७४. आलोचना गरिँदा मेरो खुलासा भयो

स्यारोन, स्पेन

डिसेम्बर २०२१ को एकदिन अर्को सिस्टरले मलाई अर्को मण्डलीबाट हाम्रो मण्डलीमा स्थानान्तरण भएर आएकी सिस्टर एड्रियानाले अन्य दाजुभाइ-दिदीबहिनीहरूलाई म आफ्नो कर्तव्यमा लापरवाह छु, अनि सुसमाचार कार्यमा आइपरेका समस्याहरूलाई त्यति चाँडो निराकरण गर्दिनँ, जसले टोलीको कार्यक्षमता र प्रभावकारितालाई खस्कायो भनी बताइन् भनेर भनिन्। मसँग झुटो अगुवाका व्यवहार छन् भनेर उनले भनेछिन्। ती सिस्टरले मलाई आत्मसमीक्षा गर्न याद दिलाइन्। मलाई रिस उठ्यो, मैले सोचेँ, “पछिल्लो समय मैले विस्तारपूर्वक अनुगमन गर्दै आइरहेकी छैनँ तर यसको सही कारण छ। यदि मलाई केही भन्नु छ भने, मेरो मुखेञ्जी भन न। मेरो पिठियुँपछाडि यो कुरा गरेर के तिमीले समस्या उत्पन्न गर्ने कोसिस गरिरहेकी छैनौ र? दाजुभाइ र दिदीबहिनीहरूले मेरो बारेमा के सोच्नेछन्? तिमीले मेरो बारे त्यसरी कुरा गरेकी हुनाले, म तिमीलाई सजिलै छोड्नेवाला छैनँ। म तिम्रा गल्तीहरूको खुलासा गर्नेछु, ताकि अरूले त्यो मेरो समस्या होइन् तर तिम्रो हो भनेर जानून्।” त्यसैले मैले ती सिस्टरलाई भनेँ, “एड्रियानाले सधैँ मलाई तुच्छ नजरले हेरेकी छन् र मेरो गल्ती कोट्याएकी छिन्। उनी असल व्यक्ति होइनन् भन्ने कुरा सबैलाई थाहा छ। उनले कहिल्यै अरूसित राम्ररी काम गरिनन्, अरूका साना गल्तीहरू पनि कोट्याउने खालकी थिइन्। अहिले उनले मलाई निशाना बनाइरहेकी छिन्, तर मैले उनलाई कहिल्यै केही गरेकी छैन। सायद मैले उनलाई अर्को मण्डलीमा सरुवा गरेको कारणले होला, उनले टोली अगुवाको पद गुमाइन् र उनी त्यसको बदला मसित लिन चाहन्छिन्।” त्यसो भनेपछि पनि मलाई एड्रियानाले गरेकी कुरा असाध्यै अपमानजनक हो भन्ने मलाई लाग्यो। तिनले मलाई सबै मानिसहरूको सामु खुलासा गरिन्। यदि सबैले उनलाई विश्‍वास गरे भने, तिनीहरूले मलाई कुन नजरले हेर्नछन्? के तिनीहरूले मलाई झुटो अगुवा ठान्नेछन्? अनि यदि यो कुरा माथिल्लो नेतृत्वसम्म पुगेको भए, मैले आफ्नो पदसमेत गुमाउने थिएँ होला। मेरो मन यो कुराले झन् झन् भरिँदै थियो अनि मैले एड्रियानालाई घृणा गर्न थालेँ। के उनले मलाई प्रष्टै अलग्याएकी होइनन् र? यदि उनी निष्ठुर हुन् भने उनले मलाई पक्षपाती भएको भनी दोषारोपण गर्न सक्दिनन् भनी मैले ठम्याएँ; त्यसैले म अगुवा रहेसम्म, उनले अर्को बढुवा देख्ने छैनन्। यदि उनले मानिसहरूको कुरो काटिरहेकी मैले पाएँ भने म उनको सबै चालचलन बाहिर ल्याउनेछु ताकि सबैले यसको भेद पाऊन् र उनलाई मण्डलीबाट बाहिर निकालून्। यस्तो प्रकारको सोचले मलाई सहज महसुस भएको थिएन अनि उनलाई त्यस प्रकारले व्यवहार गर्नु परमेश्‍वरको इच्छाअनुरुप छ कि छैन होला भनी मैले सोचेँ। परमेश्‍वरले यो घटना हुन दिनुभएको थियो, अनि मैले सत्यता खोजी वा आत्मसमीक्षा गरिरहेकी थिइनँ, तर मैले सीधै उनमा नजर राखेकी थिएँ, अनि उनलाई प्रत्युत्तर दिन, खुलासा गर्न र यहाँसम्म कि प्रतिशोध लिन म उनका गल्तीहरूमाथि झम्टिन चाहन्थेँ। त्यो गर्नु भनेको सत्यता स्विकार्नु होइन भन्ने मलाई थाहा थियो।

त्यस रात म यस कुरामा सोचमग्न भएँ। एड्रियानाले मेरो बारेमा भनेकी कुरा मैले हृदयमा स्वीकार गर्न सकिनँ, तर त्यसको बारेमा साँच्चै सोच्दा, के म असल, सक्षम अगुवा थिएँ त? एउटा अगुवासित कामको हरेक पक्षबारे बुझाइ हुनुपर्छ अनि समस्याहरू पत्ता लगाइनेबित्तिकै समाधान गर्नुपर्छ। म सुसमाचार कामको व्यवस्थापक थिएँ त्यसैले, टोली समस्याहरूमा पर्दा मैले तुरुन्तै व्यवहारिक सहायता र मार्गदर्शन दिनुपर्थ्यो। तर मैले त्यत्तिको काम गरिरहेको थिइनँ। के झुटो अगुवा भनेको व्यवहारिक काम नगर्ने व्यक्ति होइन र? एड्रियाना गलत थिइनन्। उनी दुष्ट व्यक्ति थिइनन्। उनीसित केही प्रतिभा र सबलताहरू थिए, र उनले आफ्नो कर्तव्यमा नतिजाहरू प्राप्त गरिन्। यदि व्यक्तिगत तुसको कारणले मैले उनलाई कर्तव्य निर्वाह गर्न नदिने वा निकालिदिने हो भने, यसले एड्रियानालाई मात्रै चोट पुर्याउने होइन, यसले मण्डलीको कामलाई नै बिथोल्ने थियो। मैले परमेश्‍वरलाई अप्रसन्न तुल्याउने कुनै कुरा गर्न सक्दिनँ थिएँ। त्यस सोचसँगै मैले उनीप्रति रहेको मेरो पूर्वाग्रहलाई केही छोड्न सकेँ। मैले कस्तो प्रकारको व्यवहारिक काम गरिरहेको थिइनँ भन्ने बारेमा पनि मैले समीक्षा गरेँ। उनले भनेका क्षेत्रहरूमा मैले सुधार गर्न अनि दाजुभाइ र दिदीबहिनीहरूसित उनीहरूका कठिनाइबारे बातचीत गर्न थाल्नुपर्छ भनेर मलाई थाहा थियो। त्यसो गरिसकेपछि मलाई अझ राम्रो लाग्यो।

मैले सोचेको समयमा त्यो सबै बितिसकेको थियो, तर केही दिनपछि अर्को सिस्टरले मलाई एड्रियानाले ४० भन्दा बढी मानिसहरू भएको भेलामा म झुटो अगुवा हुनुका लक्षणहरूको बारेमा बोलिन् भनेर भनिन्। यो कुरा सुनेर मेरा सबै रिस बाहिर पोखियो अनि मैले सोचेँ एड्रियानाले त्यत्ति धेरै मानिसहरूसामु मेरो खुलासा गरेर मेरो नामलाई साँच्चै नै माटोमा मिलाइदिइन्। यदि उनले त्यस्तै गरिरहिन् भने म कसरी आफ्नो शिरलाई ठाडो राख्न सकूँला? झुटो अगुवा भएकोमा मलाई बर्खास्त पनि गर्न सकिनेथ्यो। म उनलाई वस्तुस्थिति के हो भनी देखाउन चाहन्थेँ ताकि म आज्ञाकारी सानो थुमा हुँ भनेर उनले नसोचून्! यदि उनले सबैको सामु मेरो खुलासा गरेर मेरो प्रतिष्ठालाई नष्ट गर्न चाहेकी भए म तिनले गरेको गल्ती खोज्न र प्रमाण जुटाउन सक्थेँ, त्यसपछि, म तिनलाई हटाउने मौका खोज्नेथिएँ। केही दिनहरूसम्म कसरी आफ्नो अहम् र प्रतिष्ठालाई जोगाउने, कसरी उनीसित बदला लिने भन्ने सोच्दै म व्याकुल भइरहें। मैले उनको नयाँ मण्डलीको अगुवालाई उनीसित राम्रो मानवता छैन अनि उनी अगुवा र कार्यकर्ताहरूप्रति सधैँ आलोचनात्मक रहन्छिन्, त्यसैले, तिनले उनीमाथि निगरानी राख्नुपर्छ र उनले नराम्रो व्यवहार गर्न थालिन् भने तिनले ढिलो नगरिकन उनलाई बर्खास्त गर्नुपर्छ भनेर बताएँ। सबै कुरा बताइसकेपछि मैले दोषी र असजिलो जस्तो अनुभव गरेँ। मैले सोचेँ, “मैले के गरिरहेकी छु? के यो आँखाको बदला आँखा होइन र, के यो अरूलाई प्रहार गर्ने र बहिष्कार गर्ने कुरा होइन र? यसबाट मैले के पाठ सिकूँ भन्ने परमेश्‍वर चाहनुहुन्छ?” त्यसपछि, अन्ततः प्रार्थना र खोजी गर्न म परमेश्‍वरको सामु आएँ।

मेरो खोजीमा, आफूसँग असहमत हुने सबैलाई बहिस्कार गर्ने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बारेमा मैले स्मरण गरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्नुको मुख्य उद्देश्य के हो? ऊ मण्डलीमा यस्तो अवस्था सिर्जना गर्न खोज्छ, जहाँ उसको आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जहाँ उसको शक्ति र उसको अगुवाइको हैसियत निरपेक्ष होऊन्, जहाँ उसका कुराहरू निरपेक्ष होऊन् र तिनलाई सबैले अनिवार्यतः पालना गरून्, र जहाँ कसैले फरक राय राखे पनि त्यस व्यक्तिले त्यो व्यक्त गर्नु हुँदैन, बरु आफ्‍नो हृदयमै भित्रभित्रै कुहिने गरी राख्‍नुपर्छ। खुल्लमखुल्ला ऊसित असहमत हुन आँट गर्ने जोकोही उसका शत्रु बन्छन्, र उसले त्यस व्यक्तिलाई सास्ती दिन हर उपाय प्रयोग गर्नेछ, र उसलाई लोप गराउने व्याकुल चाहना गर्नेछ। कुनै ख्रीष्टविरोधीले आफ्ना मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने, आफ्नो हैसियत बलियो बनाउने, र आफ्नो शक्तिको सुरक्षा गर्ने एउटा तरिका यही हो। ऊ सोच्छ, ‘तिमीले फरक राय राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र हैसियतलाई कमजोर पार्ने कुरा त परै जाओस्। यदि तिमी असहमति राख्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्‍यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्टविरोधीले अरूलाई स्वतन्त्र रूपमा बोल्‍न दिँदैन। यदि अरू मानिसहरूले ख्रीष्टविरोधीसँग असहमति राख्छन् वा अरू कुनै कुराबारे कुनै राय राख्छन् भने, तिनीहरूले त्यो कुरा स्वतन्त्र रूपमा उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्टविरोधीको अभिमानलाई ख्याल गर्नैपर्छ। होइन भने, ख्रीष्टविरोधीले तिनीहरूलाई शत्रुका रूपमा व्यवहार गर्नेछ, आक्रमण र बहिष्कार गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्टविरोधीको प्रकृति हो। उसले किन यसो गर्छ? उसले मण्डलीमा अरू कुनै वैकल्‍पिक आवाज उठ्न दिँदैन, मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैन, अनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई खुलस्त रूपमा सत्यतामा सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैन। उसलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; ऊ आफ्नो शक्ति र मानिसहरूको हृदयमा भएको आफ्नो हैसियत सधैँ बलियो भइरहोस् र कहिल्यै निस्तेज नहोस् भन्ने चाहन्छ। उसले आफ्नो इज्जत, प्रतिष्ठा, वा अगुवाका रूपमा उसको पद र सार्थकतालाई जोखिम पुर्‍याउने वा असर गर्ने कुनै पनि कुरा कहिल्यै सहन सक्दैन। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? आफूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर, तिनीहरू त्यसलाई सुदृढ पार्न र सुरक्षित गर्न र यसप्रकार अनन्त प्रभुत्व हासिल गर्न चाहन्छन्। तिनीहरूले अरूको व्यवहार मात्र नभई उनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यी विधिहरू प्रयोग गर्नुको उद्देश्य पूर्णतया आफ्नो शक्ति र हैसियतको रक्षा गर्नु हो, र ती पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्‍छाका परिणाम हुन्। … विशेष गरी मतविरोधीको उपस्थिति छ भने यस्तो हुन्छ, र ख्रीष्टविरोधीले मतविरोधीले ऊबारे केही भनेको छ वा उसको पिठ्युँ पछाडि उसको आलोचना गरेको छ भन्ने कुरा सुन्छ। यस अवस्थामा, तिनीहरूले उक्त मामलालाई तुरुन्तै समाधान गर्नेछन्, चाहे त्यसको लागि एक रातको निन्द्रा र एक दिनको खान नै किन छुटाउन नपरोस्। तिनीहरू कसरी यस्तो मेहनत लगाउन सक्छन् त? किनभने तिनीहरूलाई आफ्नो हैसियत खतरामा छ, त्यसमा चुनौती आइपरेको छ भन्ने लाग्छ। तिनीहरू के महसुस गर्छन् भने यदि आफूले यस्तो कदम चालिएन भने, आफ्नो शक्ति र हैसियत खतरामा पर्नेछ—आफ्ना दुष्ट कार्यहरू र निन्दनीय आचरण खुलासा भएपछि, आफूले आफ्नो हैसियत र शक्ति कायम राख्न नसक्ने मात्र होइन, आफूलाई मण्डलीबाट निकालिनेछ वा निष्कासित गरिनेछ। त्यसैले तिनीहरू उक्त मामला दबाउने र आफूमाथि आइपर्ने गुप्त सबै खतरा हटाउने उपायबारे सोच्नमा एकदमै बेचैन र अधीर हुन्छन्। तिनीहरूले आफ्नो हैसियत कायम राख्न सक्ने उपाय यही मात्र हो। ख्रीष्टविरोधीहरूका लागि हैसियत भनेको जीवनको सास हो। कुनै व्यक्तिले तिनीहरूको खुलासा वा रिपोर्ट गर्नेवाला छ भनेर सुन्नेबित्तिकै तिनीहरू त्रसित र बेचैन हुन्छन्, र तिनीहरू भोलिसम्ममा आफ्नो हैसियत गुम्नेछ र हैसियतले तिनीहरूलाई दिने विशेषाधिकारको अनुभूति फेरि कहिल्यै हुनेछैन, न त हैसियतबाट पाइने फाइदा नै पाइन्छ भनी भयभीत हुन्छन्। तिनीहरू त्यसपछि आफूलाई कसैले पनि सम्मान गर्नेछैन वा पछ्याउनेछैन, कसैले पनि तिनीहरूको चापलुसी गर्नेछैन वा आदेश मान्नेछैन भनी डर मान्छन्। तर तिनीहरूका लागि सबभन्दा असहनीय कुरा भनेको आफ्नो हैसियत र शक्ति गुम्नेछ भन्ने मात्र नभई आफूलाई निकालिने वा निष्कासितसमेत गरिने पो हो कि भन्ने हो। यदि त्यसो भयो भने, तिनीहरूलाई हैसियत र शक्तिले दिएका सबै फाइदा र विशेषाधिकारको अनुभूति, साथै परमेश्‍वरमा विश्वास गरेर प्राप्त हुने सबै आशिष् र इनामको आशा क्षणभरमै गुम्छ। यो सम्भावना नै तिनीहरूलाई सहन सबभन्दा कठिन हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। “ख्रीष्टविरोधीका लागि, मतविरोधी नै तिनीहरूको हैसियत र शक्तिका लागि खतरा हुन्छ। ख्रीष्ट विरोधीहरू आफ्नो हैसियत र शक्तिलाई चुनौती दिने जोकोही, त्यो जोसुकै भए पनि, उक्त व्यक्तिलाई ‘तह लगाउन’ जुनै पनि हदसम्म जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा भर्ती गर्न सकिएन भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई ढलाउनेछन् वा निकाल्‍नेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र अन्तिम निर्णय गर्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र शक्ति कायम राख्न नियमित रूपमा प्रयोग गर्दै आएका विधिहरूमध्ये एउटा यही हो—तिनीहरू मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। परमेश्‍वरका वचनहरू साँच्चै नै मर्मस्पर्शी थिए र यसले मलाई त्रसित तुल्यायो। आफ्नो नाम र हैसियतको लागि म कसैलाई प्रहार गर्न र बहिष्कार गर्न सक्थेँ, र मैले ख्रीष्टविरोधीको दुष्टता गरिरहेको थिएँ भनी मैले महसुस गरेको थिइनँ। म व्यावहारिक काम गर्दिनँ भनी एड्रियानाले अरूलाई बताइन् भनी जब मैले सुनेँ, मैले यो साँचो हो कि होइन भन्ने बारेमा मैले सोचिनँ, तर उनले मलाई निशाना बनाइरहेकी छ र मेरो पछाडि मेरो कुरा काटिरहेकी छिन् भन्ने मात्र मैले सोचेँ। यसले मेरो अहमतालाई चोट पुर्यायो त्यसैले, मैले उनलाई घृणा गर्न थालेँ र तुस पाल्न थालेँ, अनि उनलाई प्रहार गर्न समेत चाहेँ। त्यसपछि, जब उनले ठूलो सभामा मेरो खुलासा गरेको बारेमा मैले थाहा पाएँ, मैले उनलाई झन् बढी घृणा गरेँ। म आफ्नो अहमता र पदलाई जोगाउन चाहन्थेँ, त्यसैले, मैले उनका विगतका अपराधहरूलाई लिएर ठूलो सौदा गरेँ अनि अरूहरूले उनीसित राम्रो मानवता छैन भनी सोच्ने थिए र उनलाई इन्कार गर्ने थिए। मैले उनलाई बाहिर निकाल्ने मौका खोज्दै आशा राखेर उनका वर्तमान अगुवालाई उनीमाथि नजर राख्न प्रोत्साहनसमेत दिएँ। उनीसित प्रतिभा र सबल पक्षहरू छन्, अनि उनले आफ्नो कर्तव्य ठीकै निर्वाह गर्छिन्, उनले मण्डलीमा कर्तव्य निर्वाह गरिरहनुपर्छ भन्ने कुरा मलाई राम्रोसित थाहा थियो। एड्रियानाले मेरा वास्तविक समस्याहरू प्रकट गर्दैछिन् भन्ने कुरा पनि मलाई थाहा थियो, तर यसले मेरो इज्जत र हैसियतलाई छोएको थियो, त्यसैले, मैले उनलाई प्रतिपक्षी, शत्रु र मेरो शक्ति र पदको निम्ति खतराको रूपमा हेर्न थालेँ। म उनलाई झम्टेट चिथोर्न, बदला लिन चाहन्थेँ। मसित साँच्चै नै द्वेषपूर्ण प्रकृति भएको कुरा मैले देखेँ! त्यसपछि, मैले मण्डलीबाट बहिष्कृत भएका ख्रीष्टविरोधीहरूको बारेमा सोचेँ। कसैले तिनीहरूको हैसियतलाई संकटमा पार्ने बित्तिकै तिनीहरू मण्डलीलाई आफ्नो राज्यमा बदल्न र सबैमाथि प्रभुत्व गर्न खोज्दै प्रहार गर्थे। अन्ततः धेरै दुष्ट काम गरेकोले तिनीहरूलाई बाहिर धपाइयो। मेरो चालचलन ती ख्रीष्टविरोधीहरूको भन्दा फरक थिएन।

मैले आफ्नै बारेमा समीक्षा गरिरहेँ, किन म यति धेरै वर्षहरूसम्म विश्‍वासी रहेको थिएँ भनी निरन्तर मनन गरेँ तर आफैलाई ख्रीष्टविरोधीको बाटोमा हिँड्न अनि त्यस्ता दुष्ट कुराहरू गर्नबाट भने रोक्न सकिनँ। तब, एउटा भेलामा हामीले पढ्यौँ कि, “सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ।” एउटा खण्ड थियो जुन सीधै मेरो हृदयभित्र गयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तैँले परमेश्‍वरका सबै वचन र उहाँका सबै काममा विश्‍वास गर्नुपर्छ। भन्नुको अर्थ, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तँ उहाँप्रति समर्पित हुनैपर्छ। यदि तँ यसो गर्न असक्षम छस् भने, तैँले विश्‍वास गरे पनि वा नगरे पनि केही फरक पर्दैन। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैपनि तँ कहिल्यै उहाँप्रति समर्पित भएको छैनस्, र उहाँका सम्पूर्ण वचनलाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वर तँप्रति समर्पित हुनुपर्छ र उहाँले तेरा धारणाहरूअनुसार काम गर्नुपर्छ भनी माग गर्छस् भने, तँ सबैभन्दा विद्रोही होस्, तँ एक अविश्‍वासी होस्। मानिसका धारणाहरूसँग नमिल्ने परमेश्‍वरको काम र वचनहरूप्रति त्यस्ता मानिसहरू कसरी समर्पित हुन सक्छन् र? सबैभन्दा विद्रोही ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरसामु झुक्न इन्कार गर्छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रु, ख्रीष्टविरोधी हुन्। तिनीहरू सधैँ परमेश्‍वरको नयाँ कामप्रति शत्रुवत् मनोवृत्ति पाल्छन्; तिनीहरूमा कहिल्यै समर्पित हुने झुकाव अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। अरूसामु, तिनीहरूमा नै सबैभन्दा धेरै अहम् हुन्छ, र तिनीहरू कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरू आफूलाई ‘प्रवचनहरू’ प्रचार गर्ने काममा सर्वश्रेष्ठ, अनि अरूहरूमाथि काम गर्नका लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका ‘खजानाहरू’ लाई कहिल्यै पनि त्याग्दैनन्; बरु तिनीहरू तिनलाई आराधना गर्ने र अरूलाई प्रचार गर्ने पारिवारिक विरासत ठान्छन्, र तिनीहरू तिनलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन यी प्रयोग गर्छन्। मण्डलीभित्र निश्चय नै केही निश्चित सङ्ख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू ‘अदम्य नायकको वंश’ हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बास बसेका छन्। तिनीहरू ‘प्रवचनहरू’ (धर्मसिद्धान्तहरू) प्रचार गर्नुलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षैपिच्छे, एकपछि अर्को पुस्तासम्म, तिनीहरू आफ्नो ‘पवित्र र तोड्न नसकिने’ कर्तव्य कडाइका साथ गरिरहन्छन्। तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा ‘राजा’ बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छ; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? आधा मात्र समर्पित हुनेहरूले त अन्त्यसम्म निरन्तरता दिन सक्दैनन् भने, हृदयमा अलिकति पनि समर्पण नभएका यी अत्याचारीहरूको त कुरै छोडौँ! परमेश्‍वरको काम मानिसलाई सजिलै प्राप्त हुँदैन। आफूसँग भएको सम्पूर्ण बल प्रयोग गरेर पनि, मानिसहरूले यसको एक भाग मात्र प्राप्त गर्न सक्छन्, जसले गर्दा अन्ततः तिनीहरू सिद्ध पारिन्छन्। त्यसोभए, परमेश्‍वरको कामलाई नष्ट गर्न खोज्ने प्रधान स्वर्गदूतका सन्तानहरूको के हुन्छ? के तिनीहरूसँग परमेश्‍वरद्वारा प्राप्त गरिने आशा अझै कम हुँदैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेडिदिए अनि मैले उहाँको धर्मीपनि र प्रतापी स्वभाव देखेँ। मलाई अझ धेरै भयभित तुल्याउनेचाहिँ यी वचनहरू थिए: “कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्,” “तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन,” र “तिनीहरू परमेश्‍वरको घरमा ‘राजा’ बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छ; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?” जब एड्रियानाले मलाई झुटो अगुवाको रूपमा खुलासा गगरेकी मैले थाहा पाएँ, मैले शत्रुता, असन्तुष्टि, रोष र विरोधले प्रतिकार गरें। मैले रिसले विद्वेषपूर्वक प्रहार गरेँ। मण्डलीको अगुवा भएर पनि म सत्यतालाई स्वीकार गर्दिनथेँ अनि ममा अधीनताको पूरै कमी थियो। जब कसैले मेरा समस्याहरूलाई प्रकट गर्थे, जब मेरो अहमतामा चोट पुग्थ्यो र मेरो पदलाई संकटमा पारिन्थ्यो, तब उनलाई रोक्न र तिनीहरूलाई बदला लिन म हरेक साधन प्रयोग गर्न चाहन्थेँ, तिनीहरूको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्ने र तिनीहरूलाई मण्डलीबाट धपाउने कोसिससमेत पनि। मसित यस्तो दुर्भावपूर्ण मानसिकता थियो कि तिनीहरूलाई पूरै ध्वस्त नगरेसम्म म विश्राम लिँदिनथेँ। म मण्डलीको “राजा” भएको थिएँ अनि कसैले छुन आँट गर्दैनथ्यो। त्यो कसरी चीनियाँ कम्युनिष्ट पार्टी, भूत, ती तानाशाहहरूदेखि फरक भयो र? तिनीहरूको सिद्धान्त “मैले भनेको मान्‍नेहरूले उन्‍नति गरून् र मलाई विरोध गर्नेहरू नाश होऊन्” भन्ने हो। आफ्नो सिद्धान्तलाई कायम गर्न र आफ्नो शक्तिलाई सुदृढ गर्न, चीनियाँ कम्युनिष्ट पार्टीले आफूले गर्ने खराबीसित सहमत नहुने र त्यसलाई खुलासा गर्न आँट गर्ने जोकोहीलाई दमन गर्छ, जरो खन्छ र पूर्ण रूपले निर्मूल नै पार्छ। त्यसले टियेनानमेन चोकका प्रदर्शनमा त्यही गऱ्यो, त्यसले अल्पसंख्यक जातिहरूसित, त्योभन्दा अझ विश्‍वासीहरूसित के गर्छन्: पक्राउ गर्छ, दमन गर्छ, सतावट दिन्छ। तिनीहरूको हातमा धेरै निर्दोष मानिसहरूले जीवन गुमाएका छन् मैले सानै हुँदादेखि नै कम्युनिष्ट भूतहरूबाट शिक्षा पाएकी र प्रभावित थिएँ। अति धेरै शैतानी विषहरू मभित्र एकदमै गहिरिएर प्रवेश गरेका थिए, जस्तै, “सर्वोच्‍च शासन गर्ने म मात्र हुँ,” “मैले भनेको मान्‍नेहरूले उन्‍नति गरून् र मलाई विरोध गर्नेहरू नाश होऊन्,” “यदि तिमी निष्ठुर छौ भने म अन्यायी छु भनेर मलाई दोष नलगाऊ,” “आफूले चाहेको कुरा गर्नुपर्छ।” यी शैतानी विषहरू मेरो बचाइका नियमहरू भएका थिए, त्यसले मलाई अझ अहङ्कारी र नीच बनाएका थिए। म यिनै कुराहरूद्वारा जिउँदै थिए, त्यसैले म दुष्टता गर्न, अरूलाई दमन गर्न र चोट पुऱ्याउन सक्थेँ। परमेश्‍वरले झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्टयाउने बारेमा एकदमै धेरै सत्यता सङ्गति गर्नुभएको छ भनेर पनि मैले अहिले, सबैजनाले सत्यता सिकिरहेका छन् र ब्यूझिँरहेका छन्, त्यसैले कतिपय मानिसहरूले झुटा अगुवाहरूको खुलासा गरिदिन्छन् र तिनीहरूको उजूरी गरिदिन्छन्। यो सत्यतालाई अभ्यास गर्नु र मण्डलीको कामलाई रक्षा गर्नु हो—यो सकारात्मक कुरा हो। मेरो खुलासा गर्ने व्यक्ति जस्तो प्रकारको भए पनि, तिनीहरूले मलाई नै निशाना बनाइरहे पनि, तिनीहरूले त्यो मेरो मुखेञ्जी भने पनि, नभने पनि तिनीहरूले भन्ने कुरा सत्यता भएसम्म त्यसलाई मैले परमेश्‍वरबाट हो भनी स्वीकार गर्नुपर्छ, त्यसलाई उचित प्रकारले स्वीकार गर्नुपर्छ, अधीनतामा रहनुपर्छ र पाठ सिक्नुपर्छ। त्यो नै सत्यतालाई स्वीकार गर्नु र परमेश्‍वरको अधीनतामा रहनु हो। तर मेरो सम्बन्धमा चाहिँ, मैले अधीनतामा रहन इन्कार मात्र गरिनँ तर मेरो खुलासा गर्ने व्यक्तिलाई पनि प्रहार गरेँ। त्यो व्यक्तिगत विवाद थिएन, तर मैले सत्यतालाई इन्कार गरिरहेको थिएँ र परमेश्‍वरको विरोध गरिरहेको थिएँ। यो कुरा महसुस गरेर, मैले आफैलाई घृणा गरेँ र एक प्रकारको डर अनुभूति गरेँ। म तुरुन्तै परमेश्‍वरको सामु प्रार्थना गर्न आएँ: “हे परमेश्‍वर, म गलत थिएँ। जब एड्रियानाले मेरो खुलासा गरिन्, तब मैले आत्मसमीक्षा गरिनँ, न त पाठ नै सिकेँ, बरु उनको खेदो गरें। मसित साँच्चै नै द्वेषपूर्ण प्रकृति छ भनी म देख्नसक्छु। परमेश्‍वर, म तपाईं समक्ष पश्चाताप गर्न चाहन्छु।”

मैले एड्रियानाले मेरो समस्याबारे जे भनेकी थिइन्, त्यसको आधारमा आत्मसमीक्षा गरेँ अनि कामको व्यहोराहरूमाथि वास्तविक अनुगमन गर्न थालेँ। मैले थुप्रै समस्याहरू रहेछन् भन्ने कुरा पत्ता लगाएँ। जस्तै, सुसमाचार सुनाउने काममा नयाँ रहेका केही दाजुभाइ-दिदीबहिनीहरू दर्शनहरूका सत्यतासित परिचित थिएनन्, त्यसैले तिनीहरूले प्रचार गरेका गरेका मानिसहरूको धारणाहरू र कठिनाइहरूलाई तिनीहरूले हल गर्न सकेनन्। कतिपयले सुसमाचार प्रचारका सिद्धान्तहरू नै बुझेका थिएनन् त्यसैले, अनुपयुक्त मानिसहरू परिवर्तन भइरहेका थिए। कतिपय नयाँ विश्वासीहरूले मलजल पाएको केही समयपछि पनि थोरै सत्यता बुझेका थिएनन्, अनि कतिपयले सत्यतामा कुनै चासो राखेनन् र छोडिदिए। यो हाम्रा धेरै स्रोतहरूको बरबादी थियो। मैले देखेका समस्याहरूलाई मैले भेलामा लिएर आएँ अनि कामकुराहरूलाई मिलाउन सिद्धान्तहरूउपर सङ्गति गरेँ। दाजुभाइ र दिदीबहिनीहरूले आआफूलाई दर्शनहरूको सत्यताहरूले सुसज्जित गर्न योजनाहरू बनाउन थाले, अनि जब तिनीहरूले केही कुरा बुझ्न र स्पष्ट रूपले सङ्गति गर्न सक्दैनथे, तब हाम्रो त्यसउपर सङ्गति हुन्थ्यो। चाँडै, तिनीहरू दर्शनहरूको सत्यताबारे बढी स्पष्ट भए अनि टोली धेरै सफल भयो। परमेश्‍वरले मलाई आत्मसमीक्षा र आफ्नो काम राम्ररी गराउन झुटो अगुवाको रूपमा खुलासा गर्न र मैले व्यावहारिक काम गरिरहेकी छैन भनी औँल्याइदिन एड्रियानालाई अनुमति दिनुभएको हो भन्ने मैले महसुस गरेँ। उहाँले मलाई रक्षा गरिरहनुभएको थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड स्मरण गरें: “परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुँदा, उहाँको विधि जेसुकै भए पनि, उहाँले आफूलाई सेवा प्रदान गर्न लगाउन जस्तोसुकै प्रकारका मानिस, घटना र कामकुराहरू प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको भाव जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? तँलाई परिवर्तन गरेर। त्यसोभए तँ कसरी थोरै दुःख भोग्न सक्दैनस्? तैँले अलिकति दुःख भोग्नैपर्ने हुन्छ। यस दुःखमा धेरै कुरा पर्न सक्छन्। पहिलो, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा दुःख पाउँछन्। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन्, तब मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्, तिनीहरूले धारणाहरू समेत विकास गर्छन्, र तिनीहरूले अलिकति दुःख पनि भोग्छन्। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकट गर्न र तिनीहरूलाई आत्म-चिन्तन गर्न र आफैलाई चिन्न लगाउन तिनीहरूका वरिपरि एउटा वातावरण खडा गर्नुहुन्छ, र त्यतिबेला पनि तिनीहरूले अलिकति दुःख पाउँछन्। कहिलेकाहीँ, मानिसहरूलाई सिधै काँटछाँट र खुलासा गर्दा, तिनीहरूले दुःख पाउँछन्। भ्रष्ट स्वभाव समाधान गर्नु भनेको शल्यक्रिया गरिनु जस्तै हो—दुःख नभोगी तैँले कुनै नतिजा प्राप्त गर्न सक्दैनस्। हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक तँलाई कुनै वातावरणद्वारा प्रकट गरिँदा, यदि यसले तेरो हृदयलाई छुन्छ र तँलाई प्रोत्साहन दिन्छ, र यसरी तँलाई सत्यता खोज्न र आत्मचिन्तन गर्न, तेरो भ्रष्टता र विद्रोहीपन चिन्न, र परमेश्‍वरप्रति साँचो रूपमा पश्चात्ताप गर्न प्रेरित गर्छ भने—यदि तैँले यसरी कामकुरा अनुभव गर्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तँसँग कद हुनेछ। … मानौँ कि परमेश्‍वरले तेरा लागि केही वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरू खडा गर्नुहुन्छ, वा उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ र तैँले त्यसबाट पाठ सिक्छस्; तैँले परमेश्‍वरको सामु आउन सिक्छस्, सत्यता खोजी गर्न सिक्छस्, र अनजानमा, अन्तर्दृष्टि र ज्योति पाउँछस् र सत्यता प्राप्त गर्छस्; तैँले यी वातावरणहरूमा परिवर्तन अनुभव गर्छस्, केही प्राप्त गर्छस्, र उन्नति गर्छस्, र तैँले परमेश्‍वरका अभिप्रायलाई अलि-अलि बुझ्न थाल्छस् र गुनासो गर्न छोड्छस्। यसको अर्थ तँ यी वातावरणहरूका परीक्षाहरूका बीचमा दृढ रहेको छस्, र तँ जाँचमा टिकेको छस् भन्‍ने हुन्छ। त्यस अवस्थामा, तँ यो व्यवधान पार गरेको हुनेछस्। परीक्षामा टिक्नेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ भनेर भन्नुहुनेछ; उहाँले तिनीहरू यस प्रकारको दुःख सहन सक्छन्, तिनीहरू हृदयमा सत्यतालाई प्रेम गर्छन् र तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तब तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गरिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाले आपूर्ति गर्नुहुन्छ र तँलाई तालिम दिनका लागि विभिन्न मानिसहरू, घटनाहरू र कामकुराहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खाएस् आनन्द लिएस् भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु पुऱ्याउँदै हुनुहुन्छ; त्यसपछि मात्र तँ बढ्न र बलियो भएर खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुराप्रति समर्पित हुनु भन्नुको अर्थ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)

यी सबै कुराद्वारा मैले महसुस गरेँ कि परमेश्‍वरले मेरो कर्तव्यमा रहेका समस्याहरूको खुलासा गरिदिन एड्रियानालाई अनुमति दिनुभएको रहेछ। यो स्वीकार गर्न मेरो लागि सजिलो थिएन तर मेरो जीवन प्रवेशका निम्ति यो ज्यादै लाभकारी थियो। त्यस प्रकारले निराकरण गरिँदा ममा रहेका सबै प्रकारका झुटा अगुवाका विशेषताहरू देख्न मलाई सहायता गर्यो र यसले सत्यतालाई खोजी गर्न र परिवर्तन हुन मलाई उत्प्रेरित गऱ्यो। त्यसबाहेक, आफ्नो नाम र हैसियतलाई रक्षा गर्न कसैलाई दमन गर्न र बहिष्कार गर्न सक्ने आफ्नो अहङ्कारी, द्वेषपूर्ण प्रकृतिलाई मैले देखेँ। यसबाट मैले साँच्चै मेरो भ्रष्टताको सत्यता स्पष्टसित देख्न सकेँ। मैले आफूलाई हृदयभित्रदेखि घृणा गरेँ अनि म सत्यताको पछि लाग्न र भ्रष्टतलाई हटाउन सक्षम भएँ। यो मेरो निम्ति परमेश्‍वरको विशेष अनुग्रह, उहाँको प्रेम र मुक्ति थियो। म परमेश्‍वरप्रति धेरै आभारी छु!

अघिल्लो: ७३. विगतमा ममाथि लागेको लाञ्छना

अर्को: ७५. दुष्कर्मीलाई बहिष्कार गर्दा सिकेको कुरा

सम्बन्धित विषयवस्तु

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्