७८. बर्खास्त हुँदा मैले सिकेको पाठ

रिले, अमेरिका

परमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरूको स्वभाव मानिसहरू आफैद्वारा परिवर्तन गर्न सकिँदैन; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, अनि परीक्षा र शोधन भोग्नैपर्छ, वा उहाँका वचनहरूद्वारा काटछाँट र अनुशासित गरिनैपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारी हासिल गर्न सक्छन्, र उप्रान्त उहाँप्रति झाराटारुवा हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटमार्फत मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्ने आँट गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरू परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको कामप्रति समर्पित हुन सक्नेछन्। ती कुरा मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि, तिनीहरू ती धारणाहरू त्याग्न र जानीजानी समर्पित हुन सक्नेछन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। परमेश्‍वरका वचनहरू एकदमै व्यावहारिक छन्। परमेश्‍वरका वचनहरूद्वारा न्याय, सजाय, निराकरण र काटछाँट गरिएपछि मात्र हामी आफ्ना शैतानी स्वभावहरू परिवर्तन गर्न सक्छौं र परमेश्‍वरप्रति आज्ञाकारी र विश्‍वासयोग्य हुन सक्छौं। म भ्रष्ट स्वभावद्वारा आफ्ना कर्तव्यहरू पूरा गर्ने गर्थें र सधैँ आफ्नो इज्जत र हैसियत मात्र जोगाउथें। बर्खास्त भएपछि, मैले परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशबाट आफ्नो भ्रष्ट स्वभावबारे ज्ञान प्राप्त गरें। मलाई पछुतो भयो र आफैलाई घृणा गरें, र अर्को कर्तव्य पाउँदा, मैले पहिलाभन्दा राम्ररी पूरा गरें।

गत अगस्टमा, म मण्डली अगुवा चयन भएँ र अन्य केही दाजुभाइ-दिदीबहिनीहरूसँगै मण्डलीको कामको लागि जिम्मेवार भएँ। म चाहिँ मुख्यतः पानी हाल्ने काम गर्थें साथै मण्डली परियोजनाहरूको लागि निर्णय गर्नमा पनि सहभागी हुन्थें। हामीले जिम्मेवारीहरू बाँडेका थियौं, तर मलाई के थाहा थियो भने, मण्डलीको काम एक विस्तृत एकाइ हो, र मण्डलीका हितहरूलाई रक्षा गर्न र आफ्ना कर्तव्य उचित तरिकाले पूरा गर्न मैले दाजुभाइ-दिदीबहिनीहरूसित सहकार्य गर्नुपर्छ। सुरुमा त, म हाम्रा साप्ताहिक सभाहरूमा खूबै ध्यान दिन्थें। म छलफलमा सक्रिय रूपले भाग लिन्थें र सिफारिसहरू अघि राख्थेँ। त्यसपछि, अक्टोबरको एक दिन, नवआगन्तुकहरूलाई पानी हाल्ने काम झण्डै ढिलो भयो किनभने मैले समयमै काम गरेकी थिइनँ। माथिल्ला तहका अगुवाहरूले मलाई कठोरतासाथ काटछाँट र निराकरण गरे। मैले मनमनै सोचें, “मेरो काममा समस्या भएकोले मलाई निराकरण गरियो। यदि अझ धेरै समस्या भएका भए, अगुवाहरूले मलाई जाँच्नेथिए र मैले व्यावहारिक काम गर्न सक्दिनँ भनेर भन्नेथिए र मलाई बर्खास्त गर्नेथिए। त्यसपछि मैले फेरि कसरी आफ्नो अनुहार देखाउन सक्थें र? कसले पो मेरो मान गर्नेथिए र? अहँ, मैले आफू जिम्मेवार भएको काममा अझ धेरै प्रयास गर्नुपर्छ र थप गल्ती हुनेछैन।”

केही समयपछि, मेरो जिम्मेवारीको दायरा बढाइयो। केही कामहरू गर्न म सिपालु थिइनँ, त्यसैले सान्दर्भिक सिद्धान्तहरू सिक्न धेरै समय चाहिन्थ्यो, तर हरेक सहकर्मी बैठकमा छलफल र निर्णय गर्नुपर्ने निकै धेरै कुराहरू हुन्थे, र त्यसले धेरै समय खान्थ्यो। कतै यसले भर्खरै म जिम्मेवार भएको कामलाई असर गर्ने हो कि भनेर मैले सोचें। यदि म जिम्मेवार भएको काम प्रभावकारी भएन र अझ धेरै समस्याहरू उत्पन्न भएमा, म अवश्यै बर्खास्त हुनेथिएँ, र त्यसपछि अरूले मलाई के सोच्नेथिए? अरू मानिसले मण्डलीका अन्य प्रोजेक्टहरूको अनुगमन गरिरहेका थिए। मलाई लाग्यो, तिनीहरूले आफ्ना छलफलहरू गर्न सक्छन् तर मसित त कामको ओइरो छ। अझ के हो भने, तिनीहरूले आफ्नो काम पूरा गर्नुसित मेरो कुनै सरोकार थिएन र त्यसको प्रशंसा मैले पाउने पनि होइन। तर मेरो दायराभित्र समस्याहरू खडा भएमा, त्यसको लागि म सीधै जिम्मेवार हुनेथिएँ, तसर्थ, मैले आफ्नै जिम्मेवारीहरूलाई मात्र देखरेख गर्नुपर्छ। त्यसपछि, मैले मेरो जिम्मेवारीमा भएको मुख्य काममा मात्र धेरै समय र प्रयास लगाएँ अनि अरू कामलाई बोझ ठानें। मण्डलीको कामबारे छलफल र निर्णय गर्नुपर्दा, म आफ्नो कामसँग सम्‍बन्धित कुनै पनि कुरामाथि आफ्नो दृष्टिकोण राख्थें, तर त्यस दायराभन्दा बाहिरका कुराहरू आउँदा म आफूलाई आफ्नै कामहरूमा व्यस्त राख्थें। म ध्यान लगाएर छलफलहरू सुन्‍ने गर्थिनँ, त्यसैले, मैले अडान वा निर्णय लिनुपर्दा, अरू सबैले जे गर्थे त्यसैको पछि लाग्थेँ। महत्त्वपूर्ण मामिलाहरूमा जरुरी छलफल र निर्णय गर्नुपर्दा, ती कुरा मेरो कर्तव्यसित सम्बन्धित होइनन् भने, त्यसलाई म बेवास्ता गर्थें र त्यसप्रति उदासीन हुन्थेँ।

केही समयपछि, दाजुभाइ-दिदीबहिनीहरूले के भन्दै गरेका मैले सुनिरहें भने, हाम्रा अगुवाहरूले केही कामकुराहरू ठीकसित सुल्झाएका र निराकरण गरेका छैनन्। र साथै कर्मचारी प्रबन्धहरू सिद्धान्तहरू अनुरूप छैनन्, र त्यसले गर्दा मण्डलीको काममा क्षति पुगेको छ। केही कुरामा सबैले निर्णय र हस्ताक्षर गर्नु आवश्यक हुन्छ। ती कुरा ठीकसित नसम्हालेकोले गर्दा, अन्त्यमा मण्डलीका हितहरूमा हानि पुग्यो। साथै, मण्डलीका लागि सामान खरिद गर्दा पनि राम्ररी गरिएन, परिणामस्वरूप, मण्डलीको पैसामा नोक्सानी भयो। यस्ता कुराहरू भइरहे। मलाई लाग्यो, राम्रै भयो, मेरो काममा कुनै ठूलो समस्या आएन, अनि कुनै अगुवाले कसलाई दोष दिने भनेर जाँच गर्दा ममाथ दोष आउनेथिएन। यो त मैले निकै लामो समयदेखि आफ्नो कर्तव्यप्रति राख्दै आएको एक प्रकारको गैरजिम्मेवार आचरण थियो र यसमा मैले कुनै गल्ती देखिनँ। एक दिन, मसँगै काम गर्ने एक जना सिस्टर मलाई मैले आफ्नो कर्तव्यमा भार उठाइरहेकी छैनँ वा बृहत दृष्टिकोण राखिरहेकी छैनँ, तर आफ्नै काममा मात्र ध्यान दिइरहेकी छु र निर्णय गर्नमा सक्रिय रूपले भाग लिइरहेकी छैनँ। त्यो कुराखतरनाक हो र यदि मैले त्यसलाई त्यागिनँ भने, ढिलो वा चाँडो म बहिष्कृत हुनेछु भनेर तिनले भनिन्। मैले आफ्नो कर्तव्यप्रतिको मेरो दृष्टिकोणबारे राम्ररी चिन्तन गर्नुपर्छ भनेर तिनले भनिन्। तिनको सङ्गतिपछि पनि मैले आत्मसमीक्षा गरिनँ। त्यसको सट्टा, मनमनै तर्क गरें: “के तपाईंले मैले भोगका यत्तिका पीडा देख्नुभएको छैन? यो काम राम्ररी गर्न धेरै कुरा गर्नुपर्ने हुन्छ। यदि मेरो जिम्मेवारीमा भएका काममा समस्याहरू भएमा, त्यसको दोष ममाथि आउँछ, त्यसपछि अरूले मलाई के सोच्छन्? तिनीहरूले म अयोग्य छु र व्यावहारिक काम गर्न सक्दिनँ भनेर सोच्नेछन्। अझ त्योभन्दा पनि, ती अरू कामहरूको जिम्मेवारी लिने व्यक्ति छैनन् र? यी निर्णयहरूमा मैले भाग लिँदैमा केही फरक पर्दैन।” त्यसकारण, मण्डलीको कामप्रति म सधैँ लापरवाह र गैरजिम्मेवार रहेँ, अनि मैले आत्मसमीक्षा गर्ने र आफूलाई चिन्‍ने प्रयास गरिनँ।

जनवरी २०२१ मा, एक जना अगुवा मकहाँ आए र भने, “दाजुभाइ-दिदीबहिनीहरूले भन्नुभएका छन्, तपाईंले आफ्नो कर्तव्यमा भार उठाइरहनुभएको छैन अरे, छलफल र निर्णयहरूमा तपाईंले आफ्नो धारणा प्रायः राख्नुहुन्न अरे, तपाईंले ठोस सिफारिसहरू अघि ल्याइरहनुभएको छैन अरे, र तपाईंले मण्डलीको कामप्रति अलिकति पनि जिम्मेवारी महसुस गर्नुहुन्न अरे। तपाईं अगुवा बन्‍न योग्य हुनुहुन्‍न। छलफलपछि, सबैले तपाईंलाई बर्खास्त गर्नुपर्ने निर्णय गरेका छन्।” ती अगुवाको कुरा सुनेर, मेरो त पुरै अक्कलगुम भयो, झण्डै ढलेँ। सोचें, “मण्डलीको समग्र काममा म त्यति सहभागी भइरहेकी छैनँ, तर हरेक दिन म आफ्ना जिम्मेवारीहरूमा अत्यन्तै व्यस्त रहन्छु र मैले निकै पीडा भोगेकी छु। मैले भार उठाइरहेकी छैनँ भनेर कसरी भन्न सक्नुहुन्छ? मैले कुनै समस्या खडा नगरी आफ्नो काम पूरा गर्नु नै पर्याप्त छैन र?” केही समयसम्म त मैले यस नतिजालाई स्वीकार गर्नै सकिनँ, तर परमेश्‍वरले गर्नुहुने सबै कुरा असल हुन्छन् र मलाई अझसम्म त्यसबारे थाहा थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरें र उहाँको मार्गदर्शन खोजें, ताकि आत्मसमीक्षा र आफूलाई चिन्न सकूँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा मलाई उत्प्रेरित गर्ने एउटा खण्ड देखें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। तिनीहरूले कुनै पनि काम गर्दा के सोच्छन्? तिनीहरूले ख्याल गर्ने पहिलो कुरा हो, ‘यदि मैले यो गरेँ भने, के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के अरू मानिसहरूले यो देख्नेछन्? यदि मैले यतिका मेहनत गरेँ र लगनशीलतासाथ काम गरेँ, तर अरू मानिसहरूले यो देखेनन् र परमेश्‍वरले पनि देख्नुभएन भने, मैले यो मेहनत लगाउनु र यसरी कष्ट भोग्नु अर्थहीन हुन्छ।’ के यो अत्यन्तै स्वार्थी हुनु होइन र? यो एउटा नीच आशय पनि हो। तिनीहरूले यस तरिकाले सोच्दा र काम गर्दा, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँछ? अहँ, तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले तिनीहरूलाई हप्काउँदैन। कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्। यस्तो व्यक्तिको कार्य र नियत सबैले प्रस्ट देख्छन्: चर्चामा आउने वा केही आशिष्‌ प्राप्त गर्ने अवसर आउनेबित्तिकै तिनीहरू देखा पर्छन्। तर जब चर्चामा आउने अवसर हुँदैन, वा जब कष्ट भोग्ने समय आउँछ, तब तिनीहरू कछुवाले आफ्नो टाउको लुकाएझैँ गायब हुन्छन्। के यस्तो व्यक्तिसँग विवेक र समझ हुन्छ? (हुँदैन।) के विवेक र समझ नभएको व्यक्तिले यसरी काम गरेकोमा आत्म-ग्लानि महसुस गर्छ? तिनीहरूले आत्म-ग्लानि महसुस गर्दैनन्; यस्तो व्यक्तिको विवेकले कुनै काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने हप्काइ वा ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूले मेरो हृदय छेँडेको मलाई महसुस भयो। म परमेश्‍वरले बताउनुभएकै जस्तो थिएँ। म आफ्नो कर्तव्यप्रति असावधान भएँ र अलग्गिएँ, आफ्ना जिम्मेवारीबाहिरका कुनै पनि कुरालाई ध्यान दिइनँ। मैले आफ्नै काममा मात्र ध्यान लगाएँ। आफ्नो प्रतिष्ठा र हैसियत प्राप्त गर्ने चाहना पूरा हुन सक्छ कि सक्दैन भनेर मात्र मैले विचार गरेकी थिएँ। मैले मण्डलीको कामलाई फिटिक्‍कै रक्षा गरेकी थिइनँ। त्यस समय अवधिमा, निर्णयहरू गर्न सबै जना छलफलमा सहभागी भएका बेला, मेरो जिम्मेवारीभन्दा बाहिर प्राप्त हुने सफलताले मलाई असल देखाउन मदत गर्नेछैन, अनि ती कुरालाई राम्ररी सम्हालिएन भने, दोष ममाथि आउनेछैन भनेर मैले सोच्‍ने गरेकी थिएँ। तसर्थ, सकेसम्‍म म त्यसमा भाग लिनेथिइनँ। मैले यसमा झारा टार्ने काम मात्र गर्थेँ, अरू सबैले जे गर्छन् त्यसैको पछि लाग्थें। त्यो त हेलचेक्र्याइँ र गैरजिम्मेवारी हो। म आफ्नो दायराभित्रको काममा असाध्यै लगनशील र परिश्रमी थिएँ, यदि समस्या खडा भएमा, मलाई काटछाँट र निराकरण गरिन्छ वा बर्खास्त गरिन्छ र पुरै बदनाम होइन्छ भनेर म भयभीत थिएँ। मैले आफ्नो काम राम्ररी पूरा गर्न र आफ्नो हैसियत र छविलाई जोगाउनका लागि निर्णय गर्ने कामलाई अवरोध र समयको बरबादी ठान्थें, यसले मलाई आफ्नो काम अघि बढाउनदेखि रोक्छ भनेर सोच्थें। मैले आफ्नो व्यवहारबारे चिन्तन गर्दा, के देखेँ भने, आफ्नो कर्तव्य पूरा गर्नु पछाडिको मनसाय भनेको आफूलाई सन्तुष्ट पार्नु थियो, र मैले भोगेका ती सबै पीडाहरू आफ्नै लागि थिए। मैले मण्डलीका समग्र काम व हितहरूलाई रक्षा गर्न कुनै भार उठाएकी थिइनँ वा मसित जिम्मेवारीको भाव थिएन। के म मानवताविहीन भएको थिएँ? यस्तो महत्वपूर्ण कामको लागि म बिलकुलै अयोग्य भएको थिएँ। त्यसपछि, मैले आफ्नो बर्खासीलाई पूर्ण रूपले स्विकारेँ। मेरा कार्यहरू परमेश्‍वरको इच्छाअनुरूप छैनन् भनेर मलाई थाहा भए तापनि, मैले अझै मेरो प्रकृतिलाई बुझिनँ र वास्तवमा कुन कुराले गर्दा मैले आफ्नो कर्तव्यमा भार उठाइरहेकी छैनँ, प्रतिष्ठा र हैसियतमा ध्यान लगाइरहेको छु, र मण्डलीका हितहरूलाई पुरै बेवास्ता गरेकी छ भन्ने मलाई थाहा थिएन। त्यसपछि, मैले प्रार्थना गरेर यस समस्यालाई परमेश्‍वरसामु राखें, मेरो समस्याको जड र सारलाई चिन्न अनि आफ्नो शैतानी स्वभावलाई बुझ्न अगुवाइ गर्नुहोस् भनेर परमेश्‍वरलाई बिन्ती गरें, ताकि मैले आफूलाई भित्री हृदयदेखि नै घृणा गर्न सकूँ।

त्यसपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, तिनीहरूको अर्को विशेषता पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र दुष्ट हुन्छन्। ‘स्वार्थी र दुष्ट’ को शाब्दिक अर्थ बुझ्न गाह्रो छैन। यसको अर्थ व्यक्तिले नाफाबाहेक केही खोज्दैन भन्ने हो। यदि कुनै कुरा तिनीहरूका हितसँग सम्बन्धित छ भने तिनीहरूले त्यसमै हृदय लगाउनेछन्, तिनीहरूले दुःख भोग्नेछन् र त्यसको मूल्य तिर्नेछन्, साथै त्यसमा सोच र ऊर्जा लगाउनेछन्। यदि कुनै कुरा तिनीहरूको हितसँग सम्बन्धित छैन भने, तिनीहरूले त्यसप्रति आँखा चिम्लन्छन् र त्यसलाई ध्यान दिँदैनन्; तिनीहरूले अरूलाई जे मन लाग्यो त्यही गर्न दिन्छन्—यदि कसैले बाधा वा अवरोध सिर्जना गरिरहेको भए पनि तिनीहरूले त्यसलाई बेवास्ता गर्छन् र आफूसँग त्यसको कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। राम्रो तरिकाले भन्‍नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्, तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्नु अझै सटीक हुन्छ—हामी तिनीहरूलाई ‘स्वार्थी र दुष्ट’ भनेर चित्रण गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टता कसरी प्रकट हुन्छ? आफ्नो हैसियत वा इज्‍जतमा फाइदा पुर्‍याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्‍नुपर्ने कुराहरू गर्न वा भन्‍नलाई लागिपर्छन् र तिनीहरूले स्वैच्छिक रूपमा कुनै पनि कष्ट सहन्छन्। तर परमेश्‍वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्‍याउने कामको हकमा तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गर्दा, अनेक प्रकारको दुष्टता गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्‍याउँदा पनि तिनीहरूले त्यसमा चासो देखाउँदैनन् वा त्यसबारे सोधपुछ गर्दैनन्, मानौँ तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल ख्याति, प्राप्ति र हैसियत मात्र पछ्याउँछन् भनेर खुलासा गरिदिन्छन् भने तिनीहरू रिसले चुर हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि को गयो, त्यसको मुख्य अगुवा को हो र त्यसमा को संलग्न थियो भनी पत्ता लगाउन अनुसन्धानहरू गरिन्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई पूर्ण रूपमा समाधान नगरुञ्जेल खाँदैनन् वा निदाउँदैनन्—यहाँसम्म कि तिनीहरूले आफ्नो बारेमा रिपोर्ट गर्नमा संलग्‍न रहेका हरेकलाई गिराएपछि मात्र तिनीहरू खुसी हुनेछन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरू विशुद्ध रूपमा आफ्नै शक्ति र हैसियतका निम्ति काम गरिरहेका हुन्छन् र आफ्नै उद्यममा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित भएका छन् कि छैनन् भन्‍ने कुरालाई मात्र ख्याल गर्छन्, र आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरू यसलाई कुनै गम्भीरतासाथ लिँदै लिँदैनन्। तिनीहरूलाई ठेलियो भने मात्र तिनीहरू चलमलाउन थाल्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो शक्ति र हैसियत कायम राख्नका निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जे-जस्ता समस्याहरू पहिचान गरेर रिपोर्ट गरे पनि, तिनीहरूको कुरा जति नै सच्चा भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्‍न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूकै अगाडि कुनै समस्या प्रस्तुत हुँदा पनि तिनीहरूले झाराटारुवा तरिकाले मात्र त्यसलाई सम्बोधन गर्छन्। जब माथिकाले तिनीहरूलाई सिधै काटछाँट गर्नुहुन्छ र कुनै समस्या समाधान गर्न आदेश दिनुहुन्छ, तब मात्रै तिनीहरूले अनिच्छापूर्वक अलिकति वास्तविक काम गर्छन् र माथिकालाई नाटक देखाउँछन्। त्यसपछि, तिनीहरू आफ्नै मामिलाहरूमा व्यस्त रहिरहन्छन्। जब मण्डलीको कामको, र समग्र अवस्थासँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरूको कुरा आउँछ, तिनीहरूले यी कुनै पनि कुरालाई चासो दिँदैनन् र तिनलाई बेवास्ता गर्छन्, र तिनीहरूले समस्याहरू पत्ता लगाउँदा समेत तिनलाई सम्हाल्दैनन्। अरूले जस्तोसुकै समस्याहरूको कुरा उठाए पनि, तिनीहरूले झाराटारुवा तरिकाले जवाफ दिन्छन् र आनाकानी गर्छन्, र ठूलो अनिच्छाका साथ मात्रै समस्याहरूलाई सम्बोधन गर्छन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूले मलाई मर्माहत बनाए। ख्रीष्टविरोधीहरूले मात्र आफ्नो प्रतिष्ठा र हैसियतको लागि काम गर्छन्, अनि आफ्ना हित मुछिएको कुनै पनि कुरा गर्न तिनीहरू लगनशील हुन्छन्। त्यसको लागि, तिनीहरूले आफ्ना सबै मानसिक र शारीरिक शक्ति लगाउँछन्। आफूलाई फाइदा नहुने जुनसुकै कुरालाई तिनीहरू बेवास्ता गर्छन्। तिनीहरू विशेष रूपमा स्वार्थी र घृणित हुन्छन्। मैले बुझें कि मेरो व्यवहार पनि ख्रीष्टविरोधीकै जस्तो भएको थियो, र मैले स्वार्थी र चालबाजी ढङ्गमा आफ्नै प्रतिष्ठा र हैसियतको लागि काम गरिरहेकी थिएँ। म यी शैतानी दर्शनहरू, “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” र “जति कम समस्या, उति राम्रो” अनुसार जिइरहेकी थिएँ। मैले आफ्नो जिम्मेवारीमा भएको र मेरो प्रतिष्ठा र हैसियतमा असर पार्न सक्‍ने कामलाई मात्र ध्यान दिइरहेकी थिएँ, र मेरो जिम्मेवारीको दायराभित्र नपर्ने कामलाई बेवास्ता गरिरहेकी थिएँ। परिणामस्वरूप, मण्डलीको काम र पैसामा गम्भीर क्षति पुग्न गयो। म स्वार्थी, आफ्नै मात्र हित चिताउने, घृणित र पतित थिएँ र विश्‍वासयोग्य थिइनँ भनेर मैले देखें। त्यस समयलाई फर्केर हेर्दा, मण्डलीको काममा एकपछि अर्को समस्याको पहिरो नै आयो, अनि राम्रोसँग काम नगरेकोमा अगुवाहरूले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई निराकरम गरे। मलाई सीधै आलोचना गरिएन, तर म पनि मण्डली अगुवा थिएँ र मसित पन्छिन नसकिने जिम्मेवारी थियो। यदि मैले कामसम्बन्धी छलफलहरूमा लगनशील भई भाग लिएकी भए, सायद कतिपय समस्याहरू पत्ता लगाउन सक्थें। तर मैले आफ्नो इज्जत र हैसियत जोगाउन, आफ्नै एक पोको जिम्मेवारीलाई मात्र हेरेँ, र मण्डलीका समग्र काम वा हितहरूलाई पटक्कै विचार गरिनँ। मैले आफ्नो कर्तव्यमा गरेका विभिन्न अपराधहरू र मण्डलीको काममा पुऱ्याएको अपूरणीय क्षतिलाई हेर्दा, मेरो हृदय पछुतो र आत्मग्लानिले भरियो। परमेश्‍वरले मलाई उचाल्‍नुभयो र अनुग्रह गर्नुभयो, र यस्तो महत्वपूर्ण कर्तव्य निभाउने र आफूलाई तिखार्ने मौका दिनुभयो, ताकि मैले अझ चाँडो सत्यता बुझ्न सकूँ। मैले धेरै वर्षसम्म परमेश्‍वरका वचनहरूको मलजल र पोषण प्राप्त गरें, तरै पनि, मैले यसको ऋण अकृतज्ञ भएर चुक्ता गरें र आफ्नो कर्तव्य ठीकसित गर्न पूरा चाहिनँ वा परमेश्‍वरको प्रेमको साटो तिर्न चाहिनँ। मैले मेरो निराकरण नगरियोस् भनी आफ्नै छवि र हैसियत जोगाउनेबारे र आफ्नै सानो क्षेत्रबारे मात्र सोचें। यस महत्वपूर्ण कामप्रति म असावधान र गैरजिम्मेवार भएँ अनि मण्डलीका हितहरूमा हानि पुग्दा र मण्डलीको काम प्रभावित हुँदा, म केवल मूर्तीसरह खडा रहें। म भावशून्य र विवेकशून्य थिएँ। म कसरी मानव कहलिन लायक समेत थिएँ र? कुकुरलाई खानेकुरा दियो भने, त्यो जहिले पनि वफादार रहन्छ। म त त्यो जनावरभन्दा पनि खराब थिएँ। यसबारे जति धेरै सोचें, उति नै धेरै आफू परमेश्‍वरको अनुग्रह पाउन अयोग्य भएको मलाई महसुस भयो। यति बेला, म परमेश्‍वरसामु आएँ र प्रार्थना गरें: “हे परमेश्‍वर, जे होस्, मैले मण्डलीको कामलाई रक्षा नगरी मेरो कर्तव्यमा आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेकी छु। म मानवताविहीन, स्वार्थी र आफ्नै मात्र हित चिताउने व्यक्ति थिएँ। मेरो बर्खासी तपाईंको धार्मिकताको आगमन हो र त्योभन्दा पनि, यो मेरो लागि तपाईंको प्रेम र मुक्ति हो। म पश्चात्ताप गर्न तयार छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के देखें भने, उहाँको स्वभाव धर्मी र अपराध नसहने छ। परमेश्‍वरले मानिसको हृदयको गहिराइ जाँच गर्नुहुन्छ, र यदि मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्नुबाहेक अन्य मनसायले आफ्नो कर्तव्य पूरा गर्छन्, सत्यता अभ्यासको गवाही दिन चुक्छन्, सबै कुरामा आफैलाई सन्तुष्ट पार्छन् र आफ्नै प्रतिष्ठा र हैसियतको पछि लाग्छन् भने, त्यसलाई परमेश्‍वर स्याबासी दिनुहुन्न। यस्तो कुरामा जति नै पीडा भोगे पनि, परमेश्‍वरले त्यसलाई याद गर्नुहुन्न, तर परमेश्‍वरले तिनीहरूलाई दुष्ट व्यक्तिको रूपमा निन्दा गर्नुहुन्छ। आफ्नो कर्तव्यप्रतिको मेरा मनसायहरू गलत थिए। ती परमेश्‍वरलाई सन्तुष्ट पार्नुका लागि थिएनन् तर मैले आफ्नै उद्योग चलाइरहेकी थिएँ। म आफू जिम्मेवार भएको कामको लागि पीडा भोग्न र प्रयास गर्न इच्छुक थिएँ, तर त्यो, अरूको दृष्टिमा आफ्नो हैसियत र छवि जोगाउनका लागि थियो। म आफूलाई पीडा भोगेको र कडा परिश्रम गरेको देखाएर, मानिसहरूको प्रशंसा प्राप्त गर्न र उनीहरूको मन जित्न चाहन्थें। परमेश्‍वरको अनुग्रहको कारण नै मैले अगुवाको रूपमा काम गर्न र आफूलाई तिखार्ने त्यो मौका पाएकी थिएँ। मण्डलीको समग्र कामको लागि अगुवाहरू जिम्मेवार हुन्छन्, र मण्डलीमा थुप्रै समस्या, कठिनाइ र मामिलाहरू समाधान गर्नुपर्ने हुन्छ। त्यसको लागि सत्यता र सिद्धान्तहरू धेरै खोजी गर्नुपर्ने हुन्छ। तिनीहरूले काममा गल्ती गर्न सक्छन् र तिनीहरूलाई काटछाँट व निराकरण गरिन सक्छ, तर निरन्तर समीक्षा, सुधार र चिन्तन गरेर तिनीहरूले धेरै कुरा प्राप्त गर्नेछन्। यी सबै व्यावहारिक ज्ञान हुन्, चाहे ती परमेश्‍वरको धर्मी स्वभावसँग सम्‍बन्धित होऊन् वा तिनीहरूको आफ्नै भ्रष्ट स्वभावसँग। परमेश्‍वरले मानिसहरूलाई कर्तव्य निर्वाहमार्फत सत्यता प्राप्त गर्न दिनुहुन्छ, तर मैले परमेश्‍वरको इच्छालाई विचार गरिरहेकी वा आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिइरहेकी थिइनँ। मैले यसलाई असुविधाजनक कुराजस्तो गरी लिइरहेकी, र सत्यता प्राप्त गर्ने धेरै मौकाहरू गुमाइरहेकी थिएँ। यस्तो महत्वपूर्ण कर्तव्यमा, जिम्मेवार नभएर वा अरूसित सहकार्य नगरेर, र निर्णय वा सुपरिवेक्षण गर्नमा भूमिका निर्वाह नगरेर, कसरी मैलै वास्तवमै आफ्नो कर्तव्य गरिरहेकी थिएँ र? मैले परमेश्‍वरलाई मूर्ख बनाइरहेकी र छल गरिरहेकी थिएँ। मैले दुष्ट काम गरिरहेकी थिएँ!

पछि मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यास गर्ने मार्ग दिए। हाम्रा कर्तव्यमा मण्डलीका हितहरू प्राथमिकतामा पर्नुपर्छ। हामीले परमेश्‍वरको जाँचलाई स्वीकार्नुपर्छ र सत्यता खोजी गर्न ध्यान केन्द्रित गर्नुपर्छ, आफ्नो इज्जत, हैसियत र व्यक्तिगत चासोहरूलाई पर पन्छ्याउनुपर्छ, र सबै कुरामा मण्डलीको कामलाई रक्षा गर्नुपर्छ। परमेश्‍वरको इच्छाअनुरूप काम गर्ने अनि खुल्लासित र सम्मानपूर्वक जिउने एकमात्र मार्ग यही हो। मण्डलीको कामको लागि निर्णय गर्नमा सहभागी हुँदा मेरो आफ्नो काममा ढिलाइ हुन्छ भनेर म सधैँ सोच्ने गर्थें, तर त्यो व्यर्थको सोचाइ हो। वास्तवमा, सत्यता सिद्धान्तहरू खोजी गर्न, प्राथमिकताको भावलाई कायम राख्न र महत्वपूर्ण कामहरू देखभाल गर्नमा ध्यान केन्द्रित गर्दा, काममा ढिलाइ हुनेछैन। अनि निर्णय गर्नमा सहभागी हुँदा, तपाईंले अझ धेरै सिद्धान्तहरू बुझ्नुहुनेछ, तपाईंको कर्तव्य र तपाईं आफैलाई फाइदा हुनेछ। मण्डलीको कामका लागि संयुक्त रूपमा जिम्मेवार हुने केही अगुवाहरूलाई परमेश्‍वरको घरले हरेक मण्डलीमा चयन गरेको हुन्छ, त्यसैले, प्रत्येक व्यक्ति एक-अर्काको पूरक हुन सक्छ, एकअर्कालाई सुपरिवेक्षण र नियन्त्रण गर्न सक्छ। विशेषगरी, तिनीहरूले केही जटिल समस्याहरूबारे निर्णय गर्नुपर्दा, यसले, मण्डलीको काममा मनपरी निर्णय गर्दा र अन्तर्दृष्टिको कमीले गर्दा हुने क्षतिहरूलाई रोक्न सक्छ, तर म यस्तो महत्वपूर्ण कर्तव्यप्रति लापरवाह र असावधान थिएँ। म विश्‍वास योग्य पटक्कै थिइनँ अनि बर्खास्त गरिन र बहिष्कृत हुन लायक थिएँ। मैले यो कुरा बुझेपछि के सङ्कल्प गरें भने, भविष्यमा मेरो मुख्य जिम्मेवारी जेसुकै होस्, चाहे त्यो मण्डलीको काम होस् व त्यसमा समावेश हितहरू, त्यो त मेरो जिम्मेवारी र कर्तव्य हुनेछ, र मण्डलीको कामलाई रक्षा गर्न मैले सक्दो गर्नुपर्छ। म आफ्नै मात्र हित चिताउने स्वार्थी र घृणित व्यक्ति हुनेछैनँ।

पछि, म अर्को मण्डलीको लागि अगुवा चयन भएँ। यो परमेश्‍वरले उचाल्‍नुभएको हो भनेर मलाई थाहा थियो। म स्वार्थी र घृणित भएकी थिएँ, तर मण्डलीले अझै मलाई यस्तो महत्वपूर्ण कर्तव्य निर्वाह गर्न दियो। मैले यसलाई उचित तरिकाले पूरा गर्ने शपथ खाएँ, म स्वार्थी ढङ्गमा आफ्नै कामलाई मात्र विचार गर्नेवाला थिइनँ। त्यो मण्डलीका तीन जना अगुवाहरूमध्ये म एक थिएँ, अनि कामको एक-एक भागप्रति हामी प्रत्येक जिम्मेवार थियौं। मैले देखेँ, म जिम्मेवार रहेको काममा धेरै कुरा रहेछन्, त्योमैले बुझेको थिइनँ, त्यसको लागि समय र प्रयास चाहिन्थ्यो। हरेक दिन, मेरो कार्यतालिका व्यस्त थियो र कहिलेकाहीँ मलाई समय अपुग भएको महसुस हुन्थ्यो। एक दिन, मसँगै काम गर्ने एक जना सिस्टर मकहाँ आइन् र केही समस्या हल गर्नमा मैले उनलाई सघाउनुपर्छ भनेर भनिन्। मैले सोचें, “केही दिनअघि, माथिल्लो तहका एक जना अगुवाले मेरो कामको समीक्षा गरिन् र मैले धेरै कुरा उचित तरिकामा गरेकी छैन भनेर भनिन्। मेरो समय एकदमै बहुमूल्य छ। यदि म तिनलाई मदत गर्न गएँ र मेरो काममा ढिलाइ भयो, र यसले गर्दा मैले नतिजाहरू प्राप्त गर्न सकिनँ भने, ती अगुवाले मलाई के सोच्छिन्? के तिनले मलाई अक्षम र व्यवहारिक काम गर्न नसक्ने रहेछ भन्‍ने ठान्छिन्? के फेरि म बर्खास्त हुनेछु?” त्यसरी विचार गर्दा, मैले फेरि आफ्नो इज्जत र हैसियतबारे सोचिरहेकी छु भन्‍ने महसुस गरें। मण्डलीको काम एउटै हो र म त्यसलाई विभाजन गर्न सक्दिनँ। यदि मैले आफ्नै जिम्मेवारीहरूलाई मात्र ध्यान दिएँ र अन्य सबै कुरालाई अवहेलना गरें भने, के त्यो स्वार्थी, घृणित र आफ्नै हितहरूलाई मात्र रक्षा गरेको हुँदैन र? म त्यसो गर्न सक्दिनथिएँ। मैले मेरा हितहरूलाई पर पन्छ्याउनुपर्थ्यो र मण्डलीका समस्याहरू समाधान गर्न यी सिस्टरसित सहकार्य गर्नुपर्थ्यो। त्यसैले, म ती समस्या समाधान गर्नमा तिनलाई मदत गर्न राजी भएँ। यसो गर्दा मलाई शान्ति महसुस भयो र सत्यता अभ्यास गर्दा प्राप्त हुने स्वतन्त्रता मैले महसुस गरें। मलाई बर्खास्त गरिँदा एकदमै दुःख लागे तापनि, यसले मलाई मूल्यवान् पाठ पनि सिकायो। यसले मलाई परमेश्‍वरको अपराध नसहने धर्मी स्वभावबारे व्यावहारिक चेतना दियो। साथै, मैले आफ्नो कर्तव्यप्रतिको मेरो गलत दृष्टिकोण र लापरवाह आचरणलाई केही हदसम्म सुधार गरेको छु। मलाई मुक्ति दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अघिल्लो: ७७. सहजताको तृष्णा गर्दा केही पाइँदैन

अर्को: ७९. मात्र ३००,००० युआनको लागि

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

३८. हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्