८. चिढ्याउने नै भए पनि सत्यता अभ्यास गरौँ
सन् २०२० को मेमा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। म उत्साहपूर्वक खोजी गर्थेँ र सक्रियताका साथ आफ्ना कर्तव्यहरू पूरा गर्थेँ। दस महिनापछि, मलाई मण्डली अगुवाको रूपमा छनौट गरियो। त्यो बेला म धेरै तनावमा थिएँ। मलाई म अझै जवानै छु र सत्यतासम्बन्धी मेरो बुझाइ सतही छ भन्ने लागेको थियो, त्यसैले मलाई म यो कर्तव्यको लागि योग्य छैन भन्ने डर लागेको थियो। त्यसकारण मैले परमेश्वरसँग प्रार्थना गरेँ। पछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “तैँले सबैथोक परमेश्वरको हातमा छ, र मानिसहरूले केवल सहकार्य मात्र गर्दै छन् भन्ने कुरा विश्वास गर्नैपर्छ। यदि तँ इमानदार छस् भने, परमेश्वरले त्यो देख्नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरा लागि एउटा मार्ग खोलिदिनुहुनेछ, अनि कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन—तँमा यही आस्था हुनैपर्छ। त्यसकारण, कर्तव्य पूरा गरिरहेको बेला, तँमा कुनै पनि आशङ्का हुनु जरुरी छैन। जबसम्म तैँले त्यसमा आफूले सक्दो लगाउँछस्, र सम्पूर्ण हृदय लगाउँछस्, तबसम्म त्यो पर्याप्त हुन्छ। परमेश्वरले तेरा लागि कामकुराहारू गाह्रो बनाइदिनुहुनेछैन, न त तँलाई तैँले सम्हाल्नै नसक्ने कुराहरू नै जिम्मा लगाउनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्वरको वचनले मलाई विश्वास दियो र परमेश्वरले मानिसहरूको हृदय देख्नुहुन्छ भन्ने कुरा मैले बुझेँ। यदि मैले परमेश्वरको इच्छामा उचित ध्यान दिएँ र सक्दो प्रयास गरेँ भने, परमेश्वरले मलाई अगुवाइ गर्नुहुनेछ। यो कुरा जानेपछि, मलाई अब त्यति बन्धनमा परेको अनुभव भएन र मैले आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्न थालेँ।
केही पछि, मण्डलीले दुई जना सुसमाचार डिकनहरूलाई तुरुन्तै तालिम दिनुपर्ने भयो। मलाई ब्रदर केभिनको क्षमता तुलनात्मक रूपमा राम्रो छ, उनी भेलाहरूमा निकै सक्रिय रहन्छन् र उनले सुसमाचार सुनाउने सिद्धान्तहरूलाई बुझेका छन् भन्ने थाहा भयो। सिस्टर जेनेल पनि आफ्नो कर्तव्यमा सक्रिय थिइन् र केही नतिजा निकाल्थिन्। अरूको तुलनामा, यी दुई जना उक्त कर्तव्यको लागि सही देखिन्थे, र मेरो अगुवाले पनि मेरो विचारमा सहमति जनाए। त्यसकारण, मैले ती दुवैलाई सुसमाचार डिकन बनाएँ। केही समयपछि, तिनीहरू सुसमाचार डिकनको भूमिकाप्रति परिचित भए, त्यसकारण मैले तिनीहरूलाई स्वतन्त्र रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न दिएँ र मेरो सबै सामर्थ्य मलजल कार्यमा लगाएँ। केही हप्तापछि, मलाई भर्खरै सुसमाचार ग्रहण गर्नेहरूले भेला समूह छोडेको, र सुसमाचार प्रचार गर्ने केहीले आफ्नो कर्तव्यमा समाधान गर्नै नसक्ने कठिनाइहरूको सामना गरेको थाहा भयो। सुसमाचार कार्यमा यी समस्याहरू देख्दा, मैले आफैलाई प्रश्न गर्न थालेँ, “के यी दुई सुसमाचार डिकनहरूले व्यवहारिक काम गरिरहेका छन्?” त्यसैले, म तिनीहरूको कामको बारेमा विस्तृत रूपमा अनुसन्धान गर्न गएँ। मैले थाहा पाएँ कि तिनीहरूले त बन्दोबस्त मात्रै मिलाउने तर आफैले भने काम नगर्दा रहेछन्, र तिनीहरू कामको फलोअप नगर्ने, भेलामा व्यवहारिक समस्या समाधान नगर्ने, र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न स्मरण गराउने र अह्राउने मात्रै गर्दा रहेछन्। यसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूको समस्या जस्ताको तस्तै रहिरहन्थ्यो। परिस्थिति यस्तो रहेको थाहा पाएपछि, मलाई निकै खिन्न लाग्यो। मैले मनमनै सोचेँ: “मण्डली डिकन भएर पनि तिनीहरूले व्यवहारिक समस्याहरू समाधान नगर्नु, के यो लापरवाह होइन र?” मैले के पनि थाहा पाएँ भने, ब्रदर केभिनले उचित काम नगर्ने बरु गेम खेल्न खेलेर बस्ने रहेछन्, अनि सिस्टर जेनेलचाहिँ यो समयमा अल्छी गरी आफ्नो कर्तव्यप्रति गैरजिम्मेवार रहने गर्दिरहिछन्। म सुरुमा तिनीहरूसँग सङ्गति गर्न र तिनीहरूको कर्तव्यका समस्याहरू औँल्याउन चाहन्थेँ, तर हामी सधैँ राम्ररी मिल्ने गर्थ्यौँ, त्यसकारण त्यसो गर्दा हाम्रो सम्बन्ध बिग्रन सक्छ भनेर म डराएँ। यदि मैले तिनीहरूको समस्या औँल्याएँ भने, तिनीहरूले मलाई के सोच्लान्? के तिनीहरूले तिनीहरूको प्रयत्नलाई मैले हेरिनँ, केवल तिनीहरूको कमीकमजोरीमा ध्यान केन्द्रित गरेँ, र ममा प्रेमिलो हृदय छैन भन्ने सोच्नेछन्? म दाजुभाइ-दिदीबहिनीहरूले मलाई असल व्यक्ति, समझदार र बुज्झकी व्यक्ति ठानून् भन्ने आशा गर्थेँ। यस घटनाको कारण म आफ्नो प्रतिष्टालाई बरबाद गर्न चाहन्नथेँ। यदि ती दुई डिकनहरूले यसलाई स्वीकार गरेनन्, बरु उल्टै निष्क्रिय बनेर आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक भए भने, के मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई अगुवाको काम गर्न नसक्ने व्यक्ति ठान्नेछन्? म खराब अगुवा हुँ भन्ने ठान्नेछन्? मेरो अगुवाले यसबारेमा सोध्यो भने, मलाई काटछाँट हुन सक्छ। तर मैले सोचेँ, मण्डलीको कामको इन्चार्ज म नै भएको हुनाले, तिनीहरूको समस्या औँल्याउनु मेरो जिम्मेवारी हो, ताकि तिनीहरूले मनन गर्न र केही ज्ञान प्राप्त गर्न सकून्। तर अझै पनि मैले यो कुरा भन्न सकिनँ। मनभित्र अन्तर्द्वन्द्व चल्यो र अन्त्यमा मैले केही भनिनँ। बरु, मैले तिनीहरूलाई परमेश्वरका प्रोत्साहन र सान्त्वनाका केही वचनहरू पठाएँ र आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्नेबारेमा तिनीहरूसँग नरम सङ्गति गरेँ। पछि गएर, मलाई निकै ग्लानि भयो। आफू बेइमान र छली भएको अनुभूति भयो।
एक रात, मलाई निद्रै लागेन र मैले सोचिरहेँ, “सुसमाचार कार्यको अप्रभावकारिता मसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। मैले दुई जना सुसमाचार डिकनहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार रहेको देखेको छु; तिनीहरूले व्यावहारिक समस्याहरू समाधान गरिहरेका छैनन्, बरु दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्यमा अप्रभावकारी बनाइरहेका छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक स्थितिमा पुगेका छन्, र कतिपय नयाँ विश्वासीहरूले भेला समूह छोडेर गएका छन्, तैपनि मैले यी दुई डिकनहरूको समस्या औँल्याइनँ।” मलाई हृदयमा अत्यन्तै धेरै ग्लानि भयो र मलाई के गर्ने भन्ने नै थाहा भएन, त्यसकारण मैले परमेश्वरसँग मनैदेखि प्रार्थना गरेँ, र उहाँको अन्तर्दृष्टि खोजी गरेँ र उहाँलाई यो समस्या समाधान गर्न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। प्रार्थना गरिसकेपछि, मैले अनुभव गवाहीको एउटा भिडियो हेरेँ, जसमा परमेश्वरका केही वचनहरू थिए र तिनले मलाई अत्यन्तै उत्प्रेरित गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। मैले परमेश्वरका वचनहरू पढेँ, र मलाई निकै दुःख लाग्यो। पहिले, मलाई मसँग राम्रो मानवता छ, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धैर्यताको साथ सहयोग गरिरहेकी छु, र मैले व्यवहार गर्दा सधैँ अरूको भावनालाई विचार गर्छु र अरूलाई चोट पुर्याउन चाहँदिन भन्ने लाग्थ्यो। मलाई लाग्थ्यो, मैले परमेश्वरको इच्छालाई ध्यान दिइरहेकी छु, र म असल व्यक्ति हुँ। तर जब मैले दुई डिकनहरूलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको र मण्डलीको काममा ढिलाइ गरेको देखेँ, तब मैले मण्डलीको हित रक्षा गरिनँ र तिनीहरूको समस्या औँल्याइनँ। बरु, मैले तिनीहरूलाई मस्त रहन दिएँ किनभने मलाई तिनीहरूको समस्या औँल्याउँदा हाम्रो सम्बन्ध बिग्रन्छ भन्ने डर थियो। मैले तिनीहरूलाई नकारात्मक बनाएँ भने मेरो अगुवाले मेरो आलोचना गर्नेछ र मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई नराम्रो ठान्नेछन् भन्ने पनि चिन्ता लाग्थ्यो। मैले मेरो छवि, हैसियत र व्यक्तिगत स्वार्थको खातिर मण्डलीको काममा ढिलाइ भए पनि होस् भन्ने चाहेँ। यसो गर्नु बिलकुलै पनि परमेश्वरको इच्छालाई ध्यान दिनु थिएन, र म असल व्यक्ति पनि थिइनँ। वास्तवमा, असल मानवता भएका मानिसहरू इमानदार हुन्छन्, सत्यताको अभ्यास गर्न र मण्डलीका हितहरूको रक्षा गर्न सक्षम हुन्छन्, र तिनीहरूले अन्य व्यक्तिहरूमा समस्या देख्दा त्यसबारेमा सङ्गति गरी खुलासा गर्ने र यसरी अरूलाई बदल्ने साहस गर्न सक्छन्। तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग इमानदार हृदयले व्यवहार गर्न सक्छन्। तर जब मैले डिकनहरूको समस्या देखेँ, मैले केही पनि भनिनँ, र ती समस्याहरू औँल्याउनँ, बरु आफ्नै हितहरूको रक्षा गर्न मैले मण्डलीको काममा हानि पुगेको हेर्न रुचाएँ। ममा त्यति नराम्रो मानवता थियो! आफूमा विवेक र सामान्य मानवतासमेत नभएको कुराले मलाई सरमको अनुभूति गरायो।
केही पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो बारेमा थप बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्दहरू बोल्छ। परिणामस्वरूप, परमेश्वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्वरले भन्दा बढी बुझेको छ। परमेश्वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ। … ख्रीष्टविरोधीले वास्तविक काम गर्दैन, समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दैन, मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि सत्यता वास्तविकतामा प्रवेश गर्नमा मार्गदर्शन गर्दैन। ऊ हैसियत, ख्याति र प्राप्तिका लागि मात्रै काम गर्छ, आफूलाई स्थापित गर्न, मानिसहरूका हृदयमा आफ्नो स्थान जोगाउन, र सबैलाई तिनीहरूको आराधना गर्न, आदर गर्न र सधैँ पछ्याउन लगाउन मात्रै वास्ता गर्छ; उसले हासिल गर्न चाहने उद्देश्यहरू यिनै हुन्। ख्रीष्टविरोधीले यसरी नै मानिसहरूको हृदय जित्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने प्रयास गर्छ—के त्यस्तो काम गर्ने तरिका दुष्ट होइन र? यो अत्यन्तै घृणित कुरा हो!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मलाई भित्रैदेखि सरम लागेको अनुभूति भयो, किनकि परमेश्वरका वचनहरूले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गरेका थिए। ती दुई डिकनहरूले वास्तविक काम गरेका छैनन्, र समस्या गम्भीर छ भन्ने मैले स्पष्ट रूपमै देखेकी थिएँ। मैले सङ्गति गर्नको लागि मानिसहरूको भ्रष्ट स्वभावलाई न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू प्रयोग गर्नुपर्नेथ्यो, ताकि तिनीहरूले समयमै आफ्ना समस्याहरू चिन्न र आफ्नो कर्तव्यप्रतिको मनोवृति बदल्न र मण्डलीको काममा हुने निरन्तरको ढिलाइलाई रोक्न सकून्। तर तिनीहरूको नजरमा आफ्नो राम्रो छाप छोड्न, र तिनीहरूलाई म राम्रो अगुवा हुँ भनी भन्ने बनाउन, मैले तिनीहरूको समस्याको सारलाई खुलासा गरिनँ, बरु तिनीहरूलाई प्रोत्साहन दिन मैले परमेश्वरका सान्त्वनाका वचनहरू प्रयोग गरेँ, अर्थात् तिनीहरूका समस्याहरूलाई समयमै समाधान गरिएन। यसले मण्डलीको कामलाई प्रभावित गर्यो र भर्खरै सुसमाचार ग्रहण गरेका मानिसहरूलाई समेत भेला समूह त्याग्ने बनायो। मलाई यसको मूख्य कारक म आफै हुँ भन्ने महसुस भयो। अगुवाको काम भनेको मण्डली डिकन र समूह अगुवाहरूको कामको निरीक्षण र फलोअप गर्नु, र समस्याहरूलाई समयमै समाधान गर्नु हो। हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका अवस्थाहरूलाई जान्नुपर्छ, र जब कसैले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने वा मण्डलीको काममा असर गर्ने गरेको कुरा हामी थाहा पाउँछौ, तब हामीले प्रेमसहित सङ्गति गरेर तिनीहरूलाई सहयोग गर्नुपर्छ। यदि हाम्रो निरन्तरको सङ्गतिले पनि अवस्था परिवर्तन गरेन भने, हामीले तिनीहरूलाई काटछाँट वा निष्कासन गर्नुपर्छ। मण्डलीको कामलाई रक्षा गर्ने एउटै मात्र तरिका यही हो। मण्डली अगुवाको रूपमा, म आफ्नो कर्तव्यमा कहिँकतै जिम्मेवार भएकी थिइनँ, र मैले अगुवाको रूपमा पनि व्यवहार गरेकी थिइनँ। म कसरी वास्तविक काम नगर्ने ती झूटा अगुवाहरूभन्दा फरक थिएँ र? म लज्जित र दुःखी थिएँ। यदि मैले सङ्गति गरेर तिनीहरूका समस्याहरू खुलासा गरेकी भए, मैले मण्डलीको काममा यो नोक्सानी पुर्याउनेथिइनँ। यी वर्तमान समस्याहरू मेरै हेलचेक्र्याइको कारण भएका थिए। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न सहयोग गरिनँ र तिनीहरूलाई परमेश्वरको अघि ल्याउन सकिनँ। म तिनीहरूले सधैँ मलाई अनुमोदन गरून् र मेरो रक्षा गरून् भन्ने मात्र चाहन्थेँ, ताकि तिनीहरूले आफ्नो हृदयमा मेरो राम्रो छवि बनाएर राखून् र मैले हैसियत पाउन सकूँ। म परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। परमेश्वरका वचनहरूको न्याय र सजाय नभएको भए, थाहा छैन, मैले अरू कति दुष्कर्म गर्थेँ होला!
यो कुरा महसुस गरेपछि, मलाई मेरा कार्यहरूप्रति पछुतो भयो, त्यसकारण मैले मनैबाट परमेश्वरसँग प्रार्थना गरेँ: “हे परमेश्वर, मेरो स्वार्थले मण्डलीको काममा त्यति ठूलो नोक्सान पुर्याउनेछ र मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवन खतरामा पर्नेछ भनेर मैले सोचेकी थिइनँ। म त्यस्तो महत्त्वपूर्ण काम पाउन योग्यकी छैनँ। हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु, बिन्ती छ आफूलाई मनन गरी चिन्न मलाई मार्गदर्शन गर्नुहोस्। म फेरि त्यही गल्ती दोहोर्याउन चाहन्नँ।” प्रार्थना गरिसकेपछि, मेरो स्थिति अलिक सुधार भयो, तर मलाई अझै पनि अत्यन्तै ग्लानि भइरह्यो। मलाई म पापी हुँ, मैले गर्ने सबै कुराले शैतानको प्रतिनिधित्व गर्छ, मैले मुक्ति पाउन सक्दिनँ, र मेरो लागि कुनै आशा छैन जस्तो लागिरह्यो। यसपटक, एक सिस्टरले च्याट ग्रुपमा परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन्। परमेश्वरका वचनहरूले भन्छ: “तेरो असफलता, कमजोरी, तेरो नकारात्मकताका धेरै अवधिका अनुभवहरू सबैलाई परमेश्वरको जाँच भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्कर खाए पनि यो सबै परमेश्वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई ज्योति दिनुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्वरका निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यसलाई परमेश्वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरा निम्ति परमेश्वरको मुक्ति हो भनी जान्दछस् भने र यदि अब तँ उहाँप्रति गहन रूपमा ऋणी हुन्छस्—अनि अब उप्रान्त तैँलेसुधार गर्ने, यस्तो भ्रष्टतामा बस्न छोड्ने, अनि परमेश्वरका वचन उचित रूपमा खाने र पिउने प्रयास गर्छस्—र यदि तँ जहिल्यै पनि आफूलाई केही राम्रो नभएको ठान्छस्, र तँमा तृषित हृदय छ भने यो परमेश्वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने त्यसको अर्थ तँमाथि शैतानको परीक्षा आएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मलाई सान्त्वना अनुभव भयो, र मैले अभ्यासको मार्ग पनि पाएँ। मैले पहिले मेरो भ्रष्ट स्वभाव खुलासा गर्ने परमेश्वरका कठोर वचनहरू पढ्दा, मलाई दोषी ठहर्याइएको र मसँग मुक्ति पाउने कुनै आशा नभएको जस्तो लागेको थियो, त्यसकारण म नकारात्मक र कमजोर भएकी थिएँ। तर जब मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ, तब मैले परमेश्वरको इच्छालाई बुझेँ। यदि मानिसहरूले आफ्नो कर्तव्यमा मण्डलीका हितहरूको रक्षा गरेनन् र तिनीहरूलाई खुलासा र काटछाँट गरियो भने, तिनीहरूले नकारात्मक र कमजोर महसुस गर्नु सामान्य कुरा हो। यदि मैले मेरो असफलतामा सत्यताको खोजी गर्न र आफ्नो बारेमा मनन गर्न सकेँ भने, यो मेरो लागि पाठ सिक्ने मौका हुन्थ्यो। तर यदि म नकारात्मक बनेँ, पछि हटेँ, निराशामा डुबेँ वा हरेस खाएँ भने, म शैतानको छलमा परेर परीक्षामा घुँडा टेक्नेथेँ। परमेश्वरका न्याय र खुलासाका वचनहरू मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिनलाई हुन्। परमेश्वर मैले आफैलाई चिनेको, आफ्नो असफलताबाट सिकेको, र शैतानी स्वभावबाट नियन्त्रित नभएको चाहनुहुन्थ्यो। यो राम्रो कुरा थियो, यो मेरो जीवनको वृद्धि हुने मौका थियो। यसलाई पहिचान गरेपछि, मैले अबउप्रान्त नकरात्मक अनुभव गर्ने वा परमेश्वरलाई गलत रूपमा बुझ्ने गरिनँ। म परमेश्वरको वचन र सिद्धान्तअनुसार मेरो कर्तव्य पूरा गर्न इच्छुक थिएँ। म त्यसउप्रान्त मेरो नाम, प्रतिष्ठा र हैसियतको रक्षा गर्न चाहँदिनथेँ।
पछि, मैले परमेश्वरका केही वचन पढेँ: “परमेश्वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने परमेश्वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ तर इमानदारहरूलाई प्रेम गर्नुहुन्छ। इमानदार मानिसहरू मण्डलीका हितहरूको रक्षा गर्न, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको जीवनको जिम्मेवारी लिन, र आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न सक्षम हुन्छन्। मैले मेरो घमण्ड र हैसियतलाई पन्छाउनुपर्थ्यो, मण्डलीका हितहरूलाई पहिलो प्राथमिकता दिनुपर्थ्यो, र ती दुई डिकनहरूलाई सङ्गति गर्दै खुलासा गर्न सत्यता अभ्यास गर्नुपर्थ्यो र यसरी तिनीहरूलाई आफ्नो समस्याको गम्भीरता महसुस गर्न, साँचो रूपमा पश्चात्ताप गर्न र फेरि जिम्मेवार भएर काम गर्न सुरु गर्न लगाउनुपर्थ्यो। मेरो सङ्गतिपछि पनि तिनीहरू परिवर्तन हुन नसकेमा, तिनीहरूलाई निष्कासन गरेर मण्डलीको कामको रक्षा गर्ने जिम्मेवारी मेरो थियो।
पछि गएर मैले परमेश्वरका केही वचनहरू भेटेँ र सुरुमा ब्रदर केभिनसँग सङ्गति गरेँ, र उनलाई यी सामाजिक प्रचलनहरू शैतानबाट आएका परीक्षाहरू हुन् र उनले आफ्ना देहका चाहनाहरूलाई त्यागेर आफ्नो कर्तव्यमा होम्नुपर्छ र यसो गर्नु नै परमेश्वरको इच्छाअनुरूप हुन्छ भनेर बताएँ। त्यसपछि, मैले सिस्टर जेनेलसँग सङ्गति गरेँ अनि आफ्नो कर्तव्यप्रति उनमा रहेको अत्यावश्यकता र जिम्मेवारीबोधको कमी औँल्याएँ, र उनलाई परमेश्वरको इच्छालाई ध्यान दिनुपर्छ भनेर भनेँ। मेरो सङ्गतिपछि, तिनीहरू दुवै कर्तव्यप्रतिको आफ्नो मनोवृति परिवर्तन गरेर आफ्नो व्यवहार परिवर्तन गर्न तयार भए। त्यसपछि, ब्रदर केभिन केही परिवर्तन भए, र फेरि त्यस्तो परीक्षा आउँदा, उनले सचेत भएर आफ्नो देहलाई परित्याग गर्न सके। सिस्टर जेनेल पनि आफ्नो कर्तव्यमा पहिलेभन्दा सक्रिय हुन सकिन्। मैले यो परिणाम देख्दा, तिनीहरूका समस्या तुरन्तै नऔँल्याएकोमा आफैलाई दोष दिएँ। मैले परमेश्वरका वचनहरूले मानिसहरूलाई नकरात्मक बनाउँदैनन्, र सत्यतालाई स्वीकार गर्न सक्ने मानिसहरूले आफूलाई चिन्न, साँचो रूपमा पश्चात्ताप गर्न, र आफ्नो कर्तव्य अझै राम्रोसित निर्वाह गर्न सक्छन् भन्ने कुरा पनि बुझेँ। यो अनुभव गर्न पाएकोमा म अत्यन्तै खुशी छु। परमेश्वरका वचनहरूको न्याय र प्रकाशले मलाई आफ्नै भ्रष्टताको बारेमा केही बुझाइ प्रदान गरे। मैले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन्, र ती वचनहरूले वास्तवमै मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छन् भन्ने पनि अनुभव गरेँ। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!