथि नजिकबाट नजर राख्नेछु र उनलाई कुनै ठूलो गल्ती गर्नबाट रोक्नेछु।” त्यसपछि, उनले जानाजानी सिन चङलाई पाखा लगाइरहिन्। एकपटक, एक व्यावसायिक तालिमको अवसर थियो, र सिन चेङ छिटो सिक्ने भएकीले, सबैभन्दा राम्रो विकल्प उनलाई तालिमका लागि पठाउनु र त्यसपछि फर्केर आएपछि उनलाई अरूलाई सिकाउन लगाउनु थियो। तर वाङ लीले कामको त्यो क्षेत्र राम्ररी थाहा नभएकी अर्की सिस्टरलाई पठाउन जिद्दी गरिन्। मैले अरूबाट के पनि थाहा पाएँ भने सिन चेङले धेरैपटक वाङ लीको विचारसित नमिल्ने विचार व्यक्त गरेकी थिइन्, र सबैलाई सिन चेङका विचारहरू राम्रो लागेको थियो, तर वाङ लीले ती स्वीकार गर्न मानिनन्, र सिन चङले उनको कुरा सुन्नुपर्छ भनी जिद्दी गरिन्। सिन चेङले भेलामा आफ्ना समस्याहरू उठाएपछि, वाङ ली रिसाइन् र उनलाई बेवास्ता गरिन्। वाङ लीले सिन चेङको कर्तव्यमा समस्याहरू छन् भन्ने देख्दा, ती समाधान गर्न तिनलाई मद्दत गर्दिनथिइन्, जसले गर्दा सिन चेङसित आफ्नो काममा पछ्याउने कुनै मार्ग भएन, र उनका लागि परिस्थिति गाह्रो भयो। यो सबै थाहा पाउँदा मलाई एकदमै असहज भयो। वाङ ली सधैँ सिन चेङप्रति पूर्वाग्रही, पाखा लगाउने र दमनकारी भएकी थिइन्। यो निकै गम्भीर समस्या थियो। यो पहिले नै काममा अवरोध र रोकावट बनिरहेको थियो। मलाई मैले वाङ लीसँग कुरा गर्नुपर्छ भन्ने थाहा थियो। त्यस दिन, मैले केही साहस बटुलेर भनेँ: “तपाईँले सिन चेङप्रतिको आफ्नो पूर्वाग्रह त्याग्नुभएको छैन, होइन त? सिन चेङ नयाँ प्रविधिहरू सिक्नमा सिपालु छिन्। उनलाई जान नदिएर, तपाईँ पूर्वाग्रही भइरहनुभएको छ।” मैले यसो भन्ने बित्तिकै उनको अनुहार अँध्यारो भयो र उनले रिसाउँदै भनिन्: “मैले उनीप्रतिको आफ्नो पूर्वाग्रह त्यागिसकेकी छु, तर अब ममा तपाईँप्रति पूर्वाग्रह छ। सिन चेङ जिम्मेवार भएको परियोजनाले कुनै कुरा हासिल गरिरहेको छैन, र यो उनको समस्या हो। मैले तपाईँलाई धेरैअघि नै उनलाई बर्खास्त गर्नुपर्छ भनेकी थिएँ, तर तपाईँ मान्नुभएन।” मैले वाङ लीमा आत्म-ज्ञान छैन भन्ने बुझेँ। सुपरिवेक्षकका रूपमा, काम राम्रोसँग नहुँदा उनले आत्मचिन्तन गरिनन्, र केवल जिम्मेवारीबाट पन्छिन्। मलाई निकै रिस उठ्यो, र म साँच्चै उनका कामहरूको सार सिधै खुलासा गर्न चाहन्थेँ। तर उनी कति प्रतिरोधी छिन् भन्ने देखेर, म पछि हटेँ। मलाई अलि बाँधिएको महसुस भयो, मैले सोचेँ: “मैले उनलाई सत्यताका केही शब्द मात्र भनेकी छु, तर उनले मप्रति यस्तो कठोर राय बनाइसकेकी छिन्। यदि मैले उनका सबै समस्या उदाङ्गो पारेकी भए, उनी क्रोधित हुनेथिइन्। त्यसले निश्चय नै हाम्रो सम्बन्ध बिगार्नेथ्यो। थप केही नभन्नु नै बेस होला, र त्यसबाहेक, मैले उनलाई अलि हप्की दिइसकेकी छु। उनले त्यो नस्विकार्ने भएकीले, म त्यो यत्तिकै छोडिदिन्छु।” त्यसपछि, काम केही हेरफेर भएकाले, म मुख्यतया अन्य कामको इन्चार्ज भएँ र वाङ लीसँग कमै भेट हुन्थ्यो।

अचम्मको कुरा, करिब तीन हप्तापछि, वाङ लीको कामले अझै परिणामहरू ल्याएको थिएन, र टोली सदस्यहरूले कमजोर र निराश महसुस गरिरहेका थिए। उनीहरूले के रिपोर्ट गरे भने वाङ लीले उनीहरूलाई आफ्नो कर्तव्यमा राम्रो नगरिरहेका देख्दा, हप्काउने मात्र गर्थिन्, तर उनीहरूलाई सङ्गति वा मार्गदर्शन गर्दिनथिइन्। उनीहरू सबै उनीबाट नियन्त्रित महसुस गर्थे, र यति नकारात्मक महसुस गर्थे कि उनीहरूलाई आफ्नो कर्तव्य कसरी गर्ने भन्ने नै थाहा थिएन। उनले सिन चेङको कामलाई महिनौँदेखि मार्गदर्शन गरेकी छैनन् भनेर पनि उनीहरूले बताए। उनीहरूले मलाई यो बताउँदा उनीहरू सबैका आँखामा आँसु थियो। म अब शान्त रहन सकिनँ। मैले वाङ लीका समस्याहरू धेरै पहिले देखेकी थिएँ, तर मैले उनलाई यी समस्याहरूको प्रकृति औँल्याएकी थिइनँ। उनले आफ्नै भ्रष्ट स्वभावहरूबारे बुझेकी थिइनन्, र उनले आफ्नो पूर्वाग्रहको कारण काम लगभग ठप्पै हुने हदमा मानिसहरूलाई बहिष्कार गरिरहिन् र अरूको सल्लाह सुन्न अस्वीकार गरिरहिन्। मलाई असाध्यै दोषी महसुस भयो। घर पुगेपछि, मैले ख्रीष्ट विरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सबैले देख्दा, ख्रीष्टविरोधीका वचनहरू अत्यन्तै दयालु, सभ्य र विशिष्ट देखिन्छन्। चाहे जसले सिद्धान्त उल्लङ्घन गर्ने वा मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने काम गरे ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैन; उसले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकाश गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। ऊ क्रोधित हुँदैन, वा झनक्‍कै रिसाउँदैन, उसले केही गलत काम गर्दा र परमेश्‍वरको घरका हितलाई हानि पुऱ्याउँदा, ऊ झर्कँदैन र मानिसहरूलाई दोष दिँदैन। जोसुकैले दुष्कर्म गरेको र मण्डलीको काममा बाधा दिएको भए पनि, उसले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैन, र यस विषयको खातिर उसले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैन। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूलाई उच्च मान्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसका लागि प्रशंसा गर्छन् भन्‍ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू कष्ट व्यर्थमा कहिल्यै भोग्नु हुँदैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले जुनसुकै कठिनाइ सहे पनि, तिनीहरूले जुनसुकै मूल्य चुकाए पनि, तिनीहरूले जुनसुकै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै हेरचाह गर्ने, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, अझ धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण, र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु। कतिपय ख्रीष्टविरोधीहरूले यो बाहिरी रूपमा असल देखिने व्यवहारद्वारा आफूलाई ‘एक असल व्यक्ति’ का रूपमा स्थापित गर्ने प्रयाससमेत गर्छन्, ताकि सहयोग माग्दै अझै बढी मानिसहरू तिनीहरूकहाँ आऊन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। ख्रीष्ट विरोधीहरूले अरूमाझ आफ्नो राम्रो छवि स्थापित गर्न सकून् भनेर, मण्डलीको काममा अवरोध पुऱ्याउने मानिसहरूलाई देख्दा हस्तक्षेप गर्नेछैनन्—उनीहरू साँच्चै स्वार्थी र घृणास्पद हुन्छन्। आफ्नै व्यवहारबारे फर्केर सोच्दा, मैले ठ्याक्कै ख्रीष्ट विरोधीले जस्तै व्यवहार गरिरहेकी रहेछु भन्ने बुझेँ। मण्डलीले मलाई वाङ लीसँग काम गर्न बन्दोबस्त मिलाएको थियो, ताकि हामीले एकअर्काका कमजोरीहरू पूर्ति गर्न सकौँ, एकअर्कामाथि नजर राख्न सकौँ, र सँगै मण्डलीको कामको सुरक्षा गर्न सकौँ। तर वाङ लीसँगको मेरो “सद्भावपूर्ण” सम्बन्धको सुरक्षा गर्न, र उनीसामु आफ्नो “असल व्यक्ति” को छवि कायम राख्न, मैले सिन चेङप्रति उनले गरेको पाखा लगाउने, दमनकारी व्यवहार खुलासा गर्ने आँट गरिनँ। मैले उनको अरूप्रतिको व्यवहार उनको भ्रष्ट स्वभावमा आधारित भएको र त्यसले कामलाई असर गरिरहेको देखेँ, तर मैले सत्यता सिद्धान्तहरूमा अडिग रहेर हस्तक्षेप गरिनँ वा अगुवालाई त्यो रिपोर्ट गरिनँ। उनले मलाई मन पराउने छैनन् र यसले हाम्रो बीचमा फाटो ल्याउनेछ भनेर म डराएँ। मैले उनीलाई सङ्गतिमा केही भन्ने साहस बटुल्दासमेत, म पछि हटेँ, उनका व्यवहारको सारलाई सिधै र स्पष्ट रूपमा औँल्याइनँ। मैले सधैँ उनलाई छूट दिएँ। उनले ब्रदर-सिस्टरहरूलाई पाखा लगाएकी र दमन गरेकी मैले टुलुटुलु हेरेँ, जसले उनीहरूको जीवन प्रवेशलाई हानि गऱ्यो र मण्डलीको काममा गम्भीर रूपमा रोकावट ल्यायो, तैपनि मैले मद्दत गर्न एउटा औँला उठाइनँ। अन्ततः मैले स्पष्ट रूपमा के देखेँ भने मानिसहरूलाई खुसी पार्न खोज्नेहरू बाहिरबाट हेर्दा असल मान्छे देखिएलान् र कसैलाई चिढ्याउँदैनन्, तर वास्तवमा तिनीहरू अझ धेरै धूर्त र छली हुन्छन्। उनीहरू सबै कुरा आफ्नो सुरक्षा गर्न, आफ्नो नाम र हैसियत कायम राख्न गर्छन्। उनीहरू मानिसहरूको मन जित्न र उनीहरूलाई आफ्नो पक्षमा तान्न सतही दयालुपन देखाउँछन्। उनीहरू ख्रीष्ट विरोधीको जस्तै दुष्ट स्वभाव प्रकट गर्छन्। आफ्ना कार्य र आचरणबारे चिन्तन गर्दा, मलाई साँच्चै दोषी महसुस भयो, र मैले आफूलाई घृणा गरेँ। म कसरी यत्तिको धूर्त, यत्तिको छली हुन सकेकी छु? मैले यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर म गैरजिम्मेवार थिएँ र समस्या देख्दा सिद्धान्तहरूमा अडिग रहिनँ, मैले मण्डलीको कामलाई हानि गरेँ र अरूको जीवनमा रोकावट ल्याएँ। यसो गरेर के मैले मण्डलीकाहितलाई हानि पुऱ्याइरहेकी थिइनँ र? ममा साँच्चै विवेक थिएन! मैले म विद्रोही हुन र परमेश्‍वरलाई चोट पुऱ्याउन छोड्न चाहन्छु, अनि सत्यता अभ्यास गर्न र मण्डलीको कामको सुरक्षा गर्न चाहन्छु भनेर उहाँलाई प्रार्थना र पछुतो गरेँ।

भोलिपल्ट, मैले सिन चेङ जिम्मेवार रहेको कामको कुरा उठाउनेबित्तिकै, वाङ लीको अनुहार तुरुन्तै अँध्यारो भयो र उनले सिन चेङले अरूलाई नकारात्मकतामा ल्याएकी छिन् भनेर गुनासो गर्न थालिन्। उनले पटक्कै आत्मचिन्तन गरिरहेकी छैनन्, र सबै दोष सिन चेङमाथि थुपारिरहेकी छिन् भन्ने मैले देखेँ। मैले सोचेँ: “मैले सुरु मात्र गरेकी छु र उनी रिसाइसकेकी छिन्। यदि मैले उनका सबै कामका समस्याहरू उठाएँ भने, उनी निश्चय मै मसँग रिसाउनेछिन्। के मैले कुरा गरिरहनुपर्छ?” म हिचकिचाएँ र मलाई अलि बाँधिएको महसुस भयो, त्यसैले मैले मनमनै प्रार्थना गरेँ र परमेश्‍वर हामी इमानदार हौँ र परमेश्‍वरको घरका हितको सुरक्षा गरौँ भन्ने कसरी माग गर्नुहुन्छ भन्नेबारे सोचेँ। यसले मलाई केही साहस दियो। उनले जे सोचे पनि, मैले आफ्नो इमानदार राय बाँड्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसैले, मैले कसरी उनले सिन चेङलाई दमन गरिरहेकी र सास्ती दिइरहेकी थिइन् भनेर सख्त र न्यायोचित ढङ्गमा खुलासा गरेँ। तर उनले त्यो कुनै पनि स्विकारिनन्। उनले को सही र को गलत भन्नेबारे बहस मात्र गरिरहिन्। उनले बिल्कुलै सत्यता स्विकार्न वा आफूलाई चिन्न मानिनन्। मैले उनको समस्या कति गम्भीर छ र उनी त्यस कर्तव्यमा रहन सक्दिनन् भन्ने देखेँ, त्यसैले मैले यो कुरा हाम्रो अगुवालाई रिपोर्ट गरेँ। अगुवाले बताइन्, उनले वाङ लीलाई यसबारे पहिले धेरैपटक सङ्गति गरेर मद्दत गर्ने प्रयास गरेकी थिइन्, तर उनी अझै परिवर्तन भएकी थिइनन्। उनको व्यवहारले उनको मानवता राम्रो छैन र उनले सत्यता स्विकार्दिनन्, र उनी कामका लागि अयोग्य छिन् भन्ने देखायो। त्यसकारण उनलाई सकेसम्म चाँडो बर्खास्त गर्नुपर्थ्यो। त्यसबाहेक, अगुवा मैले यो काम गरूँ भन्ने चाहिन्थिन्। मलाई हृदयमा घबराहट भयो, र सोचेँ, “मैले उनका समस्याहरू खुलासा गरेदेखि नै मप्रति उनको मनोवृत्ति फरक भएको छ। यदि मैले गएर व्यक्तिगत रूपमा उनलाई बर्खास्त गरेँ भने, त्यसले उनलाई गम्भीर रूपमा चिढ्याउनेछ। के त्यसपछि उनले मलाई घृणा गर्नेछिन्? के उनले मैले उनलाई निशाना बनाइरहेकी छु भनेर सोच्नेछिन्?” म अन्योलमा परेँ र उनलाई कसरी सामना गर्ने भन्ने मलाई थाहा भएन। म यसबारे चिन्ता भइरहेकी बेला, मैले परमेश्‍वरका वचनहरू पढेँ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र नीच स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। … तैँले भन्‍ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्‍न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्‍ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ बस झाराटारुवा मात्र हुन्छस्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्‍छस्। तैँले सत्यता स्विकार्नु र अभ्यास गर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन। तँलाई तेरो शैतानी स्वभावले नियन्त्रण गरेपछि, त्यो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्। पछि, तैँले फेरि भ्रष्ट देहलाई पछ्याएकोमा र तँ कसरी सत्यता अभ्यास गर्न असफल हुन सक्थिस् भनेर पछुतो महसुस गर्छस्। तँ मनमनै सोच्छस्, ‘म आफैँ यो देहलाई परास्त गर्न सक्दिनँ र मैले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ। म मण्डलीको काममा बाधा पुर्‍याउनेहरूलाई रोक्न खडा भइनँ, र म मेरो विवेकको भार महसुस गरिरहेको छु। मैले अब फेरि यस्तो भयो भने, म कर्तव्य निर्वाहमा कुकर्म गर्ने र मण्डलीको काममा बाधा पुर्‍याउनेहरूविरुद्ध खडा भएर तिनीहरूलाई काँटछाँट गर्नैपर्छ भन्‍ने निर्णय गरिसकेँ, ताकि तिनीहरूले आफूलाई सम्हालून् र बेपरवाह ढङ्गले काम गर्न छोडून्।’ तैँले अन्ततः जसोतसो बोल्ने साहस जुटाएपछि, अर्को कुनै व्यक्ति रिसाएर टेबल ठटाउनेबित्तिकै डराएर पछि हट्छस्। के तँ परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छस्? दृढ सङ्कल्प र इच्छाशक्तिको के काम? ती दुवै बेकार कुरा हुन्। तिमीहरूले यस्ता थुप्रै घटनाहरूको सामना गरेको हुनुपर्छ: जब तिमीहरू अप्ठ्यारोमा पर्छौ अनि हार मान्छौ, तिमीहरूलाई आफू केही गर्न सक्दिनँ जस्तो लाग्छ र हताश हुन्छौ, तिमीहरू निराशामा डुब्छौ र अब कुनै आस बाँकी नरहेको र यसपालि तिमीहरूलाई पूर्ण रूपमा हटाइएको निष्कर्षमा पुग्छौ। तँ सत्यता पछ्याउँदैनस् भनेर स्वीकार गर्छस्, त्यसोभए किन पछुतो गर्दैनस् त? के तैँले सत्यता अभ्यास गरेको छस्? तैँले पक्कै पनि वर्षौँसम्म प्रवचनमा सहभागी भएर पनि केही पनि नबुझेको त छैनस् होला। तँ किन फिटिक्कै सत्यता अभ्यास गर्दैनस्? तँ कहिल्यै सत्यताको खोजी गर्दैनस्, अभ्यास गर्नु त परको कुरा हो। तँ केवल निरन्तर प्रार्थना गर्छस्, सङ्कल्प गर्छस्, आकाङ्क्षा राख्छस् र आफ्नो मनमा प्रतिज्ञा गर्छस्। अनि यसको परिणाम के निस्कन्छ त? तँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति नै रहन्छस्, आफूले सामना गर्ने समस्याहरूबारे खुलस्त हुँदैनस्, दुष्ट मानिसहरूलाई देखेर पनि वास्ता गर्दैनस्, कसैले दुष्कर्म गर्दा वा बाधा पुर्‍याउँदा केही गर्दैनस्, र आफूलाई व्यक्तिगत रूपमा असर नपरेसम्म तर्केर परै बस्छस्। तँ सोच्छस्, ‘म आफूसँग सरोकार नभएका कुनै पनि कुराको बारेमा कुरा गर्दिनँ। मेरो रुचि, अभिमान र छविलाई असर नगरेसम्म म हरेक कुरालाई बिना अपवाद बेवास्ता गर्छु। म अत्यन्तै चनाखो हुनुपर्छ, थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ। म बेवकुफी गर्नेछैनँ!’ तँ तेरो दुष्ट, छली, कठोर, र सत्यताप्रति वितृष्णा रहने भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा र बलियोसँग नियन्त्रित छस्। तेरा लागि यो वानर राजाले लगाउने कसिलो सुनौलो फेटाभन्दा असहनीय भएको छ। भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छुराले जस्तै छेडे। मैले म कसरी सधैँ वाङ लीलाई चिढ्याउँछु कि भनी डराउँथेँ अनि सत्यता अभ्यास गर्ने र तथ्यहरू खुलासा गर्ने आँट गर्दिनथेँ भन्नेबारे चिन्तन गरेँ। म दुष्ट, छली, र सत्यताप्रति वितृष्णा राख्ने यी शैतानी स्वभावहरूद्वारा नियन्त्रित थिएँ। मैले “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” र “स्पष्ट बोल्दा अरूलाई रिस उठाउँछ” जस्ता सांसारिक व्यवहारका लागि शैतानी दर्शनहरूलाई जिउने नियमका रूपमा व्यवहार गरिरहेकी थिएँ। मैले आफूले देखेका समस्याहरूबारे बोल्ने, सिद्धान्तहरूमा अडिग रहने, वा मण्डलीको कामको सुरक्षा गर्ने आँट गरिनँ। म कायरतापूर्ण जीवन जिइरहेकी थिएँ। जब अगुवाले मैले वाङ लीलाई बर्खास्त गरूँ भन्ने चाहिन्, तब मलाई के कुरा एकदमै स्पष्ट भयो भने, त्यो तुरुन्तै गर्नुपर्छ, नत्र मण्डलीको काममा ढिलाइ हुनेछ। तर उनलाई चिढ्याउँछु कि भन्ने डरले मैले आफ्नो मुख खोल्न सकिनँ। बाहिरबाट हेर्दा, म असल र कसैलाई चोट पुऱ्याउन नचाहनेजस्तो देखिन्थेँ, तर वास्तवमा मैले अरूको हृदयमा सकारात्मक छवि कायम राख्नको बदलामा मण्डलीका हितहरूलाई धोका दिइरहेकी थिएँ मैले हरेक मोडमा वाङ लीलाई जोगाएँ, उनलाई मण्डलीको काममा अवरोध पुऱ्याउन दिएँ। म शैतानको लागि ढालजस्तै थिएँ, मैले त्यसलाई मण्डलीमा जथाभावी चल्न दिएँ। म एक पाखण्डी, छली व्यक्ति थिएँ! ती शैतानी दर्शनहरू मानिसहरूलाई भ्रमित पार्ने र चोट पुऱ्याउने भ्रम मात्र हुन्! वर्तमान समाज एकदमै अन्धकार र दुष्ट छ, किनकि मानिसहरू तिनैअनुसार जिउँछन्। तिनीहरू कायर र घृणित बन्छन्, र ज्योतिलाई घृणा गर्छन्। कसैले पनि खडा हुने, न्याय कायम राख्ने र सत्यता खुलासा गर्ने आँट गर्दैन। तर खुसामद गर्नेहरू समृद्ध हुन्छन् र शक्ति प्राप्त गर्छन्। यसमा न्याय वा धार्मिकता छैन। सबैले कुनै इमानदारीविना एकअर्कालाई धोका दिइरहेका छन्। शैतानद्वारा भ्रष्ट पारिएका मानिसहरू त्यस्तै बन्छन्। अन्ततः मैले स्पष्ट रूपमा के देखेँ भने यी शैतानी दर्शनहरू मानव धारणाअनुरूप देखिन्छन्, तर वास्तवमा यी शैतानले मानिसहरूलाई भ्रमित र भ्रष्ट पार्न प्रयोग गर्ने दुष्ट शब्दहरू हुन्। तीअनुसार जिउँदा हामी झन्-झन् स्वार्थी, दुष्ट, र छली मात्र बन्छौँ। यो त मानवताको नामोनिसान नभएको दुष्ट, फोहोर तरिकाले जिउनु हो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्‍वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो। सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। … यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, ‘मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढ्दा मलाई दोषी र उत्प्रेरित दुवै महसुस भयो। आस्थाका ती सबै वर्षहरूपछि, परमेश्‍वरले दिने सत्यताको आनन्द उठाउँदा, मैले अझै सिद्धान्तहरू कायम राख्न वा मण्डलीको कामको सुरक्षा गर्न सकिनँ। ममा साँच्चै विवेक थिएन! मैले मानिसहरूलाई खुसी पार्ने मेरो मुखौटो फुकाल्नुपर्थ्यो। म आफ्नो दुष्ट, छलपूर्ण भ्रष्ट स्वभावअनुसार जिइरहन सकिनँ। म सत्यता अभ्यास गर्न र मण्डलीको कामको सुरक्षा गर्न खडा हुनुपर्थ्यो। त्यसपछि, म वाङ लीसँग कुरा गर्न गएँ र उनलाई बर्खास्त गरेँ। मैले उनीसँग सङ्गतिमा खुलस्त कुरा पनि गरेँ, सत्यता स्विकार्न नमान्ने, मानिसहरूलाई दमन गर्ने, र मण्डलीको काममा अवरोध पुऱ्याउने उनका व्यवहारहरू एक-एक गरी खुलासा गरेँ। मैले उनलाई धोका दिन उनलाई चोट नपुग्ने राम्रा कुराहरू भन्न छोडेँ। म साँच्चै उनलाई मद्दत गर्न र उनका समस्याहरू खुलासा गर्न चाहन्थेँ, ताकि उनले आफ्नो भ्रष्ट स्वभाव बुझ्न र साँचो रूपमा पश्चात्ताप गर्न सकून्। मैले भनी सकाउँदा, उनी यति दुःखी भइन् कि रोइन्, र आफू मण्डलीको बन्दोबस्त स्वीकार गर्न, फर्केर गई साँचो रूपमा चिन्तन गर्न र पाठ सिक्न तयार छु भनेर भनिन्। त्यसपछि ब्रदर-सिस्टरहरूका स्थितिहरू बिस्तारै पहिलेका स्थितिमा आए, र कामले बिस्तारै परिणाम ल्याउन थाल्यो। मैले सत्यता अभ्यास गर्दा आउने शान्ति र सहजता साँचो रूपमा महसुस गरेँ। ज्योतिमा जिउने यही एकमात्र तरिका हो।

पछि केही काम हेरफेर भए, त्यसैले मैले अन्य केही सिस्टरहरूसँगै नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थालेँ। मैले सिस्टर चेन सीलाई आफ्नो कर्तव्यमा त्यति बोझ छैन, र उनी लापरवाह र गैरजिम्मेवार छिन् भन्ने देखेँ, जसले मलजल कामलाई असर गरेको थियो। म त्यसबारे चिन्तित भएँ र मैले उनको समस्या औँल्याइदिन चाहेँ ताकि उनी सकेसम्म चाँडो परिवर्तन हुन सकून्। तर हामीले भर्खरै एकअर्कालाई चिनेका थियौँ र हाम्रो एकदमै राम्रो तालमेल मिलिरहेको थियो, त्यसैले मैले सोचेँ, यदि मैले कर्तव्यप्रतिको उनको गैरजिम्मेवारी सिधै बताएँ भने, के उनी मसँग रिसाउनेछिन्? त्यसपछि मैले म मानिसहरूलाई खुसी पार्न खोज्ने व्यक्तिले जस्तै सोचिरहेकी छु भनेर बुझेँ, त्यसैले मैले तुरुन्तै प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्‍वरको वचन पढेँ: “‘अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।’ … परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा ‘खा अनि के हुन्छ हेर्’ भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरले आदम र हव्वालाई भनेको कुरा पूर्ण रूपमा स्पष्ट र सोझो थियो भन्ने मैले बुझेँ। उहाँ मानिसहरूप्रति इमानदार हुनुहुन्छ र केही पनि लुकाउनुहुन्न। परमेश्‍वरको सार एकदमै पवित्र छ। आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई न्याय गर्न र सजाय दिन सत्यता व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूले मानिसको प्रकृति सारलाई सिधै खुलासा र चिरफार गर्छन्, र हाम्रो भित्री कुरूपता र अधार्मिकतालाई प्रकट गर्छन्। उहाँका वचनहरू एकदमै स्पष्ट छन् र तिनमा केही पनि लुकेका हुँदैनन्। ती कठोर होलान्, तर ती हाम्रो मुक्ति हुन्। तिनको उद्देश्य हामीलाई धुनु र रूपान्तरण गर्नु हो, ताकि हामीले आफूलाई चिन्न, शैतानविरुद्ध विद्रोह गर्न र साँचो मानव रूपमा जिउन सकौँ। शैतान ठिक उल्टो छ: यो अनिष्टकारी र दुष्ट छ, र घुमाउरो पाराले कुरा गर्छ, आफूले चाहेको कुरा कहिल्यै सिधै भन्दैन। यसले आदम र हव्वालाई लोभ्याउन र भ्रमित पार्न सुरुमा पत्यारिलो लाग्ने राम्रा, झूटा कुराहरू भन्यो ताकि उनीहरूले पाप गरून् र परमेश्‍वरलाई धोका दिऊन्। म शैतानी दर्शनहरूअनुसार जिइरहेकी थिएँ, शैतानले जस्तै दुष्ट र छली स्वभाव प्रकट गरिरहेकी थिएँ। म अरूसँगको आफ्नो सम्बन्धको सुरक्षा गर्न र अरूको नजरमा आफ्नो छवि जोगाउन, एउटा कुरा सोचे र अर्को कुरा भन्थेँ। म सर्पजस्तो कुटिल थिएँ, र यति बहुअर्थी र अस्पष्ट थिएँ कि अरूले मेरा शब्दहरूको सही अर्थ बुझ्न सक्दैनथे। यो मेरा लागि अत्यन्तै धूर्त र छली कुरा थियो। म मानवजस्तो नभई, शैतानको छविमा जिइरहेकी थिएँ। यो बुझेपछि, मलाई आफैप्रति घृणा लाग्यो र मैले अबउसो मानिसहरूलाई खुसी पार्न खोज्ने र छली व्यक्ति बन्न चाहिनँ। म सत्यता अभ्यास गर्न र मण्डलीको कामको सुरक्षा गर्ने इमानदार व्यक्ति बन्न चाहन्थेँ। भोलिपल्टको भेलामा, मैले चेन सीमा देखेका समस्याहरूबारे खुलस्त कुरा गरेँ, र हामीले सँगै सङ्गति गरेपछि उनले पनि आफ्ना समस्याहरू चिन्न सकिन्। त्यसपछि मैले उनको स्थिति बिस्तारै सुध्रिन थालेको देखेँ, र मलाई अझ धेरै स्वतन्त्र महसुस भयो।

यी अनुभवहरूले मलाई के देखाएका छन् भने कि हामीले शैतानी दर्शनहरूअनुसार जिउनु र एकअर्कालाई छल्नु हुँदैन। हामी एकअर्कालाई व्यवहार गर्दा सरल, खुला र इमानदार हुनुपर्छ। यही मात्र साँचो प्रेम हो र यसले सबैलाई फाइदा गर्छ। मैले के पनि देखेँ भने हामीले मानवता प्राप्त गर्न अनि शान्ति र आनन्द महसुस गर्न, परमेश्‍वरका आवश्यकताहरूअनुसार इमानदार हुने अभ्यास गर्नैपर्छ। मानव रूपमा जिउने एकमात्र तरिका त्यही हो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ५४. खतराको माझमा

अर्को: ५६. निर्णय लिनुपर्दा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्