३. अन्तत: आफ्नो छलीपन देख्दा
म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्नका लागि जिम्मेवार थिएँ। केही समयअघि, केही यस्ता नयाँ विश्वासीहरू थिए जसलाई मैले टोली अगुवाका रूपमा संवर्धन गर्न उपयुक्त छ कि छैन भनेर यकिन गर्न सकिनँ। मलाई मैले उनीहरूलाई संवर्धन गरेपछि उनीहरू अयोग्य साबित भए भने समय र ऊर्जा खेर जानेछ भन्ने चिन्ता थियो। तर, यदि मैले उनीहरूलाई संवर्धन नगरेको भए, मेरी सुपरिवेक्षकले म उनीहरूबाट धेरै माग गर्दैछु र उनीहरूको संवर्धनमा पर्याप्त ध्यान दिइरहेकी छैन, वा ममा उनीहरूलाई संवर्धन गर्ने कार्य सामर्थ्यको कमी छ भनेर भन्न सक्थिन्। म अलि कठिनाइमा परेँ र के गर्ने भन्ने मलाई थाहा भएन। मलाई मैले यसबारे मेरी सुपरिवेक्षकलाई सोधेर उनलाई नै निर्णय गर्न दिनुपर्छ भन्ने लाग्यो। त्यसो गर्दा, कुनै विचलनहरू भएमा म एक्लै जिम्मेवार हुने थिइनँ, र ती नयाँ विश्वासीहरू साँच्चै अनुपयुक्त भए पनि मैले काटछाँट भोग्नुपर्ने थिएन। आफ्नी सुपरिवेक्षकसँग सम्पर्क गरेपछि, मैले आफू राम्ररी मान्छेको मूल्याङ्कन गर्न नसक्ने र आफूलाई के गर्ने भन्ने थाहा नभएको भनेर सीधै भनिनँ। बरु, मैले ती नयाँ विश्वासीहरूका विभिन्न परिस्थिति र कठिनाइहरूबारे बकबक गरिरहेँ: फलानोको इन्टरनेट खराब छ अनि ऊसँग सम्पर्क गर्न गाह्रो छ, फलानो काममा व्यस्त छ, अनि फलानो चाहिँ भेलामा धेरै बोल्दैन…। तर, सुपरिवेक्षकले म मानिसहरूलाई सीमित गर्दैछु भन्लिन् भन्ने डरले, मैले थपेँ, “तर उनीहरू भेलाहरूमा सक्रिय छन् र आफ्नो खोजीमा उत्सुक छन्, त्यसैले म उनीहरूलाई संवर्धन गर्न सक्दो प्रयास गर्नेछु।” सुरुमा, मलाई उनले यी नयाँ विश्वासीहरू संवर्धनका लागि उपयुक्त छैनन् भनेर भन्लिन् भन्ने लाग्यो। त्यसो गर्दा यो उनकै निर्णय हुने थियो। म जिम्मेवार हुने थिइनँ र मैले उनीहरूलाई संवर्धन गर्नुको मूल्य चुकाउने जोखिम उठाउनुपर्ने थिएन। त्यसैले उनले कुनै जवाफ नदिई, कडाइका साथ यस्तो सोधेपछि म छक्क परेँ, “तपाईँले भन्न खोजेको के हो? तपाईँको घुमाएर कुरा गर्ने तरिकाले गर्दा बुझ्न गाह्रो हुन्छ। मैले यो कुरा पहिले पनि याद गरेकी छु। पहिले तपाईँ नयाँ विश्वासीहरूहरूका समस्याबारे कुरा गर्नुहुन्छ, जसले गर्दा उनीहरू संवर्धन गर्न लायक छैनन् जस्तो लाग्छ, त्यसपछि तपाईँ उनीहरूमा सक्दो प्रयास लगाउनेछु भनेर भन्नुहुन्छ, ताकि तपाईँ वास्तवमा के सोच्नुहुन्छ भनेर थाहा पाउन असम्भव होस्।” त्यो सुनेर म धेरै दुःखी भएँ: “के उनले म समस्यालाई सीधै सम्बोधन गर्नुको सट्टा सर्प जस्तै बाङ्गोटिङ्गो घिसृन्छु भन्न खोजेकी हुन्? के म साँच्चै त्यति खराब छु? कि उनी खालि खराब मुडमा भएकीले ममाथि रिस पोख्दै छिन्?” मैले यसरी सोच्नु गलत रहेछ; ती सिस्टरले बिलकुलै कुनै कारणविना त त्यसो भन्ने थिइनन् र यसले उनले खासमा कस्तो महसुस गरिछन् भन्ने कुरालाई नै झल्काएको हुनुपर्छ भन्ने महसुस गरेँ। मैले थाहै नपाई आफ्नो एउटा भ्रष्ट स्वभाव प्रकट गरेकी थिएँ, र ती सिस्टरले यो कुरा औँल्याएर मलाई मदत गर्दै थिइन्। त्यसैले मैले उनलाई भनेँ: “तपाईँले बताइरहनुभएका समस्या म राम्ररी बुझ्दिनँ, तर म यो कुरा स्विकार्न र पूर्ण रूपमा आत्मचिन्तन गर्न इच्छुक छु।”
त्यसपछि, मैले मेरी सुपरिवेक्षकले भनेका कुराहरूमा मनन गरिरहेँ, र मैले आफूलाई अझ राम्ररी चिन्न मार्गदर्शन गरिदिनुहुन बिन्ती गर्दै परमेश्वरलाई प्रार्थना गरेँ। मैले शैतानका वचनहरू एकदमै कुटिल र अपारदर्शी थिए भन्ने सम्झेँ। यहोवा परमेश्वरले शैतानलाई सोध्नुभयो: “तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। परमेश्वर यहाँ शैतानले बोल्ने तरिकाको खुलासा र चिरफार गर्दै भन्नुहुन्छ: “त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्वरको प्रश्नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्वरको प्रश्नको उत्तर थिएनन्। ‘पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।’ तैँले यी शब्दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको ‘विशिष्ट प्रतिभा’ हो—त्यसले वास्तवमा आफूले के भन्न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्चित जवाफ दिँदैन।) यस किसिमको बोल्ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। परमेश्वरका वचनहरूले खुलासा गरेको कुराबाट, मैले शैतान आफ्नो बोलीव्यवहारमा सधैँ गोप्य मनसायहरू र धूर्त चालहरू पाल्छ भन्ने बुझेँ। आफ्ना लज्जाजनक अभिप्रायहारू लुकाउन, यो घुमाउरो पारामा छक्याउने कुरा गर्छ, यसले गर्दा त्यसको अर्थ बुझ्न नसकेर श्रोताहरू चकित पर्छन्। मैले आफू कसरी आफ्ना ब्रदर-सिस्टरहरूसँग शैतानकै जस्तो तरिकाले कुरा गर्दै, आफ्नो घुमाउरो भाषाले उनीहरूलाई चकित पार्ने गर्थेँ भन्नेबारे चिन्तन गरेँ। जब उनीहरू मेरो रेखदेखमा रहेको मण्डलीमा कति जना नयाँ विश्वासीहरूलाई संवर्धन गर्न सकिन्छ, र ती नयाँ विश्वासीहरूले कस्तो प्रगति गरिरहेका छन् भनेर सोध्थे, मैले नयाँ विश्वासीहरूको सङ्ख्या र उनीहरूको स्थितिबारे केही शब्द मात्रै बोले पुग्थ्यो, तर मैले कहिल्यै सीधा जवाफ दिइनँ। म नयाँ विश्वासीहरूको कमजोर प्रदर्शनका उदाहरणहरू छान्थेँ र विभिन्न सान्दर्भिक तथ्यहरू उल्लेख गर्थेँ, ताकि ब्रदर-सिस्टरहरूले मैले नयाँ विश्वासीहरूलाई संवर्धन नगर्नुमा समस्या रहेको नभई, बरु नयाँ विश्वासीहरू नै संवर्धनका लागि उपयुक्त छैनन् भन्ने सोचून्। अनि त्यसपछि म आफ्नो बोली फेर्दै भन्थेँ: “तर नयाँ विश्वासीहरूलाई संवर्धन त गर्नैपर्छ। पहिले प्रयास गरेर हेरौँ न।” म एक क्षणमा उनीहरू समस्याजनक छन् भन्नेबारे कुरा गरिरहेकी हुन्थेँ, अनि अर्को क्षणमै उनीहरूलाई संवर्धन गर्ने काम गर्छु भन्दै हुन्थेँ, त्यो सीधा जवाफ थिएन। यो यस्तो घुमाउरो जवाफ थियो कि मैले के भन्न खोजेकी हुँ भनेर कसैले पत्तै पाउँदैनथ्यो। परमेश्वर भन्नुहुन्छ, शैतानले गोप्य मनसाय र धूर्त चालहरू पाल्दै, घुमाउरो भाषा प्रयोग गर्नुको कारण भनेको आफ्नै स्वार्थको रक्षा गर्नका लागि हो। त्यसपछि मैले आफैलाई म ब्रदर-सिस्टरहरूसँग त्यसरी कुरा गरेर के हासिल गर्न खोजिरहेकी थिएँ भन्ने प्रश्न गरेँ। यसबारे सोच्दा, मैले बुझेँ, म सधैँ समस्याहरू प्रस्तुत गरेर कुरा सुरु गर्थेँ, ताकि अरूले यो मैले मानिसहरूलाई संवर्धन गर्नमा ध्यान केन्द्रित नगर्ने मामिला नभई, बरु उनीहरू नै विभिन्न कारणले गर्दा राम्रा उम्मेदवार होइनन् भन्ने थाहा पाऊन्। त्यसपछि मैले नयाँ विश्वासीहरूलाई संवर्धन गर्ने विषयमा उचित जिम्मेवारी लिएको छु र मेरो मनोवृत्ति सकारात्मक छ भनेर ब्रदर-सिस्टरहरूलाई देखाउन म उनीहरूलाई संवर्धन गर्ने प्रयास गर्नेछु र कस्तो हुन्छ हेर्नेछु भनेर कुरा टुङ्ग्याउँथेँ। यसो गर्दा, उनीहरूले म मानिसहरूलाई सीमित गर्दैछु र तिनीहरूलाई संवर्धन गर्नुको मूल्य चुकाउने जोखिम उठाउन चाहन्नँ भनेर भन्ने थिएनन्। यो घुमाउरो पाराले बोल्नुका पछाडि घृणित मनसायहरू लुकेका थिए। म मेरी सुपरिवेक्षकसँग बोल्दा, उनले मैले के भन्न खोजेकी हुँ भनेर यकिन नगरिकनै अनुमान लगाऊन् र अन्ततः उनले नै यी नयाँ विश्वासीहरूलाई संवर्धन गर्ने कि नगर्ने भनेर निर्णय गरून् भन्ने चाहँदै विषयहरू छल्थेँ। यसो गर्दा, परिणाम जेसुकै आए पनि, त्यो मेरै हितमा हुनेथियो। यदि कसैले मलाई उनीहरूलाई किन संवर्धन नगरेकी भनेर सोधपुछ गर्यो भने, म दोष सजिलै मेरी सुपरिवेक्षकतिर पन्छाउन सक्थेँ। र यदि नयाँ विश्वासीहरूले प्रगति गरे भने, सबैले म त्यस्ता मानिसहरूलाई संवर्धन गर्न सक्षम छु भन्ने देख्ने थिए, जसले ममा केही कार्य सामर्थ्य छ भन्ने प्रमाणित गर्नेथ्यो र मलाई असल देखाउनेथ्यो। म बोल्ने तरिका ठ्याक्कै शैतान बोल्ने तरिका जस्तै थियो, जसलाई परमेश्वरले खुलासा गर्नुभएको छ—आफ्ना अभिप्रायहरू लुकाउने र सर्प जस्तै बाङ्गो टिङ्गो हिँड्ने, ताकि अरूले मेरो मनसाय थाहा नपाईकनै आफ्ना लक्ष्यहरू हासिल गर्न सकूँ। म शैतानजस्तै धूर्त र छली रहेछु। बाहिरबाट हेर्दा म सुपरिवेक्षकसँग नयाँ विश्वासीहरूलाई संवर्धन गर्न सकिन्छ कि सकिँदैन भनेर खोजी गरिरहेकी थिएँ, तर वास्तवमा भने म उनलाई मेरा लागि निर्णय गर्न लगाउन खोजिरहेकी थिएँ, ताकि म जिम्मेवारी पन्छाउन सकूँ। यो मेरो अत्यन्तै कपटपूर्ण कार्य थियो! यस्तो अवस्थामा एक सामान्य व्यक्तिले सिद्धान्तअनुसार कार्य गर्न र मण्डलीको कामको भलाइका लागि नयाँ विश्वासीहरूलाई अझ राम्रोसँग संवर्धन गर्न सान्दर्भिक सिद्धान्तहरू खोज्ने कोसिस गर्छ। तर मेरो उद्देश्य जिम्मेवारी पन्छाउने थियो, ताकि आफ्नो स्वार्थ, हैसियत र प्रतिष्ठाको रक्षा गर्न सकूँ। म कसरी यति धूर्त र कुटिल बन्न सकेँ? मैले बानीले नै आफ्नो छली स्वभावका आधारमा बोल्ने र कार्य गर्ने गरेकी, र कहिल्यै आत्मचिन्तन गर्ने नगरेकी कारणले नै सुपरिवेक्षकले मलाई काटछाँट र खुलासा गरिन्। म परमेश्वरका लागि घृणित र अरूका लागि घिनलाग्दी व्यक्ति थिएँ। मैले परमेश्वरसामु प्रार्थना गरेँ र त्यस क्षणउप्रान्त, आफूले भन्ने र गर्ने कुरापछाडि रहेका अभिप्राय र लक्ष्यहरू जाँच्नेछु, र म इमानदार हुने कुरालाई व्यवहारमा लागू गर्नेछु भन्ने प्रतिज्ञा गरेँ। पछि, जब मेरा ब्रदर वा सिस्टरहरू मलाई नयाँ विश्वासीहरूबारे सोध्थे, कहिलेकाहीँ मलाई फेरि उनीहरूको समस्याबाटै कुरा सुरु गर्ने चाहना हुन्थ्यो, ताकि उनीहरूलाई संवर्धन गर्न नसकिएको खण्डमा त्यो मेरो जिम्मेवारी हुने थिएन। जब मैले आफू फेरि छली बनिरहेको र आफूले गलत मनसाय अपनाइरहेको महसुस गरेँ, मैले सचेत भई प्रार्थना गरेँ, र आफैविरुद्ध विद्रोह गरेँ, अनि नयाँ विश्वासीहरूबारे निष्पक्ष र वस्तुनिष्ठ ढङ्गले कुरा गरेँ। आफूले सचेत भई इमानदार हुने कुरालाई व्यवहारमा लागू गरेपछि, मैले म कपटी र छली हुन सक्ने धेरै मामिला रहेछन् र मेरा मनसायहरू कहिलेकाहीँ नजरभन्दा टाढा गहिरो गरी गाडिएका हुँदा रहेछन् भन्ने पत्ता लगाएँ।
एक दिन, सुपरिवेक्षकले मैले मलजल गरेको एक नयाँ विश्वासी सिस्टर अलाइनाले सञ्चालन गरेका भेलाहरूमा उपस्थित भइरहेका, र उनलाई ती सिस्टरको सङ्गति मन परेको बताइन्। म त्यसपछि यी नयाँ विश्वासी निकै अहङ्कारी छन्, उनमा विभिन्न धारणा छन्, र उनलाई सांसारिक प्रवृत्तिहरू मन पर्छ भन्ने सोच्न थालेँ। उनी मेरा भेलाहरूमा नियमित रूपमा सहभागी भइरहेका थिएनन्, र उनलाई मलजल गर्नु साँच्चै गाह्रो काम थियो, त्यसैले मैले यदि अलाइनाले उनलाई मलजल गर्न सकिन् भने मेरो बोझ कम हुने थियो भन्ने निर्क्योल गरेँ। यदि मैले सिधै उनलाई अलाइनालाई हस्तान्तरण गर्ने कुरा उठाएँ भने, सुपरिवेक्षकले म धूर्त बनिरहेकी र मलजल गर्न गाह्रो हुने नयाँ विश्वासीहरूलाई पन्छाउन खोजेकी भन्न सक्थिन्। तर सुपरिवेक्षक आफैले उनलाई हस्तान्तरण गर्ने सुझाव दिएमा, म स्वाभाविक रूपमै त्यो बोझ पन्छाउन सक्थेँ। त्यसैले, मैले एउटा साङ्केतिक प्रश्न सोधेर जाँचिहेरेँ: “के ती नयाँ विश्वासीले उनलाई अलाइनाको सङ्गति बढी मन पर्ने भनेका हुन्?” सुपरिवेक्षकले उनले त्यही भनेको बताइन्। मैले तुरुन्तै थपेँ: “कुरा त्यस्तै भएको हुनाले, सायद हामीले उनलाई मन परेअनुसार नै गर्नुपर्छ कि? जेहोस्, उनी मेरा भेलाहरूमा खासै उपस्थित हुँदैनन्। तपाईँलाई के लाग्छ?” म उनले ती विश्वासीलाई सरुवा गर्नुपर्छ भन्लिन् भनेर पर्खिरहेकी थिएँ। तर उनले तुरुन्तै निर्णय गरिनन्। पछि, मैले अस्पष्ट असहजताको भाव महसुस गरेँ: के म फेरि गोप्य मनसायहरू राखेर बोलिरहेकी थिइनँ र? ममा सधैँ यस्ता लाजमर्दो नियतहरू किन हुन्छन्? म किन आफ्नो सोचाइबारे खुला र सिधा बन्न सकिनँ?
एक दिन, मैले खान र पिउनका लागि आफ्नो स्थितिसँग सान्दर्भिक परमेश्वरका वचनहरू खोजेँ, र मैले उहाँका यी वचनहरू पढेँ: “कतिपय मानिस सधैँ मानिसहरूले बुझ्न नसक्ने किसिमले बोल्छन्। कहिलेकाहीँ तिनीहरूले बोलेको वाक्यको सुरुवात हुन्छ तर अन्त्य हुँदैन, कहिलेकाहीँ अन्त्य हुन्छ तर सुरुवात हुँदैन। तिनीहरूले के भन्न लागेका हुन्, तँलाई पटक्कै थाहा हुँदैन, तिनीहरूले भनेको कुनै पनि कुराले अर्थ दिँदैन, र तैँले तिनीहरूलाई स्पष्ट पार्न अनुरोध गरिस् भने पनि तिनीहरूले स्पष्ट पार्नेछैनन्। तिनीहरूले बोल्दा प्रायजसो सर्वनामहरूको प्रयोग गर्छन्। उदाहरणका लागि, तिनीहरूले कुनै कुराबारे रिपोर्ट गर्दा, ‘फलानोले—अँ, यस्तो सोचिरहेको थियो, त्यसपछि दाजुभाइ-दिदीबहिनीहरू त्यति धेरै …’ तिनीहरूले घण्टौँसम्म कुरा गर्न सक्छन् र पनि आफ्नो कुरा स्पष्ट रूपमा व्यक्त गर्दैनन्, लर्बराउँदै र अड्कँदै, आफ्नो वाक्य पूरा गर्दैनन्, एकअर्कासँग सम्बन्धित नरहेका एकल शब्दहरू बोल्छन्, र तिनीहरूको कुरा सुनिसकेपछि पनि तैँले पटक्कै केही बुझ्दैनस्, बरु चिन्तित चाहिँ हुन सक्छस्। वास्तवमा, तिनीहरूले धेरै अध्ययन गरेका हुन्छन् र तिनीहरू शिक्षित हुन्छन्—र पनि किन तिनीहरू पूरा वाक्य बोल्न सक्दैनन्? यो स्वभावसम्बन्धी समस्या हो। तिनीहरू यति छली हुन्छन् कि थोरै सत्यता भन्नलाई पनि धेरै प्रयास चाहिन्छ। ख्रीष्टविरोधीहरूले भन्ने कुनै कुरामा कुनै स्पष्ट केन्द्रबिन्दु हुँदैन, सधैँ सुरुवात हुन्छ तर अन्त्य हुँदैन; तिनीहरूले हडबडीमा आधा वाक्य बोल्छन् र बाँकी निल्छन्, र तिनीहरू सधैँ अरूको प्रतिक्रिया जाँचिरहेका हुन्छन्, किनभने तिनीहरू आफूले भन्न खोजेको कुरा तैँले बुझेको चाहँदैनन्, तिनीहरू तैँले अनुमान गरेको चाहन्छन्। यदि तिनीहरूले तँलाई सिधै बताए भने, तिनीहरूले भनेको कुरा तैँले बुझ्छस् र तिनीहरूको वास्तविकता देख्छस्, होइन र? तिनीहरू त्यस्तो भएको चाहँदैनन्। तिनीहरू के चाहन्छन्? तिनीहरू तैँले आफै अनुमान लगाएको चाहन्छन्, र तैँले अनुमान गरेको कुरा सही हो भनेर तिनीहरू खुसीसाथ तँलाई विश्वास गर्न दिन्छन्—त्यस्तो अवस्थामा, तिनीहरूले यो कुरा भनेका हुँदैनन्, त्यसकारण तिनीहरू कुनै जिम्मेवारी लिँदैनन्। यसबाहेक, तिनीहरूले भन्न खोजेको के हो भनी तैँले आफ्नो अनुमान तिनीहरूलाई बताउँदा तिनीहरूले के प्राप्त गर्छन्? तैँले जे भनेको हुन्छस् त्यो तिनीहरूले तँबाट निकाल्ने प्रयास गरेको कुरा नै ठ्याक्कै हुन्छ, र यसले त्यस विषयमा तेरो विचार र दृष्टिकोण के छ त्यो तिनीहरूलाई बताउँछ। त्यहाँबाट, तिनीहरूले छनौट गरेर बोल्नेछन्, के भन्ने र के नभन्ने, र कसरी भन्ने त्यो चुन्न सक्छन्, त्यसपछि तिनीहरू आफ्नो योजनाको अर्को चरणमा अघि बढ्नेछन्। हरेक वाक्य एउटा फन्दामा गएर टुङ्गिन्छ, र तैँले तिनीहरूको कुरा सुन्ने क्रममा, तिनीहरूको वाक्यलाई पूरा गरिदिइरहिस् भने, तँ पूर्ण रूपमा फन्दामा परेको हुनेछस्। सधैँ यसरी बोल्नु के तिनीहरूका लागि थकाइलाग्दो हुन्छ? तिनीहरूको स्वभाव दुष्ट हुन्छ—तिनीहरू थकाइ महसुस गर्दैनन्। तिनीहरूका लागि यो पूर्ण रूपमा स्वाभाविक कुरा हुन्छ। किन तिनीहरूले तेरा लागि यी फन्दाहरू तयार गर्न चाहन्छन्? किनभने तिनीहरूले तेरा विचारहरूलाई स्पष्ट रूपमा देख्न सकेका हुँदैनन्, र तिनीहरूलाई तैँले तिनीहरूको वास्तविकता देख्लास् भन्ने डर हुन्छ। तिनीहरूले तँलाई तिनीहरूको वास्तविकता बुझ्नबाट रोक्ने प्रयास गरिरहेका हुन्छन्, र त्यही समयमा तँलाई बुझ्ने प्रयास पनि गरिरहेका हुन्छन्। तिनीहरूले तेरा दृष्टिकोण, विचार, र विधिहरू झिकाउन चाहन्छन्। तिनीहरू सफल भए भने, तिनीहरूको पासोले काम गरेको हुन्छ। कतिपय मानिस ‘उम्’ र ‘अँ’ भन्दै रोकिन्छन्; तिनीहरू निश्चित दृष्टिकोण व्यक्त गर्दैनन्। अरू चाहिँ ‘जस्तै’ र ‘साँच्ची …’ भन्दै रोकिन्छन्, र तिनीहरू आफूले भन्न चाहेको वास्तविक कुराको सट्टा यस्ता शब्दहरू प्रयोग गर्छन्, र तिनीहरूले वास्तवमा के विचार गरिरहेका छन् भन्ने कुरालाई ढाकछोप गर्छन्। तिनीहरूको हरेक वाक्यमा धेरैवटा निरर्थक व्याकरणिक शब्द, क्रियाविशेषण, र सहायक क्रियापदहरू हुन्छन्। यदि तैँले तिनीहरूका शब्दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, तैँले कुनै शब्दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन भन्ने पत्ता लगाउनेछस्। तिनीहरूका सबै शब्दमा गुप्त पासो, परीक्षा, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट! के त्यसमा छल समावेश हुन्छ? तिनीहरूले बनाउने यी पासो, परीक्षा, र प्रलोभनहरूलाई नै छल भनिन्छ। यो ख्रीष्टविरोधीहरूको दुष्ट सार भएका मानिसहरूको सामान्य चरित्र हो। यो सामान्य चरित्र कसरी प्रकट हुन्छ? तिनीहरूले असल खबर सुनाउँछन् तर खराब खबर सुनाउँदैनन्, तिनीहरूले जहिल्यै पनि खुसी पार्ने कुराहरू मात्र बोल्छन्, तिनीहरू रोकिँदै बोल्छन्, तिनीहरू आंशिक रूपमा आफ्नो आशय लुकाउँछन्, अन्योलपूर्ण तरिकाले र अस्पष्ट रूपमा बोल्छन्, र तिनीहरूका शब्दहरूमा परीक्षाहरू लुकेका हुन्छन्। यी सबै कुरा पासोहरू हुन्, र ती सबै छलका माध्यम हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वर ख्रीष्टविरोधीहरू बोल्दा सधैँ घुमाएर कुरा गर्छन् भन्ने खुलासा गर्नुहुन्छ। उनीहरू अनेकार्थी कुरा गर्छन् जसले गर्दा सुन्नेहरू केही बुझ्दैनन्। उनीहरू आफ्ना लक्ष्यहरू हासिल गर्न अरूलाई आफ्नो पासोमा पार्ने प्रयास गर्दै सधैँ परीक्षा लिने र प्रलोभित बनाउने गर्छन् र अन्ततः जिम्मेवारीबाट पन्छिन्छन्। यो ठ्याक्कै शैतानले हव्वालाई उनले त्यो फल खाएमा उनी मरी नै हाल्छिन् भन्ने होइन भनेजस्तै हो। शैतानका वचनहरू आफ्ना लक्ष्यहरू सीधै प्रकट नगर्ने, तर जिम्मेवारी नलिईकनै अरूलाई पापतिर डोऱ्याउने, परीक्षा र प्रलोभनले भरिएका थिए। जसरी परमेश्वरले खुलासा गर्नुभएको छ “हरेक व्यक्तिभित्र शैतानी स्वभाव हुन्छ; तिनीहरूको हृदयमा असङ्ख्य विषहरू हुन्छन्, जसमार्फत शैतानले परमेश्वरको परीक्षा लिन्छ र मानिसलाई फुस्ल्याउँछ। कहिलेकाहीँ तिनीहरूको वाणीमा सैतानको आवाज र लवज मिसिएको हुन्छ, र लोभ्याउने र परीक्षा लिने इरादा भएको हुन्छ। मानिसको विचार र सोच सैतानका विषहरूले भरिएका हुन्छन् र तिनीहरूले यसको कडा दुर्गन्ध छोड्छन्। कहिलेकाहीँ, मानिसहरूको हेराइ वा गराइबाट पनि लोभ्याउने र परीक्षा लिने खालको यस्तै दुर्गन्ध आउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सही मार्ग चुन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। म पनि त्यस्तै थिएँ, सधैँ ब्रदर-सिस्टरहरूसँग घुमाउरो पाराले बोल्थेँ, आफ्नै घृणित मनसायहरूका लागि परीक्षा र प्रलोभनमा पार्थें। म एक नयाँ विश्वासीमा समय र शक्ति खर्च गर्न चाहन्नथेँ। म यो मौका उसलाई फ्याँक्नका लागि प्रयोग गर्न चाहन्थेँ। तर म सुपरिवेक्षकले मैले नयाँ विश्वासीलाई सीमित गर्दै अस्वीकार गरेको कुरा थाहा नपाउन् भन्ने चाहन्थेँ। नयाँ विश्वासीहरूप्रति लगनशील र मायालु छु भन्ने आफ्नो छवि कायम राख्न, मैले उनलाई हचुवाकै भरमा हामीले नयाँ विश्वासीको भावनालाई ख्याल गर्नुपर्छ र उनले चाहेअनुसार गर्नुपर्छ भन्ने सुझाव दिएँ। म उनलाई ती नयाँ विश्वासीलाई अलाइनाका भेलाहरूतिर सरुवा गर्ने सङ्केत दिन खोजिरहेकी थिएँ, ताकि म आफ्नो लक्ष्य हासिल गर्न सकूँ। मेरो बोल्ने तरिका ठ्याक्कै परमेश्वरले प्रकाश गर्नुभएजस्तै थियो: “यदि तैँले तिनीहरूका शब्दहरूलाई रेकर्ड गरिस् र लेखिस् भने, तैँले कुनै शब्दले पनि तिनीहरूको वास्तविक दृष्टिकोण वा मनोवृत्ति खुलासा गर्दैन भन्ने पत्ता लगाउनेछस्। तिनीहरूका सबै शब्दमा गुप्त पासो, परीक्षा, र प्रलोभनहरू लुकेका हुन्छन्। यो कस्तो स्वभाव हो? (दुष्ट।) अत्यन्तै दुष्ट!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। कुनै कुरा आइपर्दा, मेरो मुखबाट निस्कने सबै कुरा जाँच र परीक्षा हुन्थे, र एउटा पनि इमानदार शब्द हुँदैनथ्यो। के त्यो दुष्ट स्वभावको खेल थिएन र? म मानिसहरूलाई मैले वास्तवमा के गर्न खोजिरहेकी छु भनेर बुझ्न दिनुको सट्टा कुरा घुमाउन रुचाउँथेँ। म आफूले चाहेको कुरा सीधै भनेर आफ्ना कमजोरीहरू खुलासा गर्नु मूर्खता हुनेछ भन्ने सोच्थेँ। त्यो त मूर्खहरूले गर्ने काम थियो! म मेरो छलपूर्ण बोल्ने शैली चलाखी हो—म खप्पिस्, बुद्धिमान छु र अरूभन्दा दुई कदम अगाडि सोच्छु—र मेरा स्वार्थ जोगाउने तरिका यही हो भन्ने सोच्थेँ। कपटी र छली हुनुलाई नै मैले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त थियो, र म बोली र कर्ममा इमानदार र पारदर्शी हुनेजस्ता सकारात्मक कुराहरूलाई उपेक्षा गर्थेँ, जसका बारेमा परमेश्वर हामीलाई बताउनुहुन्छ। मैले त्यसरी नै आफूलाई आचरणमा ढालेमा बेफाइदा हुनेछ भन्ने महसुस गरेँ। मेरो दृष्टिकोण धेरै अघिदेखि नै विकृत भइसकेको थियो। मैले हरेक मोडमा छली र धूर्त हुँदै, शैतानका तरिकाहरूलाई आफ्नो व्यवहार र आत्म-आचरणको मानकका रूपमा अपनाएकी थिएँ। यसबारे चिन्तन गरेर म कति अँध्यारो र दुष्ट रहेछु भन्ने देख्नु अलिकति डरलाग्दो थियो। मैले शैतानले मलाई कति गहिरो गरी भ्रष्ट तुल्याएको रहेछ र म अलिकति पनि मान्छे जस्तो रहेनछु भन्ने देखेँ। म आफ्नो दैनिक जीवनमा पनि यसरी नै बोल्ने र काम गर्ने गर्थेँ। एक पटक, मलाई मेरी आन्टीले किनेको एउटा डिजाइनर ह्यान्डब्याग मलाई साँच्चै मन परेको कुरा याद छ। म सीधै माग्न सक्दिनथेँ तर म आफै त्यो किन्नका लागि धेरै पैसा खर्च गर्न चाहन्नथेँ, त्यसैले मैले चिन्तित भएको आवाज निकालेर भनेँ: “यो त प्रयोग पनि हुनेछैन—खेर जानेभयो! तपाईँसँग त्यो ब्रान्डको ब्याग पहिले नै छ। यो किन किन्नुभएको?” मेरी आन्टीको नजरमा, मैले उहाँको ख्याल गरिरहेकी र उहाँले अनावश्यक चीजहरूमा पैसा खर्च नगर्नुहोस् भन्ने चाहेकी जस्तो देखिन्थ्यो। तर मेरो वास्तविक मतलब के थियो भने, त्यो झोला त्यतिकै राख्दा खेर गइरहेको छ, त्यसैले मलाई किन नदिने? अनि साँच्चै नै, उहाँले मलाई त्यो झोला दिनुभयो। केही छोटा शब्दहरूमार्फत् मैले उहाँलाई त्यो झोला मलाई “दिन” लगाएँ। म सधैँ त्यस्तै थिएँ, आफूले चाहेको कुरा सीधै नभन्ने तर मानिसहरूलाई स्वेच्छाले मलाई दिन लगाउने। ती सबै कुरालाई फर्केर हेर्दा, मलाई म कसरी यति छली हुन सकेकी भनेर अचम्म लाग्यो। मलाई समयलाई पछाडि फर्काउन र आफूले भनेका ती घिनलाग्दा कुराहरू फिर्ता लिन पाए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो। त्यतिबेला मैले, परमेश्वरले खुलासा गर्नुभए जस्तै, ख्रीष्टविरोधीहरूको बोल्ने र काम गर्ने तरिका र तिनीहरूको दुष्ट स्वभाव, ममा व्याप्त रहेछ भन्ने महसुस गरेँ। म वर्षौँदेखि त्यस्तै रहेकी थिएँ, र म थाहै नपाई त्यही छली बोल्ने तरिकातिरै चिप्लिहाल्थेँ। मेरो भ्रष्ट स्वभाव एउटा ठूलो समस्या थियो। मैले यसलाई सम्हालेर परिवर्तित नभएमा यो अत्यन्तै खतरनाक हुने थियो।
मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुहुने कुराले के प्रमाणित गर्छ भने उहाँले वास्तवमै छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूलाई पराउनुहुन्न। छली मानिसहरूप्रतिको परमेश्वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूका स्वभाव, साथै तिनीहरूका अभिप्राय, र तिनीहरूले छल गर्ने माध्यमहरूप्रतिको घृणा हो; परमेश्वर यी सबै कुरालाई मन पराउनुहुन्न। यदि छली मानिसहरू सत्यतालाई स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्न सक्छन्, र तिनीहरू परमेश्वरको मुक्ति स्विकार्न इच्छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने परमेश्वरले कसैलाई पूर्वाग्रह देखाउनुहुन्न, न त सत्यताले नै त्यसो गर्छ। र त्यसकारण, यदि हामी परमेश्वरलाई प्रसन्न बनाउने मानिस बन्न चाहन्छौँ भने, हामीले सुरुमा आत्म-आचरणका सिद्धान्तहरूलाई परिवर्तन गर्नैपर्छ, शैतानी दर्शनहरूअनुसार जिउन छोड्नैपर्छ, आफ्नो जीवन जिउनका लागि झूट र छलमा भर पर्न छोड्नैपर्छ, र आफ्ना सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्ने कोसिस गर्नुपर्छ। अनि, हामीप्रतिको परमेश्वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरू अरूहरूमाझ जिउँदा सधैँ झूट, ढोँग, र छलमा भर पर्थे, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्नो आचरणको जगका रूपमा लिन्थे। यो परमेश्वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्वासीहरूमाझ, यदि तँ सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्ने कोसिस गर्छस् भने, तँलाई बदनाम, आलोचना, र अस्वीकार गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झूट बोल्न झन्झन् सिपालु, र झन्झन् छली बन्दै जान्छस्। तैँले आफ्ना उद्देश्यहरू हासिल गर्न धूर्त माध्यमहरू प्रयोग पनि गर्छस् र यसरी आफ्नो सुरक्षा गर्छस्। तँ शैतानको संसारमा झन्झन् सम्पन्न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन् फस्दै जान्छस् त तैँले आफूलाई उम्काउन नै सक्दैनस्। परमेश्वरको घरमा, कामकुराहरू ठीक विपरीत हुन्छन्। तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तँ आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तँ आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पवित्र आत्माको काम वा परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूले मलाई उहाँ इमानदार मानिसहरू मन पराउनुहुन्छ र छली मानिसहरूदेखि घिन मान्नुहुन्छ भन्ने सिकाए। इमानदार मानिसहरूले मात्र उहाँको मुक्ति प्राप्त गर्न सक्छन्, जबकि छली मानिसहरू प्रकाश गरिएर हटाइनेछन्। आफ्नो आस्थाका वर्षहरूको दौरान मैले जो मानिसहरूलाई मण्डलीबाट पखालिएर हटाइएको देखेको छु, तिनीहरूमध्ये कोही आफ्नो कर्तव्यमा निरन्तर झाराटारुवा हुने र छलीमा संलग्न हुने गर्थे, अनि कोही प्रतिष्ठा र हैसियतका खातिर मुखौटाको पछाडि लुक्थे वा विभिन्न योजना र षड्यन्त्रहरूद्वारा मानिसहरूलाई भ्रमित समेत पार्थे। तर परमेश्वर सबै कुराको छानबिन गर्नुहुन्छ, र उहाँ तिनीहरूमध्ये हरेकलाई प्रकट गर्न र हटाउन परिस्थितिहरू खडा गर्नुहुन्छ। छली मानिसहरूले साँच्चै नै परमेश्वरको घरमा कुनै स्थान पाउँदैनन्। मैले नयाँ विश्वासीहरूलाई मलजल र संवर्धन गरिरहेको समयबारे फर्केर सोच्दा, मैले व्यवहार गर्ने तरिकामा धेरै विचलन र समस्याहरू थिए, तैपनि म तिनल़िया सम्हाल्न सत्यता खोज्नमा केन्द्रित भइनँ। म आफ्नो भ्रष्टता र कमीकमजोरीहरूलाई ढाकछोप गर्न, कारण र बहानाहरू खोज्दै सधैँ कुटिल र छली भइरहेकी थिएँ, र यसको फलस्वरूप, नयाँ विश्वासीहरूको संवर्धन भइरहेको थिएन। कामकुराहरू यसरी नै चलिरहेमा, म पनि परमेश्वरद्वारा तिरस्कृत भई हटाइने थिएँ। आफ्नो वरिपरिका सरल र इमानदार ब्रदर-सिस्टरहरूलाई हेर्दा, म देख्न सक्थेँ, उनीहरूले आफ्नो कर्तव्यमा धेरै कुरा बुझेका थिएनन्, र त्यहाँ विचलनहरू र भूलचुकहरू थिए, तर उनीहरू आफ्नो जिम्मेवारीबाट पन्छिँदैनथे। सत्यता बुझ्न, सिद्धान्तहरू बोध गर्न, र परमेश्वर सन्तुष्ट हुने गरी आफ्नो कर्तव्य निर्वाह गर्न उनीहरू व्यक्तिगत घमण्डलाई पन्छाउन, सरल र खुला हुन, आफ्ना असफलता र कमीकमजोरीहरू स्वीकार गर्न, र अरूबाट खोज्न सक्षम थिए। परमेश्वरले उनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिइरहनुभएको स्पष्टै देखिन्थ्यो। उनीहरू औसत क्षमताका भए पनि वा कहिलेकाहीँ, अलिकति मूर्ख भए पनि, परमेश्वर उनीहरूलाई मार्गदर्शन गर्नुहुन्थ्यो, उनीहरूलाई बिस्तारै सत्यता सिद्धान्तहरू सिक्न र आफ्नो कर्तव्यमा सुधार गर्न मदत गर्नुहुन्थ्यो। यसबाट मैले परमेश्वर सरल र इमानदारहरूलाई आशिष् दिनुहुँदो रहेछ भन्ने महसुस गरेँ। यो उहाँको धार्मिकता हो। यो कुरा बुझेपछि, मैले सत्य बोल्नु र इमानदार हुनुको अर्थ मानिसहरूले म वास्तवमा को हुँ भनेर देख्नु हुन सक्छ, तर त्यो कुनै नराम्रो कुरा होइन भन्ने महसुस गरेँ। त्यस क्षणमा अलिकति लाजमर्दो हुन सक्छ, तर आफूलाई यसरी आचरणमा ढाल्नु खुला र निष्कपट कुरा हो, र यसले परमेश्वरलाई प्रसन्न पार्छ। साथै, सरल र खुला भएर म मेरा आफ्नै समस्याहरू प्रकट गर्न सक्थेँ, तर मेरा ब्रदर-सिस्टरहरूले मलाई त्यसका लागि कहिल्यै हेयको नजरले हेर्ने थिएनन्। उनीहरूले मलाई सुधारहरू गर्न मदत गर्नेथिए, र उनीहरूसँगै मलाई सिद्धान्तहरूमा मार्गदर्शन गर्नेथिए। र यस्तो खालको अभ्यास मेरो कर्तव्यका लागि हानिकारक हुने थिएन। परमेश्वरको राज्यको सुसमाचार अहिले अति छिटो फैलिरहेको छ, र यसलाई प्रशस्त नयाँ विश्वासीहरूको सहकार्यको आवश्यकता छ। तर मैले मुस्किलले नयाँ विश्वासीहरूलाई संवर्धन गरेकी थिएँ। के यसले मण्डलीको काममा अडचन र अवरोध पुऱ्याइरहेको थिएन र? म परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ! परमेश्वर भन्नुहुन्छ: “तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ।” परमेश्वरका वचनहरू कति स्पष्ट छन्। कुनै व्यक्तिले जुनसुकै मार्ग रोजे पनि र ऊ जस्तोसुकै व्यक्ति बन्न खोजे पनि, त्यसले उसको परिणाम र भाग्यमा प्रत्यक्ष असर पार्छ। मैले कसरी, म धेरै अवसरहरूमा, सत्यता नखोजीकन वा आफूलाई अझ राम्ररी चिन्नका लागि आत्मचिन्तन नगरीकन, खालि अव्यवस्थित तरिकाले परिस्थितिहरूबाट गुज्रिएँ भन्नेबारे सोचेँ। म आफ्नो शैतानी प्रकृतिअनुसार जिइरहेकी थिएँ। म इमानदार हुनुको सबैभन्दा आधारभूत सत्यतामा समेत प्रवेश गरिनँ, न त मैले आफ्नो जीवन स्वभावमा परिवर्तन नै गरेँ। म शैतानकी एक छली व्यक्ति रहिरहेँ। म कसरी मुक्ति पाउने आशा गर्न सक्थेँ र? इमानदार व्यक्ति हुने अभ्यास गरेर मात्र म सही मार्गमा हुन सक्थेँ।
पछि, मैले खोजी गर्न जारी राखेँ, र परमेश्वरका वचनहरू पढेर इमानदारी अभ्यास गर्ने मेरो मार्ग अलि स्पष्ट भयो। परमेश्वरका वचनहरूले भन्छन्: “जब मानिसहरू छलमा संलग्न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्याउनको निम्ति छलमा संलग्न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्ट्याउनु र जान्नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्ने काम भन्न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्ना हितहरू त्याग्नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्ने हुन्छ। स्पष्टै छ, तिनीहरू आफ्नै हितहरूका लागि जिउँछन्। मानिसहरू सोच्छन्, यदि तिनीहरूको आफ्नो हित भएन वा तिनीहरूले त्यो गुमाए भने, तिनीहरू बाँच्न सक्नेछैनन्, मानौँ तिनीहरूको बचाइ तिनीहरूको आफ्नै हितमा निर्भर छ। त्यसैले धेरैजसो मानिस आफ्नो हितबाहेक अरू सबै कुराप्रति अन्धा हुन्छन्। तिनीहरू आफ्नो हितलाई अरू सबै कुराभन्दा माथि देख्छन्, र केवल आफ्नै हितका लागि जिउँछन्। तिनीहरू आफ्ना लागि केही नभएसम्म एउटा औँलो पनि उठाउँदैनन्, र तिनीहरूलाई आफ्नो हित त्याग् भन्नु त जीवन नै त्याग् भन्नुजस्तै हो। त्यसोभए, मानिसहरू कसरी आफ्ना हितहरू त्याग्न सक्षम हुन सक्छन्? तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ। जब तिनीहरूले सत्यता बुझ्छन् तब मात्रै तिनीहरूले स्वार्थको सार छर्लङ्गै देख्न सक्छन् र आफ्ना हितहरू पछ्याउनु भनेको सत्यता पछ्याउनुको विपरीत हो, र त्यसले कहिल्यै व्यक्तिलाई सत्यता र जीवन प्राप्त गर्न वा मुक्ति हासिल गर्न सक्षम बनाउन सक्दैन भनी स्पष्ट रूपमा चिन्न सक्छन्; तब मात्रै तिनीहरूले स्वार्थ त्याग्न र त्यसविरुद्ध विद्रोह गर्न सिक्न सक्छन्, र तिनीहरू आफूले प्रेम गर्ने कुरा त्याग्न सक्षम बन्न सक्छन्। र जब तँ आफूले प्रेम गर्ने कुरा त्याग्छस् र आफ्ना हितहरू छोड्छस्, तब तैँले आफ्नो हृदयमा अझ बढी स्थिर र अझ बढी शान्ति महसुस गर्नेछस्, र त्यसो गर्दा तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्न सक्छस्, ‘आफूलाई लाभ पुर्याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्नुमा के गलत छ र? परमेश्वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?’—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्वरमा विश्वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्नु परे पनि, तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। “मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटहरूमा कुनै अभिप्राय नै लुकेको हुँदैन, न त ती झूटको जानी-जानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त बस प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र तिनले शैतानको चलाकीलाई प्रतिनिधित्व गर्छन्, र ती मानिसहरूले जानी-जानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, उसले देहविरुद्ध विद्रोह गर्न सक्नेछैन—त्यसकारण उसले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्ने समस्या एकै पटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकाहीँ वा धेरै पटक पुरानै बानीमा फर्किने समस्या रहनेछ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्ने हरेक झूटलाई समाधान गरेसम्म, र यो कार्यलाई कायम राखेसम्म, त्यो दिन पक्कै आउनेछ जब तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब तँबाट एउटा झूट निस्किन्छ, तब आत्म-चिन्तन गर्, र त्यसपछि परमेश्वरलाई प्रार्थना गर्। जब अर्को झूट निस्किन्छ, तब फेरि आत्मचिन्तन गर्, र परमेश्वरलाई प्रार्थना गर्। परमेश्वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तैँले सत्यता अभ्यास गर्ने र सत्यता जिउने त्यति नै तृष्णा गर्नेछस्। त्यसरी, तँसँग झूटहरू त्याग्ने सामर्थ्य हुनेछ। केही समयसम्म त्यस्तो अनुभव र अभ्यास गरेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले उप्रान्त झूट बोल्न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछन्। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो आजाद र उन्मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले बाँध्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बन्नुका नतिजाहरू देख्न थाल्नेछस्। अवश्य नै, विशेष परिस्थितिहरू सामना गर्दा, तैँले कहिलेकाहीँ सानो झूट मुखबाट फुत्काउन सक्छस्। कहिलेकाहीँ तैँले खतरा सामना गर्न सक्छस् वा तँलाई कुनै प्रकारको समस्या आइपर्न सक्छ, वा तँ आफ्नो सुरक्षा कायम राख्न चाहन सक्छस्, र त्यस्तो बेला झूट नबोली हुँदैन। तैपनि, तैँले यसबारेमा चिन्तन गर्नुपर्छ, यसलाई बुझ्नुपर्छ र समस्या समाधान गर्नुपर्छ। तैँले परमेश्वरलाई प्रार्थना गरेर यसो भन्नुपर्छ: ‘ममा अझै पनि झूट र चालहरू छन्। परमेश्वरले मलाई मेरो भ्रष्ट स्वभावबाट सधैँका लागि मुक्त गर्नुहोस्।’ जब व्यक्तिले उद्देश्यपूर्ण रूपमा बुद्धि अभ्यास गरिरहेको हुन्छ, तब यो भ्रष्टताको प्रकटीकरणका रूपमा गनिँदैन। इमानदार व्यक्ति बन्नका लागि व्यक्तिले अनुभव गर्नैपर्ने कुरा त्यही हो। यस तरिकाले, अलिअलि गर्दै, तेरा झूटहरू घट्दै जान्छन्। आज तैँले दश वटा झूट बोल्छस्, भोलि तैँले नौ वटा बोल्न सक्छस्, र पर्सी आठ वटा बोल्नेछस्। पछि तैँले दुई-तीन वटा झूट मात्रै बोल्नेछस्। तैँले झन्झन् धेरै सत्य बोल्दै जानेछस्, र इमानदार व्यक्ति बन्ने तेरो अभ्यास पहिलेभन्दा झन्झन् परमेश्वरका अभिप्राय, उहाँका सर्तहरू, र उहाँले माग गर्नुभएको मानकहरूको झनै नजिक पुग्नेछ—अनि त्यो कति राम्रो हुनेछ! इमानदार व्यक्ति बन्ने अभ्यास गर्नका लागि, तँसँग एउटा मार्ग, र एउटा लक्ष्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्नुपछाडि लुकेको तेरो सार चिन्नैपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्ने समस्यालाई छर्लङ्ग देखिसकेको हुनेछस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, पक्कै नतिजाहरू देख्नेछस्। एक दिन तैँले यसो भन्नेछस्: ‘इमानदार व्यक्ति बन्नु सजिलो छ। छली बन्नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबउप्रान्त म छली व्यक्ति बन्न चाहन्नँ, सधैँ के-के झूटहरू बोल्ने र आफ्ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्नँ। यो त मानसिक रोग भएको व्यक्ति हुनुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—“मानव” भनेर भन्नलायक नै नभएको व्यक्ति हुनु हो! त्यस्तो खालको जीवन अति थकाइलाग्दो हुन्छ, र म अबउप्रान्त त्यसरी जिउन चाहन्नँ!’ यस पटक, तँ साँच्चै इमानदार व्यक्ति बन्ने आशा हुनेछ, र यसले तैँले इमानदार व्यक्ति बन्नेतर्फ प्रगति गर्न थालेको छस् भन्ने प्रमाणित गर्नेछ। यो एउटा ठूलो सफलता हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्जित हुन्छौ। तिमीहरूको अनुहार रातो हुनेछ, तिमीहरूलाई लाज लाग्नेछ, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्ने डर लाग्नेछ। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्नुपर्छ। तैँले यसो भन्नुपर्छ: ‘हे परमेश्वर, म इमानदार व्यक्ति बन्न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरू ममाथि हाँस्नेछन् भन्ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई आजाद र उन्मुक्त हुने तुल्याउनुहोस्।’ जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयभित्र अझै धेरै ज्योति हुनेछ, र तैँले मनमनै भन्नेछस्: ‘यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एक पटक त इमानदार व्यक्ति बनेको छु।’ तैँले यसरी प्रार्थना गर्दा, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई उत्प्रेरित गर्नुहुनेछ, र तँलाई वास्तविक व्यक्ति बन्दा हुने अनुभवलाई कदर गर्ने तुल्याउनुहुनेछ। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग आस्था हुन्छ नै भन्ने छैन। कुनै मार्ग नहुनु मानिसहरूका लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग पाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द भेट्टाउँछ। यदि तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले सान्त्वना पाउनेछ, र तिनीहरूले आजादी र उन्मुक्ति प्राप्त गर्नेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूमा मैले झूट र छललाई सम्हाल्ने अभ्यासका सिद्धान्तहरू फेला पारेँ। सबैभन्दा पहिले, हामीले व्यक्तिगत स्वार्थहरू त्याग्नैपर्छ। अभ्यासको यो पक्ष एकदमै महत्त्वपूर्ण छ। झूट बोल्नुको लक्ष्य भनेको आफ्ना स्वार्थको रक्षा गर्नु र आफ्ना उद्देश्य हासिल गर्नु हो, र जब यो नै उद्देश्य हो भने, झूट र छलकपटको सहारा लिन पुगिन्छ। त्यसैले, पहिले व्यक्तिगत स्वार्थहरू त्याग्नु एकदमै महत्त्वपूर्ण छ। यसले हृदयमा भएको छलको समस्या समाधान गर्न मद्दत गर्छ। बारम्बार आत्मचिन्तन गर्नु, परमेश्वरलाई हाम्रो हरेक वचन र कर्मको छानबिन गर्न दिनु पनि महत्त्वपूर्ण छ। जब हामी आफूलाई छली तरिकाले बोल्न वा काम गर्न चाहेको पाउँछौँ, हामीले आफू के हासिल गर्न खोजिरहेका छौँ भन्ने प्रश्न गर्नैपर्छ। यदि हामीले आफूमा छली अभिप्रायहरू राखेको वा दुष्ट स्वभाव प्रकट गरेको थाहा पायौँ भने, हामी तुरुन्तै प्रार्थना गर्न परमेश्वरसामु आउनैपर्छ, र आफूलाई सच्याउनैपर्छ। हामीले सचेत भई इमानदार हुने अभ्यास गर्नैपर्छ र आफ्ना ब्रदर-सिस्टरहरूसँग खुलस्त हुन सिक्नैपर्छ, आफ्ना विचार, दृष्टिकोण, भ्रष्टता र त्रुटिहरूलाई उदाङ्गो पार्नैपर्छ, र तिनलाई समाधान गर्न सत्यता खोज्नैपर्छ। एक छली, दुष्ट, शैतानी स्वभावलाई क्रमिक रूपले पखाल्ने एक मात्र तरिका त्यही हो। यो महसुस गरेपछि, मैले मेरी सुपरिवेक्षकलाई खोजेँ र उनीसँग कुरा गर्दा आफ्ना घिनलाग्दा मनसायहरूबारे खुलेर कुरा गरेँ, र मैले माफी मागेँ। उनले मलाई अस्वीकार त गरिनन् नै—उनी पनि खुलस्त भइन् र हामीले सँगै हाम्रा कर्तव्यहरूमा भएका कमीकमजोरीहरूको लेखाजोखा गर्यौँ। यसरी अभ्यास गर्दा मैले सहज महसुस गरेँ। मैले आफू अब छायाँमा जिइरहेकी छैनँ भन्ने महसुस गरेँ, र यसले गर्दा, मलाई आफूलाई आचरणमा ढाल्दा मनशान्ति मिल्यो।
मैले आफ्नो छली, दुष्ट, भ्रष्ट स्वभावलाई पूर्ण रूपमा फालेकी छैन, तर ममा परमेश्वरलाई मन पर्ने एक इमानदार व्यक्ति बन्ने, र जीवनमा आफूले भन्ने र गर्ने हरेक कुरामा इमानदार हुन र परमेश्वरको छानबिनका निम्ति खुला हुनमा ध्यान केन्द्रित गर्ने आस्था र इच्छाशक्ति छ।