३१. मलाई तपाईँहरूको सुपरिवेक्षण आवश्यक छैन
आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वरको काम स्विकारेको केही समयपछि, पाष्टर लीलाई थाहा भयो। एक दिन, उनले फोन गरेर मलाई मण्डली बोलाए। मलाई लाग्यो उनी बाइबलको ज्ञाता छन्, धेरै वर्षदेखि प्रभुको सेवा गरेका छन्, र उनको जीवन भक्तिपूर्ण छ। त्यसमाथि, उनी सधैँ हामीलाई चनाखो भई प्रभुको पुनरागमन पर्खन भनिरहन्थे, र म उनलाई सुसमाचार सुनाउन, प्रभु येशू फर्कनुभएको छ भनेर बताउन चाहन्थेँ। मलाई लाग्यो यो राम्रो अवसर हो। तर जब हामी भेट्यौँ, म छक्क हुने गरी उनले मलाई तिरष्कृत नजरले हेर्दै सोधखोज गरे, “मिल्ड्रेड, तपाईं डिकन भएर पनि कसरी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न सक्नुभयो? यो स्वीकार गर्नुअघि मसँग सल्लाह किन लिनुभएन? तपाईंका लागि म यसको जाँच गर्न सक्थेँ! तपाईंमा बाइबलीय ज्ञानको कमी छ, र हामीले निगरानी नगरेको खण्डमा, तपाईं धेरै सजिलै भ्रमित हुन सक्नुहुन्छ।” पाष्टर लीको यो कुराले मलाई साँच्चै असहज बनायो। मैले सोचेँ, “साँचो मार्गको अनुसन्धान गर्नु मेरो व्यक्तिगत स्वतन्त्रता हो—किन त्यसमा तपाईंको अनुमोदन वा सुपरिवेक्षण चाहिने? त्यसबाहेक, मैले दुई दशकभन्दा बढी समयदेखि प्रभुमा विश्वास गरेकी छु, र यद्यपि म तपाईं जत्तिकै बाइबलको बारेमा जान्दिनँ, मसँग आफ्नै विचार र राय नभएको होइन! मैले तीन महिनादेखि यसको गहन अनुसन्धान गरिरहेकी छु, मैले सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढेकी छु, र एक पटक मात्र उहाँका वचन परमेश्वरको आवाज हो भनेर मैले निश्चित भएर स्वीकारेँ।” त्यसपछि मैले जवाफ दिएँ: “पाष्टर ली, सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका प्रभु येशू हो कि होइन भनेर थाहा पाउन सर्वशक्तिमान् परमेश्वरका वचनहरू मात्र पढ्नु पर्छ।” त्यसपछि मैले मेरो फोनमा सर्वशक्तिमान् परमेश्वरको मण्डलीको एप खोलेँ र सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सारा ब्रह्माण्डभरि म मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन असीम रूपमा देखा पर्छ, जसले सबै देश र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा डोर्याएको मेरै वाणीहरूले हो। म सबै मानिसहरूलाई मेरा वाणीद्वारा जितिने, यही प्रवाहमा पार्ने, र मेरो सामु आत्मसमर्पण गर्ने तुल्याउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ रूपमा जारी गरेको छु। मेरो महिमा देख्ने अभिलाषा कसलाई हुँदैन? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुन: देखापराइको तृष्णा कसले गर्दैन? मेरो प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्पन्नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरा वाणीहरू पृथ्वीभरि प्रचार गरिनेछन्; शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, म मेरा चुनिएका मानिसहरूमाझ अझ धेरै वचन व्यक्त गर्नेछु र बोल्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिलाई सुनाउँछु। यसकारण, मेरो मुखबाट निस्कने वचनहरू मानिसहरूको खजाना बनेका छन् र सबै मानिसहरूले मेरा वचनहरूलाई प्रिय ठान्छन्। बिजुली पूर्वदेखि पश्चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तीबाट अलग हुन अनिच्छुक हुन्छन्, अनि ती वचन मानिसलाई अथाह लाग्छ, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्दित हुने तुल्याउँछन्। भर्खरै जन्मेका शिशुझैँ, सबै मानिसहरू खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूमाझ औपचारिक रूपमा प्रवेश गर्नेछु, र तिनीहरूलाई मलाई श्रद्धा गर्न आउने तुल्याउनेछु। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, म यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र तिनीहरूले बिजुली पूर्वबाट चम्केको, म पूर्वको ‘जैतूनको डाँड़ामा’ ओर्लेको, म पृथ्वीमा लामो समयअघि नै आएको, र म अबउप्रान्त यहूदीको छोरा नभई पूर्वको ज्योति भएको देख्नेछन्। किनभने म उहिले नै बौरी उठेको छु र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ महिमासहित फेरि देखा परेको छु। आजभन्दा कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ, र कैयौँ वर्षअघि इस्राएलीहरूद्वारा त्यागिएको बालक पनि म नै हुँ। यसभन्दा पनि बढी, म हालको युगको महा-महिमित सर्वशक्तिमान् परमेश्वर हुँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी)। उनले म बोलेर नसक्दै, बीचमै, अधैर्य हुँदै भने, “अझै भन्न जरुरी छैन। मैले यो एप धेरै समयअघि डाउनलोड गरेको थिएँ र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेको छु। तिनले उहाँका वचनहरू परमेश्वरका वचन हुन् भनी गवाही दिन्छन्, तर त्यो सम्भव छैन! परमेश्वरका सबै वचन बाइबलमा छन्। त्यसबाहिर परमेश्वरबाट अन्य कुनै वाणी हुन सक्दैन। सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार छ भने पनि, म अझै उहाँमा विश्वास गर्ने छैन!” उनले यसो भनेको सुनेर म निकै आश्चर्यचकित भएँ। पाष्टर भएर नि सर्वशक्तिमान् परमेश्वरका वचनमा अख्तियार भए पनि विश्वास गर्दिनँ भनेर कसरी भन्न सकेको? उनी विश्वासी थिएनन् र? मैले प्रतिवाद गर्दै भनेँ, “पाष्टर ली, के तपाईं निश्चित भएर परमेश्वरका सबै वचनहरू बाइबलमा छन् भनी हिम्मत गर्न सक्नुहुन्छ? तपाईं आफैँले धेरै पटक यूहन्ना २१:२५ बताउनु भएको छ, ‘येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिनुपर्ने पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो’ (यूहन्ना २१:२५)। प्रभु येशूले पृथ्वीमा साढे तीन वर्षसम्म काम गर्नुभयो र उपदेश दिनुभयो। उहाँले हरेक दिन कति बोल्नुभयो होला? उहाँले हरेक उपदेशमा कति बोल्नुभयो होला? ती साढे तीन वर्षमा, प्रभु येशूले धेरै उपदेश दिनुभएको, धेरै कुरा भन्नुभएको हुनुपर्छ—ती असङ्ख्य होलान्! चार सुसमाचारमा अभिलिखित कुराहरू सानो, सीमित अंश, हिमशिखरको टुप्पो मात्र हो। त्यसैले बाइबलबाहिर परमेश्वरका कुनै वचन छैनन् भन्नु वास्तविकतासँग असंगत छ। त्यसबाहेक, प्रभु येशूले धेरै समयअघि अगमवाणी गर्नुभएको थियो: ‘अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। आखिरी दिनहरूमा प्रभु फर्कनुहुनेछ र चर्मपत्र खोल्नुहुनेछ, उहाँ मण्डलीहरूसँग बोल्नुहुनेछ भनेर प्रकाशको पुस्तकमा पनि अगमवाणी गरिएको छ। यी सबै आखिरी दिनहरूमा परमेश्वरद्वारा उच्चारित नयाँ वचनहरू हुनेछन्, र यी पहिले नै बाइबलमा लेखिएका हुन सक्दैनन्। त्यसोभए, बाइबल बाहिर परमेश्वरको कुनै काम वा वचन नभएको भए, ती अगमवाणी कसरी पूरा हुन सक्थे? आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यो नै त्यो चर्मपत्र हो, जुन थुमाद्वारा खोलिनेछ भनेर प्रकाशको पुस्तकले अगमवाणी गरेको थियो। त्यही कुरालाई यसरी उल्लेख गरिएको थियो, ‘आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्’ (प्रकाश २:७)। हामीले खुला हृदयले खोजी गर्नुपर्छ। यो नै प्रभुको पुनरागमनलाई स्वागत गर्ने एक मात्र उपाय हो।” म बोलेर सकिनासाथ, पाष्टर लीले तिरस्कारपूर्वक भने, “तपाईंसँग यो विषयमा राम्रो ज्ञान छ, र तपाईंले सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढ्नुभएको जस्तो देखिन्छ! तर हाम्रो आस्थामा बाइबलबाट हामी विचलित हुन सक्दैनौँ। यदि तपाईं त्यसो गर्नुहुन्छ भने, अझै पनि कसरी आफूलाई प्रभु्को विश्वासी भन्न सक्नुहुन्छ? सर्वशक्तिमान् परमेश्वरका वचनहरू जति नै अद्भुत भए पनि, तिनीहरू सत्य नै भए पनि, म कहिल्यै बाइबलभन्दा बाहिरको केही मान्ने वा स्वीकार्ने छैन। म तपाईंलाई सर्वशक्तिमान् परमेश्वरप्रति विश्वास त्याग्न आग्रह गर्दछु। अन्यथा, मण्डलीमा सेवा गर्ने तपाईंको अनुमति खारेज गरिनेछ र तपाईंलाई पछुतो हुनेछ!” अनि, मैले भनेँ, “पाष्टर ली, हामी विश्वासीहरू प्रभु आउनुहुनेछ र हामीलाई लिनुहुनेछ भनेर पर्खिरहेका छैनौँ र? अब जब प्रभु फर्कनुभएको छ र धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, हामीले यसलाई गहन रूपमा हेर्नु पर्दैन र? यदि हामी खुला मनले खोजी गरेनौँ र केवल आफ्नै धारणा र कल्पनामा टाँसिएर बस्यौँ, र प्रभुको पुनरागमनलाई स्वागत गर्ने अवसर गुमायौँ भने, पछुतो गर्न ढिलो हुनेछ!” अचम्म, उनले रिसाउँदै जवाफ दिए, “बस्! म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने छैन। म तपाईंलाई सोच्नका लागि अलि बढी समय दिन्छु, र यदि तपाईं सर्वशक्तिमान् परमेश्वरमा विश्वास कायम राख्नुहुन्छ भने, म तपाईंलाई मण्डलीबाट निकाल्नेछु।” त्यसपछि उहाँ हिँड्नुभयो र पछाडि फर्केर हेर्नुभएन। पाष्टरले यस्तो व्यवहार गरेको देखेर म साँच्चै स्तब्ध भएँ। उनी हामीलाई सधैँ भन्ने गर्थे, कि खुला मनले खोजी गर्नेहरू मात्र प्रभुद्वारा स्वीकार हुनेछन्। मैले कहिल्यै सोचेकी थिइनँ कि प्रभुको आगमन जस्तो महत्त्वपूर्ण कुराको सामना गर्दा, उनले खोजी नगर्ने मात्र होइन, हामीलाई अनुसन्धान गर्नबाट पनि रोक्नेछन्, र मलाई मण्डलीबाट निकाल्ने धम्की समेत दिनेछन्। के एउटा कुरा भन्नु र अर्को गर्नु, पाखण्डी हुनु होइन? यो प्रभुको प्रकटनको चाहना गर्ने व्यक्ति होइन!
आइतबार म मण्डली गएँ, र पाष्टर हङले म भएठाउँ आएर भने, “तपाईं सर्वशक्तिमान् परमेश्वरको मण्डलीको जाँचबुझ गर्दै हुनुहुन्छ अरे? उनीहरूले उपदेश दिने तरिका बाइबल बाहिर छ र हाम्रो आस्था पवित्रशास्त्रमा आधारित छ। बाइबलबाट विचलित हुनु भनेको प्रभुलाई धोका दिनु हो। तपाईंले सर्वशक्तिमान् परमेश्वरप्रतिको आफ्नो आस्था त्याग्नुपर्छ!” त्यसैले मैले सोधेँ, “जब प्रभु येशू काम गर्न आउनुभयो, उहाँले पुरानो करार पालना गर्नुभयो? उहाँले पश्चातापको मार्गबारे उपदेश दिनुभयो, बिरामीलाई निको पार्नुभयो, र भूत भगाउनुभयो। उहाँ मानवजातिको पापबलिको रूपमा क्रूसमा चढाइनुभयो। प्रभु येशूले भन्नुभएको र गर्नुभएको यी सबै कुराहरू पवित्रशास्त्रभन्दा बाहिर थिए र पुरानो करारमा समावेश थिएनन्। के तपाईं प्रभु येशू साँचो परमेश्वर हुनुहुन्न, उहाँको काम साँचो मार्ग होइन भन्नुहुन्छ? के तपाईं प्रभु येशूमा विश्वास गर्नु भनेको यहोवा परमेश्वरलाई धोका दिनु हो भन्नुहुन्छ? के तपाईं परमेश्वरका काम र वचनहरू बाइबलभन्दा बाहिर जान सक्दैनन् भनी दाबी गर्ने हिम्मत गर्नुहुन्छ? के यो बाइबलको प्रयोग गरेर परमेश्वरलाई नसीमित गर्न र विरोध गर्न खोज्नु होइन?” उनले रिसाएर मलाई बीचमै काटे: “बस्! यदि तपाईं सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न जोड दिनुहुन्छ भने, पछुतो नगर्नुहोला।” त्यसपछि, उनी तिरस्कारपूर्वक हाँसे र रिसाएर गए। उनको अनुहारको भाव देखेर मलाई अलिकति डर लाग्यो—मलाई थाहा थिएन उनले अब के गर्छन्। आश्चर्य, सेवा सुरु भएपछि, पाष्टर हङले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बदनाम गर्ने केही भिडियोहरू चलाए—यी झूठले भरिएका निराधार भिडियोहरूले मलाई रिस उठायो। पाष्टरहरू र एल्डरहरू धेरै वर्षदेखि प्रभुको सेवा गर्दै आएका थिए, र उनीहरू सामान्यतया साँच्चै भक्तिपूर्ण देखिन्थे, तर मैले कहिल्यै उनीहरूमा परमेश्वरको डर मान्ने हृदय समेत हुँदैन भनेर सोचेकी थिइनँ। त्त्यो कसरी आस्थावान हुनु भयो र? सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र ती सबै सार्वजनिक रूपमा अनलाइन उपलब्ध छन्, जुन सबैलाई खोजी गर्न र अनुसन्धान गर्न प्रदान गरिएको हो। व्यक्तिले ती वचन स्वीकार गरोस्-नगरोस्, तर कहिल्यै निन्दा वा झूटा दाबी गर्नु हुँदैन, र विशेष गरी अरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्नु हुँदैन। पाष्टरहरूको व्यवहार अतीतमा प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूको भन्दा कसरी फरक थियो र? भिडियोहरू पछि, पास्टर हङले मञ्चमा उभिएर बाइबलबाट पावलका भनाइहरूको खण्ड पढेर सुनाए: “तिमीहरूलाई ख्रीष्टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्नेप्रति मलाई आश्चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्टको सुसमाचारलाई बिगार्ने केही छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छ भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। त्यसपछि उनले भने, “हामी प्रभु येशूका विश्वासीहरू हौँ, र हामी प्रभुको नाम र उहाँको मार्गप्रति साँचो रहनुपर्छ। हामी बाहिर गएर प्रचार गरिएको जुनसुकै पुराना कुरालाई सुन्न सक्दैनौँ, र त्यसमाथि, हामी अर्को सुसमाचार स्वीकार गर्न सक्दैनौँ। अहिले, हामी सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु येशू पहिले नै फर्कनुभएको कुराको गवाही दिइरहेको कुरा सुन्न सक्दैनौँ। यो हाम्रो आस्थाबाट विचलित हुनु र आस्थाविरुद्ध जानु हो। जसलाई सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेको पाइन्छ उसलाई तुरुन्तै मण्डलीबाट निकालिनेछ! कसैले तपाईंसँग सर्वशक्तिमान् परमेश्वरको सुसमाचार बताएमा मलाई तुरुन्तै रिपोर्ट गर्नुहोस्, अन्यथा तपाईं प्रभुलाई धोका दिइरहनुभएको छ!” उनले त्यो सबै भनेपछि मलाई घुरेर हेरे। उनी आफैँमा धेरै खुसी भएको देखेर, मैले मन्दिरका फरिसीहरूलाई सम्झेँ, जसले विश्वासीहरूलाई भ्रमित पारेर प्रभु येशूलाई अस्वीकार गर्न उक्साउने गरेका थिए। त्यहाँका सबैजना पाष्टर हङले भनेको कुराबाट डराएको देखेर मलाई निकै रिस उठ्यो। पाष्टर हङ बाइबल राम्रोसँग जान्दथे—के उनलाई पावलले यसो भन्नुको पछाडि के थियो भनेर थाहै थिएन र? वास्तविकता यो हो कि पावलले अनुग्रहको युगका लागि एउटा मात्र सुसमाचार थियो भन्दै थिए, जुन प्रभु येशूको छुटकाराको कामको सुसमाचार थियो। अनुग्रहको युगमा अन्य सुसमाचार सुन्नु भनेको प्रभुलाई धोका दिनु हो। तर जब पावलले यो भने, परमेश्वरले अन्तिम दिनहरूमा आफ्नो काम गर्नुभएको थिएन र कसैले पनि राज्यको सुसमाचार बताएका थिएनन्। त्यसैले यहाँ “अर्को सुसमाचार” भन्नुको अर्थ आखिरी दिनहरूमा प्रभुको पुनरागमनको सुसमाचार हुन सक्दैन। पावलले कहिल्यै प्रभु फर्कनुहुँदा राज्यको सुसमाचार प्रचार गर्नु गलत हो भनेनन्, र त्यसमाथि, उनले कहिल्यै प्रभु येशूको पुनरागमनको सुसमाचार स्वीकार गर्नु प्रभुलाई धोका दिनु हो भन्न आँट गरेनन्। पावलले भनेका कुरालाई पाष्टर हङले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काममा मनपरी ढङ्गले लागू गरिरहनुभएको थियो। के यो उक्त खण्डलाई सन्दर्भ बाहिर लगेर बाइबललाई गलत व्याख्या गरी मानिसहरूलाई भ्रमित पार्नु होइन र? सेवा पछि, पाष्टर हङले मलाई फेरि ब्रदर-सिस्टरहरूसँग सर्वशक्तिमान् परमेश्वरको सुसमाचार नबाँड्न चेतावनी दिनुभयो। मैले सोचेँ, “सबै ब्रदर-सिस्टरहरू परमेश्वरको झुण्डका हुन्, र परमेश्वरका भेडा उहाँको आवाज सुन्छन्। पाष्टर हङले मलाई उनीहरूसँग सुसमाचार नबाँड्न भनिरहेका छ, उनीहरूलाई परमेश्वरको आवाज सुन्नबाट र परमेश्वरतर्फ फर्किनबाट रोक्न सक्दो प्रयास गरिरहेका छ। के यो स्वर्गको राज्यमा प्रवेश गर्ने उनीहरूको मार्ग रोक्नु होइन र?” यसले मलाई प्रभु येशूले भन्नुभएको कुरा सम्झायो, जसमा उहाँले फरिसीहरूको निन्दा गर्नुभएको थियो: “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)। प्रभुको पुनरागमनको गवाही सुनेर, पादरीवर्गले आफैले खोजी नगरेका मात्र होइनन्, तिनीहरूले परमेश्वरका भेडालाई उहाँको आवाज सुन्न र प्रभुलाई स्वागत गर्नबाट रोके। तिनीहरू पूर्ण रूपमा फरिसीहरू जस्तै थिए—तिनीहरू सबै अरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्ने दुष्ट सेवकहरू थिए। म पाष्टरहरूद्वारा बाँधिएर रहन सक्दिनँ, मैले ब्रदर-्सिस्टरहरूसँग सुसमाचार बताउने कुनै पनि मौकालाई हात पार्नुपर्थ्यो, र उनीहरूलाई पाष्टरहरूद्वारा थप भ्रमित हुनबाट र प्रभुको पुनरागमनलाई स्वागत गर्ने मौका गुमाउनबाट जोगाउनुपर्थ्यो।
त्यसको केही समयपछि, पाष्टर लीले एक्कासी फोन गरेर मलाई मण्डली बोलाए। जब म आएँ, त्यहाँ उनीसहित डिकन र प्रशासकहरू गरेर अन्य पाँच जना थिए। पाष्टर लीले मलाई मुस्कुराउँदै सोधे, “त्यसोभए तपाईंले विचार गर्नुभयो?” मैले इमानदार भएर जवाफ दिएँ, “सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। मैले उहाँका वचनहरू पढेर उहाँ नै प्रभु येशूको पुनरागमन हुनुहुन्छ भनेर निर्धारण गरिसकेकी छु। पापको बन्धनबाट मुक्त हुने र शुद्ध हुने एक मात्र उपाय भनेको परमेश्वरको आखिरी दिनहरूको न्यायको काम स्वीकार गर्नु हो। त्यसपछि मात्र हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुनेछौँ। जे भए पनि म सधैं सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेछु।” मेरो मुखबाट यी शब्दहरू निस्किएलगत्तै एक डिकन उठेर मतिर रिसाएर देखाउँदै भने, “सर्वशक्तिमान् परमेश्वरको विश्वासी भएकाले, भोलिदेखि तपाईंलाई सन्डे स्कूल पढाउने वा मण्डली आर्थिक जिम्मेवारी लिने अनुमति छैन!” पाष्टर ली त्यो डिकनतिर फर्किए र हात हल्लाए, त्यसपछि मलाई भने, “प्रभु येशूमा आस्थाका कारण हाम्रा पापहरू पहिले नै क्षमा गरिएका छन्। प्रभुले मानवजातिको न्याय र शुद्धीकरणको काम गर्नु कुनै आवश्यक छैन। उहाँ आएपछि हामीलाई सिधै स्वर्गको राज्यमा लैजानुहुनेछ।” मैले जवाफ दिएँ, “क्रूसमा चढ्दा प्रभु येशूले हाम्रा पापहरू क्षमा गर्नुभयो भन्ने सत्य हो, तर के हाम्रा पापहरू क्षमा हुनुको अर्थ हामी अब पाप गर्दैनौँ, हामी शुद्ध भइसकेका छौँ भन्ने हो? पापहरूको क्षमा भनेको प्रभु येशूको छुटकारा प्राप्त गर्नु हो ताकि हामी अब कानून अन्तर्गत दोषी छैनौँ। यसको मतलब हामी अब पाप गर्दैनौँ वा स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छौँ भन्ने होइन। हामी प्रभुमा र पापहरूको क्षमामा विश्वास गर्छौँ, तर हाम्रो पापी प्रकृति हटाइएको छैन—अर्थात् हामी अझै पनि निरन्तर पाप गर्छौं, स्वीकार गर्छौं, र फेरि पाप गर्छौँ, अहङ्कार र छल जस्ता शैतानी स्वभाव प्रकट गर्छौँ, प्रसिद्धि र भाग्यको लागि लड्छौँ, शक्ति हासिल गर्न संघर्ष गर्छौँ, र परमेश्वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छौँ। हामी पापको बन्धनबाट उम्कन असमर्थ छौँ। बाइबल भन्छ: ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन’ (हिब्रू १२:१४)। प्रभु पवित्र हुनुहुन्छ, हामी घिनलाग्दोपनले भरिएकाले र प्रभुको अनुहार देख्न पूर्ण रूपमा अयोग्य भएकाले, हामी स्वर्गको राज्यको योग्य कसरी हुन सक्छौँ? त्यसैले प्रभु येशूले हामीलाई प्रतिज्ञा गर्नुभयो कि उहाँ सत्यताहरू व्यक्त गर्न, र मानवजातिको न्याय र शुद्धीकरण गर्ने अर्को चरणको काम गर्न आखिरी दिनहरूमा फर्कनुहुनेछ। जबसम्म हामी आखिरी दिनहरूमा परमेश्वरको न्याय स्वीकार गर्दैनौँ र हाम्रो भ्रष्टाचार शुद्ध हुँदैन, हामी परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य छैनौँ।” त्यसपछि पाष्टर लीले तिरस्कारपूर्वक भने, “हामी हातमा किलाका चिन्ह भएका प्रभु येशूको प्रतीक्षा गरिरहेका छौँ, जो हामीलाई स्वर्गको राज्यमा लैजान बादलमा आउनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले भन्नुभएको सबै कुरा सत्यता हुन् भने पनि, म अझै स्वीकार गर्ने छैन!” डिकनहरूले पनि स्वर मिलाउँदै भने, “हो, प्रभु येशू बादलमा ओर्लिएर हामीलाई स्वर्गको राज्यमा लैजानुहुनेछ भनेर हामी पर्खिरहेका छौँ।” त्यसपछि उनीहरूले सर्वशक्तिमान् परमेश्वरको निन्दा र अपमान गर्ने केही कुरा भने। उनीहरू कठोर र जिद्दी बनेको देखेर मलाई साँच्चै रिस उठ्यो। मैले भनेँ, “तपाईंहरू मण्डलीका अगुवाहरू हुनुहुन्छ, तर जब तपाईंहरूले प्रभु फर्कनुभएको गवाही सुन्नुहुन्छ, तपाईंहरू खुला मनले खोजी र अनुसन्धान गर्न इन्कार त गर्नु हुन्छ नै, उल्टै झूटा कुराहरू फैलाउन, र सर्वशक्तिमान् परमेश्वरको कामको विरोध र निन्दा गर्ने हिम्मत समेत गर्नुहुन्छ। तपाईंहरूले साँचो मार्गको जाँच र स्वीकार गर्नबाट रोक्न सक्दो गरिरहनुभएको छ। के तपाईंहरूले यस व्यवहारको प्रकृति, परिणाम र नतिजाहरू बारेमा सोच्नुभएको छ? फरिसीहरू आफ्नै धारणा र कल्पनामा टाँसिएका थिए, उन्मत्त भएर प्रभु येशूको विरोध र निन्दा गरेका थिए। उनीहरूले उहाँलाई क्रूसमा टाँगिन बाध्य बारे, परमेश्वरको स्वभावलाई चिढ्याए, र त्यसैले परमेश्वरद्वारा शापित र दण्डित भए। फरिसीहरूको असफलताबाट यो पाठले साँच्चै तपाईंहरूलाई चेतावनी दिँदैन? निर्णयमा पुग्नु अघि कम्तीमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्नुहोस्!” त्यसपछि मैले उनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको खण्ड पढेर सुनाएँ: “ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यतालाई स्वीकार नगरी र र जीवनको आपूर्तिलाई स्वीकार नगरी, तैँले आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोओस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँको भर्त्सना, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्न जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले जिम्मा दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। मैले पढेर नसक्दै, एक प्रशासक उठेर मतिर चिच्याए, रिसले उनको अनुहार रातो भयो, “बस्! सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा जति सत्यता भए पनि म कहिल्यै स्वीकार गर्ने छैन!” मैले भनेँ, “तपाईंहरू सबै अत्यन्तै अहङ्कारी हुनुहुन्छ! यी सबै पवित्र आत्माका वचनहरू हुन्, परमेश्वर आफैँको मुखबाट आएका वचनहरू हुन्। तपाईंहरूलाई थाहा छैन? के तपाईंहरू परमेश्वरको आवाज चिन्न साँच्चै सक्षम हुनुहुन्छ? के तपाईंहरू साँच्चै परमेश्वरका भेडा हुनुहुन्छ?” पाष्टर लीले पहिले जस्तै तिरस्कारर्पूण जवाफ दिए, “म प्रभु येशू बाहेक अरूमा विश्वास गर्दिनँ!” उनीहरू सबै कति अविवेकी थिए भनेर मैले देखेँ, र म उनीहरूसँग अरू केही भन्न चाहन्नथेँ। म जान तयार हुँदै गर्दा, पाष्टर लीले मलाई धम्काए: “म तपाईंलाई अझै एक महिना पुनर्विचार गर्न दिन्छु। यदि तपाईं अझै पनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुहुन्छ भने, तपाईंलाई निकालिनेछ!” मैले रिसाएर भनेँ, “अर्को महिना पर्खनु पर्दैन—तपाईंले मलाई अहिले नै निकाल्न सक्नुहुन्छ। म मण्डलीबाट हटाइने कुराबाट डराउँदिन। मलाई डर लाग्ने कुरा भनेको परमेश्वरको आवाज नसुन्नु वा प्रभुको प्रकटन नदेख्नु हो, प्रभुलाई स्वागत गर्न नसक्नु हो, र अनन्तकालको लागि स्वर्गको राज्यमा प्रवेश गर्ने आशिष् गुमाउनु हो। मैले अब परमेश्वरको आवाज सुनेको छु र परमेश्वरको सिंहासन सामु लगिएको छु, र थुमाको विवाह भोजमा सहभागी भइरहेको छु। तपाईं मलाई निकाल्नुहुन्न भने पनि, म फेरि कहिल्यै यहाँ सेवामा आउने छैन!” म आश्चर्य हुने गरी, पाष्टर ली रुखो हाँसो हाँसे र भने, “हामी तपाईंलाई अहिले हटाउन सक्दैनौँ, अन्यथा हामी तपाईंसँग प्रेमपूर्वक व्यवहार गरिरहेका छैनौँ भनेर ब्रदर-सिस्टरहरूले भन्नेछन्। अर्को महिनापछि, हामी उनीहरूलाई भन्नेछौँ कि तपाईंले प्रभुलाई धोका दिनुभएको छ र मण्डली छोड्न दृढ हुनुहुन्छ, हामी तपाईंलाई सल्लाह दिन कडा परिश्रम गरिरहेका छौँ, तर तपाईं अझै पनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न जिद्दी हुनुहुन्छ। हामी भन्नेछौँ कि हामीसँग तपाईंलाई मण्डलीबाट निकाल्नुबाहेक अरू विकल्प छैन।” यो सुनेपछि म रिसाएँ। उनी कति पाखण्डी थिए! सामान्यतया उनी आफ्ना इलाकावासीप्रति धेरै ख्याल गर्थे, तर यो सबै नाटक रहेछ। उनले आफ्नो छवि कायम राख्न, आफ्नो पद मजबुत बनाउन र आफ्नो नक्कली छवि सिर्जना गर्न मात्र त्यसो गरेका थिए। यसले मलाई प्रभु येशूले भन्नुभएको कुरा सम्झायो, जसमा उहाँले फरिसीहरूलाई श्राप दिनुभएको थियो: “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू त सेतो रङ्ग पोतिएका चिहानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ” (मत्ती २३:२७-२८)। मैले सोचेँ कि कसरी ब्रदर-सिस्टरहरू वर्षौँदेखि विश्वासी थिए, प्रभुको पुनरागमनको स्वागत गर्न सधैँ पर्खिरहेका थिए, तर उनीहरू पाष्टरहरूद्वारा बहकिएका र धोका खाइरहेका थिए। तिनीहरूका अफवाह र शैतानी शब्दहरूलाई विश्वास गर्दै, प्रभुको पुनरागमनको स्वागत गर्ने मौका गुमाइरहेका थिए। यो साँच्चै दुःखद थियो। कसैले पनि सोचेको थिएन कि ती पादरीवर्ग जसले हामीलाई निरन्तर झूटा ख्रीष्ट र ख्रीष्टविरोधीहरूविरुद्ध होसियार रहन भनिरहेका थिए तिनीहरू नै वास्तविक ख्रीष्टविरोधी हुनेछन्, र मानिसहरूलाई पथभ्रष्ट गराउनेहरू हुनेछन्। तिनीहरू “चोर” भन्दै कराउने चोरहरू जस्तै हुन्—कत्ति घृणित! यो सोचेर मलाई उनीहरूसँग अरू विवाद गर्न मन लागेन, र म निस्किएँ। पाष्टर लीले फेरि चेतावनी दिँदै भने, “तपाईं सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न चाहनुहुन्छ भने त्यो तपाईंको मामिला हो, तर म तपाईंलाई अन्य ब्रदर-सिस्टरहरूलाई यो सुसमाचार सुनाउन दिने छैन।”
जब म पहिले सँगै सेवा गरेका ब्रदर-सिस्टरहरूलाई भेट्थेँ, उनीहरू मप्रति निकै रुखो हुन्थे र केहीले मलाई बेवास्ता गर्न खोज्थे। यो देखेर मलाई निकै दुःख लाग्थ्यो, तर यो सबै पाष्टरहरूले उनीहरूलाई भ्रमित पारेर, उक्साएर र उचालेर भएको भन्ने मलाई थाहा थियो। मैले पहिलेको भेलामा पढेको परमेश्वरको वचनको खण्ड सम्झेँ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना ‘परमेश्वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जो परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन् जबकि मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्)। यसले मलाई पाष्टर र एल्डरहरूको बारेमा सोच्न लगायो। उनीहरू बाइबलसँग परिचित छन्, बाहिरबाट भक्तिपूर्ण र प्रेममय देखिन्छन्, र चनाखो रहँदै प्रभुको आगमनको तृष्णा गरिरहेको जस्तो देखिन्छन्। तर जब उनीहरूले प्रभु फर्कनुभएको बारे कसैले गवाही दिइरहेको सुन्छन्, उनीहरूले खोजी गर्न र अनुसन्धान गर्न अस्वीकार मात्र गर्दैँनन्, जिद्दी भएर आफ्नो धार्मिक धारणामा अडिग रहनुहुन्छ र शास्त्रलाई विकृत पार्छन्। उनीहरूलाई राम्ररी थाहा छ कि सर्वशक्तिमान् परमेश्वरले सबै प्रकारका सत्यताहरू व्यक्त गर्नुभएको छ, तर अझै पनि परमेश्वरलाई स्वीकार गर्न अस्वीकार गर्छन्, बरु जानजानी विरोध र निन्दा गर्छन्, यहाँसम्म कि सबै प्रकारका विधर्म र भ्रमहरू फैलाउँछन्। उनीहरू बाइबललाई उच्च बनाउन र गवाही दिन सक्दो गर्छन्, परमेश्वरका सबै काम र वचनहरू यसमा समावेश छन्, अरू कुनै पनि कुरा विधर्म हो र प्रभुलाई धोखा हो भन्दै, मानिसहरूलाई अन्धाधुन्ध आराधना गर्न र बाइबललाई आदर्श बनाउन लगाउँछन्। यो बाइबल प्रयोग गरेर विश्वासीहरूलाई दृढतापूर्वक आफ्नो नियन्त्रणमा राख्ने प्रयास हो। उनीहरू सधैँ विश्वासीहरूको जीवनका लागि जिम्मेवार भएको हल्ला गर्छन्, जबकि विश्वासीलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्नबाट रोक्न सक्दो गरिरहन्छन्। उनीहरू हामीलाई सेवा गर्नबाट रोक्ने, मण्डलीबाट लात हानेर निकाल्ने भनी धम्की दिने, तर्साएर साँचो मार्ग त्याग्न दबाब दिने जस्ता घृणित रणनीतिहरू प्रयोग गरिरहेका छन्। उनीहरू मानिसहरूलाई पवित्र आत्माको काम बिना धार्मिक उजाड भूमिमै अलपत्र पारेर, भेटी र चन्दा दिएर, र प्रभुको पुनरागमनको स्वागत गर्ने मौका बर्बाद बनाउन चाहन्छन्। उनीहरू मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न, परमेश्वरको आवाज सुन्न वा परमेश्वरतिर फर्किन दिदैँनन्। यो अत्यन्त दुष्ट कार्य हो! उनीहरू परमेश्वरको आखिरी दिनहरूको कामद्वारा खुलासा भएका दुष्ट सेवकहरू, ख्रीष्टविरोधीहरू, र आधुनिक समयका फरिसीहरू हुन्। उनीहरू स्वर्गको राज्यमा मानिसहरूको प्रवेश मार्गमा तगारो बनेका भूतहरू हुन्। मैले उनीहरूको पाखण्डपनको साँचो अनुहार देखेँ र एक संकल्प गरेँ: उनीहरूले बाधा पुर्याउन वा मलाई अवरोध गर्न जे गरे पनि, म कहिल्यै उनीहरूद्वारा बाँधिएको हुने छैन, र म परमेश्वरलाई प्रार्थना गरिरहनेछु, उहाँमा भर परिरहनेछु, र प्रभुमा साँचो विश्वास गर्ने ब्रदर-सिस्टरहरूलाई सुसमाचार सुनाउने हरेक मौका खोजिरहनेछु। यसरी परमेश्वरका भेडाहरूले उहाँको आवाज चाँडै सुन्न सक्छन्, धार्मिक संसारका ख्रीष्टविरोधीहरूको भ्रम र नियन्त्रणबाट मुक्त हुन सक्छन्, र थुमाले पछ्याएको पाइला पछ्याउन सक्छन्।