३. बल्‍ल मेरो धूर्तता देखेँ

गत वर्ष, मैले मण्डलीका नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम गरिरहेकी थिएँ। यस बीच, मैले वृद्धि-विकास गर्न सकिने केही मानिसहरू छनौट गरेकी थिएँ र तिनीहरूलाई सहयोग गर्न मेरो समय र शक्ति खर्च गर्थेँ। मलाई निकै गाह्रो भएको थियो। एउटा समस्या के थियो भने, मानिसहरूको वास्तविक परिस्थितिहरू अनुसार तिनीहरूलाई कसरी तालिम दिने मलाई थाहा थिएन, र तिनीहरू पर्‍याप्त रूपमा असल छैनन् भनेर अहङ्कारी रूपा निर्णय गरेँ। साथै, म त्यो सबै मानसिक शक्ति खर्च गर्न र त्यस्तो मूल्य चुकाउन चाहँदिनथिएँ। यो निकै हैरान लाग्दो छ जस्तो लागेको थियो। त्यसकारण, मैले कहिल्यै पनि कुनै पनि नयाँ विश्‍वासीहरूलाई तालिम दिएर पूरा गर्न सकिनँ। तर मैले तिनीहरूलाई तालिम दिइन भने, मेरो सुपरभाइजरले मलाई मैले तिनीहरूबाट धेरै कुरा अपेक्षा गरेँ र तिनीहरूलाई वृद्धि-विकास गर्ने बारेमा ध्यान दिइनँ, वा म अयोग्य छु र तिनीहरूलाई तालिम दिन सक्दिनँ भनेर भन्‍न सक्छन्। म चेपारोमा परेकी थिएँ, र के गर्ने थाहा थिएन। मलाई के लाग्यो भने, सायद मैले मेरो सुपरभाइजरलाई सोधेर उनलाई नै निर्णय गर्न लगाउनुपर्छ। त्यसपछि यो काम राम्ररी भएन भने पनि, यो पूर्ण रूपमा मेरो जिम्‍मेवारी हुनेछैन र मैले निर्णय गर्दा गल्ती गरेँ भने मलाई निराकरण गरिनेछैन। त्यसकारण मेरो सुपरभाइजरलाई सम्पर्क गर्दा, मैले उनलाई म मानिसहरूलाई मूल्याङ्कन गर्न त्यति जान्दिनँ र के गर्ने मलाई थाहा छैन भनेर सीधै बताइनँ, बरु मैले ती नयाँ विश्‍वासीहरूका अवस्था र कठिनाइहरूको बारेमा धेरै लामो समयसम्‍म व्याख्या गरिरहेँ: फलानो-फलानोको इन्टरनेट कनेक्सन राम्रो छैन र सम्पर्क गर्नै गाह्रो हुन्छ, फलानो-फलानो काममा व्यस्त छन्, र फलानो-फलानो व्यक्ति भेलाहरूमा त्यति बोल्दैनन्…। त्यसपछि, मैले मानिसहरूलाई सीमित तुल्याइरहेकी छु भनेर भन्छिन् भनेर, मैले यसो भन्दै कुरा टारेँ, “तर भेलाहरू र खोजीमा तिनीहरू सक्रिय छन्, त्यसकारण म तिनीहरूलाई वृद्धि-विकास गर्न सक्दो गर्छु।” सुरुमा त मलाई के गर्ने भन्‍ने बारेमा बताउनेछिन्, र तिनीहरू तालिम दिइरहन योग्य छैनन् भनेर भन्‍नेछिन्, त्यसकारण यो उनकै निर्णय हुनेछ र मलाई जिम्‍मेवार तुल्याइनेछैन, वा सबै समय तिनीहरूमा खर्च गर्नुपर्दैन भन्‍ने लागेको थियो। तर उनले उत्तर नदिई कडाइको साथ यसो भनेको देख्दा म छक्‍कै परेँ, “तपाईंले के भन्‍न खोज्‍नुभएको हो? तपाईंले यसरी घुमाउरो कुरा गरेको सुन्दा थकाइ लाग्यो। तपाईं सधैँ नयाँ विश्‍वासीहरूको अवस्थाको बारेमा यसरी रिपोर्ट दिनुहुन्छ। तिनीहरूसँग निश्‍चित समस्याहरू छन् भनेर भन्‍नुहुन्छ, यसकारण तिनीहरू वृद्धि-विकास गर्न योग्य छैनन् जस्तो देखिन्छ, तर फेरि तिनीहरूको मामलामा सक्दो गर्छु भनेर भन्‍नुहुन्छ। तपाईंले के सोच्‍नुभएको छ मैले थाहा पाउन सकिनँ।” मलाई अलिक रिस उठ्यो। मैले सोचेँ, “के उनले मलाई म सर्प जस्तो छु भनेर भनिरहेकी छिन्? सर्प कहिल्यै पनि सिधा हिँड्दैन, तर यता-उता बटारिएर हिँड्छ। के म त्यति खराब छु?” त्यो बेला मैले आफूलाई चिनेकी नै थिइनँ, तर उनले मलाई रिस पोखाइरहेकी हुन सक्छिन् भनेर मात्रै शङ्का गरेँ। त्यो गलत सोचाइ हो, उनले विनाकारण त्यसो भन्‍नेथिइनन्, यसले मसँगको उनको वास्तविक अनुभवलाई प्रतिबिम्‍बित गर्न सक्छ भन्‍ने मलाई थाहा थिएन। परमेश्‍वरले मलाई पाठ सिकाउनको लागि उनलाई मेरो निराकरण गर्न लगाउनुभयो तर मैले आफ्‍नो भ्रष्टता देख्‍न सकेकी थिइनँ, त्यसकारण उनले मलाई औँल्याउनु मेरो लागि उपयोगी कुरा थियो। त्यसकारण मैले उनलाई भनेँ, “तपाईंले व्याख्या गर्नुभएका समस्याहरूलाई म वास्तवमा देख्‍न सक्दिनँ, तर म यसलाई स्वीकार गरेर आफ्‍नो बारेमा मनन गर्न चाहन्छु।”

त्यसपछि, मैले उनले भनेको कुरा सोचिरहेँ, र परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई चिन्‍न मलाई सहायता गर्नुहोस् भनेर अनुरोध गरेँ। मलाई बाइबलमा उल्‍लेख गरिएको कुरा याद आयो, जहाँ यहोवा परमेश्‍वरले शैतानलाई सोध्‍नुभएको छ: “तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। त्यसपछि मैले शैतानले बोल्‍ने तरिकाको बारेमा परमेश्‍वरले गर्नुभएको विश्‍लेषण पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। ‘पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।’ तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको ‘विशिष्ट प्रतिभा’ हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने शैतानले आफ्‍नो लाजमर्दो अभिप्रायलाई लुकाउन आफ्‍नो बोलीवचनमा सधैँ मनसाय र छलहरू लुकाएर राखेको हुन्छ, र यसले घुमाएर कुरा गर्छ र खास कुरालाई लुकाएर बोल्छ। यो बुझ्‍न गाह्रो हुन्छ, र यसले के भन्‍न लागेको हो मानिसहरूलाई थाहा हुँदैन। मलाई के महसुस भयो भने म पनि कुरा घुमाउँदै र अरूलाई अन्योलमा पार्दै ब्रदर-सिस्टरहरूसँग शैतानकै पारामा बोल्‍ने गर्छु। जस्तै तिनीहरूले मलाई मैले हेर्ने मण्डलीमा कति जना मानिसहरू तालिम दिन योग्य छन् र तिनीहरूको अवस्था कस्तो छ भनेर सोध्दा, म एक-दुई वटा वाक्यले उत्तर दिन सक्थेँ, कति जना छन् र तिनीहरूको अवस्था के छ भनेर व्याख्या गर्न सक्थेँ। तर म सोझो उत्तर दिँदिनथिएँ। म नयाँ विश्‍वासीहरूका समस्याहरूका बारेमा कुरा गरेर सुरु गर्थेँ र मैले नयाँ विश्‍वासीहरूलाई तालिम दिने कार्यमा ध्यान दिइरहेकी छैन भनेर नसोचून्, तर तिनीहरू समस्याग्रस्त छन् र योग्यका छैनन् भन्‍ने ठानून् भनेर म केही कारणहरू दिन्थेँ। त्यसपछि ती सबै बहानाहरू बनाइसकेपछि, म आफ्‍नो शैली बदल्थेँ र हामीले नयाँ विश्‍वासीहरूलाई वृद्धि-विकास गर्नुपर्छ र म त्यसो गर्न सक्दो गर्नेछु भनेर आफ्‍नो कुरा सकाउँथेँ। तिनीहरू कसरी समस्याग्रस्त छन् भनेर केही समय कुरा गर्थेँ, त्यसपछि म तिनीहरूमा काम गर्छु भनेर भन्थेँ। त्यो सीधा उत्तर हुन्थेन, तर यो यति सर्पे-शैली हुन्थ्यो कि मैले भनेको कुरा कसैले बुझ्दैनथिए। परमेश्‍वरले के भन्‍नुभएको छ भने शैतानले आफ्‍ना हितहरूको रक्षा गर्नको लागि नै सधैँ घुमाउरो पारामा बोल्‍ने गर्छ र सधैँ कुनै मनसाय र उद्देश्य राखेको हुन्छ। त्यसपछि मैले मनमनै ब्रदर-सिस्टरहरूसँग त्यसरी बोल्दा मैले मनमा के उद्देश्य राखेको छु भनेर आफैलाई सोधेँ। यसको बारेमा राम्ररी विचार गर्दा, मैले के थाहा पाएँ भने म सधैँ समस्याहरूका बारेमा बताएर आफ्‍नो कुरा सुरु गर्थेँ ताकि अरूले म मानिसहरूलाई वृद्धि-विकास गर्ने कार्यमा केन्द्रित छैन भनेर नसोचून्, तर विभिन्‍न कारणले गर्दा तिनीहरू उचित उम्मेदवार होइनन् भन्‍ने सोचून्। त्यसपछि म सबै कुरालाई सम्‍हालेर हेर्छु भनेर भन्थेँ, ताकि मैले नयाँ विश्‍वासीहरूलाई वृद्धि-विकास गर्ने बोझ लिएकी छु र मसँग सकारात्मक आचरण छ भनेर अरूले सोचून्। त्यसपछि मैले मानिसहरूलाई सीमित गरिरहेकी छु र मूल्य चुकाउन इच्छुक छैन भनेर तिनीहरूले भन्‍ने छैनन्। म साँच्‍चै घुमाउरो पारामा बोलिरहेकी हुन्थेँ, र त्यसको पछाडि मेरा मनसायहरू लुकेका थिए। र म घुमाउरो तरिकाले बोल्थेँ, किनभने मैले भन्‍न खोजेको कुरा के हो भनी अरूले अनुमान गरेर नयाँ विश्‍वासीहरूलाई वृद्धि-विकास गर्न सकिन्छ कि सकिँदैन भनेर निर्णय गरून् भन्‍ने चाहन्थेँ, ताकि जेसुकै भए पनि मेरो लागि अन्तिममा राम्रै होस्। मैले तिनीहरूलाई किन वृद्धि-विकास गरिनँ भनेर कसैले फलोअप गरे भने, म सहजै यस कुराको निम्ति ब्रदर-सिस्टरहरूलाई दोष लगाउँदै तिनीहरूले मलाई त्यसो नगर्न भनेका छन् भनेर भन्‍न सक्थेँ। यदि नयाँ विश्‍वासीहरूले प्रगति गरे भने, सबैले म त्यस्ता मानिसहरूलाई वृद्धि-विकास गर्न सक्छु भनेर सबैले देख्‍न सक्थे, अनि म दक्ष छु भनेर सोच्थे, र म राम्रो देखिन्थेँ। मैले बोल्‍ने तरिका परमेश्‍वरले शैतानका वचनहरू कस्ता हुन्छन् भनेर व्याख्या गर्नुभएको जस्तै, सर्पजस्तो बाङ्गोटिङ्गो, आफ्‍नो मनसाय उद्देश्यहरूलाई पूर्ण रूपमा लुकाएर बोल्‍ने शैली थियो, ताकि के भइरहेको छ भन्‍ने अरूले थाहै नपाई मैले आफ्‍ना उद्देश्यहरूलाई हासिल गर्न सकूँ। म शैतान जस्तै पूर्ण रूपमा धूर्त र कुटिल थिएँ। ठीक त्यसरी नै मेरो सुपरभाइजरले मलाई मैले कुन-कुन नयाँ विश्‍वासीलाई वृद्धि-विकास गर्नुपर्छ भनी सोध्दा, उनले नै निर्णय गरून् भन्‍ने चाहना गर्दै मैले नयाँ विश्‍वासीहरूका विभिन्‍न समस्याहरू उल्‍लेख गरेँ, घरी यताको, घरी उताको कुरा गरेँ, ताकि नयाँ विश्‍वासीहरू अगाडि बढेनन् भने, त्यो मेरो गल्ती नहोस्, बरु यो उनको काँधमा परोस्। यसको बारेमा विचार गर्दा, मलाई के महसुस भयो भने मेरो अप्रत्यक्ष तरिका सल्‍लाह मागेजस्तै देखिन्थ्यो, तर वास्तवमा, मैले अरूलाई ने मेरो लागि निर्णय गरिदिन लगाइरहेकी थिएँ, र आफ्‍नो जिम्‍मेवारीबाट पछि हटेँ। यो मेरो अत्यन्तै धूर्त कार्य थियो। यदि सामान्य व्यक्तिले प्रश्‍नहरू गर्छ भने, उसले सिद्धान्तहरू मात्रै जान्‍न चाहन्छ ताकि उसले सिद्धान्तको आधारमा काम गरेर परमेश्‍वरको घरको काममा फाइदा पुर्‍याउन अरूलाई राम्ररी वृद्धि-विकास गर्न सकोस्। तर म आफ्‍नै हित, प्रतिष्ठा र हैसियतको रक्षा गर्न आफ्‍नो जिम्‍मेवारीबाट तर्किन चाहन्थेँ। म कसरी त्यति कपटी हुन पुगेँ? सुपरभाइजरले मलाई त्यसरी औँल्याइन् किनभने म सधैँ षड्यन्त्रकारी व्यवहार गरिरहेकी हुन्थेँ र कहिल्यै आत्म-चिन्तन गर्दिनथिएँ। यो परमेश्‍वरको लागि घृणित, र अरूको लागि झर्को लाग्दो हुन्छ। त्यो कुरा महसुस गरिसकेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र त्यहाँदेखि उता, म आफूले बोल्‍ने कुराको पछाडिको मनसायहरूको बारेमा विचार गर्छु र इमानदार बन्‍ने अभ्यास गर्छु भन्दै शपथ खाएँ। पछि, अरूले मलाई नयाँ विश्‍वासीहरूको बारेमा सोध्दा, कहिलेकहीँ मलाई फेरि पनि तिनीहरूका समस्याहरूका बारेमा उल्‍लेख गरेर कुरा सुरु गर्न मन लाग्थ्यो ताकि तिनीहरू सुधार हुन नसक्‍ने देखिऊन् र मैले जिम्‍मेवारी लिन नपरोस्। तर मसँग गलत अभिप्राय छ र मैले फेरि पनि कपटी व्यवहार गरिरहेकी छु भन्‍ने महसुस गर्दा, म सचेत भएर प्रार्थना गर्थेँ, आफूलाई त्याग्थेँ, र तिनीहरूको बारेमा निष्पक्ष र वस्तुगत रूपमा बताउथेँ। तर केही दिनपछि नै, म फेरि मेरो पुरानो तरिकामा नै फर्केर आएँ।

एक दिन, सुपरभाइजरले मलाई मैले मलजल गरेको एक जना विश्‍वासी सिस्टर झाङ्गका भेलाहरूमा सहभागी भइरहेका छन्, र तिनलाई उनको सङ्गति मन परेको छ भनेर बताइन्। मलाई त्यस नयाँ विश्‍वासी अहङ्कारी छ, तिनीसँग धेरै धारणाहरू छन्, र तिनलाई सांसारिक प्रचलनहरू मन पर्छ भन्‍ने सोच आयो। तिनले मेरा भेलाहरूमा नियमित रूपमा सहभागिता जनाइरहेका थिए, र तिनलाई मलजल गर्ने कार्य निकै थकाइलाग्दो हुन्थ्यो, त्यसकारण यदि तिनलाई सिस्टर झाङ्गले मलजल गर्न सक्छिन् भने एक जना भए पनि घट्यो भन्‍ने सोचेँ। तर तिनलाई मैले नै मलजल गर्नु पर्नेथियो, त्यसकारण मैले तिनलाई सिस्टर झाङ्गकहाँ स्थानान्तर गरेँ भने, सुपरभाइजरले मलाई म कपटी भइरहेकी छु, र मलजल गर्न कठिन नयाँ विश्‍वासीहरूलाई अरूको हातमा दिन्छु भनेर भन्‍नेछिन्। तर सुपरभाइजरले तिनलाई स्थानान्तर गर्ने सुझाव दिइन् भने, मैले स्वाभाविक रूपमै आफ्‍नो भारी हल्‍का गर्न सक्‍नेथिएँ। त्यसकारण, मैले उनलाई त्यस नयाँ विश्‍वासीले सिस्टर झाङ्गको सङ्गति मन पराएको विषयमा थोरै सोधेँ। उनले त्यस कुरालाई पक्‍का गरिन्। मैले तुरुन्तै भनेँ, यदि त्यसो हो भने, सायद तिनलाई आफूलाई मन परे अनुसार गर्न दिनुपर्छ। जे भए पनि, तिनले मेरा भेलाहरूमा नियमित सहभागिता जनाइरहेका थिएनन् नै। उनलाई के लाग्छ भनेर मैले उनलाई सोधेँ। उनले तिनलाई स्थानान्तर गर्नुपर्छ भनेर भन्छिन् भनेर पर्खिरहेकी थिएँ। तर उनले तुरुन्तै निर्णय गरिनन्। पछि, म फेरि भित्री मनसाय लिएर बोल्‍न थालेछु भन्‍ने सोचेर मलाई अलिक अप्ठ्यारो लाग्यो र अलिक ग्‍लानि पनि भयो। किन मसँग सधैँ यस्ता लाजमर्दो अभिप्रायहरू हुन्छन्? मैले किन स्पष्ट रूपमा र सीधै आफ्‍ना विचारहरू बताएर यो नयाँ विश्‍वासी मलाई त्यति मन परेन, तिनको लागि धेरै समस्या उठाउनुपर्छ र म तिनलाई स्थानान्तर गर्न चाहन्छु भनेर भनिनँ?

त्यसपछि मैले मेरो स्थितिसँग मिल्‍ने परमेश्‍वरका वचनहरू खोजेँ र उहाँका वचनहरूको एउटा खण्ड भेटेँ। “कतिपय मानिस सधैँ मानिसहरूले बुझ्न नसक्ने किसिमले बोल्छन्। कहिलेकाहीँ तिनीहरूले बोलेको वाक्यको सुरुवात हुन्छ तर अन्त्य हुँदैन, कहिलेकाहीँ अन्त्य हुन्छ तर सुरुवात हुँदैन। तिनीहरूले के भन्‍न लागेका हुन्, तँलाई पटक्‍कै थाहा हुँदैन, तिनीहरूले भनेको कुनै पनि कुराले अर्थ दिँदैन, र तैँले तिनीहरूलाई स्पष्ट पार्न अनुरोध गरिस् भने पनि तिनीहरूले स्पष्‍ट पार्नेछैनन्। तिनीहरूले बोल्दा प्रायजसो सर्वनामहरूको प्रयोग गर्छन्। उदाहरणको लागि, तिनीहरूले कुनै कुराको बारेमा रिपोर्ट गर्दा, ‘फलानोले—अँ, यस्तो सोचिरहेको थियो, त्यसपछि दाजुभाइ-दिदीबहिनीहरू त्यति धेरै …’ तिनीहरूले घण्टौँसम्‍म कुरा गर्न सक्छन् र पनि आफ्‍नो कुरा स्पष्ट रूपमा व्यक्त गर्दैनन्, आफ्‍नो वाक्य पूरा गर्दैनन्, एकअर्कासँग सम्‍बन्धित नरहेका एकल शब्‍दहरू बोल्छन्, र तिनीहरूको कुरा सुनिसकेपछि पनि तैँले पटक्‍कै केही बुझ्दैनस्, बरु चिन्तितचाहिँ हुन सक्छस्। वास्तवमा, तिनीहरूले धेरै अध्ययन गरेका हुन्छन् र तिनीहरू शिक्षित हुन्छन्—र पनि किन तिनीहरूले पूरा वाक्य बोल्‍न सक्दैनन्? यो स्वभाव सम्‍बन्धी समस्या हो। तिनीहरू यति छली हुन्छन् कि थोरै सत्यता भन्‍नलाई पनि धेरै प्रयास चाहिन्छ। ख्रीष्टविरोधीहरूले भन्‍ने कुनै कुरामा विशेष ध्यान दिइएको हुँदैन, सधैँ सुरुवात हुन्छ तर अन्त्य हुँदैन; तिनीहरूले आधा वाक्यलाई अस्पष्ट बनाउँछन् र आधा वाक्य त निकाल्दै निकाल्दैनन्, र तिनीहरूले सधैँ के भइरहेको छ भनेर जाँचिरहेका हुन्छन्, किनभने तिनीहरू आफूले भन्‍न खोजेको कुरा तैँले बुझेको चाहँदैनन्, तिनीहरू तैँले अनुमान गरेको चाहन्छन्। यदि तिनीहरूले तँलाई सीधै बताए भने, तिनीहरूले भनेको कुरा तैँले बुझ्छस् र तिनीहरूको वास्तविकता देख्छस्, होइन र? तिनीहरूले त्यस्तो भएको चाहँदैनन्। तिनीहरूले के चाहन्छन्? तिनीहरू तैँले आफै अनुमान गरेको चाहन्छन्, र तैँले अनुमान गरेको कुरा सही हो भनेर तिनीहरूले खुशीसाथ तँलाई विश्‍वास गर्न दिन्छन्—त्यस्तो अवस्थामा, तिनीहरूले यो कुरा भनेका हुँदैनन्, त्यसकारण तिनीहरूले कुनै जिम्‍मेवारी लिँदैनन्। यसबाहेक, तिनीहरूले भन्‍न खोजेको के हो भनी तैँले आफ्नो अनुमान तिनीहरूलाई बताउँदा तिनीहरूले के प्राप्त गर्छन्? तेरो अनुमान नै तिनीहरूले सुन्‍न चाहेको कुरा हुन्छ, र यसले त्यस विषयमा तेरो विचार र दृष्टिकोण के छ त्यो तिनीहरूलाई बताउँछ। त्यहाँबाट, तिनीहरूले छनौट गरेर बोल्‍नेछन्, के भन्‍ने र के नभन्‍ने, र कसरी भन्‍ने त्यो चुन्‍न सक्छन्, त्यसपछि तिनीहरू आफ्नो योजनाको अर्को चरणमा अघि बढ्नेछन्। हरेक वाक्य एउटा फन्दामा गएर टुङ्गिन्छ, र तैँले तिनीहरूको कुरा सुन्‍ने क्रममा, तैँले तिनीहरूको वाक्यलाई पूरा गरिदिइरहिस् भने, तँ पूर्ण रूपमा फन्दामा परेको हुनेछस्। सधैँ यसरी बोल्‍नु के तिनीहरूको लागि थकाइलाग्दो हुन्छ? तिनीहरूको स्वभाव दुष्ट हुन्छ—तिनीहरूले थकाइ महसुस गर्दैनन्। तिनीहरूको लागि यो पूर्ण रूपमा स्वाभाविक कुरा हुन्छ। किन तिनीहरूले तेरो लागि यी फन्दाहरू तयार गर्न चाहन्छन्? किनभने तिनीहरूले तेरा विचारहरूलाई स्पष्‍ट रूपमा देख्‍न सकेका हुँदैनन्, र तिनीहरूलाई तैँले तिनीहरूको वास्तविकता देख्लास् भन्‍ने डर हुन्छ। तिनीहरूले तँलाई तिनीहरूको वास्तविकता बुझ्‍नबाट रोक्‍ने प्रयास गरिरहेका हुन्छन्, र त्यही समयमा तँलाई बुझ्‍ने प्रयास पनि गरिरहेका हुन्छन्। तिनीहरूले तेरा दृष्टिकोण, विचार, र विधिहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरू सफल भए भने, तिनीहरूको पासोले काम गरेको हुन्छ। कतिपय मानिसहरू ‘उम्’ र ‘अँ’ भन्दै रोकिन्छन्; तिनीहरूले निश्‍चित दृष्टिकोण व्यक्त गर्दैनन्। अरूचाहिँ ‘जस्तै’ र ‘साँच्‍ची…’ भन्दै रोकिन्छन्, र तिनीहरू आफूले भन्‍न चाहेको वास्तविक कुराको सट्टा यस्ता शब्‍दहरू प्रयोग गर्छन्, र तिनीहरूले वास्तवमा के विचार गरिरहेका छन् भन्‍ने कुरालाई ढाकछोप गर्छन्। तिनीहरूको हरेक वाक्यमा धेरै वटा निरर्थक शब्‍द, क्रियाविशेषण, र अतिरिक्त क्रियापदहरू हुन्छन्। यदि तैँले तिनीहरूका शब्‍दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, कुनै शब्‍दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन। तिनीहरूका सबै शब्‍दहरूमा गुप्त पासो, परीक्षाहरू, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट। के त्यसमा छल समावेश हुन्छ? तिनीहरूले बनाउने यी पासो, परीक्षा, र प्रलोभनहरूलाई नै छल भनिन्छ। यो ख्रीष्टविरोधीहरूको दुष्ट सार भएका मानिसहरूको सामान्य चरित्र हो। यो सामान्य चरित्र कसरी प्रकट हुन्छ? तिनीहरूले असल खबर सुनाउँछन् तर खराब खबर सुनाउँदैनन्, तिनीहरूले जहिल्यै पनि आकर्षक शैलीमा बोल्छन्, तिनीहरू रोकिँदै बोल्छन्, तिनीहरूले आंशिक रूपमा आफ्‍नो आशय लुकाउँछन्, अन्यौलपूर्ण तरिकाले र अस्पष्ट रूपमा बोल्छन्, र तिनीहरूका शब्‍दहरूमा परीक्षाहरू लुकेका हुन्छन्। यी सबै कुरा पासोहरू हुन्, र ती सबै छलका माध्यम हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वरले के भन्‍नुभएको छ भने ख्रीष्ट-विरोधीहरू कहिल्यै पनि सीधै बोल्दैनन्, र तिनीहरूले बोलेको कुरा अरूलाई अस्पष्ट र अन्योलपूर्ण लाग्छ, यसरी तिनीहरूले कुनै जिम्‍मेवारी नलिई आफ्‍ना व्यक्तिगत उद्देश्यहरूलाई हासिल गर्न सधैँ अरूलाई फन्दामा पार्न गहिराइ नापिरहेका हुन्छन्। यो त शैतानले हव्‍वालाई फल खायौ भने मर्छौ नै भन्‍ने छैन भनेको जस्तै हो। शैतानका वचनहरू जाँच र परीक्षाले भरिएका थिए, र त्यसले आफ्‍ना वास्तविक उद्देश्यहरूलाई प्रकट गरेको थिएन, तर जिम्‍मेवारी नलिई अरूलाई पाप गर्न लगाएको थियो। यो कुरा परमेश्‍वरले भन्‍नुभएको यो वचन जस्तै हो: “हरेक व्यक्तिभित्र सैतानी स्वभाव हुन्छ; प्रत्येकको हृदयमा असङ्ख्य विषहरू हुन्छन्, जसको प्रयोग गरेर शैतानले परमेश्‍वरको परीक्षा लिन्छ र मानिसलाई फुस्ल्याउँछ। कहिलेकाहीँ तिनीहरूको वाणीमा सैतानको आवाज र लवज मिसिएको हुन्छ, र लोभ्याउने र परीक्षा लिने इरादा भएको हुन्छ। मानिसको विचार र सोच सैतानका विषहरूले भरिएका हुन्छन् र तिनीहरूले यसको कडा दुर्गन्ध छोड्छन्। कहिलेकाहीँ, मानिसहरूको हेराइ वा गराइबाट पनि लोभ्याउने र परीक्षा लिने खालको यस्तै दुर्गन्ध आउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। म पनि त्यस्तै थिएँ, म सधैँ घुमाउरो पारामा बोल्थेँ, अनि जासुसले जस्तो व्यवहार गर्दै आफ्‍नै खराब मनसायहरूले परीक्षा गरिरहेकी हुन्थेँ। मैले केही हदसम्‍म चिनेकी नयाँ विश्‍वास अरू भेलाहरूमा गइरहेको छ भनेर सुपरभाइजरले भन्दा, म तिनलाई सहयोग गरेर समय र शक्ति खर्च गर्न चाहँदिनथिएँ, तर तिनलाई हटाउने मौकाको रूपमा त्यस अवसरलाई प्रयोग गर्न चाहन्थेँ। तर मैले तिनलाई सीमित गरेकी छु र इन्कार गरेकी छु भन्‍ने सुपरभाइजरले थाहा पाओस् भन्‍ने म चाहन्‍नथिएँ। नयाँ विश्‍वासीहरूप्रति जिम्‍मेवार र प्रेमिलो भएको देखाउने मेरो छविलाई कायम राख्‍न, मैले उनलाई घुमाउरो पारामा हामीले तिनका भावनाहरूलाई ध्यान दिनुपर्छ र तिनलाई जे मन लाग्छ त्यही गर्नुपर्छ भनेर सुझाव दिएँ, र तिनलाई ती भेलाहरूमा स्थानान्तर गरियोस् भनेर उनलाई मनाउने प्रयास गरेँ, ताकि मैले आफ्‍नै उद्देश्यहरू हासिल गर्न सकूँ। मैले बोलेको शैली परमेश्‍वरले व्याख्या गर्नुभएको जस्तै थियो: “यदि तैँले तिनीहरूका शब्‍दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, कुनै शब्‍दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन। तिनीहरूका सबै शब्‍दहरूमा गुप्त पासो, परीक्षाहरू, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। ती परिस्थितिहरूमा मेरो मुखबाट एउटै पनि इमानदार शब्‍द निस्‍केन, तर ती सबै भ्रामक कुराहरू निस्के। मैले ममा साँच्‍चै नै दुष्ट प्रकृति छ भन्‍ने थाहा पाएँ। मलाई कुरा घुमाउन अनि आफ्‍नो साँचो रूप देखाउन मन लाग्थ्यो। म कतिपय कुरा सीधै भन्‍नु मूर्खता हो, मैले आफ्‍नै खुट्टामा गली हानिरहेकी हुन्छु, र मूर्खले मात्रै त्यसो गर्छ भन्‍ने सोच्थेँ। मैले कपटी बन्‍नुलाई चलाक बन्‍नु ठानेकी थिएँ, र म सिपालु छु, मैले आफूलाई सुरक्षित राखेकी छु, र म सधैँ एक कदम अगाडि छु, त्यसकारण यसरी मेरा व्यक्तिगत चासोहरूमा धक्‍का पुग्दैन भन्‍ने ठानेकी थिएँ। मैले कपटी बन्‍ने कार्यलाई जीवनको व्यक्तिगत सिद्धान्त बनाएकी थिएँ, र बोलीवचन र व्यवहारमा इमानदार र पारदर्शी बन्‍ने बारेमा परमेश्‍वरले हामीलाई भन्‍नुभएका सकारात्मक कुराहरूलाई पूर्ण रूपमा बेवास्ता गरेकी थिएँ। यसले गर्दा मलाई घाटा हुन्छ भन्‍ने लागेको थियो। म अत्यन्तै चनाखो थिएँ अवस्थालाई घुमाउरो तरिकाले हेर्थेँ, जीवन सम्‍बन्धी शैतानी नियमहरूलाई व्यक्तिगत मापदण्डको रूपमा हेरेकी थिएँ, र म सधैँ चलाक बन्थेँ र छल गर्न र खेल खेल्‍न तयार हुन्थेँ। म कति कुटिल र दुष्ट छु भन्‍ने महसुस गर्दा मलाई अलिक डर लाग्यो। शैतानले साँच्‍चै नै मलाई भ्रष्ट तुल्याएको छ र ममा कुनै मानव स्वरूप छैन भन्‍ने मैले थाहा पाएँ। एक पटक, मलाई मेरी काकीले किन्‍नुभएको एउटा डिजाइनर ह्यान्डब्याक एकदम मन पर्‍यो। मलाई यसको लागि त्यति धेरै पैसा खर्च गर्न मन थिएन र मलाई पैसा माग्‍न पनि लाज लागेको थियो, त्यसकारण राम्रो व्यवहार गर्ने बहाना गर्दै मैले भनेँ, “हेर्नुहोस् त तपाईंले यो ब्याग प्रयोग समेत गरिरहनुभएको छैन, यो त खेर नै गयो! तपाईंसँग यो ब्राण्डको ब्याग पहिले नै छ, र पनि तपाईंले किन यो किन्‍नुभयो?” मैले मेरी काकीसँग यो शैलीमा बोलेँ ताकि उनले मलाई म उनको वास्ता गरिरहेकी छु र उनले पैसा खेर नफालून् भन्‍ने चाहन्छु भन्‍ने ठानून्, तर मैले वास्तवमा के भन्‍न खोजिरहेकी थिएँ भने उनले त्यो ब्याग व्यक्तिगत रूपमा प्रयोग गर्दिनन्, त्यसकारण यो खेर गएको छ। उनको प्रतिक्रिया यस्तो थियो, “राम्रो लागेर अनि सस्तोमा भेटेर किनेकी हुँ। मलाई त्यो ब्रान्डका ब्यागहरू मन पर्छ, तर यो तिमी लान सक्छौ।” एक-दुई वटा शब्‍दले नै, मैले उनलाई त्यो ब्याग दिन लगाएँ। म त्यस्तो थिएँ। म आफूले चाहेको कुरा प्रत्यक्ष रूपमा भन्दिनथिएँ, तर अरूले अनुमान गरून् र मलाई दिऊन् भन्‍ने चाहन्थेँ। त्यो सबै कुरालाई फर्केर हेर्दा, म कसरी त्यति धूर्त हुन सकेँ मलाई थाहा छैन। मलाई त्यो समयमा फर्केर जान पाए त हुन्थ्यो र मैले त्यस्ता खराब कुराहरू नबोलेको भए त हुन्थ्यो जस्तो लाग्छ। त्यस विन्दुमा, मैले के महसुस गरेँ भने, परमेश्‍वरले व्याख्या गर्नुभए जस्तै, ख्रीष्ट-विरोधीहरूले बोल्‍ने र व्यवहार गर्ने अनि तिनीहरूको दुष्ट स्वभाव ममा प्रशस्‍त्रै थिएछन्। म त्यतिका वर्षदेखि त्यस्तै रहँदै आएकी थिएँ। कहिलेकहीँ सोच्दै नसोची, मेरो मुखबाट धूर्त कुरा निस्कन्थ्यो। ममा साँच्‍चै नै ख्रीष्ट-विरोधीहरूको दुष्ट स्वभाव थियो। मैले यसलाई सम्‍बोधन गरेर परिवर्तन नगरेकी भए यो निकै खतरनाक हुनेथियो।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—परमेश्‍वरले सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ, सत्यताले पनि त्यसै गर्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ। हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो आचरणको जगका रूपमा लिए। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग गरिनेछ र हटाइनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरूले मलाई परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ र धूर्त मानिसहरूलाई उहाँले घृणा गर्नुहुन्छ भन्‍ने सिकाए। इमानदार मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्, जब कि धूर्त मानिसहरूलाई खुलासा गरिनेछ र हटाइनेछ। मैले विश्‍वास गरेपछिका वर्षहरूमा, मैले मण्डलीबाट निष्कासित भएकाहरूलाई देखेकी थिएँ, जसमध्ये कतिले सधैँ काममा ठग्थे र आफ्‍नो कर्तव्यमा बेइमान गर्थे, र कति आफ्‍नो नाम र हैसियतको रक्षा गर्ने प्रयासमा सधैँ आफूलाई उचाल्दै र आफ्‍नै गवाही दिँदै नाटक गर्थे। तिनीहरूले आफ्‍ना उद्देश्यहरू हासिल गर्न धूर्त र छली काम गर्थे, र कतिपय मानिसहरू अस्थाई रूपमा तिनीहरूको बहकाउमा पर्थे। तर परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ, त्यसकारण उहाँले तिनीहरूको खुलासा गर्ने परिस्थिति मिलाउनुहुन्थ्यो। जब मैले नयाँ विश्‍वासीहरूलाई वृद्धि-विकास र मलजल गरिरहेकी थिएँ, तब खेल खेल्‍न र धोका दिन, मेरो भ्रष्टता र कमीकमजोरीलाई ढाक्‍न म सबै किसिमका बहानाहरू बनाउँथेँ, र मैले परिवर्तन हुने प्रयास गरिनँ, जसले गर्दा झन्-झन् बढी उल्‍लङ्घनहरू भयो। त्यसको परिणाम स्वरूप म परमेश्‍वरद्वारा हटाइने मात्रै थिएँ। र सरल र इमानदार व्यवहार गर्ने ब्रदर-सिस्टरहरूलाई हेर्दा, तिनीहरूले आफ्‍नो कर्तव्यमा नबुझेका कुराहरू धेरै हुन्थे, र तिनीहरूले गल्ती गर्थे, तर तिनीहरूले आफ्‍नो हैसियतको रक्षा गर्न आफूलाई जिम्‍मेवारी मुक्त गर्नको लागि खेल खेल्‍ने वा तिनीहरूको आफ्‍नै हितहरूलाई प्रभाव पर्ने बारेमा सोच्ने गर्दैनथिए। तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न कसरी सत्यता र सिद्धान्तहरूका बारेमा सिक्‍ने भनेर विचार गर्थे, परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्थे। तिनीहरू सामान्य क्षमताका हुन सक्थे, वा अलिक अज्ञानी पनि हुन सक्थे, वा तिनीहरूको कर्तव्यमा समस्याहरू हुन सक्थे, तर परमेश्‍वरले तिनीहरूलाई सत्यताका सिद्धान्तहरू क्रमिक रूपमा सिक्‍न, परमेश्‍वरको नेतृत्व अनुभव गर्न, र दैनिक रूपमा जीवनमा वृद्धि हुन अगुवाइ र सहयोग गर्नुहुन्थ्यो। त्यसपछि मलाई के थाहा भयो भने इमानदार बन्‍नु र मानिसहरूलाई आफ्‍नो वास्तविकता स्पष्ट रूपमा देखाउनु नराम्रो कुरा होइन। त्यो बेला यो अलिक लाजमर्दो हुन सक्छ, तर मलाई यसको बारेमा खुशी लाग्थ्यो, र परमेश्‍वरले यो मन पराउनुहुन्थ्यो। यसको साथै, मैले आफ्‍ना समस्याहरूका बारेमा मन खोलेर बताउँदा ब्रदर-सिस्टरहरूले मलाई कहिल्यै पनि हेला गरेनन्। तिनीहरूले मलाई ती समस्याहरू समाधान गर्न सहायता गर्छन् र मलाई सिद्धान्तहरूमा प्रवेश गर्न डोर्‍याउँछन् र त्यस्तो अभ्यासले मेरो कर्तव्यमा कुनै पनि हानि गर्दैन। अहिले परमेश्‍वरको राज्यको सुसमाचार शीघ्र गतिमा विस्तारित भइरहेको छ, र हामीसँग सुसमाचार फैलाउने काम गर्नको लागि हामीलाई धेरै नयाँ विश्‍वासीहरूको खाँचो छ। मैले कुनै पनि नयाँ विश्‍वासीहरूलाई वृद्धि-विकास गरेकी थिइनँ, त्यसकारण के मैले परमेश्‍वरको कामको बाटोमा बाधा बनेर शैतानको नोकरको काम गरिरहेकी थिइनँ र? मैले त परमेश्‍वरको विरुद्धमा काम गर्दै आइरहेकी थिएँ! परमेश्‍वर भन्नुहुन्छ: “तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग गरिनेछ र हटाइनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ।” परमेश्‍वर वचनहरू साँच्‍चै स्पष्ट छन्। व्यक्तिले जे-जस्तो मार्ग लिए पनि, उसले जुन व्यक्ति बन्‍ने प्रयास गर्छ, त्यो कुरा उसको परिणाम र भाग्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित हुन्छ। परमेश्‍वरले ठूला-साना यी सबै परिस्थितिहरू तय गर्नुभएको थियो, तर सत्यताको खोजी वा आत्म-चिन्तन नगरिकन, आफ्‍नै शैतानी प्रकृति अनुसार जिउँदै मैले ती कुरामा गल्ती गरिरहेँ। मैले इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा आधारभूत सत्यतामा प्रवेश गर्ने, वा मेरो जीवन स्वभावमा कुनै परिवर्तन ल्याउने समेत गरिनँ। म धूर्त व्यक्ति नै रहिरहेँ, जो शैतानको स्वामित्वमा हुन्छ। मैले त्यसरी कसरी मुक्ति पाउन सक्थेँ र? इमानदार व्यक्तिको रूपमा जिउनु मात्रै सही मार्ग हो।

त्यसपछि मैले यस विषयमा सत्यताको खोजी गरिरहेँ, र इमानदार व्यक्ति बन्‍ने मार्गको बारेमा अझै स्पष्टता प्राप्त गरेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्‍नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्ट्याउनु र जान्‍नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्‍ने काम भन्‍न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—यदि तिनीहरूले आफ्‍ना हितहरू गुमाउने हो भने—तिनीहरू बाँच्‍न सक्ने थिएनन्। मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्‍नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरू आफ्नै हितहरूलाई अरू कुनै पनि कुराभन्दा उच्‍च ठान्छन्, तिनीहरू आफ्‍नै हितका लागि जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ। त्यसो भए त्यस्तो परिस्थितिमा के गर्नुपर्छ? मानिसहरूले सत्यता स्वीकार गर्नैपर्छ। तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्ना हितहरूको सारलाई देख्‍न सक्छन्; त्यसपछि मात्रै तिनीहरूले आफूले औधी प्रेम गरेको कुरालाई त्याग्न, त्यसको विरुद्धमा विद्रोह गर्न, र त्यसरी त्याग्दाको पीडालाई सहन सक्छन्। अनि, जब तैँले यसो गर्न सक्छस्, र आफ्‍नै हितहरूलाई त्याग्न सक्छस्, तब तैँले हृदयमा त्यति नै ढुक्‍क र त्यति नै शान्ति प्राप्त गर्छस्, र त्यसो गरेर तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्‍ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्‍न सक्छस्, ‘आफूलाई लाभ पुर्‍याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्‍नुमा के गलत छ र? परमेश्‍वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?’—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्‍वरमा विश्‍वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्‍नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्‍नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्‍वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्‍न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्‍नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्‍नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्‍ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्‍ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्‍नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। “मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटमा कुनै अभिप्राय लुकेको हुँदैन, न त ती झूटको जानी-जानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; तर अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र ती शैतानको चलाकी प्रतिनिधित्व गर्ने कुराहरू हुन्, र ती मानिसहरूले जानी-जानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्दैनन्—त्यसकारण तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्‍ने समस्या एकै पटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकाहीँ वा धेरै पटक पुरानै बानीमा फर्किने समस्या रहन्छ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्‍ने हरेक झूटलाई समाधान गरिस्, र यो कार्यलाई जारी राखिस् भने, त्यो दिन पक्‍कै आउनेछ जुन दिन तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्‍ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब एउटा झूट प्रकट हुन्छ, तब आफ्‍नो बारेमा मनन गर्, र त्यसपछि परमेश्‍वरलाई प्रार्थना गर्। जब अर्को झूट प्रकट हुन्छ, तब फेरि आफ्‍नो बारेमा मनन गर्, र परमेश्‍वरलाई प्रार्थना गर्। परमेश्‍वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तँलाई सत्यता अभ्यास गर्न र सत्यता जिउन त्यति नै इच्‍छा हुनेछ। त्यसरी, तँसँग झूटहरू त्याग्‍ने सामर्थ्य हुनेछ। केही समयसम्‍म त्यस्तो अनुभव र अभ्यास गरिसकेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले अबदेखि झूट बोल्‍न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्‍नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछ। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो स्वतन्त्र र मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले जकडेर राख्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बन्नुका परिणामहरू देख्‍न थाल्‍नेछस्। अवश्‍य नै, विशेष परिस्‍थितिहरू सामना गर्दा, तैँले कहिलेकाहीँ सानो झूट मुखबाट फुत्काउन सक्छस्। कहिलेकाहीँ तँलाई खतरा हुन सक्छ वा कुनै समस्या आउन सक्छ, वा तँ आफ्‍नो सुरक्षा गर्न चाहन सक्छस्, र त्यस्तो बेला झूट नबोली हुँदैन। तैपनि, तैँले यसबारेमा मनन गर्नुपर्छ, यसलाई बुझ्‍नुपर्छ र समस्या समाधान गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गरेर यसो भन्‍नुपर्छ: ‘ममा अझै पनि झूट र छल रहेका छन्। परमेश्‍वरले मलाई मेरो भ्रष्ट स्वभावबाट सधैँको लागि मुक्त गर्नुभए हुन्थ्यो।’ जब व्यक्तिले उद्देश्यपूर्ण रूपमा बुद्धि अभ्यास गरिरहेको हुन्छ, तब यो भ्रष्टताको प्रकटीकरणको रूपमा गनिँदैन। इमानदार व्यक्ति बन्‍नको लागि व्यक्तिले अनुभव गर्नुपर्ने कुरा त्यही हो। यस तरिकाले, अलिअलि गर्दै, तेरा झूटहरू घट्दै जान्छन्। आज तैँले दश वटा झूट बोल्छस्, भोलि तैँले नौ वटा बोल्‍नेछस्, र पर्सी आठ वटा बोल्‍नेछस्। पछि तैँले दुई-तीन वटा झूट मात्रै बोल्‍नेछस्। तैँले झन्झन्‌ धेरै सत्य बोल्दै जानेछस्, र इमानदार व्यक्ति बन्‍ने तेरो अभ्यास पहिलेभन्दा झन्झन् परमेश्‍वरका अभिप्राय, उहाँका सर्तहरू, र उहाँका मापदण्डहरूको नजिक पुग्‍नेछ—अनि त्यो कति राम्रो हुनेछ! इमानदार बन्‍ने अभ्यास गर्नको लागि, तँसँग एउटा मार्ग, र एउटा उद्देश्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्‍ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्‍नुपछाडि लुकेको तेरो सार चिन्‍नुपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्‍न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्‍ने समस्यालाई राम्ररी चिनिसकेको हुन्छस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तब तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, नतिजा पक्‍कै पनि तेरो हात आउनेछ। एक दिन तैँले यसो भन्‍नेछस्: ‘इमानदार बन्‍नु सजिलो छ। छली बन्‍नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबदेखि म छली व्यक्ति बन्‍न चाहन्‍नँ, सधैँ यसरी के-कस्ता झूटहरू बोल्‍ने र आफ्‍ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्‍नँ। यो त मानसिक रोग भएको व्यक्ति बन्‍नुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—“मानव” भनेर भन्‍नलायक नै नभएको व्यक्ति बन्‍नु हो! त्यस्तो जीवन अति थकाइलाग्दो हुन्छ, र म अबदेखि त्यसरी जिउन चाहन्‍नँ!’ यस पटक, तैँले साँचो रूपमा इमानदार बन्‍ने आशा पाएको हुन्छस्, र यसले तैँले इमानदार व्यक्ति बन्‍नेतर्फ प्रगति गर्न थालेको छस् भन्‍ने प्रमाणित गर्नेछ। यो एउटा ठूलो सफलता हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्‍दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्‍जित हुन्छ। तिमीहरूको अनुहार रातो हुन्छ होला, तिमीहरूलाई लाज लाग्‍छ होला, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्‍छ होला। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्‍नुपर्छ। तैँले यसो भन्‍नुपर्छ: ‘हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरूले मलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई मुक्त र स्वतन्त्र हुन मदत गर्नुहोस्।’ जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा अझै धेरै ज्योति आउनेछ, र तैँले मनमनै भन्‍नेछस्: ‘यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एक पटक त इमानदार व्यक्ति बनेको छु।’ तैँले यसरी प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई उत्प्रेरित गर्नुहुन्छ, र तैँले वास्तविक व्यक्ति बन्‍दा कस्तो अनुभव हुन्छ भनेर बुझ्छस्। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ नै भन्‍ने छैन। कुनै मार्ग नहुनु मानिसहरूको लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग भेट्टाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द प्राप्त गर्नेछ। यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले आराम पाउनेछ, र तिनीहरूले स्वतन्त्रता र उन्मुक्ति प्राप्त गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के देख्‍न सकेँ भने इमानदार बन्‍नको लागि, पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले आफ्‍नो व्यक्तिगत हितहरूलाई त्याग्‍नुपर्छ। त्यो निकै महत्त्वपूर्ण कुरा हो। झूट बोल्‍नुको पछाडिको उद्देश्य भनेको आफ्‍नै हितहरूको रक्षा गर्नु र आफ्‍ना उद्देश्यहरू पूरा गर्नु हो, र जब मानिसहरूले त्यस्तो कुरालाई पछ्याउँछन्, आफ्‍नो शैतानी स्वभावको नियन्त्रणमा पर्छन्, तब तिनीहरूले झूट बोल्‍नेछन् र चलाकीको खेल खेल्‍नेछन्। त्यसकारण व्यक्तिगत हितहरूलाई त्याग्‍नु निकै महत्त्वपूर्ण छ, अनि यसले धूर्त बन्‍ने समस्यालाई समाधान गर्न सहज तुल्याउँछ। यसको साथै, नियमित रूपमा आत्म-चिन्तन गर्नु, र विवेकशील रूपमा सत्य कुरा बोल्‍ने र इमानदार बन्‍ने अभ्यास गर्नु, हाम्रा हरेक बोलीवचन र व्यवहार परमेश्‍वरलाई जाँच्‍न दिनु निकै महत्त्वपूर्ण छ। जब हामीलाई आफ्‍नो बोलीवचन वा व्यवहारमा धूर्त बन्‍न मन लाग्छ, तब हामीले के कुरा हासिल गर्ने प्रयास गरिरहेका छौँ भनेर आफैलाई सोध्‍नुपर्छ, र यदि यो धूर्त वा दुष्ट कुराको अभिव्यक्ति हो भने, हामीले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ र तुरुन्तै फर्किनुपर्छ, अरूसँग मन खोलेर कुरा गर्न, हाम्रा विचार, दृष्टिकोण, भ्रष्टता र कमीकमजोरीलाई प्रकट गर्न, र तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न सिक्‍नुपर्छ। धूर्त, दुष्ट शैतानी स्वभाव क्रमिक रूपमा परिवर्तन गर्न सकिने एउटै मात्र तरिका त्यही हो। त्यसपछि, मैले नयाँ विश्‍वासीहरूप्रतिको मेरो दृष्टिकोणको बारेमा मेरो सुपरभाइजरलाई मन खोलेर बताएँ, मेरो गुप्त अभिप्रायहरूलाई स्वीकार गरेँ, र उनलाई माफी मागेँ। म छक्‍कै परेँ किनभने उनले मलाई नीच ठानिनन्, बरु हाम्रो कर्तव्यमा रहेका केही समस्याहरूका बारेमा मसँग छलफल गरिन्। मैले त्यसो गरेपछि मलाई निकै खुशी लाग्यो। मैले कुरा लुकाउन छोडेँ, र निकै शान्तिको अनुभव गर्न थालेँ।

म मेरो धूर्त, दुष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्त भएकी त छैन, तर मैले जीवनमा गर्ने हरेक कुरामा परमेश्‍वरलाई खुशी तुल्याउने किसिमको इमानदार व्यक्ति बन्‍ने, इमानदार व्यक्ति बन्‍न र परमेश्‍वरको छानबिनलाई स्वीकार गर्ने विश्‍वास र इच्‍छा मसँग छ।

अघिल्लो: २. परमेश्‍वरको राज्यको मार्ग सधैँ सहज हुन्छ भन्‍ने छैन

अर्को: ४. व्यावहारिक काम गर्न नसक्‍नुका परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्