सत्यता कसरी पछ्याउने (४)
पछिल्लो भेलामा, हामीले “सत्यता कसरी पछ्याउने” भन्ने विषयको बारेमा सङ्गतिलाई जारी राखेका थियौँ। सङ्गतिको मुख्य विषयवस्तु के थियो? हामीले मानिसहरूको अन्तर्निहित अवस्था र तिनीहरूको भ्रष्ट स्वभावका बीचमा रहेका भिन्नताहरूका बारेमा सङ्गति गर्यौँ, र हामीले यी दुई पक्षहरूका बारेमा पनि निश्चित रूपमा सङ्गति गर्यौँ। सङ्गतिद्वारा, के तिमीहरूले परमेश्वरले गर्ने अभिप्राय राख्नुभएको कामको बारेमा र मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरले मानिसहरूका कुन-कुन पक्षहरूलाई परिवर्तन गर्न चाहनुहुन्छ भन्ने कुराको बारेमा निश्चित बुझाइ प्राप्त गरेका छौ? (छौँ। परमेश्वरको पछिल्लो सङ्गतिबाट, मैले के बुझेँ भने परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्ने अभिप्राय राख्नुहुने कुरा भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो।) मानिसहरूलाई मुक्ति दिँदा, परमेश्वरले तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाट मुक्त गर्ने अभिप्राय राख्नुहुन्छ; उहाँले तिनीहरूको अन्तर्निहित अवस्थाहरू परिवर्तन गर्ने अभिप्राय राख्नुहुन्न, होइन र? (हो।) परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ, र उहाँले कामका विभिन्न विधिहरू प्रयोग गर्नुहुन्छ—यी सबै मानिसहरूको भ्रष्ट स्वभावलाई लक्षित गरिएको हुन्छ। आफ्नो कामद्वारा, परमेश्वरले मानिसहरूलाई अस्तित्वका लागि तिनीहरूले भरोसा गर्ने स्वभावहरूलाई त्याग्न सहयोग गर्नुहुन्छ, जुन कुरालाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ। यसरी, परमेश्वरका वचनहरू र सत्यता मानिसहरूमा लागू हुन्छन्, र ती तिनीहरूको जीवन बन्छन्। परमेश्वरको कामले हासिल गर्ने उद्देश्य राख्ने अन्तिम परिणाम यही हो। यस पक्षको सङ्गतिबाट तिमीहरूले के बुझेका छौ? कुन-कुन विषयवस्तुले तिमीहरूमा सबैभन्दा गहन प्रभाव पारेको छ? यसको बारेमा एकै क्षण विचार गर। (परमेश्वरको पछिल्लो सङ्गतिले मलाई मेरो भ्रमपूर्ण दृष्टिकोणलाई सुधार गर्न सहयोग गर्यो। विगतमा, म परमेश्वरले मानिसहरूको अन्तर्निहित क्षमता, सक्षमता र व्यक्तित्वलाई परिवर्तन गर्नुहुन्छ भन्ने सोच्थेँ, तर परमेश्वरको सङ्गतिबाट, मैले परमेश्वरले अलौकिक काम गर्नुहुन्न रहेछ भन्ने बुझेँ। परमेश्वरको काम भनेको मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूको विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई परिवर्तन गर्नु हो, जुन शैतानका कुराहरू हुन्। परमेश्वरका वचनहरूको अभ्यास गरेर, मानिसहरूको सामान्य मानवता पुनर्स्थापित हुन्छ, र तिनीहरूको विवेक र समझ झन्-झन् सामान्य हुँदै जान्छ। यसको साथै, मैले सत्यता पछ्याउनुको महत्त्व पनि बुझेँ। सत्यता पछ्याएर र सत्यताको अभ्यास गरेर मात्रै हाम्रो भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ; जब परमेश्वरका वचनहरू हाम्रो जीवन बन्छन्, तब हामीले परमेश्वरबाट मुक्ति प्राप्त गर्छौं। परमेश्वरको सङ्गतिका यी दुई पक्षहरूले मलाई तुलनात्मक रूपमा गहन रूपमा प्रभाव पारेका छन्।) पछिल्लो सङ्गतिको विषयवस्तु दर्शनहरूसँग सम्बन्धित सत्यतासँग सम्बन्धित थियो; यसमा परमेश्वरको कामका केही निश्चित पक्षहरू, परमेश्वरको कामका उद्देश्यहरू, र यसले हासिल गर्न उद्देश्य राख्ने परिणामहरू समावेश थिए। सङ्गति गरिएको विषयवस्तुको आधारमा हेर्दा, केही निश्चित प्रश्नहरू उठे। यी प्रश्नहरूमा दैनिक जीवनका कुन-कुन प्रकटीकरणहरूलाई व्यक्तिको अन्तर्निहित अवस्थाको रूपमा लिइन्छ, कुन-कुन प्रकटीकरणहरूले व्यक्तिको चरित्र वा उसको मानवताको सारलाई प्रतिबिम्बित गर्छन्—अर्थात्, हामीले प्रायजसो व्यक्तिको मानवता असल छ कि खराब छ भन्ने कुराका केही प्रकटीकरणहरू भनेर उल्लेख गर्ने कुराहरू—र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् ती समावेश हुन्छन्। यी निश्चित प्रश्नहरू हुन्, होइनन् र? हामीले यस विषयमा यसभन्दा पहिले सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गरे पनि, ती त्यति लक्षित वा तोकिएर नै भनिएका थिएनन्। आज, हामी मानिसहरूले प्रकट गर्ने अन्तर्निहित अवस्थाहरू, तिनीहरूको चरित्रसँग सम्बन्धित प्रकटीकरणहरू, र भ्रष्ट स्वभावको वर्गमा पर्ने प्रकटीकरणहरूका बीचमा भिन्नता छुट्याउनका लागि यस विषयमा निश्चित रूपमा सङ्गति गर्नेछौं, र यी तीन वटा पक्षहरूका निश्चित प्रकटीकरणहरूलाई छुट्याउनेछौं। यसरी, मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने असंख्य समस्याहरूलाई परमेश्वरका वचनहरू र सत्यताको आधारमा यी तीन पक्षहरूसँग कसरी जोड्नुपर्छ भन्ने कुरा अझै स्पष्ट हुनेछ। यसमा मानिसहरूका कुन-कुन प्रकटीकरणहरू सामान्य मानवताको अन्तर्निहित पक्षहरू हुन् जसलाई निराकरण वा नियन्त्रण गर्नु पर्दैन; कुन-कुन पक्षहरू मानिसहरूको मानवतामा रहेका समस्याहरूका प्रकटीकरणहरू हुन्, र तिनीहरूले सत्यताको खोजी गरेर यी कुराहरूलाई कसरी परिवर्तन गर्नुपर्छ र सुधार गर्नुपर्छ, वा तिनलाई कसरी समाधान गर्नुपर्छ; र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावहरूको वर्गमा पर्छन्, र मानिसहरूले यी स्वभावहरूको सारलाई कसरी बुझ्नुपर्छ र सत्यतालाई स्वीकार गरेर अनि अभ्यास गरेर तिनलाई कसरी समाधान गर्नुपर्छ र त्याग्नुपर्छ भन्ने कुरा समावेश हुन्छ। यी सबैमा निश्चित प्रकटीकरणहरू हुन्छन्, र अवश्य नै, अभ्यासका निश्चित मार्गहरू समावेश हुन्छन्। मानिसहरूका फरक-फरक प्रकटीकरणहरू अनुसार, हामी अभ्यासका सिद्धान्त र मार्गहरूका बारेमा सङ्गति गर्नेछौं ताकि मानिसहरूले यी समस्याहरूको सामना कसरी गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्ने कुरा बुझ्न सकून्, र मानिसहरूमा विभिन्न समस्याहरूका बारेमा अझै ठोस मनोवृत्ति र अभ्यासका मार्गहरू हुन सकून्। के यसरी सङ्गति गर्नु राम्रो हो जस्तो सुनिन्छ? (सुनिन्छ।)
हामीले यसभन्दा पहिले अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावका तीन वटा समस्याहरूका बारेमा दुई पटक सङ्गति गरेका छौं। हामीले मानिसहरूका प्रकटीकरण र प्रकाशहरू यी तीन वटामध्ये कुन-कुन समस्याहरूमा पर्छन् भनेर निसानाबद्ध रूपमा तोकेर व्याख्या नगरे पनि, हामीले हरेक समस्याको बारेमा सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गर्यौँ। अघिल्ला सङ्गतिहरूमा, यी तीन वटा समस्याहरूको कुरा उठाउँदा, हामीले यी समस्याहरूको सार वा संलग्न अभ्यासका मार्ग र सिद्धान्तहरूका बारेमा पनि सङ्गति गरेका थियौँ। अब, मैले भर्खरै उल्लेख गरेका तीन वटा समस्याहरूका हकमा भन्दा, सबैले सुरुमा अन्तर्निहित अवस्थाहरू के-के हुन् भन्ने कुराको बारेमा छलफल गरून् भन्ने म चाहन्छु। तिमीहरू सबैले सुरुमा आधारभूत अवधारणा प्राप्त गर्न यसको बारेमा समग्र रूपमा सङ्गति गर्न सक्छौ। (परमेश्वर, के अन्तर्निहित अवस्थाहरूले व्यक्तिको क्षमता, सक्षमता, अन्तर्निहित व्यक्तित्व, र जन्मजात क्षमतालाई जनाउँछन्?) हामीले यस विषयवस्तुको बारेमा पहिले सङ्गति गरिसकेका छौं, त्यसकारण तिमीहरू सबै यससँग परिचित हुनुपर्छ। अरू छन्? के सामर्थ्य र रूपलाई अन्तर्निहित अवस्थाहरू मानिन्छ? (मानिन्छ।) व्यक्तिको पारिवारिक पृष्ठभूमिलाई नि? (हो, यो पनि हो।) अनि यसमा जीवनशैलीका दिनचर्या र बानीबेहोराहरू पनि पर्छ, होइन र? अरू केही छ? (चासो र रुचिहरू पनि पर्छन्।) चासो र रुचि र सबल पक्षहरूका बीचमा अलिक भिन्नता हुन्छ। चासो र रुचिहरू यसमा थप्दा यसले अझै धेरै निश्चितताहरू प्रस्तुत गर्छ। हामी तिनलाई क्रमबद्ध रूपमा सूचीकृत गरौँ: पहिलो पारिवारिक पृष्ठभूमि हो। दोस्रो स्वरूप हो। तेस्रो व्यक्तित्व हो। चौथो कुरा जन्मजात क्षमता हो। पाँचौं क्षमता हो। छैटौं सबल पक्षहरू हुन्। सातौं कुरा चासो र रुचिहरू हुन्। आठौं कुरा सक्षमताहरू हो। अनि जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू। यी अन्तिम दुई वटा समान छन् तर तिनका केही निश्चित भिन्नताहरू छन्। यसलाई जोड्दा जम्मा दश वटा हुन्छन्। पढेर सुनाओ। (एक: पारिवारिक पृष्ठभूमि। दुई: स्वरूप। तीन: व्यक्तित्व। चार: जन्मजात क्षमता। पाँच: क्षमता। छ: सबल पक्षहरू। सात: चासो र रुचिहरू। आठ: सक्षमताहरू। नौ: जीवनशैलीका बानीबेहोराहरू। दश: जीवनशैलीका दिनचर्याहरू।) यी सबै मानिसहरूको अन्तर्निहित अवस्थाहरू हुन्। के हामीले अन्तर्निहित अवस्थाहरूका बारेमा पनि निश्चित रूपमा सङ्गति गर्नु पर्दैन र? सङ्गति नगरी, के तिमीहरूले आफै उचित रूपमा भिन्नता छुट्याउन सक्छौ? (सक्दैनौँ।) कुन-कुन परिस्थितिहरूमा तैँले भिन्नता छुट्याउन सक्दैनस्? (कहिलेकहीँ जब हामीले कसैमा निश्चित प्रकटीकरणहरू देख्छौं, तब तिनले त्यो व्यक्तिको व्यक्तित्वलाई प्रतिबिम्बित गरिरहेको छ कि वा अन्तर्निहित क्षमतालाई, वा ती भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् कि होइनन् भनेर हामी थाहा पाउन सक्दैनौँ।) (अनि, जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू—मैले यी कुराहरू त व्यक्तिले पाएका जिउने अवस्थाहरू र पृष्ठभूमिको आधारमा निर्माण भएका हुन्छन् भन्ने सोच्थेँ; ती अन्तर्निहित अवस्थाहरू हुन सक्छन् भन्ने मलाई थाहा थिएन।) हेर् त, जब हामी एउटा मुख्य विषयवस्तुभित्रका केही विस्तृत र निश्चित विषयवस्तुहरूलाई तोड्छौं, तब झट्ट हेर्दा, तँलाई यी निश्चित कुराहरू थाहा छ जस्तो देखिन्छ, तर वास्तविक जीवनमा, तैँले ती कुरालाई अलिक मिसाउँछस्; तिनलाई कसरी छुट्याउने भन्ने बारेमा तँ अझै स्पष्ट हुँदैनस्, होइन र? (हो।) हामीले अझै पनि यस विषयमा तोकेर नै केही सङ्गति गर्नुपर्छ।
हामीले भर्खरै उल्लेख गरेका तीन वटा पक्षहरूका हकमा भन्दा—अन्तर्निहित अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू—हामी अन्तर्निहित अवस्थाहरूका केही निश्चित विषयवस्तुहरूलाई सूचीकृत गरौँ र तिनलाई एक-एक गरेर विस्तृत रूपमा सङ्गति गरौँ। मानवता र भ्रष्ट स्वभावहरूका हकमा भन्दा, हामी तिनलाई सूचीकृत गर्नेछैनौँ। अन्तर्निहित अवस्थाहरूका निश्चित विषयवस्तु र प्रकटीकरणहरूका बारेमा सङ्गति गर्ने क्रममा, हामी मानवताका केही प्रकटीकरण र भ्रष्ट स्वभावका प्रकटीकरणहरूका बारेमा पनि कुरा गर्नेछौं। जब हामी यी कुराहरूका बारेमा सङ्गति गर्छौं, तब तिमीहरूले ती अन्तर्निहित अवस्थाहरू, जसलाई परिवर्तन गर्नु पर्दैन, तीसँग सम्बन्धित छन्, कि ती मानिसहरूको चरित्र वा तिनीहरूको भ्रष्ट स्वभाव, जसलाई सत्यता खोजी गरेर समाधान गर्नुपर्छ, त्यसका समस्याहरूसँग सम्बन्धित छन् भनेर अलग गर्न र भिन्नता छुट्याउन सक्नेछौ। निश्चित उदाहरण र समस्याहरू प्रयोग गरेर निश्चित सङ्गतिमा संलग्न भएपछि, भिन्नताहरू अझै स्पष्ट हुनेछन्, होइन र? (हो।) उदाहरणका लागि, कतिपय मानिसहरू गरिब परिवारबाट आएका हुन्छन् र तिनीहरू आर्थिक रूपमा कमजोर हुन्छन्। तिनीहरू कुण्ठित परिस्थितिमा जिउँछन्; तिनीहरू सधैँ कठोर हुन्छन् र तिनीहरूले हरेक खर्चको हिसाबकिताब र योजना बनाउनुपर्छ। पैसा खर्च गर्ने क्रममा तिनीहरूले अपनाउने शैली भनेको एक-एक पैसाले पुर्याउनु। तिनीहरू त्यस्ता परिवारमा र त्यस्ता परिस्थितिहरूमा जन्मेका हुन्छन्। हामीले सङ्गति गरेका तीन वटा पक्षहरूमध्ये कुन पक्षमा यो कुरा समावेश हुन्छ? यो अन्तर्निहित अवस्था हो कि, मानवता हो कि भ्रष्ट स्वभाव हो? यो तिनीहरूको पारिवारिक पृष्ठभूमिको एउटा पक्ष हो, जुन अन्तर्निहित स्थिति हो, होइन र? (हो।) यो पारिवारिक पृष्ठभूमि असल हो कि खराब हो? (मानवको दृष्टिकोणबाट हेर्दा, यो खराब कुरा हो।) तिनीहरूलाई हातमुख जोड्न धौ-धौ हुन्छ, तिनीहरूको परिवार गरिब हुन्छ, तिनीहरूको आर्थिक अवस्था सम्पन्न वा समृद्ध हुँदैन—यी कुराहरू तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित समस्याहरू हुन्। यस्तो व्यक्ति गरिब परिवारमा जन्मेको, कहिल्यै पनि चौरासी व्यञ्जन नखाएको, ब्रान्डको लुगा कहिल्यै नलगाएको, विभिन्न विलासिता कहिल्यै अनुभव नगरेको, र ऊ कहिल्यै पनि कुनै उच्च स्तरीय वा कुनै पनि धनी व्यक्ति वा प्रसिद्ध व्यक्तिको सम्पर्कमा नआएको भए पनि, ऊसँग विवेक र समझ हुन्छ। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले कहिल्यै पनि फाइदा लिँदैनन्। जब तिनीहरूले कसैले असल कुराहरूको आनन्द लिइरहेको देख्छन् वा धनी व्यक्तिलाई देख्छन्, तब तिनीहरूलाई डाहा हुने भए पनि, तिनीहरूले अरूको सम्पत्ति चोर्ने वा हातमा लिने बारेमा कहिल्यै विचार गर्दैनन्। यस्तो व्यक्तिको प्रकटीकरण कुन पक्षसँग सम्बन्धित हुन्छ? (तिनीहरूको चरित्र, तिनीहरूको मानवतासँग।) यो तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ। यस पक्षमा तिनीहरूको मानवताको प्रकटीकरण असल हुन्छ कि खराब हुन्छ? (तिनीहरूको मानवता असल र सीधा हुन्छ।) यसलाई सीधा भनेर अझै लिन सकिँदैन; यसको अर्थ तिनीहरूले स-साना कुराहरूमा फाइदा लिँदैनन् र धनीलाई चापलुसी गर्दैनन् भन्ने मात्रै हुन्छ। तिनीहरूले त्यस्ता कुराहरूलाई सही रूपमा लिन सक्छन्। यस्तो व्यक्तिको मानवता कस्तो हुन्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ।) यो वस्तुगत अभिव्यक्ति हो; तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ, जसको अर्थ तिनीहरूको चरित्रको हिसाबमा, तिनीहरूमा तुलनात्मक रूपमा अलिक इज्जत र गरिमा हुन्छ। तिनीहरूको पारिवारिक पृष्ठभूमि कमजोर र कुलीन नभए पनि, तिनीहरूले गरिबलाई घृणा गर्ने र धनीलाई रुचाउने गर्दैनन्, न त तिनीहरूले अरूबाट फाइदा नै लिन्छन्। अर्को प्रकारको व्यक्ति पनि छ: तिनीहरू धनी परिवारमा जन्मेका हुन्छन्, वा गैर-विश्वासीहरूले भने जस्तै, “आफ्नो मुखमा चाँदीको चम्चा बोकेर जन्मेका हुन्छन्।” तिनीहरूले कहिल्यै पनि खानेकुरा वा लुगाफाटोको बारेमा चिन्ता गर्नु पर्दैन, र सबै कुरा तिनीहरूका लागि सजिलै उपलब्ध हुन्छ; तिनीहरूले खान चाहेको जेसुकै खाना अगाडि आउँछ। तिनीहरूको पारिवारिक अवस्था विशेष रूपमा राम्रो हुन्छ, र तिनीहरूका आमाबुबाले तिनीहरूलाई निकै राम्रो व्यवहार गर्छन्। यो कुन पक्षसँग सम्बन्धित छ? (यो तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग पनि सम्बन्धित हुन्छ।) व्यक्तिको पारिवारिक पृष्ठभूमि अन्तर्निहित अवस्था हो। यस्तो व्यक्तिको पारिवारिक पृष्ठभूमि निकै राम्रो भए पनि, आर्थिक अवस्था राम्रो भए पनि र उसले खान-लाउनको बारेमा कुनै चिन्ता नगर्नु परे पनि, र उसले असल कुराहरू देखेको र संसारले प्रदान गर्ने कुरा अनुभव गरेको हुनेभए पनि, अरूसँग अन्तरक्रिया गर्दा, यदि उसले आफूभन्दा असल र सक्षम, वा कुनै क्षेत्रमा उल्लेखनीय रूपमा उत्कृष्ट व्यक्ति, वा मानिसहरूका बीचमा प्रतिष्ठा भएको व्यक्तिलाई देख्यो भने, उसलाई डाहा लाग्छ र उसले त्यस व्यक्तिलाई हेला गर्ने उपायहरू खोज्दै आफ्नो दिमाग खियाउँछ। यी प्रकटीकरणहरू कुन पक्षसँग सम्बन्धित हुन्छन्? (मलाई लाग्छ ती भ्रष्ट स्वभाव र मानवता दुवैसँग सम्बन्धित हुन्छन्।) ठीक भन्यौ। यी प्रकटीकरणहरू तिनीहरूको मानवता र तिनीहरूको भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित हुन्छन्। जब यस्तो व्यक्तिले आफूभन्दा असल व्यक्तिलाई देख्छ, तब उसलाई डाहा, घृणा लाग्छ, र उसलाई दमन गर्न, कष्ट दिन, र बहिष्कार गर्न चाहन्छ; उसले त्यस व्यक्तिलाई उछिन्न चाहन्छ। यदि तिनीहरूमा यी विचारहरू मात्रै छन् तर तिनीहरूले तिनलाई लागू गर्दैनन् भने, तिनीहरू खराब मानवता भएका व्यक्ति हुन्—के तिनीहरूको मानवता दुष्ट हुन्छ? (हुन्छ।) यदि, यो दुष्ट मानवताको आधारमा, तिनीहरूले आफूभन्दा असल व्यक्तिलाई देख्दा विरोधको महसुस गर्छन्, उसको पिठ्युँ पछाडि उसलाई आलोचना गर्छन्, र उसलाई जित्नका लागि तिनीहरू काला युक्तिहरूमा समेत संलग्न हुन्छन् भने, यी भ्रष्ट स्वभावका निश्चित प्रकटीकरणहरू हुन्। यो भ्रष्ट प्रकृतिको सार के हो? यो आक्रमकता हो। यी प्रकटीकरणहरू मानवता र भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित हुन्छन्। यस्तो व्यक्तिको पारिवारिक अवस्था राम्रो भए पनि र उसले राम्ररी खान-लाउन पाए पनि, र ऊसँग अन्तर्ज्ञान र अरूप्रति सहनशीलता हुन्छ भन्ने तैँले अपेक्षा गरे पनि, मानिसहरूसँग अन्तरक्रिया गर्दा, उसले सधैँ तिनीहरूबाट फाइदा लिन चाहन्छ र ऊ सधैँ अत्यन्तै षड्यन्त्रकारी हुन्छ। जब तिनीहरू अरूसँग कुनै ठाउँमा जान्छन्, तब तिनीहरूले कसले बढी पैसा खर्च गर्यो र कसले यात्रा खर्चका लागि तिर्यो भनेर छानबिन गर्छन्, र थप एक पैसा पनि खर्च गर्न चाहँदैनन्। अरूसँग काम गर्दा, तिनीहरूले सधैँ कसले बढी काम गर्यो र कसले थोरै काम गर्यो भनेर हिसाबकिताब गर्छन्, र तिनीहरूले सधैँ सुस्त हुने उपायहरूका बारेमा विचार गरिरहेका हुन्छन्। यो कुन पक्षसँग सम्बन्धित हुन्छ? (यो तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ।) मानवताको कुन पक्षसँग? (स्वार्थीपन र नीचता।) स्वार्थीपन र नीचता, अरूबाट फाइदा लिन मन पराउने, इज्जत र गरिमाको कमी हुनु—यो तिनीहरूको चरित्रसँग सम्बन्धित हुन्छ। मानिसहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले षड्यन्त्र रच्छन् र तिनीहरू अरूबाट फाइदा लिन मन पराउँछन्, चाहे प्राप्त हुने फाइदा एक पैसा मात्रै किन नहोस्, र तिनीहरूले फाइदा प्राप्त गर्ने हरेक अवसर खोज्छन्। यो सार्वजनिक स्रोतबाट आओस् वा निजी स्रोतबाट आओस्, अथवा जवानबाट आओस् वा वृद्धबाट आओस्, तिनीहरूले सबैबाट फाइदा लिन्छन्। व्यक्ति जोसुकै भए पनि, तिनीहरू पछि हट्दैनन्, र अवसर आउँदा तिनीहरूले फाइदा लिन्छन्। तिनीहरू अरूसँगको आफ्नो अन्तरक्रियामा फाइदा खोज्छन् र षड्यन्त्र गर्छन्। उदाहरणका लागि, पछिल्लो पटक तैँले तिनीहरूलाई निगाह मागेको थिइस्, र अहिले तिनीहरूलाई तँ तिनीहरूप्रति ऋणी छस् भन्ने तिनीहरूले महसुस गर्छन्। तिनीहरूले तँलाई यो निगाह फिर्ता दिन लगाउनका लागि सक्दो प्रयास गर्नेछन्, र यो तिनीहरूले तेरो लागि दिएको भन्दा पनि ठूलो निगाह हुनुपर्छ; त्यसपछि मात्रै तिनीहरूलाई यो उचित मोलतोल हो भन्ने लाग्छ। के यो अत्यन्तै षड्यन्त्रकारी हुने कार्य होइन र? (हो।) यो अत्यन्तै षड्यन्त्रकारी हुनु हो, अरूसँग विशेष रूपमा फाइदा खोज्ने कार्य हो, र अत्यन्तै षड्यन्त्रकारी हुनु हो। खाने-लाउने हिसाबमा तिनीहरूमा केही कुराको कमी नभए पनि, र अरूको तुलनामा सबै पक्षमा तिनीहरूले राम्रो जीवनको आनन्द लिएका भए पनि, जब तिनीहरूले पहिले नदेखेको कुरा भएको कसैलाई देख्छन्, तब तिनीहरूले यसलाई अलिकति प्रयोग गरेर हेर्न चाहन्छन्। तिनीहरूलाई अरूसँग जे छ त्यो हुनैपर्छ भन्ने लाग्छ। यदि तिनीहरूसँग यो कुरा छैन भने, तिनीहरूलाई हृदयमा असहज र असन्तुलित महसुस हुन्छ, यहाँसम्म कि तिनीहरूले आफ्नो भोक-निद्रा गुमाउँछन्; तिनीहरूले यो कुरा पाएपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। यो कस्तो समस्या हो? (यो अझै पनि मानवताको समस्या हो।) यी निश्चित प्रकटीकरणहरू तिनीहरूको मानवताको समस्याहरू हुन्, तिनीहरूको अन्तर्निहित अवस्थाहरू होइनन्। अन्तर्निहित अवस्थाहरूले तिनीहरूको पारिवारिक पृष्ठभूमि र तिनीहरूले आनन्द लिन सक्ने पारिवारिक परिस्थितिहरूलाई मात्रै जनाउँछन्, जबकि तिनीहरूको आनीबानीको तरिका र परिस्थितिहरूलाई सम्हाल्ने तिनीहरूको तरिका तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ। तिनीहरूको प्रकाश र प्रकटीकरणहरू, जस्तै तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सम्हाल्ने तरिकाप्रतिको तिनीहरूको मनोवृत्ति, विधि, र मनसायहरू तिनीहरूको चरित्रको समस्यासँग सम्बन्धित हुन्छन्; यो अझै पनि भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन। तिनीहरू स्वार्थी, फाइदा लिन चाहने, अत्यन्तै हिसाब-किताब गर्ने, षड्यन्त्र गर्ने, र अरूबाट फाइदा लिन मन पराउने हुन्छन्—यी असल मानवताको प्रकटीकरण हुन् कि खराब मानवताको? (यी खराब मानवताको प्रकटीकरणहरू हुन्।) यी सबै नीच चरित्र र खराब मानवताका प्रकटीकरणहरू हुन्। के खराब मानवताका यी प्रकटीकरणहरूलाई अरूले देख्न र महसुस गर्न सक्छन्? (सक्छन्।)
कतिपय मानिसहरूको अनुहारका विशेषताहरू राम्रा हुन्छन् र तिनीहरू जीवन्त र आकर्षक देखिने ठूलो, चहकिलो, र बुद्धिमानी देखिने आँखा लिएर जन्मेका हुन्छन्। सानैदेखि, तिनीहरू निकै मनपर्दा हुन्छन्। यो कुन पक्षमा पर्छ? (यो तिनीहरूको रूपसँग सम्बन्धित हुन्छ।) रूप अन्तर्निहित अवस्थाहरूमा पर्छ, होइन र? (हो।) ठूलो आँखा र अनुहारको राम्रो विशेषता हुनु, स्वाभाविक रूपमा नै सुन्दर रूप हुनु हो—के यो भ्रष्ट स्वभावको पक्ष हो? (होइन।) के यो मानवताका समस्याहरूसँग सम्बन्धित हुन्छ? (अहँ, हुँदैन।) यो मानवता वा भ्रष्ट स्वभावसँग सम्बन्धित छैन, त्यसकारण केही पनि परिवर्तन हुनु पर्दैन। अन्तर्निहित अवस्थाहरू जन्मजात हुन्छन्; तिनीहरू यस्तो रूप लिएर जन्मेका हुन्छन्, र तिनीहरूले कुनै कृत्रिम सुधार वा परिवर्तन गरेका हुँदैनन्। तिनीहरू यस्तै हुन्छन्। तिनीहरू स्वाभाविक रूपमा नै सुन्दर भए पनि, दैनिक जीवनका जटिल समस्याहरूलाई सम्हाल्दा तिनीहरू सधैँ भ्रमित हुन्छन् र तिनलाई कसरी सम्हाल्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूमा मानिस, घटना, र कामकुराहरूका बारेमा समझशक्तिको कमी पनि हुन्छ। तिनीहरूले कोसँग सङ्गत गर्न सक्छन् र तिनीहरू कोबाट टाढा बस्नुपर्छ भन्ने बारेमा तिनीहरूलाई स्पष्ट हुँदैन। दुष्ट को हो र कुन-कुन सङ्गतका कारण समस्या आउन सक्छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। बीस-बाइस् वर्षको उमेरमा, तिनीहरूलाई यी कुराहरू थाहा हुँदैन, र तीस-चालीस वर्षको उमेरमा, केही जीवन अनुभव पाए पनि, तिनीहरूलाई अझै पनि यो कुरा थाहा हुँदैन। तिनीहरूको आँखा ठूलो र आकर्षक भए पनि, तिनीहरूको मन अलिक भ्रमित हुन्छ। यो कस्तो समस्या हो? (के यो तिनीहरूको अन्तर्निहित क्षमताको समस्या हो?) तिनीहरूको अन्तर्निहित क्षमता त्यति राम्रो हुँदैन। तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा र परिस्थितिहरूलाई सम्हाल्दा कहिल्यै पनि सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र तिनीहरूले विभिन्न प्रकारका मानिसहरूको वास्तविकता देख्न सक्दैनन्। तिनीहरूलाई प्रायजसो अरूले धोका दिन्छन्, ठग्छन्, र खेलौना बनाउँछन्। यस्तो व्यक्तिको क्षमता कस्तो हुन्छ? (तिनीहरूको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ।) तिनीहरूको क्षमता राम्रो हुँदैन। आकर्षक आँखा हुनुको अर्थ व्यक्तिमा बुद्धिमानी मष्तिष्क हुन्छ भन्ने हुँदैन। तिनीहरूको अन्तर्निहित अवस्थाको हिसाबमा, तिनीहरूको रूप राम्रो भए पनि, तिनीहरूको क्षमता त्यति राम्रो हुँदैन। तैपनि, एउटा कुरा छ: स्कूलका वर्षहरूमा, तिनीहरू पाठ्यपुस्तकको ज्ञान प्राप्त गर्नमा उत्कृष्ट हुन्छन्; तिनीहरूले साहित्यलाई चाँडै याद गर्न सक्छन् र गणित, भौतिक विज्ञान, र रसायन विज्ञान, वा नयाँ भाषा सिक्दा, तिनीहरूले विषयलाई चाँडै बुझ्छन्। तिनीहरू सहजै विश्वविद्यालयमा प्रवेश गरेका, मास्टर डिग्री हासिल गरेका, र पिएचडि प्राप्त गरेका हुन्छन्। यो केमा पर्छ? के यो तिनीहरूको राम्रो क्षमतामा पर्न सक्छ? (होइन।) त्यसोभए, यो के अन्तर्गत पर्छ? (यो तिनीहरूको सबल पक्षभित्र पर्छ, जुन तिनीहरूको अन्तर्निहित अवस्था हो।) ठीक भन्यौ। यस्तो व्यक्ति अध्ययन गर्नमा, ज्ञान प्राप्त गर्नमा, र शैक्षिक विषयहरूमा उत्कृष्ट हुन्छ। तिनीहरूले तुरुन्तै पाठ्यपुस्तकका ज्ञान र सैद्धान्तिक र नियमहरूमा आधारित कुराहरू, जस्तै तिनीहरूले व्यावसायिक सीप र प्रविधि वा गणित, भौतिक विज्ञान, र रसायनशास्त्रका सूत्र र नियमहरूसँग सम्बन्धित पक्षहरू बुझ्छन्, र तिनलाई राम्ररी याद गर्छन्। यस्तो व्यक्ति यी कुराहरू सिक्न सिपालु हुन्छ र ऊसँग ती कुराहरूप्रति निश्चित प्रतिभा हुन्छ। तिनीहरूले ती कुराहरूलाई झलक्क हेरेर बुझ्न सक्छन्, र तिनीहरू परीक्षामा र प्रश्नहरूको उत्तर दिने कार्यमा विशेष रूपमा उत्कृष्ट हुन्छन्; जब प्रश्नहरूको उत्तर दिने कुरा आउँछ, तब तिनीहरूले सजिलै त्यसो गर्छन्—तिनीहरूले आफ्नो सबल पक्षहरूलाई सबैभन्दा राम्रो रूपमा लागू गर्न सक्ने ठाउँ यही हो। यस्तो व्यक्ति ज्ञानको समुद्रमा सहजताको साथ पौडन सक्छ भनेर भन्न सकिन्छ। के यी प्रकटीकरणहरूले तिनीहरूको क्षमतालाई प्रतिनिधित्व गर्छन्? (गर्दैनन्।) तिनले तिनीहरूसँग निश्चित सामर्थ्य छ भन्ने कुरालाई मात्रै प्रतिनिधित्व गर्छन्। यस्तो व्यक्तिले ज्ञानको क्षेत्रमा विशेष रूपमा उत्कृष्ट प्रस्तुति दिन्छ, जसले गर्दा मानिसहरूले यस क्षेत्रमा उसको सामर्थ्य उल्लेखनीय छ भन्ने कुरा देख्न सक्छन्। तिनीहरूमा यो सामर्थ्य भएकोले, र तिनीहरूले निश्चित उपलब्धिहरू हासिल गरेका हुनाले—मास्टर र डॉक्टरेट डिग्री प्राप्त गरेका हुनाले, र उच्च स्तरको शिक्षा प्राप्त गरेका हुनाले—अरू मानिसहरूका बीचमा, तिनीहरूले आफूलाई ज्ञानी, विद्वान, र उच्च स्तरका बुद्धिजीवीहरूका रूपमा लिन्छन्। तिनीहरूले जति धेरै पुस्तकहरू पढ्छन्, तिनीहरूलाई तिनीहरू प्रसिद्ध व्यक्ति, श्रेष्ठ व्यक्ति हुन्, र अरू सबै जना साधारण, ज्ञानविनाका, आफ्नो मन मष्तिष्क नबुझ्ने वा यसलाई पारदर्शी रूपमा देख्न नसक्ने, र तिनीहरूसँग स्तर नमिल्ने मानिसहरू हुन् ठान्छन्। परिणाम स्वरूप, तिनीहरूलाई प्रायजसो अरूभन्दा श्रेष्ठ छु भन्ने महसुस हुन्छ र तिनीहरूले आफूलाई उल्लेखनीय र असाधारण ठान्छन्। यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) भ्रष्ट स्वभावको कुन पक्ष? (अहङ्कार।) तिनीहरूको अहङ्कारी भ्रष्ट स्वभावले गर्दा तिनीहरूले उच्च स्तरको शिक्षा प्राप्त गरेपछि धेरैलाई र सबै किसिमका मानिसहरूलाई अझै बढी हेला गर्छन्। तिनीहरूको उच्च डिग्री र डिप्लोमाको कारण, तिनीहरूले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले सधैँ मण्डलीमा अन्तिम निर्णय गर्न चाहन्छन् र अगुवा बन्ने आकांक्षा राख्छन्। हरेक पटक निर्वाचन हुँदा, तिनीहरूले निर्वाचित हुने आशा गर्छन्। यदि तिनीहरू निर्वाचित भएनन् भने, तिनीहरू नकारात्मक बन्छन् र निराशा भएर हरेस खान्छन्। अगुवा र सेवकहरूले जे भने पनि, तिनीहरूले कुरा सुन्न चाहँदैनन् र प्रतिरोध गर्न चाहन्छन्। तिनीहरूलाई जुनसुकै कर्तव्य दिइए पनि, तिनीहरूलाई यो कामप्रति घृणा लाग्छ र तिनीहरूले पर्दा पछाडि आलोचना गर्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “तँसँग त्यति धेरै ज्ञान छैन। तेरा शब्दहरूमा तर्कको कमी छ। म हृदयमा तँलाई मण्डली अगुवाको रूपमा हेला गर्छु। म तैँले भनेको मान्दिनँ! तँ मभन्दा राम्रो छस् भन्ने नसोच्। तुलना गरौँ न—योग्यता कोसँग छ। कसले परमेश्वरका वचनहरू अझै धेरै पढ्न सक्छ र कसले अझै ठूलो बुझाइ बाँड्न सक्छ हेरौँ। यदि तेरो सङ्गति मेरो जस्तो राम्रो छैन भने, म तैँले भनेको मान्दिनँ! तँ अगुवाको रूपमा निर्वाचित भएको भए पनि, तैँले मलाई अह्राउने सबै कुरा मैले सुन्नु, लागू गर्नु, वा पालना गर्नु पर्दैन!” यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) यो भ्रष्ट स्वभावको निश्चित प्रकटीकरण हो। के यो मानवतासँग सम्बन्धित छ? यस्तो व्यक्तिमा प्राकृतिक सामर्थ्य हुने भएकोले र यस जगको आधारमा, उसले व्यापक रूपमा अध्ययन गर्ने, धेरै ज्ञान प्राप्त गर्ने, र सामाजिक हैसियत प्राप्त गर्ने हुनाले, उसलाई अरूभन्दा श्रेष्ठ, अद्वितीय छु भन्ने महसुस हुन्छ, र उसले अरूभन्दा माथि रहेर बोल्न र अरूलाई तल राखेर काम गर्न चाहन्छ; मानिसहरूका बीचमा उसले सधैँ अगुवाइ गर्ने व्यक्ति बन्न, अरूलाई उसको कुरा गर्न लगाउन चाहन्छ—के यस्तो व्यक्तिको विवेक र समझमा समस्या हुन्छ? (हो, हुन्छ।) यो कस्तो समस्या हो? तिनीहरूको सामर्थ्यले गर्दा तिनीहरूलाई अध्ययन गरेर उच्च स्तरको शिक्षा प्राप्त गर्न निकै सजिलो भयो। के यो सामर्थ्य आफैमा समस्या हो? के सामर्थ्य आफैमा भ्रष्ट स्वभावको पक्ष हो? के यो खराब मानवताको प्रकटीकरण हो? (होइन।) तैपनि, तिनीहरूमा यो सामर्थ्य हुने हुनाले, तिनीहरूले धेरै ज्ञान प्राप्त गरेका हुन्छन् र उच्च स्तरको शिक्षा प्राप्त गरेका हुन्छन्, जुन हैसियत सम्बन्धी समाजको मूल्याङ्कन र परिभाषा अनुरूप हुन्छ। यसले गर्दा तिनीहरूले के विश्वास गर्छन् भने मण्डलीमा अन्तिम निर्णय गर्ने अधिकार तिनीहरूकै हुनुपर्छ, मानिसहरूको कुनै पनि समूहको बीचमा आफू कुलीन हुनुपर्छ, र तिनीहरू अरू सबैभन्दा माथि हुनुपर्छ। के त्यस्तो मानवतामा कुनै समझ हुन्छ? के त्यस्तो मानवता असल हुन्छ? (तिनीहरूको मानवता असल हुँदैन।) तिनीहरूको मानवता कुन-कुन तरिकाले असल हुँदैन? (तिनीहरूमा समझ र विवेकको कमी हुन्छ; तिनीहरू सधैँ अरूभन्दा माथि हुन चाहन्छन्।) सधैँ अरूभन्दा माथि हुन चाहनुको आंशिक कारण भ्रष्ट स्वभाव हुनु हो। अर्को हिसाबमा भन्दा, मानवताको दृष्टिकोणबाट हेर्दा, के यो अलिक लाजमर्दो कुरा होइन र? (हो।) परमेश्वरको घर समाज होइन। के परमेश्वरको घरले अगुवाहरूलाई निर्वाचित गर्दा शैक्षिक योग्यताहरूको तुलना गर्छ? (गर्दैन।) परमेश्वरको घरले अगुवाहरूको निर्वाचनलाई केमा आधारित गर्छ? यो सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, होइन र? (हो।) परमेश्वरको घरमा, अगुवाहरूको निर्वाचन सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, उच्च शैक्षिक योग्यता भएको व्यक्तिमा आधारित हुँदैन। के तिनीहरूलाई अगुवाहरू निर्वाचित गर्ने सिद्धान्तहरू थाहा हुन्छ? थाहा हुन्छ, तर तिनीहरूले यी सिद्धान्तहरूलाई त प्रशासकीय अभिव्यक्तिहरू र सिद्धान्तहरूका रूपमा मात्रै ठान्छन्, र तिनलाई दैनिक जीवनमा कसरी अभ्यास गर्ने वा लागू गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। उच्च शैक्षिक योग्यता भएका मानिसहरूमा मात्रै राम्रो क्षमता हुन्छ, तिनीहरूले मात्रै सत्यता बुझ्न सक्छन्, र अरूलाई अगुवाइ गर्न सक्छन् भन्ने विचार तिनीहरूले निरन्तर फैलाउँछन्। तिनीहरूसँग उच्च शैक्षिक योग्यता, केही ज्ञान, र सामाजिक हैसियत भएको हुनाले, परमेश्वरको घरले समाजले जस्तै काम गर्छ भन्ने सोच्दै, तिनीहरूले परमेश्वरको घरमा अन्तिम निर्णय गर्ने प्रयास गर्न आफ्नो ज्ञान र उच्च शैक्षिक योग्यतालाई पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले परमेश्वरको घरका अगुवाहरूलाई निर्वाचित गर्ने सम्बन्धी सिद्धान्तहरूलाई मानिसहरू र कामकुराहरूलाई सम्हाल्ने आफ्नै तरिका र सामाजिक स्थान र हैसियत सम्बन्धी आफ्नै शैली, दृष्टिकोण, र हेराइहरूद्वारा प्रतिस्थापन गर्न चाहन्छन्। के यो समझको कमी हुनु होइन र? (हो।) समझको कमीलाई व्याख्या गर्ने अर्को तरिका के हो? (लाज विहीन हुनु।) सरल रूपमा भन्दा, यो लाज विहीनता हो; यसलाई भन्ने अर्को तरिका के हो भने यस्तो व्यक्तिको समझशक्ति अत्यन्तै कमजोर हुन्छ। हेर् त, तिनीहरूले तथाकथित उच्च शिक्षा प्राप्त गरेका र धेरै पुस्तकहरू पढेका भए पनि, तीमध्ये कुनै पनि पुस्तक वा कुनै पनि गुरु वा शिक्षकले तिनीहरूलाई समझदार हुनका लागि कसरी व्यवहार गर्ने भनेर कहिल्यै सिकाएको हुँदैन। पुस्तकहरूबाट धेरै कुरा सिकेपछि, तिनीहरूलाई तिनीहरूले पूँजी प्राप्त गरेका छन् र तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भन्ने लाग्छ। तिनीहरूको सामर्थ्य नकारात्मक कुरा नभए पनि र यो अन्तर्निहित अवस्था भए पनि, यो सामर्थ्यले सजिलै नै निश्चित परिणाम ल्याउन सक्छ—यसले तिनीहरूलाई अहङ्कारी र घमण्डी बन्न, आफ्नो समझ गुमाउन, र दुस्साहसी रूपमा निर्दयी र लाजमर्दो बन्न लगाउँछ। धेरै पुस्तकहरू पढेका र धेरै ज्ञान प्राप्त गरेका भए पनि, तिनीहरूले “लाज” भन्ने शब्दको अर्थ बुझेका हुँदैनन्। त्यसकारण, केही शैक्षिक योग्यता प्राप्त गरेपछि, तिनीहरूले यसलाई जताततै धाक लगाउने पूँजीको रूपमा प्रयोग गर्छन्, र तिनीहरूले यसलाई परमेश्वरको घरमा हैसियत प्राप्त गर्न र अन्तिम निर्णय गर्नका लागि प्रयोग गर्न चाहन्छन्। तिनीहरूले सोच्छन्, “मसँग उच्च शैक्षिक योग्यता छ र म छिटो कुराहरू सिक्छु, जसको अर्थ मसँग राम्रो क्षमता छ। यति मात्र होइन, मसँग गहन ज्ञान छ, मैले धेरै संसार देखेको छु, र म चलाख छु, त्यसकारण म अरूलाई डोर्याउन योग्य छु।” यसको तात्पर्य के हो भने तिनीहरूको ज्ञान र सबल पक्षहरू सत्यता हुन्। यी सबै समझको कमीका प्रकटीकरणहरू हुन्। के समझ नभएको यस्तो व्यक्तिमा इज्जत हुन्छ? के तिनीहरूसँग गरिमा हुन्छ? (हुँदैन।) इज्जत र गरिमाको कमी हुनु—यो असल मानवताको प्रकटीकरण हो कि घृणित र नीच मानवताको प्रकटीकरण हो? (यो घृणित मानवताको प्रकटीकरण हो।) त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। तिनीहरूले सबैभन्दा बढी आफ्नो शैक्षिक योग्यता, सामाजिक हैसियत, व्यक्तिगत मूल्य, र स्थानलाई महत्त्व दिन्छन्। यी कुराहरूलाई आफ्नो पूँजीको रूपमा लिँदै, तिनीहरू अत्यन्तै अहङ्कारी र घमण्डी हुन्छन्, र तिनीहरूले अन्तिम निर्णय गर्न चाहन्छन्। यो घृणित मानवताको प्रकटीकरण हो। यो समस्यामा दुई पक्षहरू समावेश छन्: एउटा तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र अर्को तिनीहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित हुन्छ। समस्याहरूप्रतिको तिनीहरूको दृष्टिकोण र समस्याहरूलाई सम्हाल्ने तिनीहरूको मनोवृत्ति र दृष्टिकोण तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छन्। यस्तो मानवताले तिनीहरूलाई निश्चित कार्य, प्रकटीकरण, र प्रकाशहरू विकास गर्न लगाउँछ, जुन भ्रष्ट स्वभावका अभिव्यक्तिहरू हुन्।
कतिपय मानिसहरू स्वाभाविक रूपमै बोल्न मन नपराउने हुन्छन्; सानै उमेरदेखि नै, तिनीहरूलाई धेरै बोल्न मन पर्दैन। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले सरल र सहज रूपमा बोल्छन्, र जब तिनीहरूको जीवनमा धेरै कुराहरू आइपर्छन्, तब तिनीहरूसँग धेरै विचार हुँदैन, न त तिनीहरूसँग विचार व्यक्त गर्ने भाषा नै हुन्छ। तिनीहरूले आफ्नो कुरा व्यक्त गरे पनि, यो अत्यन्तै सरल हुन्छ। यो कस्तो समस्या हो? (यो तिनीहरूको व्यक्तित्वको समस्या हो।) यो तिनीहरूको व्यक्तित्वको समस्या हो, जुन तिनीहरूको अन्तर्निहित अवस्थाको भाग हो। तिनीहरूको व्यक्तित्व स्वाभाविक रूपमा नै मौन किसिमको हुन्छ। तिनीहरूले सरल भाषा प्रयोग गर्छन्, तिनीहरूमा त्यति जटिल विचारहरू हुँदैनन्, र अरूसँग अन्तरक्रिया गर्दा तिनीहरू बोल्न अनिच्छुक हुन्छन्। जब भेलाहरूमा सत्यतामा सङ्गति गरिन्छ, तब तिनीहरूले अरूले बोलेको मात्रै सुन्छन्, र अरूले बोलेपछि तिनीहरूले सरल प्रतिक्रिया दिन सके भने यो निकै राम्रो कुरा बन्छ। यदि तैँले तिनीहरूलाई “यसको बारेमा तिम्रो बुझाइ कस्तो छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्नेछन्, “मेरो बुझाइ पनि तिम्रो जस्तै छ।” यदि तैँले तिनीहरूलाई निश्चित हुन लगाइस् भने, तिनीहरूले भन्नेछन्, “मलाई पनि तपाईंलाई जस्तै लाग्छ,” त्यसपछि तिनीहरूसँग भन्नलाई अरू केही हुँदैन। यो तिनीहरूको व्यक्तित्व मात्रै हो; यदि तैँले तिनीहरूलाई थप कुरा भन्न लगाइस् भने, तिनीहरूले भन्ने केही हुँदैन। यो तिनीहरूको अन्तर्निहित अवस्थाको भाग हो। अर्को प्रकारको व्यक्ति पनि छ, जससँग बाहिरी रूपमा बोल्ने कुरा धेरै नभए पनि र जो प्रायजसो चुपचाप बस्ने भए पनि, उसले गुप्तमा गफको बारेमा सोध्न मन पराउँछ, र यस्ता कुराहरू भन्छ: “फलानो-फलानो भाइ-दिदीबहिनी कुन पाष्टरीय क्षेत्रको हो? तिनीहरूले परमेश्वरमा विश्वास गरेको आठ वर्ष भएको छ भन्ने सुनेको थिएँ—के तिनीहरू कहिल्यै अगुवा बनेका छन्? तिनीहरूको उमेर कति भयो? के तिनीहरूले डिभोर्स गरेका छन् र तिनीहरूको सन्तान पनि छ भन्ने कुरा साँचो हो?” यो कस्तो प्रकटीकरण हो? झट्ट हेर्दा, तिनीहरूले त्यति धेरै बोल्दैनन् र सार्वजनिक स्थानमा बोल्न मन पराउँदैनन्। तिनीहरूको भाषा त्यति सम्पन्न हुँदैन, र तिनीहरूसँग अरूसँग सामान्य रूपमा कुराकानी गर्ने शब्दहरूको कमी हुन्छ। तैपनि, अर्को हिसाबमा, तिनीहरूले भन्ने धेरै कुरा हुन्छन् र सधैँ अरूको बारेमा सोधपुछ गर्न मन पराउँछन्, र यस्ता कुराहरू भन्छन्: “के त्यो व्यक्तिले आँखाको आइलिड शल्यक्रिया गरेको थियो? उसको अनुहारको छाला अत्यन्तै दाग रहित छ—के ऊ प्रायजसो ब्यूटी सैलून जान्छिन्?” वा “फलानो-फलानोले सधैँ सबैभन्दा नयाँ कम्प्युटर प्रयोग गर्छ, र उसका लुगाहरू सबै नामी ब्रान्डका हुन्छन् र निकै महँगा हुन्छन्। के उसको परिवार सम्पन्न छ? उसको परिवारले कस्तो व्यापार गर्छ? के उसको बुबा पदाधिकारी हो?” यी प्रकटीकरणहरूमा के-कस्ता समस्याहरू समावेश हुन्छन्? (तिनमा तिनीहरूको मानवताका समस्याहरू समावेश हुन्छन्।) गफको बारेमा सोध्न, सानातिना व्यक्तिगत मामलाहरूका बारेमा जानकारी सङ्कलन गर्न, र अरूका मामलाहरूका बारेमा कुरा गर्न मन पराउनु—यी कुराहरू व्यक्तिको मानवतासँग सम्बन्धित प्रकटीकरणहरू हुन्। के यी प्रकटीकरणहरू असल हुन्? (होइनन्।) ती कुन-कुन तरिकाले असल होइनन्? तिनमा मानवताका के-कस्ता समस्याहरूसँग समावेश हुन्छन्? तिनीहरूले कसैलाई हानि गरेका वा कष्ट दिएका त छैनन्, न त तिनीहरूले अरूका हितहरूमा नै हानि गरेका हुन्छन्, तर पनि किन यी प्रकटीकरणहरूलाई खराब मानिन्छ? (तिनीहरूले सधैँ अरूका मामलाहरूका बारेमा जान्न चाहन्छन्, र आफ्नो पिठ्युँ पछाडि निरन्तर अरूका मामलाहरूबारे चियोचर्चो गर्छन्। तिनीहरूको मानवताको समझमा समस्या हुन्छ।) यो तिनीहरूको मानवताको समझसँग सम्बन्धित हुन्छ। उदाहरणका लागि, यदि तिनीहरूले “फलानो ब्रदर तपाईं कति वर्षको हुनुहुन्छ?” भनेर निष्कपट र सीधा रूपमा सोधे भने, के यो मानवताको सामान्य प्रकटीकरण हुनेछ? (हो।) के यसरी सोध्नु खुलस्त र स्पष्ट तरिका होइन र? के यो उचित होइन र? (हो।) त्यसोभए किन कतिपय मानिसहरूले सम्बन्धित व्यक्तिहरूलाई सीधै प्रश्नहरू सोध्दैनन् वा कुराहरू भन्दैनन्? तिनीहरूले किन अरूको पिठ्युँ पछाडि काला युक्तिहरू चलाउने कार्य गर्छन्? यदि कुनै विषयको बारेमा व्यक्तिगत रूपमा सोध्न वा छलफल गर्न सकिन्छ भने, यस्तो कुरा खुलस्त उठाउनुपर्छ। अरूको पिठ्युँ पछाडि किन गुप्त कुराहरू कानेखुसी गर्ने? के यसमा आफ्नो आनीबानी प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सम्हाल्ने निश्चित मनोवृत्ति र विधि समावेश हुँदैन र? के यो मनोवृत्ति र विधि राम्रो छ? (छैन।) यो मनोवृत्ति र विधिलाई किन राम्रो मानिँदैन? के गुप्तमा कुराहरूका बारेमा सोधपुछ गर्न मन पराउने यी मानिसहरूलाई अरूको गोपनीयता खोतल्न र मानिसहरूका पिठ्युँ पछाडि तिनीहरूलाई छानबिन गर्न मन पर्छ? (हो।) तिनीहरूलाई किन मानिसहरूको पिठ्युँ पछाडि छानबिन गर्न मन पर्छ? यदि तिनीहरूसँग प्रश्नहरू छन् भने, किन तिनीहरूले तिनीहरूलाई सीधै सोध्दैनन्? के आमने-सामने सोध्नमा कठिनाइ हुन्छ? तिनीहरूलाई सीधै सोध्नु सजिलो छैन वा सम्भव छैन भन्ने लाग्छ, त्यसकारण तिनीहरूले अरूको पिठ्युँ पछाडि सोधपुछ गर्छन्। के तिनीहरूले यसरी व्यवहार गर्नुको कारण यही होइन र? (हो।) वास्तवमा, कतिपय कुराहरू सीधै सोध्न सकिन्छ, जस्तै कसैलाई यस्ता प्रश्नहरू सोध्न सकिन्छ: “तपाईंले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो? के तपाईंले कलेज पढ्नुभएको छ? तपाईंको शिक्षाको स्तर कति छ? तपाईं कति वर्षको हुनुभयो?” यी सबै कुरा आमने-सामने सोध्न सकिन्छ। यदि कतिपय मानिसहरू तँलाई बताउन अनिच्छुक छन् भने, नसोध्, र तिनीहरूको पिठ्युँ पछाडि पनि सोधपुछ नगर्। यदि तँलाई तिनीहरू तँसँग निश्चित कुराहरू बाँड्न तयार हुन्छन् भन्ने लाग्छ भने, वा यदि तँ दुई जना परिचित छौ र तिनीहरूले कुरा गर्नका लागि तँमा पर्याप्त भरोसा गर्छन् भने, तैँले तिनीहरूलाई सीधै सोध्न सक्छस्। किन तिनीहरूको पिठ्युँ पछाडि सोधपुछ गर्न अनेक गर्न जिद्दी गर्ने? के त्यसो गर्नु साँच्चै नै अत्यावश्यक हुन्छ? के त्यो निकै नीच कुरा होइन र? यी मानिसहरूले अर्को व्यक्तिले बताउनेछैन भन्ने डरले सीधै सोध्ने आँट गर्दैनन्। तर तिनीहरूले यी कुराहरूका बारेमा जान्न र पत्ता लगाउन अत्यन्तै चाहन्छन्। यदि तिनीहरूले पत्ता लगाएनन् भने, तिनीहरूलाई असहज महसुस हुनेछ, तर तिनीहरूले जानकारी प्राप्त गरेपछि, तिनीहरूलाई भित्री रूपमा सहज महसुस हुन्छ, मानौँ तिनीहरूले बहुमूल्य सम्पत्ति प्राप्त गरेका छन्। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? अरूका व्यक्तिगत मामलाहरू वा व्यक्तिगत जानकारीहरूको बारेमा सोधपुछ गर्दा र बुझ्दा आनन्द लिनु—यस्ता मानिसहरूले अरूको कुरा काट्ने र आलोचना गर्ने प्रवृत्ति हुन्छ, होइन र? (हो।) यदि तँलाई अर्को व्यक्ति तेरा प्रश्नहरूको उत्तर दिन तयार हुनेछ भन्ने लाग्छ भने, तैँले उसलाई यी कुराहरू सोधेर सीधै यी कुराहरूका बारेमा पत्ता लगाउन सक्छस्। यदि अर्को व्यक्तिलाई तेरा केही प्रश्नहरू हदभन्दा बढी छन् र तैँले सोध्नुपर्ने कुराभन्दा बाहिर जान्छन् भन्ने लाग्छ, र उसले तँलाई जवाफ दिन इन्कार गर्छ भने, ठीकै छ। यदि तिनीहरूले तँलाई उत्तर दिन चाहँदैनन् वा तैँले निश्चित कुराहरू जानेको चाहँदैनन् भने, तिनीहरूको पिठ्युँ पछाडि पनि सोधपुछ नगर्। यदि तँ अरूको जानकारी वा व्यक्तिगत मामलाहरू जान्न जिद्दी गर्छस् भने, एक हिसाबमा, तिनीहरूले तँलाई शङ्कास्पद रूपमा लिन थाल्छन्: “तिमी किन यी कुराहरू जान्न चाहन्छौ? तिमीले किन मेरो पिठ्युँ पछाडि मेरो बारेमा पत्ता लगाउने प्रयास गरिरहेको छौ? के तिमीले मलाई नियन्त्रण गर्न, कष्ट दिन, वा धोका दिन खोजिरहेको छौ?” त्यो एउटा पक्ष हो। अर्कोतर्फ, अरूको बारेमा जान्नुपर्ने तँलाई के आवश्यकता हुन्छ र? तिनीहरूका बारेमा कुराहरू जान्ने के अधिकार तँसँग हुन्छ? के तँ सबैका बारेमा जानकारी सङ्कलन गर्न चाहन्छस्? तैँले सबै कुराको बारेमा जान्नुपर्छ—के तँ जानकारी सङ्कलन गर्ने कार्यमा विशेषज्ञ होस्? के यो तेरो काम हो? परमेश्वरको घरले कसैलाई यस्तो आज्ञा दिएको छैन। यदि तैँले निरन्तर अरूका व्यक्तिगत मामलाहरूका बारेमा सोधपुछ गर्ने, तिनीहरूले तँलाई थाहा दिन नचाहने कुराहरूका बारेमा सोधपुछ गर्ने प्रयास गरिस् भने, यसले तिनीहरूलाई तँप्रति अत्यन्तै झिजो मान्ने बनाउँछ। अरूले झिजोलाग्दो ठान्ने व्यक्तिको मानवता कस्तो हुन्छ? कम्तीमा पनि, यो व्यक्ति लाजमर्दो हुन्छ। गैर-विश्वासीहरूले त्यस्तो व्यक्तिलाई के भन्छन्? एक दुस्साहसी बदमास। तिनीहरूको मानवता नीच हुन्छ, तिनीहरूमा गरिमाको कमी हुन्छ, र तिनीहरूले सबै कुराको बारेमा सोधपुछ गर्न, र अनुचित व्यवहार गर्न चाहन्छन्। के तिनीहरू यस्तै हुँदैनन् र? (हो।) यस्तो व्यक्तिको मानवता असल हुन्छ कि खराब हुन्छ? (तिनीहरूको मानवता खराब हुन्छ।) तिनीहरूको मानवता कम्तीमा पनि राम्रो हुँदैन। यो असल मानवता नहुनुको वर्गभित्र रहेको एउटा प्रकटीकरण हो—अनुचित व्यवहार गर्नु र सधैँ काला युक्तिहरू प्रयोग गर्नु। झट्ट हेर्दा, तिनीहरू तँप्रति विनम्र, आदरणीय, र शिष्ट देखिन्छन्, र तिनीहरूले आफ्नो आनीबानीमा राम्रो शिष्टता र उचित व्यवहार देखाउँछन्। तैपनि, तँसँग खुलस्त छलफल नगरी वा तँलाई सीधै नसोधी तेरो पिठ्युँ पछाडि, तिनीहरूले तेरो उमेर, पारिवारिक पृष्ठभूमि, र तेरो अरू पक्षहरूका बारेमा सोधपुछ गर्दै, काला युक्तिहरू चलाउँछन्। अरूसँग अन्तरक्रिया गर्दा र कुराकानी गर्दा, तिनीहरू इमानदार वा सीधा हुँदैनन्; बरु, तिनीहरूले सधैँ मानिसहरूको पिठ्युँपछाडि काला युक्तिहरू चलाउँछन्, र लाजमर्दो कुरा गर्छन्। तिनीहरूले निरन्तर अरूका व्यक्तिगत मामलाहरू र अरूले के सोचिरहेका छन् भनेर सोचविचार गर्छन्, सधैँ त्यस्ता मामलाहरूमा व्यस्त हुन्छन्। यस्तो व्यक्तिको मानवता राम्रो हुँदैन, र कुनै पनि समूहमा भए पनि, त्यस्ता मानिसहरूलाई सबैले घृणा गर्छन्। मानिसहरूले तँलाई व्यक्तिगत कुराहरू थाहा दिन चाहँदैनन् वा तिनीहरूले तँबाट केही कुरा लुकाइरहेका हुन्छन् भन्ने होइन; तेरो मानवता र तैँले आफ्नो व्यवहार प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो तरिकाले गर्दाचाहिँ अरूले तँलाई घृणा गर्छन्। मानिसहरूले तँलाई घृणा गर्नुको कारण के हो भने तैँले आफ्नो व्यवहार प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो विधि अलिक नीच छ; तैँले प्रयोग गर्ने रणनीतिहरू उचित र स्पष्ट हुँदैनन् तर नीच र फोहोरी हुन्छन्। कतिपय मानिसहरूलाई अरूसँग आमने-सामने अन्तरक्रिया गर्दा कुनै समस्या हुँदैन जस्तो देखिन्छ, तर तिनीहरूको पिठ्युँ पछाडि, तिनीहरूले सधैँ लुकेर काम गर्छन्। जब अरू टाढा जान्छन्, तब तिनीहरूले तुरुन्तै तिनीहरूको कम्प्युटर खोल्छन् र तिनीहरूले कोसँग कुराकानी गरिरहेका छन्, के कुरा गरेका छन्, तिनीहरूले आफ्नो डायरीमा के लेखेका छन्, र तिनीहरूसँग के-कस्ता अन्तर्ज्ञानहरू छन् भनेर हेर्छन्। कहिलेकहीँ, जब कसैको कम्प्युटरमा पासवर्ड हुन्छ, तब तिनीहरूले यसो भन्दै झुक्काएर लिने प्रयास गर्छन्, “के तिमीले आफ्नो कम्प्युटर पासवर्ड परिवर्तन गरेको हो? मैले भर्खरै मेरो पासवर्ड १२३४५६७ मा परिवर्तन गरेँ, सायद तिमीले पनि तिम्रो पासवर्ड परिवर्तन गर्नुपर्छ।” यसो भन्नुको उद्देश्य के हो? “म तिमीलाई मेरो पासवर्ड दिइरहेको छु—तिमीले मलाई पनि आफ्नो पासवर्ड दिनुपर्छ, ताकि मैले तिम्रो कम्प्युटर जाँच गर्ने मौका पाउन सकूँ।” कतिपय मानिसहरूले अरू नभएको बेला अरूको झोला र सामानहरू समेत खोतल्ने आँट गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूले कसैले नयाँ हेडफोन चलाएको देख्छन् र त्यसले आवाजको गुणस्तर कस्तो छ भनेर जान्न चाहन्छन् भने, तिनीहरूले त्यो व्यक्ति नहुँदा हेडफोन लिएर सुन्ने आँट गर्न सक्छन्। यदि तैँले त्यस व्यक्तिको हेडफोन खुलस्त रूपमा मागिस्, र ऊ दिन सहमत भयो भने, तैँले सही रूपमा नै त्यसलाई प्रयोग गर्न पाउँछस्। यदि तिनीहरू सहमत भएनन् भने, तैँले त्यो जाँच्नु हुँदैन। के यसलाई सम्हाल्ने उचित तरिका त्यही होइन र? अरू सहमत भए पनि नभए पनि, तैँले तिनीहरूको अगाडि खुलस्त कुरा गर्नुपर्छ, तिनीहरूको पिठ्युँ पछाडि होइन। यस्तो व्यक्तिले त्यसो गर्न सक्दैन—तिनीहरूले सधैँ काला युक्तिहरू चलाउँछन्। कति हदसम्म? तँ टाढा जाने बित्तिकै, तिनीहरूले तुरुन्तै तेरा सामानहरू खोतल्छन्, तैँले आफ्नो आत्मिक भक्तिको नोटहरूमा के लेखेको छस् भनेर जाँच गर्छन् र केही कुरा छुटाउँछु कि भन्ने डरले तुरुन्तै यसलाई सार्छन्। झट्ट हेर्दा, तिनीहरूले सत्यतालाई तृष्णा गर्छन् जस्तो देखिन्छ, तर पर्दा पछाडि तिनीहरूले गर्ने कार्यहरू फोहोरी हुन्छन्। जब तिनीहरूले तैँले नयाँ कम्प्युटर किनेको देख्छन्, तब तिनीहरूलाई डाहा लाग्छ। बाहिरी रूपमा, तिनीहरूले नयाँ कम्प्युटर राम्रो र शीघ्र चल्छ भनेर भन्छन्, तर भित्री रूपमा, तिनीहरूले सोच्छन्, “शीघ्र? कुनै दिन यो बिग्री जाओस्!” एक दिन, तैँले नयाँ कम्प्युटरले राम्ररी काम गरिरहेको छैन र यो ढिलो छ भनेर उल्लेख गर्छस्, र तिनीहरूलाई गुप्तमा उत्साहित महसुस हुन्छ: “तैँले नयाँ प्रयोग गर्नु उचित नै हो! मैले यस्तो नयाँ प्रयोग समेत गर्न पाएको छैनँ, त्यसकारण तैँले पनि प्रयोग गर्न नपाएको राम्रो हुन्छ!” तिनीहरूको मन नीच र फोहोरी विचारहरूले भरिएको हुन्छ, जुन अन्धकारमय हुन्छ। कतिपय मानिसहरूले कसैको लुगा राम्रो रहेछ भन्ने देख्छन्, र तिनीहरूले पनि यो लगाएर हेर्न चाहन्छन्। तर सीधै सोध्नुको सट्टा, तिनीहरूले त्यो व्यक्ति नहुँदा गुप्तमा त्यो लगाएर हेर्ने मौकाको प्रतीक्षा मात्रै गर्नुपर्छ। तिनीहरूले ऐना हेर्छन् र यो राम्रो देखिन्छ भन्ने सोच्छन्, तर त्यो व्यक्ति फर्केर आएको पाइलाको आवाज सुनेपछि, तुरुन्तै लुगा खोल्छन् र आफ्नो ठाउँमा राख्छन्। यस्तो व्यक्तिका काला युक्तिहरू र परिस्थितिहरूलाई सम्हाल्ने उसको तरिकामा भ्रष्ट स्वभाव समावेश नहुने भए पनि वा यो भ्रष्ट स्वभाव जत्तिको गम्भीर नहुने भए पनि, आफ्नो आनीबानी प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सम्हाल्ने उसको मनोवृत्ति र मानिसहरूलाई व्यवहार गर्ने उसको तरिका निकै घिनलाग्दो र घृणित हुन्छ, र यसले केही हदसम्म अरूको सामान्य जीवनमा असर गर्छ। त्यसकारण, यस्तो व्यक्तिमा उसको मानवता सम्बन्धी गम्भीर समस्याहरू हुन्छन् भनेर भन्न सकिन्छ। कति गम्भीर? तिनीहरू आफ्नो व्यवहारमा अनुचित हुन्छन्, तिनीहरूले पर्दा पछाडि धेरै काला युक्तिहरू चलाउँछन्, र समस्याहरू सम्हाल्ने तिनीहरूको तरिका कुरूप र फोहोरी हुन्छ। तिनीहरूले सधैँ कुरा लुकाउँछन्; तिनीहरूले कहिल्यै पनि खुलस्त काम गर्दैनन्, र सधैँ मानिसहरूको पिठ्युँ पछाडि काम गर्छन्। जब अरू साथमा हुँदैनन्, अरूले ध्यान दिइरहेका हुँदैनन्, वा जब तिनीहरूले के गरिरहेका छन् भनेर कसैले पनि देख्न वा पत्ता लगाउन सक्दैनन्, तब तिनीहरूले गुप्तमा काम गर्छन्। यस्तो व्यक्तिको मानवता असल हुँदैन। तिनीहरू सधैँ अन्धकारको वातावरणमा लुकेर अँध्यारो कुनामा बस्छन्, र तिनीहरूले ज्योति वा अरू मानिसहरूको अनुहार हेर्न सक्दैनन्। तिनीहरूको मानवता नीच र फोहोरी हुन्छ। के तिनीहरूको नीच मानवताका यी प्रकटीकरणहरू अन्तर्निहित हुन्? (होइनन्।) तिनीहरूलाई अरूको अगाडि काम गर्न लाज लाग्छ; तिनीहरूले आफ्नो पिठ्युँ पछाडि काम गर्न रुचाउँछन्, र अरूको पिठ्युँ पछाडि काम गर्दा, तिनीहरूले कुनै संयमता देखाउँदैनन्। के तिनीहरूको व्यक्तित्वसँग यसको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) यदि तैँले यी काला युक्तिहरू वा तिनीहरूले आफ्नो मानवतामा प्रकट गर्ने र जिउने कुराहरू भ्रष्ट स्वभावहरूको निश्चित पक्षसँग सम्बन्धित छन् भनेर भनिस् भने, त्यो सही हुनेछैन। तैपनि, तिनीहरूको काला युक्तिहरू निरन्तर रहन्छन्। झट्ट हेर्दा, तिनीहरूले कुनै ठूलो गल्ती गरेका छैनन् जस्तो देखिन्छ, र जब मण्डलीले तिनीहरूलाई कर्तव्य दिन्छ, तब तिनीहरूले प्रायजसो यसमा आफ्नो हृदय लगाउँछन् र तिनीहरू आज्ञाकारी हुन्छन्; बाहिरबाट त तिनीहरू निकै उचित देखिन्छन्। तर पर्दा पछाडि, कुरा फरक हुन्छ—मूसो जस्तै, कसैले नहेरी बस्ने बित्तिकै, तिनीहरूले काला युक्तिहरू प्रयोग गर्न र काम गर्न थाल्छन्। के यी मानिसहरू मूसाहरू जस्तै हुँदैनन् र? यसको बारेमा विचार गर—यदि तिनीहरूको मानवता र तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने र कामकुराहरूलाई सम्हाल्ने तरिका यही हो भने, यदि तिनीहरूको मानवताको नैतिक चरित्र यस्तै छ र तिनीहरूमा यस्तो मानवताको सार छ भने, तिनीहरूले परमेश्वर र सत्यतालाई कसरी लिन्छन्? के तिनीहरूले मानिसहरूलाई जसरी व्यवहार गर्छन् त्यसरी नै परमेश्वर र सत्यतालाई व्यवहार गर्छन्? (गर्छन्।) तिनीहरूले पर्दा पछाडि काला युक्तिहरू पनि चलाउँछन्, होइन र? तिनीहरूले अगुवा र सेवकहरूको सुपरिवेक्षणबाट जोगिनका लागि सम्भव भएको हरेक तरिका प्रयोग गर्छन्, अनि यसरी तिनीहरूको अगाडि एउटा तरिकाले र तिनीहरूको पिठ्युँ पछाडि अर्को तरिकाले काम गर्छन्। तिनीहरूले परमेश्वरको छानबिनलाई स्वीकार गर्दैनन्, न त तिनीहरूले आफ्नो हृदयको गहिराइमा सत्यतालाई नै स्वीकार गर्छन्। परमेश्वरका वचनहरूले जे भने पनि, तिनीहरूले ती कुराहरूलाई आफ्नै तरिकाले लिन्छन्, केही काला युक्तिहरू चलाउँछन् र देखाउनका लागि केही कामकुरा गर्छन्, ताकि बाहिरी रूपमा, कसैले पनि कुनै समस्या वा गलत कार्यहरू देख्न नसकून्। बाहिरी रूपमा, तिनीहरूले केही पनि गलत गरिरहेका जस्तो देखिँदैन र सत्यताको अभ्यास गरिरहेका छन् जस्तो देखिन्छ, तर पर्दा पछाडि, तिनीहरूले पहिले नै आफ्ना काला युक्तिहरू चलाइसकेका हुन्छन्, र कसैले नबुझी गुप्तमा गल्तीहरू पहिले नै गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्वरको छानबिनमा विश्वास गर्दैनन् वा यसलाई स्वीकार गर्दैनन्, त्यसकारण, तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्। यसमा के समावेश हुन्छ? यसमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। जब तिनीहरूले परमेश्वर, सत्यता, र आफ्नो कर्तव्यलाई यस्तो मानवताद्वारा र अरूसँग अन्तरक्रिया गर्ने र कामकुराहरूलाई सम्हाल्ने यस्तो तरिकाद्वारा लिन्छन्, तब तिनीहरूले प्रकट गर्ने तिनीहरूको मानवताका निश्चित प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। यी भ्रष्ट स्वभावहरूमा के समावेश हुन्छ? कम्तीमा पनि, तिनमा छल समावेश हुन्छ। यदि तिनीहरूको कार्य अझै गुप्त र छली छ भने, यसमा के समावेश हुन्छ? (यो दुष्टतामा पुग्छ।) यसमा तिनीहरूको भ्रष्ट स्वभावभित्र रहेको छल र दुष्टता समावेश हुन्छ। यसको साथै, तिनीहरूले हृदयभित्र सधैँ सत्यता र परमेश्वरले गर्नुहुने छानबिनको बारेमा शङ्का गर्छन्। यो कुराले तिनीहरूमा गहन रूपमा जरा गाडेको हुन्छ। तिनीहरूले सोच्छन्, “मैले पर्दा पछाडि के गर्छु कसैलाई थाहा हुँदैन। मैले परमेश्वरलाई कहीँ देखेको छैनँ, त्यसकारण परमेश्वरलाई पनि अवश्य नै थाहा छैन होला—मलाई मात्रै थाहा छ।” के यसमा पनि भ्रष्ट स्वभाव समावेश हुँदैन र? यो भ्रष्ट स्वभावको कुन पक्षसँग सम्बन्धित छ? (के यो कठोरता हो?) तिनीहरूमा कठोर स्वभाव हुन्छ नै। त्यसोभए, के यी विचारहरूको सार सत्यताप्रति वितृष्ण हो? (हो।) सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति प्रतिरोध र विरोधको मनोवृत्ति हो। तिनीहरू कठोर हुने बाहेक, तिनीहरूले सत्यताप्रति विशेष रूपमा वितृष्ण गर्छन्, जसले गर्दा यो गम्भीर समस्या बन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यो खराब मानवता मात्रै रहँदै, तर यो अझै गम्भीर बन्छ। यसमा परमेश्वरको विरुद्धमा विद्रोह, परमेश्वरको विरोध, र सत्यताको विरुद्धमा जाने सार समावेश हुन्छ। यसमा परमेश्वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति समावेश हुन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यसमा सत्यता सिद्धान्तहरू र सत्यताद्वारा भ्रष्ट स्वभावहरूलाई समाधान गर्नुको आवश्यकता समावेश हुन्छ।
कतिपय मानिसहरू स्वाभाविक रूपमा नै अग्ला हुन्छन् र तिनीहरूको कद सुन्दर हुन्छ, यसको साथै, तिनीहरूमा मिलेको, सफा, र शिष्ट शारीरिक विशेषताहरू हुन्छन् जसलाई अरूले मन पराउँछन्। तिनीहरूले जेसुकै लगाए पनि, मानिसहरूले तिनीहरूलाई मन पराउँछन्, र भन्छन्, “तिनीहरू साँच्चै नै सुन्दरताको प्रतीक हुन्—कति राम्रो, कति सुन्दर, कति मज्जाको!” यो तिनीहरूको अन्तर्निहित अवस्था, तिनीहरूको मानवता, कि तिनीहरूको भ्रष्ट स्वभावभित्र पर्छ? (यो तिनीहरूको प्राकृतिक रूप हो।) तिनीहरू सुन्दरता लिएर जन्मेका मानिसहरू हुन्। तिनीहरू स्वाभाविक रूपमा नै आकर्षक हुने हुनाले र तिनीहरूको जीउडाल राम्रो हुने हुनाले, सानैदेखि नै, तिनीहरूका अग्रजहरूले तिनीहरूलाई प्रशंसा गर्थे, तिनीहरूका सहपाठीहरूले तिनीहरूलाई डाहा गर्थे, र तिनीहरूका आमाबुबाले तिनीहरूलाई विशेष रूपमा माया गर्थे। हरेक दिन, तिनीहरूका आमाबुबाले तिनीहरूलाई लुगा लगाइदिन्थे, र तिनीहरू तीन-चार वर्षको हुनुभन्दा पहिले, एक दिन तिनीहरूलाई सानो केटीलाई जस्तो लुगा लगाइदिइन्थ्यो, र भोलिपल्ट सानो केटालाई जस्तै। छोटकरीमा भन्दा, तिनीहरूलाई बहुमूल्य सानो खेलौनालाई जस्तै माया गरिन्थ्यो। तिनीहरू ठूलो हुँदै जाँदा, तिनीहरूलाई सुन्दर देखिन निकै मन पर्छ। आधुनिक र विशेषाधिकार प्राप्त जिउने वातावरणमा हुर्केका हुनाले, तिनीहरूले राम्ररी लुगा लगाउने बानी विकास गर्छन्। विशेष गरी विभिन्न फेसन ज्ञानहरू प्राप्त गरेपछि, तिनीहरूले मिल्ने रङ, वस्त्र, र शैली मन पराउन थाल्छन्; तिनीहरूले विशेष रूपमा राम्ररी लुगा लगाउँछन्, र परिष्कृत व्यवहार देखाउँछन्। साधारण टी-शर्ट र जिन्स समेत तिनीहरूले लाउँदा फरक देखिन्छ, र मिल्दो रङ्गको जुत्ता लगाउँदा, तिनीहरूको शैली अझै प्रभावशाली हुन्छ—तिनीहरू पूर्ण रूपमा राम्रो र अत्यन्तै सुन्दर हुन्छन्। तिनीहरूलाई देख्दा मात्रै आँखाको तृष्णा मेटिन्छ। जब तिनीहरू सार्वजनिक स्थानहरूमा वा सडकमा देखा पर्छन् तब तिनीहरूले अवश्य नै धेरैलाई आकर्षित गर्छन्। तिनीहरू सुन्दरता लिएर जन्मेका हुनाले र तिनीहरूसँग यो अन्तर्निहित स्थिति हुने भएकोले, र तिनीहरूलाई कसरी राम्रो लुगा लगाउने भन्ने थाहा हुने भएकोले, तिनीहरूले जसरी लुगा लगाए पनि विशेष रूपमा शिष्ट व्यवहार देखाउने बानी भएकोले, समलैंगिक होस् र विपरीत लिङ्गीका होस् सबैले तिनीहरूसँग अन्तरक्रिया गर्न र सङ्गत गर्न विशेष रूपमा मन पराउँछन्। मानिसहरू तिनीहरूसँग नजिक बसेर कुरा गर्न र गफ गर्न, र तिनीहरूसँग नजिकबाट अन्तरक्रिया गर्न उत्कट इच्छा गर्छन्, ताकि तिनीहरूको सुन्दरताले तिनीहरूलाई आनन्द दिन सकोस्। के यो तिनीहरूको गल्ती हो? (होइन।) तिनीहरूको अनुकूल अन्तर्निहित अवस्थाको कारण, मानिसहरू सधैँ तिनीहरूसँग हुन सक्ने कुनै पनि समस्या, त्रुटि, वा कमीकमजोरीप्रति सहनशील हुन्छन्। त्यसकारण, तिनीहरू जहाँ गए पनि, तिनीहरूलाई विशेष रूपमा राम्ररी स्वागत गरिन्छ र तिनीहरू लोकप्रिय हुन्छन्। तिनीहरूले अप्रिय कुरा भने पनि, अरूलाई सुन्दा रमाइलो लाग्छ। जब तिनीहरूलाई रिस उठ्छ वा तिनीहरूले बेहोरा देखाउँछन्, तब मानिसहरू रिसाउँदैनन् वा यसलाई अपमानको रूपमा लिँदैनन्—तिनीहरूलाई यो तिनीहरूबाट आएको इनाम हो जस्तै समेत लाग्छ। यी अनुभवहरू जम्मा हुँदै जाँदा, तिनीहरूको अन्तर्निहित अवस्थाले तिनीहरूलाई श्रेष्ठताको अनुभूति दिन्छ। तिनीहरूले यस्तो सोच्न थाल्छन्, “मसँग सुन्दरता, शिष्ट आनीबानी भएकोले, र मैले राम्रो लुगा लगाएकोले म जहाँ गए पनि लोकप्रिय हुन सक्छु—यो शानदार कुरा हो! यो समाज, यो मानवजातिले यसलाई साँच्चै नै महत्त्व दिन्छ। मेरा आमाबुबाले मलाई दिएको यो अन्तर्निहित अवस्था नै मेरो पूँजी हो जस्तो देखिन्छ। जागिर खोज्नु सजिलो छ, र परीक्षाको बेला, यदि मैले कसैको उत्तरपुस्तिकाबाट चोर्न चाहेँ भने, मैले उसलाई एक नजर हेरेँ भने, उसले मलाई दिइहाल्नेछ।” विपरीत लिङ्गी धेरै मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र समान लिङ्गी मानिसहरूका बीचमा, तिनीहरूलाई राम्रो व्यवहार गर्ने र निरन्तर तिनीहरूको सुन्दरता र सुन्दर रूपको प्रशंसा गर्ने मानिसहरू पनि धेरै हुन्छन्। समय बित्दै जाँदा, यसले गर्दा तिनीहरूले यो फाइदाको आनन्द झन्-झन् बढी लिन्छन्। यो फाइदाले तिनीहरूलाई धेरै सुविधा, धेरै फाइदा, र धेरै श्रेष्ठ व्यवहार दिन्छ, जसले गर्दा तिनीहरूले धेरै कुराको आनन्द लिन पाउँछन्। त्यसकारण, यस्तो वातावरणमा, तिनीहरूले आफ्नो लागि निश्चित मापदण्डहरू विकास गर्छन्। तिनीहरूले मेकअप नलगाई घरबाट बाहिर जाँदैनन्, र यदि तिनीहरूलाई डन्डीफोर समेत आयो भने, तिनीहरू अरूको अगाडि देखा पर्ने आँट गर्दैनन्। तिनीहरू आफ्नो आहारप्रति सतर्क हुन्छन्, मसालेदार खाना र सोया सस खानबाट जोगिन्छन्, र आफ्नो बारेमा चिन्ता गर्छन्: “यो डन्डीफोर कहिले हराउनेछ? मैले यसलाई निचोर्न मिल्दैन—मलाई दाग बस्छ कि भन्ने डर लाग्छ। तर यदि मैले निचोरिनँ भने, के मलाई कुनै बेला आदर गर्ने विपरीत लिङ्गका मानिसहरूले यो कुरा देख्नेछन् र म आकर्षक छैनँ, तिनीहरूको सपनाको व्यक्ति होइनँ भन्ने सोच्नेछन्? के तिनीहरू मप्रति उदासीन हुन थाल्छन्? मैले के गर्ने? मलाई लाग्छ, डन्डीफोर हटेपछि मात्रै म बाहिर जानुपर्छ। मैले मानिसहरूलाई मेरो यस्तो अवस्था देखाउनु हुँदैन; यसले तिनीहरूको मनमा रहेको मेरो सिद्ध छविलाई बरबाद गर्नेछ।” कतिपय मानिसहरूले आफ्नो वस्त्रको रङ, आकार, र शैलीलाई पूर्ण रूपमा मिलाउनुपर्छ। बाहिर जानुभन्दा पहिले, तिनीहरूले हरेक कोणबाट आफूलाई ऐनामा जाँच्नुपर्छ, र कतिपयले घामको ज्योतिमा वा कृत्रिम ज्योतिमा तिनीहरू राम्रो देखिन्छन् भन्ने कुरालाई पुष्टि गर्न सेल्फी समेत लिनुपर्छ, र तिनीहरूको छाला, कपालको बनावट, कपालको शैली, लुगा, र व्यवहार जस्ता पक्षहरू देख्दा राम्रो र अरूको माया पाउन लायक छन् भन्ने कुरालाई सुनिश्चित गर्नुपर्छ, त्यसपछि मात्रै तिनीहरूलाई बाहिर जाने तयार भएको छु भन्ने महसुस हुन्छ। कर्तव्य निर्वाह गर्न थालेपछि पनि, तिनीहरूले अझै पनि यो जीवनशैलीलाई कायम राख्छन्। यदि विशेष परिस्थितिहरूका कारण, तिनीहरूले त्यो दिन नुहाएका छैनन् र विपरीत लिङ्गको व्यक्ति तिनीहरूको नजिक आयो भने, तिनीहरू तुरुन्तै त्यस व्यक्तिबाट टाढा बस्छन्। तिनीहरूलाई यदि तिनीहरूले नुहाएका छैनन् भने, तिनीहरू देखिन लायक हुँदैनन् भन्ने लाग्छ। तिनीहरूले आफ्नो रूप र व्यवहारप्रति धेरै मागहरू राख्ने हुनाले, यसले तिनीहरूको दैनिक जीवनमा असर गर्छ। यदि तिनीहरू नुहाउन नसकिने ठाउँमा गए भने, तिनीहरूलाई तनाव हुन्छ र धेरै कष्ट हुन्छ, र तिनीहरूले राम्ररी खान वा सुत्न सक्दैनन्। तिनीहरूले सोच्छन्, “मैले नुहाउन पाइनँ भने के गर्ने? म ननुहाई कहिल्यै पनि तीन दिनभन्दा बढी बसेको छैनँ। यदि म गन्हाउन थालेँ भने, के मानिसहरूले मलाई हेला गर्नेछन्? के मेरो छवि उप्रान्त सिद्ध रहनेछैन? के म अबदेखि अरूको सपनाको व्यक्ति हुनेछैनँ? मैले के गर्ने?” यदि तिनीहरू खराब जिउने अवस्था र पर्याप्त रूपमा पोषणयुक्त वा सन्तुलित नरहेको खाना खानुपर्ने ठाउँमा पुगे भने, तिनीहरूले चिन्ता गर्न थाल्छन्: “के यसले मेरो छालामा असर गर्नेछ? मेरो छाला खस्रो हुनेछ वा बूढो हुनेछ? के मेरो छाला चाउरी पर्नेछ? म यो ठाउँमा बस्न सक्दिनँ—म यहाँबाट जानुपर्छ!” तिनीहरूको अन्तर्निहित अवस्थाले ल्याउने श्रेष्ठताको बोधले तिनीहरूको जीवनलाई विशेष रूपमा जटिल बनाउँछ, जसले गर्दा तिनीहरू विशेष रूपमा थकाइलाग्दो र संयमित रूपमा जिउँछन्। तिनीहरूलाई अरूले तिनीहरूप्रति राख्ने दृष्टिकोणको बारेमा, विशेष गरी अरूले तिनीहरूको वस्त्र, व्यवहार, र आनीबानीलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराको बारेमा अत्यन्तै चिन्ता लाग्छ, तिनीहरूले अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्ने कुराको बारेमा धेरै वास्ता गर्छन्—यो कति हदसम्म पुग्छ? यहाँसम्म कि यसले तिनीहरूको सामान्य जीवन, काम, र कर्तव्य निर्वाह गर्ने कार्यमा असर गर्छ। तिनीहरूको रूपबाट आउने श्रेष्ठताको बोधले तिनीहरूलाई अत्यन्तै सतही तुल्याएको हुन्छ, तिनीहरूको रूपप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ, र अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्ने कुराप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ। यो कस्तो समस्या हो? के यी सबै प्रकटीकरणहरू दैनिक जीवनका समस्याहरूलाई सम्हाल्ने सही मनोवृत्ति हुन्? (होइनन्।) के यी तिनीहरूले आफ्नो दैनिक जीवनको अवधिमा विकास गरेका विकृत दृष्टिकोणहरू हुन्? (हुन्।) त्यसोभए, यी प्रकटीकरणहरू केसँग सम्बन्धित हुन्छन्? (ती तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छन्।) तिनीहरूको मानवताको कुन पक्षसँग यो कुरा सम्बन्धित हुन्छ? तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् त्यसमा के समस्या हुन्छ? के यो सतहीपन हो? (हो।) सतहीपन तिनीहरूको मानवताको एउटा समस्या हो। अरू के छ? अभिमान, अरूले तिनीहरूलाई कसरी बुझ्छन् भन्ने बारेमा चिन्ता गर्नु, अरूको नजरमा सबैभन्दा सिद्ध व्यक्ति बन्ने इच्छा गर्नु, र निश्चित रूपमा कमजोर हुने अवस्था र कठिनाइ भोग्न नसक्ने अवस्था। यसको साथै, स्वार्थ पनि हुन्छ। आफ्नो छवि कायम राख्नका लागि, तिनीहरूले सबैलाई तिनीहरूको प्रतीक्षा गर्न र सेवा गर्न लगाउँछन्, जबकि तिनीहरूले अलिकति पनि कठिनाइ भोग्न मान्दैनन्। तिनीहरूको प्राकृतिक रूपले ल्याउने श्रेष्ठताको बोधले तिनीहरूलाई सबै नै तिनीहरूको वरिपरि घुम्नुपर्छ भन्ने चाहना गराउँछ। तिनीहरूको दैनिक जीवनको मुख्य ध्यान र तिनीहरूले हासिल गर्ने उद्देश्य भनेको आफ्नो बाहिरी रूपलाई कायम राख्नु हो। उदाहरणका लागि, एउटा पटक, फोटो खिच्दा, कसैले मुस्कुराउँदा उसको दाँतमा लेटिसको टुक्रा अड्किएको देख्छ। त्यो क्षणदेखि, उसले लेटिस खान छोड्छ। यदि विकल्प त्यो मात्रै उपलब्ध छ र तिनीहरूसँग खाने बाहेक अरू कुनै विकल्प छैन भने पनि, तिनीहरूले खाना खाएपछि तुरुन्तै मुख धुन्छन् र बाहिर गएर अरूलाई हेर्ने आँट गर्नुभन्दा पहिले केही पनि दाँत अड्किएको छ कि छैन भनेर हेर्नका लागि ऐनामा हेर्नु नै पर्छ। के यो तिनीहरूको मानवताको समस्या हो? (हो।) दैनिक जीवनका यी आम समस्याहरू मानवताको दायराभित्र पर्छन् र ती भ्रष्ट स्वभावको स्तरमा पुगेका हुँदैनन्। तिनीहरूले सामना गर्ने समस्याहरू सबै मानव जीवनका पक्षहरूसँग मात्रै सम्बन्धित हुन्छन्—तिनीहरूले आफ्नो शारीरिक रूप र भित्री मागहरूमा ध्यान दिएर आफ्नो सुन्दरता र अरूबाट धेरै ध्यान पाउने अवस्थालाई कायम राख्ने प्रयास गर्छन्। तिनीहरूले जे गरे पनि—तिनीहरूले खाने, लुगा लगाउने, वा कठिनाइ भोग्ने र मूल्य चुकाउने कुरा भए पनि—यी समस्याहरूलाई सम्हाल्दा, तिनीहरूको दृष्टिकोण र मनोवृत्ति सबै तिनीहरूको बाहिरी छविलाई कायम राख्नमा केन्द्रित हुन्छ ताकि तिनीहरू हेर्दा सधैँ मनमोहक देखिऊन्, जसले गर्दा अरूले तिनीहरूको बारेमा राम्रो धारणा राखून् र तिनीहरूले धेरै ध्यान आकर्षित गरून्। के यसमा तिनीहरूको मानवता समावेश हुन्छ? (हुन्छ।) यी सबै प्रकटीकरणहरू तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छन्—तिनले तिनीहरूको मानवता अत्यन्तै सतही छ भन्ने देखाउँछन्।
अर्को प्रकारको व्यक्ति पनि छ, जसले विपरीत लिङ्गका मानिसहरू वरिपरि हुँदा आफ्नो प्रदर्शन गर्न सक्दो गर्छ, अझै कामुक देखिन विशेष तरिकाले लुगा लगाउने र मेकअप गर्ने प्रयास गर्छ। उदाहरणका लागि, तिनीहरू विशेष रूपमा परिचित रहेका दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा तिनीहरूको व्यवहार र रूप सामान्य नै हुन्छ, तर तिनीहरूको आफ्नै उमेर समूहको विपरीत लिङ्गको व्यक्ति देखा पर्न थाल्ने बित्तिकै, तिनीहरू भित्री रूपमा उत्साहित हुन्छन् र तिनीहरू विशेष वस्त्र लगाउन र स्वरूप बदल्न बाध्य हुन्छन्। कतिपय महिलाहरूले तुरुन्तै ओठमा अझै बाक्लो लाली लगाउँछन्, गाजल लगाउँछन्, र समय छ भने, अनुहारमा केही लाली लगाउँछन्। सामान्यतया, तिनीहरूले कपाल पछाडि बाँधेका हुन्छन्, तर तिनीहरूले आफूलाई मन पर्ने वा आकर्षक लाग्ने विपरीत लिङ्गको व्यक्तिलाई भेटेपछि, कपाल काँधसम्म छोडेर आफ्नो आकर्षकतालाई बढाउँछन्। यस बीच, कतिपय पुरुषहरूले आफ्नो कपाल चम्किलो बनाउँछन्, यसलाई कोरियाली, हङकङेली, वा पश्चिमी कपालको शैलीमा बनाउँछन्, दारी काट्छन्, चश्मा लगाउँछन्, राम्रा लुगा लगाउँछन्, र परिस्थितिले दियो भने, केही सेन्ट छिट्छन्, र यो सबै विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि गर्छन्। विपरीत लिङ्गका मानिसहरूसँग कुरा गर्दा, तिनीहरूले प्रायजसो धाक लगाउनका लागि केही सुन्दर शब्दहरू बोल्छन्, र यसको उद्देश्य आफ्नो सांस्कृतिक शिष्टता, सभ्यता, बुद्धि, र हास्यको बोधलाई प्रदर्शन गर्नु हो। यी सबै कार्यहरूको पछाडि रहेको तिनीहरूको अभिप्राय अत्यन्तै जानी-जानी राखिएको हुन्छ—तिनीहरूले विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि मात्रै यसो गर्छन्। कतिपय मानिसहरू, आफूलाई मन पर्ने विपरीत लिङ्गको व्यक्ति, वा उस्तै उमेरको विपरीत लिङ्गको व्यक्तिको बीचमा हुँदा, तिनीहरूले अझै जीवन्त व्यवहार गर्छन्, र अझै बढी बोल्छन्, र आफ्नो कुरा अझै राम्ररी व्यक्त गर्छन्, र तिनीहरूको आँखा अझै जीवन्त हुन्छ, र त्यो थकाइलाग्दो र बोधो हुन छोड्छ, र तिनीहरूको अनुहारको हाउभाउ पनि निकै फरक हुन्छ। के भइरहेको छ? विपरीत लिङ्गको व्यक्तिलाई देख्दा तिनीहरू किन विशेष रूपमा प्रभावित भएको र अप्राकृतिक देखिन्छन्? जब विपरीत लिङ्गका सदस्यहरू पहिलो पटक भेट्छन्, तब तिनीहरूलाई प्रायजसो अलिक लाज लाग्छ, तर केही भेटपछि, तिनीहरू अझै परिचित हुन्छन्, र तिनीहरूले अझै स्वाभाविक रूपमा व्यवहार गर्छन्। तैपनि, कतिपय मानिसहरू विपरीत लिङ्गका मानिसहरूलाई देख्दा विशेष रूपमा जीवन्त र उत्साहित हुन्छन्। यो कस्तो समस्या हो? (यो कामुकतासँग सम्बन्धित छ, जुन भ्रष्ट स्वभावको स्तरमा पुग्छ।) यो कस्तो भ्रष्ट स्वभाव हो? (दुष्टता।) के तिनीहरूको मानवतामा समस्या हुँदैन र? (हुन्छ।) कडाइका साथ भन्दा, यो त्यस्ता मानिसहरूको मानवताको समस्या हो। तिनीहरूको मानवताको कुन पक्ष समस्याग्रस्त हुन्छ? यो विपरीत लिङ्गका मानिसहरूसँगको अन्तरक्रियाको समस्या हो। गैर-विश्वासीहरूले यसलाई कसरी व्याख्या गर्छन्? तिनीहरूले यसलाई “पहुँचको समस्या” भनेर भन्छन्, होइन र? (हो।) यदि यसमा भ्रष्ट स्वभाव समावेश छ भने, यसलाई उचित रूपमा नै दुष्टता भनेर सारांशित गर्न सकिन्छ; तर अझै उचित रूपमा भन्दा, यो विपरीत लिङ्गसँगको अन्तरक्रियाप्रतिको व्यक्तिको मानवतासँग सम्बन्धित शैलीसँग सम्बन्धित हुन्छ। विपरीत लिङ्गीलाई भेट्दा, कतिपय मानिसहरू विशेष रूपमा जीवन्त हुन्छन्, र विशेष रूपमा सकारात्मक र सक्रिय बन्छन्। यी “विशेष कुराहरू” ले मानिसहरूले प्रकट गर्ने कुरा व्यक्तिको मानवतासँग सम्बन्धित शैलीसँग सम्बन्धित हुन्छ। यो शैली सामान्य हो कि असामान्य? (असामान्य।) त्यसोभए, के यसलाई दुष्ट भनेर व्याख्या गर्न सकिन्छ? के यो दुष्ट छ भनेर भन्नु उचित हुन्छ? के यो अलिक खराब छ भनेर भन्नु ठीक हुन्छ? (हुन्छ।) त्यस्ता मानिसहरू अलिक खराब हुन्छन्। जहाँ तिनीहरूलाई मन पर्ने विपरीत लिङ्गी व्यक्ति हुन्छ, तिनीहरू त्यो व्यक्तिको समूहप्रति आकर्षित हुन्छन्, तिनीहरू त्यस व्यक्तिको साथमा बस्न जिद्दी गर्छन्, र शारीरिक छुवाइ कायम गर्छन् र आँखा जुधाउँछन्। यसले तिनीहरूको चरित्रको समस्यालाई प्रतिबिम्बित गर्छ—तिनीहरू असंयमी, नराम्रो व्यवहार गर्ने, र खराब हुन्छन्। यदि कुनै व्यक्ति सतही छ भने, ऊ उही लिङ्गीसँग हुँदा होस् वा विपरीत लिङ्गीसँग हुँदा होस् उसको प्रकटीकरण उस्तै हुनुपर्छ—उसले राम्रो देखिन, र अरूले मन पराएको, आदर गरेको, र कदर गरेको मात्रै चाहन्छ। यो तिनीहरूको मानवताको सतही हुनुको समस्या हो। तैपनि, यदि तिनीहरूको अभिप्राय विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नु र उसलाई जिस्क्याउनु हो भने, यो विपरीत लिङ्गको व्यक्तिसँगको अन्तरक्रियाप्रतिको तिनीहरूको शैलीको मामला बन्छ। यदि कुनै व्यक्ति अत्यन्तै सतही छ र यसले उसको सामान्य जीवनमा असर गर्छ भने, यो उसको मानवताको एउटा पक्षको त्रुटि वा समस्या मात्रै हो। तर यदि कसैले विपरीत लिङ्गका मानिसहरूलाई आकर्षित गर्ने, कामुक, आकर्षक देखिने, र अरूको ध्यान तान्ने उद्देश्यले विशेष रूपमा लुगा लगाउँछ भने, त्यो दुष्ट, नीच, र खराब शैलीको सङ्केत हो। कतिपय मानिसहरू जति धेरै मानिसहरू उपस्थित हुन्छन् तिनीहरू त्यति नै खराब हुन्छन्, सधैँ विपरीत लिङ्गका मानिसहरूसँग सम्पर्क खोज्छन् र तिनीहरूको अगाडि प्रदर्शन गर्छन्। गैर-विश्वासीहरूका बीचमा जुनसुकै प्रचलन आएको भए पनि, तिनीहरूले त्यसरी नै वस्त्र लगाउँछन्। विशेष गरी भेलाहरूमा सहभागी हुँदा वा क्यामेराको अगाडि देखा पर्दा, विपरीत लिङ्गका जति धेरै सदस्यहरू हुन्छन्, तिनीहरूलाई त्यति नै राम्रो लुगा लगाउन मन लाग्छ। कतिपय महिलाहरूले बाहुला नभएको छोटो लुगा लगाउँछन्, कपाल छोड्छन्, चहकिलो लिपस्टिक लगाउँछन्, र गालामा लाली लगाउँछन्। कतिपयले नाकको रूपरेखा समेत बनाउँछन्, आँखामा गाजल लगाउँछन्, र सबै किसिमका गहना लगाउँछन्। तिनीहरूले विपरीत लिङ्गका मानिसहरूलाई आकर्षित गर्ने शैलीमा लुगा लगाउँछन्। सतही हुनुभन्दा यो अझै गम्भीर कुरा हो। यदि सतहीपन व्यक्तिको मानवताको एउटा पक्षको कमीकमजोरी वा त्रुटि हो, र यो सानो समस्या हो भने, विपरीत लिङ्गी सम्बन्धहरूका दुष्ट र खराब पक्षहरू प्रमुख समस्या हुन्। सतही व्यक्ति कामुक क्रियाकलापहरूमा संलग्न नहुन सक्छ, तर दुष्ट र नीच दुवै मानिसहरूमध्ये, नब्बे प्रतिशतभन्दा बढी मानिसहरू कामुक क्रियाकलापहरूमा संलग्न हुने सम्भावना हुन्छ। मैले किन यसो भनेँ? यदि कुनै व्यक्तिले विपरीत लिङ्गका मानिसहरूसँगको आफ्नो अन्तरक्रियालाई ठूलो महत्त्व दिन्छ, र विपरीत लिङ्गका मानिसहरूका अगाडि प्रदर्शन गर्न र आफूलाई देखाउन विशेष मन पराउँछ भने, त्यस्तो व्यक्तिले विपरीत लिङ्गका मानिसहरूलाई फसाउने सम्भावना निकै हुन्छ। विपरीत लिङ्गका मानिसहरूलाई तिनीहरूमा फस्न लगाउनुको उद्देश्य के हो? यो अनुचित सम्बन्धहरूमा संलग्न हुनु हो। यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई लापरवाह रूपमा कामुकतामा लोभ्याउन सक्छन् भने, के यसले विपरीत लिङ्गको व्यक्तिसँगको सम्बन्धमा तिनीहरू अत्यन्तै लापरवाह हुन्छन् भन्ने कुरालाई जनाउँदैन र? (जनाउँछ।) त्यस्ता मानिसहरूसँग कुनै इज्जत हुँदैन; तिनीहरूले अरूलाई लापरवाह रूपमा जिस्क्याउँछन् र कामुकतामा अग्रसरता समेत लिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई जिस्क्याउँछन्, तिनीहरू त्यति नै खुशी हुन्छन्, र तिनीहरूले मन पराको कसैलाई कहिल्यै इन्कार गर्दैनन्। यो कस्तो व्यक्ति हो? तिनीहरूमा रहेका भ्रष्ट स्वभावहरूलाई अहिलेका लागि पन्छाएर हेर्दा, के यस्तो मानवता असल हुन्छ? (हुँदैन।) तिनीहरूको मानवताका अरू पक्षहरूमा तिनीहरूमा जे-जस्ता सबल पक्ष वा कमीकमजोरीहरू भए पनि, यदि तिनीहरू विपरीत लिङ्गीसँगको अन्तरक्रियाप्रतिको तिनीहरूको शैलीमा विशेष रूपमा लापरवाह, तुच्छ, र भोगी हुन्छन् भने, तिनीहरूको मानवता असल छैन भन्ने कुरा देखाउन यो मात्रै पर्याप्त हुन्छ। यदि तिनीहरूले कुनै पनि समय वा स्थानमा गल्ती गर्न वा सीमा पार गर्न सक्छन् भने, के यो गम्भीर समस्या होइन र? (हो।) के त्यस्तो व्यक्ति भरपर्दो हुन्छ? (हुँदैन।) तिनीहरूको अविश्वासनीयताको जड के हो? यो तिनीहरूको दुष्ट प्रकृतिमा हुन्छ। तिनीहरूले कुनै पनि समय र स्थानमा कामुक विचारहरू गर्न सक्छन्, र कुनै पनि समय र स्थानमा विपरीत लिङ्गको व्यक्तिलाई कामुक प्रलोभनमा पार्न सक्छन्—तिनीहरूको मन यी विचारहरूले मात्रै ओगटेको हुन्छ। यदि वातावरण वा परिस्थितिहरूले अनुमति दिएन भने, वा तिनीहरूसँग राम्ररी लुगा लगाउनका लागि पर्याप्त समय छैन भने, तिनीहरूले अझै पनि उपाय खोज्छन्; तिनीहरूले जिस्क्याउँदै नजर लगाउँछन् र आफ्नो रूप वा अभिव्यक्ति प्रदर्शन गर्छन्, र अरूलाई लोभ्याउन आँखा जुधाउँछन्। त्यस्ता मानिसहरू व्यर्थका हुन्छन्; तिनीहरू कति अविश्वासनीय हुन्छन्! तिनीहरू तुच्छ, लम्पट, र लापरवाह हुन्छन्, र कुनै पनि बेला र स्थानमा तिनीहरूले अरूलाई पाप गर्न र अपराध गर्न लगाउन सक्छन्; त्यस्ता मानिसहरूको मानवतामा कुनै लाजको बोध हुँदैन, तिनीहरू अपरिवर्तनीय हुन्छन्। के त्यस्ता मानिसहरू डरलाग्दा हुन्छन्? (हुन्छन्।) अनि तिनीहरूले यी लाजमर्दा कुराहरू हुन् भन्ने सोच्छैनन्; जति धेरै मानिसहरू भए पनि, तिनीहरूले खुलस्त यसरी लुगा लगाउँछन् र प्रदर्शन गर्छन्, यसरी भोगी व्यवहार गर्छन् र अरूलाई यस्तो तरिकाले प्रलोभनमा पार्छन्। के भइरहेको छ भन्ने समेत अरूलाई थाहा हुँदैन—तिनीहरू अझै पनि आफ्नो सामान्य काममा, सँगै गफ गर्ने, वा कुराकानी गर्ने कार्यमा ध्यान दिँदा, यी व्यक्तिहरू पहिले नै कसैलाई लोभ्याउने नजरले हेर्दै उसँग जिस्किसकेका हुन्छन्। त्यस्ता मानिसहरू कति घृणित र डरलाग्दा हुन्छन् हेर त! तिनीहरूसँग कुनै लाज हुँदैन, होइन र? लाजविनाका मानिसहरूले निरन्तर अपराध गर्छन्, र तिनीहरूको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू नरकमा दण्डित हुनेछन्।) परमेश्वरका वचनहरूले के भन्छन्? “अपराधले मानिसलाई नरकमा पुर्याउँछ।” त्यसकारण, यदि तेरो मानवताका समस्याहरू अत्यन्तै गम्भीर छन् भने, तँ ठूलो खतरामा हुन्छस्। यदि कुनै हिसाबमा व्यक्तिको कमजोर मानवता खराब छ भने, यसलाई सुधार गर्ने अवसरहरू हुन सक्छन्। तैपनि, यदि स्वाभाविक रूपमा नै तिनीहरूमा कुनै लाजको बोध नभएकोले, र तिनीहरूले कुनै पनि समय र स्थानमा अरूलाई परीक्षामा पार्न सक्ने हुनाले, तिनीहरूको मानवताको कुनै पक्ष कमजोर छ र—तिनीहरूले स्पष्ट रूपमा भ्रष्ट स्वभाव प्रकट गरेका छैनन् भने पनि—तिनीहरूले अझै पनि गम्भीर परिणामहरू ल्याउने गम्भीर अपराधहरू गर्न सक्छन् भने, त्यस्ता मानिसहरूको आनीबानीमा कुनै सीमा हुँदैन, तिनीहरूको चरित्र विशेष रूपमा खराब हुन्छ, र तिनीहरूले केही अपराधहरू गरे भने, यसले तिनीहरूलाई बरबाद गर्न सक्छ। मानवताका समस्याहरूका हकमा भन्दा, तिनीहरूले अघि बढ्ने आफ्नै मार्गलाई अवरुद्ध गरेका हुन्छन्। किनभने तिनीहरूको मानवता यति कमजोर हुन्छ र तिनीहरूको अपराध यति धेरै हुन्छ कि तिनीहरूलाई नरकमा पठाउनको लागि त्यो पर्याप्त हुन्छ, र तिनीहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा हिँड्ने कुनै अवसर नपाई तिनीहरूका लागि सबै कुरा समाप्त भएको हुनेछ। लाजको बोधको कमी हुनु व्यक्तिको मानवतासँग सम्बन्धित अत्यन्तै गम्भीर समस्या हो। कडाइका साथ भन्दा, यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन; यो व्यक्तिले आफ्नो आनीबानी प्रस्तुत गर्दा र निश्चित मामलाहरूलाई सम्हाल्दा अपनाउने तरिका, मनोवृत्ति मात्रै हो। यो मनोवृत्ति तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र यसले अपराधहरू गर्ने अवस्था ल्याउने सक्छ, जसले गर्दा समस्या गम्भीर हुन्छ।
कतिपय मानिसहरूलाई नाच्न मन पर्छ र तिनीहरूले चाँडै नै नृत्यको नियमित अभ्यास गर्न सिक्छन्। शिक्षकले तीन पटक देखाएपछि, तिनीहरू नृत्यको लय र चालहरूमा आधारभूत रूपमा पोख्त हुन्छन् र यसलाई सटीक रूपमा प्रस्तुत गर्न सक्छन्। तिनीहरूले निकै राम्ररी नाच्छन् र पुरस्कार समेत पाएका हुन्छन्, अनि तिनीहरूले नृत्यसँग सम्बन्धित करियर पछ्याउने आशा गर्छन्, सायद नृत्य शिक्षक वा कलाकारको रूपमा। यो कुन पक्षसँग सम्बन्धित छ? (यो तिनीहरूको चासो र रुचिहरूसँग सम्बन्धित हुन्छ।) यो तिनीहरूको सबल पक्ष हो; यो तिनीहरूको चासो र रुचि हो। तिनीहरूले निकै चाँडै नृत्य सिक्छन्, यसले तिनीहरू नृत्य गर्न निकै सिपालु छन् भन्ने कुरा देखाउँछ; तिनीहरूले स्वाभाविक रूपमै यस्तो कुरालाई सटीकताको साथ बुझ्छन् र सजिलै बुझ्छन्। यो एउटा सामर्थ्य हो, होइन र? (हो।) यस विषयमा तिनीहरूमा एउटा सामर्थ्य हुन्छ। नृत्य सिकेपछि, तिनीहरूलाई नाच्न पनि मनपर्छ, तिनीहरूलाई नाच्न उत्कट इच्छा हुन्छ; यति मात्र होइन, तिनीहरूले भविष्यमा नृत्यसँग सम्बन्धित करियर पछ्याउने योजना बनाउँछन्, र तिनीहरूको भविष्यको जीवन र भविष्यको यात्रामा नृत्यको साथ होस् भन्ने अभिप्राय राख्छन्—यो तिनीहरूको चासो र रुचिहरूसँग सम्बन्धित हुन्छ। नृत्य तिनीहरूको सामर्थ्य र तिनीहरूको चासो र रुचि दुवै हो—यो तिनीहरूको अन्तर्निहित अवस्था हो। कतिपय मानिसहरूमा यो अन्तर्निहित अवस्था हुन्छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूलाई नृत्य भिडियोहरू हेर्न पनि मन पर्छ। त्यसकारण, तिनीहरूले आफूले सिकेको कुरालाई आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न सकिन्छ र यो परमेश्वरको घरमा उपयोगी हुन सक्छ, र परमेश्वरले सम्झनुहुने गरी आफ्ना असल कार्यहरू तयार गर्न सक्छन् भन्ने आशा गर्दै परमेश्वरको घरमा नाच्ने कर्तव्य लिन्छन्। तिनीहरूको नृत्यको जग दह्रिलो हुन्छ, र तिनीहरूले विभिन्न प्रकारका नृत्य पनि चाँडै सिक्छन्। परमेश्वरको घरका मापदण्डहरू अनुसार नृत्य कार्यक्रमहरू बनाउने क्रममा, तिनीहरू केही पनि नलुकाई आफूले सिकेको सबै कुरा अरूलाई सिकाउन तयार हुन्छन्। तिनीहरूले अरूले भन्दा धेरै प्रकारका नृत्य सिकेका भए पनि र तिनीहरू आफ्नो पेसामा अझै सिपालु भए पनि, तिनीहरूले धाक लगाउँदैनन्। तिनीहरू अरूसँग मैत्रीपूर्ण रूपमा मिलेर बस्छन् र आफूले सिकेको कुरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै धैर्यताको साथ सिकाउँछन्। यो केको प्रकटीकरण हो? (यो तिनीहरूको मानवताको प्रकटीकरण हो।) तिनीहरूको मानवता असल हुन्छ कि हुँदैन? (तिनीहरूको मानवता असल हुन्छ।) यो कुन-कुन तरिकाले असल हुन्छ? (तिनीहरूले अरूलाई आफूले जानेको सबै कुरा केही नलुकाई सिकाउन सक्छन्, अरूलाई आफूसँग भएको कुरा सिक्न दिन्छन्—यो असल मानवता हो।) तिनीहरूले आफूले सिकेको केही नलुकाई सबै कुरा अरूलाई सिकाउन सक्छन्। तिनीहरूसँग अरू के-कस्ता राम्रा गुणहरू हुन्छन्? तिनीहरूले साँच्चै धाक लगाउँदैनन्। यस्तो व्यक्तिको मानवता राम्रो हुन्छ। नृत्यमा तिनीहरूको सामर्थ्य हुने हुनाले, तिनीहरूले परमेश्वरको घरमा नृत्यसँग सम्बन्धित कर्तव्य लिन्छन्। तर केही समयपछि, कामका आवश्यकताहरूका कारण, परमेश्वरको घरले तिनीहरूलाई अरू उपयुक्त काम गर्न लगाउँछ। तिनीहरूले मनमनै सोच्छन्, “के मैले नृत्य सिक्दै बिताएको बीस वर्ष बरबाद गरेको छु? अहिले मलाई नृत्यसँग सम्बन्धित नभएको काम गर्न लगाइएको हुनाले, मलाई अत्यन्तै असन्तुष्टि भएको छ! मलाई समूह अगुवा वा सुपरभाइजर बनाउनुको सट्टा किन मैले आफ्नो शक्ति, मेरो सबल पक्ष प्रयोग गर्न दिइँदैन? यो मेरो सामर्थ्य होइन, र यो काम कसरी गर्ने मलाई थाहा छैन। यो मैले कहिल्यै अपेक्षा नगरेको कुरा हो।” तिनीहरूले बाहिरी रूपमा “यो सबै परमेश्वरका बन्दोबस्तहरूको भाग हो, र म समर्पित हुन तयार छु” भनेर भने पनि, वास्तवमा, अगुवाहरूले जे भने पनि, तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छन् र यसलाई स्वीकार गर्दैनन्। तिनीहरूले सोच्छन्, “तिमीहरूमा व्यावसायिक ज्ञानको कमी छ र पनि तिमीहरू हामीलाई अगुवाइ गर्न आएका हौ। तिमीहरूले धर्मसिद्धान्तको बारेमा मात्रै कुरा गर्छौ। तिमीहरू मभन्दा असल छैनौ!” यो केको प्रकटीकरण हो? (आन्तरिक अवज्ञा।) यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावको प्रकाश हो? (हो।) तिनीहरूको मानवता सामान्यतया स्वीकार्य भए पनि—तिनीहरू अरूसँग सहकार्य गर्न, दयालु हुन, र असल व्यक्ति बन्न, बाधा र अवरोध नदिन वा दुष्कर्म र समस्या पैदा नगर्न तयार भए पनि—तिनीहरूको व्यक्तिपरक इच्छाको हिसाबमा, तिनीहरू परमेश्वरको घरका बन्दोबस्तहरूमा समर्पित हुन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तयार भए पनि, जब तिनीहरूको हैसियतको कुरा आउँछ, वा तिनीहरूको आफ्नै धारणा र इच्छाहरूसँग नमिल्ने मामलाहरूको कुरा आउँछ, तब के तिनीहरूसँग समर्पण हुन्छ? के तिनीहरूले सत्यताको खोजी गर्ने कुनै प्रकटीकरण देखाउँछन्? (देखाउँदैनन्।) त्यसोभए, तिनीहरूले के प्रकट गर्छन्? (तिनीहरूले परमेश्वरको घरका बन्दोबस्तहरूप्रति प्रतिरोध, गुनासोलाई, र समर्पणको कमीलाई प्रकट गर्छन्।) ठीक भन्यौ। त्यसोभए, यी प्रकटीकरणहरूलाई कस्तो समस्याको रूपमा सारांशित गर्न सकिन्छ? (भ्रष्ट स्वभाव।) बाहिरी रूपमा तिनीहरूको मानवता दयालु देखिए पनि र तिनीहरूले अगुवाहरूलाई खुलस्त विरोध नगरे पनि, चिच्याउने, वा आलोचना गर्ने नगरे पनि, यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश हो। तिनीहरूले कस्तो भ्रष्ट स्वभाव प्रकाश गर्छन्? (अहङ्कारी स्वभाव।) ठीक भन्यौ, अहङ्कार। तिनीहरूले आफू निश्चित क्षेत्रमा सिपालु छु र तिनीहरूको मानवता निकै राम्रो छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरूले मण्डली अगुवाहरूका बन्दोबस्तहरूमा समर्पित हुन इन्कार गर्नका लागि यसलाई पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले सत्यताको खोजी गर्दैनन् र आफूले मन पराएको कर्तव्य निर्वाह गर्न चाहन्छन्। मण्डलीले तिनीहरूलाई उचित कर्तव्य दिएको बेला पनि, तिनीहरूले यसलाई स्वीकार गर्न सक्दैनन्, र यदि कुनै कुरा तिनीहरूका धारणा र कल्पनाहरू अनुरूप छैन भने, यो परमेश्वरको घरको बन्दोबस्त भए पनि, तिनीहरूले समर्पित हुन मान्दैनन्। यी विद्रोहीपन र अहङ्कारी स्वभावका प्रकटीकरणहरू हुन्। तिनीहरूले प्रदर्शन गर्ने यी श्रृंखलाबद्ध प्रकटीकरणहरूलाई हेर: तिनीहरूको अन्तर्निहित अवस्थाका सबल पक्षहरूदेखि, तिनीहरूको मानवता, र अन्तिममा तिनीहरूको भ्रष्ट स्वभावसम्म—तिनीहरूका प्रकटीकरणहरूले यी तीन वटा फरक-फरक पक्षहरूलाई समावेश गर्छन्। तिनीहरूको अन्तर्निहित अवस्थाका सबल पक्षहरू तिनीहरूले जन्मदा नै लिएर आएका कुरा हुन्, र त्यसमा आलोचना गर्नुपर्ने केही कुरा हुँदैन। तिनीहरू जे कुरामा सिपालु भए पनि, यसको अर्थ तिनीहरूमा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन, न त यसले तिनीहरूको चरित्र असल छ कि खराब छ भन्ने कुरालाई नै देखाउन सक्छ। तैपनि, निश्चित अन्तर्निहित अवस्थाहरूले पैदा गरेको श्रेष्ठताको बोध, वा सांसारिक सार्वजनिक विचारले तिनीहरूमा लादेको स्थान र विशेषताले तिनीहरूको मानवतालाई विकृत गर्न सक्छ। यो विकृत हुनुको अर्थ के हो? यसको अर्थ व्यक्तिमा अरूले तुलनात्मक रूपमा सकारात्मक रूपमा हेर्ने केही अन्तर्निहित अवस्थाहरू हुने हुनाले, र उसले समाजका कतिपय मानिसहरूको आदर र सम्मान प्राप्त गर्ने हुनाले, उसले आफ्नो मूल्य र स्थानको बारेमा गलत चित्रण निर्माण गर्छ। तिनीहरूले आफू निकै असल छु, आफू अरूभन्दा श्रेष्ठ छु भन्ने सोच्छन्, र मानिसहरूलाई हेला गर्न थाल्छन्, सधैँ तिनीहरू सही छन् र तिनीहरूका सबै कुरा असल छन् भन्ने विश्वास गर्छन्, र तिनीहरूले अरूले तिनीहरूको कुरा सुनून् र तिनीहरूलाई पछ्याऊन् भन्ने चाहन्छन्। त्यस्तो अवस्थामा, परिस्थितिहरूप्रतिको तिनीहरूको दृष्टिकोण र अडान सबै गलत हुन्छन्। यी गलत दृष्टिकोण र अडानहरू लिएर, व्यक्तिले संसार र दुष्ट मानवजातिलाई पछ्याउनेछ। दुष्ट मानवजाति र दुष्ट संसारलाई पछ्याउनुको अर्थ के हो? यसको तात्पर्य के हो भने तँ यो दुष्ट संसार र दुष्ट मानवजातिबाट आउने भ्रमपूर्ण विचार र दृष्टिकोणहरू अनुसार जिउनेछस्, र तैँले सबै कुरालाई छुट्याउन र चित्रण गर्न यी भ्रमपूर्ण विचार, दृष्टिकोण, र भनाइहरू प्रयोग गर्नेछस्। उदाहरणका लागि, मानौँ तँ निकै सुन्दर छस्, तेरो राम्रो जीउडाल छ र राम्रो देखिन्छस्—यी अन्तर्निहित अवस्थाहरू हुन्, जुन परमेश्वरले दिनुभएको हुन्छ। यसमा केही गलत छैन; यो तथ्य मात्रै हो। तैपनि, यो समाज र यो दुष्ट मानवजातिले यसलाई दिने गलत स्थानको कारण, यो तथ्यले तँलाई घमण्डी र भोगी, सतही, र घमण्डी बनाउन सक्छ। भन्नुको अर्थ, यो समाज र मानवजातिका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूले आकार दिएको मानसिकता, परीक्षा, र आकार दिएको कुराहरू लगायत तँमा अन्तर्निहित र उत्कृष्ट अवस्थाहरू भएको कारण, तेरो मानवता विकृत हुन्छ। “विकृत” ले केलाई जनाउँछ? तँसँग यी अन्तर्निहित अवस्थाहरू हुनु आफैमा पूर्ण रूपमा सामान्य कुरा हो—सुन्दर हुनु असाधारण कुरा होइन; यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुँदैन, न त यसको अर्थ तँ कुलीन छस् भन्ने नै हुन्छ। यसको अर्थ तँ राम्रो देखिन्छस्, प्रस्तुत गर्न लायक देखिन्छस्, र मानिसहरू तँलाई अलिक बढी हेर्न इच्छुक हुन सक्छन् भन्ने मात्रै हुन्छ; तँ अरूका लागि झिजो लाग्दो वा अप्रिय हुँदैनस्, यति हो। तैपनि, सुन्दरता, आकर्षकता, र स्तरीयता, उच्च स्तरीय ग्लैमर सम्बन्धी विचारहरूलाई आदर्श ठानिने सामाजिक वातावरणमा, यो प्रचलनले तँलाई धकेलेर चरमतामा पुर्याउँछ, जसले गर्दा तेरो मानवता अभिमानी, भोगी, र सतही बन्छ। सुन्दर रूप हुनु अन्तर्निहित अवस्था हो। परमेश्वरले तँलाई अभिमानी, भोगी, वा सतही बनाउनका लागि दिनुभएको होइन, तर तैँले यसलाई सामान्य रूपमा हेरेको होस् भन्ने उहाँले चाहनुहुन्छ: “परमेश्वरलाई यो अन्तर्निहित अवस्था, यो रूप दिनुभएकोमा धन्यवाद होस्। यो परमेश्वरको अनुग्रह र वरदान हो। म परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। मसँग घमण्ड गर्ने केही कारण छैन।” यस्तो अन्तर्निहित अवस्था भएको व्यक्तिले परमेश्वरका शिक्षाहरू अनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्नुपर्छ र आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्नुपर्छ। तैपनि, तिनीहरूले समाज र शैतानका विभिन्न विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेपछि, सुन्दरता र आकर्षकतालाई पूँजीको रूपमा हेर्न थाल्छन्। त्यसपछि तिनीहरूले हरेक समूहका हरेक व्यक्तिबाट अनुमोदन पाउन यो पूँजीको प्रयोग गर्छन्, र आफूले चाहेको कुरा प्राप्त गर्न यो अन्तर्निहित र आधारभूत अवस्थाको फाइदा लिन्छन्। कतिपयले यो अन्तर्निहित अवस्थालाई कानुन तोड्ने, नैतिक सीमाहरू उल्लङ्घन गर्ने, वा मानवताको विरुद्धमा जाने कुराहरू गर्न समेत प्रयोग गर्छन्। व्यक्तिको मानवतामा केही विकृत र चरम कुराहरू समावेश हुनुको कारण भनेको समाज र दुष्ट मानवजातिका केही विधर्म, भ्रम, र गलत सार्वजनिक विचारहरूले गम्भीर प्रभाव पार्नु हो। मानिसहरूमा अन्तर्निहित रूपमा सत्यता र खुट्ट्याउने क्षमता नहुने हुनाले, तिनीहरूले स्वाभाविक रूपमा नै समाज र दुष्ट मानवजातिबाट आएका यी सार्वजनिक विचार, भनाइ, र सिद्धान्तहरूलाई स्वीकार गर्छन्। तिनीहरूले यी नकारात्मक कुराहरूलाई सही हुन् जस्तै गरी लिन्छन्, र यी भ्रमपूर्ण र दुष्ट विचार र दृष्टिकोणहरूको अगुवाइमा, तिनीहरूको विवेक र समझमा उत्थान हुँदैन वा त्यो शुद्ध हुँदैन, तर विकृत र क्षतिग्रस्त हुन्छ। यदि यो समाजले सुन्दर पुरुष र सुन्दर महिलाहरूलाई प्रशंसा वा तारिफ गर्दैनथियो, र तँलाई परीक्षामा पार्ने वा आकार दिने कुनै बाहिरी विचारहरू थिएनन् भने—यदि, तँ जहाँ गए पनि, कसैले पनि तेरो सुन्दर रूपका लागि तँलाई प्रशंसा गर्दैन, तँलाई विशेष व्यवहार गर्दैन, वा विभिन्न कुराहरू गर्न परीक्षा गर्दैन वा दबाब दिँदैन भने—तैँले स्वाभाविक रूपमा सुन्दर रूप हुनु पूर्ण रूपमा सामान्य कुरा हो र यसको बारेमा घमण्ड गरिरहनु पर्दैन भन्ने कुरा देख्नेथिइस्। यसको अर्थ तैँले आफ्नो अन्तर्निहित र आधारभूत स्थितिको आधारमा आफूले गर्नुपर्ने कुराहरू गर्नेथिइस्, र तँसँग यस्तो उत्कृष्ट अन्तर्निहित अवस्था भएकोले मात्रै तैँले गर्नुपर्ने कुराहरू गर्नेथिइनस् भन्ने हुन्छ। तैपनि, बाहिरी वातावरणको परीक्षा र भ्रष्टताको कारण, तैँले स्वाभाविक रूपमै सुन्दर हुनु असाधारण कुरा हो र यसले तँलाई अरूभन्दा असल बनाउँछ भन्ने विश्वास गर्छस्। कुनै आत्म-नियन्त्रणको कमी भएको हुनाले, तैँले अरूलाई परीक्षामा पार्न आफ्नो आकर्षक रूपको प्रयोग गर्छस्, विवेक र समझको बन्धन तोड्छस् र आत्म-व्यवहारका सीमाहरू पार गर्छस्। फरक-फरक वातावरणमा, तैँले आफ्नो श्रेष्ठ अन्तर्निहित अवस्थाको फाइदा उठाएर र आफूले चाहेका फाइदाहरू प्राप्त गर्नका लागि विभिन्न युक्तिहरू प्रयोग गर्दै विभिन्न भ्रष्ट स्वभावहरू प्रकट गर्न सक्छस्। अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूको बीचमा रहेको सम्बन्ध यही हो। कहिलेकहीँ, यी तीन पक्षहरूका बीचमा निश्चित सम्बन्ध हुन्छ, र अवश्य नै, कहिलेकहीँ पहिलो दुई वा अन्तिम दुई पक्षहरूका बीचमा अत्यावश्यक सम्बन्ध हुन्छ। बुझ्यौ? (अहिले हामीले अलिक बढी बुझेका छौं।) कम्तीमा पनि तैँले के कुरा जान्नुपर्छ? कुनै पनि अन्तर्निहित अवस्था आफैमा गलत हुँदैन; यो व्यक्तिको मानवताको आधारभूत अवस्था मात्रै हो। मानिसहरूको मानवताको हकमा भन्दा असल र खराब, सकारात्मक र नकारात्मक कुराहरू हुन्छन्। त्यसोभए, भ्रष्ट स्वभाव कसरी पैदा हुन्छ? यो तब पैदा हुन्छ जब व्यक्ति आफ्नो भित्री र अन्तर्निहित अवस्थाको आधारमा शैतानका विभिन्न विचार र दर्शनहरूले उसको मगज भरेको हुन्छ, र यो मानसिकताले गर्दा विभिन्न गलत दृष्टिकोणहरू पैदा हुन्छन्, र ती कुरा व्यक्तिले बाँच्नका लागि भरोसा गर्ने जीवन सार बन्छन्। भ्रष्ट स्वभाव भनेको यही हो।
भर्खरै, हामीले अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावका फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। हामीले दश वटा अन्तर्निहित अवस्थालाई सूचीकृत गर्यौँ, र हामीले मानवतासँग सम्बन्धित विभिन्न प्रकटीकरणहरूका बारेमा पनि सङ्गति गर्यौँ। अब, हामी यसलाई सारांशित गरौँ: हामीले मानवताका कुन-कुन फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्यौँ? (मानवताको हिसाबमा भन्दा, असल मानवताका प्रकटीकरणहरू हुन्छन् र खराब मानवताका प्रकटीकरणहरू हुन्छन्। परमेश्वरले भर्खरै केही उदाहरणहरू दिनुभयो। कतिपय मानिसहरूमा स्वाभाविक रूपमै निश्चित क्षेत्रको बारेमा निश्चित सामर्थ्य हुन्छ र तिनीहरू निश्चित प्राविधिक पेसामा सिपालु हुन्छन्, र तिनीहरूले केही नलुकाई अरूलाई सिकाउन सक्छन्। कतिपय मानिसहरूले अरूबाट फाइदा लिँदैनन् पनि। यी तुलनात्मक रूपमा असल मानवताका प्रकटीकरणहरू हुन्। परमेश्वरले खराब मानवताका प्रकटीकरणहरूका उदाहरणहरू पनि प्रदान गर्नुभयो। उदाहरणका लागि, नीच र फोहोरी मानवता हुनु, र अरूको पिठ्यूँ पछाडि कुराकानी गर्न निरन्तर चियोचर्चो गर्न मन पराउनु; अनि विपरीत लिङ्गीसँगको अन्तरक्रियामा व्यक्तिको शैलीको हिसाबमा भन्दा, लापरवाह हुनु, र गरिमा र इज्जतको कमी हुनु; अनि अरूसँगको अन्तरक्रियामा स्वार्थी, नीच हुनु, र फाइदा लिन मन पराउनु, साथै अलिकति पनि विवेक वा समझविना अरूसँगको अन्तरक्रियामा अति षड्यन्त्रकारी हुनु—यी सबै खराब मानवताका प्रकटीकरणहरू हुन्।) खराब मानवताका प्रकटीकरणहरूमध्ये, सबैभन्दा खराब कुन हो? कुन प्रकारको व्यक्ति तिमीहरूलाई सबैभन्दा अप्रिय लाग्छ? (कुनै लाजको बोध नभएका र विपरीत लिङ्गीसँगको अन्तरक्रियामा विशेष रूपमा लापरवाह हुने मानिसहरू।) लापरवाह, लम्पट, र लाजको बोध नभएको व्यक्ति। यसलाई अझै सभ्य तरिकाले भन्दा, यी मानिसहरूलाई “लाज भन्ने थाहा हुँदैन”। सरल भाषामा भन्दा, “तिनीहरू लाज विहीन” हुन्छन्, वा अझै तोकेर भन्दा, “साह्रै गतिछाडा” हुन्छन्। त्यस्ता मानिसहरूलाई कसैले पनि मन पराउँदैन।
कतिपय मानिसहरू खुर्सानी खाने प्रचलन भएको ठाउँमा जन्मेका हुन्छन्; सायद मौसमको कारण, वा तिनीहरूको परिवारमा खुर्सानी खाने बानी भएकोले र तिनीहरूलाई त्यो खान मन पर्ने भएकोले, तिनीहरूले हरेक दिन ती खान्छन्, र तिनीहरूको दैनिक आहारमा प्रायजसो पिरो धेरै हालिएको हुन्छ। यो स्पष्ट रूपमा नै अन्तर्निहित अवस्था हो। यो अन्तर्निहित अवस्थाहरूमध्ये कुन हो? (जीवनशैलीको बानी।) तिनीहरूको जीवनशैलीको बानी के हो भने तिनीहरूले आफ्नो दैनिक आहारमा पिरो नखाई बस्न सक्दैनन्; तिनीहरूले खाने सबै कुरामा पिरो हुनुपर्छ। यो रुचि कति हदसम्म पुग्छ? तिनीहरूले गुलियो खानामा समेत पिरो हाल्छन्, हैमबर्गर र पिज्जामा पिरो हालेर खान्छन्, र चिया र कफीमा समेत खुर्सानी हाल्छन्—तिनीहरूले पिरो खानाको सेवन गर्ने हद यतिसम्म हुन्छ। यो जीवनशैलीको बानी हो। यसमा कुनै सही वा गलत कुरा छ? (छैन।) पिरो खाना मन पराउने रुचि व्यक्तिको जिउने वातावरण र जीवनशैलीका बानीबेहोराहरूद्वारा पैदा भएको हुन्छ; यसमा कुनै सही वा गलत कुरा हुँदैन। कतिपय मानिसहरूले हदभन्दा बढी पिरो खाना खान्छन्; यदि पिरो खाना छैन भने, तिनीहरूले खाना नै खाँदैनन्। तैँले यसलाई स्वीकार गरे पनि नगरे पनि, तिनीहरूले पिरो खाना खान जिद्दी गर्छन्, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। छोटकरीमा भन्दा, खुर्सानी खान मन पराउनु जीवनशैलीको बानी हो, यसमा कुनै समस्या छैन, र यो सत्यतासँग सम्बन्धित छैन। कतिपय मानिसहरूले भन्छन्, “यो जीवनशैलीको बानी अत्यन्तै चरम छ; के यसलाई नकारात्मक कुरा भनेर लिनुपर्छ? के यसलाई आलोचना गर्नुपर्छ वा नियन्त्रण गर्नुपर्छ? के हामीले केही स्वास्थ्य ज्ञानलाई बढावा दिनुपर्छ, र खाने र जीवनशैलीका बानीबेहोराहरूका सिद्धान्तहरूले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भन्ने विचार फैलाउनुपर्छ?” के खुर्सानी र पिरो खाना खानु अस्वस्थकर हो भन्ने कुरामा तँ निश्चित हुन सक्छस्? तिनीहरूले धेरै वर्षदेखि, धेरै पुस्तादेखि यसरी खाने गरेका हुन्छन्, र तिनीहरू निकै स्वस्थ हुन्छन्। निश्चित रूपमा, कतिपय ठाउँमा मानिसहरूले यति धेरै खुर्सानी खान्छन् कि अरूलाई यो स्वीकार गर्न गाह्रो हुन्छ। जब मानिसहरूले तिनीहरूको खाना कति पिरो छ भन्ने देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ, तैपनि यी व्यक्तिहरू दह्रिलो, स्वस्थ, र निकै बलियो हुन्छन्, र शारीरिक काम गर्ने शक्ति र तागत भएका हुन्छन्। यसले खुर्सानी खाँदा त्यसले स्वास्थ्यमा कुनै हानि गर्दैन र असर गर्दैन भन्ने कुरालाई प्रमाणित गर्छ; अनि तिनीहरूको पिरो आहार पनि स्वास्थ्य सिद्धान्तहरू अनुरूप हुन्छ जस्तो देखिन्छ। खुर्सानी खान मन पराउनु अन्तर्निहित जीवनशैलीको बानी हो। अरूलाई यो मन परे पनि नपरे पनि वा अरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, व्यक्तिले यसबाट आनन्द लिन्छ र यसले अरूको जीवन वा आहारमा असर गर्दैन भने, यसलाई कायम राख्न सकिन्छ। यसमा कुनै सही वा गलत कुरा हुँदैन; यो ठूलो समस्या होइन, र परमेश्वरको घरले यसको बारेमा कुनै मूल्याङ्कन गर्दैन। कतिपय मानिसहरूले भन्छन्, “खुर्सानी खानु पेटका लागि राम्रो होइन।” यदि तँलाई यो आफ्नो पेटका लागि खराब छ भन्ने चिन्ता छ भने, तैँले ती नखाने निर्णय गर्न सक्छस्। यदि अरूले लामो समयदेखि पिरो खाना खाँदै आएका छन् र तिनीहरूलाई पेट दुख्यो भने, तिनीहरूले आफै यो कुरा महसुस गर्नेछन् र आफै निर्णय गर्नेछन्। त्यसकारण, हरेकको आफ्नै स्वाद हुन्छ—तिनीहरूलाई मीठो, अमिलो, तीतो, वा पिरो स्वाद मन पर्छ कि पर्दैन, यो व्यक्तिगत मामला हो। तैँले जसरी खाए पनि वा जति हदसम्म खाए पनि, तैँले दोषी महसुस गर्नु पर्दैन। परिस्थिति र वातावरणले अनुमति दिन्छ भने, तैँले सबै चिन्ताहरूलाई पन्छाएर कुनै हिचकिचाहटविना खान सक्छस्। जहाँसम्म मेरो कुरा छ, यससँग सम्बन्धित कुनै नियमहरू छैनन्। यदि यसको बारेमा कसैले केही भन्न चाहन्छ भने, तैँले यसो भनेर प्रतिक्रिया दिन सक्छस्, “यो मेरो स्वतन्त्रता हो, यो मेरो अधिकार हो, र तिमीले हस्तक्षेप गर्नु पर्दैन। मैले खुर्सानीकै भात खाए पनि, त्यो तिम्रो मामला होइन। यसले मेरो पेटमा हानि गर्छ कि गर्दैन भन्ने कुरा मेरो आफ्नै जिम्मेवारी हो, तिम्रो होइन।” के यसरी बोल्नु ठीक हुन्छ? (हुन्छ।) त्यो तेरो आफ्नै मामला हो; यो अरूसँग सम्बन्धित छैन, र यो मसँग पनि सम्बन्धित छैन। मैले किन यसो भनेँ? यो मामला सत्यतासँग सम्बन्धित नभएकोले, यसमा भ्रष्ट स्वभाव समावेश छैन, र यो मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरले समाधान गर्ने उद्देश्य राख्नुहुने समस्याहरूमध्ये एउटा होइन। त्यसकारण, जीवनशैलीका बानीहरूका हकमा, हामीले तिनलाई बेवास्ता गर्न सक्छौं। यो सकारात्मक कुरा होइन, तर यो नकारात्मक पनि होइन—यो कतिपय मानिसहरूमा हुने रुचि मात्रै हो।
बास दिने कतिपय मानिसहरूलाई खुर्सानी खान मन पर्छ, र तिनीहरूले दिनको तीनै पटकको खाना पिरो बनाएर खान चाहन्छन्। त्यसकारण, जब तिनीहरूले खाना पकाउँछन्, तब तिनीहरूले हरेक खाना पिरो बनाउँछन्। कहिल्यै पिरो नखाएका कतिपय मानिसहरूलाई यो सहन गाह्रो हुन्छ र तिनीहरूले यसको सट्टा पिरो नहालिएको खाना बनाउन सुझाव दिन्छन्। तैपनि, खाना पकाउने व्यक्ति यो कुरालाई स्वीकार गर्न अनिच्छुक हुन्छ र भन्छ, “त्यसरी हुँदैन। मलाई पिरो खाना खाने बानी परेको छ; यदि मैले पिरो हालिनँ भने, मलाई मीठो लाग्दैन। तपाईंले पिरो खाना खाने अभ्यास गर्नुपर्छ; केही समयसम्म खाएपछि, तपाईंलाई बानी पर्छ र तपाईंलाई पिरो खान डर लाग्दैन।” समस्या के हो? (तिनीहरूको मानवतामा समस्या हुन्छ।) तिनीहरूको मानवतामा कस्तो समस्या हुन्छ? (तिनीहरूले अरूलाई जबरजस्ती गरिरहेका हुन्छन्।) अरूलाई जबरजस्ती गर्नु राम्रो होइन। के यो अरूलाई आफूले गर्न चाहेको कुरा गर्न जबरजस्ती गर्नु होइन र? त्यस्ता मानिसहरूले आफूलाई आफूले मन पराउने कुरा नै सबैभन्दा राम्रो हो, र अरूले यसलाई स्वीकार गर्नुपर्छ भन्ने विश्वास गर्दै आफूले गर्ने सबै कुराको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छन्। यदि तिनीहरूलाई कुनै कुरा मन पर्छ भने, तिनीहरूले अरूलाई पनि त्यो कुरा मन पराउन लगाउने प्रयास गर्छन्; सबैले तिनीहरूलाई सन्तुष्ट पार्नु नै पर्छ। के यो स्वार्थी र नीच कुरा होइन र? तिनीहरूले अरूलाई जबरजस्ती गर्ने मात्र होइन, तर यसमा अलिकति खराब उद्देश्य पनि हुन्छ। के यस्तो व्यक्तिको मानवता असल हुन्छ? (हुँदै।) कमजोर मानवता भएका मानिसहरूले अरूलाई फाइदा दिन सक्दैनन्; तिनीहरूले चोट मात्रै पुर्याउन सक्छन्, र गम्भीर अवस्थामा, तिनीहरूले हानि समेत ल्याउन सक्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्, र तिनीहरू अनुचित रूपमा निर्दयी पनि हुन्छन्। यदि कुनै व्यक्तिमा समझ छ भने, उसले यसो भन्न सक्छ, “मलाई पिरो खान मन पर्छ, तर कतिपय मानिसहरूलाई मन पर्दैन। त्यसकारण जब म खाना पकाउँछु, तब मैले आफ्नो बारेमा मात्रै सोच्नु हुँदैन। मैले पिरो र नपिरो दुवै खाना बनाउनुपर्छ, ताकि म र अरू सबै जना सन्तुष्ट हुन सकौँ। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले पालना गर्ने सिद्धान्त भनेको सबैलाई सन्तुष्ट पार्नु हो, र सबैले राम्ररी खान पाएका छन् भन्ने कुरालाई सुनिश्चित गर्नु हो, र आफूमा मात्रै ध्यान दिनु होइन। मैले यो कर्तव्य सिद्धान्तहरू अनुसार राम्ररी पूरा गर्नुपर्छ।” यस्तो व्यक्ति तिमीहरूलाई कस्तो लाग्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा असल हुन्छ।) यो कुन-कुन तरिकाले असल हुन्छ? (तिनीहरूलाई अरूको वास्ता र हेरचाह गर्न आउँछ। तिनीहरूले आफूलाई मात्र सन्तुष्ट पार्छन् भन्ने होइन।) तिनीहरू तुलनात्मक रूपमा दयालु हुन्छन्, होइन र? असल मानवतामा दया समावेश हुन्छ—अरूको वास्ता र हेरचाह गर्ने कुरा। के यसमा व्यक्तिको मानवता समावेश हुन्छ? (हुन्छ।) व्यक्तिको उमेर, लिङ्ग, वा स्वभाव जेसुकै भए पनि, यदि उसमा राम्रो मानवता छ भने, उसको वरिपरिका मानिसहरू र ऊसँग अन्तरक्रिया गर्नेहरूलाई फाइदा हुनेछ। अझै निश्चित रूपमा भन्दा, कतिपय मानिसहरूले तिनीहरूबाट साथ र सहयोग प्राप्त गर्नेछन्, जबकि अरूलाई दैनिक जीवनमा तिनीहरूले हेरचाह गर्नेछन्। यो असल मानवताको एउटा प्रकटीकरण हो।
कतिपय मानिसहरूले पिरो खान यति धेरै मन पराउँछन् कि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जाँदा पनि, खाने बेला पिरो खानेकुरा पाउने ठाउँहरू खोज्छन्। यदि तिनीहरूले पिरो नभएको खाना खाए भने, तिनीहरूलाई भित्री रूपमा असहज लाग्छ: “यहाँ पिरो खाना खान नपाइने हुनाले, आफ्नो कर्तव्य निर्वाह केर्ने काम मलाई त्यति राम्रो लागेको छैन। म घर जान चाहन्छु, जहाँ म हरेक खानामा पिरो खान पाउँछु—त्यसो गर्दा पो मज्जा आउनेछ! खुर्सानीविना त कुनै पनि कुराको स्वाद हुँदैन; सुँगुरको भुटेको मासुले पनि यसको स्वाद गुमाउँछ। मैले के गर्ने?” त्यसकारण, तिनीहरूले खुर्सानी खान पाइने ठाउँहरू खोजिरहन्छन्। पछि, तिनीहरूले पिरो खानामा विशेषज्ञ रहेको रेष्टुरेन्टको बारेमा थाहा पाउँछन्, तर यहाँ पुग्न कारबाट यात्रा गर्दा एक घण्टाभन्दा बढी लाग्छ। तिनीहरूले भन्छन्, “त्यो जति नै टाढा भए पनि, म जानुपर्छ! यदि मैले आज पिरो कुरा खाइनँ भने, म आफ्नो कर्तव्य निर्वाह गर्नेछैनँ। यदि मैले पिरो खान पाइनँ भने, मलाई सहज हुनेछैन, र म दिनभरि बाँच्न सक्दिनँ!” कसैले तिनीहरूलाई भन्छ, “अहिले बाहिरको वातावरण खतरनाक छ, र यो क्षेत्र निकै अराजक छ! हामी त्यहाँ खान नजाऊँ।” तर तिनीहरूले कुरा सुन्दैनन्, र भन्छन्, “के कुराको डर मान्ने? खानु नै महत्त्वपूर्ण कुरा हो! के तिमी पनि सामान्यतया बाहिर जाँदैनौ र? नडराऊ, केही हुनेछैन—परमेश्वरले हामीलाई रक्षा गर्नुहुनेछ!” खाना खाएपछि, तिनीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूले आफूले तृष्णा गरेको खुर्सानी र स्वादिष्ट खाना खान पाए भने, सबै कुरा ठीकठाक हुन्छ, र तिनीहरू यति खुशी हुन्छन् कि तिनीहरू सुत्दा पनि मुस्कुराउन छोड्दैनन्। यो कस्तो मानवता हो? (स्वार्थी र नीच मानवता।) स्वार्थी र नीच हुनुको साथै, अर्को विशेषता पनि छ: तिनीहरूले कुनै काम गर्न चाहँदा वस्तुगत वातावरण वा अवस्थाहरूलाई विचार गर्दैनन्। तिनीहरूले आफ्नै इच्छा र रुचिहरूलाई सन्तुष्ट पार्न सक्छन् भने, त्यो नै महत्त्वपूर्ण हुन्छ। तिनीहरू आफूले खान चाहेको कुनै पनि कुराको एक टुक्रा खानका लागि कुनै पनि मूल्य चुकाउन तयार हुन्छन्—त्यसमा ठूलो मेहनत गर्नु परे पनि, तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्नका लागि गर्नुपर्ने जेसुकै कुरा गर्नेछन्। के यो स्वार्थी र नीच हुनु मात्रै हो? के यो स्वेच्छाचारी हुनु पनि होइन र? (हो।) यो चरम स्वेच्छाचारीपन हो! तिनीहरूसँग हुने जोकोहीले तिनीहरूको स्वेच्छाचारी कार्यको लागि मूल्य चुकाउनुपर्छ र यसको कारण गुनासो भोग्नुपर्छ। तिनीहरूले जे भन्यो त्यही हुनुपर्छ, र तिनीहरूले जे गर्न चाहन्छन् त्यही गर्नुपर्छ। आज, तिनीहरूको मुड खराब हुन्छ, त्यसकारण तिनीहरूलाई खान मन लाग्दैन। तिनीहरूले किन खाइरहेका छैनन् भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “आज मलाई रिस उठेको छ, मेरो मुड खराब छ, त्यसकारण मलाई खान मन छैन।” साँझमा, जब विश्रामको समय आउँछ, तब तिनीहरू निद्रा लागेन र आफ्नो भावना पोखाउन गीत गाउन चाहन्छु भनेर भन्दै सुत्दैनन्। कसैले तिनीहरूलाई यसो भन्दै मनाउने प्रयास गर्छ, “गाउँदा अरूको निद्रामा असर गर्छौ।” तिनीहरूले प्रतिक्रिया दिन्छन्, “अहिले म खराब मुडमा छु। म गाउन चाहन्छु। तिमीहरू सुत्न सक्छौ कि सक्दैनौ भन्ने कुरा मेरो चासोको विषय होइन। म खराब मुडमा छु, तैपनि कसैले पनि मलाई सान्त्वना दिइरहेको वा वास्ता गरिरहेको छैन—तिमीहरू सबै कति स्वार्थी छौ!” के यो स्वेच्छाचारी हुनु होइन र? तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्; तिनीहरूले आफूलाई ठीक ठाउँमा राख्दैनन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। जब तिनीहरू खुशी हुन्छन्, तब अरूले भनेको कुनै कुरामा तिनीहरूलाई झिजो लाग्दैन, र तिनीहरूले यसो समेत भन्छन्, “म फराकिलो सोचाइ भएको व्यक्ति हुँ। मलाई सानो कुरा ठूलो बनाउन मन पर्दैन।” तर जब तिनीहरू खुशी हुँदैनन्, तब सबै जना आफ्ना शब्दहरूमा अत्यन्तै होशियार हुनुपर्छ, तिनीहरूलाई चिढ्याउँछु कि भनेर ध्यान दिनुपर्छ, किनभने त्यसो गर्दा ठूलो समस्या आउन सक्छ। तिनीहरूले रिसको झोँक देखाउन, सामानहरू तोड्न सक्छन्, र खान समेत इन्कार गर्न सक्छन्। अझै गम्भीर अवस्थामा, तिनीहरूले आफ्नो कर्तव्य त्याग्न, दङ्ग्याएर काम छोड्न र घर जान चाहन सक्छन्, र यसो भन्न सक्छन्, “तिमीहरू कसैले पनि मलाई राम्रो व्यवहार गर्दैनौ; तिमीहरू सबैले मलाई हेप्छौ। संसारमा असल मानिसहरू छैनन्!” के यो स्वेच्छाचारी हुनु होइन र? (हो।) के स्वेच्छाचारीपन व्यक्तिको मानवताको समस्या हो? (हो।) तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्—सबैले तिनीहरूलाई फकाउनुपर्छ, र यदि परिस्थितिहरू तिनीहरूले भने जस्तो भएन भने, तिनीहरू तुरुन्तै शत्रुवत बन्छन्, र तिनीहरूको आक्रमक रिस देखा पर्छ। कसैले पनि तिनीहरूलाई जित्न सक्दैन, र सबैले तिनीहरूलाई मनाउनुपर्छ। तिनीहरू उप्रान्त जवान नरहे पनि, तिनीहरूको मानवता बच्चाको जस्तै अपरिपक्व नै हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य जहाँ निर्वाह गरे पनि, तिनीहरूले कहिल्यै पनि सार्वजनिक नियमहरू पालना गर्दैनन्। जब तिनीहरू खुशी हुन्छन् र कुरा गर्न चाहन्छन्, तब सबैले सुन्नुपर्छ, र यदि कसैले सुनेन भने, तिनीहरूले त्यो व्यक्तिको विरुद्धमा ईख राख्छन्। जब तैँले तिनीहरूसँग कुरा गर्छस्, तब तैँले मुस्कुराउनुपर्छ; यदि तैँले कुनै अभिव्यक्ति देखाइनस् र तँ सुन्न त्यति इच्छुक देखिँदैनस् भने, तिनीहरू रिसाउँछन् र झोँक्किन्छन्। मण्डलीमा, तिनीहरूले अरूको सामान्य जीवनको दिनचर्यामा यसले कसरी असर गर्छ भन्ने कुरालाई ध्यान नदिई आफूले चाहेको कुरा, चाहेको बेला गर्छन्। तिनीहरूलाई सहज महसुस हुन्छ र तिनीहरू राम्रो मुडमा हुन्छन् भने, तिनीहरूलाई त्यो नै महत्त्वपूर्ण हुन्छ, र अरूले कुनै आपत्ति जनाउन पाउँदैनन्। यदि कसैले घृणा वा दुःख देखाउन आपत्ति जनायो भने, यसले तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरूले यो कुरा छोड्दैनन्। यस्ता कतिपय मानिसहरू जवान हुन्छन्, र तिनीहरूमा अपरिपक्व मानवता हुन्छ, तर अरू चालीस, पचास, वा सत्तरी वा अस्सीको दशकमा हुन्छन्, र वृद्ध अवस्थामा पनि तिनीहरूमा अझै यस्तो मानवता हुन्छ, र तिनीहरू विशेष रूपमा स्वेच्छाचारी हुन्छन्। वातावरण वा परिस्थितिहरूले यसलाई अनुमति दिए पनि नदिए पनि, तिनीहरूले आफूले चाहेको कुरा गर्छन्। उदाहरणका लागि, तिनीहरू नुहाउन नसकिने अवस्था भएको ठाउँमा पुग्छन्, तर तिनीहरूले यसो भन्दै नुहाउन जिद्दी गर्छन्, “घरमा त म हरेक दिन नुहाउँछु; म ननुहाइ बस्न सक्दिनँ।” तैपनि, यो ठाउँमा उचित अवस्थाहरूको कमी हुन्छ; हप्तामा एक पटक नुहाउनु समेत गाह्रो हुन्छ। त्यसोभए तैँले के गर्नेथिइस्? सामान्य मानवता भएको व्यक्तिले यो परिस्थितिलाई कसरी लिने र सम्हाल्ने भन्ने जानेको हुन्छ। यदि मौसम आर्द्र र ठन्डा छ भने, राती सुत्न सकूँ भनेर सानो आरीमा पानी लिएर जिऊ पुछेर सफाइ गर्नु नै पनि पर्याप्त हुन्छ—यो सहन सकिने कठिनाइ हो। यस्तो कुरालाई सहनु असम्भव छैन। तैपनि, यस्तो व्यक्तिले यस कुरालाई सम्हाल्न सक्दैन; यदि उसले नुहाएन भने, ऊ सुत्न सक्दैन, खान सक्दैन, र ऊ बाँच्न सक्दैन जस्तो समेत महसुस गर्छ, मानौँ उसले ठूलो अपमान भोगिरहेको छ। तिनीहरू कति स्वेच्छाचारी हुन्छन्? तिनीहरू यति स्वेच्छाचारी हुन्छन् कि तिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्दैनन्, सामान्य रूपमा अरूसँग अन्तरक्रिया गर्न वा मिलेर बस्न सक्दैनन्, र सामान्य व्यक्तिले जस्तो जिउन समेत सक्दैनन्। अरूका लागि, यस्तो व्यक्तिमा मानसिक समस्या छ जस्तो देखिन्छ। यदि कसैसँग तिनीहरूको सम्बन्ध राम्रो छ भने, तिनीहरू अविभाज्य हुन्छन्, मानौँ तिनीहरू एउटै व्यक्ति हुन्। तर यदि कुनै व्यक्तिसँगको तिनीहरूको सम्बन्ध खराब छ वा कसैले तिनीहरूलाई कहिल्यै चिढ्याएको छ भने, तिनीहरूले त्यो व्यक्तिसँग नबोली आफ्नो सम्पूर्ण जीवन बिताउन सक्छन्। जब तिनीहरूले ती मानिसहरूलाई देख्छन्, तब तिनीहरूले आँखा तर्छन्, र तिनीहरूको अनुहार तुरुन्तै अँध्यारो हुन्छ, मानौँ तिनीहरूले शत्रुको सामना गरिरहेका छन्—विशेष गरी चरम रूपमा। के यस्तो व्यक्तिको मानवता सामान्य हुन्छ? (हुँदैन।) यस्तो व्यक्ति अत्यन्तै स्वेच्छाचारी हुन्छ, र उसको मानवता सामान्य हुँदैन। “सामान्य हुँदैन” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ। के त्यस्ता मानिसहरूले अरूसँग सामान्य अन्तरक्रिया र सहकार्य गर्न सक्छन्? के तिनीहरू मानिसहरूका बीचमा सामान्य रूपमा जिउन सक्छन्? के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन् भने—यो तिनीहरूले खाना खान, राम्रो व्यवहारको आनन्द लिनलाई होस्, वा आफूले गर्न चाहेको कुनै कुरा गर्ने कार्य होस्—तिनीहरूले त्यो पूरा गर्नु नै पर्छ। होइन भने, आकाश खसेको छ, तिनीहरूको संसार समाप्त भइरहेको छ जस्तो हुन्छ। तिनीहरू व्याकुल हुन्छन् र तिनीहरूले अरूको बारेमा गुनासो गर्न, वातावरणको बारेमा गुनासो गर्न, र यसो भन्दै परमेश्वरको बारेमा समेत गुनासो गर्न थाल्छन्, “परमेश्वरले मेरो लागि कस्तो वातावरण मिलाउनुभएको छ, जसले गर्दा मैले यति धेरै कष्ट भोगेको छु? अरूले किन त्यस्ता वातावरणहरूको सामना गरेका र यसरी कष्ट भोगेका छैनन्? किन मैले मात्रै कष्ट भोगिरहेको छु? परमेश्वर पक्षपाती हुनुहुन्छ!” हेर् त, तिनीहरूको पैशाचिक प्रकृति देखा परेको छ, होइन र? के यस्तो मानवता मापदण्ड अनुरूप हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरूलाई निराकरण गरिनुपर्छ। यस्तो व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई साधारण मण्डलीमा पठाउनुपर्छ।) यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने अवस्थामा पुगे, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाधा र अवरोधहरू मात्रै ल्याउँछन्, तिनीहरूलाई हेर्ने सबैलाई तिनीहरूप्रति घिन लाग्छ र झिजो लाग्छ, र अरू तिनीहरूसँग मिलेर बस्न सक्दैनन् भने, तिनीहरूलाई तुरुन्तै घर पठाउनुपर्छ—यस्तो व्यक्ति कुकुरको दुर्गन्धित दिशा जस्तै हो। स्वेच्छाचारीपनमा स्वार्थी, नीच हुने कार्य, र अनुचित रूपमा निर्दयी हुने कार्य पनि समावेश हुन्छ। कहिलेकहीँ यसमा अत्यन्तै हिसाब-किताब गर्ने, कठोर बन्ने, र आक्रमक र दुर्भावनापूर्ण बन्ने कार्य समेत समावेश हुन्छ। जब यस्तो व्यक्तिले आफ्नो कर्तव्य केही समयसम्म निर्वाह गर्छ, तब सबैलाई गहन रूपमा हानि हुन्छ, र उसलाई हेर्ने जोकोही पनि डराउन थाल्छ। यदि तैँले तिनीहरूबाट जोगिने र तिनीहरूलाई नचिढ्याउने प्रयास गरिस् भने, तिनीहरूले अझै पनि भन्नलाई केही कुरा पाउनेछन्: “तपाईं केबाट लुकिरहनुभएको छ, चोरबाट? मैले तपाईंलाई मबाट टाढा बस्ने तुल्याउने गरी कसरी चिढ्याएँ?” तर यदि तैँले तिनीहरूकहाँ गएर केही कुरा भन्ने प्रयास गरिस् भने, तिनीहरू अझै पनि तँसँग सामान्य कुराकानीमा संलग्न हुनेछैनन्। तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ, र तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले मौखिक रूपमा मात्रै हानि भोग्दैनन् तर तिनीहरूको इज्जतमा पनि हानि हुन्छ, तिनीहरूलाई भावनात्मक रूपमा हानि हुन्छ, र केही शारीरिक हानि समेत हुन्छ। त्यस्ता मानिसहरू साँच्चै नै घृणित हुन्छन्! के तिनीहरूलाई खराब मानवता भएको व्यक्ति भनेर वर्गीकरण गर्नु उचित हुन्छ? (हुन्छ।) यस्तो व्यक्तिमा खराब मानवता हुन्छ र ऊ स्वेच्छाचारी हुन्छ। स्वेच्छाचारी व्यक्तिले अरूलाई सुधार गर्न नसक्ने मात्र होइन तर तिनीहरूलाई ऊप्रति झिजो लाग्ने र घृणा लाग्ने समेत तुल्याउँछ, र ऊ कसैसँग मिलेर बस्न सक्दैन। मलाई भन, के स्वेच्छाचारी व्यक्तिले सत्यतालाई स्वीकार गर्न सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरूमा भित्री रूपमा कस्तो स्वभाव हुन्छ? (कठोरता।) तिनीहरूको कठोरता स्पष्ट हुन्छ, तर अर्को कुरा पनि छ—त्यो के हो? (सत्यताप्रति वितृष्ण गर्नु।) ठीक भन्यौ। कठोर बन्ने र सत्यताप्रति वितृष्ण गर्ने भ्रष्ट स्वभाव हुनु—स्वेच्छाचारी मानिसहरूका दुई वटा विशेषताहरू यिनै हुन्। यस्तो व्यक्ति स्वेच्छाचारी हुने मात्रै होइन तर स्वार्थी र अनुचित रूपमा अनादर गर्ने पनि हुन्छ। तिनीहरूको अनुचित अनादरमा अरूलाई अनुचित र स्वेच्छाचारी ढङ्गले झिज्याउने तत्व समावेश हुन्छ। जब तैँले तिनीहरूसँग अन्तरक्रिया गर्छस्, तब दयापूर्वक बोलेर हुँदैन—तिनीहरूले तँसँग गुप्त मनसायहरू छन् भन्ने सोच्छन्। यदि तैँले कठोरताको साथ बोलिस् भने, तैँले तिनीहरूलाई हेप्दैछस् भन्ने तिनीहरूले सोच्छन्, तर तिनीहरूको स्वेच्छाचारी कार्यले अरूलाई हानि गरेपछि पनि, तिनीहरूले यसो भन्नेछन्, “मैले तिमीलाई चोट पुर्याउने अभिप्राय राखेको थिइनँ। यदि तिमीलाई चोट लागेको महसुस भयो भने, म माफी चाहन्छु।” यी शब्दहरू राम्रा सुनिने भए पनि, जब पीडित व्यक्तिले उसलाई क्षमा दिँदैन र आलोचना समेत गर्छ, तब स्वेच्छाचारी व्यक्ति रिसाउँछ र उसले भन्छ, “तिमीले यो कुरा छोड्नै सक्दैनौ—के तिमीले मेरो माफीको फाइदा मात्रै लिइरहेको छैनौ र? के मैले माफी मागेकोमा कारण मलाई सजिलै हेप्न सकिन्छ भन्ने तिमीलाई लाग्छ? अनि अहिले तिमीले मेरा कमीकमजोरीहरूलाई औँल्याइरहेको छौ! के ममा कमीकमजोरीहरू छन्? के तिमी तिनलाई औँल्याउन योग्य छौ?” के यो सत्यतालाई स्वीकार नगर्ने कार्य होइन र? (हो।) यसमा तिनीहरूको भ्रष्ट स्वभाव समावेश हुन्छ। तिनीहरूको मानवताका यी विशेषताहरू स्वाभाविक रूपमा नै भ्रष्ट स्वभावका निश्चित विशेषताहरूमा पनि प्रकट हुन्छन्—ती जोडिएका हुन्छन्। यस्ता मानिसहरूमा हुने भ्रष्ट स्वभावका विशेषताहरूमा कठोरता, सत्यताप्रति वितृष्ण, र अलिकति आक्रामकता समावेश हुन्छ। यी पक्षहरू तिनीहरूको भ्रष्ट स्वभावका विशेषताहरू हुन्।
अन्तर्निहित अवस्थाहरूमा थप एउटा पक्ष पनि समावेश हुन्छ, जुन जन्मजात मानव क्षमता हो। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टी सरकारले परमेश्वरका चुनिएका मानिसहरूलाई गरेको उन्मत्त दमन, पक्राउ, र क्रूर व्यवहार देख्छन्, र तिनीहरू डराउँछन्, व्याकुल हुन्छन्, डरपोक हुन्छन्, र भयभीत हुन्छन्। कहिलेकहीँ, तिनीहरूको खुट्टा कमजोर समेत हुन्छ, र तिनीहरूलाई निरन्तर शौचालय जान मन लाग्छ। यो केको प्रकटीकरण हो? (जन्मजात क्षमता।) यो जन्मजात क्षमताको प्रतिक्रिया हो। सामान्य मानवताको भित्र, जब निश्चित भयानक घटनाहरू, मानिसहरूको आफ्नै जीवनसँग सम्बन्धित परिस्थितिहरू, वा तिनीहरूलाई खतरामा पार्न सक्ने मामलाहरू आइपर्छन्, तब चाहे त्यो जानकारी सुनेपछि होस् वा वास्तविकताको सामना गर्दा होस्, तिनीहरूले केही जन्मजात प्रतिक्रियाहरू देखाउँछन्, र तिनीहरू डरपोक र भयभीत हुन्छन्। यसको साथै, तिनीहरूको शरीरमा स्वाभाविक रूपमा नै केही सामान्य प्रतिक्रियाहरू देखा पर्नेछन्, जस्तै हत्मतिनु, मांसपेशी झट्झट् गर्नु, अस्थायी बहिरापन वा अन्धोपन, साथै मुख सुक्खा हुनु, खुट्टा कमजोर हुनु, धेरै पसिना आउनु, पिसाब वा दिशा रोक्न नसक्नु। के यी प्रतिक्रियाहरू देखा पर्ने सम्भावना बढी हुन्छ? (हुन्छ।) यी प्रतिक्रियाहरू, जुन स्नायु प्रणालीद्वारा नियन्त्रित भए पनि वा अरू कुनै कारणले पैदा भए पनि, जे भए पनि, ती बाहिरी कारकले देहमा ल्याउने प्रतिक्रियाहरू हुन्, र यी प्रतिक्रियाहरूलाई सामूहिक रूपमा जन्मजात क्षमता भनेर भनिन्छ। शरीरको सहने क्षमताका सीमाहरू हुन्छन्; शरीरले व्यक्तिको साहसका सीमाहरू पार गरेपछि, यसले केही जन्मजात प्रतिक्रियाहरू देखाउनेछ। अरूले यी प्रतिक्रियाहरूलाई कमजोरीहरूका रूपमा लिन सक्छन्, वा ती हास्यास्पद, दयनीय, वा सहानुभूति पाउन लायक देखिन सक्छन्, तर यी कुराहरू व्यक्तिको भित्री जन्मजात क्षमताका प्रकटीकरणहरू हुन् जसलाई नकार्न सकिँदैन। खतराको सामना गर्दा, टाउको समाउँदै रुने, आँसु झार्ने, वा ठूलो सोरले चिच्याउने मानिसहरू पनि हुन्छन्; अरू अँध्यारो कुनामा लुकेर बस्न सक्छन् झुक्न सक्छन्—यी सबै प्रतिक्रियाहरू जन्मजात क्षमताबाट आउने प्रतिक्रियाहरू हुन्। रुनु होस्, हाँस्नु होस्, वा अत्यन्तै डराएर अपमानजनक कुरा गर्नु होस्, यी जन्मजात आउने प्रतिक्रियाहरू हुन्—के यिनमा कुनै सही वा गलत भन्ने हुन्छ? (हुँदैन।) त्यसकारण, सरकारले विश्वासीहरूलाई पक्राउ गरेको सुन्दा डर मान्नेहरूका हकमा भन्दा, के हामी यी मानिसहरू कायर हुन् र तिनीहरूमा मानवताको कमी छ भनेर भन्न सक्छौं? (सक्दैनौँ।) के “परमेश्वरमा विश्वास गर्ने हो भने आफूमा विश्वास हुनुपर्छ; कसैको डर मान्नु हुँदैन!” भन्ने अभिव्यक्ति सही छ? (छैन।) “यो कमजोरी हो, कायरता र अयोग्यताको प्रकटीकरण हो। यसले परमेश्वरमाथिको विश्वासको कमीलाई देखाउँछ, र तिनीहरूले परमेश्वरमा भरोसा गर्न सक्दैनन् भन्ने कुरालाई देखाउँछ। त्यस्तो व्यक्ति विजेता होइन!” के हामीले यसो भन्न सक्छौं? (सक्दैनौँ।) किन सक्दैनौँ? (यो त कसैले बाहिरी परिस्थितिको सामना गर्दा देखा पर्ने शारीरिक प्रतिक्रिया मात्रै हो।) यो सामान्य शारीरिक प्रतिक्रिया हो, भ्रष्ट स्वभावले उत्प्रेरित गर्ने प्रकटीकरण होइन। यसको अर्थ जब त्यस्ता परिस्थितिहरूमा मानिसहरूले यी प्रकटीकरण र प्रकाशहरू देखाउँछन्, तब यो भ्रष्ट स्वभावको प्रभावको कारण आएको हुँदैन, न त यो तिनीहरूको मानवताको कुनै विचार वा दृष्टिकोणले तिनीहरूलाई प्रभुत्वमा राखेकोले नै आएको हुन्छ। यी प्रतिक्रियाहरू तैँले पूर्वकल्पना गर्ने कुरा होइनन्; यस्तो परिस्थितिहरूको सामना गर्दा, तँमा अचानक उन्मत्त विचारहरू आउँछन्, त्यसपछि, तैँले यसको बारेमा अझै बढी विचार गर्ने क्रममा, तँ आत्तिन्छस्, तेरो शरीरमा आवेग आउँछ, वा तैँले आफ्नो पिसाब वा दिशा समेत रोक्न सक्दैनस् भन्ने होइन। यी प्रतिक्रियाहरूको पछाडि रहेको कारण त्यो होइन। बरु, यी घटनाहरू वा यो समाचारको बारेमा सुनेपछि, ध्यान दिएर विचार नगरी, कुनै मानसिक छानबिन वा प्रशोधन नगरी, तेरो शरीरले स्वाभाविक रूपमा नै केही अन्तर्निहित शारीरिक प्रतिक्रियाहरू पैदा गर्छ। त्यसकारण, यस्तो प्राकृतिक प्रतिक्रिया देहको जन्मजात क्षमताले पैदा गर्छ। यसमा कुनै सही वा गलत कुरा हुँदैन, सामर्थ्य र कमजोरीको बीचमा कुनै भिन्नता हुँदैन, र सकारात्मक र नकारात्मकको बीचमा अवश्य नै भिन्नता हुँदैन। कतिपय मानिसहरूले भन्छन्, “सरकारले जसरी पक्राउ कारबाही अघि बढाए पनि, मलाई डर लाग्दैन!” त्यसोभए, म भन्छु, त्यसले तँलाई मूर्ख तुल्याउँछ। जब ठूलो रातो अजिङ्गरले तँलाई यातना दिन्छ, तब तँ डराउँछस् कि डराउँदैनस् भन्ने हेरौँ—त्यो बेला, तँ नचिच्याइ बस्नु असम्भव हुनेछ। पीडा चरम अवस्थामा पुगेपछि तैँले के सोच्नेछस्? “म सहनुभन्दा मर्न चाहन्छु। म मरेँ भने, म स्वतन्त्र हुनेछु, र मैले उप्रान्त पीडा भोग्नु पर्दैन।” यी सबै देहका अन्तर्निहित प्रतिक्रियाहरू हुन्, र यीमध्ये कुनै पनि समस्या होइन। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “म डराउँदिनँ; कसैले मलाई प्रहार गर्यो भने, म पनि प्रतिशोध गर्नेछु, र मैले जित्न सकिनँ भने, म भाग्नेछु।” तर जब तँ भाग्छस् र कसैले तँलाई बन्दुकले ताक्छ, तब तेरो खुट्टा कमजोर हुनेछ, तेरो हृदय डरपोक हुनेछ, र तँ “अबदेखि म डराउँदिनँ” भनेर चिच्याउनेछैनस्। जब तेरो जीवन खतरामा हुन्छ, तब पनि तँलाई मर्ने डर लाग्छ—यो तेरो जन्मजात प्रतिक्रिया हो। यी जन्मजात प्रतिक्रियाहरू भएका हुनाले, व्यक्तिमा जस्तोसुकै प्रकटीकरणहरू भए पनि वा उसले मानव कमजोरीका जुनसुकै प्रकटीकरणहरू गरे पनि, यसलाई गलत मानिँदैन, न त यो लाजमर्दो नै हुन्छ, र परमेश्वरले यसलाई निन्दा गर्नुहुन्न। स्वाभाविक रूपमै, तैँले यी प्रतिक्रियाहरूलाई रोक्ने प्रयास गर्नु हुँदैन, र देख्नेहरूले पनि तिनीहरूलाई गिल्ला गर्नु हुँदैन, किनभने सबै जना उस्तै हुन्छन्—सबै जना देह र रगतबाट बनेका हुन्छन्। देह र रगतका जन्मजात प्रतिक्रियाहरू यस्ता हुन्छन्; तँ यस्तै होस्, तिनीहरू यस्तै छन्, सबै जना यस्तै हुन्छन्। यो त व्यक्तिले ब्वाँसाको सामना गर्दा जस्तै हो; उसको पहिलो अन्तर्निहित प्रतिक्रिया के हुन्छ? “भाग्! जति सक्दो छिटो भाग्!” अनि दौडिरहेको बेला, तिनीहरूले ब्वाँसाले तिनीहरूलाई भेट्न लागेको छ कि छैन भनेर हेर्छन्, र चिन्ता गर्छन्: “यदि यसले मलाई भेट्यो भने के गर्ने? यदि यसले मेरो घाँटीमा काट्यो भने के गर्ने—के म मर्नेछु? यदि मसँग बन्दुक वा फलामको लाठी मात्रै भएको भए पनि हुन्थ्यो।” दौडिरहेको बेला तिनीहरूले मात्रै यी कुराहरूका बारेमा सोच्छन्। तर तैँले जेसुकै सोचे पनि, तेरो पहिलो अन्तर्निहित प्रतिक्रिया अवश्य नै यसको खेदाइबाट चाँडै उम्कनु, जति सक्दो चाँडो र जति सक्दो टाढा दौडनु, यसले पक्रेर खानबाट जोगिनु हो। यी सबै जन्मजात प्रतिक्रियाहरू हुन्। तेरो जन्मजात प्रतिक्रिया के हो? यो आफूलाई मुक्ति दिने, आफ्नो जीवनको रक्षा गर्ने, र आफ्नो जीवन खतरामा नपर्नका लागि गर्ने कार्य हो। हेर्नेहरूलाई यी अन्तर्निहित प्रतिक्रियाहरू कायर, असहनीय, वा लाजमर्दा देखिए पनि, ती वास्तवमा लाजमर्दा कुरा होइनन्, किनभने ती देह र रगत भएका मानिसहरूको सामान्य प्रकटीकरणहरू हुन्; ती प्राकृतिक प्रकटीकरणहरू हुन्। अन्तर्निहित प्रतिक्रिया प्राकृतिक प्रकटीकरण मात्रै हो, र यसमा लाजमर्दो कुरा केही छैन। उदाहरणका लागि, चुट्किला सुनेपछि तँ हाँस्नेछस्। यदि तेरो मुखमा खाना वा पानी छ भने पनि, तँ हाँस्नेछस्, किनभने यो जन्मजात प्रतिक्रिया हो। जन्मजात प्रतिक्रिया परमेश्वरले दिनुभएको, अन्तर्निहित विशेषता हो, जुन परिस्थितिहरू सही हुँदा स्वाभाविक रूपमा देखा पर्नेछ र पैदा हुनेछ। त्यसकारण, जब अन्तर्निहित प्रतिक्रियाहरूको कुरा आउँछ, तब ती प्राकृतिक प्रकाशहरू हुन्। ती मानवताको कमजोरी वा त्रुटिका प्रकाशहरू हुन सक्छन्, वा ती तेरो देहको प्राकृतिक प्रकटीकरणका प्रकाशहरू हुन सक्छन्। जेसुकै भए पनि, यो जन्मजात प्रतिक्रिया भएको हुनाले, यसमा सही वा गलत हुँदैन। यदि तँलाई लाज लाग्छ भने, यसले तँमा अन्तर्ज्ञानको कमी छ र तेरो मानवता निकै सतही छ भन्ने देखाउँछ—तैँले अरूमा राम्रो प्रभाव पार्न चाहन्छस्। यदि तैँले आफ्ना जन्मजात प्रतिक्रियाहरूलाई रोक्ने प्रयास गरिस् भने, यसले तँ मूर्ख छस् र तेरो समझमा समस्या छ भन्ने कुरालाई प्रमाणित गर्छ। विशेष खतरनाक वातावरण र परिस्थितिहरूमा, तँलाई यति डर लाग्यो कि तैँले आफ्नो पाइन्ट भिजाइस् भने पनि, तैँले यसलाई लाजमर्दो कुराको रूपमा लिनु हुँदैन। वास्तवमा, यो सामान्य मानवताको प्रकटीकरण हो। त्यस्ता परिस्थितिहरूमा जोसुकै व्यक्तिमा यी प्रकटीकरणहरू देखिनेथिए—प्रख्यात वा महान् मानिसहरू पनि यसको अपवाद हुँदैनन्। कठोर परिस्थितिहरूमा, कोही महामानव हुँदैन—तँ साधारण व्यक्ति मात्रै होस्, तँमा असाधारण केही छैन, र घमण्ड गर्ने कुनै कुरा छैन। यदि तँ यति डराइस् कि तैँले आफ्नो पाइन्ट नै भिजाइस्, र अरूले थाहा पाए भने पनि, यो लाजमर्दो कुरा होइन, किनभने यसरी, मानिसहरूले तँलाई आदर गर्नेछैनन् वा आदर्श ठान्नेछैनन्, र कम्तीमा पनि, तँ सुरक्षित हुनेछस्। अहिले यो कुरा स्पष्ट भयो होला, होइन र? जन्मजात मानव प्रतिक्रियाहरू अत्यन्तै सामान्य र प्राकृतिक हुन्छन्। उदाहरणका लागि, जब तेरो कपाल फोहोरी हुन्छ र तेरो टाउको चिलाउँछ, तब तैँले जन्मजात रूपमा यसलाई कन्याउँछस्। यदि पछि तेरा नङहरू फोहोरले भरिए पनि र मानिसहरूले तँ अनुचित वा फोहोरी रहेछस् भन्ने सोचे पनि, तैँले के गर्न सक्छस्? जब तेरो कपाल फोहोरी हुन्छ, तब त्यहाँ मैला हुनेछ, किनभने तँ देह र रगतले बनिएको होस्, र तँ धूलोबाट बनेको होस्, र तैँले यो तथ्यलाई स्वीकार गर्नुपर्छ। यो परिस्थितिले तँलाई तेरो कपाल फोहोरी छ र यसलाई धुनुपर्छ भनेर मात्रै भनिरहेको हुन्छ। जब तेरो टाउको चिलाउँछ, तब कन्याउनु एउटा जन्मजात प्रतिक्रिया हो। जन्मजात प्रतिक्रिया भनेको परमेश्वरले सृष्टि गर्नुभएका अन्तर्निहित अवस्था र स्नायु प्रणालीबाट आउने प्राकृतिक र सामान्य प्रतिक्रिया, सामान्य प्रकटीकरण हो। कहिलेकहीँ प्रकटीकरणहरूले तँलाई लाजमर्दो, अनुचित, वा अशोभनीय भएको महसुस गराए पनि, तैँले तिनलाई परिवर्तन गर्ने वा रोक्ने प्रयास गर्नु हुँदैन। एक हिसाबमा, त्यसो गर्दा यसले तँलाई मानव जन्मजात क्षमताहरूलाई सही रूपमा लिन सहयोग गर्छ; अर्को हिसाबमा, तैँले आफूलाई कसरी व्यवहार गर्छस् त्यसका लागि पनि यो सुधारात्मक र फाइदाजनक हुन्छ। तैँले यो पक्षको बारेमा निश्चित बुझाइ र चेतना प्राप्त गरेपछि, अरूसँग अन्तरक्रिया गर्दा र व्यवहार गर्दा, यदि मानवको निश्चित जन्मजात पक्षहरू स्वाभाविक रूपमा प्रकट हुन्छन् र प्रकाश हुन्छन् भने, तैँले जानी-जानी तिनलाई ढाकछोप गर्नु पर्दैन। अनि यदि कहिलेकहीँ, साँच्चै नै लाजमर्दो परिस्थिति पैदा भयो भने, यसलाई व्याख्या गर्नु, वा यसलाई ढाकछोप गर्नु वा देखावटी रूप धारण गर्नु पर्दैन, किनभने यो सामान्य मानवताको प्रकटीकरण हो, र यो अन्तर्निहित मानव प्रतिक्रिया पनि हो—यी सबै कुरा सामान्य व्यक्तिले स्वीकार गर्न सक्ने कुराभित्र पर्छन्। उदाहरणका लागि, जब मानिसहरूले गेडागुडी खान्छन्, तब तिनीहरूको शरीरले स्वाभाविक रूपमा नै केही ग्याँस पैदा गर्छ, र अन्तर्निहित रूपमा तिनीहरूले ग्याँस फुत्काउँछन् वा पाद्छन्। यो अत्यन्तै प्राकृतिक कुरा हो। युवा-युवतिहरूलाई प्रायजसो त्यस्ता प्रकटीकरणहरू लाजमर्दा कुरा हुन् भन्ने लाग्छ, तर वास्तवमा यसमा लाजमर्दो कुरा केही छैन। यो शरीरको सामान्य जन्मजात प्रतिक्रिया मात्रै हो, र आफ्नो आनीबानी कसरी प्रस्तुत गर्ने वा व्यवहार कसरी गर्ने भन्ने सिद्धान्तहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले यो कुरा नबुझ्ने भए पनि वा तिनीहरू यसप्रति असन्तुष्ट हुन सक्ने भए पनि, यो अवश्य नै व्यक्तिको आनीबानीमा कुनै सीमा नहुने, उसको हुर्काइ नराम्रो भएको, ऊ अनियन्त्रित हुने, स्वेच्छाचारी, स्वार्थी हुने, वा उसको मानवता खराब वा दुष्ट हुने स्तरमा पुग्दैन—यसलाई यति हदसम्म बढाउनु पर्दैन। यो समस्या आनीबानीसँग सम्बन्धित हुँदैन, र भ्रष्ट स्वभावसँग यसको अवश्य नै कुनै सम्बन्ध हुँदैन। यस मामलालाई अत्योक्ति बनाउनु आवश्यक छैन। यी कुराहरूलाई सही रूपमा लिनुपर्छ।
कतिपय मानिसहरू न्यून विकसित देश वा वातावरणमा, वा खराब अवस्था भएका परिवारमा जन्मेका हुनाले, आफ्नो जीवनका कुराहरूका बारेमा त्यति निश्चित हुँदैनन्। तिनीहरू खाने कुराको सरसफाइको बारेमा होसियार नहुन सक्छन्, तिनीहरूले लामो समयसम्म नधोई एउटै लुगा लगाउन सक्छन्, र तिनीहरूको लुगामा पसिनाको गन्ध आउँछ भन्ने समेत तिनीहरूलाई थाहा नहुन सक्छ। यो कस्तो प्रकटीकरण हो? (यो व्यक्तिको जीवनशैलीका बानीहरूको प्रकटीकरण हो।) यो जीवनशैलीका बानीहरूको मामला हो; यो सरसफाइमा त्यति ध्यान नदिनु हो। कतिपय मानिसहरूले आफ्नो अनुहार र खुट्टा धुने क्रममा एउटै तौलिया प्रयोग गर्छन्, त्यसपछि दिउँसो काम गर्न बाहिर जाँदा पसिना पुछ्न यसैको प्रयोग गर्छन्। कहिलेकहीँ, यदि तिनीहरूले कसैलाई घाइते भएको देखे भने, घाउ छोप्न त्यही तौलिया समेत प्रयोग गर्छन्। तिनीहरूले सरसफाइप्रति पटक्कै ध्यान दिँदैनन्। यो कस्तो समस्या हो? यो तिनीहरूको जन्म भएको परिवारका अवस्थाहरूसँग निश्चित रूपमा सम्बन्धित हुन्छ। कतिपय मानिसहरू राम्रो जिउने अवस्था भएका परिवारहरूबाट आएका हुन्छन्, जहाँ हरेक व्यक्तिसँग धेरै वटा तौलिए अनि नुहाउँदा प्रयोग गरिने तौलियाहरू हुन्छन्, र अनुहारका लागि प्रयोग गरिने र खुट्टाका लागि प्रयोग गरिने तौलिया फरक-फरक हुन्छ। तिनीहरूले हरेक दिन नुहाउँछन् र अनुहार धुन्छन्, र तौलिया र नुहाउने तौलिया पनि दैनिक रूपमा धुन्छन्, त्यसकारण तिनीहरू विशेष रूपमा परिश्रमशील हुन्छन् जस्तो देखिन्छ। त्यस्ता बानी-ब्यहोरा कसरी निर्माण भएको हुन्छ? ती कुराहरू परिवारमा निश्चित आर्थिक जग र आर्थिक अवस्थाहरू हुनुको परिणाम हुन्, जसले गर्दा यी परिष्कृत जीवनशैलीका बानीबेहोराहरू पैदा हुन्छन्। यसले गर्दा व्यक्ति सरसफाइप्रति अत्यन्तै ध्यान दिने र आदर गर्ने व्यक्ति जस्तो देखिन्छ। झट्ट हेर्दा, तिनीहरू अत्यन्तै परिश्रमशील देखिन्छन्, तर वास्तवमा, यो सबैको पछाडि यो परिस्थिति पैदा गर्ने कारण बनेका अन्तर्निहित अवस्थाहरू लुकेका हुन्छन्। त्यसोभए, किन कतिपय मानिसहरूले यी कुराहरूप्रति ध्यान दिँदैनन्? कतिपय मानिसहरूले स्वाभाविक रूपमै त्यस्ता कुराहरूलाई त्यति ध्यान दिने प्रवृत्ति हुँदैन, र तिनीहरूसँग माध्यमहरू भए पनि, तिनीहरूले यी कुराहरूलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्—यो ठूलो समस्या होइन। अरूका हकमा, यो तिनीहरूको पारिवारिक अवस्था र वातावरणको कारण हुन्छ। सात-आठ जनाको परिवारमा, सबैले अनुहार र खुट्टा धुने एउटै तौलिया प्रयोग गर्न सक्छन्, र एकपछि अर्को व्यक्तिले यसलाई प्रयोग गर्न सक्छन्। कतिपय मानिसहरू खुट्टा नधोई समेत सुत्छन् र अझै पनि राम्ररी निदाउँछन्। यसले तिनीहरूको दैनिक जीवन वा तिनीहरूको आनीबानीमा असर गर्दैन। ध्यान दिनेहरूले यसो भन्न सक्छन्, “तर तिम्रो खुट्टामा कीटाणुहरू हुन्छन्—तिम्रो खुट्टा कति फोहोर छ!” जसप्रति अरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “खुट्टा फोहोरी हुँदैन; खुट्टा दिनभरि जुत्ताले ढाकेको हुन्छ र त्यो बाहिरी संसारको सम्पर्कमा आउँदैन, त्यसकारण कुनै कीटाणुहरू हुँदैनन्, तर खुट्टामा थोरै पसिना मात्रै आउँछ। मानिसहरूले खुट्टाको पसिना फोहोरी हुन्छ भन्ने सोच्छन्, तर वास्तवमा त्यस्तो हुँदैन। कतिपय ठाउँमा, खानेकुरा उत्पादन गर्न समेत खुट्टाको प्रयोग गरिन्छ। कसलाई थाहा, बजारमा किनेको खानेकुरा मानिसहरूले खुट्टाले आटा मुछेर बनाइएको पनि हुन सक्छ। तैँले त्यो कुरा देख्न सक्दैनस्, र तैँले त्यो खान्छस्—तैपनि तैँले आफूलाई अत्यन्तै सावधान ठान्छस्!” कुनै व्यक्तिले तोकेर भने पनि नभने पनि, यी सबै अन्तर्निहित अवस्थाहरूले आकार दिएका जीवनशैलीका बानीबेहोरा वा जीवनशैलीका तरिकाहरू हुन्। तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, व्यक्तिको व्यवहारमा कस्तो प्रकारका प्रकटीकरणहरू समावेश हुन्छन्? उदाहरणका लागि, खतरनाक परिस्थितिको सामना गर्दा, ठूलो रातो अजिङ्गरले खेदो गर्दा, सबैलाई तनाव हुन्छ र डर लाग्छ, र तिनीहरूमा केही जन्मजात प्रतिक्रियाहरू देखा पर्छन्। तैपनि, कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “अहिले हामी सबै जति नै तनावग्रस्त र भयभीत भए पनि, हामीले शान्त भएर परिस्थितिका समस्याहरूलाई समाधान गर्नुपर्छ। हामीले सुरुमा अगुवा र सेवकहरू, र अरू क्षेत्रका दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ, ताकि तिनीहरू तुरुन्तै जान सकून्।” तर अरूले फरक रूपमा सोच्न सक्छन्: “तिनीहरूलाई रक्षा गर्ने? मलाई कसले गर्छ? यदि अन्त्यमा म उम्कन सकिनँ भने के गर्ने? पहिले म भाग्नुपर्छ! जो पहिले भाग्छ उसलाई पक्राउ गरिनेछैन, र उसलाई दण्ड दिइनेछैन वा यातना दिइनेछैन।” हेर् त, खतराको सामना गर्दा, हरेकमा भाग्ने उस्तै किसिमका जन्मजात प्रतिक्रिया भए पनि, कतिपय मानिसहरूले अरूको रक्षा गर्ने कार्यलाई प्राथमिकता दिन्छन् र आफ्नो जीवनको सुरक्षालाई पछाडि राख्छन्—त्यस्ता मानिसहरूले प्रेम र दया देखाउँछन्। तैपनि अरूले सुरुमा आफ्नै बारेमा सोच्छन्, र अरूको बारेमा नसोची भाग्छन्—यो स्वार्थ हो। वास्तवमा, तिनीहरूको मानवताको विवेकको हिसाबमा भन्दा, के यो पछिल्लो समूहलाई सुरुमा तिनीहरूले अरू क्षेत्रका अगुवा र सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ भन्ने थाहा हुन्छ? तर्कको हिसाबमा भन्दा, के तिनीहरूले यो कुरा बुझेका हुन्छन्? (हुन्छन्।) जब सबैले यो तर्कलाई समान रूपमा बुझ्छन् र तिनीहरूसँग जन्मजात प्रतिक्रियाहरू हुन्छन्, तब प्रकटीकरणको हिसाबमा मानिसहरूमा भिन्नता हुन्छ। यसले व्यक्तिहरू बीचको मानवतामा रहेका भिन्नताहरूलाई प्रतिबिम्बित गर्छ। कतिपय मानिसहरू स्वार्थी र नीच हुन्छन्, जसले आफ्नो मात्रै हेरचाह गर्छन् र अरूलाई बेवास्ता गर्छन्, जब कि अरू दयालु हृदयका हुन्छन्, अरूप्रति निस्वार्थ र विचारशील हुन सक्छन्, अरूको सुरक्षालाई प्राथमिकता दिन्छन् र स्वार्थी रूपमा काम गर्दैनन्। के यसले फरक-फरक प्रकारको मानवतालाई प्रतिबिम्बित गर्छ? (हो।) यसले भिन्नतालाई स्पष्ट पार्छ। त्यसोभए, दुई प्रकारको मानवता भएका यस्ता मानिसहरूका बीचमा, कुन प्रकारको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई त्याग्न सक्छ? (असल मानवता भएको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र सजिलै आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ।) स्वार्थी मानिसहरूका बारेमा के भन्ने? (तिनीहरूलाई सत्यताको अभ्यास गर्न सजिलो हुँदैन; तिनीहरूले सत्यता बुझे पनि, यसलाई अभ्यास गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्न गाह्रो हुन्छ।) ठीक भन्यौ। त्यसकारण, सबैले भ्रष्ट स्वभाव प्रकट गर्न सक्ने भए पनि, यदि मानिसहरूको मानवता फरक छ भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा पनि तिनीहरू फरक हुनेछन्। जब मानिसहरूमा फरक-फरक प्रकारको मानवता हुन्छ, तब तिनीहरूले एउटै परिस्थितिमा फरक-फरक मनोवृत्ति र शैलीले प्रतिक्रिया दिन्छन्। यसले व्यक्तिले अन्तिममा सत्यता र सकारात्मक कुराहरूलाई स्वीकार गर्न सक्छ कि सक्दैन, ऊ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ कि सक्दैन भन्ने कुरालाई निर्धारित गर्छ। व्यक्तिको मानवता महत्त्वपूर्ण हुन्छ, होइन र? खतराको सामना गर्दा, हरेकले केही जन्मजात प्रतिक्रियाहरू देखाउँछन्—तिनीहरू सबै डराउँछन्, आत्तिन्छन्, र आतङ्कित हुन्छन्, तिनीहरू अनिश्चित हुन्छन्, मृत्युको डर मान्छन्, र भाग्न चाहन्छन्। यस्तो नाजुक परिस्थितिमा, असल र दयालु मानवता भएको व्यक्तिले सुरुमा अरू क्षेत्रका अगुवा र सेवकहरू, र दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने बारेमा सोच्नेछ—उसले सुरुमा अरूको सुरक्षाको बारेमा विचार गर्छ। तिनीहरूमा जन्मजात प्रतिक्रियाहरू हुने भए पनि—डर, भय, त्रास—र स्वाभाविक रूपमै तिनीहरूमा आत्म-रक्षा गर्ने जन्मजात क्षमता पनि भए पनि, तिनीहरूले परिस्थितिलाई सम्हाल्ने तरिका भनेको सुरुमा आफूलाई रक्षा गर्नु होइन तर अरूलाई रक्षा गर्नु हो। दयालु मानवता भएको व्यक्तिले यसरी नै आफ्नो आनीबानी प्रस्तुत गर्छ। अनि स्वार्थी व्यक्तिले आफूलाई प्रस्तुत गर्ने तरिकाको बारेमा के भन्ने? तिनीहरूले अरूको बारेमा सोच्न त सक्छन्, तर तिनीहरूले अरूलाई रक्षा गर्दैनन्—तिनीहरूले सुरुमा आफूलाई रक्षा गर्छन्। त्यसकारण, दयालु मानवता भएका, अरूप्रति सहानुभूति जनाउन र तिनीहरूलाई रक्षा गर्न सक्ने मानिसहरूले सत्यतालाई स्वीकार गर्ने सम्भावना हुन्छ। तिनीहरूको मानवताको विवेक र समझ सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई त्याग्नका लागि चाहिने सर्तहरू अनुरूप हुन्छ। स्वार्थी प्रकारको व्यक्तिले सत्यता बुझे पनि, यसलाई स्वीकार गर्दैन वा अभ्यास गर्दैन। खतराको सामना गर्दा, तिनीहरूको मानवताले आत्म-रक्षा र स्वार्थ प्रकट गर्छ। त्यसकारण तिनीहरूले प्रकट गर्ने यो मानवताको आधारमा हेर्दा, तिनीहरूमा सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभाव त्याग्नका लागि चाहिने आधारभूत सर्तहरू हुँदैनन् भन्ने कुरा स्पष्ट हुन्छ। यसको अर्थ सत्यताको अभ्यास गर्नुपर्ने परिस्थितिहरूमा, तिनीहरूको विवेक र समझले आफ्नो क्षमता गुमाउँछन्। तिनीहरूले आफ्नो विवेक र समझको विरुद्धमा काम गर्छन्। तिनीहरूले सत्यताको खोजी गरेर आफूले गर्नुपर्ने कुराहरू गर्ने निर्णय गर्दैनन्, बरु तिनीहरूले आफ्नो विवेक र समझको विरुद्धमा जाने, र आफ्ना सबै हितहरूको रक्षा गर्नका लागि आफ्ना स्वार्थी इच्छा र हितहरूका आवश्यकताहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्दै नैतिक इन्साफ र सत्यताको विरुद्धमा जाने समेत निर्णय गर्छन्। त्यसकारण, यस्तो व्यक्तिलाई सत्यता पछ्याउने मार्ग वा मुक्तिको मार्गमा हिँड्न सजिलो हुनेछैन। यसको तात्पर्य के हो भने तिनीहरूको भ्रष्ट स्वभावलाई त्याग्न निकै गाह्रो हुन्छ। यसलाई अलिक बुद्धिमानी रूपमा भन्दा, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्दैनन् भनेर भन्नुको सट्टा, हामी के भन्नेछौं भने तिनीहरूलाई त्यसो गर्न निकै गाह्रो हुन्छ। त्यसकारण, अहिले समस्यालाई हेर्दा, के व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्याग्न र मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा पूर्ण रूपमा उसको अन्तर्निहित अवस्थाहरूमा निर्भर हुन्छ? (हुँदैन।) यो के कुरामा निर्भर हुन्छ? (तिनीहरूको मानवता।) यो तिनीहरूको चरित्रमा, र तिनीहरूले विभिन्न मानिस, घटना, र परिस्थितिहरूको सामना गर्दा तिनीहरूको मानवताको विवेक र समझले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, परिस्थितिहरू आइपर्दा तिनीहरूले आफ्नो विवेक र समझ अनुसार काम गर्छन् कि गर्दैनन् भन्ने कुरामा यो निर्भर हुन्छ। यदि व्यक्तिले आफ्नो विवेक र समझको अगुवाइमा काम गर्यो भने, उसले सकारात्मक कुराहरू छनौट गर्नेछ र सत्यता छनौट गर्नेछ। तैपनि, यदि तिनीहरूले आफ्नो विवेक र समझको विरुद्धमा काम गरे भने, तिनीहरूले जति धेरै सत्यता बुझे पनि वा तिनीहरूको क्षमता उच्च भए पनि न्यून भए पनि, तिनीहरू नैतिक इन्साफको विरुद्धमा जान्छन्, सत्यता सिद्धान्तहरूको विरुद्धमा जान्छन्, र तिनीहरूले आफ्नो मानवता समेत गुमाउँछन्। यसले तँलाई के कुरा स्पष्ट पार्छ? के मानवता महत्त्वपूर्ण छ? (छ।) यदि कुनै व्यक्तिले परिस्थिति जेसुकै भए पनि, आफ्नो हितहरूसँग सम्बन्धित अवस्थामा आफ्नो विवेक र समझको विरुद्धमा र नैतिक इन्साफको विरुद्धमा काम गर्यो भने, उसले आफ्नो मानवता गुमाउनेछ। तिनीहरूले आफ्ना हितहरूलाई सुरक्षित गर्न र रक्षा गर्न जेसुकै गर्नेछन्। त्यसकारण, परिस्थितिको सामना गर्दा, तिनीहरूले आफ्नो विवेक र समझ अनुसार काम गर्ने निर्णय गर्दैनन्। बरु, तिनीहरू आफ्नै हितहरूका खातिर तिनको विरुद्धमा जान्छन्, र आफ्ना उद्देश्यहरू हासिल गर्न आफ्नो इज्जत र गरिमा त्याग्नेछन्। यस दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिले सामान्यतया जति नै राम्ररी व्यवहार गरे पनि, उसले आफ्नै हितहरू बाहेक केही पनि पछ्याउँदैन—उसको भ्रष्ट स्वभावलाई त्याग्न निकै गाह्रो हुन्छ। तिनीहरूले सत्यता स्वीकार गर्दैनन्—त्यो क्षण जति धेरै महत्त्वपूर्ण छ, र तिनीहरूले वास्तविकताको जति धेरै सामना गर्छन्, तिनीहरूले आफ्नो विवेक, समझ, र सत्यताको विरुद्धमा जान त्यति नै बढी निर्णय गर्छन्; र त्यो क्षण जति महत्त्वपूर्ण हुन्छ, तिनीहरूले सत्यताप्रति वितृष्ण गर्ने आफ्नो भ्रष्ट स्वभाव र आफ्नो स्वार्थी र नीच मानवतालाई त्यति नै प्रकट गर्छन्। त्यसकारण, यस्तो व्यक्तिलाई, आफ्नो भ्रष्ट स्वभाव त्याग्न निकै गाह्रो हुन्छ। अहिलेसम्म, के व्यक्तिको मानवता नै भ्रष्ट स्वभावलाई त्याग्ने आधारभूत सर्त हो भन्ने कुरा स्पष्ट भएको छ? व्यक्तिमा कस्तो मानवता छ त्यसले अन्तिममा उसले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ कि सक्दैन, ऊ अन्तिममा सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले अन्तिममा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई निर्धारित गर्छ।
कतिपय मानिसहरू स्वाभाविक रूपमा नै मौन बस्ने गर्छन्, र तिनीहरूमा कोमल र सहनशील व्यक्तित्व हुन्छ। तिनीहरूले बिरलै सानो कुरालाई ठूलो बनाउँछन् वा अरूसँग विवाद गर्छन्, न त तिनीहरूले होहल्ला नै मच्चाउँछन्। तिनीहरूको बोलीवचन धाक लगाउने किसिमको हुँदैन, र तिनीहरूको आवाज नरम हुन्छ। बाहिरी रूपमा, तिनीहरू विशेष रूपमा कोमल देखिन्छन्, र तिनीहरूले विधिवत् रूपमा र धैर्य भएर काम गर्छन्। कतिपय मानिसहरू सानो भएर बस्छन्, तिनीहरूले अरूसँग धेरै मौखिक कुराकानी गर्न मन पराउँदैनन् र तिनीहरू मानिसहरूसँग धेरै अन्तरक्रिया गर्न अनिच्छुक हुन्छन्। तिनीहरू जहाँ गए पनि, तिनीहरू उपस्थित छन् भन्ने कुराको लगभग कुनै बोध हुँदैन। यी प्रकटीकरणहरू कस्तो समस्यासँग सम्बन्धित छन्? (यो तिनीहरूको व्यक्तित्वसँग सम्बन्धित समस्या हो।) यो तिनीहरूको भित्री व्यक्तित्वको समस्या हो। यी मानिसहरूमा बाहिरी रूपमा यस्तो व्यक्तित्व हुन्छ, र भित्री रूपमा तिनीहरूको विचार पनि अत्यन्तै सरल हुन्छ। तिनीहरूले अरूसँग तुलनात्मक रूपमा राम्रो व्यवहार गर्छन्, तिनीहरूले अरूसँग तुलनात्मक रूपमा निष्पक्ष रूपमा अन्तरक्रिया गर्छन्, अरूबाट फाइदा लिँदैनन्, र जब तिनीहरूले अरूबाट निगाह वा सहयोग प्राप्त गर्छन्, तब तिनीहरूले त्यसको ऋण तिर्छन्, र तिनीहरूले आफ्नो हृदयमा अरूको दयालाई याद गरेर राख्छन्। बाहिरी रूपमा यी मानिसहरूमा असल मानवता छ जस्तो देखिन्छ: तिनीहरू मानिसहरू र पशु दुवैका लागि हानिरहित हुन्छन्; तिनीहरू सहनशील हुन्छन्, अरूप्रति संवेदनशील हुन्छन्, र अरूसँग कामकुराको बारेमा धाक दिँदैनन्; तिनीहरू विवादमा फस्दैनन्, न त तिनीहरूले अरूको बारेमा कुरा नै काट्छन्; तिनीहरूले मानिसहरूको पिठ्यूँ पछाडि तिनीहरूको आलोचना गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि सक्रिय रूपमा अरूलाई आक्रमण वा हानि गर्दैनन्; जब कुनै व्यक्ति कठिनाइमा हुन्छ, तब तिनीहरूले सहयोग गर्न सक्छन् भने, तिनीहरूले कहिल्यै पनि त्यसो इन्कार गर्दैनन्, र बदलामा केही पनि माग्दैनन्। धेरैजसो मानिसहरूले यी व्यक्तिहरू निकै मिलनसार हुन्छन् भनेर भन्नेछन्। त्यसोभए, के यी मानिसहरूमा बाहिरी रूपमा असल मानवता हुन्छ जस्तो देखिन्छ? (हो।) तर एक पटक, परमेश्वरको घरले तिनीहरूलाई परिस्थिति कस्तो भइरहेको छ भनेर सोध्छ: “तिमीहरूका मण्डली अगुवाहरूको काम कस्तो छ? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको बारेमा के सोच्छन्? के यस अवधिमा सुसमाचारको कामले कुनै परिणामहरू ल्याएको छ? के कसैले मण्डलीको काममा बाधा वा अवरोध ल्याएको छ?” तिनीहरूले यसको बारेमा विचार गर्छन्: “तिनीहरूले किन मलाई यसको बारेमा सोधिरहेका छन्? तिनीहरूले के गर्न खोजिरहेका छन्? के तिनीहरूले अगुवाहरूले राम्रो गरिरहेका छैनन् भनेर मैले भन्नुपर्छ भन्ने तात्पर्य दिइरहेका छन्? के तिनीहरूले हाम्रा अगुवाहरूलाई बर्खास्त गर्न खोजिरहेका छन्? तिनीहरूले मबाट शब्दहरू फुत्काउने र पुष्टि प्राप्त गर्ने प्रयास गरिरहेका छन्। त्यसोभए, म केही भन्नेछैनँ। यदि कुनै दिन अगुवाहरूलाई बर्खास्त गरियो, र मैले तिनीहरूको समस्याको बारेमा रिपोर्ट गरेको छु भन्ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मप्रति ईख राख्नेछैनन् र?” त्यसकारण तिनीहरूले जवाफ दिन्छन्, “अगुवाहरूले आजभोलि निकै राम्रो काम गरिरहेका छन्; मैले कुनै समस्या देखेको छैनँ।” तिनीहरूले यति मात्रै भन्छन्। तिनीहरूलाई फेरि “तपाईंले साँच्चै कुनै समस्याहरू देख्नुभएको छैन?” भनेर सोधियो भने, तिनीहरूले जवाफ दिन्छन्, “तपाईंले फलानो-फलानो सिस्टरलाई सोध्दा राम्रो हुन्छ, किनभने उसले अगुवाहरूसँग बारम्बार अन्तरक्रिया गरिरहेकी हुन्छिन्। तिनीहरू प्रायजसो सँगै बस्छन् र उसले तिनीहरूलाई राम्ररी चिनेकी छिन्। मलाई तिनीहरूको बारेमा त्यति राम्ररी थाहा छैन।” तर वास्तवमा, तिनीहरूले मनमनै सोच्छन्: “मलाई थाहा भए पनि, मैले केही पनि भन्न सक्दिनँ। यदि मैले बोलें र पछि अगुवाहरूलाई बर्खास्त गरियो भने, के तिनीहरूले मप्रति ईख राख्नेछैनन् र? तिनीहरूलाई बर्खास्त गरिएन भने पनि, यदि मैले तिनीहरूको बारेमा नराम्रो कुरा भनेको छु भन्ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मलाई दुःख दिनेछैनन् र? के तिनीहरूले मलाई कष्ट दिन सक्छन्? के मेरो कर्तव्य खोसिनेछ? मैले केही पनि भन्नु हुँदैन!” यो कस्तो प्रकटीकरण हो? (यो छलको प्रकटीकरण हो।) अनि यो कस्तो समस्यासँग सम्बन्धित छ? भ्रष्ट स्वभाव। यस्तो व्यक्ति बाहिरी रूपमा स्वाभाविक रूपमा नै राम्रो व्यक्तित्व र असल मानवता भएको देखिन्छ, तर जब अरूलाई मूल्याङ्कन गर्ने वा समस्याहरूका बारेमा रिपोर्ट गर्ने कुरा आउँछ, तब उसले आफूलाई थाहा छैन भनेर दाबी गर्छ, र उसले विश्वास गरेको थोरै समय मात्रै भएको छ र उसले सत्यता बुझेको छैन, र यस्ता कुराहरूलाई पारदर्शी रूपमा देख्न नसक्ने गरी ऊ मूर्ख छ भनेर भन्छ। उसले जसका समस्याहरू देखे पनि, यसको बारेमा कहिल्यै रिपोर्ट गर्दैन वा यसको बारेमा बोल्दैन। जब कसैले अगुवाहरूको पिठ्यूँ पछाडि आलोचना गर्छ वा झाराटारुवा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले यो नदेखेको वा थाहा नभएको बहाना गर्छ र कहिल्यै पनि कुनै कुराको बारेमा रिपोर्ट गर्दैन। जब अगुवाहरूले सोध्छन्, “तपाईंले त फलानो-फलानोसँग धेरै समय बिताउनुभएको छ; तिनीहरूले कर्तव्य निर्वाह गर्दा सामान्यतया यो कस्तो हुन्छ? के तिनीहरूले कठिनाइ भोग्न र मूल्य चुकाउन सक्छन्?”, तब तिनीहरूले जवाफ दिन्छन्, “अँ, तिनीहरू बिहान निकै चाँडै उठ्छन् र राती निकै ढिलो सुत्छन् भन्ने मैले देखेको छु।” वास्तवमा, तिनीहरूले यो व्यक्तिले प्रायजसो गैर-विश्वासी संसारका भिडियोहरू हेर्छ र आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउँदैन भन्ने कुरा धेरै पहिले नै देखेका हुन्छन्, तर तिनीहरूले सत्यता बोल्दैनन्; तिनीहरूले सधैँ सबैसँग सतही सद्भाव कायम राख्छन्। बाहिरी रूपमा, तिनीहरूको अन्तर्निहित व्यक्तित्व ठीक देखिन्छ, र तिनीहरूको मानवता पनि राम्रो देखिन्छ, तर असल मानवताको यो रूपभित्र के लुकेको हुन्छ? तिनीहरू मान्छे खुशी पार्ने मानिसहरू हुन्; तिनीहरू कसैलाई नचिढ्याउने, कसैलाई हानि नगर्ने, अरूबाट कहिल्यै फाइदा नलिने, र शत्रुहरू नबनाउने मानिसहरू हुन्। आफ्नो आनीबानी प्रस्तुत गर्ने तिनीहरूको सिद्धान्त के हो? (कसैलाई चिढ्याउनु हुँदैन भन्ने।) तिनीहरूले कसैलाई चिढ्याउँदैनन्, कसैलाई हानि गर्दैनन्, र आफूलाई रक्षा गर्ने मात्रै प्रयास गर्छन्। के यो धूर्त हुनु हो? (हो।) कसैले तिनीहरूसँग “हामीले सँगै आफ्नो कर्तव्य निर्वाह गर्दै सबैभन्दा बढी समय बिताएका छौं। ममा देखिएका कुनै पनि समस्याहरू कृपया औँल्याइदिनुहोस्। म यसलाई स्वीकार गर्छु र म परिवर्तन हुनेछु भनेर प्रतिज्ञा गर्छु। यस विषयमा अभ्यासका सिद्धान्तहरूका बारेमा पनि मलाई सङ्गति गर्नुहोस्” भनेर इमानदारिताको साथ सङ्गति गर्छ—अर्को व्यक्ति यति इमानदार भए पनि, तिनीहरूले अझै पनि सत्यता बोल्दैन। बरु, तिनीहरूले कपटी रूपमा भन्छन्, “तपाईं मभन्दा निकै असल हुनुहुन्छ। वास्तवमा, तपाईंहरू कसैले पनि यो थाहा पाउनुभएको छैन, तर म साँच्चै कमजोर छु। म नकारात्मक बन्छु, र म विद्रोही पनि बन्छु।” अरूले तिनीहरूलाई जति नै इमानदारिताको साथ अनुरोध गरे पनि, तिनीहरूले केही भन्दैनन्। तिनीहरूले कसैलाई चिढ्याउन पूर्ण रूपमा इन्कार गर्छन् र कहिल्यै पनि एउटा पनि साँचो अभिव्यक्ति दिँदैनन्। तिनीहरूले आफ्नो हृदयमा सबै कुरा लुकाएर राख्छन् र कसैलाई सत्यता बताउँदैनन्। यसबाट, के देख्न सकिन्छ भने तिनीहरूमा कुनै विचार हुँदैन भन्ने होइन, किनभने तिनीहरू रोबोटहरू होइनन्, र तिनीहरू सून्यतामा जिउँदैनन्। तिनीहरूसँग फरक-फरक मानिसहरू र मामलाहरूका बारेमा विचारहरू हुन्छन्, तर तिनीहरूले ती कुरा कहिल्यै व्यक्त गर्दैनन् वा कसैलाई ती कुरा बताउँदैनन् वा सुनाउँदैनन्। तिनीहरूले सबै कुरा मनमा लुकाएर राख्छन्, किनभने तिनीहरूले एक हिसाबमा अरूले तिनीहरूको वास्तविकता नदेखून् भन्ने चाहन्छन्, र एक हिसाबमा तिनीहरूले कसैलाई चिढ्याउन चाहँदैनन्। त्यसोभए, आफ्नो आनीबानी प्रस्तुत गर्ने तिनीहरूको सिद्धान्त के हो? के तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन? (हो।) तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन। तिनीहरूले कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् वा सिद्धान्तहरू पालना गर्दैनन्। तिनीहरूले आफूलाई बचाउ गर्ने र रक्षा गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्। तिनीहरूलाई चोट पुग्दैन भने, परमेश्वरले के मापदण्ड दिनुहुन्छ भन्ने कुरालाई तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् त्यसमा तिनीहरूसँग कुनै सिद्धान्त वा सीमा हुँदैन, र तिनीहरूले कसैलाई चिढ्याउँदैनन्—तिनीहरू मान्छे खुशी पार्ने मानिसहरू मात्रै हुन्। त्यसकारण, अरूको नजरमा, तिनीहरूलाई असल मानिसहरू पनि मानिन्छ किनभने तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले प्रायजसो तिनीहरूको सहयोग प्राप्त गर्छन्, र अरूले तिनीहरूलाई कुनै कुरा माग्दा, तिनीहरूले कहिल्यै पनि इन्कार गर्दैनन्, जसले गर्दा मानिसहरूले तिनीहरू असल मानिसहरू हुन् भन्ने ठान्छन्। तैपनि, यदि तैँले तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्तहरूलाई नजिकबाट जाँचिस् भने, तिनीहरूसँग आनीबानी प्रस्तुत गर्ने कुनै सिद्धान्त हुँदैन भन्ने तैँले देख्नेछस्। जब भ्रष्ट स्वभावहरूसँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, तब के तिनीहरूले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्नेछन्? के तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेछन्? (गर्दैनन्।) उत्तर अवश्य नै गर्दैनन् भन्ने हुन्छ। यी मानिसहरूले आफूसँग असल मानवता र दयालु हृदय छ भन्ने विश्वास गर्दै आफ्नै व्यक्तिपरक बुझाइलाई पक्रिराख्छन्। तिनीहरूले अरूप्रति कहिल्यै पनि खराब अभिप्राय राख्दैनन्, वा कम्तीमा पनि, अरूलाई सक्रिय रूपमा हानि गर्दैनन् वा तिनीहरूका हितहरूमा हानि गर्दैनन् भन्ने सोच्छन्। जब अरूसँग कुनै अनुरोध वा आवश्यकता हुन्छ, तब तिनीहरूले सधैँ प्रतिक्रिया दिन्छन्। आफ्नो बुझाइमा, तिनीहरूले कसैलाई चिढ्याउँदैनन् वा हानि गर्दैनन् भने त्यसले नै तिनीहरूलाई असल मानिसहरू बनाउँछ भन्ने विश्वास गर्छन्। कुनै शत्रु नबनाउँदा, तिनीहरूले आफूलाई कुनै खतरनाक परिस्थितिमा पार्नेछैनन्, र कसैले पनि तिनीहरूलाई शत्रुको रूपमा देख्नेछैनन् भन्ने सोच्छन्। यसरी, तिनीहरूलाई चोट पुग्नेछैन र तिनीहरू सुरक्षित नै रहनेछन्। यस्ता मानिसहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिकाको उद्देश्य के हुन्छ? तिनीहरूको एउटै उद्देश्य भनेको आत्म-रक्षा हो; तिनीहरूका लागि सबैभन्दा सहज र सुरक्षित आश्रय र सहजताको क्षेत्र भनेर तिनीहरूले ठानेको स्थानमा बस्नु नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन्, वा आफ्नो आनीबानीको दिशा के हो त्यसको सिद्धान्त र सीमाहरू परिवर्तन गर्ने कुनै अभिप्राय तिनीहरूसँग हुँदैन, र तिनीहरूले अवश्य नै आफ्नो भ्रष्ट स्वभाव त्याग्ने कुनै अभिप्राय राख्दैनन्। यी मान्छे खुशी पार्ने र समस्याबाट जोगिने मानिसहरू हुन्। अरूले सत्यता सिद्धान्तहरूका बारेमा वा आफ्नो आनीबानी कसरी प्रस्तुत गर्ने भन्ने बारेमा रहेका सीमा र सिद्धान्तहरूका बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले आफ्नो आनीबानीलाई परिवर्तन गर्दैनन्। त्यसोभए, के यी मानिसहरूमा असल मानवता हुन्छ? (हुँदैन।) के यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न वा सिद्धान्तहरू पालना गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले किन सत्यता सिद्धान्तहरू पालना गर्न सक्दैनन्? किनभने तिनीहरूको विचारमा, तिनीहरूको आनीबानीको मापदण्ड भनेको मानिसहरूलाई खुशी पार्ने मानिसहरू बन्नु नै हो। विचार राख्नु वा अडान लिनुपर्ने कुनै पनि मामलाको हकमा, तिनीहरू चुप बस्छन्, तिनीहरूले उदासीन मनोवृत्ति कायम राख्छन्, र त्यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्ने जस्तो गरी टाढै बसेर बेफिक्री र अलग बस्छन्। परिणाम स्वरूप, तिनीहरूले आफ्नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छन् त्यस विषयमा तिनीहरूसँग कुनै सीप हुँदैन; तिनीहरू चिप्ले घस्ने मानिसहरू हुन्। तिनीहरूलाई आफ्नो वरिपरिका मानिसहरू र घटनाहरूका बारेमा वास्ता हुँदैन। कुनै पनि वातावरणमा रहेको वा कुनै पनि व्यक्तिसँगको समस्याहरू जति नै महत्त्वपूर्ण भए पनि, तिनको बारेमा वास्ता गर्ने, सोधपुछ गर्ने, वा जान्ने बारेमा तिनीहरूलाई कुनै चासो हुँदैन। तिनीहरूले के विश्वास गर्छन् भने यो कुरा तिनीहरूसँग सम्बन्धित छैन भने, तिनीहरूले चिन्ता गर्नु पर्दैन। यसको लागि एउटा भनाइ छ, यो भनाइले के भन्छ? “योग्यता नखोज, बरु आरोपबाट बच।” मान्छे खुशी पार्ने मानिसहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्त पनि यही हो। त्यस्ता मानिसहरूको भ्रष्ट स्वभावका विशेषताहरू के-के हुन्? छल, दुष्टता, कठोरता, सत्यतालाई स्वीकार गर्न नमान्ने—तिनीहरूमा भ्रष्ट स्वभावका लगभग सबै विशेषताहरू हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले दुष्कर्म गर्दैनन् र बिरलै अपराधहरू गर्छन् होला, तर यदि तैँले तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्त र तरिकाहरूलाई अवलोकन गरिस् भने, सबैभन्दा उल्लेखनीय विशेषता के हो भने तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन् र तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिकामा कुनै सीमा हुँदैन। कसैले तिनीहरूलाई अपमान गर्दा वा तिनीहरूको इज्जतमा चोट पुर्याउँदा पनि, तिनीहरूले यसलाई सहेर हाँस्न सक्छन्, र आफ्ना भित्री विचारहरू कहिल्यै प्रकाश गर्दैनन् वा प्रकट गर्दैनन्। बाहिरी रूपमा, तिनीहरू अत्यन्तै सहनशील, दयालु मानवता भएका देखिन्छन्, र तिनीहरूले आक्रमण गर्ने वा बदला लिने कुनै अभिप्राय देखाउँदैनन्। तैपनि, तिनीहरूमा कुनै विचारहरू हुँदैनन् भन्ने होइन—तिनीहरूले तैँले के गरेको छस् भन्ने कुरा याद गर्छन्, र सही समयमा, तिनीहरू बाहिर आएर आफूलाई रक्षा गर्नेछन् र बचाउ गर्नेछन्, र तैँले पत्ता समेत लगाउन नसक्ने किसिमको निश्चित प्रतिप्रहार गर्नेछन्। तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्; तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् भन्ने सिद्धान्त र सीमाहरू आफ्नै हित, सुरक्षा, र प्रतिष्ठाको रक्षा गर्नका लागि मात्रै हुन्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई दुष्ट भनेर, र कठोर, छली, र सत्यताप्रति वितृष्ण गर्ने भनेर व्याख्या गर्नु सही हुन्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तिनीहरूले अरूका हितहरूमा हानि गरेका छैनन् वा कुनै दुष्कर्म गरेका छैनन्, त्यसकारण तिनीहरूमा यी भ्रष्ट स्वभावहरू छन् भनेर कसरी भन्न सकिन्छ? तपाईंले यसलाई केमा आधारित गरिरहेको छ?” यो तिनीहरूले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छन् र तिनीहरूले आफ्नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छन् भन्ने कुराको बारेमा रहेका तिनीहरूको विचार, दृष्टिकोण, र मनोवृत्तिहरूमा आधारित हुन्छ। के तिमीहरूले यो कुरा याद गरेका छौ? (अहिले हामीले यो कुरा देख्यौँ।) तिमीहरूले किन पहिले यो कुरा देख्न सकेनौ? तिनीहरूले तँलाई बहकाएका छन् भन्ने बारेमा के भन्छौ? (हामीलाई तिनीहरूले आफ्नो बोलीवचन र व्यवहारमा, र तिनीहरूले अरूसँग कसरी अन्तरक्रिया र सहकार्य गर्छन् भन्ने कुरामा निकै सहज व्यवहार गर्छन् भन्ने लाग्थ्यो, र तिनीहरूले कसैलाई चोट पुर्याउँदैनथिए, त्यसकारण हामीले तिनीहरूमा असल मानवता छ भन्ने अनुमान गर्थ्यौँ। हामीलाई तिनीहरूको बाहिरी व्यवहारले बहकायो।) कुनै व्यक्तिमा बाहिरी रूपमा कोमल व्यक्तित्व छ र उसले मानिसहरूलाई कहिल्यै आक्रमण गर्दैन र पशुहरूलाई चोट पुर्याउँदैन भन्दैमा उसमा असल मानवता छ भन्ने हुँदैन। मानवताको कस्तो प्रकारका प्रकाशहरूले साँच्चै नै असल मानवतालाई प्रतिनिधित्व गर्छन्? (एक हिसाबमा, अरूलाई हानि नगर्नु वा तिनीहरूबाट फाइदा नलिनु हो। यसको साथै, जब खतरा पैदा हुन्छ, तब आफ्नो सुरक्षाको बारेमा विचार नगरी, र हरेक परिस्थितिमा परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिन सक्ने गरी अगुवा र कामदारहरू, साथै सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने बारेमा नै पहिले गर्नु हो। यी सबै असल मानवताका प्रकटीकरणहरू हुन्।) दयालु हृदय भएको, प्रेमिलो, धैर्य र सहनशील, अरूप्रति आदर गर्ने, अरूको बारेमा वास्ता गर्न तयार हुने, मानिसहरूबाट फाइदा नलिने, तुलनात्मक रूपमा सीधा, साथै नम्र, सानो भएर बस्ने, र अहङ्कारी नबन्ने: मानवताका यी गुणहरू हुनु, सत्यता सिद्धान्तहरू पालना गर्ने र परमेश्वरको घरका हितहरूको रक्षा गर्ने क्षमता हुनु—यो असल मानवता हो। यदि कुनै व्यक्तिमा बाहिरी रूपमा सहनशीलता, धैर्यता, दया, अरूको फाइदा नलिने, अरूप्रति संवेदनशीलता, अरूको हेरचाह गर्ने जस्ता मानवताका गुणहरू छन्, तर जब परमेश्वरको घरका हितहरूको कुरा आउँछ, तब उसले सजिलै त्यसलाई अरूको हातमा सुम्पिदिन्छ र सक्रिय रूपमा त्यसलाई धोका समेत दिन्छ भने, के उसमा राम्रो मानवता हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरूको मानवता राम्रो छैन भन्ने हुन्छ। असल मानवतालाई कसरी मापन गरिन्छ? न्यूनतम मापदण्ड के हो? (कम्तीमा पनि, परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्नु।) परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्नु; त्यसपछि, यस जगमा रहेर, अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्नु, दयालु र सहनशील हुन सक्नु, अरूबाट फाइदा नलिनु, र अरूका कमजोरीहरूप्रति सहनशील र बुझकी हुन सक्नु, अरूप्रति संवेदनशील हुन सक्नु, प्रेम गर्न सक्नु, अरूलाई सहयोग गर्न र साथ दिन सक्नु, र कमजोरहरूलाई वास्ता गर्न सक्नु, र इत्यादि—यी सबै असल मानवताका विशेषताहरू हुन्। यसको विपरीत, स्वार्थ, नीचता, लोभ, अरूसँग कठोर बन्नु र हदभन्दा बढी षड्यन्त्रकारी बन्नु, मानिसहरूको कुरा काट्न र तिनीहरूलाई दमन गर्न मन पराउनु, स्वेच्छाचारी बन्नु, घमण्डी बन्नु, विशेष रूपमा सतही बन्नु, दुष्ट बन्नु, लम्पट बन्नु, निर्दयी बन्नु, र लाजको बोध नहुनु—यी कस्तो प्रकारका प्रकटीकरणहरू हुन्? (यी खराब मानवताका प्रकटीकरणहरू हुन्।) के यी प्रकटीकरणहरू भएको व्यक्तिले अझै पनि परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्छ? (सक्दैन।) परमेश्वरको घरका हितहरूको रक्षा गर्ने क्षमता साथै असल मानवताका प्रकटीकरणहरू हुनु—साँचो रूपमा असल मानवता भनेको यही हो।
कतिपय मानिसहरू बाहिरी रूपमा अत्यन्तै दयालु देखिन्छन्; तिनीहरू अरूसँग धैर्यताको साथ व्यवहार गर्न र सहनशील हुन सक्छन्, र तिनीहरूसँग असल मानवताका सबै विशेषताहरू हुन्छन्। तर जब मण्डलीको काम, परमेश्वरका भेटीहरू, वा परमेश्वरको घरका हितहरूको कुरा आउँछ, तब तिनीहरूले यी सबै कुराप्रति धोका दिन सक्छन्। के यस्तो व्यक्तिमा असल मानवता हुन्छ भनेर तिमीहरूले भन्छौ? (भन्दैनौँ।) उदाहरणका लागि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि सामान किन्दा, कतिपय मानिसहरूले राम्रो गुणस्तरका, सस्तो मूल्यका, र व्यावहारिक रहेका सामानहरू छनौट गर्छन्। तर सामान किन्न भेटी खर्च गर्ने क्रममा, तिनीहरूले महँगा सामानहरू किन्न रुचाउँछन्। त्यो ट्र्याक्टर मात्रै हो भने पनि, तिनीहरूले नेभिगेसन सहितको ट्र्याक्टर किन्न चाहन्छन्। तिनीहरूले जेसुकै किने पनि, सधैँ सबैभन्दा राम्रो, सबैभन्दा महँगो, र उच्च प्रविधिका सामानहरू लिन्छन्, र सस्तो कुरालाई विचार गर्न मान्दैनन्। सामान्यतया, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बस्छन् जस्तो देखिन्छ; तिनीहरूले मानिसहरूबाट फाइदा लिँदैनन्, तिनीहरू निकै सहनशील हुन्छन्, र सबै तरिकाले अरूसँग राम्रो व्यवहार गर्छन्। तर भेटीहरू खर्च गर्ने क्रममा, तिनीहरूको निर्दयी पक्ष देखा पर्छ, र तिनीहरूको कुरूप अनुहार देखा पर्छ। के तिनीहरूलाई असल मानवता भएको व्यक्तिको रूपमा लिन सकिन्छ? (सकिँदैन।) के तिनीहरूको असल मानवता साँच्चै नै सच्चा हुन्छ? यो बाहिरी नाटक र बहानाबाजी मात्रै हो, यो सबै देखावटी रूप हो। जब परमेश्वरको घरका हितहरूसँग सम्बन्धित मामलाहरूको कुरा आउँछ, विशेष गरी भेटीहरू खर्च गर्ने मामलाको कुरा आउँछ, तब तिनीहरूको लोभ देखा पर्छ, र तिनीहरूको कुरूप अनुहार, दियाबलसको रूप, र उग्र मनोवृत्ति प्रकट हुन्छ। के यो असल मानवता हो? (होइन।) उदाहरणका लागि, कसैले वचन देहमा देखा पर्नुहुन्छ नामक पुस्तकको प्रतिलिपि अधिकारका लागि आवेदन दिइरहेको हुन्छ, र उसले भन्छ: “यदि हामीले मण्डलीको रूपमा संस्थाको नाममा आवेदन दियौँ भने, धेरै पैसा बचत हुन्छ। तर यदि हामीले देहधारी ख्रीष्टको नाममा आवेदन दियौँ भने, खर्च बढी हुनेछ। हामीले यसमा पैसा बचत गर्नुपर्छ; भेटी लापरवाही रूपमा खर्च गर्नु हुँदैन!” के यो अभिव्यक्ति सही छ? के त्यस्तो महत्त्वपूर्ण मामला सम्हाल्ने कार्यमा तिनीहरूसँग सिद्धान्तहरू हुन्छन्? यी वचनहरू कसले व्यक्त गर्नुभएको थियो, परमेश्वरले कि मण्डलीले? (ती परमेश्वरले व्यक्त गर्नुभएको हो।) त्यसोभए प्रतिलिपि अधिकार कसको हुनुपर्छ? यसको स्वामित्व परमेश्वरलाई दिनु उचित हो कि मण्डलीलाई दिनु? (यो परमेश्वरलाई दिनु अझै उचित हुन्छ।) यो महत्त्वपूर्ण कुरा हो। यस्तो महत्त्वपूर्ण मामलामा पैसा बचत गर्ने कार्यमा ध्यान दिनुका परिणामहरू के-के हुन्छन्? के-कस्ता समस्याहरू पैदा हुन सक्छन्? परिणामहरू कल्पना गर्न नसकिने किसिमका हुन सक्छन्! यदि तैँले परमेश्वरको घरका हितहरूलाई बेवास्ता गरिस् र पैसा बचत गर्ने बारेमा मात्रै विचार गरिस् भने, तँ कस्तो व्यक्ति होस्? त्यस्ता मानिसहरूसँग विवेक वा मानवता हुन्छ? (तिनीहरूमा कुनै मानवता हुँदैन।) त्यस्ता मानिसहरूले बाहिरी रूपमा जति नै दयालु वा सहनशील व्यवहार देखिए पनि, के तिनीहरूमा साँच्चै नै मानवता हुन्छ? (हुँदैन।) मण्डलीमा, खाना, पेय पदार्थ, र दैनिक आवश्यकताहरूका सबै खर्चहरू पूर्ण रूपमा परमेश्वरका भेटीहरूद्वारा किनिएका हुन्छन्। के मैले यी खर्चहरूका बारेमा कहिल्यै तिमीहरूलाई किचकिच गरेको छु? एउटै मात्र मापदण्ड भनेको तिमीहरूले खेर फाल्नु हुँदैन भन्ने मात्रै हो, तर के मैले कहिल्यै तिमीहरूको सामान्य खर्चलाई छानबिन गरेको छु? (गर्नुभएको छैन।) सबै पक्षमा, मैले तिमीहरूको बारेमा ध्यान दिएको छु र तिमीहरूको खर्चलाई कहिल्यै छानबिन गरेको छैनँ, तैपनि तिमीहरूले फर्केर मसँग लापरवाह काम गर्छौ। के यो मानवताको कमी होइन र? (हजुर, हो।) मानवताविनाको व्यक्ति मानिसहरूप्रति जति नै दयालु वा सहनशील देखिए पनि, यो त देखावटी रूप मात्रै हो। जब विवेक र समझ साँच्चै नै प्रयोग हुनुपर्ने क्षणहरूको कुरा आउँछ, तब तिनीहरू सबै मानवता रहितका मानिसहरूका रूपमा प्रकट हुन्छन्। के तिनीहरू मानव समेत हुन्छन्? (हुँदैनन्।) तिनीहरूलाई मानव भनेर भन्न सकिँदैन। जब म किनमेल गर्छु, तब म वस्तुहरू कहिले छुटमा छन् र तिनलाई किन्ने उपयुक्त तरिकाहरू के हुन् भनेर विचार गर्दै होशियार भएर र सावधानीको साथ किनमेल गर्छु, र यदि कुनै वस्तु व्यावहारिक, उपयुक्त, र उचित मूल्यको छ भने, म यसलाई किन्नेछु। तर म लापरवाही रूपमा किन्दिनँ, र अनुचित कुरामा पैसा खर्च गर्दिनँ। तैपनि, कतिपय खर्चहरू हुन सक्छन् जसबाट जोगिन सकिँदैन र तिनलाई खर्च गर्नु नै पर्ने हुन्छ, र ती अवस्थामा, म सिद्धान्तहरू अनुसार खर्च गर्छु। म मेरो आफ्नै खाना, लुगा, र दैनिक आवश्यकताहरूमा पनि बचत गर्ने प्रयास गर्छु। यो आफूले चाहेको जेसुकै कुरा किन्नुसँग सम्बन्धित कुरा होइन; मैले मेरा खरिदहरूलाई ध्यान दिएर विचार गर्नुपर्छ। हेर् त, म सरल, उचित, र प्रस्तुत गर्न सकिने रूपमा लुगा लगाउँछु। म खर्च गर्दा सिद्धान्तहरू पछ्याउँछु: म आवश्यक र व्यावहारिक कुरा किन्छु, र त्यस बाहेकको कुरा किन्दिनँ। पैसा उडाउँदिनँ वा बरबाद गर्दिनँ; खर्च गर्न नहुने पैसा खर्च नगर्; जहाँ बचत गर्नुपर्छ त्यहाँ बचत गर्, र अनावश्यक खर्चबाट टाढा बस्—सिद्धान्तहरू यिनै हुन्। तैपनि, जब मानवताविनाका कतिपय मानिसहरूले परमेश्वरका भेटीहरू खर्च गर्ने अवसर देख्छन्, तब तिनीहरूको आँखा बल्छ। यदि यसमा मानिसहरूको खाना, लुगा, बास, वा यातायातमा खर्च गर्ने कार्य समावेश छ भने, तिनीहरूले हतार-हतार काम गर्छन्। विशेष गरी अरूका लागि लुगा किन्ने वा जीविकोपार्जनका खर्चहरू पूरा गर्ने कार्यमा, तिनीहरू अत्यन्तै उत्साहित र अत्यन्तै उदार बन्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “अँ, मेरो पैसा खर्च हुने होइन। यो परमेश्वरको पैसा खर्च गर्नु हो, र यसले मेरो प्रतिष्ठामा सहयोग गर्छ, त्यसकारण किन हिचकिचाउने?” त्यसकारण तिनीहरूले अवसरको फाइदा उठाएर घाटा ल्याउँछन्। हृदयमा, तिनीहरूले दुष्ट अभिप्रायहरू राख्छन्, र परमेश्वरको घरमा हानि गर्ने बाहेक केही चाहँदैनन्! तर यदि यो तिनीहरूको आफ्नै पैसा थियो भने, तिनीहरूले सबै कुराको हिसाबकिताब गर्नेथिए, र आवश्यकभन्दा बढी पैसा खर्च गर्न मान्दैनथिए। तिनीहरू सामान्यतया जति नै दयालु देखिए पनि, त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। मेरो दृष्टिकोणमा, परमेश्वरका भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्तिले धेरै कुरा बताउँछ। तिनीहरूले भेटीहरू बरबाद गर्न सक्छन् र तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन भन्ने तथ्यले कम्तीमा पनि, तिनीहरू दयालु हुँदैनन्, तिनीहरू नीच हुन्छन्, र तिनीहरूमा कमजोर मानवता हुन्छ भन्ने देखाउँछ। के कुरा यही होइन र? (हजुर, हो।)
व्यक्तिको अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावसँग सम्बन्धित धेरै प्रकटीकरणहरू हुन्छन्। आज हामीले तीमध्ये केही भागलाई छानबिन गरेका छौं; अरू प्रकटीकरणहरू पनि हुन सक्छन्, जुन कुरालाई हामीले भविष्यका सङ्गतिकाहरूमा समावेश गर्न सक्छौं। आजका लागि हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!
सेप्टेम्बर २३, २०२३