१६. मेरो धूर्तता र छलीपनलाई मैले कसरी समाधान गरेँ

फ्र्याङ्क, फिलिपिन्स

म सधैँ आफूलाई इमानदार व्यक्ति ठान्थेँ। म बोली र काममा भरपर्दो छु भनेर सोच्थेँ, अनि मलाई चिन्‍ने मानिसहरूले पनि मेरो बारेमा त्यसै भन्थे। मलाई लाग्थ्यो, म इमानदार र भरपर्दो मानिस हुँ। मैले विश्‍वास प्राप्त गरेपछि, प्रायः ब्रदर-सिस्टरहरूसित कहिल्यै झूट बोलिनँ, जानीजानी अरूलाई धोका दिइनँ। त्यसैले, म सधैँ के विश्‍वास गर्थें भने म सिद्ध रूपले इमानदार व्यक्ति नभए तापनि, कम्तीमा म धूर्त, छली व्यक्तिचाहिँ होइन। त्यसपछि, तथ्यहरूले जे खुलासा गरे त्यसमार्फत मैले आफ्नो धूर्त प्रकृतिको बारेमा केही ज्ञान प्राप्त गरेँ र वास्तवमै आफ्नो साँचो रूप देखेँ।

एकपटकको कुरा हो, मेरी सहकर्मी सिस्टर एस्लीले एउटा कामको बारेमा मैले फलोअप गरेँ कि गरिनँ र त्यसमा कुनै प्रगति भएको छ कि छैन भनेर सोध्दै मलाई मेसेज पठाइन्। मैले आजभोलि त्यस कामबारे कुनै पनि जानकारी राखिरहेको छैनँ भन्‍ने मलाई झट्टै महसुस भयो, त्यसैले त्यसबारे के-कति प्रगति भयो भन्‍नेबारेमा विस्तृतमा मलाई थाहा थिएन। सुरुमा त उनलाई सिधै भनिदिऊँजस्तो लाग्यो, तर फेरि हिचकिचाउँदै सोचेँ, “मैले सधैँ आफू भरपर्दो व्यक्ति हुँ भन्‍ने छाप बनाएको छु, त्यसकारण यदि मैले हालसालै काम हेर्न बिर्सेछु भनेर सिधै बताएँ भने, के उनले मलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको ठान्दिनन् र? मैले उनको नजरमा नकरात्मक छाप छोड्नेछु र उनको नजरमा मेरो विश्‍वसनीयता गुम्‍नेछ। बरु, अवस्था बुझ्नलाई म त्यो काम सम्हालिरहेकी सिस्टरलाई सोध्‍छु, र त्यसपछि एस्लीलाई जवाफ दिन्छु। त्यसपछि, कामको प्रगति जस्तोसुकै होस्, यसले कम्तीमा मैले कामको ख्याल गर्दै छु भन्‍ने त देखाउँनेछ।” त्यसैले, मैले त्यो मेसेज नदेखेको जस्तो भान गरेँ, अनि कामको जानकारी लिएपछि जवाफ दिएँ। त्यतिबेला एस्लीले मलाई केही भनिनन्, तर मलाई अप्ठ्यारो र चिन्ता लागिरह्यो। त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरूले मलाई लज्‍जित तुल्याए। मैले झूट बोलेको जस्तो देखिँदैनथ्यो, तर मेरो सोचाइ र मेरा कार्यका उद्देश्यहरूमार्फत मैले जे प्रकट गरेँ त्यो कुरा एस्लीले मेरो आन्द्राभुँडी थाहा पाउँछिन् भन्‍ने डरले आफ्नो कर्तव्यमा भएको लापरवाही ढाकछोप गर्न र लुकाउनका लागि थिए। जब मैले उनको सन्देश नदेखेजस्तो गरेँ, र त्यसपछि मैले कामको राम्रोसित फलोअप गरेको गलत झल्को दिनको लागि उनलाई जवाफ दिनुअघि अवस्था बुझ्न त्यो काम हेर्ने सिस्टरबाट जानकारी हासिल गर्न हतारिएँ, तब के मैले झूटो छाप सिर्जना गर्दै थिइनँ र? के म छली हुँदै थिइनँ र? के यो धूर्त र छली व्यवहार थिएन र? यस्तो सानो कुरामा समेत मेरो सोचाइ यत्ति जटिल थियो, र मैले सत्य कुरा लुकाउने अभिप्राय राखेँ र चालहरू चलेँ। कसरी त्यो इमानदार भएको भयो र? कसरी त्यो भरपर्दो भएको भयो र? यो कुरा बुझेपछि, म आफूले सोचेजस्तो इमानदार छैनँ, र कहिलेकाहीँ म छल गर्छु र अरूलाई धोका दिन्छु भन्‍ने कुरा बुझेँ। अर्कोपटक मैले सत्य कुरा बोल्नुपर्थ्यो, इमानदार व्यक्ति बन्‍नुपर्थ्यो, र अबउप्रान्त अरूलाई धोका दिनको लागि मैले कुराहरू लुकाउनु हुँदैनथ्यो।

केही दिनपछि, एस्लीले मलाई हाम्रो अगुवाले दुई दिनपछि हाम्रो काम जाँच गर्नुहुनेछ भनेर बताइन्। त्यो कुरा सुनेर मेरो मुटु ढुकढुक भयो, “सामान्यतया अगुवा हामीकहाँ अचानक आउँदिनन्, यसपटक किन तिनी हामीलाई खोज्दै आउँदै छिन्? के तिनले हाम्रो काममा कुनै समस्या पत्ता लगाइन्? म हालसालै मलजलको काममा अत्यन्तै व्यस्त भएको छु र मैले सम्हालिरहेको भिडियो उत्पादन कार्यलाई हेरिरहेको छैनँ, त्यसबाट त्यति उपलब्धि हासिल गरिरहेको छैनँ। त्यसबारे अगुवाले सोधे भने मैले के भन्‍ने?” उनले कस्ता प्रश्‍नहरू सोध्लिन्, मलाई कुन कुरा मलाई थाहा छैन भनेर मैले अडकल लगाउन थालेँ, ताकि मैले तुरुन्तै पत्ता लगाउन सकूँ। नत्र त यदि मैले उत्तर दिन नसक्‍ने प्रश्‍न उनले सोधिन् भने, के मैले वास्तविक काम गरिरहेको छैनँ भन्‍ने देखिन्‍नथ्यो र? मलाई अलिक चिन्ता र वेचैनी लाग्यो। केहीबेर सोचेपछि, अगुवाले कामको जाँच गर्नु सामान्य कुरा हो—मैले किन ज्यादा सोच्दै छु? मैले अगुवा के चाहन्छिन् भनेर अन्दाज लगाउँदै मात्र थिइनँ, समस्याहरू कसरी ढाकछोप गर्ने भनेर दिमाग पनि खियाइरहेको थिएँ, र उनले मेरा समस्या देख्‍नेछिन् र मलाई वास्तविक काम नगरिरहेको कारण काटछाँट गर्नेछिन् भनेर म डराएको थिएँ। के मैले छदम् भेष धारण गर्ने प्रयास गरिरहेको थिइनँ र? वास्तवमा, अगुवाले कामबारे सोध्‍नु सामान्य कुरा थियो। त्यसलाई मैले इमानदार भएर सामना गर्नुपर्थ्यो र समस्या वा विचलनहरू भए त्यसलाई परिवर्तन गर्नुपर्थ्यो। किन मैले एकदमै ज्यादा सोचिरहेको थिएँ? के म धूर्त भइरहेको थिइनँ र? मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। परमेश्‍वरका वचनहरू स्पष्ट छन्। इमानदार मानिसहरूले कालोलाई कालो, सेतोलाई सेतो भन्‍नुपर्छ, तिनीहरूले स्पष्ट रूपमा बोल्नुपर्छ, तर मेरो सोचाइ एकदमै जटिल थियो। म सत्य कुरा ढाकछोप गर्न चाहन्थेँ, त्यसैले मैले कुटिल विचार पाल्दै थिएँ। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, सत्यता अभ्यास गर्न र इमानदार हुन, अनि अगुवाले जे सोधे पनि सिधा जवाफ दिन सकूँ भन्दै मार्गदर्शन मागेँ।

हाम्रो भेलामा, अगुवाले सर्वप्रथम भिडियो उत्पादन कार्यबारे सोधिन्। यो कामको लागि म प्रत्यक्ष जिम्मेवार थिएँ, तर मैले धेरैजसो समय र शक्ति मलजल गर्ने काममा बिताइरहेको थिएँ। मैले भिडियो निर्माण गर्ने कामको त्यति जनकारी राखिरहेको थिइनँ। मैले त्यो कुरा बताएपछि, उनले मलाई व्यावहारिक काम नगरेकोमा काटछाँट गरिन्, र त्यसपछि कति जना नयाँ विश्‍वासीहरू भेलाहरूमा नियमित रूपमा उपस्थित भइरहेका छैनन् भनेर सोधिन्। त्यस प्रश्‍नले म अलिक आत्तिएँ। मैले त्यसको विवरण राखेको थिइनँ, मैले त्यसबारे कहिलेकाहीं त सोध्थेँ तर गम्भीरतासाथ भने लिएको थिइनँ। अनि मैले सोचेँ, “मैले आफ्नो धेरैजस्तो ऊर्जा मलजलको काममा लगाएँ भनेर भर्खरै भनेँ, त्यसैले यदि कति जना नयाँ विश्‍वाशीहरू भेलामा नियमित रूपमा उपस्थित भइरहेका छैनन् भनेरसमेत बताउन सकिनँ भने, उनले मलाई के सोच्नेछिन्? त्यति पनि थाहा नहुने गरी दिनभरि मैले के गरिरहेको छु, र के मैले कुनै व्यावहारिक कामसमेत गरेको छु भनेर उनले सोध्‍न सक्छिन्। भिडियो निर्माणको काममा पहिल्यै त्यतिका धेरै समस्या देखा परिसकेका छन्, त्यसैले उनले मलजलको काममा पनि समस्या भेट्टाइन् भने, के उनले मलाई तुरुन्तै बर्खास्त गर्नेछिन्?” त्यसैले मैले उनलाई अन्दाजी सङ्ख्या मात्र बताएँ, र सोचेँ, अलिअलि यताउता भइहाल्यो भने, त्यो ठूलो कुरा होइन। जे होस्, त्यो ठ्याक्‍कै सही सङ्ख्या थिएन, त्यसैले त्यो वास्तवमा झूट थिएन। हाम्रो भेलापछि, मैले त्यसको विवरण जाँच गरेँ र मेरो अन्दाज निकै फरक निस्कियो। त्यो देख्दा म निकै चिन्तित भएँ। यसपटक मैले हाकाहाकी झूट बोलेको थिएँ। मैले आफूलाई झूट बोल्न र छल गर्नबाट किन रोक्‍न सकिनँ? प्रार्थना गर्दा सत्य बोल्छु भन्‍ने मसित स्पष्ट विश्‍वास थियो। यो परिस्थिति सामना गर्नुपर्दा किन मैले आफूलाई मदत गर्न सकिनँ? त्यसबारे मलाई डर लाग्यो। दुई दिनसम्म, “छल” शब्द मेरो मनमा छचल्किरह्यो। मलाई आफूले साँच्‍चै लज्‍जास्पद काम गरेजस्तो लाग्यो।

मैले आफ्नो समस्याको बारेमा खोजी गर्नको लागि परमेश्‍वरलाई प्रार्थना गरेँ। अनि, आत्मसमीक्षा गर्दै मैले परमेश्‍वरका वचनहरू पढेँ: “के कपटी मानिसहरूको लागि जीवन थकाइलाग्दो छैन र? तिनीहरूले आफ्नो सबै समय झूट बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले यस्तो थकान आफैले आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने पनि थाहा हुन्छ—तैपनि किन तिनीहरू कपटी बन्‍न चाहन्छन्, तर इमानदार बन्‍न चाहँदैनन्? के तिमीहरूले यस प्रश्‍नको बारेमा कहिल्यै विचार गरेका छौ? यो मानिसहरूलाई आफ्नै शैतानी प्रकृतिले मूर्ख बनाउँदाको परिणाम हो; यसले तिनीहरूलाई यस्तो जीवन र यस्तो स्वभावबाट आफूलाई मुक्त गर्न दिँदैन। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसरी नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिको मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले गर्दा आफ्‍नो छवि, आफ्नो प्रतिष्ठा र आफ्नो हितमा समेत हानि पुग्छ, र आफूले एकदमै धेरै गुमाउनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्रिय ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै सम्हालेर राख्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्क्षेपमा, जब मानिसहरू इमानदार बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, तब यो तिनीहरूले सत्यतालाई प्रेम नगरेको कारणले हुन्छ। आफ्‍नो हृदयमा, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन र शैतानको शक्ति अन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त यहाँ परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरूमा अझै पनि केही परिवर्तन आएको छैन—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरू मानिसहरूसँग बोल्‍नुभन्दा पहिले सबै कुरा राम्ररी सोचविचार गर्छन् र त्यसलाई सुन्दर बनाउँछन्। तिनीहरूले भन्‍ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्को जनालाई अर्को कुरा भन्छन्। तिनीहरूले भन्‍ने कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूको कुरा कसरी विश्‍वास गर्न सकिन्छ? तथ्यको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ; अनि तैँले तिनीहरूबाट सीधा शब्‍द सुन्‍न सक्दैनस्। यो कस्तो स्वभाव हो? यो छल हो। के छली स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्‍बन्धित कुनै पनि कुरा व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित हुन्छ, र व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो गाह्रो अरू केही हुँदैन। ‘नानीदेखि लागेको बानी बदल्न सकिँदैन,’ भन्‍ने उखान सतप्रतिशत सत्य हो। तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, छली मानिसहरूले सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू बोकिरहेका हुन्छन्। तिनीहरूसँग कुनै अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर बुझ्‍ने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्। यदि तिनीहरूले झुक्‍किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने पनि, त्यो कुरालाई घुमाउन, तँलाई अलमल्याउन र तँलाई सत्यता जान्‍न नदिनको लागि सक्दो उपाय लगाउँछन्। छली मानिसहरूले जे गरिरहेको भए पनि, तिनीहरू कसैलाई पनि सबै कुरा बुझ्न दिँदैनन्। मानिसहरूले तिनीहरूलाई जति लामो समय बिताए पनि, तिनीहरूको मनमस्तिष्कमा के छ भन्‍ने कुरा कसैले जान्‍न सक्दैन। छली मानिसहरूको प्रकृति त्यही हो। छली मानिसहरूले जति धेरै बोले पनि, तिनीहरूका अभिप्रायहरू के हुन्, तिनीहरूले के सोचिरहेका छन्, वा तिनीहरूले वास्तवमा के हासिल गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुनेछैन। तिनीहरूका आमाबाबुलाई समेत यो कुरा जान्‍न गाह्रो हुन्छ। छली मानिसहरूलाई बुझ्‍न खोज्‍नु एकदमै कठिन काम हो, तिनीहरूको मनमा के छ भनेर कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूले यसरी नै बोल्छन् र व्यवहार गर्छन्: तिनीहरूले कहिल्यै मनको कुरा भन्दैनन् वा के भइरहेको छ भनेर कहिल्यै भन्दैनन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? जब तँमा छली स्वभाव हुन्छ, तैँले के भन्छस् वा गर्छस् त्यसले केही फरक पार्दैन—यो स्वभाव सधैँ नै तँभित्र हुन्छ, र यसले तँलाई नियन्त्रण गरिरहेको हुन्छ, तँलाई खेल खेल्न र चलाकीमा संलग्न हुन, मानिसहरूलाई खेलौना बनाउन, सत्यता ढाकछोप गर्न, र देखावटी रूप धारण गर्न लगाइरहेको हुन्छ। छलीपन भनेको यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, म झूट नबोली, छल नगरी र सत्यतालाई ढाकछोप नगरी बस्‍नै सक्दिनँ किनभने म धूर्त छु, र म आफ्नो इज्‍जत र हैसियतको मोल गर्छु। यी कुराहरूलाई रक्षा गर्नको लागि, मैले आफूले भन्‍ने कुरालाई दिमागभित्र बारम्बार सोचविचार गर्थेँ, र त्यो जति नै थकाइलाग्दो भए पनि, म सिधा कुरा बताउन चाहँदिनथेँ। मैले एक इमानदार व्यक्ति हुन मदत गर्नुहोस् भनेर कसरी परमेश्‍वरसँग प्रार्थना गरेँ भनेर सोचेँ, तर मैले जानकारी नराखेको कामबारे अगुवाले सोधपुछ गर्दा, मैले सोचेँ, यदि मैले थाहा छैन भनेर उनलाई सिधै बताएँ भने, मैले व्यावहारिक काम नगरेको र म भरपर्दो नरहेको भनेर उनले सोच्नेछिन्, र मलाई बर्खास्तसमेत गर्न सक्छिन्। मैले आफ्नो हैसियत जोगाउन मेरो कर्तव्यमा भएका समस्या वा विचलनहरू अगुवालाई देखाउन चाहिनँ, त्यसैले मैले सत्यलाई ढाकछोप गर्ने तरिकाबारे सोचेँ। मलाई साँच्‍चै नै कति नयाँ विश्‍वासीहरू भेलामा नियमित रूपमा आइरहेका छैनन् भनेर थाहा थिएन, बरु मैले बठ्याइँ गर्दै अन्दाजी सङ्ख्या बताएँ, ताकि मैले आफ्नो कामको हरेक पक्ष राम्ररी बुझ्छु र केही व्यावहारिक काम गर्न सक्‍छु भनेर उनले सोचून्। मैले आफूलाई केवल आफ्नो नाम र हैसियत जोगाउन त्यति सामान्य कुराबारे पनि छल गर्न र झूट बोल्न इच्छुक भइरहेको देखेँ। त्यो त ठूलो धूर्तता थियो! वास्तवमा भन्‍ने हो भने, कर्तव्यमा केही समस्या वा विचलन हुनु असामान्य कुरा होइन। ती कुराहरूलाई पत्ता लगाउनेबितिकै तुरुन्तै सुधार्ने हो भने, केही पनि नराम्रो हुँदैन। कुनै पनि कुरालाई लुकाउनु वा छली हुनु आवश्यक छैन। तर, मेरो प्रतिष्ठा र हैसियत जोगाउने प्रयासमा मैले बेइमान र छली बन्दै समस्याहरू ढाकछोप गरेँ, र आफ्नो चरित्र र मर्यादा गुमाएँ। के त्यो मूर्खता थिएन र? यसले मलाई के महसुस गरायो भने, म बाह्य रूपमा इमानदार देखिए पनि, आफ्नो बोलीवचन र कार्यमा इमानदार भइरहेको थिइनँ, न त म आफ्नो विचारमा सरल नै थिएँ। मैले जे प्रकट गरेँ त्यो पूर्णतया शैतानी स्वभाव थियो। म धूर्त, छली र निर्लज्‍ज थिएँ। म साँच्‍चै नै छट्टू, घृणित र भ्रष्ट थिएँ। आफूदेखि मलाई त घृणा लाग्यो भने परमेश्‍वरलाई मदेखि कसरी घिन लाग्दैनथ्यो र? उहाँले मलाई किन तिरस्कार गर्नुहुन्‍नथ्यो र? म सधैँ आफूलाई प्रायः कहिल्यै छल नगर्ने सत्यवादी ठान्थेँ। मैले कहिल्यै पनि खुल्लमखुल्ला परमेश्‍वरलाई छल गर्ने वा उहाँविरुद्ध काम गर्ने गरेको थिइनँ, त्यसैले मलाई उहाँले असल र इमानदार मानिसको रूपमा हेर्नुहुन्छ भन्‍ने लाग्यो। मैले के समेत सोचेँ भने, इमानदार हुनका लागि मैले इमानदार बन्‍ने सत्यता अभ्यास गर्नुपर्दैन, बरु मैले त्यसरी नै आफ्नो कर्तव्य गरिरहन र परमेश्‍वरलाई पछ्याइरहन सक्छु, र अन्ततः मुक्ति पाउन सक्छु। मसँग साँच्‍चै नै आफ्नो बारेमा कुनै पनि ज्ञान थिएन। यदि वास्तविकताले मलाई तथ्य नदेखाएको भए, र परमेश्‍वरका वचनहरूको न्याय र खुलासा नभएको भए, मैले आफूलाई पटक्‍कै बुझ्नेथिइनँ। अन्त्यमा मैले महसुस गरेँ कि म त इमानदार व्यक्ति हुनबाट कोसौँ टाढा रहेछु, त्यसको थोरै नजिकसमेत पुगेको रहेनछु।

त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब ख्रीष्टविरोधीहरूको खुलासा र काटछाँट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले गर्ने भनेकै आफ्‍नो प्रतिरक्षाको लागि विभिन्‍न कारणहरू खोजी गर्नु, पासोबाट आफूलाई मुक्त गर्ने प्रयास गर्न हरप्रकारका बहानाहरू बनाउनु, र यसरी आफ्‍ना जिम्‍मेवारीहरूलाई पन्छ्याउने र माफी पाउने आफ्‍नो उद्देश्य हासिल गर्नु हो। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको चरित्र, तिनीहरूको कमजोरी र त्रुटिहरू, तिनीहरूको कमजोर पक्ष, र तिनीहरूको साँच्चिकैको क्षमता र काम गर्ने सामर्थ्य देख्लान् भन्‍ने सबैभन्दा बढी डर हुन्छ—त्यसकारण तिनीहरूले देखावटी व्यवहार गर्न र आफ्‍ना कमीकमजोरी, समस्या, र भ्रष्ट स्वभावहरू ढाकछोप गर्नेगरी आफूलाई प्रस्तुत गर्ने सक्दो प्रयास गर्छन्। जब तिनीहरूको दुष्कर्मको भेद खुल्छ, र त्यसको खुलासा हुन्छ, तिनीहरूले सबैभन्दा पहिले यो तथ्यलाई स्वीकार गर्ने वा मान्‍ने, वा आफ्ना गल्तीहरू सुधार्ने र त्यसलाई भराउने सक्दो प्रयास गर्ने गर्दैनन्, बरु तिनीहरू ती कुराहरू ढाकछोप गर्न, आफ्ना कार्यहरूबारे परिचित मानिसहरूलाई झुक्याउन र भ्रममा पार्न, विभिन्न विधिहरू सोच्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक अवस्था नदेखाउन, र तिनीहरूका कार्यहरू परमेश्‍वरको घरको लागि कति हानिकारक छन्, तिनीहरूले मण्डलीको काममा कति धेरै बाधा र अड्चन ल्याएका छन् भन्‍ने कुरा थाहा नदिन प्रयोग गर्ने विभिन्न विधिहरू सोच्छन्। अवश्‍य नै, तिनीहरूलाई माथिकाहरूले थाहा पाउलान् भन्‍ने कुराको सबैभन्दा बढी डर हुन्छ, किनभने माथिकाहरूले थाहा पाए भने, तिनीहरूलाई सिद्धान्तअनुसार निराकरण गरिनेछ र तिनीहरूको खेला खत्तम हुनेछ, र तिनीहरूलाई बर्खास्त गरेर हटाइने नै छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूको दुष्कर्म खुलासा हुन्छ, तब तिनीहरूले गर्ने पहिलो काम भनेको तिनीहरूले कहाँ गल्ती गरेका छन्, कहाँ सिद्धान्तहरू उल्‍लङ्घन गरेका छन्, तिनीहरूले किन त्यस्तो काम गरे, तिनीहरूलाई कस्तो स्वभावले नियन्त्रण गरेको थियो, तिनीहरूका आशयहरू के थिए, त्यो बेला तिनीहरूको स्थिति कस्तो थियो, यो बाटो बिराएर गरिएको थियो कि दूषित आशयहरूका कारणले गरिएको थियो भन्‍ने विषयमा चिन्तन गर्नु होइन। यी कुराहरूको बारेमा चिन्तन गर्नु त कता हो कता, तिनलाई विश्‍लेषण समेत नगरी, तिनीहरू साँचो तथ्यहरूलाई ढाक्नको लागि दिमाग खियाउँछन्। यो सँगसँगै, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूसामु स्पष्टीकरण दिन र आफूलाई सत्य सावित गर्न, तिनीहरूलाई छल्‍न सक्दो प्रयास गर्छन्, ठूला समस्याहरूलाई सानो देखाउँछन्, साना समस्याहरूलाई समस्यारहित देखाउँछन्, र अरूलाई झुक्याएर त्यसबाट उम्कन्छन्, ताकि तिनीहरू परमेश्वरको घरमै रहेर लापरवाहीपूर्वक गलत कार्यहरू गर्न, आफ्नो शक्तिको दुरुपयोग गर्न र मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न जारी राख्न सकून्, र तिनीहरूलई आफ्नो आदर गर्न लगाउन, र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि तिनीहरूलाई जे भन्यो त्यही गर्ने पार्न सक्षम होऊन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्‍वरका वचनहरू मेरो लागि निकै चेतावनीपूर्ण थिए। विशेष गरी “ख्रीष्टविरोधीहरू,” “ती कुराहरू ढाकछोप गर्ने,” “छल गर्ने,” र “अलमल्याउने,” जस्ता शब्दहरू पढ्दा परमेश्‍वरले मुखैअघि मेरो न्याय र खुलासा गरिरहनुभएजस्तो लाग्यो। मैले त्यो कामको फलोअप गरेको छु कि छुइनँ भनेर एस्लीले सोधेको बारेमा सोचेँ; मैले गरेको छैनँ भनेर तुरुन्तै स्वीकार गरिनँ, मैले त्यसलाई आत्मसमीक्षा गरेर आफ्ना विचलनहरूमा सुधार ल्याउन खोजी गर्ने अवसरको रूपमा प्रयोग गरिनँ। मैले उनको सन्देश नदेखेको बहाना बनाएँ, अनि उत्तर खोजेर जवाफ दिनतिर हतारिएँ। त्यसो गर्दा, मैले त्यो कामको जानकारी नराखेको, आफ्नो कर्तव्यमा बोझ नबोकेको र जिम्मेवारी ननिभाएको कुरा एस्लीले थाहा पाउनेथिनन्। उनले म भरपर्दो र विश्‍वास गर्न सकिने व्यक्ति हुँ भनेर सोच्नेथिइन्। त्यसपछि, अगुवा मेरो काम जाँच गर्न आउँदा, उनले मेरो कर्तव्यमा केही विचलन र समस्याहरू भेट्टाइन्, र मलाई काटछाँट गरिन्। तर त्यतिबेला मैले व्यावहारिक काम नगरिरहेको र कर्तव्यमा म लापरवाह र गैरजिम्मेवार भइरहेको मान्दै, सत्य स्वीकार गर्नु वा आत्मसमीक्षा गर्नुको साटो, मैले झूट बोलेँ, र छली बन्दै सत्य तथ्यको ढाकछोप गरेँ। मैले आफैलाई यस्तोसमेत भनेँ, “अगुवाको कुनै पनि प्रश्‍नको उत्तर तुरन्तै दिने हुनका लागि मैले भविष्यमा कडा परिश्रम गर्नुपर्छ, ताकि उनले मेरो काममा गल्ती वा भूलचूकहरू नभेट्टाउन्, बरु मलाई एकएक विवरण राख्‍ने जिम्मेवार व्यक्ति ठानून्।” मैले आफ्नो नाम र हैसियत रक्षा गर्न दिमाग खियाइरहेको थिएँ, र म मानिसहरूले मेरो आन्द्राभुँडी थाहा पाउनेछन् र मैले आफ्नो “विवेकी, जिम्मेवार, दृढ र भरपर्दो व्यक्ति” को छवि गुमाउनेछु भनेर डराएँ। के मेरो लक्ष्य अरूले मलाई मान गरून् र मलाई ठानून् भन्‍ने थिएन र? मैले मेरो प्रकट भएको स्वभाव साँच्‍चै नै ख्रीष्टविरोधीको स्वभाव हो भनेर बुझेँ। ख्रीष्टविरोधीलाई काटछाँट वा खुलासा गर्दा पनि उनीहरूले गल्ती स्वीकारेर आत्मसमीक्षा गर्दैनन्, बरु आफूलाई सही ठहराउन, जिम्मेवारी पन्छाउन र आफ्ना समस्या लुकाउन सक्दो प्रयास गर्छन्। तिनीहरूले पुरै लाज पचाएका हुन्छन्। ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार्न अलिकति पनि इच्छा देखाउँदैनन्, आफ्नो हैसियत र नाम जोगाउने तरिकाले बोल्न र काम गर्न चालबाजी मात्र गर्छन्। के मैले त्यस्तै गरिरहेको थिइनँ र? मैले व्यावहारिक काम गरिरहेको वा कर्तव्यमा आफूलाई समर्पित गरिरहेको थिइनँ, त्यसैले मलाई दोषी र ऋणी महसुस हुनुपर्थ्यो। तर मसित सुझबुझ नै थिएन, त्यसमाथि मैले निरन्तर आफूलाई ढाकछोप र रक्षा गर्न सक्दो गर्ने प्रयास गरेँ। म वास्तवमै छली, धूर्त, तुच्छ, र दुष्ट थिएँ। मलाई लाग्यो, म पूर्ण रूपले उदाङ्गो भएको छु, दिनको उज्यालोमा खुलासा भएको छु, परमेश्‍वरले मेरा कार्यहरूको न्याय र निन्दा गर्नुभएको छ। मैले परमेश्‍वरको स्वभाव धर्मी छ र यसले कुनै उल्लङ्घन् सहँदैन भनेर पनि महसुस गरेँ, र मलाई डर लाग्यो र जिउ काम्यो। मैले तुरुन्तै पश्‍चात्ताप गरी परिस्थिति परिवर्तन गर्नुपर्छ भनेर मलाई थाहा भयो।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्‍न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्‍न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्‍न सक्छन् र आफ्नै प्रकृति सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्‍न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। ‘निष्खोट’ ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूबाट मैले धूर्त मानिसहरू झूटले भरिएका हुन्‍छन् भन्‍ने बुझेँ। उनीहरू पूर्णतया शैतानी स्वभावअनुसार जिउँछन् र उनीहरू परमेश्‍वरका शत्रु हुन्। उनीहरू शैतानका हुन् र उनीहरूले परमेश्‍वारबाट मुक्ति पाउन सक्दैनन्। मैले मेरा झूट र छलले मलाई गम्भीर खतरामा पारेको र म अति नै निर्लज्‍ज रहेको थाहा पाएँ। यदि खुलासा गराउने यी घटनाहरू नभएका भए, मैले मेरा झूट र छलहरूको हद बुझ्न सक्दिनथेँ, न त मेरो छली र धूर्त शैतानी स्वभावको गम्भीरता नै बुझ्न सक्थेँ। म यही शैलीमा अघि बढिरहनु हुँदैनथ्यो। मैले आफ्ना गल्ती स्विकार्नुपर्थ्यो, सत्यता अभ्यास गर्नुपर्थ्यो, र इमानदार व्यक्ति बन्‍नुपर्थ्यो।

अगुवालाई वास्तविक घटना बताउनका लागि मेसेज पठाउन म तयार भएँ, तर मलाई अलिक सङ्कोच लाग्यो। “यदि मैले ढाँटे भनेर भनेँ भने, अगुवाले मेरो बारेमा के सोच्लिन्? के उनले मलाई अत्यन्तै धूर्त व्यक्ति, सानो कुरामा पनि धेरै सोचिरहने, झुटसमेत बोल्‍ने, भरोसा गर्न नसकिने व्यक्ति भनेर सोच्नेछैनन् र? यसपटक केही पनि नभन्‍नुपर्ला, तर अर्कोपटक चाहिँ सिधासिधा बताउनेछु, इमानदार हुनेछु, र त्यसो गर्दा पश्‍चात्ताप गरेको ठहरिनेछ।” फेरि कहिल्यै झूट बोल्दिनँ भनेर मैले आफूलाई ढाढस दिइरहेँ, तर मेरो विवेक दोषी थियो र मलाई ग्‍लानि महसुस भयो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा विभिन्‍न समस्याहरू देखा पर्छन्। कहिलेकहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्, केही क्षण चिप्लन्छन् र गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशीभूत भएर तिनीहरूले झूट बोल्छन्, र त्यसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ। अनि अन्त्यमा, तिनीहरूलाई हृदयभित्र सहज महसुस हुँदैन तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूको अवस्था सधैँ नै हृदयलाई ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू सधैँ दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्दैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, ‘म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।’ तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्‍नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संलग्‍न हुनुका हानि र दुष्‍परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि कहिल्यै गर्दैनस् भने, तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छल्‍ने कार्य जारी राख्छस् भने, तैँले अत्यन्तै जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। विवेक र समझ भएका मानिसहरूले यो कुरालाई पहिचान गर्नुपर्छ। झूट बोलेपछि र छली कार्यमा संलग्‍न भएपछि, सुधार गर्नेबारेमा मात्रै विचार गर्नु पर्याप्त हुँदैन; तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ इमानदार बन्‍न चाहन्छस् भने, तैँले झूट बोल्‍ने र छल्‍ने समस्या समाधान गर्नैपर्छ। तैँले सत्य बोल्नैपर्छ, र व्यावहारिक काम गर्नैपर्छ। सत्य बोल्दा, कहिलेकाहीँ त्यसको परिणामस्वरूप तैँले इज्‍जत गुमाउन सक्छस्, र तँलाई काटछाँट गरिन सक्छ, तर त्यसो गरेर तैँले सत्यता अभ्यास गरेको हुनेछस्, र त्यसरी त्यो एउटै घटनामा परमेश्‍वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट पार्नु पनि सार्थक नै हुनेछ, र त्यो तँलाई सान्त्वना दिलाउने कुरा नै हुनेछ। जे भए पनि, आफ्नो बचाउ गर्ने वा आफूलाई निर्दोष साबित गर्ने प्रयास नगरी, तँ आखिरमा इमानदार बन्ने अभ्यास गर्न सक्षम भएको हुनेछस्, तैँले आखिरमा आफ्नो हृदयको कुरा बताउन सक्षम भएको हुनेछस्, र यही नै साँचो वृद्धि हो। तँलाई काटछाँट गरिए पनि वा प्रतिस्थापन गरिए पनि, तैँले आफ्नो हृदयमा स्थिर महसुस गर्नेछस्, किनभने तैँले झूट बोलिनस्; अनि, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, तँलाई काटछाँट गरिनु, र तैँले त्यसको जिम्‍मेवारी लिनुपर्ने हुनु सही कुरा थियो भन्‍ने महसुस गर्नेछस्। यो सकारात्मक मानसिक स्थिति हो। तर तँ छली कार्यमा संलग्‍न भइस् भने, यसबाट के-कस्ता परिणामहरू आउनेछन्? तँ छली कार्यमा संलग्‍न भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुनेछ? असहज; तैँले सधैँ आफ्‍नो हृदयमा ग्‍लानि र भ्रष्टता रहेको अनुभव गर्नेछस्, तँलाई सधैँ दोषी महसुस हुनेछ: ‘म कसरी झूट बोल्‍न सकेँ? म फेरि पनि कसरी छली कार्यमा संलग्‍न हुन सकेँ? म किन यस्तो छु?’ तँलाई आफ्‍नो शिर ठाडो पारेर हिँड्न नसकिएला जस्तो र परमेश्‍वरको सामना गर्दा सरमले मरिएला जस्तो महसुस हुनेछ। खास गरी, जब मानिसहरूले परमेश्‍वरको आशिष्‌ पाउँछन्, जब तिनीहरूले परमेश्‍वरको अनुग्रह, कृपा र सहनशीलता प्राप्त गर्छन्, तब तिनीहरू परमेश्‍वरलाई धोका दिनु लाजमर्दो कुरा भएको अझ बढी महसुस गर्छन्, र तिनीहरूलाई हृदयभित्र निकै धिक्‍कार लाग्छ, तर शान्ति वा आनन्द भने एकदमै कम मात्र महसुस हुन्छ। यसले के-कस्तो समस्या प्रदर्शित गर्छ? यो कि, मानिसहरूलाई छल्नु भनेको भ्रष्ट स्वभाव प्रकट हुनु हो, यो परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्नु हो, र त्यसैले यसले तँलाई पीडा दिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएको स्थिति मेरै स्थिति थियो। यी सबै परमेश्‍वरले मलाई नै सिधै भन्‍नुभएजस्तो लाग्यो, अनि छली व्यक्ति हुनु र इमानदार व्यक्ति हुनु बिलकुलै विपरीत मार्गहरू हुन् भनेर मैले बुझेँ। छली हुनु सही मार्ग होइन र यो सामान्य मानवताभित्र पर्दैन। मानिसहरूले कहिलेकाहीँ झूट र छलमार्फत आफ्नो लक्ष्य हासिल गर्लान्, तर उनीहरूले आफ्नो निष्ठा र मर्यादा गुमाउनेछन्। यसले ग्लानि र असहजताबाहेक अरू केही पनि ल्याउनेछैन, र उनीहरू शैतानको छल र उपहासमा पर्दै अन्धकारमा जिउनेछन्। मेरा ती सबै झूट र छलको साथमा, मैले कुनै न कुनै बेला बाहिर आउनैपर्ने लज्‍जास्पद रहस्यहरू लुकाइरहेको रहेछु, र मलाई शैतानद्वारा पीडादायी रूपमा खेलाइएको रहेछ भनेर बुझेँ। मेरा झूट र छलले मलाई क्षणिक व्यर्थाभिमान त दिलाए, तर तिनलाई परमेश्‍वरले तिरस्कार र निन्दा गर्नुभयो र तिनलाई उहाँको अनुमोदन थिएन। के यो मूर्खतापूर्ण थिएन र? मैले सत्य बताउनुपर्ने हरेक महत्त्वपूर्ण मोडमा, “अर्कोपटक, म सत्यता अभ्यास गर्नेछु, अर्कोपटक” भन्दै आफूलाई हल्कासित व्यवहार गरिरहेको थिएँ। म आफूप्रति सधैँ क्षमाशील भएँ, आफूले बुझेको सत्यता अभ्यास गरिनँ, त्यसैले इमानदार व्यक्ति हुने वास्तविकतामा म कहिल्यै जिइनँ, र मेरो छली स्वभावलाई मैले कहिल्यै पन्छाइनँ। यस्तो व्यक्तिलाई परमेश्‍वरले कसरी मुक्ति दिन सक्‍नुहुन्थ्यो र? यसबारेमा विचार गरेर मैले आफैलाई भनेँ—म त्यो गरिरहन सक्दिनँ, मानिसहरूले मलाई के सोच्छन् त्यसले फरक पार्दैन, तर मलाई सबैभन्दा बढी आवश्यक कुरा भनेको परमेश्‍वरसामु जिउनु, उहाँको जाँच स्विकार्नु र उहाँको अनुमोदन पाउन सक्‍ने व्यक्ति बन्‍नु हो। महत्त्वपूर्ण कुरा त्यही हो। म सरल र खुलस्त हुनुपर्छ र मैले सत्य बोल्नुपर्छ। यदि कसैले मलाई स्पष्टसित चिने पनि र मैले मेरो इज्‍जत र हैसियत गुमाएँ भने पनि, सत्यता अभ्यास गर्नु र इमानदार हुनु भनेको परमेश्‍वरको अनुमोदन प्राप्त गर्नु हो, र त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो र त्यो अत्यन्तै मूल्यवान र अर्थपूर्ण छ! साथै, मैले सधैँ मेरा समस्याहरूलाई ढाकछोप गरिरहेको थिएँ, र अरूले ती भेट्टाउन वा मेरो आलोचना गर्न नसके पनि वा मलाई काटछाँट वा दोषारोण नगरिए पनि, ममा आफ्नै भ्रष्टता र दोषहरूबारे साँचो ज्ञान थिएन, त्यसैले मैले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न वा आफ्नो कर्तव्यमा अझ राम्रो गर्न सकिनँ। ती कुराहरू मेरो हृदयमा बढेको बढ्यै गर्ने र अन्त्यमा ज्यानै लिने ट्युमरजस्तै गहिरो जरा गाडेर बसे। तर खुला र सरल स्वभावका ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा हुन गएका सबै गल्ती वा समस्याहरूलाई खुलस्तसित अघि राख्थे, र कहिलेकाहीं उनीहरूलाई काटछाँट, दोषारोण वा बर्खास्तसमेत गरियो, तर त्यस कुराले उनीहरूको हृदय साँच्‍चै नै छोयो। उनीहरूले चाँडै आफ्ना समस्या देख्‍न सके र ती सुल्झाउन सत्यता खोज्न सके, र त्यसले गर्दा उनीहरूले जीवनमा ठूलो प्रगति गरे। खुलस्त र सरल हुनु अलि असहज हुन सक्छ, तर उनीहरूले सत्यता अभ्यास गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गरे। त्यो त बुद्धिमानी हो। म सोच्ने गर्थेँ, मेरो दिमाग विचारले भरिएको छ, म चङ्खो छु, र अरूको आँखामा पर्दा हाल्‍नु चतुरता हो, तर म पूर्ण पटमूर्ख, असाध्यै बेवकुफ थिएँ! म आफ्नै भलाइको लागि औधी नै बाठो बन्दै थिएँ। म पूर्णतया हास्यास्पद थिएँ। यो कुरा महसुस गरेपछि, मानिसहरूले मलाई के सोच्लान् भनेर मैले ख्याल गर्न छोडेँ र परमेश्‍वरलाई फेरि निराश पार्नुको सट्टा केवल सत्यता अभ्यास गर्न र शैतानलाई लज्‍जित पार्न चाहेँ। त्यसैले, मैले अगुवालाई आफूले झूट बोल्नुको कारण र मेरा अभिप्राय के थिए भन्‍नेलगायतका सत्य कुरा बताउन साहस बटुलेँ। मैले त्यो सन्देश पठाएपछि शान्ति र स्वतन्त्र महसुस गरेँ। त्यसको तुरुन्तैपछि अगुवाले मलाई यसो भन्दै फेरि सन्देश पठाइन्, “इमानदार हुन यसरी कार्य गर्नु राम्रो हो। मसँग पनि धूर्त भ्रष्ट स्वभाव छ…।” त्यो देखेर म साह्रै अभिप्रेरित र धेरै लज्‍जित पनि भएँ। इमानदार व्यक्ति बन्‍ने यो एकै प्रयासले मलाई देखायो कि मानव बन्‍ने एकमात्र उचित तरिका नै त्यही हो।

त्यसपछि, मैले जानाजानी आफ्नो दैनिक जीवनका बोलीवचन र काममा इमानदारिता अभ्यास गर्ने प्रयास थालेँ, र मैले भनेका थुप्रै कुराहरूमा म सही र वस्तुनिष्ठ नरहेको पत्ता लगाएँ। कहिलेकाहीं, मैले आफ्ना धारणा र कल्पनाको आधारमा बोल्थेँ, र कहिलेकाहीं बढाइचढाइ वा गलत बोल्ने गर्थेँ। कहिलेकाहीं, मैले जानाजानी आफूलाई गलत तरिकाले प्रस्तुत गर्थेँ र छली हुन्थेँ। म साँच्‍चै नै झूटो नबोली नसक्‍ने व्यक्ति रहेछु भनेर झन् झन् स्पष्ट भयो। एकपटक अगुवाले मलाई काम कस्तो चल्दैछ भनेर सोधेको सम्झना छ, त्यो बेला मैले अचेतन रूपमा सोचेँ, “त्यो काम कस्तो भइरहेको छ भनेर मैले समयमै पत्ता लगाएको छैन, तर यदि मैले आफूलाई थाहा छैन, गएर सोध्‍नुपर्छ भनेर भनेँ भने, के अगुवाले म व्यावहारिक छैनँ र नारा मात्रै लगाउँछु भनेर सोच्लान् कि? मैले केही पनि नभन्दा नै ठीक होला, बरू तुरन्तै अवस्था के छ भनी जाँच गरेर जाबफ दिनु ठीक होला। त्यसपछि, त्यो काम गरिएको छैन भने पनि, कम्तीमा पनि अगुवासित मेरो बारेमा भन्‍नको लागि कुनै नराम्रो कुरा हुनेछैन, र त्यसो गर्दा मैले कम्तीमा पनि कामको फलोअप गरेको देखिनेछ।” मैले त्यसो गर्नै लाग्दा, मलाई लाग्यो, म आफ्नो प्रतिष्ठा र हैसियतलाई जोगाउन फेरि छली हुँदै छु। त्यसैले, मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गर्दै यसो भनेँ, “हे परमेश्‍वर, म आफ्ना धूर्त अभिप्राय त्याग्‍न चाहन्छु र एक इमानदार व्यक्तिको रूपमा सत्यता अभ्यास गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गरी मदत गर्नुहोस्।” प्रार्थनापछि, परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए: “झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। “चरित्र” र “मर्यादा” यी दुई शब्दले मलाई सत्य बोल्न, नरपिशाचजस्तो जिउन छोड्न साँच्‍चै उत्प्रेरित गरे। त्यसैले, मैले यसो भन्दै सिधै प्रत्युत्तर पठाएँ, “मलाई विस्तृत कुरा राम्ररी थाहा छैन, मैले त्यो पहिला जाँच्नुपर्छ।” त्यो प्रत्युत्तर पठाएपछि मलाई मनमा ठूलो शान्ति महसुस भयो। मलाई झन्झन् महसुस हुँदै गयो कि इमानदार हुनु मानवताको सबैभन्दा आधारभूत पक्ष हो, यो नै मानवताको न्यूनतम सर्त हो। इमानदारिता मात्रै सामान्य व्यक्तिको स्वरूप हो। मलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: १५. जोइको कथा

अर्को: १७. जवान हुँदाको एउटा विशेष अनुभव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्