४. तपाईं भन्नुहुन्छ, यदि हामी परमेश्‍वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनौं भने हामी शुद्ध हुनेछैनौं, र त्यसैले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने योग्यका हुनेछैनौं। हामी यो कुरामा विश्‍वास गर्दैनौं। हामीले अझै पनि पाप गर्न सक्ने भए पनि र देहको बन्धनमा परेका भए पनि, बाइबलमा स्पष्ट भनिएको छ “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठाइनेछन्, अनि हामी परिवर्तित हुनेछौँ” (१ कोरिन्थी १५:५२)। हामी विश्‍वास गर्छौं, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ: परमेश्‍वरको एउटा वाणीले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्‍यो, र परमेश्‍वरको एउटा वाणीले मृतकहरूलाई जीवित बनाउन सक्छ। जब परमेश्‍वर आउनुहुन्छ, उहाँले तुरुन्तै हाम्रो रूप परिवर्तन गर्न र हामीलाई स्वर्गको राज्यमा उठाउन सक्‍नुहुनेछ। त्यसैले आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नु र उहाँले सत्यता प्रकट गर्नु र न्याय र शुद्धीकरणको काम गर्नु आवश्यकता छैन।

सन्दर्भका लागि बाइबलका पदहरू:

“किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।

“अनि यदि कुनै मानिसले मेरा वचनहरू सुन्छ तर तिनलाई पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एउटा छ: मैले बोलेको त्यो मार्गले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)।

“अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)।

“तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तपाईँले तिनीहरूलाई दुष्टताबाट अलग राख्‍नुहोस् भनेर म प्रार्थना गर्छु। … तपाईँको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईँको मार्ग सत्यता हो। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा पवित्र पारिन सकून्” (यूहन्‍ना १७:१५, १७, १९)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

तिमीहरूले परमेश्‍वरको अभिप्राय देख्न सक्नुपर्छ, र परमेश्‍वरको काम स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन भन्ने देख्नुपर्छ। किनभने आजको काम भनेको भ्रष्ट तुल्याइएका, र चरम रूपमा संवेदनहीन भएकाहरूलाई रूपान्तरण गर्नु हो, यो सृष्टि गरिएका तर शैतानद्वारा प्रशोधन गरिएकाहरूलाई शुद्ध पार्नु हो। यो आदम वा हव्वाको सृष्टि होइन, ज्योतिको सृष्टि, वा हरेक वनस्पति र जनावरको सृष्टि त झनै होइन। परमेश्‍वर शैतानद्वारा भ्रष्ट पारिएका कुराहरूलाई पखाल्नुहुन्छ र त्यसपछि तिनलाई नयाँ रूपमा प्राप्त गर्नुहुन्छ, र तिनलाई उहाँकै कुराहरू बन्ने, र उहाँको महिमा बन्ने तुल्याउनुहुन्छ। यो मानिसले कल्पना गरेजस्तो स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन, र यो मानिसले कल्पना गरेजस्तो शैतानलाई अतल कुण्डमा फालियोस् भनी सराप्ने काम जस्तो पनि होइन; बरु, यो त मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक, र उहाँका नरहेका कुराहरूलाई सकारात्मक कुरामा, र उहाँका कुराहरूमा बदल्ने काम हो। परमेश्‍वरको कामको यस चरणपछाडिको यथार्थ यही हो। तिमीहरूले यो कुरा बुझ्नैपर्छ, र मामिलाहरूलाई अति सरलीकरण गर्नबाट जोगिनैपर्छ। परमेश्‍वरको काम कुनै पनि साधारण कामजस्तो छैन। यसको अद्भुतता र बुद्धि मानिसको दिमागभन्दा बाहिरका कुरा हुन्। परमेश्‍वर कामको यस चरणमा यावत् थोक सृष्टि गर्नुहुन्न, तर उहाँ तिनलाई नष्ट पनि गर्नुहुन्न। बरु, उहाँ आफूले सृष्टि गर्नुभएका यावत् थोकलाई रूपान्तरण गर्नुहुन्छ, र शैतानद्वारा अशुद्ध पारिएका सबै कुरालाई पखाल्नुहुन्छ। अनि यसरी परमेश्‍वर एउटा महान् कार्यमा लाग्नुहुन्छ। परमेश्‍वरको कामको सम्पूर्ण महत्त्व यही हो। के तँ यी वचनहरूमा परमेश्‍वरको काम साँच्चै त्यति सरल छ भन्ने देख्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

सबैभन्दा सुरुमा मानवजाति परमेश्‍वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्‍वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्‍वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वर सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचन स्वीकार गर्नैपर्छ, अनि उहाँको वचन खानैपर्छ र पिउनैपर्छ; परमेश्‍वरद्वारा देखाइएका चिह्नहरू र आश्‍चर्यकर्महरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौँयुग र पुस्तौँपुस्ताभरि, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। तसर्थ तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्न र अचम्‍मका कार्यहरूमा लगाउनु हुँदैन, बरु परमेश्‍वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो, अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचन बोल्नुभयो। येशूले धेरै वटा वचन भनिसक्‍नुभएपछि, पछिका प्रेरित र चेलाहरूले मानिसहरूलाई येशूद्वारा जारी गरिएका आज्ञाहरूअनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूद्वारा बोलिएका वचनहरू र उहाँले सुनाउनुभएका सिद्धान्तहरूअनुसार कामकुराहरू अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँ मानिसलाई जबर्जस्ती विश्‍वस्त तुल्याउन चिह्न र अचम्‍मका कार्यहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको महान् शक्ति प्रकट गर्न सक्दैन। यदि परमेश्‍वरले चिह्न र अचम्‍मका कार्यहरू मात्र देखाउनुभएको भए, यसले परमेश्‍वरको व्यावहारिकता प्रकट गर्न सक्नेथिएन, र यसले मानिसलाई सिद्ध पार्न सक्नेथिएन। परमेश्‍वरले मानिसहरूलाई चिह्न र अचम्‍मका कार्यहरूद्वारा सिद्ध पार्नुहुन्न, बरु मानिसलाई मलजल र रखवारी गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिस पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्छ। उहाँले गर्ने काम र उहाँले बोल्ने वचनको उद्देश्य यही नै हो। परमेश्‍वर मानिसलाई सिद्ध पार्नका लागि चिह्न र अचम्‍मका कार्यहरू देखाउने विधि प्रयोग गर्नुहुन्न—उहाँ वचनहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई सिद्ध पार्नका लागि कामका धेरै वटा विधि प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट होस्, वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध पार्न अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतपनको ज्ञान प्राप्त गर्न सक्षम बनाउन परमेश्‍वर धैरै वटा फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्ने समयमा मानिसलाई पूर्ण पारिन्छ, तब ऊ चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्न थाल्छस् र परमेश्‍वरले जे गर्दा पनि उहाँप्रति समर्पित हुन सक्छस्, तब चिह्न र अचम्‍मका कार्यहरू देख्दा उहाँबारे अब तँमा कुनै धारणा हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के तँलाई तँ परमेश्‍वरका चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य छस् भन्‍ने लाग्छ? परमेश्‍वरले चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउने बेला नै परमेश्‍वर मानिसलाई दण्ड दिनुहुन्छ, अनि त्यही बेला नै युग परिवर्तन हुन्छ, अनि अझ बढी, युग पनि अन्त्य हुन्छ। परमेश्‍वरको काम सामान्य रूपमा भइरहेको बेला उहाँ चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनुहुन्न। उहाँलाई चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनु अत्यन्तै सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो परमेश्‍वरद्वारा गरिने मानिसको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र आश्‍चर्यकर्महरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर पनि मानिसकहाँ देखा पर्नुभयो भने, के सबै मानिसले परमेश्‍वरमा “विश्‍वास” गर्नेथिएनन् र? मैले यसभन्दा पहिले महासङ्कष्टबाट निस्केर आउने विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन् भनेर भनेँ। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, न्याय, सजाय, काँटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र यी प्राप्त गरिने मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्‍वास अस्पष्ट हुँदैन, तर व्यावहारिक हुन्छ। तिनीहरूले कुनै पनि चिन्ह र आश्‍चर्यकर्म वा कुनै चमत्कार देखेका हुँदैनन्; तिनीहरू कुनै ठूल्ठूला शब्द र धर्मसिद्धान्तहरू बोल्न, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता र परमेश्‍वरका वचनहरू हुन्छन्, र परमेश्‍वरको व्यावहारिक र साँचो ज्ञान हुन्छ। के यस्तो समूह परमेश्‍वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरको काम व्यावहारिक काम हो। येशूको युगमा, उहाँ मानिसलाई सिद्ध पार्नका लागि नभई मानिसलाई छुटकारा दिन आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू प्रस्तुत गर्नुभयो। किनकि उहाँ मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको पाटो थिएन। त्यस्ता चिन्ह र अचम्‍मका कार्यहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका काम थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्ने काम व्यावहारिक काम हो, र अहिले उहाँ पक्कै पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध पार्नका लागि वचन प्रयोग गर्ने भन्‍नुभयो, तर उहाँले चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो भने, के मानिस साँच्चै उहाँमा विश्‍वास गर्छ कि गर्दैन भन्ने कुरा त्यसले प्रकाश गर्न सक्थ्यो र? तसर्थ, परमेश्‍वर त्यस्ता कामकुरा गर्नुहुन्न। मानिसभित्र धर्म ज्यादै छ; परमेश्‍वर मानिसभित्र भएका धार्मिक धारणाहरू र अलौकिक कुराहरू सबैलाई निष्कासित गर्न, मानिसलाई परमेश्‍वरको व्यवहारिकता थाहा दिन अनि परमेश्‍वरको अस्पष्ट र अवास्तविक अनि पटक्कै अस्तित्वमा छैन भन्न सकिने स्वरूपलाई हटाउन आखिरी दिनहरूमा आउनुभएको छ। त्यसैले, अब तैँले व्यावहारिकताको ज्ञान प्राप्त गर्नु मात्र मूल्यवान् कुरा रहेको छ! सत्यता सबै कुराभन्दा माथि छ। आज तँमा सत्यता कति छ? के चिन्ह र अचम्‍मका कार्यहरू देखाउने सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले पछ्याउने भनेको जीवन हो, चिन्ह र अचम्‍मका कार्यहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको लक्ष्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्‍वरविरुद्धको विरोधी शक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

यो युगको अवधिमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्‍वरका वचनहरूमार्फत खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्‍न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्‍वरको स्वभाव बुझोस्, ताकि परमेश्‍वरका वचनहरूमार्फत, मानिसले परमेश्‍वरका कार्यहरू देखोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्‍छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो स्वीकृति दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको देह अझै पनि शैतानकै हुन्छ, र शैतानी भ्रष्ट स्वभावहरू अझै पनि मानिसभित्रै रहेका हुन्छन्। अर्को शब्दमा भन्‍ने हो भने, शुद्ध पारिएको मानिस अझै पनि पाप र फोहोरकै हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन र पवित्र पारिन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्‍ने मात्र हुन्थ्यो। तर, मानिस अझै पनि परमेश्‍वरद्वारा शुद्ध पारिएको वा परिवर्तन गरिएको छैन, र ऊ भ्रष्ट नै रहेको छ। मानिसभित्र अझै पनि फोहोर, प्रतिरोध, र विद्रोहीपन छन्; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्‍वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्‍वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्‍वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सकोस् भनेर, र उहाँको गवाहीका खातिर उहाँ न्याय र सजायको काम गर्नुहुन्छ। उहाँले मानिसको भ्रष्ट स्वभावलाई न्याय नगरी, मानिसले उहाँको धर्मी स्वभाव जान्नै सक्दैन, जसलाई कदापि चिढ्याउनु हुँदैन, न त मानिसले परमेश्‍वरबारे आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न नै सक्छ। उहाँ आफ्नो गवाहीका खातिर, र आफ्नो व्यवस्थापनका खातिर, आफ्नो सम्पूर्णता सार्वजनिक गर्नुहुन्छ, यसरी उहाँ सार्वजनिक रूपमा देखा परेर मानिसहरूलाई परमेश्‍वरको ज्ञान प्राप्त गर्न, स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरका लागि जोडदार साक्षी दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्‍वरको कामको मोडेल र नमुना, परमेश्‍वरको साक्षी, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्‍ने सङ्केत गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरका लागि साक्षी दिन सक्छन्

अघिल्लो: ३. क्रूसमा, प्रभु येशूले भन्नुभयो, “यो सकियो” (यूहन्‍ना १९:३०), यसरी मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भएको प्रमाणित गर्नुभयो। हामीले प्रभु येशूमा विश्‍वास गर्ने भएकाले, हाम्रा पापहरू पहिले नै क्षमा गरिएका छन्, र हामी आफ्नो विश्‍वासद्वारा धर्मी ठहरिएका छौं। जब प्रभु आउनुहुन्छ, हामी सीधै स्वर्गीय राज्यमा उठाइलगिनेछौं। परमेश्‍वरले अझै पनि किन सत्यता व्यक्त गर्ने र मानिसको न्याय र उसलाई शुद्ध पार्ने काम गर्नुपर्छ र?

अर्को: ५. तपाईं प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर प्रभु येशूले भन्नुभयो, “म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ” (यूहन्‍ना १६:७-८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको पुनरुत्थान र स्वर्गारोहणपछि, पेन्तिकोसको बेला मानिसमा काम गर्न, मानिसलाई पाप, र धार्मिकता, र न्यायको विषयमा हप्काउन पवित्र आत्मा ओर्लेर आउनुभयो। जबसम्म हामी आफ्ना पापहरू स्वीकार गर्छौं र प्रभुको सामु पश्चात्ताप गर्छौं, पवित्र आत्माद्वारा हामीलाई निन्दा र अनुशासन गरिनेछ, र यो प्रभुद्वारा गरिने हाम्रो न्याय हो। तपाईंले भन्नुभएको आखिरी दिनहरूको न्यायको काम र प्रभु येशूको कामको बीचमा के फरक छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्