सत्यता कसरी पछ्याउने (३)
सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्नु
आफू र परमेश्वरबीचका तगारोहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने
१. परमेश्वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्ने: परमेश्वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्ने
केही समयदेखि, हामीले सत्यता पछ्याउने विषयवस्तुमा सङ्गति गरिरहेका छौँ। यस विषयमा संलग्न विषयवस्तु निकै व्यापक छ, तर विषयवस्तु चाहे जति व्यापक भए पनि, यो मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने मानिस र कामकुराहरूलाई कसरी हेर्छन्, र तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्छन् र कार्य गर्छन् भन्ने कुरासँग सम्बन्धित केही समस्याबाट अविभाज्य छ, होइन र? (हो।) यी मानिसहरूको जीवनका वास्तविक समस्याहरू हुन्। ती कुराहरू मानिसहरूको दैनिक जीवनबाट अलग छैनन्, न त ती कुराहरू मानिसहरूको सामान्य मानवताबाट नै अलग छन्। यी समस्याहरूमा विभिन्न कामकुराहरूप्रतिको मानिसहरूका मनोवृत्ति र दृष्टिकोणहरू, साथै मानिसहरूले आफ्नो अस्तित्व र आफ्नो जीवनको यात्रामा सामना गर्ने सबै किसिमका मुख्य मामलाहरू समावेश हुन्छन्। हाम्रो यसअघिको सङ्गतिको विषयवस्तु “सत्यता कसरी पछ्याउने” अन्तर्गतको “त्याग्नु” को अभ्यासको एउटा पक्षसँग सम्बन्धित थियो—आफू र परमेश्वरको बीचमा रहेका तगाराहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु। यो अभ्यासमा के समावेश हुन्छ? यसमा मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्ध समावेश हुन्छ, होइन र? (हो।) विगत केही सङ्गतिका विषयवस्तुहरू परमेश्वरले माग गर्नुहुने सिद्धान्त र मानकहरू अनुसार सबै प्रकारका मानिसहरू र सबै प्रकारका कामकुराहरूलाई कसरी हेर्नुपर्छ, र सबै प्रकारका मानिसहरू र सबै प्रकारका कामकुराहरूलाई कसरी सम्हाल्नुपर्छ भन्ने कुरासँग सम्बन्धित थिए। हाम्रो यसअघिको सङ्गतिको विषयवस्तु मानिस र परमेश्वरबीच रहेको सम्बन्धसँग सम्बन्धित थियो, र त्यसले मानिसहरूलाई परमेश्वरका अभिप्रायहरू अनुरूप नरहेका, परमेश्वरका मागहरू अनुरूप नरहेका, र सत्यता सिद्धान्तहरू अनुरूप नरहेका विभिन्न धारणा र कल्पनाहरूलाई तिनीहरूले कसरी त्याग्नुपर्छ भन्ने कुराबारे जानकारी दियो। यी त परमेश्वरमा विश्वास गर्ने यात्रामा र अस्तित्वमा रहने प्रक्रियामा मानिसहरू र परमेश्वरबीच रहने वास्तविक समस्याहरू हुन्। हामीले “आफू र परमेश्वरको बीचमा रहेका तगाराहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु” भन्ने यो ठूलो विषयलाई चार वटा पक्षमा विभाजित गरेका छौँ: पहिलो हो धारणा र कल्पनाहरू, दोस्रो हो अनुचित मागहरू, तेस्रो रक्षात्मकता र आशङ्का हो, र चौथो छानबिन र खोजीनिती गर्नु हो। हामीले धारणा र कल्पनाहरूबाट हाम्रो सङ्गति सुरु गऱ्यौँ। धारणा र कल्पनाहरूअन्तर्गतको पहिलो बुँदा परमेश्वरको कामसँग सम्बन्धित छ—अर्थात्, परमेश्वरको कामबारे मानिसहरूसँग के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्। हामीले यसबारे केही सङ्गति गऱ्यौँ। यस विषयमा रहेको हाम्रो सङ्गति मानिसहरूले परमेश्वरको कामलाई कसरी हेर्छन्, र परमेश्वरको कामबारे रहेको आफ्नो ज्ञान र विचारहरूमा मानिसहरूमा के-कस्ता विचलन, धारणा, र कल्पनाहरू हुन्छन् भन्ने कुरासँग सम्बन्धित थियो; यी धारणा र कल्पनाहरू मानिसहरूले त्याग्नुपर्ने कुराहरू हुन्। यदि मानिसहरूले यी धारणा र कल्पनाहरूलाई त्याग्छन् र सत्यताको खोजी गर्छन् भने, तिनीहरूले परमेश्वरको काम जान्न र परमेश्वरका वचनहरूबारे विशुद्ध बुझाइ प्राप्त गर्न सक्नेछन्। जब परमेश्वरको काम मानिसहरूका धारणा र कल्पनाहरू अनुरूप हुँदैन, तब मानिसहरूले आत्मचिन्तन गर्नुपर्छ र आफैलाई चिन्न खोज्नुपर्छ, र तिनीहरूले आफ्ना धारणा र कल्पनाहरू पनि त्याग्नुपर्छ, परमेश्वरको काम कस्तो हुनुपर्छ, वा परमेश्वरले आफ्नो कामले मानिसहरूमा हासिल गर्ने अभिप्राय राख्नुभएको प्रभाव के हो भनेर मापन गर्नका लागि तिनमा भर पर्नु हुँदैन। परमेश्वरको कामबारे रहेका मानिसहरूका धारणा र कल्पनाहरूले मानिसहरूको जीवन प्रवेश र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिमा प्रत्यक्ष असर पार्छन्, त्यसकारण यी धारणा र कल्पनाहरू पनि मानिसहरूले त्याग्नुपर्ने कुरा नै हुन्। उदाहरणका लागि, हामीले के सङ्गति गर्यौँ भने परमेश्वरले मानिसहरूको अन्तर्निहित क्षमता, व्यक्तित्व, जन्मजात प्रवृत्ति, र आदि इत्यादि कुरालाई परिवर्तन गर्नुहुन्न, मानिसहरूका जन्मजात गुणहरू र तिनीहरूको देहका जन्मजात प्रवृत्तिहरू परमेश्वरको कामका निसानाहरू होइनन्, र उहाँको कामले मानिसहरूको भ्रष्ट स्वभाव, र परमेश्वरविरुद्ध विद्रोह गर्ने र परमेश्वरसँग नमिल्ने मानिसहरूका भित्री कुराहरूलाई लक्षित गर्छ। यदि मानिसहरूले परमेश्वरको कामले तिनीहरूको क्षमता, जन्मजात प्रवृत्तिहरू, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, र आदि इत्यादि कुरालाई समेत परिवर्तन गर्ने उद्देश्य राख्छ भन्ने कल्पना गर्छन् भने, तिनीहरूको दैनिक जीवनको अभ्यासको हरेक पक्ष तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रभावित हुनेछ र बहकिनेछ, र अपरिहार्य रूपमा नै धेरै विकृत भाग वा चरम कुराहरू देखा पर्नेछन्। यी विकृत भाग र चरम कुराहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन् र तिनले मानिसहरूलाई सामान्य मानवताको विवेक र समझबाट टाढा जान, र सामान्य मानवताको मार्गबाट अलग हुन लगाउनेछन्। उदाहरणका लागि, मानौँ, तेरा धारणा र कल्पनाहरूमा, तँ परमेश्वरले मानिसहरूको क्षमता, सक्षमता, र तिनीहरूका जन्मजात प्रवृत्तिसमेत परिवर्तन गर्न चाहनुहुन्छ भन्ने विश्वास गर्छस्; यदि तँ परमेश्वरले परिवर्तन गर्न चाहनुहुने कुराहरू यिनै हुन् भन्ने सोच्छस् भने, तँसँग कस्तो प्रकारका पछ्याइहरू हुनेछन्? तँसँग विकृत र दह्रिलो गरी पकडमा राखिएका पछ्याइहरू हुनेछन्—तैँले श्रेष्ठतम क्षमता पछ्याउन चाहनेछस्, र तैँले श्रेष्ठतम क्षमता र श्रेष्ठतम सक्षमताहरू, र श्रेष्ठतम अन्तर्ज्ञान र आत्म-संवर्धन, र साधारण मानिसहरूको भन्दा श्रेष्ठतम केही क्षमताहरू समेत प्राप्त गर्नका लागि विभिन्न प्रकारका सीपहरू सिक्ने र विभिन्न प्रकारका ज्ञानहरूमा निपुण हुनमा ध्यान दिनेछस्—यसरी, तैँले बाहिरी क्षमता र प्रतिभाहरूलाई ध्यान दिनेछस्। त्यसोभए, त्यस्ता पछ्याइहरूले मानिसहरूमा के-कस्ता परिणामहरू ल्याउँछन्? तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न नसक्ने मात्र होइन, बरु तिनीहरूले फरिसीहरूको मार्ग लिनेछन्। तिनीहरू कोसँग श्रेष्ठतम क्षमता छ, कोसँग श्रेष्ठतम वरदान छ, कोसँग श्रेष्ठतम ज्ञान छ, कोसँग अधिक सबल सामर्थ्यहरू छन्, कोसँग बढी सबल पक्षहरू छन्, मानिसहरूका बीचमा कोसँग उच्च प्रतिष्ठा छ र अरूले कसलाई आदर र सम्मान गर्छन् भनेर हेर्नका लागि एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसरी, तिनीहरूले सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न नसक्ने मात्र होइन, बरु तिनीहरू सत्यताबाट टाढा जाने मार्गमा हिँड्नेछन्।
च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ
१. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन
परमेश्वरको काम भनेको मानिसहरूका भ्रष्ट स्वभाव, र सत्यतालाई उल्लङ्घन गर्ने तिनीहरूका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई तिनीहरूको सामान्य मानवताको दायराभित्र रूपान्तरण गर्नु हो, ताकि तिनीहरूको विवेक र समझलाई पुनर्स्थापित र अझ उत्तम बनाउन सकियोस्। अर्को शब्दमा भन्दा, तँ सत्यता जति धेरै बुझ्छस्, तेरो विवेक र समझ त्यति नै सामान्य बन्नेछन्, र ती फाइदाजनक दिशामा विकास पनि भइरहनेछन्; यो अलौकिक कुरा पटक्कै होइन। मैले “सामान्य” भन्नुको अर्थ के हो? यदि मानिसहरूमा विवेकको सचेतना र इन्साफको बोध छ भने, तिनीहरू दयालु बन्नेछन्—मानिसका शब्दहरूमा भन्दा, तिनीहरू बुझ्ने, सीधा, उचित बन्नेछन्, र हठी बन्नेछैनन् र तिनीहरू विकृतिहरूमा पर्ने प्रवृत्ति राख्नेछैनन्। मानिसहरूको मानवताको सन्दर्भमा परमेश्वरले हासिल गर्न अभिप्राय राख्नुहुने प्रभाव यही हो। मानिसहरूले सत्यता झन्-झन् बढी बुझ्दै गर्दा, एउटा गौण प्रभाव के हुन्छ भने, तिनीहरूको मानवता झन्-झन् सामान्य हुँदै जान्छ। तर, यदि मानिसहरू आफ्नै धारणा र कल्पनाहरू अनुसार पछ्याउँछन् भने, यी धारणा र कल्पनाहरूले तिनीहरूको पछ्याइमा अत्यन्तै नकारात्मक प्रभाव पार्नेछन् र नकारात्मक मार्गदर्शन दिनेछन्, र तिनीहरूलाई तिनले सबै किसिमका विकृत र हठी ढङ्गले पछ्याइने, चरम, र भ्रमपूर्ण मार्गहरूमा डोऱ्याउनेछन्। उदाहरणका लागि, मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के विश्वास गर्छन् भने परमेश्वरको कामले मानिसहरूको मानवतालाई उच्च बनाउने, र मानिसहरूलाई मानवका जन्मजात प्रवृत्ति, मानव क्षमता, र मानव उमेर र लिङ्गभन्दा समेत माथि उठ्न सक्षम बनाउने अभिप्राय राख्छ। जब मानिसहरूमा यस्ता धारणाहरू हुन्छन्, तब तिनीहरूले यही दिशा पछ्याउनेछन्, तिनीहरू त्यसमा लागिपर्नेछन्, र त्यसतिर छामछुम गर्दै बढ्नेछन्। त्यसपछि तिनीहरूले के-कस्ता कुराहरूमा ध्यान दिनेछन्? एक हिसाबमा, तिनीहरूले ज्ञान, क्षमता, सीप, वरदान, र प्रतिभाहरूमा ध्यान दिनेछन्; अर्को हिसाबमा, तिनीहरूले अलौकिकतामा ध्यान दिनेछन्। अलौकिकताका प्रकटीकरणहरू के-के हुन् के तिमीहरूलाई थाहा छ? (के यसको अर्थ, कतिपय कुरामा, मानिसहरूले मूल्य नचुकाई तिनीहरू सीधै गुणात्मक परिवर्तनहरू अनुभव गर्नेछन् भन्ने हुन्छ?) यो त यस्तो अवस्था हो, जब कसैले सामान्यतया परमेश्वरका वचनहरू पढ्दैन, तर उसलाई केही आइपर्छ, अनि उसको मनमा अचानक परमेश्वरका वचनहरू देखा पर्छन्, वा जब कसैले कहिल्यै गाउन वा नाच्न सकेको हुँदैन, तर उत्प्रेरित भएपछि ऊ अचानक गाउन र नाच्न सक्छ, र निकै राम्ररी नाच्न समेत सक्छ, वा जब कसैले कहिले पनि विदेशी भाषा सिकेको हुँदैन, तर अचानक ऊ विदेशी भाषा बोल्न सक्ने हुन्छ। के यी कुराहरू अलौकिक हुन्? (हुन्।) उदाहरणका लागि, मानौँ तँ अत्यन्त जरुरी मामलाले गर्दा बाहिर जानुपर्छ, तर तँलाई सवारी कसरी चलाउने भन्ने थाहा छैन, र तँ हतास भएर प्रार्थना गर्छस्, र तुरुन्तै तँमा अत्यन्तै जोस उत्पन्न हुन्छ, र अचानक तँलाई सवारी कसरी चलाउने भन्ने थाहा हुन्छ, र तँ अनुभवी चालकले जस्तै राम्ररी सवारी चलाउँछस्। कसैले तँलाई सोध्छ, “तपाईंले कसरी यति राम्ररी सवारी चलाउन थाल्नुभयो?” तँ भन्छस्, “मलाई पनि थाहा छैन। यो सबै परमेश्वरले गर्नुभएको हो; म पवित्र आत्माद्वारा उत्प्रेरित भएँ। हेर त, मेरा यी हातहरू अबदेखि मेरा आफ्नै हात नै होइनन्; पवित्र आत्माले तिनलाई थामिरहनुभएको छ!” वास्तवमा, पवित्र आत्माले यसो गरिरहनुभएको हुँदैन; बरु, अर्को प्रकारको आत्मा तँमा प्रवेश गरेको हुन्छ र तँलाई चालबाजी गरिरहेको हुन्छ, जसले गर्दा तँ फरक व्यक्ति बनेको हुन्छस् र तँ आफूलाई नियन्त्रण गर्न सक्दैनस्। के यो आफ्ना अन्तर्निहित क्षमतालाई नाघ्नु होइन र? यो अलौकिक कुरा हो, होइन र? (हो।) अलौकिकको अर्थ के हो? के यो असल घटना हो? (अहँ, यसले व्यक्तिलाई असामान्य तुल्याउँछ।) यदि तँ केही समयसम्म अध्ययन नगरी वा कुनै पनि विशेषज्ञको मार्गदर्शन बिना अचानक कुनै भाषा जान्न, सीप प्राप्त गर्न, वा केही ज्ञान बुझ्न सक्छस् भने, त्यो अलौकिक कुरा हो। यदि व्यक्तिले सत्यता पछ्याउनु, खोजी गर्नु, प्रतीक्षा गर्नु, वा कामकुराहरूको अनुभव गर्नु नपरी उसको जीवन स्वभाव परिवर्तन भएको छ भने, के यो डरलाग्दो कुरा होइन र? (हो।) यदि तेरो मन र तेरो अवचेतनमा अझै पनि धारणा र कल्पनाहरूका धेरै कुराहरू छन् भने, तैँले तिनलाई त्याग्नुपर्छ र तिनलाई पछ्याउनु हुँदैन, किनभने ती परमेश्वरको कामका साँचो ज्ञान होइनन्, र ती परमेश्वरको कामका विधि र सिद्धान्तहरू अनुरूप हुँदैनन्। परमेश्वरको कामले नै तेरो सामान्य मानवतालाई बिलकुलै पार गर्नेछैन, र तँमा परमेश्वरले गर्नुहुने कामले हासिल गर्ने प्रभाव तेरो सामान्य मानवतालाई उच्च, अलौकिक मानवतामा रूपान्तरण गर्ने प्रभाव बिलकुलै होइन। यति मात्र होइन, परमेश्वरले तँलाई सामान्य व्यक्तिबाट असामान्य व्यक्तिमा रूपान्तरण गर्नुहुनेथिएन। मानौँ, परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, तेरो विवेक झन्-झन् संवेदनशील हुँदै जान्छ, र तँमा अझै ठूलो लाजको बोध विकास हुन्छ। तँ दयालु बन्छस्, तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस्, र मण्डलीको काम र परमेश्वरको घरका हितहरूको संरक्षण गर्न सक्छस्। यसका साथै, तेरा शब्द र कार्यहरू तेरो विवेक र समझविरुद्ध जाँदैनन्, तँ बिस्तारै सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्, र तँ परमेश्वरका वचनहरू अनुसार सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई पहिचान गर्न सक्छस्। यसले परमेश्वरमाथिको तेरो विश्वासमा तैँले हिँडिरहेको मार्ग सही छ भन्ने कुरा प्रमाणित गर्छ। तर मानौँ तँ प्रार्थना गर्दा अझै पनि केही आवाज सुन्ने कार्यमा ध्यान दिन्छस्, र परमेश्वरबाट खोजी गर्दा र परमेश्वरलाई बिन्ती गर्दा केही प्रेरणा, ज्योतिको झलक, वा अलौकिक प्रकाशको प्रतीक्षा गर्छस्। यसको साथै, तेरो विवेक र समझ कुनै पनि हालतमा पुनर्स्थापित गरिएका वा सच्याइएका छैनन्, र तँसँग इन्साफको बोध हुन पुगेको छैन वा तँ परमेश्वरमा समर्पित भएको छैनस्। यसले तेरो पछ्याइ र तँ हिँडिरहेको मार्गमा समस्याहरू छन् भन्ने कुरा प्रमाणित गर्छ, र तँ सत्यता पछ्याउने मार्गमा पटक्कै हिँडेको छैनस् भनेर पनि भन्न सकिन्छ। तैँले प्रायजसो अवचेतन रूपमा अलौकिक व्यक्ति बन्ने प्रयास पनि गर्छस्, र प्रायजसो तँलाई देहलाई पार गर्नुपर्छ भन्ने लाग्छ—खाना खाइनस् भने भोक नलाग्ने, र कैयौँ दिनसम्म नसुत्दा वा विश्राम नगर्दा पनि थकित वा तन्द्रा महसुस नहुने—अनि तैँले आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा आफूले नबुझेका वा नसिकेका कुराहरू तँलाई आतुरीको साथ चाहिँदा अचानक बुझ्न र निपुण हुन समेत खोज्छस्। अलौकिक कुराहरूका बारेमा रहेका यी सबै कल्पनाहरू मानव धारणा र कल्पनाहरूबाट आउँछन्। मानिसहरूले परमेश्वरको काम अनुभव नगरेका हुनाले, तिनीहरू स्वाभाविक रूपमै उहाँको कामका बारेमा कल्पनाहरूले भरिएका हुन्छन्। वास्तवमा, परमेश्वरको काम सबैभन्दा वास्तविक र व्यावहारिक कुरा हो। परमेश्वरले कहिले पनि मानिसहरूका धारणा र कल्पनाहरू अनुसार काम गर्नुहुन्न; उहाँ कहिले पनि मानिसहरूमा यस प्रकारको काम गर्नुहुन्न। उहाँ अत्यन्तै विशेष परिस्थितिहरूमा र अत्यन्तै थोरै मानिसहरूमा मात्रै अलिकति अलौकिक काम गर्नुहुन्छ, तर यो काम अस्थायी मात्रै हो र विशेष परिस्थितिहरूमा चाहिने कुरा हो—यो मानिसहरूमा प्रायजसो प्रकट हुने परमेश्वरको मुक्तिको कामको विधि होइन। आफ्नो व्यवस्थापनको कार्यमा, परमेश्वरले मानिसहरूलाई मुक्ति दिने, तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने अभिप्राय राख्नुहुन्छ, र परमेश्वरले काम गर्नुहुने आधारभूत विधि भनेको मानिसहरूलाई सत्यता प्रदान गर्नु हो, ताकि तिनीहरूले सत्यता बुझेपछि सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सकून्। त्यसकारण, तेरो मन र तेरो अवचेतनमा तैँले जेसुकै धारणा र कल्पनाहरू राखे पनि, तेरा धारणा र कल्पनाहरू जति नै तार्किक भए पनि वा तिनले तेरा आत्मिक आवश्यकताहरूलाई जति नै पूरा गरे पनि—कारणहरू जेसुकै भए पनि, ती सधैँ धारणा र कल्पनाहरू नै हुनेछन्, र तैँले तिनलाई त्याग्नुपर्छ र तँ तिनलाई पक्रिरहनु हुँदैन। परमेश्वरको काम जतिसुकै हदसम्म गरिए पनि, र यो जतिसुकै लामो समयसम्म अघि बढे पनि, मानिसहरू सधैँ मानिस नै रहनेछन् र तिनीहरू कहिले पनि स्वर्गदूत बन्नेछैनन्। तँ शिरदेखि खुट्टासम्म सेतो भए पनि, तेरो कपाल सेतो भए पनि, तेरो अनुहार सेतो रङ्गले पोतिए पनि, र तैँले कमिज र पाइन्ट सेतो लगाए पनि, र तैँले दुई वटा पखेटा लगाए पनि, तँ स्वर्गदूत बन्न सक्दैनस्—मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। यसका साथै, यहाँ “मानिसहरू” ले सामान्य मानवताको विवेक र समझ भएका मानिसहरूलाई जनाउँछ, असाधारण मानिसहरूलाई होइन, र असामान्य मानिसहरूलाई त झनै जनाउँदैन। यी मानिसहरू अलौकिक पटक्कै हुँदैनन्, तर तिनीहरू परमेश्वरमा विश्वास नगर्ने गैर-विश्वासीहरूभन्दा स्पष्ट रूपमा फरक हुन्छन्, किनभने तिनीहरू दुष्कर्म गर्दैनन्, तिनीहरू सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्छन्, र तिनीहरू आफ्ना भ्रष्ट स्वभाव र शैतानले मानिसहरूमा हालिदिने विभिन्न विचार र दृष्टिकोणहरू अनुसार जिउनुको सट्टा परमेश्वरका वचनहरूका आधारमा, र परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरू अनुसार कसरी मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई कसरी आचरणमा ढाल्ने र कार्य गर्ने भन्ने कुरा बुझ्छन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने प्रक्रियामा, आफ्ना धारणा र कल्पनाहरू अनुसार चाहे जति लामो समयसम्म पछ्याएका भए पनि, र तिनीहरूले धेरै प्राप्ति गरेका छन् भन्ने तिनीहरूलाई जति नै महसुस भए पनि, परमेश्वरका नजरमा यसको गन्ती हुँदैन, र परमेश्वरले यी कुनै पनि कुरालाई याद गर्नुहुन्न। मैले यसो भन्दा मैले केलाई जनाइरहेको छु? तोकेरै भन्दा यदि तँ आफ्ना धारणा र कल्पनाहरूका आधारमा, आफ्नो देहका सबै विभिन्न सामान्य आवश्यकताहरूलाई काबुमा राख्छस्, वा आफ्ना नैसर्गिक गुण, क्षमता, सक्षमता, व्यक्तित्व, जीवनशैली, र जीवनका बानीबेहोराहरूलाई परिवर्तन गर्न मेहनत गर्छस् भने, तैँले यी कुराहरूलाई काबुमा राख्न र परिवर्तन गर्न जतिसुकै मेहनत गरे पनि, तैँले केही नतिजाहरू प्राप्त गर्न सके पनि, यसको अर्थ तैँले सत्यता अभ्यास गर्ने मार्गमा केही प्राप्ति गरिसकेको छस् भन्ने हुँदैन, र अझै बढी, यसको अर्थ तँ पहिले नै सत्यता पछ्याउने व्यक्ति होस् भन्ने हुँदैन—परमेश्वरले यी कुराहरूलाई याद गर्नुहुन्न। बुझ्यौ? (बुझ्यौँ।)
मानिसहरूका धारणा र कल्पनाहरू अदृश्य भए पनि र बाहिरी रूपमा तिनले मानिसहरूलाई कुनै कुरा भन्न वा गर्न, वा कुनै पनि प्रकारको मार्ग हिँड्न जबरजस्ती नगर्ने जस्तो देखिए पनि, तिनले मानिसहरूको विचार र भित्री सत्त्वलाई, तिनीहरूको हृदय र अवचेतनको गहिराइमा कडाइका साथ नियन्त्रण गर्छन्। किन यस्तो हुन्छ? किनभने मानिसहरूले प्रेम गर्ने र पछ्याउने कुराहरू तिनीहरूका धारणा र कल्पनाहरूसँग निकै राम्ररी मिल्छन्, र यी कुराहरूले मानव देहका आवश्यकताहरू पनि पूरा गर्छन् र तिनले सबै किसिमका मानव कामना र जिज्ञासाहरू सन्तुष्ट पार्छन्। उदाहरणका लागि, मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के विश्वास गर्छन् भने परमेश्वरको कामले तिनीहरूलाई साधारण मानिसहरूभन्दा फरक असाधारण प्राणीहरूमा रूपान्तरण गर्ने अभिप्राय राख्छ, र जब तिनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन्छन्, तब तिनीहरूले कैयौँ भाषा बोल्न सक्नेछन्। यसले अवश्य नै मानिसहरूको अन्तर्निहित क्षमता र सामान्य मानवताको दायरालाई पार गर्छ, तर यसले निकै हदसम्म तिनीहरूको अभिमान, जिज्ञासा, र प्रतिस्पर्धात्मकता सन्तुष्ट पार्छ। अर्को शब्दमा भन्दा, मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूलाई केही अलौकिक कुराहरू मन पर्छ, र यी कुराहरूले तिनीहरूलाई साधारण मानिसहरूभन्दा महत्त्वपूर्ण र श्रेष्ठ र फरक महसुस गराउँछन्—भ्रष्ट मानवजातिले प्रेम गर्ने र तृष्णा गर्ने कुरा यही हो। हरेकले मानवजातिमाझ उत्कृष्ट बन्ने, अरूभन्दा फरक बन्ने, पृथक् र अद्वितीय बन्ने, र अरूको सम्मान र आदर पाउने आशा गर्छ। उदाहरणका लागि, भ्रष्ट मानवजातिमाझ एउटा घटना के छ भने यदि कुनै वस्तु एउटा मात्र उत्पादन गरियो भने, धनी र अग्रणी मानिसहरूले यसलाई किन्नका लागि जोसका साथ प्रतिस्पर्धा गर्नेछन्। तिनीहरूले कुन हदसम्म यसो गर्नेछन्? यहाँसम्म कि यो उत्पादन यसको मूल मूल्यभन्दा कैयौँ गुणा बढी वा दश गुणा समेत बढी मूल्यमा बेचिन पुग्छ। यो किन्न सफल हुने व्यक्तिले सोच्छ, “हेर त, मैले संसारमा एउटै मात्र रहेको यो कुरा हात पारेको छु। म साँच्चै नै शक्तिशाली छु, होइन र? म अरूभन्दा श्रेष्ठ छु, होइन र? म जस्तो सक्षम अरू कोही छैन!” ऊ आफ्नै मनमा आफूप्रति प्रसन्न हुन्छ, र उसलाई ऊ विशेष, असाधारण, र अत्यन्तै सक्षम छ भन्ने लाग्छ। यो कस्तो प्रकारको स्वभाव हो? (यो अहङ्कार हो।) यो अहङ्कारी स्वभावले पैदा गरेको हुन्छ। कतिपय मानिसहरूलाई अर्को व्यक्तिको जस्तै लुगा लगाउँदा अप्ठ्यारो लाग्छ। यदि तिनीहरू अरूले किन्न नसक्ने र पहिले कहिल्यै नदेखेको लुगा लगाउँछन्, र यसलाई हेर्ने सबै जनाले डाहा गर्छन् भने, तिनीहरूलाई कस्तो महसुस हुन्छ? (आफूप्रति प्रसन्न महसुस हुन्छ।) तिनीहरूलाई आफूप्रति विशेष रूपमा प्रसन्न महसुस हुन्छ, र तिनीहरूले तिनीहरू अरू जस्तो नभएको र अरूभन्दा माथि छन् भनी सोच्छन्। कस्तो प्रकारको स्वभावले यो पैदा गर्छ? (अहङ्कार।) यो पनि अहङ्कारी स्वभावले पैदा गर्छ। हेर् त, लगभग १००% मानिसहरूमा यो मानसिकता हुन्छ: यदि तिनीहरूले प्राविधिक वा पेसागत सीपमा कुशलता प्राप्त गरेका छन् भने, तिनीहरूले आफू अरूभन्दा श्रेष्ठ भएको र आफू जस्तो श्रेष्ठ कोही पनि नभएको भनी सोच्छन्। यदि अरू कसैले पनि उस्तै प्राविधिक वा पेसागत सीपमा कुशलता हासिल गर्छ भने, तिनीहरूलाई त्यो व्यक्तिप्रति डाहा हुनेछ र तिनीहरूले कोही पनि आफ्नो तुलनामा आउन नसकोस् भनेर उत्कट रूपमा कामना गर्नेछन्। तिनीहरूमा किन यस्तो मानसिकता हुन्छ? (तिनीहरू अरूभन्दा उत्कृष्ट बन्न चाहन्छन्।) यदि यो पेसागत सीपमा निपुण तिनीहरू मात्रै हुन् भने, तिनीहरू आफ्नो समूहका औसत व्यक्तिभन्दा श्रेष्ठ हुन्छन्। यो प्राविधिक वा पेसागत सीपको ज्ञान भएको हुनाले, तिनीहरूलाई अरूले तिनीहरूबाट यो कुरा सिक्छन् भन्ने डर लाग्छ। यदि अरूले तिनीहरूबाट सहयोग मागे भने, के तिनीहरूले उनीहरूलाई सिकाउनेछन्? (अहँ, सिकाउनेछैनन्।) तिनीहरूले तँलाई केही सरल कुराहरू मात्रै सिकाउनेछन्; सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कुराहरूका हकमा भन्दा, तिनीहरूले ती कुरा कसैलाई सिकाउनेछैनन्, र तँलाई ती कुराहरू आफै पत्ता लगाउन छोडिदिनेछन्। तिनीहरूले वास्तवमा के सोचिरहेका हुन्छन्? “यदि मैले तिमीलाई यो कुरा सिकाएँ भने, म कसरी अरूभन्दा उत्कृष्ट देखिन सक्छु? यदि सबैले यो काम गर्न सके भने, के म साधारण व्यक्ति मात्रै बन्नेछैनँ र? यदि यो काम कसरी गर्ने भन्ने तिमीहरूमध्ये कसैलाई थाहा भएन भने, यहाँ सबैभन्दा श्रेष्ठ व्यक्ति म हुन्छु, र तिमीहरू सबैले मेरो चापलुसी गर्नुपर्छ—त्यसरी म महत्त्वपूर्ण भएको महसुस गर्न पाउँछु, होइन र? के तिमीहरूमध्ये सबैभन्दा उच्च हैसियत भएको र सबैभन्दा सक्षम व्यक्ति म होइनँ र? म तिमीहरूमध्ये सबैभन्दा बडेमानको व्यक्ति हुँ, होइन र?” पेसागत वा प्राविधिक सीपबारेमा केही ज्ञान भएको हुनाले, तिनीहरूलाई अरूले तिनीहरूबाट यो कुरा सिक्छन् भन्ने गहन डर लाग्छ, र तिनीहरूले अरू तिनीहरू जस्तै होऊन् भन्ने चाहँदैनन्। यदि कसैसँग तिनीहरूको जस्तै पेसागत वा प्राविधिक सीप वा विशेषज्ञता छ भने, तिनीहरू व्याकुल हुन्छन्, त्यसकारण तिनीहरू सधैँ अरूलाई उछिन्नका लागि केही न केही सिक्ने उपायहरू सोचिरहेका हुन्छन्। तिनीहरू अरूभन्दा श्रेष्ठ हुन चाहन्छन् र आफूलाई महत्त्वपूर्ण महसुस गराउन सधैँ अरूभन्दा उत्कृष्ट देखिन चाहन्छन्। के यो सही पछ्याइ हो? (होइन।) भ्रष्ट मानवजातिसँग त्यस्ता तृष्णा र पछ्याइहरू हुने हुनाले नै, तिनीहरू स्वाभाविक रूपमै परमेश्वरको कामबारे सबै किसिमका धारणा र कल्पनाहरू विकास गर्छन्, र अरूभन्दा एक स्तर माथि हुने, हैसियत र प्रतिष्ठा प्राप्त गर्ने, महत्त्वपूर्ण महसुस गर्ने, अरू कोही भन्दा भिन्न बन्ने, र अरूका नजरमा महामानव वा असाधारण मानिसहरू समेत बन्ने प्रयास गर्छन्। त्यसकारण, मानिसहरूले परमेश्वरको कामबारे रहेका यी धारणा र कल्पनाहरू त्याग्नुपर्छ। निर्दिष्ट हिसाबमा भन्दा, यसलाई कसरी अभ्यास गर्नुपर्छ? श्रेष्ठ वरदान वा प्रतिभा नपछ्या, र आफ्नो क्षमता वा जन्मजात गुणलाई परिवर्तन गर्ने प्रयास नगर्, बरु, आफ्नो जन्मजात अवस्थाहरू—जस्तै क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिहरू—अन्तर्गत परमेश्वरका मागहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने, र परमेश्वरले माग गर्नुभएअनुसार हरेक कुरा गर्। परमेश्वरले तेरो सक्षमता वा क्षमता बाहिरका कुराहरू माग गर्नुहुन्न—तैँले आफ्ना लागि कामकुराहरू कठिन बनाउनु पनि हुँदैन। तँ आफूले बुझेको र हासिल गर्न सक्ने कुराका आधारमा मात्रै सक्दो गर्छस्, र आफ्ना अवस्थाहरूले जे कुरालाई अनुमति दिन्छ त्यही अनुसार अभ्यास गर्छस् भने पनि ठीकै हुन्छ। उदाहरणका लागि, यदि तेरो क्षमता र प्रतिभाले तँलाई टोली अगुवाको भूमिकाका लागि मात्रै उपयुक्त तुल्याउँछ भने, टोली अगुवाका रूपमा राम्रो काम गर्, यो भूमिकाको दायराभित्र रहेका जुनसुकै कार्य र पेसागत सीपहरूलाई क्रमबद्ध गर्, तिनलाई एक-एक गरी सम्हाल्, र परमेश्वरले तँलाई सिकाउनुभएका विधि र सिद्धान्तहरू अनुसार तिनलाई कार्यान्वयन गर्—यसरी, तैँले परमेश्वरलाई सन्तुष्ट पार्नेछस्। मानौँ तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार चल्छस्, र तँ यसो सोच्छस्, “म टोली अगुवा बन्न सक्ने हुनाले, यदि म अझै राम्रो गर्न लागिपरेँ, मैले अलिक कठिनाइ सहेँ र अलिक मूल्य चुकाएँ र पवित्र आत्माले ममा ठूलो काम गर्नुभयो भने, के म मण्डली अगुवा वा निर्णयकर्ता समूहको अगुवा बन्न सक्दिनँ र? मानिसहरूले ममा यो क्षमता छैन भन्ने सोच्छन् होला, तर म परमेश्वरलाई बिन्ती गर्नेछु—परमेश्वरलाई हासिल गर्न गाह्रो केही पनि छैन! म टोली अगुवा बन्न चाहन्नँ। म परमेश्वरलाई प्रार्थना गर्नेछु, र मलाई अझै ठूलो काम वहन गर्न दिनुहोस्, मलाई अगुवा वा कामदार बन्न दिनुहोस् भनेर उहाँलाई अनुरोध गर्नेछु।” के यस्तो पछ्याइ सही हो? (अहँ, यो गलत हो।) तिमीहरू यो गलत हो भनेर किन भन्छौ? (त्यस्ता मानिसहरू सधैँ आफ्नो क्षमता र सक्षमताबाहिरका कुराहरू गर्न चाहन्छन्, र तिनीहरू आफ्नो क्षमता र प्रतिभाका आधारमा आफ्नो काम गर्नमा लागिरहन सक्दैनन्, आफ्नो उचित स्थानमा बस्न सक्दैनन्।) सधैँ महामानव बन्न चाहनु उचित हुँदैन; सामान्य व्यक्तिले पछ्याउनुपर्ने कुरा यो होइन।
कतिपय मानिसहरू प्रायजसो भन्छन्, “परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन”; यो भनाइ तथ्य हो, र सबैले त्यो बुझ्न सक्छन्। तर कतिपय मानिसहरूको विकृत बुझाइ हुन्छ, तिनीहरू के विश्वास गर्छन् भने मानिसहरूले परमेश्वरलाई प्रार्थना मात्रै गरे भने तिनीहरूले गर्न नसक्ने कुनै पनि कुरा परमेश्वरले तिनीहरूका लागि हासिल गरिदिन सक्नुहुन्छ, र यसरी परमेश्वरमा भर परेर, मानिसहरू आफ्नै जन्मजात प्रवृत्तिलाई पार गरेर महामानव बन्न सक्छन्। के कुरा यही हो त? (होइन।) “परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन” भन्ने भनाइले स्पष्ट रूपमा नै परमेश्वरको शक्ति र सार, परमेश्वरको सर्वशक्तिमान्ता, र साथै यावत् थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकतालाई जनाउँछ—परमेश्वरले हासिल गर्न नसक्ने कुनै पनि कुरा छैन। तर, यसको अर्थ मानिसहरूले सामान्य मानवतालाई पार गर्नु नै पर्छ र तिनीहरू अलौकिक बन्नु नै पर्छ भन्ने हुँदैन; परमेश्वर चाहे जति नै सर्वशक्तिमान् हुनुभए पनि, उहाँले मानिसहरूमा गर्नुहुने काम तिनीहरूको सामान्य मानवतामा आधारित हुन्छ र यो सामान्य मानवताको दायराभित्र गरिन्छ। परमेश्वरले यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ र चलाउनुहुन्छ, उहाँले मानिस, घटना, र कामकुराहरूलाई चलाउनुहुन्छ, ताकि तिनले उहाँलाई सबै किसिमका कुराहरू हासिल गर्नका लागि सेवा प्रदान गरून्, उहाँले हासिल गर्न लाग्नुभएका तथ्यहरू हासिल गरून्। परमेश्वरले सबै किसिमका कुराहरू हासिल गर्नुहुने अवधिमा, मानिसहरू अझै पनि सामान्य मानवतामा नै हुन्छन्—तिनीहरूमा केही पनि परिवर्तन भएको हुँदैन, र तिनीहरू अझै पनि मानिसहरू नै हुन्छन्। परमेश्वर चाहे जति नै सर्वशक्तिमान् हुनुभए पनि, र परमेश्वरले कुनै कुरामाथि सार्वभौमिकता अभ्यास गर्न वा कुनै कुरा हासिल गर्न जुनसुकै विधिहरू प्रयोग गर्नुभए पनि, सृजित मानिसहरू सधैँ सृजित मानिस नै हुन्छन्; तिनीहरू अझै पनि सामान्य मानवतामा नै जिउँछन् र तिनीहरू कुनै पनि तरिकाले अलौकिक हुँदैनन्। के तिमीहरू सबैले यी तथ्य हुन् भनेर भन्नेछौ? (भन्नेछौँ।) “अलौकिक हुँदैनन्” को अर्थ के हो? यसको अर्थ, जब परमेश्वरले मानिस, घटना, र कामकुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ, तब मानिसहरू परमेश्वरको योजनाबद्ध कार्यमा नजिई, नबाँची, हरेक कुरा नगरी, र वर्तमान क्षणमा नजिई बस्न सक्दैनन्। तर जब तँ वर्तमान क्षणमा जिउँछस्, के तेरो चेत अस्पष्ट हुन्छ? (हुँदैन।) तँ अझै पनि स्पष्ट मनको हुन्छस्। त्यसोभए, के तेरो क्षमता तुरुन्तै सुधार भएको वा परिवर्तन भएको हुन्छ? (हुँदैन।) यो मूल रूपमा जस्तो थियो त्यस्तै रहन्छ। त्यसोभए के तेरा जन्मजात प्रवृत्तिहरू तुरुन्तै परिवर्तन भएका हुन्छन्? अहँ, ती पनि परिवर्तन भएका हुँदैनन्। परमेश्वरको सार्वभौमिकता, योजनाबद्ध कार्य, र प्रबन्धहरूअन्तर्गत, तैँले चाहे जति नै धेरै कुरा अनुभव गरे पनि, तेरो व्यक्तित्व, बानीबेहोरा, जीवनशैली, र तेरो सामान्य मानवताको क्षमता, सक्षमता, र विभिन्न प्रकार्यहरूमा कुनै परिवर्तन हुँदैन। यति मात्र हो कि, जब मानिसहरूले परमेश्वरको काम अनुभव गर्छन्, तिनीहरूले आ-आफ्नै वातावरणमा सबै प्रकारका कामकुरा र मानिसहरू अनुभव गर्छन्, जसको अन्तिम नतिजा के हुन्छ भने, परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया दौरान, तिनीहरूले अन्तर्ज्ञान प्राप्त गर्छन् र केही पाठहरू सिक्छन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले सत्यता र परमेश्वरलाई चिन्ने सन्दर्भमा फसल कटनी गर्न सक्छन्। परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, मानिसहरूको सोचाइ सामान्य हुन्छ, तिनीहरूको चेत अस्पष्ट हुँदैन, र तिनीहरूको क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिहरू मूल रूपमा जस्ता थिए त्यस्तै रहन्छन्, र तिनमा कुनै परिवर्तन हुँदैन। त्यसकारण, “परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन” भन्ने वाक्यले परमेश्वरको सर्वशक्तिमान्ता र परमेश्वरले यावत् थोकलाई योजनाबद्ध गर्नुहुने कार्यलाई जनाउँछ। यसले मानिसहरूलाई अलौकिक बनाउनु वा सृजित मानवहरूको सार परिवर्तन गर्नुलाई जनाउँदैन। परमेश्वरले मानिसहरूको सार परिवर्तन गर्नुहुन्न; मानिसहरू अझै पनि मानव नै हुन्छन्, र तँ पुरुष भए पनि वा महिला भए पनि, यस सन्दर्भमा कुनै परिवर्तन आएको हुँदैन। परमेश्वरले सबै कुरालाई योजनाबद्ध गर्नुहुन्छ, र परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ; परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो यही हो, र परमेश्वरसँग यही छ। “परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन” भन्नुको अर्थ मानिसहरू अलौकिक बनेका छन् भन्ने हुँदैन, न त यसको अर्थ मानिसहरू सर्वशक्तिमान् छन् भन्ने नै हुन्छ। कतिपय व्यक्तिहरूले कहिलेकहीँ आफ्नो क्षमताभन्दा बाहिर वा तिनीहरूको शारीरिक जन्मजात प्रवृत्तिभन्दा बाहिरका कुराहरू हासिल गर्न सक्छन् भने पनि, यो पवित्र आत्माको काम हो। यो वरदान परमेश्वरले नै तिनीहरूलाई दिनुभएको हो; तिनीहरू यो क्षमता लिएर जन्मेका थिए भन्ने होइन। किनभने सृजित मानिसहरूमा परमेश्वरले नियोजन गर्नुभएका यी सबै कुरालाई परिवर्तन गर्ने क्षमता हुँदैन। म मानव जन्मजात प्रवृत्तिको मामलाबारेमा एउटा सरल उदाहरण दिनेछु। उदाहरणका लागि, जब मानिसहरूले डरलाग्दो आवाज सुन्छन्, तब तिनीहरूलाई डर लाग्नेछ र तिनीहरू जन्मजात प्रवृत्तिले नै कुक्रुक्क पर्छन्। तँ चाहे जति नै उमेरको भए पनि, तँ सानैदेखि यस्तै छस्, र मृत्यु नभएसम्म तँ यस्तै हुनेछस्—यो जन्मजात प्रवृत्ति हो। “जन्मजात प्रवृत्ति” को अर्थ के हो? यो भौतिक शरीरको अन्तर्निहित प्रकार्य हो र यो कहिल्यै परिवर्तन हुनेछैन। अन्तर्निहित जन्मजात प्रवृत्ति हुँदा मात्रै सामान्य व्यक्तिले सामान्य मानवताको जीवन र अस्तित्वलाई कायम राख्न सक्छ, त्यसकारण मानव जन्मजात प्रवृत्तिहरू परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुहुने कुरा होइनन्। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ” भन्ने वाक्यांशले के जनाउँछ? (यसले परमेश्वरको आफ्नै अख्तियार र परमेश्वरको सर्वशक्तिमान्ता जनाउँछ।) के मानिससँग यसको कुनै सम्बन्ध हुन्छ? (मानिसहरूसँग यसको कुनै सम्बन्ध हुँदैन, र यसको अर्थ मानिसहरू अलौकिक कार्यहरू गर्न सक्छन् भन्ने हुँदैन।) यसको अर्थ परमेश्वरको नियन्त्रणअन्तर्गत, मानिसहरू सर्वशक्तिमान् हुन्छन् भन्ने हुँदैन; मानिसहरू परमेश्वरको नियन्त्रणमा हुँदा पनि, तिनीहरू सर्वशक्तिमान्ता हासिल गर्न सक्दैनन्। किन? (किनभने मानिसहरू परमेश्वर होइनन्; मानिसहरू सृजित प्राणीहरू मात्रै हुन्, जबकि परमेश्वर अद्वितीय हुनुहुन्छ।) ठीक भन्यौ, कुरा यही हो। मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। तिनीहरू अर्को प्रजाति बन्नेछैनन्, र, अवश्य नै, तिनीहरू परमेश्वर त झनै बन्नेछैनन्; मानिसहरूका गुण परिवर्तन हुनेछैनन्। मानिसहरूका गुण परिवर्तन हुनेछैनन्, त्यसोभए के तिनीहरूका जन्मजात प्रवृत्तिहरू परिवर्तन हुनेछन् त? (अहँ, हुनेछैनन्।) मानिसहरूका जन्मजात प्रवृत्तिहरू परिवर्तन हुनेछैनन्, न त तिनीहरूको जीवनका बानीबेहोरा र जीवनशैली, वा परमेश्वरद्वारा दिइएका जन्मजात व्यक्तित्वहरू नै परिवर्तन हुनेछन्। उदाहरणका लागि, जीवनशैलीलाई लिऊँ। धेरैजसो प्राणीहरू जस्तै, मानिसहरू पनि सूर्योदयपछि काम गर्छन् र सूर्यास्तपछि विश्राम गर्छन्। जब तिनीहरू बिहान उठ्छन्, र तिनीहरूको मस्तिष्कले राम्ररी विश्राम पाएको हुन्छ र तिनीहरूलाई शरीर सहज भएको लाग्छ, तब तिनीहरू काम गर्न थाल्छन्; राती, जब तिनीहरूको शरीर थाक्न थाल्छ, र तिनीहरूले हाइ काढिरहेका हुन्छन् र तिनीहरूको मस्तिष्क थकित हुन्छ, तब तिनीहरू विश्रामको स्थितिमा प्रवेश गर्न थाल्छन्—यो अत्यन्तै सामान्य जीवनशैली हो। यो मानिसहरूको आम अन्तर्निहित गुण हो, र यो मानव जन्मजात प्रवृत्ति पनि हो, र अवश्य नै यो परमेश्वरले मानवजातिका लागि स्थापित गर्नुभएको जिउने शैली पनि हो। यो ढाँचा सूर्य, चन्द्रमा, र ताराहरूको घुमाव, र सूर्योदय र सूर्यास्तअनुसार निर्धारित भएको हुन्छ। यदि तैँले यो जीवनशैली तोडिस् भने, छोटो समयावधिमा कुनै ठूला समस्याहरू नहुन सक्छन्—जब तँलाई कहिलेकहीँ थकाइ लाग्छ र तँलाई सुत्न मन लाग्छ, तब तैँले आत्म-नियन्त्रण अभ्यास गरेर अलिकति चिया वा कफी पिउन सक्छस्, अनि तेरो शारीरिक थकाइ अलिक कम हुनेछ—तर लामो समयावधिमा, तेरो शरीरमा समस्याहरू विकास हुनेछन्। त्यसमा किन समस्याहरू विकास हुनेछन्? किनभने तैँले परमेश्वरले मानिसहरूका लागि स्थापित गर्नुभएको जिउने शैलीलाई उल्लङ्घन गरेको हुन्छस्। जब तेरो शरीरमा समस्याहरू विकास हुन्छन् र तँ डाक्टरलाई देखाउन जान्छस्, तब तिनीहरूले भन्नेछन्, “तपाईं राती चाँडै सुत्नुपर्छ, १० बजेभित्र विश्राम लिनुपर्छ, र बिहान ४-५ बजे उठ्नुपर्छ; केही महिनापछि, तपाईं फेरि ठीक हुनुहुनेछ।” डाक्टरको सल्लाह पछ्याएको तीन महिनापछि, शारीरिक असहजताका तेरा सबै लक्षणहरू मूलतः हराउनेछन्, त्यसकारण तैँले मनमनै यस्तो सोच्नेछस्, “मेरो शरीरका समस्याहरू कुनै गम्भीर रोग रहेनछन्, तर मैले आफ्नो जीवनको यो सामान्य शैली नपछ्याएकोले पैदा भएका रहेछन्।” हेर त, के तैँले मानिसहरूको जिउने शैलीलाई तोड्न सकिँदैन भनेर भन्नेथिइनस् र? (भन्नेथिएँ।) मानिसहरूको यो जिउने शैली अरू प्राणीहरूको जस्तै हुन्छ; तिनीहरू सबै सूर्योदयपछि काम गर्छन् र सूर्यास्त भएपछि विश्राम गर्छन्। अवश्य नै, कतिपय प्राणीहरू हुन्छन्, जस्तै उल्लूहरू, जसले दिनभरि विश्राम गर्छन् र राती बाहिर निस्केर सक्रिय हुन्छन्; तिनीहरूको जिउने शैली मानिसहरू र अरू प्राणीहरूको भन्दा फरक हुन्छ, तर यदि तैँले तिनीहरूको यो शैली तोड्न चाहिस् भने, त्यो असम्भव हुनेथियो। यसका साथै, कतिपय प्राणीहरू जाडोमा शीतनिद्रामा लिन्छन्। के मानवहरूको यस्तो शैली हुन्छ? (हुँदैन।) अहँ, मानिसहरूले शीतनिद्रा लिनु पर्दैन। मानिसहरूको जीवनको एउटा शैली हुन्छ—तिनीहरू हप्तामा एक-दुई दिन विश्राम गर्छन्, सूर्योदयपछि काम गर्छन् र सूर्यास्तपछि विश्राम गर्छन्, र निरन्तर काम र विश्रामको यो सामान्य शैलीलाई कायम राख्छन्, र यसरी तिनीहरूको जीवनको संरक्षण गर्न र तिनीहरूको अस्तित्वलाई कायम राख्न सकिन्छ। मानवजातिका आफ्नै जीवनशैली हुन्छन्, र यी जीवनशैलीहरू परमेश्वरले नै स्थापित गर्नुभएको थियो। ती सबै अर्थपूर्ण हुन्छन् र ती सबैको उद्देश्य मानवजातिको सामान्य जीवन र अस्तित्व कायम राख्नु हो। त्यसकारण, परमेश्वरको कामले मानिसहरूले कल्पना गरे जस्तो मानव जीवन र अस्तित्वका शैलीहरूलाई पटक्कै तोड्नेछैन, र तैँले पनि यो धारणा र कल्पनालाई त्याग्नुपर्छ। यदि मानिसहरूले परमेश्वरले तिनीहरूका लागि स्थापित गर्नुभएका यी शैलीहरूलाई जबरजस्ती तोडे, वा अलौकिक कुराहरूका बारेमा रहेका केही विचारहरूद्वारा नियन्त्रित भएर तिनलाई निरन्तर परिवर्तन गर्न चाहे भने, त्यो मूर्खतापूर्ण कुरा हुनेथियो। यदि तँलाई ती कुरा परिवर्तन गर्दा यसले तेरो जीवन उत्थान गर्नेछ र तेरो मानवतालाई सुधार्नेछ भन्ने लाग्छ भने, तिनलाई परिवर्तन गरेर तँ कति लामो समयसम्म जिउन सक्छस्, त्यसपछिका दिनहरूमा कामकुराहरू कसरी परिवर्तन हुन्छन्, र तेरो सामान्य मानवता उत्थान गरिएको हुन्छ कि हुँदैन, र तँ महामानव बनेको छस् कि छैनस्, वा स्वर्गदूत बनेको छस् कि छैनस् भनेर हेर्ने प्रयास गर्। यदि तँ परमेश्वरको काममा अलौकिक तत्त्व हुनुपर्छ, र त्यसले तेरो जिउने शैली परिवर्तन गर्नुपर्छ भन्ने विश्वास गर्छस्, र तँ आफूलाई पारमित बनाउनका लागि तिनलाई जबरजस्ती परिवर्तन गर्न पनि चाहन्छस् भने, तँ प्रयास गरेर हेर्न सक्छस्। सायद कैयौँ वर्ष प्रयास गरेपछि, तैँले साँच्चै नै आफ्नो जीवन र अस्तित्वका शैलीहरू परिवर्तन गर्छस्। यस्तो हुन सक्ने अवस्था एउटै मात्र छ, जुन के हो भने तेरो भौतिक शरीर उप्रान्त अस्तित्वमा रहनेछैन, जुन बेला तँ साँच्चै नै अलौकिक हुनेछस् र तँ धुवाँको एउटा मुस्लो बन्नेछस्, र तँ “स्वर्गीय प्राणी” मा परिणत हुनेछस् र तँ अमर बन्नेछस्। यदि तँ आफ्नो देहको शरीरलाई सामान्य र स्वस्थ राख्न, र सामान्य स्थितिमा हुँदा परमेश्वरको काम र उहाँका वचनहरूलाई स्वीकार गर्न सक्ने बन्न चाहन्छस् भने, तैँले आफ्ना धारणा र कल्पनाहरूका आधारमा तथाकथित महामानव बन्ने वा तथाकथित उच्च मानवता पछ्याउने प्रयास गर्नु हुँदैन; बरु, तँ सामान्य मानवतामा जिउनुपर्छ, तैँले आफ्नो सामान्य मानवताको जीवन र अस्तित्व शैली कायम राख्नुपर्छ, र आफ्नो सामान्य मानवताका जन्मजात प्रवृत्तिहरू पनि कायम राख्नुपर्छ। परमेश्वरसँग अनुचित मागहरू नगर्; यी अनुचित मागहरू सबै तेरा कल्पना र धारणाहरूबाट आउँछन्। तेरा जन्मजात प्रवृत्तिहरू, जिउने शैलीहरू, र इत्यादि कुराहरूलाई परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुहुन्न, न त उहाँले आफ्नो कामद्वारा तिनलाई परिवर्तन गर्ने अभिप्राय नै राख्नुहुन्छ। मुक्ति दिइएको व्यक्ति अवश्य नै धारणा र कल्पनाहरूले भरिएको व्यक्ति होइन, र ऊ महामानव वा असामान्य व्यक्ति त झनै होइन। बरु, ऊ सामान्य मानवता, र विवेक र समझ भएको व्यक्ति हो, परमेश्वरका वचनहरू मान्न, र सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र काम गर्न सक्ने व्यक्ति हो; ऊ सबै कुरामा परमेश्वरमा समर्पित हुन सक्ने, अलौकिक पटक्कै नरहेको, र विशेष रूपमा सामान्य र व्यावहारिक मानवता भएको व्यक्ति हो।
सामान्य मानवतामा जिउने मानिसहरू पनि धेरै शारीरिक जन्मजात प्रवृत्ति र शारीरिक आवश्यकताहरूद्वारा प्रतिबन्धित हुन्छन्। उदाहरणका लागि, कहिलेकहीँ मानिसहरू अत्यन्तै थकित वा बिरामी भएकाले र विश्राम लिनुपर्ने भएकाले आफ्नो कर्तव्य पूरा गर्नमा केही दिन ढिलाइ गर्न सक्छन्; कहिलेकहीँ, तनावपूर्ण वातावरणका कारण, तिनीहरूलाई डर लाग्न सक्छ अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नका लागि आफ्नो मन शान्त पार्न सक्दैनन्; वा तिनीहरूलाई प्रायजसो हृदयमा ऋणीपन र दुःखको अनुभूति हुन सक्छ किनभने, तिनीहरूको क्षमता र सक्षमता सीमित भएकाले, तिनीहरू निश्चित प्रकारको काम वा कर्तव्यमा दक्ष हुन सक्दैनन्—यी सबै सामान्य मानवताको दायराभित्र पर्ने सामान्य प्रकटीकरणहरू हुन्। कहिलेकहीँ मानिसहरू भावना र शारीरिक आवश्यकताहरूले बाँधिन सक्छन्, र कहिलेकहीँ तिनीहरू शारीरिक जन्मजात प्रवृत्तिका प्रतिबन्धहरू, वा समय र व्यक्तित्वका प्रतिबन्धहरूमा पर्न सक्छन्—यो सामान्य र प्राकृतिक कुरा हो। उदाहरणका लागि, कतिपय मानिसहरू सानैदेखि निकै अन्तर्मुखी हुन्छन्; तिनीहरूलाई कुरा गर्न मन पर्दैन र अरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। उमेरमा तीस-चालीस कटेको वयस्क अवस्थामा पनि, तिनीहरू अझै पनि यो व्यक्तित्वलाई जित्न सक्दैनन्: तिनीहरू अझै पनि बोल्नमा सिपालु हुँदैनन् वा शब्दहरू चलाउन सिपालु हुँदैनन्, न त तिनीहरू अरूसँग सङ्गत गर्नमा नै सिपालु हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यो व्यक्तित्वको विशेषताले निश्चित हदसम्म तिनीहरूको कामलाई सीमित र अवरोध गर्छ, र यसले प्रायजसो तिनीहरूलाई हैरान र निराश तुल्याउँछ, तिनीहरूलाई अत्यन्तै बन्धनमा परेको महसुस गराउँछ। अन्तर्मुखी हुनु र बोल्न नचाहनु सामान्य मानवताको प्रकटीकरणहरू हुन्। ती सामान्य मानवताका प्रकटीकरणहरू भएका हुनाले, के तिनलाई परमेश्वरप्रतिका अपराधहरू मानिन्छ? अहँ, ती अपराधहरू होइनन्, र परमेश्वरले तिनलाई सही रूपमा लिनुहुनेछ। तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ। त्यसकारण, सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, सामान्य मानवताको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानीबेहोरा, र जिउने शैली जस्ता आधारभूत अवस्थाहरूलाई आफूलाई प्रतिबन्धित गर्न नदे। अवश्य नै, यी आधारभूत अवस्थाहरूलाई जित्ने प्रयास गर्नमा आफ्नो ऊर्जा र समय पनि निवेश नगर्, न त तिनलाई परिवर्तन गर्ने प्रयास नै गर्। उदाहरणका लागि, यदि तेरो व्यक्तित्व अन्तर्मुखी छ, र तँलाई बोल्न मन पर्दैन, र तँ शब्दहरू चलाउन सिपालु छैनस्, र तँ मानिसहरूसँग सङ्गत गर्न र अन्तरक्रिया गर्न सिपालु छैनस् भने, यीमध्ये कुनै पनि कुरा समस्या होइन। बहिर्मुखीहरूलाई कुरा गर्न मन पर्ने भए पनि, तिनीहरूले भन्ने सबै कुरा उपयोगी वा सत्यता अनुरूप हुन्छ भन्ने हुँदैन, त्यसकारण अन्तर्मुखी हुनु समस्या होइन र तैँले यसलाई परिवर्तन गर्ने प्रयास गर्नु पर्दैन। तँ यसो भन्न सक्छस्, “यदि म साधारण अनुयायी भएको भए, ममा अन्तर्मुखी व्यक्तित्व हुनु समस्या हुनेथिएन; तर अहिले म अगुवा हुँ, त्यसकारण के मैले आफ्नो अन्तर्मुखी व्यक्तित्व परिवर्तन गर्नु पर्दैन र?” यदि तँ त्यसलाई साँच्चै नै परिवर्तन गर्न चाहन्छस् भने, तैँले अरूसँग कसरी सङ्गत गर्ने भनी सिक्न, वा तैँले कति कुरा बोल्छस्, कति वटा मामलाहरू सम्हाल्छस्, र तैँले दिनमा कति प्रकारका मानिसहरूको सामना गर्छस् भन्ने बारेमा नियम बनाउन सक्छस्। यदि तँसँग साँच्चै नै आफ्नो अन्तर्निहित व्यक्तित्व परिवर्तन गर्ने क्षमता छ भने, तैँले मण्डलीको काम गर्ने सन्दर्भमा यो नराम्रो कुरा हो भन्ने हुँदैन। तर, यदि तँ अन्तर्मुखी व्यक्तित्व लिएर जन्मेको थिइस् र तँ शब्दहरू चलाउन सिपालु छैनस्, र तँ घुलमिल हुनमा निपुण छैनस्, र तँलाई अरूसँग कसरी कुराकानी गर्ने वा अन्तरक्रिया गर्ने भन्ने थाहा छैन भने, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। कतिपय मानिसहरूको व्यक्तित्व अन्तर्मुखी हुन्छ, तिनीहरू अरूसँग अन्तरक्रिया गर्न वा कुराकानी गर्न इच्छुक हुँदैनन्, यसको साथै, तिनीहरूसँग भन्नका लागि त्यति धेरै कुरा हुँदैन। तिनीहरूलाई सधैँ उपयोगी कुरा बोल्नु मात्रै सही हो, र अनावश्यक कुराहरू बोल्नु पर्दैन भन्ने लाग्छ, त्यसकारण तिनीहरू धेरै कुरा भन्न इच्छुक हुँदैनन्। कतिपय मानिसहरूका हकमा, तिनीहरू अत्यन्तै युवा भएकाले र तिनीहरूसँग कुनै जीवन अनुभव नभएकाले र शब्दहरूको कमी भएकाले यस्तो भएको हुन सक्छ; अरूका हकमा, तिनीहरू उप्रान्त जवान नरहेका हुन सक्छन् र तिनीहरूसँग पहिले नै जीवनको अनुभव हुन सक्छ, तर तिनीहरूसँग अझै पनि यो अन्तर्मुखी व्यक्तित्व हुन सक्छ। यदि तँ यस्तो प्रकारको व्यक्तित्व परिवर्तन गर्ने प्रयास गर्छस् र यसलाई परिवर्तन गर्न सबै किसिमका शैलीहरू अपनाउँछस् भने, म तँलाई के भन्छु भने, तैँले आफ्नो सम्पूर्ण जीवनभरि पनि यसलाई कहिल्यै परिवर्तन गर्न सक्नेछैनस्, किनभने परमेश्वरले यस्तो प्रकारको काम गर्नुहुन्न। तेरो अनुहार वा रूप तेरो बुबा, आमा वा अरू कुनै आफन्तसँग मिल्दो भए पनि, यो रूप परिवर्तन हुनेछैन, र अझै बढी, तेरो व्यक्तित्व विशेष रूपमा परिवर्तन हुनेछैन। कतिपय मानिस भन्छन्, “अन्तर्मुखी व्यक्तित्व परिवर्तन गर्न गाह्रो हुन्छ, त्यसोभए के बहिर्मुखी व्यक्तित्व परिवर्तन गर्न सजिलो हुन्छ?” बहिर्मुखी व्यक्तित्वलाई परिवर्तन गर्न पनि उत्तिकै गाह्रो हुन्छ। बहिर्मुखीहरूलाई कुरा गर्न मन पर्छ र तिनीहरूले भन्न चाहने कुरा धेरै हुन्छन्; यदि तैँले तिनीहरूलाई नबोल्न वा कम बोल्न भनिस् भने, तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्, र यदि कसैले तिनीहरूलाई बोल्नबाट रोक्यो भने, यो तिनीहरूको ज्यान लिनु जस्तै हो। यदि कुनै अन्तर्मुखीलाई कुनै बहिर्मुखीसँग सङ्गत गराइयो भने, के तिनीहरूले एक-अर्कामा प्रभाव पार्नेछन्? सुरुमा तिनीहरूले एक-अर्कामा केही हदसम्म प्रभाव पार्छन् होला; इज्जतका खातिर, दुई जना मानिसहरू एक-अर्काप्रति लचिलो र सहनशील हुनेछन्, वा एक-अर्काप्रति धैर्य र समझदार हुनेछन्। तर समय बित्दै जाँदा, तिनीहरूले एक-अर्कालाई राम्ररी चिन्नेछन् र एक-अर्काको व्यक्तित्वबारे स्पष्ट धारणा प्राप्त गर्नेछन्, र एक-अर्काप्रति यति धैर्य र विचारशील व्यवहार गर्नुपर्ने कुनै आवश्यकता हुनेछैन, त्यसकारण तिनीहरू तुरुन्तै आफ्नो मूल स्थितिमा फर्केर आउनेछन्। यदि तँमा मूल रूपमै अन्तर्मुखी व्यक्तित्व थियो भने, अहिले तँ अझै पनि अन्तर्मुखी हुन्छस्; जब तैँले बोल्छस् र कुराकानी गर्छस्, तैँले केही शब्द वा वाक्यहरू मात्रै बोल्छस्, र तँसँग भन्न बाँकी केही हुँदैन। यदि कसैले “के तिमी बाहिर गयौ?” भनेर सोध्यो भने, तँ जवाफ दिन्छस्, “अँ गएँ।” त्यसपछि यदि उसले “तिमी कति खेर फर्केर आयौ?” भनेर सोध्यो भने, तँ जवाफ दिन्छस्, “अहिले भर्खरै।” तैँले के भयो भनेर भन्दैनस्, र त्यो व्यक्तिले के सुन्न चाहन्छ त्यो भन्दैनस्। यसको विपरीत, बहिर्मुखीहरूले मेशिन गनले जस्तै निरन्तर शब्दहरू निकाल्छन्, र तैँले तिनीहरूलाई हस्तक्षेप गरे पनि, केही समयपछि तिनीहरूले कुरा गर्न जारी राख्नेछन्। के व्यक्तिको व्यक्तित्व परिवर्तन गर्न सजिलो हुन्छ? (अहँ, हुँदैन।) यो हरेक सृजित मानवले जन्मजात रूपमा लिएर आउने कुरा हो। भ्रष्ट स्वभाव वा व्यक्तिको मानवताको सारसँग यसको कुनै सम्बन्ध हुँदैन; यो मानिसहरूले बाहिरी रूपमा देख्न सक्ने अस्तित्वको स्थिति, र व्यक्तिले मानिस, घटना, र कामकुराहरूलाई लिने तरिका मात्रै हो। कतिपय मानिसहरू आफूलाई व्यक्त गर्न सिपालु हुन्छन्, जबकि अरू सिपालु हुँदैनन्; कतिलाई कुराहरू वर्णन गर्न मन पर्छ, अरूलाई मन पर्दैन; कतिलाई आफ्ना विचारहरू आफैसँग राख्न मन पर्छ, जबकि अरूलाई आफ्ना विचारहरू भित्र राख्न मन पर्दैन, बरु सबैले सुन्न सकून् भनेर तिनलाई ठूलो स्वरमा व्यक्त गर्न चाहन्छन्, र त्यसपछि मात्रै तिनीहरू खुसी हुन्छन्। मानिसहरूले जीवन र मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने फरक-फरक तरिकाहरू यिनै हुन्; मानिसहरूको व्यक्तित्व यिनै हुन्। तेरो व्यक्तित्व तैँले जन्मँदा नै लिएर आएको कुरा हो। यदि तैँले धेरै प्रयास गरेपछि पनि यसलाई परिवर्तन गर्न सकेको छैनस् भने, म तँलाई के भन्छु भने, तैँले अब विश्राम लिन सक्छस्; आफूलाई त्यति थकाउनुपर्ने आवश्यकता नै छैन। यसलाई परिवर्तन गर्न सकिँदैन, त्यसकारण यसलाई परिवर्तन गर्ने प्रयास नगर्। तेरो मूल व्यक्तित्व जेसुकै भए पनि, त्यो तेरो व्यक्तित्व नै रहन्छ। मुक्ति प्राप्त गर्नका लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्; यो भ्रमपूर्ण विचार हो—तँमा जुनसुकै व्यक्तित्व भए पनि, त्यो वस्तुगत तथ्य हो, र तँ त्यसलाई परिवर्तन गर्न सक्दैनस्। यसका वस्तुगत कारणहरूका हिसाबमा भन्दा, परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने नतिजासँग तेरो व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा पनि तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। यसका साथै, तँ सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता भएको व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। त्यसकारण, तैँले निश्चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्वरले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तँ उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तँ मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्ने कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ। परमेश्वर यही कुरा हेर्नुहुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? (हो, हामीले बुझ्यौँ।)
जब कतिपय महिलाहरू कार्य गर्छन्, तब तिनीहरू कामकुरा हतारपतार गर्छन्, तिनीहरू बिजुली जस्तै छिटो र जीवन्त हुन्छन्, र तिनीहरूले तुरुन्तै र दृढ निर्णयहरू गर्छन्; तिनीहरूको व्यक्तित्व पनि पुरुषको जस्तै हुन्छ। आजभोलि तिनीहरूलाई व्याख्या गर्न के लोकप्रिय शब्द प्रयोग गरिन्छ? नर स्त्रीहरू। “नर स्त्रीहरू” ले उप्रान्त मानिसहरूले यी शब्दले उल्लेख गर्ने गरेका मूर्ख, बडेमानका, ठूला ज्यानका मानिसहरूलाई जनाउँदैन। यो अपमानजनक शब्द होइन; बरु, यो तारिफ गर्ने शब्द हो। तर परमेश्वरले यो तारिफको शब्दलाई कसरी लिनुहुन्छ? तँ बिजुली जस्तै छिटो र जीवन्त छस्, र आफ्ना कार्यमा साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छस्, तर तेरा अभ्यासका सिद्धान्तहरू र तेरा कार्यहरूका आधार के-के हुन्? के त्यो आधार सत्यता हो? के ती परमेश्वरका वचनहरू हुन्? मुख्य कुरा यही हो। यदि कुनै पुरुष आफ्नो व्यवहारमा सुस्त र अति सावधान छ भने, गैर-विश्वासीहरूका शब्दहरूमा भन्दा, ऊ खुट्टा बाँधिएकी महिला जस्तै हो—कतिपयले ऊ “अलिक केटीजस्तो छ” भनेर अपमानजनक शब्द समेत प्रयोग गर्छन्—तर परमेश्वरले उसलाई कसरी हेर्नुहुन्छ? व्यक्ति बिजुली जस्तो छिटो र जीवन्त भए पनि र काम गर्ने क्रममा साहसी र सङ्कल्पवान् रूपमा निर्णायक भए पनि, वा उसले खुट्टा बाँधिएकी महिलाले जस्तो व्यवहार गरे पनि र आफ्नो व्यवहारमा अलिक केटीजस्तो भए पनि, के यीमध्ये कुनै पनि कुरा समस्याहरू हुन्? (होइनन्।) के बिजुली जस्तो छिटो र जीवन्त हुनु, र साहस र सङ्कल्पवान् रूपमा निर्णायक हुनु एउटा सबल पक्ष हो? (अहँ, यो सबल पक्ष नै हो भन्ने हुँदैन।) त्यसोभए के खुट्टा बाँधिएकी महिलाले जस्तो व्यवहार गर्नु कमजोरी हो? (यो पनि, त्यस्तै नै हो भन्ने हुँदैन।) “पुरुषार्थी महिलाहरू” र “अलिक केटीजस्तो” भन्ने दुई वटा शब्दहरूमध्ये एउटा सराहनीय र अर्को अपमानजनक भए पनि, यी दुई प्रकारका व्यवहार वा काम गर्ने तरिकाहरूको सारलाई तिनको शाब्दिक अर्थका आधारमा मूल्याङ्कन गर्नु हुँदैन। यसलाई मूल्याङ्कन गर्न के प्रयोग गर्नुपर्छ त? (व्यक्तिले अभ्यास गर्ने कुरा परमेश्वरको वचन हो कि होइन भन्ने तथ्य प्रयोग गर्नुपर्छ।) यसलाई मूल्याङ्कन गर्न तिनीहरूको कार्यको आधार, साथै तिनीहरूले हासिल गर्ने अभिप्राय राखेका प्रभावलाई प्रयोग गर्नुपर्छ। यदि तिनीहरूको कार्यको आधार परमेश्वरको वचन र सत्यता सिद्धान्तहरू हुन् भने, तिनीहरूले कुनै गल्ती गरिरहेका छैनन् भन्ने कुरा मूलतः ९० प्रतिशत निश्चित हुन्छ। यदि तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्ने मात्र होइन, तर यसको साथै, तिनीहरूले हासिल गर्ने अभिप्राय राखेका प्रभाव परमेश्वरको गवाही र परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्ने, र अझै धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार गर्ने प्रभाव हो भने, तिनीहरूले कुनै गल्ती गरिरहेका छैनन् भन्ने कुरामा हामी शतप्रतिशत निश्चित हुन सक्छौँ। तिनीहरू साहसी र सङ्कल्पवान् रूपमा निर्णायक भए पनि वा खुट्टा बाँधिएकी महिला जस्तो भए पनि—तिनीहरूले बाहिरी रूपमा व्यवहार गर्ने तरिकालाई ध्यान नदेऊ—त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा के हो भने सत्यता सिद्धान्तहरू तिनीहरूको कार्यको आधार हुन् कि होइनन्, र तिनीहरूको कार्यको उद्देश्य र तिनीहरूले आफ्नो कार्यद्वारा हासिल गर्ने अभिप्राय राखेका प्रभाव परमेश्वरको घरका हितहरू र मण्डलीको कामको संरक्षण गर्नु, र अझै धेरै मानिसको आत्मिक उन्नति गर्नु हो कि होइन भन्ने कुरा हो। त्यसोभए के तिनीहरूको व्यवहारले लिने रूप महत्त्वपूर्ण हुन्छ? (अहँ, हुँदैन।) तँ नर स्त्री भए पनि वा खुट्टा बाँधिएकी महिलाजस्तो भए पनि, परमेश्वर यो कुरालाई हेर्नुहुन्न; मानिसहरूलाई मूल्याङ्कन गर्न परमेश्वरले प्रयोग गर्नुहुने मानक यो होइन। त्यसकारण, यदि कुनै नर स्त्री महिला जस्तो देखिन्छे, र आफ्नो व्यवहारमा, ऊ बिजुली जस्तै छिटो र जीवन्त छे, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छे भने, के यो प्रशंसा र आदर गर्न लायक हुन्छ? (अहँ, हुँदैन।) के बिजुली जस्तो छिटो र जीवन्त हुनु, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक हुनु कामकुरा गर्ने सिद्धान्त हो? (होइन।) तँ चाहे पुरुष होस् वा महिला होस्, साहसी र सङ्कल्पवान् रूपमा निर्णायक हुनु र बिजुली जस्तो छिटो र जीवन्त हुनु कामकुरा गर्ने सिद्धान्त होइन। त्यसोभए, कामकुरा गर्ने सिद्धान्त के हो? (व्यक्तिले सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, र व्यक्तिले हासिल गर्ने अभिप्राय राखेको प्रभाव परमेश्वरको घरका हितहरूको संरक्षण गर्नु र अझै धेरै मानिसहरूको आत्मिक उन्नति गर्नु नै हुनुपर्छ—सिद्धान्त यही हो।) यो ठोस सिद्धान्त हो। यदि तैँले यो सिद्धान्त अनुसार काम गरिस् भने, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्; यदि तैँले यो सिद्धान्त अनुसार काम गरिनस् भने, मेरा नजरमा, तँ साहसी र सङ्कल्पवान् रूपमा निर्णायक, बिजुली जस्तो छिटो र जीवन्त बन्नुलाई सबैभन्दा राम्ररी परिभाषित गर्ने अभिव्यक्ति भनेको “खराब कुराहरू गर्दै दङ्गा गर्नु” भन्ने हुन्छ। खराब कुराहरू गर्दै दङ्गा गर्नु भनेको सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु होइन भन्ने कुरा स्पष्टै छ; तँ आफ्नो व्यवहारमा निर्णायक र हिचकिचाहटरहित जस्तो, र अगुवा वा राजाको भाव देखाएजस्तो देखिए पनि, वास्तवमा तैँले खराब कुराहरू गर्दै दङ्गा गरिरहेको हुन्छस्। दङ्गा गर्नु र खराब कुराहरू गर्नुका परिणामहरू के-के हुन्? यसले अवरोध र बाधाहरू ल्याउँछ, र मण्डलीको काममा हानि गर्छ। त्यसोभए, के परमेश्वरले यसलाई याद गर्नुहुनेछ? (गर्नुहुनेछैन।) परमेश्वरले यो कुरा याद नगर्नुहुने मात्र होइन, उहाँले यसलाई दोषी पनि ठहराउनुहुनेछ। त्यसकारण, तैँले तँ नर स्त्री होस्, र तेरो व्यवहारमा तँ बिजुली जस्तो छिटो र जीवन्त छस्, र साहसी र सङ्कल्पवान् रूपमा निर्णायक छस् भनेर भन्छस्, तर के त्यो उपयोगी हुन्छ? (अहँ, हुँदैन।) सत्यता खोजी गर्नु र सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुलाई मात्रै साँचो क्षमता भन्न सकिन्छ; यो मात्रै सत्यता अभ्यास गर्नु र सत्यता पछ्याउनु हो, र सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्ने कुरा यही मात्रै हो। मानौँ तँ यसो भन्छस्, “यो केवल मेरो व्यक्तित्व हो र यो परिवर्तन हुन सक्दैन, त्यसकारण मैले के गर्ने?” एउटा सजिलो समाधान छ। तँ चाहे फुर्तिलो व्यक्ति होस् वा तेरो मिजास सुस्त छ भन्ने कुरा समस्या होइन; यसद्वारा बन्धनमा नपर्। तैँले सिद्धान्तहरू अनुसार काम गर्न चाहने हुनाले तैँले कामकुरा गर्ने आफ्नो विधि परिवर्तन गर्न मेहनत गर्नु पनि पर्दैन। तेरो विधि जेसुकै भए पनि, यदि तेरा कार्यहरूको आधार सत्यता सिद्धान्तहरू हुन्, र तैँले हासिल गर्ने प्रभाव परमेश्वरको गवाही, परमेश्वरका हितहरू, र परमेश्वरको घरको कामको प्रतिरक्षा गर्ने कार्य हो भने, यी असल कार्यहरू हुन्, र परमेश्वरले तिनलाई याद गर्नुहुनेछ। यसको विपरीत, चाहे तँ बाहिरी रूपमा खुट्टा बाँधिएकी महिला जस्तो कायर र हिचकिचाउने होस्, वा अगुवा वा राजाजस्तो बिजुलीझैँ तीव्र र जीवन्त होस्—तेरा कार्यहरूको बाहिरी रूप जेसुकै भए पनि—यदि तँ सत्यता सिद्धान्तहरू अनुसार काम गर्दैनस् भने, तैँले अवरोध र बाधाहरू ल्याइरहेको हुन्छस्, र यी दुष्ट कार्यहरू हुन्, र तिनलाई परमेश्वरले दोषी ठहराउनुहुनेछ, र परमेश्वरले तिनलाई याद गर्नुहुनेछैन। कुनै व्यक्ति असल छ कि दुष्ट छ भनेर मूल्याङ्कन गर्ने सिद्धान्त यही हो। बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, अहिले हामीले यी कुराहरूका बारेमा सङ्गति गरेर सकाएकाले, के तिमीहरूले परमेश्वरको कामका सन्दर्भमा मानिसहरूमा के-कस्ता धारणा र कल्पनाहरू हुन्छन् भन्ने बारेमा केही बुझाइ प्राप्त गरेका छौ? (छौँ।) अब तिमीहरूले ती कुरा बुझेका हुनाले, के तिमीहरूलाई मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा तिनीहरूमा देखा पर्ने केही विचलनहरू थाहा भयो? के तिमीहरूले कसरी अभ्यास गर्नुपर्छ भन्ने बारेमा पनि तिमीहरू स्पष्ट भयौ? (हजुर, हामी स्पष्ट भयौँ।)
एक हिसाबमा, मानिसहरूका धारणा र कल्पनाहरू बुझ्नुको उद्देश्य, मानिसहरूलाई यी धारणा र कल्पनाहरूअनुसार जिउन र गलत जीवनको मार्गमा हिँड्नबाट रोक्नु हो। अर्को हिसाबमा, यो मानिसहरूले यी धारणा र कल्पनाहरू त्याग्दै गर्दा, तिनीहरूलाई सामान्य मानवतामा जिउन र सहजता र हर्षका साथ तिनीहरूका जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न, र तिनीहरूले गर्न नसक्ने कुराहरू गर्न तिनीहरूलाई जबरजस्ती नगर्न सहयोग गर्नु हो। यदि तैँले हासिल गर्न सक्ने र गर्नुपर्ने कुनै कुरा छ भने, त्यसलाई पूरा गर्न सक्दो मेहनत गर्; यदि कुनै कुरा तेरो क्षमता र सक्षमताभन्दा बाहिर छ भने, तँसँग सहकार्य गर्नका लागि कसैलाई खोज् वा अरू दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग माग्, र आफ्नो सक्षमताअनुसार सक्दो गर्—सिद्धान्तहरू यिनै हुन्। सारांशमा भन्दा, यस मामलाबारे मानिसहरूले के बुझ्नुपर्छ भने, परमेश्वरले काम गर्नुहुने अवधिमा, हरेकको मानवता विकृत, अलौकिक, वा असामान्य बन्नुको सट्टा, परमेश्वरका वचनहरू स्वीकार गर्ने प्रक्रियामा, र तिनीहरूको मानवताको अन्तर्निहित आधारभूत अवस्थाहरूको दायराभित्र, त्यो बिस्तारै राम्रो दिशामा विकास भइरहेको हुन्छ। त्यसकारण, यदि तैँले पूरा गर्ने कर्तव्यमा प्राविधिक वा पेसागत सीप समावेश छ भने, त्यो कर्तव्य राम्ररी पूरा गर्नका लागि, तैँले त्यो प्राविधिक वा पेसागत सीप लगनशीलताको साथ सिक्न र त्यसको गहन अनुसन्धान गर्न मेहनत गर्नुपर्छ। तैँले आफै सीप सिक्न मेहनत नगरी “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र हामीले उहाँलाई प्रार्थना मात्र गर्यौँ भने मानिसहरूले गर्न नसक्ने जुनसुकै कुरा परमेश्वरले हासिल गर्न सक्नुहुन्छ” भन्ने जस्ता विचार र दृष्टिकोणहरूका आधारमा र अलौकिक कुराहरूका बारेमा रहेका कल्पनाहरूका आधारमा परमेश्वरले कार्य गर्नुहुन्छ भनेर अन्धाधुन्ध प्रतीक्षा गर्नु हुँदैन। तैँले आफ्नो क्षमताले हासिल गर्न सक्ने कुराको दायराभित्र पर्ने कुरा गर्न आफ्नो सारा हृदय, सारा सामर्थ्य, र सारा मन लगाउनुपर्छ, र आफ्नो क्षमता र सक्षमताबाहिरको कुराका हकमा भन्दा, आफ्ना लागि कामकुराहरू कठिन नबना, आफूलाई कुनै पनि बन्धनमा पार्ने, बोझ दिने, वा दबाब दिने नगर्, बरु आफूसँग सहज व्यवहार गर्। उदाहरणका लागि, कम्प्युटरको सीप सिक्ने कार्यलाई लिऊँ। मानौँ तँ पाको भइरहेको छस्, र तेरो उमेर, क्षमता, र तेरा वर्तमान अवस्थाहरूका आधारमा, टाइप गर्न सिक्नु नै तेरा लागि निकै उपलब्धिको कुरा भइसकेको हुन्छ। यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न र अनलाइनमा काम गर्न पनि सिक्न सकिस् भने, त्यो त पहिले नै निकै राम्रो कुरा हो। तर, तँ कहिल्यै सन्तुष्ट हुँदैनस् र तँसँग अझै बढीको कामना हुन्छ—तँ कसरी प्रोग्रामहरू लेख्ने र नेटवर्क सुरक्षित राख्ने भनेर सिक्न, र नेटवर्क इन्जिनियर र उच्च प्रविधि कर्मचारीहरूले मात्रै गर्न सक्ने केही काम गर्न चाहन्छस्। के त्यो मूर्खता होइन र? (हो।) तैँले यी कुराहरू बुझ्न सक्दैनस्, त्यसकारण तँ नकारात्मक बन्छस् र परमेश्वरबारे गुनासो गर्छस्: “हे परमेश्वर, मैले किन यी कुराहरू बुझ्न सक्दिनँ? तपाईंले मलाई किन यस्तो क्षमता दिनुभयो? म यति बूढो छु—तपाईं किन मलाई फेरि जवान बनाउन सक्नुहुन्न? के परमेश्वर सर्वशक्तिमान् हुनुहुन्न र?” तैँले त्यस्ता विचारहरू राख्नु र त्यस्ता मागहरू गर्नु गलत कुरा हो। “आफ्नो शक्तिले जे भ्याउँछ त्यही गर्नु, र आफ्नो क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिलाई ननाघ्नु” भन्नुको अर्थ के हो? तेरो क्षमता र सक्षमताले तँलाई जे हासिल गर्न दिन्छ, परमेश्वरले तँबाट त्यही माग गर्नुहुन्छ। परमेश्वरले तेरो क्षमताभन्दा बाहिर भएको कुनै पनि कुरा तँबाट माग गर्नुहुन्न, र तैँले आफूबाट पनि यो माग गर्नु पर्दैन। यदि तँ कुनै कुरा गर्न सक्दैनस् भने, गर्न सक्ने अरू हुन्छन्; यो काम गर्ने तँ नै हुनुपर्छ भनेर परमेश्वरले माग गर्नुहुन्न। तँ भन्छस्, “म वृद्ध छु—मलाई भिडियोहरू कसरी अपलोड गर्ने भन्ने थाहा छैन, मलाई नेटवर्क कसरी सुरक्षित राख्ने भन्ने पनि थाहा छैन, र मलाई प्रोग्रामहरू कसरी लेख्ने भन्ने थाहा हुनु त परको कुरा हो,” तैपनि तैँले यी कुराहरू सिक्न जिद्दी गर्छस्—के तैँले परमेश्वरको घरलाई यो काम गर्न तेरो आवश्यकता छ कि छैन भनेर सोधेको छस्? के तैँले आफ्नै काम उचित रूपमा गरेको छस्? के तैँले तेरो क्षमताले तँलाई हासिल गर्न दिने काम उचित रूपमा गरेको छस्? यदि तैँले त्यो उचित रूपमा गरेको छैनस्, र तँ अझै पनि आफ्नो पहुँचभन्दा बाहिर र तेरो बोधभन्दा बाहिरका कुराहरू, र तैँले आफ्नो सम्पूर्ण जीवनकालमा कहिल्यै सिक्न नसक्ने कुराहरू गर्ने प्रयास गर्न जिद कस्छस् भने, तँलाई तैँले आफैविरुद्ध सङ्घर्ष गरिरहेको छस् भन्ने लाग्छ, कि परमेश्वरविरुद्ध सङ्घर्ष गरिरहेको छस् भन्ने लाग्छ? के यो अत्यन्तै समस्याजनक कुरा होइन र? (हो।) तँ सधैँ आफूलाई जित्न र महामानव बन्न चाहन्छस्, तर परमेश्वरले तँबाट त्यसो गर्ने माग गर्नुभएको छैन। तँ महामानव बन्न चाहनुको एउटै मात्र कारण हुन सक्छ, जुन के हो भने, तँ धाक लगाउन चाहन्छस् र तैँले हार स्वीकार गर्दैनस् वा तँ वृद्ध अवस्थालाई स्विकार्दैनस्। तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका खातिर कष्ट सहेको र मूल्य चुकाएको हुँदैनस्; तैँले आफूलाई शिष्ट तरिकाले आचरणमा ढाल्ने र आफ्नो उचित स्थानमा दृढ रहने सिद्धान्त अनुसार आफ्नो कर्तव्य पूरा गरिरहेको हुँदैनस्। तँ आफ्नो क्षमता र सक्षमताहरूलाई चुनौती दिएर तँ वृद्ध छैनस् भन्ने कुरा प्रमाणित गर्न चाहन्छस्। तँ यसो सोच्छस्, “म अझै पनि यो गर्न सक्छु। म अरू जत्तिकै सिपालु छु, अरूले जे गर्न सक्छन् म पनि त्यो गर्न सक्छु!” के यो अर्थपूर्ण छ? (छैन।) यो अर्थपूर्ण छैन। तैँले लगाइरहेको यो सबै मेहनत व्यर्थ र बेकामको हुन्छ। यदि तैँले आफ्ना अवस्थाहरूले हासिल गर्न दिने कुरा उचित रूपमा गर्न आफ्नो सारा हृदय, सारा मन, र सारा सामर्थ्य लगाइस् भने, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। आफूलाई चुनौती नदे, न त आफ्नो सीमालाई बढाउने प्रयास नै गर्। तेरा क्षमता र सक्षमताहरू कस्ता छन् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ। परमेश्वरले तँलाई दिनुभएका क्षमता र सक्षमताहरू उहाँले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सधैँ यी कुराहरूलाई जित्न चाहनु भनेको अहङ्कारी हुनु र आफूलाई बढी आँक्नु हो; यो समस्या निम्त्याउनु हो र यो अपरिहार्य रूपमा नै असफलतामा परिणत हुनेछ। के त्यस्ता मानिसहरूले आफ्नो उचित कार्यलाई बेवास्ता गरिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले नियम पालना गर्ने तरिकाले आफूलाई आचरणमा ढालिरहेका हुँदैनन्, र तिनीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि आफ्नो उचित स्थानमा अडिग रहिरहेका हुँदैनन्—तिनीहरूले आफ्नो व्यवहारमा यी सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्, बरु सधैँ धाक लगाउने प्रयास गरिरहेका हुन्छन्। दुई भागको एउटा भनाइ छ: “बुढी आइमाईले लाली लगाई—तँलाई देखाउनलाई।” “बुढी आइमाई” ले कुन उद्देश्यका लागि यसो गर्छे? (आफूलाई प्रदर्शन गर्न।) बुढी आइमाईले तँलाई देखाउन चाहन्छे: “म, बुढी आइमाई, साधारण व्यक्ति होइनँ—म तिमीलाई एउटा विशेष कुरा देखाउनेछु।” ऊ हेयको दृष्टिले हेरिन चाहँदिन, बरु ऊ उच्च आदर र सम्मान पाउन चाहन्छे; उसले आफ्ना सीमाहरूलाई चुनौती दिन र आफूलाई जित्न चाहन्छे। के यो अहङ्कारी प्रकृति हुनु होइन र? (हो।) यदि तँमा अहङ्कारी प्रकृति छ भने, तँ आफ्नो सीमाभित्र बस्दैनस्, तँ आफ्नो स्थान अनुरूपको आचरण प्रस्तुत गर्न चाहँदैनस्। तँ सधैँ आफूलाई चुनौती दिन चाहन्छस्। अरूले जे गर्न सक्छन्, तँ पनि त्यसो गर्न सक्न चाहन्छस्। जब अरूले आफूलाई उत्कृष्ट देखाउने, नतिजाहरू हासिल गर्ने, वा योगदान दिने, र सबैको प्रशंसा प्राप्त गर्ने कुराहरू गर्छन्, तब तँलाई असहज, डाहा, र असन्तुष्टि लाग्छ। त्यसपछि तँ आफूलाई चम्काउने किसिमका काम वहन गर्नका लागि, आफ्नो वर्तमान कामहरूलाई त्याग्न चाहन्छस्, उच्च आदर पाउने कामना गर्छस्। तर तँ आफूलाई उत्कृष्ट देखाउने काम गर्न सक्दैनस्, त्यसकारण के यो समयको बरबादी होइन र? के यो आफ्नो उचित कार्यहरूलाई बेवास्ता गर्नु होइन र? (हो।) उचित कार्यहरूलाई बेवास्ता नगर्, किनभने तिनलाई बेवास्ता गर्दा परिणाम असल हुनेछैन। यसले कामकुरामा ढिलाइ गर्ने र समय बरबाद गर्ने, जसले गर्दा अरूले तँलाई हेयको दृष्टिले हेर्ने मात्र छैनन्, तर यसले गर्दा परमेश्वरले पनि तँलाई घृणा गर्नुहुनेछ, र अन्त्यमा, तैँले आफूलाई निकै नकारात्मक बन्नेगरी यातना दिनेछस्। व्यक्तिको उमेर जतिसुकै भए पनि—ऊ जवान भए पनि, अधबैँसे भए पनि वा वृद्ध भए पनि—उसको क्षमता र प्रतिभाका हिसाबमा उसका सीमाहरू हुन्छन्; कोही पनि सिद्ध हुँदैन। सिद्ध व्यक्ति बन्ने कुरा बिर्सिदे, सबै कुरा कसरी गर्ने भनी जान्ने, सबै कुरा गर्न सक्ने बन्ने, र सबै कुरा बुझ्न सक्ने बन्ने कुरा बिर्सिदे—तँमा यस्तो प्रकारको स्वभाव छ भने यो समस्याजनक कुरा हो।
परमेश्वरको कामभित्र, उहाँले कुनै पनि विषय वा कुनै पनि प्रकारको समस्याबारे सबै प्रकारका मानिसहरूसामु बोल्नुहुँदा, उहाँ किन फरक-फरक स्थिति र परिस्थितिहरूलाई सम्बोधन गर्दै एउटै कुराबारेमा बारम्बार कुरा गर्नुहुन्छ? आत्मिक बुझाइ नभएका मानिसहरू सोच्छन्, “यसरी बोल्दा अत्यन्तै विस्तृत र लामो हुन्छ; हामीले बुझिसकेका छौँ।” तैँले बुझिसकेको हुन सक्छस्, तर अरूले नबुझेका हुन सक्छन्; अनि तैँले बुझे पनि, के तँ विभिन्न स्थितिहरूका समस्याहरू समाधान गर्न सक्छस्? यदि सक्दैनस् भने, यसको अर्थ तैँले अझै पनि पूर्ण रूपमा बुझेको छैनस्, त्यसकारण बुझेको नाटक नगर्। मानिसहरूको स्थिति सबै फरक-फरक हुन्छ। हरेक प्रकारको व्यक्तिका सबै स्थितिहरूका बारेमा कुरा गरिएपछि मात्रै, र सबै किसिमका विभिन्न स्थितिहरूलाई समेटिसकेपछि मात्रै—अर्थात्, निश्चित ठूलो समस्याभित्र पर्ने सबै प्रकारका मानिसहरूको स्थितिहरूका बारेमा छलफल गरिएपछि, र सबैले सत्यताको यो पक्ष बुझेपछि मात्रै—यस समस्यालाई स्पष्ट रूपमा व्याख्या गरिएको हुन्छ। मैले यसो भन्नुको अर्थ के हो? सबैले आफ्ना अवस्थाहरूमा जिउँदै गर्दा फरक-फरक समस्याहरू विकास गर्छन्; सबैका समस्याहरू फरक-फरक हुन्छन्, र सबैको व्यक्तित्व, सबल पक्षहरू, र तिनीहरू सिपालु रहेका कुराहरू पनि फरक-फरक हुन्छन्। त्यसकारण, सबैको आ-आफ्नै व्यक्तिगत अवस्था, आ-आफ्नै कठिनाइहरू, र आ-आफ्नै फरक-फरक विचार र दृष्टिकोणहरू हुन्छन्। तर, मानिसहरूको आ-आफ्नो अवस्था जति नै फरक भए पनि, र तिनीहरूको सक्षमता, क्षमता, दृष्टिकोणको उचाइ, व्यक्तित्व, र बानीबेहोरा जति नै फरक भए पनि, मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सार उही हुन्छ। अर्थात्, मानिसहरूको मानवताका विभिन्न अवस्थाहरू जति नै फरक भए पनि, मानिसहरूमा उही आम विशेषताहरू हुन्छन्। मानवमा किन एउटै आम विशेषताहरू हुन्छन्? किनभने मानवहरू बाँच्नका लागि निर्भर रहने स्वभाव सार उही हुन्छ। त्यसकारण, सबै प्रकारका मानिसहरूको स्थिति र समस्याहरू खुलासा भएपछि, मानिसहरूले गर्नुपर्ने कुरा भनेको परमेश्वरले माग गर्नुभएको सत्यता र सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो, त्यसपछि मानवजातिका आम समस्याहरू समाधान हुनेछन्। तेरो व्यक्तित्व वा क्षमता जस्तोसुकै भए पनि, तँ जति नै सक्षम भए पनि, र तँ पुरुष भए पनि वा महिला भए पनि, अथवा तँ पश्चिममा जन्मे पनि वा पूर्वमा जन्मे पनि, वा तँ दक्षिण वा उत्तरबाट भए पनि, यदि सत्यता स्वीकार गरेर, परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गरेर, र सत्यता अभ्यास गरेर तेरा भ्रष्ट स्वभावहरू समाधान हुन्छन् भने, तेरा कठिनाइहरू अवश्यै समाधान हुनेछन्। यसको अर्थ मानवहरूका आम समस्याहरूको सन्दर्भमा मानिसहरूमा पैदा हुने सबै किसिमका विभिन्न स्थितिहरू पनि समाधान गर्न सकिन्छ। मानिसहरूमा किन विभिन्न स्थितिहरू देखा पर्छन्? किनभने हरेक व्यक्तिसँग हुने मानवताको अन्तर्निहित अवस्थाहरू फरक-फरक हुन्छन्। उदाहरणका लागि, यदि तँ दक्षिणमा बस्छस्, र तँसँग दक्षिणवासीहरूका केही जिउने बानीबेहोरा र शैलीहरू छन्, र तैँले विशिष्ट रूपमा दक्षिणका मानिसहरूमा हुने केही व्यक्तित्व र जीवनशैलीका विशेषताहरू पनि विकास गर्छस् भने, यस्तो पृष्ठभूमिका साथ, तैँले केही निश्चित धारणा र कल्पनाहरू, निश्चित विचार र दृष्टिकोणहरू, र निश्चित स्थितिहरू विकास गर्नेछस्। यदि तँ उत्तरमा जन्मेको भए, तँसँग उत्तरवासीहरूको व्यक्तित्व र जिउने बानीबेहोराहरू, वा उत्तरवासीहरूका चलन, सांस्कृतिक पृष्ठभूमि, शिक्षाका विधिहरू, र तिनीहरूका अरू त्यस्ता अन्तर्निहित कुराहरूबाट पैदा हुने केही स्थितिहरू हुनेथिए। यसरी, दक्षिण र उत्तरमा बस्ने मानिसहरूमा पैदा हुने स्थितिहरू फरक हुन्छन्। तर, एउटै समस्याबाट पैदा हुने स्थितिहरूको जड र सार उही हुन्छ, त्यसकारण ती सबैलाई एउटै सत्यताद्वारा समाधान गर्न सकिन्छ। यस्तो अवस्थामा, तँ चाहे उत्तरको होस् वा दक्षिणको होस्, वा पूर्वको होस् वा पश्चिमको होस् त्यसले केही फरक पार्दैन; तँ सृजित मानव भएसम्म, तेरा सबै समस्याहरूलाई सत्यताद्वारा समाधान गर्न सकिन्छ। बुझिस्? के यो समस्या जटिल छ? (अब मैले यसको व्याख्या सुनेपछि, मलाई यो उप्रान्त जटिल छैन जस्तो लाग्छ।) यो समस्या जटिल छैन भनेर तँ किन भन्छस्? (मानिसहरूका आ-आफ्ना अवस्था, पृष्ठभूमि, र व्यक्तित्व फरक भए पनि, र यसले स्वाभाविक रूपमा नै फरक-फरक स्थितिहरू पैदा गरे पनि, यी फरक-फरक स्थितिहरूको जड उही हुन्छ, र मानिसहरूको भ्रष्ट सार उही हुन्छ। मानिसहरूले जति धेरै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यसलाई उही सत्यताहरूले समाधान गर्न सकिन्छ; त्यसकारण, सत्यताहरूले हरेक व्यक्तिका समस्याहरू समाधान गर्न सक्छन्।) मानिसहरू दक्षिण, उत्तर, पूर्व, वा पश्चिम जहाँका भए पनि, तिनीहरू पुरुष भए पनि वा महिला भए पनि, जवान भए पनि वा वृद्ध भए पनि, र तिनीहरूका आ-आफ्ना अवस्थाहरू जस्तोसुकै भए पनि, तिनीहरूको भ्रष्ट स्वभाव उही हुन्छ, र यी भ्रष्ट स्वभावहरूले पैदा गर्ने विभिन्न स्थिति, विचार र दृष्टिकोण, र सत्यताप्रतिका मनोवृत्तिहरूको साझा विशेषता हुन्छ। यो साझा विशेषता के हो? यी भ्रष्ट स्वभावहरूबाट पैदा हुने सबै कुरा शैतानका हुन्छन् र सत्यताअनुरूप हुँदैनन्; अवश्य नै, अझै निर्दिष्ट रूपमा भन्दा, यी सत्यताविपरीत हुन्छन् भनेर भन्न सकिन्छ। त्यसकारण, भ्रष्ट मानवजातिका जाति, धर्म, वा संस्कृतिका बीचमा जस्तोसुकै भिन्नता भए पनि, र मानिसहरूको छाला चाहे पहेँलो, सेतो, खैरो, वा कालो भए पनि, तिनीहरू सबै भ्रष्ट मानव हुन्, र सबै मानवहरूमा परमेश्वरको प्रतिरोध गर्ने एउटै सार हुन्छ। तिनीहरूबीच रहेको साझा कुरा यही हो। त्यसकारण, मानिसहरू जुनसुकै देशका भए पनि वा तिनीहरू जुनसुकै जातिका भए पनि, तिनीहरूलाई सामूहिक रूपमा भ्रष्ट मानव भनेर भनिन्छ। अर्थात्, यी जातिका मानिसहरू आफ्नो छालाको रङ, रूप, जीवनका बानीबेहोरा, वा जातीय संस्कृतिका हिसाबमा श्रेष्ठ भए पनि वा निम्न भए पनि, गरिब भए पनि वा धनी भए पनि, र तिनीहरूले जस्तोसुकै शिक्षा प्राप्त गरे पनि, जे भए पनि, तिनीहरू आफ्नो अस्तित्वका लागि निर्भर रहने नियमहरू शैतानबाट आएका हुन्छन्, ती सत्यताअनुरूप हुँदैनन्, र ती परमेश्वरप्रतिरोधी हुन्छन्। मानिसहरू उच्च धार्मिक पृष्ठभूमि भएको सम्पन्न, कुलीन जातिका भए पनि, तिनीहरूको सार अझै पनि भ्रष्ट मानवहरूको सार हुन्छ, तिनीहरू अझै पनि परमेश्वरको प्रतिरोध गर्ने शैतानकै कोटिका हुन्छन्, तिनीहरू अझै पनि भ्रष्ट मानिसहरू नै हुन्छन्, तिनीहरू सबै परमेश्वरप्रतिरोधी हुन्छन्, तिनीहरू सबै परमेश्वरको कामभित्र न्याय र सजाय गरिने मानिसहरू हुन्, र तिनीहरूमध्ये सत्यता स्वीकार गर्न सक्ने मानिसहरू परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएका मानिसहरू नै हुन्छन्। यसको तात्पर्य के हो? के हो भने तँलाई मुक्ति दिइनु भन्दा पहिले, तेरो सांस्कृतिक पृष्ठभूमि, शैक्षिक पृष्ठभूमि, र धार्मिक पृष्ठभूमि जति नै उच्च भए पनि, तेरो सार अझै पनि परमेश्वरप्रतिरोधी र परमेश्वरप्रति शत्रुवत् नै हुन्छ। त्यसकारण, मानवहरूको छालाको रङ, धर्म, जन्म भएको देश, वा तिनीहरूको शैक्षिक पृष्ठभूमि वा सांस्कृतिक पृष्ठभूमिका कारण तिनीहरूको सार परिवर्तन हुनेछैन। त्यसरी नै, व्यक्ति जुनसुकै जातिको भए पनि, ऊ आफ्नै अवस्थाहरूका कारण परमेश्वरको नजरमा कुलीन वा नीच बन्नेछैन। त्यसोभए परमेश्वरका नजरमा, मानिसहरू कुलीन छन् कि नीच छन् भनेर मूल्याङ्कन गर्ने मानक के हो? एउटै मात्र मानक छ, र त्यो तैँले सत्यता स्वीकार गर्छस् कि गर्दैनस् भन्ने हो। यदि तँ सत्यतालाई स्वीकार गर्छस् भने, तेरो जाति वा छालाको रङ जस्तोसुकै भए पनि, तँ कुलीन होस्। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, तैँले “मेरो गोरो छाला छ, खैरो कपाल छ, र नीलो आँखा छ, र मेरो परिवार पुस्तौँदेखि राजकीय खानदानको रहिआएको छ,” भनेर भने पनि, त्यसको कुनै काम हुँदैन! तँ मानवजातिको बीचमा कुलीन भए पनि, यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, परमेश्वरका नजरमा तँ अझै पनि भ्रष्ट मानव होस्, तँ अरू कुनै पनि भ्रष्ट मानवसरह होस्—कुनै भिन्नता छैन। मानवजातिका जति धेरै सदस्यहरूले तँलाई उच्च माने पनि, सम्मान गरे पनि, र तँलाई भेटीहरू चढाए पनि, यसको कुनै काम हुँदैन र यसले परमेश्वरका नजरमा तेरो हैसियत, पहिचान, र सार परिवर्तन गर्नेछैन। मानवजातिलाई मूल्याङ्कन गर्ने परमेश्वरको मानक—जुन अवश्य नै परमेश्वरले मानवजातिलाई मूल्याङ्कन गर्ने स्थायी मानक र उच्च मानदण्ड पनि हो—त्यो तिनीहरूलाई सत्यताद्वारा मूल्याङ्कन गर्नु हो। यदि तँ सत्यतालाई प्रेम गर्छस् र सत्यता अभ्यास गर्छस् भने, तँ कुलीन होस्; यदि तँ सत्यता अभ्यास गर्दैनस् भने, तेरो यो पुरानो देह भ्रष्ट मानव हो; यो एक पैसाको पनि लायक छैन, र यो भुईँको कमिला जत्तिको मूल्यवान् समेत छैन। मानिसहरूले देख्न नसक्ने सूक्ष्मजीवहरू बाहेक, सबै जीवित प्राणीहरूमध्ये कमिलाहरू तुलनात्मक रूपमा साना हुन्छन्। तिनीहरूको जिउने शैली, अस्तित्वका नियमहरू, र जन्मजात प्रवृत्तिले परमेश्वरले खडा गर्नुभएका व्यवस्थाहरूलाई पूर्ण रूपमा पालन गर्छन्। तिनीहरूको काम र विश्रामको तालिका मौसम र चार ऋतुको तापक्रमको फेरबदलअनुसार परिवर्तन हुन्छ, र तिनीहरूले यी शैली र नियमहरू कहिल्यै सक्रिय रूपमा परिवर्तन गर्नेछैनन्। तर मानिसहरू फरक हुन्छन्। मानिसहरू सधैँ यथास्थिति र संसारलाई परिवर्तन गर्न चाहन्छन्, तिनीहरूसँग सधैँ महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरू निरन्तर धोका र विद्रोहमा संलग्न हुन्छन्। कमिलाहरूसँग सत्यता स्वीकार गर्ने सामर्थ्य नभए पनि, अनि तिनीहरूसँग सत्यता बुझ्ने क्षमता नभए पनि, कम्तीमा पनि तिनीहरू परमेश्वरको प्रतिरोध गर्दैनन्। मानिसहरू फरक हुन्छन्; तिनीहरू सक्रिय रूपमा परमेश्वरलाई आक्रमण गर्न र प्रतिरोध गर्न अघि आउनेछन्। त्यसकारण, परमेश्वरको नजरमा, सत्यता प्राप्त नगरेका र मुक्ति नपाएका मानवहरूको कुनै मूल्य हुँदैन। के यो तथ्य होइन र? (हो।) यो तथ्यका आधारमा मानिसहरूलाई मूल्याङ्कन गर्ने र चित्रण गर्ने कार्य पूर्ण रूपमा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यी समस्याहरूको सङ्गतिमार्फत, मानिसहरूले मानवजातिको सार र परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राख्ने प्रभावबारे सही दृष्टिकोण र बुझाइ प्राप्त गर्नुपर्छ। तैँले सत्यताको यो पक्ष बुझेपछि, के तँ मानिसहरूलाई सुसमाचार प्रचार गर्दा वा तिनीहरूसँग सङ्गत गर्दा र सङ्गति गर्दा, तिनीहरू जुनसुकै प्रकारका व्यक्ति भए पनि—तिनीहरूको धार्मिक पृष्ठभूमि भए पनि वा नभए पनि, समाजमा तिनीहरूको स्थान र हैसियत भए पनि वा सामाजिक हैसियत कमजोर भए पनि, र तिनीहरू गोरा भए पनि वा अश्वेत भए पनि, तँ कम बाँधिने छैनस् र? (हो।) यदि तँ यी सत्यताहरू बुझ्दैनस् भने, तँसँग सधैँ अरू जातिका मानिसहरूलाई उच्च मान्ने प्रवृत्ति हुन्छ, वा तैँले तिनीहरूलाई बुझ्न सक्दैनस् भन्ने महसुस गर्नेछस्, र तिनीहरूसँग कसरी सङ्गति गर्ने वा अन्तरक्रिया गर्ने भन्ने तँलाई थाहा हुनेछैन। के यी सत्यताहरू बुझ्दा यसले तिमीहरूलाई ती मानिसहरूसँग सङ्गत गर्न सहयोग गर्दैन र? यसले तिमीहरूलाई सम्पूर्ण मानवजातिलाई सही अडान र सही दृष्टिकोणबाट हेर्न सहयोग गर्नेछ। सत्यता बुझ्नुको फाइदा यही हो। जब तैँले सत्यता बुझ्छस्, तब कामकुराहरूप्रतिको तेरो दृष्टिकोण सही हुनेछ र त्यो तुलनात्मक रूपमा उदार पनि हुनेछ, र त्यति सङ्कुचित किसिमको हुनेछैन। नत्र भने, तँमा अगुवा वा कामदारका रूपमा सधैँ आत्मविश्वासको कमी हुनेछ। पहिलो, तँलाई तँसँग जीवन अनुभवको कमी छ भन्ने महसुस हुनेछ। दोस्रो, तँलाई तैँले पर्याप्त अनुभव प्राप्त गरेको छैनस् भन्ने महसुस हुनेछ। तेस्रो, तँलाई तँ बोल्न सिपालु छैनस् र तैँले धेरैजसो मानिसहरूको स्थिति छर्लङ्ग देख्न सक्दैनस् भन्ने लाग्नेछ; विशेष गरी, जब तैँले पाको मानिसहरू देख्छस्, तब तँ डराउनेछस् र नर्भस हुनेछस्, र तैँले बोल्ने आँट गर्नेछैनस्। कतिपय मानिसहरू भन्छन्, “विशेष गरी जब म लामो समयदेखि धर्ममा विश्वास गर्नेहरूसँग बाइबलको केही ज्ञान छ भन्ने देख्छु, तब तिनीहरूलाई कसरी सुसमाचार प्रचार गर्ने भन्ने मलाई थाहा हुँदैन, र मलाई डर लाग्छ र मलाई तिनीहरूभन्दा निकृष्ट महसुस हुन्छ।” तैँले धेरै सत्यता बुझेको छस्, त्यसकारण तँलाई केको डर लाग्छ? के यो मामलाहरूलाई छर्लङ्ग देख्न नसक्नु होइन र? मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूले यी मामला र समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ, र तिनीहरू उप्रान्त यी कुराहरूको बन्धनमा रहनुहुँदैन।
आज हामीले सङ्गति गरेका विषयहरूबाट तिमीहरूले सत्यताका के-के पक्षहरू बुझेका छौ? के तिमीहरू परमेश्वरको काम, र परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ, मानिसहरूलाई मुक्ति दिने परमेश्वरका विधिहरू, र परमेश्वरले परिवर्तन गर्नुहुने मानिसहरूका पक्षहरूका बारेमा स्पष्ट छौ? (छौँ।) अब तिमीहरूलाई यी कुराहरू स्पष्ट भएको हुनाले, के तिमीहरूलाई सत्यता अभ्यास गर्नु र सबै कुरालाई सत्यताद्वारा मूल्याङ्कन गर्नुको महत्त्व अझै बढी महसुस भएन र? (भयो।) के तिमीहरूलाई सत्यता पछ्याउनु र बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्ने अझै बढी लाग्दैन र? यदि कसैले सत्यता बुझेको छैन भने, उसले कुनै पनि मामलालाई छर्लङ्ग देख्न सक्दैन, उसले सबै प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, र उसले सबै देश र जातिका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, त्यसकारण ऊ मूर्ख, पटमूर्ख हुन्छ। जब कतिपय व्यक्तिहरूले चश्मा लगाउने मानिसहरू देख्छन्, तब तिनीहरूले तिनीहरू प्राध्यापक वा बुद्धिजीवीहरू हुन् भन्ने अनुमान गर्छन्, र त्यसकारण तिनीहरूलाई बाँधिएको महसुस हुन्छ र तिनीहरू बोल्ने आँट गर्दैनन्, र जब पनि तिनीहरूले अग्ला र सुन्दर मानिसहरू देख्छन्, तिनीहरूलाई आफू उनीहरूभन्दा निकृष्ट भएको महसुस हुन्छ। सत्यता बुझेपछि, के मानिसहरूलाई यी कुराहरूले मूलतः प्रभाव नै नपर्ने हुनेछैन र? एक हिसाबमा, तिनीहरूले आफूलाई बाँध्नेछैनन्; अर्को हिसाबमा, तिनीहरूले मानिसहरू र कामकुराहरूलाई सम्हाल्ने सन्दर्भमा, आफ्नो मनोवृत्ति र दृष्टिकोणलाई निश्चित हदसम्म सुधार गर्नेछन्, र तिनीहरूसँग यस विषयमा केही अन्तर्ज्ञान पनि हुनेछ। यो तिनीहरूको कर्तव्यनिर्वाहका लागि फाइदाजनक हुनेछ, विशेष गरी सबै तहका अगुवा र कामदारहरूले निर्वाह गर्ने कामको कुरा आउँदा।
२. आफ्ना जन्मजात अवस्थाहरूलाई कसरी सही रूपमा लिने
मानिसहरूले परमेश्वरको कामका पात्रहरू र त्यसको साँचो महत्त्व बुझेपछि, तिनीहरूले आफ्नो अन्तर्निहित अवस्थाहरूलाई सही रूपमा लिनका लागि कसरी व्यवहार गर्नुपर्छ? कति वटा सिद्धान्तहरू छन्? (मलाई याद आएका सिद्धान्तहरू के हुन् भने मानिसहरूले आफ्नो व्यक्तित्व, क्षमता, र अरू अवस्थाहरूलाई सही रूपमा हेर्नुपर्छ, अलौकिक कुराहरू पछ्याउन र अतिमानव बन्ने प्रयास गर्न छोड्नुपर्छ, तिनीहरूले गर्न सक्ने कुरा सक्दो गर्नुपर्छ, र तिनीहरूको पहुँचभन्दा बाहिरको कुरा हासिल गर्न जबरजस्ती गर्नु हुँदैन। त्यसरी, तिनीहरूको जीवन अझै स्वतन्त्र हुनेछ, र तिनीहरूको मानवता झन्-झन् सामान्य बन्दै जानेछ।) सर्वप्रथम, यदि तँ मूर्ख वा अबुझ कुराहरू गर्नबाट जोगिन चाहन्छस् भने, तैँले सुरुमा आफ्ना अवस्थाहरू बुझ्नैपर्छ: तेरो क्षमता कस्तो छ, तेरा सबल पक्षहरू के-के हुन्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस्, साथै तेरो उमेर, लिङ्ग, तँसँग भएको ज्ञान, र तेरा अन्तर्ज्ञान र तेरो जीवन अनुभवका आधारमा तैँले के-कस्ता कुराहरू गर्न सक्छस् र गर्न सक्दैनस् भन्ने कुराहरू बुझ्नुपर्छ। अर्थात्, तैँले पूरा गर्ने कर्तव्य र तैँले गर्ने काममा तेरा सबल पक्ष र कमजोरीहरू के-के हुन्, र तेरो आफ्नै व्यक्तित्वका कमीकमजोरी र असल गुणहरू के-के हुन् भन्ने बारेमा तँ स्पष्ट हुनुपर्छ। तँ आफ्ना अवस्थाहरू, असल गुण, र कमीकमजोरीहरूका बारेमा स्पष्ट भएपछि, तैँले कुन-कुन असल गुण र सबल पक्षहरूलाई कायम राख्नुपर्छ, कुन-कुन कमीकमजोरी र त्रुटिहरूलाई जित्न सकिन्छ, र कुन-कुनलाई पटक्कै जित्न सकिँदैन भन्ने कुरा हेर्नुपर्छ—तँ यी कुराहरूका बारेमा स्पष्ट हुनैपर्छ। यो स्पष्टता हासिल गर्नका लागि, एक हिसाबमा, तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविक परिस्थितिसँग तुलना गरेर यी कुराहरूका बारेमा मनन गर्नुपर्छ र ज्ञान प्राप्त गर्नुपर्छ, यसको साथै, परमेश्वरलाई यी कुराहरू प्रकट गरिदिन प्रार्थना गर्नुपर्छ। अर्को हिसाबमा, तैँले आफ्नो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सोध्न सक्छस् र तिनीहरूलाई तँलाई सुझाव र सङ्केतकहरू दिन लगाउन सक्छस्। त्यसरी, तँसँग आफ्नो बारेमा अझै गहन बुझाइ हुनेछ, र आफूलाई चिन्ने विषयमा तँसँग अझै धेरै विचार र सुरागहरू हुनेछन्। मानिसहरूले समाधान गर्न नसक्ने केही समस्याहरू छन्। उदाहरणका लागि, तँसँग अरूसँग कुरा गर्दा नर्भस हुने प्रवृत्ति हुन सक्छ; जब तैँले परिस्थितिहरू सामना गर्छस्, तब तँसँग आफ्नै विचार र दृष्टिकोणहरू हुन सक्छन् तर तिनलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस्। धेरै मानिसहरू उपस्थित हुँदा तँ निकै नर्भस हुन्छस्; तैँले अस्पष्ट रूपमा बोल्छस् र तेरो मुख काँप्छ। कतिपय मानिसहरू त भकभक समेत गर्छन्; अरूका हकमा, यदि विपरीत लिङ्गी सदस्यहरू उपस्थित छन् भने, तिनीहरूको कुरा झनै बुझ्न सकिँदैन, र के भन्ने वा के गर्ने भन्ने तिनीहरूलाई बस थाहा नै हुँदैन। के यसलाई जित्न सजिलो छ? (छैन।) कम्तीमा पनि छोटो अवधिमा, तँलाई यो कमजोरीलाई जित्न सजिलो हुँदैन किनभने यो तेरो जन्मजात अवस्थाको भाग हो। यदि कैयौँ महिना अभ्यास गरेपछि पनि तँ अझै पनि नर्भस हुन्छस् भने, त्यो नर्भसपन दबाबमा परिणत हुनेछ, जसले तँलाई बोल्न, मानिसहरूलाई भेट्न, भेलाहरूमा सहभागी हुन, वा प्रवचनहरू दिन डर मान्ने बनाएर नकारात्मक रूपमा असर गर्नेछ, र यी डरहरूले तँलाई ध्वस्त पार्नेछन्। त्यसोभए तैँले के गर्नुपर्छ? तैँले यो समस्याबारे मनन गर्न र अरूसँग यसबारे कुरा गर्न सक्छस्; अरूले यो समस्या सामना गर्दा कस्तो मानसिकता राख्छन्, र तिनीहरूले यसलाई कसरी समाधान गर्छन् हेर्, त्यसपछि तैँले आफै पनि त्यसरी अभ्यास गर्नुपर्छ। मानौँ आजको भेला दौरान तँ निकै राम्रो स्थितिमा छस्; तँ हर्षपूर्ण मुडमा छस्, र अझ के भने, तँलाई परमेश्वरका वचनहरू पढाइले उत्प्रेरित पनि गर्छ, र तँलाई आफूलाई व्यक्त गर्ने निकै इच्छा हुन्छ। यो त संयोगवश थोरै मानिसहरू भएको समूह भेला हो, त्यसकारण तैँले केही शब्दहरू सङ्गति गर्ने प्रयास गर्छस् र तँलाई त्यसबारे निकै राम्रो लाग्छ, र तँ नर्भस हुँदैनस्। यस परिस्थितिमा, जब तँ कुनै दबाबमा हुँदैनस् र तैँले पटक्कै तयारी गरेको हुँदैनस्, तब तैँले स्वतन्त्र रूपमा आफ्नो कुरा राम्ररी व्यक्त गर्छस्, र सबैले यसद्वारा साँच्चै नै उत्प्रेरित भएको र आत्मिक उन्नति गरिएको महसुस गर्छन्। के यो प्रगति होइन र? सानो समूह भेलाहरूमा, जहाँ थोरै मानिसहरू हुन्छन्, त्यहाँ बोल्ने र सङ्गति गर्ने अभ्यास गर्न थाल्, र बिस्तारै तैँले सामान्य रूपमा बोल्न सक्नेछस्, र तेरो डर अलि-अलि गर्दै हराउनेछ। यसरी अभ्यास गर्दा सबैभन्दा राम्रा नतिजाहरू हासिल हुनेछन्। सुरुमा, तेरो यो कमजोरीलाई जित्नका लागि यसलाई अभ्यास गर्न थोरै मानिसहरू भएको सानो समूह भेला वा अनौपचारिक वातावरण छनौट गर्, बातचित गरिरहेको जसरी बिनायोजना कुराकानी र सङ्गति गर्। कहिलेकहीँ, एक मिनेटसम्म बोलेपछि तँलाई अलिक नर्भस महसुस हुन सक्छ, तँ जति बोल्छस् तँलाई त्यति नै आत्मविश्वासको कमी भएको महसुस हुन सक्छ, र तँ जति बोल्छस् तैँले त्यति नै कम कुरा भन्न सक्लास्; त्यस्ता परिस्थितिहरूमा, थप कुरा नबोल्—तुरुन्तै कुरा समाप्त गरेर रोक्। कहिलेकहीँ, तैँले केही समयसम्म बोलेपछि, सबै जना सुन्न इच्छुक हुन सक्छन् र तिनीहरूलाई निकै स्वतन्त्र महसुस हुन सक्छ; यस्तो वातावरणमा, तैँले थाहै नपाई तेरा डर र तनावहरू हराउनेछन्। त्यस्ता परिस्थितिहरूमा मात्रै तेरो यो कमजोरीलाई बिस्तारै सुधार गर्न सकिन्छ—तर यसलाई जितिनेछैन। यदि तँलाई एक महिना तालिम गरेपछि, तेरो स्थिति त्यति सुधार भएको छैन, र तेरो हृदयमा एक प्रकारको दबाब समेत पैदा हुन्छ, जसले गर्दा तँ झन्-झन् नर्भस हुन्छस्, जसले तेरो सामान्य काम, जीवन, र कर्तव्य निर्वाहमा असर गर्छ भने, तैँले तालिमलाई जारी राख्नु पर्दैन। तैँले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्नु नै पर्याप्त हुन्छ। केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने कार्यमा ध्यान दे—यो सही कुरा हो। त्यो खराबी, त्यो कमजोरीलाई हृदयमा राख्, मनमनै परमेश्वरलाई प्रार्थना गर्, त्यसपछि मानिसहरूसँग बोल्न र सङ्गत गर्नका लागि उपयुक्त अवसरहरू खोज्, हरेक शब्दलाई स्पष्ट रूपमा बताएर आफूले भन्न चाहेको कुरा व्यक्त गर्, संरचना र स्पष्टताका साथ बोल्। यसरी, तेरो खराबी, यो कमजोरी बिस्तारै सुधार हुनेछ। एक-दुई वर्षपछि, तँ उमेरसँगै अझै परिपक्व हुन सक्छस् र तँ वरिपरिका मानिसहरूसँग अझै परिचित हुन सक्छस्, र सबै जना सँगै हुँदा तिनीहरूको हेराइ, राय, र सिर्जना हुने वातावरणले उप्रान्त तेरा लागि दबाब, रोकावट, वा बन्धन पैदा गर्नेछैन—त्यसपछि सायद यी मानिसहरूका बीचमा तेरो कमीकमजोरीलाई जितेर समाधान गर्न सकिन्छ। यो कमजोरी सबैभन्दा गम्भीर रूपमा हुने व्यक्ति यस्तै हुन्छ; उसले यस्तो वातावरणमा लामो समयसम्म भोगेर अनि तालिम लिएर मात्रै यसलाई जित्न सक्छ। अवश्य नै, कतिपय मानिसहरू यो कमजोरीलाई तीनदेखि पाँच महिनाको छोटो अवधिमा बिस्तारै समाधान गर्छन्। ठूला अवसरहरू सामना गर्दा बाहेक, साधारण परिस्थितिहरूमा अरूसँग अन्तरक्रिया गर्दा र कुरा गर्दा तिनीहरू नर्भस हुँदैनन्। त्यसकारण, यदि तँ छोटो अवधिमा यो खराबी, यो कमजोरीलाई जित्न सक्छस् भने, जित्। यदि यसलाई जित्न गाह्रो छ भने, यसको झमेला नलिई, यसविरुद्ध सङ्घर्ष नगर्, र आफूलाई चुनौती नदे। अवश्य नै, यदि तँ यसलाई जित्न सक्दैनस् भने, तँलाई नकारात्मक महसुस हुनु हुँदैन। तैँले आफ्नो जीवनकालमा यसलाई कहिल्यै जित्न नसके पनि, परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन। मञ्चमा बोल्ने तेरो डर, तेरो नर्भसपन र डर—यी प्रकटीकरणहरूले तेरो भ्रष्ट स्वभाव प्रतिबिम्बित गर्दैनन्; ती जन्मजात भए पनि वा जीवनमा पछि वातावरणले पैदा गरेका भए पनि, बढीमा, ती तेरो मानवताको खराबी, कमजोरी हुन्। यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, र तँ यसको कारण नकारात्मक बन्नु पनि हुँदैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन। त्यसकारण, तँ प्रायजसो तेरो मानवताको निश्चित खराबी वा कमजोरीको बन्धनमा पर्नु हुँदैन, न त तँ प्रायजसो नकारात्मक र निरुत्साहित नै हुनुपर्छ, न त तैँले आफ्नो कर्तव्य त्याग्नुपर्छ र मुक्ति पाउने मौका गुमाउँदै, सत्यता पछ्याउन समेत त्याग्नुपर्छ। यो पटक्कै सार्थक हुँदैन; मूर्ख र अज्ञानी व्यक्तिले त्यही गर्नेथियो।
कतिपय मानिसहरू गाउँदा मध्यम स्वरमा मात्रै पुग्न सक्छन् र तिनीहरूले यसमा जति नै धेरै तालिम लिए पनि तार स्वरमा पुग्न सक्दैनन्। त्यसोभए, यसको बारेमा के गर्न सकिन्छ? मध्य र मन्द्र स्वरहरू मात्रै गाऊ; ती स्वरहरू नै राम्ररी गाउनु आफैमा राम्रो हो। यदि तँ निरन्तर “म मध्यम स्वरहरू गाउन सिपालु छु। म आफूलाई तार स्वरमा गाउने चुनौती लिन चाहन्छु” भन्दै आफूलाई निरन्तर चुनौती दिन्छस् भने, तँ यो चुनौतीमा सफल भए पनि, यो व्यर्थ हुनेछ, र यसको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुनेछैन। बढीमा, यसको अर्थ तैँले थप सीप हासिल गरेको छस्, तैँले थप कर्तव्य पूरा गर्न सक्छस्, तैँले अझै धेरै गीतहरू गाउन सक्छस्, र तँ अलिक बढी चर्चामा आउन सक्छस् भन्ने मात्रै हुनेछ। तर के भयो त? के चर्चामा आउनुको अर्थ तैँले अझै बढी सत्यताको अभ्यास गरिरहेको छस् भन्ने हुन्छ? के यी दुई कुराहरूका बीचमा कुनै सम्बन्ध छ? (छैन।) यदि तँ मध्यम स्वरहरू गाउन सक्छस् भने, ती राम्ररी गा। यदि तँ तार स्वरहरू राम्ररी गाउन सक्दैनस्, तर तिनलाई गाउने बल गर्न जिद्दी गर्छस्, र तँ तिनलाई सही रूपमा गाउन सक्दैनस्, र थकानले आफैलाई बिरामी पनि बनाउँछस् भने, परमेश्वरले यो कुरा याद गर्नुहुनेछैन। यदि तँ झाराटारुवा नबनी, वा धूर्त नभई र ढिलासुस्ती नगरी, वा जथाभावी दुष्कर्म नगरी, वा उच्च सुनिने कुराहरू नफलाकी, राम्ररी गाउन, र अर्पित भएर आफ्नो कर्तव्यमा आफ्नो सबथोक लगाउन सक्छस् भने, तैँले तार स्वरहरू गाउन सक्छस् कि मध्यम स्वरहरू गाउन सक्छस् भन्ने कुराले फरक पार्दैन, र तँ—प्रविधिका हिसाबमा होस्, संवेगका हिसाबमा होस्, स्वर गुणस्तरका हिसाबमा होस्, र स्वर स्तरहरूका हिसाबमा होस्—मानकअनुसार, हृदय छुने गरी सुन्दर तरिकाले गाउन, र मानिसहरूलाई उत्प्रेरित गर्न, परमेश्वरको अघि मानिसहरूको हृदय शान्त पार्न, र मानिसहरूले तँलाई सुन्दा तिनीहरूको आत्मिक उन्नति गराउन सक्ने तरिकाले गाउन लागिपर्छस् भने, यो मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु हो। यदि तँ सधैँ आफ्ना सीमाहरूलाई चुनौती दिन चाहन्छस्, र सधैँ व्यक्तिगत सफलताहरू हासिल गर्न र आफूलाई जित्न चाहन्छस् भने, यो तेरो शैतानी भ्रष्ट स्वभाव प्रकाश गर्नु हो, र यो आफ्नो कर्तव्य पूरा गर्नु होइन। तैँले आफ्नो काम उचित रूपमा पूरा गरेपछि, र आफूले हासिल गर्न सक्ने कुरा उचित रूपमा पूरा गरेपछि, तैँले खाली समयमा आफ्नो कर्तव्यका लागि उपयोगी कुरा सिक्नु ठीकै हुन्छ, तर यो परमेश्वरले माग गर्नुहुने कुरा होइन। मानौँ तैँले मध्यम स्वरहरू राम्ररी गाउँछस्, र खाली समयमा तार स्वरहरू गाउने अभ्यास गर्छस्। केही समयपछि, तैँले सफलता प्राप्त गर्छस्, र दुई-तीन वर्षको कठोर परिश्रमपछि तैँले तार स्वर पनि गाउन सक्छस्। तैँले मध्यम र तार दुवै स्वर गाउन सक्छस्, र यी दुवै कर्तव्य पूरा गर्न सक्छस्; तैँले झाराटारुवा नबनी, धूर्त नबनी वा सुस्त नबनी, वा उच्च सुनिने कुराहरू नफलाकी यी दुवै कर्तव्य सत्यतासिद्धान्तहरू अनुसार पूरा गर्न, र आफ्नो सारा हृदयले गाउन सक्छस्। यो अझै राम्रो कुरा हो, यो असल कार्य हो, र परमेश्वरले यसलाई याद गर्नुहुनेछ। तर मानौँ तँ यो कुरा हासिल गर्न सक्दैनस्, र अझै पनि सधैँ यस्तो सोच्छस्, “परमेश्वरले मबाट उच्च अपेक्षाहरू राख्नुभएको छ, के मैले मध्यम स्वर मात्रै गाएँ भने म धूर्त र सुस्त भइरहेको हुँदिनँ र? परमेश्वर सन्तुष्ट हुनुहुन्न!” त्यो तेरो आफ्नै कल्पना हो। तैँले परमेश्वरबारे अनुमान गरिरहेको छस्, र तँ “महान् व्यक्तिलाई अज्ञानीको मानकअनुसार मूल्याङ्कन गर्ने” अभ्यासमा संलग्न भइरहेको छस्। परमेश्वरले तँबाट त्यस्ता कुनै मागहरू गर्नुभएको छैन। परमेश्वरले तँबाट माग गर्नुहुने कुरा भनेको तैँले आफ्नो अन्तर्निहित क्षमता र सक्षमताको दायराभित्र गर्नुपर्ने कुरा राम्ररी गर्नुपर्छ भन्ने हो, र यदि तैँले परमेश्वरले माग गर्नुहुने सिद्धान्तहरू अनुसार त्यो काम राम्ररी पूरा गरिस् भने, परमेश्वरले तँलाई पहिले नै पूर्णाङ्क दिनुभएको हुनेछ। तर यदि तैँले हासिल गर्न सक्ने कुरा राम्ररी गर्ने प्रयास गर्दैनस्, र तैँले सिद्धान्तहरू अनुसार त्यसो गर्दैनस्, र तँ सधैँ धूर्त र सुस्त हुन्छस् र सधैँ उच्च सुनिने कुराहरू फलाक्न चाहन्छस्, र तैँले विभिन्न गायन विधिहरूको अभ्यास गर्दैनस्, तर अझै पनि आफ्ना सीमाहरूलाई चुनौती दिन चाहन्छस् भने, तैँले यस्तो व्यवहार गर्नु समझहीन कार्य हो, यो अहङ्कार र अज्ञानताको प्रकटीकरण हो, र परमेश्वर प्रसन्न हुनुहुनेछैन। उहाँले यसो पटक्कै भन्नुहुनेछैन, “यो व्यक्तिले मध्यम स्वरहरू गाउन सक्छ र उसले तार स्वरहरू पनि गाउने प्रयास गरिरहेको छ। उसले तार स्वर राम्ररी गाउन नसक्ने भए पनि, यो उसको निकै लगनशील व्यवहार हो, र त्यो नै पर्याप्त हो।” परमेश्वरले तँलाई त्यसरी हेर्नुहुनेछैन, त्यसकारण आफूसँग मक्ख नपर्। तैँले आफ्नो स्थान अनुरूप आफूलाई आचरणमा ढाल्छस् कि ढाल्दैनस्, र तँ सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरालाई मात्रै परमेश्वरले अवलोकन गर्नुहुन्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरले तँलाई दिनुभएका अन्तर्निहित अवस्थाहरूअनुसार यसमा आफ्नो सारा हृदय र सामर्थ्य लगाउँछस् कि लगाउँदैनस्, र तैँले सिद्धान्तहरूअनुसार काम गर्छस् कि गर्दैनस् र परमेश्वरले चाहनुहुने नतिजाहरू हासिल गर्छस् कि गर्दैनस् भन्ने कुरा उहाँले अवलोकन गर्नुहुन्छ। यदि तँ यी सबै कुरा हासिल गर्न सक्छस् भने, परमेश्वरले तँलाई पूर्णाङ्क दिनुहुन्छ। मानौँ तैँले परमेश्वरका मागहरूअनुसार कामकुरा गर्दैनस्, र तैँले धेरै परिश्रम गरे पनि र मेहनत गरे पनि, तैँले आफ्नो धाक लगाउने र प्रदर्शन गर्ने काम मात्रै गर्छस्, र तँ सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्दैनस् वा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो सारा हृदय र सामर्थ्य लगाउँदैनस्। त्यो अवस्थामा, तेरा प्रकटीकरण र व्यवहार परमेश्वरका लागि घृणित हुन्छन्। परमेश्वर किन तिनलाई घृणा गर्नुहुन्छ? तैँले उचित कार्यहरूमा ध्यान दिइरहेको छैनस्, तैँले आफ्नो कर्तव्य निर्वाह गर्नमा आफ्नो सारा हृदय, सामर्थ्य, वा मन लगाएको छैनस्, र तँ सही मार्गमा हिँडिरहेको छैनस् भनेर परमेश्वरले भन्नुहुन्छ। परमेश्वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभाहरू पहिले नै पर्याप्त छन्—यति मात्र हो कि तँ सन्तुष्ट छैनस्, तँ आफ्नो कर्तव्यमा अर्पित हुँदैनस्, तँलाई आफ्नो स्थान कहिल्यै थाहा हुँदैन, सधैँ उच्च सुनिने कुराहरू फलाक्न र धाक लगाउन चाहन्छस्, जसले गर्दा अन्ततः तैँले आफ्नो कर्तव्य अस्तव्यस्त बनाउँछस्। तैँले परमेश्वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभालाई उपयोग गरेको छैनस्, तैँले पूर्ण प्रयास गरेको छैनस्, र तैँले कुनै नतिजा हासिल गरेको छैनस्। तँ निकै व्यस्त भए पनि, परमेश्वरले तँ स्वाङ्गे जस्तै छस् भनेर भन्नुहुन्छ, जो आफ्नो स्थान जानेको र आफ्नो उचित कार्यमा केन्द्रित व्यक्ति होइन। परमेश्वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न। त्यसकारण, तेरा योजना र उद्देश्यहरू जेसुकै भए पनि, यदि तँ परमेश्वरले तँलाई दिनुभएका अन्तर्निहित क्षमता, वरदान, प्रतिभा, सक्षमता, र अरू अवस्थाहरूका आधारमा, परमेश्वरले माग गर्नुहुने सिद्धान्तहरू अनुसार अन्ततः आफ्नो सारा हृदय, सारा मन, र सारा सामर्थ्यले कर्तव्य पूरा गर्दैनस् भने, परमेश्वरले तैँले के गरेको छस् भन्ने कुरा याद गर्नुहुनेछैन, र तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछैनस्, बरु, तैँले त दुष्कर्म गरिरहेको हुनेछस्।
के तैँले आफ्ना जन्मजात अवस्थाहरूलाई कसरी सही रूपमा लिने भन्ने बारेमा अभ्यासको सिद्धान्त—अर्थात्, तेरा आफ्ना अवस्था, असल गुण, र कमीकमजोरीहरू बुझेको छस्? (छु।) पहिलो कदम के हो? सुरुमा, परमेश्वरले तँलाई दिनुभएका अन्तर्निहित र विद्यमान वरदान, क्षमता, र सबल पक्षहरू, साथै तैँले प्राप्त गर्न र हासिल गर्न सक्ने प्राविधिक वा पेसागत सीपहरूलाई पूर्ण रूपमा उपयोग गर्, र कुनै कसर बाँकी नराख्। यदि तँ यी सबै कामकुराहरूका हिसाबमा परमेश्वरलाई सन्तुष्ट पार्न पुगेको छस् र तँलाई अझै पनि अझै ठूला उचाइहरूमा पुग्न सक्छु भन्ने लाग्छ भने, आफ्नो क्षमताले हासिल गर्न सक्ने कुराको दायराभित्र, तैँले कुन-कुन प्राविधिक वा पेसागत सीपहरूमा सुधार गर्न वा फड्को मार्न सक्छस् हेर्। तैँले आफ्नो क्षमताले हासिल गर्न सक्ने कुराका आधारमा सिकिरहन र सुधार भइरहन सक्छस्। त्यसोभए, परमेश्वरको कामबारे रहेका आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्ने अभ्यास कसरी गर्नुपर्छ? सर्वप्रथम, तैँले तेरा जन्मजात अवस्थाहरू के-के हुन्, परमेश्वरले तँलाई के दिनुभएको छ, तैँले यी कुराहरूलाई कसरी उपयोग गर्नुपर्छ, र तिनको पूर्ण सम्भावनालाई कसरी प्रयोग गर्ने र तीबाट पूर्ण रूपमा कसरी फाइदा लिने, र तिनलाई व्यवधानहरू नभई आधारभूत अवस्थाहरूमा परिणत गरेर कसरी आफ्नो कर्तव्य अर्पित रूपमा पूरा गर्ने भन्ने कुरा बुझ्नुपर्छ। आफ्ना सबल पक्षहरू बुझ् र तिनलाई लागू हुन दे। आफ्ना कमीकमजोरी र खराबीहरूलाई बुझ् र यदि तैँले तिनलाई छोटो अवधिमा परिवर्तन गर्न सक्छस् भने, त्यसो गर्; यदि ती कुराहरू परिवर्तन गर्न सजिलो छैन भने, तिनलाई आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा ठेस लाग्ने ढुङ्गा वा व्यवधानहरू बन्न नदे, तिनको बन्धनमा वा प्रभावमा नपर्, र तीद्वारा ग्रसित हुने वा हात-खुट्टा बाँधिने अवस्थामा नपर्। उदाहरणका लागि, मानौँ, तँ कमजोर स्वास्थ्य र कमजोर संरचना लिएर जन्मेको छस्, र तँलाई निरन्तर यो कुरालाई जित्न मन लाग्छ, र तँ सामान्य व्यक्तिले जस्तै खान, पिउन, र राती अबेरसम्म बस्न चाहन्छस्, तर परमेश्वरले तँलाई त्यो पुँजी दिनुभएको छैन। त्यसोभए तैँले हरेक दिनलाई आफ्ना अवस्थाहरूका आधारमा सम्हाल्नुपर्छ, र परमेश्वरले माग गर्नुभएका सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। आफूलाई चुनौती नदे, र आफ्ना कमीकमजोरी र खराबीहरूलाई परमेश्वरलाई पछ्याउने मार्गमा, आफ्नो कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने मार्गमा ठेस लाग्ने ढुङ्गा र व्यवधानहरू बन्न नदे; ती कुराहरूलाई तँ नकारात्मक बन्ने कारण नबना, र त्योभन्दा पनि बढी, तँसँग निश्चित खराबी, कमीकमजोरी, र अपर्याप्तताहरू छन् भन्दैमा तैँले सत्यता पछ्याउन वा आफ्नो कर्तव्य पूरा गर्न नछाड्, वा अरूप्रति डाहा र घृणा महसुस नगर्—यीमध्ये कुनै पनि कुरा हुनु हुँदैन। तैँले आफ्ना खराबी र कमीकमजोरीहरूलाई सही रूपमा लिनुपर्छ; यदि तँ तिनलाई परिवर्तन गर्न सक्दैनस् भने, तैँले तिनलाई अस्तित्वमा रहन दिनुपर्छ, र त्यसपछि परमेश्वरका अभिप्रायहरू बुझ्न सत्यता खोजी गर्नुपर्छ, र तिनलाई सही रूपमा लिन सक्नुपर्छ, र तँ तिनको बन्धनमा पर्नु हुँदैन। तैँले किन त्यसो गर्नुपर्छ? सामान्य मानवतामा हुनुपर्ने समझ यही हो। यदि तेरो मानवताको समझ सामान्य छ भने, तैँले आफ्ना खराबी र कमी कमजोरीहरूलाई सही तरिकाले सामना गर्नुपर्छ; तैँले तिनलाई मानिलिनुपर्छ र स्वीकार गर्नुपर्छ। यो तेरा लागि फाइदाजनक हुन्छ। ती स्वीकार गर्नुको अर्थ तिनको बन्धनमा पर्नु होइन, न त तिनका कारण प्रायजसो नकारात्मक बन्नु नै हो, बरु यसको अर्थ त तिनको बन्धनमा नपर्नु, तँ भ्रष्ट मानवजातिको साधारण सदस्य मात्र होस्, तँसँग आफ्नै कमीकमजोरी र खराबीहरू छन्, तँसँग घमण्ड गर्ने केही कुरा छैन, मानिसहरूलाई तिनीहरूको कर्तव्य पूरा गर्न उत्थान गर्ने परमेश्वर नै हुनुहुन्छ, र परमेश्वरले तिनीहरूमा आफ्नो वचन र जीवन ढाल्ने अभिप्राय राख्नुहुन्छ, जसले तिनीहरूलाई मुक्ति हासिल गर्ने र शैतानको प्रभावबाट उम्कने तुल्याउँछ—यो पूर्ण रूपमा परमेश्वरले मानिसहरूलाई उत्थान गरिरहनु भएको हो भन्ने कुरा पहिचान गर्नु हो। हरेकको खराबी र कमीकमजोरी हुन्छ। तैँले आफ्ना कमीकमजोरी र खराबीहरूलाई आफूसँग सह-अस्तित्वमा रहन दिनुपर्छ; ती कुराहरूबाट जोगिने वा तिनलाई ढाकछोप गर्ने नगर्, र तिनका कारण बारम्बार भित्री रूपमा दमन महसुस नगर् वा सधैँ आफू निकृष्ट छु भन्ने समेत महसुस नगर्। तँ निकृष्ट छैनस्; यदि तँ आफ्नो सारा हृदय, सारा शक्ति, र सारा मनले, अनि आफ्नो क्षमताले सके जति, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र तँसँग निष्कपट हृदय छ भने, तँ परमेश्वरको अघि सुन जस्तै बहुमूल्य हुन्छस्। यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउन सक्दैनस् र तँमा बफादारीको कमी छ भने, तेरा जन्मजात अवस्थाहरू औसत व्यक्तिको भन्दा असल भए पनि, तँ परमेश्वरको अघि बहुमूल्य छैनस्, तँ एउटा बालुवाको कणको मूल्य जति समेत छैनस्। बुझिस्? (बुझेँ।) चाहे यो तेरो प्राकृतिक रूप होस्, तेरो प्राकृतिक क्षमता र प्रतिभा होस्, वा तेरो मानवताको कुनै पक्षका खराबी र अपर्याप्तताहरू होस्, त्यसलाई तँलाई बन्धनमा पार्न र परमेश्वरप्रतिको तेरो बफादारी र समर्पणमा असर गर्न नदे, सत्यता पछ्याउने तेरो कार्यमा यसलाई असर गर्न नदे, र अवश्य नै, त्यो भन्दा पनि बढी, त्यसलाई तेरो मुक्तिको महान् मामलामा असर गर्न नदे। तैँले आफ्ना खराबी र अपर्याप्तताहरूलाई सही रूपमा लिनुपर्छ र तिनलाई आफूसँग सह-अस्तित्वमा रहन दिनुपर्छ, जसको अर्थ तैँले उप्रान्त तिनलाई परिवर्तन गर्ने प्रयास गर्नुहुँदैन, किनभने तिनले तेरो सारा हृदय, मन, र सामर्थ्यले कर्तव्य निर्वाह गर्ने तेरो कार्यमा अलिकति पनि असर गर्नेछैनन्, र अवश्य नै, तिनले सिद्धान्तहरूअनुसार कर्तव्य पूरा गर्ने तेरो कार्यमा पनि असर गर्नेछैनन्, र तिनले परमेश्वरमाथिको तेरो विश्वासमा रहेको सत्यता पछ्याउने तेरो जीवनभरिको कार्यमा असर गर्नु त परको कुरा हो, वा तैँले मानिसहरू वा कामकुराहरूलाई कसरी हेर्छस् र सत्यता पछ्याउने प्रक्रियामा तैँले आफूलाई कसरी आचरणमा ढाल्छस् र व्यवहार गर्छस् भन्ने कुरामा असर गर्नु त परको कुरा हो। अवश्य नै, तैँले सधैँ “यो कमजोरी नदेखा, आफ्ना खराबी अरूलाई देख्न नदे, र मलाई हेयको दृष्टिले हेर्न अरूलाई नदे!” भन्ने सोच्दै आफूबाट मागहरू गर्नु हुँदैन। यदि तैँले त्यसो गरिस् भने, तैँले अत्यन्तै थकाइलाग्दो जीवन जिउनेछस्। यदि तैँले आफ्ना खराबी र कमीकमजोरीहरूलाई साथमा रहन दिन्छस् भने, तिनलाई अस्तित्वमा रहन दे, र अरूले तेरा खराबीहरू देखे पनि, यो तेरा लागि फाइदाजनक समेत हुन सक्छ, र सुरक्षा पनि हुन सक्छ, जसले तँलाई अहङ्कारी र अभिमानी बन्नबाट रोक्छ। अवश्य नै, धेरै मानिसहरूलाई आफ्नै खराबी र कमीकमजोरीहरू प्रकाश गर्नका लागि साहस चाहिन्छ। कतिपय मानिसहरू भन्छन्, “हरेकले आफ्नै सबल पक्ष र असल गुणहरू प्रकाश गर्छ। कसलेचाहिँ जानी-जानी आफ्ना कमजोर पक्ष र खराबीहरू प्रकाश गर्छ र?” तैँले जानी-जानी ती कुराहरू प्रकाश गर्ने होइन, तर तैँले तिनलाई प्रकाश हुन दिन्छस्। उदाहरणका लागि, यदि तँ डरपोक हुन्छस् र धेरै मानिसहरूको बीचमा बोल्दा तँ प्रायजसो नर्भस हुन्छस् भने, तैँले अरूलाई यसो भन्ने पहल गर्न सक्छस्, “बोल्दा म सजिलै नर्भस हुन्छु; म सबैलाई यो बुझेर ममा गल्ती नखोज्न अनुरोध मात्रै गर्छु।” तैँले सबैसामु आफ्ना खराबी र कमीकमजोरीहरू प्रकट गर्ने पहल गर्छस्, ताकि तिनीहरूले तँलाई बुझ्न र सहन सकून्, र सबैले तँलाई चिन्न सकून्। सबैले तँलाई जति चिन्छन्, तेरो हृदय त्यति नै सहज हुनेछ, र तँ आफ्ना खराबी र कमीकमजोरीहरूको बन्धनमा त्यति नै कम हुनेछस्। यो वास्तवमा तेरा लागि फाइदाजनक र उपयोगी हुनेछ। सधैँ आफ्ना खराबी र कमीकमजोरीहरूलाई ढाकछोप गर्नुले तँ ती कुरासँग सह-अस्तित्वमा रहन चाहँदैनस् भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तैँले तिनलाई तँसँग सह-अस्तित्वमा रहन दिइस् भने, तैँले ती प्रकाश गर्नुपर्छ; लज्जित वा निरुत्साहित नबन्, र अरूभन्दा निकृष्ट महसुस नगर्, वा तँ असल छैनस् र तँसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने नसोच्। तैँले सत्यता पछ्याउन, र सिद्धान्तहरू अनुसार आफ्नो सारा हृदय, सारा सामर्थ्य, र सारा मनले आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, र तेरो हृदय निष्कपट भएसम्म, र तैँले परमेश्वरप्रति झाराटारुवा व्यवहार नगरेसम्म, तँसँग मुक्ति पाउने आशा हुन्छ। यदि कसैले “हेर त तिमी कति व्यर्थ र डरपोक छौ। तिमी केही शब्द बोल्दा मात्रै यति नर्भस हुन्छौ, र तिम्रो पूरै अनुहार रातो हुन्छ” भन्यो भने, तैँले यसो भन्नुपर्छ, “मेरो क्षमता कमजोर छ र म बोल्न सिपालु छैनँ। यदि तिमीहरूले मलाई प्रोत्साहन दियौ भने, मलाई बोल्ने अभ्यास गर्ने साहस हुनेछ।” तँ असल छैनस्, वा तँ लाजमर्दो छस् भन्ने नसोच्। तेरो मानवतामा भएका तेरा खराबी र समस्याहरू यी हुन् भन्ने तँलाई थाहा भएको हुनाले, तैँले तिनलाई सामना गर्नुपर्छ र स्वीकार गर्नुपर्छ। ती कुराहरूले गर्दा कुनै पनि रूपमा प्रभावित नबन्। यी खराबी र कमीकमजोरीहरू कहिले परिवर्तन हुनेछन् भन्ने कुराका हकमा भन्दा, यसको बारेमा चिन्ता नगर्। यसरी सामान्य रूपमा जिउने र आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दे। तैँले यो कुरा मात्रै याद गर्नुपर्छ: मानवताका यी खराबी र कमीकमजोरीहरू नकारात्मक कुराहरू वा भ्रष्ट स्वभावहरू होइनन्, र ती भ्रष्ट स्वभावहरू नभएसम्म, तिनले तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याइमा असर गर्नेछैनन्, र तिनले तेरो मुक्ति प्राप्तिमा असर गर्नु त परको कुरा हो; अवश्य नै, अझै महत्त्वपूर्ण कुरा के हो भने, तिनले परमेश्वरले तँलाई हेर्नुहुने तरिकामा असर गर्नेछैनन्। के त्यसले तेरो मनलाई ढुक्क तुल्याउँदैन र? (तुल्याउँछ।) यदि तँलाई अझै पनि अरूले हेयको दृष्टिले हेर्नेछन् भन्ने चिन्ता लाग्छ भने, त्यो तेरो अहङ्कारी स्वभावको समस्या हो, र तैँले त्यो अहङ्कारी स्वभाव समाधान गर्नुपर्छ। आफ्नै खराबी र कमीकमजोरीहरूलाई सही रूपमा लिने अभ्यासको मार्ग यही हो। के यसरी अभ्यास गर्दा तँलाई यी कुराहरूलाई त्याग्न र उप्रान्त तिनको बन्धनमा नपर्न सजिलो हुँदैन र? (हुन्छ।)
के व्यक्तिको सामान्य कर्तव्य निर्वाह र उसको मानवताका खराबी र कमीकमजोरीहरूले एक-अर्कालाई असर गर्नेछन्? (परमेश्वरको सङ्गतिमार्फत, मैले अब मानवताका खराबी र कमजोरीहरू भ्रष्ट स्वभावहरू होइनन्, र तिनले मानिसहरूले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्ने कार्यमा असर गर्नेछैनन् भन्ने बुझेकी छु। मानिसहरूले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरेसम्म, तिनीहरूले राम्रा नतिजाहरू प्राप्त गर्नेछन्। मानवताका खराबी र अपर्याप्तताहरूका हकमा भन्दा, यदि हामी तिनलाई जित्न सक्छौँ भने, हामी त्यसो गर्न सक्छौँ। यदि हामी तिनलाई छोटो अवधिमा जित्न सक्दैनौँ भने, हामीले तिनलाई अस्तित्वमा रहन दिनुपर्छ, र तिनलाई सही रूपमा लिन सक्नुपर्छ।) यदि तँसँग कम स्तरको शिक्षा छ, तर तैँले आफ्नो कर्तव्यमा शैक्षिक ज्ञान प्रयोग गर्नुपर्छ भने, के यो एक प्रकारको कमजोरी होइन र? (हो।) त्यसोभए यो कठिनाइलाई कसरी समाधान गर्न सकिन्छ? (बरु मैले आफ्नो शिक्षाको स्तरका आधारमा आफ्ना लागि उपयुक्त हुने कर्तव्य पूरा गर्न सक्छु। वा, यदि यो कर्तव्य मेरो लागि उपयुक्त छ, तर यसका लागि निश्चित मात्रामा शैक्षिक ज्ञान चाहिन्छ भने, मसँग सहकार्य गर्न केही शिक्षित दाजुभाइ-दिदीबहिनीहरूलाई म खोज्न सक्छु—हामीले हाम्रा कमजोरीहरूलाई पूर्ति गर्न, र सँगै यो कर्तव्य पूरा गर्न एक-अर्काका सबल पक्षहरू प्रयोग गर्न सक्छौँ।) के सत्यताले कम स्तरको शिक्षाको पूर्ति गर्न सक्छ? (सक्छ, किनभने जब कुनै व्यक्तिमा सत्यता हुन्छ, तब उसले कामकुराहरूलाई छर्लङ्ग देख्न सक्छ।) शिक्षा ज्ञानको स्तरमा पर्ने कुरा हो। तँ जति नै ज्ञानवान् भए पनि, यदि तँ सत्यता बुझ्दैनस् भने, जब तँ बोल्छस् वा तैँले लेखहरू लेख्छस्, तब तैँले सही व्याकरण मात्रै प्रयोग गर्न सक्नेछस्, तैँले स्पष्ट रूपमा व्याख्या गर्न वा सत्यतासँग सम्बन्धित समस्याहरू समाधान गर्न सक्नेछैनस्। त्यसकारण, शिक्षा महत्त्वपूर्ण हुँदैन; शिक्षाभन्दा सत्यता महत्त्वपूर्ण हुन्छ। अवश्य नै, यदि तँसँग शिक्षाको जग छैन, र यदि तैँले पूरा गर्ने कर्तव्यमा शैक्षिक ज्ञान समावेश हुन्छ भने, तँ यसमा दक्ष हुनेछैनस्। तर, यदि तँ सत्यता बुझ्छस् भने, तैँले अरूलाई मार्गदर्शन गर्न सक्छस्—तैँले सत्यता सिद्धान्तहरूका हिसाबमा जाँचको कार्य गर्न सक्छस्। यदि तेरो शिक्षाको स्तर कम छ र तँमा आफ्नो कुरा व्यक्त गर्ने क्षमताको कमी छ, र तँ प्रवचनहरू प्रचार गर्न वा सत्यताबारे सङ्गति गर्न चाहन्छस् भने, तैँले आफ्नो मस्यौदालाई राम्रो बनाउनका लागि सहयोग गर्न शिक्षित व्यक्ति खोज्न सक्छस्। त्यसपछि तैँले सङ्गति गर्दा वा प्रचार गर्दा नतिजाहरू हासिल गर्न तँलाई सहज हुनेछ। तर, कम्तीमा पनि, तैँले सत्यता बुझ्नैपर्छ। यदि तँ सत्यता बुझ्दैनस्, र तँ अशिक्षित पनि छस् भने, तैँले शैक्षिक ज्ञानसँग सम्बन्धित कर्तव्यहरू निर्वाह गर्न सक्नेछैनस्, त्यसकारण तैँले आफ्नो शिक्षा स्तर अनुरूपको कर्तव्य पूरा गर्नुपर्छ। के यसले समस्या समाधान गर्दैन र? (गर्छ।) त्यसकारण, तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ मानवताका खराबी र कमीहरूबाट जोगिन सक्छस्, तर तँ सत्यता पछ्याउने मार्गलाई कहिल्यै छल्न सक्दैनस्। तेरो मानवता जति नै सिद्ध वा भद्र भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ। उदाहरणका लागि, मानौँ तँ डरपोक र अन्तर्मुखी व्यक्ति होस्, तँसँग भकभकाउने बानी छ, र तँ त्यति शिक्षित छैनस्—अर्थात्, तँसँग धेरै खराबी र अपर्याप्तताहरू छन्—तर तँसँग व्यावहारिक अनुभव छ, र तैँले बोल्दा भकभकाए पनि, तैँले स्पष्ट रूपमा सत्यताबारे सङ्गति गर्न सक्छस्, र यो सङ्गतिले सबैको आत्मिक उत्थान गर्छ, यसले समस्याहरू समाधान गर्छ, मानिसहरूलाई नकारात्मकताबाट बाहिर निस्कन सक्षम तुल्याउँछ, र परमेश्वरबारे रहेका तिनीहरूका गुनासा र गलतफहमीहरूलाई हटाउँछ। हेर् त, तँ आफ्ना शब्दहरूमा भकभकाए पनि, तिनले समस्याहरू समाधान गर्न सक्छन्—यी शब्दहरू कति महत्त्वपूर्ण छन्! जब साधारण मानिसहरूले ती कुरा सुन्छन्, तब तिनीहरूले तँ अशिक्षित व्यक्ति होस्, र तैँले बोल्दा व्याकरणका नियमहरू पालन गर्दैनस्, र कहिलेकहीँ तैँले प्रयोग गर्ने शब्दहरू पनि साँच्चै सुहाउँदो हुँदैनन् भनेर भन्छन्। सायद तैँले कुनै क्षेत्रको बोल्ने शैली प्रयोग गर्छस्, वा दैनिक जीवनको भाषा प्रयोग गर्छस्, र तेरा शब्दहरूमा बोल्न अत्यन्तै सिपालु उच्च शिक्षा पाएका मानिसहरूको स्तर र शैलीको कमी हुन्छ होला। तर, तेरो सङ्गतिमा सत्यता वास्तविकता समावेश हुन्छ, यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ, र मानिसहरूले ती सुनेपछि, तिनीहरूवरिपरिका सबै अँध्यारा बादल हराउँछन्, र तिनीहरूका सबै समस्याहरू समाधान हुन्छन्। देखिस्, के सत्यता बुझ्नु महत्त्वपूर्ण छैन र? (छ।) मानौँ तँ सत्यता बुझ्दैनस्, र तँसँग केही शैक्षिक ज्ञान भए पनि र तँ कुशल वक्ता भए पनि, जब सबैले तेरो कुरा सुन्छन्, तब तिनीहरूले सोच्छन्, “तिम्रा शब्दहरू धर्मसिद्धान्तहरू मात्रै हुन्, तिनमा अलिकति पनि सत्यता वास्तविकता छैन, र तिनले वास्तविक समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्, त्यसकारण के तिम्रा यी शब्दहरू सबै रित्ता छैनन् र? तिमी सत्यता बुझ्दैनौ। के तिमी फरिसी मात्रै होइनौ र?” तैँले धेरै धर्मसिद्धान्त बोले पनि, समस्याहरू ज्युँका त्युँ रहन्छन्, र तँ मनमनै सोच्छस्, “म निकै निष्कपटताका साथ र साँचो रूपमा कुरा गरिरहेको थिएँ। मैले भनेको कुरा तिमीहरूले किन बुझेका छैनौ?” तैँले अत्यन्तै धेरै धर्मसिद्धान्तहरू बोलिस्, तर नकारात्मक मानिसहरू नकारात्मक नै रहे, र परमेश्वरबारे गलतफहमी भएका मानिसहरूमा अझै पनि ती गलतफहमीहरू रहिरहे, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा देखा परेका कुनै पनि कठिनाइहरू समाधान भएनन्—यसको अर्थ तैँले बोलेका शब्दहरू व्यर्थ मात्रै थिए। तेरो मानवतामा जति धेरै खराबी र कमीकमजोरीहरू भए पनि, यदि तैँले बोल्ने शब्दहरूमा सत्यता वास्तविकता समावेश छ भने, तेरो सङ्गतिले समस्याहरू समाधान गर्न सक्छ; यदि तैँले बोल्ने शब्दहरू धर्मसिद्धान्तहरू हुन्, र तिनमा अलिकति पनि व्यावहारिक ज्ञान छैन भने, तैँले जति नै धेरै कुरा गरे पनि, तैँले मानिसहरूका वास्तविक समस्याहरू समाधान गर्न सक्नेछैनस्। मानिसहरूले तँलाई जसरी हेरे पनि, तैँले भन्ने कुराहरू सत्यता अनुरूप नभएसम्म, र तिनले मानिसहरूको स्थितिलाई सम्बोधन गर्न, वा मानिसहरूका कठिनाइहरूलाई समाधान गर्न नसकेसम्म, मानिसहरूले ती कुरा सुन्न चाहनेछैनन्। त्यसोभए, कुन कुरा बढी महत्त्वपूर्ण छ: सत्यता कि मानिसहरूका आफ्नै अवस्थाहरू? (सत्यता अझै महत्त्वपूर्ण छ।) सत्यता पछ्याउनु र सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। त्यसकारण, तेरो मानवता वा तेरा जन्मजात अवस्थाहरूका हिसाबमा, तँमा जेसुकै खराबीहरू भए पनि, तँ ती कुराहरूको बन्धनमा पर्नु हुँदैन। बरु, तैँले सत्यता पछ्याउनुपर्छ, र सत्यता बुझेर आफ्ना विभिन्न खराबीहरूको पूर्ति गर्नुपर्छ, र यदि तैँले आफूमा केही कमीहरू पत्ता लगाइस् भने, तैँले ती कुरालाई तुरुन्तै सच्याउनुपर्छ। कतिपय मानिसहरूले सत्यता पछ्याउने कार्यमा ध्यान दिँदैनन्, बरु सधैँ आफ्नो मानवताका कठिनाइ, कमीकमजोरी, र खराबीहरू समाधान गर्नमा, र आफ्नो मानवताका समस्याहरूलाई सच्याउनमा ध्यान दिन्छन्, र तिनीहरूले स्पष्ट नतिजाहरू प्राप्त नगरी कैयौँ वर्ष मेहनत गर्छन्, र परिणाम स्वरूप तिनीहरूलाई आफूप्रति निराशा महसुस हुन्छ, र तिनीहरू, तिनीहरूको मानवता अत्यन्तै कमजोर छ र तिनीहरू अपरिवर्तनीय छन् भन्ने सोच्छन्। के यो अत्यन्तै मूर्खतापूर्ण कुरा होइन र?
३. सत्यता र जीवन प्राप्त गर्नका लागि व्यक्तिले सत्यता पछ्याउन र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न जरुरी हुन्छ
कतिपय मानिसहरू कोमल, सहनशील, र धैर्यशील देखिन्छन्; तिनीहरू परिष्कृत रूपमा बोल्छन् र बिजुलीले जस्तै तुरुन्तै र प्रखर रूपमा अनि प्रभावशाली उपस्थितिका साथ काम गर्छन्। तिनीहरूको मानवता निकै सिद्ध देखिन्छ, र तिनीहरूमा अगुवाइ गर्ने व्यक्तिको मानकअनुरूप आनीबानी हुन्छ। तर, तिनीहरू कुनै सत्यता बुझ्दैनन्, तिनीहरू सबै प्रकारका समस्याहरू समाधान गर्न धर्मसिद्धान्तहरू प्रयोग गर्ने प्रयास गर्छन्, र तिनीहरू कुनै पनि ठोस काम गर्न वा कामका प्रबन्धहरू कार्यान्वयन गर्न असमर्थ हुन्छन्। के तिनीहरू व्यर्थ हुँदैनन् र? तिनीहरू खाँटी फरिसीहरू हुन्। बाहिरी रूपमा, फरिसीहरू चिटिक्कसँग लुगा लगाउँछन्, इज्जतदार हुन्छन्, र सन्तुलित हुन्छन्; तिनीहरू सभ्य हुन्छन्, शिष्टाचारमा अभ्यस्त हुन्छन्, शिष्ट हुन्छन्, प्रेमिलो हुन्छन्, सहनशील हुन्छन्, र धैर्य हुन्छन्। तिनीहरूको चालचलन असाधारण रूपमा सभ्य हुन्छ, र तिनीहरू अरूसँग विशेष कोमलता, विनम्रता, र नम्रताका साथ बोल्छन्। तैँले तिनीहरूमा कुनै असिद्धता, दरार, वा खराबीहरू देख्न सक्दैनस्। तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू चिनियाँ मानिसहरूले उल्लेख गर्ने गरेका सभ्य र शिष्ट भद्रजनहरू जस्तै निकै भरपर्दा, अन्तर्ज्ञानयुक्त, परिष्कृत, र शालीन देखिन्छन्। तिनीहरूको मानवता सिद्ध देखिन्छ, र बाहिरी रूपमा, तिनीहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन, तर के तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्छन् त? के तिनीहरूले सबै प्रकारका कामकुराहरू गर्ने सिद्धान्तहरू बुझ्छन् त? यी मानिसहरू हरेक भेलामा घण्टौँसम्म बोल्न सक्छन्, र सत्यता नबुझ्नेहरू भने तिनीहरूले अत्यन्तै कुशल रूपमा बोल्छन्, र अत्यन्तै स्पष्ट र तार्किक तरिकाले आफ्नो कुरा व्यक्त गर्छन् भन्ने सोच्दै प्रशंसामा लम्पसार पर्छन्। तर सत्यता बुझ्ने मानिसहरूले यी व्यक्तिहरूले भनेको कुरा सुनेपछि के थाहा पाउँछन् भने तिनीहरूले बोल्ने कुरा सबै धर्मसिद्धान्त हो, र त्यसले मानिसहरूका समस्याहरूलाई लक्षित गरेर तिनीहरूका वास्तविक कठिनाइहरू समाधान गर्दैन। यी व्यक्तिहरूले मानिसहरूका वास्तविक कठिनाइहरू वास्तवमा के-के हुन् भन्ने कुरालाई बेवास्ता गर्छन्, र तिनीहरूलाई रित्ता धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने र उच्च र खोक्रा सिद्धान्तहरूका बारेमा कसरी अटुट रूपमा कुरा गर्ने भन्ने मात्रै आउँछ। बोलेपछि, तिनीहरू आफूसँग निकै प्रसन्न समेत हुन्छन्, र तिनीहरूले सत्यता बुझेका छन् र तिनीहरूसँग सत्यता वास्तविकता छ भन्ने सोच्छन्। वास्तवमा, तिनीहरूले आफ्नो मानवताको बाहिरी आवरणलाई सिद्ध र शिष्ट देखाउन, यसलाई उच्च र भव्य देखिने तुल्याउनका लागि ढाकछोप गर्ने प्रयास मात्रै गर्छन्। तर, परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको सार र भ्रष्ट स्वभाव अलिकति पनि परिवर्तन भएको हुँदैन। परमेश्वरबारे तिनीहरूका धारणा, उहाँप्रतिको तिनीहरूको विद्रोहीपन, परमेश्वरप्रतिको तिनीहरूको गलतफहमी, रक्षात्मकता, र आशङ्का, र विशेष गरी परमेश्वरप्रतिको तिनीहरूका अनुचित माग र विलासी कामनाहरूले तिनीहरूको सम्पूर्ण मन भरेको हुन्छ। तिनीहरू सत्यता पटक्कै पछ्याउँदैनन्, न त तिनीहरू सत्यतालाई स्वीकार नै गर्छन्। त्यसकारण, तिनीहरूको मानवतालाई “सिद्ध” भनेर व्याख्या गर्नु भनेको “सिद्ध” भन्ने शब्दलाई अपमानजनक अर्थमा प्रयोग गर्नु हो, किनभने कुनै पनि मानवता “सिद्ध” हुँदैन; तिनीहरूको “सिद्धता” विशुद्ध रूपमा देखावट र झुटो आवरण हो। खराबीहरूविनाको मानवता अस्तित्वमा हुँदैन; यो देखावट हो, तिनीहरूलाई विश्वास नगर्। बाहिरी रूपमा कुनै व्यक्ति जति सिद्ध देखिन्छ, तँ त्यस व्यक्तिबाट त्यति नै रक्षात्मक हुनुपर्छ, उसलाई अवलोकन गर्नुपर्छ, र खुट्ट्याउनुपर्छ। तैँले तिनीहरूलाई कसरी खुट्ट्याउन सक्छस्? तिनीहरूसँग अझै धेरै अन्तरक्रिया गर्, तिनीहरूसँग अझै धेरै कुराकानी गर्, र तिनीहरूले आफूलाई बुझेका छन् कि छैनन् हेर्। मानौँ तिनीहरू यसो भन्छन्, “म दियाबलस हुँ, म शैतान हुँ, म परमेश्वरको प्रतिरोध गर्छु, म भ्रष्ट छु! म पापी, घोर पापी हुँ, परमेश्वर मसँग प्रसन्न हुनुहुन्न, परमेश्वरले मलाई तिरस्कार गर्नुहुन्छ!” वा, “म अन्धो र मूर्ख, दरिद्र र दयनीय छु! म फोहोरी छु, म अशुद्ध छु!” के यी शब्दहरूमा कुनै वास्तविक तथ्यहरू छन्? के कुनै ठोस बुझाइ छ? (छैन।) तिनीहरूसँग आफ्नो भ्रष्ट स्वभावबारे कुनै बुझाइ हुँदैन; तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू छन् भन्ने तथ्यलाई समेत मान्दैनन्। तिनीहरू केही रित्ता शब्दहरू र केही सिद्धान्तहरू बोल्न मात्रै सिक्छन्। यी रित्ता शब्द र सिद्धान्तहरू तिनीहरूले हृदयको गहिराइमा महसुस गरेर वा अनुभव गरेर आएका बुझाइ होइनन्; ती त कर्ण-प्रिय शब्दहरू मात्रै हुन्, ती सबै तिनीहरूले प्रस्तुत गरिरहेका देखावट हुन्। यदि तैँले तिनीहरूलाई तिनीहरूको अनुभवबारे, तिनीहरूले कसरी आफ्नो भ्रष्ट स्वभाव बुझ्न पुगे, र तिनीहरूले कस्तो काट-छाँट भोगेका छन्, अनि आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्न त्यसपछि तिनीहरूले परमेश्वरका कुन-कुन वचनहरू पढेका छन् त्यसबारे बताउन लगाइस् भने, तिनीहरूले तेरो कुरा नसुनेझैँ गर्छन्, र फेरि पनि धेरै व्यर्थ शब्दहरूका चाङ्ग बोल्छन्: “मेरो क्षमता कमजोर छ, म पापी जन्मेको थिएँ, म मलको थुप्रोमा बस्ने नीच व्यक्ति हुँ, म परमेश्वरको मुक्ति पाउन लायक छैनँ! ममा भ्रष्ट स्वभावहरू छन्, र म जहाँ भए पनि परमेश्वरको गवाही दिन सक्दिनँ; मलाई हैसियत पाउनु मात्रै मन पर्छ।” यदि तैँले तिनीहरूले यसलाई कसरी समाधान गर्ने प्रयास गरेका छन् भनेर सोधिस् भने, तिनीहरूले यसको प्रतिक्रियामा अझै पनि तँलाई असम्बन्धित उत्तर दिनेछन्: “मानिसहरूमा हैसियत हुनु हुँदैन; मानिसहरूले हैसियत पाएपछि, तिनीहरू खतम हुन्छन्। हैसियत पछ्याउनु विलासी कामना हो। बस सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति बन्ने प्रयास गर, र तिमी जहाँ गए पनि, सबैभन्दा तल्लो स्थानमा बस, सबैभन्दा कम ध्यानाकर्षित गर्ने ठाउँमा बस। मानिसहरू विनम्र हुनुपर्छ; विनम्रता भनेको यही हो।” के तिनीहरूले कुनै ठोस परिवर्तन भोगेका हुन्छन्? के तिनीहरूसँग कुनै वास्तविक अनुभवहरू हुन्छन्? (हुँदैन।) यीमध्ये कुनै पनि कुरा भएका हुँदैनन्। के तिनीहरूसँग आफ्नै भ्रष्ट स्वभावबारे कुनै बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूसँग ती बारे कुनै बुझाइ हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता वा परमेश्वरका वचनहरूलाई स्वीकार गर्छन्? (गर्दैनन्।) आफूमा भ्रष्ट स्वभाव छ भनेर नमान्ने मानिसहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन्। यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्थे भने, तिनीहरूले आफ्नो हरेक शब्द र कार्य अनि भ्रष्टताका आफ्ना प्रकटीकरण परमेश्वरका वचनहरूसँग तुलना गर्नेथिए। तिनीहरूले भ्रष्टता प्रकट गर्दा, आत्मचिन्तन गर्नेथिए, र फलानो-फलानो प्रसङ्गमा, तिनीहरूले किन भ्रष्टता प्रकाश गरे, र त्यो बेला तिनीहरूले के सोचिरहेका थिए र तिनीहरू केद्वारा निर्देशित थिए भनेर आफैलाई सोधिरहनेथिए। परमेश्वरका वचनहरूको खुलासाद्वारा र तुलनाहरू गरेर, तिनीहरूले यो भ्रष्ट स्वभाव हो, र तिनीहरू आफूले कल्पना गरे जस्तो पवित्र वा शुद्ध छैनन्, तिनीहरूसँग पनि छलीपन, स्वार्थी अभिप्राय, महत्त्वाकाङ्क्षा, र कामनाहरू छन्, र तिनीहरू सत्यता वास्तविकता भएका मानिस हुँदै होइनन् भन्ने पत्ता लगाउनेथिए। के तिनीहरूले त्यस्ता अनुभवहरू गरेका हुन्छन्? हुँदैनन्। तिनीहरूले धेरै शब्दहरू बोलेका हुन्छन्, तर तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर मानेका छन् भन्ने कुरालाई प्रमाणित गर्ने एउटा तथ्य पनि हुँदैन। तिनीहरूले परमेश्वरमा विश्वास गरेको अत्यन्तै धेरै वर्ष भएको हुन्छ, तैपनि तिनीहरूसँग सत्यताको कुनै अनुभव हुँदैन। तिनीहरू धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, आफ्नो मानवताका कमीकमजोरी र खराबीहरूलाई ढाकछोप गर्नका लागि कसरी देखावटी रूप धारण गर्ने र आफूलाई सजाउने भनेर मात्रै मनन गर्छन्। तिनीहरू झूटो आत्मिकताको बाहिरी व्यवहार, कार्य, अनुहारको हाउभाउ, चालचलन, र आनीबानीद्वारा आफूलाई सजाउँछन्, जबकि आफ्नो भ्रष्ट स्वभावलाई भित्री रूपमा कसिलो गरी, दह्रिलो गरी, र सुरक्षित रूपमा बाँधेर राख्छन्। तिनीहरू परमेश्वरले खुलासा गर्ने मानिसका भ्रष्ट स्वभावहरूका विभिन्न समस्या वा यी स्वभावहरू खुलासा गर्नका लागि परमेश्वरले प्रयोग गर्ने विभिन्न अभिव्यक्तिमध्ये कुनैलाई पनि अलिकति पनि स्वीकार गर्दैनन्, न त तिनीहरू ती कुरालाई ध्यान दिन्छन् वा हृदयमा लिन्छन्; तिनीहरूले आफ्नो मानवताको बाहिरी रूपमा मात्रै मेहनत लगाउँछन्। त्यसपछि यदि तैँले तिनीहरूलाई परमेश्वरका वचनहरूका बारेमा रहेको तिनीहरूको बुझाइबारे, उहाँका सजाय र न्यायका वचनहरू, मानवजातिको भ्रष्ट स्वभाव खुलासा गर्ने उहाँका वचनहरू, वा परमेश्वरको स्वभाव सम्बन्धी उहाँका वचनहरूका बारेमा तिनीहरूसँग कुनै साँचो बुझाइ वा सुझबुझ छ कि छैन भनेर कुरा गर्न आग्रह गरिस् भने, तिनीहरू यी व्यावहारिक विषयहरूबाट तर्किन्छन् र फेरि पनि आत्मिक सिद्धान्तहरूबारे अनवरत रूपमा बोल्छन्: “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, परमेश्वरका कार्यहरू अद्भुत छन्! परमेश्वर प्रशंसाको योग्य र उच्च पारिन लायक हुनुहुन्छ, परमेश्वर अद्वितीय हुनुहुन्छ, परमेश्वरको अख्तियार र शक्ति सर्वोच्च छ!” मानिसहरू भन्छन्, “त्यसोभए तिमी आफ्नै अनुभवबारे कुरा गर। कुन मामलामा तिमीले परमेश्वरको स्वभाव र परमेश्वरको पवित्रता देखेको छौ?” तिनीहरू जवाफ दिन्छन्, “परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ, मानिस अत्यन्तै महत्त्वहीन छ, मानिस अयोग्य छ! परमेश्वरका नजरमा, मानिस भुईँका कमिलाभन्दा पनि निकृष्ट छ। परमेश्वरले मानिसलाई उत्थान गर्नुहुन्छ!” के तिनीहरूसँग यस्तो कुनै बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूसँग यस्तो खालको कुनै बुझाइ हुँदैन। यो कस्तो प्रकारको व्यक्ति हो? (ढोँगी फरिसी।) यो ढोँगी फरिसी हो। उसले अलिकति पनि सत्यता स्वीकार गर्दैन; उसका नजरमा परमेश्वरका वचनहरू र सत्यता नारा र धर्मसिद्धान्तहरू मात्रै हुन्। उसले प्रायजसो परमेश्वरका वचनहरू पढ्छ, आत्मिक भक्तिका टिपोटहरू बनाउँछ, र भेलाहरूमा सहभागिता जनाउँछ र परमेश्वरका वचनहरू प्रार्थनार्थ पढ्छ—उसले एउटा पनि नछुटाई वा नछोडी यी सबै प्रक्रियाहरू पूरा गर्छ। त्यसोभए, उसले परमेश्वरका यी वचनहरू पढेर के कुरा अवशोषित गरेको हुन्छ? उसले के प्राप्त गरेको हुन्छ? उसले सत्यता बुझ्नका लागि परमेश्वरका वचनहरू पढ्दैन, उसका समस्याहरू समाधान गर्न, र आफ्नो अभ्यासमा पछ्याउने मार्ग प्राप्त गर्नका लागि उहाँका वचनहरूलाई उसका आफ्नै भ्रष्ट स्वभाव, धारणा र कल्पनाहरू, वा विकृत विचार र दृष्टिकोणहरूसँग तुलना गर्नका लागि पढ्नु त परको कुरा हो। ऊ आफूलाई धर्मसिद्धान्तहरूद्वारा सुसज्जित गर्नका लागि परमेश्वरका वचनहरू पढ्छ ताकि उसले भेलाहरूमा भाषण दिन र अरूलाई पाठहरू सिकाउन सकोस्। उसले हरेक पटक भन्ने कुरा फरक हुन्छ, र ऊ निरन्तर लामो समयसम्म कुरा गर्न सक्छ, फरक-फरक मानिसहरूसँग सङ्गति गर्नका लागि परमेश्वरका फरक-फरक वचनहरू छनौट गर्न सक्छ, र अरूलाई उसको आदर र आराधना गर्न लगाउने उद्देश्य राख्छ। कतिपय मानिसहरू छली रूप धारण गर्नमा विशेष रूपमा सिपालु हुन्छन्—तिनीहरू कतिचाहिँ घृणित हुन सक्छन्? जब तिनीहरूले मैले बोलेका वचनहरू सुन्छन् र ती उपयोगी भएको पाउँछन्, तब तिनीहरू ती कुराहरू कण्ठ गर्छन्, त्यसपछि भेलाहरूमा धाक लगाउने अवसरहरू खोज्छन्। विशेष गरी, जब तिनीहरू नयाँ विश्वासीहरूको समूहमाझ हुन्छन्—धेरै प्रवचन नसुनेका, र परमेश्वरका केही वचन पढिसके पनि ती याद गर्न नसक्ने मानिसहरूको समूहमा हुन्छन्—तब तिनीहरूले यो अवसरको दुरुपयोग गर्छन् र ती नयाँ विश्वासीहरूका बीचमा धाक लगाउन र घमण्ड गर्न थाल्छन्। तिनीहरूको कुरा सुनेपछि, सबैले सोच्छन्, “यो व्यक्तिलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएको छ, ऊ आत्मिक व्यक्ति हो।” अरूको आदर र आराधना प्राप्त गर्नका लागि आफूलाई प्रदर्शन गर्न त्यस्ता माध्यमहरू प्रयोग गर्नु—के यो घृणास्पद कुरा होइन र? के यो मानिसहरूलाई बहकाउनु होइन र? (हो।) यो मानिसहरूलाई बहकाउनु हो।
यदि, तेरो जीवनभरि, तँ सत्यता सिद्धान्तहरू खोज्छस् र आफ्नो भ्रष्ट स्वभाव र सत्यतासँग नमिल्ने तँभित्रका कुराहरूलाई समाधान गर्ने आधारका रूपमा परमेश्वरका वचनहरू खोज्छस् भने, अन्त्यमा तँ अवश्य नै मुक्ति प्राप्त गर्ने व्यक्ति बन्नेछस्। तर मानौँ, तेरो जीवनभरि, तैँले आफ्नो मानवताका कमीकमजोरी र खराबीहरूलाई समाधान गर्न आफ्नो प्रयास केन्द्रित गर्छस् र मार्गहरू खोज्छस् भने, आफूलाई कुनै पनि कमीकमजोरी र खराबीहरूबाट मुक्त गर्न हरप्रकारका माध्यमहरू विकास गर्छस्, ताकि तँ अरूभन्दा फरक, सिद्ध, र त्रुटिरहित व्यक्ति बन्न सकेस्। कतिपय मानिसहरू यसो समेत भन्छन्, “म शुद्ध व्यक्ति, उच्च र भव्य व्यक्ति, सबै सामान्य मानवतालाई पार गर्ने व्यक्ति बन्न चाहन्छु।” म तँलाई भन्छु: यसो गरेर, तँ असफल भएको हुन्छस्! तैँले आफ्नो मानवताको जुनसुकै कमीकमजोरी वा खराबीलाई समाधान गर्ने प्रयास गरे पनि, तेरो मुक्तिसँग त्यसको कुनै सम्बन्ध हुँदैन, किनभने तैँले आफ्ना भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता पछ्याइरहेको हुँदैनस्। यदि तैँले आफ्नो मानवताका खराबी र कमीकमजोरीहरूलाई समाधान गरिस् भने पनि, बढीमा यसको अर्थ बाहिरबाट तँमा मानवताका कुनै कमीकमजोरीहरू देख्न सकिँदैन, र तँ सतहमा सिद्ध र परिष्कृत देखिन्छस् भन्ने मात्रै हुन्छ। तेरो मानवताका कमीकमजोरी र खराबीहरूलाई परिवर्तन गर्न आधारभूत रूपमा असम्भव नै छ भन्ने तथ्यलाई बिर्सिदे; तिनलाई परिवर्तन गरिए पनि, तेरा अझ ठूला कमीकमजोरी र खराबीहरू—तेरा भ्रष्ट स्वभावहरू—अझै पनि तँभित्र नै लुकेका हुन्छन्! तैँले जति धेरै देखावटी रूप धारण गर्छस् र कुनै खराबी नभएको सिद्ध मानवता पछ्याउँछस्, तेरो भ्रष्ट स्वभावले तँलाई त्यति नै गहन र कसिलो गरी अल्झाउनेछ र बाँध्नेछ, जसले तँलाई अझै अहङ्कारी, छली, दुष्ट, र हठी बनाउनेछ। अनि यसको परिणाम के हुन्छ? यसले तँलाई सत्यताबाट र सत्यता पछ्याउने मार्गबाट झन् टाढा बरालिने बनाउँछ। अन्ततः, हटाइनु नै तेरो परिणाम हुनेछ, र तँ खतम हुनेछस्। तँ बाहिरी रूपमा सिद्ध छस् वा शुद्ध व्यक्ति जस्तो देखिन्छस् भन्दैमा परमेश्वरले तँलाई अपवाद बनाउनुहुनेछ र मुक्ति दिनुहुनेछ भन्ने कुराको कुनै सम्भावना हुँदैन। यसको विपरीत, तैँले कुनै खराबीविनाको सिद्ध मानवतालाई जति पछ्याउँछस्, परमेश्वरले तँलाई त्यति नै घृणा गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तर, कतिपय मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकाश गरेकोमा प्रायजसो पछुतो र दुःख महसुस गर्छन्। पछुतो महसुस गर्दै गर्दा, तिनीहरूले सत्यता पछ्याउने सङ्कल्प विकास गर्छन्, तिनीहरू सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, तिनीहरू दैनिक रूपमा परमेश्वरका वचनहरू पढ्नमा अडिग रहन्छन्, र तिनीहरूले सबै मामलाहरूमा परमेश्वरलाई प्रार्थना गर्छन् र सत्यता खोजी गर्छन्। यसरी, तिनीहरू सत्यताबारे झन्-झन् स्पष्ट हुँदै जान्छन्, र सत्यताका सबै पक्षहरूका हकमा, बिस्तारै केही प्रवेश, प्राप्ति, र वास्तविक जियाई हासिल गर्छन्। अन्ततः, जब तिनीहरूले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूसँग अभ्यास गर्न र जाँच गर्नका लागि सम्बन्धित सत्यता सिद्धान्तहरू हुन्छन्। धेरै वर्षको अनुभवपछि, परमेश्वरको सजाय र न्याय, काट-छाँटमार्फत, साथै सत्यता पछ्याउँदा तिनीहरूले चुकाएको मूल्यमार्फत, तिनीहरूले बिस्तारै सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्न पुग्छन्। मुक्ति पाउने तिनीहरूको आशा झन्-झन् ठूलो हुँदै जान्छ, र तिनीहरूले परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र उहाँलाई धोका दिने सम्भावना झन्-झन् कम हुँदै जान्छ। तिनीहरूको मानवताका खराबी र कमीकमजोरीहरू र तिनीहरूका अन्तर्निहित अवस्थाहरू आधारभूत रूपमा अपरिवर्तित नै रहे पनि, तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर घट्दै जान्छ, तिनीहरूले परमेश्वरको विरुद्धमा प्रतिरोध र विद्रोह गर्ने कार्य झन्-झन् घट्दै जान्छ, परमेश्वरले तिनीहरूलाई झन्-झन् मन पराउनुहुन्छ, तिनीहरूले अरूको आत्मिक उन्नति झन्-झन् गर्छन्, र तिनीहरू उपयोगका लागि झन्-झन् उपयुक्त हुन्छन्। यदि यस्ता मानिसहरू यो मार्गमा निरन्तर हिँडे भने, तिनीहरू अवश्य नै मुक्ति प्राप्त गर्नेहरू हुनेछन्; परमेश्वरको कामले मुक्ति दिने अभिप्राय राख्ने मानिसहरू यिनीहरू नै हुन्। आफ्नो वरिपरिका मानिसहरूलाई अवलोकन गर। कसले सधैँ बाहिरी स्वरूपमा, आफ्नो मानवताका खराबी, त्रुटि, र कमजोरीहरूमा निरन्तर मेहनत लगाउँछ, अरूको आदर, सम्मान, र आराधना प्राप्त गर्न, र मानिसहरूको हृदयमा हैसियत प्राप्त गर्नका लागि झुटो आवरण धारण गर्न र देखावटी रूप धारण गर्न सक्दो गर्छ हेर—यस्ता प्रकारका मानिसहरू फरिसीहरू हुन्। फरिसीहरूको अन्तिम नतिजा एउटै मात्रै हुन्छ: मुसासँगै नष्ट हुनु। त्यसकारण म के भन्छु भने यस्ता प्रकारका मानिसहरू खतम भएका हुन्छन् र हटाइएका हुन्छन्।
सुरुदेखि अन्त्यसम्मै, परमेश्वरले गर्नुहुने काम भनेको मानिसहरूको मानवताका खराबी र कमीकमजोरीहरूलाई परिवर्तन गर्नु होइन, तर यो सामान्य मानवताको विवेक र समझलाई पुनर्स्थापित गर्नु मात्रै हो। परमेश्वरले मानिसहरूका भ्रष्ट स्वभावलाई परिवर्तन गर्न चाहनुहुन्छ। अवश्य नै, परमेश्वरले प्रायजसो मानिसहरूका भ्रष्ट स्वभावलाई हटाउने अनि यसरी तिनीहरूलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने बारेमा पनि कुरा गर्नुहुन्छ। त्यसोभए, सामान्य मानवताको पुनर्स्थापना कुन जगमा निर्माण भएको हुन्छ? यो मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्ने कार्यको जगमा निर्माण भएको हुन्छ। मानिसहरूको सामान्य मानवता बिस्तारै पुनर्स्थापित हुनुको अर्थ तिनीहरूको विवेकले अनुभूति प्राप्त गर्छ, तिनीहरूको समझ झन्-झन् सामान्य हुँदै जान्छ, र तिनीहरूले सामान्य मानवताको दृष्टिकोणबाट सही कामकुराहरू गर्न र सही शब्दहरू बोल्न सक्छन्; तिनीहरूले अवरोध वा बाधाहरू दिँदैनन्, तिनीहरूको बोलीवचन र व्यवहार आवेगपूर्ण, अन्धो, वा उग्र हुँदैन, बरु ती पूर्ण रूपमा परमेश्वरका वचनहरूका सिद्धान्तहरूमा आधारित हुन्छन्, तिनीहरूको समझ अत्यन्तै सामान्य हुन्छ, र तिनीहरूको मानवता निकै सीधा र दयालु हुन्छ। त्यसोभए, कुन आधारमा यी कुराहरू हासिल गर्न, र यो हदको पुनर्स्थापना हासिल गर्न सकिन्छ? यो मानिसहरूका भ्रष्ट स्वभावमा हुने परिवर्तनका आधारमा, सत्यताको अभ्यास गरेर अनि परमेश्वरको न्याय र सजाय स्वीकार गरेर मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्ने आधारमा हासिल हुन्छ। तर, यदि तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन वा फालिएको छैन भने, तेरो मानवता तुलनात्मक रूपमा असल भए पनि र तँसँग केही विवेक र समझ भए पनि, सत्यता तेरो जीवनको रूपमा नहुँदा, तेरो विवेक र समझले कमान लिन सक्दैन, र तँ अझै पनि प्रायजसो तेरो विवेक र समझको विरुद्धमा जाने कामकुराहरू गर्नेगरी तेरो भ्रष्ट स्वभावको प्रभाव, उक्साहट, र उत्तेजनामा पर्नेछस्। त्यसकारण, तँसँग अलिकति इन्साफको बोध भए पनि, यो एक प्रकारको चाहना र सङ्कल्प मात्रै हुन्छ। तँसँग थोरै दयालु मानवता मात्रै हुन्छ, तर तेरा भ्रष्ट स्वभावहरू नै तेरो जीवन भएकाले र तिनले नै तँलाई भित्री रूपमा नियन्त्रण गर्ने हुनाले, तैँले हासिल गर्न सक्ने कुरा भनेको दुष्कर्म नगर्नु र अरूलाई छल गर्ने र हानि गर्ने पहल नगर्नु मात्रै हो, जुन पहिले नै निकै राम्रो गर्नु हो। अर्को शब्दमा भन्दा, तैँले आफ्ना व्यक्तिगत हितहरूमा असर नपर्दा मात्रै, दुष्कर्म नगर्ने कुरा सुनिश्चित गर्न सक्छस्, र तेरा व्यक्तिगत हितहरूमा असर परेपछि, तेरो विवेक र समझलाई दमन गर्न तेरा भ्रष्ट स्वभावहरू देखा पर्नेछन्, जसले तँलाई आफ्ना हित र अधिकारहरूको रक्षा गराउनेछन्, र त्यस अर्थ विवेक र समझलाई कमान लिन दिनु तँलाई निकै गाह्रो हुनेछ। किन? किनभने सत्यता तेरो जीवन होइन; बरु, शैतानका भ्रष्ट स्वभावहरू तेरो जीवन हुन्। त्यसकारण, तेरा हितहरूमा हानि नहुँदा मात्रै तैँले आफ्नो मानवताको थोरै विवेक वा समझ प्रकाश गर्न सक्छस्। तेरा हितहरूमा हानि हुने वा खतरामा पर्ने बित्तिकै, तेरा भ्रष्ट स्वभावहरू तेरो विवेक र समझलाई दमन गर्न तुरुन्तै देखा पर्नेछन्, जसले तँलाई विवेक र समझको विरुद्धमा जाने कुराहरू गर्न लगाउनेछन्—अर्थात्, नैतिकता र नैतिक न्यायविरुद्ध जाने कुराहरू गर्न लगाउनेछन्—अनि तैँले जेसुकै समेत गर्न सक्छस्। अवश्य नै, यी सबै कार्यहरू सत्यताविरुद्ध जान्छन् भनेर भन्न सकिन्छ; यो अपरिहार्य कुरा हो। त्यसकारण, व्यक्तिले जे जिउँछ त्यो उसको मानवताका अवस्थाहरूमा निर्भर हुँदैन, बरु उसको भित्री जीवन सार के हो त्यसमा निर्भर हुन्छ। यदि ऊसँग साँच्चै नै सत्यता जीवनका रूपमा छ भने, उसको जीवनमा सत्यता, परमेश्वरका वचनहरू, र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग समावेश हुन्छ। त्यसपछि उसको सामान्य मानवताको विवेक र समझ इष्टतम स्थितिमा रहनेछन् र तिनले काम गर्न सक्नेछन्, जसले गर्दा उसले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्नेछ। तर, यदि व्यक्तिको जीवन सार उसका भ्रष्ट स्वभावहरू हुन् भने, उसको विवेक र समझ सबैभन्दा न्यून मानकमा सीमित हुन्छ, अर्थात्, ऊ केवल मानवताको सबैभन्दा न्यून सीमाभन्दा तल झर्दैन। यो सबैभन्दा न्यून सीमा के हो? “आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन”; “खुनको बदला खुन, ज्यानको बदला ज्यान”; “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै।” अरू के छ? “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो।” कति जना गैर-विश्वासीहरूले आफूलाई आचरणमा ढाल्ने सबैभन्दा न्यून सीमा यही हो। गैर-विश्वासीका लागि, यसरी अभ्यास गर्न सक्नु पहिले नै निकै राम्रो कुरा हो। यसबाट तिमीहरूले के बुझेका छौ? यदि तैँले सत्यता पछ्याइनस् भने, तेरा भ्रष्ट स्वभावहरू फालिनेछैनन्, तेरो जीवन सार परिवर्तन हुनेछैन, र यदि तेरो जीवन सार परिवर्तन भएन भने, तेरो सामान्य मानवताको विवेक र समझ सारगत रूपमा पुनर्स्थापित हुनेछैन, र यो हेर्दा मात्रै, मानवताको सबैभन्दा तल्लो सीमाभन्दा तल नझरेको देखिनेछ। तर, यदि तेरो भ्रष्ट स्वभाव फालिएको छ र तेरो जीवनको सार परिवर्तन भएको छ भने, तेरो सामान्य मानवताको विवेक र समझलाई केही हदसम्म इष्टतम बनाइएको र उत्थान गरिएको हुनेछ। यहाँ “इष्टतम बनाइएको” र “उत्थान गरिएको” ले के जनाउँछ? यसको अर्थ तेरो विवेक र समझ सामान्य रूपमा काम गर्न पुग्छन् भन्ने हुन्छ—तिनले केवल सबैभन्दा तल्लो सीमा काट्दैनन् भन्ने मात्रै होइन, बरु ती सत्यताको अभ्यास गर्ने मानकमा पुग्छन्। गैर-विश्वासीहरूका बीचमा रहेका तथाकथित असल मानिसहरूले केही विवेक र समझ मात्रै प्रदर्शन गर्छन्, स्पष्ट रूपमा दुष्ट कार्यहरू गर्दैनन्, र नैतिक इन्साफको सबैभन्दा नीच सीमा काट्दैनन्। यो पहिले नै निकै राम्रो अवस्था हो; तिनीहरूलाई अत्यन्तै असल मानिसहरू मान्न सकिन्छ। तर, सत्यता जीवनका रूपमा भएका मानिसहरू यसभन्दा अगाडि जान्छन्; तिनीहरूसँग सही र गलत खुट्ट्याउने क्षमता हुन्छ, र तिनीहरूले विभिन्न प्रकारका सही र गलतलाई पहिचान गर्न, र विभिन्न प्रकारका मानिसहरूलाई पहिचान गर्न सक्छन्। त्यसोभए तिनीहरूको आधार के हो? सत्यता सिद्धान्तहरू हुन्। तिनीहरूसँग सत्यता सिद्धान्तहरू हुन्छन्—के यो विवेक र समझको मानकभन्दा निकै माथि हुँदैन र? (हुन्छ।) तिनीहरूले सत्यता बुझ्ने हुनाले र सत्यता तिनीहरूको जीवनका रूपमा हुने हुनाले, र तिनीहरूले विभिन्न मामलाहरूलाई पहिचान गर्ने आधार साधारण भ्रष्ट मानिसहरूको मानकभन्दा निकै माथि हुने हुनाले, जटिल मामलाहरू सामना गर्दा तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्नमा अडिग रहनेछन्। सत्यता सिद्धान्तहरू बुझेपछि, तिनीहरूको मन अलमल्ल हुनेछैन र तिनीहरूको सोचाइ स्पष्ट हुनेछ। स्पष्ट भनेको के हो? यसको अर्थ तर्कसङ्गत भन्ने हुन्छ। तिनीहरूले सामना गर्ने मामलाहरू जति नै जटिल भए पनि, अभ्यासका सत्यता सिद्धान्तहरू तिनीहरूको हृदयमा कुँदिएका हुन्छन्; तिनीहरूले सत्यतालाई सही रूपमा र राम्ररी बुझेका हुन्छन्, र यो तिनीहरूको जीवन बनिसकेको हुन्छ। सबै प्रकारका जटिल मानिस, घटना, र कामकुराहरू सामना गर्दा, तिनीहरूसँग एउटा आधारभूत मापदण्ड हुन्छ, जुन सत्यता सिद्धान्तहरू पालन गर्नु हो। यी सत्यता सिद्धान्तहरूले तिनीहरूलाई विभिन्न जटिल कुराहरूको सार र समस्याको वास्तविकता छर्लङ्ग देख्ने तुल्याउँछन्; तिनीहरू यी कुराहरूलाई पहिचान गर्न सक्छन्। यो तिनीहरूको चेतना हो। के यो चेतना साधारण मानिसहरूको भन्दा उच्च छैन र? (छ।) त्यसोभए, यो स्तरमा पुगेपछि, के तिनीहरूको चेतना उत्थान गरिएको र इष्टतम बनाइएको हुँदैन र? (हुन्छ।) परमेश्वरले यस्तै सामान्य मानवता चाहनुहुन्छ; परमेश्वर अलमल्ल मानिसहरू चाहनुहुन्न। कतिपय मानिसहरू भन्छन्, “म निष्कपट र कायर छु, र म सधैँ हेपाइमा पर्छु,” जबकि अरूले भन्छन्, “मेरो क्षमता निकै कमजोर छ, र मसँग कुनै क्षमता वा प्रतिभा छैन।” परमेश्वरले यी कुराहरू महत्त्वपूर्ण छैनन्, र तँ सत्यता सिद्धान्तहरू बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ भनेर भन्नुहुन्छ। यदि तँ सत्यता सिद्धान्तहरू बुझ्छस्, र तँ इमानदार व्यक्ति बन्ने मानकहरू र सिद्धान्तहरूअनुसार बोल्छस् र व्यवहार गर्छस् भने, गैर-विश्वासीहरूले तँलाई मूर्ख भनेर गिल्ला गरे पनि, यो साँचो मूर्खता हुँदैन। किन? किनभने, तैँले सत्यता सिद्धान्तहरू बुझेपछि, तेरो समझ चुस्त र इष्टतम बन्छ, सामान्य मानिसहरूको भन्दा उच्च हुन्छ। जब तैँले कुनै पनि मामला सामना गर्छस्, तब तँ अलमल पर्दैनस्; तँसँग यसलाई सम्हाल्ने आधारका रूपमा सही सिद्धान्त, अडान, र उद्देश्यहरू हुन्छन्। तेरो मन स्पष्ट हुन्छ र तेरा विचारहरू स्पष्ट हुन्छन्। तँ ती सिद्धान्त र मानकहरू पूरा गर्न लागिपर्दै काम गर्छस्, र तँ निश्चय नै परमेश्वरका अभिप्रायहरूविरुद्ध जाँदैनस्; तँ अवश्य नै उहाँका अभिप्रायहरू अनुसार काम गर्छस्। तैँले मामलालाई सम्हालेपछि, त्यो बेला मानिसहरूले यसलाई छर्लङ्ग देखे पनि वा नदेखे पनि, पर्याप्त समय बितिसकेपछि र मानिसहरूले बुझेपछि, तिनीहरू सबै पूर्ण रूपमा विश्वस्त हुनेछन्, र तैँले यसलाई सम्हालेको तरिका अत्यन्तै फाइदाजनक थियो भन्ने तिनीहरूलाई थाहा हुनेछ। त्यसोभए, यस्तो प्रभाव हासिल गर्ने मूल के हो? तँसँग सत्यता तेरो जीवनका रूपमा छ भन्ने हो। तब मात्रै तेरो चेतनाले तँलाई जोकोही र कुनै पनि कुराबारे सही मूल्याङ्कन गर्न, सही चित्रण गर्न, र सही निष्कर्षहरू निकाल्न, साथै अभ्यासका सही सिद्धान्तहरू राख्न, र अवश्य नै, मानिसहरूलाई सहयोग र मार्गदर्शन गर्ने बारेमा सही सिद्धान्तहरू राख्न सक्षम बनाउन सक्छ। के त्यसपछि तेरो चेतना उत्थान गरिएको र इष्टतम बनाइएको हुँदैन र? सामान्य मानवताले त्यस्तो चेतना कहाँबाट प्राप्त गर्छ? (सत्यताबाट।) आफ्नो जीवनको रूपमा सत्यता भएका मानिसहरू परमेश्वरले चाहनुहुने मानवजाति हुन्। सायद तँ मूर्ख, निष्कपट, कायर, र अयोग्य छस्, सायद तँ अप्रसिद्ध छस् र तँलाई संसारका मानिसहरूले हेप्छन्, तर यीमध्ये कुनै पनि कुराले फरक पार्दैन; परमेश्वरले यसलाई हेर्नुहुन्न। सायद तँ संसारमा अत्यन्तै सक्षम छस्, तँ मानिसहरू कस्ता छन् भनेर पत्ता लगाउन, प्रचलनहरू खुट्ट्याउन, र अवस्था अनुसार आफूलाई अनुकूल बनाउन विशेष रूपमा सिपालु छस्, तर यो पनि व्यर्थ हो; यो तेरो चेतना चुस्त हुनु सरह होइन। तैँले सत्यतालाई स्वीकार गरेपछि, सत्यता बुझेपछि, र सबै सत्यताहरू जानेपछि, अभ्यास गरेपछि, र अनुभव प्राप्त गरेपछि, र सत्यता तेरो जीवन बनेपछि मात्रै, विभिन्न मामलाहरूका बारेमा रहेको तेरो पहिचान, मूल्याङ्कन, र निर्णय सही हुन सक्छ।
विवेकका सन्दर्भमा भन्दा—हामीले यसअघि यसले के जनाउँछ भनेर भनेका थियौँ? यो सामान्य मानवताको इन्साफ र दयाको बोध हो। व्यक्तिमा विवेक छ भनेर भनिनका लागि ऊ सीधा र दयालु हुनुपर्छ। त्यसोभए, व्यक्तिले परमेश्वरमा विश्वास गरेपछि सामान्य मानवताको सिधापन र दयालुपनलाई कसरी इष्टतम बनाउन र उत्थान गर्न सकिन्छ? यो सत्यताको बुझाइको जगमा निर्मित हुनैपर्छ। अर्थात्, व्यक्तिले सत्यता बुझेपछि, उसले आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने मापदण्ड नै सकारात्मक उद्देश्य हुनेछ, जसले ऊ आफै र अरू सबैका लागि सकारात्मक प्रभाव, मूल्य, र महत्त्व ल्याउनेछ। उसले सत्यता बुझेपछि, परमेश्वरले सिकाउनुभएका सत्यता सिद्धान्तहरूका आधारमा सबै कुरालाई हेर्नेछ र सम्हाल्नेछ। अरूका नजरमा, त्यस्तो व्यक्ति निकै सीधा हुन्छ। सीधापन भनेको के हो? सीधा भन्नुको अर्थ बायाँ वा दायाँतिर विचलित नहुनु, उग्रता, भावना, व्यक्तिगत हित वा सम्बन्धहरू, वा व्यक्तिगत अभिप्रायहरूले विचलित नहुनु हो, बरु सबैभन्दा सही र उचित उद्देश्य, मानिसहरूको आदर, सम्मान, र उच्च सराहना पाउन सबैभन्दा लायक उद्देश्यतर्फ अभ्यास गर्नु हो—वा, यसो भन्न सकिन्छ, परमेश्वरले असल मान्नुहुने र अनुमोदन गर्नुहुने उद्देश्यतर्फ अभ्यास गर्नु हो। के यो साधारण भ्रष्ट मानवजातिका दृष्टिकोणमा रहेको “सीधापन” भन्दा श्रेष्ठ छैन र? (छ।) यो सीधापनको अर्थ के हो? यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ, पूर्ण रूपमा परमेश्वरका वचनहरूमा आधारित हुन्छ, र यो विवेकको जगमा निर्माण भएको हुन्छ। जब व्यक्तिले सत्यता बुझ्छ, तब ऊसँग समस्याहरू समाधान गर्ने र मामलाहरू सम्हाल्ने तरिका र सिद्धान्तहरू हुन्छन्, त्यसोभए के यो व्यक्तिको विवेक निकै सिद्ध हुँदैन र? के यसलाई इष्टतम बनाइएको हुँदैन र? (हुन्छ।) त्यसोभए के साँचो व्यक्ति, साँचो सृजित प्राणीमा त्यस्तो विवेक हुनु पर्दैन र? के यस अर्थमा उसमा सीधापन हुनु पर्दैन र? (पर्छ।) व्यक्ति दृढतासाथ सीधा र निष्पक्ष हुनुपर्छ, खुलस्त र स्पष्ट हुनुपर्छ, वा “साँचो पुरुषले केही पनि लुकाउँदैन र ऊ सधैँ आफ्ना कार्यका पक्षमा खडा रहन्छ” भनेर मानिसहरूले बताउने कुराका सन्दर्भमा होइन बरु सत्यता अनुरूप हुने यस हिसाबमा चाहिँ साँचो व्यक्तिमा सीधापन हुनुपर्छ। त्यो उग्रता हो, यसमा कुनै वास्तविक विषयवस्तु हुँदैन, र यो कुरा पूर्ण रूपमा मानिसहरूद्वारा नाटक गरिएको हुन्छ। सीधापनको आधार सत्यता हो; यसमा वास्तविक रूपमा जिइएका अभ्यासहरू हुन्छन्। यसको अर्थ सामान्य मानवता भएको व्यक्तिसँग उसको स्रोत र सुरुवातका रूपमा सत्यता हुन्छ, र उसले परमेश्वरका वचनहरू अनुसार विभिन्न मामलाहरूलाई लिन र सम्हाल्न सक्छ—सीधापन यसैलाई भनिन्छ। त्यो भन्दा पनि बढी, दयालुपनका बारेमा पनि भनिरहनु पर्दैन; कम्तीमा पनि, यसले विवेक र समझको मानकलाई पार गर्छ। दयालुपनभित्र, कुनै ढोँग हुँदैन, क्रूरता हुनु त परको कुरा हो। यो पूर्ण रूपमा मानिसहरूका लागि फाइदाजनक र आत्मिक उन्नतिदायी तरिकाहरूका आधारमा, र साथसाथै परमेश्वरका मागहरूअनुरूप कार्य गर्नु हो; यो पूर्ण रूपमा परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, परमेश्वरलाई सन्तुष्ट पार्ने, र परमेश्वरको मार्ग पछ्याउने उद्देश्य र मापदण्डहरूका आधारमा कार्य गर्नु हो। यो स्वर्गमुनि, सम्पूर्ण ब्रह्माण्डमा सबैभन्दा दयालु र अद्भुत कुरा हो। आफ्नो जीवनका रूपमा परमेश्वरका वचनहरू वा सत्यता भएको व्यक्तिमा निश्चित रूपमै सबैभन्दा दयालु हृदय हुन्छ, किनभने ऊ सत्यता स्वीकार गर्न सक्छ, र यसले परमेश्वरले मानिसहरूबाट गर्ने माग पूर्ण रूपमा पूरा गर्छ। तिनीहरूसँग यस्तो प्रकारको मानवता हुने हुनाले, तिनीहरू सीधा छन् भनेर भन्नु उचित हुन्छ, र तिनीहरू दयालु छन् भनेर भन्नु पनि उचित हुन्छ। किनभने तिनीहरू सत्यता स्वीकार र अभ्यास गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरू आफ्ना भावनाहरू अनुसार चल्दैनन् वा तिनीहरूसँग महत्त्वाकाङ्क्षा वा चाहनाहरू हुँदैनन्, र तिनीहरूले आफूभित्र परम्परागत संस्कृतिका विषहरू बोकेका हुँदैनन्, र नैतिकता र मानवता मापन गर्ने तिनीहरूको मानकलाई शैतानका कुनै पनि दर्शन, विचार, वा दृष्टिकोणले दूषित गरेको हुँदैन—यो पूर्ण रूपमा सत्यता अनुरूप हुन्छ। त्यसोभए मलाई भन, के त्यस्तो विवेक र समझ भएको मानवता अत्यन्तै इष्टतम भइसकेको हुँदैन र? (हुन्छ।) यस्तो व्यक्तिसँग सत्यता हुने हुनाले, र उसले जिउने जीवनको सार सत्यता नै हुने हुनाले, त्यस्तो जीवन सार भएको उसको मानवता सिद्ध हुन्छ। यदि तिमीहरूलाई “सिद्ध” भन्ने शब्द सुन्न मन पर्दैन भने, म यसलाई “इष्टतम बनाइएको” पनि भन्न सक्छु। कम्तीमा पनि, परमेश्वरको नजरमा, तिनीहरू इष्टतम बनाइएका हुन्छन् र परमेश्वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले मानिसहरूमा आफ्ना वचनहरू र सत्यता ढाल्न तिनीहरूमा भएको थोरै विवेक, समझको सचेतना, र लाजको थोरै बोध प्रयोग गर्नुहुन्छ। जब परमेश्वरका वचनहरूको सत्यता तँमा ढालिन्छ, तब तेरो विवेक र समझ कमजोर नहुने वा नलुक्ने मात्र होइन, ती अझै सामान्य र इष्टतम हुन्छन्। परमेश्वरले चाहनुहुने मानवजाति यस्तै हो। सिद्ध भनेर नभनौँ, इष्टतम बनाइएको भनौँ। किन सिद्ध नभन्ने? यदि मैले सिद्ध भनेर भनेँ भने, आत्मिक बुझाइ नभएका कतिपय मानिसहरूले भन्नेछन्, “के तपाईंले सिद्ध मानिसहरू नहुनू भनेर भन्नुभएको थिएन र?” त्यसकारण कतिपय मानिसहरूले गलत बुझ्न सक्ने भएकाले म यो शब्दबाट जोगिनुपर्छ। वास्तवमा, यदि परमेश्वरको नजरमा कुनै कुरालाई इष्टतम बनाइएको छ भने, सृजित मानवजातिबीच यसलाई सिद्ध भनेर भन्न सकिन्छ। यो सिद्धता मानिसहरूको कल्पनामा हुने सिद्धता होइन, बरु सुन्दर र असल कुरा, इन्साफको शक्ति, र मानिसहरूको प्रशंसा, तृष्णा, स्नेह, सम्मान, र कदर पाउन लायक सकारात्मक कुरा पनि हो। त्यसकारण, यदि तँ आफ्नो विवेक, आफ्नो आत्मआचरणमा मानवताको सबैभन्दा न्यून सीमा नकाट्ने अवस्थामा मात्रै अड्किएको चाहँदैनस्, बरु आफ्नो विवेकलाई अझै संवेदनशील, अझै सचेत बनाउन, र आफ्नो समझलाई परमेश्वरका मागहरू पूरा गर्ने बनाउन चाहन्छस् भने, तँसँग एउटै मात्र मार्ग हुन्छ। यो मार्ग भनेको मानवताका विभिन्न कमीकमजोरी र खराबीहरूलाई जित्नु होइन, बरु सत्यता पछ्याउनु, परमेश्वरले मानिसहरूलाई सिकाउनुहुने विभिन्न सत्यताहरूमा मेहनत लगाउनु, र विभिन्न मानिस, घटना, र कामकुराहरूको हकमा परमेश्वरद्वारा तँबाट माग गरिएका मानकहरू के-के हुन्, र तैँले यी मानिस, घटना, र कामकुराहरूलाई कसरी हेर्नुपर्छ, लिनुपर्छ, र सम्हाल्नुपर्छ भन्ने कुरा बुझ्नु हो। परमेश्वरले यी सबै पक्षका लागि सिद्धान्त र मानकहरू माग गर्नुभएको छ। तेरो कार्य के हो? यो यी मानकहरू अनुसार यो दिशा, यो उद्देश्यतर्फ अभ्यास गर्नु हो। सुरुमा, सत्यता अभ्यास गर्ने मानकहरू के-के हुन् भनेर खोजी गर् र बुझ्। त्यसपछि, परमेश्वरले माग गर्नुभएका मानकहरू अनुसार आफूबाट मागहरू गर्, साथ-साथै परमेश्वरका वचनहरू वा सत्यता अनुरूप नरहेका आफ्ना धारणा र कल्पनाहरूमा रहेका विभिन्न विचार, दृष्टिकोण, नियम, प्रावधान, र आदि-इत्यादि कुराहरूलाई त्याग्। त्यसपछि, परमेश्वरका वचनहरूलाई अलि-अलि गर्दै तेरो अभ्यासका सिद्धान्तहरू बन्न दे। त्याग्न सिक्दा, यो कुरा नबिर्सिनू: त्याग्नुको उद्देश्य तँलाई रित्तो हृदय भएको व्यक्ति बनाउनु होइन; परमेश्वर तेरो जीवनमा तात्त्विकता होस् भन्ने चाहनुहुन्छ। यो तात्त्विकताले के जनाउँछ? यसले विभिन्न मामलाहरूका लागि परमेश्वरले माग गर्नुभएका सिद्धान्तहरूलाई जनाउँछ। अवश्य नै, मानिसहरू अभ्यासका विभिन्न सिद्धान्तहरूलाई रित्ता सिद्धान्तहरूमा परिणत गरून्, तिनका बारेमा मात्रै कुरा गरून् तर तिनलाई अभ्यास नगरून् भन्ने परमेश्वरले चाहनुहुन्न। बरु, उहाँ मानिसहरूले यी सत्यता सिद्धान्तहरूलाई आफ्नो जीवनको अंशका रूपमा दृढ रूपमा परिणत गरून्, र परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविक जीवनमा लागू गर्न सकून् भन्ने आशा गर्नुहुन्छ। उदाहरणका लागि, कर्तव्य पूरा गर्ने कार्यलाई लिऊँ—यस विषयमा परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने मानक के हो? यो तिनीहरूले व्यावहारिक तवरमा र आफ्नो उचित स्थान अनुसार आफूलाई आचरणमा ढालून् भन्ने हो। अर्थात्, आफ्नो कर्तव्य पूरा गर्दा, तँ व्यावहारिक हुनुपर्छ, तँ झाराटारुवा वा सतही हुनु हुँदैन, तैँले औपचारिकता मात्र पूरा गर्नु हुँदैन, वा अरूलाई देखाउन काम गर्नु हुँदैन, र तैँले धाक पनि लगाउनु हुँदैन; अवश्य नै, अझै महत्त्वपूर्ण कुरा के हो भने तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नैपर्छ। तैँले परमेश्वरले तँलाई भन्नुभए अनुसार व्यवहार गर्नुपर्छ, र परमेश्वरले तँलाई नगर्नू भनी भन्नुभएका कुराहरू गर्नबाट तँ जोगिनुपर्छ। यदि तँ ती कुराहरू गर्नबाट पूर्ण रूपमा जोगिन सक्दैनस् भने, तिनलाई कम गरेर सुरु गर्, आफ्ना चाहना र प्राथमिकताहरूको विरुद्धमा विद्रोह गर्, र बिस्तारै ती कुरा गर्नबाट आफूलाई पूर्ण रूपमा रोक्—के यो हासिल गर्न सजिलो छैन र? (छ।) मुक्ति पछ्याउने प्रक्रियामा, तैँले परमेश्वरका वचनहरूले खुलासा गरेका विभिन्न भ्रष्ट स्वभावहरूलाई समाधान गर्नुपर्छ र त्याग्नुपर्छ। अवश्य नै, यी भ्रष्ट स्वभावहरूलाई त्याग्नु नै अन्तिम उद्देश्य होइन। अन्तिम उद्देश्य भनेको, यी भ्रष्ट स्वभावहरूलाई त्याग्ने पूर्वसर्तमा, परमेश्वरका वचनहरू र परमेश्वरका मागहरूलाई स्वीकार गर्नु हो। ती स्वीकार गर्नु भनेको तेरो मुड परिवर्तन गर्नका खातिर होइन, न त तँलाई इज्जतको साथ जिउने तुल्याउनका खातिर नै हो; यो तेरा भ्रष्ट स्वभावहरूलाई फाल्नका खातिर हो। अन्तिम उद्देश्य यही हो, किनभने तैँले आफ्ना भ्रष्ट स्वभावहरू फालेपछि मात्रै मुक्ति प्राप्त गर्न सक्छस्।
मानिसहरूले मुक्ति प्राप्त गर्नुको सबैभन्दा ठूलो व्यवधान तिनीहरूका भ्रष्ट स्वभावहरू हुन्। तेरो न्यून शिक्षा, वृद्ध अवस्था, वा बोल्ने भद्दा तरिका र आफ्नो कुरा व्यक्त गर्ने क्षमताको कमी—यीमध्ये कुनै पनि कुरा मुक्ति पाउनुका सबैभन्दा ठूला व्यवधानहरू होइनन्। तेरो कर्तव्यमा रहेको तेरो कमजोर पेसागत सीप र तैँले त्यसलाई बुझ्ने असमर्थता—तेरो मुक्तिका लागि सबैभन्दा ठूलो व्यवधान यो पनि होइन। त्यसोभए मुक्ति पाउनुको सबैभन्दा ठूलो व्यवधान के हो त? यो तेरा भ्रष्ट स्वभावहरू हुन्। अवश्य नै, परमेश्वरका वचनहरूमा खुलासा गरिएका मानिसका विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्न मानिसहरूलाई सजिलो हुँदैन। यो मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरू त्याग्न अनिच्छुक भएकाले होइन, न त तिनीहरूका विचार र दृष्टिकोणहरू पुराना भएकाले नै हो, र अवश्य नै, यो तिनीहरूको मानवताका खराबी वा कमीकमजोरीहरूका कारण, र मानिसहरू बोधो भएकाले, प्रतिक्रिया दिन सुस्त भएकाले, र आदि-इत्यादि कारणले गर्दा त झनै होइन—यीमध्ये कुनै पनि कुरा समस्याको जड होइनन्। त्यसोभए किन त? मानिसहरूको हृदयमा तिनीहरूका भ्रष्ट स्वभावहरूले जरा गाडेकाले मात्रै हो, मानिसहरू आफूले चाहेकै भरमा ती फाल्न सक्दैनन्, र त्यसकारण तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू प्रायजसो बाधाहरू दिन र समस्याहरू पैदा गर्न बाहिर निस्कन्छन्। उदाहरणका लागि, मानौँ तँ मण्डली अगुवा होस्, र तैँले कुनै गलत काम गरिस् र तँलाई काटछाँट गरियो। त्यस्तो अवस्थामा, तैँले यसलाई स्वीकार गर्नुपर्छ, तैँले गलत काम गरेको छस् भनेर मान्नुपर्छ, तँ पश्चात्ताप गर्न इच्छुक हुनुपर्छ, र तैँले त्यो गलत शैलीलाई उल्ट्याउनुपर्छ र सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। यो अत्यन्तै सरल मामला हो, तर तैँले त्यसो गर्न सक्दैनस्। तैँले यस्तो सोच्छस्, “के तिनीहरूले मलाई अप्रिय ठानेकाले र मलाई बर्खास्त गर्न चाहेकाले मलाई यसरी काट-छाँट गरिएको हो?” तेरो हृदयमा गुनासा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ परमेश्वरसँग बहस समेत गर्ने प्रयास गर्छस्, “तपाईंले मलाई अप्रिय ठान्नुहुन्छ र मलाई बर्खास्त गर्न र हटाउन चाहनुहुन्छ, त्यसकारण ठीक छ, म सीधा-सीधा भन्छु। मैले अठार वर्षको उमेरमा परमेश्वरमा विश्वास गर्न थालेँ, म यतिका वर्ष अगुवा रहेको छु, परिवार र करियर त्यागेको छु, विवाह र परिवार त्यागेको छु—यी कुराहरूको हिसाब कसरी गरिनेछ?” तँ जति हिसाबकिताब गर्छस्, त्यति नै उत्तेजित हुन्छस्। के यो त्याग्न नसक्नु मात्रै हो त? होइन। तैँले किन यी कुराहरू त्याग्न सक्दैनस्? यहाँ एउटा जड समस्या छ। जब तँलाई काटछाँट गरिन्छ, तब तँलाई आफू अन्यायमा परेको महसुस हुन्छ, तँ गुनासो गर्छस् र हृदयमा अवज्ञाकारी महसुस गर्छस्, र तँ बहस गर्ने र आफूलाई सही साबित गर्ने प्रयास पनि गर्छस्, र अरूलाई तेरो पक्षमा खडा हुन अनुरोध समेत गर्छस्। तँ किन यस्तो व्यवहार गर्छस्? (किनभने हामीमा भ्रष्ट स्वभावहरू हुन्छन्।) एउटै मात्र कारण छ, एउटा जड कारण: तँमा समाधान नभएका भ्रष्ट स्वभावहरू छन्। तिमीहरूमध्ये कतिपयले भन्नेछौ, “के मेरो जन्मजात क्षमता र सक्षमता अपर्याप्त भएकोले र मैले काम गर्न नसक्ने हुनाले हो?” तिमीहरूमध्ये कतिपयका लागि, यो एउटा कारण हुन सक्छ; कमजोर क्षमताका कारण तिमीहरू कामका लागि अयोग्य छौ, र तिमीहरू सत्यता पनि बुझ्दैनौ, त्यसकारण तिमीहरू अवरोध गर्ने र बाधा दिने कुराहरू गर्छौ। के यो साँच्चै नै तेरो क्षमता कमजोर भएकोले मात्रै हो त? त्यो त एउटा पक्ष मात्रै हो। मूल समस्या के हो भने, तेरो विवेकमा समस्या छ। तेरो विवेकको यो समस्या तेरा भ्रष्ट स्वभावहरूसँग सिधै सम्बन्धित हुन्छ। तैँले अवरोध र बाधाहरू दिने कुराहरू गरिस् अनि काट-छाँटमा परिस्—तैँले यस कुरालाई कसरी लिनुपर्छ? तैँले तँ कामका लागि अयोग्य भएको मामलालाई कसरी लिन्छस्? यदि तँ सत्यता अभ्यास गर्न सक्छस् भने, यी समस्याहरू होइनन्, र तैँले तिनलाई सही रूपमा लिन सक्छस्। तर धेरैजसो मानिसहरूले यी कुराहरू सामना गर्दा कसरी व्यवहार गर्छन्? तिनीहरू बहस गर्ने प्रयास गर्छन्, गुनासो गर्छन्, नकारात्मक बन्छन्, र उग्र रूपमा बोल्ने समेत गर्छन्, “के तिमीले मेरो क्षमता कमजोर छ र म सक्षम छैनँ भन्ने सोचेकाले मात्रै यस्तो भएको होइन र? के परमेश्वरले मलाई यो क्षमता दिनुभएको छैन र? तैपनि म काम गर्न सक्दिनँ भनेर तिमी गुनासो गर्छौ! यदि तिमीलाई म अप्रिय लाग्छु भने, तिमीले पहिले नै भन्नुपर्थ्यो!” काट-छाँटमा पर्दा अलिक कठोर शब्दहरू प्रयोग गरियो भने, तिनीहरू सोच्छन्, “के आशिष्हरू प्राप्त गर्ने मेरो आशा गुमेको हो? यस जीवनमा मेरो हैसियत जोखिममा छ, र सायद मसँग आउने संसारमा पनि कुनै आशा छैन।” के तिनीहरूसँग सत्यता खोजी गर्ने कुनै अभिप्राय हुन्छ? के तिनीहरू हृदयमा समर्पित हुन सक्छन्? तिनीहरूलाई समर्पित हुन सजिलो हुँदैन। अन्तिम विश्लेषणमा हेर्दा, यी सबै प्रकटीकरणहरू, मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले आएका हुन्छन्। तेरो क्षमता कमजोर छ र तँ कामका लागि अयोग्य छस्—त्यो मानवजातिको प्राकृतिक कमीकमजोरी वा खराबीहरूमध्ये एउटा मात्रै हो; त्यो समस्या होइन। तेरा प्राकृतिक कमीकमजोरी र खराबीहरू ठूला भए पनि र तँ कामका लागि अयोग्य भए पनि, परमेश्वर तँप्रति कुनै अरुचि वा घृणा पटक्कै महसुस गर्नुहुन्न। तर, तँ कामका लागि अयोग्य हुनुको अलावा, तँ आफ्ना समस्याहरू पहिचान गर्दैनस्, र गुनासो पनि गर्छस्, प्रतिरोधी महसुस गर्छस्, र अन्त्यमा नकारात्मक बन्छस् र आफ्नो काम त्यागिदिन्छस्—यो के हो? यो भ्रष्ट स्वभाव हो। तैँले समाधान गर्नुपर्ने कुरा यही हो। होइन त? (हो।) तेरा भ्रष्ट स्वभावहरू समाधान भएपछि, जुन काम गर्न तेरो क्षमता र तेरो मानवताका अवस्थाहरू योग्य हुन्छन्, त्यो काममा तँ प्रयोग गर्न लायक बन्नेछस्। तर, यदि तँ आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्दैनस्, र सत्यता अनुसार अभ्यास गर्न सक्दैनस्, तँ काट-छाँटमा समर्पित हुन सक्दैनस्, वा खुलासामा समर्पित हुन सक्दैनस् भने, तेरो क्षमता जति नै असल भए पनि, तेरो मानवताका अवस्थाहरू जति नै उत्कृष्ट भए पनि, तँ प्रयोगका लागि योग्य हुनेछैनस्। बुझिस्? (बुझेँ।) मलाई भन्, हामीले भर्खरै सङ्गति गरेको कुराको अर्थ के थियो र? (परमेश्वरमा विश्वास गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्ना भ्रष्ट स्वभावहरू थाहा हुनु हो। व्यक्तिले मानवताका बाहिरी खराबी वा कमीकमजोरीहरूलाई होइन, बरु उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने कार्यमा जोड दिनुपर्छ। जब हामी परिस्थितिहरू सामना गर्छौँ, तब हामी सधैँ बाहिरी मामलाहरूमा फस्छौँ, हामी आधारभूत रूपमा सारगत समस्याहरू समाधान गर्न सक्दैनौँ, र हामी काटछाँटप्रतिको समर्पण र परमेश्वरले खडा गर्नुभएका वातावरणहरूप्रतिको समर्पण पनि हासिल गर्न सक्दैनौँ।) यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भए, र तैँले सामना गर्ने मामिलाहरूमा, तँ सत्यता सिद्धान्तहरू बुझ्न सक्छस्, र तिनलाई सिद्धान्तहरूअनुसार कसरी सम्हाल्ने भन्ने तँलाई थाहा हुन्छ भने, तँ आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न लायक हुनेछस्। तेरो क्षमता उच्च भए पनि वा न्यून भए पनि र तँसँग जति नै धेरै प्रतिभा भए पनि, यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भएनन् भने, तँलाई जुनसुकै पदमा राखिए पनि, तँ प्रयोग गर्न लायक हुनेछैनस्। यसको विपरीत, यदि तेरो क्षमता र सक्षमता सीमित छन्, तर तैँले तेरो कामको दायराभित्र तैँले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यता सिद्धान्तहरू लगायत विभिन्न सत्यता सिद्धान्तहरू बुझेको छस्, र तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् भने, तँ प्रयोग गर्न लायक व्यक्ति हुनेछस्। बुझिस्? तिमीहरूले यी वचनहरू पूर्ण रूपमा बुझ्नका लागि केही समयसम्म तिनलाई पचाउनुपर्ने हुन सक्छ।
हाल, धेरैजसो मानिसहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्दा वरदानहरूमा भर पर्छन् र प्रावधानहरू पालन गर्छन्। तिनीहरूले पाप वा दुष्कर्म नगरेसम्म, आफ्नो कर्तव्य पूरा गरेका हुन्छन् भन्ने विश्वास गर्छन्। तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता पछ्याउनमा र आत्म-चिन्तनमा ध्यान दिँदैनन्। धेरैजसो मानिसहरू शैली र व्यवहारहरूमा फस्छन् र डुब्छन्, तर सत्यता खोजी गर्नमा र सिद्धान्तहरू अनुसार काम गर्नमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्न सक्ने कुरा गरेर मात्रै सन्तुष्ट हुन्छन्, अवरोध वा बाधाहरू नदिने, वा कामकुराहरूलाई हानि नगर्ने प्रयास गर्छन्, त्यति हो। धेरैजसो मानिसहरूले अझै काट-छाँट वा खुलासाको सामना गरेका हुँदैनन्, न त तिनीहरूले सजाय र न्याय नै अनुभव गरेका हुन्छन्, गम्भीर परीक्षाहरूको चरण अनुभव गर्नु त परको कुरा हो, त्यसकारण धेरैजसो मानिसहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन थालेको छैन। यो राम्रो खबर होइन, तर यो तथ्य हो। म एउटा उदाहरण दिनेछु, र त्यसपछि के भइरहेको छ भनेर तिमीहरूलाई थाहा हुनेछ। हेर् त, अहिले कर्तव्य पूरा गर्ने धेरैजसो मानिसहरू साधारण अनुयायीहरू हुन्; तिनीहरूसँग हैसियत छैन, र तिनीहरू हैसियत र शक्ति पाएर काम निर्वाह गरिरहेका अवस्थामा पुगेका छैनन्। धेरैजसो मानिसहरूले अभ्यास गर्ने आधारभूत सिद्धान्त भनेको आज्ञाकारी र समर्पित हुनु हो। तिनीहरू के सोच्छन् भने, जे भए पनि, अगुवाहरूले माथिका कामका प्रबन्धहरू अनुसार सङ्गति गरिरहेका हुन्छन्, त्यसकारण अगुवाहरूले तिनीहरूलाई जे गर्न लगाउँछन्, अगुवाहरूले तिनीहरूलाई जसरी गर्न लगाउँछन् तिनीहरूले त्यही त्यसरी गर्नु मात्र पर्छ, र तिनीहरूले सही वा गलत कुरा खुट्ट्याउनु वा त्यो सत्यता अनुरूप छ कि छैन भनेर अनुसन्धान गर्नु पर्दैन, अनि तिनीहरूले गल्ती नगरेसम्म, त्यो ठीकै हुन्छ। के यो आफ्नो जीवनका रूपमा सत्यता सिद्धान्तहरू हुनु हो? (होइन।) त्यसोभए तँसँग तेरो जीवनको रूपमा सत्यता छ भनेर कुन परिस्थितिमा निश्चित गर्न सकिन्छ? जब तँलाई मण्डलीको काम गर्न अगुवाका रूपमा छनौट गरिन्छ; यसले मानिसहरूलाई सबैभन्दा बढी प्रकट गर्छ। मामलाहरू सम्हाल्दा तँसँग सिद्धान्तहरू हुन्छन् कि हुँदैनन् र तैँले प्रकट गर्ने तेरा कति भ्रष्ट स्वभावहरूले तँसँग सत्यता वास्तविकता छ कि छैन, र तँ अगुवा वा कामदार हुन योग्य छस् कि छैनस् भन्ने कुरा प्रमाणित गर्न सक्छ। यदि तँ भ्रष्ट स्वभावहरू प्रकाश गर्छस् भने, तैँले यसलाई कसरी लिनुपर्छ? तैँले खुलस्त भएर सत्यताबारे सङ्गति गर्नुपर्छ कि ढाकछोप गरेर देखावटी रूप धारण गर्नुपर्छ? मानिसहरू सबैभन्दा बढी प्रकाश हुने समय पनि यही हो। मण्डलीमा धेरैजसो मानिसहरू सत्यता सिद्धान्तहरू अनुसार कामकुराहरूलाई हेर्न सक्दैनन्; बरु, तिनीहरू आफ्ना धारणा र कल्पनाहरू अनुसार, र आफ्ना प्राथमिकताहरूका आधारमा कामकुराहरू हेर्छन् र टिप्पणी गर्छन्। धेरैजसो मानिसहरू यसो सोच्छन्, “मैले आफ्नो कर्तव्यमा ठूला गल्तीहरू नगरेसम्म, र मैले कामलाई यसरी अघि बढाएसम्म, त्यो नै पर्याप्त हुन्छ। यदि मैले ठूलो गल्ती गरेँ र मलाई आत्म-चिन्तनका लागि अलग गरियो वा म समूह ‘ख’ मा सारिएँ भने, त्यो मेरो दुर्भाग्य मात्रै हुनेछ।” यो परिस्थितिले के कुरालाई चित्रण गर्छ? तँ आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा आज्ञाकारी र समर्पित हुन सक्ने भए पनि, तैँले गर्न लगाइएको जेसुकै कुरा गर्न सक्ने भए पनि, यसको अर्थ तँसँग तेरो जीवनका रूपमा सत्यता छ भन्ने हुँदैन, र यसको अर्थ तँ परमेश्वरमा समर्पित हुने व्यक्ति होस् भन्ने हुँदैन। जब तँ अगुवाका रूपमा छनौट हुन्छस् र तैँले त्यो हैसियत प्राप्त गर्छस्, तब तँ प्रकाश हुनेछस्। किन? तैँले हैसियत पाएपछि मनपरी गर्नेछस्, सबै कुराको कमान लिनेछस्, पूर्ण प्रभुत्व जमाउनेछस्, र स्वतन्त्र राज्य स्थापना गर्नेछस्; तैँले उग्रताका आधारमा, आफ्ना भ्रष्ट स्वभावका आधारमा, र आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूका आधारमा कार्य गर्नेछस्। त्यसकारण, तँ अझै पनि प्रयोग गर्न लायक हुँदैनस्। अहिलेसम्म, उनान्सय प्रतिशत मानिसहरू यस्तो प्रकारको स्थिति र अवस्थामा छन् भनेर भन्न सकिन्छ। धेरैजसो मानिसले वर्षौँ आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि र बाहिरी रूपमा तुलनात्मक रूपमा आज्ञाकारी र असल व्यवहार देखाएका भए पनि, के यसको अर्थ तिनीहरूसँग उप्रान्त भ्रष्ट स्वभावहरू नै हुँदैनन् भन्ने हुन्छ? (हुँदैन।) तिनीहरूको व्यवहार उप्रान्त संयमहीन हुँदैन, बाहिरी रूपमा तिनीहरू असल व्यवहार गर्छन्, र तिनीहरूमा थोरै भए पनि सन्तको शिष्टता छ जस्तो देखिन्छ, तर तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सक्रिय रूपमा सत्यता खोजी नगर्ने हुनाले तिनीहरूका भ्रष्ट स्वभावहरू अलिकति पनि परिवर्तन भएका हुँदैनन्। जब तिनीहरूको काममा समस्याहरू देखा पर्छन्, तब चाहे तिनीहरूलाई अगुवाहरूले वा माथिले काट-छाँट गरून्, तिनीहरूले बढीमा यस्तो सोच्छन्, “ठीक छ, तिनीहरूले मलाई यो कुरा सच्याउन भने, म यसलाई सच्याउनेछु। म बस अलिक बढी कठिनाइ सहनेछु, अझै बढी समय खर्च गर्नेछु, र चाँडो गरेर यो काम फेरि दोहोर्याएर गर्नेछु।” तिनीहरूमा यस्तो मनोवृत्ति र मानसिकता मात्रै हुन्छ। यसले सत्यताप्रतिको समर्पण प्रतिनिधित्व गर्दैन, र यसले साँचो समर्पण प्रतिनिधित्व गर्दैन। यो मानसिकता कहाँबाट आउँछ? यो कुरा परमेश्वरमाथिको मानिसहरूको विश्वासमा, तिनीहरूसँग सकारात्मक तृष्णा हुन्छ, असल मानिसहरू बन्ने तृष्णा हुन्छ, मानक अनुरूपका सृजित प्राणी बन्ने तृष्णा हुन्छ भन्ने तथ्यबाट आउँछ। यो चाहनाले मानिसहरूको दैनिक जीवनमा र तिनीहरूको कर्तव्य निर्वाहमा यस्तो प्रकारको मानसिकता ल्याउँछ; मानव भाषामा भन्दा, यो यस्तो हुन्छ: “समस्या पैदा नगर्, हामी सबैले सही व्यवहार गरौँ।” “सही व्यवहार” ले के जनाउँछ? के यो सत्यता सिद्धान्त हो? यसले तँलाई पालन गर्न, नियमहरू पालन गर्न, र समस्या पैदा नगर्ने मात्र तुल्याउँछ। मानिसहरूका लागि न्यूनतम मापदण्ड यही हो, र यो सत्यता सिद्धान्त बन्न सक्ने अवस्थामा पुगेको हुँदैन। त्यसोभए सत्यता सिद्धान्त के हो त? यो त तैँले सक्रिय रूपमा परमेश्वरका अभिप्रायहरू खोजी गर्नुपर्छ भन्ने हो। जब तैँले भ्रष्ट स्वभावहरू प्रकाश गर्छस्, जब तँमा स्वार्थी चाहनाहरू जाग्छन् वा जब तँमा उग्रता प्रकट हुन्छ, जब भ्रष्ट स्वभावहरूले तँमा एउटा स्थिति पैदा गर्छन्, तब तैँले यी प्रकटीकरणहरूलाई सक्रिय रूपमा परमेश्वरका वचनहरूसँग तुलना गर्नुपर्छ। परमेश्वरको अन्तर्दृष्टि, मार्गदर्शन, सहयोग, साथ, र परमेश्वरका वचनहरूको कडा न्याय र सजाय समेतद्वारा, तँ अलिअलि गर्दै परमेश्वरका वचनहरूप्रतिको आफ्नो मनोवृत्ति परिवर्तन गर्छस्, परमेश्वरका वचनहरूलाई स्वीकार गर्ने तेरो स्तर झन्-झन् उच्च हुँदै जान्छ, र तँ परमेश्वरका वचनहरूलाई झन्-झन् बढी अनुमोदन गर्छस् र आमेन भन्छस्। त्यसपछि तैँले परमेश्वरका वचनहरूलाई आफूभित्र स्वीकार गर्छस्, भ्रमपूर्ण विचार र दृष्टिकोणहरू त्याग्छस्, र उप्रान्त मानिसको उत्तराधिकारलाई पक्रिराख्दैनस्; तँ सत्यता स्वीकार गर्न सक्ने हुन्छस्, र आफ्नो वरिपरिका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न सक्ने, र परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार मानिस, घटना, र कामकुराहरूप्रतिको तेरो दृष्टिकोण, अडान, र हेराइलाई परिवर्तन गर्न सक्ने हुन्छस्। तेरा भ्रष्ट स्वभावहरू समाधान गर्ने मार्ग यही हो। त्यसोभए के अहिले तिमीहरूसँग यस्तो प्रकारको सक्रिय अभ्यास छ त? मलाई लाग्छ, उनान्सय प्रतिशत मानिसहरूसँग छैन। धेरैजसो मानिसहरूका अनुभवात्मक गवाही लेखहरू तिनीहरूलाई निश्चित तरिकाले कार्य गर्न बाध्य गर्ने वातावरण अनुभव गर्ने अनि आफ्नो व्यवहारमा “परमेश्वरप्रतिको समर्पण” हासिल गर्नेबारे हुन्छन्। तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्ने सोच्दै आफूसँग निकै प्रसन्न हुन्छन्। तैँले गवाही लेखेको भए पनि, यो वास्तवमा घमण्ड गर्ने, आफ्नो गवाही दिने, र आफूलाई स्थापित गर्ने कार्यसँग सम्बन्धित हुन्छ: “हेर्नुहोस्, मसँग गवाही छ। मैले परमेश्वरलाई निराश तुल्याइनँ। म यो वातावरणमा आफ्नो कर्तव्यमा दृढ रूपमा लागिरहेँ!” अरू मानिसहरूका अनुभवात्मक गवाहीका लेखहरू, काट-छाँटमा परेपछि, तिनीहरूले कसरी चिन्तन गरे र तिनीहरू झाराटारुवा रहेछन् र तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पारेका रहेनछन्, र अहिले तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन् भन्ने बुझाइमा पुगे भन्ने बारेमा हुन्छन्। केही समय तिनीहरूले पश्चात्ताप देखाए पनि, र तिनीहरू उप्रान्त झाराटारुवा छैनन् जस्तो देखिए पनि, के तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन भएका हुन्छन्? हुँदैनन्। पर्दा पछाडि, तिनीहरू अझै पनि अत्यन्तै अहङ्कारी र घमण्डी हुन्छन्। तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने अडान, दृष्टिकोण, र हेराइहरू परमेश्वरका वचनहरूमा पटक्कै आधारित हुँदैनन्। त्यसकारण तिनीहरूका भ्रष्ट स्वभावहरू पटक्कै परिवर्तन हुन थालेका हुँदैनन्! त्यसोभए, तैँले उल्लेख गर्ने परिवर्तन के हो? यो व्यवहार, जीवनशैली, र सायद तैँले अरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने ढङ्ग, अभिव्यक्तिको शैली, र तरिकामा आएको परिवर्तन मात्रै हो। तेरो आस्था पनि अझ दह्रिलो भएको हुन्छ; तैँले विभिन्न वातावरणहरूमा धेरै पटक काट-छाँटका घटना भोगेपछि सत्यता खोजी गर्न सक्छस्, र अहिले धेरै सत्यता बुझ्छस्, र परमेश्वरलाई पछ्याउने तेरो सङ्कल्प पहिलेको भन्दा दृढ भएको छ—यी सबै पक्षहरू परिवर्तन भएका छन्। यी परिवर्तनहरूले मानिसहरूलाई मुक्ति प्राप्त गर्नमा अझै बढी आत्मविश्वास दिन्छन्, सत्यता पछ्याउन अझै इच्छुक बनाउँछन्, र परमेश्वरलाई पछ्याउनमा अझै आशावान र आशावादी बनाउँछन्। तिनीहरूको मार्गमा जस्तोसुकै परीक्षा वा सङ्कष्टहरू आइपरे पनि, तिनीहरू यति नकारात्मक बन्दैनन् कि तिनीहरूले आफ्नो आस्था नै त्यागून्। तर, यी सामान्य मानवतामा बाहिरी रूपमा जिइने कुराहरूमा आउने परिवर्तनहरू मात्रै हुन्। यी तुलनात्मक रूपमा सकारात्मक र सक्रिय विचार र दृष्टिकोणहरूले बिस्तारै मानिसहरूको हृदय ओगट्छन्। यी परिवर्तनहरू तिनीहरूको हृदय जागृत र पुनःजीवन्त भइरहेको छ भन्ने कुराका सङ्केत हुन्। अर्थात्, मानिसहरू अझै सक्रिय र उत्प्रेरित बन्छन्, र तिनीहरूले सकारात्मक कुराहरूको अझै धेरै तृष्णा गर्छन्, र परमेश्वरका वचनहरू, उहाँको काम, र उहाँका मागहरू पछ्याउनमा अझै बढी आत्मविश्वासी हुन्छन्। स्वाभाविक रूपमै, तिनीहरूसँग परमेश्वरले गरिरहनुभएको सबैभन्दा महत्त्वपूर्ण कामबारे—मानिसहरूलाई मुक्ति दिने कामबारे पनि झन् स्पष्ट अवधारणा हुन्छ। यी अवस्थाहरूका आधारमा हेर्दा, धेरै मानिसहरूले पहिलेको भन्दा अझै व्यावहारिक तरिकाले, अझै नियम पालना गर्ने तरिकाले, र अझै आज्ञाकारी ढङ्गले आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरूको कर्तव्यको दक्षतामा सुधार आउँछ, विशेष गरी प्राविधिक काममा, जुन अब झन् छिटो अघि बढ्छ। तिनीहरू पहिले जत्तिको सुस्त हुँदैनन्, जब केही दिन लाग्ने कार्यहरू एक हप्ता वा त्योभन्दा बढी समयसम्म लम्बिरहन्थे—अब केही दिनमा मात्रै पनि नतिजाहरू देखा पर्छन्। अवश्य नै, यो राम्रो खबर हो। तर खराब खबर के हो त? तिमीहरूले प्रकाश गर्ने र प्रदर्शन गर्ने कुराहरू व्यवहार, सोचाइ, र मानसिकतामा आउने परिवर्तनहरू, र तिमीहरूको अवचेतनमा तुलनात्मक रूपमा सकारात्मक, सक्रिय, र आशावादी केही तत्त्वहरू जागृत भइरहेका केही सङ्केतहरू मात्रै हुन्। तर, यी सङ्केतहरूले तिमीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन हुन थालेका छन् भन्ने अर्थ दिँदैनन्। यो खबर त्यति राम्रो छैन, होइन र? (अहँ, छैन।) यो त्यति राम्रो नभए पनि, यो भ्रष्ट मानवजातिलाई मुक्ति हासिल गर्नका लागि अपरिहार्य प्रक्रिया हो। मानिसहरू यति दयनीय र कमजोर, यति अपरिपक्व हुन्छन्, र तिनीहरूको जीवन प्रवेशको गति र तिनीहरूका भ्रष्ट स्वभावहरू फाल्ने गति यति सुस्त हुन्छ। यस्तो सुस्त गतिको आधारभूत कारण के हो भने यस्तो मानवजातिमा सत्यता स्वीकार गर्ने सामर्थ्यको कमी हुन्छ, र तिनीहरू सत्यता, सकारात्मक कुराहरू, र परमेश्वरबाट आउने कुनै पनि कुराप्रति यति बोधो हुन्छन्।
कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको दश, बीस, वा तीस वर्षभन्दा बढी भएको हुन्छ, तैपनि यति धेरै वर्षपछि, तिनीहरूले आफू आफ्नो बाहिरी व्यवहारमा अलिक परिवर्तन भएका छन् र हृदयमा थोरै चेतना अनुभव मात्रै गरेका छन्, तर तिनीहरूका भ्रष्ट स्वभावहरूमा आधारभूत परिवर्तन आएको छैन भन्ने कुरा अहिले मात्रै महसुस गर्छन्। कतिपयले, आफूमा केही व्यवहारगत परिवर्तनहरू देख्दा, यो जीवन स्वभाव परिवर्तन हो भन्ने सोच्छन् र अरूको अघि यसो भनेर फुइँ समेत लगाउँछन्, “हेर त, के मेरो जीवन स्वभाव परिवर्तन भएको छैन र?” वास्तवमा, तँ व्यवहारमा मात्रै परिवर्तन भएको हुन्छस्; तँसँग स्वभाव परिवर्तनका वास्तविक प्रकटीकरणहरू हुँदैनन् र तैँले सामान्य मानवता जिएको हुँदैनस्। त्यसोभए, तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने कुरा कसैले कसरी थाहा पाउन सक्छ? यो अनुहार हेरेर थाहा पाइने कुरा होइन; यो कुरा कसैले तेरो बाहिरी रूप हेरेर, तैँले भनेको कुरा सुनेर, तैँले आफ्ना सङ्कल्प र चाहनाहरू व्यक्त गरेको सुनेर पत्ता लगाउन त झनै सक्दैन—सङ्कल्प र चाहनाहरू सबैभन्दा खोक्रा कुराहरू हुन्। त्यसोभए कसैले कसरी थाहा पाउन सक्छ त? तँलाई कसैले प्रोत्साहन नदिई, सुपरिवेक्षण नगरी, वा तँलाई साथ र सहयोगसमेत नगरी, तँसँग हरेक मामलालाई परमेश्वरका वचनहरू अनुसार हेर्ने र सम्हाल्ने मार्ग र क्षमता छ कि छैन, र तैँले गर्ने सबै कुरामा आफूलाई संयमित गर्नका लागि तँसँग परमेश्वरका वचनहरू तेरो हृदयमा तेरो जीवनका रूपमा छन् कि छैनन् भन्ने कुरालाई हेरेर यो कुरा पत्ता लगाउन सक्छ। यदि तँ यो स्तरमा पुगेको छैनस् भने, हामी योभन्दा तल्लो स्तरबारे कुरा गरौँ: तँसँग आफूले गर्ने र भन्ने सबै कुरामा सिद्धान्तका रूपमा परमेश्वरका वचनहरू प्रयोग गर्ने सचेतना छ कि छैन। यदि तैँले यो कुरा हासिल गर्न सक्दैनस् भने, दुःखको कुरा, तँसँग जीवनका रूपमा सत्यता छैन। तेरा भ्रष्ट स्वभावहरू अझै पनि तेरो जीवन हुन्; तिनले अझै पनि तँलाई कुनै पनि बेला, कुनै पनि ठाउँमा नियन्त्रण गर्न सक्छन्, तेरो अभिज्ञता अनि तेरा विचार र दृष्टिकोणहरूमा प्रभुत्व जमाउन सक्छन्। कुनै पनि बेला, कुनै पनि ठाउँमा, तैँले कुनै पनि व्यक्ति, घटना, वा कामकुरालाई आफ्ना भावना, मुड, चाहना, मूल्याङ्कन, दृष्टिकोण, र प्राथमिकताहरूका आधारमा व्यवहार गर्नेछस् र सम्हाल्नेछस्। तँ अझै पनि ठूलो खतरामा हुन्छस्; तैँले अझै पनि आत्मनिर्भर रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्, र तँ आत्मनिर्भर रूपमा जिउन सक्दैनस्—तँ सधैँ अरूमा भर पर्नुपर्छ, र अरूको आडविना, तँ ढल्नेछस्। यसको अर्थ तेरो कद अत्यन्तै सानो छ भन्ने हुन्छ; यसले तैँले आफ्नो जीवनका रूपमा सत्यता प्राप्त गरेको छैनस् भन्ने कुरा प्रमाणित गर्छ। जीवनका रूपमा सत्यता प्राप्त नगर्नुको अर्थ के हो? यसको अर्थ तँसँग खराब कामकुराहरू गर्न वा ठूला गल्तीहरू गर्नबाट तँलाई रोक्ने एक-दुई वटा सिद्धान्तहरू मात्रै छन्। अर्थात्, जब तेरो चेतना सामान्य हुन्छ, र कसैले पनि तँलाई उक्साउने वा भड्काउने गरिरहेको हुँदैन, तब तैँले कदापि जानी-जानी परमेश्वरको निन्दा गर्नेछैनस्, परमेश्वरलाई सराप्नेछैनस्, वा मण्डलीको काममा अवरोध र बाधा दिनेछैनस्। तर, तैँले जानी-जानी त्यसो गर्नेछैनस् भन्नुको अर्थ तँ त्यसो गर्न असमर्थ छस् भन्ने हुँदैन; तैँले सक्रिय रूपमा त्यसो नगर्न सक्छस्, तर तैँले अझै पनि निष्क्रिय रूपमा त्यसो गर्न सक्छस्। यहाँ निष्क्रिय रूपमा भन्नाले केलाई जनाउँछ? यसको अर्थ तेरा भ्रष्ट स्वभावहरू कुनै पनि बेला तँलाई नियन्त्रण गर्न र तँलाई जेसुकै भन्न र गर्न लगाउन, र कुनै पनि बेला कुनै व्यक्ति वा मामलालाई भ्रमपूर्ण दृष्टिकोणले हेर्न लगाउन, अनि त्यसपछि कुनै मामिला वा कुनै प्रकारको व्यक्तिलाई सम्हाल्नका लागि तेरा भ्रष्ट स्वभावहरू प्रयोग गर्न लगाउन सक्छ। उदाहरणका लागि, मानौँ तैँले कुनै गलत काम गरेको छस् र तैँले माथिलाई, अगुवाहरूलाई, वा अरू कसैलाई यो कुरा थाहा दिनु हुँदैन भन्ने सोच्छस्। यसको पछाडिको कारण जेसुकै भए पनि, तँसँग तेरा आफ्नै दुष्ट विचारहरू हुन्छन्, त्यसकारण तँ यसलाई लुकाउँछस् र केही भन्दैनस्। यहाँ तेरा भ्रष्ट स्वभावहरूले हैकम जमाउँछन् कि सत्यताले? स्पष्ट रूपमा नै, तेरा भ्रष्ट स्वभावहरूले नै हैकम जमाउँछन्। तेरा भ्रष्ट स्वभावहरूले तँमाथि प्रभुत्व जमाउँछन्, जसले गर्दा तँ तिनलाई लुकाउँछस् र केही भन्दैनस्, र तँ उम्कन सक्दैनस्। उम्कन नसक्नु भनेको के हो? यसको अर्थ तँ आफूले बुझेका सत्यताहरू अभ्यास गर्न इच्छुक भए पनि, तँसँग त्यसो गर्ने सामर्थ्यको कमी हुन्छ; तँ आफ्ना भ्रष्ट स्वभावहरूलाई बस जित्नै सक्दैनस्। यसको अर्थ तँ समस्यामा छस्; तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यदि तँ कुराहरू लुकाउन र अरूलाई छल्न चाहन्छस् भने, तँ लुकाउने र छल गर्ने कार्यहरू गर्न, विशेष गरी माथिसँग यसो गर्न, असल समाचार मात्रै रिपोर्ट गर्न तर खराब समाचार रिपोर्ट नगर्न, माथिकालाई छल गर्न र तलका मानिसहरूबाट कुराहरू लुकाउनसमेत एकदम सक्षम छस्। तँ भन्छस्, “म सत्यतालाई साँच्चै प्रेम गर्छु, र म सत्यता अभ्यास गर्ने व्यक्ति हुँ। म परमेश्वरले बोल्नुहुने हरेक सत्यतालाई ध्यान दिएर टिपोट गर्छु, मनन गर्छु, र सारांश गर्छु, त्यसपछि यसलाई वास्तविक जीवनमा अभ्यास गर्छु।” तँ यसरी सोच्छस्, तँसँग यो चाहना हुन्छ, तर यसको अर्थ तैँले सत्यता अभ्यास गरेको छस् भन्ने हुँदैन। किन? किनभने तँभित्र तेरो हृदय कब्जा गरिसकेका धेरै भ्रमपूर्ण विचार र दृष्टिकोणहरू हुन्छन्। परिणाम स्वरूप, भ्रष्ट स्वभावहरू तेरो जीवन बनेका हुन्छन्। तेरा भ्रष्ट स्वभावहरूले हैकम जमाइरहेका छन्, र तेरा विचार र व्यवहारमा हाबी छन्। तैँले सत्यता अभ्यास गर्न चाहे पनि, त्यो व्यर्थ हुन्छ; तैँले आफूलाई त्यसो गर्न लगाउन सक्दैनस्। त्यसकारण, यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छैनन् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले सिद्धान्तहरू अनुसार कार्य गर्नु असम्भव हुन्छ—तँ सक्रिय रूपमा र खुलस्त रूपमा परमेश्वरलाई गलत ठहराउन, उहाँको प्रतिरोध गर्न, वा ईश्वरनिन्दा गर्नबाट जोगिन सक्छस् भने, यो पहिले नै निकै राम्रो कुरा हो। तर, तेरो हृदयमा भ्रष्ट स्वभावहरूले शासन गरिरहेका हुने हुनाले, तँ परमेश्वरविरुद्ध विद्रोह नगरी र उहाँको प्रतिरोध नगरी बस्न सक्दैनस्। सायद तँ सोच्छस्, तँ आफू निष्क्रिय हुने परिस्थितिहरूमा वा हताश क्षणहरूमा मात्रै माथिलाई छल गर्ने र माथिबाट कुराहरू लुकाउने र परमेश्वरलाई छल गर्ने प्रयास गर्छस्, र हताशका क्षणहरूमा मात्रै मानिसहरूलाई दमन गर्छस् वा उग्रता प्रकाश गर्छस् भन्ने तँलाई लाग्छ होला। के यो साँच्चै नै क्षणिक हताशका क्षणहरूका कारण मात्रै हुन्छ त? अहँ, यो तेरा गहन रूपमा जरा गाडेर बसेका भ्रष्ट स्वभावहरूले हैकम जमाउनुको नतिजा हो। यो अपरिहार्य कुरा हो। यो किन अपरिहार्य हुन्छ? किनभने तैँले बुझ्ने सत्यताहरू तेरा लागि एक प्रकारको इच्छुकता, एक प्रकारको विश्वास मात्रै हुन्; ती अझै तेरो जीवन बनिसकेका हुँदैनन्। तँसँग ज्ञान भए पनि वा तेरो क्षमता उच्च वा न्यून भए पनि, कम्तीमा पनि, सत्यता तेरो जीवन बनेको हुँदैन। अर्थात्, तँभित्र सत्यताले हैकम जमाइरहेको हुँदैन; तँभित्र हैकम जमाइरहेका कुराहरू त शैतानी स्वभाव र शैतानका दर्शनहरू हुन्। जब तँ शैतानी स्वभावहरूको प्रभुत्वमा हुन्छस्, तब तँ शैतानी स्वभाव अनुसार जिइरहेको हुन्छस्, र तँ अझै पनि शैतानको प्रभावअन्तर्गत जिइरहेको हुन्छस्। जब तेरा स्वार्थ र गौरवमा हानि हुँदैन, जब तेरो हैसियत, ख्याति, र प्राप्तिमा कुनै असर पर्दैन, तब तँ अलिकति सत्यता अभ्यास गर्न इच्छुक हुन्छस्। तर तेरो ख्याति, प्राप्ति, हैसियत, वा गन्तव्य संलग्न हुनेबित्तिकै, तेरा भ्रष्ट स्वभावहरूले तँलाई दह्रिलो र कसिलो गरी पक्रिन्छन् र नियन्त्रण गर्छन्। तँसँग अझै पनि परमेश्वरप्रति कुनै साँचो समर्पण हुँदैन; तैँले परमेश्वर र सत्यतालाई धोका दिने सम्भावना अझै पनि शतप्रतिशत हुन्छ। यी घटनाहरूका आधारमा मूल्याङ्कन गर्दा, के तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् त? के ती फालिएका छन् त? के सत्यता तेरो जीवन बनेको छ? जब कुनै घटना घट्छ, तब यदि तैँले बुझेका सत्यताहरूले तेरा भ्रष्ट स्वभावहरूलाई जित्न सक्दैनन्, तेरा छनौट र चाहनाहरूलाई जित्न सक्दैनन्, तेरा कामना, महत्त्वाकाङ्क्षा, हैसियत, र प्रतिष्ठालाई जित्न सक्दैनन् भने, तैँले बुझेका सत्यताहरू तेरो जीवन होइनन्। जब सत्यता तेरो जीवन बन्छ, तब तँ स्वाभाविक रूपमै यी भ्रष्ट स्वभावहरूलाई जित्न सक्छस्। यदि तँ आफ्ना भ्रष्ट स्वभावहरूलाई जित्न सक्दैनस् भने, यसले सत्यताले अझै पनि तँभित्र हैकम जमाएको छैन, र यो अझै पनि तेरो जीवन बनेको छैन भन्ने देखाउँछ। तँ सत्यतालाई प्रेम गर्छस् भनेर भन्छस्, तर यो तेरो तृष्णा र चाहना मात्रै हो; त्यसले तेरो जीवन प्रतिनिधित्व गर्दैन। सामान्य मानवता भएका सबै मानिसहरूमा सकारात्मक तृष्णा हुन्छ। के असल व्यक्ति बन्ने तृष्णा गर्नुको अर्थ तँ असल व्यक्ति होस् भन्ने हुन्छ? (हुँदैन।) के सत्यता, निष्पक्षता, र धार्मिकतालाई प्रेम गर्नुको अर्थ तँसँग सत्यता, निष्पक्षता, र धार्मिकता छ भन्ने हुन्छ? अहँ—तँसँग यी कुराहरू हुँदैनन्, तँ ती कुराहरूको तृष्णा मात्रै गर्छस्। तृष्णाले के जनाउँछ? (व्यक्तिको सुन्दर चाहना।) हो, यो त चाहना मात्रै हो। तैँले वास्तवमा आफूलाई आचरणमा कसरी ढाल्छस् भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन, हुन्छ र? (हुँदैन।)
के तिमीहरूसँग अहिले तिमीहरूको जीवनका रूपमा सत्यता छ? (छैन।) तँसँग तेरो जीवनका रूपमा सत्यता छ कि छैन भनेर कसरी पत्ता लगाउन सकिन्छ? तेरा स्वार्थहरू सत्यतासँग बाझिँदा, तेरा स्वार्थहरूले घाटा वा खतरा भोग्न लाग्दा, तैँले बुझ्ने सत्यताहरूले तेरा भ्रष्ट स्वभावहरूलाई जित्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई हेरेर यो कुरा पत्ता लगाउन सकिन्छ। यदि तिनले त्यसो गर्न सक्छन् भने, तँ जीवनका रूपमा सत्यता भएको व्यक्ति होस्। यदि तिनले त्यसो गर्न सक्दैनन् भने, यसले तेरो कद अत्यन्तै सानो छ भन्ने प्रमाणित गर्छ। कति सानो? तँसँग तेरो जीवनका रूपमा सत्यता छैन। वास्तविकता यही हो। कतिपय मानिसहरू भन्छन्, “यदि हामीसँग हाम्रो जीवनका रूपमा सत्यता छैन भने, हामीले किन परमेश्वरको घरमा आफ्ना कर्तव्य पूरा गर्नका लागि सबै कुरा त्याग्न सक्छौँ त? हामीले किन अझै पनि परमेश्वरका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ त?” कतिपयले यसो समेत भन्छन्, “मसँग पहिल्यै केही अर्पण छ; मलाई विजेता बनाइसकिएको छ।” वास्तवमा, त्यस्ता अभिव्यक्तिहरू मानिसहरूका धारणा र कल्पनाहरूले दूषित हुन्छन्। मानिसहरूमा सङ्कल्प र आकाङ्क्षाहरू हुनु गलत कुरो होइन। ज्योति, इन्साफप्रतिको मानिसहरूको तृष्णा, साथै सत्यता पछ्याउने, मुक्ति प्राप्त गर्ने, र इत्यादि कुराको तृष्णा—यी सुन्दर चाहनाहरूले तिनीहरूको सचेतना, तिनीहरूले हिँड्ने मार्गको दिशा, र अवश्य नै, तिनीहरूका केही व्यवहार, र बाहिरी रूपमा, तिनीहरूको आनीबानी र तिनीहरूको जीवनशैलीका केही पक्षहरूलाई परिवर्तन गर्न सक्छन्। यहाँ परिवर्तनले के जनाउँछ? उदाहरणका लागि, मानौँ हाल तँसँग आस्था छ, तेरो स्थिति अत्यन्तै असल छ, तँ नकारात्मक छैनस्, र तेरो कर्तव्य निकै सहज रूपमा अघि बढिरहेको छ। फलस्वरूप, तँलाई तँ निकै बफादार छस्, र तँसँग मुक्ति प्राप्त गर्ने आफ्नो इच्छा पूरा गर्ने आशा छ, र तँलाई कुनै पनि कष्ट सहनुपर्दा ठिकै हुन्छ भन्ने लाग्छ। तर असल समयहरू टिक्दैनन्। आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा, तैँले केही गतिरोध र असफलताहरू सामना गर्छस्, तँ काटछाँटमा पर्छस्, धेरै घुमौरो बाटो हिँड्छस्, र तँलाई ख्रीष्ट-विरोधीहरूले बहकाउँछन् र दमन समेत गर्छन्, तैँले धेरै पीडा भोग्छस्। त्यसपछि तँलाई हृदयमा असहजता हुन्छ। तैँले सत्यता बुझेको हुँदैनस्, यी कुराहरू किन घटेका हुन् भन्ने तँलाई थाहा हुँदैन, र परमेश्वरलाई प्रार्थना गरेर तैँले कुनै उत्तर प्राप्त गर्दैनस्, त्यसकारण तँ हैरान हुन्छस्। निकै हदसम्म, यी कुराहरू घट्दा यसले सत्यता र ज्योतिको तृष्णा गर्ने तेरो सङ्कल्पमा निश्चित आघात पुऱ्याउँछ र बरबादी ल्याउँछ। यो बरबादी भोगेपछि, तँलाई कर्तव्य पूरा गर्नुको कुनै अर्थ छैन भन्ने महसुस हुन्छ, उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न मन लाग्दैन। के भइरहेको छ? तँ कसरी यति छिटो परिवर्तन भइस्? तँ किन पहिलेको भन्दा पूर्ण रूपमा फरक व्यक्तिझैँ बनेको छस्? यदि तँसँग कद भएको भए, र तँसँग आफ्नो जीवनका रूपमा सत्यता भएको भए, तेरो अर्पण परिवर्तन हुनेथिएन। तर तँसँग तेरो जीवनका रूपमा सत्यता नभएकाले, तेरो भित्री स्थिति, मानसिकता, र परमेश्वरमा विश्वास गर्ने र आफूलाई समर्पित गर्ने तेरो जोस सधैँ अस्थिर हुन्छ र तिनमा उतारचढाव भइरहन्छन्। सबै कुरा सहज रूपमा अघि बढ्दा र तँ राम्रो मुडमा हुँदाको अवधिमा, तँसँग जोस हुन्छ, प्रार्थनाको बेला तँसँग भन्नका लागि कुरा धेरै हुन्छ, तँ परमेश्वरका वचनहरू पढ्न इच्छुक हुन्छस्, तैँले आफ्नो कर्तव्यमा निकै मेहनत गर्छस्, र व्यस्त वा थकित हुँदा, र कुनै पनि कष्ट भोग्दा तँ ठीकै हुन्छस्। तर परिस्थिति अलिक प्रतिकूल बन्ने बित्तिकै, तँ नकारात्मक र कमजोर बन्छस्, र तैँले आफ्नो कर्तव्य पूरा गर्ने जोस गुमाउँछस्। जब तैँले एक छाक खाना छुटाउँछस् वा अलिक कम सुत्न पाउँछस्, तब तँलाई यो ठूलो कष्ट हो भन्ने लाग्छ, र तेरो हृदयमा गुनासाहरू पैदा हुन्छन्: “म किन कष्ट भोग्ने? मैले आफ्नो कर्तव्य पूरा गरेर पैसा समेत कमाउँदिनँ, र यो सार्थक पनि छैन!” हेर् त, तेरो मानसिकता पूर्ण रूपमा फरक छ। यस्तो ठूलो परिवर्तन किन आएको हो? किनभने तँसँग तेरो जीवनका रूपमा सत्यता छैन, र तेरा भ्रष्ट स्वभावहरू अझै पनि तँभित्र अवस्थित हुन्छन्। जब मानिसहरू उत्साहित हुन्छन्, तब तिनीहरूलाई परमेश्वरप्रति कुनै महत्त्वाकाङ्क्षा वा चाहना, वा मागहरू नभएझैँ लाग्छ। वास्तवमा, तिनीहरूका भ्रष्ट स्वभावहरूले अझै पनि तिनीहरूभित्र हैकम जमाएका हुन्छन्; यी कुराहरू अपरिवर्तित नै रहन्छन्। जब मानिसहरू सकारात्मक हुन्छन्, तब तिनीहरू अत्यन्तै उत्साहित र निकै जोसिला हुन्छन्, र कसैले पनि तिनीहरूलाई रोक्न सक्दैन। जब तिनीहरू नकारात्मक हुन्छन्, निस्तेजझैँ हुन्छन्, कसैले पनि तिनीहरूलाई माथि उठाउन सक्दैन। तिनीहरू सधैँ चरमतामा जान्छन्, र पूर्ण रूपमा अस्थिर हुन्छन्। यसले तिनीहरूको सामान्य मानवतामा केही कुराको कमी छ भन्ने देखाउँछ। तिनीहरूमा के कुराको कमी हुन्छ? तिनीहरूमा जीवनको रूपमा सत्यताको कमी हुन्छ—कुरा त्यही हो। तेरो स्थितिमा उतारचढाव भइरहन्छ, एक क्षण नकारात्मक र अर्को क्षण सकारात्मक हुन्छ। यसको कारण के हो? समस्या पैदा गर्ने तेरा भ्रष्ट स्वभावहरू नै हुन्। आज तिनले तँलाई एउटा कुरा सोच्न लगाउँछन्, भोलि अर्को कुरा; जे भए पनि, यी विचारहरू सधैँ तेरा चाहनाहरू, तेरो उग्रता, र तेरो वर्तमान स्थिति, मुड, र संवेगहरू अनुरूपका हुन्छन्। तर मानिसहरूभित्र सत्यता हुँदा यो कुरा फरक हुन्छ। यदि सत्यता तेरो जीवन बन्यो भने, त्यसले तँलाई आफूले गर्ने कुराको सही र साँचो परिभाषा प्राप्त गर्न सधैँ सक्षम बनाउनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। तँमा उतारचढाव भइरहनेछैन, र तँ एउटा असफलता र गिराइका कारण, वा थोरै काटछाँट वा थोरै गतिरोधका कारण नकारात्मक बन्नेछैनस् र दलदलमा फस्नेछैनस्। न त तँ यति सकारात्मक नै हुनेछस् कि तैँले तीन दिन-तीन रात जागा बस्ने जोसिलो युवाले जस्तो व्यवहार गर्नेछस्। बरु, तँसँग सामान्य चेतना हुनेछ। होइन र? (हो।) मानिसहरूले सत्यता बुझेपछि र सत्यता तिनीहरूको जीवन बनेपछि, तिनीहरू दर्शनहरूबारे स्पष्ट हुन्छन्। तिनीहरूले किन परमेश्वरलाई पछ्याउनुपर्छ, किन आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता नतिजाहरू हासिल गर्नुपर्छ, र यी कष्ट सहनुको उद्देश्य, महत्त्व, र मूल्य के हो भन्ने तिनीहरूलाई थाहा हुन्छ। तिनीहरू अन्योलता वा अस्पष्टताबिना, हृदयमा यी सबै सत्यता सिद्धान्त राम्ररी बुझ्छन्। र त्यसकारण, तिनीहरूले स्वेच्छाले र गुनासोविना कष्ट भोग्छन्, तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूसँग नियम र सिद्धान्तहरू हुन्छन्, र तिनीहरूले परमेश्वरमाथिको आस्था कहिल्यै गुमाउँदैनन्; जब तिनीहरूलाई नकारात्मक महसुस हुन्छ, तब तिनीहरू परमेश्वरबारे गुनासो गर्दैनन् वा उहाँलाई त्याग्दैनन्, र जब तिनीहरूलाई सकारात्मक महसुस हुन्छ, तब तिनीहरूसँग परमेश्वरप्रति कुनै थप मागहरू हुँदैनन्, र तिनीहरूको स्थिति अत्यन्तै सामान्य हुन्छ। के तिमीहरू अहिले यस्तै छौ? (छैनौँ।) त्यसोभए के गर्नुपर्छ त? (अबदेखि, हामी हाम्रा भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता पछ्याउनमा केन्द्रित हुनुपर्छ; अरू कुनै मार्ग छैन।) सत्यता पछ्याउनु बाहेक अर्को कुनै मार्ग छैन। म तँलाई भन्छु: यदि तँ सत्यता पछ्याउँदैनस्, र भ्रष्ट स्वभावहरूले सधैँ तेरो जीवनका रूपमा हैकम जमाउँछन् भने, तेरो गन्तव्य असल हुनेछैन; बढीमा, तँ श्रमिक बन्न पुग्नेछस्। तर यदि तैँले सत्यता पछ्याइस् भने, मुक्ति पाउने तेरो आशा ठूलो हुनेछ, र तैँले अन्ततः प्राप्त गर्ने आशिष्हरू पनि ठूला हुनेछन्। यदि तैँले सत्यता पछ्याइस् भने, तँ भ्रष्ट स्वभावहरूको बन्धनबाट स्वतन्त्र हुनेछस्, भ्रष्ट स्वभावहरू उप्रान्त तेरो जीवन हुनेछैनन्, र परिणाम स्वरूप तैँले मुक्ति पाउने आशा साँच्चै देख्नेछस्। यदि तँ सत्यता पछ्याउँदैनस्, र तेरा भ्रष्ट स्वभावहरू अनसुल्झा नै रहन्छन्, र तँ असल कुराहरू गर्न र दुष्कर्म नगर्नका लागि आत्म-नियन्त्रण र इच्छाशक्तिमा मात्रै भर पर्न चाहन्छस् भने, तँ यो मार्गको अन्त्यसम्म पनि पुग्न सक्छस् कि सक्दैनस् भनेर भन्न गाह्रो हुन्छ। बुझिस्? (बुझेँ।) परमेश्वरमा विश्वास गर्दा मानिसहरूले समाधान गर्नुपर्ने सबैभन्दा ठूलो समस्या के हो? (भ्रष्ट स्वभावहरू।) भ्रष्ट स्वभावहरूलाई समाधान गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तो नसोच्, “अहिले मैले परमेश्वरको घरमा पूर्णकालीन कर्तव्य पूरा गरिरहेको छु, आफूलाई पूर्णकालीन रूपमा समर्पित गरिरहेको छु, त्यसकारण म विजेता हुँ!” परमेश्वरले विजेताहरूको समूह बनाउने बारेमा कुरा गर्नुभएको छ—विजेताहरू भन्नुको अर्थ के हो? “यिनीहरू ती हुन्, जो थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउँछन्” (प्रकाश १४:४)। शब्दको सरल अर्थमा विजेताहरू यिनीहरू हुन्। व्यक्ति विजेता बनेर मात्रै सन्तुष्ट हुन सक्दैन। यो सरल अर्थमा विजेता हुनुको अर्थ व्यक्तिका भ्रष्ट स्वभावहरू फालिएका छन् भन्ने हुँदैन, र यसको अर्थ व्यक्तिसँग जीवनका रूपमा सत्यता छ भन्ने हुँदैन। अन्ततः मुक्ति पाउनेहरू विजेताहरू मात्रै होइनन्—यो कुरा त्यति सरल छैन। विजेताहरू दैहिक संसार, शैतान, दुष्ट प्रचलनहरू, र दुष्ट शासनहरूलाई जित्ने मानिसहरू मात्रै हुन्—विजेताहरू यही नै हुन्। यदि तँ केही सत्यता सिद्धान्तहरू मात्रै बुझ्छस्, र तैँले अस्थायी रूपमा देह र भावनाहरूलाई जित्न सक्छस्, वा तँ विभिन्न आधारहीन अफवाहहरूका बन्धनमा छैनस्, वा तँलाई दुष्ट मानिसहरू वा अविश्वासीहरूले बाधा दिँदैनन् भने, यसले अझै पनि विजेताको मानकलाई पूर्ण रूपमा पूरा गर्दैन। यी थोरै सानातिना अनुभवहरू मात्रै हुनुको ठूलो मूल्य हुँदैन। के बहुमूल्य हुन्छ त? आफ्नो जीवनका रूपमा सत्यता हुनु नै सबैभन्दा बहुमूल्य कुरा हो। व्यक्तिले कसरी सत्यतालाई आफ्नो जीवन बनाउन सक्छ? एउटै मात्र मार्ग छ: तैँले परमेश्वरका वचनहरू अझै धेरै पढ्नुपर्छ, र परमेश्वरका वचनहरूको अभ्यास र अनुभव अझै धेरै गर्नुपर्छ। यसरी मात्रै तैँले परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्न र सत्यतालाई आफ्नो जीवनका रूपमा पाउन सक्छस्। यदि तैँले आफ्नो सम्पूर्ण जीवन, आफ्नो दैनिक जीवन, र तैँले कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरूलाई मार्गदर्शन गर्न सत्यता प्रयोग गरिस् भने—यदि तैँले यसरी अभ्यास गरिस् भने—तँसँग सत्यता वास्तविकता हुनेछ। जब तँसँग सत्यता वास्तविकता हुन्छ, तब तेरो पुराना शैतानी स्वभावहरू पन्छाइनेछन्। तैँले कसरी कार्य गर्ने भनेर निर्णय गर्नुभन्दा पहिले, सुरुमा मनन गर्, “मैले सोचेको कुराले सत्यता सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दैन। मैले परमेश्वरका वचनहरूले के भन्छन् भनेर हेर्नैपर्छ।” यदि तैँले हरेक पटक यसरी मनन गरिस्, र यदि तैँले हरेक पटक परमेश्वरका वचनहरू अनुसार बोलिस् र अभ्यास गरिस् भने, के सत्यता तेरो जीवनमा अलि-अलि गर्दै प्रवेश गर्नेछैन र? थोपा-थोपा मिलेर सागर बन्छ। तेरो दैनिक जीवन, तेरा दृष्टिकोण, अस्तित्वको तेरो वर्तमान स्थिति, र तेरो स्थितिलाई परिवर्तन गर्न सत्यतालाई तेरो हृदयमा अलि-अलि गर्दै प्रवेश गर्न दे। तेरो स्थिति बिस्तारै परिवर्तन हुँदै जाँदा र यो राम्रो दिशामा विकसित हुँदै जाँदा, तैँले दुष्कर्म गर्ने र अवरोध र बाधाहरू दिने सम्भावना घटिरहनेछ, तैँले धाक लगाउने सम्भावना घटिरहनेछ, जबकि सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेबारे तेरा गवाहीहरू बढिरहनेछन्। जब सही र गलतका निर्णायक मामलाहरू देखा पर्छन्, तब सत्यता सिद्धान्तहरूले तेरा शैतानी भ्रष्ट स्वभावहरू, र तेरा व्यक्तिगत चाहना, प्राथमिकता, र योजनाहरूलाई जित्छन्। त्यसपछि मात्रै तँ साँचो विजेता, जीवनका रूपमा सत्यता भएको व्यक्ति, र मुक्ति प्राप्त गर्न सक्ने व्यक्ति बन्नेछस्। नत्र भने, यदि तैँले “यसरी व्यवहार गर्नु असल कुरा हो, म यी कुराहरू खुसीसाथ र स्वेच्छाले गर्छु र मसँग कुनै गुनासो छैन” भनेर सोच्दै आफ्ना प्राथमिकताहरूका आधारमा मात्रै काम गर्छस् भने, त्यसको के काम? तँसँग कुनै गुनासा छैनन्, तर तेरो अभ्यासका सिद्धान्तहरू के-के हुन्? तेरो अभ्यास पूर्ण रूपमा तेरा भ्रष्ट स्वभावहरूका प्राथमिकताहरू, गलत विचार र दृष्टिकोणहरू, स्वार्थी अभिप्रायहरू, महत्त्वाकाङ्क्षा र चाहनाहरू, भावनाहरू, र उग्रताबाट आउँछ—यो पूर्ण रूपमा तेरा भ्रष्ट स्वभावहरूद्वारा निर्देशित हुन्छ। यो भ्रष्ट स्वभावहरू प्रकाश गर्ने जीवन हो, सत्यता प्रकाश गर्ने जीवन होइन। परमेश्वरले यसलाई याद नगर्नुहुने मात्र होइन, तर उहाँले यसलाई दोषी पनि ठहराउनुहुनेछ। तेरो जियाइ, तैँले बोल्ने शब्द र गर्ने कुराहरू, र प्रकट गर्ने विचार र दृष्टिकोणहरू सबै सत्यता अनुरूप होऊन्; भ्रष्ट स्वभावहरूले पैदा गर्ने ती भ्रमपूर्ण विचार र दृष्टिकोणहरू तेरो हृदयमा झन्-झन् कम होऊन्; र तैँले हृदयमा सोच्ने कुरा र मामिलाहरूबारे तेरा दृष्टिकोणहरू सबै सत्यतासँग सम्बन्धित होऊन्, र सबै सत्यता अनुरूप होऊन् भनेर तैँले सक्दो प्रयास गर्नुपर्छ। तैँले यो पक्षलाई पछ्याउनुपर्छ र तँ यसमा केन्द्रित हुनुपर्छ, त्यसपछि तँभित्र झन्-झन् धेरै परिवर्तनहरू आउनेछन्, र तेरो स्थिति झन्-झन् राम्रो हुनेछ। अचेल, धेरै मानिसहरू शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तिनलाई स्पष्ट र तार्किक रूपमा व्यक्त गर्न सक्छन्, तर सत्यता वास्तविकताबारे कुरा गर्नुपर्दा, तिनीहरूसँग भन्नलाई केही हुँदैन, र तिनीहरूले अलिकति व्यावहारिक बुझाइ समेत व्यक्त गर्न सक्दैनन्। के भइरहेको छ? (हामीसँग सत्यता छैन।) तेरो जीवन अझै पनि भ्रष्ट स्वभावहरूको जीवन, शैतानको जीवन हो, र यो सत्यताको जीवन होइन।
के तिमीहरूले हामीले भर्खरै सङ्गति गरेको कुरा बुझ्यौ? यदि तिमीहरूले अहिलेसम्म पनि आफ्ना भ्रष्ट स्वभावहरू फालेका छैनौ र तिमीहरू अझै पनि भ्रष्ट स्वभावहरूअनुसार जिउँछौ भन्ने कुरा तिमीहरू साँचो रूपमा पहिचान गर्छौ भने, के तिमीहरू नकारात्मक बन्नेछौ? (अहिले भर्खरै, जब मैले परमेश्वरले हाम्रा भ्रष्ट स्वभावहरू परिवर्तन भएका छैनन् भनेर भनेको सुनेँ, तब मलाई हृदयमा ठूलो असमानता महसुस भयो, र मैले सोचेँ कि म यतिका वर्षदेखि निरन्तर परमेश्वरका वचनहरू खाँदै-पिउँदै आएकी छु, र निश्चित परिस्थितिहरूमा सत्यता अभ्यास गर्नमा केन्द्रित रहेकी छु—त्यसोभए मेरा भ्रष्ट स्वभावहरू किन अझै परिवर्तन भएका छैनन्? मलाई अलिक निराश र नकारात्मक महसुस भयो। तर परमेश्वरले मार्गदर्शन प्रदान गरेर अलि-अलि गर्दै सङ्गति गर्नुभएपछि, मैले केही बाहिरी असल व्यवहार मात्रै प्रदर्शन गर्दी रहेछु, तर मेरा भ्रष्ट स्वभावहरूले अझै पनि मभित्र हैकम जमाइरहेका छन् भन्ने बुझेँ; वास्तवमा कुनै परिवर्तन आएको छैन रहेछ। परमेश्वरले भन्नुभयो, कामकुरा गर्दा, मानिसहरूले सुरुमा मनन गर्नुपर्छ, र तिनीहरूका विचार जति नै असल भए पनि, तिनले सत्यता सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरूमा सत्यताले के भन्छ भनेर हेर्नैपर्छ, र तिनीहरूले कुनै काम गर्दा हरेक पटक परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न र अभ्यास गर्न तालिम लिनुपर्छ, त्यसपछि बिस्तारै तिनीहरूको स्थिति परिवर्तन हुनेछ। परमेश्वरको सङ्गति सुनेपछि, मैले फेरि आशा देखेकी छु जस्तो लाग्यो, र मलाई एउटा मार्ग छ भन्ने लाग्यो, र म उप्रान्त नकारात्मक भइनँ।) नकारात्मक हुनु गलत कुरा हो; तँ कुनै पनि परिस्थितिमा नकारात्मक हुनु हुँदैन। भ्रष्ट स्वभावहरू फाल्नु त मुक्ति प्राप्त गर्ने ठूलो मामला हो। कुनै कुरा जति भ्रष्ट स्वभाव हुन्छ, तँ यसलाई समाधान गर्न त्यति नै केन्द्रित हुनुपर्छ। तँ यसमा पूर्ण रूपमा समर्पित हुनुपर्छ र तैँले आफ्नो सारा ध्यान यसमा अर्पित गर्नुपर्छ। तँ नकारात्मक हुन मिल्दैन, र तैँले हरेस खान मिल्दैन। अहिले तिमीहरूले सत्यता पछ्याउनमा केन्द्रित हुन थाले पनि, कहिलेकहीँ कसरी अभ्यास गर्ने भन्ने तिमीहरूलाई अझै थाहा हुँदैन। अहिले तिमीहरूसँग अभ्यासको मार्गबारे कुरा गर्दा यो तिमीहरूको जीवन प्रवेशका लागि अझै फाइदाजनक हुन्छ, साथ-साथै, यसले तिमीहरूमा सङ्कटको बोध पैदा गर्न सक्छ, र तिमीहरूलाई सत्यतामा केन्द्रित हुन, र सत्यतालाई बुझ्न र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउन सक्छ। आत्मसन्तुष्ट नबन, र आफ्नो वर्तमान परिस्थितिमा सन्तुष्ट नबन। तिमीहरू आज्ञाकारी र असल व्यवहार गर्ने मात्रै बनेका छौ, र तिमीहरू पहिलाभन्दा अलिक समझदार छौ, तर तिमीहरू अझै पनि आफ्ना भ्रष्ट स्वभावहरू फाल्नबाट निकै टाढा छौ! तथ्यहरू स्पष्ट छन्, त्यसकारण नकारात्मक हुनुको के फाइदा? नकारात्मक हुनुले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। तैँले समस्या कहाँबाट उत्पन्न भएको हो भनेर पत्ता लगाउनुपर्छ र त्यसलाई त्यहीँबाट समाधान गर्ने प्रयास गर्नुपर्छ। अहिले सुरु गर्न धेरै ढिला भएको छैन। कहिले धेरै ढिला हुनेछ त? परमेश्वरको काम समाप्त हुँदा धेरै ढिला भइसकेको हुनेछ। के तिमीहरूसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने र सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्ने सङ्कल्प छ? (अब हामीसँग यो सङ्कल्प छ।) वास्तवमा, सत्यता वास्तविकतामा प्रवेश गर्नु गाह्रो छैन। यसबारे विचार गर, सत्यताबारे सङ्गतिका धेरै शब्दहरू बोलिएका छन्, र ती अत्यन्तै विस्तृत र निर्दिष्ट छन्। विषयवस्तु धेरै छ जस्तो देखिन्छ, तर सिद्धान्तहरू परिवर्तन हुँदैनन्, र अभ्यासको मार्ग परिवर्तन हुँदैन। जब तैँले भ्रष्ट स्वभाव प्रकाश गर्छस्, तब त्यो विचार वा सोचाइलाई सचेत रूपमा समात्, र हृदयमा मनन गर्, “यो भ्रष्ट स्वभाव हो, त्यसोभए मैले यसलाई कसरी समाधान गर्नुपर्छ? मैले यसलाई यसअघि समाधान गरेको छैनँ। मैले परमेश्वरमा विश्वास गरेको अत्यन्तै धेरै वर्ष भएको छ, तर म बाहिरी कार्यहरू र धाक लगाउने कार्यहरूमा मात्रै केन्द्रित भएको छु, र ममा अझै पनि भ्रष्ट स्वभावहरू छन् भन्ने तथ्यबारे मैले कहिल्यै मनन गरेको छैनँ। आज मैले अचानक मभित्र यस्तो विचार छ भन्ने पत्ता लगाएँ। यो विचार कहाँबाट आयो? भ्रष्ट स्वभावबाट। त्यसोभए यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ?” परमेश्वरलाई प्रार्थना गर् र सत्यता खोजी गर्, साथै तेरा वरिपरिका अनुभवी मानिसहरूलाई पनि सोध्; तिनीहरूले तँलाई सत्यताको खोजी गर्न र समस्या समाधान गर्न अगुवाइ गर्नेछन्। जब सबै जना सँगै हुन्छन्, तब तिमीहरूले एक-अर्कालाई साथ दिनुपर्छ र सहयोग गर्नुपर्छ, र एक-अर्काप्रति समझदार हुनुपर्छ। सबैको कद उही हो, र कसैले पनि अरूलाई उच्च मान्नु वा हेयको दृष्टिले हेर्नु हुँदैन। सबैले यसरी एक-अर्कालाई सहयोग र साथ दिएमा, र सबैको कद बिस्तारै बढेमा, र अन्त्यमा, तिमीहरू सबैले मुक्ति प्राप्त गरेर सँगै राज्यमा प्रवेश गरेमा, के त्यो राम्रो हुनेथिएन र? (हो।) ठीक छ, आजका लागि हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!
सेप्टेम्बर ९, २०२३