२१. “आत्मिक आमाबुबा” को मुखौटो हटाउँदा
मैले प्रभु येशूमा विश्वास गरेको ११ वर्ष भएको थियो र पहिले म पाष्टर पियाओको मण्डलीमा मात्रै सङ्गति जाने गर्थेँ। पाष्टर पियाओ हाम्रो क्षेत्रका निकै नामी प्रचारक थिए। तिनी भक्त र दयालु थिए, प्रभुको सेवा गरेको धेरै वर्ष भएको थियो, र तिनले बाइबल राम्ररी जानेका थिए। तिनले मण्डलीका सबै बाइबलीय तालिम संचालन गर्थे, त्यसकारण म तिनलाई निकै आदर गर्थेँ। मैले कुनै कुरा बुझिनँ भने म हरेक पटक तिनीकहाँ नै जान्थेँ, र मैले नबुझेको कुरा मलाई व्याख्या गरिदिन तिनले बाइबल पदहरू प्रयोग गर्थे। हाम्रो परिवारले कठिनाइहरूको सामना गर्दा सधैँ तिनले हाम्रो लागि प्रार्थना गरिदिन्थे। थाहै नपाई, मैले तिनलाई मेरो विश्वासमा मेरो आत्मिक बुबाको रूपमा हेर्न थालेछु।
२०१७ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनेँ, र सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा, मैले उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्वरको ६,००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू, परमेश्वरको कामका तीन चरणहरूको भित्री कथा, परमेश्वरको देहधारणका रहस्यहरू, शैतानले मानिसहरू कसरी भ्रष्ट तुल्याउँछ, परमेश्वरले मानवजातिलाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, परमेश्वरले कसरी हरेक व्यक्तिलाई उसको प्रकार अनुसार वर्गीकरण गर्नुहुन्छ, उहाँले कसरी हाम्रो परिणाम र गन्तव्य निर्धारित गर्नुहुन्छ, परमेश्वरको राज्य कसरी पृथ्वीमा प्रकट हुनेछ, र मुक्ति हासिल गर्न र राज्यमा प्रवेश गर्नको लागि हामीले कसरी खोजी गर्नुपर्छ भन्ने कुराहरू प्रकट गर्नुभएको छ भन्ने थाहा पाएँ। यी सबै सत्यता र रहस्यहरू इसाई भएपछिको यतिका वर्षमा मैले कहिल्यै नसुनेका कुराहरू थिए। यो हेर्दा मलाई साँच्चै नै सन्तुष्ट लाग्यो! सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा म हृदयदेखि नै निश्चित भएँ र मैले मेरा दुई जना छोराछोरीलाई पनि परमेश्वरको अघि ल्याएँ। मैले धेरै वर्षदेखि प्रचारकको काम गरेका पाष्टर पियाओको बारेमा सोचेँ। तिनले हामीलाई सधैँ जागा रहेर प्रतीक्षा गर्नुपर्छ, प्रभुद्वारा उठाइलगिने हाम्रो मौकालाई गुमाउनु हुँदैन भनेर भनिरहन्थे। यदि तिनले प्रभु फर्केर आइसक्नुभएको छ भन्ने थाहा पाएका भए, तिनले अवश्य नै खुशीसाथ स्वीकार गर्नेथिए। मैले तिनलाई सुसमाचार सुनाउन सकूँ भनेर मैले जति सक्दो चाँडो आफूलाई सत्यताले सुसज्जित गर्ने निर्णय गरेँ। तर केही समयपछि नै, पाष्टर पियाओ नै सुरुमा मलाई खोज्दै आइपुगे।
त्यस दिन, तिनी हाम्रो परिवारको फलफूल पसलको अगाडि उभिएर मुस्कुराउँदै मलाई भने, “डिकन ली, भेटघाट नभएको निकै भएछ। तपाईं त अर्को मण्डली जान थाल्नुभयो भन्ने सुनेको छु, र तपाईं वृद्धि-विकासको लागि धेरै अवसर भएको ठूलो मण्डलीमा जाँदै हुनुहुन्छ भन्ने सोचेको थिएँ। तपाईं सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा जाँदैहुनुहुन्छ भन्ने थाहा पाउँदा म छक्क परेँ। त्यो मण्डलीले प्रभु येशू देहमा फर्किसक्नुभएको छ भनेर गवाही दिन्छ। त्यो त असम्भव कुरा हो! यो त झूटो शिक्षा, र तपाईंको विश्वास भ्रमपूर्ण छ। तपाईं तुरुन्तै प्रभुकहाँ फर्केर पश्चात्ताप गर्नुहोस्!” तिनले यसो भनेको सुन्दा म छक्क परेँ। मैले सोचेँ, “तपाईंलाई त्यो मण्डलीको बारेमा केही पनि थाहा छैन र सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा खोजीनिधो गर्नुभएको छैन। तपाईंले कसरी लापरवाही तरिकाले यसलाई निन्दा गर्न सक्नुहुन्छ?” तर त्यसपछि मैले सोचेँ, “मलाई लाग्छ उहाँले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्नुभएको छैन त्यसकारण उहाँलाई यो साँचो मार्ग हो भन्ने थाहा छैन। उहाँले वर्षौंदेखि प्रभुको सेवा गर्नुभएको छ र उहाँको पुनरागमनको चाहना गरिरहनुभएको छ। यदि उहाँले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर ती सबै सत्यता हुन् भन्ने देख्नुभयो भने, उहाँले अवश्य नै यसलाई स्वीकार गर्नुहुनेछ।” त्यसकारण, मैले तिनलाई परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिएँ। मैले भनेँ, “पाष्टर पियाओ, तपाईंले प्रभु देहमा फर्केर आउनु असम्भव छ भनेर भन्नुभयो। के यो प्रभुका वचनहरूमा आधारित छ?” तिनले निर्धक्कसाथ भने, “मत्ती २४:३० मा यसो भनिएको छ, ‘अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्नेछन्।’ प्रभु येशूले स्पष्ट रूपमा के भन्नुभएको छ भने जब उहाँ आउनुहुन्छ तब उहाँ महान् महिमाको साथ सबैले देख्ने गरी बादलमा आउनुहुनेछ र सबैले उहाँलाई देख्नेछन्। त्यसकारण, प्रभु देहधारी रूपमा आउनुहुन्छ भन्ने कुरा सम्भव छैन। म ठोकुवा दिएर भन्छु, परमेश्वर देहमा आउनुहुन्छ भनेर भन्ने कुनै पनि प्रचार झूटो मार्ग, झूटो शिक्षा हो। म कहिल्यै पनि यसमा विश्वास गर्नेछैन!” मैले हतार-हतार प्रतिक्रिया दिएँ, “पाष्टर ज्यू, बाइबलमा प्रभुको पुनरागमनको बारेमा धेरै वटा अगमवाणीहरू छन्। प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्ने बारेमा अगमवाणीहरू छन्, तर प्रभु गुप्तमा आउनुहुन्छ भन्ने बारेमा पनि धेरै अगमवाणीहरू छन्, जस्तै, ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु’ (प्रकाश ३:३), ‘हेर, म चोरजस्तै आउँछु’ (प्रकाश १६:१५), ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ (मत्ती २५:६)। प्रभु येशूले यसो पनि भन्नुभएको छ, ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ (लूका १७:२४-२५)। ‘किनभने जसरी बिजुली पूर्वबाट चम्किन्छ र पश्चिमतिर पनि चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ’ (मत्ती २४:२७)। यी पदहरूले प्रभु ‘चोरको रूपमा,’ र ‘मानिसको पुत्रको आगमन’ बारेमा उल्लेख गरेका छन्। के गाडधन चोर्न आउने चोर सबैले देख्ने गरी वृहत् प्रदर्शनको साथ आउँछ? आउँदैन। तिनीहरू राती आउँछन् र धेरैजसो मानिसहरूलाई थाहा हुँदैन। त्यसकारण प्रभु चोरको रूपमा आउनुले उहाँ गुप्तमा आउनुलाई जनाउँछ, र परमेश्वर मानिसका पुत्रको रूपमा देहमा आउनु भनेको त्यही हो। प्रभु सबैले देख्ने गरी बादलमा आउनुहुन्छ भनेर मात्रै जोड दिनुभयो भने, उहाँ चोर जस्तै गुप्तमा आउने सम्बन्धी उहाँका अगमवाणीहरू कसरी पूरा हुनेछन्? यदि प्रभु बादलमा आउनुभयो भने, सबैले उहाँलाई देख्नेथिए। के कसैले ‘हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ भनेर चिच्याउनुपर्थ्यो? त्यसकारण प्रभुका अगमवाणीहरूका आधारमा हामी के कुरामा निश्चित हुन सक्छौँ भने उहाँ दुई वटा चरणमा आउनुहुनेछ। सुरुमा उहाँ गुप्तमा देह भई आउनुहुन्छ, त्यसपछि उहाँ खुलस्त देखा पर्नुहुन्छ। यसरी प्रभुको पुनरागमन सम्बन्धी यी अगमवाणीहरू पूरा हुन्छन्।” मैले यो कुरा भन्दा पाष्टर पियाओको अनुहारमा अप्ठ्यारो भाव देखिन्थ्यो। त्यसपछि मैले भनेँ, “पाष्टर ज्यू, सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई धुन र मुक्ति दिनको लागि सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, र उहाँले पहिले नै विजेताहरूको समूह निर्माण गरिसक्नुभएको छ। देहधारी परमेश्वरको गुप्तमा आउने काम समाप्त हुन लागेको छ, त्यसपछि उहाँले महा-विपत्तिहरू ल्याउनुहुन्छ, असललाई इनाम दिनुहुन्छ र दुष्टलाई दण्ड दिनुहुन्छ, र सबै मानिसहरूले देख्ने गरी देखा पर्नुहुन्छ। त्यो बेला, सर्वशक्तिमान् परमेश्वरलाई विरोध गर्ने र दोष दिने सबै विपत्तिहरूमा पर्नेछन्, र तिनीहरू रुनेछन् र तिनीहरूले दाह्रा किट्नेछन्। यसले प्रकाश १:७ को वचनलाई पूरा गर्छ, जसमा यसो भनिएको छ, ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।’” यो सुनेर, पाष्टर पियाओले मलाई तिरस्कारको नजरले हेरे र भने, “तपाईंलाई बाइबलको बारेमा त्यति धेरै थाहा छैन, र पनि मलाई प्रचार गर्दैहुनुहुन्छ?” तिनको त्यस्तो आचरण देख्दा मलाई निकै निराश लाग्यो। के मैले चिनेको पाष्टर पियाओ यही हो त? मलाई सधैँ तिनी नम्र मानिस हुन् भन्ने लाग्थ्यो। तिनले हामीलाई प्रायजसो बुद्धिमती कन्या बनेर प्रभुको पुनरागमनलाई स्वागत गर्न जाग रहनुपर्छ भनी भन्ने गर्थे। कसरी तिनमा प्रभुको पुनरागमनको खबरको बारेमा खोजी र अनुसन्धान गर्ने कुनै इच्छा हुन सकेन? मैले तिनलाई यस्तो सल्लाह दिएँ, “पाष्टर ज्यू, के धेरै बाइबलीय ज्ञान हुनु भनेको परमेश्वरलाई चिन्नु सरह हो? के यस्तो ज्ञान छ भन्दैमा व्यक्तिले परमेश्वरको विरोध गर्दैन भन्ने ग्यारेन्टी हुन्छ? यहूदी फरिसीहरूले धर्मशास्त्रलाई हृदयबाट जानेका थिए र तिनीहरूले परमेश्वरलाई चिनेका छौँ भन्ने लाग्थ्यो। तर जब प्रभु येशू देखा पर्नुभयो र उहाँले काम गर्न थाल्नुभयो, तब तिनीहरूले उहाँका वचनहरूमा शक्ति र अख्तियार छन् भन्ने देखे, तर तिनीहरूले यसको बारेमा खोजी वा अनुसन्धान गरेनन्। तिनीहरू धर्मशास्त्रका शाब्दिक अर्थहरूमा नै लागिरहे, र यदि उहाँको नाम मसीह होइन भने, उहाँका प्रचारहरू जति नै उच्च भए पनि उहाँ परमेश्वर हुनुहुन्न भनी भने। तिनीहरूले उहाँले बालजिबुलमा विश्वास गरेर भूतहरू धपाउनुहुन्छ भन्दै उहाँको निन्दा समेत गरे। तिनीहरूले आफ्ना धारणाहरू अनुसार प्रभु येशूको कामलाई दोष दिए र विरोध गरे अनि अन्तिममा उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले परमेश्वरको स्वभावलाई चिढ्याए र उहाँको सजाय र सराप पाए। पाष्टर पियाओ, हामीले फरिसीहरूको असफलताबाट पाठ सिक्नुपर्छ।” तिनी एकछिन अवाक् भए, त्यसपछि क्रोधित हुँदै भने, “तपाईंले आफ्नो विश्वासमा यतिका वर्षदेखि उत्साहको साथ खोजी गर्दै आउनुभएको हुनाले, म तपाईंको लागि प्रार्थना गर्नेछु। तुरुन्तै सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई छोडिहाल्नुहोस्!” त्यसपछि तिनी रिसाउँदै गए।
तिनी गएपछि, मलाई के लाग्यो भने प्रभुको पुनरागमनप्रति तिनको आचरणको आधारमा हेर्दा, तिनले साँचो रूपमा यसको तृष्णा गरेका थिए भन्ने जस्तो देखिँदैन। तिनले किन सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुनेर यसको बारेमा सोधखोज गरेर निष्कर्ष निकालेनन्? यतिका वर्षदेखि, तिनी विश्वासी थिए, तिनले धेरै बलिदान गरेका थिए, आफूलाई समर्पित गरेका, र कठिन परिश्रम गरेका थिए। तिनले उठाइलगिने मौका गुमाए भने यो लाजमर्दो कुरा हुनेथियो। मैले अर्को अवसर पर्खेर, फेरि पनि तिनीसँग परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा बताउने निर्णय गरेँ। सङ्गति स्पष्ट भएपछि तिनले अवश्य पनि स्वीकार गर्नेछन् भन्ने लागेको थियो। केही दिनपछि, पाष्टर पियाओ फेरि पनि हाम्रो फलफूल पसलमा देखा परे। मलाई त तिनले पक्कै पनि बाइबल पढे र प्रभु कसरी फर्कनुहुन्छ भनेर बुझे, र अब तिनी यसको बारेमा अनुसन्धान गर्न तयार छन् भन्ने लागेको थियो। अचम्मको कुरा, तिनले भने, “डिकन ली, अस्ति तपाईंले प्रभु सुरुमा गुप्त रूपमा देहमा आउनुहुन्छ, त्यसरी सबैले देख्ने गरी देखा पर्नुहुन्छ भनेर भन्नुभयो। म असहमत छु। बाइबलले भन्छ, ‘ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ’ (प्रेरित १:११)। प्रभु येशू यहूदी मानिसको रूपमा सेतो बादलमा स्वर्गमा जानुभयो, त्यसकारण उहाँ यहूदी मानिसको रूपमा सेतो बादलमा नै फर्कनुहुनेछ। तपाईं छलमा पर्नुभएको छ। तपाईं फर्कनुपर्छ।” सायद मलाई मनाउनको लागि होला, पाष्टर पियाओले यस्तै कुरा गरिरहे। तिनी प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्ने विचारमा नै जिद्दी भई लागेर सर्वशक्तिमान् परमेश्वरका कार्यलाई आलोचना गर्ने र दोष दिने गरेको देखेर, मैले तिनको वास्तविकतालाई बुझ्नै सकिनँ। प्रभु देहमा गुप्त रूपमा आउनुहुन्छ भन्ने बारेमा धेरै बाइबलीय अगमवाणीहरू छन्। तिनले किन यसको बारेमा खोजी वा अनुसन्धान गरिरहेका थिएनन्? मैले तिनीसँग कसरी सङ्गति गर्ने? मैले मनमनै प्रार्थना गरेँ र परमेश्वरलाई अगुवाइ मागेँ। ठीक त्यही बेला, सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। मैले यो वचन पाष्टर पियाओलाई पढेर सुनाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्नलाई नरक जाने बेला पनि हो भनी जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्छ? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ।” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्नुभएको हुनेछ)। यो पढ्दै गर्दा मलाई के लागेको थियो भने परमेश्वर वचनहरू साँच्चै स्पष्ट छन्। पाष्टर पियाओले अब त बुझ्नुपर्ने हो। तर मैले पढिसक्ने बित्तिकै, मैले केही कुरा बोल्न पाउनुभन्दा पहिले, तिनले भयङ्कर मुद्रामा भने, “जेसुकै होस्, म प्रभु येशू बदलमा आउनुहुनेछ भन्ने मात्रै विश्वास गर्छु। त्यो गलत हुन सक्दैन! म पाष्टर हुँ र मैले धेरै वर्ष प्रभुको सेवा गरेको धेरै वर्ष भयो। के तपाईंले मैलेभन्दा धेरै कुरा जान्न सक्नुहुन्छ? यसको साथै, धार्मिक संसारका सबै पादरीवर्गले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई निन्दा गर्छन्। त्यसको अर्थ सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका प्रभु येशू हुन सक्नुहुन्न। म तपाईंलाई तुरुन्तै फर्केर आउनुहोस् भनी सल्लाह दिन्छु!” खोजी गर्ने कुनै अभिप्राय नराखी यति ढिपी गरेको देख्दा मलाई चिन्ता लाग्यो, त्यसैले मैले भनेँ, “पाष्टर पियाओ, के धार्मिक संसारका पादरीवर्गले परमेश्वरलाई प्रतिनिधित्व गर्छन्? के धार्मिक संसारको हरेक दृष्टिकोण सत्यता हो? जब प्रभु येशू काम गर्न आउनुभयो, तब उहाँलाई सम्पूर्ण यहूदी धर्मले पागलले झैँ दोष दियो र विरोध गर्यो। के उहाँको काम साँचो मार्ग थिएन भनेर तपाईं भन्न सक्नुहुन्छ? प्रभुलाई स्वागत गर्नको लागि, हामीले उहाँको आवाज सुन्नमा ध्यान केन्द्रित गर्नुपर्छ, धार्मिक प्रचलनलाई अन्धाधुन्ध पछ्याउने होइन। तपाईंले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्नुपर्छ र यो परमेश्वरको आवाज पो हो कि भनेर हेर्नुपर्छ—” तर मेरो कुरा नसकी बीचैमा काटेर तिनले भने, “सर्वशक्तिमान् परमेश्वरका वचनहरू? हत्तेरी, मैले उहिले नै पढिसकेँ। मैले परमेश्वरको आवाज चिनिनँ, र तपाईंले ती वचनहरू पढ्न छोड्नुपर्छ।” तिनको तिरस्कारको नजर देखेर मलाई घृणा लाग्यो। सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्वरले भन्नुभएको सबै कुरालाई उछिन्नुभएको छ। यसको साथै, उहाँका सबै वचनहरू अत्यन्तै अख्तियारपूर्ण छन्—कुनै पनि व्यक्तिले तुरुन्तै यो परमेश्वरको आवाज हो भनेर भन्न सक्छ। अचम्मको कुरा, तिनले यो कुरा बुझ्दै-बुझेनन्। के तिनी वास्तवमा परमेश्वरको एक भेडा थिए त?
पाष्टर पियाओ मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डली छोड्न लगाउन त्यसपछिका केही हप्तासम्म बेला-बेलामा मसँग कुराकानी गर्न आइरहे। एक दिन, तिनी रिसाउँदै फलफूल पसलमा आए र मलाई पहिले जस्तो डिकन ली भनेर सम्बोधन गरेनन्, तर आदेश दिने शैलीमा तुरुन्तै भने, “अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास नगर्नुहोस् वा आफ्नो छोराछोरीलाई पनि यसमा नल्याउनुहोस्! तपाईंले मण्डलीका ब्रदर-सिस्टरहरूलाई विशेष गरी यसको बारेमा प्रचार गर्नु हुँदैन। नत्र भने, म तपाईंले अहिले झूटो शिक्षामा विश्वास गर्नुहुन्छ भनेर घोषणा गर्नेछु र तपाईंलाई बहिष्कार गर्नेछु। म सबैलाई तपाईंबाट टाढा बस्न र तपाईंलाई इन्कार गर्न लगाउँछु!” मलाई साँच्चै रिस उठ्यो। सोचेँ, साँचो मार्गलाई स्वीकार गर्नु मेरो आफ्नै स्वतन्त्रताको कुरा हो, र मलाई रोक्ने कुनै अधिकार तिनीसँग छैन। मैले प्रभुलाई स्वागत गरेको छु भन्ने सुन्दर खबर अरूलाई सुनाउनुपर्छ। किन तिनी मेरो मार्गमा खडा भइरहन्छन्? न्यायसंगत र कडाइका साथ मैले तिनलाई भनेँ, “परमेश्वरको भेडाले उहाँको आवाज सुन्छ र कसैले पनि त्यो रोक्न सक्दैन। मेरा छोराछोरीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेका छन्, परमेश्वरको आवाज सुनेका छन् र उहाँलाई पछ्याउन चाहन्छन्। यो तिनीहरूको स्वतन्त्रता हो। तपाईंले कुन आधारमा तिनीहरूको आस्था सम्बन्धी अधिकारलाई प्रतिबन्धित गर्ने प्रयास गर्नुहुन्छ?” तिनी एकछिन अवाक् भए, त्यसपछि क्रोधित भएर मलाई सरापे र गए। केही समयपछि, मैले मेरो पुरानो मण्डलीका दुई जना सिस्टरहरूलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाएँ। तिनीहरूले खुशीसाथ सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुने र मलाई नियमित रूपमा सम्पर्क गर्थे। केही समयपछि नै, पाष्टर पियाओले यसको बारेमा थाहा पाएर तिनीहरूलाई बहकाएछन् र रोकेछन्। तिनीहरूले मलाई सम्पर्क गर्न छोडे र मबाट टाढा-टाढा हुन थाले। म अत्यन्तै व्याकुल र रिसाएकी थिएँ। प्रभु येशूले फरिसीहरूलाई भन्नुभएको वचन नसोची म बस्नै सकिनँ: “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। पाष्टर पियाओले परमेश्वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गरेनन्, र अरूलाई यसको बारेमा अनुसन्धान गर्न र प्रभुलाई स्वागत गर्नबाट रोक्न सक्दो गरे। के तिनले राज्यमा प्रवेश गर्ने मानिसहरूको मौकालाई बरबाद गरिरहेका थिएनन् र? यो कुरा फरिसीहरूले गरेको कामभन्दा कसरी फरक भयो र? मैले यो कुरा बुझ्नै सकिनँ। पाष्टर एक जना पुरानो विश्वास थिए र तिनी भक्त र प्रभुको पुनरागमनको प्रतीक्षा गर्ने व्यक्ति जस्तो देखिन्थे। प्रभुको पुनरागमनको खबर सुन्दा किन तिनले पटक्कै खोजी गरेनन्, तर यसलाई विरोध गर्ने र दोष दिने गरे?
पछि, एउटा भेलामा, मैले मेरा ब्रदर-सिस्टरहरूलाई यो कुरा बताएँ। एक जना सिस्टरले सर्वशक्तिमान् परमेश्वरको वचनका केही खण्डहरू पढिन्, त्यसपछि मैले समस्याको जडलाई देख्न सकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास उपहासपूर्ण र हास्यास्पद छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्नुभएको हुनेछ)। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्)। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिए। किन पाष्टर र एल्डरहरूले परमेश्वरको आखिरी दिनहरूको कामलाई यति कडाइका साथ विरोध र निन्दा गर्छन्? यसको मुख्य कारण तिनीहरू प्रकृतिले नै अत्यन्तै जिद्दी र अहङ्कारी हुनु नै हो। तिनीहरूले सत्यतालाई स्वीकार नगर्ने मात्र होइन, तर तिनीहरूले यसलाई घृणा समेत गर्छन्। यो अवस्था सभाघरहरूमा सधैँ धर्मशास्त्रका खण्डहरू व्याख्या गर्ने यहूदी फरिसीहरूको अवस्था जस्तै हो। तर जब प्रभु येशू आउनुभयो र काम गर्नुभयो, तब तिनीहरूलाई उहाँका वचनहरूमा अख्तियार र शक्ति छ भन्ने थाहा भएको भए पनि, तिनीहरूले अझै पनि ती कुराको बारेमा खोजीनिधो गर्न मानेनन्। तिनीहरू धर्मशास्त्रका शाब्दिक अर्थमा नै लागिरहे र उहाँलाई दोषी ठहर्याउन पुरानो करारको प्रयोग गरे। तिनीहरूको हैसियत र जीवनशैलीलाई रक्षा गर्न, तिनीहरूले प्रभु येशूलाई फसाउन अफवाहहरू निर्माण गरे र झूटो गवाही दिए र अन्त्यमा उहाँलाई क्रूसमा टाँगे। पाष्टर पियाओ त्यस्तै छन् भन्ने मलाई थाहा भयो। सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गरिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको छ भन्ने तिनलाई थाहा थियो, र पनि तिनले यसको बारेमा खोजी नगरेका मात्र होइन, तर यसलाई पागलले झैँ विरोध र निन्दा गरे। तिनी बाइबलका शब्दहरू र आफ्नै धारणा र कल्पनाहरूमा लागिरहे। तिनले यदि प्रभु येशू बादलमा आउनुभएको होइन भने, यो परमेश्वर देखापराइ र काम होइन भन्ने विश्वास गर्थे। साँचो मार्गको खोजी गर्नबाट विश्वासीहरूलाई रोक्नको लागि तिनले सबै प्रकारका विधर्महरू फैलाए। तिनले विश्वासीहरूलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखे। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै डरलाग्दो लाग्यो। कस्तो पाष्टर हो? त्यो कसरी प्रभुको सेवक बनेको भयो र? तिनी आधुनिक फरिसी, मानिसहरूलाई राज्यबाट बाहिर राख्ने जीवित भूत थिए! सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामले यी पाष्टर र एल्डरहरूको ढोङ्गी अनुहारलाई प्रकट गर्छन्। तिनीहरू साँचो विश्वासी हुँदै होइनन्, न त तिनीहरूले प्रभुको देखापराइलाई स्वागत गर्न नै प्रतीक्षा गरिरहेका हुन्छन्। मानिसहरूले प्रभु येशूलाई नाममा मात्र विश्वास गर्छन्, “प्रभु येशू” भन्ने दुई वटा शब्दमा मात्र, तर तिनीहरूले उहाँको ईश्वरीय सारलाई चिनेका नै हुँदैनन्, र तिनीहरूले उहाँ बाटो, सत्यता, र जीवन हुनुहुन्छ भन्ने कुरामा साँचो रूपमा विश्वासै गर्दैनन्। त्यही कारणले गर्दा तिनीहरूले सत्यताको मार्गको बारेमा सुन्दा तिनीहरू कहिल्यै पनि सत्यतामा समर्पित हुँदैनन् वा त्यसको खोजी गर्दैनन्। तिनीहरूले सत्यता व्यक्त गर्नुहुने ख्रीष्टलाई घृणा गर्ने र दोष दिने समेत गर्छन्। तिनीहरू परमेश्वरको आखिरी दिनहरूको कामले खुलासा गर्ने फरिसीहरू र ख्रीष्ट-विरोधीहरू हुन्। पहिले मैले सत्यतालाई बुझेकी थिइनँ र ममा समझशक्तिको कमी थियो, त्यसकारण म पादरीवर्गको भक्त प्रस्तुतीकरणद्वारा बहकिएँ, र मैले तिनीहरूलाई मेरा आत्मिक आमाबुबाको रूपमा समेत हेरेँ। म अत्यन्तै अन्धो थिएँ! तिनीहरूको साँचो ढोङ्गी रङ्ग र सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्ने तिनीहरूको ख्रीष्ट-विरोधी सार देख्न सहयोग गर्नुभएकोमा सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्। म धार्मिक संसारका फरिसीहरू र ख्रीष्ट-विरोधीको छल र बन्धनबाट बल्ल मुक्त भएँ र म परमेश्वरको सिंहासन अघि फर्किएँ। सर्वशक्तिमान् परमेश्वरलाई उहाँको मुक्तिको लागि धन्यवाद होस्!