१४. अन्तत: गलत बुझाइहरूबाट मुक्त

लोरेइन, दक्षिण कोरिया

केही वर्षअघि म मण्डलीमा भिडियोहरू बनाउने गर्थेँ। एक समय थियो जतिबेला म राम्ररी आफ्नो कार्य-सम्पादन गर्दिनथेँ, र मैले बनाएका दुइटा भिडियोहरू तिनमा समेटिएका विचारका कारण केही समय स्थगित भए। त्यो समयमा म निकै दु:खी थिएँ, किनकि ममा मेरा ब्रदर-सिस्टरहरूले मलाई हेयका दृष्टिले हेर्ने हुन् कि भन्ने डर थियो। म योग्य छु भन्ने प्रमाणित गर्न, मैले निकै मेहनतका साथ काम गरेँ र केही दिन अर्को भिडियोबारे योजना गर्दै बसेँ, तर योजना पढेपछि, अगुवाले उक्त विचार पुरानो र अस्पष्ट भएको औँल्याए। छलफलपछि, सबैलाई उक्त योजना अगाडि बढाउन योग्य छैन भन्ने लागेकाले त्यसलाई फालियो। मलाई आफू चुकेको महसुस भयो, म नकारात्मक स्थितिमा थिएँ, र मसित आफ्नो कार्य-सम्पादन गर्ने ऊर्जा थिएन। एक दिन, मैले संयोगवश थाहा पाएँ कि केही ब्रदर-सिस्टरहरूले मेरो मन अलमल्ल छ भनेका रहेछन्। यो सुनेर, म अत्यन्तै निराश भएँ, र मेरो मनमा यस्तो कुरा खेल्यो, “अगुवाले मेरो सोच अस्पष्ट छ भने, र ब्रदर-सिस्टरहरूले मेरो मन अलमल्ल छ भने। के त्यसको अर्थ म अन्यौलमा परेको व्यक्ति हुँ भन्ने होइन र? के अन्यौलमा परेका मानिसहरू सत्यता बुझ्न र परमेश्वरको मुक्ति पाउन सक्छन्? के म हटाइनेछु?” यो सोचले मलाई निकै नकारात्मक र पीडादायी बनायो, र म उक्त परिस्थितिबाट उम्कन चाहन्थेँ।

भोलिपल्ट, मैले रुँदै अगुवा र टोली अगुवालाई यो भनेँ, “मेरो क्षमता ज्यादै कम, र यो काम निकै कठिन छ। कृपया मलाई अर्को काम गर्न दिनोस्” मेरा अगुवाले यसो भन्दै मसित सङ्गति गरे, “हामी सबैमा कमजोरीहरू छन्, र हाम्रा कर्तव्यमा अपरिहार्य रूपले केही झट्का र असफलताहरू आउनेछन्। यदि कुनै समस्या वा विचलनहरू भएमा, हामीले तिनको समीक्षा गर्नुपर्छ, सत्यता खोजेर समस्याहरू समाधान गर्नुपर्छ, र प्रयत्न जारी राख्नुपर्छ। यो कर्तव्य तेरो लागि असम्भव नहुन सक्छ।” तर त्यो समयमा, मैले त्यो बुझिनँ, र म त्यहाँबाट निस्कन मात्र चाहन्थेँ। त्यसैले, म परमेश्वरबारे गलत बुझाइ र मेरा ब्रदर-सिस्टरहरूले मलाई अलग्याएको भावना बोकेर निस्केँ। पछि, मैले सुसमाचार प्रचारको अभ्यास गर्न थालेँ। एक समय मेहनत गरेपछि, मेरो कर्तव्य झन्-झन् प्रभावकारी बन्दै गयो, अनि समूहका ब्रदर-सिस्टरहरूसित कुनै प्रश्न छन् भने तिनीहरू प्रायजसो मलाई सोध्थे। मलाई मैले फेरि केही आत्मविश्वास पाएको महसुस भयो, म हरदिन राम्रो मुडमा हुन्थेँ, र ममा कर्तव्य निर्वाह गर्ने ऊर्जा हुन्थ्यो।

तर अचानक, एक वर्षपछि, काममा आवश्यक परेकाले अगुवाले मलाई फेरि पनि भिडियो बनाउने बन्दोबस्त गरे। सुरुवातमा, मैले आफ्नो काममा राम्रो गरेँ र म कुनै पनि कुराले बाधित थिइनँ। तर पछि, जब भिडियो निर्माणमा नवप्रवर्तनको आवश्यकता पर्यो, मेरो सोच समयभन्दा पछि थियो र मेरा योजनाहरू सधैँ अस्वीकृत हुन्थे, र म फेरि पनि नकारात्मक स्थितिमा पुगेँ। मैले आफूलाई कम क्षमताको, अन्यौलमा परेको, र कर्तव्य पूरा गर्न असक्षम ठहर्याएँ। टोली अगुवाले म आफ्नो कर्तव्यमा तुलनात्मक रूपमा निष्क्रिय छु र कुनै कर्तव्यबोध गर्दिनँ भन्ने बुझे, त्यसैले उनले धैर्यतापूर्वक मलाई सत्यतामाथि सङ्गति गरे, साथ दिए र मद्दत गरे, अनि मलाई यसो भने, “तिमी र ब्रदर फ्रान्सिसले लगभग एउटै समयदेखि भिडियोहरू बनाउँदै आएका छौ। ऊ निकै इमानदार छ, अध्ययन र सारांशीकरण गर्नमा राम्रो छ, र उसले आफ्नो कर्तव्यमा प्रगति गरेको छ। तिमी उसले जति राम्रो गरिरहेको छैनौ, त्यसैले तिमीले मेहनत गर्नु आवश्यक छ।” यो सुनेर मलाई साँच्चै असहज लाग्यो। मैले सोचेँ, “तपाईंले मेरो कर्तव्यमा समस्या औँल्याउनुभयो, र म त्यसलाई परिवर्तन गर्नेछु। तर तपाईं मलाई किन फ्रान्सिससँग दाँज्नुहुन्छ? उसमा राम्रो क्षमता र स्पष्ट सोच छ, र ऊ सधैँ सिञ्चनको लागि योग्य रहँदै आएको छ। म अव्यवस्थित छु। म उसको स्तरमा छैन। हामीबीच कुनै तुलना हुँदै।” त्यो समयमा, म टोली अगुवाका सुझाव र सहयोगलाई निकै प्रतिरोध गर्थेँ, र आफूमाथि चिन्तन गर्दिनथेँ। करिब एक हप्तापछि, टोली अगुवाले म र सिस्टर जुलीले सँगै राम्ररी काम नगरेको थाहा पाए, त्यसैले उनले मसित सङ्गति गरे, “तिमी जुलीसँग साझेदारी गरिरहेका छौ। उनको मन बढी लचिलो छ, अनि तिम्रो प्राविधिक सीप राम्रो छ, त्यसैले तिमीहरू एकअर्काको परिपूरक हुन्छौ। तिमीले ऊसित कामकुराबारे धेरै छलफल गर्ने, उसका रायहरू धेरै सुन्ने र उसका सवल पक्षहरूबाट सिक्ने गर्नुपर्छ। त्यसो गर्यौ भने तिमीले प्रगति गर्नेछौ। हालसालै, तिम्रा कामका नतिजाहरू राम्रा थिएनन्, र भिडियोका लागि तिम्रा विचारहरू अझै पनि पुरानै छन्। के तिमीलाई यसमाथि चिन्तन गर्नुपर्छ भन्ने लाग्दैन?” मेरा टोली अगुवाले मेरा समस्याहरू यसरी पर्दाफास गरेको सुनेर म निकै उदास भएँ। मलाई उनले मलाई हेयको दृष्टिले हेरेको र घृणा गरेको महसुस भयो। उनले केही दिनअघि मात्र मेरा समस्याहरू औँल्याए, र अहिले, मैले समाधान गर्न सक्नुअघि नै उनले मेरो पर्दाफास गरिरहेको थियो। मैले त्यसबारे जति धेरै सोचेँ, मलाई त्यति नरमाइलो लाग्यो, र म कुण्ठित भएर रोएँ। म त्यस्तो कुरा भन्न बाध्य भएँ जसमा मलाई आजको दिनसम्म पनि पछुतो लाग्छ। मैले भनेँ, “समूहमा, म वाहियात छु भन्ने लाग्छ। म कुनै मद्दत गरिरहेको हुँदिन, तर तपाईं मलाई अझै पनि राखिरहनुहुन्छ।” टोली अगुवा निकै अचम्ममा परे। उनले भने, “तिमीले कसरी यसो भन्न सक्यौ? कसैले पनि तिमीलाई त्यो रूपमा हेर्दैन! हामीले आफ्नो कर्तव्यमा रहेका समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्छ। हामीले नकारात्मक भएर त्यसलाई प्रतिरोध गर्न मिल्दैन।” तर टोली अगुवाले जसरी सङ्गति गरे पनि त्यो सुनेको नसुन्यै भयो। मलाई म अन्यौलमा छु, परमेश्वर मसित निराश हुनुहुन्छ, मेरा ब्रदर-सिस्टरहरू मलाई स्वागत गर्दैनन्, र म समूहको सीमान्त र फाल्न मिल्ने व्यक्ति हुँ भन्ने अनुभूति भयो। म जति धेरै सोच्थेँ, मलाई त्यति अन्यायमा परेको अनुभूति हुन्थ्यो, र म नकारात्मकता र गलत बुझाइको स्थितिमा जिउथेँ, परमेश्वरसँगको मेरो सम्बन्ध झन् टाढियो, र मेरो आत्मविश्वास झन्-झन् घट्यो। “मेरो क्षमता कमजोर छ” नै मेरो मन्त्र बन्यो।

पछि, मेरा सहकर्मीसँग एउटा भिडियो बनाउने क्रममा, जब छलफलमा उनले फरक दृष्टिकोण राख्थे, म सम्झौता गर्थेँ र भन्थेँ, “मेरो क्षमता कमजोर छ र मेरा विचारहरू राम्रा छैनन्। तिमी समस्यालाई सही रूपमा बुझ्छौ, त्यसैले तिम्रो आफ्नै विचार पछ्याउनू।” त्यसपछि, मैले मेरो आफ्नै प्रस्ताव हटाएँ। मेरा सहकर्मी यो देखेर चिन्तित बनिन्, “तिमीले त्यसलाई किन हटाएको? ममा थुप्रै कमजोरीहरू छन्, र म समस्याहरू सही रूपमा नबुझ्न पनि सक्छु।” पछि, उनी मसित आफ्नो स्थितिबारे कुरा गर्न आइन्। उनले भनिन् कि मसँगको काममा उनले अहङ्कारी स्वभाव देखाएकी थिइन्, र मलाई अलि हेयको दृष्टिले हेरेकी थिइन्, र उनले आफूमाथि चिन्तन गर्नुपरेको थियो। उनले त्यसो भनेको सुनेपछि, बाहिरी रूपमा म शान्त थिएँ, तर मलाई अत्यन्तै पीडादायी महसुस भयो, र मैले उनीसँग गहिराइमा कुरा गर्न चाहिनँ, त्यसैले म यसो भन्न बाध्य भएँ, “तिमीलाई त अहङ्कार देखाएकोमा माफी दिन मिल्छ। मजस्तो कमजोर क्षमताको व्यक्तिसँग काम गर्दा कसले अहङ्कार देखाउँदैन होला? यदि म तिमी भएको भए, म पनि त्यही गर्थेँ।” त्यो समयमा, उनले केही सोच्नै सकिनन् र मलाई के भन्ने भनेर उनलाई थाहै थिएन। त्यसैले, म नकारात्मकता र गलत बुझाइको स्थितिमा जिएँ। मेरो हृदयलाई पीडा र दु:ख महसुस भयो, र मलाई आफ्नो कर्तव्य निभाउन निकै कठिन पर्यो। विशेषगरी एउटा भिडियो बनाइसकेपछि, हामीले भिडियोको तात्पर्य बुझाउनुपर्दा र सबैलाई टिप्पणी गर्न लगाउनुपर्दा, म विरलै बोल्थेँ, र छलफलमा सहभागी हुने आँट गर्दिनथेँ, त्यसैले म त्यस्ता परिस्थितिमा मेरा सहकर्मीको भर पर्ने गर्थेँ। राती निदाउन नसक्दा, म सोच्थेँ, “म काम गर्ने समयमा किन सधैँ पछि हट्छु र आत्मविश्वास राख्दिनँ? म किन सधैँ तिरस्कृत हुने डर मान्छु? मेरो लागि जीवन किन यस्तो पीडा बन्यो?” म उप्रान्त यस्तो अवसाद महसुस गर्न चाहन्नथेँ। म अरूजस्तै सकारात्मक स्थितिमा जिउन, र सामान्य रूपमा आफ्ना कर्तव्य निर्वाह गर्न सक्षम हुन चाहन्थेँ, तर म यस नकारात्मक स्थितिबाट मुक्त हुनै सकिनँ। म मलाई मुक्ति दिन र यो दुर्दशाबाट उम्कन मद्दत गर्नका लागि परमेश्वरलाई पुकार्न मात्र सक्थेँ।

त्यसलगत्तै, एउटा भेलामा, मैले अगुवाले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेको सुनेँ जसले मलाई आफ्नो समस्या चिन्ने र आफ्नो स्थिति बदल्ने तुल्यायो। परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरू परमेश्‍वरदेखि तर्किन्छन्, जब तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्‍ने र उहाँविरुद्ध होहल्ला गर्ने मनस्थितिमा जिउँछन्, वा उहाँको प्रतिरोध र विरोध गर्छन्, अनि उहाँसित विवाद गर्छन्, तब तिनीहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा पूर्ण रूपमा छाडेका हुन्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति अब कुनै ठाउँ हुँदैन। जब मानिसहरू यस्तो स्थितिमा जिउँछन्, तब तिनीहरू आफ्नै भावनामा नजिईकन बस्नै सक्दैनन्। कुनै सानोतिनो सोचले नै तिनीहरूलाई यति चिढ्याउँछ कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, कसैले लापर्बाहीसाथ केही टिप्‍पणी गर्‍यो भने तिनीहरू अनुमान गर्ने र दुबिधाको अवस्थामा पर्न सक्छन्, एउटा दुःस्वप्नले नै तिनीहरूलाई नकारात्मक तुल्याउन र परमेश्‍वरलाई गलत बुझ्‍ने तुल्याउन सक्छ। यस्तो दुष्चक्रले ठोस रूप लिएपछि, मानिसहरू आफू सक्किएको, आफूले मुक्ति पाउने सबै आशा गुमाएको, आफू परमेश्‍वरद्वारा त्यागिएको, र परमेश्‍वरले आफूलाई मुक्ति दिनुहुनेछैन भन्ने निष्कर्षमा पुग्छन्। तिनीहरू जति बढी यसरी सोच्छन्, र तिनीहरूलाई जति धेरै यस्तो महसुस हुन्छ, तिनीहरू त्यति नै नकारात्मकतामा डुब्छन्। मानिसहरूलाई यस्तो महसुस हुनुको वास्तविक कारण के हो भने तिनीहरू सत्यता खोज्दैनन् वा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्दैनन्। जब आफूलाई केही आइपर्छ, तब मानिसहरूले सत्यता खोजी गर्दैनन्, सत्यता अभ्यास गर्दैनन्, बरु सधैँ आफ्नै तरिकामा चल्छन्, र यसरी आफ्नै तुच्छ योजनाहरूमा जिउँछन्। हरेक दिन आफूलाई अरूसित तुलना गर्दै र उनीहरूसित प्रतिस्पर्धा गर्दै बिताउने, आफूभन्दा राम्रा लागेकाहरूप्रति डाहा र घृणा गर्ने, र आफूभन्दा तुच्छ लागेका जोकोहीलाई खिसी र उपहास गर्ने, शैतानको स्वभावमा जिउने, सत्यता सिद्धान्तअनुसार कामकुरा नगर्ने, अनि जोकसैको सल्‍लाह स्विकार्न नमान्ने गर्दै दिन बिताउँछन्। अन्त्यमा यसले गर्दा तिनीहरूले अनेकथरीका भ्रम, अनुमान र आलोचना विकास गर्छन्, अनि तिनीहरूले आफूलाई सदाको लागि चिन्तित तुल्याउँछन्। अनि के तिनीहरू यसका लायक हुँदैनन् र? यस्तो तितो फल तिनीहरू आफैले मात्रै फलाउन सक्छन्—र तिनीहरू साँच्चै यसैका लायक हुन्छन्। यो सब किन हुन्छ? किनभने मानिसहरू सत्यता खोज्दैनन्, अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, तिनीहरूले सधैँ आफ्नै विचारहरूअनुसार कार्य गर्छन्, तिनीहरू सधैँ देखावटी गर्छन् र आफूलाई अरूसित दाँज्छन्, सधैँ आफूलाई फरक देखाउन खोज्छन्, तिनीहरू परमेश्‍वरलाई सधैँ अनुचित मागहरू गर्छन्, र यस्तै आदि इत्यादि कुराहरू गर्छन्—यी सबै कुराले मानिसहरूलाई बिस्तारै परमेश्‍वरबाट तर्काउँछन्, र बारम्बार परमेश्‍वरको प्रतिरोध गर्न र सत्यता उल्लङ्घन गर्न लगाउँछन्। अन्त्यमा, तिनीहरू अन्धकार र नकारात्मकतामा डुब्छन्। यस्तो बेला, मानिसहरूले आफ्नो विद्रोह र विरोधबारे साँचो बुझाइ पाएका हुँदैनन्, तिनीहरूले यी कुराहरूलाई सही मनोवृत्तिले लिनु त असम्भव हुन्छ। बरु, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन्, परमेश्‍वरलाई गलत बुझ्छन्, र उहाँबारे अनुमान गर्ने प्रयास गर्छन्। जब यस्तो हुन्छ, तब मानिसहरू अन्ततः आफ्नो भ्रष्टता निकै गहिरो रहेछ र म समस्याको ठूलो पोको रहेछु भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरू आफू परमेश्‍वरको विरोध गर्ने किसिमको व्यक्ति हुँ भन्‍ने निष्कर्ष निकाल्छन्, र नकारात्मकतामा नगई धर पाउँदैनन्, तिनीहरू आफूलाई त्यसबाट बाहिर निकाल्न सक्दैनन्। तिनीहरू यस्तो विश्वास गर्छन्, ‘परमेश्‍वर मलाई तिरस्कार गर्नुहुन्छ, परमेश्‍वर मलाई चाहनुहुन्न। म अति विद्रोही छु, म यसको लायक छु, परमेश्‍वरले मलाई पक्कै पनि पटक्कै मुक्ति दिनुहुनेछैन।’ तिनीहरू यी सबै तथ्य हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू आफूले हृदयमा गरेका अनुमानहरू तथ्य हुन् भन्ने निष्कर्षमा पुग्छन्। जसले तिनीहरूसित सत्यताबारे सङ्गति गरे पनि, त्यो बेकार हुन्छ, तिनीहरू त्यो स्विकार्नै सक्दैनन्। तिनीहरू सोच्छन्, ‘परमेश्‍वरले मलाई आशिष् दिनुहुनेछैन, उहाँले मलाई मुक्ति दिनुहुनेछैन, त्यसैले परमेश्‍वरमा विश्वास गर्नुको के अर्थ?’ जब परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासको मार्ग यो हदमा पुगेको हुन्छ, तब के तिनीहरू विश्‍वास गर्न अझै सक्षम हुन्छन्? हुँदैनन्। तिनीहरू किन उप्रान्त विश्‍वास जारी राख्न सक्दैनन्? यसमा एउटा तथ्य छ। जब मानिसहरूको नकारात्मकता निश्चित हदमा पुगेर तिनीहरूको हृदय प्रतिरोध र गुनासोले भरिन्छ, र तिनीहरूले परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध सदासदाको लागि टुटाउन चाहन्छन्, तब यो कुरा तिनीहरूले परमेश्‍वरको डर नमान्नु, उहाँमा समर्पित नहुनु, सत्यतालाई प्रेम नगर्नु र सत्यता नस्विकार्नु जस्तो सामान्य कुराको रूपमा बिलकुलै रहँदैन। बरु यो के हुन्छ? तिनीहरूले हृदयमा परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास छोड्ने सक्रिय निर्णय गर्छन्। तिनीहरू हटाइनलाई निष्क्रिय भई पर्खनु लज्जास्पद कुरा हो, र आफ्‍नो मौका त्याग्‍न रोज्नुमै बढी इज्जत हुन्छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू आफै अग्रसर भएर कुरा समाप्त गर्छन्। तिनीहरू परमेश्‍वरप्रतिको आस्थालाई खराब कुरा भन्दै निन्दा गर्छन्, सत्यतालाई मानिस परिवर्तन गर्न नसक्ने भनेर निन्दा गर्छन्, र परमेश्‍वरलाई अधर्मी भन्दै निन्दा गर्छन्, परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिनुभएकोमा उहाँबारे गुनासो गर्छन्: ‘म अति लगनशील थिएँ, मैले अरूले भन्दा धेरै कष्ट भोगेँ, र अरू सबैले भन्दा धेरै मूल्य चुकाएँ, म आफ्‍नो कर्तव्य सच्चा मनले पूरा गर्छु, तैपनि परमेश्‍वरले मलाई आशिष् दिनुभएको छैन। अहिले मैले स्पष्ट रूपमा परमेश्‍वर मलाई मन पराउनुहुन्‍न, परमेश्‍वरले मानिसहरूसँग असमान व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा देखेँ।’ तिनीहरूसँग परमेश्‍वरप्रतिको आफ्‍नो शङ्कालाई परमेश्‍वरप्रतिको दोषारोपण र उहाँविरुद्धको ईशनिन्दामा परिणत गर्ने दुस्साहस हुन्छ। जब यस्ता कुराहरूले ठोस रूप लिन्छन्, तब के तिनीहरू परमेश्‍वरप्रतिको आस्थाको मार्गमा हिँडिरहन सक्छन्? तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने, अनि सत्यता नस्विकार्ने वा बिलकुलै आत्मचिन्तन नगर्ने हुनाले, तिनीहरू बरबाद भएका हुन्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१७))। परमेश्वरले बोल्नुभएको हरेक वचन मेरो लागि एउटा सम्झौटो, विश्लेषण, वा चेतावनी जस्तो लाग्यो, विशेषगरी जब परमेश्वरले भन्नुभयो: “मानिसहरूलाई यस्तो महसुस हुनुको वास्तविक कारण के हो भने तिनीहरू सत्यता खोज्दैनन् वा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्दैनन्।” यी वचनहरूबारे सोचेर, मैले आफूमाथि चिन्तन गर्न थालेँ, र अन्तत: थाहा पाएँ कि यतिका समयपछि, मैले यी परिस्थितिहरू सामना गर्दा कहिल्यै सत्यता खोजिनछु, सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने त कुरै छाडौँ। म पूर्णतया मेरो आफ्नै कल्पना र अनुमानमा जिइरहेकी रहेछु। मैले सम्झेँ, भिडियो बनाउन असफल भइरहँदा, र ब्रदर-सिस्टरले मेरो दिमाग उल्झनमा छ भनेको सुन्दा, मैले आफ्नै समस्यामा चिन्तन गरिनँ; बरु, यसबाट उम्कने, र नकारात्मकता र गलतफहमीमा जिउने बाटो रोजेँ। दोस्रो पटक, भिडियो बनाउन शुरु गर्दा, मैले विगतको असफलताबाट केही सिकेकी थिइनँ। बरु, निष्क्रिय र रक्षात्मक मानसिकता बोकेर कर्तव्य गरेँ। समूह अगुवाले अरूलाई तारिफ गर्दा, अनि मेरो कर्तव्यमा रहेका समस्या औँल्याउँदा, म झनै नकारात्मक भएँ। मैले आफू कमजोर क्षमताको र उल्झनमा रहेको महसुस गरेँ। मेरा ब्रदर-सिस्टरले मलाई तुच्छ सम्झिन्छन् भन्ने लाग्यो, र परमेश्वरप्रति मेरो गलतफहमी अझै बढ्यो, जसले अझ पीडा भयो, हृदय अँध्यारो बनायो र मलाई कर्तव्यमा अप्रभावकारी बनायो। मैले आफूलाई हरकुरामा रोकेँ र निकै विवश महसुस गरेँ। त्यसपछि मात्रै मैले स्पष्ट देखेँ कि मेरा आसपासका मानिस वा वस्तुमा कुनै समस्या थिएन, र परमेश्वरले मलाई अनुकूल व्यवहार नगरिरहनु भएको थिएन। मैले सत्यता खोजिरहेकी थिइनँ, र सदैव परमेश्वरको प्रतिरोध गरेँ, उहाँबाट आफैलाई टाढा राखेँ र उहाँको सजाय, ताडना, अनुशासन, र काटछाँटमा पर्दा नाराजी देखाएँ। परमेश्वरप्रति मेरो अनाज्ञाकारिता र प्रतिरोध निकै ठूलो थियो, यसले मलाई अन्धकार र पीडामा खसायो, परमेश्वरसँग मेरो सम्बन्धलाई झन टाढा बनायो। मैले आफ्नो कर्तव्य राम्ररी नगर्दा मबाहेक अरू कसलाई दोषी ठहराउने? आफूलाई रोकेर राख्नुको अर्थ मैले बल्ल बुझेँ। मैले केही अरू कुरा स्पष्ट देखेँ, त्यो के भने मैले परमेश्वरमा विश्वास, त्याग र समर्पण गरे पनि, मैले साँचो रूपमा सत्यता स्विकारेकी थिइनँ, न त परमेश्वरले व्यक्त गर्नुभएको सत्यताले मानिसलाई मुक्ति दिन सक्छ भन्ने नै स्विकारेकी थिएँ। मेरो कर्तव्यमा असफलता र बाधा आउँदा, मैले प्रतिरोध गरेँ, अनुचित व्यवहार गरेँ र आफूलाई कमजोर क्षमताको भनेँ। परमेश्वरले मजस्ता मानिसलाई मुक्ति दिनुहुन्न भन्ने पनि लाग्यो। म अक्सर असन्तुष्ट रहन्थेँ, मलाई कर्तव्यमा कठिनाइको सामना गर्न र त्याग गर्न सक्छु भन्ने लाग्थ्यो, मैले अरूभन्दा कम कष्ट भोगेकी थिइनँ। त्यसोभए, मलाई सदैव यस मामिलामा यति नराम्रो किन भनियो? परमेश्वर मप्रति दयालु किन हुनुहुन्नथ्यो? के मैले परमेश्वरको धार्मिकतालाई इन्कार गरिरहेकी थिइनँ? यो ईशनिन्दा थियो! मैले जति चिन्तन गरेँ, म त्यति नै भयभीत भएँ। मेरो स्थिति निकै खतरनाक भएको महसुस गरेँ। मैले परिस्थिति बदलिनँ र साँचो पश्चाताप गरिनँ भने, परमेश्वरले पक्कै पनि मलाई हटआउनुहुनेथियो। परमेश्वरको विश्लेषणको हर स्थितिले मेरो म छोयो। मेरो समस्या कति गम्भीर छ भन्ने देखेर म निकै रोएँ। सत्यता नपछ्याएको, परमेश्वरका वचन स्वीकार नगरेको र आफैलाई हानि गरेको कुरालाई सम्झेर मलाई आफैप्रति घृणा जाग्यो। मलाई निकै पछुतो भयो, त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, अब म कदापि यति विद्रोही र जिद्दी बन्न चाहन्न, र म गलतफहमीमा जिउन वा तपाईँको मन दुखाउन चाहन्न। म पश्चाताप गर्न चाहन्छु!”

त्यसपछि, अगुवा र समूह अगुवा मसँग सङ्गति गर्न आए। उनीहरूले मेरो नकारात्मकताको प्रवृत्ति खुलासा गरे, औँल्याए र मलाई परमेश्वरको वचन पढेर सुनाए। म निकै प्रभावित भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, साँचो पश्‍चात्तापविना, तँलाई मुक्ति प्राप्त गर्न धेरै गाह्रो हुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा—तैँले न्याय र सजाय अनुभव गरे पनि, वा काटछाँट प्राप्त गरे पनि—यदि तँ बदलिएनस्, र अझै पनि परमेश्‍वरप्रतिको विश्‍वाससम्बन्धी त्रुटिपूर्ण धार्मिक दृष्टिकोणहरू र परमेश्‍वरमा विश्‍वास गर्ने त्रुटिपूर्ण धार्मिक तरिकाहरूमा टाँसिइरहन्छस्, तँ प्रायः पाप गर्छस् र प्रायः पाप स्वीकार गर्छस् भन्‍ने कुरा हृदयमा स्पष्ट रूपमा जानेर पनि, सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनस् र अझै पनि शैतानका दर्शनहरूअनुसार जिउँछस् भने, परमेश्‍वरले आफ्नो तर्फबाट तँलाई पक्कै पनि हटाउनुहुनेछ। तैँले हातमा भएको कर्तव्य नपन्छाएको, र तँ अझै पनि आफ्नो कर्तव्यमा लागिरहने र परमेश्‍वरको आज्ञाप्रति तँमा अलिकति बफादारी भएको, र मानिसहरूले यसलाई स्वीकार्य रूपमा हेर्ने भए पनि, त्यहाँ अझै एउटा कुरा हुन्छ: परमेश्‍वरसँगको तेरो द्वन्द्वले एउटा स्थायी गाँठो सिर्जना गरेको हुन्छ। तैँले त्यसलाई समाधान गर्न र परमेश्‍वरका अभिप्रायहरूबारे साँचो बुझाइ प्राप्त गर्न सत्यता प्रयोग गरेको छैनस्। फलस्वरूप, परमेश्‍वरबारे तेरो गलतफहमी झन् गहिरिन्छ, र तँ सधैँ परमेश्‍वर नै गलत हुनुहुन्छ र तँलाई अन्याय गरिएको छ भन्ने सोच्छस्। यसको अर्थ तँ पछाडि फर्किएको छैनस्। तेरा धारणाहरू, परमेश्‍वरबारे तेरो गलतफहमी, र तेरो विद्रोहीपन अझै यथावत् छन्, जसले गर्दा तँ समर्पणको मानसिकता राख्दैनस्, सधैँ परमेश्‍वरविरुद्ध विद्रोह गर्छस् र उहाँको विरोधमा उत्रन्छस्। के यस्तो व्यक्ति परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने, र पश्‍चात्ताप गर्न जिद्दीपूर्वक इन्कार्ने व्यक्ति होइन र? मानिसहरू बदलिनुलाई परमेश्‍वरले किन यति धेरै महत्त्व दिनुहुन्छ? सृजित प्राणीले सृष्टिकर्तालाई कस्तो मनोवृत्तिका साथ व्यवहार गर्नुपर्छ त? सृष्टिकर्ताले जे नै गर्नुभए पनि उहाँ सही हुनुहुन्छ भनी मान्ने मनोवृत्तिका साथ। यदि तैँले यो कुरालाई मान्यता दिँदैनस् भने, सृष्टिकर्ता सत्य, मार्ग र जीवन हुनुहुन्छ भन्‍ने कुरा तेरा लागि खोक्रा शब्द हुनेछन्। यदि त्यसो हो भने, के तैँले अझै मुक्ति पाउन सक्छस्? सक्दैनस्। तँ अयोग्य हुनेथिइस्; परमेश्‍वरले तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। … तँ पछाडि फर्किनुपर्छ र तैँले आफ्ना विचारहरू र अभिप्रायहरू पन्छाउनुपर्छ। तँसँग यो मनसाय भएपछि, तँसँग प्राकृतिक रूपमै समर्पणताको मनोवृत्ति हुनेछ। तर, अलि अझै सही रूपमा भन्नुपर्दा, यो एउटा मनोवृत्ति हो जसमा व्यक्ति परमेश्‍वर, सृष्टिकर्तातर्फ फर्कन्छ; यो भनेको सृष्टिकर्ता सत्य, मार्ग र जीवन हुनुहुन्छ भन्‍ने तथ्यलाई मान्नु र पुष्टि गर्नु हो। यदि तँ आफैलाई पछाडि फर्काउन सक्छस् भने, यसले दर्साउँछ कि तैँले आफूले सही ठानेका ती कुराहरूलाई वा मानवजाति—जो भ्रष्ट छ—त्यसले सामूहिक रूपमा सही ठानेका ती सबै कुराहरूलाई तँ पन्छाउन सक्छस्; अनि, यसको सट्टा, तैँले परमेश्‍वरका वचनहरूलाई सत्यता र सकारात्मक कुराहरूका रूपमा मान्यता दिइरहेको छस्। यदि तँमा यस्तो मनोवृत्ति हुन सक्छ भने, यसले तैँले सृष्टिकर्ताको पहिचान र उहाँको सारलाई मान्यता दिएको छस् भन्ने प्रमाणित गर्छ। परमेश्‍वरले यो मामलालाई यसरी नै हेर्नुहुन्छ, त्यसकारण उहाँले मानिसको फर्काइलाई अत्यन्तै महत्त्वपूर्ण ठान्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३))। परमेश्वरको वचन मनन गरेर, परमेश्वरले मानिसहरू बदलिनु निकै महत्वपूर्ण हुने किन मान्नुहुन्छ भन्ने मैले बुझेँ। मानिसलाई मुक्ति दिने परमेश्वरको काममा, मानिसले कति धेरै काम गर्न सक्छ वा कति कष्ट सहन्छ भन्ने कुराले कुनै फरक पार्दैन। परमेश्वरले हेर्नुहुने कुरा मानिसको हृदय हो। उहाँले तिनीहरू परमेश्वर सत्य, बाटो र जीवन हुनुहुन्छ भनी स्वीकार गर्छन् कि गर्दैनन्, र परमेश्वरको पालन गर्छन् कि गर्दैनन् भनी हेर्नुहुन्छ। कुनै व्यक्तिले धेरै भ्रष्टता प्रकट गर्छ र सत्यता विरुद्ध हुने कामहरू गर्छ, तर आफ्नो समस्याबारे कहिल्यै चिन्तन गर्दैन वा सत्यता स्विकार्दैन, र सदैव परमेश्वरको बारेमा गलतफहमी पाल्दछ भने, यस्तो व्यक्तिले बाहिरबाट परमेश्वरका लागि कष्ट सहन र त्याग गर्न सक्ने देखिए पनि, उ अझै पनि परमेश्वरलाई प्रतिरोध र छल गरिरहेको छ। अन्तमा, यस्ता सबै मानिसलाई हटाइनेछ र मुक्ति दिन सकिने छैन। मैले सोचेँ, यतिका वर्षदेखि, कसरी मैले सधैँ परमेश्वरलाई गलत बुझेँ र उहाँबारे मनमा सन्देह राखेँ, तर मैले कहिल्यै यी मामिलाहरू हल गरिनँ। मैले केवल कर्तव्यमा व्यस्त भई आफूलाई लाटो बनाएकी थिएँ। एक पटक मेरो कर्तव्यमा समस्या देखा परे र ममा धेरै कमीहरू रहेको थाहा भयो, र यसले मेरो अभिमानमा ठेस पुग्यो, मैले आफूलाई नकारात्मक शब्दहरूले अङ्कित गर्न थालेँ, र परमेश्वर विरुद्ध गुनासो र गलतफहमीका शब्दहरू पनि बोलेँ। समय वित्दै जाँदा, मेरो मनमा आक्रोश बढ्दै गयो, परमेश्वरसँग मेरो दूरी गहिरो भयो, र मेरो स्थिति झन् झन् खराब हुँदै गयो। बाध्य भएर आफूलाई सोधेँ, “म हरेक दिन कर्तव्यमा व्यस्त रहने, र कहिल्यै कुनै पनि अनैतिक काम नगरेको भए पनि, मेरो हृदय परमेश्वरबाट निकै टाढा छ, म सधैँ उहाँबाट पर हुन्छु र उहाँलाई गलत बुझ्छु। म कसरी परमेश्वरमा विश्वास गर्ने व्यक्ति भएँ र? के परमेश्वरले यस प्रकारको विश्वासलाई अनुमोदन गर्नुहुन्छ? म अक्सर गलतफहमी र नकारात्मकतामा जिउँछु, कहिल्यै मुक्त महसुस गर्दिनँ। मैले आफ्नो कर्तव्य गर्दा समेत, पवित्र आत्माको काम पाउन कठिन हुन्छ। म केवल पहिलेको अनुभवमा भर परेर नै अघि बढ्न सक्छु। त्यसरी मेरो वृद्धिविकास कसरी हुन सक्थ्यो? यसरी विश्वास गरेर मैले के पाउन सक्थेँ?” त्यो बेला नै मैले स्पष्टरूपमा बुझेँ कि परमेश्वरबारे रहेको गलतफहमीबाट मुक्त हुनु र साँचो पश्चात्तापी हृदय राख्नु कति महत्वपूर्ण छ। यी तीन वर्ष, मैले मेरो दिमाग स्पष्ट छैन भनेर ब्रदर-सिस्टरले गरेको टिप्पणीलाई कहिल्यै भूल्न सकिनँ। मैले यो विषयमा कहिल्यै सत्यता खोजिनँ वा परमेश्वरका वचनका आधारमा आत्मचिन्तन गरिनँ। अब, मलाई यो समस्या हल गर्न मैले सत्यता खोज्नुपर्छ भन्ने थाहा भयो।

त्यसैले, मैले परमेश्वरका वचनको सान्दर्भिक खण्ड खोजेँ। परमेश्वरका वचनले भन्छन्: “जब परमेश्‍वरले तँलाई भ्रमित भन्‍नुहुन्छ, तब उहाँले तँलाई कुनै अभिव्यक्ति, वा शब्‍द, वा परिभाषा स्विकार्न लगाइरहनुभएको हुँदैन—उहाँले तँलाई यसभित्र रहेको सत्यतालाई बुझ्न लगाइरहनुभएको हुन्छ। त्यसकारण जब परमेश्‍वरले कसैलाई भ्रमित भन्‍नुहुन्छ, तब त्यसभित्र कुन सत्यता लुकेको हुन्छ? सबैले ‘भ्रमित’ भन्‍ने शब्‍दको सतही अर्थ बुझेका हुन्छन्। तर जहाँसम्‍म भ्रमितका प्रकटीकरण र स्वभावहरू के-के हुन्, मानिसहरूले गर्ने के-के कुरा भ्रमित हुन् र के-के कुरा भ्रमित होइनन्, परमेश्‍वरले किन मानिसहरूलाई यसरी खुलासा गर्नुहुन्छ, भ्रमितहरू परमेश्‍वरको अघि आउन सक्छन् कि सक्दैनन्, भ्रमितहरूले सिद्धान्तअनुसार काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले सही के हो र गलत के हो भन्‍ने कुरा बुझ्‍न सक्छन् कि सक्दैनन्, परमेश्‍वरले के कुरालाई प्रिय ठान्‍नुहुन्छ र के कुरालाई घिनाउनुहुन्छ भन्‍ने कुरा तिनीहरूले खुट्ट्याउन सक्छन् कि सक्दैनन्—प्रायजसो, मानिसहरूलाई यी कुराहरूका बारेमा स्पष्टसँग थाहा हुँदैन; तिनीहरूका लागि यी कुराहरू अस्पष्ट र गलत रूपमा परिभाषित अनि पूर्ण रूपमा अपारदर्शी हुन्छ। उदाहरणका लागि: मानिसहरूलाई प्रायजसो यो कुरा थाहा हुँदैन—यो कुरा तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुँदैन—निश्‍चित तरिकाले कुनै काम गर्नु भनेको नीतिहरू पालना गर्नु हो कि सत्यताको अभ्यास गर्नु हो, यो कुरा थाहा हुँदैन। कुनै कुरा परमेश्‍वरका लागि प्रिय हुन्छ कि त्यसलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, त्यो पनि तिनीहरूलाई थाहा हुँदैन—स्पष्ट हुँदैन। निश्‍चित तरिकाले अभ्यास गर्दा त्यो मानिसहरूलाई बन्धनमा राख्‍नु हो कि सामान्य रूपमा मानिसहरूलाई सत्यतामा सङ्गति दिएर सहयोग गर्नु हो भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। मानिसहरूप्रति तिनीहरूले गर्ने व्यवहारको पछाडि रहेका सिद्धान्तहरू सही छन् कि छैनन्, र तिनीहरूले मित्रहरू बनाउने प्रयास गरिरहेका छन् कि मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। निश्‍चित तरिकाले कार्य गर्नु भनेको सिद्धान्त पालना गर्नु र आफ्‍नो स्थानमा खडा हुनु हो कि, अहङ्कारी र आत्म-धर्मी हुनु, अनि धाक देखाउनु हो भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कतिपय मानिसहरूसँग अरू केही काम नहुँदा, तिनीहरूलाई ऐनामा आफैलाई हेरिरहन मन पर्छ; तिनीहरूलाई यो राम्रो देखिने इच्छा र अभिमान हो कि उचित कुरा हो भन्‍ने थाहा हुँदैन। कतिपय मानिसहरू झडङ्ग रिसाउँछन् र तिनीहरूको व्यक्तित्व अलिक अनौठो हुन्छ; के तिनीहरूले यो तिनीहरूमा खराब स्वभाव हुनुसँग सम्बन्धित छ कि छैन भन्‍ने कुरा छुट्याउन सक्छन्? मानिसहरूले यी आम रूपमा देखिने र सामना गरिने कुराहरूका बीचमा समेत भिन्‍नता छुट्याउन सक्दैनन्—तैपनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर धेरै कुरा प्राप्त गरेका छौँ भनी भन्छन्। के यो भ्रमित कार्य होइन र? त्यसोभए के तिमीहरूले आफूलाई भ्रमित भनिँदा स्विकार्न सक्छौ? (सक्छौँ।) … अनि के तिमीहरू आफ्‍नो सारा जीवन भ्रमित बन्‍न चाहन्छौ? (चाहँदैनौँ।) कोही पनि भ्रमित बन्‍न चाहँदैन। वास्तवमा, यसरी सङ्गति र विश्‍लेषण गर्नुको उद्देश्य तिमीहरूलाई भ्रमितका रूपमा आफूलाई वर्गीकरण गर्न लगाउनका लागि होइन; परमेश्‍वरले तिमीहरूलाई जसरी परिभाषित गर्नुभए पनि, तिमीहरूबारे जे-जस्तो प्रकट गर्नुभए पनि, तिमीहरूलाई जसरी न्याय गर्नुभए, सजाय दिनुभए पनि, वा काटछाँट गर्नुभए पनि, अन्तिम उद्देश्य भनेको तिमीहरूलाई ती स्थितिहरूबाट उम्‍कन, सत्यता बुझ्‍न, सत्यता प्राप्त गर्न, र भ्रमित नहुने प्रयास गर्न लगाउनु हो। त्यसकारण तिमीहरू भ्रमित हुन चाहँदैनौ भने तिमीहरूले के गर्नुपर्छ? तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ। सर्वप्रथम, तिमीहरू कुन-कुन विषयमा भ्रमित छौ, कुन-कुन विषयमा तिमीहरूले सधैँ धर्मसिद्धान्त प्रचार गरिरहेका हुन्छौ, सधैँ शब्‍दहरू र धर्मसिद्धान्तहरूमा अलमलिइरहेका हुन्छौ, र तथ्यहरूको सामना गर्दा हक्‍क न बक्‍क भएर हेरिरहेका हुन्छौ भन्‍ने कुरा जान्‍नुपर्छ। जब तिमीहरूले यी समस्याहरू समाधान गर्छौ र सत्यताको हरेक पक्षबारे स्पष्ट हुन्छौ, तब तिमीहरू भ्रमित हुने समय कम हुँदै जानेछ। जब तँ हरेक सत्यतालाई स्पष्ट रूपमा बुझ्छस्, जब तँ आफूले गर्ने कार्यमा बन्धनमा परेको हुँदैनस्, जब तँमाथि लगाम लगाइएको वा तँ सीमिततामा परेको हुँदैनस्—जब तँलाई केही कुरा आइपर्दा, तँ अभ्यासका सही सिद्धान्तहरू खोज्न र परमेश्‍वरलाई प्रार्थना गरेपछि सिद्धान्तअनुसार साँचो रूपमा कार्य गर्न सक्छस्, सत्यताको खोजी गर्छस्, वा सङ्गति गर्नका लागि कसैलाई भेट्छस्, तब तँ भ्रमित बन्‍न छोड्नेछस्। यदि कुनै कुरा तँलाई स्पष्ट भयो, र तैँले सही रूपमा सत्यताको अभ्यास गर्न सक्छस् भने, त्यस विषयमा तँ भ्रमित हुनेछैनस्। मानिसहरूले आफ्‍नो हृदयमा स्वाभाविक अन्तर्दृष्टि पाउन चाहन्छन् भने तिनीहरूले सत्यता नबुझी हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले उल्झनमा हुने मानिसको व्यवहारबारे स्पष्ट बताउनुभएको छ। उल्झनमा भएका मानिस हरेक कार्य गर्दा अन्योलमा र अस्पष्ट हुन्छन्। तिनीहरूको कुनै अडान वा सिद्धान्त हुँदैन, परमेश्वरलाई मन पर्ने वा नपर्ने कुरा थाहा पाउँदैनन्, मानिस र परिस्थितिलाई चिन्न सक्दैनन्। तिनीहरूले आफ्नै कमीकमजोरी वा आफूबाट प्रकट हुने भ्रष्टता स्पष्ट देख्न सक्दैनन्। कुनै कुरा आइपर्दा, तिनीहरू सही र गलत छुट्याउन सक्दैनन्, र तिनीहरूसँग कुनै सिद्धान्त वा अभ्यासको मार्ग हुँदैन। मैले आफूलाई परमेश्वरका वचनअनुसार हेर्दा, मेरो कर्तव्यका विगतका दृश्य झल्झल्ती आए। मैले केवल परिश्रममा ध्यान दिएँ, तर परमेश्वरका वचन पढ्न कहिल्यै ध्यान दिइनँ, न त सत्यता सिद्धान्त नै खोजेँ। ब्रदर-सिस्टरले भिडियो सम्पादनबारे सुझाव दिँदा, मैले यसलाई उति वास्ता गरिनँ। कहिलेकाहीँ त तिनले भन्न खोजेको कुरा पनि बुझ्दिनँ थिएँ, र अन्धाधुन्ध काम गरिरहेँ, कष्ठ भोग्नु परमेश्वरप्रतिको बफादारी हो भन्ने सोच्थेँ। मैले आफ्नो कर्तव्यमा धेरै भ्रष्टता र कमी प्रकट गरेकी थिएँ, तर, परमेश्वरसामु आएर सत्यता खोज्ने वा समस्या हल गर्ने काम गरिनँ। बरु, म वर्षौँसम्म नकारात्मक स्थितिमा जिएँ, र सुन्ना भएर बसेँ। मेरो समस्या कति गम्भीर छ वा यसरी नै गइरहनु कति खतरनाक छ भन्ने मैले देख्न सकेकी थिइनँ। म सधैँ अन्योलमा थिएँ र हर दिन उल्झनमा हुन्थेँ। के यी सबै व्यवहार उल्झनमा हुने व्यक्तिको नै होइनन्? त्यो बेला मात्र बदर सिस्टरले मेरो बारेमा भनेको कुरा सही थियो भन्ने बुझेँ। तर मैले यो स्विकार्न मानिनँ। सबैले मलाई तुच्छ ठान्छन् भन्ने लाग्थ्यो, र तिनीहरूप्रति मभित्र पूर्वाग्रह र दूरी पैदा भयो। मैले त्यस्तो गर्नु नै हुँदैनथ्यो! यी सबै वर्ष, मेरो ब्रदर-सिस्टरले अक्सर मलाई साथ सहयोग दिए, र कहिल्यै मलाई तुच्छ ठानेनन्। रिसाउने, अनुचित बोल्ने र सत्यता अस्वीकार गर्ने त म थिएँ। यो कुरा सोच्दै, मैले बल्ल विगतलाई बिर्सिन सकेँ। यति अन्योलमा भएको र सत्यता नखोजेकोमा आफैप्रति निकै घृणा भयो। यस्तो अनुचित बनेकोमा आफैलाई हेला गरेँ।

मैले आफू उल्झनमा थिएँ भन्ने कुरा बुझेपछि, मेरो क्षमता कमजोर छ भनेर पनि कति पटक भने भनेर सम्झेँ। मैले सत्यता खोजेर समाधान गर्नुपर्ने यो अर्को समस्या थियो। पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्‍वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्‍वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्‍वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएका थिए। कतिपय मानिसले अरूसँग आफूसँग नभएका सबल पक्षहरू छन् भन्‍ने देख्छन् र आक्रोशित महसुस गर्छन्। तिनीहरू अझ धेरै सिकेर, अझ धेरै देखेर, र अझ धेरै लगनशील भएर कामहरू परिवर्तन गर्न चाहन्छन्। तर तिनीहरू जतिसुकै लगनशील भए पनि, तिनीहरूले हासिल गर्न सक्ने कुराको एउटा सीमा हुन्छ, र तिनीहरू वरदान र दक्षता भएकाहरूलाई उछिन्‍न सक्दैनन्। तैँले जतिसुकै मेहनत लगाए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्‍वरले तँ जे हुन पूर्वनियोजित गर्नुभयो, तँ त्यही होस्। उहाँ सबैलाई फरक-फरक वरदान र दक्षताहरू दिनुहुन्छ, र यसलाई परिवर्तन गर्न कसैले केही गर्न सक्दैन। तँ जेमा सिपालु छस्, तैँले त्यहीँ नै अझ धेरै मेहनत लगाउनुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। आफू सिपालु नभएका कुराहरूमा आफूलाई जबरजस्ती लगाउने प्रयास नगर् र अरूको डाहा नगर्। सबैको आ-आफ्नै कार्य हुन्छ। तँ सबै कुरा राम्ररी गर्न सक्छस्, वा तँ सिद्ध र अरूभन्दा असल छस् भन्‍ने नसोच्। सधैँ अरूलाई प्रतिस्थापन गर्ने र आफूलाई प्रदर्शनमा राख्ने चाहना नराख्। यो एक भ्रष्ट स्वभाव हो। यस्ता मानिस हुन्छन्, जो आफूले केही पनि राम्रोसँग गर्न नसक्ने, र आफूसँग कुनै दक्षता नै नभएको सोच्छन्। यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्‍ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। सधैँभरि अरू सबैलाई उछिन्‍ने, हरेक कुरा अरूले भन्दा राम्रोसित गर्ने, र हरप्रकारले भीडभन्दा राम्रो देखिने बारेमा नसोच्। त्यो कस्तो स्वभाव हो? (अहङ्कारी स्वभाव।) मानिसहरूमा सधैँ अहङ्कारी स्वभाव हुन्छ, र तिनीहरूले सत्यतातर्फ लागिपर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहे पनि, तिनीहरू चुक्छन्। मानिसहरू अहङ्कारी स्वभावद्वारा नियन्त्रित हुँदा उनीहरूले विचलनहरू पैदा गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरू सधैँ परमेश्‍वरका मागहरू पालन गर्नुको साटो आफ्ना असल अभिप्रायहरू व्यक्त गर्न र आडम्बर देखाउन चाहन्छन्। के परमेश्‍वर असल अभिप्रायहरूको त्यस्तो अभिव्यक्तिलाई अनुमोदन गर्नुहुन्छ? परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि तैँले उहाँका मागहरू पालन गर्नैपर्छ, र आफ्नो कर्तव्य निर्वाह गर्न परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुनैपर्छ। असल अभिप्रायहरू व्यक्त गर्नु भनेको परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु होइन—यो त सधैँ नयाँ चालहरू चल्न र भव्य सुनिने शब्द बोल्न चाहनु हो। परमेश्‍वर तँलाई यसरी आफ्ना असल अभिप्राय व्यक्त गरेर उहाँका अभिप्रायको ख्याल गर्न भन्‍नुहुन्‍न। कतिपयले यसलाई तिनीहरू प्रतिस्पर्धात्मक बन्‍ने कुरा हो भन्छन्। प्रतिस्पर्धात्मक हुनु आफैमा नकारात्मक कुरा हो। यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण—प्रस्फुटीकरण—हो। जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई दबाउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्‍ने कोसिस गरिरहेको हुन्छस्, सधैँ होडबाजी गरिरहेको हुन्छस्, सधैँ अरूबाट खोस्ने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तँ कसैसँग झुक्दैनस्, र आफूलाई भीडमा विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यसले समस्या निम्त्याउँछ; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँच्चै मानकअनुरूपको सृजित प्राणी बन्‍न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आफ्नो सक्षमता र योग्यताभन्दा बढी सक्षम र योग्य देखिने प्रयास गर्नु समझहीन कुरा हो, र परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ। तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सिक्नुपर्छ, र तँ एउटा मानवले ओगट्नुपर्ने ठाउँमा दृढतापूर्वक उभिनुपर्छ; यो मात्र समझको प्रकटीकरण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचन निकै स्पष्ट छन्! मैले किन मेरो क्षमता कमजोर छ भनिरहेँ? किनभने वास्तवमा मेरो प्रकृति निकै अहङ्कारी थियो, मैले सधैँ महत्त्वाकाङ्क्षा र चाहना पालेँ, अरूभन्दा माथि हुन चाहेँ र मैले यसो गर्न नसक्दा नकारात्मक भएँ, रिसाएँ र आफैलाई अङ्कित गरेँ। ममा प्रतिष्ठा र हैसियत पाउने ठूलो चाहना थियो। समूहमा, मलाई तुच्छ ठानिएला भन्ने डर हुन्थ्यो, र सधैँ सम्मानले हेरिएको चाहन्थेँ। तर खासमा, मेरा आफ्नै कयौँ समस्या र कमीहरू देखिँदैथ्यो। जब मैले काटछाँट, बाधा र असफलता भोगेँ, तब, मलाई मेरो छवि खराब र प्रतिष्ठा बदनाम भएको लाग्यो। मैले यसलाई सही तरिकाले सामना गर्न सकिनँ, र मेरो क्षमता निकै कम छ र म निकै अन्योलमा छु भन्ने भयो। म अक्सर आफ्नो तुलना अरूसँग पनि गर्थेँ। मैले समूहका अन्यमा सबल पक्ष र मभन्दा राम्रो क्षमता रहेको देख्दा, आफू प्रतिभाहीन र साधारण रहेको महसुस भयो। मैले यो वास्तविकता स्वीकार गर्न सकिनँ, त्यसैले सधैँ उदास र हीन महसुस गर्थेँ। त्यस बेला मात्रै थाहाँ पाएँ कि मैले त प्रतिष्ठा र हैसियत मात्र चाहेको रहेछु, त्यसैले आफ्नो क्षमता र प्रतिभालाई अरूसँग तुलना गरें र सधैँ अरूको प्रशंसा खोजेँ। मेरो शैतानी स्वभाव निकै गम्भीर थियो। कसैले कर्तव्य राम्ररी गर्न सक्छ सक्दैन भन्ने कुराको कसी प्रतिभा र क्षमता होइनन्। उच्च सम्मानमा राखिनु र अरूबाट आराधना गरिनुले मुक्ति सुनिश्चित हुन्छ भन्ने हुँदैन। परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छैन। परमेश्वर चाहनुहुन्छ, हामीमा मानवता होस्, हामी समझदार बनौँ, सरल बनेर सत्यता पछ्याऔँ, हाम्रो भ्रष्ट स्वभावहरूको समाधान गरौँ र मानव रूपमा जिऔँ। परमेश्वरले मानिसहरूबाट यही चाहनुहुन्छ। मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्‍ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्‍ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचन निकै स्पष्ट छन्। परमेश्वरले मानिसमा कमजोर क्षमता हुने भन्नुभए पनि र तिनीहरू उल्झनमा रहेको खुलासा गर्नुभए पनि, यो तिनीहरूले आफ्नै समस्या देख्न र कमीकमजोरी थाहा पाउन सकून् भनेर हो, ताकि तिनीहरूले सत्यता पछ्याउन र आफ्नो जीवन स्वभाव बदल्न सकून्। हाम्रो क्षमता कम होला, तर जबसम्म हामी सत्यतालाई प्रेम गर्छौँ र पछ्याउँछौँ, अनि परमेश्वरका माग पूरा गर्ने प्रयास गर्छौं, परमेश्वरले हामीलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। तर, हाम्रो क्षमता राम्रो भए पनि, सत्यता पछ्याउँदैनौँ भने हामी खुलासा भई हटाइनेछौँ। मेरो क्षमता कम थियो भन्ने कुरा साँचो हो, तर परमेश्वरले कहिल्यै मलाई मुक्ति नदिने वा यसका लागि निकालिने छ भन्नुभएन। उहाँले अझै पनि मलाई कर्तव्य गर्ने मौका दिनुभयो। मैले तिनलाई सँगाल्नुपर्छ, सत्यता पछ्याउनुपर्छ र प्रगतिका लागि सक्रिय रहनुपर्छ, मेरा कमीकमजोरी हटाउँदै क्षमतमा सुधार गर्नुपर्छ।

त्यसपछि जब केही आइपर्थ्यो, म सत्यता खोज्न केन्द्रित हुन्थेँ, र परिस्थितिहरू जेसुकै भए पनि, मैले काटछाँट, बाधा वा असफलता भोगेपनि, म आत्मचिन्तमा केन्द्रित हुने र सत्यता सिद्धान्त खोज्ने गर्थें। जब मैले यस तरिकाले अनुभव गरेँ, थाहै नपाई परमेश्वरको उपस्थितिको महसुस भयो, र मेरो दिमाग झन स्पष्ट भएको पाएँ। ब्रदर-सिस्टरहरूले भिडियोका लागि अवधारणामा छलफल गर्दा, अब म पछि बस्दिनँथेँ। कहिलेकाहीँ मेरा विचार गलत हुन्थे, वा ब्रदर-सिस्टरले मलाई सुझाव दिन्थे, तर म यसलाई सही रूपमा लिन्थेँ र शान्त हुन्थेँ। त्यस दौरान, मलाई परमेश्वरको धेरै नजिक छु जस्तो लाग्यो। मलाई परमेश्वर मेरै छेउमा रहेर आत्मविश्वास र तागत दिँदै हुनुहुन्छ जस्तो लाग्यो। मेरो कर्तव्यमा अनेक कठिनाइ भए पनि, प्रार्थनाबाट परमेश्वरको इच्छा खोजेर, परमेश्वरमा भर परेर, ब्रदर-सिस्टरसँग सहकार्य गरेर, बल्ल केही समस्या समाधान भए, र मेरो कर्तव्यको प्रभावकारितामा सुधार आयो। मुक्ति दिनुभएकोमा म परमेश्वरलाई मनैदेखि धन्यवाद दिन्छु।

अहिले, परमेश्वरलाई गलत बुझेर उहाँबाट पर भएको बेलालाई सम्झँदा, मलाई निकै पछुतो भयो। पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र निकै प्रभावित भएँ। परमेश्वरका वचनले भन्छन्: “म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्‍वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्‍वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य पक्ष यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्वरमा विश्वास गरेका यतिका वर्षमा, म परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ भन्थेँ, तर परमेश्वरको प्रेमलाई राम्ररी जानेको नै थिइनँ। यो अनुभवले मलाई परमेश्वरको प्रेमबारे केही साँचो बुझाइ र अनुभूति दियो। मेरो हृदय कठोर र विद्रोही भए पनि, परमेश्वरले मेरा लागि अनुभव गर्ने वातावरण मिलाउनुभयो। उहाँले म परिवर्तन हुने प्रतीक्षा गर्नुभयो, आफ्ना वचनबाट मलाई जगाउनुभयो, र मेरो नकारात्मकता र गलतफहमीको स्थितिबाट मलाई बाहिर निकाल्नुभयो। मानिसलाई मुक्ति दिने परमेश्वरको चाहना निकै इमानदार र सुन्दर छ! म परमेश्वरप्रति निकै आभारी छु, र सत्यता राम्ररी पछ्याउने, कर्तव्य राम्ररी गर्ने र परमेश्वरको प्रेमको मूल्य चुकाउने बाहेक अरू केही चाहन्नँ।

अघिल्लो: १३. मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो

अर्को: १५. जोइको कथा

सम्बन्धित विषयवस्तु

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्