२१. अभिमानबाट उम्‍कन सजिलो छैन

हेइली, जापान

जुलाई २०२० मा, सुपरिवेक्षकले मलाई सिस्टर आइरिसको काम जिम्मा लिन र भिडियोहरू बनाउन लगाइन्। मलाई अत्यन्तै खुसी लाग्यो, तर के पनि महसुस भयो भने नयाँ कर्तव्यमा मैले केही समस्या र कठिनाइहरू सामना गर्नेछु, त्यसकारण मैले सिक्‍नुपर्नेछ र नबुझेको कुरा सोध्‍नुपर्नेछ। तर आइरिसले आफ्‍नो काम मलाई जिम्‍मा लगाउँदा, उनको नयाँ कर्तव्यमा कामको बोझ धेरै भएकोले मलाई बताउनुपर्ने कुराहरू तुरुन्तै समाप्त गर्न चाहेको कुरा बताइन्। म काममा पोख्त होइन्जेल पर्खने उनको कुनै योजना छैन भन्‍ने देख्‍न सक्थेँ। म चिन्तित नभई बस्नै सकिनँ, “मलाई यो कामबारे थाहा छैन, के मैले साँच्‍चै यो सबै एकैपटक जिम्मा लिन सक्छु?” आइरिसले मलाई कुनै गाह्रो छ कि भनी सोधिन्। मैले मेरा चिन्ताहरू व्यक्त गर्नै लागेकी थिएँ, तर फेरि सोचेँ, “मैले उनलाई भर्खर भेटेकी छु, र पहिलो प्रभाव महत्त्वपूर्ण हुन्छ। उनी आफ्‍नो नयाँ कर्तव्य लिन हतारमा छिन्, त्यसकारण मैले उनलाई अलमल्याउनु हुँदैन। यदि मैले कठिनाइहरूबारे सोधेर काम गर्नुभन्दा पहिले नै मागहरू गरेँ भने, उनले मलाई के सोच्लिन्? के मैले केही नबुझीकनै उनको कामको जिम्‍मा लिइरहेकी छु, र म त्यस कामको लागि गलत व्यक्ति हुँ भनेर उनले नसोच्लिन् त?” त्यसकारण, मैले मन नलागीनलागी “केही छैन” भनेँ। मैले आफूसँग क्षमता छ र म समस्याहरू पत्ता लगाउन सक्छु भनेर प्रमाणित गर्न, उनले मलाई चिनाएको व्यावसायिक प्रक्रियाबारे केही सुझाव पनि दिएँ। मलाई त्यो बेला मैले जानाजानी आफ्ना कमीकमजोरी ढाकछोप गरिरहेकी छु भन्‍ने महसुस भयो। यदि उनले गल्तीवश मसँग राम्रो क्षमता छ भन्‍ने सोचेर मलाई सिकाउने समय छोट्याइन्, र मैले ढिलो सिकेको कारण काममा ढिलाइ भयो भने के गर्ने? तर त्यसपछि मैले के सोचेँ भने पहिले नै यो कुरा भनिसकेकी छु, र म आफूले दिएको वचन फिर्ता लिन सक्दिनँ। मलाई भविष्यमा समस्याहरू भयो भने म उनलाई सहयोग माग्‍न सकिहाल्छु।

भोलिपल्ट, आइरिसले मलाई भविष्यमा सिस्टर जोसी मेरी सहकर्मी हुनेछिन् भनेर भनिन्। जोसीले भिडियोहरू बनाउन थालेको एक महिना पुगेको छैन, उनले चाँडै सिकिन्, र अहिले उनी आफ्‍नो कर्तव्य एकलै पूरा गर्न सक्छिन् भनेर पनि सिस्टर लियूले भनिन्। पछि, मैले जोसीसँग कामबारे छलफल गर्दा, उनले मलाई कार्यप्रवाहबारे एकदमै कुशलतापूर्वक बताइन्, र कसरी श्रम विभाजन गर्ने, सहकार्य गर्ने आदि इत्यादिबारे मसँग छलफल गरिन्। उनले जे गरिरहेकी थिइन् त्यो उनी राम्ररी जान्दथिन् जस्तो देखिन्थ्यो। म जोसीभन्दा कम दक्ष छु भन्‍ने मलाई थाहा थियो, तर म र जोसीबीचको भिन्‍नता आइरिसलाई देख्‍न नदिन, उनको छेउमा म अत्यन्तै सावधान बन्थेँ, र आफ्ना कमीकमजोरीहरू प्रकट गर्छु होला भन्‍ने चिन्ता गर्थेँ। मैले समाधान गर्न नसक्‍ने समस्याहरू आउँदा, म जतिसक्दो धेरै जानकारी पढेर उनलाई नसोधी आफै ती समाधान गर्ने प्रयास गर्थेँ। मैले कडा परिश्रम गरे पनि, मेरो प्रगति अत्यन्तै ढिलो भयो। अगुवा हाम्रो काम जाँच्न आउँदा मैले बुझ्‍न नसकेका कुराहरू धेरै थिए। जोसीले अगुवाले सोधेका लगभग सबै प्रश्‍नको उत्तर दिइन्। यसले मलाई निराश तुल्यायो, र मलाई आफू काम नलाग्‍ने व्यक्ति रहेछु जस्तो लाग्यो। चाँडै नै, एक हप्ताभन्दा बढी समय बित्यो, र पनि मैले एकलै काम गर्न नसकेकोले, आइरिस बिदाबारी हुन र नयाँ कर्तव्य सुरु गर्न सकिरहेकी थिइनन्। यसले मलाई अझै लज्‍जित तुल्यायो र कमजोर महसुस गरायो, तर म अझै पनि आइरिससित खुलेर आफ्नो स्थितिबारे कुरा गर्न पटक्कै इच्छुक थिइनँ, किनकि मैले चाँडै सिक्‍न नसक्‍ने हुनाले म सहजै निराश हुन्छु भन्‍ने उनले थाहा पाइन् भने, उनले मेरो कद सानो छ, मेरो क्षमता कमजोर छ, र म अदक्ष छु भनेर सोच्लिन् भन्‍ने मलाई चिन्ता लाग्थ्यो। त्यो दौडान मलाई परालभित्र लुकेजस्तो महसुस हुन्थ्यो। म आफ्‍नो भयानक स्थिति कसैलाई देखाउन चाहन्‍नथेँ। म कामकुराप्रति परिचित भएर जतिसक्दो चाँडो काम सुरु गर्न चाहन्थेँ, ताकि अन्ततः आइरिस जान सकून् र हरदिन मैले आफूलाई उनको अगाडि लाजमा पार्न नपरोस्। तर मेरो वृद्धि अझै अत्यन्तै सुस्त थियो, र म परमेश्‍वरको अगुवाइ महसुस नै गर्न सक्दिनथेँ। पीडामा, म प्रार्थना र खोजी गर्न परमेश्‍वरसामु आएँ, र आफूलाई चिन्‍न उहाँलाई सहयोग मागेँ।

एक दिन, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई लिपपोत गर्छन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफू त्यो गर्न जान्ने भनेर भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्‍म त्यसो गर्नबाट टाढै छु, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा खुलासा गऱ्यो। मैले त्यो कामको जिम्‍मा लिएपछि, आफ्‍नो काममा कसरी जतिसक्दो चाँडो पोख्त हुने भन्‍नेबारे मात्रै विचार गरेँ, ताकि सबैले मसँग राम्रो क्षमता छ र म काम गर्न सक्षम छु भन्‍ने देख्‍न सकून्। जब मैले त्यो काम लिएँ, तब मैले आइरिसलाई जान हतार छ भन्‍ने थाहा पाएँ। स्पष्ट छ, त्यस्तो छोटो अवधिमा म धेरै व्यावसायिक प्रक्रियाहरूमा पोख्त हुन सक्दिनथेँ, तर मैले “म त्यति धेरै कुरा याद गर्न सक्दिनँ, मलाई थप केही दिन सिकाउनुहोस्” भनेर भन्‍नसमेत आँट गरिनँ। मैले चलाकीसमेत गरेँ र मसँग व्यावसायिक क्षमता छ भनेर प्रमाणित गर्न जानाजानी उनलाई सुझावहरू दिएँ। म जोसीभन्दा कमजोर छु भनेर आइरिसले देखून् भन्‍ने चाहन्नथिएँ, त्यसकारण मैले आफूलाई ढाकछोप गरेँ र अझ धेरै देखावटी रूप धारण गरेँ, र म आइरिसअघि अत्यन्तै सतर्क रहन्थेँ किनभने मलाई म आफ्ना कमीकमजोरीहरू लापरवाही रूपमा प्रकट गर्छु भन्‍ने डर लागेको थियो। त्यो काम जिम्मा लिने समय थियो, त्यसैले अगुवा र दाजुभाइ-दिदीबहिनीहरू सबैले मेरो कार्य-प्रस्तुति हेरिरहेका थिए र मलाई मेरो क्षमता र साँचो कद खुलासा भयो भने, मानिसहरूले मलाई तुच्छ ठान्नेछन् भन्‍ने चिन्ता लागेको थियो। यदि अगुवाले मसँग क्षमता छैन र भिडियोहरू बनाउन म योग्य छैनँ भन्‍ने देखेर मलाई हटाए भने, त्यो निकै लाजमर्दो कुरा हुनेथियो। त्यसकारण, मैले आफूसँग प्रश्‍न र कठिनाइहरू हुँदा, सोध्‍न चाहिनँ। म सधैँ यसरी आफूलाई ढाकछोप गर्ने र देखावटी रूप धारण गर्ने गर्थेँ, तब मैले कसरी प्रगति गर्न सक्थेँ र? जब मानिसहरू नयाँ कर्तव्य सुरु गर्छन्, तब सबै कुरा नौला हुन्छन्, त्यसकारण तिनीहरूले नबुझ्‍ने कुरा धेरै हुनु सामान्य हो। यसको अलावा, मेरो काम गर्ने क्षमता कमजोर थियो, त्यसकारण मैले प्रश्‍नहरू सोध्नुपर्थ्यो र अझै बढी खोजी गर्नुपर्थ्यो, तर म अत्यन्तै अहङ्कारी थिएँ। म आफै ठिक छु र काम सम्‍हाल्‍न सक्छु भनेर प्रमाणित गर्न चाहन्थेँ, त्यसकारण मैले सधैँ कुरा बुझेको बहाना गरेँ र देखावटी रूप धारण गरेँ, जसले मलाई कुराहरू बुझ्न रोक्यो, कामको हस्तान्तरणमा ढिलाइ भयो, र आइरिसलाई जान असम्‍भव बनायो। मैले गरेको काम वास्तवमा हानिकारक थियो। मैले हाम्रो काममा ढिलाइ गरेँ र मलाई एकपटक पनि दोषी महसुस भएन, बरु मानिसहरूले मेरो साँचो क्षमता देख्‍नेछन् वा मलाई तुच्छ ठान्नेछन् भन्‍ने चिन्ता मात्र गरिरहेँ। म अत्यन्तै अविवेकी थिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्‍वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफूसँग कमीकमजोरी वा भ्रष्ट स्वभाव छ, र अरूलाई भ्रममा पार्न सधैँ वास्तविक रूप लुकाइन्छ भने, यो धूर्त र छली काम हो, र शैतानी प्रकृतिको कारण यसो गरिन्छ भन्ने महसुस गरेँ। यदि यसो गरियो भने, कहिल्यै पनि सत्यतामा प्रवेश गरिँदैन। मैले आफूलाई उदाङ्गो पार्नुपर्छ र आफ्ना असल र खराब पक्षहरूबारे खुलस्त कुरा गर्नुपर्छ, अनि अरू मानिसहरू र परमेश्‍वरसँग म इमानदार हुनुपर्छ। यसरी, मेरो हृदय झन्-झन् इमानदार हुनेथियो, म परमेश्‍वरसामु जिउन सक्थेँ, समस्या र विचलनहरूलाई समयमै सुधार गर्न सकिन्थ्यो, र यसले मलाई ख्याति र हैसियतको पछि लाग्‍ने गलत मार्ग अपनाउन रोक्‍न सक्थ्यो। मैले अभ्यासको मार्ग प्राप्त गरेपछि आफ्नो स्थितिबारे मन खोलेर आइरिसलाई बताएँ। मैले खुलेर कुरा गरेपछि, उनले पनि आफ्‍ना जिम्‍मेवारीहरू पूरा नगरेको महसुस गरिन् भनेर आइरिसले भनिन्, जुन अनपेक्षित थियो। उनले आफ्‍नो नयाँ कर्तव्य लिनेबारे मात्रै सोचिरहेकी थिइन्, त्यसकारण उनले उचित तरिकाले काम हस्तान्तर गरेकी थिइनन्। उनले मैले कामकुरा बुझेपछि मात्रै जान्छु भनेर पनि भनिन्। यो सुन्दा म निकै भावुक भएँ। खुलस्त कुरा गरेर अनि अरूलाई आफ्‍ना कमीकमजोरी र त्रुटिहरू देखाएर उनीहरूको सहयोग र साथ पाउन सकिन्छ, आफ्‍नो कर्तव्यमा उनीहरूसँग सहकार्य गर्न सकिन्छ, र अझै महत्त्वपूर्ण, इमानदार र आज्ञाकारी मनोवृत्तिले काम गर्न सकिन्छ भन्‍ने मैले अनुभव गरेँ। परमेश्‍वरसामु जिउनु र आफ्नो कर्तव्यप्रति जिम्‍मेवार हुनु भनेको यही हो, र यसो गर्दा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकिन्छ। त्यसपछि, मैले त्यो काम कति बुझेकी छु भन्‍नेबारे मेरी सिस्टरलाई साँचो रूपमा बताएँ, र उनले मलाई ती कुराहरू लक्षित गर्दै सिकाइन्, र मैले धेरै कुरा सिकेँ। मलाई आफ्‍नो कर्तव्य निभाउनु किन यति गाह्रो भएको थियो भन्‍ने कारण पनि बुझेँ, र मैले आफूसँग काम गर्ने क्षमता छ भनी प्रमाणित गर्न सबै कामबारे एकैपटक परिचित भएर पोख्‍त बन्‍न चाहेकोले त्यसो भएको थियो, जसले गर्दा मैले कामहरूको प्राथमिकता छुट्याउन सकिनँ र मेरो प्रगतिमा ढिलाइ भयो। त्यसपछि, मैले महत्त्व र आतुरीको आधारमा कामको वर्गीकरण गरेँ, ताकि म लक्षित र व्यवस्थित तरिकाले काम गर्न सकूँ, र म चाँडै नै कामसित परिचित भएँ। मैले यो अनुभवबाट सत्यता अभ्यास गर्नुको मिठास चाखेँ। मैले आफ्‍नो कर्तव्यमा सही अभिप्रायहरू र इमानदार मनोवृत्ति हुनुको महत्त्व पनि बुझेँ। यसरी मात्रै म परमेश्‍वरका मार्गदर्शन र आशिषहरू प्राप्त गर्न सक्छु। त्यसपछि, जब म आफूले नबुझेका समस्याहरू सामना गर्थेँ, तब समाधानहरू खोज्‍न सक्रिय भएर दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी गर्थेँ। केही समयसम्‍म यसरी अभ्यास गरेपछि, प्रतिष्ठा र हैसियतप्रतिको मेरो इच्‍छा घटेको छ, र खुलस्त हुने र इमानदार व्यक्ति बन्‍ने मेरो अभ्यासमा मैले केही प्रवेश पाएकी छु भन्ने मलाई लाग्यो। तर चाँडै नै, मैले मेरो यो दृष्टिकोण इन्कार गरेँ।

करिब एक महिनापछि, काम गर्न दक्ष नभएकाले, र कामको बोझ कम भएको कारण, अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने पहिलेकै काममा खटाइन्। मलाई यो निकै लाजमर्दो लाग्यो, र पहिले मसँगै नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने दाजुभाइ-दाजुभाइ-दिदीबहिनीहरूलाई अनुहार देखाउन मन लागेन। बरु म यसबाट उम्केर सुसमाचार प्रचार गर्न चाहन्थेँ, तर नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा मैले फर्कनुपर्ने कुरालाई बदल्न सकिँदैनथियो। मलाई आफू हावा खुस्किएको बेलुनझैँ लाग्यो, मेरो शिर लत्रिएको थियो, र मैले आफूलाई उत्साहित पार्न सकिनँ। नजिकैकी सिस्टरले मेरो स्थिति सही छैन भन्‍ने देखिन् र मलाई आज्ञापालनसम्‍बन्धी परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्, र मसँग कुराकानी गर्न चाहेको कुरा बताइन्। म तुरुन्तै सतर्क भएँ, “के मेरी सिस्टरले म खराब स्थितिमा छु भन्‍ने देखिन्? मलाई मेरो पहिलेको समूहबाट हटाइएको कुरा थाहा पाइन् भने कतै उनले मलाई तुच्छ ठान्नेछिन्? म आफ्‍नो छवि त्याग्‍न नसकेर नकारात्मक बनेकी छु भन्‍ने थाहा पाइन् भने, कतै उनले मैले सत्यता वास्तविकताहरू कति पनि प्राप्त नगरी परमेश्‍वरमा वर्षौंदेखि विश्‍वास गरेकी रहेछु भनेर त नसोच्लिन्? कतै उनले मलाई सत्यताको पछि नलाग्ने व्यक्ति ठान्‍ने पो हुन् कि?” त्यसकारण, मैले विनम्रतापूर्वक आफ्‍नो प्रतिरक्षा गरेँ, “अहिले भिडियो बनाउने काममा त्यति धेरै मानिसहरू आवश्यक छैन, मलाई ढिलो वा चाँडो सरुवा गरिने नै थियो। सिस्टर मेलानीलाई पनि पहिलेकै काममा स्थानान्तर गरिएको छ।” मेलानीले पहिले मलजल कामको रेखदेख गर्थिन् त्यसैले मैले उनको नाम लिएँ, र यदि उनी नै पहिलेको काममा फर्किएकी छिन् भने, म पनि फर्कनु सामान्य कुरा थियो। यो सुनेपछि, सिस्टरले थप केही कुरा सोधिनन्। यो मोडमा, म कमजोर हुनु हुँदैन भनेर मैले आफूलाई सम्झाएँ। मैले दह्रिलो बनेर आफ्‍नो कर्तव्य सक्रिय रूपमा निभाउनुपर्थ्यो, ताकि मलाई सरुवा गरिएकोमा मैले मन दुखाएकी छैनँ, र म यसमा समर्पित हुन सक्छु भन्‍ने कुरा सबैले देख्‍न सकून्। मैले आफ्‍नो वास्तविक रूप लुकाउन र दह्रिलो भएको बहाना गर्न सक्दो प्रयास गरेँ, तर मलाई वास्तवमा दुःख र निराश लाग्थ्यो। कहिलेकाहीँ म कसरी मैले मेरी सिस्टरको सहयोग इन्कार गरेँ भनेर सोच्थेँ र पछुताउँथेँ, “उनले मलाई दयालु भई सहयोग गर्न खोजिन्, तर किन मैले आफ्‍नो छवि जोगाउन उनको सहयोग इन्कार गरेँ? किन मैले उनीसित मन खोल्न सकिनँ?”

पछि, एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन् जसले मेरो स्थितिबारे केही अन्तर्दृष्टि प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, तिनीहरू सधैँ आफ्‍नो भेष बदल्न खोज्छन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा अहङ्कारी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्‍वरले यसलाई अत्यन्तै तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो भेष बदल्छस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले तर्क गर्ने र आफूलाई सही साबित गर्ने सक्दो प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले के अनुभूति गर्छन्? घिन र घृणा। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही तरिकाले लिन सक्छस्, र अरू सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन सक्छस्, र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमानदार व्यक्ति होस् भन्‍नेछन्, किनकि तेरो हृदय परमेश्‍वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्छन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गरिस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्‍नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्‍नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेका हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूका नजरमा, यो जोकरको काम जस्तो देखिन्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। म परमेश्‍वरको वचनमा खुलासा गरिएको मूर्ख व्यक्ति थिएँ, र जोकरजस्तै सधैँ अरूको अगाडि नाटक गरिरहेकी हुन्थेँ। ती दिनहरूमा, मलाई सरुवा गरिएको हुनाले मलाई मैले ख्याति र हैसियत गुमाएँ भन्‍ने लाग्यो, र ममा गलतफहमी र नकारात्मकता विकसित भयो। मेरी सिस्टर मलाई सहयोग गर्न चाहन्थिन्, तर मैले आफ्ना समस्या र कठिनाइहरू समाधान गर्नका लागि उनीसँग सत्यता खोजी गर्न खुलस्त कुरा गरिनँ। बरु, मैले तुरुन्तै आफ्नो प्रतिरक्षा गरेँ। उनले म नकारात्मक र अनाज्ञाकारी भएको देखेछिन् भन्‍ने शङ्का लाग्यो, त्यसकारण मैले आफ्‍नो कमजोरीलाई कसरी ढाकछोप गर्ने र आफ्‍नो लागि परिस्थिति सहज तुल्याउने भनेर पत्ता लगाउने प्रयास गरेँ। म कति छली थिएँ! यसो गरेर मैले मेरी सिस्टरलाई छल गरे पनि, र मेरो छवि जोगिए पनि, मैले उनीबाट साथ र सहयोग पाउन सकिनँ। मेरो नकारात्मक स्थिति समयमै समाधान हुन सकेन, र म अन्धकार र पीडामा जिएँ। के यो मूर्खता थिएन र? मैले आफैलाई यसो गरेँ, र म कष्ट भोग्‍न लायक थिएँ! मैले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, मेरो भ्रष्ट स्वभाव त्यति परिवर्तन भएको थिएन, र जब-जब मेरो छवि वा हैसियतको कुरा आउँथ्यो, तब-तब नचाहँदा-नचाहँदै म सधैँ आफूलाई ढाकछोप गर्ने र देखावटी रूप धारण गर्ने गर्थेँ। मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै मनको कुरा खोलिनँ, र शैतानको बन्धनमा कैदीले झैँ हरदिन अन्धकारमा बिताएँ। म दयनीय र कमजोर थिएँ, र म यसबाट उम्‍कन सकिनँ। म साँच्‍चै दर्दनाक स्थितिमा थिएँ। मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आदर पाउनका लागि सधैँ वास्तविक रूप लुकाउँछु, र दयननीय स्थितिमा जिउँछु। बिन्ती छ मलाई सहयोग र अगुवाइ गर्नुहोस् ताकि म आफूलाई बुझ्न र घृणा गर्न सकूँ अनि साँचो रूपमा पश्‍चात्ताप गर्न र परिवर्तन हुन सकूँ।”

एक दिन, मैले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छ? के उसले साँच्‍चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्‍वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। उसको उद्देश्य स्पष्ट छ, सरल रूपमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर रूपमा क्षति गर्नेछ, र यो फाइदाभन्दा बेफाइदा बढी हुनेछ भन्ने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, उसले अझै पनि नाटक गर्न जारी राख्‍नेछ। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण, नगण्य व्यक्ति भएको स्वीकार गरेमा, मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन। … तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्‍ना कमजोरीहरू प्रकाश गर्दैनन्, न त तिनीहरूले आफ्‍ना कमी र कमजोरीहरू पहिचान गर्ने प्रयास नै गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, ‘तिमीले परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गरेका छौ, के परमेश्‍वरलाई तिमीले कहिल्यै शङ्का गरेका छौ?’ तिनीहरूले उत्तर दिन्छन्, ‘छैन।’ तिनीहरूलाई सोधिन्छ, ‘परमेश्‍वरका लागि आफूलाई समर्पित गर्दा सबै कुरा त्यागेकोमा के तिमीलाई कहिल्यै पछुतो लागेको छ?’ तिनीहरूले उत्तर दिन्छन्, ‘छैन।’ ‘तिमी बिरामी हुँदा, के तिमी बेचैन भयौ र तिमीलाई घरको याद आयो?’ अनि तिनीहरूले उत्तर दिन्छन्, ‘कहिल्यै याद आएन।’ हेर् त, ख्रीष्टविरोधीहरूले आफूलाई अटल, दृढ इच्छाशक्ति भएको, अनि त्याग गर्न र कष्ट भोग्‍न सक्‍ने व्यक्तिका रूपमा, कमजोरी नै नभएको र कुनै दोष वा समस्या नभएको व्यक्तिका रूपमा प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई औँल्याइदियो, तिनीहरूलाई सामान्य दाजुभाइ-दिदीबहिनीहरूका रूपमा, समान व्यवहार गर्‍यो, र खुलस्त भएर तिनीहरूसँग सङ्गति गर्‍यो भने, तिनीहरूले यस मामलालाई कसरी लिन्छन्? आफूलाई निर्दोष र जायज तुल्याउन, आफू सही छु भनी प्रमाणित गर्न, र अन्त्यमा मानिसहरूलाई तिनीहरूमा कुनै समस्या छैन, र तिनीहरू सिद्ध, आत्मिक मानिसहरू हुन् भनी देख्ने तुल्याउनका लागि सक्दो गर्छन्। के यो सबै ढोँग मात्रै होइन र? आफूलाई त्रुटिरहित र पवित्र ठान्‍ने सबै मानिसहरू ढोँगी हुन्। म किन तिनीहरू सबै ढोँगी हुन् भनी भन्छु? मलाई भन, के भ्रष्ट मानवजातिको बीचमा कुनै त्रुटिरहित मानिस छ? के साँचो रूपमा पवित्र कुनै व्यक्ति छ? (छैन।) पक्कै छैन। जब शैतानद्वारा मानिस यति गहन रूपमा भ्रष्ट तुल्याइएको छ र जन्मजात रूपमै ऊसँग सत्यता छैन भने, उसले कसरी त्रुटिरहितता हासिल गर्न सक्छ? परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ; सारा भ्रष्ट मानवजाति दूषित छ। यदि कुनै व्यक्तिले आफूमा कुनै त्रुटि छैन भन्दै पवित्र व्यक्तिको नक्कल गर्छ भने, त्यो व्यक्ति के हुनेथियो? ऊ दियाबलस, शैतान, र प्रधान स्‍वर्गदूत हुनेथियो—ऊ खाँटी ख्रीष्टविरोधी हुनेथियो। ख्रीष्टविरोधीले मात्रै त्यसरी त्रुटिरहित र पवित्र व्यक्ति हुँ भनेर दाबी गर्न सक्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई निकै दुःख लाग्यो। ख्रीष्टविरोधीहरूले मानिसहरूमाझ आफ्‍नो ओहोदा र छवि कायम राख्‍न देखावटी रूप र झूटको प्रयोग गरेर मानिसहरूलाई छल गर्छन् र बहकाउँछन्, अनि तिनीहरूले आफूलाई कहिल्यै कमजोर महसुस नगर्ने वा भ्रष्टता प्रकट नगर्ने सिद्ध र आत्मिक मानिसका रूपमा प्रस्तुत गर्छन्। तिनीहरूले मानिसहरूमाझ ओहोदा ओगट्न र मानिसहरूलाई तिनीहरूको आदर गर्न लगाउन यसो गर्छन्। मैले आफ्‍नो व्यवहारलाई नियालेँ र म ख्रीष्टविरोधीजस्तै रहेछु भन्‍ने थाहा पाएँ। बोल्दा र कामकुरा गर्दा म सधैँ बहाना बनाउथेँ र देखावटी रूप धारण गर्थेँ। भिडियो बनाउँदा, मैले मेरा प्रश्‍न र कठिनाइहरूबारे खोजी गर्न खुलस्त कुरा गरिनँ, तर आफ्‍नो हैसियत र छवि कायम राख्‍न काममा ढिलाइ गर्न रुचाएँ। मलाई सरुवा गरिँदा, मेरी सिस्टरले मलाई निकालिएको हो भन्‍ने थाहा पाउँलिन्, र मलाई तुच्छ ठान्लिन् भन्‍ने डर लागेको थियो, त्यसकारण मैले तथ्यलाई ढाकछोप गर्न बहाना बनाएँ, र अरूलाई म कामको आवश्यकताअनुसार फर्किएकी हुँ भनेर सोच्न लगाउने प्रयास गरेँ। मेरो शैली घृणित किसिमको थियो। मैले कठिनाइ वा नकारात्मकता जुनसुकै स्थिति भोगिरहेको भए पनि होचिने डरले म बिरलै खुलस्त कुरा गर्थेँ, र खुलस्त कुरा गरे भने पनि, झारा टार्न मात्र यसो गर्थेँ भन्‍नेबारे पनि मैले मनन गरेँ। प्रायजसो, म आफूसँग कद छ र सत्यता बुझेपछि यसलाई अभ्यास गर्न सक्छु भनेर मानिसहरूलाई सोच्न लगाउन आफ्नो सकारात्मक अभ्यासबारे मात्रै कुरा गर्थेँ। म आफ्नो छवि र हैसियत कायम राख्‍न कडा परिश्रम गर्थेँ, मैले भन्‍ने र गर्ने सबै कुरा देखावटी रूप र बहाना मात्रै हुन्थे। मैले असफलता र बाधाहरूको सामना गर्दा मानिसहरूलाई मेरो आदर गर्न लगाउन ममा अरूसँगभन्दा ठूलो कद छ भनेर देखाउन खोज्थेँ। मलाई मण्डलीले निष्कासित गरेका ख्रीष्टविरोधीहरूको याद आयो। तिनीहरूमध्ये धेरैले प्रायजसो शब्द र धर्मसिद्धान्तहरू भट्याउँथे, नाराहरू लगाउँथे, र समर्पित भई सत्यता पछ्याउने व्यक्तिका रूपमा देखावटी रूप धारण गर्थे, मानौँ तिनीहरूलाई शैतानले भ्रष्ट तुल्याएकै छैन। केही समयसम्‍म तिनीहरूलाई आदर र आराधना गरिए पनि, तिनीहरूको प्रकृति सत्यतालाई मन नपराउने र घृणा गर्ने किसिमको थियो, र तिनीहरूले धेरै दुष्कर्म गरेका कारण, अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले खुलासा गरेर निकाल्‍नुभयो। परमेश्‍वरले उहाँको स्वभावविरुद्धको कुनै पनि अपराध सहनुहुन्‍न। परमेश्‍वरले त्यस्ता पाखण्डीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ, र उहाँले त्यस्ता मानिसहरूलाई कदापि मुक्ति दिनुहुन्‍न। यदि मैले सत्यताको पछि लाग्न इन्कार गरेर सधैँ आफ्‍नो शैतानी स्वभावको आधारमा आफ्‍नो वास्तविक रूप लुकाएकी भए, यो मेरो जीवनलाई हानि गर्ने कार्य मात्रै हुनेथिएन। परमेश्‍वरले मलाई दोषी ठहराएर निकाल्‍नुहुनेथियो! मलाई आफ्नो स्थिति अत्यन्तै खतरनाक अवस्थामा छ भन्‍ने थाहा भयो। त्यहाँदेखि मैले पाखण्डी हुन चाहिनँ। म पश्‍चात्ताप गरेर परिवर्तन हुन मात्रै चाहन्थेँ।

त्यसपछिका दिनहरूमा, मैले सचेत भई इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी परमेश्‍वरको वचनका खण्डहरू खोजेँ। मैले भेट्टाएको एउटा खण्डले यसो भन्थ्यो: “तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तँ कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा अनि इमानदारीपूर्वक बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा सोच्ने कुराबारे निष्कपट रूपमा खुलस्त हुन, अरूसँग आफ्नो हृदय बाँड्न र आफूले नजानेको कुरा जानेको ढोँग बिलकुलै नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्‍न सक्छन् र तैँले सधैँ सत्य बोल्ने भएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने छनौट गर्छु। म साँचो साँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोँग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।’ यदि तँ यसरी बोल्छस् भने, तेरो हृदयमा सहज र शान्त महसुस हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र हृदयदेखि कुरा गर्न, तैँले अरूद्वारा आफ्नो उपहास र अवहेलना गरिने कुराको डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख नै ठाने भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग दियो। हामीसँग जे-जस्तो भ्रष्टता वा कमजोरी भए पनि, वा हामीले नबुझेका कुराहरू भए पनि, र अरूले जेसुकै सोचे पनि, आफ्‍नो बारेमा खुलस्त बताएर, सत्यता खोजी गरेर, र इमानदार व्यक्ति बन्न लागिपरेर मात्रै हामी आफ्नो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट क्रमिक रूपमा मुक्त हुन सक्छौँ, र स्वतन्त्र र मुक्त भएर जिउन सक्छौँ। म परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न अनि सरल र खुलस्त बोल्‍ने व्यक्ति बन्‍नका लागि लागिपर्न तयार छु भनेर मैले आफूसँग शपथ खाएँ। म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा फर्केपछि, मैले पहिलेजस्तो देखावटी रूप धारण गर्न छोडेँ। भेलाहरूमा त्यो अवधिको मेरो स्थितिबारे आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खुलस्त बताउथेँ। मैले सबैको अगाडि आफ्नो छवि र हैसियत कायम राख्‍ने गरेको कुरूप तथ्य खुलासा गरेकी भए पनि, कम्तीमा तिनीहरूले मेरो वास्तविक स्थिति थाहा पाए। यसो गरेर, मलाई मेरो हृदयबाट ठूलो बोझ हटाइएको जस्तै अनुभूति भयो, र मलाई निकै स्वतन्त्र र सहज महसुस भयो। साथै, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ ठानेनन्, र तिनीहरूले मेरो अनुभवबाट केही पाठहरू सिक्‍न सके। अगुवाले मेरो स्थितिबारे थाहा पाएपछि मसँग सङ्गति गरिन्, मलाई सहयोग र साथ दिइन्, जसले गर्दा ख्याति र हैसियतको पछि लाग्दा हुने खतरा र परिणामहरूबारे म सचेत भएँ।

यस अनुभवबाट, मैले आफ्नो भित्री वास्तविकता लुकाउनुभन्दा इमान्दार बन्‍नुले परमेश्‍वरको अगाडि गरिने साँचो पश्‍चात्तापको मनोवृत्ति झल्काउँछ भन्‍ने थाहा पाएँ। यो ज्योतिको मार्ग खोजी गर्ने व्यावहारिक बाटो हो। सत्यता अभ्यास गर्दा अनि इमानदार व्यक्ति बन्दा मात्रै बाटो सदा फराकिलो र उज्यालो हुँदै जान सक्छ।

अघिल्लो: २०. म फेरि कहिल्यै आफ्नो भाग्यबारे

अर्को: २२. किन म समस्याहरूबारे रिपोर्ट गर्न डराउँछु?

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्