५. तपाईं प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर प्रभु येशूले भन्नुभयो, “किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ(यूहन्‍ना १६:७-८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको पुनरुत्थान र स्वर्गारोहणपछि, पेन्तिकोसको बेला मानिसमा काम गर्न, मानिसलाई पाप, र धार्मिकता, र न्यायको विषयमा हप्काउन पवित्र आत्मा ओर्लेर आउनुभयो। जबसम्म हामी आफ्ना पापहरू स्वीकार गर्छौं र प्रभुको सामु पश्चात्ताप गर्छौं, पवित्र आत्माद्वारा हामीलाई निन्दा र अनुशासन गरिनेछ, र यो प्रभुद्वारा गरिने हाम्रो न्याय हो। तपाईंले भन्नुभएको आखिरी दिनहरूको न्यायको काम र प्रभु येशूको कामको बीचमा के फरक छ?

उत्तर:

किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ(यूहन्‍ना १६:७-८), भन्ने प्रभु येशूका वचनहरूमा नै पूर्ण रूपमा आधारित भएर के तपाईं पवित्र आत्मा पेन्तिकोसको दिनमा मानिसमा काम गर्न र आखिरी दिनको न्यायको काम पूरा गर्नका लागि आउनुभयो भनी दाबी गर्ने हिम्मत गर्नुहुन्छ? के परमेश्‍वरको वचनमा यसको कुनै आधार छ? के प्रभुको वचनको त्यस्तो बुझाइ उहाँको इच्छाअनुरूप छ? प्रभु येशूले स्पष्ट रूपमा भन्नुभयो, “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४७-४८)। प्रभु येशूका वचनहरू सुस्पष्ट छन्: उहाँका कार्यहरू न्यायको काम थिएनन्, र आखिरी दिनहरूमा उहाँ फर्केर आउनुहुँदा मात्र उहाँले सत्यता व्यक्त गर्नुहुने र न्यायको काम गर्नुहुनेथियो। यसैले, अनुग्रहको युगको पवित्र आत्माको कामलाई लिनु र त्यसलाई परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम हो भन्नु गलत हो भनेर ढुक्‍क सँगले भन्‍न सकिन्छ। जब हामी आफ्ना पापहरू स्वीकार गर्न र पश्चात्ताप गर्न प्रभुको सामु आउँछौं, पीडाका आँसुहरू हाम्रा अनुहारमा बग्छ, त्यस बेला पवित्र आत्माले हामीलाई छोइरहनुभएको र दोष लगाइरहनुभएको हुन्छ। यसको अर्थ अनुग्रहको युगको पवित्र आत्माको काम प्रभावकारी भएको छ भन्ने हो। यो आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने कामभन्दा बिलकुल फरक हुन्छ। न्याय के हो भनी बुझ्नका लागि, हामी सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका दुई वटा खण्ड हेरौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “‘न्याय’ शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्‍नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा कुनै पनि मानवले यो गर्न सक्दैन। मानवजातिलाई जित्नका लागि न्यायचाहिँ सत्यताको प्रयोग भएको हुनाले, मानवका बीचका यस किसिमको काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। त्यसो भन्नुको अर्थचाहिँ, आखिरी दिनहरूका ख्रीष्टले, सारा संसारभरिका मानिसहरूलाई सिकाउन यो सत्यता प्रयोग गर्नुहुनेछ र तिनीहरूलाई सबै सत्यताहरू प्रकट गरिदिनुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

सर्वशक्तिमान् परमेश्‍वरले न्याय के हो र न्यायको कामको प्रभाव के हो भन्‍ने कुरालाई पर्याप्त रूपमा स्पष्ट पार्नुहुन्छ: सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम एकै पल्टमा सधैँका निम्ति मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने काम हो। यो केवल मानवजातिलाई हप्काउने र सराप्ने केही वचनहरू बोल्‍नु मात्र होइन, न त यो पाठका केही खण्डहरूको अभिव्यक्ति नै हो। यसको सट्टा, परमेश्‍वरले पर्याप्त मात्रामा वचनहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले सत्यताका विभिन्न पक्षहरू सबै व्यक्त गर्नुहुन्छ जसलाई मानिसले बुझ्नुपर्छ र जसमा आफ्नो शुद्धीकरण र मुक्तिका निम्ति प्रवेश गर्नुपर्छ, अनि उहाँले मानवजातिलाई उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुहुन्छ। परमेश्‍वरले अहिले प्रभु येशूले अनुग्रहको युगमा व्यक्त गर्नुभएको भन्दा सयौं, हजारौं गुणा बढी वचनहरू व्यक्त गर्नुभएको छ। परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको केन्द्रमा सत्यताको अभिव्यक्ति र मानवजातिको न्यायका वचनहरूको अभिव्यक्ति छ। उहाँले मानिसको पापी र परमेश्‍वर विरोधी शैतानी प्रकृति र स्वभावको न्याय गर्नुभएको छ र उदाङ्गो पार्नुभएको छ; उहाँले शैतानद्वारा मानवजातिलाई भ्रष्ट पारिएको तथ्य प्रकट गर्नुभएको छ; उहाँले परमेश्‍वरको पवित्र, धर्मी र उल्‍लङ्घन गर्न नसकिने स्वभाव प्रकट गर्नुभएको छ; र उहाँले हामीलाई सत्यताका विभिन्न पक्षहरू, जस्तै परमेश्‍वरको इच्छा र मानवजातिका लागि दिइएका मापदण्डहरू, साथसाथै कसले मुक्ति पाउनेछ र कसले दण्ड पाउनेछ त्यसको बारेमा बताउनुभएको छ। हामीले परमेश्‍वरका आखिरी दिनहरूको कामको अनुभव गरेका छौं, हामीले परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्यलाई बुझेका छौं, हामीले परमेश्‍वरप्रति शैतानको उग्र विरोधको शैतानी अनुहार स्पष्ट रूपमा देखेका छौं, हामीले शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएको सत्यता र सार बुझेका छौं, जसले परमेश्‍वरको विरोध र विश्‍वासघात गर्दछ। हामीसँग परमेश्‍वरको धर्मी स्वभाव, उहाँको शक्तिसम्पन्नता र बुद्धि, र उहाँसँग जे छ र जे हुनुहुन्छ त्यसको थोरै वास्तविक ज्ञान पनि छ। हामीभित्र एउटा हृदय जन्मेको छ जसले परमेश्‍वरको भय मान्छ, र हामी आफ्नो सर्म लुकाउने ठाउँ कतै नपाएर, हामी परमेश्‍वरको सामु जिउने योग्यका छैनौं भनी महसुस गर्दै, आफैलाई घृणा गर्दै र आफ्नो हृदयमा आफैलाई त्याग्दै भुइँमा लम्पसार पार्छौं। हामी बिस्तारै पापको बन्धनबाट स्वतन्त्र पारिन्छौं, हामी वास्तविक मानव स्वरूपमा जिउँछौं, र त्यस्ता मानिसहरू बन्छौं जो साँच्चै परमेश्‍वरसँग डराउँछन् र आज्ञापालन गर्छन्। हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको अनुभव गर्दा यस्तो प्रभाव हासिल हुन्छ—र यो काम मात्र परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने न्यायको काम हो।

अब हामी अनुग्रहको युगलाई हेरौं। प्रभु येशूले न्यायका केही वचनहरू बोल्नुभएको भए पनि—जुन वचनहरूले फरिसीहरूको निन्दा गरे र तिनीहरूलाई सरापे—उहाँले छुटकारा दिने काम मात्र गर्नुभयो, जसको केन्द्रमा क्षमादान थियो र मानिसहरूलाई पश्चात्ताप गर्न लाउनुभयो, र मानिसप्रति दया देखाउनुभयो, र मानिसलाई अनुग्रह प्रदान गर्नुभयो। त्यो कामको केन्द्रमा न्याय र मानिसको पापको शुद्धीकरण थिएन, यसैले प्रभु येशूले छुटकाराको काममा आधारित केही वचनहरू मात्र व्यक्त गर्नुभयो, हामीलाई पश्चात्ताप र पाप स्वीकार गर्न, कसरी विनम्र र धीरजी हुनुपर्छ, कसरी बप्तिस्मा लिनुपर्छ, कसरी क्रूस उठाउनुपर्छ, र दु:ख भोग्नुपर्छ, इत्यादि कुराहरू सिकाउनुभयो। प्रभुमा विश्‍वास गर्दा, हामीले आफ्ना पापहरूको क्षमा पाउन र व्यवस्थाद्वारा फेरि दोषी नठहरिन र नमारिनका निम्ति प्रभुको वचनअनुसार पाप स्वीकार र पश्चात्ताप मात्र गर्नुपर्थ्यो; यसरी हामी परमेश्‍वरसँग प्रार्थना गर्न र उहाँको अनुग्रह र आशिषहरूको आनन्द उठाउने योग्यका हुन्थ्यौं। अनुग्रहको युगको दौरान परमेश्‍वरको छुटकाराको कामद्वारा प्राप्त गरिएको प्रभाव यस्तै थियो, र यो आखिरी दिनहरूको न्यायको कामद्वारा प्राप्त गरिएको प्रभावभन्दा बिलकुलै फरक थियो। तापनि केही मानिसहरू छन् जसले अनुग्रहको युगको पवित्र आत्माको कामको अनुभव गर्दै, पवित्र आत्माको अन्तर्दृष्टि, हप्की, र अनुशासन प्राप्त गर्दै, आफ्‍नो अनुहारमा पीडाको आँसु बगाउँदै प्रभुको सामु आफ्ना पापहरू स्वीकार गर्नु, र केही असल व्यवहारहरू देखाउनु नै परमेश्‍वरको न्यायको अनुभव गर्नु र शुद्ध हुनु हो भन्‍ने विश्‍वास गर्छन्। त्यसैले हामी तपाईंलाई यो सोध्छौं: के तपाईंलाई आफ्ना पापहरूको जड् थाहा छ? के तपाईंलाई तपाईंको शैतानी प्रकृति सारले परमेश्‍वरको विरोध गर्दछ भन्‍ने थाहा छ? के तपाईंलाई मानवजातिको गहन भ्रष्टताको सत्यताको बारेमा थाहा छ? के तपाईंले शैतानको दुष्ट सार देख्नुभएको छ? के तपाईंलाई परमेश्‍वरको धार्मिक, प्रतापी, र उल्‍लङ्घन गर्न नसकिने स्वभावको बारेमा थाहा छ? के तपाईं साँच्चै पापको बन्धन र बाधाहरूबाट उम्कनुभएको छ? के तपाईंको शैतानी स्वभाव सफा भएको छ? के तपाईं परमेश्‍वरसँग डराउने र उहाँको आज्ञापालन गर्ने व्यक्ति बन्‍नुभएको छ? तपाईंले यीमध्ये कुनै पनि कुरा प्राप्त गर्नुभएको छैन, त्यसो भए तपाईंले परमेश्‍वरको न्यायको अनुभव गरेपछि शुद्ध हुनुभएको छ भनी कसरी भन्न सक्नुहुन्छ? यसैले, प्रभु येशूले अनुग्रहको युगमा गर्नुभएको काम न्यायको काम थिएन। सर्वशक्तिमान् परमेश्‍वरले राज्यको युगमा गर्नुहुने काम मात्र परमेश्‍वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको काम हो।

अघिल्लो: ४. तपाईं भन्नुहुन्छ, यदि हामी परमेश्‍वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनौं भने हामी शुद्ध हुनेछैनौं, र त्यसैले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने योग्यका हुनेछैनौं। हामी यो कुरामा विश्‍वास गर्दैनौं। हामीले अझै पनि पाप गर्न सक्ने भए पनि र देहको बन्धनमा परेका भए पनि, बाइबलमा स्पष्ट भनिएको छ “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठ्नेछन्, अनि हामी परिवर्तन हुनेछौं” (१ कोरिन्थी १५:५२)। हामी विश्‍वास गर्छौं, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ: परमेश्‍वरको एउटा वाणीले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्‍यो, र परमेश्‍वरको एउटा वाणीले मृतकहरूलाई जीवित बनाउन सक्छ। जब परमेश्‍वर आउनुहुन्छ, उहाँले तुरुन्तै हाम्रो रूप परिवर्तन गर्न र हामीलाई स्वर्गको राज्यमा उठाउन सक्‍नुहुनेछ। त्यसैले आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नु र उहाँले सत्यता प्रकट गर्नु र न्याय र शुद्धीकरणको काम गर्नु आवश्यकता छैन।

अर्को: ६. तपाईं भन्नुहुन्छ, कि आखिरी दिनहरूमा परमेश्‍वरले मानिसको न्याय र शुद्धीकरण गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले पुरानो र नयाँ करार दुवैका मानवजातिको न्याय गर्न वचनहरू बोल्नुहुन्छ—परमेश्‍वरको न्यायले मानिसलाई कहिल्यै छोडेको छैन। के तपाईं यी वचनहरू मानिसको न्याय र शुद्धीकरण गर्न असमर्थ छन् भनी भन्दैहुनुहुन्छ? परमेश्‍वरद्वारा आखिरी दिनहरूमा व्यक्त गरिएको न्यायका वचनहरू, र बाइबलमा लेखिएको मानिसको न्याय गर्ने परमेश्‍वरका वचनहरू बीचमा के फरक छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्