४. व्यावहारिक काम गर्न नसक्नुका परिणामहरू
हालै केही ब्रदर-सिस्टरहरूले समूह अगुवा, सिन्यु अहङ्कारी, निरङ्कुश र अरूसँग मिलेर काम गर्न वा सुझाव मान्न नसक्ने छिन् भनेर रिपोर्ट गरेका थिए। उनीद्वारा सबैले बन्धनमा परेको महसुस गर्छन् र यसले सुसमाचारको काममा असर गरेको छ। सबैले यो कुरा औँल्याएर उनलाई सहयोग गर्ने प्रयास गरे, तर उनले यो मुखले मात्र स्विकारिन् र मानिन्, तर उनी पटक्कै परिवर्तन भइनन्। हामीले यसबारे छलफल गरेर उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गऱ्यौँ। वास्तवमा, म यसले गर्दा निकै लज्जित भएँ, किनभने मैले व्यावहारिक काम गरिरहेकी छैन भन्ने यसले देखायो। मैले सिन्युलाई उनका समस्याहरूबारे एक-दुईपटक सङ्गति दिएकी थिएँ, तर अचम्मको कुरो, उनका समस्याहरू समाधान हुनुको सट्टा, झन् खराब भए। यसले गर्दा म त्यसको वास्तविक कारण के हो भनेर मनन गर्न र सोच्न बाध्य भएँ। मैले पहिलो पटक काम लिएको समयबारे विचार गरेँ। सिन्युको समूह सुसमाचारको काममा सबैभन्दा सफल भएको, र आफ्नो कर्तव्यमा साँच्चै तनमनले लागिपरेको मैले देखेँ। म तिनीहरूलाई निकै आदर गर्थेँ। विशेष गरी सिन्यु कति सक्षम छिन् भन्ने देख्दा मलाई समूह अगुवाको रूपमा उनमा कुनै ठूलो समस्या हुनु हुँदैन भन्ने लाग्थ्यो, त्यसैले म तिनीहरूको कामको त्यति अनुगमन गर्दिनथेँ। केही सिस्टरहरूले आफ्नो समस्याबारे मलाई रिपोर्ट गरे पनि, मैले गम्भीरतासाथ लिइनँ। तिनीहरूले सुसमाचारको काममा राम्रो गरेका हुनाले, केही समस्या भए पनि, त्यो ठूलो कुरा होइन भन्ने मलाई लाग्थ्यो। कहिलेकाहीँ तिनीहरूसँग सङ्गति गर्दा, म तिनीहरूलाई केही साधारण कुराहरू मात्र औँल्याइदिन्थेँ, र समस्याहरू समाधान भए कि भएनन् भनेर पछि अनुगमन गर्दिनथेँ। एकपटक हामीले कामबारे छलफल गरिरहेका बेला, मैले सिन्यु र सियाओली असहमत भएको देखेँ। तिनीहरू दुवै अत्यन्तै अहङ्कारी र आफ्नै दृष्टिकोणमा दृढ थिए। मैले तिनीहरूको स्थिति सुल्झाउने परमेश्वरका केही वचनहरू खोजेर सङ्गति दिएँ, र दुवै जना मनन गर्न र परिवर्तन हुन इच्छुक देखेर, समस्या समाधान भएछ भन्ने सोचेँ। मलाई लाग्यो, मैले परिस्थिति अनुगमन गरेर तिनीहरू साँच्चै परिवर्तन भए कि भएनन् हेर्नुपर्छ। तर त्यसपछि सोचेँ, तिनीहरूसँग थप सङ्गति गर्न, मैले परमेश्वरको वचनका खण्डहरू खोजेर तिनीहरूको स्थिति बुझ्ने प्रयास गर्नुपर्छ, जुन निकै थकाइलाग्दो कुरा हो। साथै, तिनीहरूले सामान्यरूपमा आफ्नो कर्तव्य पूरा गरिरहेका थिए, त्यसैले तिनीहरूको अनुगमन नगर्दा पनि हुन्छ भन्ने लाग्यो। त्यसकारण मैले त्यो त्यतिकै छोडिदिएँ। अर्कोपटक मैले सङ्गतिको बेला सिन्यु र अर्की सिस्टर असहमत भएका देखेँ। अर्की सिस्टरले उचित सुझाव दिएकी थिइन्, तर सिन्युले त्यो स्विकार्न मानिनन्, र आफू नै सही भनेर जिद्दी गरिरहिन्। अन्तिममा ती सिस्टरको केही सीप चलेन, तिनी झुक्नुपऱ्यो। सिन्यु कति आत्मधर्मी छिन् भन्ने देखेर, म उनको समस्या खुलासा गर्न चाहन्थेँ, तर यसबारे सङ्गति गर्न लाग्ने समय र शक्ति, र मैले गर्नुपर्ने अरू कामबारे सोचेँ। तिनीहरूबीच कुनै स्पष्ट झगडा वा फुट भएको थिएन, त्यसकारण यो मैले सोचे जत्तिको खराब होइन होला भन्ने लाग्यो। समस्या जति कम उति राम्रो। साथै, सिन्यु समूह अगुवा थिइन्, त्यसकारण उनले केही अहङ्कार प्रकट गरिन् भने, उनले खोजी गरेर त्यो समाधान गर्न सक्नुपर्छ। त्यसकारण, मैले उनको समस्या औँल्याइनँ।
यो सबै कुरालाई फर्केर हेर्दा, सिन्यु अहङ्कारी छिन् र उनले अरूसँग मिलेर काम गर्न सक्दिनन् भन्ने मलाई थाहा भयो। साथै तिनी अगुवा थिइन्, त्यसकारण त्यस्तो महत्त्वपूर्ण विषयलाई बेवास्ता गरेर, म निकै गैरजिम्मेवार बन्दै थिएँ! पछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुराबारे पूर्ण सुझबुझ राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। “तिनीहरूले जुनसुकै कामको निरीक्षण गरिरहेका भए पनि, बोझ लिने अगुवाहरू सधैँ समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्। तिनीहरूले व्यावसायिक ज्ञानसम्बन्धी वा सिद्धान्तहरू विपरीतका कुनै पनि समस्याहरूलाई पहिचान गर्न, तिनका बारेमा सोधपुछ गर्न र एउटा बुझाइ प्राप्त गर्न सक्नेछन्, र जब तिनीहरूले कुनै समस्या पत्ता लगाउँछन्, तब तिनीहरूले त्यसलाई तुरुन्तै समाधान गर्छन्। बुद्धिमान् अगुवा र कामदारहरूले मण्डलीको काम, व्यावसायिक ज्ञान, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू मात्रै समाधान गर्छन्। तिनीहरू दैनिक जीवनका सानातिना कुराहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरू परमेश्वरले आज्ञा गर्नुभएको सुसमाचार फैलाउने कामको हरेक पाटोको हेरविचार गर्छन्। तिनीहरू आफूले भेउ पाउन वा पत्ता लगाउन सक्ने हर समस्याका बारेमा सोध्छन् र त्यसको निरीक्षण गर्छन्। यदि तिनीहरू आफैले उत्तिखेरै समस्या समाधान गर्न सकेनन् भने, तिनीहरू अरू अगुवा र कामदारहरूसँग भेला हुन्छन्, तिनीहरूसँग सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू खोजी गर्छन्, र यसलाई समाधान गर्ने उपायहरू सोच्छन्। यदि तिनीहरूलाई साँच्चिकै समाधान गर्न नसकिने ठूलो समस्या आइपर्यो भने, तिनीहरूले तुरुन्तै माथिको सहयोग खोज्छन्, र माथिलाई नै उक्त समस्या सम्हाल्न र समाधान गर्न दिन्छन्। यस्ता अगुवा र कामदारहरू आफ्ना काममा सिद्धान्त पालना गर्ने मानिसहरू हुन्। चाहे जे समस्याहरू भए पनि, तिनीहरूले ती देखेसम्म तिनलाई यतिकै छाड्नेछैनन्; तिनीहरूले यी समस्याहरू पूर्ण रूपमा बुझ्ने र त्यसपछि एक-एक गरी समाधान गर्ने कुरामा जिद कस्छन्। ती पूर्ण रूपमा समाधान नभए पनि, यी समस्याहरू फेरि उत्पन्न हुनेछैनन् भन्ने चाहिँ सुनिश्चित गर्न सकिन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वरले अगुवा र सेवकहरूबाट के माग गर्नुहुन्छ भन्ने देख्दा म निकै लाज्जित भएँ। मैले सुसमाचारको कामको लागि बोझ लिएकी थिइनँ। मैले तुरुन्तै सुसमाचारको कामको अनुगमन गर्न नसकेकी मात्र होइन, तर ब्रदर-सिस्टरहरूको स्थितिलाई विस्तृतरूपमा बुझेकी पनि थिइनँ। जस्तै, सिन्यु समूह अगुवा थिइन् तर उनीसँग काम गर्न गाह्रो थियो—मैले सङ्गतिद्वारा यसलाई समाधान गर्नुपर्थ्यो, तर मैले यसबारे विस्तृतरूपमा बुझ्न अरूसँग कुरा नगरी उनको समस्या सरसरती औँल्याइदिएँ। मैले उनको समस्याको प्रकृति वा यसका परिणामहरूलाई पनि खुलासा गरेकी थिइनँ। त्यसपछि, उनी परिवर्तन भइन् कि भइनन् भनेर सोधखोज गरिनँ। यो उनको सारको समस्या हो कि भ्रष्टता प्रकट भएको हो, उनी समूह अगुवा बन्न योग्य छन् कि छैनन्, र अरू त्यस्तै कुराबारे मैले मनन गरेकी थिइनँ। त्यसकारण उनका समस्याहरू कहिल्यै समाधान भएनन्, र सुसमाचारको काममा असर पऱ्यो। पछि, सिन्यु अझै अहङ्कारी, आत्म-धर्मी, र निरङ्कुश छिन् भन्ने देखेँ, र यसलाई समाधान गर्न उनीसँग सङ्गति गर्नुपर्छ, नत्र यसले काममा ढिलाइ गर्नेछ भन्ने मलाई थाहा थियो। तर मैले अझै पनि यसलाई सुल्झाइनँ किनभने म झमेला मोल्न चाहन्नथेँ। मैले समस्याहरू समाधान गरेको जस्तो गरेर झारा मात्रै टारिरहेकी थिएँ, सतही काम गर्न, समस्यामात्र बताएर केही नगर्नमै सन्तुष्ट भएँ। समस्या साँच्चै समाधान भयो कि भएन भनेर मैले ध्यान दिइनँ। म गैरजिम्मेवार बन्दै थिएँ, मैले आफ्नो काम वा कुनै व्यावहारिक काम गरिरहेकी थिइनँ। झूटो अगुवाले त्यस्तै व्यवहार गर्छ। मण्डलीले मलाई सुसमाचारको कामको इन्चार्ज बनाएको थियो, किनभने म परमेश्वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छु, आफ्नो काममा गम्भीर र जिम्मेवार हुन्छु, र ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सत्यताका सिद्धान्तहरू प्रयोग गर्न सक्छु, यसरी सुसमाचारको काम सहज रूपमा अघि बढ्न सक्छ भन्ने आशा गरेको थियो। तर यसको साटो, समस्याहरू पैदा भएर ती समाधान गर्नुपर्ने हुँदा, मैले केही गरिनँ, जति कम समस्या भयो, उति राम्रो हुन्छ भन्ने सोचेँ। मैले साँच्चै झूटो अगुवाको व्यवहार गरेर सुसमाचारको कामको प्रगतिमा बाधा दिइरहेकी थिएँ। आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति परमेश्वरको लागि साँच्चै घृणास्पद थियो!
त्यसपछि, मैले वास्तविक काम गर्न नसक्नुको साँचो जडबारे खोजी र मनन गरेँ। मैले परमेश्वरका वचनहरूमा केही कुरा पढेँ: “अगुवा र कामदारहरू आफ्नो काममा परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ र उहाँप्रति बफादार हुनुपर्छ। तिनीहरूका लागि व्यवहार गर्ने सबभन्दा राम्रो उपाय भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू, विशेषगरी आफूसँग आधारका रूपमा अहिलेका यी वचनहरू र सङ्गति हुँदा, निष्क्रिय रहनु हुँदै हुँदैन। बरु, तिनीहरूले सत्यतामाथि सङ्गति गरेर वास्तविक समस्या र कठिनाइहरू पूर्ण रूपमा समाधान गर्न पहल गर्नुपर्छ, र आफ्नो काम जसरी गर्नुपर्ने हो ठ्याक्कै त्यसरी नै गर्नुपर्छ। तिनीहरूले कार्यप्रगतिबारे तुरुन्तै र पूर्वसक्रिय रूपमा अनुगमन गर्नुपर्छ; तिनीहरूले सधैँ माथिको आदेश र झकझकाहट पर्खेर मात्र अनिच्छापूर्वक कदम चाल्न मिल्दैन। यदि अगुवा र कामदारहरू सधैँ नकारात्मक र निष्क्रिय रहन्छन् र वास्तविक काम गर्दैनन् भने, तिनीहरू अगुवा र कामदारका रूपमा सेवा गर्न लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरेर तिनीहरूको कर्तव्य हेरफेर गरिनुपर्छ। अहिले आफ्नो काममा निष्क्रिय बन्ने अगुवा र कामदारहरू धेरै छन्। तिनीहरू माथिबाट आदेश र दबाब आएपछि मात्र थोरै काम गर्छन्; नत्र, तिनीहरू सुस्ताउँछन् र बिलम्ब गर्छन्। कतिपय मण्डलीको काम निकै अव्यवस्थित हुन्छ, त्यहाँ कर्तव्य निभाउने कतिपय मानिसहरू अत्यन्तै सुस्त र झाराटारुवा हुन्छन्, र तिनीहरूले कुनै वास्तविक परिणाम दिँदैनन्। यी समस्याहरू पहिल्यै अत्यन्तै गम्भीर र भयानक प्रकृतिका हुन्छन्, तर ती मण्डलीका अगुवा र कामदारहरूले अधिकारी र अधिपतिझैँ व्यवहार गर्छन्। तिनीहरूले कुनै व्यावहारिक काम गर्न मात्र होइन, समस्याहरू पहिचान वा समाधान गर्नसमेत सक्दैनन्। यसले मण्डलीको काम ठप्प पार्छ र त्यसलाई गतिरोधमा पुर्याउँछ। जहाँ मण्डलीको काम भयानक रूपमा अस्तव्यस्त हुन्छ र व्यवस्थितपनको कुनै छनक हुँदैन, त्यहाँ अवश्य नै झूटो अगुवा वा ख्रीष्टविरोधीले शक्ति हातमा लिएको हुन्छ। झूटो अगुवाले शक्ति हातमा लिएको हरेक मण्डलीमा, मण्डलीको सबै काम भताभुङ्ग र पूर्ण भद्रगोल अवस्थामा हुन्छ—त्यसमा कुनै शङ्का छैन। … यदि मानिसहरूलाई पूरा गरिनुपर्ने कुनै काम छ भन्ने लाग्दैन भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ वहन गर्दैनन्।) सटीक रूपमा भन्दा, तिनीहरूले बोझ वहन गर्दैनन्; तिनीहरू निकै अल्छी पनि हुन्छन् र चैन-आरामको लोभ गर्छन्, सम्भव भएसम्म धेरै पटक विश्राम लिन्छन्, र कुनै पनि अतिरिक्त कामहरू पन्छाउने कोसिस गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्ने गर्छन्, ‘मैले किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो मात्र भइन्छ। त्यस्तो काम गरेर, यति धेरै भौँतारिएर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि मेरो हेरचाह कसले गर्छ?’ यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा एकरत्ती सत्यता हुँदैन, र तिनीहरूले केही पनि स्पष्ट देख्न सक्दैनन्। तिनीहरू प्रस्ट रूपले अन्योलमा परेका मानिस हुन्, होइनन् र? तिनीहरू सबै अन्योल परेका छन्, तिनीहरू सत्यताप्रति बेखबर छन् र तिनीहरूलाई यसमा कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूलाई निरीक्षण गर्ने र झकझकाउने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको ख्याल गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्ना लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्चै खत्तम हुन्छन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्नेभन्दा कम नै गर्छन्। तिनीहरू गैरजिम्मेवार छन् र तिनीहरूमा बफादारी छैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२६))। “सबै झूटा अगुवाहरूले वास्तविक काम कहिल्यै गर्दैनन्। तिनीहरू आफ्नो अगुवाइको भूमिका कुनै आधिकारिक पद भएझैँ गर्छन्, आफ्नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्, र तिनीहरू आफूले अगुवाका रूपमा पूरा गर्नुपर्ने कर्तव्य र आफूले गर्नुपर्ने कामलाई घाँडोझैँ, झमेलाझैँ ठान्छन्। तिनीहरू आफ्ना हृदयमा मण्डलीको कामप्रति प्रतिरोधले भरिएका हुन्छन्: तिनीहरूलाई कामको सुपरिवेक्षण गर्न र अनुगमन गरेर समाधान गर्न त्यसभित्रका के-कस्ता समस्याहरू छन् भनी जान्न लगाइयो भने, तिनीहरू अनिच्छाले भरिन्छन्। यो अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम हो, यो तिनीहरूको जिम्मेवारी हो। यदि तैँले यो काम गर्दैनस् भने र यदि तँ यो काम गर्न अनिच्छुक छस् भने, तँ किन अझै पनि अगुवा वा कामदार बन्ने इच्छा गर्छस्? के तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्छस् कि एउटा अधिकारी बनेर हैसियतका फाइदाहरूमा रमाउनका लागि? यदि तँ कुनै आधिकारिक पद पाउन मात्र अगुवा बनिस् भने, के यो अलि लाजमर्दो कुरा होइन र? यस्ता मानिसहरूको चरित्र सबैभन्दा नीच हुन्छ, तिनीहरूमा कुनै मर्यादा, र लाज हुँदैन। यदि तँ देहसुखमा रमाउन चाहन्छस् भने, तँ तुरुन्तै संसारमा फर्कनुपर्छ, र होड गरेर बलजफती आफूले जति सक्छस् त्यति खोसेर लिनुपर्छ र त्यसमा कसैले दखल दिने छैन। परमेश्वरको घर परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो कोही व्यक्ति देहसुखमा लिप्त हुने ठाउँ होइन, झन् मानिसहरूलाई राजकुमारझैँ जिउन दिने ठाउँ हुनु त परको कुरा हो। झूटा अगुवाहरूलाई कुनै लाज हुँदैन, तिनीहरू बेसरम हुन्छन्, र तिनीहरूमा समझ हुँदैन। तिनीहरूलाई जुनै निश्चित काम दिइए पनि, तिनीहरू त्यसलाई गम्भीर रूपमा लिँदैनन्, र त्यसलाई बेवास्ता गर्छन्; तिनीहरूले एकदमै मिठो बोलीले जवाफ दिए पनि, कुनै वास्तविक काम गर्दैनन्। के यो अनैतिक कुरा होइन र? … कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा अक्षम हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अक्षम, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र कामचोर हुन्छ, र आफ्नो जिम्मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने, तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्वरले तिनीहरूलाई मानव बन्ने मौका दिनुभयो, र उहाँले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि कामचोर हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्नो जिम्मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। उहाँका वचनहरूले साँच्चै मलाई घोचे। त्यो समयभरि, परमेश्वरले अगुवाहरूका जिम्मेवारीहरूबारे विस्तृत सङ्गति दिइरहनुभएको थियो, तर म यसमा पटक्कै प्रवेश गरेकी थिइनँ। म सुस्त, गैरजिम्मेवार र देहमा लिप्त भइरहेकी थिएँ र आफ्नो कर्तव्यमा कुनै परिणाम प्राप्त गरिरहेकी थिइनँ। म त परमेश्वरले खुलासा गर्नुहुने परजीवी र निकम्मा व्यक्ति थिएँ। सिन्युको समस्या सम्हाल्ने क्रममा, मलाई यो समस्या समाधान भएको छैन भन्ने राम्ररी थाहा थियो, तर जुन कुराले मलाई कष्टबाट जोगाउँछ त्यही कुरा मात्र चलाखीपूर्वक गरेँ। मैले के महसुस गरेँ भने म अल्छी बनेकी र आफ्नै सहजतालाई मात्रै वास्ता गर्ने भएकीले, आफ्नो कर्तव्यमा प्रायः अप्रभावकारी भएकी रहेछु। सुरुमा, अरूलाई सुसमाचार सुनाउने काममा समस्या हुँदा, वा तिनीहरू केही सिद्धान्तहरूबारे निश्चित नहुँदा, म यी समस्याहरू समाधान गर्न तिनीहरूसँग सङ्गति गर्थेँ। तर तीमध्ये कतिको सुस्त प्रगति भएकोले वा तिनीहरूमा जटिल समस्याहरू आएकाले, तिनीहरूलाई सहयोग निकै गाह्रो र शक्ति खेर जानु हो भन्ने मलाई लाग्यो। मैले खोजी र मनन गर्नुपर्थ्यो, र तिनीहरूसँग धैर्यसाथ सङ्गति गर्नुपर्थ्यो, तसर्थ मैले त्यसबाट जोगिने निर्णय गरेँ, प्रस्टै देखिने समस्याहरू मात्रै समाधान गरेर कठिन समस्यालाई पन्छाएँ। मैले ठूला समस्याहरूलाई सानो बनाएँ र साना समस्याहरूलाई बेवास्ता गरेँ। त्यसैले धेरै समस्या कहिल्यै समाधान भएनन्। म समस्याहरू समाधान नै नगरी देहमा लिप्त भएँ। परिणामस्वरूप, लामो समयदेखि सुसमाचारको काममा प्रगति भएको थिएन। किनभने म प्रकृतिले नै अल्छी थिएँ, देहलाई मोल गर्थेँ र आफ्नो कर्तव्यमा समर्पित वा जिम्मेवार थिइनँ। मलाई परमेश्वरका यी वचनहरू याद आयो: “यो गम्भीर रूपले जिम्मेवारीमा चुक्नु हो! कर्तव्यलाई कसरी लिने भनेर अगुवा र कामदारको भूमिकासँगै आउने मनोवृत्ति र जिम्मेवारीलाई तैँले गुमाइसकेको हुन्छस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२६))। “के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। अहँ। म अगुवा थिएँ, त्यसकारण मैले भेट्टाएका समस्याहरू समाधान गर्न आफूले सक्ने सबै गर्नु मेरो जिम्मेवारी थियो। तर म सही मार्गमा हिँड्दिनथेँ—म सधैँ आफ्नै सहजताबारे सोचिरहेकी हुन्थेँ। म आफूले वास्तविक कदम चालेर वास्तविक काम गर्नुपर्दा, पछि सर्थेँ। यसले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि गऱ्यो। त्यसरी आफ्नो कर्तव्य पूरा गर्नु गम्भीर लापरवाही थियो! सोच्नुहोस् त, मानिसको भ्रष्टता हटाउन परमेश्वरका आखिरी दिनहरूको काममा, उहाँले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ, हामी सत्यता बुझ्दैनौँ र प्रवेश गर्न सक्दैनौँ भनेर, उहाँले हामीलाई विस्तृतरूपमा सङ्गति दिन हरेक माध्यम प्रयोग गरेर हामीलाई सम्झाउनुभएको छ, अर्ती दिनुभएको छ, न्याय र सजाय दिनुभएको छ, चेतावनी दिनुभएको छ र खुलासा गर्नुभएको छ। शैतानले अति भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्ति दिन, उहाँले धेरै चिन्ता गर्नुभएको छ र कष्ट भोग्नुभएको छ, धेरै प्रयास गर्नुभएको छ र ठूलो मूल्य चुकाउनुभएको छ। तर परमेश्वरबाट धेरै सत्यताको भरणपोषण पाउँदै, मैले उहाँको प्रेमको ऋण तिर्नेबारे नसोची उहाँको घरमा महत्त्वपूर्ण काम लिएँ। मैले आफ्नो कर्तव्यको लागि थोरै कष्ट भोग्न वा थोरै मूल्य चुकाउन सकिनँ। गम्भीर कदम चालेर केही वास्तविक काम गर्नुपर्ने हुनेबित्तिकै, म भाग्थेँ। म थोरै प्रयासको लागि परमेश्वरबाट सधैँ इनाम र आशिषहरू चाहन्थेँ। म अत्यन्तै स्वार्थी र नीच रहेछु, र ममा विवेक र समझको कमी थियो। त्यो बेला मलाई बल्ल के थाहा भयो भने सधैँ देहबारे सोच्नु र सहजताको तृष्णा गर्नु भनेको मर्यादाविना जिउनु र भरोसा लायक नहुनु हो। म अल्छी र झूटो अगुवा थिएँ। त्यसरी आफ्नो कर्तव्य पूरा गर्दा क्षणिक सहजता प्राप्त हुन्थ्यो, तर मैले आफ्नो अल्छीपनको कारण सत्यता प्राप्त गर्ने मौका गुमाइरहेँ, र परमेश्वरले अन्तिममा मलाई हटाउनुहुनेथ्यो। मैले थोरै कुरा बचाएर धेरै कुरा गुमाइरहेकी थिएँ, म साह्रै मूर्ख थिएँ! मलाई बाइबलले भनेको कुरा याद आयो: “अनि मूर्खहरूको उन्न्तिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। मैले त्यस्ता केही ब्रदर-सिस्टरहरू चिनेकी छु जसलाई वास्तविक काम नगरी सधैँ देह र सहजताबारे सोचेका कारण बर्खास्त गरिएको थियो। सहजताको लोभ गर्नेलाई परमेश्वर घिनाउनुहुन्छ, र यसले मुक्ति पाउने हाम्रो मौकालाई बरबादसमेत गर्न सक्छ। परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ र उहाँले आफ्नो कर्तव्यप्रतिका अभिप्रायहरू छानबिन गर्नुहुन्छ। मैले त्यसरी काम गरिरहनु हुँदैनथ्यो। परमेश्वरको घर भनेको मैले देहगत सहजताको लोभ गर्ने ठाउँ होइन, यो त मैले कर्तव्य पूरा गर्ने र सत्यता अभ्यास गर्ने ठाउँ हो। मैले त्यो कर्तव्य स्विकारेकी हुनाले, यो राम्ररी पूरा गर्न आफ्नो सर्वस्व लगाउनुपर्छ। मैले पश्चात्ताप गरेर परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मैले आफ्नो कर्तव्यमा देहगत सहजताको लोभ गरेकी छु र म पटक्कै जिम्मेवार बनेकी छैनँ भनेर देखाउन यो परिस्थिति तय गर्नुभएकोमा धन्यवाद छ। अबदेखि, म आफ्नो कर्तव्यमा साँच्चै काम गर्न सक्दो प्रयास गर्न चाहन्छु।” त्यसपछि, परमेश्वरको वचन पढेर, खोजी र मनन गरेर, मैले अर्को गलत दृष्टिकोण पालेकी रहेछु भन्ने मलाई थाहा भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अगुवा र कामदारहरूले महत्त्वपूर्ण कामका सुपरिवेक्षकहरू, सुसमाचार निर्देशकहरू, प्रत्येक टोली अगुवा, चलचित्र निर्माण समूहका निर्देशकहरू, आदिबारे विभिन्न स्रोतहरूबाट बुझाइ प्राप्त गर्नैपर्छ, साथै यी मानिसहरूका बारेमा पक्का हुनका लागि अझ तीव्र रूपले तिनीहरूको अवलोकन र जाँच गर्नुपर्छ। यसरी मानिसहरूलाई होसियारीसाथ कर्तव्य सुम्पिएमा मात्रै प्रबन्धहरू उचित हुने, र ती मानिसहरू आफ्ना कर्तव्यमा प्रभावकारी बन्ने कुरा सुनिश्चित गर्न सकिन्छ। कतिपय मानिसहरूले भन्छन्, ‘गैरविश्वासीहरूले समेत “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” भन्छन्। परमेश्वरको घरले किन भरोसा गर्न नसकेको? तिनीहरू सबै विश्वासी हुन्; तिनीहरू कति नै खराब हुन सक्छन् र? के तिनीहरू सबै असल मानिस होइनन् र? किन परमेश्वरको घरले तिनीहरूलाई बुझ्नु, सुपरिवेक्षण गर्नु, र अवलोकन गर्नु जरुरी छ?’ के यी शब्दहरू जायज छन्? के ती समस्याजनक छन्? (छन्।) के कसैलाई बुझ्नु र गहन अवलोकन गर्नु, र तिनीहरूसँग निकट रही कुराकानी गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ? यो पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ। यो कुन सिद्धान्तहरूअनुरूप छ? (अगुवा र कामदारहरूका जिम्मेवारीहरूको चौथो विषयवस्तु: ‘विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।’) यो सन्दर्भ लिनुपर्ने राम्रो कुरा हो, तर त्यसो गर्नुको वास्तविक कारण के हो? त्यसको कारण भनेको मानिसहरूमा भ्रष्ट स्वभावहरू हुनु हो। आज, धेरै मानिसहरूले कर्तव्य पूरा गर्ने भए पनि, सत्यता पछ्याउने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोका हकमा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्वरप्रति समर्पित हुने मानिस होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, सत्यता पछ्याउन इच्छुक छु, र सत्यताप्रति लागिपर्न इच्छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्म टिक्छ भनेर अझै थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट समेत स्विकार्न सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कामलाई त्याग्ने सम्भावना हुन्छ—यस्तो प्रायः भइरहन्छ, योभन्दा आम कुरा केही छैन; सत्यता नपछ्याउनेहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरहीन र विश्वासहीन हुन्छन्। तिनीहरू विश्वासहीन हुन्छन् भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूलाई कठिनाइ वा बाधाहरू आइपर्दा, तिनीहरू पतन हुने, साथै नकारात्मक र कमजोर बन्ने सम्भावना हुन्छ भन्ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझ्ने मानिसहरूमा अवश्यै परमेश्वरको डर मान्ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्वरको डर मान्ने हृदय भएका मानिसहरू मात्रै विश्वासयोग्य मानिस हुन्; परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरू विश्वासयोग्य हुँदैनन्। परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूलाई अझ बढी अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्ने सुनिश्चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्वरको घरको काम कायम राख्नु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई आपूर्ति गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलनलाई सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा दुर्भावपूर्ण कुरा केही हुँदैन। मानिसहरूको सुपरिवेक्षण गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्वरमाथिका विश्वासमा सही मार्गमा प्रवेश गर्न सहयोग गर्न, परमेश्वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउन, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्वरको घरको कामप्रतिको जिम्मेवारी देखाउनु हो; यसमा कुनै दुर्भाव लुकेको हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरूले हामीलाई आफ्नो काममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त देखाउँछन्। हामी आफ्नो कार्यक्षेत्र अन्तर्गतका ब्रदर-सिस्टरहरूलाई, विशेष गरी महत्त्वपूर्ण काम गर्नेहरूलाई राम्रो ध्यान दिनुपर्छ, किनभने हरेकमा भ्रष्ट स्वभाव हुन्छ र सत्यताको वास्तविकताको कमी हुन्छ, त्यसैले हामी भ्रष्टताअनुसार नचली बस्न सक्दैनौँ। हामीले कसैलाई अन्धाधुन्ध भरोसा गर्नु हुँदैन वा अप्रत्यक्ष शैली अपनाउनु हुँदैन—त्यसबाट हामी आफ्नो काममा गैरजिम्मेवार छौँ भन्ने देखिन्छ। म ठ्याक्कै त्यस्तै रहेछु। कहिलेकाहीँ अरूले मेरा समस्याहरू औँल्याइदिन्छन्, र त्यस बेला, म परिवर्तन हुने अठोट गर्छु, तर यो जोस मात्रै हुन्छ। मैले यसलाई साँच्चै व्यवहारमा उतार्दा, म अझै भ्रष्ट स्वभावको बन्धनमा पर्छु, सत्यता अभ्यास गर्न सक्दिनँ। त्यसकारण अभ्यास र अझै राम्ररी प्रवेश गर्न हामीलाई अरूको रेखदेख र सहयोग चाहिन्छ। सबैमा कमीकमजोरीहरू हुन्छन् र सबैले सत्यताका सिद्धान्तहरू बुझ्न सक्दैनन्, त्यसैले हाम्रो कर्तव्यमा केही समस्या वा गल्ती त हुन्छै हुन्छ, र कहिलेकाहीँ हामी भ्रष्टता प्रकट गर्छौँ र मनमानी ढङ्गले चल्छौँ। त्यस्तो बेला, अगुवाहरूले रेखदेख र अनुगमन गर्नैपर्छ, मानिसहरूको कर्तव्य कस्तो भइरहेको छ भनेर राम्ररी बुझ्नैपर्छ, समस्याहरू पत्ता लगाउनैपर्छ र विचलनहरू समाधान गर्नैपर्छ, र मण्डलीको काममा आउने हानिहरू रोक्नैपर्छ। तर म साँच्चै अन्धो र मूर्ख थिएँ। मैले सिन्यु आफ्नो कर्तव्यमा सक्रिय भएकी र उनले सुसमाचारको काम राम्ररी गरेकी जस्तो देखेँ, त्यसैले मैले उनीबारे चिन्ता गरिनँ। मैले उनलाई यस्तो महत्त्वपूर्ण काम दिएँ त्यसपछि यसबारे थप विचार गरिनँ। मेरो सहकर्मीले समूहमा समस्याहरू छन् भनेर बताएकी थिइन्, तर मैले गम्भीररूपमा लिइनँ। सिन्यु अहङ्कारी छिन् र अरूसँग मिलेर काम गर्न सक्दिनन् भन्ने मलाई थाहा भएपछि, मैले यसलाई राम्ररी जाँचिनँ। उनी समूह अगुवा भएकीले, मैले छोटकरीमा यो कुरा औँल्याइदिएँ र उनले खोजी र प्रवेश गर्नेछिन्, त्यसैले मैले चिन्ता गर्नु पर्दैन भन्ने सोचेँ। तर अवस्था मैले कल्पना गरेको भन्दा पूर्णतया फरक भयो। मैले सबैभन्दा कम चिन्ता गरेको व्यक्तिमा नै सबैभन्दा गम्भीर समस्याहरू थिए। उनको अहङ्कारी स्वभावको कारण, अरू बन्धनमा परे र तिनीहरूले सामान्यरूपमा आफ्नो कर्तव्य पूरा गर्न सकेनन्। यो सबै मैले व्यावहारिक काम नगरेको अनि परिस्थिति र मानिसहरूलाई परमेश्वरको वचनअनुसार नहेरेको कारणले नै भएको थियो। पछि हामीले त्यो समूहको कामको समीक्षा गऱ्यौँ र यसमा अझै केही समस्या रहेको पायौँ। तिनीहरूले सुसमाचारको कामद्वारा धेरै मानिसहरू ल्याएका थिए, तर ती केही नयाँ विश्वासीहरू सिद्धान्तअनुरूपका थिएनन्। कतिमा असल मानवता थिएन र तिनीहरूलाई हटाइनुपर्थ्यो, जसले स्रोतसाधन खेर फालेका मात्रै होइनन्, तर यो मण्डलीको लागि झमेला पनि हुन्थ्यो। मैले तिनीहरूको काम जति अनुगमन गरेँ, त्यति नै निश्चित समस्याहरू भेट्टाएँ, र त्यति नै यसभन्दा पहिले व्यावहारिक काम गरिरहेकी रहेनछु भन्ने देखेँ। मैले सतहमा मात्रै हेरेँ—काम सहजरूपमा अघि बढिरहेको छ भन्ने देख्दा, कसैको कर्तव्यमा समस्या छैन भन्ने सोचेँ। मैले परिस्थितिलाई सतहीरूपमा हेरेकी थिएँ। मैले सत्यता नबुझ्नु कति दयनीय कुरा हो भन्ने थाहा पाएँ, र भविष्यमा मैले परिस्थितिलाई सत्यताअनुसार हेर्नुपर्छ, आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ, मेरो सुपरिवेक्षणमा रहेका मानिसहरूको काम रेखदेख गर्नुपर्छ भनेर आफूलाई होसियार गराएँ। अगुवाहरूले व्यक्तिगतरूपमा विस्तृत काम गर्नुपर्ने परमेश्वरको मापदण्ड कति महत्त्वपूर्ण रहेछ भन्ने पनि मलाई महसुस भयो। यसले हामीलाई आफ्नो कर्तव्य स्वीकार्यरूपमा गर्ने बाटोमा चल्न सहयोग गर्छ। त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “यदि तँमा साँच्चै केही निश्चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्रको व्यावसायिक सीपलाई साँच्चिकै बुझेको छस्, र तँ तेरो पेसाभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्नो कर्तव्यप्रति बफादार हुन सक्नेछस्। कुन वाक्यांश? ‘त्यसमा आफ्नो हृदय लगाउनु।’ यदि तैँले कामकुरामा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्नो कर्तव्यमा बफादार र जिम्मेवार हुन सक्नेछस्। के यो वाक्यांश अभ्यास गर्न सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्नका लागि कान प्रयोग गर्नु होइन, र सोच्नका लागि दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्चै आफ्नो हृदय प्रयोग गर्न सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरेको, कुनै तरिकाले कार्य गरेको, वा कुनै कुराप्रति कुनै न कुनै प्रतिक्रिया दिएको देख्छ, वा जब उसको कानले केही मानिसहरूका राय वा तर्कहरू सुन्छ, तब उसले आफ्नो हृदय प्रयोग गरेर यी कुराहरूका बारेमा मनन र विचार गर्दा उसका मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्तिहरू उत्पन्न हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिहरूले गर्दा उसले उक्त व्यक्ति वा वस्तुका बारेमा गहन, निश्चित र सही बुझाइ प्राप्त गर्छ, र त्यो सँगसँगै तिनले उचित र सही निर्क्योल र सिद्धान्तहरू पनि उत्पन्न गराउँछन्। कुनै व्यक्तिमा आफ्नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको मानिन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न होसियार र जिम्मेवार हुन सिक्नुपर्थ्यो। मैले आफूले देखेका र सुनेका सबै कुरा हृदयमा हाल्न, अनि समस्याहरू पत्ता लगाउन वास्तविक कदम चाल्नुपर्थ्यो। नत्र, म कुनै समस्याप्रति आँखा चिम्लँदै झारा टारिरहेकी हुन्थेँ। मैले आफूले भेट्टाएका समस्याहरू समाधान गर्न, कुनै कुरा सच्याउन नसक्दा माथिकाहरूबाट सहयोग खोज्न, आफूले सक्ने जति गर्न र हासिल गर्न, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, सफा विवेक राख्न, र परमेश्वरको छानबिन स्विकार्न आफूले सक्ने सबै गर्नुपर्थ्यो। मैले आफ्नो कर्तव्यमा आफ्ना धारणा र कल्पनाहरूमा भरोसा गर्नु हुँदैनथ्यो। समस्याहरू समाधान नभइञ्जेल मैले सत्यताका सिद्धान्तहरू र परमेश्वरका मापदण्डहरूलाई पछ्याउनुपर्थ्यो। हाम्रो काममा अझै धेरै समस्या भए पनि, मैले ती समाधान गर्न सक्दो गर्नुपर्थ्यो, र त्यो काम जति राम्ररी अघि बढे पनि, मैले सुरुमा यसमा आफ्नो हृदय लगाएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिक्नुपर्थ्यो। परमेश्वरको घरको लागि सुसमाचारको काम महत्त्वपूर्ण छ, र यो महत्त्वपूर्ण, र अन्तिम समयमा, यदि मैले आफ्नो कर्तव्यलाई हल्कासित लिइरहेँ, सहजता खोजिरहेँ र आफ्नै हितहरूको रक्षा गरिरहेँ भने, त्यो जिउने स्वार्थी र घृणित तरिका हुनेथ्यो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो कद सानो छ र ममा धेरै क्षमता छैन, तर म आफ्नो कर्तव्यमा सर्वस्व लगाएर तपाईंका मापदण्डहरूअनुसार अभ्यास गर्न चाहन्छु।”
हालै, मैले मुख्यतः सुसमाचार प्रचारकहरू नयाँ भएकाले र परमेश्वरको कामको गवाहीसम्बन्धी सत्यताहरू स्पष्ट नभएकाले मण्डलीको सुसमाचारको काम त्यति प्रभावकारी भइरहेको छैन भन्ने पत्ता लगाएँ। तसर्थ, मैले तिनीहरूलाई केही व्यावहारिक निर्देशन दिन ली मेईलाई खटाएँ। सुरुमा, म ली मेईसँग सुसमाचार प्रचार गर्न लायक मानिसहरूका धार्मिक धारणाहरू विश्लेषण गर्न र सुसमाचार प्रचारकहरूका समस्याहरू बुझ्न समय बिताउँथेँ। तर, मलाई नै कामको चटारो भएपछि, मैले ती सबै समस्या ली मेईको हातमा सुम्पने सोचेँ, ताकि मैले तीबारे त्यति चिन्ता गर्न नपरोस्। त्यो विचार आउँदा, मलाई दोषी महसुस भयो। सुसमाचारको काम राम्रो भइरहेको थिएन, र ली मेईले गएर ती समस्याहरू बुझेपछि मसँग छलफल गर्न चाहन्थिन्, तर म कुनै अधिकारीले जस्तो त्यो गाह्रो काम उनको काँधमा हाल्न चाहन्थेँ। त्यो घृणित कार्य थियो। त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ र सचेतरूपमा देहलाई त्यागेँ। ली मेईले समस्याहरूबारे प्रतिक्रिया दिँदा, म व्यावहारिक रूपमा संलग्न भएँ, ती समस्याहरू समाधान गर्न उनीसँग सङ्गति गरेँ र सत्यता खोजेँ। यो व्यावहारिक सहकार्यद्वारा, मैले समूहको काम बुझ्न सकेँ र निकै छिटो प्रगति गर्न सकेँ, र सुसमाचार प्रचारकहरूका समस्या र कठिनाइहरू तुरुन्तै पत्ता लगाएर समाधान गर्न सकेँ। यो व्यावहारिक सहकार्यद्वारा मैले परमेश्वरको डोऱ्याइ देखेँ। केही नयाँ सुसमाचार प्रचारकहरूले सिद्धान्तहरू बिस्तारै सिक्दै गए, सुसमाचारको काम अझ फलदायी भयो, र केही नयाँ विश्वासीहरूले परमेश्वरको नयाँ काम स्विकारेपछि कर्तव्यहरू लिए। मैले आजभोलि निकै समय र शक्ति खर्चिरहेकी भए पनि, आफ्नो कर्तव्यमा साँच्चै हृदय लगाउँदा, यो कठिन वा थकाइलाग्दो लाग्दैन। वास्तवमा, म सत्यताका अझै धेरै सिद्धान्तहरूले सुसज्जित भएकी छु, र समस्याहरू आइपर्दा शान्त भएर परमेश्वरसामु प्रार्थना र खोजी गरेर, म परमेश्वरको झन् नजिक भएकी छु र आफ्नो कर्तव्यमा अझै ध्यान दिएकी छु। मेरो कर्तव्यमा अझै पनि धेरै कमीकमजोरी छन्। म यसलाई पर्याप्तरूपमा पूरा गर्नबाट अझै धेरै टाढा छु। तर आफ्ना अनुभवहरूद्वारा, मैले व्यावहारिक काम नगर्ने आफ्नो समस्याबारे मनन गरेँ र सिकेँ, र भविष्यमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने त्यसबारे मैले मार्गनिर्देशन पाएकी छु। परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र डोऱ्याइद्वारा नै मैले यो सबै प्राप्त गरेकी हुँ।