७. बिमारहरूको चिन्ताबाट मुक्त
मेरी आमा क्यान्सर लागेर मेरो बिहेअघि नै बित्नुभो र मेरा बुबालाई ५७ वर्षको हुँदा उच्च रक्तचाप भएर उहाँको रक्तनली फुट्यो, उहाँको आधा शरीर चल्न छोड्यो, र १५ वर्षसम्म ओछ्यान पर्नुभयो। अन्तमा उहाँ तड्पिँदै बित्नुभो। बुबाको पीडादायी अवस्थाले मेरो हृदयमा नमिठो छाप छोड्यो। मलाई उच्च रक्तचाप र छाती दुख्ने समस्या भयो। कहिलेकाहीँ आधा टाउको सुन्ना हुन्थ्यो र मलाई सूईले घोचेजस्तो लाग्थ्यो। मलाई अन्य स्वास्थ्य समस्या पनि थिए, र लामो समयदेखि दबाइ खाइरहेकी थिएँ। ममा पनि बुबाकै लक्षणहरू देखेँ, र म चिन्तित भइरहन्थेँ: “म अब बुढी हुँदै छु। म पनि बुबाजस्तै अशक्त भएँ भने के गर्ने? त्यस्तो अवस्था लिएर म कसरी जिउने? कसरी आफ्नो कर्तव्य निभाउने र सत्यता पछ्याउने? मैले कर्तव्य निभाउन सकिनँ भने, कसरी मुक्ति पाउने?” त्यसैले, लक्षणहरू देखिँदैपिच्छे, म चिन्ताले पिरोलिन्थेँ। एकपटक, एउटा मण्डलीलाई तत्काल मान्छे चाहियो। माथिका अगुवाले मलाई गएर मद्दत गर्न भने, तर म सोचिरकी थिएँ: “त्यो मण्डलीमा धेरै समस्या छन्। म गएँ भने निकै ठूलो झमेलामा पर्नेछु र निकै प्रयास लगाउनुपर्नेछ। मेरो स्वास्थ्य पहिले नै खराब छ, त्यहाँ झनै थकित मात्र हुनेछु। के मेरो हालत झन् खराब हुँदै जानेछ? म साँच्चै बिरामी परेँ भने के गर्ने?” त्यसैले, त्यो काम स्विकारिनँ। केही महिनापछि त्यो मण्डलीलाई एक व्यक्तिको एकदमै खाँचो पऱ्यो, र माथिल्लो अगुवाले यसबारे फेरि मसँग कुरा गरे। मलाई निकै ग्लानि भयो। मैले पहिले परमेश्वरको इच्छालाई ध्यान दिएकी थिइँन, र त्यसपछि म निकै चिन्तित भएँ। म त्यो कर्तव्य फेरि इन्कार गर्न सक्दिनँथेँ, त्यसैले जान राजी भएँ।
तर त्यो मण्डलीमा पुग्नेबित्तिकै तिनीहरूले आफ्नो काममा केही हासिल नगरिरहेका देखेँ, र मैले निकै दबाब महसुस गरेँ। यदि मैले कामका नतिजा सुधार्ने हो भने धेरै समस्या सुल्झाउनुपर्थ्यो, र यो निकै कठिन हुनेथ्यो। मेरो दिमाग घुमिरह्यो। मेरो टाउको फेरि सुन्ना हुन थाल्यो। र मलाई असह भयो, मानौँ मेरो मष्तिस्कभित्र कीरा चलिरहेको छ। मलाई निद्रा लागेन र दिनमा ममा कुनै ऊर्जा हुँदैनथ्यो। पूरै शरीर कमजोर लाग्थ्यो र ममा पटक्कै तागत थिएन। म अलि चिन्तित थिएँ। के मेरो हालत झन्-झन् खराब हुँदै जानेछ? बुबाको जस्तै मेरो पनि रक्तनली बन्द भयो भने, के म ढल्नेछु? म चल्न नसक्ने वा पक्षघात भएँ, वा मेरो ज्यान गयो भने, कसरी कर्तव्य निभाउने, र मुक्ति पाउने? मेरो बिमारको चिन्ताले मलाई पिरोल्यो, र म सुसमाचार कामका इन्चार्ज भए पनि, समस्याहरूको झन्झटमा पर्न चाहन्नथेँ। मैले कामको विवरण खासै हेरिरहेकी थिइँन, आफूलाई थकित बनाएँ भने अशक्त हुन्छु कि भन्ने डर लाग्थ्यो। म निकै अधीर भएँ, र यो व्यस्त सुसमचारको काम नयाँ कुनै अगुवालाई थमाउन चाहन्थेँ। यो मण्डलीले पहिलेदेखि सुसमाचारको काममा त्यति प्रगति गरिरहेको थिएन, र मैले समस्या विस्तारमा सुल्झाइनँ, जसले गर्दा कामले पटक्कै गति लिएन। त्योबेला मेरो हालत झन् बिग्रेला भन्ने मलाई चिन्ता थियो, र त्यो बिग्रेमा मेरो ज्यान ज्यानेथ्यो। मरेँ भने आफ्नो कर्तव्य निभाउन र मुक्ति पाउन सक्नेथिइनँ। तर सोचेँ, म आफ्नो कर्तव्य निभाउँदै छु, त्यसैले परमेश्वरले मेरो रक्षा गर्नुपर्छ, र म सायद सिकिस्त बिरामी हुनेछैनँ। अनि, मलाईअलि शान्ति भयो। अझै मलाई चिन्ताले बेलाबेलामा सताइरहन्थ्यो। खास गरी, मसँगै काम गर्ने ७० वर्षका ब्रदरलाई कुनै स्वास्थ्य समस्या नभएको, र म उनीभन्दा कान्छी भए पनि रोगग्रस्त देख्दा, म दुःखी हुन्थेँ: “त्यो ब्रदरको स्वास्थ्य राम्रो छ र कर्तव्य गर्न सजिलो भएको हुनुपर्छ। म चैँ किन स्वस्थ नभएको?” मलाई वास्तवमै असहाय लाग्थ्यो र कर्तव्यमा अलिक नकारात्मक भएँ। डिसेम्बर २०२२ को अन्त्यतिर महामारी फैलियो। ममा पहिले नै विभिन्न स्वास्थ्य समस्या थियो, अनि फेरि कोभिड सङ्क्रमण भयो। मलाई ज्वरो आयो, पूरै शरीर कमजोर लाग्थ्यो र खोक्दा रगत आउँथ्यो। मलाई भोकै लाग्दैनथ्यो र दुई हप्तासम्म केही खान सकिनँ। त्यो समय म निकै भयभीत थिएँ। सोचेँ, “म सकिएँ, मेरो स्वास्थ्य साँच्चै खतम भयो। मेरो ज्यान गयो भने, कसरी कर्तव्य निभाउने? कोभिड लागेका कतिपय मानिस केही दिनको खोकीपछि निको भइसके। तर मैले कर्तव्य निभाउन कहिल्यै छोडिनँ, अनि, मलाई कयौँ दिनदेखि हनहनी ज्वरो आएको छ र केही खान सकिकी छैनँ। म कसरी यति धेरै बिरामी हुन पुगेँ?” यसबारे जति सोच्थेँ त्यति निराश हुन्थेँ, र म दुःखी थिएँ। केही समयपछि मेरो ज्वरो घट्यो, तर मसँगै काम गर्ने अरू दुई जना सङ्क्रमित भए, र मण्डलीको काम गर्ने कोही भएन। विकल्प नभएकाले म कमजोर शरीर घिसार्दै भेलाहरूमा जानुपऱ्यो। बिरामी छँदै दुई-तीन दिन दौडधूप गरेँ, र महामारीले गर्दा यति धेरै कामहरू समन्वय गर्नु कठिन थियो। काममा मेरो मन लाग्न छोड्यो, र मलाई काम निकै गाह्रो लाग्यो। मेरो स्वास्थ्य झन् खस्किरहेको थियो, र काम राम्रोसँग गरिरहेकी थिइनँ, त्यसैले घर गएर तङ्ग्रिनु पर्ला भन्ने सोचेँ। सायद म अलि ठिक हुनेछु। म पाहुना बसेको घरमा फर्केपछि मलाई अचानक छाती दुख्यो, र अब सहन सक्दिनँ भन्ने भन्ने लाग्यो। सोचेँ, “अगुवाको कर्तव्य निभाइरहेँ भने मेरो स्वास्थ्यले अब थाम्न सक्दैन। यो कर्तव्य नगर्नु नै राम्रो हुनेछ।” म निकै उदास भएँ, र दुई-तीन दिनसम्म ओछ्यान परेँ। लाग्यो, मैले निको हुनु छ भने आफ्नो स्वास्थ्यको राम्रो ख्याल आफैले राख्नुपर्छ, वास्तविकता त्यही थियो। मैले अगुवालाई पत्र लेखेर आफ्नो सोचाइ बताएँ, र पत्र पठाउनेबित्तिकै घर गएँ। घर जाँदै गर्दा, यस्तो नसोची रहनै सकिनँ, “यतिका समयसम्म म विश्वासी रहेकी छु, तर मेरो स्वास्थ्य स्थिति यस्तो छ, आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दिनँ। लाग्छ यो पटक म पूरै खुलासा भएकी छु, के म अझै मुक्ति पाउन सक्छु?” घर पुगेपछि म ओछ्यानमा पल्टेँ, मन खल्लो भयो, र निदाउन सकिनँ। मलाई हुनसम्म ग्लानि भयो। मैले सुसमाचार कार्यका सबै वृतान्तबारे पनि सोचेँ, जसको आवश्यक व्यवस्थापन गर्ने मेरो जिम्मेवारी थियो। म घरमै बसिरहेँ भने मण्डलीको काममा पक्कै ढिलाइ हुनेछ। त्यसो गर्नु परमेश्वरको इच्छाअनुरूप थिएन। के मैले हार मानिरहेकी र परमेश्वरलाई विश्वासघात गरिरहेकी थिइनँ र? त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यो स्थितिको सामना गर्दा म किन यति कमजोर र कर्तव्य गर्न अनिच्छुक भइरहेको छु? मलाई थाहा छ, यो तपाईंको इच्छाअनुरूप छैन, तर म गरिरहन सक्दिनँ। ममा अलिकति पनि तागत बचेको छैन। हे परमेश्वर, म साह्रै अन्योलमा छु, र निकै पीडामा छु। बिन्ती छ मलाई अन्तर्दृष्टि, मार्गदर्शन, आस्था र बल दिनुस्।”
मैले खोजी गर्ने क्रममा परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाँचिरहेको हुन्छस्, जबसम्म तँ बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य निर्वाह गर्ने ऊर्जा हुन्छ, र तँ आफ्नो कर्तव्य निर्वाहमा गम्भीर र व्यावहारिक हुनुपर्छ। तैँले सृजित प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र पूरा गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्वरका वचनहरूको भजन पनि सुनेँ। “मानिसलाई बचाउन धेरै गाह्रो छ”: “कुनै पनि व्यक्तिले आफ्नो पूरै जीवन परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्न, जीवन प्राप्तिका लागि सत्यता पछ्याउन, परमेश्वरको ज्ञान प्राप्त गर्न, र अन्ततः पत्रुसजस्तै अर्थपूर्ण जीवन जिउन चाहँदैन। त्यसकारण मानिसहरू हिँड्दा तिनीहरूले बाटो बिराउँछन्, किनभने तिनीहरू देहको सुखको लोभ गर्छन्। जब तिनीहरूले पीडाको सामना गर्छन्, तब तिनीहरू नकारात्मक र कमजोर हुने सम्भावना हुनेछ, र तिनीहरूको हृदयमा परमेश्वरका लागि ठाउँ हुनेछैन। पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन र कतिपय मानिस पछि फर्कन समेत चाहनेछन्। तिनीहरूले वर्षौंदेखि विश्वासमा लगाएको प्रयास व्यर्थ भएको हुन्छ, र यो अत्यन्तै खतरनाक कुरा हो! यो कति अफसोसको कुरा हो कि तिनीहरूको सारा कष्ट, तिनीहरूले सुनेका अनगिन्ती प्रवचन र परमेश्वलाई पछ्याउँदै बिताएका वर्षहरू सबै व्यर्थ भएका छन्! मानिसहरूलाई पतनको बाटो समात्न सजिलो छ, अनि सही मार्गमा हिँड्न र पत्रुसको बाटो रोज्न वास्तवमै कठिन छ। अधिकांश मानिसहरूको सोच अस्पष्ट हुन्छ। कुन मार्ग सही हो र कुन विचलनको मार्ग हो भन्ने कुरा तिनीहरूले स्पष्ट देख्न सक्दैनन्। तिनीहरूले जतिसुकै प्रवचन सुनेका भए पनि र परमेश्वरका जति नै वचनहरू पढेका भए पनि, तिनीहरूलाई उहाँ परमेश्वर हुनुहुन्छ भन्ने थाहा भए पनि, तिनीहरू अझै पनि उहाँमा पूर्ण विश्वास गर्दैनन्। यो साँचो मार्ग हो भन्ने तिनीहरूलाई थाहा हुन्छ, तर त्यसमा हिँड्न सक्दैनन्। मानिसहरूलाई मुक्ति दिन कति गाह्रो छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सही मार्ग चुन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। यो भजन सुनेर मेरा आँखा रसिए। परमेश्वरका वचनहरू साँच्चै मनछुने थिए, र मलाई अभ्यासको मार्ग देखाए। म बिरामी भए पनि, ममा सास रहेसम्म, म बोल्न र हिँड्न सकिन्जेल, सृजित प्राणीले गर्नुपर्ने आफ्नो कर्तव्य म छोड्न सक्दिनँथेँ। आफ्नो बिमारबारे अझ विचार गर्दा, त्यो म हिँडडुल नै गर्न नसक्ने खालको खराब देखिनँ। म अलि कमजोर मात्र थिएँ र कर्तव्य निभाउन थोरै कष्ट भोग्नुपर्थ्यो। तर, म कर्तव्य पन्छाएर घर गएँ। म वर्षौँदेखिको विश्वासी थिएँ, र परमेश्वरका धेरै वचन सुनेकी थिएँ। के म साँच्चै कर्तव्य छोड्न चाहन्थेँ? त्यो अनुचित कुरा थियो! मैले म यति नकारात्मक भइरहनु हुँदैन भन्ने महसुस गरेँ। मैले यसरी आफ्नो कर्तव्य छोडेँ भने, के यो परमेश्वरको नजरमा लज्जास्पद कुरा होइन र? म जहिले निको भए पनि, आफ्नो सास रहिन्जेल, आफ्नो कर्तव्य जति नै कठिन किन नहोस्, मैले सहकार्य गर्न हरसम्भव प्रयास गर्नुपर्थ्यो। परमेश्वरका वचनले मलाई कर्तव्यका लागि प्रेरणा दिए, र मलाई अचानक निकै स्वतन्त्र महसुस भयो। आफ्नो स्थिति बदलिएको महसुस भयो, र फेरि आफ्नो कर्तव्य सम्हाल्न फर्केर गएँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शारीरिक संरचना भएका र ऊर्जाको कमी भएका, प्रायः साना-ठूला रोग लागिरहने, दैनिक जीवनका आवश्यक कुराहरू समेत गर्न नसक्ने, वा सामान्य मानिसहरू जसरी जिउन वा हिँडडुल गर्न नसक्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्चिकै रोग लागेको हुन्छ, र अवश्य पनि, थाहा भएका र कुनै किसिमको सम्भावित रोग लागेका मानिसहरू पनि हुन्छन्। यस्ता मानिसहरूमा त्यस्ता व्यावहारिक कठिनाइहरू हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। अनि, तिनीहरूले के बारेमा हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूको चिन्ता के हुन्छ भने, यदि तिनीहरूले यसरी नै आफ्नो कर्तव्य निर्वाह गरिरहे, यसरी नै परमेश्वरप्रति आफूलाई समर्पित गरिरहे र दौडधुप गरिरहे, र सधैँ यसरी नै थकित महसुस गरिरहे भने, तिनीहरूको स्वास्थ्य स्थिति झन्झन् बिग्रिँदै जाने पो हो कि? तिनीहरू ४०-५० वर्ष पुगेपछि नै तिनीहरू ओछ्यानमा पो पर्ने हुन् कि? के यी चिन्ता जायज छन्? छन् भने, के कसैले यसलाई हल गर्ने ठोस तरिका प्रदान गर्न सक्छ? यसको जिम्मेवारी कसले लिनेछ? को जवाफदेही हुनेछ? शारीरिक रूपमा कमजोर रहेका र कमजोर शारीरिक संरचना भएका मानिसहरूले यस्ता कुराहरूबारे हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्ने गर्छन्, ‘अहो, ममा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प छ। मलाई यो रोग लागेको छ, र म परमेश्वरलाई मलाई सुरक्षा दिन बिन्ती गर्छु। परमेश्वरको सुरक्षा पाएपछि म डराउँदिनँ, तर यदि म कर्तव्य निर्वाह गर्ने क्रममा थकित भएँ भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्यो भने, बिल तिर्न मसँग पैसा छैन। यदि मैले उपचारका लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्चै मरेँ भने, के परमेश्वरले मैले निर्वाह गरेका कर्तव्यहरू सम्झनुहुनेछ? के मैले असल कार्यहरू गरेको मानिनेछ? के मैले मुक्ति प्राप्त गरेको हुनेछु?’ कतिपय मानिसहरूलाई आफूलाई कुनै न कुनै वास्तविक रोग लागेको छ भन्ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्मर र खुट्टाको दुखाइ, जोर्नी दुखाइ, बाथ रोग, छाला रोग, स्त्रीरोग, कलेजो रोग, उच्च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेँ भने, के परमेश्वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्यो भने, के परमेश्वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्वरमा विश्वास गरेपछि निको भएका छन्, त्यसकारण, के परमेश्वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले अर्पित भई आफ्नो कर्तव्य निर्वाह गरेँ भने, परमेश्वरले मलाई निको पार्नुपर्छ, तर यदि मैले परमेश्वरलाई मेरो आफ्नै मनोकामनाका कारण मलाई निको पार्नुहोओस् भनेर अनुरोध गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?’ जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै नछाड्ने र आफूले गर्नुपर्ने कुरा सधैँ गर्ने भए पनि, तिनीहरू निरन्तर आफ्नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्नो जीवन र मृत्युबारे सोचिरहन्छन्। अन्त्यमा, तिनीहरू आफ्नै मनोकामनामा मात्र आधारित एउटा यस्तो निष्कर्षमा आइपुग्छन्: ‘परमेश्वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षा दिनुहुनेछ। परमेश्वरले मलाई त्याग्नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्वर हात बाँधेर बस्नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्न सकिन्छ। मानिसहरूले यस्ता धारणा र कल्पनाहरूद्वारा आफ्ना व्यावहारिक कठिनाइहरू बिलकुलै समाधान गर्न सक्दैनन्, र तिनीहरूले हृदयभित्र अन्तस्करणमा आफ्नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्छन्; यी कुराहरूको जिम्मेवारी कसले लिनेछ, वा तिनको जिम्मेवारी कसैले लिनेछ कि लिनेछैन भन्नेबारे तिनीहरूलाई केही थाहै हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरले यस्तो नभन्नुभएको भए, आफ्नो बिमारबारे चिन्ता गर्नु नकारात्मक भावना हो भन्ने अझै मलाई थाहा हुनेथिएन, र म त्यसलाई उचित ठान्दिनथेँ। अब, मैले बल्ल यो नकारात्मक भावनामा चुर्लुम्मै डुबेकी रहेछु भन्ने बुझेँ। उच्च रक्तचाप र छाती दुख्ने आधारभूत स्वास्थ्य समस्या भएदेखि ममा अनेक लक्षण बारम्बार देखियो। आफ्नो कर्तव्यमा अधिक कष्ट भोग्दा र अलि बढी थाक्दा, मेरो अवस्था झन् गम्भीर हुनेछ भन्ने चिन्ता लाग्थ्यो। मेरो ज्यान गयो भने, कर्तव्य कसरी निभाउने? त्यसैले, मुक्ति गुम्ला कि भनेर म डराएँ। स्वास्थ्य त्यति खराब नहुँदा, म आफ्नो कर्तव्य गरिरहन सक्थेँ। मलाई मूल्य चुकाइरहेकी छु र परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ भन्ने लाग्थ्यो, तर बिमारका लक्षण देखिनेबित्तिकै, ममा यी सबै दुःखी भावना ओइरिए। मलाई भविष्यको चिन्ता लागिरहन्थ्यो, र स्वतन्त्र भई कर्तव्य निभाउन सक्दिनथेँ। जति देहबारे सोच्थेँ, त्यति नै मृत्यु, कमजोर स्वास्थ्यले निम्त्याउने कठिनाइ र पीडादेखि डराउँथेँ। र मेरा बुबा ओछ्यान परेको, हरदिन अति पीडाले छटपटिएको, जीवनमा आशाहीन भई सेतो भित्तालाई एकटक हेरिरहेको कुरा सोच्दा, म पनि उहाँजस्तै हुन्छु कि भन्ने डर लाग्थ्यो। त्यसैले, कर्तव्य निभाउँदा सधैँ आफ्नो देहबारे सोचिरहन्थेँ। म त्रस्त थिएँ, सक्दो गर्न डराउँथेँ। म सुसमाचार कामको वृत्तान्त जान्न मेहनत गर्न चाहन्नथेँ, जसले गर्दा, काम कहिल्यै राम्रोसँग अघि बढेन। र, मलाई कोभिड भएर मेरो हालत खराब भएपछि, मेरो चिन्ता झनै गम्भीर भयो। म अब आफ्नो कर्तव्य गर्न चाहन्नथेँ, र म हार मानेर घरतिर भागेँ। त्यो नकारात्मक भावनाले मलाई कति प्रभाव पारेको रहेछ भन्ने मैले देखेँ। म त्यो चिन्तामा जिएर परमेश्वरप्रति झन्-झन् विद्रोही हुँदै गएँ, र जीवन झन्-झन् निराशाजनक र कष्टप्रद बन्यो। मलाई थाहा थियो, जन्म, बुढ्यौली, रोग र मृत्यु सबै परमेश्वरको हातमा छ, मेरो नियन्त्रणमा छैन, र म बिमारबाट कसैगरी जोगिन सक्दिनँ। मैले यसको उचित सामना गर्नुपर्छ र परमेश्वरका बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। चाहे म जतिसुकै चिन्ता गरूँ, कुनै कुरा बदल्न सक्दिनँ। तर, मैले सधैँ आफ्नो सम्भावना र उम्कने बाटोबारे सोचिरहेकाले, म चिन्ताग्रस्त त हुने नै थिएँ। मैले आफूमा धेरै अनावश्यक तनाव र पीडा ल्याइरहेकी थिएँ। म साह्रै मूर्ख थिएँ! यो बुझेपछि, म उप्रान्त त्यो नकारात्मक स्थितिमा रहन चाहिनँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब मानिसहरूलाई रोग आइपर्छ, तब तिनीहरूले कुन मार्ग पछ्याउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू आफ्नै भविष्य र निकासहरूबारे सोचेर हैरानी, बेचैनी र चिन्तामा डुब्नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता व्यक्तिगत कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र बुझेका सत्यताहरूले काम गर्छन् र ती व्यर्थ हुँदैनन्। तँ जति बढी यस्ता कठिनाइहरूमा पर्छस्, तैँले त्यति नै आफ्ना इच्छाहरू त्यागेर परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्वरले यस्तो परिस्थिति खडा गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँलाई रोग आइपर्दा परमेश्वरले तँलाई निको पार्नुहुन्छ कि पार्नुहुन्न भनेर तैँले उहाँलाई जाँच्न, अनि यसरी मामिलाको वास्तविकता पत्ता लगाउन भनेर पनि होइन; परमेश्वरले यी विशेष परिस्थिति र अवस्थाहरू खडा गर्नुहुन्छ ताकि तैँले यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्न सकेस्, सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्वरप्रति अझै धेरै समर्पण हासिल गर्न सकेस्, र परमेश्वरले मानिस, घटना, र कामकुराहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्ने कुरा अझै स्पष्ट र सही रूपमा जान्न सकेस्। मानिसहरूको भाग्य परमेश्वरको हातमा हुन्छ; मानिसहरूले त्यो महसुस गर्न सकून् वा नसकून्, तिनीहरूलाई साँच्चै थाहा भए पनि नभए पनि, तिनीहरू यो कुराप्रति समर्पित हुनुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तिनीहरूले अवश्यै परमेश्वरलाई जाँच्नु पनि हुँदैन। तँ जसरी पनि मर्न सक्छस्, र यदि तैँले परमेश्वरलाई विरोध, इन्कार, र जाँच गरिस् भने, तेरो अन्तिम परिणाम के हुनेछ भनेर भन्नै पर्दैन। यसविपरीत, मानौँ तैँले रोगको सामना गर्दा, तैँले सृजित प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न, तँलाई आइपरेको यो अवस्थामा परमेश्वरले तँलाई कस्ता पाठहरू सिकेस् भन्ने चाहनुहुन्छ र तेरा कुन-कुन भ्रष्ट स्वभावहरू चिनेस् भन्ने चाहनुहुन्छ भनेर खोजी गर्न सक्छस्, र यसरी परमेश्वरका अभिप्रायहरू बुझ्न, र परमेश्वरका मागहरू पूरा गर्नका लागि राम्रो गवाही दिन सक्छस्। यदि तैँले यस तरिकाले अभ्यास गरिस् भने, तैँले परमेश्वरप्रति साँचो समर्पण हासिल गर्न सक्नेछस्। जब परमेश्वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्नु, परमेश्वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्नु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्नु, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन सिक्नु हो, ताकि तँ परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दृढ रहन सकेस्—मुख्य कुरा यही हो। परमेश्वर तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँ तेरो कुन कुरा पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्वरमाथि राख्ने तेरा सबै अत्यधिक चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वर तँलाई योजना बनाउन दिनुहुन्न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्न दिनुहुन्न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तेरा लागि बिमारीका परिस्थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्। त्यसकारण, जब तँमाथि रोग आइपर्छ, तब तैँले सधैँ यसबाट कसरी छुटकारा पाउने वा यसबाट कसरी उम्कने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्वरका वचन पढेर उहाँको इच्छा बुझेँ। बिरामी हुँदा म चिन्ताको नकारात्मक भावनामा फस्नु हुँदैन, अनि परमेश्वर मलाई निको पार्नुहुन्छ कि हुँदैन भनेर जाँच्नु हुँदैन। बरु, म परमेश्वरद्वारा तय गरिएको वातावरणमा उहाँका बन्दोबस्तप्रति समर्पित हुन सिक्नुपर्छ। बिरामी हुनुको अर्थ परमेश्वरले जानाजानी मलाई कठिनाइमा पार्नुभएको होइन। उहाँ मैले सत्यता खोजेको र कस्ता पाठ सिक्नुपर्ने हो सो बुझेको चाहनुहुन्छ। फर्केर सोच्दा, म बिरामी पर्दा र केही शारीरिक कष्ट भोग्दा अगाडिको मार्ग र भविष्यबारे चिन्तित भएँ, मर्नेछु र मुक्ति पाउन सक्दिनँ भनेर डराएँ। परमेश्वरले मलाई हटाउन त्यो परिस्थिति तय गर्नुभएको जस्तो लाग्यो। त्यो मेरो परमेश्वरप्रति ठूलो गलतफहमी थियो। तर वास्तवमा त्यो पटक्कै परमेश्वरको इच्छा थिएन। उहाँले त्यो परिस्थिति मलाई बिमारीको व्यावहारिक अनुभव गराउन, मेरा भित्री भ्रष्टता र कमी खुलासा गर्न, अनि, मैले परमेश्वरमा विश्वास गरेको दाबी गरे पनि परमेश्वर सबथोकमा शासन गर्नुहुन्छ भनी हृदयमा विश्वास गर्दिनँ भनी देखाउन तय गर्नुभएको थियो। यसले मलाई के पनि देखायो भने म बिरामी हुँदा मेरो ध्यान आफ्नो देहमा मात्र थियो। मैले मण्डली काममा कोही तुरुन्त चाहिएको थाहा पाए पनि आफ्नो कर्तव्य इन्कार गरेँ। पछि मैले त्यो मन नलागी-नलागी स्विकारे पनि, यसका लागि तनमनले मूल्य चुकाइरहेकी थिइनँ। मलाई कोभिड लागेर मेरो हालत झन् खराब भएपछि, मैले परमेश्वरसँग विवाद र उहाँको प्रतिरोध गरेँ। अन्त्यमा कर्तव्य त्यागेर परमेश्वरलाई विश्वासघात गरेँ, मण्डलीको काममा हानि पुर्याएँ। मैले यतिका समय विश्वासीको रूपमा के देखेँ भने ममा परमेश्वरको फिटिक्कै डर रहेनछ, र कर्तव्यप्रति मेरो एकदमै लापरवाही मनोवृत्ति थियो। आखिर मलाई महसुस भयो, म शारीरिक रूपमा स्वस्थ भएको भए पनि, मभित्रका सबै भ्रष्ट स्वभाव नहटाएसम्म म परमेश्वरलाई प्रतिरोध र विश्वासघात गरिरहनेथेँ, र उहाँको अनुमोदन पाउनेथिइनँ। परमेश्वरले मलाई बिमार हुन दिनुभो ताकि मेरो आस्थाका अशुद्धता हटेर मेरा शैतानी स्वभाव बद्लियोस्। तर मैले कहिल्यै परमेश्वरको साँचो अभिप्रायबारे सोचिनँ। म सधैँ आफ्नो बिमारीको चिन्ता र चासोमा डुब्थेँ, यो अवस्था तय गरेकोमा परमेश्वरको प्रतिरोध गर्थेँ, सधैँ आफ्नै योजना र बन्दोबस्तबारे सोच्थेँ। मैले त परमेश्वर मलाई हटाउन चाहनुहुन्छ भन्नेसमेत सोचेँ। म साँच्चै विद्रोही थिएँ, अनि ममा मानवता र समझ थिएन। मैले आफ्नो बिमारप्रति त्यस्तो मनोवृत्ति राखिराख्नु हुँदैनथ्यो। मैले आफ्नो मनोवृत्ति सुधार्नुपर्थ्यो, अनि चिन्तन गरी आफ्ना भ्रष्ट स्वभाव चिनेर यी बिमारहरूको समयमा सत्यता पछ्याउनुपर्थ्यो। मैले त्यही गर्नुपर्थ्यो।
त्यसपछि मैले आत्मचिन्तन गरेँ। म बिमारी भएपछि मैले लगातार चिन्ता गर्नुको कारण के थियो? मैले परमेश्वरका वचनमा यो कुरा पढेँ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। … जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू रिसले आगो हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरले मेरो स्थिति खुलासा गरिदिनुभो। के आस्थाबारे मेरो दृष्टिकोण उहाँले वर्णन गरेझैँ थिएन र? मेरो आस्था आशिष् पाउनलाई मात्र थियो, अनि म परमेश्वरसँग सौदाबाजी गर्न खोज्दैथेँ। कर्तव्यमा कुनै ठूलो स्वास्थ्य समस्या नहुँदा, परमेश्वरको हेरचाह र सुरक्षा अनि मुक्तिको मौका पाएको सोच्थेँ। त्यसैले, म कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक थिएँ। बिमार भएर मेरा लक्षण कम नभएको देख्दा, म कर्तव्यमा लागिपर्न सकिनँ, र सुसमाचार कार्यमा पनि मन लागेन। मैले केवल आफ्नो भविष्य र भाग्यबारे सोचेँ। मर्छु कि र आशिष् नपाउने हो कि भनेर चिन्तित भएँ। कोभिड लागेर सिकिस्त बिमारी पर्दा, र दुई हप्ता बिसन्चो हुँदा, परमेश्वरले मेरो रक्षा नगरिरहनुभएको गुनासो गरेँ, र उप्रान्त आफ्नो कर्तव्यसमेत गर्न चाहिनँ। आशिष् पाउने मेरो आशा चकनाचूर भएको देख्दै मेरो साँचो प्रकृति खुलासा भयो। मैले परमेश्वरलाई पिठ्यूँ फर्काएँ, कर्तव्य छोडेँ र उहाँलाई विश्वासघात गरेँ। म पूरै परमेश्वरविरुद्ध गएँ, उहाँको विद्रोह र प्रतिरोध गरेँ। परमेश्वरसँग विवाद गरेँ, नकारात्मक र प्रतिरोधी भएँ—मेरो मानवता बोध र समझ कहाँ गयो? यसबारे सोच्दा, मेरा लागि यो अवस्था तय गर्नुभएकोमा परमेश्वरप्रति साँच्चै कृतज्ञ भएँ। देहमा मलाई अलि कष्ट भए पनि, मेरो विश्वासमा रहेका अशुद्धता र परमेश्वरविरुद्धको मेरो शैतानी स्वभावलाई केही बुझेँ। परमेश्वरले ममा गर्ने सबै कुरा मुक्तिका लागि हो, र यो सबै प्रेम हो भन्ने मनमा लाग्यो।
पछि मैले परेमश्वरका थप वचनहरू पढेँ र मृत्युको मामिलामा थप अन्तर्दृष्टि पाएँ। परमेश्वरका वचनहरूले भन्छ: “तैँले ठूलो रोग सामना गरे पनि वा सानो रोग सामना गरे पनि, तेरो रोग गम्भीर हुनेबित्तिकै वा तैँले मृत्यु सामना गरिरहेको बेला, बस एउटा कुरा याद गर्: तैँले मृत्युको डर नमान्। तँ क्यान्सरको अन्तिम चरणमै भए पनि, तँलाई लागेको रोगको मृत्यु दर धेरै भए पनि, तैँले मृत्युको डर नमान्। तेरो कष्टभोग जति ठूलो भए पनि, तैँले मृत्युको डर मानिस् भने, तँ समर्पित हुँदैनस्। … यदि तेरो रोग अत्यन्तै गम्भीर अवस्थामा पुगेर तँ मर्ने सम्भावना भयो भने, र रोग लागेको व्यक्ति जति उमेरको भए पनि यो रोगको मृत्यु दर धेरै छ, र यो रोग लागेपछि मृत्यु हुने अवधि निकै थोरै छ भने, तैँले हृदयमा के विचार गर्नुपर्छ? ‘मैले मृत्युको डर मान्नु हुँदैन किनभने अन्त्यमा सबैजना मर्छन्। तर परमेश्वरमा समर्पित हुने कार्य धेरैजसो मानिसहरूले गर्न नसक्ने कुरा हो, र मैले यो रोगलाई प्रयोग गरेर परमेश्वरमा समर्पित हुने अभ्यास गर्न सक्छु। ममा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने सोच र मनोवृत्ति हुनुपर्छ, र मैले मृत्युको डर मान्नु हुँदैन।’ मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो। यसबाहेक, तैँले तेरो रोग अझै खराब भएर जान्छ कि जाँदैन, वा तेरो उपचार भएन भने तँ मर्छस् कि मर्दैनस्, वा तँ कति समयपछि मर्छस्, वा मर्ने बेलामा तँलाई कस्तो पीडा हुन्छ भन्नेबारेमा पटक्कै चिन्ता गर्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता गर्नु हुँदै हुँदैन; तैँले चिन्ता गर्नुपर्ने कुराहरू यी हुँदै होइनन्। किनभने त्यो दिन आउने नै छ, र त्यो कुनै साल, महिना, र कुनै निश्चित दिनमा पक्कै आउनेछ। तँ यसबाट लुक्न सक्दैनस् र यसबाट उम्कन सक्दैनस्—यो तेरो नियति हो। तेरो तथाकथित नियति परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको छ र उहाँले पहिले नै यसको बन्दोबस्त मिलाइसक्नुभएको छ। तेरो आयु र उमेर अनि तँ मर्ने समय परमेश्वरले पहिले नै तय गरिसक्नुभएको छ, त्यसकारण तँ केको चिन्ता गर्छस्? तैँले यसबारे चिन्ता गर्न सक्छस् तर यसले केही परिवर्तन गर्दैन; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर तैँले यो घटनालाई रोक्न सक्दैनस्; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर त्यो दिन आउनबाट रोक्न सक्दैनस्। त्यसकारण, तेरो चिन्ता अनावश्यक छ, र यसले तेरो रोगको बोझ झन् गह्रौँ बनाइदिने मात्रै गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचन पढेर मलाई के स्पष्ट भयो भने हरेक व्यक्तिको मृत्य परमेश्वरद्वारा तोकिएको हुन्छ, र जतिसुकै चिन्ता गरे पनि बेकार छ। मलाई लक्षणहरू अनुभव गर्दैपिच्छे वा अहसज महसुस हुँदैपिच्छे ती लक्षण झन् बिग्रने पो हुन् कि भनेर चिन्ता हुन्थ्यो। हरेकको मृत्युको समय परमेश्वरबाट पहिल्यै निर्धारित हुन्छ र यो हामी कर्तव्यबाट थकित भएर हुने होइन भनेर बुझेकी थिइनँ। मैले सम्झेँ, मेरी आन्टी जवान हुँदा कमजोर र रोगग्रस्त हुनुहुन्थ्यो, सँधै अस्पताल लाने-ल्याउने गर्नुपर्थ्यो। हामी सबैलाई यो संसारमा उहाँको समय धेरै छैन भन्ने लाग्थ्यो। तर अचम्म, उहाँ अहिले वृद्धा हुनुहुन्छ, उहाँको स्वास्थ्य झन्-झन् राम्रो हुँदै गएको छ। उहाँले ८० काटिसक्नुभो, अझै पनि आफ्नो ख्याल राख्न सक्नुहुन्छ। तर सँधै स्वस्थ र खासै बिमार नहुने उहाँका श्रीमानचाहिँ, अचानक कलेजोको क्यान्सर भएर बित्नुभो। यी वास्तविक जीवनका उदाहरणले मलाई देखाए, हाम्रो जीवन र मृत्य परमेश्वरको नियम र बन्दोबस्तभित्र छन्। ममा निकै रोग थिए। मेरो हालत खराब हुने नहुने, म मर्ने नमर्ने—यो कुरा चिन्ता गरेर हल हुने होइन। यो सबै परमेश्वरको नियममा निर्भर हुन्छ। हामी मर्ने नमर्ने कुरा हामी कर्तव्यबाट थकित हुनुसँग सम्बन्धित छैन। कतिपय मानिस कर्तव्य निभाउँदैनन् र आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्, तर तिनीहरूको मृत्य हुने नै छ। म परमेश्वरको नियममा विश्वास नगर्ने, सधैँ मृत्युको डर र चिन्तामा जिउने विश्वासी थिएँ। ममा परमेश्वरप्रति साँचो आस्था थिएन। साँचो कुरा त, सबैको मृत्यु हुन्छ। यो प्रकृतिको नियम हो। मृत्यु डराउनुपर्ने कुरा होइन, हाम्रो जीवन र मृत्यु परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ, र म परमेश्वरको बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। मेरो मृत्यु जहिले भए पनि, मैले शान्त भई यसको सामना गर्नुपर्छ। म कर्तव्यमा समर्पित हुनुपर्छ र यसमा सर्वस्व लगाउनुपर्छ। र आफ्नो मृत्युको समयमा पछुतो नहुने गरी प्रयास गर्नुपर्छ। सन्तुष्ट र शान्तिमा रहने एकमात्र तरिका यही हो। म निरन्तर चिन्ताको नकारात्मक भावनामा जिउँछु, सधैँ आफ्नो देहका लागि योजना बनाउँछु, कर्तव्यमा सच्चा रूपले सर्वस्व लगाउँदिनँ भने मलाई पछुतो र ग्लानि हुनेछ। र मैले मण्डलीको काम रोकिरहेको हुनेछु, र मेरो स्वास्थ्य जति नै राम्रो किन नहोस्, मेरो जीवन निरर्थक हुनेछ, र म परमेश्वरबाट अवश्य नै दण्डित हुनेछु। मैले यो सब बुझेपछि, अझ धेरै स्वतन्त्र महसुस गरेँ।
पछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मेरो एकदमै मन छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने जस्ता देहसुखका लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? आफ्ना विचारहरू सुनाऊ। (सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। … तेरो जीवनकालमा, तैँले आफ्नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी कुनै ठूलो मिसन, कर्तव्य वा जिम्मेवारी पूरा गर्नेबारे कुरा गर्नेछैनौँ, तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्नो जीवनभरको ऊर्जा लगाउँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, साथै त्यसको मूल्य छ र त्यसले तिनीहरूलाई सान्त्वना दिलाउँछ भन्ने महसुस हुन्छ। रोग र मृत्यु सामना गर्दा, वा आफ्नो पूरै जीवनको लेखाजोखा गर्दा, तिनीहरू आफूले गरेको सबथोक, आफूले हिँडेको मार्गबारे फर्केर सोच्छन्, हृदयमा सहजता भेटाउँछन्; तिनीहरू आत्मदोष वा पछुतोबाट मुक्त हुन्छन्। कतिपय मानिसहरूले मण्डली अगुवाका रूपमा सेवा गर्दा वा कामको कुनै पक्षमा जिम्मेवार हुँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले सक्दो प्रयास गर्छन्, आफ्नो सारा शक्ति खन्याउँछन्, आफूले गर्ने कामका लागि आफ्नो सारा रगत-पसिना समर्पित गर्छन् र मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, नकारात्मकता र कमजोरीमा रहेका धेरै मानिसहरू बलिया बन्छन् र दह्रिलो रूपमा खडा हुन्छन्, पछि हट्दैनन्, बरु परमेश्वरको उपस्थितिमा फर्कन्छन् र अन्त्यमा उहाँको गवाहीसमेत दिन्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्य पूरा गरे, धेरै दुष्ट मानिसलाई निकाले, परमेश्वरका चुनिएका धेरै मानिसलाई रक्षा गरे, र उल्लेखनीय हानिहरूको पूर्ति गरे। तिनीहरूको अगुवाइ कालमा यो सबै र अझ धेरै घटनाहरू घट्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूले यी कामकुरा गरेकोमा कुनै पछुतो मान्दैनन् र आफूले मूल्यवान् जीवन जिएका छौँ भन्ने विश्वास गर्छन्, र तिनीहरूले हृदयमा ढुक्क र आराम महसुस गर्छन्। कति राम्रो कुरा! के तिनीहरूले प्राप्त गरेको फल यही नै होइन र? (हो।) यस्तो शान्ति र आराम अनुभूति हुनु, अनि यसरी पछुतो नमान्नु भनेको सकारात्मक कुराहरू र सत्यतालाई पछ्याउनुको नतिजा र फल हो। मानिसहरूका लागि उच्च मानकहरू नराखौँ। एउटा अवस्था सोचौँ जहाँ कुनै व्यक्तिलाई एउटा काम आइपरेको छ जुन उसले गर्नुपर्छ वा ऊ आफ्नो जीवनकालमा त्यो काम गर्न इच्छुक छ। उसले आफ्नो स्थान भेट्टाएपछि, ऊ आफ्नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, उसले आफ्नो पद सम्हाल्छ, आफ्नो सारा रगत-पसिना र सारा ऊर्जा समर्पित गरेर आफूले गर्नुपर्ने र पूरा गर्नुपर्ने काम राम्ररी सम्पन्न गर्छ। जब अन्त्यमा ऊ आफ्नो लेखा दिन परमेश्वरको अघि खडा हुन्छ, ऊ तुलनात्मक रूपमा सन्तुष्ट हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसले सान्त्वना महसुस गर्छ र आफूले केही प्राप्त गरेको छु, मूल्यवान् जीवन जिएको छु भन्ने महसुस गर्छ। ल भन त, के यो लक्ष्य व्यावहारिक छ? (यो व्यावहारिक छ।) के यो ठोस प्रकृतिको छ? यो पर्याप्त रूपमा ठोस प्रकृतिको, अनि व्यावहारिक, र वास्तविक छ। त्यसोभए, मूल्यवान् जीवन जिउन र अन्त्यमा यस्तो फल हासिल गर्नका लागि, के व्यक्ति थकाइले बिरामी परे पनि वा उसको स्वास्थ्यमा केही समस्याहरू आए पनि उसले शारीरिक रूपमा थोरै दुःख भोग्नु र थोरै मूल्य चुकाउनु सार्थक हुन्छ? (यो सार्थक हुन्छ।) जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनका लागि आएको हुँदैन, न त ऊ खान, पिउन र रमाइलो गर्नका लागि नै आएको हुन्छ। व्यक्ति ती कुराहरूका लागि जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्ग केही मूल्यवान् कुरा सम्पन्न गर्नु र एउटा वा केही मूल्यवान् कामहरू पूरा गर्नुमा निहित हुन्छ। यसलाई करियर भन्न मिल्दैन; यसलाई सही मार्ग भनिन्छ, र यसलाई उचित काम पनि भनिन्छ। मलाई भन् त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नका लागि मूल्य चुकाउनु सार्थक हुन्छ? (हुन्छ।) यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्पचाहिँ मूल्यवान् जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो। मृत्यु हुनुअघिसम्मै राम्रो खाइरहने, र सुन्दरता कायम राखिराख्ने मानिसहरूको बारेचाहिँ के भन्न सकिन्छ? तिनीहरूले अर्थपूर्ण जीवनको खोजी गर्दैनन्, त्यसकारण मर्ने बेलामा तिनीहरूलाई कस्तो महसुस हुन्छ? (तिनीहरूले व्यर्थमा जिएछु जस्तो महसुस गर्छन्।) व्यर्थमा जिउनु—यी दुई शब्दहरू तीखा छन्। अनि, यो ‘व्यर्थमा जिउनु’ भनेको के हो? (आफ्नो जीवन खेर फाल्नु।) व्यर्थमा जिउनु, आफ्नो जीवन खेर फाल्नु—यी दुई वाक्यांशहरूको आधार के हो? (तिनीहरूले आफ्नो जीवनको अन्त्यमा आफूले केही पनि प्राप्त नगरेको पाउँछन्।) त्यसोभए व्यक्तिले के प्राप्त गर्नुपर्छ? (तिनीहरूले जीवनमा सत्यता प्राप्त गर्नुपर्छ वा बहुमूल्य र अर्थपूर्ण कुराहरू हासिल गर्नुपर्छ। तिनीहरूले सृष्टि गरिएको प्राणीको रूपमा गर्नुपर्ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि तिनीहरूले त्यसो गर्न सकेनन् र आफ्नो भौतिक शरीरको लागि मात्रै जिए भने, तिनीहरूलाई आफ्नो जीवन व्यर्थमा जिएको र खेर गएको महसुस हुनेछ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। मैले परमेश्वरका वचनमा यो कुरा पढेर मानव जीवनको अर्थ बुझेँ। सोचेँ, अहिले मसँग कसरी सृजित प्राणीको कर्तव्य गर्ने मौका छ, र यो सबैभन्दा धार्मिक कुरा हो। अविश्वासीहरू खानु, पिउनु र मोजमज्जालाई पछ्याउँछन्, तर तिनीहरूले देहसुख पाए पनि र त्यति कष्ट नभोगे पनि, मृत्यु आइपर्दा तिनीहरूलाई मानिस केका लागि आफ्नो जीवन जिउँछन् भन्ने थाहा हुँदैन। यो व्यर्थमा जिइएको जीवन हो। म परमेश्वरबाट उचालिन सक्छु र जीवनकालमा कर्तव्यमा अगुवा भएर सेवा गर्न सक्छु, त्यसैले मैले यसमा सर्वस्व लगाउनुपर्छ, माथिले माग गरेअनुसार मण्डलीका परियोजनाहरूको जिम्मेवारी लिनुपर्छ, ब्रदर-सिस्टरहरूलाई सत्यता पछ्याउन र सिद्धान्तअनुसार कर्तव्य गर्न डोर्याउनुपर्छ। र राज्यको सुसमाचार फैलाउने आफ्नो भूमिका निभाउनुपर्छ—यो सबैभन्दा सार्थक कुरा हो। तर, मानिसहरू देहका लागि मात्र जीवन जिउँछन् भने तिनीहरू दिन बर्बाद गरिरहेका छन् र यो एकदमै निरर्थक हो। पहिलेजस्तै धरासायी नहूँ भनेर म कर्तव्य छाडेर घर जाँदा, मैले घरमा रहेर शारीरिक कष्ट नभोगे पनि र मण्डलीको कामबारे त्यति धेरै चिन्ता लिनुर्नुपर्ने भए पनि, आफूले उठाउनुपर्ने जिम्मेवारी उठाइरहेकी थिइनँ, र भित्र खोक्रो महसुस हुन्थ्यो। मलाई हुनसम्म ग्लानि भयो, र कुनै वास्तविक शान्ति वा आनन्द भएन। मैले देहका लागि जिएको जीवन पूर्णतया अर्थहीन र आफ्नो स्वास्थ्यको जति नै ख्याल राखे पनि जीवन खोक्रो देखेँ। कर्तव्य निभाउँदा म अलि थकित र मलाई अलि कष्ट भए पनि, म सत्यता पाउन अनि ढुक्क र शान्ति महसुस गर्न सक्थेँ। त्यो मात्रै सार्थक जीवन हो। यसबाट मैले सृजित प्राणीको कर्तव्य निभाउनु हाम्रा लागि सन्तुष्ट, सार्थक जीवन जिउने र हृदयमा साँचो शान्ति र आनन्द पाउने एकमात्र मार्ग हो भन्ने व्यक्तिगत अनुभव पनि प्राप्त गरेँ। देहको मात्र कदर गर्नाले खोक्रो जीवनमा पुऱ्याउँछ, र सत्यता पछ्याउने एवं मुक्ति पाउने मौका बर्बाद गर्दछ। मैले यी कुरा बुझेपछि कर्तव्य निभाउन प्रेरणा फेरि पाएँ। मैले सुसमाचारको काममा केही पनि हासिल गरिरहेकी थिइनँ, त्यसैले मैले त्यो अवस्थाबारे व्यवहारिक बुझाइ हासिल गर्नुपर्थ्यो, समस्या हल गर्ने सिद्धान्त खोज्नुपर्थ्यो, गर्नसक्ने हरकुरामा सक्दो प्रयास गर्नुपर्छ, कामको नतिजा सुधार्ने कोसस गर्नुपर्थ्यो। त्यसरी मलाई कसरी कर्तव्य निभाएँ भनेर लाज वा पछुतो हुन्थेन। मलाई सुसमाचारको काम गर्ने क्रममा कठिनाइ आइपर्दा, कहिलेकाहीँ समस्याहरू हल आफू थकित हुने वा हालत खराब हुने चिन्ता हुन्थ्यो, तर म चिन्ताको स्थितिमा जिइरहनु हुँदैन भन्ने लाग्यो। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो बिमार झन् खराब होस् वा नहोस्, म पहिलेजस्तै तपाईँविरुद्ध विद्रोह गरिरहन चाहन्नँ। म मर्ने-नमर्ने पूर्णतया तपाईँको हातमा छ, र म तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन चाहन्छु।” प्रार्थनापछि मलाई त्यति चिन्ता लागेन। मैले केही ब्रदर-सिस्टरसँग सुसमाचार कार्यका समस्याहरू हल गर्न सङ्गति गरेँ। सबै मिलेर सिद्धान्तहरू खोज्यौँ, विकल्पहरू चर्चा गऱ्यौँ र कर्तव्यका लागि मार्ग भेट्टायौं। सुसमाचारको काममा प्रगति भयो, र हामी केही सिद्धान्तहरूमा अझ स्पष्ट भयौँ।
मार्च २०२३ मा, माथिल्ला अगुवाहरूका लागि मण्डलीमा चुनाव भयो, र अन्त्यमा म चुनिएँ। मलाई थाहा थियो, यस कर्तव्यमा ममाथि अधिक बोझ हुनेछ र मैले अझै आफ्नो स्वास्थ्यलाई सम्झेँ, तर, म अब देहमा ध्यान दिन चाहन्नथेँ। म यो कर्तव्यको अवसरलाई साँच्चै कदर गर्न चाहन्थेँ। पछि, मैले कर्तव्य निभाउने क्रममा आफ्नो स्वास्थ्यका लागि आवश्यकताअनुसार परिस्थिति मिलाउन सकेँ, बिसन्चो हुँदा केही आराम गर्थेँ र व्यायाम गर्ने समय निकाल्थेँ। त्यसरी कर्तव्य निभाउँदा म लखतरान भइनँ र बिमारले मलाई रोकेन। समय बित्दै जाँदा, मेरो टाउकोमा त्यति सुन्ना भएन। अहिले मलाई लाग्छ, मैले बचेको समयको कदर गर्नैपर्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो कर्तव्य राम्रोसँग गर्नु हो। मैले पाठ सिक्न सकूँ भनेर यो अवस्था तय गर्नुभएकोमा परमेश्वरप्रति म कृतज्ञ छु। अब म बिमारी हुने चिन्ता गरिरहँदिनँ।