१५. परमेश्वरप्रतिको मेरा त्यागहरूमा खोटहरू
अप्रिल २०२० को एक दिन, मलाई अचानक दाहिनेपट्टि ढाडमा असाध्यै पीडा भयो। मैले त्यो संयोगले सर्कियो होला भन्ने सोचेँ, त्यसैले त्यसलाई गम्भीर रूपमा लिइनँ, मलमपट्टी लगाएपछि ठिक भइहाल्छ भन्ने ठानेँ। तर अचम्म, मेरो ढाड दुखाइ त झन् बढ्यो। त्यो दुखाइ सुईले घोचेजस्तो थियो—मेरो छातीदेखि ढाडसम्मै वारपार तीव्र दुखाइ थियो। जब दुखाइ बढ्यो, तब मलाई मासु र हड्डीहरू नङ्ग्राले चिथोरेजस्तो लाग्यो। पीडा यति तीव्र थियो कि म साँच्चै वर्णन गर्न सक्दिनँ। धेरै रात म त दुखेर सुत्न पनि सकिनँ। मलाई अब यो सहन सक्दिनँ जस्तो लाग्यो र तुरुन्तै डाक्टरकहाँ जान चाहेँ, तर मैले केही मानिसलाई सुसमाचार प्रचार गर्न भेट्ने समय भर्खरै मिलाएकी थिएँ। जँचाउन जाँदा अवश्य नै त्यसमा ढिलाइ हुनेथ्यो। मैले उनीहरूलाई भेटेपछि केही दिनमा जानेछु भन्ने सोचें, र त्यसबाहेक, सबै कुरा परमेश्वरका हातमा थियो। मैले केवल आफ्नो कर्तव्य निर्वाह गरिरहनुपर्थ्यो, र केही दिनपछि मलाई राम्रो महसुस हुन सक्थ्यो। त्यसैले, मैले दुखाइ सहन आफूलाई बलियो बनाएँ र सुसमाचार प्रचार गरेपछि अस्पताल गएँ। डाक्टरले मलाई एकदमै गम्भीरतासाथ भने, “तपाईँले अहिलेसम्म किन पर्खनुभएको? यो सानो कुरा होइन। यो भाइरसले गर्दा हुने दाद दाद हो, यदि यो गम्भीर भयो भने घातकसमेत हुन सक्छ।” म एकदमै स्तब्ध भएँ। यो यति गम्भीर हो र उपचार नगरे यसले मेरो ज्यानै लिन सक्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ! मैले सक्रिय रूपमा सुसमाचार प्रचार गरिरहेकी र आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, त्यसोभए मलाई यस्तो गम्भीर रोग कसरी लाग्न सक्यो त? विगतका केही वर्षको दौरान मैले त्यागहरू गरेकी थिएँ र आफूलाई समर्पित गरेकी थिएँ, अनि कष्ट भोगेकी थिएँ र मूल्य चुकाएकी थिएँ। मलाई कम्युनिस्ट पार्टीले पक्रँदा र क्रूर यातना दिँदासमेत मैले कहिल्यै परमेश्वरलाई धोका दिएकी थिइनँ, र जेलबाट छुटेपछि पनि मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ। त्यसोभए म कसरी बिरामी पर्न सकेँ त? मैले यसबारे जति सोचेँ, म उति नै दुःखी भएँ। मलाई रुन मन लागेजस्तो भयो, र मलाई हृदयमा रित्तोपन महसुस भयो।
त्यतिबेला मण्डलीमा कामकामहरू निकै व्यस्त थिए, त्यसैले मैले उपचार गराउँदै आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। साइकल चलाउँदा, कुनै ठक्कर लाग्दा असाध्यै पीडा हुन्थ्यो। कहिलेकाहीँ मलाई अचानक पीडा हुन्थ्यो र म स्थिर बस्नसमेत सक्दिनथेँ। आफ्नो कर्तव्यबाट घर फर्केपछि मलाई तुरुन्तै ढल्किन मनपर्थ्यो, शरीरमा अलिकति पनि बल हुँदैनथ्यो र एक शब्द पनि बोल्न मन लाग्दैनथ्यो। यो परमेश्वरको अनुमतिले नै मलाई भइरहेको छ भन्ने थाहा थियो। मैले प्रार्थना र खोजी गरिरहेकी थिएँ, र कतै मैले परमेश्वरको अभिप्रायअनुरूप नहुने कुरा गरिरहेकी छु कि भनेर चिन्तन गरिरहेकी थिएँ, अनि सोचेँ, यदि म आफ्नो गल्ती देख्छु र आफ्नो कर्तव्य पूरा गरिरहन्छु भने, मेरो बिमार निको हुन सक्छ। तर दुई महिना तुरुन्तै बित्यो, र मेरो हालतमा कुनै सुधार भइरहेको थिएन। यो रोग यति लामो समयदेखि लागिरहेको छ—यदि यो कहिल्यै निको भएन भने मैले के गर्ने? भनेर म चिन्तित भएँ। विगत केही वर्षका दौरान मैले आफ्नो कर्तव्य गर्न कहिल्यै छोडेकी थिइनँ। बिरामी हुँदासमेत मैले सुसमाचार प्रचार गरिरहेकी थिएँ, त्यसोभए म किन निको भइरहेकी थिइनँ त? यसबारे जति सोचेँ, उति नै मलाई झन् बढी अन्याय भएको र दुःखी महसुस भयो। मैले सोचेँ, “यदि म कहिल्यै निको भइनँ भने, मैले अबदेखि कर्तव्यसमेत गर्न नसक्ने र असल कार्यहरू तयार गर्न नसक्ने दिन पनि आउन सक्छ। के त्यसपछि मक्ति पाउन सक्छु? के मैले वर्षौंदेखि दिएका सबै कुरा व्यर्थ भएन? मैले आफ्नो ऊर्जा स्वास्थ्यका लागि जोगाउनुपर्छ र रोग कस्तो हुन्छ हेर्नुपर्छ।” त्यसपछि मैले आफ्नो कर्तव्य त्यति मन लगाइनँ। हाम्रो समूह भेलाहरूमा, म झारा टार्ने हिसाबले सम्भावित सुसमाचार लक्षितहरूबारे सोध्थेँ, र यदि कोही छैन भने, म घर गएर केही आराम गर्थेँ। म आफूलाई थकाएर झनै बढी बिरामी पर्छु कि भनेर साँच्चै डराएँ। त्यस दौरान, म पूर्ण रूपमा आफ्नो रोगमै डुबेकी थिएँ, र मेरो स्थिति एकदमै खराब थियो। मैले परमेश्वरका वचनहरूबाट कुनै अन्तर्दृष्टि पाइरहेकी थिइनँ, र भेलाहरूमा मेरो सङ्गति एकदमै सुक्खा हुन्थ्यो। मलाई आफू परमेश्वरबाट एकदमै टाढा भएको महसुस भयो। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यस रोगका कारण म दुःखी छु, मसँग गुनासाहरू छन्, र ममा आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै जोस छैन। कृपया मलाई तपाईँका अभिप्रायहरू बुझ्न अन्तर्दृष्टि दिनुहोस्। म समर्पित हुन, आत्मचिन्तन गर्न र पाठ सिक्न चाहन्छु।”
मैले आफ्नो खोजीमा परमेश्वरका वचनहरू पढेँ: “सर्वप्रथम, जब मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र उहाँको अस्तित्वलाई देख्ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष् र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष् पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्वरको आशिष् पाउन सक्छु? …’ प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्वरको जाँच गरिरहेको हुन्छ, परमेश्वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत परिणामका लागि निरन्तर परमेश्वरसँग बहस गरिरहेको हुन्छ, र परमेश्वरबाट अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्वरले दिन सक्नुहुन्छ कि सक्नुहुन्न भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्वरको पछि लाग्ने क्रममा, मानिसले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, जबकि परमेश्वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरूचाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्वरमाथिको विश्वास’ बारे उहाँमा विश्वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरू मनन गर्दा मलाई साँच्चै दोषी महसुस भयो। मैले आफूले आफ्नो आस्थामा परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गरिरहेकी छैनँ भन्ने बुझेँ। मैले परमेश्वरलाई बहुउपयोगी चक्कु, असल कुराहरूको असीम स्रोतजस्तै व्यवहार गरिरहेकी थिएँ, जबसम्म म परमेश्वरका लागि आफूलाई समर्पित गरिरहन्छु, तबसम्म उहाँले मलाई निश्चय नै सुरक्षित र सकुशल राख्नुहुन्छ, मैले कहिल्यै रोग वा विपत्ति सामना गर्नु पर्नेछैन, र सबै प्रकारका प्रकोपबाट उम्कनेछु, अनि अन्त्यमा मुक्ति पाउनेछु र राम्रो गन्तव्य प्राप्त गर्नेछु भन्ने सोचेँ। विगता केही वर्षको दौरान म आफ्नो कर्तव्य निर्वाह गर्ने आफ्नो परिवारबाट टाढा गएकी थिएँ र मैले आफ्नो करियर छोडेकी थिएँ, मैले कष्ट भोगेकी थिएँ र धेरै दिएकी थिएँ, र म पक्राउ पर्दा र यातना भोग्दासमेत कहिल्यै पछि हटिनँ। तर जब म बिरामी भएँ, विशेष गरी जब मैले आफ्ना स्वास्थ्य समस्याहरू लम्बिरहेका छन् भन्ने देखेँ, तब परमेश्वरलाई गुनासो गरेँ र उहाँसँग बहस गर्न खोजेँ। मैले वर्षौंको दौरान भोगेका सबै कष्टको हिसाब गरिरहेकी थिएँ, र यदि आफूले मुक्ति नपाउने हो भने मैले दिएका सबै कुरा व्यर्थ हुनेछन् भन्ने सोचेँ, अनि म नकारात्मक बनेँ र आफ्नो कर्तव्यमा सुस्त हुन थालेँ। मैले मेरो आस्था सत्यता प्राप्त गर्न र परमेश्वरप्रति समर्पित हुनका लागि होइन, तर आफ्नो कष्ट र कडा परिश्रमलाई परमेश्वरको अनुग्रह र आशिषहरूसँग साट्नका लागि हो भन्ने बुझेँ। के यो परमेश्वरलाई छल्नु र प्रयोग गर्नु थिएन र? मानवजातिलाई मुक्ति दिनका लागि, परमेश्वरले हामीलाई मलजल गर्न र भरणपोषण गर्न यति धेरै वचन दिनुभएको छ। तर मैले परमेश्वरको प्रेमको मोल चुकाइनँ; बरु, उहाँसँग लेनदेन गर्न खोजेँ। जब उहाँले मैले चाहेको कुरा पूरा गर्नुभएन, तब मैले आफ्नो कर्तव्यमा झारा टार्न थालेँ, र त्यसलाई वास्ता गरिनँ। म परमेश्वरप्रति पटक्कै सच्चा भइरहेकी थिइनँ। मसँग साँच्चै कुनै विवेक वा समझ थिएन! मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, मैले आफ्नो आस्थामा तपाईँलाई प्रयोग गर्दै र धोका दिँदै आइरहेकी छु। म त मान्छे पनि मुस्किलले हुँ! म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि मैले परमेश्वरको वचन पढेँ: “धेरैजसो अवस्थाहरूमा, परमेश्वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्वरले तँमाथि जति नै गह्रौँ बोझ दिनुभए पनि, त्यो तैँले बोक्नुपर्ने बोझ हो, किनभने परमेश्वरले तँलाई बुझ्नुहुन्छ, र तैँले यसलाई बोक्न सक्छस् भन्ने उहाँलाई थाहा छ। परमेश्वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्न सक्छस् भन्ने कुरामा कुनै प्रश्न उठ्दैन। परमेश्वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्वरका अभिप्रायहरूलाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्म तैँले आफ्नो कर्तव्यमा बफादारिताको साथ लागिरहन्छस् र विश्वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्म परमेश्वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। … यदि, परमेश्वरमाथिको तेरो विश्वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्वरले चाहे जे नै गर्नुभए पनि—मैले समर्पणता देखाउनैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—समर्पणता—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्वरप्रतिको समर्पणताको वास्तविकतामा जिउनुपर्छ। यसबाहेक, परमेश्वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, म आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ,’ के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, ‘परमेश्वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौँ-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्वरलाई चोट पुर्याउने किसिमका थिए। मैले भविष्यमा परमेश्वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्ने कुरा परमेश्वरले देख्न सक्नुहोस्। म परमेश्वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्याउने वा निराशा तुल्याउने काम गर्नेछैन।’” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ)। परमेश्वरका वचनहरू मनन गर्दा, मैले उहाँको अभिप्राय बुझ्न सकेँ। मैले जस्तो प्रकारका कठिनाइहरू सामना गरे पनि, त्यो सब परमेश्वरलेा अनुमति दिनुभएको हो। यो रोग परमेश्वरले मलाई बोक्न दिएको बोझ थियो जसलाई मैले स्विकार्नुपर्छ र त्यसमा म समर्पित हुनुपर्छ, र आफ्नो गवाहीमा दृढ हुनुपर्छ। मैले पत्रुसलाई सम्झेँ। जसले परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँमा समर्पित हुन खोजे। उनले रोग भोगे र अभावमा जिए, तर उनले सधैँ यी कुराहरू स्विकार्न सके र कहिल्यै गुनासो गरेनन्। यी कुराहरूले परमेश्वरप्रतिको उनको प्रेमलाई कहिल्यै परिवर्तन गरेन। म सृजित प्राणीको स्थानमा पत्रुसजस्तै खडा हुनुपर्थ्यो, र यस अवस्थाबाट साँच्चै पाठ सिक्नुपर्थ्यो। मैले औषधि सेवन गर्दै आफ्नो कर्तव्य पनि पूरा गरिरहेँ, र मलाई आफ्नो रोगद्वारा त्यति धेरै बाँधिएको महसुस भएन। केही महिनाको क्रमिक सुधारपछि, मेरो रोग हरायो। म परमेश्वरप्रति एकदमै आभारी भएँ
सेप्टेम्बरको एक दिन, म सुसमाचार प्रचार गरेर घर फर्केकी थिएँ, र मेरा पतिले मलाई गम्भीर लबजमा उनी अघिल्लो दिन नियमित जाँचका लागि अस्पताल गएका थिए, र डाक्टरले उनलाई भोलिपल्ट एमआरआई गर्न फेरि आउन भनेका छन् भनेर भने। मेरो पतिले यसो भनेको सुन्दा मलाई एकदमै बेचैन भयो, र मैले उनलाई कुनै गम्भीर कुरा भएको हो कि भनेर सोचेँ। त्यो रात म रातभरि कोल्टो फेरिरहेँ र सुत्नै सकिनँ। मैले यो सायद ठूलो कुरा होइन भन्ने सोच्दै, आफूलाई सान्त्वना दिन खोजेँ। उनी पनि विश्वासी थिए, र म घरबाट टाढा आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, त्यसैले परमेश्वरले उनलाई सुरक्षा दिनुपर्छ। भोलिपल्ट म उनीसँगै अस्पताल गएँ। आश्चर्य, उनलाई प्यान्क्रियाटिक क्यान्सर भएको रहेछ। यो खबर सुन्दा म पूर्ण रूपमा स्तब्ध भएँ। मैले यस प्रकारको क्यान्सर उपचार गर्न एकदमै गाह्रो हुन्छ र यदि समयमै उपचार गरिएन भने यो एकदमै चाँडो फैलिन सक्छ, र यदि यो गम्भीर भयो भने केही महिनाभित्रै घातक हुन सक्छ भन्ने सुनेकी थिएँ। मैले उनको जीवन्त देखिन्थे, तर अब उनीसँग धेरै समय बाँकी छैन होला भन्ने सोचेँ। मलाई आकास खसिरहेको छ जस्तो लाग्यो। मैले सोचें, “म भर्खरै मुस्किलले निको भएकी छु र अब मेरा पतिलाई क्यान्सर भएको छ। किन यस्तो भइरहेको छ?” जब-जब म आफ्ना पतिको क्यान्सरबारे सोच्थेँ, तब-तब म रोएको रोएकै गर्थेँ। मैले आफ्नो पीडामा परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो हृदयको सुरक्षा गर्न र उहाँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्न आग्रह गरेँ।
मैले परमेश्वरका वचनहरूमा पढेँ: “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुनसुकै पक्षहरूमा मानिसहरूलाई शुद्ध पारिएको छैन र मानिसहरूले भ्रष्टता प्रकट गर्छन्, तिनै पक्षहरूमा तिनीहरूलाई शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण खडा गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्ना योजना र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन छोड्न चाहन्छस्, चाहे त्यसको अर्थ मर्नु नै किन नहोस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनहरूको ज्योतिमा आत्मचिन्तन गरेँ। म पहिले बिरामी पर्दा, परमेश्वरका वचनहरूको न्याय र प्रकाशमार्फत्, मैले आशिषहरू पछ्याउनबारे आफ्नो गलत दृष्टिकोणलाई चिनेकी थिएँ, र म निको भए पनि वा नभए पनि समर्पित हुन तयार थिएँ। मैले आशिषहरू पछ्याउने आफ्नो उत्साह त्यागिसकेकी छु भन्ने सोचेँ, तर जब मेरो पतिलाई क्यान्सर भयो, तब मैले गुनासो नगरी र परमेश्वरलाई गलत नबुझी सक्दै सकिनँ। हामी विश्वासी भएकाले परमेश्वरले हामीलाई सुरक्षा दिनुपर्छ जस्तो मलाई लाग्यो। मैले आशिषहरूप्रतिको आफ्नो चाहनाले कति गहिरो जरा गाडेको रहेछ भन्ने देखेँ। यदि परमेश्वरले मलाई त्यसरी प्रकट नगर्नुभएको भए, मलाई आफ्नो हृदयमा गहिरो जरो गाडेका आशिष् पाउने अभिप्राय र अत्याधिक चाहनाहरूलाई चिन्न गाह्रो हुनेथ्यो, अनि शुद्ध पारिन र रूपान्तरण हासिल गर्न त मलाई झनै कठिन हुनेथ्यो। त्यसपछि मैले आफ्ना पतिको बिमारबाट मैले सिक्नुपर्ने एउटा पाठ छ, र मैले परमेश्वरबारे गुनासो गर्न बन्द गर्नुपर्छ भन्ने बुझेँ।
शान्त भएर, मैले मेरा पतिलाई क्यान्सर हुँदा म किन परमेश्वरलाई गुनासो नगरी र गलत नबुझी सक्दै सकिनँ भनेर आत्मचिन्तन गरेँ। मैले परमेश्वरको वचनमा पढेँ: “ख्रीष्टविरोधीहरूका नजरमा, र तिनीहरूका सोचविचारमा, परमेश्वरलाई पछ्याउनुका केही फाइदाहरू हुनैपर्छ; फाइदा नहुने भए तिनीहरू हलचल पनि गर्नेछैनन्। यदि प्रसिद्धि, लाभ, वा हैसियतको आनन्द उठाउन सकिँदैन भने, यदि तिनीहरूले गर्ने कुनै पनि काम वा निर्वाह गर्ने कुनै पनि कर्तव्यले अरूको प्रशंसा दिलाउँदैन भने, परमेश्वरमा विश्वास गर्नु र कर्तव्यहरू पूरा गर्नुको कुनै अर्थ रहँदैन। तिनीहरूले प्राप्त गर्नैपर्ने पहिलो लाभ परमेश्वरका वचनहरूमा भनिएका प्रतिज्ञा र आशिष्हरू हुन्, र तिनीहरूले मण्डलीभित्र प्रसिद्धि, लाभ र हैसियतको आनन्द पनि उठाउनैपर्छ। ख्रीष्टविरोधीहरू कसैले परमेश्वरमा विश्वास गर्दा, ऊ अरूभन्दा श्रेष्ठ हुनैपर्छ, उसले प्रशंसा पाउनैपर्छ, ऊ विशेष हुनैपर्छ—कम्तीमा पनि, परमेश्वरका विश्वासीहरूले यी कुराहरूको आनन्द उठाउनैपर्छ भन्ठान्छन्। नत्र भने, तिनीहरूले विश्वास गरिरहेको यो परमेश्वर नै साँचो परमेश्वर हो कि होइन भन्नेबारे केही प्रश्न उठ्छ। के ख्रीष्टविरोधीहरूको तर्क तिनीहरूले ‘परमेश्वरमा विश्वास गर्नेहरूले परमेश्वरका आशिष् र अनुग्रहको आनन्द उठाउनैपर्छ’ भन्ने शब्दहरूलाई सत्यताका रूपमा लिन्छन् भन्ने होइन र? ती शब्दहरूलाई विश्लेषण गर् त: के ती सत्यता हुन्? (होइनन्।) अब ती शब्दहरू सत्यता होइनन्, ती भ्रम हुन्, ती शैतानका तर्क हुन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध छैन भन्ने प्रस्ट भयो। के परमेश्वरले कहिल्यै ‘यदि मानिसहरूले ममाथि विश्वास गर्छन् भने, तिनीहरू निश्चित रूपमा आशिषित् हुनेछन्, र कहिल्यै प्रतिकूलता भोग्नेछैनन्’ भनेर भन्नुभएको छ? परमेश्वरका वचनहरूको कुन हरफले यसबारे कुरा गर्छ? परमेश्वरले कहिल्यै यस्ता वचनहरू बोल्नुभएको वा यसो गर्नुभएको छैन। आशिष् र प्रतिकूलताहरू सम्बन्धमा, एउटा सत्यता खोज्नुपर्छ। मानिसहरूले पालना गर्नुपर्ने बुद्धिमानी भनाइ के हो? अय्यूबले भन्यो, ‘के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?’ (अय्यूब २:१०)। के यी शब्दहरू सत्यता हुन्? यी मानिसका शब्दहरू हुन्; यी कुनै रूपमा सत्यतासँग मिल्ने भए पनि यिनलाई सत्यताको उचाइमा राख्न मिल्दैन। यी कुन रूपमा सत्यतासित मिल्छन्? मानिसहरूले आशिष् पाउनु वा प्रतिकूलता भोग्नु सबै परमेश्वरकै हातमा हुन्छ, त्यो सबै परमेश्वरको सार्वभौमिकतामा पर्छ। यो सत्यता हो। के ख्रीष्टविरोधीहरू यो विश्वास गर्छन्? अहँ, गर्दैनन्। तिनीहरू यो कुरा मान्दैनन्। तिनीहरू किन यो कुरा विश्वास गर्दैनन् वा मान्दैनन्? (तिनीहरू आशिषित् हुनकै निम्ति परमेश्वरमा विश्वास गर्छन्—तिनीहरू आशिषित् हुन मात्र चाहन्छन्।) (किनकि तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरूले देहगत स्वार्थहरू मात्र पछ्याउँछन्।) ख्रीष्टविरोधीहरू, आफ्नो विश्वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्वरले गर्नुभएको हो भनी विश्वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्हरू प्राप्त गरेनन् भने, यो परमेश्वरको काम नै होइन भन्ने विश्वास गर्छन्। यसको आशय हो: ‘यदि तिमी साँच्चिकै परमेश्वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्वास गर्नुको के अर्थ?’ तिनीहरू यावत् थोक र घटनाहरू परमेश्वरका हातमा हुन्छन्, र यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। “सबै भ्रष्ट मानव आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरूले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्न कुराहरू त्याग्छन् र आफैलाई परमेश्वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति अर्पित हुन्छन्, यो अझै पनि इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्वरको घरमा तिनीहरू आशिष्हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्न र धेरै कठिनाइ सहन सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले आशिष र दुर्भाग्यबारे ख्रीष्टविरोधीहरूको दृष्टिकोणलाई प्रकट गर्छन्। तिनीहरू आफ्नो आस्थामा आशिषको पछि लागिरहेका हुन्छन्, र तिनीहरूलाई आफ्नो आस्थाको कारण आशिष दिनुपर्छ भन्ने सोच्छन्। यदि त्यस्तो भएन भने, तिनीहरू आस्था राख्नु अर्थहीन हो भन्ने सोच्छन्, र तिनीहरूले कुनै पनि बेला परमेश्वरलाई धोका दिने र छोड्नेसमेत गर्न सक्छन्। मैले आफूमा आस्थाबारे त्यस्तै दृष्टिकोण छ भन्ने बुझेँ। मैले आफूले यी सबै त्यागहरू गरेकी हुनाले, परमेश्वरले मलाई र मेरो परिवारलाई सुरक्षा, रोग र विपत्तिबाट मुक्ति दिएर आशिष दिनुपर्छ भन्ने सोचेँ। त्यसैले चाहे मेरो पति वा म बिरामी पर्दा किन नहोस्, मैले परमेश्वरलाई गलत बुझेँ र गुनासो गरेँ। मैले उहाँसँग अनुचित मागहरू पनि गरेँ, उहाँले मेरो भाइरस र मेरा पतिको क्यान्सर निको परिदिनुहोओस् भन्ने चाहेँ। परमेश्वरले मेरा चाहनाहरू पूरा नगर्नुभएबित्तिकै, मैले आफ्नो कर्तव्यको लागि आफूलाई समर्पित गर्न चाहिनँ। आस्थाबारे मेरो दृष्टिकोण अत्यन्तै हास्यस्पद थियो! सत्य कुरा के हो भने परमेश्वरले विश्वासीहरूलाई खराब कुराहरू हुनेछैनन् भनेर कहिल्यै भन्नुभएको छ। उहाँ सबै कुरामाथि शासन र नियन्त्रण गर्नुहुन्छ। जन्म, मृत्यु, बिमार र स्वास्थ्य सबै उहाँकै हातमा छन्, मानिसहरूले परमेश्वरबाट आशिष मात्र पाउँदैनन्, तर दुर्भाग्य पनि पाउँछन्, र विश्वासीहरू अपवाद होइनन्। कर्तव्य निर्वाह गर्नु सृजित प्राणीले गर्नुपर्ने सबैभन्दा उचित र स्वाभाविक कुरा हो र यसको आशिष पाउनु वा नपाउनुसँग कुनै सम्बन्ध छैन। तर म शैतानद्वारा यति गहन रूपमा भ्रष्ट पारिएकी थिएँ कि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ मैले आफ्नै हितहरूबारे मात्र लगातार सोचिरहेकी थिएँ, परमेश्वरलाई आफूले प्रयोग गर्ने वस्तुका रूपमा हेरिरहेकी थिएँ। म आफ्नो कष्ट, त्याग र कडा परिश्रमलाई परमेश्वरबाट आशिषहरू ठग्न प्रयोग गर्न चाहन्थेँ। जब परमेश्वरले मेरा व्यक्तिगत हितहरू सम्झौता हुने कुनै कुरा गर्नुभयो, तब म उहाँप्रति गुनासा र गलत बुझाइले भरिएँ, र मैले उहाँसँग बहससमेत गरेँ र उहाँको विरोध गरेँ। म कस्तो खालको विश्वासी थिएँ र? म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ मैले पावललाई सम्झेँ, उनले पनि प्रभुका लागि धेरै कष्ट भोगे, तर उनले सत्यता वा परमेश्वरबारे ज्ञान पछ्याएनन्। उनले आफ्ना त्यागहरू, योगदानहरू र कडा परिश्रमलाई केवल इनाम र मुकुटसँग साट्न प्रयोग गरे। उनले भने, “मैले उत्तम लड़ाइँ लड़ेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबउसो मेरा निम्ति धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनले त्यसो भन्नुको अर्थ के थियो भने यदि परमेश्वरले उनलाई मुकुट र इनाम दिनुभएन भने, परमेश्वर धर्मी हुनुहुन्न। उनले आफ्नै परिश्रम र कष्टलाई परमेश्वरलाई दबाब दिन, परमेश्वरको प्रतिरोध गर्न पुँजीका रूपमा प्रयोग गर्न चाहे। अन्ततः परमेश्वरले उनलाई दण्ड दिनुभयो। यो बुझेपछि मलाई एकदमै डर लाग्यो। मैले आफूले आफ्नो आस्थामा सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरिरहेकीकी छैनँ, तर केवल अनुग्रह र आशिषहरू पछ्याइरहेकी छु भन्ने बुझेँ। म परमेश्वरविरुद्धको मार्गमा थिएँ। त्यसरी त मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ, र मेरो भ्रष्ट स्वभाव परिवर्तन हुनेथिएन। म अन्त्यमा हटाइने मात्रै थिएँ! मैले पछि परमेश्वरको वचनको अर्को खण्ड पढेँ: “हुन सक्छ, परमेश्वरमा विश्वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्ने तँ ठान्छस् होला; परमेश्वरमा विश्वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्ने तँलाई लाग्नसक्छ। तापनि मानिसले परमेश्वरमा भएको तिनीहरूका विश्वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्वरका कामहरू, परमेश्वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्वरमा विश्वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरूले मलाई मैले के पछ्याउनुपर्छ भनेर देखाए। मैले आफ्नो आस्थामा आशिष वा कुनै पनि प्रकारको फाइदाको पछि लाग्नु हुँदैन, बरु, मैले परमेश्वरलाई जान्न र सन्तुष्ट पार्न खोजी गर्नुपर्छ, परमेश्वरसँग कुनै अनुरोध वा माग नगर्ने अय्यूबजस्तै हुनुपर्छ। अय्यूबले आफूसँग भएको सबै कुरा परमेश्वरले दिनुभएको हो भनी विश्वास गरे, त्यसैले परमेश्वरले दिनुभए पनि वा लिनुभए पनि, उनले आशिष वा दुर्भाग्य पाए पनि, उनी निशर्त परमेश्वरप्रति समर्पित भए र उनले उहाँको धार्मिकताको प्रशंसा गरे। त्यसैले जब शैतानले अय्यूबलाई परीक्षा गर्यो, जब उनका सबै सम्पत्तिहरू चोरिएका थिए, उनका छोराछोरीहरू मरेका थिए, र उनको शरीरभरि खटिराहरू निस्केका थिए, उनले कहिल्यै परमेश्वरलाई गुनासो गरेनन्, र उहाँको नामको प्रशंसा गरिरहे। परमेश्वरले जे गर्नुभए पनि, अय्यूब सृजित प्राणीको स्थानमा खडा भए, परमेश्वरमा समर्पित भए र उहाँको आराधना गरे। परमेश्वरले अय्यूबको आस्थालाई अनुमोदन गर्नुभयो। यस बुझाइले मलाई अभ्यासको मार्ग दियो। मेरा पतिको स्वास्थ्य सुध्रिए पनि वा नसुध्रिए पनि, म परमेश्वरप्रति समर्पित हुनुपर्थ्यो र मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।
मैले पछि परमेश्वरका वचनहरूमा यो पढेँ: “परमेश्वरले सृष्टि गरिएका सबै प्राणीहरूको उत्पत्ति, आगमन, आयु, परिणाम, साथै तिनीहरूको जीवनको मिसन र तिनीहरूले सम्पूर्ण मानवजातिमा खेल्ने भूमिकाको पूर्ण योजना पहिले नै बनाइसक्नुभएको छ। यी कुराहरू कसैले परिवर्तन गर्न सक्दैन; यो सृष्टिकर्ताको अख्तियार हो। सृष्टि गरिएको प्रत्येक प्राणीको आगमन, तिनीहरूको जीवनको मिसन, तिनीहरूको आयु कहिले सक्किन्छ—यी सबै नियमहरू परमेश्वरद्वारा धेरै अघि निर्धारित गरिएका छन्, ठ्याक्कै त्यसरी नै जसरी परमेश्वरले प्रत्येक खगोलीय पिण्डको परिक्रमा कक्ष निर्धारित गर्नुभएको छ; यी खगोलीय पिण्डहरूले कुन कक्ष पछ्याउँछन्, कति वर्षसम्म पछ्याउँछन्, कसरी परिक्रमा गर्छन्, र कुन नियमहरू पालन गर्छन्—यो सबै परमेश्वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो, जुन हजारौं, दस हजारौँ, र लाखौँ वर्षदेखि अपरिवर्तित छ। यो परमेश्वरद्वारा निर्धारित कुरा हो, र यो उहाँको अख्तियार हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने हाम्रो गन्तव्य, आयु र परिणाम सबै सृष्टिकर्ताका हातमा छन्। हाम्रो जन्म, मृत्यु, बिमार र स्वास्थ्य सबै परमेश्वरको सार्वभौमिकता र नियोजनको अधीनमा छन्। परमेश्वर हामी कहिले मर्छौँ भनी नियोजन गर्नुहुन्छ, र हामीमध्ये कोही पनि त्यसबाट उम्कन सक्दैनौँ। तर यदि परमेश्वरले हाम्रा लागि निर्णय गरेको समय अझै आएको छैन भने, हामीलाई क्यान्सर भए पनि, हामी मर्नेछैनौँ। यो परमेश्वरको अख्तियार हो, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। त्यो बुझ्दा मलाई अलि आराम मिल्यो। मलाई मेरी पतिको स्वास्थ्य परमेश्वरका हातमा छ भन्ने थाहा थियो, र मैले गर्न सक्ने भनेकै परमेश्वरले प्रबन्ध गरेको कुरमा समर्पित हुनु र आफ्नो कर्तव्य पूरा गर्नु मात्र थियो।
मेरो पतिले अस्पतालमा केही समय केमोथेरापी गराए, र आश्चर्यलाग्दो कुरा, उनको रगतमा भएका क्यान्सर कोषहरू हराए। सबै सूचकहरू सामान्य थिए। आधाजसो ट्युमर पनि हरायो। डाक्टरले यस्तो केस देख्नु एकदमै दुर्लभ हो भने। हाम्रो छोराले उसको सहकर्मीको बुबालाई पनि त्यही क्यान्सर भएको थियो भनेर भन्यो। उनले एकपटक केमो लिए र त्यो सहन सकेनन्, त्यसपछि उनी केही महिनापछि बिते। मेरा पति यति छिटो निको हुँदा म परमेश्वरप्रति एकदमै आभारी भएँ। मलाई सबैभन्दा खुसी के कुराले बनायो भने, मेरा पति सधैँ नाम मात्रको विश्वासी थिए, र सधैँ पैसाको पछि लाग्थे, तर उनले आफूलाई क्यान्सर भएपछि परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरे, र त्यसपछि उनले साथीसँगी र आफन्तहरूमाझ सुसमाचार प्रचार गरे र परमेश्वरका कार्यहरूबारे गवाही दिए।
यसबाट गुज्रनु मेरा लागि पीडादायी भए पनि, मैले आशिषप्रतिको आफ्नो चाहना र मेरो पछ्याइपछाडिका गलत दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेँ, र आस्थामाा आफ्नो पछ्याइका लक्ष्यहरूलाई सच्याएँ। यी सबै मैले यस अनुभवमार्फत् सिकेका पाठहरू हुन्। मैले माननवजातिलाई मुक्ति दिने परमेश्वरको काम एकदमै व्यावहारिक छ भन्ने बुझेँ!