१३. मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो

राम्सेस, मेक्सिको

म क्याथोलिक परिवारमा हुर्केको हुँ, र मैले सानैदेखि प्रभुमा विश्‍वास गर्दै आएको छु। हुर्कँदै जाँदा मैले के थाहा पाएँ भने कतिपय विश्‍वासीहरू त आइतबारको दिन मण्डली जाने, तर अझै पनि अविश्वासीहरू जस्तै धुम्रपान, मद्यपान र पार्टी गर्ने गर्दा रहेछन्। मलाई तिनीहरूले प्रभुका मापदण्डहरू पालना नगरी पाप गरिरहेका छन् जस्तो लाग्थ्यो। म पनि प्रायः पापमा जिउने गर्थें। म झूट बोल्थेँ, झडङ्ग रिसाउथेँ, र ईर्ष्या गर्थेँ। धर्मगुरुको अघि मेरा पापहरू स्वीकार गरे पनि, म पाप गर्ने, स्वीकार गर्ने, अनि फेरि पाप गर्ने चक्रबाट उम्कन सकेको थिइनँ। म पूर्ण रूपमा अन्योलमा थिएँ। त्यसकारण मैले हाम्रो मण्डलीलाई छोडेर पापबाट उम्कने मार्ग खोज्‍न अर्को मण्डलीमा संलग्‍न हुने निर्णय गरेँ।

पछि मैले कामको सिलसिलामा ब्रदर राउललाई भेटेँ, जो इसाई बनेको धेरै भएको थियो। तिनले आफू धेरै वटा मण्डलीहरूमा गएको तर पाष्टरहरूका प्रवचनहरू ज्ञानवर्धक नभएको र सधैँ भेटी माग्‍ने गरेको देखेर ती मण्डलीहरूमा जान छोडेको भनी मलाई बताए। तिनीहरूको पैसामा मात्र रुचि थियो, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्या परेर तिनीहरूको सहयोग माग्दा तिनीहरूले यसो भन्‍ने गर्थे, “पहिले प्रचारकलाई भन, अनि अझै उपाय लागेन भने मलाई भन्‍नू।” त्यो कुरा सुन्दा म अन्योलमा परेँ। किन मण्डलीमा यस्तो कुरा हुन्छ? त्यसपछि म अरू पाँच-छ वटा इसाई मण्डलीमा गएँ र ती मण्डलीहरू ठ्याक्कै ब्रदर राउलले भनेको जस्तै थिए। मलाई याद छ, एक पटक एउटा सेवामा केही विश्‍वासीहरूले चेस खेल्दै भोजको आयोजना गरिरहेका थिए। मैले ती मण्डलीहरूमा पवित्र आत्‍माको काम नभएको, बरु धर्मका मानिसहरूले मनोरञ्जन लिने ठाउँजस्तो बनेका रहेछन् भन्‍ने देखेँ। मलाई मण्डली जानै मन लाग्‍न छोड्यो। तर मलाई बाइबलले यसो भनेको याद आयो: “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक आउँदैछ” (हिब्रू १०:२५)। त्यसैले मलाई के गर्ने, के नगर्ने भयो। म कुन भेलामा जाने त? त्यहाँ १,००० वटा भन्दा बढी इसाई सम्प्रदायहरू छन्, त्यसकारण परमेश्‍वरको अगुवाइ र पवित्र आत्‍माको काम भएको मण्डली भेट्टाउनु निकै कठिन हुनेथियो। कहाँ जाने भन्‍ने कुरा ब्रदर राउललाई पनि थाहा थिएन। त्यसकारण हामीले हाम्रो मण्डली झुण्डलाई छोडेर खाली समयमा बाइबल अध्ययन गर्ने निर्णय गर्‍यौं। हामीले सँगै बसेर बाइबल धेरै पढ्यौं र आफ्‍नो बुझाई बाँढ्दै एक-अर्कालाई सहयोग र समर्थन गर्‍यौं।

धेरै वर्ष यसरी नै बित्यो र मैले हरेक दिन प्रार्थना र धर्मशास्‍त्र अध्ययन गरिरहेको भए पनि मलाई के कुराले खिन्‍न पार्‍यो भने जब मलाई मन नपर्ने कुरा आइपर्थ्यो, वा मेरा चासोहरूमा सम्झौता हुन्थ्यो, तब मैले अझै पनि मेरो रिसलाई नियन्त्रण गर्न सक्दिनथिएँ। कहिलेकहीँ ब्रदर राउलसँग मिलेर काम गरिरहेको बेला यदि तिनले मलाई कुनै काम गर्न लगाए अनि मैले तिनको कुरा पटक्कै बुझिनँ भने तिनी मसँग अलिक रूखो बोल्थे, र मलाई निकै रिस उठ्थ्यो। म के सोच्थेँ भने तिनले नै राम्ररी कुरा बुझाएनन् भन्‍ने कुरा स्पष्टै छ, तैपनि मलाई मूर्खलाई जस्तो व्यवहार गर्दै तिनले हकारिरहेको छ, र मैले यस्तो कुरा सहनु हुँदैन। त्यसकारण म पनि तिनलाई हकार्थेँ। हामी रिसारिस हुन्थ्यौं र कुनै पनि हालतमा आफ्‍नो रिसलाई नियन्त्रण गर्न सक्दैनथियौं। अन्तमा हामी रिसाएर बाहिर निस्कन्थ्यौं। म तिनको कुरा सुन्दिनथिएँ वा कुरा स्पष्ट पार्दिनथिएँ। तर पछि रिस मरेपछि आफ्‍ना गल्तीहरूलाई स्वीकार गरेर एक-अर्कासँग माफ माग्थ्यौं। मलाई थाहा थियो, मैले आफूलाई पापबाट मुक्त गरेको छैन, म पाप गरिरहन्छु र परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहन्छु, त्यसकारण म परमेश्‍वरसँग प्रार्थना गर्थेँ र पाप स्वीकार गर्थेँ, अनि आफूलाई काबुमा राख्न चाहन्थेँ। तर मैले जति कठिन प्रयास गरे पनि, काम बिगारिहाल्थेँ, दिउँसो पाप गरेर राती स्वीकार गर्थेँ। यो कठोर चक्रभित्र म हैरानी र ग्लानिमा डुबेको थिएँ, र मलाई आफैप्रति पनि खिन्‍न लागेको थियो। म कसरी पाप गर्न छोड्न सक्दिनँ भनेर आफैलाई प्रश्‍न गरिरहेको थिएँ। ब्रदर राउल र मैले यसको बारेमा धेरै पटक कुरा गर्‍यौं र हामीले आफूलाई रोक्‍न सक्दैनौं, हाम्रो आत्म-धार्मिकता, अहङ्कार, र अभिमान स्पष्ट छन्, र हामी पापको बन्धनबाट उम्केका छैनौँ भन्‍ने हामीलाई थाहा भयो।

एक पटक, हामीले एकसाथ बाइबल पढिरहेका बेला परमेश्‍वरका यी वचनहरू देख्यौं: “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। यी पदहरूले हामीलाई सोच्‍न बाध्य तुल्याए। प्रभुले हामीलाई पवित्र बन्नुपर्छ भनी आज्ञा गर्नुभएको छ, तर अझै पनि हामी पापमा जिइरहेका छौं। हामीले कसरी पवित्रता हासिल गर्न सक्छौं? हामीसँग कुनै उपाय थिएन। मैले यसको बारेमा एकजना पाष्टरलाई सोधेँ, र उनले भने, “हामी देहमा जिउँदासम्‍म, हामीले कहिल्यै पनि पवित्रता हासिल गर्नेछैनौं। तर प्रभु येशूले हामीलाई हाम्रो पापबाट छुटकारा दिनुभयो। हाम्रो पाप क्षमा भइसकेको छ, र प्रभुले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न। जब उहाँ बादलको सवारीमा आउनुहुन्छ, तब उहाँले हामीलाई स्वर्गको राज्यमा लैजानुहुनेछ।” यो सुन्दा मलाई अलिक सान्त्वना मिल्यो, तर अझै दोधारमा थिएँ: प्रभु पवित्र हुनुहुन्छ, तर अझै पनि हामी सधैँ पापमा जिइरहेका हुन्छौं। के उहाँको पुनरागमन भएपछि हामीलाई साँच्‍चै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

जुलाइ २०१९ मा, एक दिन ब्रदर राउल र मैले हाम्रो नियमित बाइबल अध्ययन गरिरहेका थियौं। हामीले “बाइबल” भन्‍ने शब्‍दको बारेमा वेब सर्च गर्‍यौं, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएको अन्तिम रेल पक्रिँदा नामक चलचित्र भेट्टायौं। यो चलचित्र हेरेपछि म छक्‍क परेँ। चलचित्र एकदम राम्रो थियो र त्यहाँ सङ्गति गरिएका सत्यताहरू साँच्‍चै ज्ञानवर्धक थिए, विशेष गरी त्यो भाग जहाँ एक जना सिस्टरले यसो भन्छिन्, “प्रभु येशूले छुटकाराको काम गर्नुभयो। उहाँले मानिसहरूको पाप मात्र क्षमा गर्नुभयो, तर उहाँले हाम्रो पापी प्रकृतिलाई समाधान गर्नुभएको थिएन। त्यसैले हामी पाप गरिरहन्छौं र परमेश्‍वरको विरोध गरिरहन्छौं। प्रभुमा विश्‍वास गर्ने पादरीवर्गदेखि सामान्य विश्‍वासीहरूसम्‍मलाई हेर्दा तिनीहरूमध्ये कसले पापबाट मुक्त भएको दाबी गर्न सक्छन्? एक जनाले पनि सक्दैन। मानवजाति पापबाट बन्धित र जकडिएका छन्, एक जना पनि यसको अपवाद छैन। हामी अहङ्कार, धूर्तता, र लोभले भरिएका छौं। हामीले नचाहँदा पनि पाप नगरी बस्‍न सक्दैनौं। धेरै मानिसहरू नम्र र भद्र देखिन्छन्, तर तिनीहरूको हृदय भ्रष्टताले भरिएको हुन्छ। हामी परमेश्‍वरको इच्‍छा पूरा गर्ने मानिसहरू होइनौं, र हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्यका छैनौं। त्यसैले हामीलाई धुन र पूर्ण रूपमा मुक्ति दिनको लागि परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको योजनाअनुसार मानवजातिलाई मुक्ति दिने आफ्‍नो कामलाई निरन्तरता दिन, पापक्षमाको जगमा न्यायको कामको चरण पूरा गर्न आवश्यक छ, ताकि हामी पापबाट मुक्त भएर शुद्ध हुन सकौं, अनि परमेश्‍वरको राज्यमा प्रवेश गरेर अनन्त जीवन प्राप्त गर्न सकौं।” चलचित्रमा भनिएको सबै कुरा साँचो थियो। म निकै उत्साहित भएको थिएँ, किनभने मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। तिनीहरूले कसरी यति धेरै असाधारण अन्तर्दृष्टि बाँड्न सके? तिनीहरूले यस्तो कुरा कहाँबाट पाए? तिनीहरूले वचन देहमा देखा पर्नुहुन्छ नामक पुस्तक पढिरहेका रहेछन्। यसको विषयवस्तु शक्ति र अख्‍तियार, अनि मैले पहिले कहिल्यै नसुनेका कुराहरूले भरिएको थियो। मलाई साँच्‍चै नै यसमा थप खोजीनिधो गर्न मन लाग्यो। चलचित्र हेरिसकेपछि हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सम्पर्क गर्‍यौं र अनलाइन भेलामा सहभागी भई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको वाचन र सङ्गति गर्न थाल्यौं।

एकदिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के थाहा पाएँ भने प्रभु येशूले छुटकाराको काम गर्नुभएको थियो जुन हामी उप्रान्त पापी ठहरिन नपरोस् भनेर हामीलाई छुटकारा दिइएको मात्रै थियो, तर मानवजातिको पापी प्रकृति हटेको थिएन। त्यही कारणले गर्दा हामी झुट बोल्ने र पाप गर्ने गरिरहन्छौं र भ्रष्टता प्रकट गरिरहन्छौं। त्यसको बारेमा सोच्दा, यो सबै कुरा साँचो हो भन्‍ने मलाई थाहा भयो। हरेक पटक म झडङ्ग रिसाउँदा पछि गएर मलाई पछुतो लाग्थ्यो। तर जब-जब मलाई मन नपर्ने कुरा आइपर्थ्यो, म अझै पनि नरिसाइ बस्‍न सक्दिनथिएँ। मैले के महसुस गरेँ भने, यदि मैले मेरो पापी प्रकृतिलाई समाधान गरिनँ भने, म पापबाट कहिल्यै पनि मुक्त हुँदिनँ, त्यसपछि म मेरो विचार, बोलीवचन, र व्यवहारमा परमेश्‍वरको विरुद्धमा हुनेछु। सर्वशक्तिमानका वचनहरूबाट मैले आखिरी दिनहरूमा परमेश्‍वरले मानवजातिलाई खुलासा गर्न र धुन सत्यता व्यक्त गर्नुभएको देखेँ। परमेश्‍वरको न्यायको कामबारेको उत्सुकता भरिँदै पछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ, र उहाँले मानवजातिको पापी प्रकृतिको बारेमा सबै कुरा सबै कुरा प्रकट गर्नुभएको रहेछ भन्‍ने देखेँ। उहाँले हामीलाई शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, हामी कसरी पापबाट मुक्त भएर शुद्ध हुन सक्छौं, स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ, कसलाई दण्ड दिइनेछ, अनि फरक-फरक प्रकारका मानिसहरूका परिणामहरू। मानवजातिलाई न्याय गर्ने र खुलासा गर्ने परमेश्‍वरका वचनहरूमा उहाँको प्रेम र मुक्ति समावेश छन्। उहाँका वचनहरू जति नै कठोर सुनिए पनि ती सबै हामीले सत्यतालाई बुझ्‍न सकौं, शैतानले हामीलाई कसरी भ्रष्ट तुल्याएको छ त्यसलाई हामीले स्पष्ट रूपमा देखेर आफूलाई साँचो रूपमा घृणा गर्न सकौं, अनि पश्‍चात्ताप गरेर परिवर्तन हुन सकौं भन्नका लागि हो। यी सबै कुरा बुझेपछि मलाई निकै खुशी लाग्यो र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचनहरू पढ्न मन लागिरह्यो। भेलाहरूमा उपस्थित भएर दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न पाउँदा मलाई निकै रमाइलो समेत लागिरहेको थियो र मैले परमेश्‍वरका वचनहरूको न्याय र दण्डको अनुभव गरी मेरो भ्रष्ट स्वभाव समाधान गर्न सकूँ भनी आशा गरें।

पछि मलाई नयाँ विश्‍वासीहरूको मण्डलीको एउटा अगुवाको रूपमा छनौट गरियो। एक पटक एक जना सिस्टरले मलाई उनले आफ्‍नो कर्तव्यको सिलसिलामा सामना गरेकी समस्याहरूको बारेमा सहयोग गर्न अनुरोध गरिन् र उनले के गर्नुपर्छ भन्नेमा मैले उनलाई केही सल्‍लाह दिएँ। तिनी र अर्को सिस्टरले मेरो सल्लाह सुनेपछि सोहीअनुसार गर्न सहमत भए। ठीक त्यही बेला, एकजना अगुवाले हामीलाई बोलाइन् र ती दुई जना सिस्टरहरूले मेरा विचारहरू उनीसँग समेत बाँड्न अनुरोध गरे। मैले यो बताएपछि ती अगुवाले केही नभनी मलाई पुनरावलोकन गर्न एउटा डकुमेन्ट दिइन् र हामीले यसलाई कसरी गर्नुपर्छ भनेर बताइन्। मलाई अलिक झर्को लाग्यो। मैले भनेको कुरा उनले बुझेकी छैनन् भन्‍ने मलाई लाग्यो। के गर्ने भन्‍ने बारेमा मैले पहिले नै ती दुई जना सिस्टरसँग छलफल गरिसकेको थिएँ, र त्यो कर्तव्य कसरी गरिनुपर्छ भन्ने बारेमा सोचेर नै धेरै समय बिताएको थिएँ। के मेरो सबै परिश्रम व्यर्थ भयो? अधैर्य हुँदै मैले अगुवालाई भनेँ, “मैले भनेको कुरा बुझ्‍नुभयो त? हामीले यस विषयमा सहमति जनाइसकेका छौं र हामी प्रत्येकले बुझेका छौं।” ती अगुवाले भनिन्, “तपाईंले सुझाव दिनुभएको तरिका पनि राम्रै हो, तर यो धेरै प्रभावकारी हुनेछैन।” त्यसपछि उनले हामीलाई त्यो कर्तव्य पूरा गर्ने छिटो र सरल तरिका बताइन्। उनको समाधान मलाई साँच्चै राम्रो लागेको थियो, तर म त्यति खुशी थिइनँ। मैले यतिका समय लगाएर सोचेको तरिका प्रयोग गरिएन भने ती दुई सिस्टरहरूले मेरो बारेमा के सोच्‍नेछन् भन्ने मलाई लागिरह्यो। के तिनीहरूले म कामै नलाग्‍ने र सानो कामको बन्दोबस्त समेत मिलाउन नसक्‍ने छु भन्‍ने ठान्‍नेछन्? त्यो त निकै लाजमर्दो कुरा हुनेथियो। मैले यसको बारेमा जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो। पछि, अगुवाले मलाई ती दुई जना सिस्टरहरूसँग मिलेर त्यो कर्तव्य गर्न अनुरोध गरिन्। मैले साँच्‍चै यो कुरालाई इन्कार गरेँ र उनीसँग त्यति राम्ररी बोलिनँ। पछि, मैले त्यो कर्तव्य पूरा गरेँ, तैपनि सम्पूर्ण प्रक्रियाको क्रममा मैले भ्रष्टता प्रकट गरेको हुनाले त्यसले मलाई निकै व्याकुल र ग्‍लानिको महसुस गरायो। त्यसपछि मैले मनमनै सोचेँ कि ती अगुवाले जिम्‍मेवारी लिँदै हाम्रो कामको प्रभावकारितालाई सुधार गर्ने केही राम्रा सुझाव दिइरहेकी थिइन्। यो मण्डलीको कामको लागि राम्रो कुरा थियो। तर मैले यसलाई स्वीकार गर्न सकिनँ, र यसप्रति रिसाएँ समेत। मैले आफैसँग प्रश्न गरें, किन उपयुक्त विचारहरु स्वीकार्न सक्दिनँ र किन तिनले मलाई रिस मात्र उठाउँछन्? मैले यसको जड पत्ता लगाउनुथियो, ताकि म यस स्थितिबाट जति सक्दो चाँडो मुक्त हुन सकूँ।

त्यो साँझ, मैले मण्डलीको वेबसाइटमा रिसको बारेमा परमेश्‍वरका वचनहरू खोजेँ र यो खण्ड भेटेँ: “कुनै व्यक्तिसँग हैसियत भएपछि, उसलाई प्रायजसो आफ्‍ना संवेगलाई नियन्त्रण गर्न कठिन हुन्छ, त्यसकारण ऊ आफ्‍नो असन्तुष्टिलाई निकास दिन र आफ्‍ना संवेगहरूलाई पोखाउन अवसरहरूको फाइदा लिन मन पराउँछ; आफ्‍ना क्षमताहरू प्रदर्शन गर्न र आफ्नो हैसियत र पहिचान अन्य मानिसहरूको भन्दा फरक छ भनी अरूलाई जान्न दिन, ऊ कुनै पनि कारणविना प्रायजसो रिसाउने गर्छ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो आफ्ना संवेगहरूमाथिको नियन्त्रण गुमाउँछन्। तिनीहरूको आफ्नै हितहरूमा पर्ने क्षतिद्वारा नै तिनीहरूको रिस पैदा बारम्बार भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नका लागि, तिनीहरू प्रायजसो आफ्‍ना संवेगहरू पोखाउँछन् र आफ्नो अहङ्कारी प्रकृति प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्नका लागि मानिस रिसको आवेगमा आउँछ र आफ्‍ना संवेगहरू पोखाउँछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, छलकपट र चालबाजीहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएका हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरका वचनहरू पढेपछि, मानवले रिस गर्नुको कुनै कारण हुँदो रहेछ भन्ने थाहा पाएँ। जब हाम्रा चासो वा प्रतिष्ठामा सम्झौता हुन्छ, हामी प्रायः हाम्रा असन्तुष्टि प्रकट गर्छौं, रिस देखाउँछौं, र सामान्य मानव समझ गुमाउँछौं। हामी शैतानी स्वभाव र नकरात्मक कुरा मात्र प्रकट गर्छौं। परमेश्‍वरका वचनहरूको आधारमा मैले आफ्‍नो बारेमा मनन गरेपछि, मैले मेरा विचारहरू इन्कार हुँदा म धेरै प्रतिरोधी हुन्छु भन्‍ने देखेँ। अगुवाको तरिका मेरो भन्दा राम्रो थियो, यो छिटो र सरल छ भन्‍ने मलाई स्पष्ट थाहा थियो, तर मलाई अझै पनि रिस उठ्यो र अरूले मलाई म व्यर्थ छु भन्‍ने ठान्‍नेछन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले अगुवासँग नराम्रो शब्‍द बोलेँ। त्यो बेला मैले म साँच्‍चै अहङ्कारी छु, मेरो नाम र हैसियतमा अति केन्द्रित छु भन्‍ने थाहा पाएँ। मलाई सधैँ मेरो विचार उच्च लाग्थ्यो र म अरूको कुरा सुन्‍न चाहँदिनथिएँ। मण्डलीको कामलाई के कुराले फाइदा गर्छ भन्नेमा मैले ध्यान दिइनँ। मैले आफू पूर्ण रूपमा अहङ्कारी रहेको र राम्रो सल्लाह लिन निकै गाह्रो पर्ने गरेको पाएँ। यो थाहा पाएपछि म पछुतोले भरिएँ। मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरसँग प्रार्थना गरेँ, अनि आफूलाई अझै राम्ररी चिन्‍न अनि मेरो अहङ्कारलाई हटाउन अगुवाइ गर्नुहोस् भनी उहाँलाई बिन्ती गरेँ।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “शैतानको स्वभावहरूभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझविहीन हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्‍कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्‍वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्‍कारी स्वभावले मानिसहरूलाई परमेश्‍वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्‍छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो यति अहङ्‍कारी छन् कि आफ्नो समझ गुमाएका छन्, तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो विश्वासमा उहाँमा समर्पित हुन सक्दैनन्, बरु आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय फिटिक्‍कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुने अवस्थासम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। व्यक्तिले अहङ्कारी स्वभाव सुल्झाउन परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नैपर्छ। जब कुनै व्यक्तिले अहङ्कारी स्वभाव शैतानी स्वभाव हो, र अहङ्कारी स्वभाव शैतानको दुष्ट, कुरूप अनुहार हो भनी महसुस गर्छ, तब ऊसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ। व्यक्तिको अहङ्कारी स्वभावलाई जति राम्ररी निराकरण गरिन्छ, ऊसँग त्यति नै बढी समझ हुन्छ, र ऊ त्यति नै बढी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छ। परमेश्‍वरको डर मान्‍ने हृदयले मात्रै व्यक्ति परमेश्‍वरमा समर्पित हुन, र सत्यता प्राप्त गर्न र उहाँलाई चिन्न सक्छ। जसले सत्यता प्राप्त गर्छन् तिनीहरू मात्रै साँच्चै मानव हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले यो खण्डमा केही समय विचार गरेँ र के बुझें भने ममा अहङ्कारी स्वभाव भएको कारणले गर्दा मैले अरूका सुझावहरूलाई उचित तरिकाले लिन नसकेको रहेछु। म अरूले मेरो कुरा सुनून् भन्‍ने चाहन्थेँ, तर म अरूका विचारलाई स्वीकार्न वा सुन्‍न चाहँदिनथिएँ। मैले ब्रदर राउलसँग काम गर्दा म त्यस्तै थिएँ। म निकै अहङ्कारी भएकोले तिनको निर्देशन पालना गर्न चाहिरहेको थिइनँ, झन् तिनले मसँग कठोर शैलीमा बोलेको त सहने कुरै भएन। अनि दैनिक जीवनमा मेरी श्रीमती वा अरूसँगको मेरा अन्तरक्रियाहरूमा म सधैँ मेरो विचार नै सबैभन्दा उत्कृष्ट छ, म सही छु, त्यसकारण तिनीहरूले मेरो कुरा सुन्‍नुपर्छ र मैले भनेकै कुरा गर्नुपर्छ भन्‍ने सोच्थेँ। विश्‍वासमा आइसकेर दाजुभाइ-दिदीबहिनीहरूसँग कर्तव्य लिइसकेपछि, म अहङ्कारमा जिइरहेँ र अरूको सुझावहरू स्वीकार गर्दिनथिएँ। मेरो तरिका उत्कृष्ट होइन भन्‍ने थाहा हुँदा पनि म अझै मेरै तरिकाले काम गर्न र अरूले मेरो कुरा सुनून् भन्‍ने चाहन्थेँ। म अत्यन्तै अहङ्कारी भएकोले मेरो बोलीमा तर्क हुँदैनथ्यो। मेरो अहङ्कार प्रकृतिले गर्दा मैले अवस्थाहरूलाई तर्कसंगत रूपमा हेर्न सकेको थिइनँ। मलाई म सधैँ सही छु जस्तो लाग्थ्यो, तर प्रायजसो अरू मानिसहरूसँग मेरोभन्दा उत्कृष्ट विचार र अझै व्यापक बुझाइ हुन्थ्यो। उदाहरणको लागि, म सही छु भन्ने मेरो सधैँको सोचाइले मेरी श्रीमतीलाई प्रायजसो मेरो योजनाअनुसार काम गर्न लगाउँथें, तर नराम्रो परिणाम आउँथ्यो। यो पटक पनि अवस्था त्यस्तै थियो। अगुवाले सुझाएको तरिका सरल थियो, समय बचत हुन्थ्यो, र राम्रा परिणामहरू आउनेथिए, जबकि मैले ती दुईजना सिस्टरसँग गरेको सङ्गतिको तरिका जटिल र निकै समय लाग्ने खालको थियो। तथ्यहरूका आधारमा हेर्दा, मसँग अहङ्कारी हुनुपर्ने कुनै कारण थिएन। म यथार्थवादी, नम्र बन्‍नुपर्थ्यो, र मैले आफ्‍नो स्थान चिन्‍नुपर्थ्यो। यदि म त्यस्तो अहङ्कारी रूपमा जिइरहेको भए, म प्रधान स्‍वर्गदूतजस्तै हुनेथिएँ, परमेश्‍वरप्रति कुनै आदर हुनेथिएन, र उहाँलाई विरोध गर्नेथिएँ अनि उहाँको स्वभावलाई चिढ्याउनेथिएँ। त्यसको लागि उहाँले मलाई दण्ड र श्राप दिनुहुनेथियो। त्यो कुरा बुझेपछि, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म अबदेखि मेरो अहङ्कारी स्वभावमा जिउन चाहन्‍नँ। म आफ्‍नो स्थानमा बसेर सामान्य मानवतामा जिउन, मेरो कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्‍न, तिनीहरूसँग राम्ररी काम गर्न, र तपाईंको इच्‍छा पूरा गर्न मेरो कर्तव्य पूरा गर्न चाहन्छु।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूबाट थप केही खण्डहरू पढेँ: “अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्। अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौँ तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्। के गर्ने भनेर निर्धारण गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि त्यस विषयमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा सोचहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्नको लागि सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरा विचारहरूलाई प्रकाश पार्न र सत्यता खोज्‍न सक्छस्—स्वेच्छाचारिता र अविवेकीपन हल गर्ने अभ्यासको पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ—परमेश्‍वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “भ्रष्ट मानवजातिको निम्ति समाधान गर्न सबैभन्दा कठिन समस्या भनेको उही पुरानै गल्तीहरू दोहोर्‍याउने समस्या हो। यसलाई रोक्‍नको लागि, मानिसहरू सुरुमै के कुरामा सचेत हुनुपर्छ भने, तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्‍वरलाई धोका दिने र उहाँबाट टाढा हुने सम्‍भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—पछि आउने खतराको लागि समय छँदै तयार हुनुपर्छ भनेर भनेझैँ तिनीहरू तयार भई बसेका छन् भने—तिनीहरूले जसरी भए पनि आफूलाई काबुमा राख्‍न सक्‍नेछन्, र जब तिनीहरूमाथि केही कुरा आइपर्छ, तब तिनीहरूले परमेश्‍वरसँग प्रार्थना गर्नेछन् र उहाँमै भर पर्नेछन्, अनि उही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट बच्‍नेछन्। तिमीहरू के कुरामा स्पष्ट हुनुपर्छ भने, तिमीहरूको स्वभाव परिवर्तन भएको छैन, परमेश्‍वरलाई धोका दिने प्रकृतिले तिमीहरूभित्र गहिरो जरा गाडेको छ, र यसलाई निकालेर फालिएको छैन, तिमीहरू अझै पनि परमेश्‍वरलाई धोका दिने खतरामा छौ, र तिमीहरूले निरन्तर अनन्त विनाशमा पर्ने सम्‍भावना सामना गर्दै छौ। यो वास्तविक कुरा हो, त्यसैले तिमीहरू होसियार रहनैपर्छ। ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरू मानिसको साँचो रूपमा जिउन अझै बाँकी छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ। व्यक्तिका रूपमा, तिमीहरू आत्मसचेत हुनैपर्छ। यदि तिमीहरूमा यो समस्या समाधान गर्ने सङ्कल्प छ भने, तिमीहरूले आफ्‍नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणका लागि, ‘म भुइँको गोबर हुँ,’ वा ‘म प्रकृतिले नै दियाबलस हुँ,’ वा ‘म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,’ वा ‘म सधैँ खतरामा हुन्छु।’ यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले यो कुरा सधैँ सम्‍झिरह्यौ भने उपयोगी हुनेछ। यसलाई मनमनै दोहोर्‍याओ, यसलाई मनन गर, अनि तिमीहरूले कम मात्र गल्ती गर्न वा गल्ती गर्नै छोड्न सक्छौ। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू पढ्न बढी समय दिनु, सत्यता बुझ्‍नु, आफ्‍नै प्रकृतिलाई चिन्‍नु र आफ्‍नै भ्रष्ट स्वभाव फाल्नु हो। त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्न सहयोग गर्यो भने मेरो अहङ्कार समाधान गर्नका लागि मैले अरूसँग सहकार्य, खोजी र सङ्गति गर्न सिक्‍नुपर्छ। कामसम्‍बन्धी छलफलहरूमा मैले दाजुभाइ-दिदीबहिनीहरूलाई मेरा विचारहरू बाँड्नुपर्छ, र विनम्र भएर अरूको विचार खोज्नुपर्छ। मैले सुझाएको भन्दा ती फरक भए पनि मैले आफूलाई सही हो भन्‍ने लागेको कुरा पन्छाउनुपर्छ। मैले प्रार्थना गर्नुपर्छ र अरूले भनेको आधारमा खोजी गर्नुपर्छ, अनि सही के हो, उचित के हो भन्नेमा परमेश्‍वरबाट मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्न, अनि मेरा आफ्‍नै कमीकमजोरी र त्रुटिहरू देखाउन दिनुपर्छ। मैले भनेको कुरा मलाई सही लागे पनि मैले आफ्नै विचारमा अल्झिनु हुँदैन, मैले सत्यता र परमेश्‍वरको इच्छाको खोजी गर्नुपर्छ। अनि जब म कुनै व्यक्तिको विचार मेरो भन्दा राम्रो र सही छ भन्‍ने देख्छु, तब मैले आफूलाई पन्छ्याएर तिनीहरूको कुरालाई स्वीकार गर्न सिक्‍नुपर्छ। त्यो परमेश्‍वरको इच्‍छा अनुरूप हुन्छ र मलाई गल्ती गर्नबाट जोगाउँछ। त्यस बाहेक, मैले आफ्‍नो अहङ्कारी प्रकृतिको बारेमा आफ्‍नो लागि एउटा नारा लेखेँ: “म माटो बाहेक केही होइनँ, र म घमण्डी हुनुहुँदैन। मेरो संयमताको अभावको कारण मैले आफूलाई सधैँ खतरामा पारिरहेको हुन्छु।” यसले मलाई मेरो लाजमर्दो अहङ्कारी स्थितिको बारेमा सम्झन सहयोग गर्‍यो, र अहङ्कारमा जिउनुको खतरा र परिणामहरूको बारेमा स्मरण गरायो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र अरूका विचारहरूलाई सुन्‍ने कार्यमा ध्यान केन्द्रित गर्न थालेँ। जब कसैले मेरोभन्दा फरक सुझाव वा विचार प्रदान गर्थे, चाहे त्यो घरमा होस् वा मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग होस्, तब मैले आफ्‍नो अहमतालाई पन्छ्याउन थालेँ। मैले अरू मानिसहरूसँग साँच्‍चै नै मेरो भन्दा अझै वृहत् विचारहरू छन् भन्‍ने देखेँ, अनि मैले तिनीहरूका विचारहरूलाई हृदयबाट स्वीकारेर उचित सुझावहरूलाई कार्यान्वयन गर्न पनि सिकेँ। यस कुरालाई अभ्यास गरेपछि, म दाजुभाइ-दिदीबहिनीहरूसँग कम रिसाउने र अरूले भनेको कुरा सुन्‍न र स्वीकार गर्न सक्‍ने भएको पाएँ। मलाई पहिलेभन्दा निकै ढुक्‍क पनि लाग्‍न थाल्यो। म परमेश्‍वरप्रति मनैदेखि आभारी छु!

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “मानिसहरूको स्वभाव मानिसहरू आफैद्वारा परिवर्तन गर्न सकिँदैन; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, अनि परीक्षा र शोधन भोग्नैपर्छ, वा उहाँका वचनहरूद्वारा काटछाँट र अनुशासित गरिनैपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारी हासिल गर्न सक्छन्, र उप्रान्त उहाँप्रति झाराटारुवा हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटमार्फत मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्ने आँट गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरू परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको कामप्रति समर्पित हुन सक्नेछन्। ती कुरा मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि, तिनीहरू ती धारणाहरू त्याग्न र जानीजानी समर्पित हुन सक्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई हामीले हाम्रो स्वभावलाई नियन्त्रण वा परिवर्तन गर्न हामी आफ्‍नै क्षमता वा धैर्यतामा भर पर्नु हुँदैन भन्‍ने कुरा देखायो। संयमतामा लगाइने ती सबै प्रयासले केही बानीबेहोरा मात्रै परिवर्तन गर्न सक्छ, र ती परिवर्तनहरू त्यति लामो समय रहनेछैनन्। यदि हामी साँचो रूपमा स्वभाव परिवर्तनको अनुभव गर्न चाहन्छौं भने, हामीले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, काटछाँट, अनि परीक्षा र शोधनलाई स्वीकार गर्नुपर्छ। हाम्रो शैतानी प्रकृतिलाई साँचो रूपमा चिन्‍ने र हाम्रो शैतानी स्वभावमा जिउनुका खतरनाक परिणामहरूलाई स्पष्ट रूपमा देख्‍ने एउटै तरका त्यही हो। त्यसपछि हामीले आफूलाई साँचो रूपमा घृणा गर्न र त्याग्‍न सक्छौं, र साँचो पश्‍चात्ताप र परिवर्तन हासिल गर्न सक्छौं।

सर्वशक्तिमान्‌ परमेश्‍वरले मलाई आखिरी दिनहरूको न्याय र सजायको अनुभव गर्ने मौका दिनुभएकोमा उहाँप्रति आभारी छु, ताकि मैले सत्यतालाई जान्‍न, अनि आफूलाई चिनेर मेरो भ्रष्टतालाई समाधान गर्न सकूँ। म आफू निकै भाग्यमानी छु भन्‍ने लाग्छ। मलाई अहिले त्यति दोधार र अन्योल हुँदैन किनभने सर्वशक्तिमान्‌ परमेश्‍वका वचनहरूले हाम्रो पापको जड, अनि हाम्रो विभिन्न भ्रष्ट स्वभावहरूको स्वरूपहरूलाई प्रकट गरेका छन्। उहाँले हामीलाई पाप त्याग्‍ने अनि जीवनका स्वभावमा परिवर्तन हासिल गर्ने मार्ग पनि दिनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सम्‍पन्‍न र प्रशस्त छन्, र हामीलाई चाहिने सबै कुरा प्रदान गर्छन्। तिनले हामीलाई हाम्रा सबै प्रश्‍न र कठिनाइहरूका उत्तर दिन्छन्। हामीले परमेश्‍वरका वचनहरू पढेर तिनलाई हृदयबाटै स्वीकार गर्‍यौं भने, हामीले हाम्रा भ्रष्टता र विद्रोहीपन बुझ्न सक्छौं, र हाम्रो भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग भेट्टाउन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: १२. इर्ष्याको बन्धनबाट छुटकारा

अर्को: १४. अन्तत: गलत बुझाइहरूबाट मुक्त

सम्बन्धित विषयवस्तु

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्